चारै प्रतिस्पधीले दिए ‘बेजोड’ पस्तुति, कसले बाजी मार्ला आइडलको उपाधि ? [भिडियाे]

काठमाडौं, मंसिर २८ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ।

बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको पहिरनमा सजिएका थिए। ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा आकर्षक देखिएका थिए। कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा सजिएकी थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा नेपालीपन झल्काएका थिए।

कार्यक्रमको सुरुआतमा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुभकामना सन्देशको भिडियो क्लिप प्रदर्शन गरिएको थियो। जजहरू कालीप्रसाद बाँस्कोटा, न्ह्यु वज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरू झुमिरहेका थिए।

हरेक प्रतियोगीले दुईवटा गीत मिश्रण गरेर आवाज दिएका थिए। कार्यक्रममा पहिलो प्रस्तुतिका लागि रवि मञ्चमा देखा परे। उनले ‘दैव हे’ बोलको गीतमा बेजोड प्रस्तुति दिएका थिए। सुदूरपश्चिमका एकमात्र विजेताका दाबेदार रविले पछिल्लो समय आफूलाई निकै परिस्कृत गरेका छन्।

कार्यक्रमको दोस्रो प्रस्तुतिका लागि जज कालीप्रसाद बाँस्कोटा मञ्चमा उपस्थित भए। ‘निर जैले रिसाउनी’ बोलको गीतमा सुमधुर आवाज र रोमान्टिक प्रस्तुतिका साथ मञ्च तताउन सफल भए उनी । विक्रमको स्वरमा नेपाल आइडल मन्त्रमुग्ध बन्यो।

सबैको हौसला र तारिफ पाउन सफल बरालले ‘मेरो बेहोशी आज’ र ‘चिठीभित्र’ बोलको दुईवटा गीतलाई एकै बसाइमा सँगसँगै गाएका थिए। उनको प्रस्तुति अब्बल थियो । यसलगत्तै निकै लामो आलाप गुनगुनाउँदै मञ्चमा देखा परिन्, जज इन्दिरा जोशी। उनले ‘जाऊँ कि नजाऊँ’ बोलको गीतमा निकै सुमधुर आवाज दिएकी थिइन्।

‘मै नाचेँ छमछमी’ बोलको गीतमा शरीरको ताल मिलाउँदै मञ्चमा देखा परे सुमित। यसका साथै उनले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतमा पनि निकै सुमधुर आवाज दिएका थिए। ‘फूलको आँखामा फूलै संसार’ बोलको गीत गुनगुनाउँदै मञ्चमा देखा परे आइडलका जज न्ह्यु वज्राचार्य। उनले गीत गाउँदा सबैजना चुपचाप संगीतमा हराएका थिए।

नेपाल आइडलकी दाबेदार एकमात्र महिला प्रतियोगी अस्मिताले ‘कहिलेकहीँ मलाई पनि’ बोलको गीतमा आवाज दिइन्। यसका साथै ‘मेरो माया कतारमा’ बोलको गीत पनि मि श्रण गरेर गुनगुनाएकी थिइन्। कहिले रक, कहिले लोक, आधुनिक, सेन्टिमेन्टल हरेक प्रकारका गीतमा आफूलाई अब्बल साबित गरिसकेकी अस्मिताले धमाकेदार प्रस्तुति दिइन्।

आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । अघिल्लो हप्ताको कार्यक्रमपछि चारैजना प्रतियोगी आआफ्ना घर गएका थिए। शुक्रबारको कार्यक्रममा कोही पनि इलिमेट नहुने र होम भिजिटको भिडियो प्रदर्शन गरिने पौडेलले बताए।

उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ । नेपाल आइडलको यात्रामा आफूसँग अनगिन्ती अनुभव रहेको बताउँदै उनले यसको स्क्रिप्ट र भाषामा अत्यन्तै लगावले काम गरेको बताए।

‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल-२ साउन २४ देखि सुरु भएको हो। नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य छन्।  यो समाचार अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।

अनेरास्ववियू र अखिल क्रान्तिकारीद्वारा वृहत रक्तदान (फोटोफिचर)

धनगढी, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियु  र  अखिल क्रान्तिकारीले धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा वृहत रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ ।  रक्तसञ्चार केद्रमा रगतको चरम अभाव भएकाले संगठनले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । अहिले सुदूरपश्चिमका अधिकांश जिल्लामा रगतको अभाव भएको छ । विरामीलाई केही राहत होस् भन्ने उद्देश्यले आज वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको कैलाली बुहमुखी क्याम्पसका स्ववियू सचिव कृष्ण रोकायले बताए । रक्तदान कार्यक्रम बिहीबार दिउँसोभरी रहने बताइएको छ ।

प्रचण्ड जहाँ, चर्चा हुन्छ त्यहाँ, तातोपानी कुण्डको महत्व अझै बढ्ने

म्याग्दी, कार्तिक २९ । सोमबार नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयुक्त तस्वीर भाइरल नै बन्यो । तस्वीर थियो म्याग्दीको तातोपानीको । तातोपानी कुण्ड धार्मिक, पर्यटकीय र स्वास्थ्यका दृष्टिले चर्चित स्थान । प्रचण्ड र बादल सपरिवार पुगेका थिए तातोपानी कुण्डमा । उद्देश्य थियो– स्वास्थ्योपचार । अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आउने अपेक्षा सहित उनीहरु तातोपानी कुण्ड पुगेका थिए । र, उनीहरु कुण्डमा नुहाएको तस्वीर मिडियामा भाइरल बन्यो । कतिपयले यसलाई सकारात्मकरुपमा लिए, केहीका लागि यो प्रचण्डको आलोचना गर्ने सदाबाहरको सूत्र बन्यो । जबकि स्थानीय दृष्टिमा प्रचण्डको यो भ्रमण निकै महत्वपूर्ण थियो । राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा रहेका राजनीतिज्ञ तातोपानी कुण्डमा नुहाउन आउनु नै ठूलो कुरा थियो । प्रचण्डहरु तातोपानी पुग्दा सबैभन्दा खुसी थिए बिरेन्द्रमान शाक्य । शाक्य तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष हुन । समितिका पदाधिकारीले तातोपानी कुण्डको ऐतिहासिक र पर्यटकीय महत्वबारे जानकारी गराउँदै यो कुण्डलाई संरक्षण र सम्बद्र्धन गर्न विशेष पहलका लागि अनुरोध गरे । ‘उच्च राजनितिक तहका व्यक्तित्व र उहाँका परिवार स्नानका लागि आएकाले तातोपानी कुण्डको महत्व अझै बढ्ने र प्रचारप्रसार हुने विश्वास छ”, अध्यक्ष शाक्यको प्रतिक्रिया थियो, “तातोपानी कुण्डलाई अन्तराष्ट्रियीय स्तरको प्राकृतिक उपचार र पर्यटकीय स्थलको रुपमा विकास गराउन प्रस्ताव गरेका छौं ।” प्रचण्ड तातोपानी पुगेर यो कुण्ड अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बन्न सक्ने सम्भावना रहेको तथ्यलाई स्थानीयले राम्रैसँग बुझे । यद्यपी प्रचण्डको आलोचना गर्न पल्केका आलोचकहरुका लागि भने उनको भ्रमण पाच्य भएन । त्यसो त प्रचण्डका हरेक गतिविधिमा केही न केही खोट निकाल्न खोज्नेहरुका लागि तातोपानीमा नुहाउनु गर्वको विषय बन्नु पर्ने हो । तर त्यो पनि भएन । उनीहरुले आलोचना गरे । जसले जे जसरी यो भ्रमणलाई लिएपनि पूर्व प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री बादल तातोपानी कुण्डमा पर्याप्त समय दिएर बस्नुले तातोपानी क्षेत्रको विकासमा ठूलो योगदान पुग्नेमा शंका गर्ने कुनै आधार देखिन्न । तातोपानी हुदै म्याग्दीको पश्चिमी क्षेत्रलाई जोड्ने बेनी–दरवाङ सडक कालोपत्रे योजनालाई पूर्णता दिने, कुण्ड र बजारलाई म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण योजनालाई प्राथमिकता दिने विषयमा स्थानीय तहबाट गरिएको अनुरोधलाई मात्रै प्रचण्डहरुले केन्द्रीय सरकारसँग पहल गरिदिए यो कुण्डको विकासमा ऐतिहासिक कोशेढुंगा बन्न सक्छ । यातायात सहज पार्न सकिएको खण्डमा मात्रै तातोपानी आन्तरिक र बाह्य पर्यटनको हब बन्न सक्छ । सयौंले रोजगार पाउन सक्छन्, देशले राजस्व पाउन सक्छ । यही राजस्वबाट देशले विकास र समृद्धिका योजना अगाडि बढाउन सक्छ । गत वर्ष १६ हजार ९०० जनाले उपचारका लागि स्नान गरेका कुण्डमा थप पाँच हजार जना अवलोकन भ्रमणका लागि आएका थिए । यदि प्रचण्डको यो भ्रमणले यो संख्यामा बृद्धि हुन्छ र कुण्डको पनि थप संरक्षण र सम्बद्र्धन हुन्छ भने आलोचना गर्नुको कुनै तुक छ र ? बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको कुण्डमा स्नान गरेमा ग्यास्ट्रिक, गानो गोला, चोट पटक लागेको, सर्के मर्केको, नशा, हाडजोर्नी सम्बन्धि समस्या निको हुने जनविश्वास छ । यो कुराको वैज्ञानिक अनुसन्धान हुनुपर्ने अर्को पाटो बाँकी नै छ । तर अहिले जसरी अस्पतालहरुमा उपचार गराउँदा समेत निको नभएको रोग तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ भएको उपचारका लागि आएको कतिपयले बताउँछन, त्यो कुरालाई थप प्रचार गर्न सकियो भने यसले तातोपानीको भविष्य कायापलट हुन सक्दैन र ? कुण्डले गत वर्ष विद्यालयका शिक्षकको तलबका लागि २२ लाख रुपैया उपलब्ध गराएको थियो । यो सामाजिक सेवामा ठूलो योगदान हो । प्रचण्ड मात्र हैन, अन्य नेता, कलाकार, खेलाडी, व्यापारी व्यवसायी, सञ्चारकर्मी सबैले यसरी तातोपानी जाने हो भने हामीले पर्यटनका लागि विदेश चाहार्नुपर्दैन । प्रचण्ड तातोपानी मात्र गएनन, उनले समग्र म्याग्दीको विकासका लागि स्थानीयसँग छलफल समेत गरे । साथै त्यहाँका स्थानीय बिभिन्न स्थानको अवलोकन गरे । स्थानीयसँग छलफल गरे । म्याग्दीजस्तो उपेक्षित र दुर्गम जिल्लाका लागि यो अवसर हो कि होइन ? बाहिरबाट आलोचना गर्नु जति सजिलो छ, स्थानीय जनताले के अनुभूति गरिरहेका छन् त्यो नबुझिकन आलोचना गर्नुको कुनै अर्थ भने हुन्न । प्रचण्ड अहिले पत्नी सीताको स्वास्थ्यलाभका लागि त्यहाँ पुगेका छन् । नेकपाका अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा शक्तिशाली व्यक्तित्व प्रचण्डले तातोपानीलाई त्यसरी महत्व दिनु भनेकै कुण्डको महत्व बढ्नु हो । यसलाई आलोचना या टिप्पणीको विषय बनाउनुको कुनै अर्थ देखिन्न ।

तराई क्षेत्रको महान पर्व छठ सुरु, आज हो ‘नहाय-खाय’

प्रदेश नं. २ को प्रमुख चाड ‘छठ’ सोमवार देखि विधिवत रूपमा सुरु भएको छ । प्रदेश नं. २ लगायत देशका विभिन्न ठाउँमा श्रद्धा पूर्वक मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थिदेखि विधिवत रूपमा मनाइने गरिन्छ । छठ पूजाको तयारीका लागि देशका विभिन्न ठाउँका जलाशयहरूलाई सजाउने काम सम्पन्न भैसकको छ । आजको दिन अर्थात छठको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय-खाय’ भन्ने गरिन्छ । यस दिन श्रद्धालु भक्तजनहरूले पवित्र जलाशयहरूमा स्नान गरेर शुद्ध र सात्विक भोजन  भोजन ग्रहण गर्ने गर्दछन् । विधिवत रूपमा आजदेखि सुरु भएको मानिने भएपनि एक दिन अगाडि आइतबार नै ‘अरबा-आर्बाइन’ विधि सुरु गरिएको थियो । यस विधि-विधानको सुरुवात भएपछि धार्मिक कार्यका लागि अशुद्ध मानिएका खाद्य पदार्थ ग्रहण गर्न छोडेर छठी माईको व्रतको संकल्प लिने गरिन्छ । भक्तजनहरूले भोलि ‘खरना’ विधि सम्पन्न गर्ने छन् । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गरिन्छ । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् । यस पर्वको मुख्य दिन भने कार्तिक शुक्ल षष्ठीको दिन रहेको छ । यस दिन निराहार व्रत बसेर साँझ पख नदी, तलाउ या अन्य जलाशयमा गई सूर्यलाई अर्घ्य दिने गरिन्छ । यसलाई ‘सँझुका अरघ’, ‘पहिला अरघ’ या ‘सन्ध्या’ अर्घ्य भनिन्छ । यसरी अर्घ्य दिइसके पछि पनि व्रत भने जारी नै रहन्छ । त्यसको भोलिपल्ट अर्थात् सप्तमी तिथिको बिहानै पुनः जलाशयमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यसलाई ‘भोरका अरघ’, दुसरा अरघ’ या ‘उषा अर्घ्य’ भनिन्छ । यसरी सप्तमीको बिहान सुर्य पूजा सम्पन्न गरिसकेपछि घर आई प्रसाद ग्रहण गरेर व्रत फुकाउने गर्दछन् । व्रतालुहरू षष्ठीको रातभरि सूर्य र छठी माईको गीत गाइने प्रचलन रहेको छ । यस व्रतले व्रतकर्तालाई इच्छित वरदान प्राप्त हुने एवं सूर्यको उपासनाले सन्तान सुख र रोगब्याधि नलाग्ने जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी माताको नाम नै अपभ्रंश भएर ‘छठी’ हुँदै छठ हुन गएको मान्यता रहेको छ । यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएको यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्धिजीवीको भनाइ छ । छठ नेपालको तराईका अतिरिक्त भारतको बिहार, पूर्वी उत्तर प्रदेश, झारखण्ड, छत्तीसगढ आदि रह्य्हरूमा पनि निष्ठापूर्वक मनाइन्छ ।  

ज्योतिषीका कुराः कुन राशीले जित्छन् जुवा, राशी अनुसार के मा गर्ने लगानी ?

विगत २३ वर्षदेखि ज्योतिष विधामा सक्रिय छन् डा. सुनिल सिटौला । २०५८ सालमा ग्लोबल एस्ट्रोलोजी रिसर्च सेन्टरको अध्यक्ष भएका डा. सिटौलाले विश्व ज्योतिष विद्यापीठबाट ज्योतिष विद्यामा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । अल्टरनेटिभ मेडिसिनका स्नातक सिटौलालाई इन्डियन इन्स्टिच्युट अफ ओरियन्टल हेरिटेजले डाक्टरको उपाधि दिएको हो । राशि तथा नक्षत्रसम्बन्धी जानकारी दिने जोखना एपका निर्माता डा. सिटौलाले ०६२ सालदेखि रेडियो तथा टेलिभिजनमा ज्योतिष विधाका कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् । उनका ज्योतिष विज्ञान र हस्तरेखा सम्बन्धी ५ वटा पुस्तक प्रकाशित छन् । ज्योतिष विज्ञानसम्बन्धी पत्रिका सम्पादनमा समेत क्रियाशील सिटौलासँग धन– सम्पत्ति, लक्ष्मीपूजा आदि विषयमा साप्ताहिकले गरेको कुराकानी : ग्रह र सम्पत्तिबीच के सम्बन्ध हुन्छ ? यो सम्पूर्ण चराचर जगत ग्रहको अधीनमा छ । सबै कुरा ग्रहबाटै निर्देशित छन् । प्राचीन समयमा ग्रहको प्रयोग बढी थियो । यसमा राजनैतिक एवं संस्कृतिक क्रान्ति एवं विचलनहरूले गर्दा केही तलमाथि परेको मात्र हो । अहिले ग्रहका बारेमा अझ बढी खोजीनीति गर्न थालिएको छ । गुगलमा सबैभन्दा बढी खोजिने शब्द नै यौन र ग्रह हो । पूर्वीय दर्शनको समष्टिगत अवधारणा वेदमा उल्लेख गरिएको छ । वेदलाई चार भागमा बाँडिएको छ, पहिले त्यो एउटै थियो । वेदले पुरुषार्थको कुरा गरेको छ । वेदमा क्रमश: धर्म, अर्थ, काम तथा मोक्षको वर्णन गरिएको छ । धर्मपछि अर्थ छ, अर्थ नभै काम र मोक्ष हुन सक्दैन । ज्योतिषशास्त्रमा पनि चारवटा पुरुषार्थकै कुरा आउँछ । हाम्रो भाषामा ग्रहसँग सम्बन्धित रहेर गरिने हिसाबलाई सिद्धान्त ज्योतिष भनिन्छ । यो अध्ययन चारवटा भौगोलिक बिन्दुलाई आधार मानेर गरिन्छ । केही दिन लामो तथा रात छोटो हुने, केही दिन छोटो तथा रात लामो हुने हुन्छ । दुई दिनचाहिँ रात–दिन बराबर हुन्छन् । त्यही बिन्दुलाई आधार मानेर ग्रहहरूको गणना गरिन्छ । अर्को रमाइलो कुरा हामीले पढाउने एस्ट्रोनोमी भनेको हेलियो सेन्ट्रिक हो, जसमा सूर्यलाई केन्द्र मानिन्छ, हामीले चाहिँ पृथ्वीलाई केन्द्र मान्ने हो । पृथ्वीको वरपर घुमिरहने ग्रहपथलाई विभाजन गरेर १२ वटा राशिमण्डल नापिन्छ । त्यसभित्र अन्य सूक्ष्म भाग छन् त्यसलाई नक्षत्रमण्डल भनिन्छ । ग्रहहरू राशिमण्डल हँुदै हिँड्छन् । जुन काल्पनिक बाटो हो, जसरी हामी भूमध्य रेखा भन्छौ त्यस्तै हो । त्यही बाटो भएर ग्रहहरू घुम्ने हुन् । मानिस जन्मदा कुन ग्रह कहाँ कसरी बसेको थियो भन्ने गणना गरेर एउटा कोठा बनाइन्छ । त्यो कोठालाई हाम्रो भाषामा जन्म कुण्डली भनिन्छ । जतिबेला मानिसले पृथ्वीमा पहिलो पटक श्वास लियो, त्यसकै आधारमा जन्मकुण्डली बन्छ र त्यही कुण्डलीका आधारमा धनसम्पत्ति, विद्या, बुद्धि, विवाहलगायत हाम्रो जीवन पद्धतिको कुरा गरिन्छ । कस्तो ग्रह लिएर आएको मान्छे बढी धनी हुन्छ ? धनसम्बन्धी दुईवटा तथ्य छन् । एउटा ग्रहको कुरा हुन्छ अर्को राशिमण्डलको कुरा आउँछ । ज्योतिष शास्त्रको कुण्डलीमा १२ वटा कोठा छन्, जसमा २, ६, १० र ११ औं कोठा धनसम्बन्धी हुन्छ । ग्रहमा बृहस्पति, चन्द्र तथा शुक्रलाई धनसँग जोडिन्छ । चन्द्रमा र शुक्रलाई लक्ष्मी मानिन्छ भने बृहस्पति ज्ञानसँग सम्बन्धित छ । पैसा त दुवैले कमाउँछन् । एउटा ज्ञान भएकाले, अर्को पुरुषार्थ भएकाले । जसको जन्मकालमा बृहस्पति बलियो छ त्यसले ज्ञानी भएर धन कमाउँछ । जसको चन्द्रमा र शुक्र बलियो छ, उसले पुरुषार्थी भएर धन कमाउँछ । हाम्रो धर्मशास्त्रमा संसारलाई तीन प्रकारका मानिसले मात्र भोग्न सक्छन् भनेर लेखिएको छ । जो ज्ञानी छ, त्यसले भोग्न सक्छ, जो पुरुषार्थी छ त्यसले भोग्न सक्छ र तेस्रो चाकडीबाजले पनि भोग्न सक्छ । चाकडी गर्ने ग्रह भनेका राहु र केतु हुन् । हाम्रो शास्त्रअनुसार चाकडी गर्नेहरूले पनि पैसा कमाउँछन् । जन्मका आधारमा कस्ता मानिससँग सम्पत्ति कमाउने योग हुन्छ ? जन्मदा पूर्णिमाको आसपास जन्मियो भने चन्द्रमा बलियो हुन्छ, त्यस्तो मानिसले पैसा कमाउँछ । त्यस्तो मानिस स्वाभाविक रूपमा धनी हुन्छ । औंसीको आसपास जन्मनेहरूको आर्थिक अवस्था कमजोर हुन्छ । जन्मदा वृहस्पति ग्रह उचो भयो, कर्म, धन, लाभ र बुद्धि स्थानमा बस्यो भने मानिस धनी हुन्छ । धन पनि दुई खालको हुन्छ, एउटा पैतृक सम्पत्ति र अर्को आफैंले कमाउने सम्पत्ति । दसौं स्थानको स्वामी शुभ पर्‍यो भने आफैं सम्पत्ति कमाउने योग हुन्छ । द्वितीय स्थानको स्वामी शुभ परे पैतृक सम्पत्ति प्राप्त गर्ने योग रहन्छ । दुवै स्वामी शुभ हुने व्यक्ति मालामाल हुन्छ । अर्को तिथिको पनि नियम छ । जुन व्यक्ति पञ्चमी, दशमी, पूर्णिमा (यी तीन तिथिलाई पूर्ण तिथि भनिन्छ ।) मा जन्मिएका छन्, उनीहरूले पूर्ण रूपमा सम्पत्ति कमाउँछन् । जो चतुर्थी, नवमी, चतुर्दशी वा औंसीमा जन्मन्छन् त्यस्ता व्यक्ति स्वभाविक रूपमा दु:खी हुन्छन् । यी तिथिलाई रित्तो तिथि भनिन्छ । जति गरे पनि केही नहुने हुन्छ । गरेको लगानी पनि नउक्सिने सम्भावना हुन्छ । कुन ग्रह भएकाले केमा लगानी गर्दा लाभ प्राप्त गर्छन् ? संस्कृत सिलोकमा लेखिएको छ– उद्योगधन्दा गर्यो भने दरिद्रता नास हुन्छ । उद्योगधन्दा गर्नेहरूको मंगल तथा शनि ग्रह बलियो हुनुपर्छ । यदि लाभ स्थानको स्वामी मंगल वा शनि भए उद्योग गर भन्ने हो । चन्द्रमाको दायाँ–बायाँ यी ग्रह बसेका छन भने त्यसलाई दुरधरा भनिन्छ । यस्ता मानिसले प्रसस्त धन कमाउने सम्भावना हुन्छ । कुन महिनामा जन्मिएका मानिसलाई लक्ष्मीले पत्याउँछिन् ? सूर्यका आधारमा पनि जन्मकुण्डली हेर्न सकिन्छ । सूर्य एउटा महिना एउटा राशिमा बस्छ । यदि सूर्यको दायाँ–बायाँ अनुकूल ग्रह बसेका छन भने जातकले सम्पत्ति कमाउने योग रहन्छ । जुन व्यक्ति सूर्य बलियो भएको महिनामा जन्मन्छ उ सामान्यतया धनी नै हुन्छ । वैशाख, असार, भदौ र मंसिर महिनामा सूर्य बलियो हुन्छ । जेठ, माघ र कात्तिकमा सूर्य कमजोर हुन्छ । यी महिनामा जन्मिएकाहरूको सम्पत्ति कमाउने योग राम्रो हुँदैन । अन्य महिना जन्मिएकाहरू सामान्य हुन्छन् । भदौ महिनामा सूर्य आफ्नै घरमा हुन्छ । यो महिनामा जन्मिएकाहरूलाई स्त्री र धनले छोड्दैनन् । समयका हिसाबले कुन समय राम्रो मानिन्छ ? ज्योतिषशास्त्रमा राजयोग भन्ने हुन्छ, सामान्य रूपमा हेर्दा राज भनेको राजा । एक किसिमले राजा भनेको धनी, सम्पन्न एवं विद्वान् हुन्छन् भन्ने सोच छ भने अर्को किसिमले लुटेरा भएर पनि सबै सम्पत्ति आफैं मात्र कुम्ल्याउँछन् भन्ने मान्यता पनि छ, तर ज्योतिषशास्त्र अनुसार जसले न्याय गर्न र दण्ड दिन सक्छ त्यसैलाई राजा भनिन्छ । राजयोगमा जन्मिएका व्यक्ति पनि धनी हुन्छन् । ज्योतिषमा मध्यान्ह तथा मध्यरातमा जन्मिएकाहरूलाई राजयोग भएको भनिन्छ । मध्यान्हमा एक घडी (२४ मिनेट) र रात्रीमा एक घडी (२४ मिनेट) लाई राजयोग मानिन्छ । बिहानको शुक्र तारा उदाउने आसपासको समयमा जन्मिएकाहरू पनि निकै धनी हुन्छन् भन्ने मान्यता छ । धन कमाउने मामिलामा बारको पनि कुनै भूमिका हुन्छ ? बारको हिसाबमा बिहीबार, शुक्रबार, सोमबार र बुधबार जन्मिएकाहरू धनी, बाठा अनि फुर्तिला हुन्छन् । आइतबार र मंगलबार जन्मिएकाहरू रोगी हुन्छन् । शनिबार जन्मिएकाहरू अलि दु:खी हुन्छन्, श्रमिक हुन्छन् भन्ने छ । त्यस्तै राशिका आधारमा शुक्र, सूर्य, बृहस्पति राशिमा जन्मिएकाहरू स्वभाविक रूपमा धनी हुन्छन् । धनु, मिन, सिंह तथा तुला राशिका मानिसले धन कमाउँछन् । शनिको राशिमा जन्मिएका मकर र कुम्भ राशि भएकाहरूले धन कमाउन सक्दैनन । अन्य राशि सामान्य हुन्छन् । कस्ता मानिसलाई जुवा फाप्छ ? यो जुवा–तासको कुरा वैदिकभन्दा पनि तान्त्रिक मतअनुसार हुन्छ ।तन्त्रमा जुवा जित्न कालो बिरालोको साल बोक्नुपर्छ भन्ने मान्यता छ । जुवालाई क्रुर कर्म मानिन्छ । जब मानिसमा पिंगला (दायाँ नाकबाट श्वास चलिरहेका अवस्था) चलेको हुन्छ, त्यतिबेला जुवा खेल्नु राम्रो मानिन्छ । काल राहु, योगिनी भन्ने चलन पनि छ । कसै–कसैले जति नै मेहनत गर्दा पनि पैसा कमाउन सक्दैनन्, किन होला ? ज्योतिषशास्त्रमा एउटा दरिद्र योग भन्ने अप्ठ्यारो योग छ । नामै दरिद्र योग, केही गर्दा पनि नहुने । यो केन्द्र खाली भयो भने मानिस दरिद्र हुन्छ । चन्द्रमाको दायाँ–बायाँ कुनै ग्रह छैन वा देखेको छैन भने पनि दरिद्र योग हुन्छ । अर्को दिवालीया योग हुन्छ । यो भएको सबै सम्पत्ति सकिने योग हो । कसै–कसैसँग एक समय पैसा हुन्छ । केही समयमै तिनीहरू गरिबको कोटीमा पुग्छन्, किन होला ? हाम्रो ज्योतिषशास्त्रले समय परिवर्तनशील छ भन्छ । जसरी ऋतु परिवर्तन हुन्छ, त्यसरी नै समय पनि परिवर्तन हुन्छ । समय परिवर्तन हुने कुरालाई दशा वर्षअनुसार गणना गरिन्छ । दशा वर्ष राम्रो भएका बेला राम्रो हुन्छ । जुन बेला जसको धन र बुद्धिको स्वामी ग्रह चलिरहेको हुन्छ उसले कमाउँछ । यदि दशा वर्ष नराम्रो चलेको समय छ भने भएको पनि सकिँदै जान्छ । अस्तग्रह, वक्री दशा ग्रह, नीच ग्रह चलेका बेला त्यस्तो हुन्छ । त्यतिबेला स्वभाविक रूपमा धन घट्दै जान्छ । कतिपय अवस्थामा पछि गएर फेरि राम्रो पनि हुन्छ । खराब समयको दशा वर्ष सकिएपछि मानिस पहिलेको भन्दा राम्रो स्थानमा समेत पुग्न सक्छ । यस्तो समयलाई कसरी पार गर्न सकिन्छ ? एउटा पुरुषार्थले काम गर्छ भने अर्को प्रेरणाले पनि काम गर्छ । ग्रह दशा बिग्रिएका मानिसलाई धातु वा रत्न लगाउने, पूजा–पाठ गर्ने सल्लाह पनि त्यसैले दिइन्छ । यसले मनोवैज्ञानिक प्रेरणा मिल्छ । रत्न लगाउँदा ग्रहहरूले रत्नलाई प्रभाव पार्छन् र त्यो रत्नले मानिसलाई प्रभाव पार्छ । रत्न ग्रहलाई खुसी तुल्याउन लगाउने हो । मन्दिर जान सल्लाह दिनुका दुई कारण छन् । एउटा धार्मिक आस्थाका कारण त्यहाँ पुगेपछि फ्रेस भइन्छ, अर्को त्यहाँको बनौट विशेष वास्तु मिलाएर बनाइएको हुँदा शक्ति प्राप्त हुन्छ । सबैभन्दा ठूलो कुरा त्यहाँ धेरै मान्छे देखिन्छन्, जसले गर्दा म मात्र होइन, म जस्तो समस्यामा परेका धेरै रहेछन् भनेर बाँच्ने प्रेरणा मिल्छ । राशिअनुसार लगानीको कुरा पनि गरिन्छ नि ? राशिको नियम त सामान्य हो । ज्योतिषमा कर्मस्थानको एउटा नियम छ । कर्मस्थानमा बसेको ग्रहअनुसार उसलाई कर्म वा आजीविका प्राप्त हुन्छ भनिन्छ । कर्मस्थानमा राम्रो ग्रह बस्यो भने एकदम राम्रो खालको काम पाइन्छ, कर्मस्थानमा कमजोर ग्रह बस्यो भने कमसल काम पाइन्छ । मेष र वृश्चिक राशिका मानिसले धातु तथा औजारमा लगानी गर्नु उपयुक्त हुन्छ । वृष, तुला, कर्कट र मकर राशिहरूलाई बन्द व्यापार तथा आयात निर्यातमा लगानी गर्दा फलिफाप हुन्छ । शनिको राशि भनेका मकर र कुम्भ हुन्, शनिको सम्बन्ध फलाम र जमिनसँग हुन्छ । नेपाली पण्डितहरूले फलामलाई मात्र जोड दिन्छन् तर पश्चिमाहरूले खानीमा पनि जोड दिन्छन् । त्योभन्दा सूक्ष्म कुरा जन्मकुण्डलीमा कर्मको स्वामी कहाँ बसेको छ, कसरी बसेको छ त्यसअनुरूप लगानी गर्दा फलिफाप हुन्छ । जागिर गर्दा राम्रो कि व्यापार गर्दा राम्रो भन्ने कुरा कसरी छुट्याइन्छ ? त्यसको सामान्य नियम के छ भने जो आफूप्रति वफादार हुन्छ उसले व्यापार गर्छ, जो अरूप्रति वफादार हुन्छ उसले जागिर गर्छ । परम्परागत भाषामा मालिक र सेवक भनिन्छ । मालिक हुनलाई लग्न बलियो हुनुपर्‍यो, सेवक हुन कमजोर । लग्न बलियो भएपछि आफूप्रति वफादार हुन्छ, लग्न कमजोर भएपछि अरूप्रति वफादार हुन्छ । लक्ष्मीपूजा किन गरिन्छ ? हाम्रो मान्यताअनुसार लक्ष्मी भनेकी धनकी देवी हुन् । लक्ष्मीलाई खुसी तुल्याउन कात्तिक महिनाभरि नै आकाशदीप बालिन्छ । कात्तिक महिनामा विष्णु भगवान्को ठूलो उत्सव हुन्छ । यो महिना दामोदर नाम गरेका विष्णुको पूजा हुन्छ । औंसीका दिन जुन लक्ष्मीपूजा हुन्छ, त्यतिबेला लक्ष्मी भित्र्याउने भनिन्छ । यसमा दुईवटा नियम छ । एउटा प्रदोषकाल हुन्छ, लक्ष्मीपूजाको दिन प्रदोषकाल भनेको घाम अस्ताएदेखि २४ मिनेटअघि र २४ मिनेटपछिको, जुन ४८ मिनेट समय हुन्छ, त्यो समयलाई राम्रो मानिन्छ । त्यो समयमा लक्ष्मी भित्र्याउन मिल्छ । व्यवसायीहरूले आफ्ना व्यवसायिक प्रतिष्ठानहरूमा यही बेला लक्ष्मी भित्र्याउँछन् । त्यसपछि गृहस्थीहरूले लक्ष्मी भित्र्याउन स्थिर लग्न पार्नुपर्छ । व्यापार–व्यवसायको सुरुवात पनि स्थिर लग्नमा गर्नुपर्छ । चरमा सामान पठाउनुपर्छ । यस पटक २१ गते बुधबार लक्ष्मी पूजा छ । काठमाडौंमा गृहस्थीले लक्ष्मी भित्र्याउने स्थिर लग्न वा वृष लग्न ५:४३ देखि ७:३५ सम्म छ । गृहस्थीहरूका लागि यो लग्न अत्यन्तै शुभ मानिन्छ । मध्यराति अर्को लग्न आउँछ सिंह लग्न । भारतीयहरूले मध्यरातिको सिंह लग्न पार्छन् । स्थिर लग्नमा लक्ष्मी भित्र्याउँदा उनी स्थिर भएर बस्छिन् भन्ने मान्यता छ । हाम्रो मन, धन र स्त्री जहिले पनि चञ्चल हुन्छन्, त्यसलाई बाँध्न हामीकहाँ विभिन्न धार्मिक नियम बनाइएका छन् । धनलाई कसरी आफैंसँग बाँधेर राख्न सकिन्छ ? तन्त्र र पुराणले पनि भन्छ लक्ष्मीको उत्पत्ति समुद्रमा भएको थियो । अहिलेको अर्थराजनीति हेर्दा पनि जुन देश समुद्रसँग जोडिएका छन्, ती देशहरू धनी छन् । समुद्रबाट लक्ष्मीसँगै उत्पत्ति भएका धेरै कुरा छन्, मोती, कौडा, बाबियो, शंख आदि । बाबियोलाई लक्ष्मीको कपाल भनिन्छ, लक्ष्मी पूजाको दिन बाबियो, कौडा, शंख तथा सिपी भित्र्याएर राख्यो भने लक्ष्मी पनि भित्रिन्छिन् भनिन्छ । कार्यस्थलमा ९ वटा सेतो कौडालाई पोको पारेर राख्नुपर्छ, यसो गर्दा लक्ष्मी स्थिर हुन्छिन् । पारद वा स्फटिकको श्रीयन्त्रलाई विधिपूर्वक पूजा गरेर जगाउँदा पनि लक्ष्मी स्थित हुन्छिन् । कुन–कुन राशिका मानिसले बढी पैसा जम्मा गर्छन् ? ज्योतिषमा चर, स्थिर, द्विस्वभाव भन्ने राशि हुन्छ । चर भनेको मेष, कर्कट, तुला, मकर, यी राशिमा आएको धन पनि जान्छ । स्थिर भनेको वृष, सिंह, वृश्चिक तथा कुम्भ, यी राशिमा आएको धन जोगिन्छ । कान्तिपुर साप्ताहिकबाट साभार

दशैँ-दीपावलीको गजल (भिडियो सहित)

भुवन निस्तेज  दशैँ दीपावली यस्तो गजबले आइरा’को छ, ‘भुवन’ आफ्ना पुराना बूट नै चम्काइरा’को छ ।   बिहानैदेखि मन यो त्यत्तिकै झोक्राइरा’को छ, खुशीको तिर्सना गोरु बनाई दाइरा’को छ ।   महङ्गाई बढी रा’को छ जो सुरसाको मुख जस्तै, ऊ भोटो किन्न गा’को थ्यो बटन पो ल्याइरा’को छ ।   थियो सल्लाह डाक्टरको ‘लिनू रे पोसिलो खाना!’ यहाँ माँडै नपाई पेट गाना गाइरा’को छ ।   हरेक अनुहार उसले साहु जी झैं देख्छ रे किन कि, उधारोको पुरानै भूतले तर्साइरा’को छ ।   ऊ रैतीबाट जनता भो, नयाँ के भो सबै उस्तै, ऊ धोका पाउने गर्थ्यो, ऊ ढोका पाइरा’को छ ।   कुनै अखबारमा जागिरको विज्ञापन पो आयो कि, हरेक दिन पत्रिका बेच्ने कहाँ ऊ धाइरा’को छ ।   दशैँ आएछ भन्दै हलुकिँदै गा’को छ गोजी या, भुवन निस्तेज हो भन्ने कुरा सम्झाइरा’को छ ।   हेर्नुस् भिडियो:  

दक्षिण कोरियाकी महारानी जसका माइती थिए राम

अयोध्यालाई हिन्दूहरूले भगवान् रामको जन्मस्थल मानेर तीर्थस्थलको रूपमा सम्मान गर्दछन् । तर कोरियालीहरूका लागि समेत अयोध्याप्रतिको सम्मान कम छैन भन्दा अचम्म लाग्न सक्छ । धेरै जसो कोरियालीहरूले अयोध्यालाई आफ्ना पुर्खाहरूको मावली ठान्ने गर्दछन् । हाल मात्रै दक्षिण कोरियाकी प्रथम महिला किम जङ-सूकले उत्तर भारतस्थित प्राचीन नगर अयोध्याको भ्रमण गरेकी छन्। केही दक्षिण कोरियालीहरू भगवान् रामको जन्मस्थलका रूपमा परिचित अयोध्यासँग आफ्नो विशेष सम्बन्ध भएको मान्छन्। उनीहरू अयोध्या आफ्ना पुर्खाको मावली भएको विश्वास गर्छन्। सुरिरत्ना नाम गरेकी एउटी भारतीय राजकुमारीको कोरियाका एक राजासँग विवाह भएको किम्वदन्तीहरू कोरियामा सुन्न पाइन्छ। किम्वदन्तीले के भन्छ? राजकुमारी सुरिरत्नाको अर्को नाम हु ह्वाङ-ओक थियो। किम्वदन्तीअनुसार उनी दुई हजार वर्षअघि अर्थात् इस्वी सम्वत् ४८ मा कोरिया गएकी थिइन् र त्यहाँ उनको एकजना राजासँग विवाह भएको थियो। उनीहरूबाटै कारक राजवंश सुरु भएको मानिन्छ। चिनियाँ भाषाका केही ग्रन्थका अनुसार अयोध्याका तत्कालीन राजाले सपनामा भगवान्‌बाट आफ्नी १६ वर्षीया छोरीलाई कोरिया पठाएर राजा किम सुरोसँग विवाह गराइदिन आदेश पाएका थिए। दक्षिण कोरियाका लोककथाको लोकप्रिय पुस्तक ‘साम्गुङ युसा’ (तीन राज्यका चिनोहरू) मा रानी ह्वाङ-ओक ‘अयुता’की राजकुमारी भएको उल्लेख छ। ती राजा र रानीको ऐश्वर्य फैलियो र उनीहरूका १० छोरा जन्मिए। उनीहरू दुवै जना १५० वर्षभन्दा बढी बाँचे। मानवशास्त्री किम ब्युङ‍-मोले कोरियाली कथाको ‘अयुता’ उत्तर भारतको अयोध्या नै भएको दाबी गर्छन्। तर ती राजकुमारी साँच्चै अस्तित्वमा थिइन् भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन। बीबीसी कोरियाली सेवाका डेभिड क्यान भन्छन्, “उनको कथा मिथक हो र प्राज्ञहरू त्यसलाई इतिहास मान्दैनन्।” क्यानका अनुसार भारतीय मूलकी कोरियाली रानीबारे विभिन्न कथाहरू र तिनमा कल्पनाशीलताको पर्याप्त प्रयोग भएको छ। कारक राजवंश कोरियामा किम थर सामान्य मानिन्छ। राजा किम सुरो नै किम्हे क्षेत्रमा बसोबास गर्ने किमवंशका पहिलो व्यक्ति हुन् भनिन्छ। बीबीसी कोरियाली सेवाकी मिन्जी ली भन्छिन्, “कोरियामा परम्परागत रूपमा पिताको थर नै सन्तानले राख्छन्। उनको थर आफ्ना सन्तानले प्रयोग गर्न नपाउने देखेर ती रानी दु:खित भएकी थिइन् भन्ने छ।” “किम्वदन्तीअनुसार त्यसैले राजा सुरोले आफ्ना दुई छोरालाई रानीको नाम (हु) थरका रूपमा प्रयोग गर्ने अनुमति दिए। त्यो थर अहिले पनि चलेको छ।” ती राजदम्पतीका वंशजको सङ्ख्या अहिले ६० लाखभन्दा बढी अर्थात् दक्षिण कोरियाको जनसङ्ख्याको झन्डै १० प्रतिशत पुगेको इतिहासकारहरू बताउँछन्। कारकवंशीहरूले आफ्नी कुलमाताले कोरिया आउने क्रममा समुद्रको यात्रा गर्दा डुङ्गा स्थिर राख्न प्रयोग गरेको भनिएका ढुङ्गाहरू संरक्षण गरेर राखेका छन्। दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम-डेई जङ र पूर्वप्रधानमन्त्री किम जोङ‍-पिल आफूहरू पनि कारकवंशी नै भएको मान्छन्। कति प्रख्यात छ किम्वदन्ती? बीबीसी कोरियाली सेवाका केही सहकर्मीले यस्तो किम्वदन्ती आफूले पनि सुनेको तर धेरै पहिलाको विषयवस्तु भएकाले यसको मान्यता व्यापक भएजस्तो आफूलाई नलागेको बताउँछन्। ली भन्छिन्, “विद्यालयमै छँदा मैले पनि यसबारे सुनेकी थिएँ। म र मेरा साथीहरू आफ्नो पुर्ख्यौली त्यति परसम्म भएको सुन्दा दङ्ग पर्थ्यौँ।” तर केही व्यक्ति भने ती राजकुमारी थाईल्यान्डबाट आएकी र उनको जन्मस्थल थाईल्यान्डको अयुत्तया भएको हुनसक्ने बताउँछन्। इन्टर्नेटमा उपलब्ध केही सामग्रीले केही किम्हेवासीले कालो छाला भएका मानिसको पुर्ख्यौली भारतमार रहेको भन्ने किम्वदन्तीलाई एउटा ठट्यौली मान्ने गरेको सङ्केत गर्छन्। किम्वदन्तीको प्रभाव कस्तो छ? किम्हे र अयोध्याबीच भगिनीसम्बन्ध स्थापित गर्न सन् २००० मा एउटा सहमति भएको थियो। त्यसको एक वर्षपछि सयजनाभन्दा बढी इतिहासकार एवम् भारतका लागि उत्तर कोरियाली राजदूतसमेत सरकारी प्रतिनिधिहरूले संयुक्त रूपमा अयोध्यास्थित सरयू नदीको पश्चिमी तटमा रानी ह्वाङ-ओकको स्मारक अनावरण गरे। आफूलाई उनका वंशज मान्नेहरू ती रानीलाई उनकै मातृभूमिमा श्रद्धाञ्जलि व्यक्त गर्न भनेर प्रत्येक वर्ष अयोध्या जान्छन्। सन् २०१६ मा एउटा कोरियाली टोलीले सो स्मारकस्थलको थप विकास गर्न भनेर उत्तर प्रदेशको राज्यसरकारलाई एउटा प्रस्ताव पठायो। प्रथम महिलाको हैसियतमा नोभेम्बर ४ देखि ७ सम्म भारत भ्रमणमा आएकी दक्षिण कोरियाली राष्ट्रपतिकी पत्नी दुई देशले संयुक्त रूपमा गर्न लागेको सो स्मारकको स्तरोन्नतिको कार्यारम्भ समारोहमा सहभागी हुने कार्यक्रम छ। जे होस् रानी ह्वाङ-ओकको कथा दक्षिण कोरिया र भारतबीच सम्बन्ध राम्रो बनाउने आधार बनेको देखिन्छ। दिल्लीमा कार्यरत प्राध्यापक किम डो-युङ भन्छन् – प्रथम महिलाको यो भ्रमण त्यसमै थप अर्को कदम हो। बीबीसीबाट

प्रचण्डको उपस्थितीमा मोरङमा नेकपाको भव्य चियापान [फोटोफिचर]

मोरङ, कार्तिक १९ । तिहार र छठको अवसरमा मोरङमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भव्य चियापान कार्यक्रम भएको छ । पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा भव्य चियापान कार्यक्रम भएको हो । कार्यक्रम नेकपा मोरङको आयोजनामा भएको हो । चियापानमा पार्टी अध्यक्ष प्रचण्ड, पार्टी महासचिव विष्णु पौडेल, कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतको उपस्थिती थियो । भने, सयौं नेता कार्यक्रताले चियापानमा सहभागिता जनाएका थिए ।

क्युबामा पुष्कर शाहको उधारो सम्भोग

सेलिब्रिटी साइकल साउनको दिन। आकाशको रङ्ग पूरै सेतै छ। बादलको घना कब्जा छ। आकाशबाट घाम हराएको छैन भन्ने प्रमाण बादलको चिराबाट देखिने घामले कतिकति बेला दिइरहेको छ। चरिकोट बजार आधा घाम र आधा बादलजस्तै छ। बजारको सातदोबाटोमा हजारौँ मान्छेको भीड लागेको छ। भीडमाझ मेरो साइकल उभिएको छ। दोलखा भीमसेनको दर्शन गरेर आउँदा भीडभित्रको मेरो साइकलसामु म आफैं पुग्न सकिनँ। मेरो साइकललाई मान्छेहरुले अचानक बजारको चोकमा निस्किएको सिनेमाको वास्तविक नायकलाई झैँ घेरेका छन्। छुन मन लागेजस्तो गरी त्यतापट्टि हात तन्काउँदै फेरि तान्दै गरिरहेका छन्। साँच्चिकै सिनेमाको नायक भएको भए सेलिब्रिटी बनेको मेरो साइकलले ती मान्छेहरुका हात, ओठ, गाला र छातीतिर कति अटोग्राफ दिँदो हो! दौरा–सुरूवाल, ज्वारी कोटमाथि भादगाउँले टोपीमा सजिएको म कुनै गाउँ विकास समितिको अध्यक्षभन्दा कम देखिएको छैन। भीड हटाएर कसैले मलाई साइकलछेउ पुर्‍याइदियो। जिल्लाका सबै कार्यालयका प्रमुखहरु पनि उपस्थित थिए। पन्चे बाजा घन्किरहेको थियो। नगरप्रमुख चोकबहादुर दाहालले टीका लगाएर यात्रा शुभारम्भ गरिदिए। अघि–अघि पन्चे बाजा अनि पछि–पछि लागेको भीडभित्र म। लाग्थ्यो, यो कुनै साइकल यात्रा नभएर कुनै जन्तीको हूल हो। बेहुला घोडा नचढेर साइकलमा चढेको छ। सदरमुकाम चरिकोटबाट मेरो गाउँ मकैबारी पुगुन्जेल थुप्रै ठाउँमा स्वागतका घडा राखिएका थिए। गाउँमा त भाइहरुले विदाइद्वार पनि बनाएछन्। “तिमी फर्किँदासम्म त हामी मरिसक्छौँ होला!” गाउँका आफन्तहरुले आफ्नो उमेरको अन्दाज गरेर रोदनमिश्रित आवाजमा भनिरहेका थिए। कति जना त घुँक्कघुँक्क गरिरहेका पनि थिए। मैले सम्झाएँ, “संसारको कथा सुन्नलाई तपाईँहरुले मलाई पर्खिरहनुपर्छ।” बिछोडको पीडाले भावुक बनाइरहेको थियो सबैलाई। गाविस अध्यक्ष कर्णबहादुर शाहले आँसु चुहाउँदै विदाइको माला पहिर्‍याइदिए। गलाभरि माला पहिर्‍याइएको म निर्वाचन जितेको ठूलै नेताजस्तै बनिरहेको थिएँ। मलाई बिदा गर्न बालकदेखि वृद्धसम्म गाउँको सिमाना चरेङ खोलासम्म आए। रून नजानेजसरी सबै मलाई एकतमासले हेरिरहेका थिए। अब भेट होला/नहोला भन्ने सुर्ता थियो सबैमा। म पनि चुपचाप उनीहरुलाई सम्झाइरहेको थिएँ, “म कुनै युद्ध मैदानमा जान लागेको होइन, जहाँ मेरो मृत्यु निश्चित छ। म शान्तियुद्धमा हिँडिरहेछु। जरुर एक दिन गाउँ फर्किन्छु, जहाँ मेरो माटो छ, मेरो सास, आश र विश्वास छ। उकाली–ओरालीहरु छन्। वनपाखाका लालीगुराँस र लालुपाते छन्। डाँफेको वेग छ। दौँतरीहरु छन्। बुद्धभूमिको शिर सगरमाथा छ। त्यसको काखमा मेरो गाउँ छ। गाउँमा मेरो घर छ। मेरी आमा छिन्। मैले आमाको आशीर्वाद पूरा गर्नु छ। गाउँ फर्किएर आमालाई भन्नु छ, ‘मैले तिम्रो आशीर्वाद शिरोपर गरेँ। मैले संसार जितेँ। मसँगै जोडिएको तिम्रो सपना पूरा गरेँ।” चरेङ कटेपछि बाटो उकालो लाग्यो। बिदाइमा हल्लिरहेका हातहरु खाखिनेको उत्तिसघारीले छेकिए। यात्राको पहिलो पाइला नै कस्तो उकालो! बोच, खरीढुङ्गासम्मै ठसठस कन्दै चढेँ। मुढेको ओरालो चार किलोमिटर तल झरेपछि तमाखुबारीमा विवाह गरेर गएका मेरा माइली दिदी र साइँली बहिनीले रूँदै बिदाइका हातहरु हल्लाए। पानी झमझम पर्न थाल्यो। साइकल कतै रोकिएन। खाडी चौर पुगुन्जेल साइकलको आधा ब्रेक खिइसकेको थियो। कृष्ण राउतले दिएको क्यामेरा एक क्लिक नलगाई म जस्तै रूझेको थियो। यहाँ रूने आँखाहरु नभए पनि सोझाएँ साइकलका पाङ्ग्राहरु काठमाडौं तिर। अक्कलेको अक्कल स्पेनमै बसेका बेला बेनिडोर्मदेखि दश किलोमिटर टाढा आल्तेमा एक जना नेपालीको बच्चाको पास्नीमा निम्तो मान्न साँझ पुगेको थिएँ। पास्नीको कार्यक्रम मध्यरातमा मात्र शुरु भएको थियो। पास्नी खाने बच्चा स्वतन्त्र भए पनि उनका बाबुआमा स्वतन्त्र थिएनन्, कामका कारणले बच्चा वा आफ्नै यस्ता कुनै उत्सव मनाउनुपर्दा मध्यरातै कुर्नुपर्ने बाध्यता थियो। आज छोरीको पास्नीमा पनि त्यही नियति भोग्नुपरेको थियो उनीहरुले। यस्तै उत्सव वा पर्वहरु मनाउन नपाउँदा मात्रै मान्छेहरु आफ्नो मातृभूमि छाडेकोमा थकथकाउँदा हुन्। पास्नीमा नेपालका नाम चलेका म्याराथन धावक भेटिए, अक्कलबहादुर बोहोरा! उनी नेपालका होनहार धावक थिए। सबैभन्दा रमाइलो कुरा त के भने नि, उनी मेरै प्रेरणाले म्याराथन धावक बनेका रैछन्। त्यो कुरा मैले निकै अघि सञ्चार माध्यमबाट थाहा पाएको थिएँ। सशस्त्र पुलिसको एउटा सिपाही कसरी पुष्कर शाहको प्रेरणाले नेपालको चर्चित धावक बन्यो होला? उनको कथा पनि कम रोचक रैनछ। मेरो बारेमा पत्रपत्रिकामा छापिएको पढेर उनले अठोट गरेका रैछन्, “पुष्कर शाह आमाले दिएको एक सय रूपैयाँ बोकेर विश्व साइकलयात्रा गर्न सक्छन् भने म एउटा सिपाही मान्छे, महिनाको चार–पाँच हजार तलब पाउँछु, किन धावक बन्न सक्दिनँ?” यही दृढ सपनाले उनलाई आफ्ना खुट्टाहरु दह्रो बनाउन प्रेरणा दियो, छातीलाई आँधी रोक्ने पहाड बनाउन बल प्रदान गर्‍यो अनि आत्मालाई युद्धमा नहार्ने सिपाही जस्तो आँटिलो बनाउन ऊर्जा थप्यो रे! यसरी म्याराथन धावक बनेका अक्कलबहादुर बोहोरा नेपालमा मात्रै होइन, विश्वका धेरै प्रतियोगितामा सहभागी भए। कैयौँ दौड पूरा गरे, कैयौँ दौड जिते। उनको सानो गाँठीको पातलो शरीर देखेर धेरैले उनलाई व्यङ्ग्य पनि गर्थे रे— उनी दौडने होइन कि अरु दौडेको हावाले उनलाई धकेल्छ भनेर! एक पटक पेरिस म्याराथनमा भाग लिन आएको बेला उनी दौड पूरा गरिसकेपछि नेपाल जाने बाटो भुलेर स्पेनतिर झरेछन्। त्यसपछि उनको दौड रोकिएको छ, सपना फेरिएको छ। उनी एउटा रेस्टुरेन्टमा भाँडा टल्काउँछन्। मसँग वियरको चिसो गिलास ठोक्काउँदै अक्कलबहादुरले सोधे, “दाइ, तपाईं जापान पनि पुग्नुभो है?” “पुगेँ नि!”, मैले उनीसँग चियर्स गरेँ। “अमेरिका नि पुग्नुभो है?”, यो प्रश्न सोध्दा उनले एकसासमै वियरको गिलास आधा पारिसकेका थिए र थपेका थिए, “कस्तो रैछ अमेरिका?” “गज्जब!” “तपाईं अमेरिका पुगेको मान्छे फेरि किन फर्केर आउनुभएको?” भन्न त मन थियो, मलाई तिम्रो जस्तो सपना बदल्नु थिएन, त्यही भएर अमेरिका बसिनँ। तर फिस्स हाँसिदिएँ मात्र। हामी लगातार गिलास भर्दै जान्छौँ, त्यो भीडमा मलाई अक्कलबहादुरले मात्रै होइन, अरु थुप्रै वियर र ह्विस्कीका गिलासहरुले पनि थुप्रै प्रश्नहरु सोधिरहन्छन्। यदि म जापानमा साइकल फालेर बसेको भए वा अमेरिकामा पुगेर पासपोर्ट च्यातेको भए आज मलाई यी अक्कलबहादुरहरुले यस्ता प्रश्न सोध्नै पाउने थिएनन्। आज म नेपाली सञ्चार माध्यमहरुमा अन्तर्वार्ता दिने हैसियतको हुने थिइनँ। मैले नेपाली सञ्चार माध्यमलाई अन्तर्वार्ता नदिएको भए अक्कलबहादुरले मेरो अन्तर्वार्ता सुन्न पाउने थिएनन् अनि उनले मेरो प्रेरणा पाउने थिएनन्। मेरो प्रेरणा नपाएको भए उनी एउटा म्याराथन धावक बन्ने थिएनन् अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तक्माहरु घाँटीमा झुन्डाउन पाउने थिएनन्। पेरिस आइपुग्ने थिएनन्। पेरिसबाट नेपाल फर्किने बाटो भुलेर स्पेनतिर झर्ने थिएनन्। मेरो देशको गौरवले विदेशी रेस्टुरेन्टमा भाँडा टल्काउने थिएनन्। हप्ता वा महिनाको अन्तिम दिन युरोपको मुठो गन्ने थिएनन्। उनी एउटा सिपाहीमा मात्र दरिन्थे। स्वास्नी र छोराछोरीका सपना पूरा गर्न सक्ने थिएनन्। आफै“ पनि कति छाक त भोकै सुत्ने थिए तर एउटा सच्चा देशभक्त सिपाही भने बनिरहन्थे, अक्कलबहादुर बोहोरा! सावना सम्भोग एक दिन ब्रेकफास्ट खाएपछि डायनाले मलाई भनी, “तिमी मसँग सावना जान्छौ?” मैले तुरून्तै उत्तर दिएँ “जान्छु।” तर मलाई थाहा थिएन सावना कस्तो हुन्छ भन्ने। काठमाडौँमा यसको नामसम्म सुनेको हुँ। आज नौलो चीजको अनुभव गर्न पाउने भएँ भनेर गद्गद् भएँ। डायनाले पुरानो साइकल भाडामा लिई। होटलबाट केही किलोमिटर पर एउटा सावना घर पुगियो। रिसेप्सनमा गएर डायनाले हामी दुई जनाको पैसा तिरी। त्यहीँ छेउ उभिएर फुत्त–फुत्त तल र माथिका लुगा फुकाली, हाम्रा गाउँघरमा साना केटाकेटीले लुगा फुकाले जस्तो! अनि एउटा ठूलो टावलले वक्षस्थल छोपी। गोरी अमेरिकन युवतीका सेता चिल्ला तिघ्रा र छाती देखेँ मैले। मेरा उत्सुक आँखाले उसका गोरा छाला नियाल्न नपाउँदै ऊ सावनाको कोठाभित्र पसी। म केही बेर त्यही टेबलमा बसिरहेँ। “तिमी आउँदैनौ भित्र?”, उसले भित्रबाट मलाई भनी, “लुगा खोल र आऊ न भित्र। म यहाँ एक्लै छु।” “ह“, लुगा खोलेर भित्र आऊ? हैन के भन्छे यो अमेरिकन तरूनी?”, आफैँसँग बोलेँ। लुगा खोलेर भित्र जानुको अर्थ के? त्यो पनि ऊ एक्लै भएको कोठामा? डायना मभन्दा केही वर्ष मात्र जेठी भए पनि गोरी युवतीसँग यो यात्रामा सम्भोगमा लीन हुन पाइने भइयो भन्ने सोच्दै मन उद्वेलित भयो। फोक्सोले सास चाँडोे–चाँडो फेर्न थाल्यो। मुटुको धड्कन बढेर आयो। विस्तारै लुगा खोलेँ र टावल बेरेँ। एक छिन उभिएँ र गोरीसँगको सम्भोगबारे सोचेँ। अनि आफूलाई दह्रो पारेर भित्र पसेँ। ऊ पसिनाले निथु्रक्क भिजेकी थिई। म पनि भित्र पस्नासाथ पसिनैपसिना हुँदै गएँ। तर एक छिनमै तातो बाफले अत्यास लागेजस्तो भो। मन भने चञ्चल थियो। डायनाप्रति सम्मोहित भइसकेको थियो। कतिखेर उसले अँगालोमा डाक्ली भन्ने मनमा लाग्दै थियो, दुई जना गोरेहरु पनि भित्र पसे। एउटा कुनामा बसे र बाफ लिन थाले। हत्तेरी, सावना त शरीरलाई बाफले नुहाउने ठाउँ पो रहेछ! उधारो सम्भोग देब्रे हातको पाखुरामा लामखुट्टे बस्यो, टोक्नलाई। मार्नलाई ठोकेँ। फुत्केर उड्यो। केही बेरमा फेरि बस्यो। फेरि ठोकेँ। मर्छु भन्ने थाहा पाएर पनि लामखुट्टेले मलाई टोक्न छोड्दैन। ऊ नमरून्जेल भोकले उसलाई पनि छोड्दैन। जीवन रहुन्जेल यसरी नै मान्छे सासको आश गरिरहन्छ। क्युबानहरु पनि यस्तै भोका लामखुट्टे जस्तै लाग्छन् मलाई। हवानामा जुलियोको घरमा बास बसेको म भने क्युबानहरुजस्तै अभावमा थिएँ। झोलामा बाँकी रहेका टी–सर्टहरु दश डलरमा बेचेँ। जुलियोले अर्को पेइङ गेस्ट नआउन्जेल मलाई बस्न आग्रह गर्‍यो। मैले नकार्ने कुरै भएन। हाइटी जाने मेरो योजना खर्च अभावले विफल भइरहेको थियो। कतैबाट टिकट पाइरहेको थिइनँ। अमेरिका फर्कने प्रयासमा एम्बेसी चहारेँ, त्यो पनि असम्भव भयो। म खुला बन्दी भएँ क्युबामा। दिनभरिको थकित शरीरलाई क्यारेबियन सीको मालेकोन डिलमा लगेर बिसाएँ। होटल, रेस्टुरेन्ट सोध्नेदेखि पैसा माग्ने र तरूनी मिलाउनेको भीड। कसैलाई एकान्तमा बसेर केही सोच्ने फुर्सदै दिन्नन् क्युबानहरु। युरोप, अमेरिकामा साइकलमा दुई जनासँगै चढ्दा अनौठो मान्ने पर्यटकहरु यहा“ साइकलको पछाडि केटी राखेर कुदाइरहेका छन्। साइकल पर्यटकले कुदाए पनि कुदाउन लगाउने चाहिँ तरूनीहरु नै हुन्। हो, क्युबा सेक्सको स्वर्ग हो, म मान्छु, तर भोको पेटमा सेक्स? असम्भव! समुद्रको छालमा रत्तीभर पनि हराउन दिएनन् क्युबान युवतीहरुले। दश थरी मान्छेको वरिपरि बस्नुभन्दा तरूनीहरुसँगै जानु उचित मानेर हिँडेँ म। दुइटी तरूनी, अन्दाजी सत्र–अठार वर्षका। जे होस्, टिनएजकै हुन्। हाम्रो देशका कोरली गाई जस्ता। सलक्क परेका भन्छौँ नि हामी, त्यस्तै! लागेँ, उनीहरुकै पछि। करीब दुई–तीन किलोमिटर हिँडेपछि मलाई असन वा पाटनको पुरानो गल्लीको छिँडीतिर पुगे जस्तै लाग्यो। ठ्याक्कै उस्तै। त्यस्तै घर। त्यस्तै झ्यालढोका। त्यस्तै आग्लाहरु। गल्लीको भत्कन लागेको पुरानो घरको तेस्रो तलामा तिनीहरुको कोठा रहेछ। एउटीले चोरझैँ झ्यालबाट पसेर ढोका खोली। यो उनीहरुको कोठा होइन कि भन्ने शङ्का लाग्यो। भित्र पसेपछि ढुक्क भएँ, उनीहरुकै रहेछ। भित्ताका सुन्दर तस्वीरहरुले बताइरहेका थिए। कोठाको आकारप्रकार सबैले मलाई काठमाडौँको सम्झना दिलाए। त्यति बेला पुतलीसडकनजिकै एउटा प्रसिद्ध घर थियो, होलिडे इन। त्यो घरको एउटा कोठामा मैले छ वर्ष बिताएँ। सात तला अठचालीस कोठाको उक्त घरमा बत्ती थिएन। त्यसैले त्यो घर प्रसिद्ध थियो। केशव त्यो घरको दादा थियो। हामीले भाडा तिर्नुपर्दैनथ्यो। बदलामा हामी घरको सुरक्षा गर्थ्यौं। मेरो कोठा सार्वजनिक थियो। कुनै दिन तेह्र जनासम्म सुत्यौँ। छ वर्षको अवधिमा मैले कहिल्यै एक्लै सुत्ने मौका पाइनँ। कोठामा जो पहिला पुग्थ्यो, खाटमा उही सुत्थ्यो। पढ्नेहरु पढ्थे, जागीरेहरु जागीर खान्थे, बेरोजगारहरु डुलेर दिन बिताउँथे, त्यो घर धेरैको आश्रयस्थल बन्यो। मसँग त्यो घरमा धेरै रात गायक अरूण थापा पनि सुते। एक गिलास रक्सीमा गितार बजाएर धेरै गीत सुनाए। मलाई उनको फ्यान बनाउने पनि त्यही घर नै हो। त्यही घरबाट काठमाडौँको जीवन शुरु गरेको उत्तम अहिले स्विटजरल्यान्डको तारे होटलमा म्यानेजर छ। भीमसेन प्रसिद्ध कम्पनीको ट्रेकिङ गाइड बन्यो। मन्जिल, राजकुमार, जनक, हरि, नरहरिहरुले आफ्नो करिअर त्यहीँबाटै शुरु गरे। सुरजले आफ्नी प्रेमिकालाई त्यहीँ भेट्टायो। स्वास्नी पनि त्यहीँ बनायो। मैले जनआन्दोलनमा गोली लाग्दा त्यही कोठामा आरामको सास फेरेँ। सम्झिरहेथेँ काठमाडौँ, एउटी तरूनीले तिघ्रामा प्याट्ट पारी। केही बेर गफ गरेपछि सेक्सको कुरा भयो। उनीहरुसँगै पालैपालो सेक्स गर्नुपर्ने उनीहरुकै आग्रह थियो। मैले भोको छु भनेपछि एउटी खानेकुरा लिन गई, मसँग दुई डलर लिएर। अर्कीले मसँग बार्गेनिङ गर्न थाली। एउटीको एक पटकको चालीस डलर रे! पूरै रात बिताए रेट अझै कम रेट हुन सक्छ रे! म पनि के कम, बार्गेनिङ नै सम्झेर मोलमोलाइ गर्न थालेँ। उसको रेटलाई दश डलरमा झारेँ। दुई डलरको बन बोकेर अर्की तरूनी आइपुगी। मैले टोकेको जुठो बन दुइटीले खोसाखोस गरेर खाए। त्यसपछि एउटीले मेरो टी–सर्ट उतारी। मेरो शरीरका अङ्गहरु देखेर सोधी, “बडीबिल्डर हो कि क्या हो?” अर्कीले जुत्ता–मोजा खोलिदिई। अब दुइटीले नै मलाई मुसार्न थाले। ममा उत्तेजना शून्य बराबर थियो। दुइटी भोकाएका सिंहिनी जस्तै देखिएका थिए। उनीहरु ‘ब्रा’ मा उत्रिसकेका थिए। एउटी मेरो पाइन्टमाथि तिघ्रामा चढी। अर्कीले पछाडिबाट आफ्ना दुई जाँघबीचको यौनाङ्ग मेरो ढाडमा दलिरहेकी थिई। सिनेमामा हिरोइनले हिरोको छातीमा समाएजसरी पछाडिबाट समाइरहेकी थिई घरीघरी। तिघ्रामा चढेकीले दश डलर मागी। मैले ‘पैसा छैन’ भनेँ। पत्याइन। फेरि गालामा म्वाइँ खाई। पछाडिकीले काँध सुमसुम्याउन थाली। मैलै ‘साँच्चिकै पैसा छैन’ भन्दै खाली वालेट देखाएँ। उनीहरुले बल्ल पत्याए। उनीहरुले ‘मनाना’ अर्थात् ‘भोलि’ भने। मैले हुन्छ भनेँ र जुरूक्क उठेँ। उनीहरुले मलाई फेरि लडाए र भने, “पैसा भोलि दिए हुन्छ।” उनीहरुले उधारो सेक्स गर्न आग्रह गरे। म ‘मनाना’ भन्दै लुगा लगाएर त्यहा“बाट निस्किएँ। सेतोपाटीबाट साभार

“कहानी बनेन केही यस्तै भाे मेराे जिन्दगी”, केे गर्दैछन् तिलकसिँह पेला अचेल ?

कुनै समय तत्कालीन सुदूर र मध्यपश्चिम लगायत देशैभरि निकै मन पराइएका ‘लुकाउन खोज्दा पनि आँसु नझरेको हैन…’, कुल्चेर मेरो फूल अरु नै रोज्यौ कि?’, कहानी बनेन केही यस्तै भो मेरो जिन्दगी..’ जस्ता कर्णप्रिय गीत गाएर एकाएक चर्चामा आएका तिलकसिंह पेला शास्त्रीय सङ्गीतको अनवरत साधनामा यसरी हराए कि उनी २१ वर्षपछि बल्ल दोहोऱ्याएर म्युजिक नेपालको स्टुडियो छिरे, गीत रेकर्ड गराउन । २०५४ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गित रेकर्ड गराउनका लागि राजधानी काठमाडौँ पुगेका तिलकले ‘आँसु’ एल्बमका लागि गाएका गीत आज पनि त्यो पुस्ताले बिर्सेको छैन । तर तिलक सङ्गीतको चल्तीको बजारबाट एकाएक हराए । थोरैलाई मात्र थाहा छ, यस अवधिमा तिलक सङ्गीतको साधनामा चुर्लुम्म डुबे । उनले प्रयाग सङ्गीत महाविद्यालयबाट सङ्गीत प्रवीण अर्थात् एमम्युजको उपाधि हासिल गरे । सुदुरपश्चिममा उदाएका कलाकारहरुले देउडा बाहेक अन्य गीतमा छाप छोड्न सक्दैनन भन्ने मानसिकता पनि हावी थियो। तिलकले एउटा नयाँ सम्भावनाको ढोका खोलिदिए । साठीको दशकमा उनले राजधानीमा एउटा सङ्गीत विद्यालय खोले, श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला । यो पाठशाला उनको सतत साधनाको केन्द्र मात्र बनेन यसले थुप्रै आश लाग्दा सङ्गीत प्रतिभाहरू समेत उत्पादन गरिसकेको छ । उनी आफूलाई प्रसिद्ध शास्त्रीय गायक एवं सङ्गीत गुरु धनबहादुर गोपाली र बनारस घरानाका गुरु पण्डित देवाशीष डेका शिष्य भनेर चिनाउन चाहन्छन् । उनी भन्छन्, ‘सुरमा परिपक्वताका लागि रियाजका साथै गुरुको पनि उत्तिकै भूमिका रहन्छ । म समय पाउनासाथ गुरुहरू कहाँ पुगिराख्छु ।’ उनी आज पनि बर्सेनी बनारस पुग्छन्, गुरु देवाशीष डेलाई भेट्न, ‘त्यहाँको सांगीतिक माहौल नै बेग्लै हुन्छ ।’ उनी भन्छन् । भीडभाड र चर्चाबाट टाढै रहने तिलकले थुप्रै शिष्यहरूलाई सिकाइसकेका छन् र उनको विद्यालयका प्रशिक्षार्थीहरूले विभिन्न मंचहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर उनी आँसुपछि आँसु भाग दुई र बिछोडको आँसु एलबमपछि उनी आफू भने सुगम सङ्गीतको गायनमा त्यति देखा परेनन् । यस अवधिमा उनले रियाज गरे, गराए । ‘अहिले प्रविधिले निकै पर्रिवार्तन ल्याएको छ । र यसले कलाकारहरूलाई अझ परिश्रम गर्नुपर्ने र खारिएर रहनुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।’ उनका शिष्यहरूमध्ये रिदम कँडेल अहिले चल्तीका सङ्गीत एरेंजर छन्, कमल बिष्टले रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन्, त्यस्तै अहिले कान्तिपुर टिभीमा चलिरहेको सङ्गीतको रियालिटी सो ‘द भ्वाइस अफ नेपालमा प्रभावकारी शास्त्रीय गायनका मध्यमले सबैको मन जित्न सफल सुशील गड्तौला उनकै गुरुकुलका उत्पादन हुन् । तर २१ वर्षपछि तिलक एकाएक म्युजिक नेपालको स्टुडियोमा देखा परे संजय जुग्जालीको रचना ‘हरेक दिन साँझ फर्केर आउँछ…’ बोलको गजल गाउन । र यससँगै उनले आठवटा गीतहरू रेकर्डिङको तयारीमा रहेको समेत बताए । यसबीच सङ्गीतको प्रारूप पनि फेरिइसकेको छ । त्यसबेला लाइभ अर्केस्ट्रामा रेकर्ड गरिने गीतहरू अब मल्टीट्रयाक रेकर्डिङमा ट्रयाक बनाएर गरिन्छ । सङ्गीतको बजारले समेत रुप फेरिसकेको छ । पहिले क्यासेट एल्बममा आधारित बजार अब डिजिटलाइज भइसकेको छ र अब शेयर र भ्युमा निर्भर रहन थालेको छ । तिलकलाई यस कुराको राम्रो ज्ञान छ । उनी भन्छन्, ‘अहिले प्रविधिले निकै पर्रिवार्तन ल्याएको छ । र यसले कलाकारहरूलाई अझ परिश्रम गर्नुपर्ने र खारिएर रहनुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।’ तिलक आफ्नो सङ्गीत यात्रामा धनगढीमा बसेर साहित्य साधना गरिरहेका आफ्ना दाजु कृष्णसिंह पेलाको योगदान बिर्सनै नसकिने रहेको बताउँछन् । उनले आफूलाई निरन्तर प्रेरित गरिराख्ने भएरै आफ्नो विद्यालयको नाम समेत ‘श्रीकृष्ण गुरुकुल’ राखेका हुन् । तिलक भन्छन्, ‘दादाको भूमिका शब्दमा अभिव्यक्त गर्न सकिन्न । वहाँले मलाई जुन सपना देखाउनु भयो, त्यो आज मेरो हिंड्ने बाटो बनेको छ ।’ हुन त सुदुरपश्चिमबाट थुप्रै कलाकारहरू उदाए र चर्चा समेत कमाए तर तिनमा एउटा कुरा साझा थियो- सबैले लोक सङ्गीत र त्यसमा पी देउडासम्म आफूलाई सीमित पारे । तिलक सुरुदेखि नै फरक र केही अपरिचित बाटोमा हिँडे र उनले साधनाको क्रममा थुप्रै चुनौती र अप्ठ्याराहरूको सामना गर्नुपर्यो । तर उनी न कहिल्यै निराश भए न सफलतामा फुर्किए । न उनले अप्ठ्यारा दिनहरूमा कुनै अन्य विकल्प नै सोचे । उनी भन्छन्, ‘मेरो त हिँड्ने मूलबाटो पनि सङ्गीत भइदियो र वैकल्पिक बाटो पनि सङ्गीत । अन्य कुरा सोच्ने न फुर्सत भयो, न आवश्यकता नै ।’ २०५४ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गित रेकर्ड गराउनका लागि राजधानी काठमाडौँ पुगेका तिलकले ‘आँसु’ एल्बमका लागि गाएका गीत आज पनि त्यो पुस्ताले बिर्सेको छैन । उनी अहिले पनि सम्झिन्छन् २१ वर्ष अगाडि सुदूपश्चिमको कलाकारले आधुनिक गीत गाउँछ भन्दा साङगीतिक क्षेत्रका धेरै हस्तीहरुले समेत मजाकको विषय बनाउँथे।  सुदुरपश्चिममा उदाएका कलाकारहरुले देउडा बाहेक अन्य गीतमा छाप छोड्न सक्दैनन भन्ने मानसिकता पनि हावी थियो। तिलकले एउटा नयाँ सम्भावनाको ढोका खोलिदिए । त्यति मात्र हैन दशरथचन्द नगरपालिका-६ कुरालामा जन्मिएका तिलक सुदूरपश्चिमबाट आधुनिक गीतको एल्बम निकाल्ने पहिलो कलाकारको रूपमा समेत चिनिए । २१ वर्षको अन्तरालपछि स्टुडियो पस्नुका पछाडिको कारणबारे उनी भन्छन्, ‘मैले लामो समयदेखि केही गीतहरू निरन्तर मंचमा गाउने गरेको छु, ती कुनै न कुनै रूपमा मेरो अभिभारा भित्र पर्दछन् । ती गीत मेरो स्वरमा रेकर्ड गराए मैले ऋण तिरेको मान्ने थिएँ ।’ रेकर्डिङस्थलमा उनीसँगै रहेका उनका शिष्य एवं चर्चित एरेन्जर रिदम कँडेललाई आफ्नो गुरुको क्षमतामा पूर्ण विश्वास छ । उनी भन्छन्, ‘गुरुले जहिले पनि उत्कृष्ट टेक दिने कोशिस गर्नुहुन्छ ।’

मनमोहक मुस्ताङ, घुम्न जाने होइन ? [फोटो फिचर]

काठमाडौं, कार्तिक ३ । मुस्ताङ नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाइमा छ। यस जिल्लाको उत्तरी भाग अन्नपूर्ण र निलगीरी हिमालले ढाकिएको छ ।     नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजित छ । माथिल्लो मुस्ताङ ट्रेकिङहरुका लागि एकदमै चर्चित छ भने तल्लो मुस्ताङ प्राकृतिक सुन्दरताका लागि उत्तिकै प्रख्यात छ । माथिल्लो मुस्ताङमा हिमाली हावापानी पाइन्छ ।     धौलागिरी र अन्नपूर्ण हिमालले ढाकिएका कारण यस जिल्लामा बंगालको खाडीबाट बहेको मनसुन वायुको प्रभावबाट वर्षा हुँदैन । पश्चिमी वायुको प्रभावबाट निकै कम पानी पर्ने यस जिल्लाको स्याउ एकदमै प्रख्यात छ ।     यसैबिच नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङका सुन्दर तस्वीर प्रस्तुत गरेका छौं । यी सबै तस्वीर सन्तोषकुमार सिंहले खिचेका हुन्-

यी सात कुरा, सधैं जीवनमा गोप्य राख्नुपर्छ !

एजेन्सी । पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ । हामीले यहाँ जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गरेका छौं । १. घर परिवारको झगडा परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् । २. रातिक्रिडा जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । तपार्इंले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नुपर्ने हुन सक्छ । ३. धन हानी जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्न हुँदैन् । मानिसहरुले तपार्इंको धन हानी हुँदा तपार्इंसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपार्इंबाट टाढिने समेत खतरा समेत हुन्छ । ४. दान जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नुहुँदैन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन । ५. मन्त्र गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नुहुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । ६.अपमान आफू अपमानित भएको कुरा कसैलाई भन्नुहुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपार्इंको मजाक बनाएर खिल्ली उडाउन सक्छन् । ७. पद प्रतिष्ठा पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता कायम गर्नुस् ।

बैतडीको त्रिपुरासुन्दरी लगायतका शक्तिपीठमा यसरी मनाइयो दशैँ

बैतडी, कार्तिक ३ । आज विजया दशमीको दोस्रो दिन पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । तर केही वर्ष अघिसम्म बैतडी लगायत सुदुरपश्चिममा सदरमुकाम बाहेकका ठाउँहरूमा दशैंका दिन कुलदेवताको मन्दिरबाट ल्याइएको जमरा र टीका ग्रहण गरेपश्चात् दशैँको चटारो सकिएर खर काट्ने काम सुरु हुनेगर्दथ्यो । बैतडीको दशरथचन्द नगरपालिका-५ स्थित त्रिपुरासुन्दरी मन्दिरमा दशैँकादिन टिका थाप्ने भक्तजनहरूको घुइंचो लागेको थियो । यसका अतिरिक्त निंगलाशैनी, डिलाशैनी, मेलौली लगायत जिल्लाका अन्य शक्तिपीठहरूमा समेत भव्य पूजा अर्चानाकासाथ दशैँ मनाइयो । यी शक्तिपीठहरूमा दशैँका दिन्न समेत बलि दिइने चलन रहेको छ । बैतडीका विभिन्न शक्तिपीठहरूमा लगभग १२ सय राँगा तथा बोकाहरूको बलि दिइएको छ जुन प्रदेशमै सबैभन्दा बढी रहेको छ । यहाँका अधिकांश ठाउँमा कोजाग्रत पूर्णिमाका दिन मन्दिर या देवस्थलमा बाँकी रहेका जमरा र टीका थाप्दै दशैँ विसर्जन हुने गरेको छ । तर समयसँगै र दशैँपछिका पाँचै दिन मान्यजनका हातबाट टीका थाप्ने चलन देशभरि चलेको छ । यसअघि हिजो देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशिर्वादका साथ ग्रहण गरे । मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।  

चित्रकलाबाट चर्चित कुसल, एक महिनामा ३ अवार्ड !

काठमाडौं, असोज २५ । चित्रकलाबाटै यतिबेला चित्रकार कुसल बस्ताकोटी विश्वभर चर्चित भएका छन । लामो समयदेखि विभिन्न दृश्यहरुलाई आफ्नो चित्रकलामा उतार्दै आइरहेका उनले केही महिनाभित्रै चित्रकला सबन्धी तीन अवार्ड हात पारे । साथै उनी हालैमात्र ग्लोबल अवार्डमा समेत नोमिनेशनमा पर्न सफल भइसकेका छन् । उनले हालै विभिन्न देशहरुमा भएको चित्रकलामा आफ्नो चित्रकलालाई प्रतिस्पर्धा गराएका थिए । जहाँ उनी तीन ठाउँमा विजयी समेत बनेका छन । उनी भन्छन्– ‘यो मेरो सफलता भन्दा पनि सम्पुर्ण नेपालीको सफलता हो । पोखरामा जन्मिएका बस्ताकोटी हाल अमेरिकामा बस्दै आइरहेका छन । नेपालको प्रतिनिधित्व गर्दै उनले नेपालमा सुन्दर दृश्यहरुलाई विश्वभर देखाइसकेका छन । विशेष गरेर सुन्दर दृश्यहरुलाई आफ्नो चित्रकलामा उनी उतार्ने गर्दछन् । उनको अबको योजना भने नेपाल आएर आफ्ना चित्रकलाहरुलाई प्रर्दशन गर्ने रहेको छ । उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला प्रर्दशनी गरिसकेका छन ।

खानेपानी मन्त्रालयको अर्को उपलब्धि, पाँच अर्बको लगानीमा पानी शुद्धीकरण आयोजना निर्माण हुँदै

काठमाडौं, असोज २३ । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाइकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आह्वान गर्ने भएको छ ।   खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाइकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिएको हो । जाइकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो ।   मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गरेको हो । यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् । ? त्यसैगरी बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सुरु हुन लागेको जानकारी दिइयो । आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए ।     निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागिएको हो । यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए ।   त्यस्तै बोर्डबाट गठन भएको टास्क फोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिएको छ ।   त्यस्तै बैठकमा मन्त्रालयले दुई साता अघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभरि ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गरायो । बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय तह तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताइन् । देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिइन् ।     उनले देशैभरि रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत पूर्ण सरसफाइको अभियानलाई अघि बढाउँदै लैजाने बताइन् । पूर्ण सरसफाइसँगै ढलको व्यवस्थापनलाई समेत अगाडि बढाउने मन्त्री मगरले जानकारी दिइन् ।

सरकारले बन्द गर : यो १६ हजार बढी पोर्न साइट !

काठमाडौं, असोज १५ । सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ ।   सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्यूनीकरण गर्ने उदेश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।   मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाईएको छ । नेपाल समाचारपत्रमा खबर छ ।