सिनेमामा सेन्सरसिप

सेन्सर’ यो शब्दलाई स्रष्टाहरू मन पराउँदैनन् । सेन्सर भनेको प्रतिगमन, निषेध र छल हो । राज्यको आधिकारिकता जोगाउने नाममा व्यक्तिको अस्मितामाथि आक्रमण गर्ने हतियारका रूपमा लिइन्छ सेन्सरसिपलाई । पहिले यो व्यापक थियो । २०४६ को पहिलो राष्ट्रिय जनआन्दोलनपछि सेन्सर शिथिल भयो । त्यो आन्दोलनको प्रभाव थियो । जनआन्दोलनपछि बनेका कानुनले केही स्थूल कार्य गरे । छापाखाना जफत नगरिने, पत्रपत्रिकामा सेन्सरसिप नलगाइने, पत्रपत्रिकाको दर्ता खारेज नगरिने जस्ता प्रबन्धले स्थूल रूपमा स्वतन्त्रता प्रत्याभूत भयो, तर यसले सेन्सरको व्यवस्थालाई सदाकालका लागि खारेज गरेन । त्यसो गर्नु राज्यका लागि सम्भव पनि थिएन होला । राज्यका बारेमा चर्चा गर्दा नियन्त्रण राज्यको अमोघ अस्त्र हो भन्ने कुरा बिर्सिनु हुँदैन ।नेपालमा दुई ठूला जनआन्दोलन र अन्य कतिपय आन्दोलनका प्रत्युत नियन्त्रणको लगाम जारी छ ।

अहिले सेन्सर सिनेमामा छ । हिमाल एसोसिएसन्सका वसन्त थापा पन्ध्रौं किम्फको तयारीमा छन् । थापा भन्छन् स् ‘धेरै परिवर्तन भए पनि व्यवहारमा केही ‘अपरिवर्तनीय’ विषय राखेको हुन्छ राज्यले । सेन्सरसिप त्यही अपरिवर्तनीय विषय भएको छ नेपालमा । सत्तामा जो पुगे यसलाई कसैले परिवर्तन गरेनन् ।’

हो, वस्तु र विम्बमा थुप्रै परिवर्तन भए पनि मानिसका नैसर्गिक हक–अधिकारलाई कुण्ठित गर्ने शैलीमा परिवर्तन आएको छैन । विडम्बना कि जो अधिकारको प्रवक्ता हुन्छ ऊ नै नियन्त्रणको पक्षमा देखिन्छ ।

सरकारले सेन्सरबोर्ड गठन गर्छ । बोर्डका अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्छ । तिनीहरूलाई भत्ता दिन्छ । तिनीहरूलाई नै ३ करोड नेपालीको चेतनामाथि निगरानी राख्न लगाइन्छ । के राज्यले यसो गर्नु हुन्छ ?

७० वर्षको आधुनिक जीवनमा नेपालीले थुप्रै अपमानजनक निषेधहरू खेपेका छन् । छापिएका पत्रिका प्रेस वा बजारबाट उठाइएका छन् ।

लेखक, सम्पादकहरू थुनिएका छन्, तैपनि नेपाली बौद्धिक समाजमा विचलन आएको छैन । लामो संघर्षपछि आएको अहिलेको संविधान पनि बत्तीस लक्षणले युक्त छैन । थापा भन्छन्– ‘यो संविधानले पनि सिनेमाको गर्धनमा सेन्सरसिपको फाँसी झुन्ड्याएको छ । त्यो किन झुन्ड्याइएको हो कसैलाई थाहा छैन । अहिलेको समयमा सिनेमा सर्वव्यापी छ । टेलिभिजन सिनेमा हो । युट्युब सिनेमा हो । मानिसहरूको हातहातमा रहेका स्मार्टफोनहरू सिनेमा हुन् । छायाँ र छविको यो सर्वव्यापकतामा सेन्सरसिपको कुनै अर्थ छैन, तर सेन्सरसिप छ । हाम्रा सिनेमा निर्माता, निर्देशक, अभिनेत्री एवं अभिनेताहरूले यसको पीडा भोग्दैछन् । सरकारले सेन्सरबोर्ड गठन गर्छ । बोर्डका अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्छ । तिनीहरूलाई भत्ता दिन्छ । तिनीहरूलाई नै ३ करोड नेपालीको चेतनामाथि निगरानी राख्न लगाइन्छ । के राज्यले यसो गर्नु हुन्छ ?’

नेपालका सत्ता सञ्चालकहरू द्विविधामा छन् । देशको दायाँबायाँ दुवैतिरका समाजमा व्यापक सेन्सरसिप छ । उत्तरतिरको कुरै नगरौं, त्यहाँको राजनीतिक व्यवस्थाले सेन्सरसिपलाई आफ्नो अभिन्न अंग नै बनाएको छ । दक्षिणतिरको राजनीतिक व्यवस्था सेन्सरसिपका विरुद्ध भए पनि सरकारहरू त्यसका विरुद्ध छैनन् । त्यसैलाई नेपालका नेता तथा सरकार सञ्चालकहरूले उदाहरण बनाएका छन् स् सेन्सरसिप नचाहिने भए भारतजस्तो त्यत्रो लोकतान्त्रिक देशले खारेज गरिहाल्थ्यो नि † देशमा सेन्सरसिप छ तर सिनेमा निर्देशक, निर्माता, लेखक, अभिनेत्री, अभिनेता कसैले पनि यसका विरुद्ध जिउँदो आवाज उठाएका छैनन् । नेपाली चलचित्र निर्माताहरू अधिकारीहरूको आधिकारिकताप्रति आवश्यकताभन्दा वढी नै नतमस्तक छन् ।

वसन्त थापाका लागि किम्फको आयोजना व्यक्तिगत हिसाबले पनि आनन्ददायी हुन्छ । थापा सिनेमामा भन्दा पनि सिनेमा उत्सवको व्यवस्थापनमा रमाउँछन् । चुनावका कारण यो वर्ष किम्फको उद्घाटन हुने दिन सरेको छ दिसेम्बर १४ मा । वसन्तका लागि किम्फको आयोजना जति आनन्ददायक हुन्छ त्यत्तिकै कष्टकारी पनि । नियमको अधीनमा गयो भने किम्फमा देखाइने सबै चलचित्रको सेन्सर अनिवार्य हुन्छ । यति धेरै र यति विविध सिनेमा हेरेर त्यसको सेन्सर गर्नु मानवीय हिसाबले पनि सजिलो छैन । उदार लोकतन्त्रको फाइदा यही हो कि सञ्चार मन्त्रालयका अधिकारीहरूले किम्फ आयोजकहरूलाई नै विश्वासका आधारमा सिनेमा सेन्सर गर्ने अधिकार प्रत्यायोजन गरेका छन् । अलिकति भए पनि राहत प्राप्त भएको छ यसबाट ।

साहित्य, सिनेमा एवं कलाका क्षेत्रमा कार्यरत साथीहरूले सेन्सरसिपका बारे छलफल कार्यक्रम पनि सञ्चालन गर्नुभएको छ । यस्तो छलफल कार्यक्रमको आयोजना नियमित रूपले गरिनुपर्छ । सेन्सरले दुख दिन थालेपछि मात्र त्यसमा ध्यान दिने वा चनाखो हुने हो भने परिस्थिति प्रतिकूल हुन सक्छ ।

साहित्य, सिनेमा एवं कलाका क्षेत्रमा कार्यरत साथीहरूले सेन्सरसिपका बारे छलफल कार्यक्रम पनि सञ्चालन गर्नुभएको छ । यस्तो छलफल कार्यक्रमको आयोजना नियमित रूपले गरिनुपर्छ । सेन्सरले दुख दिन थालेपछि मात्र त्यसमा ध्यान दिने वा चनाखो हुने हो भने परिस्थिति प्रतिकूल हुन सक्छ ।

भारतमा भारतीय जनता पार्टीले सरकार बनाएपछि सेन्सरको आतंक बढ्न थाल्यो ।

पहलाज निहलानी सेन्सर बोर्डको अध्यक्ष भएपछि उनले ‘संस्कारी’ सिनेमाको पक्षमा नारा लगाए । त्यसका विरुद्ध सिनेमाकर्मीहरू एकजुट भए । अन्ततस् भारतको केन्द्रीय सरकारले बाध्य भएर निहलानीलाई खारेज गर्‍यो । उनको ठाउँमा प्रसून जोशी आए । भारतमा सेन्सर बोर्डको आवश्यकताका बारेमा पनि प्रश्न उठ्न थालेको छ । नेपालको सिनेमा उद्योग सानो भए पनि सेन्सरका इस्युहरू जटिल बन्न थालेका छन् अर्थात् अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू चनाखो हुने बेला भैसकेको छ । साप्ताहिकबाट

प्रचण्ड र केपी प्रेम सम्बन्धमा !

विकाश गायक यति बेला नेपाली राजनैतिक वृतलाई बाम ध्रुविकरण अझ भनौ, बाम एकताको चर्को बहसले च्वात्तै पोलेको छ। वर्तमान नेपालका दुई ठुला कम्युनिष्ट शक्ति एमाले र माओवादीबीचको यो ध्रुबिकरण बिल्कुल स्वाभाभिक छ किनकी चुनावी रणनीति भनेको जोसँग मिल्दा बढी भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ उसैसँग मिल्ने नै हो, चुनाबमा प्रधान कुरा नतिजा नै हुन्छ ।  हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने  दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाब भन्दा धेरै अघि सम्म बढ्नेमा शंका छ।  अन्य सबै कुरा सहायक नै हुन्छ । गएको स्थानीय चुनावले के देखाउछँ भने जुन ठाउँमा माओवादी र एमाले मिलेर चुनाव लडे ति ठाँउ प्राय जितेका छन्। हिजोसम्म एक अर्काको उछितो काट्दै हिँडेका यि दल आज अङ्गालोमा कसिएका छन् र यिनका नेताहरु केपी अाेली र प्रचण्ड स्वार्थ सहितको प्रेम सम्बन्धमा छन् । विकाश गायक हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने यि दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाव भन्दा धेरै अघि सम्म बढ्नेमा आम कम्युनिष्ट शुभेच्छुकलाई भन्दा यिनीहरुलाई नै बढी शंका छ। हिजो एक अर्कालाई टाउकाको मुल्य तोक्दै सिध्याउन हिडेका शेरबहादुर र प्रचण्ड मिल्न सक्छन् भने प्रचण्ड र केपी मिल्नु धेरै आश्चर्यको बिषय रहेन, भएन। अहिलेको यो ध्रुविकरणबाट अन्य साना दल बाहेक एमाले र माओबादीले ६० र ४० प्रतिशत सिट सुरक्षित गर्न खोजेका हुन्, त्यो भन्दा अरु खासै ठुलै त्याग यिनीहरुले गरिहाल्ने देखिदैन, किनकी सबैलाई ठाम चाहिएको बेला भन्ने चाँही ‘बाम–बाम’ हो, नत्र त मै खाम, मै लाम नै हो । कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो आम कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। जहाँसम्म पार्टी एकताको सवाल छ, टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो, त्यसैले पहिला मानसिक र भावानात्मक रुपमा एकता गराउन यो एकताको बिषयलाई अलि चाहिने भन्दा चर्को रुपमा उठाइएको हो। खासै मन नपरे पनि पेपर म्यारिज गरेर अष्ट्रेलिया छिर्ने अनि उता पुगेपछी डिभोर्स गरेर आफुले मन पराएकी केटी वा केटासँग बिहे गरेर घरजम गर्ने आम नेपाली युवाहरुको अहिलेको परिवेशलाई चुनाबसम्म ध्रुबिकरणलाई जसो–तसोसँगै लाने, ६० र ४० पाएपछि पनि मनपरेसँगै बस्ने, नपरे आ–आफ्नो बाटो छँदैछसँग तुलाना गर्न सकिन्छ । यी सबै हुँदा हुँदै पनि मिल्नु जत्तिको आहा १ नमिल्नुमा चाँही छैन, हुँदैन। फेरी पनि बृहत रुपान्तरण सहितको कम्युनिष्ट एकतालाई आजको आवश्यकताको रुपमा नर्कान भने सकिन्न। अन्त्यमा, यता बाम ध्रुबिकरण सँग–सँगै उता कांग्रेस लगायत अन्य लोकतन्त्रीक घटकको ध्रुबिकरणले आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ । यि सबै ध्रुविकरण राष्ट्रको हितको लागी हुनसके वास्तवमै यिनीहरुको औचित्य सिद्ध हुनेछ । 

यसकारण चल्यो एकताको बहस, यी हुन बस्तुगत आधार

वर्ष दिनअघि संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाको खेल हो । इतिहास र घटनाक्रमले असम्भवजस्ता देखिएका विषयलाई पनि सम्भव बनाई दिन्छ ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाललगायत बामपन्थी एवं अग्रगामी शक्तिबीच पार्टी एकता हुने भएपछि राजनीतिक बजार तातेको छ । यस लेखमा पार्टी एकता र चुनावी तालमेलबारे भएका प्रयास र गरिएका आधारभूत सहमतिबारे संक्षिप्तमा केही कुरा उल्लेख गरिनेछ । एमाले र माओवादीबीच एकताको चर्चा नयाँ पक्कै होइन, ०६४ सालमा सम्पन्न माओवादीको कामीडाँडा बैठकले नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने सर्तमा बृहत् बामपन्थी एकताको प्रस्ताव पारित गरेको थियो । साथै, जनयुद्ध, जनआन्दोलन, वार्ता र कूटनीतिलाई नेपाली क्रान्तिको नयाँ कार्यदिशाका रुपमा संश्लेषण गरेको थियो । तर, तत्कालीन एमाले नेतृत्व त्यसमा सहमत नहुँदा माओवादी प्रस्तावले सार्थकता पाउन सकेन । आज चलेको एकीकरणको बहसलाई त्यसैको राजनीतिक निरन्तरता मान्न सकिन्छ । दुई पार्टीबीच एकताको बहस धेरैका लागि अप्रत्यासित लाग्नु स्वाभाविक नै छ । कांग्रेस(माओवादी गठबन्धन कायम रहेको, स्थानीय तहका तीनै चरणका चुनावमा तुलनात्मक रुपमा कांग्रेस र माओवादीबीच तालमेल रहेको, एमाले र माओवादीका नेताहरु बीचमा मात्रै नभएर समर्थनसम्म तिक्ततापूर्ण सम्बन्ध रहेको पृष्ठभूमिमा एकाएक एकताको प्रयास अप्रत्यासित लाग्नुलाई अन्यथा मान्न सकिन्न । तर, विचार, राजनीति, कार्यदिशा, संगठन र नेतृत्वसहित एकताको आधार र प्रयास हेर्दा बृहत् बाम एकताको प्रयत्नलाई अस्वाभाविक मान्नुपर्ने परिस्थिति देखिँदैन । बाहिर बहसको प्रारम्भ मात्र जस्तो देखिए पनि एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस र तयारी उत्कर्षमा छ । ठूलै राजनीतिक उथलपुथल र प्रतिकूल परिस्थितिको सिर्जना भएन भने अब एकता लगभग निश्चितप्रायः देखिन्छ । यहाँ कुन आधारमा एकता हुँदैछ भन्ने विषयलाई संक्षिप्तमा चर्चा गरिएको छ । एमाले, माओवादी केन्द्र, नयाँशक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस उत्कर्षमा । कम्युनिस्टहरुको ध्येय साम्यवादी आदर्शको प्राप्ति नै हो, त्यसका लागि नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादको लक्ष्य हासिल गर्नु अहिलेको मिसन हो । यसमा एमाले, माओवादी केन्द्रलगायत एकताका लागि तयार भएका शक्ति सहमत देखिन्छन् । माओवादी एमालेको एकताको वैचारिक सर्त शान्तिपूर्ण संक्रमणमार्फत् समाजवादमा जाने कुरामा सहमति भएको छ । एमालेले समाजवादको आर्थिक(सामाजिक स्वरुपमा सहमति जनाउने, माओवादीले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका आधारमा समाजवादमा पुग्ने सर्तमा सहमति जनाउने दुई पार्टीबीच एकताको प्रस्तावमा उल्लेख छ । शान्तिपूर्ण संक्रमणबाट समाजवादमा पुग्ने सैद्धान्तिक सहमति नेपालका सन्दर्भमा बिल्कूलै नयाँ अभ्यास हो । समाजवादको आधार तयार पार्दै जाँदा प्रतिक्रियावादी वर्ग झडपमा आए के गर्ने भन्ने प्रश्न पक्कै उठ्छ । तर, बृहत् बामपन्थी एकतामार्फत् नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित हुँदा सत्ता र राजकीय अवयवहरुमा दुईतिहाई पुग्ने र त्यसकै आधारमा समाजवादमा जान सकिनेमा एमाले(माओवादीका शीर्ष नेताहरु एकमत देखिएका छन् । तर, यो नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीहरुका लागि गुरुत्वपूर्ण बहसको विषय हो । यसअघि माओवादी केन्द्र २१औं शताब्दीको जनवाद र एमाले जनताको बहुदलीय जनवादको कार्यक्रमका आधारमा राजनीतिक प्रतिस्पर्धाको मान्यता राख्थे । रुपमा २१औं शताब्दीको जनवाद र बहुदलीय जनवाद एउटै देखिए पनि प्रतिस्पर्धामा सहभागी हुने शक्तिहरुको विषयमा दुई पार्टीबीच मतभेद थियो । माओवादी सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई मात्रै राजनीतिक प्रतिस्पर्धामा सहभागी गराउने मान्यतामा थियो भने एमाले खुल्ला प्रतिस्पर्धामा । संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भइसकेर संविधान बनिसकेकाले माओवादी एमालेलाई सामन्तवाद, साम्राज्यवाद विरोधी शक्ति नै ठान्छ ।   अर्को कुरा, सत्तामा दुईतिहाई बहुमतमार्फत् शान्तिपूर्ण संक्रमणकै कारणमा समाजवादमा जाने विषयमा एमाले(माओवादी सहमत देखिएकाले राजनीतिक प्रतिस्पर्धा खुल्ला नै हुन्छ भन्नेमा सायद अब भ्रम नहोला । जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् । झट्ट हेर्दा अहिलेको एकता एमाले, माओवादी, फोरम र नयाँ शक्तिलगायतको एकता देखिन्छ । तर, यसभित्र नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने सपना र योजना अन्तरनिहित छ । नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा साथ दिनेसँग चुनावपछि तत्काल एकता गर्ने र मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी मैनाली, नारायणमान बिजुक्छे, मोहनबिक्रम सिंहलगायत नेताहरुको नेतृत्वमा रहेका कम्युनिस्ट धाराहरुलाई पनि क्रमशः एकताको प्रक्रियामा लैजाने तयारी छ । सबैलाई तत्काल एकताको प्रक्रियामा ल्याउन सम्भव होला, नहोला । तर, मुख्य कम्युनिस्ट घटकहरु बीचको एकता निश्चितजस्तै देखिएको छ । यसले नेपालको मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ अवधारणा र बहसको सिर्जना गर्ने निश्चित छ । नेत्र विक्रम चन्द ‘विप्लव’लगायत समूह नेपालमा आमूल परिवर्तन चाहन्छन् । तर, नेपालको राजनीतिक धरातल र अनुभवले तत्काल त्यो सम्भव देखिँदैन । ०६६ सालमा माओवादीले गरेको ६ दिने आम हड्ताल र त्यसबाट प्राप्त असफलता त्यसको पछिल्लो प्रमाण हो । तसर्थ, विप्लव समूह पनि एक चरणको राजनीतिक क्रान्तिको असफलतापछि छिटै एउटै कम्युनिस्ट केन्द्रमा आउने सम्भावना कमजोर देखिँदैन । यो सम्भावनालाई पनि एमाले(माओवादीका नेताहरु नजिकबाट नियालिरहेका छन् । माओवादी र एमालेबीच भएको अलिखित सहमतिले १र२ दिनमै लिखित सहमतिको रुप धारण गर्नेछ । राजनीतिक दृष्टिले हेर्दा नेपालीहरु राजनीतिक स्थिरता र नेपालमा बाम एकता चाहन्छन् । अहिलेको एकता अभियान त्यसैको मूर्तरुप हो । तत्काल एमाले(माओवादी ६०(४० प्रतिशतका आधारमा संघीय र प्रादेशिक चुनावमा सहभागी हुने, संघीय निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने र त्यसैका आधारमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालमा जाने दुई पार्टीबीच सहमति छ । यसले नेपाली राजनीतिमा ००७ सालयता विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्नेछ । जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् । माओवादी र एमालेबीच सूर्य चिन्ह लिएर चुनाव लड्ने, चुनावी तालमेल गर्ने, चुनावपछि पार्टी एकता गर्ने, पार्टी एकताको सम्पूर्ण कुरा चुनावअघि नै टुंगो लगाउने र चुनावपछि एकताको घोषणा गर्ने, दुवै पार्टीको अधिवेशनबाट एकताको प्रस्ताव पारित गर्ने र एकता महाधिवेशन गर्ने, चुनावपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्ष बन्ने समझदारी छ । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीमा जाँदा प्रचण्डलाई अघि सार्ने दुई दलबीच समझदारी छ । चुनावी तालमेल र पार्टी एकताबारे एमाले, माओवादी केन्द्र, नयाँ शक्ति र फोरमका नेताहरुबीच धेरै चरणका छलफल भएका छन् । एकताको प्रारम्भिक दस्तावेजसमेत लगभग तयार भइसकेको छ, त्यसलाई अन्तिम रुप दिएर १/२ दिनमै त्यसको घोषणा हुने सम्भावना छ । चुनावअघि एकता संयोजन समिति बनाएर जानसमेत नेताहरु सहमत देखिएका छन् । संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, नयाँशक्तिका संयोजक डा। बाबुराम भट्टराई रहने सहमति छ । चुनावी तालमेलबारे समझदारीमा पुगे पनि पार्टी एकताका बारेमा संघीय समाजवादी फोरम आन्तरिक छलफलमा छ । संघीय फोरमले आधिकारिक निर्णय गरेपछि उपेन्द्र यादव र अशोक राई पनि संयोजन समितिमा रहनेछन् । संयोजन समितिको हाइकमान्डमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड रहनेछन् । यसरी चुनावी तालमेल, पार्टी एकता, संविधान संशोधन, निर्वाचनपछिको राजनीतिक ध्रुवीकरण र जिम्मेवारीलगायत विषयमा एकताका पक्षधर शक्तिहरु लिखित सहमतिको नजिकै पुगेका छन् । अहिले कांग्रेस र माओवादीको गठबन्धन सरकार छ । संघीय र प्रादेशिक चुनावको मिति घोषणा भइसकेको छ । यस्तो अवस्थामा कांग्रेस र माओवादी गठबन्धनमा समस्या आउने सम्भावना पनि छ । तर, यो एकता अभियान कसैका विरुद्ध परिलक्षित छैन । बरु, नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने बामपन्थीहरुको दशकौं लामो सपना, देशको राजनीतिक स्थिरता र समृद्धिको सपनाद्वारा निर्देशित छ । तसर्थ, यसबाट कांग्रेसलगायत शक्तिहरु तरंगित हुनुपर्ने अवस्था छैन । निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा तोकिएकै समयमा संघीय र प्रादेशिक निर्वाचन हुनुपर्छ । त्यसका लागि विभिन्न विकल्प छन् । वर्तमान सरकारले नै चुनाव गर्ने, सर्वदलीय चुनावी सरकार गठन गरेर निर्वाचनमा जाने । यी विकल्पमा एमाले(माओवादी असहमत देखिँदैनन् । तर, जुनसुकै मोडेलमा गए पनि अब चुनाव रोकिन्न र रोकिनु हुँदैन । माओवादी वृत्तमा एमालेप्रति चरम अविश्वास देखिन्छ । राजनीतिक समीकरणमा पटक(पटक धोका पाएको पीडा कार्यकर्ताले विभिन्न ढंगले अभिव्यक्त गर्दैछन् । तर, अहिलेको बहस चुनावी तालमेल र सत्ता गठबन्धनको बहस मात्रै होइन, पार्टी एकताको बहस हो, नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस पनि । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमार्फत् नेपालमा राजनीतिक स्थिरता र समृद्धिको बाटोमा जाने बहस हो । समग्रमा नेपालको भाग्य र भविष्य निर्धारण गर्ने बहस हो । यही कोणबाट समग्र विषयको टुंगो लाग्दैछ । १र२ दिनमा चुनावी तालमेल र चुनावपछि हुने पार्टी एकताका समग्र विषयमा लिखित सम्झौता हुनेछ, यससँगै राजनीतिक वृत्तमा देखिएको तरंगले पनि ठोस रुप धारण गर्नेछ ।

तामाङ समुदायको चेतना र वर्तमान राजनीतिक अवस्था

तामाङ युवाहरूले चाहे भने कुनै सिंगो समुदाय हैन राष्ट्रनै परिवर्तन गर्न सक्छ भन्ने उदाहरण भर्खरै सम्पन्न नेपाल आइडलमा पोखरेली युवा बुद्ध लामाको शानदार जितले पुष्टि गरेकोछ । बुद्ध लामाको नेपाल आइडलमा भएको शानदार जितबाट अब तामाङहरूले खुशीयाली मनाउने भन्दा बढी नयाँ पाठ सिक्ने समय आएको छ । निशान भट्टराई र प्रताप दासको भन्दा झण्डै करोड बढी मतको अन्तरले जित्नु चानचुने कुरा होइन । बुद्ध लामा प्रति सम्पूर्ण मंगोल समुदाय वा गैरआर्यनहरू किन लागे भन्ने विषयमा तामाङहरूले सोच्नु जरूरी देखिन्छ । लक्ष्मण तामाङ निशान भट्टराईको एप बन्दा सम्म बुद्धको नामको एप तयार नगरिनुले वा निशानकी आमालाई कतार लगिनुले बाहुनवादले आदिवासी समुदाय माथि विगतमा पनि ठाडै जातीय शोषण गर्थ्यो र अहिले पनि गरिरहको छ भन्ने कुराको पुष्टि हुन्छ । त्यसैको परिणाम स्वरूप तामाङ समुदायको सचेत युवाहरूले आजको दिनमा आफू र तामाङ समुदाय माथि भएको शोषणको भण्डाफोर गरिरहेका छन् । कमिलाको पखेटा आएपछि काल आउँछ भनेझैँ यसै समयमा बाहुनवाद बढी हावी हुन थालेको छ । आदिवासी समुदाय माथि विभिन्न तरिकाले अपमान गर्न थालेका छन् । परिणामस्वरूप तामाङ समुदायका युवाहरू झनै एक हुन थाल्यो र करोडौंको मत अन्तरले नेपाल आइडलमा बुद्ध लामालाई शानदार विजय गराउन सफल भयो । मैले सुनेको छु रसुवा जिल्लामा १५ प्रतिसत बाहुनरछेत्री, ८२ प्रतिसत तामाङ र केहि मात्रामा नेवारी समुदायको पनि बसोबास रहेको छ । रसुवा जिल्लामा २०७४ साल मंसिर १० गते हुने संघीय अर्थात् प्रतिनिधि सभाको निम्ति एउटा र प्रदेश सभाको निम्ति दुईवटा चुनावी क्षेत्र निर्धारण गरिएको छ । १५ प्रतिसत बाहुन/छेत्री भएको ठाउँमा संघीय अर्थात् प्रतिनिधि सभामा नेपाली काँग्रेस र एमाले दुवै पार्टीले बाहुन र छेत्रीलाई नै उम्मेदवार उठाइदै छ यो शोषण हो । सोझो अर्थमा भन्दा ८२ प्रतिसत तामाङहरूको लागि ठाडै अपमान गरिनु हो । रसुवावासी आमा, आपा, ज्योज्यो आले, नाना आङा जसरी हामी तामाङ समुदायले एक भएर बुद्ध लामालाई नेपाल आइडलमा जिताउन सफल भयौँ २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा बाहुन/छेत्रीलाई हैन तामाङ समुदायको उमेद्वारलाई नै भोट दिएर जिताउनु पर्छ । तामाङको मर्म तामाङले बुझ्छ बाहुन/छेत्रीले हैन । रसुवा जिल्लाको हामी तामाङ समुदायलाई यो १५ प्रतिसत बाहुनरछेत्रीले भोट बैंक मात्र बनाएको छ । यसको जवाफमा तपाईंहरूले २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा रसुवाबाट उठ्ने युवा पुस्ता तामाङ तामाङ समुदायको उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर एक हुनुहोस् । रसुवावासी तामाङ समुदायको एकता देखेर अन्य जिल्लाका तामाङहरूलाई पनि एक हुन प्रेरणा मिलोस् कामना १ । तामाङ समुदायको एकताको नाममा नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र कथित नयाँ शक्ति पार्टीको उम्मेदवारहरूलाई भोट दिएर हामी तामाङ समुदायको युवाले गल्ति गर्नु हुँदैन । नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी ९केन्द्र० र कथित नयाँ शक्ति पार्टीको टाउके नेताहरू सबै बाहुनहरु भएकोले यी पार्टीको तामाङ उम्मेदवारहरूलाई भोट दिनु भनेको फेरी पनि बाहुन उम्मेदवारलाई नै भोट दिनु हुनेछ । २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा हामीले तामाङ युवाहरूले विगतमा गरेको गल्ति दोहोर्‍याउनु हुदैन । राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र शैक्षिक लगायत विविध कोणबाट तामाङ समुदायलाई पछि पार्ने काम विगत देखि वर्तमान समय सम्म बाहुनहरूले गरिरहेका छन् । यसको बिरोधमा तामाङ समुदायका युवाहरूले पटक-पटक बाहुनवादको विरुद्ध विद्रोह गरिरहेका छन् । यसले तामाङ समुदाय आफ्नो जाति, धर्म, संस्कार, रीति र परम्पराको रक्षाको निम्ति कसैदेखि डग्दैन र डराउँदैन भन्ने देखाउँछ । यहि चेतना तामाङ समुदायको सवै युवा पुस्तामा आउने हो भने तामाङ समुदायले आफ्नो अस्तित्व कायम गर्न धेरै समय कुर्नु पर्दैन । हेर्नुस् हाम्रै अनुहारका चीन, जापान, उत्तर वा दक्षिण कोरिया कति अगाडि पुगेका छन् । नेपाल देश र हामी तामाङ समुदाय पनि त्यो अवस्थामा पुग्न सक्दैनौ भन्ने होइन समग्र तामाङ एक भयो भने हामी प्रगतिको मार्गमा अगाडि बढ्न सक्छौ भन्ने लाग्छ । बुद्ध लामालाई आज यति फरक मतले विजय गराउन सफल तामाङ समुदाय नेपाली राजनीतिमा पनि एक भएर फरक मत देखाइदिनु पर्छ । ८२ प्रतिसत तामाङ समुदाय बसोबास गरेको ठाउँ रसुवामा किन राम्रो विकास हुन सकेनरु भन्ने प्रश्नमा बाहुनवादले आजको दिन सम्म रसुवाको तामाङ समुदाय माथि गर्ने गरेको सोषण, दमन, अन्याय, अत्याचार र हाली मुहालीले गर्दा हो भन्ने लाग्छ । शिक्षा र राजनीतिको मूलधारबाट तामाङ समुदायलाई निकालियो अनि सदियौं सम्म ढोके, पाले र पिपा मात्र बनाए राखियो । आज पनि त्यसको असर देखिदै छ । लेखक अमृत योञ्जन तामाङको एक लेख पढेको थिएँ “शिक्षामा तामाङहरू ५८औँ स्थानमा” भनेर । यति तल तामाङहरू खस्नुको प्रमुख कारण सामन्ती राज्य सत्ताले तामाङ समुदायलाई मासिन्या जातको सूचिमा राख्यो । शिक्षा लिन र पढ्नमा बञ्चित गरायो । आज पनि ताम्सालिङ क्षेत्रमा भोटेको छोरा पढेर के गर्छस् रु भन्ने बाहुनहरू थुप्रै देखेको, सुनेको छु । हामी तामाङहरूलाई पढ्न हुन्न भन्ने मानसिक दवाव बाहुनहरूबाट प्रशस्त भएको देखिन्छ र पाइन्छ । यसको मुख्य कारण भनेको तामाङहरु शिक्षित भए भने बाहुनले शोषण गर्ने बाटो बन्द हुन्छ भनेर तामाङ समुदायको बालबालिका हरूलाई आज पनि पढ्नबाट रोक्न विभिन्न बहाना अपनाउने गरेको पाइन्छ । यही मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट नेपाल लोकतान्त्रिक फोरमको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङले पनि प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनु हुने भएकाले युवा, जुझारू, सचेत र संघर्षशील नेता श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुन अनुरोध गर्दछु । वर्षौ देखि यी बाहुनहरूलाई मतदान गरियो तर व्यथा उस्तै रह्यो । अब हामी तामाङ समुदायले आफ्नै तामाङ प्रतिनिधिलाई चुन्ने प्रयास गरौँ । तामाङ समुदायको एकता राजनीतिमा पनि देखाऔँ । बाली बिग्रे एक वर्ष राजनीति बिग्रे १०० वर्ष भनेझैं यो पटकको संघीय निर्वाचनमा रसुवा जिल्लबाट प्रतिनिधि सभा सदस्यमा आफ्नै समुदायको उम्मेदवार श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिह्नमा अमूल्य मत प्रदान गरि विजय गराउनुहुन हार्दिक अनुरोध गर्दै तामाङ एकताको कामना गर्दछु । रसुवामा कृष्णबहादुर तामाङ नै किन ? सामन्ती राज्य सत्ताले हामी तामाङ समुदायलाई पुस्तौपुस्ता देखि ९बिक्रम सम्बत १७९९ को नुवाकोट हमलादेखि आजसम्म दासको रूपमा राखेको छ । पृथ्वीनारायण शाहाको पहिलो पराजय तामाङबाट नै भएको कारण सम्पूर्ण तामाङहरूलाई कहिल्यै उठ्न नसक्ने गरि मानसिक बन्चरोले प्रहार गरेको छ । त्यसको बाबजुत पनि तामाङ समुदाय समय समयमा होसमा आउने र सामन्ती राज्य सत्ता माथि हवाला दिदै आएको छ । त्यस्तै व्यक्ति मध्यको एक हुन् श्री कृष्ण बहादुर तामाङ । आफ्नो समुदाय माथि भएको अन्यायको विरूद्ध निडर भएर लड्न सक्ने तत्कालीन १० वर्षे जनयुद्धको समयमा स्पष्ट विचार र दृष्टिकोण व्यक्त गरेकै कारण कठोर सजाय र जेल जीवन बिताएका प्रखर र स्पष्टवादी नेता हुन् कृष्ण बहादुर तामाङ । २०७४ मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उनको उमेद्वारी हुनै पर्ने देखिन्छ । रसुवामा ८२ प्रतिसत तामाङहरुलाई १५ प्रतिसत बाहुनरछेत्रीहरूले लामोसमय देखि सोषण गरि रहेकोछ । शिक्षा प्रेमी, जाति प्रेमी र पूर्खाहरूको सम्मानमा कुनै कसर नराख्ने सामन्ती राज्य सत्तासँग कहिल्यै नझुक्ने भएका करण पनि तामाङ समुदायको बाहुल्य भएको रसुवामा उनको उमेद्वारी अपरिहार्य देखिन्छ । कृष्ण बहादुर तामाङ ८२ प्रतिसत तामाङहरूलाई अध्याँरोबाट उज्यालो मार्ग प्रदान गर्न सफल हुनेछ भन्ने विगतका सामन्ती राज्य सत्ता माथिको विद्रोहले पनि बताउँछ । कहिल्यै पनि सामन्ती राज्य सत्ताको विचार मुनि झुक्न नजान्ने कृष्ण बहादुर तामाङ आफ्नो जातीय समुदाय माथि सामन्ती राज्य सत्ताले गर्ने गरेको सोषण, दमन, अन्याय र अत्याचारको बिरोधमा डटेर लागि पर्ने व्यक्तिको रूपमा चिनिन्छ । आफ्नो पूर्खाहरूको योगदानलाई अत्यन्त सत्कार गर्ने कृष्ण बहादुर तामाङ समय समयमा सामन्ती राज्य सत्ताको आँखाको तारो समेत बन्नु भएको छ । आफ्नो व्यक्तिगत स्वार्थ नचाहने कृष्ण बहादुर तामाङ आफ्नो जाति र समुदायकै लागि राज्य सत्ताको नजरमा सधैँ तारो बनिरहनु परेको छ । जसले गर्दा २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनुहुने नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि जुझारू र सङ्घर्षशील तामाङ नेतृत्वको चयन गरौँ । किन कृष्णबहादुर तामाङ नै ? आज सम्म ८२ प्रतिसत तामाङ समुदाय भएको स्थानमा केवल १५ प्रतिसत बाहुनर छेत्रीहरूले तामाङ समुदायलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आई रहेको छ । अब हामी तामाङ समुदायले यस्ता भोट बैंक बन्ने भन्दा पनि तामाङ आदिवासी समुदायको मौलिक हक र पहिचानका निम्ती पनि तामाङ समुदायकै नेतृत्व चयन गर्नु पर्ने हुन्छ । तामाङ समुदायको नलेखिएको इतिहास लेखाउन पनि हामी तामाङ समुदायले श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नु पर्ने देखिन्छ । तामाङ समुदायको रक्षा, तामाङ समुदायको इतिहासको खोजी गर्न र विश्वभर छरिएर बस्नु भएका तामाङ समुदायलाई एकीकृत गर्नका निम्ति श्री कृष्ण बहादुर तामाङको अमूल्य योगदान रहेकाले पनि २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा उनको भूमिका तामाङ समुदायको लागि सुनौलो अवसरको रूपमा उदाएको छ । त्यसैले रसुवावासी तामाङ समुदाय अब हामीले हाम्रो सुनौलो अवसरलाई कीटको रूपमा प्रयोग नगरौँ । यो अवसर यसपाली गुम्यो भने ५ वर्षको लागि गुम्ने देखिन्छ । समय हुँदै आफू र आफ्नो समुदायलाई अगाडि बढाउँदै नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि तामाङ समुदायको अस्तित्व रक्षक श्री कृष्ण बहादुर तामाङलाई विजय गरौ । आरदरणीय रसुवाबासी आमा, आपा, ज्योज्यो, आले, नाना आङा हामी २०७४ साल मंसिर १० गते हुने निर्वाचनमा तामाङ समुदायको उमेद्वार भएकोले नेपाल लोकतान्त्रिक फोरम पार्टीको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमुल्य मत दिएर प्रतिनिधि सभा सदस्यमा विजय गरौं । हामी तामाङ समुदायलाई लामो समय देखि शोषण गरेर हाम्रो उर्वर भूमि काठमाडौं हडपेर आज हामी तामाङ समुदायलाई अनकण्टार ठाउँमा पुर्‍याएको छ । यसको बदलामा हामी तामाङ समुदाय फेरि चुनावी र राजनीतिक धारमा एक हुन जरूरी छ । व्यक्तिगत रूपमा बुद्ध लामाले जितेको कुरामा जति खुशी छु त्यो भन्दा बढी तामाङ र सम्पूर्ण मंगोलहरू एक भएकोमा त्यति खुशी छु । तामाङ एकता र मंगोलहरूको एकता देख्दा खुशीको आँशु झरेको छ । वास्तावमा अब तामाङहरू राजनीतिक रूपले यसरी नै एक हुन जरूरी छ । सबै तामाङहरू एक भई राजनीति गर्नु पर्ने आवश्यक्ता खड्किएको छ । तामाङ समुदायको हितको निम्ति काम गर्ने तामाङलाई मतदान गर्नुहोस् र राज्य सत्ताको मूलधारमा पुर्‍याउनुहोस् । हाम्रो पूर्खाको पीडा बाहुनरछेत्रीहरूले बुझ्दैनन् त्यसैले पनि हामी तामाङले तामाङ समुदायको उमेद्वारलाई नै मतदान गर्न जरूरी छ । सम्पूर्ण तामाङ आमा आपा, ज्योज्यो आले र नाना आङाहरूलाई मेरो अनुरोध १।फुटेर हैन जुटेर ठूलो उपलब्धि हुने पाठ नेपाल आइडलले सिकाएको छ । त्यस्तै अब गीत सङ्गीतमा मात्र होइन रानजीतिमा पनि एक हुनु वा सबै तामाङ समुदाय जुट्नु अपरिहार्य देखेको छु् । उत्पीडन तामाङ समुदाय र वर्गको हितको लागि नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्णबहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिनु भएर विजय गराउनु हुन समग्र रसुवावासी तामाङ समुदायमा हार्दिक अपिल गर्दछु । थुजेछे १ १। (यी लेखकका निजी विचार हुन)

यसकारण कांग्रेस–माओवादी गठबन्धन प्राकृतिक

विगतमा हामीले जनयुद्ध गर्दा प्रतिध्रुवबाट सुरु गरेका थियौँ । सामन्ती राजतन्त्रकालसँगै संसद्वादी शक्तिविरुद्ध लडाइँ छेडेका थियौँ । तर, पछि माओवादी १२ बुँदे हुँदै शान्तिप्रक्रियामा आयो । माओवादी शान्तिप्रक्रियामा आएपछि परिवर्तनका एजेन्डालाई कार्यान्वयन गर्नुपर्ने मुख्य चुनौती थियो । जुन दलले शान्तिप्रक्रियाको थालनी गरेको थियो, त्यही शक्तिसँग सहकार्य गरेर मात्र परिवर्तनका एजेन्डालाई संस्थागत गर्न सक्ने देखियो । शान्तिप्रक्रिया पनि सजिलै पूरा गर्न सक्ने देखियो । ठुल्ठूला राजनीतिक परिवर्तन भएका थिए । ती राजनीतिक संक्रमणकालको अन्त्यका लागि स्थानीय निर्वाचन सम्पन्न भएको छ । एक हदसम्म संविधान कार्यान्वयनमा पनि गएको छ । आगामी संघ र प्रदेशको निर्वाचन गर्न मिति पनि तोकिएका छन् । ती निर्वाचन पूरा भएपछि संविधान पूर्ण कार्यन्वयनमा जान्छ । तीनवटै तहको निर्वाचन पूरा भएपछि राजनीतिक संक्रमणकाल पनि अन्त्य हुन्छ । संविधान कार्यान्वयन गर्न मात्र नभई राजनीति संक्रमणकाल अन्त्य गर्न पनि कांग्रेससँग सहकार्य जरुरी थियो । अरू दलसँग सहकार्य गरेर संक्रमणकाल व्यवस्थापन गर्न गाह्रो थियो । माओवादी र कांग्रेस गठबन्धनले मात्र राजनीतिक संक्रमण व्यवस्थापन गर्न सक्ने देखिन्छ । कतिपयले माओवादी–कांग्रेस गठबन्धनलाई अप्राकृतिक पनि भन्ने गर्छन् । पम्फा भुषाल तर, यो गठबन्धन एकदमै प्राकृतिक स्वरूपको छ । यो गठबन्धन प्राकृतिक भएकै कारण एक वर्षभन्दा लामो समयसम्म यसले निरन्तरता पाउँदै छ । अहिलेका सबैभन्दा महत्वपूर्ण काम पनि यही गठबन्धनले सम्पन्न गर्दै छ । यस गठबन्धनले संविधान कार्यन्वयनमा संविधानसँग असहमत भएको पक्षलाई पनि सहमतिमा ल्याउने काम गरेको छ । अझै पनि द्वन्द्वकालीन मुद्दालगायत शान्तिप्रक्रियाका केही काम गर्न बाँकी छन् । ती काम पनि यही कांग्रेस–माओवादी गठबन्धनले नै पूरा गर्नेछ । शान्तिप्रक्रियाको थालनी पनि कांग्रेस–माओवादीले गरेका थिए । संक्रमणकालको अन्त्य पनि तिनै दुई दलले गर्ने अवस्था देखिएको छ । कतिपयले माओवादी–कांग्रेस गठबन्धनलाई अप्राकृतिक पनि भन्ने गर्छन् । तर, यो गठबन्धन एकदमै प्राकृतिक स्वरूपको छ । प्राकृतिक भएकै कारण यसले एक वर्षभन्दा लामो समयसम्म निरन्तरता पाउँदै छ । गठबन्धनबाट राष्ट्रलाई फाइदा कांग्रेस–माओवादी गठबन्धनले व्यक्तिगत रूपमा धेरै फाइदा भयो भन्ने गरिन्छ । तर, यथार्थमा व्यक्तिगत होइन, राष्ट्रलाई चाहिँ धेरै फाइदा पुगेको छ । संविधान जारी गर्दा केही दलले असहमति राखेर आन्दोलन गरे । गठबन्धनले नै ती शक्तिका लागि संविधान स्वीकार्य बनाएको छ । राजनीतिक क्रान्तिपछि राज्यको पुनः संरचना भएको छ । राज्यको पुनः संरचना भई देशले दिशा समाएको छ । कांग्रेसस“गकै गठबन्धनमा हुँदा माओवादीलाई पनि धेरै फाइदा भयो । अध्यक्ष प्रचण्डको सरकार हु“दा आर्थिक वृद्धि सात प्रतिशत पुग्यो । देशमा १५–१६ घन्टासम्म हुने लोडसेडिङ अन्त्य भयो । देशका राष्ट्रिय गौरवका आयोजना एकदमै धिमा गतिमा बढेका थिए । ती आयोजनालाई समयमै पूरा गरे बोनस दिने प्रचण्ड सरकारले घोषणा ग¥यो । विकास निर्माणलाई समयमै पूरा गर्न माओवादी सरकारले घचघच्याउने काम ग¥यो । एमाले अध्यक्ष केपी ओली र एमाले पार्टीले फास्ट ट्र्याक भारतीयलाई दिने भए भन्दै डंका पिटेका थिए । त्यो फास्ट ट्र्याक चार वर्षमा पूरा गर्ने गरी नेपाली सेनालाई दिने निर्णय भयो । नाकाबन्दीको समयमा भारत र चीनसितको सम्बन्ध चिसिएको थियो । तर, दुई छिमेकी देशसितको सम्बन्धलाई सन्तुलनमा राख्न माओवादीले महत्वपूर्ण भूमिका खेल्यो । वामपन्थको नाममा एमालेबाट एकदमै धोकाधडी र बेइमानी भयो । सहमतिको पालना नगरी माओवादीलाई एकदमै हेप्ने काम भयो ।  यस्ता व्यवहार देखाउने दलसँग कसरी सहकार्यका लागि गठबन्धन गर्न सकिन्छ ? प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन स्थानीय तहको निर्वाचन माओवादी–कांग्रेस गठबन्धनले गरायो । सोही गठबन्धनले नै संघ र प्रदेशको निर्वाचन पनि गराउँछ । यो गठबन्धनबाट माओवादी तलमाथि हुँदैन । हामीले यो गठबन्धनलाई इमानदारीपूर्वक सहयोग गरेका छौँ । कांग्रेसबाट पनि इमानदारीपूर्वक सहयोग हुने अपेक्षा छ । संघ र प्रदेशको निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्र रूपमा लड्ने हुन सक्छ । केही निर्वाचन क्षेत्रमा भने दुई दलको सहमतिमा तालमेल हुन पनि सक्छ । तालमेलका लागि कांग्रेस–माओवादीका शीर्ष नेताले मात्र तालमेल गरेर हुँदैन । दुवै दलका तल्लो तहका कार्यकर्ताले सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा खासखास ठाउँमा तालमेल हुन सक्छ । माओवादीले तालमेलका विषयमा पहिल्यै निर्णय गरिसकेको छ । परिवर्तनकारी शक्तिसँग मात्र तालमेल गर्ने भनेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा धेरै ठाउँमा तालमेल भयो । तर, पहिलो र दोस्रोभन्दा तेस्रो चरण स्थनीय तहको निर्वाचनमा उति राम्रो तालमेल हुन सकेन । एमालेसँगको गठबन्धनमा धोकाधडी अहिले मात्र होइन, माओवादी शान्तिप्रक्रियामा आउनेबित्तिकै वामपन्थीबीच तालमेल र धु्रवीकरणको पक्षमा थियौ“ हामी । अहिले पनि माओवादी वामपन्थी धु्रवीकरण र तालमेलकै पक्षमा छ । तर, नाममा मात्र वामपन्थी दलस“ग तालमेल र गठबन्धन गर्न असाध्यै गाह्रो हुने रहेछ । वामपन्थीको नाममा असाध्यै संकीर्ण हुने, वामपन्थी सहकार्यका नाममा सहकर्मी दललाई निषेध गर्ने काम भयो । वामपन्थको नाममा एमालेबाट एकदमै धोकाधडी र बेइमानी भयो । सहमतिको पालना नगरी माओवादीलाई एकदमै हेप्ने काम भयो । माओवादीविरुद्ध केही वकिल न्यायाधीशलाई उचालेर फसाउने काम गर्न थालियो । यस्ता व्यवहार देखाउने दलसँग कसरी सहकार्यका लागि गठबन्धन गर्न सकिन्छ ? विकास र आर्थिक समृद्धिको नेतृत्व माओवादीबाट अहिलेका सबै परिवर्तनका एजेन्डा माओवादीका हुन् । माओवादीकै बलमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता समावेशितालगायत मुद्दा आए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको मुख्य जिम्मेवारी पनि माओवादीकै हो । हामीले जनयुद्ध गरेर ल्याएका उपलब्धि हामीले नै कार्यान्वयन गर्नुपर्छ । यसैबाट मुलुकलाई आर्थिक विकास र समृद्धितिर लग्नुपर्नेछ । देशलाई समृद्ध बनाउ“दै समाजवादको बाटोतर्फ लग्नुपर्ने छ । तत्काल राजनीतिक रूपमा हेर्दा अहिलेको संविधान कार्यान्वयन गर्नु नै मुख्य दायित्व हो । त्यसपछि समाजवादको आधार तयार गर्ने हो । तर, देशको अहिलेको आवश्यकता विकास निर्माण र आर्थिक समृद्धि नै हो । नेपाल प्रकृतिक स्रोतसाधनले धनी छ । देश विविधताले भरिपूर्ण छ । देशलाई पर्यटन क्षेत्रबाट मात्र पनि समृद्ध बनाउन सकिने देखिन्छ । नेपाल एउटा कृषिप्रधान देश हो । तर, विदेशबाट अर्बौंको चामललगायत अन्य खाद्यान्न आयात भइरहेको छ । यो आयातलाई कम गरी खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने छ । बाटोघाटो, रेललगायत विकास निर्माणको द्रुत विकास गर्नुपर्ने छ । देशमा धेरै युवा विदेश पलायन भइरहेका छन् । उनीहरूका लागि देशमै रोजगारी सिर्जना गर्नु जरुरी छ । राजनीतिक स्थिरताका लागि जनताबाट प्रत्यक्ष राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा उठाउने तयारी गरेका छौँ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएमा कम्तीमा पाँच वर्ष ढुक्कसँग काम गर्न सकिन्छ । अहिलेका परिवर्तनका एजेन्डाको नेतृत्व माओवादीले ग¥यो । राजनीतिक एजेन्डालाई सहयोग पुग्ने गरी आर्थिक समृद्धिको नेतृत्व पनि माओवादीले नै गर्नुपर्छ । कांग्रेस, एमालेजस्ता परम्परागत संसद्वादी दलबाट आर्थिक समृद्धिको नेतृत्व सम्भव छैन । आर्थिक विकास र समृद्धिको नेतृत्व माओवादीले मात्र गर्न सक्छ । आर्थिक विकास पनि क्रान्तिकारी ढंगले गुर्नपर्छ । देशलाई १०–१५ वर्षमै एउटा स्तरमा पु¥याउनुपर्ने छ । अरूले भनेजस्तो ४०–५० वर्ष लगाई देशलाई समृद्ध बनाउने होइन । आगामी १०–१५ वर्षभित्रै मुलुकलाई समृद्ध बनाउनुपर्ने छ । छिमेकी देश भारत र चीनले आर्थिक रूपमा द्रुत विकास गरिरहेका छन् । ती छिमेकी देशबाट नेपालले फाइदा लिन सक्नुपर्छ, तब मात्र नेपाल आर्थिक रूपमा समृद्ध हुन्छ । भद्रगोल माओवादी यसरी समालिन्छ निश्चित रूपमा माओवादी विभाजित हुँदा एजेन्डाहरू कमजोर भए । अन्ततः राष्ट्र नै कमजोर हुने अवस्था आयो । राष्ट्र नै कमजोर हुने अवस्था आएपछि त्यसको वस्तुनिष्ठ मूल्यांकन गरी केन्द्रीकरण सुरु भयो । अहिले धु्रवीकरण र एकता थालेका छौँ । माओवादी मात्र नभई सच्चा वामपन्थीबीच पनि धु्रवीकरण र एकता हुन थालेको छ । यस्तो हुँदा संगठन थोरै भद्दा जस्तो देखिएको छ । संगठनलाई चुस्तदुरुस्त बनाउन गत पुस महिनामै महाधिवेशन गर्ने भनेका थियौँ । अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व गरेर गएपछि त्यो हुन सकेन । लगत्तै स्थानीय तहको निर्वाचन आयो । फेरि संघ र प्रदेशको निर्वाचन आइसक्यो । त्यसैले अहिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ । निर्वाचनपछि हामी महाधिवेशनको तयारीमा लाग्छौँ । एक वर्षभित्र महाधिवेशन गरी विचारको समृद्धीकरण गर्नुका साथै संगठनलाई चुस्त–दुरुस्त बनाउँछौँ । हामी अहिले शान्तिप्रक्रियाको अन्तिम चरणमा छौँ । आगामी निर्वाचनमा माओवादी विकास र समृद्धिको एजेन्डा बनाएर अगाडि बढ्नेछ । राजनीतिक रूपमा हामीले ठुल्ठूला उपलब्धि हासिल गरौँ । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको कमजोर उपस्थिति हुँदा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सम्झौता गर्नुपर्यो । राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक हुनुपर्छ । राजनीतिक स्थिरताका लागि जनताबाट प्रत्यक्ष राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा उठाउने तयारी गरेका छौँ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएमा कम्तीमा पाँच वर्ष ढुक्कसँग काम गर्न सकिन्छ । यस्तो खालको राजीतिक स्थिरताले मात्र आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ । जनताबाट प्रत्यक्ष कार्यकारी प्रणाली भएमा हिमाल, पहाड, तराई सबै भूगोलका जनताले भोट दिन पाउँछन् । महिला, पुरुष, दलित, जनतजाति, मुस्लिम सबैले एकैपटक अधिकार प्रयोग गर्न पाउँछन् । सबै क्षेत्र, वर्ग, जातजातिले कार्यकारी चयनको निर्वाचनमा प्रत्यक्ष सहभागिता गर्न पाउँछन् । अहिलेको निर्वाचन प्रणालीले पैसा हुने ठकेदारहरू जनप्रतिनिधि बन्ने वातावरण भयो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएमा जनउत्तरदायी प्रतिनिधि आउने सम्भावना रहन्छ । -नयाँ पत्रिकाबाट (भुसाल माओवादी केन्द्रकी प्रवक्ता हुन्)

एउटा खसीको आत्मकथाः दशैँमा पशुबली निरुत्साहित गर्नुपर्छ

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ,’ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’ माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिउँदो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन मःम, चिकेन कटलेट ।’ हामी खसी–बोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिर्यानी, मटन कवाफ भनेर । अनि, जिउँदोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि । मेरो ममीको नाम सेती बाख्री हो । ड्याडीचाहिँ थाहा छैन । मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला । कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न । सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु । हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे । हामीलाई बोकेर फोटो खिच्थे । चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे । म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’ मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ ।’ म चार महिनाको केटो, केही थाहा छैन । मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’ त्यो मान्छेले मलाई खोरबाट लिएर गयो र चोकमा पछार्‍यो । म आत्तिएँ, कराएँ । मेरो साहूले मेरो अगाडिका दुइटा खुट्टा समात्यो । साहुनीले पछाडिका खुट्टा च्याप्प समाती। त्यो मान्छेले खल्तीबाट ब्लेड झिकेर मेरो अन्डकोशको बीचमा चिर्‍यो होला । म मरेसरी भएँ । भुतुक्क भएँ । म्याँ म्याँ गरेर चिच्याएँ । यति दुख्यो, यति दुख्यो, दायाँबायाँ केही देखिनँ । साहूको सानो छोरो ‘त्यो मलाई देऊ, म पोलेर खान्छु’ भनेर रोएको सुनेँ । मलाई हनहनी ज्वरो आयो । बाँच्दिनँ कि भन्ठानेको थिएँ, बल्लतल्ल बाँचेँ । खोरबाट हेरिरहेको मेरो कालो बोको दाइले पछि भन्यो– ‘तेरो अन्डकोष चिरेर दुइटै अन्डा झिकेर तेल–बेसार दलिदियो । अनि, तिनलाई तेरो साहूको छोराले पोलेर कचौरामा हालेर तँलाई नै हेरीहेरी खायो ।’ जिन्दगी बेकार भयो मेरो । खालि वनमा चर्न जाने । घाँस खाने । खोरमा आउने । खोले खाने । सुत्ने, बस् । वनमा चर्न जाँदा दाइ कालो बोकोलाई देखेर तरुनी–तरुनी बाख्रीहरु खुब मस्किन्छन् । दिनका दिन एउटा न एउटा बाख्रीसँग लभ पर्छ उसको । ऊ त बाख्रीहरुको हुलमा हिरो नै भएको छ । आफू खसी भएकाले राम्रीराम्री बाख्रीहरुसँग बोल्न मन लाग्छ । छिल्लिन मन लाग्छ तर बाख्रीहरुले वास्ता नै गर्दैनन् । हेर्दासम्म पनि हेर्दैनन् । बोकाको त गन्ध पनि आउँदो रहेछ । त्यही गन्ध सुँघ्दै बाख्रीहरु पछि लाग्छन् । खसी भएपछि म बढ्नचाहिँ हलक्क बढेँ । बाउ बन्ने, लभ गर्ने अधिकारचाहिँ साहूले खोसिदियो मेरो । म त भर्खर जन्मेको थिएँ, राम्ररी सम्झन्न । ठूलो भूकम्प आएर हाम्रो साहू बस्ने घर भत्कियो रे ! अनि, साहूहरु हामी बस्ने गोठमा बस्न आए । हामी अनि गाई–भैँसीहरुलाई चाहिँँ अर्को छाप्रो बनाएर राखिदिए । यसपालि पानी पनि धेरै पर्‍यो भन्छन् । हाम्रो खोरमा पानी चुहिएर राम्रोसँग सुत्नै पाएका थिएनौँ राति पनि । बल्लबल्ल बर्खा सकियो । अब त मौसम पनि राम्रो राम्रो सित्तल हुँदै थियो । डाँडाबाट हिमाल पनि कस्तो राम्रो देखिन थाल्या थियो । मान्छेहरु दशैँ लाग्यो भन्दै थिए । गाउँका मान्छेहरु नयाँ लुगा सिलाउने कुरा गर्दै थिए । हाम्रो त पानी तताएर भगवान्ले लगाइदिएको लुगा–जुत्ता सब फुकाल्ने कुरो भइरहेको सुनेँ । गाउँबाट हुलका हुल खसी, बोका, बीचमा बूढीबूढी बाख्रीहरु लिएर गइरहेका छन् व्यापारीहरुले । खोरमा बस्दा सधैँ चराउन वनमा लग्थे । आज लगेनन् । कालो बोके दाइसँग भनेँ– ‘दाइ हुलका हुल हामीजस्तै चौपाया गाउँबाट लगिँदै छ । हामीलाई पनि लग्ने हुन् कि ?’ मलाई ‘टेन्सन’ भयो । साहूको आँगनमा चार–पाँच जना मान्छे आए । हामीलाई खोरबाट झिकेर उचाल्न थाले । मलाई उचालेर एउटाले भन्यो, ‘१५ हजार दिन्छु ।’ साहूले भन्यो, ‘१८ देऊ ।’ उसले भन्यो, ‘ल १६ हजार दिन्छु ।’ मेरो दाइ कालो बोकेलाई उचालेर ‘ल ल यसलाई पनि १६’ भन्यो । हाम्री आमा सेती बाख्री गर्भवती भएकी थिइन् । भाइ अथवा बहिनी के पाउँछिन्, थाहा छैन । आमा टुलुटुलु हेर्दै थिइन् । हामीलाई डोरीले घाँटीमा बाँधेर घिच्याउँदै लिएर गए । केही बेर चिच्याएँ म । हिँडेन भने लठ्ठीले हान्छन् भनेर लुरुक्क परेर हिँड्न थाल्यौँ हामी । एकछिन हिँडेपछि बसको छतमा तानेर राखे । त्यहाँ हामीजस्तै अरु खसीबोकालाई पनि छतमा हाले । कहिल्यै नचिनेकाले खासै कुरा भएको थिएन हाम्रो । एकछिनपछि बोल्न मात्रै के खोजेका थियौँ, बस गुडिहाल्यो । कहिले यताबाट उता हल्लाउँछ । कहिले उताबाट यता हल्लाउँछ । हल्लाउँदै हल्लाउँदै सहरको कोलाहल, धूवाँ, धूलोमा आइपुग्यौँ । छतमा मलाई साह्रै गाह्रो भयो । बसबाट फेरि खुट्टा समातेर तल खसाले । बसबाट ओराल्नासाथै मेरो कालो बोके दाइलाई एउटाले समातेर मोटरसाइकलको बीचमा राख्यो र अर्को मान्छे पछाडि बस्यो । उसलाई समातेर लिएर गए । दार्इ मलाई हेरेर ‘बाई बाई’ गर्दै गयो । दाइलाई कहाँ लगेका हुन्, मसँग किन छुट्याइदिएका हुन् ! म रोएँ । सायद दाइ पनि म्याँ–याँ गरेर धेरै रोयो । केही बेरमा ऊ देखिएन । झिसमिसे उज्यालो हुँदै थियो । हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र‘ । टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो । हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ । किन यसरी बाँधेका होलान् हामीलाई ? भन्न त मान्छेहरुलाई जनावरमध्येको विवेकी, बुद्धिमान्, ज्ञानी भन्छन् । हामी धेरै ठाउँबाट आएका रहेछौँ । मैथिली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, खसानी धेरै भाषा बोल्नेहरु पनि रहेछन् । उनीहरुका कान लामालामा थिए । तिनलाई लामकाने भन्थे मान्छेहरु । हामी पहाडिया सामन्ती खसी पाँचवटा थियौँ । हाम्रोचाहिँ कान छोटोछोटो, भुँडी भ्यात्त परेको थियो । पसलअगाडि एउटा मान्छेले चुप्पीमा साँध लगाइरहेको थियो । मैले ठानेँ, सायद हामीलाई भोक लागेको थाहा पायो होला, स्याउला खुवाउन हाँगा काट्न उध्याएको होला, त्यो चुप्पी ! एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ । अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ । त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ । साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ । आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ । उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन् । खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन् । एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ । आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ । म छक्क पर्छु । पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ । तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ । भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा । हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ । वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने । ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ । त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको । ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दो रहेछ । म १२ नम्बरमा परेको छु । मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन । मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ । एकदिन भए पनि बाँच्ने आशा जाग्छ मलाई । कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो । मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइ–देखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो । १२ नम्बरको म एघार चोटी त पहिल्यै मरिसकेँ । दशैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म । जस्तोः पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस । खसी भएर धेरै कुरामा ठगिएँ म । तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन् । बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे ! बिचरा मेरो कालो बोके दाइले धेरै दुःख पायो होला । के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान । मलाई अगाडि लगिन्छ । मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो‘ म्याँऽऽऽ !

प्रचण्डको छाताले मात्रै कति दिन चल्छ माओवादी ?

भीष्म थापा टीकापुरबाट धनगढी जाँदै गर्दा माओवादी केन्द्रका एकजना नेताको मोबाइलमा मिनेटपिच्छै फोन बजिरहेको थियो । सबै फोनको एउटै उत्तर दिइरहेका थिए ती नेताले( कोही भेटिए भने पठाइदिम्ला, तर कोही पनि जान मान्दैनन्, अध्यक्षले भ्याउनुहुन्न । यी फोनहरु प्रदेशको पहाडी जिल्लाका इञ् चार्ज र विभिन्न स्थानीय तहका उम्मेद्वारहरुका थिए । सबैको आकांक्षा एउटै थियो( कोही केन्द्रीय नेता आइदेओस् चुनावी सभामा । तर बिडम्बना, प्रदेश नं। ७ का पहाडी जिल्लामा लीलामणि पोख्रेल ५र ६ वटा चुनावी सभामा सहभागी भएबाहेक माओवादी केन्द्रबाट एकजना पनि नेता जान मानेनन् । पार्टी अध्यक्ष प्रचण्डले भने बाँके र बर्दियापछि दुई दिन कैलाली र कञ्चनपुरका १९ वटा कार्यक्रमलाई सम्बोधन गरे । कुनैबेला माओवादीको बलियो जीतको इतिहास बोकेका जिल्लाहरुमा एउटा पनि बृहतस्तरको या केन्द्रीय नेताहरुले सम्बोधन गरेको सभा भएन । काठमाडौं र ललितपुरमा मेयरको लज्जास्पद हार भयो । यो त्यही काठमाडौं हो, जहाँ माओवादी केन्द्रभित्र उत्तराधिकारीको दावी गर्ने र दोस्रो पुस्ताका भन्न रुचाउने दर्जनौं नेताहरु बस्ने गर्छन् । प्रचण्ड त्यतिबेला सरकारमा थिए, तर दोस्रो पुस्ताका एकजना नेताले पनि काठमाडौंमा आमसभाहरुको आयोजना गरेर पार्टी र सरकारको धारणा राख्ने काम गरेनन् । नारायणकाजीदेखि वर्षमान पुनसम्म सभामा देखिएनन् । न त दोस्रो र तेस्रो पुस्ताका अन्य नेताहरु नै चुनावी अभियानमा अहोरात्र लागेको देखियो । यदि त्यसरी सिँगो शक्ति परिचालित भएको भए सम्भवतः दुबै चरणको स्थानीय निर्वाचनको परिणाम अलि फरक हुनसक्थ्यो होला माओवादीका लागि । माओवादी केन्द्र नेताहरुको उल्लेख्य उपस्थिति भएको पार्टी हो । नयाँ संगठन भन्दा पनि युद्दकालदेखि नै नेता भएकाहरुको बाहुल्यता छ यो पार्टीमा । नेताहरुको चाप थेग्न नसकेर माओवादीले संसारमा नै कहीँ नभएको हजारौंको केन्द्रीय समिति समेत गठन गरेको छ । तर, पार्टीभित्र र जनवर्गीय संगठनमा नेता बन्न ठूलो होडबाजी चले पनि कार्यक्षेत्रमा खटिएर आम जनतामाझ पार्टीको एजेण्डा र विचार लैजाने सवालमा भने यो जम्बो नेताहरुको टिमले उल्लेखनीय केही गर्न सकेको छैन । जबकि सामाजिक सञ्जाल र पार्टी बैठकहरुमा हरेकले आफूलाई ठूलो, कतिपयले उत्तराधिकारी, दोस्रो पुस्ताको नेता भनेर दावी गर्दै आएका छन् । यसरी नेतृत्वको दाबी गर्नेहरुले प्रचण्डको सक्रियताबाट पाठ सिक्न भने खोज्दैनन् । प्रचण्डको आलोचना उनीहरुले सार्वजनिक गर्न रुचाउँछन् तर उनको मेहनत र सक्रियता अनुरुप आफूले समेत आफूलाई परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनन् । यो माओवादी केन्द्रको अहिलेको तीतो यथार्थ हो । को–को पसे मधेस ? तेस्रो चरणको निर्वाचनको बेला मिडियामा प्रचण्डको सक्रियताका बारेमा मध्यरातसम्म चुनावी प्रचारमा भन्ने आशयका थुप्रै सामग्री प्रकाशित भए । प्रचण्ड फिल्डमै खटिए । १५ दिन उनी मधेसमै बसे । मधेसमा रहेका बेला प्रचण्डको दिनचर्या व्यस्त रह्यो । बिहान ५ बजे उठेर बसेको स्थान वरपर डुल्ने, आम मानिससँग दुखसुखका कुरा गर्ने, त्यसपछि गाउँबस्ती, टोल, नगरमा आयोजना भएका सभाहरुमा सहभागी हुने काम उनीबाट भयो । राति ११ बजेसम्म सुरक्षाको प्रवाह नगरी तराईका गाउँबस्तीका अत्यन्तै कठिन बाटोहरु छिचोल्दै प्रचण्डले जनतामाझ पार्टीका एजेण्डा लैजाने काम गरे । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने कतिपय गाउँमा समेत उनले १० बजे राति आमसभालाई सम्बोधन गरे । प्रचण्डको यो सक्रियता लोभलाग्दो अवश्य थियो । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् तर यही बेला दोस्रो पुस्ताको नेताको दावी गर्ने र प्रचण्डपछिका नेताहरुको सक्रियता भने देखिएन । नारायणकाजी श्रेष्ठ महोत्तरी पुगेर फर्किए, अन्य जिल्ला जाने जाँगर उनमा चलेन । पार्टीले शीर्ष सबै नेताहरुलाई जिल्लाहरुको समन्वय गर्ने जिम्मेवारी तोकेको थियो । तर, यस्तो बेलामा कोही जापान हानिए, कोही राजधानीमै बसे । बादल, देव गुरुङहरु कतै देखिएनन् मधेसमा । न त अग्नि सापकोटालगायतका नेताहरु नै मधेसमा देखिए । महरा चीन भ्रमणमा थिए, गृहमन्त्री एक दुईवटा सभामा सहभागी भए प्रचण्डसँगै । एक्ला प्रचण्डले ८ वटा जिल्लामा पुरै १५ दिन बिताए । दैनिक १८ घण्टा उनी खटिए । यही अपेक्षा पार्टीभित्रबाट नारायणकाजीबाट थियो । खासगरी आफूलाई प्रचण्डको उत्तराधिकारीको अघोषित दावी उनले गर्दै आएका छन् । अझ प्रदेश नं। २ मा उनीहरुको आधार समेत थियो । सर्लाही, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा नारायणकाजीले प्रचण्डसँग या जिल्ला पार्टीसँग समन्वय गरेर दुई चार दर्जन आमसभामा पार्टीका कुरा राखेको भए यसको फरक प्रभाव पथ्र्यो । तर, यसो भएन । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् । प्रचण्डको काँधमा मधेसको भार आइपुग्यो । ६३ वर्षको उमेरमा उनले जति सकिन्छ, एक्लै भ्याए । करिब दुई सय बढी कार्यक्रममा सहभागी भए । माओवादी इत्तरका मानिसहरु भन्ने गर्छन- प्रचण्ड भए माओवादी रहन्छ, माओवादी भन्नु नै प्रचण्ड भइसक्यो । ‘वान मेन इन अल’ । यसो भन्दा दोस्रो पुस्ताका नेताहरुलाई पक्कै पनि चोट पर्छ । माओवादीभित्र कुनै बेलाका जुझारु र पछिल्लो समयमा आलोचित लोकेन्द्र विष्टले त सार्वजनिक रुपमा नै यो आशयका टिप्पणीहरु गर्दै आएका छन् । नारायणकाजी समूहका र अन्य नेताहरुले समेत प्रचण्डको सक्रियताले मात्रै माओवादी जीवित रहेको छ भन्ने टिप्पणी पचाउँदैनन् । हिजो बाबुराम भट्टराईले यही विषयमा दशकसम्म प्रचण्डको आलोचना गरे । तर, यथार्थले के देखाउँछ ? खासगरी माओवादी पार्टी संकटमा परेको बेला र पुनर्निर्माणको शुरुआत भएका बेला बनेको माओवादी पार्टीको नेतृत्वको सरकार र स्थानीय निकायको निर्वाचनमा प्रचण्डको भूमिकाले के देखाउँछ ? कसैले प्रचण्डको जस्तो सक्रियता देखाउन सक्ने पार्टीभित्र हिम्मत गर्न सकेको छ ? पहिलो चरणको निर्वाचनको बेला केन्द्रीय नेताहरु नआएकै कारण चुनाव हारेको तीतो अनुभूति गर्ने दर्जनौं जिल्ला इञ्चार्जहरुको कुरा सुन्नुस् त ? कति खटिए दोश्रो पुस्ताका नेताहरु । कति जनतासम्म पार्टीका एजेण्डा लगे उनीहरुले । स्वतःस्फूर्तरुपमा त कुरै छोडौं, पार्टीले संस्थागत निर्णय गर्दा समेत त्यसलाई पालना गरेर संगठन परिचालनका लागि कति हिँडे पार्टीका नेताहरु । पहिलो र दोश्रो चरणमा रोल्पा र रुकुममा मात्रै दर्जन बढी शीर्ष नेताहरु ओइरिएको बेला ताप्लेजुङ, इलामदेखि बैतडी र बाजुराका जनता केन्द्रीय नेताको मुख हेर्न छटपटिएको यथार्थ होइन ? जनार्दन शर्मादेखि वर्षमान पुनसम्मले, नारायणकाजीदेखि गिरिराजमणि पोखरेलले आफ्नो गृहजिल्लामा मात्रै समय दिएको यथार्थ होइन ? अहिले तेस्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ( कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाइ देखिएन । त्यसैले प्रश्न स्वभाविक रुपमा शीर्ष, केन्द्रीय र दोश्रो पुस्ताको दावी गर्ने नेताहरुका लागि नेपालका ७७ जिल्ला समान होइनन् ? आफ्नो चुनावी क्षेत्रमा मात्रै सुरक्षित गर्न खोज्ने, आफ्ना समर्थकहरुको मात्रै झुण्डलाई परिचालन गर्ने प्रवृत्ति मौलाउन मलजल गरेका होइनन् ? बरु तेस्रो पुस्ताका नेताहरुले उल्लेख्यरुपमा प्रचण्डको स्पिरिटलाई समातेर परिचालन भएको यथार्थ होइन ? पूर्वी, मध्य र पश्चिमका जिल्लाहरुमा दोश्रो र तेश्रो पुस्ताका नेताहरु परिचालन भएको तथ्यांक हेर्दा के देखिन्छ ? आफूले सिन्को नभाँच्ने तर प्रचण्डको सक्रियतालाई नकारात्मक अर्थमा हेरेर फेरि आफू अब्बल र सक्षम भएको दावी गर्न नैतिकताले दिन्छ र ? पार्टी कसरी बन्छ भन्ने कुरा दोश्रो पुस्ताका नेताहरुलाई कसैले भनिराख्नु पर्दैन । इतिहासका जटिल कालखण्डमा पार्टी र संगठन निर्माण गरेको उनीहरुको अनुभव छ । पूर्व एकताकेन्द्र-मसालदेखि माओवादीको संगठन निर्माण गरेका नेताहरुलाई संगठन र जनतामाझ कसरी जाने भन्ने कुराको निकै गहन अनुभव छ । तर, अहिले आएर त्यो अनुभव चरम व्यक्तिवाद र आत्मसुरक्षावादमा किन रुपान्तरण भयो ? किन केन्द्रीय नेताहरु आफू र आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै ध्यान दिन पुगेका छन् । संगठन बलियो भयो भने मात्रै आफ्नो पनि भविष्य सुरक्षित हुन्छ भन्नेतर्फ उनीहरुको ध्यान किन पुग्दैन ? प्रचण्डले गरेर मात्रै कति दिन थेगिन्छ ? प्रचण्डको ज्यानले मात्रै कति गर्न सम्भव छ ? हरेक टोलटोल, गाउँ बस्ती, नगर र जिल्लामा एक्ला प्रचण्डले कसरी आफूलाई खटाउन सक्छ्न ? कार्यविभाजन गरेर सोही अनुरुपको जिम्मेवारी अरुले किन लिन सक्दैनन् ? अहिले तेश्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ– कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाई देखिएन । संगठनात्मक पद्दतीको अभाव, चेन अफ कमाण्ड नहुनु, जनता र पार्टीबीचको सम्बन्धको कडी टुट्नु जस्ता कतिपय कारणले माओवादी अहिले एजेण्डाका हिसाबले ठीक भएपनि संकटपूर्ण अवस्थामा पुगेको छ । माओवादीको संकटको मुख्य कारण आन्तरिक हो, बाहृय होइन । र, दोश्रो पुस्ताका नेताहरुको अहिले विकास भएको प्रवृत्तिका कारण अब यो संकट नेतृत्वको पर्ने निश्चित छ । आलोचनालाई सहजरुपमा ग्रहण गर्ने संस्कृति माओवादीमा छैन । आलोचनालाई सके निषेध गर्ने, नसके पलायनतातर्फ धकेल्ने या धकेलिने प्रवृत्ति माओवादीमा विकास भएको छ । आलोचनाको आलोकमा आफूलाई सुधार्ने र त्यसलाई व्यवहारले खण्डन गर्ने पद्दतीको विकास नभएसम्म दोश्रो पुस्ताको नेतृत्व सच्चिन गारो छ । तर, माओवादी पार्टीलाई पहिलो पार्टी बनाउने र पुरा हुन नसकेको क्रान्तिका कार्यभार पूरा गर्ने हो भने दोश्रो पुस्ताले आलोचनात्मक संस्कृतिको विकास गर्दै आफूलाई गतिशील पार्नु एकदमै जरुरी देखिन्छ । प्रचण्डको सक्रियताबाट पाठ सिक्दै सोही स्पिरिटमा संगठन निर्माणमा होमिने हो भने माओवादीको वर्ग आधार र एजेण्डाको ‘स्पेस’ पुरै बाँकी छ । यसतर्फ सबै माओवादीहरुले सोच्नु जरुरी छ । अनलाइनखबरबाट साभार

डा बाबुराम भट्टराईलाई नयाँ शक्ति पुर्व अभियान्ताको खुल्लापत्र

  भदौ २९ । आदरणीय नेता बाबुराम, हामीले गर्ने आलोचनालार्इ गाली नसम्झनुहोला, हामीले जति गाली गरेपनि तपाईको कुभलो चिताएर गरेको पक्कै होइन, हामीलार्इ जति तपार्इको माया अहिले अवसर खोज्दै तपाइको गुणगान गाउने हरेक राम्रा या नराम्रा काम गर्ने उक्साउने र आफूलार्इ तपार्इको खास मान्छे भन्न रुचाउनेहरुलार्इ पक्कै छैन । छिमेकीले गर्ने मायाभन्दा आमाको कुटार्इमा बढी माया हुन्छ भन्ने बुझ्नुहोला । अनि सचेत ती सँग रहनुस् जसले तपाईले विष ल्याएर यो अमृत हो भन्दा नि तपार्इलार्इ उक्साउन होहो भन्दै ताली पिट्छन । तपार्इ जहाँ जुन अवस्था र जुन बाटोमा हिडेपनि तपार्इको राजनीतिक इतिहास माओवादी आन्दोलन दश वर्षे महान जनयुद्ध हजारौको बलिदानी त्याग र तपस्यासँग नै जोडिएको छ । जुन कुरा तपाईं देखावटी रुपमा नस्वीकारे पनि अन्तर आत्माले स्विकार गर्न बाध्य बनाउँछ । तपाँइ संघीयता गणतन्त्र धर्म निरपेक्षता, संविधानसभाबाट संविधान जस्ता परिवर्तनको संवाहकमध्ये एक हुनुहुन्छ, हिजो तपार्इहरुकै उत्प्रेरणामा आफ्नो सारा खुशी र ब्यक्तिगत स्वार्थलाइ त्यागेर तपाइहरुकै अभियान (जनयुद्ध) मा लामबद्ध भई सहादत प्राप्त गर्ने अमर शहिदहरुको आत्माले तपार्इहरु टुटेको फुटेको स्विकार गर्न सक्दैनन, हिजो त्यही अभियानमा लामबद्ध भई सेनाको गोली लागि घाइते भएकाहरुको चाहना पनि तपाइहरुको बाटो फरक होस् भन्ने पक्कै छैन । त्यसैले प्रिय नेता ज्यू एकपल्ट गम्भीर भएर सोच्नुस त ? फुटेर वैद्यले के गर्न सके ? बिप्लवले के गरे ? अनि नयाँ शक्तिले अहिलेसम्म के गर्यो ? फाइदा के त फुटेर ? त्यसैले आउनुस् ध्रुवीकरण अभियानमा जोडिनुस् आफ्नै पुरानै इतिहाससँग सकेसँगै अघि बढौला नसकेसँगै पछि हटौला । संविधान निर्माण लगत्तै माओवादी केन्द्रसँग सम्बन्धबिच्छेद गरेर तपाईं बाहिरिनुभयो । त्यतिबेला तपार्इले माओवादी केन्द्रमाथि केही आरोप सहितको टिप्पणीहरु गर्नुभएको थियो । पार्टीबाट बाहिरिएपछि तपार्इले ती आरोपहरुलार्इ प्रमाणित गर्न सक्नुभयो कि भएन समीक्षा गर्नुस् । तपार्इले प्रतिपादन गरेको ५ स मध्ये कुन स को अर्थलाइ व्यवहारिकरुपमा पालना गरेको छ ? अर्थात नयाँ शक्ति पार्टीभित्र नै त्यसको व्यवहारिक प्रयोग हुन र गराई तपार्इको कमजोरी हो कि होइन आत्म समीक्षा गर्नुपर्छ कि ? हिजो तपार्इले माओवादी पार्टी छाडेकै दिन अर्थात २०७२ असोज ९ गते नै आफू आबद्ध रहेको जनप्रगतिशील मञ्च छाडेर तपार्इको समर्थनमा लागेको व्यक्ति हु म । म त्यसै तपाइको पछि लागेको थिइन ? मैले आफू आबद्ध संगठन छाडेको थिइन । थिए त केबल तपार्इले देखाएको सपनाको पछि लागेको थिए । आर्थिक विकास समृद्धि, बेरोजगारी अन्त्य, समतामुलक समाज निर्माण सुशासन जस्ता सपनाहरु देखाएको थियो । त्यसैले पछि लागेका थियौ म र म जस्ता हजारौ ब्यक्ति हरु । तपाईले एक्लै पार्टी छाडेर निस्कदाँ पनि तपाइप्रतिको आशा भरोसाले तपार्र्इले पछि लाग्नेहरु धेरै थिए । अरुको त कुरै छाडौ तपार्इसँगै ३७ बर्ष राजनीतिक सहयात्री भएर हिँडेका देबेन्द्र पौडेल क.सुनिलले तपाइसँगको साथ कुनै लहडमा छाडेका होलान् ? कुनै लोभ र प्रलोभनमा परेर तपाईसँगको यात्रामा पुर्णविराम लगाएका होलान ? कदापी होइनन् । तपाँइ प्रधानमन्त्री हुँदा तपाँइको आर्थिक सल्लाहकार बनेर तपार्इको कामबाट प्रभावित भएर तपाँइसँगै नयाँ शक्ति बनाउन हिडेका रामेश्वर खनाल के त्यसै हिडेका होलान त ? अरुले साथ छाडेर हिड्दा त्यसलाइ अनेक आरोप लगाएर गाली गरेर त्यसको खोइरो खन्न भन्दा बरु किन दिनानुदिन मप्रतिको बिस्वास धेरैमा गुमिरहेको भनेर सोच्ने हो कि ? डाक्टर साब माओवादीभित्र रहँदा तपार्इलार्इ काम गर्ने अवसर दिइएन अरुको अन्डरमा रहँदा आफु अनुकूल आफ्नो योजना मुताबिक काम गर्नै नपाउनु भएकै होला भन्ने हामीलार्इ पनि लागेको थियो । त्यसैले अब त तपार्इबाट केही हुन्छ तपार्इको नेतृत्वले केही गर्न सक्छ तपाइसँग जनताको जीवनस्तर उकास्न सक्ने क्षमता छ भन्ने आशाले नै हामी तपाइको पछि लागेका हौ । तर करिब १८ महिना सम्म हेर्दा ति आशा सबै निराशामा परिणत भयो । आखिर आफ्नो शुभचिन्तक त्यो अवस्थामा पुग्ने परिस्थिती कसरी निर्मान भयो गम्भिर भएर सोच्ने हो कि ? आजकल त तपार्इलार्इ आफैले सिकाएको मार्क्सबाद, लेनिनबाद, माओबाद मिथ्या लाग्न थालेका छन है ? हिजोका सहयात्रीहरु सबैभन्दा नजिकका शत्रु जस्ता लाग्छन है ? त्यसैले त होला घरी घरी खाओबादी भन्दै हिड्नुहुन्छ, अनि इतिहास सस्कृती रीतिरिवाज परम्पराको खिल्ली उडाउँदै टोपी दिवसलार्इ अनेक ब्यङ्ग्य गर्नुहुन्छ । के हामीले तपाइबाट गरेको अपेक्षा त्यही थियो त ? अन्त्यमा हामी तपाँइको शुभचिन्तक हौ, शत्रु हैनौ, जबसम्म तपार्इबाट केही आशा थियो केही गर्नुहुन्छ भन्ने थियो तबसम्म तपाइको पछि लागेकै हो । तर जब आशा टुट्यो तबसँगै बस्न सकिएन । जता भएपनि तपार्इको भलो नै चिताउँछौ तपाईं जस्तो ब्यक्तिको क्षमता ओइलिएर गएको भन्दा फस्टाएको नै देख्ने हाम्रो पनि रहर छ । तपाईं प्राबिधिक र वौद्धिकरुपमा पनि दक्ष हुदाँहुदै पनि उचित र नेतृत्वदायी राजनीतिक भुमिकामा सक्षम हुनुहुदो रहेनछ भन्ने तपाईं आफैले प्रमाणित गरिदिनुभयो । नेतृत्वको आलोचना गर्न जति सहज हुन्छ नेतृत्व गर्न त्यो भन्दा हजार गुणा कठिन हुन्छ भन्ने कुरा अब त राम्रोसँग बुझ्नुभो कि ? नवराज सिंखडा ‘जिज्ञासु’ पुर्व अभियान्ता नयाँ शक्ति, कतार

के हाे माअाेवाद ? काे हाे माअाेवादी र काे हाेईन माअाेवादी !

पुष्कर खड्का/ पुजिवादी अर्थ ब्यबस्था वाट समाजवादी अर्थ ब्यबस्थामा प्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक , सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएन भने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ । तसर्थ चीनमा समाजवादी अर्थ ब्यबस्था स्थापना भए पश्चात त्यही अनुरुपको अधिरचनाको आवस्यकताबोध हुनु स्वभाविक थियो । त्यसकारण त्यहाको पुरानो पुजिवादी राजनैतिक,साकृतिक र शैक्षिक प्रणालीलाई समाजवादीकरण गर्नु कमरेड माओत्सेतुङ्गको निम्ति पहिलो प्राथमिकताको बिषय बन्यो । तर परिस्थिति सहज थिएन । चीनका राष्ट्रिय पुजीपति र पार्टी कै मै हु भन्ने घगडान नेताहरु त्यसको बिपक्षमा थिए ।  उनीहरुलाई बिस्व प्रतिक्रियावादले त साथ दीइरहेकै थियो त्यसमाथि तात्कालीन सोभियत संशोधनवादी दलका नाईकेहरु खुर्स्चोभ र ब्रेझनेभहरुले खुलियाम सहयोग गरिरहेका थिय । यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमा समाजवादीकरण गर्न सहज थिएन । तैपनि अघि बढ्नु नै थियो ,त्यसैले यो असहजता लाई चिर्दै चीनमा पूजीवादको पुनर्स्थापना रोक्न र सर्वहारावर्गको अधिनायकत्वलाई लाई मजबुत पार्दै समाजवादलाई अघि बढ़ायर सुदृध र समृद्ध चिन निर्माण गरि बिस्व-साम्यवादको ढोका खोल्नका निम्ति कमरेड माओत्सेतुङ्गले महान सर्वहारा सास्कृतिक क्रान्तिको घोषणा गर्नु भएको थियो । महान सर्वहारा सास्कृतिक क्रान्तिमा करोडौ नेता,कार्यकर्ता र अरबौ चिनिया जनता मात्र होईन सिंगो चिन जुरुक्क उठेको थियो । विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवाबर्ग र सर्वहारा वर्ग बीच चर्को संघर्ष चलिरहन्छ ! त्यसकारण समाजबाद नै सर्वहारा या बुर्जुवा कसले जित्छ तुङ्गि सकेको अवस्था होईन , ‘ निरन्तर क्रान्तिमा जोड देउ ‘ , ‘ वर्ग संघर्षलाई कहिल्यै नबिर्स ‘ भन्ने माओवादी मान्यताका बिरुद्ध पार्टी र सरकारको नेतृत्वमा रहेर चीनमा पुजिवाद र समाजवाद मध्य कसले जित्छ भन्नेकुरा तुंगी सकेकोछ ! समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवस्यकता छैन । पुष्कर खड्का लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै । समाजवादमा पनि निजि सम्पति राख्न पाउनुपर्छ ,ब्याज लिन पाउनुपर्छ ,नोकर चाकर राख्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पुजीपति बर्गका छद्म एजेन्ट तथा चिनिया संशोधनवादका नाईकेहरु लिउ स्याओ ची र तेङ्ग स्याओ पिङ्ग सहित उनीहरुका अन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिक क्रान्ति कै दौरानमा पार्टी र सरकारको सबै जिम्मेवारी बाट बर्खास्त गरियो । लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै । साथमा पुराना खराब सस्कृति ,सस्कार र बानि ब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थिति अनुरुप आफुलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडे नेताहरु पनि सो क्रान्तिका निशाना बने । सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले बिस्व कम्युनिस्ट आन्दोलनमा दृघकालिन जनयुद्धको आवस्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चित गर्नुभयो , वहाले नया जनवादी क्रान्ति र क्रान्ति भित्र निरन्तर क्रान्तिको सिद्दान्त प्रतिवादन गर्नुका साथै मार्क्शवादको तिन वटै संघटक अंगहरुको उच्चतम बिकाश गर्नु भयो । यसर्थमा सर्वहाराबर्गको मुक्तिको खातिर कमरेड माओत्सेतुङ्गले मार्क्शवाद-लेनिनवादमा गर्नु भएको बिकास र योगदानलाई नै बिस्व कम्युनिस्ट आन्दोलनमा माओबाद या माओ विचारधारा भनियो । जुन व्यक्ति समुह या संगठनले माओत्सेतुङ्गका बिचारहरु अर्थात माओबादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेर अघि बढ्छ त्यो व्यक्ति ,समुह र संगठन नै माओवादी हो । दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन । आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तो छ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन । माओवादलाई पथप्रदशक सिद्दान्त मान्दै तत्कालिन ने.क.पा.( माओवादी) को पहल र नेतृत्वमा भएको महान जनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो-आज कैयौ व्यक्ति,समुह र संगठनहरु सडकमा माओवादी बनेर दौडीरहेकाछन । यथार्थमा ति मध्य सबै माओवादी होईनन । भित्र अध्यारो कोठामा दलाल,तस्कर भ्रस्टाचारी, र कमिशनखोर संग बसेर आम्दानीको भागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफुलाई माओवादी घोषणा गर्ने त्यो माओवादी होईन । दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन ! आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तोछ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन । जस्ले हिजो मिलेराबाद मुर्दावाद भन्यो उसैले आज मिलेराबाद नै आजको मार्क्शवाद हो भन्छ भने अब उ माओवादी रहेन ! जस्ले दिनभर माओवादी क्रान्तिको कुरा गर्छ त्यसैले रातभर प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत कै सांसद, मन्त्रि र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनि माओवादी होईन । जस्ले बोलीमा जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तर ब्यबहारमा पुजिवाद्लाई मजबुत पार्ने काम गर्छ त्यो माओवादी होईन ! त्यस्तै जुन संगठनले व्यबहारमा वर्नस्ताईनवाद ,काउत्सकिवाद,खुर्स्चोभवाद र तेङ्गवाद लागु गर्छ तर दस्तावेजमा माओवाद लेख्छ त्यो संगठन माओवादी संगठन होईन ! जुन संगठन ब्रेझनेभ , गोर्वाचोभ र लिउ शाओ ची को बाटोमा हिड्छ तर त्यसले आफ्नो मार्गदर्शक सिद्दान्त माओवाद भन्छ त्यो माओवादी संगठन होईन ! जुन संगठन ब्यबहारमा संसदबादमा चुर्लुम्म डुबेको छ र उ कहिल्यै त्यहा बाट निक्लने सम्भावना छैन तर त्यसले भाषण ,प्रशिक्षणमा माओवादको कुरा गर्छ त्यो संगठन माओवादी होईन । एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ । महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । बिगत ,बर्तमान र भबिस्य यी तिन वटै चिज आ-आफ्नो ठाउमा उत्तिकै महत्वपूर्ण छन ! आन्दोलनलाई बिगतमा कसले कति योगदान गर्यो ? त्यसलाई भुलेर व्यक्तिको मुल्यांकन गरियो भने त्याहा अन्याय हुन्छ ! भबिस्यको सम्भावनालाई उपेक्षा गरेर निस्कर्ष निकालियो भने त्यसले आन्दोलनलाई फाईदा होईन नोक्शानी पु-याउछ । तर मुख्यकुरा भनेको बर्तमान नै हो ! बर्तमानमा कस्ले कहा के गर्दैछ ? त्यसको आधारमा को के हो ? भन्ने कुरा ठिक ढंगले ठम्याउन सकिन्छ । भनिन्छ ‘एउटा माघले जाडो जादैन ‘ एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ ! महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ! अबस्य उ पास भए बर्तमानमा पनि माओवादी हुन्छ फेल भए माओवादी हुदैन । बिगतमा सो परिक्षामा फेल भएको मान्छे उ सधै फेल नै हुन्छ माओवादी बन्न कहिल्यै सक्दैन भन्ने पनि होईन बर्तमानमा पास भएर उ माओवादी बन्न सक्छ, उसलाई माओवादी बन्ने अधिकार छ । हिजो कुनै कारणबश माओवादी आन्दोलन भन्दा बाहिर रहेको मान्छे उ सधै माओवादी आन्दोलन बाट बाहिर नै रहन्छ भन्ने पनि होईन । हिजो भित्र रहेका आज बाहिर जान सक्छ बाहिरको भित्र आउन सक्छ ! हिजो जनयुद्धमा सहभागी नभएकाहरु माओवादी होईनन र उनीहरु कहिल्यै माओवादी हुन सक्दैनन् भन्ने मान्यता राख्नु गलत हो ! त्यस्तै हिजो जनयुद्धमा सहभागी भएकाहरु मात्र माओवादी हुन् र उनीहरु सधै माओवादी नै रहन्छ भन्ने शोच्नु पनि गलत हो ! हिजो माओवादी बिचारमा कन्भिस नभएको मान्छे आज सो बिचारमा कन्भिस भएर असल माओवादी बन्न सक्छ ,हिजो माओवादी बिचारमा सहमत मान्छे आज सो बिचारमा असहमत बनेर पलाएन हुनपनि सक्छ । माओवादी बन्नु भनेको विचारको कुरा हो , महान जनयुद्ध लड्नु भनेको बिचारका साथै प्राबिधिक र सांगठानिक कुरा पनि हो । जनयुद्ध लडेर या न लडेर जसले माओवादी दर्शन ,विचार ,सिद्दान्त र मुल्य मान्यतालाई आफ्नो जीवन दर्शन बनायो र बनाईरहेको छ त्यो माओवादी थियो र माओवादी हो । तर माओवादी बिचारलाई पथ प्रदर्शक सिद्दान्त मान्ने संगठन एक भन्दा बढी भएको अवस्थामा जुन संगठनले माओवादलाई मार्गदर्शक सिद्दान्त मान्दै जनयुद्धको सचेत पहल ग-यो त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भयो । जुन संगठनले माओबाद्लाई मार्गदर्शक सिद्दान्त त मान्यो तर जनयुद्धको सचेत पहल गरेन त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भएन फरक यत्ति हो । अन्त्यमा दोहो-याएर : दश बर्षे महान जनयुद्धको उच्च लोकप्रियताको दोहन गर्दै आफुलाई माओवादी दावी गर्ने राजनैतिक व्यापारीहरु नेपालमा कम छैनन् । महान जन युद्धमा जस्ले जुनस्तरको त्याग र बलिदान ग-यो उस्लाई त्यही स्तरमा सम्मान गरिनु पर्दछ यो निर्बिबाद सत्य हो । तर बिगतमा कसैले महान जनयुद्धमा गरेको त्याग र बलिदानकै आधारमा बर्तमानमा उसले जतिसुकै माओवादी मूल्य र मान्यता बिरोधि हर्कत गरेपनि , क्रान्ति प्रति जतिसुकै बिस्वासघात र गद्दारी गरे पनि फेरि उस्ले आफुलाई माओवादी नै हु भनि दावी गर्छ भने त्यो दावी निरर्थक हो उ माओवादी हुदै होईन । बरु उ हुनसक्छ पुर्व माओवादी ,खाओवादी , अवसरबादी ,पलायनबादी ,नव संशोधनबादी ,संसदबादी या नव प्रतिक्रियावादी ।

मधेसले आफ्नो मताधिकारको कदर गर्नुपर्छ

उमेश बन्जाडे/ अस्ति भर्खरै आएको बाढिले चुर्लुम्म डुबाएको मधेस यतिबेला गास, बास र कपासको चरम अभावका कारण आहात बनेको छ। केही वर्षअघि पहाडमा भुइँचालो जाँदा हर सम्भव जुटाएर सहयोगको कुनै कसर बाँकी नछोडेको मधेसले, आज उस्तै दयालु मनहरुको व्यग्र प्रतीक्षा गरिरहेको छ। आज मात्र होईन प्रायः वर्षेनि यस्तोखाले प्रकोपहरुले खुसिहरु लुटेर स्तब्ध बनाउने मधेसको माटो र मनहरु यतिबेला फेरिपनी बाढिबाट निथ्रुक्क भिजेर ओसिएका छन् । आंशिक रुपमा सरकार तथा केही ब्यक्ति र समूहले राहत वितरण गरेतापनी वर्षौंलगाएर जोडेको सम्पत्ति एवं घरपरिवार बगाएको घाउमा सामान्य मल्हम मात्र लगाएर खाटो बस्न सक्ने अवस्था देखिन्न।  हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन। उमेश बन्जाडे अहिले विशेषत यतिबेलै मधेस अर्थात दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा आगामी साताहुुुने स्थानीयतह चुनावको रौनक सुरु भएसँगै कार्यकर्ता आकर्षित गरेर शक्ति प्रदर्शन गर्ने एवं आफू मधेस र मधेसिका समस्या सँग नजिक रहेको भान गराउन होड नै सुरु भएको छ । हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन। आफ्नै देशका नागरिकले अधिकार माग्दा बिहारिको संज्ञादिँदै छातिमा गोलि ठोकेर ूकुहिएको आँप झार्योू भन्दै कुर्लिनेहरु पनि मधेस र मधेसिको अभिभावकका रुपमा चित्रित गर्दै मधेस झरेका छ्न । सत्ता प्राप्तिको कल्पनामा चुर्लुम्म डुबि मधेस र पहाडका बिचमा नकारात्मक भावनाहरू सिर्जना गराएर देशलाई लामो समय राजनीतिक अस्थिताको परिबन्धन ले बाँध्ने पश्चागामीहरु आज मधेस हुँदै देशका समग्र समस्याहरुको समाधान गोजिमै बोकेर अहिल्यै परिपुर्ति गर्छन् झैँ अभिनय गरि, चुनावी नतिजा आफ्नो पोल्टामा पार्न कन्दनी कँसेरै लागि परेकाछन। यता त्यही प्रवृतिले सात्तामा टाँसिएर अस्तव्यस्त बनाएको देश र हाम्रो भावनालाई एकीकृत गर्न, आफ्नै देशमा पनि पराइ झैँ लाग्नेगरी मौलाएको कुगन्धको अन्त्य गर्न हरबखत आफुले हारेरै भएपनी अपन्त्वको शुगन्ध छर्न प्रयत्न गरिरहने अर्को शक्ति पनि आफ्ना बिचार र एजेन्डा प्रष्ट्याउँदै मधेस झरेको छ। यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। जबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन। अब ती सबै विभाजित मनहरूलाई एकीकृत गर्दै नेपाल र नेपाली भई सहर्ष बाँच्न पाउने वातावरण बनाउँदै राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउँदै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्ने राजनीतिक नेतृत्वलाई आफ्नो अभिभावक चयन गर्ने वा विभिन्न परिवर्तनहरूलाई प्रदूषित गर्दै आफ्ना स(साना स्वार्थहरू पूरा गर्दै, आपसमा लड्दै भिड्दै आरोप प्रत्याआरोप लगाउँदै मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्ने अथवा अधिकार माग्दा बिहार जाउ भन्ने कुनियतीका महासेठहरुलाई चुलीमा पुर्याउने त्यो उहीँ मधेस र मधेसी जनताको स्वैच्छिक स्वतन्त्रताको विषय हो। शासन व्यवस्थाका अन्तिम र निर्णायक जनता नै हुन् भन्नेकुरो यहीँनेर लागू हुनेछ। यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। ूजबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन। विगत देखिनै चुनाव जित्नको लागि अनेकौं हत्कण्डा अपनाउने र जितिसके पश्चात् सामाजिक बिकासको संकल्पलाई आफ्नो लुटिखाने मन्त्रको रुपमा प्रयोग गर्नेहरुले फेरिपनी स्थानीय चुनावमा मासुको थुप्रो र रक्सीको खोलो बगाउँदै छन। एक चोक्टा मासु र एक घुट्को रक्सीमा पल भरको लागि रमाउँदा भविष्यमा पश्चातापले आफ्नै पुर्पुरो ठोकेर रुनुनपोरोस । आफ्नो अमुल्य मतको सदुपयोग गरौं ( हरेक सचेत मतदाता हरुलाई हार्दिक अपील हो यो। आफ्नै राष्ट्र भित्रको एउटा सम्प्रदायको नागरिकलाई कहिले बिहारी कहिले कुहिएको आँप कहिले कालो भन्दै अर्को सम्प्रदायको नागरिकलाई उत्तेजित बनाएर आफ्नो निहित स्वार्थ परिपुर्ती गर्न खोज्ने पाखाण्ड राष्ट्रवाद मात्र नभएर ठूलो अपराध पनि हो। यसको सजाय मधेसी जनताले यहि स्थानीय तहको निर्वाचन बाट दिने गतिलो अवसर पनि हो, यो। अझ सिधै भन्दा आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन, हामी देख्दै छौँ( एसअघि चुनाव जित्नकै लागी जनसेवाका अनेकौं अक्षरले भरिएका कागजी एजेन्डाहरु देखाएर नौटंकी गर्दै निकास र बिकाशका ढ्वाङ फुक्नेहरु, जब चुनाब जिते महानगर, नगर र गाउँपालीका को करोडौं र अरबौं बजेट देखेर, अब कसरी लुटौं भन्ने ध्याउन्न मा लागेका छन् । फेरिपनि एकछाक खाना, केही चोक्टा मासु र केही गिलास रक्सीसँग आफ्नो अमुल्य मत साट्नु र देख्दा देख्दै उही उहीँ प्रवृतिलाई भनेको आफ्ना सन्ततिका लागि ठूलो अपराधगरि चोरलाई चौतारी सुम्पिएझैँ हो। अझ सिधै भन्दा आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन, यस अघि सम्पन्न स्थानीय तहको निर्वाचन बाट निर्वाचित केही ठुला निकायका जनप्रतिनिधिहरुको व्यबहार बाट समेत सहजै अड्कल काट्न सकिन्छ। त्यसैले आफ्नो मत र मताधिकारको कदर गर्नुस। सोँचेर मतदान गर्नुस् ( ताकि फेरि पाँच वर्षसम्म पछुताउन नपरोस। आफुले गरेको मतदानलाई सम्झिएर हिन्ताबोध र आफैले ग्लानी गर्ने दिन नआवस। त्यसो हुन नदिनको लागि अग्रगमन र राष्ट्रिय एकताको पक्षधर अभिभावक लाई मतदान गरेर आफ्नो मताधिकारको सम्मान र कदर गर्नुस् । ( लमही दाङ, हालस् क्वालालम्पुर मलेसिया)

यसकारण प्रचण्ड नेपाली राजनीतिका किंगमेकर

प्रायः राजनीतिसँग सम्बन्धित लेख रचनाहरु म खोजि खोजि पढ्ने गर्छु । कुनै समय म आफै माओबादी पार्टी प्रति आस्था राख्थे । तर, शान्तिप्रकृयामा आएपश्चात् जब माओबादीभित्र चरम गुटबन्दी भई पार्टी बिभाजनको शिकार बन्यो त्यस बेलादेखि माओबादीप्रति मात्र होईन अन्य कुनै पार्टीप्रति आस्था राखिन । यसो भनिरहदा म राजनीतिक चेतनाबाट टाढा छैन । बिभिन्न राजनीतिक दलका नेताहरु केहि मन पर्छन् मलाई । बिषेशगरी दोश्रो पुस्ताका केहि नेताहरु प्रदीप ज्ञावाली, विश्वप्रकाश शर्मा र जनार्दन शर्मा मलाई मनपर्ने नेताहरु हुन् । अनि पहिलो पुस्ताका नेतामा प्रचण्ड । केदारनाथ नेपाल (निश्चल) प्रचण्डका बारेमा धेरै लेखहरु लेखिए, किताब लेखिए । पङ्तिकारले पनि केहि समय अघिमात्र प्रचण्डको बारेमा लेखेको थियो र यसपटक फेरि लेख्दैछु । पहिलो पुस्ताका नेताहरुमा सबैभन्दा मनपर्ने नेता भनेका ‘प्रचण्ड’ नै हुन् । यसो भनिरहदा मलाई माओवादी कार्यकर्ताको आरोप पनि लाग्ला । आरोप लगाउनु र यथार्थ फरक कुरा हुन् । म माओवादी होईन तर म दावाका साथ भन्न सक्छु , मेरो मात्र होईन एकताका पुरै तीन करोड नेपालीको मनमा बसेका नेता हुन् प्रचण्ड । त्यसकारण पङ्तिकारको मनमा बस्नु नौलो कुरा रहेन । म प्रचण्डमा सारा दुनियाँको मार्क्स प्रतिको केहि धारणासमेत पाउछु । त्यसलाई दुनियाँले पनि पुष्टि गरिदिएका छन् । केही ब्यक्तिहरुले मार्क्सलाई जस्तै प्रचण्डलाई पनि आधा देवता र आधा राक्षसको रुपमा बुझेका छन् । प्रचण्डको बारेमा दुविधामा रहेका मानिसहरुले उनलाई यसै हुन् भन्न सकिरहेका छैनन् । प्रचण्डप्रतिको धारणामा मानिसहरु बद्लिरहन्छन् , त्यो देख्दा बडो अनौठो लाग्छ, प्रचण्डको बारेमा टिप्पणी गर्ने ब्यक्तिहरु देखेर । एउटै ब्यक्ति, कहिले प्रचण्डलाई गालि गरिरहेको देख्छु, कहिले समर्थन । आखिर किन मानिसहरु बद्लिरहन्छन् र प्रचण्डलाई कहिले समर्थन र कहिले गाली गरिरहन्छन् , केबल एउटा प्रश्न गर्न मन लागिरहेछ उनिहरुलाई । मेरो बुझाईमा यस मानेमा प्रचण्डलाई राक्षसको रुपमा बुझेका छन् । प्रचण्डले जनताको मुक्तिकै लागि जनयुद्वको शुरुवात गरे, सामन्तबादको ज्वरो उखेलिदिए र जनतालाई आफ्नो फैसला आफै गर्नसक्ने हैसियतमा ल्याईदिए । यसो भनिरहदा मैले प्रचण्डको देवत्वकरण गर्न खोजिरहेको छैन । किनकी उनि पनि हामी जस्तै मानिस हुन् मानिस कहिलै देवता हुदैनन् । यदि देवत्वकरण गरेको बुझ्नुभयो भने त्यो तपाईको गम्भीर भुल मात्र होईन तपाई आफु चुर निन्द्रामा रहेको महसुस तपाई आफैले गर्नुपर्नेछ । गणतन्त्र पश्चात् नेपालका शक्तिशाली राजनीतिक ब्यक्तिको सूचि बनाऊ भनेर कसैले मलाई भन्यो भने सुरुमा प्रचण्डको नाम आउनेछ । त्यसपछि लेख्ने अरु नाम छैन यदि लेख्नै पर्योभने अझै दशकौ कुर्नुपर्ला, शायद ।जोखिमको अर्को नाम प्रचण्ड हो भनेर भन्दा फरक नपर्ला । किनकी नेपाली राजनीतिमा प्रचण्ड जत्तिको जोखिम लिन सक्ने ब्यक्ति अन्य राजनीतिक दलमा छैनन् । मुख्य तनि दलका अध्यक्षहरुको राजनीतिक हैसियतको कुरा गर्दापनि प्रचण्ड जत्तिको राजनीतिक हैसियत अन्य दलका नेताहरुको छैन चाहे तेश्रो शक्तिको हैसियतमा किन नहुन् प्रचण्ड । प्रचण्ड त्यस्तो पार्टीका नेता होईनन् जस्तो पार्टी केपी ओली र शेरबहादुर चलाउछन् । न त ओली र शेरबहादुरले झै अर्काले बनाईदिएको हैसियतमा रहेर पार्टी चलाउछन् । प्रचण्डले त आफैले जोखिमहरुसँग खेलेर बनाएको पार्टी चलाउछन् । र त प्रचण्ड आज साँच्चै प्रचण्ड बनेका छन् । देशमा घट्ने सकारात्मक राजनीतिक घटनाक्रममा प्रचण्डको मुख्य भूमिका रहन्छ । बोलिमा मिठास र राजनीतिक इमानदारी मात्र होईन सबैको मागलाई सम्बोधन गर्नसक्ने उच्च क्षमता भएका ब्यक्तिपनि हुन् प्रचण्ड । त्यसलाई वर्तमान संविधानप्रति असन्तुष्ट मधेशवादी दललाई प्रचण्डले निर्वाचनमा आउने वातावरण बनाए त्यसैलाई हेर्दापनि स्पस्ट हुन्छ । बेला बेलामा प्रचण्डलाई युद्वको नाममा १७ हजार मारेको आरोप लाग्ने गरेको छ । जसले प्रचण्डलाई त्यो आरोप लगाउछ उ आफै भ्रममा बाचिरहेको प्रस्ट हुन्छ । सरकार र बिभिन्न संस्थाहरुले अध्ययन गरेर सार्वजानिक गरेको तथ्याङ्कमा पनि १७ हजार मध्ये १३ हजार मानिस राज्यपक्षबाट मारिएको सार्वजानिक भएको छ । त्यसैले १७ हजार मारिनुको कारण प्रचण्ड मात्र होईनन् तत्कालीन सरकार (कांग्रेस–एमाले) पनि हुन् भन्ने स्पस्ट हुन्छ । प्रचण्ड त्यस्ता ब्यक्ति हुन् जसले आफुमाथी ठुला–ठुला संकट आउदा पनि संयमता नगुमाई क्रियाशील रहिरहे र नेपालको राजनीतिमा ठुलो परिवर्तन ल्याईदिए । यदि प्रचण्ड नभईदिएको भए माओवादी भन्ने पार्टी नेपालमा नहुन सक्थ्यो, अनि यति छिट्टै देशमा गणतन्त्र नआउन सक्थ्यो । जनताको संविधान नबन्न सक्थ्यो, अनि हामिले यसरी मिडियामा स्वतन्त्र रुपमा लेख्ने अवसर पनि नपाउन सक्थ्यौ । त्यसैले भन्न मन लाग्छ यस युगका महानायक हुन् प्रचण्ड । प्रचण्ड ब्यक्ति होईन, अनि पुष्पकमल दाहाल पनि होईन । प्रचण्ड त्यस्तो विचार र राजनीतिक पथ हो जसले नेपालको राजनीतिलाई सहि दिशानिर्देश गरिरहेको छ ।जनयुद्व थालनी गर्दा प्रचण्ड ब्यक्ति थिए । शान्तिप्रकृयामा आएपश्चात् विचार बनेर आए । यदि विचार नबनेका भए साँच्चै प्रचण्डपथ लेखिदैन थियो अनि अहिलेको यावत् परिवर्तनको सम्भावना रहदैन पनि थियो । दश वर्षसम्म भूमिगत जिवनलाई सहजै पचाउन सक्ने अभुतपुर्प क्षमता मात्र होईन जंगलमा रहँदा आफुले उठाएका मुद्वाहरुलाई सिहदरवारमा आएर पुरा मात्र होईन, आफ्ना मुद्वाहरुको बिरोधमा रहेकाहरुलाई समेत उक्त मुद्वामा निउरिएर आउन बाध्य बनाउने र राष्ट्रको महत्वपूर्ण परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्ने नेपाली राजनीतिका एकमात्र किङ मेकर हुन् प्रचण्ड ।

जनता ठग्न पाउँ भन्दै व्यापारीहरु अान्दाेलनमा !

चाडपर्वका बेला सरकारी अनुगमन छापामार शैलीमा गरेको भन्दै दरवारमार्गका व्यापारीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सरकारी अनुगमनविरुद्ध सबै पसलहरु बन्द गरेका छन् । गत सोमबार आपूर्ति मन्त्री शिवकुमार मण्डलको अगुवाइमा अनुगमन गरी दरवारमार्गका चार पसलमा सिलबन्दी गरियो । २४ सयको जुत्तालाई २४ हजारमा विक्री गरिएको प्रमाण फेला पारिएको अनुगमन टोलीले जनाएको थियो । त्यस्तै अनुगमनका क्रममा एक सय रुपैयाँ मूल्य पर्ने मोजा २ हजार ४ सय र २ हजार ६ सय मूल्य पर्ने जुत्ता २६ हजार रुपैयाँसम्ममा बेचेको भेटिएको थियो । बुधबार पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उक्त क्षेत्रमा पुन अनुगमन गर्न थालेपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् । ब्रान्डेड र महंगो सामान गरिद विक्रीका लागि निकै चर्चित उक्त ठाउँमा व्यापारीले ग्राहकसँग मनपर्दी रकम असुल गर्दै आएका थिए । कालोबजारी ऐन २०३२ अनुसार बस्तु कारोबारमा २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । तर महंगो सडरभाडा, कर्मचारी खर्चलगायत अन्य खर्च समेत पसलबाटै व्यहोर्नु पर्ने भएकाले सरकारले तोकेको २० प्रतिशत नाफाले नपुग्ने कारण देखाउँदै केही मूल्य वृद्धि गरिएको व्यापारिले स्वीकार गरेका छन् । सम्पूर्ण खर्च, आम्दानी हेर्ने हो भने २० प्रतिशत नै नाफा रहन आउने गरेको उनीहरुको भनाई छ । केही मूल्य वृद्धि भनेकाे पनि २३ गुणा हुन्छ त ? भन्ने अनुगमन टाेलीकाे प्रश्न छ । आफूहरुले कालोबजारी नगरेको दावी गर्दै व्यापारिहरुले २० प्रतिशत मात्रै मार्जिन राखेर दरवारमार्गमा व्यापार गर्न नसकिने चोटिलो जवाफ पनि दिए । २० प्रतिशत नाफाले नपुगेका कारण केही मूल्य वृद्धि गरिएको व्यापारिले स्वीकारका छन् । केही मूल्य वृद्धि भनेकाे पनि २३ गुणा हुन्छ त ? भन्ने अनुगमन टाेलीकाे प्रश्न छ । दरवारमार्ग क्षेत्रका व्यापारीको साझा संस्था दरवारमार्ग विकास बोर्डले उचित मूल्यमै बस्तुको कारोबार गरेको दावी गरेको हो । बोर्डका अध्यक्ष गोपाल कक्षपतीले व्यापारीले कानूनसम्मत ढंगबाट व्यापार गरिरहेको अवस्थामा सरकारले हस्तक्षेप निम्त्याएर आतंकित पारेको आरोप लगाए । चाडपर्वको समयमा उपभोक्तालाई सेलअफरका नाममा ठगी गरेको भन्दै सोमवारदेखि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दरवारमार्गका नाम चलेका पसलहरु अनुगमन गरी सिल लगाएको हो । अत्यधिक महंगो मूल्य असुलेको, बिलविजक र आवश्यक कागजात पेश गर्न नसकेको लगायतका कारण देखाउँदै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पसल बन्द गराएको हो । अनुगमनका क्रममा दरवारमार्ग क्षेत्रका व्यापारीहरुले २३ गुणासम्म महंगो मूल्य लिएर उपभोक्ता ठगेको विभागले जनाएको छ । बुधबार सरकारी टोलीले अनुगमन गर्दैगर्दा दरवारमार्गका घडी पसल वाच एण्ड सी र सुलक्स तथा कपडा पसल लेभिज र बोसेनीमा सिल गरेको ग¥यो । त्यहाँ १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको अनुगमन टोलीका विभाग अधिकृत श्री अधिकारीले जानकारी दिए । दरवारमार्गका व्यापारीहरुको यस्तो मनोमानीलाई रोक्न सरकारले बुधबार पनि दुई वटा सटरमा सिल गरेको छ । अस्वाभाविक मूल्य असुल्ने नाइक, स्टोर वान, बेन्टले, पुमा, एमजीएम इन्टरनेसनल, वाच एण्ड सी, रिवक, सुलक्स, लिवाइज, लाइन्स स्टाइलमा सिलबन्दी गरिएको छ । व्यापारीहरुले भने चाडपर्वको मुखमा सरकारले यसरी छापामार शैलीमा व्यापारिहरुलाई तर्साउन अनुगमन गरेको र यो गलत भएको बताएका छन् । त्यहाँका सम्पूर्ण पसलहरु बन्द गर्दै व्यापारिहरु विरोधमा उत्रिएका छन् । सोमवारदेखि सुरु गरेको विभागको बजार अनुगमन गलत भएको भन्दै दरवारमार्गका झण्डै ८० वटा पसलहरु अहिले बन्द रहेका छन् । व्यापारिहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । सरकारी टोलीले पसलमा लगाएको सिलबन्दी फुकुवा नभएसम्म आन्दोलन जारी राख्ने व्यापारिहरुले बताएका छन् । दरवारमार्ग विकास बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा यसरी सरकारले एक्कासी अनुगमन गरी पसलहरुमा सिलबन्दी गर्नाले व्यापारिहरुको लगानी डुब्ने खतरा रहेको दाबी गरेका छन् । बोर्डले सरकारी अनुगमनको वैधतामा समेत प्रश्न उठाएको छ । अनुगमन र सिलबन्दी कानूनसम्मत नभएको विज्ञप्तीमा उल्लेख छ । उता विभागले भने कानूनसम्मत नै अनुगमन गरेको अनुगमन जारी रहने पनि जनाएको छ ।

माओवादी र प्रचण्डकाे विकल्प खोज्नु बाबुरामको गम्भीर भूल

बाबुराम भट्टराई नेपाली राजनीतिको एक प्रमुख पात्रको रुपमा स्थापित पूर्व माओवादीका बरिष्ट नेता हुन । उनको बारेमा कलम चलाउनेहरु प्राय सवैले लेखि पनि सकेका छन बाबुरामका कथाहरु, माओवादी जनयुद्धकालमा विश्वले प्रचण्ड भन्दा राम्रो बाबुरामलाई चिन्थ्यो, त्यहिवेलादेखि बाबुराम नेपाली बौद्धिक जगत र विद्यार्थी जगतको प्रेरणा पनि बने । यत्रो विद्धवानले किन बन्दुक बोकेको होला ? किन, वौद्धिकता भुटेको होला ? किन माओवादी बनेको होला ? बाबुराम जस्तो विद्धवान युद्धमा ? राष्टिय अन्र्तराष्टिय जगतलाई मात्र होईन निम्न र मध्यम वर्र्गीय नेपाली विद्धत र विद्यार्थी जगतमा बाबुरामका बारेमा यावत जिज्ञाषाहरु थिए । रमेश विश्वकर्मा अहिले भन्न सकिन्छ, सायद बाबुरामले ‘चे’ लाई राम्ररी पढेका थिए, नेपाली राजनीति र सामाजिक चरित्र राम्रोसँग बुझेका थिए । विश्व राजनीति र दक्षिण एसियाली समाजको अवस्थालाई देखेर बाबुरामलाई आफूले पाएको उपाधी बेकार लागे र सामाजिक मुत्तिको बाटो रोजे राजनीति त्यसमा पनि युद्ध राजनीति नेपाली माटो माओवाद जन्माउने यिनै योद्धा प्रचण्ड, बाबुराम, किरण, वादलहरु आज छुटिएका छन । तत्कालिन देउवा सरकारले माओवादी माग प्रति आखा चिम्ली दिदा उत्पन्न भएको १० वर्षे जनयुद्ध, विभिन्न चरणमा भएका शान्ति वार्ता, अन्तरिम सरकार, संविधान सभाको पहिलो र दोश्रो निर्वाचन, संविधानसभा मार्फत संविधान घोषणासम्म आई पुग्दा नेपाली राजनीतिमा बाबुरामको महत्वपुर्ण भुमिका रह्यो र बाबुरामको यो नेतृत्वदायी भुमिकाको नेपाली इतिहासले सम्मान गर्ने छ । बाबुराम र प्रचण्डमा मात्र सिमित माओवादी भित्रको दुई लाईन संघर्ष चुनवान पश्चात त्रिकोणिय बैचारिक संघर्षमा रुपान्तरित भयो, पालुंनटार, खरिपाटी हुदै धोवीघाटसम्म आई पुग्दा माओवादी भित्रको त्रिकोणिय वैचारिक संघर्ष विष्पोट भयो र पाटीभित्रको एक लाईन माओवादीबाट अलग भयो । योसंगै माओवादी आन्दोलनको विघटन सुरु भयो । माओवादी आन्दोलनबाट सम्बन्ध विच्छेद गरेका वैद्यहरुले केहि समय प्रचण्डलाई देखाउन खोजे तर अहिलेसम्म त्यसको औचित्य पुष्टि न वैद्यले गर्न सके न विप्लवले, माओवादी आन्दोलनको यस्ता कम्जोरीको समीक्षा इतिहासले गर्दै जाला । संविधान सभाबाट संविधान घोषणा भएको भोलीपल्ट बाबुराम प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे र प्रचण्डसँग प्रस्ताव गरे अव माओवादी पार्टी विघटन गरौ । यत्रो बलिदानी र विरताको इतिहास बोकेको पाटी, नेपाली राजनीतिमा छुट्टै पहिचान निर्माण गरेको पार्टीलाई विघटन गर्न प्रचण्डको अन्तर्यले मानेन र बाबुरामले यसै लहडमा माओवादी पाटी छोडेको घोषणा गरे । बाबुरामको त्यो निर्णय सहि थियो वा गलत समीक्षा हुँदै जाला । बाबुरामले नेपाली राजनीतिमा आफुलाई जस्तो देखाउन चाहान्थ्ये नेपाली जनताले बाबुरामलाई स्थानीय चुनावमा नपत्याउदा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको प्रयोग गर्ने बाबुरामको योजना विफलसँगै हिजो माओवादी छोड्दा माओवादी पार्टीको औचित्यमाथी प्रश्न उठाउने बाबुराममाथी जनताले प्रश्न उठाई दिए । पार्टी परित्यागसँगै बाबुरामले पत्रकार सम्मेलन गरेर माओवादी पाटीलाई रातो स्टिकर लागेको घरको संज्ञा दिदै गर्दा प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफ्ना शुभचिन्तक र कार्यकर्ताहरुलाई बाबुरामका बारेमा नराम्रो टिप्पणी नगर्न आग्रह गरे । बाबुराम जानेर वा नजानेर माओवादीलाई कम्जोर पार्न खोज्ने शत्ति केन्द्रको सिकार बने, जस्तो किसिमको आश्वासन बाबुरामले शत्ति केन्द्रबाट पाएका थिए । नेपाली जनताले ठिक उल्टो परिणाम देखाई दिदा, नयाँ शक्ति पाटी विघटनको राजमार्गमा दौडि रहेको छ, स्वयम बाबुराम नयाँ शक्तिको विघटन देखेर अतालिएका छन । बाबुराम कस्तो राजनीतिज्ञ बन्न चाहान्छन र कस्तो राजनीति गर्न चाहान्छन भन्ने कुरा उनले उपेन्द्र यादवको पार्टीसँग पार्टी एकीकरण गरी उपेन्द्रलाई अध्यक्ष मान्ने सहमतिबाटै प्रष्ट हुन्छ । बाबुरामले जुन कुरा प्रचण्डबाट सम्भव देखेन्न तर उपेन्द्रबाट देखे । जुन काम प्रचण्डले गर्न सकेन्न उपेन्द्रको नेतृत्वले गर्छ भन्ने विश्वास गर्दा बाबुरामलाई विश्वास गरेका पुर्व माओवादीहरु नयाँ शक्ति छोडिरहेका छन । हिरा खानीलाई चिन्न नसकेका बाबुराम कोइला खानीमा हिरा खोज्दै गरेकेको देख्दा उनको वौद्धिकता र क्षमतालाई मापन गर्न सकिन्छ । प्रचण्ड नाम होईन युग हो, माक्र्सवादको नेपाली बाटो हो, मालेमाको विकशित रुप हो सायद माओवादीहरु विभाजित नभएको भए नेपालमा प्रचण्ड युग निश्चित थियो । माओवादीलाई शक्तिमा देख्न नचाहाने र सधै कम्जोर पारि राख्न खोज्नेले यसलाई राम्रोसँग बुझेका थिए । पहिलो संविधान सभाको चुनावबाट पहिलो शक्ति बनेको माओवादीलाई कम्जोर बनाउनु थियो । माओवादीलाई कम्जोर पार्ने एउटै उपाय थियो पहिलो संविधान सभाको विघटन र दोश्रो संविधान सभाको चुनाव । यो कुरा न प्रचण्डले बझे न बाबुराम न वैद्यले । के नेपालमा माओवादी पाटीको औचित्य सकियो भनेर एकजना बाबुरामले घोषणा गर्ने वित्तिकै माओवादको विघटन होला ? तर बाबुरामले यो भन्ने आट आफ्नै क्षमता र विज्ञताले गरेको कदापी होईनन । रगतको पोखरीको बीचबाट जन्मिएको माओवादी आन्दोलनलाई शब्दले औचित्य हिन पार्न खोज्नु बाबुरामको विद्धता भन्दा मुर्खता थियो । बाबुरामको बौद्धिकता भन्दा अज्ञानता प्रष्ट थियो । बाबुराम स्वघोषित गान्धि बन्न चाहान्थे । स्वघोषित माओ बन्न चाहान्थे परिणाम बाबुराम आफु जे सावित गर्न चाहान्थे जनताले गलत प्रमाण्ति गरि दिए । बाबुरामलाई चिन्नसमेत छोडि दिए । माओवादी पार्टीबाट बाहिरिदै गर्दा माओवादको औचित्य माथी प्रश्न उठाउने बाबुरामको नेतृत्व र विचारलाई पहिलो र दोश्रो चरणको स्थानीय चुनावमा जनताले अस्वीकार गरि दिए । बाबुरामले सधै आफ्नो सर्टिफिकेटमा घमण्ड गरे । आफ्नो वौद्धिकतामा दम्भ देखाए तर आफ्ना सहयोद्धाहरुको सहि मुल्यांकन गर्न जानेन्न । राम्रो परिणाम जतिको सवै जस आफैले लिन खोजे । बाबुरामले चाहे जस्तो जनताको साथ नपाएपछि उपेन्द्रलाई नेता मान्न तयार हुने बाबुराम नेतृत्वमा असफल भएको पुष्टि भएको छ । बाबुराम आफ्नै कारणले बाबुराम बने भन्ने आत्मभ्रममा छन भने त्यो गलत हो सिंगो राष्टिय अन्तराष्ट्रिय समुदायलाई थाहा छ प्रचण्ड र बाबुराम को हुन । बरु प्रचण्ड बाबुराम विना राजनीतिक यात्रामा हिड्दा कम्जोर मात्र बन्लान तर बाबुराम प्रचण्ड विना हिड्दा असफल हुन्छन सिदिन्छन र सँगै हिड्दा बाबुराम प्रचण्ड बलियो मात्र होईन सफल राजनीतिज्ञ इतिहास निर्माता बन्नेछन । अहिले बाबुरामले राजनीतिक जिवनको गम्भीर समीक्षा गर्नु पर्ने वेला भएकोछ । बाबुरामले कहाँ बसेर राजनीतिक उचाई हासिल गरे । कोसँग बसेर राजनीतिक उचाई हासिल गरे । एक्लै हिड्दा के भयो ? बाबुरामले प्रदेश र केन्द्रको चुनावमा केहि ठाउँमा जित्लान तर जनतालाई माओवादी पार्टी विभाजित गर्नुको ओचित्यता प्रष्टयाउन सक्दैन्न । त्यसैले, माक्र्सवादी विद्धवान डा. भट्टराईले प्रचण्डसँगै हात मिलाएर आगामी राजनीतिको बाटो तय गर्दा नेपाली राजनीतिमा स्थापित भएका मुद्धाहरुको रक्षागर्न सकिएला । एक जना राजनीतिज्ञले आफ्नो जीवनकालमा एउटै राजनीतिक दर्शनको प्रयोग गर्न सक्छ । माक्र्स, लेलिन, एगेल्श, माओ सवै आफ्नो राजनीतिमा अडिग रहदा जनताले विश्वास गर । सात चोटी एउटै चुनाव हार्ने अब्राहम लिंकनलाई जनताले पत्याए । आडम्बरमा राजनीति गर्नु भन्दा गम्भीर समीक्षा सहित प्रचण्डसँगको एकताले बाबुरामको उचाई अझ बढ्नेछ भने प्रचण्डको इज्जत बढ्ने छ । बाबुरामले नेपाली समाजमा माओवादी भन्दा अर्को पार्टी र प्रचण्ड भन्दा राम्रो नेतृत्व खोज्नु भनेको समय बर्बाद गर्नु मात्र हो । त्यसैले यति उचो राजनीतिक कद निर्माण गरेको माओवादी पार्टीमा फर्किनु बाबरामले प्रतिष्ठाको विषय बनाउनु पर्ने कारण नै छैन । प्रचण्ड भन्दा राम्रो र अग्लो बनेर देखाउन खोज्नु बाबुराम र माओवादीबाट विभाजित सवैका लागि ऐतिहासिक गल्ति हुनेछ । आउदो संघीय चुनाव र केन्द्रीय चुनाव अगावै सवै विभाजित मनहरु ध्रुविकृत हुदै एक चोटी फेरी माओवादी पार्टीलाई विशाल र शक्तिशाली बनाउ, बाबुरामले यस अभियानको नेतृत्व गरेको देख्न पाईयोस– शुभकामना ।

यसकारण प्रचण्ड यस युगका महान् योद्धा

नगेन्द्रराज प्रसाई : म माओवादी होइन; तर मैले आफूलाई मन पर्ने बर्तमान राजनीतिज्ञको नाउँ लिनु पर्यो भने प्रचण्डका विकल्पमा अरू नाउँ नै पाउन सक्तिन । त्यतिमात्रले पनि पुग्दैन; नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड । यो बेहोरा वक्ता जजसको अनुहार निचोरिए पनि प्रचण्ड नेपाल राष्ट्रका आधुनिक राजनीतिका बादशाह हुन्; उनको जोडा अझै कैयौं वर्ष नेपालले पाउन गाह्रै छ । नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्ड लाउरे बाउरे नेता पनि होइनन् । उनी सशक्त राजनेता हुन् । मै हुँ भन्ने राजनीतिज्ञहरूलाई पनि पानी पित्त छदाउन सक्ने उनी वीर योद्धा हुन् । लोभीपापीलाई चिची र पापा देखाएर, भिडन्तलाई पाखुरी देखाएर र शासकलाई पौरख देखाएर पाहा पछार्न सिपालु खेलाडीको नाउँ पनि प्रचण्ड नै हो । प्रचण्डले नेपाली काङ्ग्रेस र एमालेलाई १२ बुँदे सहमति गराएर आफ्नो राजनैतिक हैसियतलाई इतिहासमा स्वर्णिम बनाएको सर्वसत्य हो । अहिले आएर जजसले जेजे भने तापनि प्रचण्ड नभए नेपालमा गणतन्त्र आउँदैनथ्यो । हो, गणतन्त्रले नेपाल उस्केन र गणतन्त्रकै कारण नेपालीले हरदिन विचलित हुनु परेको छ; यो बेग्लै प्रसङ्ग हो । साथै यसबारे पनि मेरो कलमले आफ्नो आत्मकथामा वृतान्त नै लेखिसकेकै छ । गणतन्त्र जसरी र जेगरी आए तापनि यो परिवर्तन प्रचण्डको शक्तिकै प्रतिबिम्ब हो । पहिलो चरणमा नेपालमा गणतन्त्र आयो र दोस्रो चरणमा काङ्ग्रेस र एमालेलाई माओवादीले “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी”मा रूपान्तर गराई रहेको छ । त्यसैले म बराबर भन्दै आएको छु “एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।” नेपालमा गणतन्त्रको प्रवेशपछि “नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुन पाउँ” भनेर धेरैले प्रचण्ड माने । लुकेर कसैको जुठो पुरो खानुभन्दा हाकाहाकी प्रचण्डकै जुठो खान पनि मान्छेहरू लालायित भए । अनि झण्डा पनि रातै बोक्नु परे प्रचण्डले नै निर्माण गरेको झण्डा उठाउँदा गौरव मान्नेको ताँतीको पनि बढोत्तरी भैरह्यो । “एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।” कुनै समय यस्तो पनि थियो जुन समयमा धेरैले प्रचण्डको रूप हेर्न चाहेका थिए । जब एकाएक झुल्के प्रचण्ड; सबैले कर्तवलध्वनीले प्रचण्डको रूपरेखाको स्वागत गरे । उनलाई भेट्न नेपाली काङ्ग्रेसदेखि एमालेका ठेकदारसम्म तँ छाड कि मछाड भनेर कुद्न थाले । मानौं प्रचण्ड “श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति” नै थिए । त्यसैले आधुनिक चाणक्य प्रचण्डले त्यसै बखत सबै नेताहरूको पेट छामे । हिजो प्रचण्ड नहुँदा सास फेर्न नसक्ने काङ्ग्रेस र एमालेका लागि सदैव प्रचण्ड भालु नभएका पनि होइनन् । प्रचण्डको कान समाउँ कहिलेसम्म ? अनि प्रचण्डको कान छाडौं त्यही ठहरै हुने ! के फसाद ! देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए । नेपाल किन कङ्गाल भएको छ भने काङ्ग्रेस र एमालेका कर्तुतबाटै नास भएको छ । २०४६ सालपछि सबै कलकारखाना, उद्योग व्यापार र वाणिज्यलाई निजीकरण गरेर व्यक्ति मौलाएकै घटना प्रचण्डले हेरिरहेका थिए । यी नेतामा राजनीति र जनप्रेम थिएन र अझै छैन पनि भन्ने बेहोरा प्रचण्डलाई थाहै थियो । देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए । प्रचण्डले नेपालको सम्पूर्ण राजनीतिलाई ओथारो बसेर आफ्नै कब्जामा राखेका छन् । उनले चाहेपछि मात्र राजनीतिको पात हल्लिने परम्पराको श्रीगणेश भएको छ । उनको पैतालाको धुलोको टीका नलगाउनेहरू अराष्ट्रपति भएर नै बसेको पनि देखियो । प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए । वास्तवमा जो सुकै झाम्रे झुम्रेले जस्तो सुकै सिंहाशन समाए पनि अन्तत: रिमोट त प्रचण्डै बने । खुइलिएको मोबाइल भएर के भयो त सुपर सिमकार्ड भएपछि त कुरै सक्कि गयो नि ! तसर्थ प्रचण्ड गणतन्त्रका सिमकार्ड हुन्; सिमकार्ड ! शक्तिशाली सिमकाड ! गणतन्त्रपछिको नेपालका सरकार र प्रधानमन्त्री पनि हामीले चाखिसक्यौँ । जति तमाशा हेर्नु थियो त्यसभन्दा धेरै पनि हेरिसक्यौँ । प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए । अबको नेपाललाई पनि यसरी नै प्रयोगको विषयवस्तु बनाउने कि तमासेको तमाशा देखाउने ? जनतालाई कति आजित बनाउने ? यस प्रश्नको उत्तर अब कमरेड प्रचण्ड सँगमात्र छ । अरू त थपना मात्र हुन्; जागिर खान कुरेका थपनाहरू ! नेपालमा दिगो राजनैतिक व्यवस्थाका लागि कमरेड प्रचण्डले नै पहल गर्नुपर्छ । यो राष्ट्रको मुहार हँसाउने कि यसरी नै रूवाउने कमरेड ! त्यसैले राष्ट्रवादी शक्तिसँग मिलेर देश बनाउन प्रचण्डले नै अघि सर्नुपर्छ । यदि होइन भने भोलि हामी नेपाली नहुन पनि सक्ने सम्भावनाले सङ्केत गरिसकेको छ । -नेपालपानाबाट

प्रचण्ड चमत्कार, ८ दिन, १०० कार्यक्रम, १९००० प्रवेश

मनहरि तिमिल्सिना काठमाडौं, भदौ २०। तराई–मधेशमा आएको भीषण बाढीले पुर्याएको क्षति अवलोकन र २ नम्वर प्रदेशमा निर्वाचनको वातावरण बनाउने सोचका साथ अध्यक्ष प्रचण्ड पार्टीका शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा बादल’लाई लिएर भदौ १२ गते बिहान काठमाडौंबाट मधेशका लागि प्रस्थान गर्नुभयो । ८ दिन लामो मधेश अभियानका क्रममा बाढी प्रभावित क्षेत्रको अवलोकन, राहत बितरण, पार्टी प्रवेश, आन्तरिक बैठक र प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न गरी भदौ १९ गते दिउँसो अध्यक्ष प्रचण्ड काठमाडौं आई पुग्नुभएको छ । ८ दिन लामो मधेश बसाईका गतिविधिलाई संक्षिप्तमा यसरी उल्लेख गरिएको छ । १२ गते (सोमबार) १२ गते बिहान अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहितको टोली बिराटनगरका लागि प्रस्थान गर्यो । बिहान ९.०० बजे बिराटनगर बिमास्थलमा ओर्लिएपछि पहिलो कार्यक्रम पत्रकार भेटघाटबाट सुरु भयो । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसपछि अध्यक्ष प्रचण्डले मोरङका स्थानीय नेता–कार्यकर्ताहरुसँग भेटघाट सुरु गर्नुभयो । बाढीपीडित र सुकुम्बासीका समस्या लगायतका विषयमा त्यस सन्दर्भमा कुराकानी भयो । त्यसलगत्तै अध्यक्षले मोरङका कार्यालय प्रमूखहरुलाई बोलाएर बाढीको क्षति र राहतको अवस्थाबारे जानकारी लिनुभयो । कार्यालय प्रमूखहरुसँगको भेटमा अध्यक्षले स्थानीय स्तरमा राहत र पूनर्बासको व्यवस्था प्रभावकारी बनाउन र कुनै समस्या आए जानकारी गराउन निर्देशन दिनुभयो । दिउँसो १२.०० बजे माओवादी केन्द्र प्रदेश नं.–१ को प्रशिक्षण कार्यक्रम सुरु भयो । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, गोपाल किराँती लगायतका नेताहरुले सामयिक राजनीति, माओवादी केन्द्रको भूमिका र आगामी कार्यभार सम्बन्धि करिव ७५० जना अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्नुभयो । प्रशिक्षणपछि अध्यक्षको टिम जनकपुरका लागि प्रस्थान गर्यो, कोशी ब्यारेज र त्यहाँको अवस्थाबारे स्थलगत अवलोकनपछि राति ११.०० बजे अध्यक्षको टिम जनकपुरको जिरो माइलमा आएर बिश्राम गर्यो । १३ गते (मंगलबार) बिहान ५.०० बजे नै अध्यक्ष मर्निङ वाकमा निस्कनु भयो । मर्निङ वाकका क्रममा उहाँले स्थानीय जनताका समस्या, मधेशको राजनीतिक अवस्था, निर्वाचनबारे मधेशी जनताको धारणा लगायतका विषयमा चिया गफ गर्नुभयो । बिहान ७.०० बजेबाट २ नम्वर प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सचिवालय सदस्यहरुको बैठक सुरु भयो । बैठकमा मूलतः ३ विषयमा छलफल चल्यो, (१) मधेशको राजनीतिक परिस्थिति, (२) चुनावी रणनीति, (३) उम्मेदवारहरुको चयन । बैठकमा प्रचण्ड, प्रकाश, बादल, मातृका यादव, विश्वनाथ साह, रामचन्द्र झा, रामकुमार शर्मा, सत्यनारायण मण्डल, प्रभू साह, श्रवणकुमार यादव, उर्मिला अर्याल लगायतका नेताहरु हुनुहुन्थ्यो । दिउँसो २.०० बजे जनकपुरमै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो । सद्भावना पार्टीका संस्थापक अध्यक्ष अनिस अन्सारी र नयाँ शक्तिका केन्द्रीय नेताहरु लगायत १२७० जना नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरे । अध्यक्ष प्रचण्डले ११ वर्षपछि मधेशमा माओवादीको पक्षमा उभार आएको भन्दै मधेशी र पहाडी अतिवादको विपक्ष र राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई अपील गर्नुभयो । त्यसपछि फेरी सचिवालय बैठकले निरन्तरता पायो र साँझ जनकपुरमै बिश्राम गरियो । १४ गते (बुधबार) अध्यक्षको मर्निङ वाक र चिया गफले बुधबार पनि निरन्तरता पायो । त्यसपछि बिहान ९.०० बजे सर्लाहीको हरिपूर्वामा पुगेर सद्भावना पार्टी केन्द्रीय सदस्य जीतनारायण यादवसहितका १२०० नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराइयो । बिहान ११.०० बजे सर्लाहीकै नवलपुरमा २०० जना कार्यकर्ता पार्टी प्रवेश गरे । दिउँसो १२.०० बजेबाट सर्लाहीको चक्रघट्टीमा लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय लगायतको नेतृत्वमा ६५०० प्रवेश गरे । उक्त कार्यकर्तामा नवप्रवेशी नेता–कार्यकर्तालाई टिका लगाउन मात्रै अध्यक्ष प्रचण्डलाई झण्डै ८ घण्टा लाग्यो । माओवादी प्रवेश गर्दै सहअध्यक्ष रायले मधेशी दल बाटोमा राखिएका नाङ्ले पसल भएको, श्रीमति र ज्वाई माननीय बनाएको र मधेशका मुद्दा खरिदबिक्री गरेकाले आफू माओवादीमा आएको बताउनु भयो । रायले माओवादीको १० वर्षे युद्धले गरेको राजनीतिक परिवर्तन र प्रचण्डको १० महिने प्रधानमन्त्री कालबाट आफू निकै प्रभावित भएको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको र रायको प्रवेशले ठूलो राष्ट्रिय सन्देश गएको बताउनु भयो । पार्टी प्रवेश कार्यक्रम र कार्यकर्ता भेटघाटपछि राति रौतहटको चन्द्रनिगाहापुर पुगेर बिश्राम गरियो । १५ गते (बिहीबार) मर्निङ वाकपछि बिहान ८.३० बजे रौतहटको बडर्वामा बाढीले गरेको क्षतिको निरीक्षण, स्थानीयबासीलाई सम्बोधन गरेर गौरमा उद्योग–व्यवसायी र बाढी पीडितसँग संक्षिप्त अन्तरक्रिया गरियो । अन्तरक्रियामा अध्यक्ष प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरी राहत र पूनर्बासलाई प्रभावकारी बनाउन आफूले पहल गर्ने जानकारी गराउनु भयो । त्यसपछि बिहान ११.०० बजे गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरसहित २०० प्रवेश र पार्टी कार्यालय उद्घाटन गरेर अभियान टिम राजपुरका लागि प्रस्थान गर्यो । दिउँसो १२.३० बजे रौतहटको राजपुरमा १७०० जना माओवादीमा प्रवेश गरे । दिउँसो ३.०० बजे रौतहटको गरुडामा राजपाका केन्द्रीय सदस्य शेर नुरुल होदा, मायादेवी जैसवाल, मीना जैसवाल, एमाले नेता सुधिर यादव, देवकी नेपाल, नथुनी चौधरी लगायत १२०० जना नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरे । दिउँसो ४.०० बजे रौतहटको कनकपुरमा २० औं हजारको जनसभामा अध्यक्षले सम्बोधन गर्नुभयो । जनसभामा ५०० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । बेलुका रौतहटको गरुडामा १००० बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, चामल, दाल लगायतका राहत सामग्री बितरण गरेपछि महोत्तरीको बर्दिबासमा आएर बिश्राम लियौं भने नारायणकाजी श्रेष्ठ र नेता बादल राजधानी फर्कनु भयो । १६ गते (शुक्रबार) शुक्रबार बिहानैदेखि दिउँसो ४.०० बजेसम्म बर्दिबासमा सिरहाका नेता, कार्यकर्तासँग पार्टीको संगठनात्मक अवस्था, चुनावी रणनीति, उम्मेवार लगायतका विषयमा आन्तरिक छलफल भयो । बेलुका ५.०० बजेदेखि रौतहटको चपुरमा नेता, कार्यकर्तासँग छलफल भयो । शुक्रबारको दिन सम्पूर्ण रुपले आन्तरिक छलफलमै केन्द्रित भयो । साँझ टिमले रौतहटको चपुरमा बिश्राम लियो । १७ गते (शनिबार) बिहान ८.०० बजे पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि पर्साको बीरगंज प्रस्थान गरियो । दिनभर सचिवालयको बैठक चल्यो । बेलुका ६.०० बजे सचिवालय बैठकका निर्णय पत्रकार सम्मेलनद्धारा सार्वजनिक गरियो । मधेशमा माओवादी केन्द्रको पक्षमा राम्रो लहर सिर्जना भएको निष्कर्ष निकाल्दै बैठकले बाढी प्रभावितका समस्या सम्बोधन गर्न, मधेशमा निर्वाचनको वातावरण बनाउन सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गर्यो । साँझ स्थानीय कार्यकर्तासँग भेटघाट चल्यो, त्यसपछि शनिबार बीरगञ्जमै बास बसियो । १८ गते (आइतबार) बिहान ७.०० बजे बीरगञ्ज महानगरको प्रसौनीमा ३०० जना स्थानीय कार्यकर्तालाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनु भयो । त्यसपछि सिमराको टाँगिया बस्तीमा १७० कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराएपछि बाराकै कोल्हबी नगरमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र नेता बादलले सम्बोधन गर्नुभयो । उक्त कार्यक्रममा कांग्रेस नगर सभापतिसहित २७० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । त्यसपछि दिउँसो नै सर्लाहीमा बिशाल पार्टी प्रवेशको कार्यक्रम भयो । राजपाका केन्द्रीय सदस्यहरु चेतनारायण महतो, राजकुमार साह, सीताराम महतो र दर्जनौं पूर्व गाबिस अध्यक्षसहित ५००० जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । पार्टी प्रवेश गर्दै राजपाका नेताहरुले हिमाल, पहाड र तराई–मधेशलाई समान देख्ने पार्टी माओवादी भएकाले आफूहरु माओवादीमा आएको र मधेशी दलहरु सत्ता स्वार्थमा केन्द्रित भएको बताए । पार्टी प्रवेश कार्यक्रमपछि अध्यक्षको टिम बाराको सिमरामा आएर बिश्राम लियो । १९ गते (सोमबार) सोमबार बिहानै अध्यक्ष प्रचण्ड लगायतका नेताहरु घरदैलो अभियानमा सहभागी हुनुभयो । त्यसलगत्तै सिमराका ३ स्थानमा आयोजित सभालाई अध्यक्षले सम्बोधन गर्नुभयो । कार्यक्रममा राजपाका केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । सभापछि स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गरेर अध्यक्ष प्रचण्ड दिउँसो १.०० बजे काठमाडौंका लागि प्रस्थान गर्नुभयो । काठमाडौं फर्केलगत्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा पूर्वसभासद एवं राजपाका केन्द्रीय सदस्य शिबपुजन यादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका दुई दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरे । पार्टी प्रवेश गर्नेमध्ये अधिकांश नेता पूर्व गाबिस अध्यक्षहरु थिए । यसरी ८ दिन लामो मधेश बसाईका क्रममा मधेशमा १९,००० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने पहिलोपटक माओवादीका पक्षमा मधेशमा जनलहर देखिएको छ । अध्यक्ष प्रचण्ड सहभागी हरेक कार्यक्रममा जनताको छुट्टै स्नेहभाव र आत्मीयता झल्कन्थ्यो । शिबपुजन यादव लगायतका नेताहरु पार्टी प्रवेश गरेपछि उनीहरुको पक्षमा रहेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउन केही दिनमै अध्यक्ष प्रचण्ड मधेश जाने कार्यतालिका छ । मधेश अभियानबाट उत्साहित माओवादी नेताहरुले उम्मेदवारहरुको व्यवस्थापन र चुनावलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि रोक्न सके माओवादी पहिलो पार्टी बन्ने अपेक्षा गरेका छन् ।

देश बेच्न लागेको लेन्डुपहरुले बचाउँछन् गणतन्त्र ! महेन्द्र, बिपी र लेन्डुप

युवराज गौतम/ शिलालेख, ताम्रपत्र वा पुरातात्विक महŒवको अभिलेख धुलोले छोपिए पनि इतिहास हराउँदैन । भ्रम, दुष्प्रचार वा कुनै प्रायोजित हल्लाले सत्यको आकाशमा घनघटा छाउन सक्छ तर सत्य नै शाश्वत हुन्छ । युगीन हुन्छ । पात्रहरू मर्छन्, इतिहास कालजयी हुन्छ । राजा त्रिभुवनका छोरा राजा महेन्द्र र उनीपछि राजसिंहासनमा विराजमान वीरेन्द्र तथा ज्ञानेन्द्र जस्ता चार जना शासकसँग नाम जोडिएर आउँछ बिपी कोइरालाको । राजा त्रिभुवनका पालामा गृहमन्त्री र राजा महेन्द्रझैँ विश्वेश्वरप्रसाद कोइराला आज पनि सर्वाधिक उच्चारण गरिने एउटा बहुचर्चित नाम हो । २००७ सालमा त्रिभुवनका महिला नाति ज्ञानेन्द्र शाह राजगद्दीमा बस्दा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला क्रान्तिको मैदानमा सक्रिय थिए । उनीहरू ज्ञानेन्द्रलाई राजा मान्ने पक्षमा थिएनन् । राणा–कांग्रेस संयुक्त सरकार बनेपछि मोहनशमशेरलाई प्रधानमन्त्री स्वीकार गरेर बिपी गृहमन्त्री भए । राजा महेन्द्रको शासनकालमा बिपी सात वर्ष थुनिए । राजा महेन्द्र र राजा वीरेन्द्रको राजनीतिक चिन्तनसँग असहमत थिए बिपी । तर उनले राजसंस्थाको विकल्प खोजेनन् किनभने उनको दल गणतन्त्रवादी थिएन । बिपीले आत्मवृत्तान्तमा धेरै तथ्य उजागर गरेका छन् । सन् १९४८ मा जन्मेको इजरायललाई नेपालले मान्यता दिएपछि इजिप्ट जस्ता अरब राष्ट्रहरूबाट आएको ठूलो दबाब नेपालले भोगेको थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले दिएको भोजमा आफूले इजरायलकी विदेशमन्त्री (पछि प्रधानमन्त्री भइन्) गोल्डा मेयरसँग पाकिस्तानी विदेशमन्त्री जुल्फिकर अलि भुट्टोको परिचय गराइदिएको कुरा बिपीले उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति राजा महेन्द्रको स्वागत गर्न विमानस्थलमै आउने र ब्रिटेनकी महारानीले रेल्वे स्टेसनमा उपस्थित भएर राजा महेन्द्रको स्वागत गरेको उच्चस्तरको कूटनीति अब दन्त्यकथा भइसकेको छ । इतिहास भन्छ–, सिम्सनको प्रेममा परेर ब्रिटेनका राजा एडवर्ड (आठौं) राजगद्दी त्यागेर हिँडिदिए । बिपीले त्यस्तै प्रसंग उठाएर लेखेका छन्– ‘राजा त्रिभुवनले इन्द्रराज्यलक्ष्मीदेवी (तत्कालीन युवराज महेन्द्रकी धर्मपत्नी) स्वर्गवास भएपछि राणा परिवारभन्दा बाहिर गएर अर्को विवाह गर्न छोरालाई सल्लाह दिएका थिए । त्यही विषयले बाबु÷छोराबीच मतभेद भयो । महेन्द्रले युवराजाधिराज पद त्याग्ने कुरासमेत गरे ।’ बिपीले त्यस्तो परिस्थितिमा राजा त्रिभुवन र युवराज महेन्द्रबीच सम्बन्ध सुधार्न प्रयत्न गरेको देखिन्छ । अर्थात् त्यसबेला राजदरबार र उच्च राजनीतिज्ञहरू एउटै परिवार जस्ता थिए । बिपीकी जेठी बुहारी सुषमा (राजनीतिज्ञ प्रकाश कोइरालाकी पत्नी) भन्छिन्– ‘हामी २०२७÷२८ सालतिर सपरिवार सारनाथमा बसेका थियौँ । २०२८ माघ १७ गते राजा महेन्द्रको स्वर्गवास भएको खबर आयो । सात÷आठ वर्ष बिपीलाई जेलमा राख्ने राजाको मृत्यु भएको खबर सुन्दा म दुःखी भइनँ । युवावस्था थियो मेरो । राजनीति धेरै बुझ्दिनथेँ । ससुरालाई मनमा लागेको कुरा प्याच्चै भनिदिएँ– ‘राजा मरेछन्, ठिकै भयो ।’ उहाँले चिन्तित र दुःखी स्वरमा सम्झाउँदै भन्नुभयो– ‘राजा महेन्द्र राष्ट्रवादी र असल राजा हुन् । मलाई थुनेका थिए, त्यो अर्कै कुरा हो । त्यस्ता राजाको मृत्यु नेपालका लागि ठूलो क्षति हो ।’ केही दिनअघि कोइराला निवासमा पंक्तिकारसँग कुराकानी गर्दै सुषमाले भनिन्– राजा महेन्द्र र बिपीका बारेमा नकारात्मक कुरामात्र प्रचारमा आयो । सत्य कुरा ओझेलमा परे, मिथ्या प्रचार धेरै भयो । बिपीपुत्र प्रकाश कोइराला राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर भएको विश्लेषण गर्छन् । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस पथभ्रष्ट, दिग्भ्रमित र परमुखापेक्षी बन्दै गएको उनको विश्लेषण छ । प्रकाश बिपीपथमै छन् । गणतन्त्र गलत छ भन्छन् । तर बिपीको तस्बिरमा माल्यार्पण गर्ने र आफूलाई उनका नातागोता भएकामा गर्व गर्ने कतिपय कोइरालाले गणतन्त्रको ज्याकेट लगाएर बिपीको चिन्तन, आदर्श र मूल्यमान्यता चटक्क बिर्सेका छन् । प्रचण्डपथ भनेर माओवादीले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्न कांंंग्रेसले माओवादीलाई कंगारुले बच्चा च्यापेझैँ थैलामा बोकेर दौडेको छ । वर्तमान सरकारको संरचना र भागबन्डा त्यसैको विद्रुप वा कुरूप दृश्य हो । यो कलाविहीन नाटकका लेखक, निर्देशक सबै विदेशी छन् तर रंगमञ्चमा देखिने पात्रहङको खल्तीमा नेपालको नागरिकता प्रमाणपत्र छ । विद्वान्हरूले शास्त्रका वचनलाई प्रमाण मान्दै तर्क गरेका छन्– ‘आफैँमा कोही कसैको मित्र वा शत्रु हुँदैन, व्यवहारले मित्रता र शत्रुता निर्धारण गर्छ ।’ भारतीय सरकारी नीति सनातन हिन्दु धर्म विरोधी भयो भन्दै धर्म निरपेक्षताका विरुद्ध निर्भिक ढंगले सम्पादकीय लेखेपछि टाइम्स अफ इन्डियाका सम्पादक गिरिलाल जैनलाई हटाइयो । सन् १९५० मा रिपोर्टर (सम्वाददाता) बनेर पत्रकारितामा प्रवेश गरेका जैनले सन् १९७८ देखि १९८८ सम्म सम्पादक भएर काम गरे । नेपाल–नीतिमा भारत स्पष्ट हुनुपर्छ भन्दै जैनले कैयन् लेख र सम्पादकीय लेखे । उनको चर्चित पुस्तक ‘इन्डिया मिट्स चाइना इन नेपाल’ (सन् १९५९) भारत, चीन र नेपालबीच कस्तो कूटनीतिक सन्तुलन हुनुपर्छ भन्ने तर्कमा आधारित छ । सन् १९६२ मा चीन र भारतीच युद्ध भएपछि नेपाल दक्षिण एसियाका नवोदित शक्तिहरूको रणनीतिक क्षेत्र बन्न पुग्यो । आज काठमाडौंँ पृथ्वीतलको एउटा महत्वपूर्ण रणनीतिक र सामरिक विन्दु बन्दै गएको छ । राजा महेन्द्र, माओ, नेहरु, बिपी आदिले पचास वर्षपहिले नै नेपालको भविष्यबारे विश्लेषण गरेका थिए । पं. जवाहरलाल नेहरुको ग्रन्थ ग्लिमसेज अफ वल्र्ड हिस्ट्रीमा उनले नेपाललाई कहिले पराधीन नभएको वीरभूमि भनेका छन् । राजनीति, कूटनीति, कर्मचारीतन्त्रलगायत प्रायः सबै क्षेत्र परावलम्वी बनिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्रता र गणतन्त्रमध्ये एउटामात्र रोज्नुपर्ने अवस्था देखिएको छ । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गरे पुग्छ भन्नेहरू राष्ट्रियता भनेको महत्वहीन हो भनिरहेका छन् । राष्ट्र नै संकटमा पुग्छ र राष्ट्रियता नै निष्प्राण बन्छ भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका करोडौं डलरका गहना लगाएर छम्छमी नाच्नुको के अर्थ हुन्छ भनेर तर्क गर्नेहरू लाखौँ छन् । बहुमत नै सत्य हुन्छ भन्ने तर्क सदैव सत्य हुँदैन । उदाहरण छेउमै छ, सन् १९७५ मा सिक्किमलाई भारतमा गाभ्ने षड्यन्त्रमा जनमत संग्रहको नाटक गरेर बहुमतकै नाममा एउटा स्वतन्त्र राष्ट्र पराधीन भएको थियो । राष्ट्र निल्ने प्रक्रिया ‘अप्रजातान्त्रिक’ थिएन किनभने त्यो जनमत संग्रह नै थियो । स्यामुअल हन्टिङ्टनले सभ्यताको रक्षा र पानीका लागि धेरै राष्ट्रमा लडाइँ हुन सक्छ भनेर ‘क्ल्यास अफ सिभिलाइजेसन’ पुस्तकमा सविस्तार व्याख्या गरेर साना र कमजोर राष्ट्रहरूलाई झस्काइदिएका छन् । भारतले नेपाल तराईका केही सीमित व्यक्तिलाई प्रयोग गरेर नवनागरिक र हिन्दीलाई माया गरेको देखिए पनि यथार्थ फरक छ । नेपालबाट तराई टुक्र्याउन सफल भएमा सप्तकोशी, सप्तगण्डकी, कर्णाली र महाकाली जस्ता पानीको अजस्र स्रोतको बेरोकटोक सदुपयोग गर्न सकिन्थ्यो भन्ने उसको बुझाइ छ । नेपाल दरवारले यस्ता विषयमा राष्ट्रिय हितको मात्र कुरा गरेर भाँजो हालेको भन्दै नेपालमा आफ्ना मानिसमार्फत शासन गर्न गणतन्त्र ल्याइयो । पश्चिमा शक्तिराष्ट्रहरूले क्रिश्चियन धर्म फैलाउन धर्म निरपेक्ष घोषणा गर्न बाध्य बनाए । नेपाली एकताबद्ध भए भने विदेशीको योजना सफल हुँदैन भन्ने अध्ययन गरेर संघीयता नामको विभाजनकारी प्रज्ज्वलनशील पदार्थ भित्र्याइयो । दुष्परिणामहरू देखिँदैछन् । पूर्वकानुन सचिव मोहन बन्जाडेले चीनको दबाबमा नेपालमा एउटा संविधान गायव पारिएको खुलासा गरेका छन् । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा चौधवटा प्रदेश (प्रान्त) बनाएर रणमैदानका रूपमा विकसित गराउने पश्चिमाहरूको गुप्त योजनाअनुसार पहिलो संविधानसभाले त्यस्तो संविधान जारी गर्ने षड्यन्त्र थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवलाई समेत सुइँको नदिएर सभामुख सुवास नेम्वाङ, कृष्ण सिटौलालगायतका पात्रहरूमार्फत त्यो सबै गृहकार्य गरिएको उच्चपदस्थ कर्मचारी बताउँछन् । चीनले कडा स्वरमा विरोध जनाउँदै नेपाल–चीन सिमानामा आगो लगाउने त्यस्तो संविधान ल्याइएमा मौन नबस्ने संकेत दियो । अन्त्यमा, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई त्यो राष्ट्रघाती योजनामा असफल भए । राष्ट्रपति रामवरण यादवले समेत सर्सर्ती पढ्न नपाएको त्यो रहस्यमय संविधानमा के के थियो त ? कानुनविद्, संविधानविद्, लेखक, विश्लेषक सबैका निमित्त त्यो जिज्ञासाको विषय बनेको छ । ‘देखिजान्ने, सुनिजान्ने किनाराका साक्षी’ बस्दै आएका अधिकांश सांसदले वर्तमान संविधानको पेटबोलीमा के छ भन्ने पनि राम्ररी बुझेका छैनन् । समानुपातिक (समानपातकी ?) र चन्दामार्गबाट संसद्मा प्रवेश गरेका धनमाया र धनबहादुरहरूलाई झन् के थाहा ! त्यसैले, नेपाली राजनीतिमा जो आफूलाई शेर (सिंह) ठान्छन्, उनीहरू सर्कसका रिङ मास्टरको कोर्राबाट निर्देशित छन् । हालै दिल्लीमा नेपालका प्रधानमन्त्रीले गृहकार्य (होमवर्क) नबुझाउने विद्यार्थीले झैँ ‘अर्कोपल्ट संविधान संशोधन गन्र्या हुँ सर’ भनेर संविधानको स्वामी विदेशी नै हुन् भन्ने स्पस्ट पारिदिए । त्यसैले नेपाली राजनीति स्वचालित छैन भन्ने स्पस्ट भइसकेको छ । यहाँ देखिएका पार्टी मुख्यालयहरू शाखा÷प्रशाखा हुन् भन्ने स्पस्ट हुँदैछ । सिद्धान्त, नैतिकता, आदर्श, चरित्र वा दर्शन नभए पनि राजनीतिक दल चल्छ नेपालमा । त्यसैले सत्ता पाउँदा संविधान ‘उत्कृष्ट’ र नपाउँदा त्यही संविधानलाई ‘निकृष्ट’ ठान्ने घोर अवसरवादी र अराजनीतिक चरित्र विकसित हुँदैछ । राजा महेन्द्र र बिपीको वचन बिर्सेर लेन्डुपवादी भइसकेका कतिपय दललाई भरोसा गरिरहने हो भने राष्ट्रको पतन निश्चित छ । जनता बनेर स्वतन्त्र विचार राख्न डराउने बरु दलको कार्यकर्ता भएर राष्ट्रघातको समर्थन गर्ने प्रवृत्तिले बौद्धिक वर्गलाई पनि दास बनाएको छ । यो समस्या ‘ठूला’ दलमा झन् घातक बन्दै गएको देखिन्छ । दार्चुलाको टिङ्कर, बझाङको तानाराकोट धुली, हुम्लाको मुचु, मुगुको मुगुगाउँ, डोल्पाको छार्का भोट, मनाङको थोराङ् भन्ज्याङ, मुस्ताङको कैसाङ, गोर्खाको अठारसय खोला र लार्के भन्ज्याङ, रसुवाको रसुवागढी र सोम्दाङ, सिन्धुपाल्चोकको तातोपानी–कोदारी, दोलखाको लामा बगर, संखुवासभाको चेपुवा घाँटी, ताप्लेजुङको ओलाङचुङगोला, सोलुखुम्बुको नाम्चे र च्याल्सा, पाँचथरको च्याङ्थापु आदि ठाउँमा २००९ साल जेठ २७ गतेदेखि भारतीय सेना बसे । राजा महेन्द्रको शासनकालमा २०२६ सालमा ती सैनिक हटाइयो । चीन र भारतबीच प्रत्यक्ष–अप्रत्यक्ष÷पमा देखिएको तनाव र बाह्य शक्तिको प्रभावले नेपालमा राजनीतिक अस्थिरता बढ्दैछ । राष्ट्रिय सुरक्षामा धेरै चुनौती थपिँदै गएका छन् । चीन, भारत, अमेरिका र युरोपको चिन्ता गर्ने नेपालका अधिकांश अग्रगामीहरू राष्ट्रवादको वकालत गर्नेहरूलाई महेन्द्रीय (?) राष्ट्रवादका पक्षधर ‘प्रतिगामी’ ठान्छन् । राजा महेन्द्र र बिपीजस्ता व्यक्तित्वलाई अपमानित गरेर घरघरमा र दलदलमा लेन्डुप जन्माउन धेरै गैरसरकारी संस्था प्रसूति गृहका रूपमा खुलेका छन् । त्यसैले सत्यवादीहरूलाई दमन गरेर उनीहरूलाई कुल्चिरहने जुन पद्धति स्थापना गर्न खोजिँदैछ, गणतन्त्रको भेषमा त्यो लेन्डुपतन्त्र नै हो । साम्राज्यवाद र विस्तारवादको नयाँ संस्करणमात्र हो । शक्तिको खेलमा जनताले अल्छी, योजनाहीन, कायर, लोभी, विवेकहीन र दिग्भ्रमितलाई समर्थन गर्दैनन् । राजनीतिशास्त्र भन्छ– ‘जनताले पनि आफ्नो स्वार्थ हेर्छन् ।’ राष्ट्र नै बचाउन नसक्नेहरूले सत्ता सञ्चालन गर्दा एकदिन जनता शरणार्थी बन्ने अवस्था आउन सक्छ । आठौँ शताब्दीका चीनका प्रसिद्ध दार्शनिक र कवि डु फु भन्छन्– भेडाको बथान केही कुकुर र गोठालाको नियन्त्रणमा हुन्छ । त्यसैले उनीहरूलाई वशमा राख । सबै भेडालाई घाँस खुवाएर खुसी पार्ने प्रयास नगर । घोडा चढेर लुट्न आउने डाँकालाई पक्रनु छ भने बन्दूकले घोडालाई ढाल । नाइकेहरूलाई आशा र त्रासको बन्धनमा राख ।’ विदेशी षड्यन्त्रकारीले नेपाली राजनीति र कूटनीतिमा त्यस्तै नीति लिएका छन् । त्यसैले उनीहरू महेन्द्र र बिपी जस्ता राजनेतालाई अपमान गर्छन् । लेन्डुपहरूलाई महिमामण्डित तुल्याउँछन् र भन्छन्– यिनैले बचाउँछन् गणतन्त्र । -नागरिकबाट