यसकारण प्रचण्ड यस युगका महान् योद्धा

नगेन्द्रराज प्रसाई : म माओवादी होइन; तर मैले आफूलाई मन पर्ने बर्तमान राजनीतिज्ञको नाउँ लिनु पर्यो भने प्रचण्डका विकल्पमा अरू नाउँ नै पाउन सक्तिन । त्यतिमात्रले पनि पुग्दैन; नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड । यो बेहोरा वक्ता जजसको अनुहार निचोरिए पनि प्रचण्ड नेपाल राष्ट्रका आधुनिक राजनीतिका बादशाह हुन्; उनको जोडा अझै कैयौं वर्ष नेपालले पाउन गाह्रै छ ।

नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड ।

प्रचण्ड लाउरे बाउरे नेता पनि होइनन् । उनी सशक्त राजनेता हुन् । मै हुँ भन्ने राजनीतिज्ञहरूलाई पनि पानी पित्त छदाउन सक्ने उनी वीर योद्धा हुन् । लोभीपापीलाई चिची र पापा देखाएर, भिडन्तलाई पाखुरी देखाएर र शासकलाई पौरख देखाएर पाहा पछार्न सिपालु खेलाडीको नाउँ पनि प्रचण्ड नै हो ।

प्रचण्डले नेपाली काङ्ग्रेस र एमालेलाई १२ बुँदे सहमति गराएर आफ्नो राजनैतिक हैसियतलाई इतिहासमा स्वर्णिम बनाएको सर्वसत्य हो । अहिले आएर जजसले जेजे भने तापनि प्रचण्ड नभए नेपालमा गणतन्त्र आउँदैनथ्यो । हो, गणतन्त्रले नेपाल उस्केन र गणतन्त्रकै कारण नेपालीले हरदिन विचलित हुनु परेको छ; यो बेग्लै प्रसङ्ग हो । साथै यसबारे पनि मेरो कलमले आफ्नो आत्मकथामा वृतान्त नै लेखिसकेकै छ ।

गणतन्त्र जसरी र जेगरी आए तापनि यो परिवर्तन प्रचण्डको शक्तिकै प्रतिबिम्ब हो । पहिलो चरणमा नेपालमा गणतन्त्र आयो र दोस्रो चरणमा काङ्ग्रेस र एमालेलाई माओवादीले “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी”मा रूपान्तर गराई रहेको छ । त्यसैले म बराबर भन्दै आएको छु “एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।”

नेपालमा गणतन्त्रको प्रवेशपछि “नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुन पाउँ” भनेर धेरैले प्रचण्ड माने । लुकेर कसैको जुठो पुरो खानुभन्दा हाकाहाकी प्रचण्डकै जुठो खान पनि मान्छेहरू लालायित भए । अनि झण्डा पनि रातै बोक्नु परे प्रचण्डले नै निर्माण गरेको झण्डा उठाउँदा गौरव मान्नेको ताँतीको पनि बढोत्तरी भैरह्यो ।

“एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।”

कुनै समय यस्तो पनि थियो जुन समयमा धेरैले प्रचण्डको रूप हेर्न चाहेका थिए । जब एकाएक झुल्के प्रचण्ड; सबैले कर्तवलध्वनीले प्रचण्डको रूपरेखाको स्वागत गरे । उनलाई भेट्न नेपाली काङ्ग्रेसदेखि एमालेका ठेकदारसम्म तँ छाड कि मछाड भनेर कुद्न थाले । मानौं प्रचण्ड “श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति” नै थिए । त्यसैले आधुनिक चाणक्य प्रचण्डले त्यसै बखत सबै नेताहरूको पेट छामे ।

हिजो प्रचण्ड नहुँदा सास फेर्न नसक्ने काङ्ग्रेस र एमालेका लागि सदैव प्रचण्ड भालु नभएका पनि होइनन् । प्रचण्डको कान समाउँ कहिलेसम्म ? अनि प्रचण्डको कान छाडौं त्यही ठहरै हुने ! के फसाद !

देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए ।

नेपाल किन कङ्गाल भएको छ भने काङ्ग्रेस र एमालेका कर्तुतबाटै नास भएको छ । २०४६ सालपछि सबै कलकारखाना, उद्योग व्यापार र वाणिज्यलाई निजीकरण गरेर व्यक्ति मौलाएकै घटना प्रचण्डले हेरिरहेका थिए । यी नेतामा राजनीति र जनप्रेम थिएन र अझै छैन पनि भन्ने बेहोरा प्रचण्डलाई थाहै थियो । देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए ।

प्रचण्डले नेपालको सम्पूर्ण राजनीतिलाई ओथारो बसेर आफ्नै कब्जामा राखेका छन् । उनले चाहेपछि मात्र राजनीतिको पात हल्लिने परम्पराको श्रीगणेश भएको छ । उनको पैतालाको धुलोको टीका नलगाउनेहरू अराष्ट्रपति भएर नै बसेको पनि देखियो । प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए । वास्तवमा जो सुकै झाम्रे झुम्रेले जस्तो सुकै सिंहाशन समाए पनि अन्तत: रिमोट त प्रचण्डै बने । खुइलिएको मोबाइल भएर के भयो त सुपर सिमकार्ड भएपछि त कुरै सक्कि गयो नि ! तसर्थ प्रचण्ड गणतन्त्रका सिमकार्ड हुन्; सिमकार्ड ! शक्तिशाली सिमकाड !

गणतन्त्रपछिको नेपालका सरकार र प्रधानमन्त्री पनि हामीले चाखिसक्यौँ । जति तमाशा हेर्नु थियो त्यसभन्दा धेरै पनि हेरिसक्यौँ ।

प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए ।

अबको नेपाललाई पनि यसरी नै प्रयोगको विषयवस्तु बनाउने कि तमासेको तमाशा देखाउने ? जनतालाई कति आजित बनाउने ? यस प्रश्नको उत्तर अब कमरेड प्रचण्ड सँगमात्र छ । अरू त थपना मात्र हुन्; जागिर खान कुरेका थपनाहरू !

नेपालमा दिगो राजनैतिक व्यवस्थाका लागि कमरेड प्रचण्डले नै पहल गर्नुपर्छ । यो राष्ट्रको मुहार हँसाउने कि यसरी नै रूवाउने कमरेड ! त्यसैले राष्ट्रवादी शक्तिसँग मिलेर देश बनाउन प्रचण्डले नै अघि सर्नुपर्छ । यदि होइन भने भोलि हामी नेपाली नहुन पनि सक्ने सम्भावनाले सङ्केत गरिसकेको छ ।

-नेपालपानाबाट

परिवर्तन के पक्षधर पार्टी माओवादी ही है, इसीलए मैं प्रवेश किया

रामेश्वर राय यादव मधेश राजनीति में एक परिचित नाम है । यादव की राजनीतिक जीवन की शुरुआत मधेशवादी पार्टी से ही हुई थी । सद्भावना से राजनीतिक जीव में सक्रिय वह पिछली बार मधेशी जनअधिकार फोरम लोकतान्त्रिक के उपाध्यक्ष थे । लेकिन यादव बुधबार (भाद्र १४ गते, २०७४) सर्लाही जिला के चक्रघाट में एक कार्यक्रम आयोजित कर माओवादी केन्द्र में में प्रवेश किया । उस दिन माओवादी केन्द्र के अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ने यादव सहित अन्य दल आबद्धद्ध हजारों नेता तथा कार्यकर्ता को माओवादी में स्वागत किया था । इसी सन्दर्भ को लेकर लिलानाथ गौतम ने यादव से बातचीत की है । प्रस्तुत है– बातचीत का सम्पादित अंश– आप क्यों माओवादी में प्रवेश किए हैं ?  मेरी सम्पूर्ण राजनीतिक जीवन मधेश मुद्दा को स्थापित करने के लिए समर्पित हो रहा है । सद्भावना पार्टी से ही मैं इस मुद्दा को स्थापित कर रहा हूं । पिछली बार यह महसुस हो रहा है कि पीडित समुदाय सिर्फ मधेश में ही नहीं है, पहाड और हिमाल में भी है । राज्य सत्ता में उन सभी का पहुँच होना जरुरी है । सभी उत्पीडित जाति, समुदाय, भाषा–भाषी को न्याय और अधिकार दिलाना हम जैसे राजनीतिक कर्मियों का कर्तव्य है । और समतामुलक समाज निर्माण करना है । यही कर्तव्य बोध के साथ मैं माओवादी में प्रवेश किया हूं । कुछ मधेशवादी नेता बताते हैं कि मधेश में रहनेवाले उत्पीडित और अधिकार विहीन जनता की मुद्दा तो सिर्फ मधेशवादी पार्टी ही स्थापित कर सकती है । लेकिन आप तो माओवादी में प्रवेश किए हैं, क्यों ?  हां मैं भी यही समझता था । लेकिन अभी जो मधेशवादी पार्टी और नेता हैं, उन सबों की प्रथमिकता में मधेश की जनता नहीं है । मधेश के नाम में राजनीति तों करते हैं, लेकिन उन की प्राथमिकता कुछ और ही है । कुछ और का मतलव ? वे लोग देश, मधेश तथा जनता को समृद्ध बनाने के लिए और अधिकार दिलाने के लिए नहीं, व्यक्तिगत एवं परिवारिक सुरक्षा और भविष्य के लिए राजनीति को प्रयोग कर रहे हैं । ऐसे लोग मधेशी जनता को धोका दे रहे हैं । मधेश के नाम में जो आज राजनीति कर रहे हैं, उन सभी की मानसिकता संकुचित हैं । उन लोगों की झुठा गतिविधि और प्रचार–प्रसार के कारण ही आज मधेश की वास्तविक मुद्दा कमजोर बन रहा है । आप फोरम लोकतान्त्रिक छोड़ कर अन्य मधेशवादी पार्टी में भी प्रवेश कर सकते थे । लेकिन नहीं किया, क्यों ? क्या सभी मधेशवादी पार्टी ऐसे ही है, जो आप कह रहे हैं ! हां, लगभग ऐसे ही हैं । दल और नेताओं के अनुसार किसी में कमों–वेश हो सकता है । आप भी मधेशवादी पार्टी को छोड़ कर राष्ट्रीय पार्टी में प्रवेश करते हैं तो मधेश की मुद्दा कैसे संबोधन हो सकती है ।  मैंने पार्टी परिवर्तन किया है, मधेश मुद्दा और विचार को नहीं । पहले ही कह चुका हूं, आज जिसको हम मधेशवादी पार्टी कहते हैं, वे मधेश में रहनेवाले अधिकांश जनता की प्रतिनिधित्व नहीं करती । इसीलिए मधेश मुद्दा तथा समस्या समाधान के लिए ही मैं माओवादी केन्द्र में प्रवेश किया हूं । मधेश को अधिकार दिलाने के लिए कोई भी क्षेत्रीय तथा जातीय पार्टी की आवश्यकता नहीं है । राष्ट्रीय पार्टी में आबद्ध होकर भी मधेशी जनता को अधिकार सम्पन्न किया जा सकता है । राष्ट्रीय पार्टी में प्रवेश करने के लिए तो माओवादी से अधिक बड़ा कांग्रेस और एमाले भी था । क्यों आपने माओवादी को ही चुन लिया ?  एमाले की तो पहिचान ही मधेश विरोधी है । वह राष्ट्रवाद के नाम में गलत प्रचार–प्रसार कर रहा है, ऐसी पार्टी में मैं कसै प्रवेश कर सकता हूं ! कांग्रेस, मधेश में रहनेवाले जनता के पक्ष में कुछ बोल तो सकता है, लेकिन अपनी ही कथन को व्यवहार में कार्यान्वयन नहीं करता । इतिहास देखे तों आज मधेश के नाम में जितना भी आंदोलन हुआ है और अधिकार प्राप्त हो रहा है, उन सभी के पीछे प्रत्यक्ष–अप्रत्यक्ष माओवादी का ही हाथ है । माओवादी ने दस वर्षीय जनयुद्ध के दौरान जो राजनीतिक चेतना जनता में पहुँचाई, वही चेतना के कारण मधेश में विभिन्न राजनीतिक आंदोलन हुआ है । हां, उस का नेतृत्व माओवादी नहीं कर पाया, गलत पार्टी और नेता उस आंदोलन को नेतृत्व करने के लिए पहुँचे । प्रमाणित हो रहा है कि परिवर्तन और उत्पीडित समुदाय के लिए लड़ने वाला पार्टी ही माओवादी है, इसीलिए मैं यहां प्रवेश किया हूं । मधेश के नाम में राजनीति करने वाले नेता, (विशेषतः राजपा) कहते हैं कि मधेश मुद्दा में कांग्रेस–एमाले–माओवादी एक ही हैं, इस कथन में कुछ टिप्पणी ? किसी दूसरे पार्टियों के बारे में ज्यादा बोलना मुझे ठीक नहीं लगता । मैं इतना जनता हूं कि मधेशवाद के नाम में जो राजनीति कर रहे हैं, वे लोग राजनीतिक मुद्दा से नहीं व्यक्तिगत सुुरक्षा से ज्यादा मतलव रखते हैं । चुनावी माहौल में राजनीतिक नेता और कार्यकर्ता अपनी मूल पार्टी बदलते रहते हैं । आप को भी माओवादी केन्द्र ने कोई प्रलोभन दिया होगा, इसीलिए माओवादी प्रवेश करे होंगे । बताइए ! माओवादी ने क्या आश्वासन दिया है ? मैं आश्वासन में बिकने वालों में से नहीं हूं । अभी तो स्थानीय चुनाव चल रहा है । मुझे कोई स्थानीय निकाय में उठना और जीतना भी नहीं हैं । क्यों मैं आश्वसन में पड़ जाऊ ? आप फोरम लोकतान्त्रिक में उपाध्यक्ष थे, माओवादी में आप का भूमिका क्या होगी ?  इसके बारे में पार्टी के अन्दर विचार–विमर्श हो रही है । मुझे विश्वास है, मेरे हैसियत और योग्यता के अनुसार मुझे जिम्मेवारी मिल ही जाएगी । प्रदेश नं. २ में स्थानीय चुनाव हो रहा है, आप की मूल्यांकन में उस प्रदेश में कौन–सी पार्टी प्रथम बन सकता है ? माओवादी की प्रतिस्पर्धा किससे होगी ?  इतिहास देखें तो २ नम्बर प्रदेश, नेपाली कांग्रेस का प्रभाव क्षेत्र है । दूसरा एमाले ही था, लेकिन अभी एमाले महेन्द्र राजमार्ग के आसपास सिमित है । राजमार्ग के दक्षिण एमाले का प्रभाव नहीं है । एमाले हो या कांग्रेस, यह दोनों पार्टी के प्रति मधेशी जनता की विश्वास खो चुका है । ऐसी अवस्था में माओवादी केन्द्र ने जिस तरह अपनी गतिविधि को बढ़ाया है, उसे देखकर मुझे लगता है कि माओवादी ही प्रथम पार्टी होगा । अगर ऐसा होगा, तो यह आश्चर्य की बात नहीं है । हां माओवादी की प्रतिस्पर्धा नेपाली कांग्रेस से है । आप कितने लोगों को लेकर माओवादी प्रवेश किए हैं ?  पार्टी प्रवेश कार्यक्रम में माओवादी केन्द्र के अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ने ६ हजार से ज्यादा नेता तथा कार्यकर्ता को टीका लगाए हैं । समय अभाव के कारण अन्य हजारों नेता तथा कार्यकर्ता छूट गए हैं । लेकिन वे सभी माओवादी में प्रवेश हुए हैं । अन्त में, कुछ कहना चाहेंगे आप ?  मधेश आन्दोलन के नाम में १५० से ज्यादा मधेशी युवाओं ने अपनी शाहदत प्रदान किया है । लेकिन इन शहीदों को ऊचित सम्मान नहीं हो रहा है । हम सभी ने इस तथ्य को हृदयंगम करना होगा । नहीं तो ‘मधेशवाद’ के नाम में सिर्फ व्यक्तिगत लाभहानी का राजनीति चलता ही रहेगा । इसीलिए जो परिवर्तन चाहता है, परिवर्तनकारी शक्ति है, वे सभी इकठ्ठा होने की समय आ गया है । इसके लिए माओवादी एक आधार बन सकता है । -हिमालिनिबाट    

अमेरिकामा पिल्सिएका नेपालीको मन

प्रेमबहादुर शाही/  आज विश्वभर अमेरिका भन्ने शब्द आफैमा गौरव वान भएको छ । त्यहाँको डलरले आज विश्व बजार खाएको छ । उनीहरु नयाँ प्रविधिको आविष्कारमा दुई कदम अगाडी आफ्ना सफलताका पाईलाहरु चाल्दैं गएका छन । अमेरिकामा उत्पादिन हुने सामाग्रीहरुसँग अन्य देशका उत्पादन सामाग्रीहरुले प्रतिस्पर्दा गर्न सक्ने अवस्था पनि छैन । त्यसैले शु–सम्पन्न अमेरिकाले आफ्नो देशका नागरिकहरुलाई विभिन्न किसिमका सेवा सुविधा दिने गरेको छ । तर सोहि देशमा आई पुगेका आप्रवासीहरुको र्आात विभिन्न किसिमको वाहाना बनाई अमेरिका भासिएकाहरुका मानिसको जीवन कस्तो होला ? सवैको मनमा यो कुराले कौतुहल्ता जगाउँने गरेको छ ।एक दशक लामो मेरो पत्रकारिता पेसालाई आत्मसाथ गरी विभिन्न फरक/फरक विषय वस्तुमा मेरो कलम चलउँदै गर्दा, आज अमेरिकामा छरिएर रहेका नेपालीहरुको कथा, गाथा र त्यहाँका मानिसहरुले भोगेको पीडाका घाँउलाई फेरी एकपटक कलमको माद्यमबाट बल्झाउदै छु । प्रेमबहादुर शाही वाहिरबाट जसरी अमेरिका भनेर चिन्निने गरेको छ, त्यो भन्दा फरक छ, अमेरिकामा बासोवास गर्ने नागरिकहरुको पीडा । अझै वषौंदेखि शरणार्थी जीवन विताई अमेरिकामा रगतको पसिना बगाउनु परेकामा काहाली लाग्दो जीवनको पीडा कसैले कल्पना समेत गर्न सक्दैंन । अमेरिकामा पुगेका अन्य देशका नागरिकहरु मात्र नभएर आफ्नै देशका नागरिकप्रति राज्य कति उदासिन छ त्यसको ब्याख्या विश्लेषण गर्न गार्हो छ । उनीहरु रात दिन आगोको रापमा पिल्सिए जस्तो गरी जीवन विताउनु परेको छ । अमेरिकामा रहेको सवैभन्दा ठूलो रङ्गभेद्का कारण संयौँ मानिसहरु सुरक्षित स्थानको खोजीमा चित्कारको आवाज निकाल्दै आफ्नो पुख्र्यौली थातथलो छोड्ने गर्दछन । मातृभूमिमा भईरहेको आन्तरिक द्वन्द्व र बाहिरबाट हुने आतंककारीको गतिविधिबाट जोगिन उनीहरुले अन्य देशहरुसँग शरण लिन पुग्ने गर्दछन । मातृभूमिमा भईरहेको आन्तरिक द्वन्द्व र बाहिरबाट हुने आतंककारीको गतिविधिबाट जोगिन उनीहरुले अन्य देशहरुसँग शरण लिन पुग्ने गर्दछन । त्यतिकै त आफू जन्मेको हुर्केको ठाउँ छाडेर अर्को मुलुकमा शरणार्थी बन्ने चाहना कसैमा हुँदैन । रहेक मानिसको आफ्नो मुलुकसित छुट्टै नाता हुन्छ । त्यो नाताबाट विछोडिनु परेको पीडा कति चर्को छ ? अहिले अमेरिकामा यस्तो पीडा छ, भन्दा विश्वास नलाग्न सक्छ, तर बास्तविकता त्यहि छ । न देशको वातावरण नै राम्रो छ, न बुढौलिमा बाबुआमाले छोराछोरीको सुखको कमाई खान लाउन समेत पाउँदैनन । जीवनको अन्त्यसम्म पनि आफ्नै पाखुरा बजारेर बाँच्नु पर्ने कष्टकर जीवन छ, त्यहाँका नागरिकको । अमेरिकामा यस्तै–यस्तै दर्दनाक पीडाको जाँतोमा पिल्सिएर बस्न माध्य छन, नेपालीहरु पनि । त्यसैले त उनीहरु जुन नेपाल र नेपाली भन्ने वित्तिकै मन हर्षित हुने गरेको बताउछन । एउटै घरमा बासोवास गर्ने नेपाली भएपनि हप्तौ महिनौसम्म भेटघाट समेत हुन पाउँदैन । जीवनको यात्रामा भोगेका सुख दुःखका कुराहरुले मन भरिएको हुन्छ । तर सवै एक आपसमा आदान प्रदान गर्न नपाउँदाको पीडाले उनीहरु झनै छट्पटाई रहेका हुन्छन । कहिले काही भेट भयो भने, शरीर प्रदेशमा भएपनि मन स्वदेशमै भएको जस्तो गरी एक आपसकमा अंगला हालेनर आफ्नो अनुभूतिलाई साटासाट गर्ने गरेका छन । पछिल्लो समयमा नेपालीहरुले पाएको सुख र दुःखको विषय बस्तुमा सवैले संचारमाध्यबाट देख्न, पढन र लेख्न पाएका छन ।उनीहरुको घाउँमा मल्हम पट्टी बाध्ने काम संचार जगतले गरेको छ । मनमा घुम्सीएर रहेका कुराहरुलाई आफ्न्तसम्म पु¥याई उनीहरुको दैनिक जीवनमा भएका सत्य र तथ्य कुरालाई बाहिर ल्याउन गतिलो हतियार संचारमाध्यम भएको छ । केही अघिदेखि आफुहरुले भोगका दुःखका घटनालाई समाल्न नसकि आत्महत्याको बाटो रोच्नेहरुको संख्या पनि बढ्दै गईरहेको छ । त्यसमा अमेरिकी नागरिकमात्र नभएर बाहिरबाट गएका गैर नागरिकहरुको संख्या धेरै रहेको सरकारी तथ्यहरु सार्वजनिक भईरहेका छन । त्यहि पीडाको घाँउमा मलहम लगाउनको लागि अमेरिकी समाजमा नव धनाढ्यहरुको बहुल्यतासँगै आफ्नो नेपालीको अस्तित्व खोज्ने प्रयासमा भईरहेको छ । नेपाली कला संस्कृतलाई सधै माया गरी त्यसको जगेना गर्ने तर्फ पछिल्लो पीडीहरु अग्रसर भएर लाग्ने गरेका छन । सुविधासम्पन्न आधुनिक जीवन जीउन पाउँदा जति खुसी छन, त्यति नै दुःखी पनि छन, त्यहाँको रहन सहन, रितिरिवाज, चालचलन र कला संस्कृति देखेर नेपालीहरु वाक्क दिक्क हुने गरेका छन । त्यसैले अमेरिकामा वषौं वर्षसम्म वसेर राम्रो आर्थिक हैसियत बनाएका नेपालीहरु पनि रात दिन आफ्नो प्यारो जन्मभूमिलाई सम्झि रहेका हुन्छ । गरिवीले मानिसलाई अन्य देशमा जती गुलामी गनुुपर्ने बाध्यता बनाए पनि आफ्नो नेपाली हुनुको गौरव र जन्मभूमिलाई कहिल्यै विसिएका हुदैनन् । जीवन जीउँनका लागि संसारको जुन कुनामा गएपनि सवै नेपालीहरुको अन्तिम चाहाना आफ्नो देशमा दहत्याग्न नेपालमै पाईयोस भन्ने रहेको छ । त्यसैले त उनीहरु नेपाली भएर जन्मनु र नेपालमै देहत्याग्न पाईयोस भनेर प्रथना गर्दछन । गरिवीले मानिसलाई अन्य देशमा जती गुलामी गनुुपर्ने बाध्यता बनाए पनि आफ्नो नेपाली हुनुको गौरव र जन्मभूमिलाई कहिल्यै विसिएका हुदैनन् । हामी जहाँसुकै कुना कन्दरामा भएपनि हामी नेपाली हौं, नेपाली भएर जीउँनु पर्दछ भन्ने गरेका छन । जति सुख दुःखको जीवन विताए पनि नेपाली कला, संस्कृति, सामाजिक संस्कारलाई त्यति नै माया गर्दछन, भने कहिल्यै पनि तीनलाई विसिर्न सक्दैनन । देशको विकराल अवस्थाबाट उकुस मुकुस भएर विदेशीन बाध्य भएका नेपालीहरु पनि त्यहाँको सामाजिक संस्कारले छिट्टै नै आफ्नो देशको स्मण गराउने गर्दछ । अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन । अमेरिकामा गएका नेपालीहरु कडा मिहिनेतमा कमाएको रुपैयाँ उनीहरुलाई आफ्नो मातृभूमिका केही गर्ने चाहाना गरेका हुन्छन । अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन । अमेरिकामा गएका नेपालीहरु कडा मिहिनेतमा कमाएको रुपैयाँ उनीहरुलाई आफ्नो मातृभूमिका केही गर्ने चाहाना गरेका हुन्छन । अव त्यसको लागि राज्यले उनीहरुको लागि सहज वातावरण बनाई विदेशमा बसोबास, मेहेनत गरी व्यापार व्यावसाय गर्न त्यहाँको कानुनी धेरै अप्ठारो भएकाले स्वदेशमै लगानी गर्नको लागि प्रोत्साहन दिई अमेरिकामा रहेका नेपालीलाई मात्र नभएर विश्वमा छरिएर रहेका नेपालीहरुलाई आफ्नै देशमा फकर्ने वातावरण राज्यले बनाई संसारभर रहेका नेपालीहरुले पनि आफ्नो काम, कर्तब्य र अधिकार के हो ? भन्ने कुराको बोध गरी जन्मभूमि फर्किने सोच गर्नु अति आवश्यक छ । लेखक दैलेख जिल्लाबाट प्रकाशित हुने साझा प्रतिविम्व साप्तहिकका कार्यकारी सम्पादक हुन । सम्पर्क नम्बर :+९७७९८१२५५३६१८

प्रचण्डको योगदानको कदर गर्न किन कञ्जुस्याईं ?

२०७३ साउन १९ गते नेपालको राजनीतिको विरासत तोड्दै प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री बने । राजनीतिमा देखिएको बेईमानी र अविश्वासलाई चिर्न सत्तारोहण गर्दा प्रचण्डका सवालमा विभिन्न कोणबाट टिका टिप्पणी भए, जिम्मेवार मिडिया र मिडियाकर्मिले प्रचण्डलाई सरापे, सत्ताका लागि प्रचण्डको पुरक परीक्षा भनेर टिप्पणी समेत गरे । प्रजातान्त्रिक पद्धतिमा यस्ता टिप्पणीहरु नसुहाउँदा नसुहाउँदै पनि कतिपय नागरिक अगुवा, बौद्धिकलगायतले सत्ता गुमाउँदाको पीडाले छट्पटिएको पंक्तिले प्रचण्डलाई तल्लोस्तरको तथानाम गाली गरे, प्रचण्डका कृपापात्रहरु एकाएक राष्ट्रवादी बने प्रचण्ड भारतपरस्त र अराष्ट्रवादी बनाइए । नाटकीयरुपमा प्रचण्डलाई राष्ट्रियताविरुद्धको पात्रको रुपमा चित्रण गरे, नेपाली उर्खलमाउलो राजनैतिक पंक्तिको राजनीतिक मुद्धा नै प्रचण्डलाई गाली गर्दै भोट बटुल्नतिर लागे । दावीका साथ भन्न सकिन्छ, माओवादी पार्टी बाहेका पार्टीले स्थानिय चुनावमा जति मत ल्याएका छन् तिनीहरुले प्रचण्डलाई गाली गरेरै पाएको भोट, मधेशीलाई गाली गरेरै पाएको भोट हो । यसको हिसाव किताव गर्ने जिम्मा ईतिहासलाई छौडौ । रमेश विश्वकर्मा प्रधानमन्त्री बन्नुपूर्वका सबै मिथ्याहरु प्रचण्डले गलत सावित गर्यो, प्रचण्डप्रतिका बाछिटाहरु गलत प्रमाणित हुँदा प्रचण्डले गौरवका साथ सत्ता छोडे, प्रजातान्त्रिक र संसदिय व्यावस्थामा प्रचण्डले अर्को सुन्दरता थपिदिए, प्रधानमन्त्रीको कुर्चिबाट बाहिरिदै गर्दा निस्कलंक मात्र होईन नैपाली राजनीतिलाई प्रचण्डले गर्भ गर्न लायक बनाए । हुन त युगनायक प्रचण्डको योगदानको विभिन्न बहानामा अवमुल्यन गर्ने खल पात्रहरुको कमी छैन यहाँ । एकाध पार्टीको राजनीतिक एजेन्डा नै प्रचण्डलाई गाली गर्नु मै सीमित छ । मरेको लासमा राजनीति गर्दै देशलाई फेरि युद्धमा धकेल्ने षड्यन्त्र बाहेक जनतालाई भन्ने र जनताको लागि काम गर्ने राजनीतिक मुद्धा नै छैन यो देशका राष्ट«वादीहरुसँग । मुलुकलाई विभिन्न वाहानामा अनिर्णित बनाई राख्ने राजनीतिक अवसरवादीहरु, उत्पीडितहरुलाई राजनैतिक पहुँचमा आउन नदिने षड्यन्त्र हिजोदेखि नै गर्दै आएका हुन । महिलालाई विभेदको दृष्टिले हेर्ने, जनजातीलाई देशका शत्रु देख्ने, मधेशीलाई विहारी देख्ने, दलितहरु माथि राजनैतिक अंकुश लगाउनेहरुले राजनीतिलाई अस्वस्थ बनाउन खोज्ने, विषयुक्त भावनात्मक राजनीतिको विकास भएको छ । पहिलो स्थानिय चुनावको परिणामले परिवर्तका पक्षधर, अधिकारका पक्षधरलाई चिन्तित बनाएको छ सचेत बनाएको छ । जनता र समाजलाई सोध्न चाहान्छु– नेपाली समाजले प्रचण्डले दिन बाँकी के रह्यो ? प्रचण्डले नेपाली समाजलाई योभन्दा बढि के दिन सक्छन् ? प्रचण्डले सिंगो परिवर्तनककौ नेतृत्व मात्र गरेनन् आत्मासम्मान गुमाएका दलित समुदायको आत्ममा अलिकति भए पनि आत्मसम्मान प्रचण्डकै अभियानले भर्यो । महिला आन्दोलनलाई इज्जतिलो आन्दोलन प्रचण्डकै अभियानले बनायो । मधेशीहरुको उत्पिडनविरुद्ध प्रचण्डकै अभियान गर्जियो, समाजमा विद्धमान कुरितिका विरुद्ध प्रचण्डकै अभियान बोल्यो । कर्णालीका आवाज प्रचण्डकै अभियानले बुलन्द पार्यो । सामन्त र दलालका किल्लाहरु प्रचण्डकै अभियानले भत्कायो । एकात्मक राज्य र शासनका विरुद्ध प्रचण्डकै अभियानले प्रतिकार गर्यो । नेपालमा संविधान सभाको चुनाव प्रचण्डकै अभियानबाट सफल भयो । संघिय नेपालको अवधारणा प्रचण्डकै नेतृत्वमा सफल भयो, धार्मिक विभेदको अन्त्यको नेतृत्व प्रचण्डले नै गर्यो । सिंहदरवारको अधिकार गाउँलाई पु¥याउने गरी स्थानिय संख्याको खाका प्रचण्डकै पार्टीको हो । राष्टिय एकता सहितको स्थानिय निर्वाचन प्रचण्डले नै गर्यो । नेपाली राजनीति प्रतिको अविश्वासलाई प्रचण्डलै नै विश्वासमा परिणत गरेका हुन् । के यो प्रचण्डको गल्ति हो, कम्जोरी हो ? साँच्चै प्रचण्डको योगदानको मुल्यांकन नेपाली जनता, नेपाली समाज र राजनीतिले गर्न नसकेको हो कि नजानेको हो ? जनताले प्रचण्डको गुणलाई, योगदानलाई सम्मान गर्न नसक्दा माओवादी र प्रचण्डको हार मात्रै भएन स्थानियसत्ता, स्थानिय तहको सम्मान हुन सकेन । त्यसैले भन्न मन लाग्छ, प्रचण्ड हजारौ सहिदको ज्युदो अग्रज, वेपत्ता, अंग भंग योद्धाहरुको सपना, निमुखाहरुको सहारा, उत्पीडितहरुको गुरु, इतिहास निर्माता, न्यायको धरोहर र नेपाली राजनीतिको गर्वको सगरमाथा, रक्तरंजित इतिहास, सहिद आमाको ज्युँदो छोरा हो, युगको नायक, कसैले नामेट पार्न नसक्ने वीरताको इतिहास हो । प्रचण्ड उत्पिडितहरुको धरोहर हौ । वर्तमान नेपाली राजनीतिले प्रचण्ड नेतृत्वलाई निर्विकल्प र बहुआयामिक राजनीतिक प्रतिभा भएको राजनीतिज्ञको रुपमा देख्न थालेको छ । निरंकुशताले राजनीतिलाई निल्दा प्रचण्ड राजनैतिक संरक्षक बने । राजनीतिलाई छिछि र दूरदूर अवस्थामा पुर्याएको वेला प्रचण्डले राजनीतिलाई गौरवान्वित राजनीतिको रुपमा विकास गरे । जनतामा चेतनाको कमिले जनता आहात भएको वेला आफ्नै मृतृ बोकेर राजनैतिक अभियान्ता बनेृ । जनता अधिकार विहिन हुँदा जनअभियान्ता बन्यौ प्रचण्ड । विश्वलाई आधुनिक लोकतन्त्रको प्रेरणा नेपाली भूमिबाट प्रचण्डले सिकाए वर्तमानमा देशको जिम्मेवार अविभावक भएको प्रमाणित गरेर सत्तावर्हिगमन भई रहँदा प्रचण्ड साच्चै प्रचण्ड सावित भएका छौं । प्रचण्डले सबै गलत प्रवृतिलाई इतिहासमा थन्काई दिँदा प्रचण्डप्रति सहानुभूति दिन प्रचण्डको योगगदानको कदर गर्न किन कन्जुसाई ? सुन्दर घर, प्रिय सन्तान, जीवन संगिनी र आफन्तको मायालाई इच्छालाई तिलाञ्जलि दिएर जनताका खातिर सामन्तहरुको सातो जाने अभियान चलाउँदा जंगली भन्नसम्म भ्याए सामन्तका एजेन्टहरुले । जे होस् प्रचण्डले बैरीहरुको अत्यन्त तल्लो स्तरका गालीहरु सहेर पनि नेपाली जनताका सपनाहरु संस्थागत गरेरै छोडे, प्रचण्डको महान विजय यहि हो । प्रचण्डको साहस, योगदान र उत्तरदायीत्वमा सहयोग र साथ दिनेहरु धन्यवादका पात्र बनेका छन । प्रचण्डको पार्टीले हार्दा र दलित, महिला, जनजाती, मधेसी थारुका अभियान्ताहरु निरास बन्दा पनि सिंगो देश र प्रचण्डका स्वपनिल एजेन्डाहरुले भने जितेको छ । प्रचण्डका मुद्धाहरु स्थापित हँुदा प्रचण्डले हारमा पनि विजयको उत्सव बनायो । त्यसैले म प्रचण्डको महान्तालाई सम्मान गर्छु । प्रचण्डले राजनीतिलाई सिकाएका छौं । यो नै तिम्रो राजनीतिक महानता हो । प्रचण्डका मुद्धालाई आफ्नो मान्दै गर्दा प्रचण्डप्रति कसरी अन्याय गर्न सक्नु भयो ? प्रचण्डले विदेशी हस्तक्षपलाई कहिल्यै स्विकार गरेनन् । आफूले हार्दा देशलाई हार्न दिएन्न, पार्टीले हार्यो देशको सार्वभौम सत्तालाई बचाई राखौ । आफू थाक्दा पनि देशलाई गति दिई राख्यौ । प्रचण्डका कृपा पात्रहरु प्रधानमन्त्री बने । प्रचण्डकै कृपा पात्रहरु राष्ट्रवादी कहलिए तर प्रचण्ड डगमगाएनन् । पहिलो प्रधानमन्त्रीकालमा प्रचण्डले क्षमता देखाउन नपाउँदै जनतामा आउँदा जनतालाई नमिठो लागेको थियो, साँच्चै प्रचण्डको कुशलता लडाकु कमाण्डरको मात्र थियो त रु पछिल्लो नौ महिने अवधिमा युद्ध नायकको छविलाई विकासवादी नेताको रुपमा रुपान्तरित गर्न भ्याए, धेरै प्रश्नहरुको उत्तर प्रचण्डका कामले नै बताईसकेको छ । देशलाई अप्ठ्यारो पर्दा प्रचण्डको आवश्यकता अड्किन्छ । देशलाई आवश्यक हुँदा प्रचण्ड फेरि गर्वका साथ राष्ट्रिय नेतृत्वमा आउने छन् जनता र राजनीतिबीच देखिएको राजनैतिक अविश्वासको पर्दालाई चिर्दैछन । आज प्रचण्डले जनताको विश्वासलाई प्रमाणित गरि दिएका छन् । राष्टिय एकतादेखि अर्थतन्त्रमा देखिएको सिथिलतालाई प्रचण्डले काँधमा बोकेर इतिहास रचेको छ । नेपाली राजनीतिमा देखिएको अविश्वासलाई चिर्दै राजनीतिक क्रमभंग गरेको छ, प्रचण्ड साँच्चै एक चोटी फेरि महान् सावित भएका छन् । के प्रचण्डले सपना नबाँडेर काम गर्दा गल्ति गरेको हो ? प्रचण्डका कृपा पात्रहरु प्रधानमन्त्री बने । प्रचण्डकै कृपा पात्रहरु राष्ट्रवादी कहलिए तर प्रचण्ड डगमगाएनन् । यही हो प्रचण्डको महानता । प्रचण्डले कसैले नसोचेको कुरा सोचे गरे । कसैले नचाहेको कुरा चाहे र पो हामीले प्राप्त गरेका परिवर्तन संस्थागत गर्न सफल भयौ यहि हो प्रचण्डको महानता । परिवर्तनहरु प्रचण्डका मुद्धाहरु संस्थागत हुँदै गर्दा प्रचण्डलाई हराउन खोज्नु प्रचण्डप्रतिको अन्याय होइन र ? अहिले मधेशका विरोधीहरु, पहिचानका विरोधीहरु, दलित अधिकारका विरोधीहरु, थारु अधिकारका विरोधी स्यालहरु सुनिएका छन् यिनको आवाज पनि ठूलो भएको छ, महिलाको अधिकारका विरुदको अभियान कतै हेर्न पर्दैन भरतपुरको निर्वाचनलाई हेरै पुग्छ, । जहाँ रेणुलाई प्रयाग गरेर प्रचण्डमाथि प्रहार जस्तो देखिए पनि यो समग्र महिला अधिकार माथिको प्रहार, उत्पीडितहरुको अधिकार प्राप्तिमाथिको प्रहार भनि बुझन गाह्रो छैन । कहिले रेणुको नाममा कहिले प्रकाशको नाममा प्रचण्डलाई गाली गर्ने नैतिकता कहाँबाट जन्मिन्छ ? तर्क विहिनहरुले तल्लो स्तरको व्यक्तिगत र पारिवारिक गाली गलौज र प्रहारमा उत्रिने यो कस्तो राजनितिक प्रवृति हो, बुझ्न सकिएन, यो प्रचण्ड प्रतिको महाअन्याय होईन र ? गर्वका साथ भन्दा एक चोटी फेरि प्रचण्डको अभियान महान् र सान्दार सावित भएको छ, कुनै बेला सिंगो नेपाली जनताले बुझ्नेछन् र भन्ने छन्, महान प्रचण्ड आउ फेरि महान बन महान देश बनाउ । सहिदको सपना पूरा हँुदै गर्दा प्रचण्ड सहिद पुत्र सावित मात्र होइन, प्रचण्ड प्रचण्ड नै सावित भएको हो । अव फेरि देशको राजनीति बनाएका महान् प्रचण्डलाई देश बनाउने जिम्मा दिएर चुनौती दिउ, हिजो प्रचण्डका सामुका चुनौतीहरु सम्मानित रुपमा अवशरमा परिणत गर्ने क्षमता भएको प्रचण्डलाई फेरि एकचोटी चुनौती दिउ, युगको हिरो र सहिदको सम्मानित छोरो प्रचण्डप्रतिको सम्मान यहि हुनेछ । अन्तमा भन्न चाहान्छु, प्रचण्ड तिमी महान् थियौ, महान् छौ र इतिहासले तिम्रो महानताको सिरोधार्य गर्नेछ, भविष्यले तिम्रो गीत गाउनेछ ।

हल्लामा सिमित ओली राष्ट्रबाद 

घर, अफिस, कलेज जता पनि राजनीतिक गफ चलिरहँदा अचेल म प्राय मौन भएर सुन्छु । बेलाबेलामा वाद विवाद गर्नेहरुको गफ सुनेर झनक्क रिस उठ्छ । तर पनि चुपचाप नै सुनिरहन्छु । आफूले समर्थन गरेको पार्टीको नेताले जे गरे पनि ठीक, अर्काले राम्रो काम गरे पनि बेठिक । त्यस्तै गफमा अल्झिरहेका छन् अहिले युवाहरु । पछिल्लो समय आफ्नाले राष्ट्रघाती काम गरे पनि काँधमा बोकेर हिँड्ने राजनीतिक संस्कारको विकास भएको छ । अझ भन्दा, आफ्नाले वान्ता नै गरेपनी त्यसलाई अमृत समान ग्रहण गर्ने राजनीतिक संस्कारको विकास हुँदै गईरहेको छ राजनीतिक दलका समर्थक र कार्यकर्ताहरुमा । केदारनाथ नेपाल (निश्चल) विभिन्न समयमा दलहरुले परिस्थिति अनुकूल राष्ट्रवादको कार्ड प्रयोग गरेर राष्ट्रवादी बन्ने कोसिस गरे । काङ्ग्रेसले कुनै समयमा राष्ट्रियताको नारा लगायो । माओवादीले पनि पहिलो संविधान सभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकार चलाइरहँदा सेनापति प्रकरणमा काङ्ग्रेस एमालेले साथ नदिएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर नागरिक सर्वोच्चताको नारा लगाउँदै सडकमा आएर राष्ट्रियताको नारा लगाएकै हुन् । त्यसलाई हामीले भूल्नु हुँदैन । हाम्रा राजनीतिक दलहरु राजनीतिक मौसम अनुकूल राष्ट्रवादको नारा लगाउँछन् । त्यो विल्कुल राम्रो कुरा होईन । राष्ट्रबादलाई आफू अनुकूल परिभाषित गर्न मिल्दैन । अब ओलीको राष्ट्रवाद बारे चर्चा गरौं । ओली सरकार ढले लगत्तै संसदमा सरकारको संविधान संशाेधनको विषयलाई लिएर विभिन्न क्षेत्रमा (बिशेष गरी ५ नं क्षेत्रमा) आन्दोलन भयो । त्यसै क्रममा सिमाङकन र सङ्घीयतालाई देखाएर देश विभाजनतर्फ जान्छ भन्ने भ्रम ओलीको नेतृत्वमा एमालेले छर्यो । अहिले पनि राष्ट्रवादका सम्बन्धमा आश्चार्यजनक भ्रम फैलाइएको छ । राष्ट्रवाद नाप्ने मापदण्ड के हो ? को राष्ट्रवादी अनि को राष्ट्रघाती ? कसलाई राष्ट्रवादीका रुपमा सम्बोधन गर्ने ? विभिन्न समयमा राष्ट्रघाती सम्झौता गरेकाहरु पछिल्लो समय एक्कासि कसरी राष्ट्रवादी भए ? नेताहरु भ्रम छर्छन्, कार्यकर्ता त्यसमै लट्पट्टिन्छन् । दु:ख मान्नुपर्छ फेरि तिनै कार्यकर्ताहरु आफूलाई बौद्धिक ठानेर समाजमा प्रस्तुत हुन्छन् । नेपालमा विभिन्न समयमा राष्ट्रवादलाई आफू अनुकूल परिभाषित गरिँदै आएको छ । हिजो देशका सम्पदा बेच्न जिउज्यान फालेर लागेका एकाएक कसरी राष्ट्रवादी कहलिए ? यो देख्दा अचम्म लाग्छ । के राष्ट्रवाद पछिल्लो समय साच्चै मजाकको विषय बनेकै हो त ? यसरी राष्ट्रवादलाई आफ्नो समय अनुकूल व्याख्या गर्नु कदापि ठीक मान्न सकिँदैन । पछिल्लो समय अर्थात ओली नेतृत्वको सरकार ढलेसँगै उनका समर्थकहरुले उनलाई राष्ट्रवादी भनी प्रचार गरे । पार्टीका दुई चार जना कार्यकर्ताले राष्ट्रवादी भनेर प्रचार गर्दैमा उनी राष्ट्रवादी नै भएका हुन् ? कुनै समय भारतकै नजिक भएर, उसैका संरक्षणमा हुर्किएका ओलीलाई अहिले राष्ट्रवादी भनेर कसरी मान्ने? अझ लेखक खगेन्द्र संङ्ग्रौलाका भनाई अनुसार ओली भारतको ठुलो लगानीमा हुर्किएका नेता हुन् । उनलाई बलियो बनाउन भारतले पार्टी भित्र उनी निकटका ब्यक्तिका छोराछोरीलाई भारतमै लगेर डाक्टर सिए पढाउने देखि लिएर उनको निर्वाचन क्षेत्रमा बिभिन्न खर्च बेहोर्ने कार्य गर्दै आएको छ, भारतले । अझ अर्को रहस्यमय कुरा आफ्नै पार्टीका नेता मदन भण्डारीको हत्या हो या दुर्घटना भनेर जनतासामु स्पस्ट पार्न सकेका छैनन् । महाकाली सन्धि गर्दा पर्दा अघि काङ्ग्र्रेसलाई राखेर पछाडि बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेर इतिहासमै ठूलो राष्ट्रघात गरेको कुरा कसैबाट छिपेको छैन । आज उनलाई केका आधारमा राष्ट्रवादी भन्ने । त्यही सन्धिका कारण एमाले पार्टी विभाजित भएको इतिहास समेत हाम्रासामु छ । सत्ताबाट बाहिरिएपछि आफुलाई राष्ट्रबादी दाबि गर्दै काठमाडौंमा स्वतन्त्र युवाहरुको प्रदर्शन भन्दै भातृसङ्गठनलाई उतारेको उनैले हो । स्पस्ट कुरा चाहिँ के हो भने ओलीले सत्ताबाट बाहिरिँदा मूलधारमा रहेका मिडियामा आफूप्रति सकारात्मक वातावरण चाहिँ बनाएकै हुन् । प्रचारात्मक रुपमा त्यो उनको ठूलै उपलब्धि थियो । मिडियामा आफूप्रति सकारात्मक परिस्थिति न यस अघिका प्रधानमन्त्रीले बनाउन सके न त्यसपछिका प्रधानमन्त्रीले बनाउन सक्लान् भनेर भन्न सक्ने स्थित छ । रहस्यमय कुरा आफ्नै पार्टीका नेता मदन भण्डारीको हत्या हो या दुर्घटना भनेर जनतासामु स्पस्ट पार्न सकेका छैनन् । राष्ट्रवादी नेता एउटा पार्टीको हुन्छ कि सिङ्गो देश र जनताले मानेको व्यक्ति हुन्छ ? वर्णकै आधारमा मधेसी दाजुभाइलाई बिहारी देख्ने र मधेशमा आन्दोलनमा परी मृत्यु हुने मधेशी दाजुभाइलाई झरेको आपको संङ्घ्या दिने ओली साँच्चै राष्ट्रवादी नै हुन् ? तसर्थ ओली राष्ट्रवादी व्यक्ति होइनन् । त्यसलाई इतिहास र उनको अभिब्यक्तिहरुले प्रमाणित गरिदिएको छ । केहि समय अघिमात्र मनमोहन हॉस्पिटलमा पत्थरीको उपचार गर्ने क्रममा बिरामिको मिर्गौला निकालियो । त्यसको चौतर्फी आलोचना भयो । यसै क्रममा स्वास्थ्य क्षेत्रको बिकृति बिरुद्व साउन ९ गतेबाट ११ औं अनशन थालेका गोबिन्द केसीको माग पूरा गर्न एमालेको समर्थनको लागि प्रधानमंत्रीले आग्रह गर्दा उल्टै ओलिले “म अनशन बसे तपाई राजीनामा गर्नुहुन्छ” भन्ने ओठे जवाफ फर्काए । आफुलाई राष्ट्रबादी दाबि गर्नेले त्यस्ता शब्द प्रयोग गर्न मिल्छ ? शुक्रवार मात्र ओली नियमित स्वास्थ्य जाचको लागि भन्दै थाईल्याण्ड गए । यता आफ्नाहरुले खोलेको हस्पिटलले जनताको स्वास्थ्यमाथी खेलबाड गर्ने तर उनिहरुलाई कारबाही गराउन छाडेर आफ्नो मात्र स्वस्थ्यको चिन्ता लिदै उनिचाही चेकअपको लागि बिदेश नै पुग्नुपर्ने यो कस्तो राष्ट्रबाद हो उनको ? अझ एमालेजनले त मनमोहनको नाममा हॉस्पिटल सञ्चालन गर्नु उनिप्रतिको सम्मानको रुपमा परिभाषित गर्छन् । कमिन्यूष्ट भएर एउटा सन्त नेताको नाममा स्वास्थ्यको ब्यापार गर्नु उनिप्रतिको कस्तो सम्मान होला ? ओलीले अहिले सम्म जतिपनी राष्ट्रबादको गफ गरेका छन् ति सबै मुर्खहरुलाई भुल्याउने मिठो भ्रम हो । अफवाहलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्ने मिडियामा जागिरे उनका कार्यकर्ता, एनजीओ आईएनजीओबाट पोषित बुद्धिजीवी र अन्धभक्त कार्यकर्तालाई प्रयोग गरेर सत्तामा रहिरहने चाल मात्र हो । ओली राष्ट्रवादी होइनन्, एउटा पार्टीभित्र पनि एउटामात्र गुटको नेतृत्व गर्ने व्यक्ति राष्ट्रवादी हुन पनि सक्दैनन् । जनताहरु उनको राष्ट्रबादको भ्रममा नपरे हुन्छ ।

क्रान्तिकारी विद्यार्थीहरुको नेतृत्व लेनिनवादी ढंगले चयन गर्नुपर्छ 

नहेन्द्र खड्का/ २०७४ साउन ७ गतेदेखि नेपालका देशभक्त, न्यायप्रेमी, परिवर्तनकारी, स्वाभिमानी र क्रान्तिकारी विद्यार्थीहरुको एक मात्र नेतृत्वदायी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को ऐतिहासिक २५ औँ एकता राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का श्रद्धेय अध्यक्ष, दस वर्षे महान जनयुद्धका सर्वोच्च कमाण्डर तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डबाट विद्यार्थीहरुको विशाल सभाका बिचमा समुद्घाटन भएको यो ऐतिहासिक एकता राष्ट्रिय सम्मेलनको नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनमा मात्रै नभएर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा समेत ऐतिहासिक महत्त्व छ । यस सम्मेलनमा सहभागी सबै प्रतिनिनिधि=पर्यवेक्षकहरु, विभिन्न स्तरको संगठनात्मक नेतृत्वका लागि आफूलाई प्रस्तुत गरिरहेका अखिल क्रान्तिकारीका नेता=कार्यकर्ताहरुले सम्मेलनका विभिन्न पक्षहरु र ती सबैले नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन तथा समग्र कम्युनिस्ट आन्दोलनमा पार्ने प्रभावहरुको विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ । नेकपा (माओवादी केन्द्र)का जिम्मेवार नेताहरुले समेत यसलाई एउटा सामान्य र नियमित सम्मेलनको रुपमा हेर्ने र बेवास्ता गर्ने गल्ति गर्नु हुँदैन । त्यस सम्बन्धी केही विषयहरुलाई निम्नानुसार सुत्रबद्ध गर्ने प्रयत्न गरिएको छ । १. संगठनबारेः क. द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई प्रधान मान्छ । पदार्थ पहिले जन्मन्छ र त्यसपछि चेतना आउँछ । चेतनाले पदार्थलाई पछ्याउँछ । भौतिक परिस्थितिले विचारधारा र चिन्तनलाई प्रभावित गर्दछ । एउटा पार्टी वा संगठनको आन्तरिक जीवनमा त्यसको पदार्थ र भौतिक परिस्थिति भनेको उसको संगठन हो । संगठन सार पक्ष हो भने विचार रुप पक्ष हो । भौतिकवादको द्वन्द्वात्मक प्रणाली नबुझेका मानिसहरुले यसको ठिक उल्टो तरिकाले बुझ्ने र ब्याख्या गर्ने गर्दछन् । सार पहिले जन्मन्छ र रुपले सारलाई पछ्याउँछ । संगठन पहिले जन्मन्छ र सोही आधारमा बिचार जन्मन्छ । सारले रुपको निरुपण गर्ने हुनाले संगठनले विचारको निरुपण गर्दछ । संगठनमा – अझ संगठनमा आवद्ध मानिसहरुमा – भएको विकासले विचारको विकास गर्दछ । त्यसैले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालका शोषित र उत्पीडित विद्यार्थीहरुको मुक्तिकामी संगठनको रुपमा नेपालका क्रान्तिकारी विद्यार्थीहरुले कस्तो प्रकारको संगठन र नेतृत्व निर्माण गर्नुपर्ने हो ? यो बिषयमा गम्भीर बहस हुनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालका शोषित र उत्पीडित विद्यार्थीहरुको मुक्तिकामी संगठनको रुपमा नेपालका क्रान्तिकारी विद्यार्थीहरुले कस्तो प्रकारको संगठन र नेतृत्व निर्माण गर्नुपर्ने हो ? यो बिषयमा गम्भीर बहस हुनुपर्छ । नहेन्द्र खड्का/ ख. नेकपा (माओवादी) ले महान दस बर्षे जनयुद्धको नेतृत्व गरेको हुनाले माओवादी आन्दोलनभित्र कैयौँ मानिसहरुले जनवर्गीय संगठनहरुलाई युद्धको वा पार्टी अवैधानिक भएको समयमा खुला र वैधानिक मोर्चाको काम गर्ने वा संयुक्त मोर्चा संगठनको रुपमा मात्र हेर्ने र शान्तिकालमा पार्टी स्वयम् खुला र वैधानिक भएको अवस्थामा जनवर्गीय संगठनहरु र तिनको भूमिकालाई अनावश्यक वा कम महत्त्वपूर्ण देख्ने गर्दछन् । जनवर्गीय संगठनहरु पार्टीको भौतिक परिस्थिति तयार गर्ने साधनहरु हुन् । ती पार्टीको संगठन र कार्यकर्ता उत्पादन गर्ने कारखानाहरु हुन् । क्रान्तिकारी पार्टी र आमजनताको बिचमा पुलको भूमिका निर्वाह गर्ने हुनाले जुनसुकै परिस्थितिमा पनि जनवर्गीय संगठनहरुको भूमिका उच्च र महत्त्वपूर्ण छ । त्यसमा पनि विद्यार्थी संगठन भावी समाज, पार्टी र क्रान्तिको कर्णाधार हुनुको नाताले अझ महत्त्वपूर्ण छ । आजको विद्यार्थी संगठन र यसको नेतृत्वले भविष्यको पार्टी र क्रान्तिको नेतृत्व निर्माण र निर्धारण गर्नेछ । त्यसैले विद्यार्थी संगठनलाई केटाकेटीहरुको संगठनको रुपमा देख्ने र हेर्ने प्रवृति आत्मघाती र हानिकारक छ । पार्टीको संगठन र कार्यकर्ता उत्पादन गर्ने कारखानाहरु हुन् । क्रान्तिकारी पार्टी र आमजनताको बिचमा पुलको भूमिका निर्वाह गर्ने हुनाले जुनसुकै परिस्थितिमा पनि जनवर्गीय संगठनहरुको भूमिका उच्च र महत्त्वपूर्ण छ । आज विद्यार्थी संगठनमा भित्रिएका असल र खराब प्रवृतिहरु नै भोलि पार्टीमा हुर्कने र फल्ने छन् । त्यसैले जनजर्गीय संगठनहरु र एउटा जनवर्गीय संगठनको रुपमा अखिल क्रान्तिकारीको भूमिकालाई प्रभावकारी बनाउने सम्बन्धमा विद्यार्थी नेताहरु, कार्यकर्ताहरु र पार्टी नेतृत्व गम्भीर हुन जरुरी छ । ग. यो परिस्थिति माओवादी पार्टीहरुको एकता र ध्रुवीकरणले गति लिएको समय हो । त्यसैले विभिन्न पार्टी, धारा र पृष्ठभूमिबाट एकता प्रक्रियामा सामेल भएका सबै क्रान्तिकारी विद्यार्थीहरुलाई समेट्ने र तिनीहरु मार्फत् नेपालको समग्र विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने गरी यो एकता राष्ट्रिय सम्मेलनले आफ्नो नेतृत्व चयन गर्नु पर्छ । विगतमा पार्टी फरक हुँदा वा विभाजन हुँदाका कुनै पनि घटनाहरुको आधारमा आग्रह=पूर्वाग्रह राखेर व्यवहार गर्नु हुँदैन । तर क्रान्तिकारी र गैरक्रान्तिकारी प्रवृति बिचको भेद छुट्याउन सक्नु पर्छ । घ. आफ्नो स्तर अनुसार संगठनको विभिन्न तहको नेतृत्वमा आफू आउनै पर्ने, जसरी पनि संगठन सानो बनाउनु पर्ने तर आफू छुट्न नहुने, संगठन सानो र त्यसमा पनि दुई अंकको भए मात्रै क्रान्तिकारी र गतिशील बन्ने जस्ता अतिभूतवादी र एकता विरोधी चिन्तनलाई पराजित गर्नु पर्छ । संगठन जत्रो होस्, परिचालित हुनु पर्छ । संगठन परिचालित हुन नसक्नुमा संगठन स्वयम् वा त्यसको आकार समस्या होइनन् । त्यो संगठनको प्रतिनिधित्व गर्ने कार्यकर्ता र विचारको प्रतिनिधित्व गर्ने नेतृत्व बिचको अन्तरविरोधको परिणाम हो । यानेकि विकसित सार र पछ्यौटे रुप बिचको अन्तरविरोधको परिणाम हो । संगठनका राष्ट्रिय सम्मेलनहरु यस्तो अन्तरविरोधलाई हल गर्ने माध्यमहरु हुन् । संगठन जत्रो होस्, परिचालित हुनु पर्छ । संगठन परिचालित हुन नसक्नुमा संगठन स्वयम् वा त्यसको आकार समस्या होइनन् । त्यो संगठनको प्रतिनिधित्व गर्ने कार्यकर्ता र विचारको प्रतिनिधित्व गर्ने नेतृत्व बिचको अन्तरविरोधको परिणाम हो । २. बिचार बारे: क. विचार र कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यो सुप्रसिद्ध माओवादी मान्यता हो । एउटै पार्टी र संगठनभित्र संगठन प्रधान भए जस्तै एउटा देशभित्र विभिन्न विचार बोकेका अलग अलग पार्टीहरु र संगठनहरु भएको अवस्थामा सही नीति र विचार नै प्रधान पक्ष हो । यसलाई सापेक्षताको सिद्धान्तको आधारमा बुझ्नु पर्दछ । संगठनलाई प्रधान मान्दा विचारको पक्ष छोडिदिने र विचारको पक्षलाई प्रधान मान्दा संगठनको पक्षलाई छोडिदिने प्रवृति गैरद्वन्द्ववादी, एकमनावादी र अतिभूतवादी प्रवृति हो । यसभित्र लुकेको दक्षिणपन्थी विसर्जनवादले क्रान्तिकारी विचारलाई छोडेर संगठन ठूलो बनाउने कुरामा जोड दिन्छ भने जडसुत्रवादले विचारलाई मात्रै समात्छ र संगठनको भूमिकालाई अर्थहीन देख्छ । दक्षिणपन्थी अवसरवादले पार्टीमा धेरै मानिसहरु भए मात्रै क्रान्ति सम्पन्न गर्न सकिने सोच राख्दछ, जबकि क्रान्तिकारी विचार विना क्रान्ति संभव हुँदैन र यस्तो संगठन वैचारिक रुपमा विघटन हुन्छ । वामपन्थी अवसरवादले विचार सही भए क्रान्ति आफै सम्पन्न हुने, मान्छेहरु सही विचारको पछि स्वतस्फूर्त रुपमा हुरुरुरुरुरुरुरु आइहाल्ने तर्क गर्दछ र शुद्धतावादका नाममा संगठनलाई आफू अनुकूलको सानो कोटरीमा सिमित गर्दै नेतृत्वको केन्द्रमा सँधै आफूलाई राखिराख्छ । वामपन्थी अवसरवादले विचार सही भए क्रान्ति आफै सम्पन्न हुने, मान्छेहरु सही विचारको पछि स्वतस्फूर्त रुपमा हुरुरुरुरुरुरुरु आइहाल्ने तर्क गर्दछ र शुद्धतावादका नाममा संगठनलाई आफू अनुकूलको सानो कोटरीमा सिमित गर्दै नेतृत्वको केन्द्रमा सँधै आफूलाई राखिराख्छ । जडसुत्रवादी नेतृत्वले मूलतः पुरानो विचारको प्रतिनिधित्व गर्ने हुनाले त्यहाँ अग्रगामी संगठन (कार्यकर्ता) र पिछडिएको नेतृत्वको बिचमा चरम अन्तरविरोध हुन पुग्दछ र नेतृत्वले विचारको विकासमा पहलकद्मी लिन नसकेमा त्यो स्वयम् सांगठनिक रुपमा विघटित हुन पुग्छ । यी दुवै प्रवृति गलत छन् र यिनलाई पराजित गर्नुपर्छ । ख. समाजवादी क्रान्तिको रणनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नु पर्ने आजको सन्दर्भमा नेपालका क्रान्तिकारी विद्यार्थी आन्दोलनले कस्तो विचार अबलम्बन गर्नु पर्ने हो ? शिक्षा क्षेत्रको साथै समग्र समाजमा दलाल पुँजीवाद र नवउपनिवेशवाद हावी भएको, शिक्षा क्षेत्रमा साम्राज्यवादी हस्तक्षेप बढेको र नवउदारवादले गाँजिरहेको, शिक्षाको तीब्रतम् नीजिकरण, दलालीकरण र माफियाकरण भैरहेको एवम् गरिब र धनीहरुको शिक्षाको रुपमा दुई प्रकारको शिक्षा व्यावहारिक रुपमा लागु भैरहेको वर्तमान अवस्थामा नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन र त्यसको नेतृत्वकर्ताको रुपमा अखिल क्रान्तिकारीको कार्यक्रम र कार्यदिशा के र कस्तो हुने हो ? संगठनको रुप र स्वरुप कस्तो हुने ? संगठनात्मक सिद्धान्त कस्तो हुने ? संघर्षको स्वरुप र विधि कस्तो हुने ? सिद्धान्त, संगठन र संघर्षको त्रिपक्षीय सम्बन्ध कस्तो हुने र त्यसलाई कसरी विकास गर्ने ? यो राष्ट्रिय सम्मेलनमा यो प्रधान विषय बन्नु पर्छ । ३. नेतृत्व चयन बारेः क. जब जब क्रान्तिकारीहरु संगठित र शक्तिशाली बन्दै जान्छन्, तब तब त्यहाँ पुँजीवादी प्रवृतिहरु उम्रन, घुसपैठ हुन, हुर्कन र विकसित हुन थाल्दछन् । तिनीहरु कम्युनिस्ट पार्टी र क्रान्तिकारी आन्दोलनभित्र आलोचनाको स्वतन्त्रता, आन्तरिक जनवाद, नोकरशाही नेतृत्वको विरोध, टिके प्रथाको विरोध, पार्टीको तानाशाहीको विरोध, स्टालिनवादी नेतृत्वको विरोध जस्ता सस्ता नारा लगाउँदै टाउको उठाउन थाल्दछन् । माक्र्सलाई पहिलो कम्युनिस्ट इन्टरनेशनल विघटन गराउन बाध्य पार्ने यो भाइरस लेनिनको पालामा रुसमा र माओकालीन चीनमा आन्तरिक जनवाद र आलोचनाको स्वतन्त्रताको नाममा छिरेको थियो । स्टालिन र माओको निधनपश्चात यसको सबैभन्दा भद्दा नमूना सबै सामू नाङ्गिएको थियो । नेपालमा पनि यसको भद्दा नमूना बेलाबेलामा प्रस्तुत हुने गरेको छ । कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण वा आन्तरिक जनवादको नारा लगाउँदै कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनमा छिर्ने यो प्रवृति वास्तवमा कम्युनिस्ट आन्दोलन र पार्टीको पुँजीवादीकरण गर्ने माध्यम हो । स्टालिन र माओको निधनपश्चात यसको सबैभन्दा भद्दा नमूना सबै सामू नाङ्गिएको थियो । नेपालमा पनि यसको भद्दा नमूना बेलाबेलामा प्रस्तुत हुने गरेको छ । मानव शरीरमा एचआइभी भाइरस छिरेपछि जसरी त्यसले शरीरको आन्तरिक प्रतिरोध प्रणालीलाई समाप्त गर्छ, कम्युनिस्ट पार्टीमा यो भाइरस छिरेपछि यसले पार्टीको सम्पूर्ण एकमना एकता कायम गर्ने सक्ने आफ्नो आन्तरिक प्रतिरोधात्मक क्षमता र नेतृत्वको केन्द्रीकरणको प्रश्नलाई समाप्त गरिदिन्छ । ख. निर्वाचन (भोटिङ) नेतृत्व चयनको पुँजीवादी प्रणाली हो, जुन सो व्यवस्थाको सुन्दरता पनि हो । यो सामन्तवादी जहानियाँ प्रणालीभन्दा उत्तम छ तर लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी तथा समाजवादी नेतृत्व चयन प्रणाली भन्दा निम्न कोटीको छ । कम्युनिस्टहरु र तिनका जनवर्गीय संगठनहरुले उच्च कोटीको नेतृत्व चयन प्रणालीबाट निम्न कोटीको पुँजीवादी (निर्वाचन) प्रणालीतिर प्रतिगामी छलाङ मार्ने होइन । अझ अगाडि बढ्न सक्नु पर्छ । ग. आन्तरिक जनवादका नाममा कम्युनिस्ट पार्टीमा निर्वाचन गर्ने कुराले व्यक्तिलाई स्वतन्त्र, स्वच्छन्द र अराजक हुँदै व्यक्तिवादी, आत्मकेन्द्रित, स्वार्थी, गुटवादी, मनोगत र अराजक बनाउँछ । यो कम्युनिस्ट पार्टीको संगठनात्मक संरचनालाई पुँजीवादीकरण गर्ने माध्यम हो । सार पक्षलाई पुँजीवादीकरण गरेपछि रुप पक्ष त स्वत पुँजीवादीकरण हुन पुग्दछ । घ. निर्वाचनमा जित=हार स्वभाविक छ । निर्वाचनमा उमेद्वारी दिने तर पराजित हुने आधा पंक्तिलाई संगठनबाट बाहिर पुराइदिन्छ, तिनलाई संगठनात्मक रुपमा निष्कृय गराउँछ र संगठन तथा आन्दोलनको जीवनमा पक्षघात ल्याउँछ । त्यतिमात्र नभएर जित्ने पक्षमा विजयको अहंकार र पराजितहरुमाथि दमन गर्ने प्रवृति विकास गराउँछ भने हार्ने पक्षमा प्रतिसोधको भावनाको विकास गराई संगठनमा विखण्डन ल्याउँछ । कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनहरुको मूल नेतृत्व (अध्यक्ष तथा पदाधिकारीहरु) लेनिनवादी ढंगले चयन गर्नुपर्छ । ङ. सबै जनवर्गीय संगठनहरु जस्तै अखिल क्रान्तिकारी पनि नेकपा (माओवादी केन्द्र)को भातृ संगठन हुनुको नाताले यो संगठन अर्धस्वायत्त छ । यसका कार्यकर्ताहरुलाई पूर्ण रुपमा स्वतन्त्र र स्वच्छन्द तरिकाले काम गर्ने अधिकार छैन । यसले निर्माण गर्ने संगठन र अबलम्बन गर्ने नीति तथा कार्यक्रम पार्टीको नीति तथा कार्यक्रमको तादात्मयतामा हुनु जरुरी छ । तसर्थ यसको संगठनको कार्यकारी नेतृत्वदायी निकायको रुपमा रहेको केन्द्रीय समिति निर्माण गर्दा पार्टीभित्रका सबै पाटा र पक्षहरु प्रतिबिम्बित हुने ढंगले निर्माण गर्नु पर्छ । च. तसर्थ कम्युनिस्ट पार्टी र त्यसका जनवर्गीय संगठनहरुको मूल नेतृत्व (अध्यक्ष तथा पदाधिकारीहरु) लेनिनवादी ढंगले चयन गर्नुपर्छ । त्यसरी विद्यार्थी संगठनको मूल नेतृत्व चयन गर्दा आम विद्यार्थी पंक्तिमा लोकप्रिय, समग्र विद्यार्थी आन्दोलनमा स्थापित, प्रतिस्पर्धी संगठनहरुसँग प्रतिस्पर्धा गर्न सक्ने, पार्टी र क्रान्तिप्रति निष्ठावान, पार्टीको मूल नेतृत्वले वर्तमानमा भरोसा र भविष्यमा आशा गर्ने नेता एवम् त्यस्ता नेताहरुको टिम छान्नु पर्छ । त्यसका लागि विद्यार्थी संगठनका पुराना नेताहरुले पूर्ण रुपमा सहयोग र मार्गनिर्देशन गर्नु पर्दछ । चयन भएको नेतृत्वले पनि यस प्रक्रियामा भएका सम्पूर्ण लबिङ, उमेद्वारी वा अन्य आरोप=प्रत्यारोप समेतलाई बिर्सेर सबैलाई समेट्दै समग्र संगठन र आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

शक्तिशाली माओबादी केन्द्र बनाऊ 

जनयुद्व थालनी गर्नु केहि समय अघिबाट पार्टीको नाम नेकपा९माओबादी राख्दै प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट नेपालमा महान् जनयुद्वको शुरुवात भएको थियो । राज्यको भेदभावपूर्ण ब्याबाहार, थिचोमिचो, अन्याय, अत्याचार र सामन्तीबर्गको जन्जिरबाट जनतालाई मुक्त गराउन तरवारको धारमाथिको यात्रा माओबादी नेताहरुले गरेका थिए । सिमित ब्यक्तिहरु बाट शुरु गरिएको जनयुद्वले आठ बर्षको अबधिमा अन्ततः जनताको मन जित्दै विशाल रुप लियो । माओबादी जनयुद्वले नेपालमा ठुलो परिवर्तन ल्याईदियो । हुनत जनयुद्वमा सबै सकारात्मक काम मात्र भएनन् कतिको सिउदो पुछियो, कतिको काख रितियो त कति बेसहारा बने, कति बिस्थापित समेत बने । त्यो युद्वको एक पाटो थियो । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ । तर, जति नकारात्मक कार्यहरु भए त्यस भन्दा बढि सकारात्मक काम पनि भए । एक किसिमले भन्ने हो भने जनयुद्वले राजनीतिक रुपमा जनताको चेतनास्तरलाई धेरै माथि उठाईदियो । त्यसैको फलस्वरुप राज्यको भेदभावपूर्ण ब्याबाहार बिरुद्व जनताले आवाज उठाउन सक्ने भए । त्यसै कारण तिनै जनताहरु जाग्दा नेपालबाट बिधिवत् २४० बर्ष अघिदेखिको सामन्ति राजनत्त्रिय शासनको अन्त्य हुन पुगेको हो । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस ईतिहासलाई हामिले भुल्नु हुदैन । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ । केदारनाथ नेपाल  प्रत्येक दशकमा नेपालमा सानाठुला राजनीतिक घटना र परिवर्तन भएका छन् । तर दुई ठुला मानिने २००७ र ६२र६३ सालको परिवर्तनमा दुई ठुला दल काङ्ग्रेस र माओबादीकै भूमिका मुख्य रहेको देखिन्छ । हुनत यो लेख लेखिरहदा मलाई काङ्ग्रेस या माओबादीको कार्यकर्ताको आरोप लाग्ला । लगाउन पाईन्छ, लगाउनुहोस् तर म कुनै पनि पार्टीमा आवद्व नरहेको कुरा पनि स्पस्ट पार्न चाहान्छु । किनकी यस लेख मार्फत मैले नेपाली राजनीतिमा महत्वपूर्ण ईतिहास कोरेको माओबादीलाई उसको भबिष्यलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सुझाव दिन चाहेको छु । कुनैपनि राजनीतिक दल विभाजित हुनु पक्कै पनि देशको लागि शुभ संकेत होईन । हुनत नेपालका कुनैपनि पुराना राजनीतिक दल फुटको शिकार हुनबाट जोगिएका छैनन् । कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् । साँच्चै भन्ने हो भने अहिले माओबादी र किटको कराई पर्यायवाची बन्न पुगेको जस्तो अनुभव हुदैछ पङ्तिकारलाई । कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् । बैशाख ३१ र आसार १४ गते दुई चरणको निर्वाचन सम्पन्न हुदा माओबादी एकदमै कमजोर स्थीतिमा देखा पर्यो । कतिपय स्थानमा झिनो मतले दोश्रो स्थानमा चित्त बुझाउ बाध्य भयो । नेताहरु ब्यक्तिगत स्वार्थमा चुर्लुम्म भएको कारण पनि कतिपय स्थानमा माओबादी पराजित भएको देखियो । कतिपय स्थानमा अन्तरघात पनि भएको भन्ने सुनियो । अवसरवादी र अन्तरघातिलाई बेलैमा पहिचान गरेर कारबाहिको दायरामा ल्याउन नेतृत्वले ढिला गर्नु पर्छ । भर्खरै माओबादी केन्द्रको भातृसँगठन वाईसियल नेपालको अधिवेशन सम्पन्न भयो । पहिलोपटक वाईसियलले एक होनाहार, बौद्धिक, शालिन , कुशल र सक्षम ब्यक्तिको नेतृत्व पाएको छ। त्यस्तै, विद्यार्थी भातृसँगठन क्रान्तिकारीको सम्मेलन सुरु हुदैछ । आशा गरौ वाईसियलले जस्तै क्रान्तिकारीले पनि सक्षम नेतृत्व पाओस् । शान्तिप्रकृयामा आएपश्चात् माओबादीले वाईसियल गठन गर्दा अन्य दलहरु अताल्लिएका थिए । वाईसियलले मजदुरहरुको पक्षमा काम गरेको थियो । वाईसियलकै कारण कयौ मजदुरले आफुलाई राहत महसुस गरेका थिए । त्यसैकारण पनि अन्य दलले अनावश्यकरुपमा वाईसियल बिगठनको माग गर्दै त्यसलाई राष्ट्रिय बहसको बिषय समेत बनाए । अन्य दलको दबाब नेतृत्वमाथी पर्यो । त्यस पश्चात् माओबादीले वाईसियललाई निस्कृय बनायो त्यसैकारण पनि माओबादी केहि कमजोर बन्न पुगेको सत्य हाम्रासामु छ ।  माओबादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस् , आफुले गरेको सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठुलो कमजोरी हो । अब आफ्ना भातृसँगठनलाई सक्रिय बनाएर सकारात्मक कामको प्रचार र नकारात्मक कार्यको खबरदारी गराउनबाट नेतृत्व चुक्नु हुदैन भन्ने पङ्तिकारको बुझाई छ । माओबादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस् , आफुले गरेको सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठुलो कमजोरी हो । माओबादी भित्र एउटा ठुलो समस्या छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु । हुनत माओबादीभित्र एउटा धारले मिडियामा बोल्दा स्वतन्त्र ब्यक्तिले बोलेजस्तो बोलिदिन्छन् । पार्टी हितलाई भन्दापनि कसरी बिपक्षीलाई खुशी राख्ने भन्नेमै तल्लीन देखिन्छन् उनिहरु । तिनिहरुसँग नेतृत्व सधै चनाखो रहनुपर्छ । जसको कारण कुनैपनि बेला पार्टीले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । शान्तिप्रकृयामा आएपश्चात् बिभिन्न टुक्रामा बीभाजित भैसकेका माओबादी नेताहरु बिस्तारै एक हुदैछन् भन्ने उदाहरण हो, नयाँशक्तिबाट भर्खरै फर्किएका देवेन्द्र पौडेल लगायायतका नेताहरु । हिजो एक हुदा जितेकै थियो माओबादीले । अब पनि एक भए वा आफ्ना भातृसँगठनलाई सहि किसिमले परिचालन गरे अवश्य जित्नेछ । एजेण्डामा त माओबादीले जितिसकेको छ । हिजो संघियतालाई बाख्राको टाउकोमा भैसीको सिङ र गणतन्त्रलाई बयलगाडा भन्नेहरुले दुबैलाई स्वीकार गर्नुले नै माओबादी एजेण्डाको जित भएको प्रष्ट हुन्छ ।  बेला बेलामा माओबादी पार्टीहरुबिच पार्टी एकताको विषयले पनि चर्चा पाउदै आएको छ । तर, पर्याप्त गृहकार्य बिना चलाईएको हल्लाको कारण पार्टी एकिकरण सफल हुन सकेको देखिदैन । पहिले सांगठनिक संरचनामा कुरा मिल्नुपर्यो, त्यो भन्दा महत्वपूर्ण विषय भनेको सैद्धान्तिक रुपमा सबै माओबादी स्पस्ट हुनुपर्यो अनि मात्र एकिकरण सम्भब देखिन्छ । सैद्धान्तिक स्पस्टता र सांगठनिक संरचनाको सुढृडिकरण गरेर मात्र एकताको बहस चलाए त्यो पक्कै सफल हुनेछ । नत्र, जतिपटक हल्लाको पछाडि दौडिएपनि केही हुनेवाला छैन । बेला बेलामा माओबादी पार्टीहरुबिच पार्टी एकताको विषयले पनि चर्चा पाउदै आएको छ । तर, पर्याप्त गृहकार्य बिना चलाईएको हल्लाको कारण पार्टी एकिकरण सफल हुन सकेको देखिदैन । इतिहास सच्याउन त सकिदैन तर समिक्षा गरेर अघि बढ्न भने पक्कै पनि सकिन्छ । त्यसैले, अब माओबादी नेतृत्वले हिजोका आफ्ना कमि कमजोरी सच्याई सबै माओबादी पार्टीबिच एकता गरेर वा आफ्ना भातृसँगठनलाई सशक्त रुपमा परिचालन गरेर अघि बढ्नुको विकल्प छैन ।

पत्रकार महासंघमा ध्रुवीकरणले निम्त्याएको संकट

भदौ ४ र ५ गते राजधानीको प्रज्ञा भवनमा नयाँ नेतृत्वको चयन गर्दै नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औं महाधिवेशन सम्पन्न भएको छ । विभिन्न नाममा पटकपटक सर्दै अन्ततः करिब पाँच महिनापछि महाधिवेशन सम्पन्न भएको हो । महासङ्घको विधानमा प्रत्येक तेस्रो वर्षको अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा महाधिवेशन हुने प्रावधान छ । विधानले महाधिवेशनको तिथि सार्ने वा कार्यसमितिको तीनवर्षे कार्यकाल बढाउन सकिने कुनै कल्पना गरेको छैन । विधानको यस व्यवस्थाप्रति महासङ्घ नेतृत्व संवेदनशील हुन नसक्दा महाधिवेशनको निश्चित तिथि सार्न सकिने नजीर स्थापित भएको छ जो पछिल्ला नेतृत्वका लागि भविष्यमा सशक्त बहाना बन्न सक्छ । दुई दिनसम्म चलेको यस महाधिवेशनमा एक हजार ५२६ प्रतिनिधिमध्ये एक हजार ४५० जनाले नेतृत्वका लागि भएको मतदानमा सहभागिता जनाएबाट पत्रकारहरूले यस आयोजनालाई दिएको महìव स्पष्ट हुन्छ । यस अवसरमा स्वतन्त्र प्रेसको महìव, भूमिका र व्यवधान तथा तिनका सम्भावित समाधानबारेमा बहस एवं चर्चाहरूको अपेक्षा गरिनु अस्वाभाविक होइन । प्रेस स्वतन्त्रतामाथिका चुनौतीहरूको पहिचान गरी तिनको निराकरणको मार्ग पहिल्याउने प्रयोजनका लागि प्रतिबद्धता व्यक्त गर्ने सन्दर्भमा पनि पत्रकार महाधिवेशन महìवपूर्ण हुने गर्दछ । विडम्बना नै मान्नुपर्छ, यसपटक महाधिवेशनमा यस्तो कुनै विषयमा औपचारिक रूपमा छलफल हुन सकेन । सहभागी प्रतिनिधि पूर्णतः औपचारिक÷अनौपचारिक रूपमा निर्वाचन सन्दर्भमा संलग्न रहनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनपुग्यो । कुनै पनि संस्थाको बन्द सत्र नीतिगत विषयमा हुने छलफलका लागि निकै महìवपूर्ण मानिन्छ । यस सत्रले विगतको समीक्षा गर्दै भविष्यका लागि नीति तय गर्ने गर्दछ । स्वाभाविक रूपले महासङ्घको महाधिवेशनको बन्द सत्र पनि यस दृष्टिले महìवपूर्ण हुनु पर्दछ तर त्यस्तो हुन सकेन । प्रतिनिधिहरू बन्द सत्रप्रति उदासीन देखिए । डेढ हजारको हाराहारीमा उपस्थित प्रतिनिधिमध्ये बन्द सत्रको कुनै पनि समयमा डेढ दुई सयभन्दा बढीको उपस्थिति रहन सकेन । बन्द सत्र कूल चार घण्टाको अवधिमा सम्पन्न हुनुबाट पनि माथिको अवस्थाको मूल्याङ्कन गर्न सकिन्छ । धर्मेन्द्र झा संशोधनपछि समावेशी भनिएको यो महासङ्घको पछिल्लो विधान कार्यान्वयनको प्रारम्भ पनि यसै महाधिवेशनबाट भएको महìवपूर्ण सन्दर्भमा प्रतिनिधिहरूमा देखिएको उदसीनता उदेकलाग्दो छ । देश सङ्घीय संरचनामा पुनःसंरचित हुँदै गरेको अवस्थामा सम्पन्न भएको महाधिवेशनले नेपालको संविधानअनुसार व्यवस्थित सात प्रदेशलाई स्वीकार गरी प्रत्येक प्रदेशबाट दुई जनाका दरले प्रतिनिधि चयन गरेको छ भने यस संरचनामा महासङ्घले उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी तीन प्रदेश थप गरेको छ । यी प्रदेशबाट पनि दुई जनाका दरले प्रतिनिधि चयन गरिएको छ । महाधिवेशनबाट नयाँ विधानअनुसार ११ जना पदाधिकारी चयन गरिएको छ भने आरक्षणका ११, प्रत्येक प्रदेशबाट दुई÷दुईजनाका दरले २० र खुलाबाट ५ गरी ३६ जना सदस्य निर्वाचन गरिएको छ । महाधिवेशनले तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ । यस संरचनालाई दृष्टिगत गरिएका खण्डमा महासङ्घको संरचना पूर्ण समावेशी रहेको मान्न सकिन्छ । यससन्दर्भमा सबभन्दा महìवपूर्ण कुरा, सिद्धान्ततः यति महìवपूर्ण समावेशी प्रावधानको व्यवहारिक कार्यान्वयन कसरी हुन सक्छ ? भन्ने हो । यस क्रममा समावेशी अवधारणालाई मन, वचन र कर्मले स्वीकार गर्ने नेतृत्वको उपस्थिति आवश्यक छ । अहिलेको नयाँ नेतृत्व यस दिशामा कति सफल हुन्छ, यसको मूल्याङ्कन त भविष्यले नै गर्नेछ तर महाधिवेशनमा यस विषयमा कुनै पनि छलफल हुन नसक्नु निराशाजनक छ । यति मात्र होइन, समावेशी सिद्धान्तअन्तर्गत व्यवस्थित पदहरूमा यथेष्ट उम्मेदवारी पर्न नसक्नुलाई यस्तै निराशाको उदाहरणका रूपमा लिन सकिन्छ । यति मात्र होइन, महासङ्घको यस महाधिवेशनका सन्दर्भमा प्रेसका विधागत र व्यावसायिक मुद्दाका साथै श्रमजीवी पत्रकारका हक हितलगायतका अन्य मुद्दा पनि महìवपूर्ण थिए र ती सबै विषयमा छलफल हुने अपेक्षा गरिनु अस्वाभाविक थिएन । यस्तै आमजनताको अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, पत्रकार सुरक्षा, सूचनाको हकको प्रत्यभूति, सञ्चार क्षेत्रका नयाँ मुद्दाहरू जस्तै अनलाइन पत्रकारिता, सार्वजनिक सेवा प्रसारण, मिडिया कन्भरजेन्स, प्रसारण प्राधिकरण, मिडिया सघनताको अन्त्यजस्ता विषय पनि महाधिवेशनका सन्दर्भमा महìवपूर्ण मुद्दामा परिवर्तित हुने विश्वास गरिए पनि प्रायःजसो विषयमा औपचारिक छलफल भने हुन सकेन । यसलाई उचित मान्न सकिँदैन । बन्द सत्रमा ०७४÷०७६ का लागि रणनीतिक कार्ययोजना र पत्रकार सुरक्षा नीतिसम्बन्धी दस्तावेज नेतृत्वबाट प्रस्तुत गरिए पनि त्यसमाथि छलफल भई कुनै निष्कर्षमा पुग्न नसक्नु दुखद छ । यसै गरी यसपटकको महाधिवेशनमा पत्रकारलाई व्यावसायिक शीप अभिवृद्धि, डिजिटल मिडिया र डिजिटल सुरक्षाका साथै पत्रकार महासङ्घलाई ट्रेड युनियनमा रूपान्तरण गर्ने या नगर्ने भन्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको थियो तर यी विषयले पनि सम्बोधन प्राप्त गर्न सकेनन् । नेपालमा महासङ्घलाई औपचारिकरूपमा टे«ड युनियनमा रूपान्तरण गर्ने बहस प्रारम्भ नभइसकेको अवस्थामा टे«ड युनियन अवधारणाबारेको बहस चल्नु निकै जरुरी छ । अबको नेतृत्वले यस दिशामा सार्थक बहसको प्रारम्भ गरी एक निष्कर्षमा पुग्ने प्रयत्न निश्चय पनि गर्ने विश्वास गरिनु अनपेक्षित हुने छैन । यी चर्चा गरिएका विषय औपचारिक सिद्धान्तमा आधारित व्यवसायिकता अभिवृद्धिसँग सम्बन्धित छन् । पत्रकारिताको मूल विषय हो, सत्यको विश्वसनीय सम्प्रेषण । यस सन्दर्भमा विश्लेषण गर्ने हो भने यसपटकको महाधिवेशन निकै चर्चामा रह्यो । महासङ्घलाई सबै वर्ग, समुदाय, विचार र आस्थाका पत्रकारको छाता संगठनका रूपमा विकास गर्नु अपहिार्य छ । पछिल्ला केही वर्षयता महासङ्घ अनपेक्षित तरिकाले तीव्र गतिमा धु्रवीकृत भइरहेको आभास मिल्दछ, यसबाट छाता संगठनसम्बन्धी यसको गुणमा ह्रास आएको अनुभव गरिएको छ । वैचारिक धरातलमा आधारित यस्तो ध्रुवीकरणले महासङ्घको सामाजिक प्रतिष्ठामा पनि आघात पुगेको छ भन्दा असंगत ठहर्दैन । विगतमा विवादरहित नागरिक समाजको हैसियत प्राप्त गरेको महासङ्घको साखमा गिरावट आएको जो कोहीले पनि अनुभव गर्न सक्दछन् । वास्तवमा यसका दोषी पत्रकार स्वयं हुन् । पत्रकारहरू मोर्चाबन्दी गरी ध्रुवीकरणमा उत्रनु र आफूसम्बद्ध मोर्चाका सन्दर्भमा राजनीतिक विचारको समर्थन खोज्नुले पत्रकारमाथि राजनीति गरेको आरोप लाग्ने गरेको छ । आमजनताको यो दृष्टिकोणलाई अनुचित मान्न मिल्दैन । यसलाई पत्रकारिताले सुझावका रूपमा ग्रहण गरी भावी दिनमा सच्चिने प्रवृत्ति विकसित गर्नु आवश्यक छ । वास्तवमा यो विषय सत्यको विश्वसनीय सम्प्रेषणसँग जोडिएको छ । पत्रकार राजनीतिक आस्था र विचारबाट प्रभावित भई निर्देशित हुनु भनेको कुनै खास विषय र स्वार्थको पक्षधरताको अवस्थाको विकास हुनु हो । यस्तोमा सत्य सङ्कटमा पर्न सक्ने सम्भावना हुन्छ र जनताले कि त असत्य वा कि त अर्धसत्यलाई आत्मसात् गर्न बाध्य हुनुपर्ने हुन्छ । त्यसो त महासङ्घ यसका सदस्यको वैचारिक आबद्धताका दृष्टिले सधैँ नै प्रभावित भइरहेको सत्यलाई अस्वीकार गर्न सकिँदैन तर हालका वर्षहरूमा भने नेतृत्व चयन र नीति कार्यान्वयनका दृष्टिले महासङ्घ तीव्र रूपमा ध्रुवीकृत हुनु दुखद छ । यसबाट सबैभन्दा ठूलो हानि महासङ्घ र यसमा आबद्ध सदस्यहरूलाई भइरहेको छ । विगतमा पनि यसको नेतृत्व कुनै न कुनै रूपमा वैचारिक धारबाट प्रेरित हुने गर्दथ्यो तर व्यावसायिक प्रेस, पत्रकारको हकहित र लोकतन्त्रको मुद्दा साझा हुने गर्दथ्यो । पछिल्ला समयमा यी विषय औपचारिकतामा मात्र सीमित हुन पुगेका छन् । यसपटकको महाधिवेशनमा पत्रकार ध्रुवीकरण उत्कर्षमा पुगेको अनुभूत हुनु निकै कष्टकर छ । पत्रकारहरू दुईवटा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिए । यहाँसम्म केही पनि अस्वाभाविक थिएन तर त्यस्ता प्यानल राजनीतिक आस्थाका आधारमा निर्देशित रहेको आरोप स्वयं पत्रकारबाटै र जनसामान्यबाट लाग्यो । यो भने अस्वाभाविक थियो । यो आरोपको उपस्थितिले पत्रकारको विश्वसनीयताको क्षयीकरणमा भूमिका निर्वाह गर्ने सत्यलाई अस्वीकार गर्न सकिँदैन । अब चयन हुने नयाँ नेतृत्व यी सबै चुनौतीको सामना गर्दै पत्रकार र महासङ्घको विश्वास अभिवृद्धि गर्ने दिशामा सक्रिय हुनु अपरिहार्य छ ।( गाेरखापत्रबाट साभार गरिएकाे हाे । )

रक्सी र पत्रकार– बदनामी पिलाउनेको

नेपाल पत्रकार महासङ्घको यसै हप्ता सम्पन्न महाधिवेशनको बन्दसत्रमा बुटवलकी पत्रकार इन्दिरा अर्यालले प्रस्ताव राखिन्– पत्रकारहरूको सार्वजनिक कार्यक्रममा मदिरा निषेध गरियोस् । केही तालीहरू बजे, तर यो प्रस्तावलाई सम्बोधनसमेत गरिएन । सभाले पारित गरेको १९ बुँदे भावी रणनीतिमा यो प्रस्ताव परेको भए के हुन्थ्यो होला ? पत्रकार महासङ्घको इतिहासमा नयाँ कुरा हुने त पक्का थियो नै, पत्रकारहरू आफूले आफैँलाई बाँध्न सचेत छन् भन्ने सन्देश पनि जाने थियो । पत्रकार र मदिरालाई अहिले जसरी एक–अर्काका पूरकझैँ गरी चर्चा गर्ने गरिएको छ त्यसप्रकारको दृष्टिकोण बदल्नलाई पनि शायद मद्दत पुग्ने थियो । त्यसो त प्रस्ताव पारित गर्दैमा दृष्टिकोण बदलिने होइन, दृष्टिकोण बदल्नका लागि हाम्रा सोच, व्यवहारहरू बदलिन आवश्यक हुन्छ । बबिता बस्नेत खाने, पिउने, लाउनेजस्ता कुराहरू मानिसका नितान्त व्यक्तिगत कुरा हुन् । घरमा कसले के खान्छ, पिउँछ या लाउँछ भन्ने कुराले सम्बन्धित व्यक्तिबाहेक अरूलाई अर्थ राख्दैन । निजी जमघटमा मानिस आफ्नै प्रकारले रमाइरहेका हुन्छन् । कोही नाचेर, कोही हाँसेर, कोही गीत गाएर, जोक, सायरी साँझका निजी सत्रहरूमा कसले के गर्छ त्यसको पनि मतलब हुँदैन । एक्लै बसेर मदिरामा रमाउनेहरू पनि होलान्, दिनभरिको थकान मेट्नका लागि आनन्दले बसेर एक कप कालो चिया पिउन पाउँदा जिन्दगी बाँचेको अनुभूति गर्नेहरू पनि होलान् । निजी जीवनमा कसले कति बेला के गर्छ सरोकारको विषय भएन । तर, सार्वजनिक ठाउँहरूमा कसले के खायो, कसरी प्रस्तुत भयो भन्ने कुराले भने महत्व राख्छ । निजी तवरमा गरिएका कामहरू जब सार्वजनिक रूपमा व्यक्त गरिन्छ, ती सार्वजनिक बन्न पुग्छन् । हिजोआज निजी जीवनमा गरिएका कुराहरूलाई सार्वजनिक गर्दै सकेसम्म अरूलाई होच्याएर आफू अग्लिन चाहनेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ । ‘मैले प्रधानमन्त्री फलानालाई यस्तो भनिदिएँ, सँगै बसेर ड्रिंक्स गरियो’ भनेर पुस्तकमै लेख्ने अवकाश प्राप्त जर्नेलहरूदेखि काजुसँग महँगो रक्सी खाइयो, थरीथरीका काजु, पेस्ता र महँगो रक्सी खुवाउने हैसियत यिनको कसरी बन्यो भनेर लेख्ने लेखकसम्म । मानिसले मदिरा नपिउँदा हुन त विश्वमा यति धेरै मदिराको खपत के हुन्थ्यो होला र ? जतिसुकै ट्याक्स बढाउन, बेच्न निषेध गरुन् मदिरा चलेकै छ । एउटा भनाइ नै छ, दूध बेच्ने मान्छेले ढोकाढोका चहार्नुपर्छ, मदिरा खोज्दै मानिस पसलमा पुग्छन् । मदिराका नाममा अनेक कविता, सायरी, जोक र गीतहरू बनेका छन् । यसको अर्थ विभिन्न तह, तप्काका मानिसले मदिरा सेवन गर्छन् । मदिरा छुँदै नछुनेहरू पनि सबै तह र तप्कामा छन्, उनीहरूको चर्चा हुने कुरै भएन । मदिरा सेवन गर्नेहरूमध्ये पनि पत्रकारको चर्चा विशेष रूपमा हुने गरेको छ । पत्रकारभन्दा बढी नै मापसे गर्ने पेसा व्यवसायी पनि होलान्, तर ‘पत्रकार’ भनेपछि चाहिँ नखाने कोही नै हुँदैनन्झैँ गरी छवि बनाइएको छ । यसप्रकारको छवि निर्माणमा पत्रकार स्वयम्को हात छ । ठाउँ–कुठाउँ ‘म त पत्रकार पो हो त’ भन्दै हिँड्ने, सार्वजनिक स्थानमा ढल्ने गरी पिइदिने । ठिकै खानेहरूले पनि आफू भएको पार्टीमा ड्रिंक्स त हुनैपर्छ नि जस्तो गरिदिने, ड्रिंक्सबिनाका साँझका कार्यक्रम र पार्टीलाई श्राद्ध पार्टीको संज्ञा दिने र कार्यक्रम नै नसकी हिँडिदिने । यस्तो व्यवहारले धेरैलाई साँझमा पत्रकारलाई बोलाउँदा मदिरा अनिवार्य राख्नैपर्छ भन्ने बनाइदिएको छ । यस्तो व्यवहार गर्ने पत्रकारको सङ्ख्या ठूलो छैन, तर नराम्रा कुराको प्रचार धेरै हुने हुँदा सबै पत्रकार उस्तै हुन्झैँ गरी सन्देश प्रवाहित भएको छ । मदिरा पिउनै नहुने भन्ने होइन, पिएपछिको रूपान्तारित व्यवहारले बद्नामी बढाएको हो । हुँदैहुँदै पारिवारिक समारोहहरूमा समेत ल‘ पत्रकार भएर पनि ड्रिंक्स नगर्ने रु भन्न थालिएको छ । यो पङ्क्तिकारलाई दुईवटा कुराले कहिलेकाहीँ हीनताबोध महसुस गराएको छ । पहिलो, नखाई बस्दा पत्रकार भएर पनि ड्रिंक्स नगर्ने रु अलिअलि सोसियल त हुनुपर्छ नि भन्ने । सोसियल हुन खोज्दा ‘पत्रकार हो नखाने कुरै भएन नि’ भनिदिने । वास्तविकता त के हो भने पत्रकारितासँग मदिराको कुनै सम्बन्ध छैन । दोस्रो, समानताको कुरा गर्दै महिला अधिकारको वकालत गर्ने अनि ड्रिंक्स गर्न हिच्किचाउने ? भन्ने एउटा जमात छ । मानौँ, मदिरामा रमाउनु समानताको सूचक हो । महिला अधिकारको अर्थ कतिपय पुरुषजस्तै हुनु होइन । सबै पुरुष मदिरामा रमाउँदैनन्, सबै महिलाले मदिरा पिउँदैनन् भन्ने होइन, खान हुँदैन भन्ने मान्यता पनि होइन । खाने, लाउने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो महिला अधिकार, समानता र मदिराबीच कुनै सम्बन्ध छैन । सार्वजनिक र निजी के–कति हो भन्ने कुराको निर्धारण व्यक्ति आफैँले गर्नुपर्छ । मानिसले आफ्नो जिन्दगीको आचारसंहिता आफैँ बनाउने हो । पत्रकारिता क्षेत्रको कुरा गर्दा आफू र आफ्नो पेसाप्रति सजग पत्रकारहरूको सङ्ख्या ठूलो छ, यो बढ्दो क्रममा छ । शिव परियारले गाएको एउटा गीत छ, पिउने म पिलाउनेको क्या बद्नामी भो । कतिपय अवस्थामा पत्रकारहरूलाई पिलाउनेको अवस्था त्यस्तै छ । खानेले गर्वका साथ भन्ने, खुवाउने लज्जित हुनुपर्ने । यसै हप्ता पत्रकारको महाधिवेशनमा त्यस्तै भयो । कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पाउनुभएका पत्रकार विजयकुमार पाण्डेले आफ्नो मन्तव्यको अन्तिममा सगौरव भन्नुभो– कुनै दिन शेरबहादुर दाइको हातबाट मधुरस लिएको थिएँ, आज पुरस्कार पाएँ । ‘हल पररर’ तालीले गुञ्जियो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा मञ्चको बीचमा बस्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अप्ठ्यारो मानेर वर्तिरपर्तिर हेर्नु भो । उहाँको असहजता अनुहारभरि छरिएको थियो । पिउने विजयकुमारलाई हलले प्रतिक्रिया दियो, वाउ विजयकुमार ‘गज्जब !! पिलाउने नेता देउवा हीनताबोध गर्नुपर्ने अवस्थामा पुग्नुभो ।’ केही छिनपछि मिडियामा हेडलाइन आयो, कुनै दिन शेरबहादुरको हातबाट सोमरस (उहाँले मधुरस भन्नुभएको थियो) पिएको थिएँ’ विजयकुमार । पिउनेको अभिव्यक्ति नाम सुवासका रूपमा सर्वत्र फैलियो, पिलाउनेलाई करिबकरिब अपराधीकै रूपमा उडाइयो । गीतले वास्तविकताको रूप लियो, पिउने म पिलाउनेको क्या बद्नामी भो । साभार : घटना र विचार

पतन रोज्ने या इतिहास जोगाउने संकटमा बाबुराम

‘म भौतिकवादी मान्छे हो, पुर्नजन्ममा म विश्वास गर्दिनँ। होला नहोला। तर यो जन्ममा प्रचण्डसँग सँगै भँइदैन’ नयाँ शक्ति नेपालका संयोजक, पूर्व प्रधानमन्त्री, पूर्व माओवादी नेता बाबुराम भट्टराईको अभिव्यक्ति पढ्दा कतिपयले शान्ति प्रक्रियामा ओर्लिने बेला प्रचण्ड र बाबुराम एउटै पोशाकमा हिँडने गरेको तस्वीर सम्झे होलान् । इतिहासले कतिपय बेला भद्दा मजाक गर्छ । यही भएको छ बाबुरामसँग । कुनै बेला प्रचण्डको छाया जस्तै बनेका बाबुराम अहिले भने यो जुनीमा प्रचण्डसँग सँगै हिँड्न नसकिने अभिव्यक्ति दिने अवस्थामा पुगेका छन् । बाबुराम अहिले कुण्ठा र निराशामा छन् । उनले हुर्काउनका खोजेको बिरुवा सुक्न थालेको छ । उनले पानी हाल्न खोजेका छन् । तर त्यो पानी विषालु भएकोले नै विरुवा सुकेको उनलाई छोड्नेहरुले बताइरहेका छन् । निराशाको यो क्षणमा बाबुरामको आक्रोश प्रचण्डमाथि छ । त्यसैले उनी भनिरहेका छन्– अर्को जुनीमा फेरी भेटौंला । समस्या बाबुरामको व्यक्तिकेन्द्रित आत्मवादको हो । उनले आफूलाई केन्द्रमा राखेर हिँडेको कारण उनी अहिले जीवनको सबैभन्दा जटिल अवस्थामा पुगेका छन् । उनले हुर्काउनका खोजेको विरुवाका पातहरु एकपछि अर्को झरिरहेका छन् । उनको जरा मजबूत छैन नयाँ पालुवा ल्याउन । केही सुक्न थालेका पातहरुको भरोसामा उनी छन् । यी पातहरु समेत गलेर झर्ने अवस्थामा बाबुराम पात र जरा बिनाको हुनेछन् । यो दुखद नियती उनले झेल्नैपर्ने अवस्था देखिएको छ । प्रचण्डले कुनैबेला भनेका थिए– मान्छेभित्र पलाउने इगोले ऊ यति टाढा पुग्छ कि उसलाई आफू हिँडेको बाटो फर्किएर हेर्ने समेत जाँगर चल्दैन । अहिले बाबुरामको हकमा त्यही भएको छ । संविधान निर्माणका बेला उल्लेख्य भूमिका खेलेका बाबुराम त्यही बीचमा पार्टीबाट अलग भए । अघिल्लो दिन उनले प्रचण्डलाई भेटे । दई तीन घण्टा लामो कुरा भयो बाबुराम र प्रचण्डबीच । कुरा मिलेन । बाबुराम निराश भएर फर्किए । त्यसो त यो औपचारिकता थियो भन्ने कुरा पछि पुष्टि भयो । बाबुरामले त्यसअघि नै “प्रचण्डसँग किन बसिराख्ने, मसँग क्षमता छ, मैले नै माओवादीलाई यहाँ ल्याइ पुर्याएको न हो, म आफै नयाँ पार्टी बनाउन सकिहाल्छु । भारतमा केजरीवालले गरे भने मैले नसक्ने छ र ?” भन्ने सोचिसकेका थिए । दिल्ली गएको बेला उनले केजरीवाललाई भेटेर अनुभव समेत लिइसकेका थिए । यता प्रचण्डसँगको भेट अनौपचारिक थियो । भोलीपल्ट नै उनले दलबलसहित नयाँ शक्तिको घोषणा गरे । चर्चा हुनु स्वभाविकै थियो, भयो । थुप्रै पूर्व माओवादी र केही गैर माक्र्सवादहरु बटुले बाबुरामले । र, सबैभन्दा पहिलो उनले प्रहार गरे माक्र्सवाद र सिंगो माओवादी विचारमाथि । यो नै उनको दुर्भाग्य हुन पुग्यो । यही दुर्भाग्यले डोर्याउँदा उनीसँग लामो समय नेपालको कम्युनिष्ट आन्दोलनमा समय बिताएकाहरु एकपछि अर्कोगर्दै छोड्न पुगे । पछिल्लो दिनसम्म आइपुग्दा उनलाई सबैभन्दा बढी साथ दिएका देवेन्द्र पौडेलहरु समेत माओवादीमा फर्र्किए । यसबाट बाबुरामको छटपटी बढ्नु स्वभाविकै थियो । उनमा निराशा पलाउनु अचम्मको विषय थिएन । बाबुरामले यो बिन्दुबाट चेत्नुपथ्र्यो । उनले आफूमा कमजोरी रहेको, आफूले गर्दा यति क्षय भएको स्वीकार्नु पथ्र्यो । द्वन्द्वात्मक भौतिकवादलाई राम्रोसँग बुझ्न बाबुराम । त्यो अर्थमा हेर्दा देवेन्द्र पौडेलहरु मात्रै एकल दोषी थिएनन् होला । बाबुरामको प्रवृत्ति, शैली, विचार पनि दोषी थियो होला । मुमारामदेखि रामेश्वर र देवेन्द्रदेखि रामचन्दहरुसम्म अलग हुँदा पनि बाबुरामलाई आफ्नो समेत केही कमजोरी भएको अनुभूति देखिएन । चरम आत्मकेन्द्रित व्यक्तिवाद र अधिभूतवादी चिन्तनका कारण बाबुरामले अहिले पनि आफू नै सही भएको देखिरहेका छन् । भन्न सकिन्छ– उनीभित्रको दम्भ र इगो सकिएको छैन । यही दम्भका कारण उनी भनिरहेका छन्– यो जुनीमा प्रचण्डसँग हुन सकिन्न । तर बाबुराम जी, प्रचण्डसँग बाँच्न नसकिए के गर्नुहुन्छ ? तपाईको बिरुवा कसरी हुर्काउनुहुन्छ ? त्यो विरुवा जुन गमलामा रोप्नु भएको छ, त्यसमा त जरा नै काट्ने किरा र विषादीयुक्त माटो छ । विरुवा हुर्काउने मालीले आफूले कतिखेर पानी हाल्ने थाहा पाउनुपर्छ, मलजल के कसरी हाल्ने थाहा पाउनुपर्छ । राती सपना देखेर त विरुवा हुर्किँदैन होला । त्यही अनुरुपको मौसम र परिस्थिति हुनुपर्छ । तपाईले हिमालमा हुर्किने विरुवा तराईमा या तराईमा हुर्किने फूल हिमालमा रोप्न खोजेर सम्भव हुन्छ । तपाई कति अवस्तुवादी बन्नुभएको ? तपाईका अगाडि अब एउटा मात्रै विकल्प ध्रुवीकरण हो । यो अन्तिम सत्यलाई तपाईले स्वीकार्नै पर्छ । दम्भ र इगोले तपाईलाई प्रहसनको विषय मात्रै बनाउने छ । जुन तपाइले माक्र्सको एउटा कृतिमा नेपोलियन बोनापार्टबारेको प्रसंग सबैभन्दा बढी प्रयोग समेत गर्नु हुन्छ । तपाईको आवश्यकता देशलाई छ, नेपालको राजनीतिक परिवर्तनको आन्दोलनलाई छ । समाजवादसम्म पुग्न बाँकी छ । तपाईको विरुवा समाजवादसम्म झाँगिन सक्दैन । समाजवादसम्म देशलाई पुर्याउने त्यही माक्र्सवादले त्यही माओको दृष्टिकोणले हो । यो नै अन्तिम सत्य हो । तपाईले यो जुनी, अर्को जुनीको कल्पना गर्नु व्यर्थ छ । आउनुस् यही जुनीमा प्रचण्ड, बाबुराम फेरि नयाँ राजनीतिक क्रान्तिका लागि अघि बढ्नुस् । यही नेपाली जनताको इच्छा पनि छ ।

सांस्कृतिक पर्व “तीज” भड्किलो बन्दै

तीज एउटा सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वी नारीहरुको महान पर्व तीज । नेपाल लगायत विश्व भर हिन्दु भएका क्षेत्रमा धुमधामका साथ मनाइन्छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको बिशेष पर्व हो । यो पर्वमा महिलाहरु बषौं देखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना सुख–दुख साटासाट गर्ने गर्छन । तीज पर्व हिमालय पर्वतकी पुत्री पार्वतीको पालादेखि नै मनाउदै आईएको बिश्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउँ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिश्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दिर्घायु एवं उत्तरउत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ । सन्तोष बजगाई आपसमा दिदीबहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर सुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतिपातिमा व्यस्त रहेका दिदी बहिनीहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् । तर पछिल्लो पुस्ताका दिदीबहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी मनाई रहेका छन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दै गइरहेको महशुस हुन थालेको छ । यस पर्वमा आपसमा दिदीबहिनीले आफ्नो दुख, बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यवहार अनि माइती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदीबहिनीलाई सम्झिएर गित मार्फत ब्यक्त गर्दथे । तर असहिले आएर त्यो प्रचलनमा ह्रास आएको छ । जसले गर्दा तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ । तीजको अर्को महत्वपुर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माइतीले घरमा गएका चेलिबेटिहरुलाई आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकी त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकु । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यै बाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्ने पनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने सकिन्न । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिनप्रतिदिन बढिरहेको कुराले सबैको मनमा डर पैदा गरेको छ । त्यतिमात्र हैन तीज भनेको नाचगानको पनि पर्व हो । सासुले गरेको ब्यवहार कर्मघरको दुख र नारीको बेदनालाई उजागर गरेर गित गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । साँच्चै रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुदैन । तीजको लागि श्रीमतिलाई रातो सारी र गरगहना किनिदिन पुरुषले प्रर्देशमा गएरसमेत आफ्नी संगिनीलाई खुशी बनाउने प्रयास गर्छन । तीज गितको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेतसंगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै व्यापारका लागि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ । तीजको गित भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । तर त्यस्तो नभएर आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गित तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज र तीज गितको महत्व कम हुदै गएको छ । यसतर्फ राज्यले ध्यान दिन जरुरी छ । कट्टु लगाएर नाचेको गितलाई तिज गित भनेर बजारमा ल्याउने चलनले गर्दा तिजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तिजलाई कमाईको भाडो सम्झीने कलाकारहरु कुन समाजमा के को लागि म बाचेको छु सचेत भएर सोचौं र तिजलाई तिजकै रुपमा मनाउन पाईयोस । आगामी दिनमा हाम्री आमाले मनाए जस्तै तीज होस । चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र सचेत वर्गले यसतर्फ काम गरोस ।

नागरिकहरुमा जागेको आशा टुट्न नपाओस्

नागरिकहरुलाई आफ्नै घर आँगनमा सरकारको अनुभूति दिलाउनका लागि स्थानीय सरकार निर्माण गरिएको हुन्छ् । जसले नागरिकलाई नागरिकसँग जोडेको हुन्छ् । नागरिकहरु एक आपसमा जोडिए पश्चात् समाजमा एकताको निर्माण भएको हुन्छ् । त्यसैले समाजलाई खण्डित हुनबाट बचाउन पनि स्थानीय सरकारको महत्व अपरीहार्य हुने गर्दछ् । सबिन पोखरेल ०४६ सालको प्रजातन्त्र पश्चात् देश खुला राजनीतिमा प्रवेश ग¥यो । नागरिकहरुले राजनैतिक पार्टी र तिनका नेताहरुमा आफ्नो सुनौलो भविष्य देख्न थाले । अझ २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनले आमनागरिकहरुमा आफैँ शासक बनेको अनुभूति गराउँदै गयो । सहरदेखि गाउँसम्म प्रजातन्त्रको आभास हँुदै गयो । यसरी बढदै गएको नागरिकहरुको आत्मविश्वास र आशा त्यसपछि २०५९ सालमा हुनुपर्ने स्थानीय तहको चुनाव नभएपश्चात् एकाएक रोकियो । २०५४ सालपछि पनि देशमा केन्द्रका चुनावहरु हुँदै गए तर केन्द्रको चुनावले जनतामा त्यो उल्लासको राजनैतिक वातावरण बनाउन सकेन । जनयुद्ध, राजतन्त्रको प्रत्यक्ष हस्तक्षेप, जनआन्दोलन २, लोकतन्त्रको उदय र गणतान्त्रिक व्यवस्थाको अवस्थासम्म आइपुग्दा नागरिकहरुमा राजनीति र त्यसका दलहरुप्रतिको आस्था बढ्नुको साटो निरन्तर घट्दै गएको पाइयो । जुनसुकै व्यवस्था आए पनि नागरिकहरुले स्थायित्व र विकास देख्न नसकेको गुनासो व्यापक रुपमा सुनिन थाल्यो । निरन्तरको बन्द, हड्ताल र आपसी खिचातानीले देशलाई एक कदम अगाडि बढाउँदा दुई कदम पछाडि धकेलेको अनुभूति नागरिकहरुमा हुन गयो । एकातिर केन्द्रको भागबण्डे राजनीति अर्कोतिर आफ्नै गाउँघरमा बषौँदेखि स्थानीय चुनाव नभएका कारण केन्द्रको अस्थिर राजनीतिले नागरिकहरुमा बढ्दै गएको राजनीतिप्रतिको भरोसा, आस्था र विश्वासको खडेरीलाई चिर्न सकिएन । जसका कारण नागरिक, राजनीतिक पार्टी र तिनका नेताबिचको खाडल झन् झन् बढ्दै गयो । निरन्तरको बन्द, हड्ताल र आपसी खिचातानीले देशलाई एक कदम अगाडि बढाउँदा दुई कदम पछाडि धकेलेको अनुभूति नागरिकहरुमा हुन गयो । अन्तत: अनेक चुनौती, अन्योल र असहज वातावरणका बिचमा बीस बर्षपछि नै भए पनि स्थानीय निकायको चुनावको घोषणा गरियो । पुरानो स्थानीय तह अब नयाँ संघीय गणतान्त्रिक नेपालको स्थानीय निकायमा परिवर्तन भैसकेको थियो । स्थानीय निकायको चुनाव हुने घोषणा गरेकै दिनदेखि देखिएको नागरिकहरुको खुशी, उमङ्ग र सहभागिताले स्थानीय निकायको महत्व र आवश्यकतालाई दर्साइसकेको थियो । तर घोषणा गरेदेखि नै चुनाव हुने नहुने कालो बादल पनि सँगै मडारिरहेको थियो स्थानीय निकायमा । ढिलो चाँडो, चरण चरण र बारम्बार मिति सार्दै भए पनि छ वटा प्रदेशको स्थानीय चुनाव भैसकेको छ । बाँकी प्रदेश नम्बर २ को चुनाव पनि अब आगामी असोज २ गते हुनेमा नागरिकहरु विश्वस्त छन् । स्थानीय निकायको यस चुनावले आम नागरिकहरुमा राजनीति र तिनका पार्टीहरुप्रति पुनः एक पटक आशा, भरोसा र विश्वास उत्पन्न गराएको छ । गाउँ सहरमा नेता जन्मिएका छन् । नयाँ पुस्ताले आफ्नै घर आँगनमा पहिलो पटक चुनावको अनुभूति गरेका छन् । राजनीतिक पार्टीहरुले उठाएका जातभात, धर्म संस्कृति र समुदायहरुप्रतिका सस्ता नाराहरुले नेपाली समाजमा उत्पन्न गराएका उतार–चढावहरु शून्य भएका छन् । बिभिन्न जात, धर्म र संस्कृतिका नागरिकहरु एउटै मञ्च बनाएर नागरिकहरुका घर दैलोमा भोट माग्दै हिँड्दा विगतमा समाजलाई खण्डित बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने समूहहरुलाई दह्राे झापड हानेको देखिन्छ । नागरिकहरु स्थानीय निकायको चुनावप्रति यति खुशी देखिए कि उनीहरुले वैशाखको प्रचण्ड गर्मी र जेठको टन्टलापुर घामको कुनै पर्वाह गरेनन् । महिलाहरु पुरुषभन्दा अग्रस्थानमा रही भोट खसाल्न अग्रसर भए । बिना कुनै करकाप युवा दस्ताहरु स्वयमसेवकको रुपमा स्वस्फुर्त अगाडि बढे । अरु समयमा युवाहरु नै भोट खसाल्न अनिच्छुक भएको अवस्थामा यस पटक युवाहरुमात्र हैन बिरामी, असक्त र बृद्धबृद्धाहरु पनि अत्यन्तै व्यग्र रुपमा भोट खसाल्ने दिनको प्रतिक्षामा रहेको कुराले स्थानीय निकायको चुनावको महत्व र आवश्यकतालाई प्रमाणित गरेको देखिन्थ्यो ।  बिभिन्न जात, धर्म र संस्कृतिका नागरिकहरु एउटै मञ्च बनाएर नागरिकहरुका घर दैलोमा भोट माग्दै हिँड्दा विगतमा समाजलाई खण्डित बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने समूहहरुलाई दह्राे झापड हानेको देखिन्छ । अब चुनाव सकियो, नतिजा पनि आइसक्यो । प्रथम चरणको कार्य समाप्त भैसकेको छ । नागरिकहरुले गर्नुपर्ने र गर्नसक्ने जति कार्य गरिसकेका छन् । सधँै नागरिकहरु चुनाव र राजनीतिमै रहन सक्दैनन् । फेरि बर्षायाम सुरु भैसकेको छ् बर्षभरि खाने अन्न उत्पादन गर्नु छ् । त्यसैले अबको केही समयसम्म स्थानीय जनप्रतिनिधिहरु र उनीहरुले गर्ने कार्यको कुनै चासो र चर्चा हुनेछैन । तर यसको मतलब नागरिकहरु स्थानीय जनप्रतिनिधिहरुप्रति चनाखो छैनन् भन्ने होइन । नागरिकहरु बर्षायामको कामपछि फुर्सत हँुदा नहँुदै उनीहरुलाई प्रत्यक्ष अनुभूूति हुने कार्य गर्नु अब स्थानीय जनप्रतिनिधिहरुको प्रमुख दायित्व हुनुपर्दछ् । स्थानीय जनप्रतिनिधिहरु जुन पार्टी, समुदाय, वर्ग, धर्म, संस्कृतिबाट नेता भए पनि अब राष्ट् र नागरिकको नेता बन्न सक्नुपर्दछ् । नागरिकहरुको दुख–सुखको साथी बन्न सक्नुपर्दछ् । दैनिक रुपमा नागरिकहरुलाई आइपर्ने समस्याहरुको निराकरण गर्ने अभिभावक बन्न सक्नुपर्दछ् । नागरिकहरुले सर्वसुलभ रुपमा आफ्नो नैसर्गिक अधिकार प्राप्त गर्ने प्रणालीको विकास गर्न सक्नुपर्दछ् । अन्त्यमा सम्पूर्ण बिजयी स्थानीय प्रतिनिधिहरु, आगामी समयमा यदि तपाई नागरिकको नेता बन्न सक्नुभयो भने बर्षौसम्म नेता बन्न सक्नुहुनेछ तर नागरिकहरु भन्दा पार्टी र आफ्नो स्वार्थबाट ओतप्रोत भएर कार्य गर्नुभयो भने अब उप्रान्त राजनीतिबाट त पलाएन हुनुहुने नै छ बषौँपछि नागरिकहरुमा उत्पन्न भएको आशा, विश्वाश र भरोसाको पनि हत्या गर्नुहुनेछ् । त्यसैले होसियार, बषौँपछि जागेको नागरिकहरुको आशा टुट्न नपाओस् ।

बन्ला त ? माओवादीमा दुई अंकको केन्द्रीय समिति

मणिकुमार श्रेष्ठ ‘सिजन’/ नेकपा (माओवादी केन्द्र)को साउन महिनाको सुरुवातमा नै स्थानीय तहको निर्वाचनमा आएको नतिजा र आफ्नो पार्टीले हार्नुको कारण पत्ता लगाउन बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्यो । जसले माओवादी केन्द्रमा कायम रहेको केन्द्रीय समितिलाई दुई अंकमा सिमित राख्ने निर्णयले पनि निकै चासो पायो । तर, कसरी दुई अंकको केन्द्रीय समिति बनाउने भन्ने विषय अहिले पनि चासोको विषय भइरहेको छ । यो चासोको विषयमा अहिले माओवादी केन्द्रको केन्द्रीय समिति देखी मातहतका सम्पुर्ण निकायमा बहस भइरहेको छ । माओवादी केन्द्र मात्र यस्तो पार्टी हो । जसको केन्द्रीय समिति नै चार हजार भन्दावढि रहेको छ । पहिले–पहिले विद्यार्थी संगठनहरुले केन्द्रीय सम्मेलन आयोजक समिति बनाउदा १००१ सदस्यीय बनाउने चलन थियो । अहिले आएर माओवादीमा चार हजार भन्दा बढिको केन्द्रीय सम्मेलन आयोजक समिति भनेपनि नेताहरुले भने केन्द्रीय सदस्य नै भनेका छन् । जुन माओवादी हेडक्वाटरलाई टाउको दुखाइको विषय भएको छ । वास्तवमा भन्ने हो भने अहिले माओवादी पार्टीमा केन्द्रीय सदस्य कसरी भए अनि कुन प्रक्रियाबाट केन्द्रीय सदस्य भएका छन् । सोको विषयमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यहरुलाई नै थाहा छैन । अनि जो केन्द्रीय सदस्य भएका छन् उनलाई समेत आफु माओवादी केन्द्रको केन्दीय सदस्य हो भन्ने हेक्का समेत छैन् । किन कि कतिपय केन्द्रीय सदस्यहरुलाई त नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आधारभुत मान्यता समेत थाहा छैन् । माक्र्सवादको आधारभूत ज्ञान नभएका र कम्यूनिष्टको सामान्य चरित्र पनि नभएकाहरु पनि केन्द्रिय सदस्य भएका छन् कोटामा । र अझै केन्द्रिय सदस्य नै पाइएन भनेर रडाको मच्चाएर गएको निर्वाचनमा नखटनेहरु पनि भेटिए । अझ रोचक त के छ भने पटक पटक विवादमा आएका अध्यक्ष प्रचण्डका छोरा प्रकाशले आफूलाई केन्द्रिय सदस्यमा पारिएन भनेर पिता अध्यक्ष प्रचण्डलाई उनका अंग रक्षक एक डिएसपीको पेस्तोल खोसेर गोली ताकेपछि अध्यक्ष प्रचण्डले कोठामा लगेर थुनेर आफूले लगाउने पेटि निकालेर प्रकाशलाई कुटेको चर्चापनि त्यस बेला बेलामा आएको थियो । अर्थात माओवादी भित्रको केन्द्रीय सदस्य छनौटको बिषय एक प्रकारको किस्सा जस्तै बनेको छ । यसरी निर्माण भइरहेको माओवादी केन्द्रमा अहिले दुई अंकको केन्द्रीय समिति बनाउने चर्चा चलेसंगै दुई अंक भित्र पर्न माओवादी नेताहरुको दौढधुप शुरु भएको छ । सायद त्यसैले होला उनीहरु भन्न थालेका छन् । पार्टीको केन्द्रीय समिति चाही सानो नै हुनुपर्दछ तर आफु छुट्नु भएन ? यस प्रकारको परिपाटीले माओवादी केन्द्रलाई नराम्ररी गाजेको छ । कसरी भयो ? चार हजार माथिको केन्द्रीय समिति मणिकुमार श्रेष्ठ ‘सिजन’ नेपालमा माओवादी जनयुद्ध सुरु हुनुभन्दा अगाडी २०५१ सालमा नेपालको क्रान्तिकारी शक्ति नेकपा (एकताकेन्द्र मसाल)मा थोरै सदस्यको केन्द्रीय समिति थियो । माओवादी केन्द्रका प्रवत्ता पम्फा भुसालका अनुसार नेकपा (माओवादी)ले नेपालमा दीर्घकालिन जनयुद्ध सुरुगर्दा २०५२ साल फागुन १ गते १९ जनाको मात्र केन्द्रीय समिति थियो । जुनवेला अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, सदस्यहरुमा मोहन वैद्य किरण, डा बाबुराम भट्टराई, रामबहादुर थापा वादल, देव गुरुङ, सिपि गजुरेल, अग्नी सापकोटा, यामप्रसाद गौतम, हरिभक्त कडेल, नारायण शर्मा, पोष्टबहादुर बोगटी, लोकेन्द्र विष्टमगर, मातृका यादव, कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, हितमान शाक्य, हेमन्तप्रकाश वली, बासु वाग्ले र इश्वरी दाहालको टिम जनयुद्धमा सामेल भएका थिए । जनयुद्ध अहिलेको समयमा गर्न हुदैन जनसंर्घष नै आजको आवस्यकता हो भन्दै आएको पार्टी नेकपा एकताकेन्द्र मसालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्य, मसालका महासचिव नारायण काजी श्रेष्ठ प्रकाश, अमिक शेरचन, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, सोनाम साथी, विश्वभक्त दुलाल (आहुती) निनु चापाचाई, शशी श्रेष्ठ, इश्वरी भट्टराई, धनीराम पौडेल, राजु खड्का, धर्मचन्द्र लावती, भीमप्रसाद गौतम, हकिकुल्ला खाँ, विश्वनाथ साह, रामरिझन यादव, राजकुमार यादव, कमानसिंह लामा, प्रल्हाद बुढाथोकी लगायतको टिम जनयुद्ध भन्दा बाहिर थिए । जनयुद्ध नै आजको आवस्यक हो र अहिले जनयुद्ध भन्दा पनि जनसंर्घष नै आवस्यक छ । भन्ने विषयमा मतान्तर हुदा विभाजन भएको पार्टी १० वर्षे भिषण जनयुद्धको सफलता र केही विराम अनि केही अविराम यात्राको बीचमा पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि तत्कालिन नेकपा(माओवादी) र नेकपा (एकता केन्द्र मसाल) बीच २०६५ माघ १ गते एकीकरण भयो । त्यपछि माओवादीमा बैचारिक तथा सैद्धान्तिक रुपमा समेत फरक तरिकाको कार्यदिशा तयार गरियो । १० वर्षे जनयुद्ध अन्त्य भयो । संविधानसभा मार्फत् जनताको अधिकारी स्थापित गर्ने मान्याताका साथ दुई पार्टी मिलेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)नामाकरण गरियो । यसरी एकीकरण संगै माओवादीमा जम्बो केन्द्रीय समिति बनाउने क्रम सुरु भयो । त्यसवेला एकीकृत नेकपा माओवादीको १५१ जनाको केन्द्रीय समिति बनेको थियो । एकीकरण सुरुभएको माओवादी आन्दोलनको यात्रामा एकीकरणको सन्देश दिन नपाउदै पार्टी विभाजनको यात्रा पनि संगै सुरु भयो । पार्टी एकीकरण लगत्तै माओवादी नेता मातृका यादवले पार्टी फूटाए, उनको नेतृत्वमा नेकपा (माओवादी) गठन भयो । त्यसको केही वर्षपछि २०६८ सालमा तत्कालिन एकीकृत नेकपा (माओवादी) का बरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वको समूह पार्टीबाट अलग भयो र नेकपा (माओवादी) गठन भयो । जुन माओवादी आन्दोलनमा सबैभन्दा ठूलो विभाजन थियो । जुन विभाजनसंगै माओवादी आन्दोलनमा दुइधार स्थापित भयो । एउटा क्रान्तिकारी धार र अर्को सुधारवादी धार । त्यसवेला क्रान्तिकारी धारको नेतृत्व मोहन वैद्यले गरे भने सुधारवादी धारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरे । यस भन्दा अगाडी नै माओवादीले जनयुद्ध स्थगित गर्नु गलत भएको बताउदै आएका मणि थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका थिए । यसरी विराम र अविराम यात्रा सुरु गर्दे आएको माओवादी आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गरेका भनिएका मोहन वैद्य माओवादीमा पनि विभाजन सुरु भयो । अनि फेरी अर्को पार्टी तयार भयो नेपाल कम्युनिष्ट पार्टी, भने यतातिर सुधारवादी धारमा लागेको आरोप लाग्दै आएको एकीकृत नेकपा माओवादी भित्र नेता हेमन्त प्रकाश वलीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी न्युक्लीयस गठन भयो । यसरी विभाजनको सामाना व्यहोर्दै आएको माओवादी आन्दोलनमा फेरी वृहत एकताको सन्देश दिनेगरी विभिन्न घटकमा विभाजन भएको माओवादी आस्था र विचार वोक्ने १० वटा पार्टीहरु एक भए २०७२ साल जेठ १० गते । त्यसवेला एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी) सहित नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी, लगायत विभिन्न पार्टी तथा समुह बिचको एकता पछि पार्टीको नामाकरण नै परिवर्तन गरी नेकपा(माओवादी केन्द्र) राखियो । फेरी वृहत एकतासंगै माओवादीमा जम्बो केन्द्रीय समिति बनाउने लहर सुरु भयो । सुरुमा एकताको वेला १९९ संगै २९९, ३९९, ४९९ हुदै केन्द्रीय समितिमा बस्ने आकांक्षीहरु बढेसंगै ९९९ सदस्यीय केन्द्रीय आयोजक सम्मेलन आयोजक समिति तय भयो । केन्द्रीय समिति थप्ने क्रम सुरु भएसंगै नेताहरुको खल्तीबाट केन्द्रीय सदस्यमा फलनालाई राख्नु पर्ने भनि नामहरु आउन थालेपनि माओवादीले ७ प्रदेश तथा प्रवास गरी आठ वटा प्रदेश कमिटिबाट केन्द्रीय सदस्यको राख्नुपर्ने व्यक्तिहरुको नाम सिफारिस गर्न माग गर्दे जाँदा यस्तो अवस्था आयो । सात हजारको हाराहारीमा केन्द्रीय समितिमा राख्नु पर्ने सिफारिस आएको माओवादीका केन्द्रीय नेताहरुले नै बताएका थिए । त्यसलाई व्यवस्थापन गर्दा अहिले माओवादी केन्द्रमा ४३९९ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समिति भएको माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’ले बताएका एक कार्यक्रममा बताएका थिए । तर, अहिले पनि माओवादी केन्द्रको केन्द्रीय समितिमा कतिजना सदस्य छन् सोको बारेमा यकिन रुपमा बाहिर आएको छैन् । यसरी सुरु भएको माओवादी भित्रको केन्द्रीय समितिको सदस्य बनाउने होडबाँजी नेताहरुको गुटगत स्वार्थका कारण पनि जम्बो हुदै गयो । जसको कारण माओवादीको केन्द्रीय समितिको वैठक बस्न सकिरहेको छैन् । त्यहीकारणले होला २०७४ साउनमा सम्पन्न भएको केन्द्रीय सचिवालयको विस्तारित वैठकले दुई अंकको केन्द्रीय समिति बनाउने सोच बनाएको । कसरी अटाउन सक्छ दुई अंकमा विश्वमा भएको कम्युनिष्ट पार्टीहरु मध्ये सायद सबै भन्दा धेरै केन्द्रीय सदस्य रहेको पार्टी भनेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नै हो भन्दा सायद अप्ठेरो नपर्ला । नेपालमा भएको दश बर्ष लामो जनयुद्धको विरासतमा आएका माओवादी पार्टीहरुले आफुलाई चुस्त दुरुस्त बनाउन नसक्नु आफैमा दुर्भाग्यको विषय हो । यसरी झट्ट हेर्दा माओवादी आन्दोलनको विरासत अन्त्यको दिशातिर त जादै गरेको छैन् भनि अहिले माओवादी आल्दोलनको थालनी गर्ने नेताहरुले नै बताउन थालिरहेका छन् । यसले के देखाउछ भने माओवादी आन्दोलनमा मौलाएको व्यक्तिवादी संस्कृतिको हावी पनि अहिलेको जम्बो केन्द्रीय समिति तय हुनु हो । यसरी गुठगत स्वार्थका कारण निर्माण भएको माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति सिमिति सजिलै दुई अंकमा ल्याउन कठिन छ । जुन अहिलेको कायम रहेको माओवादी केन्द्रको केन्द्रीय समितिका कुल सदस्यहरुको २.४० प्रतिशत बराबर हुन जान्छ । बाँकी ९७ प्रतिशत भन्दा वढि केन्द्रीय सदस्यहरुलाई प्रदेश तथा जिल्ला एवं गाउँतहमा पठाउनु पर्ने हुन्छ । यो भनेको माओवादी केन्द्रमा फलामको चिउरा चपाउनु सरह हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई अंकको केन्द्रीय समिति निर्माण गर्नु पर्छ भने पछि नेताहरुले अहिले सक्रिय युवाहरुलाई केन्द्रीय समितिमा अटाउनु पर्छ भन्ने वहानामा दुई अंकको केन्द्रीय समिति सम्भव नभएको बताउन थालिसकेको छन् । सबैको एउटै जोड सुरु भएको देखिन्छ । आफु जसरी पनि केन्द्रीय समितिमा पर्नु पर्दछ । यो माओवादी भित्रको कुलिनतन्त्रवादी संस्कार हो । माओवादी केन्द्रको आजभन्दा ९बर्ष अगाडीको पार्टी संरचना र अहिलेको पार्टी संरचनालाई रेखाचित्रमा हेर्न सकिन्छ । यसरी माथिको संरचनालाई हेर्दा माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति विघटन हुन निकै कठिन देखिन्छ । त्यसैले यस कठिन यात्रामा पनि माओवादीले जम्बो केन्द्रीय समितिलाई विगटन गर्नु नै पर्ने छ । जसको विधि र विधान तयार भएपछि आफै चुस्त समिति बन्छ । तर नेताहरुको चरित्र भने विधि र विधान भन्दा बाहिर रहेको छ । माओवादी केन्द्रको केन्द्रीय समितिलाई दुई अंकमा अटाउने मुख्य तीन उपायहरु यस प्रकार अवलम्बन गर्न सकिन्छ : पहिलो : कम्युनिष्ट आन्दोलन र त्यसमा निभाएको भुमिकाको आधारमा ५१ सदस्यीय केन्द्रीय सदस्य छनौट गर्ने । दोस्रो : विभिन्न पार्टीहरु बीचमा भएको एकीकरणको आधारमा २१ जना केन्द्रीय समितिका सदस्य छनौंट गर्ने । तेस्रो : अहिलेको परिवेशको कम्युनिष्ट आस्थामा प्रतिवद्ध भई विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने जुझारु युवा, तथा विभिन्न समुदायमा आधारित भएर २७ जना केन्द्रीय सदस्य छनौट गर्ने । यसो गर्दा कुल केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । त्यही बाट पार्टीको पदाधिकारी चयन गर्ने र पार्टीलाई वास्तविक जनताको पार्टीमा रुपान्तरण गर्न सकिन्छ । जुन आजको आवस्यकता हो । एउटा सुनौलो अभियान हो यो । निश्कर्ष : माथिको रेखाचित्रमा देखाएजस्तो माओवादीको अहिलेको संरचनामा नेतृत्व प्रति वफादार देखिएको छैन् । पहिलेको संरचनामा नेतृत्व प्रति वफदार पार्टी थियो । त्यसै कारणले गर्दा जनताले माओवादीलाई रुचाएका थिए । अहिले माओवादी न त नेतृत्व प्रति वफदार नै देखियो न त जनताप्रति इमान्दार नै भेटियो । सायद त्यसैभएर होला जनताले जन्म दिने आमालाई भन्दा पनि अरुलाई बढि माया गरेको पाइयो । यो कठिन यात्रामा अहिले माओवादी आन्दोलन अगाडी बढेको छ । जुन समयको खेलसंगै पर्दा पछाडी पर्छ या पर्दा अगाडी पर्छ त्यो त माओवादी केन्द्रले लिने नीति तथा सिद्धान्तले देखाउदै जानेछ । अहिले पनि माओवादी आन्दोलनबाट स्थापित भएको विभिन्न पार्टीहरु अस्तित्वमा रहेको छन् । जसमा मोहन वैद्यको अध्यक्षमा नेकपा (क्रान्तिकारी माओवादी) नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी, डा. बाबुराम भट्टराईको नेतृत्वमा गैर कम्युनिष्ट पार्टी (नयाँ शक्ति नेपाल), र हेमन्त प्रकाश वलीको नेतृत्वको नेकपा न्युक्लियस रहेको छ । यसरी एउटै आन्दोलनमा विभिन्न भागमा विभाजन भएको माओवादी पार्टीमा जनताको आशा र क्रान्तिप्रति वफादार वन्दै गएको पार्टी नेकपा माओवादी केन्द्र प्रति जनताको पनि आकर्षण बढेको छ । जसको नेतृत्व जनयुद्धका महानायक क. प्रचण्डले गरेका छन् । त्यति हुँदा हुँदै पनि माओवादी केन्द्रले आफुु र आफ्ना नेतृत्वलाई सुधार गर्न आवश्यक छ । अन्त्यमा: माओवादीले सञ्चालन गरेको महान जनयुद्ध कुनै एक व्यक्तिलाई सर्वोच्चता दिनु भन्दा पनि सम्पुर्ण मुक्तिकामी जनताको मुक्तिको लागि लडिएको हो । यसमो पार्टी पंक्तिको ध्यान जानु जरुरी छ । कुनै अमुख व्यक्तिले मात्र यसको फाइदा लिन नपाओस । त्यसका लागि माओवादी आन्दोलनमा स्थापित भएका राजनीति दलहरु एक हुन आवस्यक छ । सन्दर्भ सामाग्री १. रातोपाटी डटकममा प्रकाशित विभिन्न लेख तथा समाचारहरु २. माओवादी केन्द्रबाट प्रकासित मुखपत्ररु ३. माओवादी केन्द्रका विभिन्न नेताहरुले दिएका अभिव्यक्तिहरु ४. झिल्को डटकममा प्रकाशित विभिन्न दस्तावेजहरु ५. एभरेष्ट दैनिकमा प्रकाशित विभिन्न लेखहरु ६. थाहाखबर डटकममा प्रकाशित विभिन्न लेख तथा समाचारहरु

कथा: अर्धपागल

प्रकाश गिरी/ टोलका केटाकेटि झगडा गरीरहँदा मैले दङ्ग परेर हेरेँ। हजुरबाले त्यो देखे र गाली गरे – “केट्केटिलाई झगडा गराएर बस्छस् लण्ठू!” खासमा मैले झगडा गराएको होईन, नछुट्टयाएको मात्र हो… खै के सोचेँछु, म खिस्स हाँसे! “अझ हाँस्छस् अर्धपागल…” *** कक्षा छ मा निर्णय सुनाईयो – “बच्चाहरुले धेरै हल्ला गरे त्यसैले केटा र केटी मिसाएर राख्ने।“ मैले भर्खर नयाँ स्कुल फेरेर गएको थिँए। एउटा साथिसँग पनि राम्रो चिनजान भईसकेको थिएन। यस्तो अवस्थामा मलाई दुईटा केटीहरुको माझमा बस्नुपर्ने भयो। मोरीहरु चन्चले थिए; जिस्किरहने! तर नयाँ स्कुल, नयाँ परीवेश; मलाई लाजले यतिसम्म गलाउँथ्यो कि म उनिहरु छोईएलान् कि भनेर टाङ्गमुनि हात लुकाएर खुम्चिदैँ बस्थेँ। बिस्तारै उनिहरुले मलाई काउकुति र ऐया-आत्था बनाउन थालिसकेका थिए। दुईटिमध्य पनि सलीना झन सहिनसक्नुकी थिई। उसले चिमोट्दा त करेन्टनै लाग्थ्यो। कुन कुना-कन्तरमा कसरी चिमोट्थी…सहि नसक्नु पिँडा, भन्नपनि लाज! वास्तवमै म’माथि हिंसा भो, उजुरी गर्दा सरले हाँसेर उडाईदिए। घर आएर दिदिहरुलाई सुनाँए – “तलाई माया गरेर चिमोटेका हुन् नि कान्छा।” ‘मायै गर्नेभए त बरु म्वाँई खानु’नि!’ – म मनमनै मुर्मुरिन्थे। जेनतेन एकबर्षको कष्ट मैले पार गरेँ। कक्षा सातमा अर्को निर्णय सुनाईयो – “बच्चाहरु जवान भए! अबदेखि एउटा बेन्चमा केटा अर्को बेन्चमा केटी गर्दै राख्ने।“ सलीना मेरैअगाडिको बेन्चमा परी। सरहरुले जवान भयौ भन्दैमा उसको चन्चले बानि हटिसकेको थिएन। ऊ पछाडि फर्केर चल्न खोज्थी तर मलाई सजिलो थियो – सिशाकलमको चुच्चोले ढाडमा च्वास्स… (हाँहाँ!) उफ्रेर अगाडि सरीहाल्थी ! प्रकाश गिरी हाम्रा गणीत शिक्षक साह्रै कडा… कंचटका रौँ तानेर दुई झाप्पु लगाएपछि त पुरै अन्ध्याँरो! त्यहि भएर गणित कक्षामा चाँहि मुश्किलले चल्न पाईन्थ्यो। नत्र त एक बर्षसम्मको हिंसा र अनुभवले म पनि जिस्कन-चल्नमा अभ्यस्त भईसकेको थिँए। दिनमा छ बिषय पढ्ढासम्म त ऊ कमसेकम बाह्रफेरी पछाडि फर्केर मेरो कापीमा कोरिदिन्थी अनी चौँबिसपटक मैले उसको कपाल तान्दथेँ। एकदिन त उसले अति नै रीस उठाएपछि मैलेपनि ब्लेढ लिएर उसको कपालको टुप्पो नै काटिदिएको थिँए। त्यो थाहा पाएपछि ऊ साह्रै नै रिसाई, एक हप्तासम्मै बोलीन! मलाई निक्कै नियास्रो लाग्यो। “ओई! नरिसा न! सरी के! अव त तेरो कपाल उत्रै भैसक्यो त!” – मैले घोसेमुन्टो लगाँउदै प्रायाश्चित गरेँ। “कान समात!” –  ऊ हल्का मुस्कुराई! सायद उसलाई पनि सुरुमा बोल्न अप्ठेरो लागेर म बोलोस् भन्ने प्रतिक्षामा थिई। “हस्!” “उठबस गर्!” मैले एकपटक उठबस् गरेँ – “तेरो स्कर्ट त कति छोटो!” उसले खित्का छाड्दै आफ्नो स्कर्ट सम्हाली र मलाई एक मुढ्कि कसि। मैले उसको कपाल ताने। हामी पहिलेजस्तै भयौँ…!! …मलाई अघि भनेजस्तै गणीत सरसँग निकै डर लाग्थ्यो। त्यसैले म चुपचाप थिएँ। तर सलीनालाई नचल नचल भन्दाभन्दै पछाडि फर्केर मेरो नोटकापीमा कोरी। मलाई रिस उठ्यो। सरको डरले मैले कहि गरिन। उ फेरी पछाडि फर्कि। मैले छेक्न खोज्दाखोज्दै पनि कापीमा अर्को धर्सो कोरीयो। …लौ! ऊ फेरी फर्की, मैले हातले कापी छेकेँ, उसले कलमले घोच्दै मेरो हातैमा कोरेर अघि फर्की। आधा घण्टासम्म सहेपछि मेरो रिसको पोको पड्कियो, भर्खर तिखारेको पेन्सिलको चुच्चो उसको ढाडमा च्वास्श रोपिदिए – ऊ रुन थाली! लौ फसाद! भोलीपल्ट उसको सर्टमा रातो टिका देख्दा थाह भयो, बिचरीको त रगतै आएछ। ऊ रोएको देखेर सर आए र रुनुको कारण सोधे। उसले सुँक्क-सुँक्क गर्दै घोसेमुन्टो लगाई। मलाई कंन्चटका रौँ तान्दा देखिने झिल्का र कुखुरे आशनको सम्झनाले पहिल्यै रिंगटा लाग्ला-लाग्लाजस्तो भयो। ‘आज मरिने त भईयो नै… प्रिन्सिपलसहित पुरै स्कुलमै बेईज्जति पनि हुने भो…अझ बा’लाई पनि बोलाएभने…!” – मलाई संसार अन्ध्यारो लाग्यो। ऊ नबोलेपछि सरले फेरी दोहोर्याएर रुनुको कारण सोधे- “के भो नानी? किन रोएकी?” म यता डरले मुर्छा पर्दे गर्दा उता उसले सानो स्वरमा रुन्चे उत्तर दिई – “सर पेट दुख्यो!” (ओहो! म बाँचे!) सरलाई पेट दुकाईमा धेरे चासो राख्नु ठिक लागेन – “बाहिर जान्छेऊ भने जाऊ!” – सर ब्ल्याकबोर्डतर्फै फर्के। हो…म बाँचे! तर मलाई उसले मरेतुल्य बनाई। कस्सम त्यो बेला च्याप्प अंगालो हालेर च्वाप्प म्वाई खाएर भन्न मन लाग्यो- “प्यारी मलाई चिमोट! प्यारी मलाई चिथोर! यो त साँच्चिकै तिम्रो प्रेम रहेछ… मलाई सधैँ यसरीनै प्रेम गरीराख…।“ ऊ बाहिर गएर मुख धोएर आईछ। बेञ्चमा आएर बस्नेबेला मतिर पुलुक्क हेरेर हाँसी। संसार झलल्लै उज्यालो भयो! *** स्कुलबाट छुटेको आठ बर्षपछि बल्ल उससँग मेरो भेट भयो। मैले सोधेँ – “तिमिलाई याद छ?” ऊ हासिँ ! “सायद जिवन कुनै सिनेमा हुँदो हो त आज तिमि र म एउटा सुखी प्रेम-जोडि बनेर जिवन बिताईरहेका हुन्थ्यौँ होला है?” – मैले जिस्काएँ। “जिन्दगि सिनेमा होईन नि त!” – उसले मेरा पाखुरा चिमोट्दै भनि! उसको चिमोटाई त अझै उस्तै रहेछ। कस्सम मलाई निकै आनन्द आयो…जिवनका सबै दु:ख, कष्ट र तनाव बिर्षाइदिने आनन्द!” म सोच्दैँछु बर्षौँ अगाडिको झगडाले अहिले पो हाम्रो प्रेम गाडा बनाउँदै छ। त्यसैले म बच्चाहरुको झगडामा पनि सुन्दर प्रेम देखेर टोलाईरहन्छु। म साँच्चिकै अर्धपागल मान्छे…।

समीक्षाको मोडमा उभिएको आदिवासी आन्दोलन

नेपालको आदिवासी जनजाति आन्दोलन भनेको विभेद र उत्पीडनको गर्भबाट जन्मिएको आन्दोलन हो । राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले सृजित संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय/जातीय हैकमवाद बिरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शिताको परिणामको उपज हो, आदिवासी आन्दोलन । देशको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्थाहरू बदलिएको परिस्थितिमा नेपालको आदिवासी जनजाति आन्दोलन गम्भीर समिक्षा गनुृपर्ने मोडमा उभिएको छ । संविधान जारी पश्चात्को राजनीतिक अवस्था र आदिवासी जनजाति आन्दोलनलाई प्रभाव पार्ने आन्तरिक र बाह्य तत्वहरूको सुक्ष्म विश्लेषण नगरी आदिवासी आन्दोलनलाई सही दिशामा कदापि डो¥याउन सकिदैन । यतिबेला नेपालको आदिवासी जनजाति आन्दोलनले कतै सही नीति र कार्यक्रम तय गर्न नसकिरहेको त होइन भन्ने एकातिर आशंका छ भने अर्कोतिर सही नीति र कार्यक्रम तय हुँदाहुँदै पनि सशक्त दबाब सिर्जना गर्ने परिवेश बन्न सकिरहेको छैन । त्यसैले, नेपालको अहिलेको समय र परिस्थितिमा ठोस विश्लेषण र सुक्ष्म समिक्षा गरेर सही बाटो र उचित गन्तव्यमा पुग्ने लक्ष्य लिनका लागि आदिवासी आन्दोलनको समिक्षा खड्किएको हो । नेपालको हरेक राजनीतिक, आर्थिक परिवर्तन, देशको विकास र समृद्धिका लागि आदिवासीहरूले रगत र पसिना बगाइरहेको इतिहास छ । २००७, २०४६, २०६२/६३ साल लगायतका नेपालको हरेक राजनीतिक परिवर्तनहरूमा आदिवासी जनजातिहरूको ऐतिहासिक र निर्णायक भूमिका रहेको कुरा इतिहासबाट कदापि छिप्न सक्दैन । देशको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका लागि सबभन्दा जिम्मेवार भूमिप्रेमी आदिवासी समुदाय नै हुन् । तर, नेपाली राज्यबाट षड्यन्त्रपूर्वक ढंगले आदिवासीको पहिचान, अस्तित्व र स्वाभिमानमाथि क्रमशः प्रहार भइरहेको छ । तथाकथित ‘नेपाल एकीकरण’ नामको नेपालको राज्य बिस्तार तथा आन्तरिक औपनिवेशिकरणको शिकार सबभन्दा बढी आदिवासी जनजातिहरू भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । आदिवासी माथिको विभेद अहिले पनि केवल स्वरुप र प्रकृतिमा फरक छ तर त्यो क्रम अझै रोकिएको छैन । नेपालको संविधान जारी भएदेखिन् राज्य सरकार झनभन्दा झन आदिवासी जनजातिको मुद्धाहरूप्रति मात्र होइन आदिवासी जनजाति समुदायप्रति नै अनुदार भइरहेको स्पष्ट देखिन्छ । यस परिस्थितिमा आदिवासी आन्दोलनका अधिकार र सरोकारवालाहरू, अभियन्ता र शुभेच्छुकहरूबीच गहन बहस गरी आगामी बाटो तय गर्नु नै अहिलेको समय र परिस्थितिको माग हो । त्यसैगरी, संविधानले निर्देश, परिकल्पना गरेका र सो मुताबिक बनिरहेका ऐन, कानून, नीति, कार्यक्रमहरूमा आदिवासीका मुद्धाहरूलाई छिराउनका लागि पनि रणनीतिक कदम चाल्न त्यत्तिकै जरुरी छ । नेपालको भौगोलिक एकीकरणपश्चात् शुरु भएको आधुनिक राज्य व्यवस्थाले आदिवासी जनजातिहरूको भूमि, स्रोत, पहिचान, अस्तित्व, अधिकार, प्रतिनिधित्व, आदिवासीय जीविकोपार्जनको पद्धतिमाथि र राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक रुपले शोषण, दमन र विभेद अहिले २१ औं शताब्दी सम्ममा पनि जारी छ । नेपाली राज्यले वर्ण, जाति, भाषा, धर्म, संस्कृति, क्षेत्र, लिङ्गकै आधारमा गोर्खा राज्यको बिस्तारसँगै शृङ्खलाबद्ध रुपले विभेद ग¥यो र गरिरहेको छ । एक जाति ९खस आर्य० एक भाषा ९नेपाली०, एक धर्म ९हिन्दू०, एक संस्कृति ९हिन्दू०लाई मात्र नेपाली राज्यले काखी च्यापेर अरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले बहिष्करण र हिन्दूकरणको नीति, कार्यक्रम तय गरी लागू ग¥यो र अहिले पनि गरिहेको छ । संविधान, ऐन, कानून, नीति, नियमावली, निर्देशिका सबै–सबैमा तथाकथित उच्च जातीय ९खस आर्य०लाई नै कुनै न कुनै रुपले अनुकूल हुने गरी तय ग¥यो र गरिरहेको छ । नेपालको संविधान–२०७२ त्यसैको पछिल्लो पराकाष्ठा हो । देशको कूल जनसंख्याको ३७ प्रतिशत भन्दा बढी आदिवासी जनजातिको दृष्टकोणले संविधानमा आदिवासी जनजाति बिरुद्धका ११ वटा धाराहरू, आदिवासी जनजातिप्रति विभेदकारी २३ वटा धाराहरू, आदिवासी जनजातिलाई बहिष्करण गर्ने ४९ वटा धाराहरू र एकल जातीय सर्वोच्चता कायम गर्ने ५ वटा धाराहरू रहेको विश्लेषण छ । लोकतान्त्रिक आन्दोलन २०६२/६३, दश वर्षे सशस्त्र संघर्ष, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, पहिचानजनित आन्दोलनहरूको जगमा दई/दुईवटा संविधान सभाको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान जारी गर्न असफल रह्यो र दोस्रो संविधानसभाले एक थान संविधान त दियो तर सदिऔँदेखि विभदेमा पारिएका आदिवासी जनजाति, मधेसी, दलित, महिला, धार्मिक अल्पसंख्यक, भाषिक, क्षेत्रगत उत्पीडनमा पारिएका जनताका लागि विभेद अन्त्यको सुनिश्चितताको गुन्जायस दिन सकेन । बरु नश्लवादी सत्ताले थप विभेद सुनिश्चतताको सजिलो बाटो कोरेको आम आदिवासी जनताले अनुभूत गरिरहेका छन् । आदिवासी जनजाति आन्दोलनले उठाएका मूलभूत पहिचान र अधिकारका मुद्धाहरूलाई छाडेर आंशिक रुपमा त्यो पनि जालझेल गरेर संविधानमा समेटिएको बहाना गर्दै सिङ्गो मुलुक र समग्र आदिवासीलगायत उत्पीडित र बहिष्कृत जनतालाई भ्रम छर्न खोजिएको छ । संविधान जारी पश्चात् जातीवादी चरित्र बोकेको सत्ताले आदिवासी, मधेसी, दलित, महिला, मुस्लिम लगायतको मुद्धाहरूलाई पुरै इन्कार गर्न खोजिँदै छ । राज्य सत्ताको विभेदकारी र प्रतिगामी सोँच, चिन्तन र व्यवहारको बिरुद्ध सशक्त प्रतिकारका लागि आदिवासी एकता बिना कदापि सम्भव छैन । त्यसका लािग पनि गहन बहस, छलफल र समिक्षा जरुरी छ । अझ भनौं, आदिवासी भाषामा ‘धोइपखाली’ पनि जरुरी छ । सम्वत् २०४६ को राजनीतिक परिवर्तनपछि नेपालको आदिवासी जनजाति आन्दोलन सशक्त सामाजिक आन्दोलनको रुपमा स्थापित त छ तर क्रमशः कमजोर बनिरहेको त छैन भन्ने आशंकाहरू विद्यमान छन् । र केही सत्यता पनि छ । नेपालको संविधान आदिवासी जनजातीय दृष्टिकोणले विभेदकारी त थियो नै । सोही संविधानअन्तर्गत बनिरहेका विभिन्न ऐन, कानून, नीति र कार्यक्रमहरूमा आदिवासी जनजातिका सवालहरू क्रमशः उपेक्षित हुँदै गइरहेको परिप्रेक्ष्य एकातिर छ भने अर्कोतिर राजनीतिक, सामाजिक वृत्तमा आदिवासी जनजातिका मुद्धाहरूले प्रभावकारी स्थान पाइरहेको अवस्था छैन । करिब पछिल्लो दुई दशकदेखि वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक संघीय शासन प्रणाली सहितको अग्रगामी पुनर्संरचना गरिने भनिएको बाचा ७ प्रदेशको खाका र ७४४ संख्याको स्थानीय तहको संरचनाले आभास दिने खालको देखिदैन । राज्यको अग्रगामी पुनर्संरचना गर्ने भनिए पनि अन्ततः खस आर्यको बचस्र्व स्थापित गर्ने गरी सात प्रदेशको संघीय खाका निर्माण गरियो । नियोजित रुपले दुई नम्बर प्रदेशबाहेक ६ वटै प्रदेशहरूमा खस आर्यको बहुमत र बाहुल्यता हुने गरी प्रदेशहरूमा जनसंख्याको बितरण गरियो । नेपालका आदिवासी जनजातिहरूको जनसांख्यिक ‘क्लस्टर’लाई हिजोका संरचनाहरूले झैँ र अझ त्योभन्दा बढी खण्डीकृत गरिएको छ । गाउँपालिका, नगरपालिकाका अधिकांश नामहरू हिन्दू धर्म र संस्कृतिको मूल्य, मान्यतामा आधारित भएर ‘श्वर’, ‘देवी’, ‘माई’ शब्द अरु शब्दको अघिपछि थप्दै हिन्दूकृत÷संस्कृतकरण गरेर राखिएका छन् । आदिवासी जनजातिका पहिचानलाई गाउँपालिका र नगरपालिकाको नामाङ्कन गर्दा समेत पुरै बेवास्ता गरिएको छ । तसर्थ, आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि नेपालको आदिवासी जनजाति आन्दोलनको समिक्षाको आवश्यकता झन्भन्दा झन बढेर गएको छ । बदलिँदो परिस्थितिअनुसार अहिलेका राज्यसत्ता र सत्तापक्ष राजनीतिक दलहरूको व्यवहार र कार्यशैलीमा फरक देखिँदैन । बरु हिजोका राजा, महाराजाहरूको शासनताका झैँ एक जाति ९बाहुन०, एक संस्कृति ९हिन्दू०, एक भाषा ९खस नेपाली०, एक धर्म ९हिन्दू० र एक भेष ९लबेदा दौरा सुरुवाल र साडी चोलो०, एक दर्शन ९मनुस्मृति०मा टेकासो लगाएको तथाकथित महेन्द्रीय राष्ट्रवादको अवतारी रुपधारण गरेको देखिन्छ । जसको विनिर्माण र ध्वंस नगरी विविधतापूर्ण साझा नेपाल बन्नै सक्दैन । आदिवासी जनजाति, मधेसी, दलित, बाहुन क्षत्री र धार्मिक अल्पसङ्ख्यकसहितको मूलतः पाँच बृहत सामाजिक–जनसाङ्ख्यिक उपस्थितिको वस्तुगत यथार्थलाई नस्वीकारी सामाजिक सहिष्णुता र सद्भावरुपी इन्द्रेणी नेपाल पनि बन्न सक्दैन । मुलुकले नीतिगत र व्यवहारिक रुपले विभेदको अन्त्यको बाटो अबलम्बन नगरेसम्म न त देशमा शान्ति नै हुन सक्छ न त सम्बृद्धि नै । देश झनभन्दा झन द्वन्द्वमा फस्ने निश्चित छ । त्यसको दोष विभेदकारी संविधान निर्माताहरू र राज्य सञ्चालनमा रहेकाहरू नै सबभन्दा बढी हुनुपर्ने हो । तर नश्लीय जातीवादी सत्ताले आफूले गरेको कमजोरी कहिल्यै महशुस गरेको देखिँदैन । त्यही नै नेपालको दुर्भाग्य हो । तर पनि त्यसलाई चिर्नका लागि आदिवासी आन्दोलनले देशको समृद्धि र विकास सबैखाले विभेदरहित समाजमा मात्र सम्भव छ भन्ने कुरा सिकाउन जरुरी छ । नेपाल आदिवासी जनजाति महासंघको स्थापना सम्वत् २०४७ देखि नै नेपाल आदिवासी जनजाति आन्दोलनको नेतृत्व महासंघले गरिरहेको छ । नेपालमा आदिवासी जनजातिहरूमाथि भइरहेको अन्याय, विभेद, शोषण, दमनका बिरुद्ध महासंघले आवाज उठाउँदै आइरहेको छ । महासंघको नेतृत्वकर्ताहरूबाट समय कालमा भएका कमी कमजोरीहरूले गर्दा आम आदिवासी समुदायमा निराशा छाएको यथार्थ हो । समय र परिस्थितिलाई नेतृत्वले सही ढङ्गले बुझ्न नसक्दा महासंघमाथि अविश्वास र आंशका बढेर गएको पनि कटु सत्य हो । त्यसखाले अविश्वास र आंशकालाई विश्वासमा परिणत गर्न स्वभाविक रुपमा केही चुनौतिहरूको सामना गर्नुपर्दछ । ‘आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको दशौं वार्षिकोत्सव’ भन्ने विश्वब्यापी नारासहित यस वर्ष पनि ३ सय ७० मिलियन भन्दा बढी विश्वका आदिवासीहरूले पहिचान र अधिकार प्राप्ति गर्ने आन्दोलनको रुपमा ‘विश्वका आदिवासीहरूको २३औँ अन्तर्राष्ट्रिय दिवस–२०१७’ मनाइरहँदा नेपालका आदिवासी जनजातिहरूले पनि शसक्त आन्दोलनको आधार निर्माणको रुपमा मनाउने उद्घोष गरिरहेका छन् । यस पृष्ठभूमिमा नेपालको जातीवादी सत्ताको बिरुद्ध लड्न र विभेदरहित समाज निर्माणका लागि आदिवासी जनजाति आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख सवाल हो । विश्वभरका आदिवासी जनजातिहरूमाथि राज्यपक्ष र औपनिवेशिक शासन सत्ताबाट नियोजित रुपले कुनै न कुनै रुपमा भइरहेको राजनीतिक, भाषिक, सांस्कृतिक, धार्मिक, शैक्षिक आदि विभेद तथा मानव अधिकार हनन्लगायत सबैखाले उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र संघद्धारा सन् १९९४ मा घोषणा गरिएको विश्व आदिवासी दिवस’को मूल ‘स्पिरिट’लाई नेपालमा कार्यान्वयन गर्न गराउन पनि आदिवासी जनजातिको एकता बिना कदापि सम्भव हुन सक्दैन । त्यसैका लागि गम्भीर समिक्षा गरेर आगामी बाटो तय गर्नु अहिलको अहम् विषय हो । नेपालको आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्धा पहिचान र अधिकारसँग सम्बन्धित छ । त्यो भनेको नै पहिचान, सामूहिक अधिकारसहितको स्वायत्त शासन/स्वायत्तता र जातीय जनसंख्याको आधारमा राज्यका हरेक अंगहरूमा समानुपातिक प्रतिनिधित्व हो । र आदिवासी जनजातिहरूले उठाएका मुद्धाहरू अन्ततः देशकै मुद्धा हो । अहिलको परिस्थितिमा सो मुद्धाहरू सम्बोधनका लागि संविधान संशोधन नगरी कदापि सम्भव छैन । त्यसका लागि, आदिवासी जनजातिहरू सडक, सदन र विभिन्न क्षेत्रहरूमा लड्नुपर्ने अवस्था छ । राज्यसत्ता, सत्ता सञ्चालक दलहरू, राज्यका सम्पूर्ण संयन्त्रहरू आदिवासी जनजातिलगायत मधेसी, दलित, मुस्लिम समुदायप्रति नै झन् भन्दा झन् अनुदार भइरहेको परिस्थितीमा आदिवासी आन्दोलनका प्रमुख संगठन तथा संयन्त्रहरू, अभियन्ताहरू, आदिवासी राजनीतिकर्मीहरू, प्राज्ञिक, लेखक, पत्रकार, पेसाकर्मी, सरकारी संयन्त्रमा रहेकाहरू, नीजि क्षेत्रमा क्रियाशीलहरूलगायत सम्पूर्ण सरोकारहरूबीच गम्भीर बहस, छलफल र समिक्षा हुनु नै अहिलको प्रमुख विषय हो । जसले नेपालको आदिवासी आन्दोलनको सही दिशा दिन सकोस् र आन्दोलनको वातावरण सिर्जना गर्न सकोस् । नेपालको आदिवासी जनजाति आन्दोलनको गरिमा र आत्मसम्मान कायम गरेर शिर उच्च पारिराख्ने कामना ‘माङ्गेना’का लागि सम्पूर्ण आदिवासी जनजातिहरू आग्रह र पूर्वाग्रहबाट मुक्त भई बृहत्तर आदिवासीको हितमा सोँचौ, यही नै सम्पूर्ण आदिवासीहरूमा ‘विश्व आदिवासी दिवस–२०१७ को शुभकामना । (छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष हुन् ।)

मध्यरातमा एक्ली युवतीले लिफ्ट माग्दा…

लिफ्टका लागि हात हल्लियो । यति राति मागिएको लिफ्टलाई बेवास्तागर्न मिल्दैन भन्नेलाग्यो । प्रायः अफिसको काम सकेर म रातको १२ बजे घर जान्थेँ । नयाँ बानेश्वरबाट कीर्तिपुरसम्मको यात्र हुन्थ्यो। त्यसदिन पनि म बबरमहल पुगेको थिएँ । जहाँ कुनै युवतीको हात हल्लियो । र, म आफ्नो मोटरसाइकल रोक्न बाध्य भएँ । ००० ‘प्लिज मलाई लिफ्ट दिनु न दाइ, ट्याक्सी नि पाइएन’ मधुर आवाजमा उसले भनी । तर, उसको दाइ शब्दले मलाई कताकता नरमाइलो लाग्यो ।एकपटक ऊतिर कर्के नजर लगाएँ । साँच्चै आत्तिएकीजस्ती देखिन्थी ऊ । मैले उसको उमेर पनि अनुमान लगाएँ । सायद २० वर्षकी हुँदी हो । मभन्दा ३, ४ वर्ष सानै रहिछे त, मनमनै सोचेँ । अनि फेरि उसको दाइ शब्द कानमा गुञ्जियो ।‘कहाँसम्म जाने ?’ मैले प्रश्न तेस्र्याइहालेँ । ‘बल्खु’ उसले तत्काल उत्तर फर्काई । बाइकमा बस्न आग्रह गरेँ । उसले कत्ति ढिला गरिन । ००० ऊ को हो ? के गर्छे ? यति राति एक्लै किन यसरी हिँडेकी होली ? भन्ने प्रश्नले मनमा काउकुती लागिरह्यो । सामान्य गेटअप र एउटा साइड ब्यागमा सजिएकी ऊबारे मलाई अनुमान लगाउन गाह्रो पर्यो । कतै लुटेरापो होकि ?बाटोमा ग्याङ पो छ कि ? भन्ने प्रश्न मनमा खेल्न छाडेन । लजालु स्वभावको म, केटीहरूसँग कम नै बोल्ने गर्थेँ । त्यसैले होला न ऊसँग बोल्ने आँट नै आयो । त्रिपुरेश्वर पुगेपछि उसले नै सोधी, ‘यति राति हजुर कताबाट आउनुभएको नि ?’मेरा लागि रात, उसका लागि दिन !‘कताबाट आउँदै हुनुहुन्छ भने भइहाल्थ्यो नि’ मनमा फेरि कुराहरू खेल्न थाले । ‘म अफिसबाट आउँदै’ त्यसलाई बेवास्ता गर्दै मैले उत्तर फर्काएँ । ‘यति रातिसम्म अफिस ! के काम गर्नुहुन्छ नि ?’ नपत्याएजसरी उसले सोधी । डान्सबारको बाउन्सर या आफ्नै दोहोरी साँझ छ भन्न मन लागेको थियो । तर, भनिनँ । आफ्नो पेसा लुकाउनु त्यसलाई अपमान गरेसरह हुने ठहर गरेँ । र, भने, ‘पत्रकार हुँ ।’ ‘ओ आई सी’ उसले रियाक्सन देखाई । मलाई त्यसप्रति कुनै चासो भएन । यदि उसलाई पत्रकारिताप्रति केही जानकारी छ भने यति रातिसम्म बस्नुपर्छ र ? भन्ने प्रश्न गर्दिन भन्ने लाग्यो । र, गरिन पनि । हामी कालिमाटी पुगिसकेका थियौँ । उसले मलाई दुईवटा प्रश्न गर्दा मैले पनि केही सोध्नुपर्छजस्तो लाग्यो । ‘तिमीचाहिँ कहाँबाट आउँदै छौँ नि ?’ धेरै नसोची सोधिहालेँ । ‘म बार डान्सर हुँ, त्यहीँबाट आउँदैछु ।’ उसले पनि कुनै हिचकिचाहटविना उत्तर दिई । उसको गेटअप हेर्दा ऊ बार डान्सरजस्ती देखिँदैनथी । मेकअप भने मज्जैले गरेकी थिई । मैले फेरि सोधेँ, ‘यही ड्रेसमा डान्स गर्छौ?’ ‘कहिल्यै डान्सबार जानुभएको छैन क्या हो । घर निक्लँदा चेन्ज गरेर आउँछौँ,’ उसले भनी । एकपटक साथीले जाऊँ भनेको थियो । तर, म गइनँ । साँच्ची भन्ने हो भने म कहिल्यै डान्सबार गएको थिइनँ । केटीहरू छोटा लुगा लगाएर नाच्छन् भन्ने सुनेको थिएँ । पत्रकार भएर पनि होला डान्सबारकी केटी भेट्दा मलाई खुसी लाग्यो । सुनेको थिएँ उनीहरू धेरै संघर्षबाट यहाँसम्म आएका हुन्छन् । त्यसैले पनि ऊ मेरा लागि समाचार थिई । यसको स्टोरी गर्न पाए कस्तो राम्रो हुन्थ्यो होला भन्नेसम्म सोच्न भ्याइसकेछु । मलाई ऊबारे जान्ने इच्छा जाग्यो । बाइकको स्पिड कम गरेँ । र, उसको प्रश्नको उत्तर फर्काउँदै भनेँ, ‘गएको छैन । साँच्ची के हुन्छ त्यहाँ ?’ ऊ मेरो कुरा सुनेर जोडजोडले हाँस्न थाली । एकैछिनमा रोकिई । र, भनी, ‘सरी ।’ डान्सबारका केटी छाडा हुन्छन् भन्ने सुनेको थिएँ । तर, ऊ हरेक कुरामा सिरियस देखिन्थी । बोल्ने शैली पनि अनुशासित थियो । मनमा धेरै प्रश्नहरू थिए । तर, बल्खु आउनै लाग्यो । अब के गर्ने ?कुनै आइडिया आएन । सोच्दासोच्दै बल्खु चोक नै आइपुग्यो । ‘हजुर कहाँसम्म ?’ चोकनिर बाइक रोक्नासाथ उसले प्रश्न गरी । ‘कीर्तिपुर’ मैले भनेँ । ‘म नि त्यतै हो । अघि तपाईं कहाँसम्म भन्ने थाहा थिएन, बल्खुसम्म जान पाए हिँड्दै नि जान्थेँ भनेरबल्खु भनेकी,’ उसले भनी । मलाई भने ठूलै राहत मिलेजस्तो भयो । हत्तपत्त प्रश्न गर्न थालिहालेँ, ‘के तिमी यो कामबाट खुसी छौ?’ उसले पनि उत्तर दिइहाली, ‘अरू काम कसले दिन्छ र हामीलाई । न धेरै पढ्न सकियो, न कोही चिनेजानेका नै छन्। जे पाइन्छ त्यही गर्ने हो ।’ ‘धेरै नपढे पनि इंग्लिस त राम्रै बोल्दिरहिछौ त ?’ मैले भनेँ । ‘११ कक्षासम्म त पढेकी हुँ नि । पढाइमा राम्रै थिएँ । पछि बुवा बित्नुभयो । आमा अर्कैसँग गइन् । त्यसपछि पढ्न सकिनँ,’ उसले आफ्ना व्यक्तिगत कुरा पनि खोल्न थाली । उसको कुराले मलाई भने कताकता छोयो । कुनै भूमिका नबाँधी अर्को प्रश्न तेस्र्याइहालेँ, ‘अरू काम पायौ भने गर्छौ त ? तिमी बोल्नमा सिपालु रहिछौ ।’ ‘पाए त किन नगर्नू,’ उसले छोटो जवाफ फर्काई । मैले उसलाई अफिसमा खाली रहेको रिसेप्सनिस्टको पोस्टमा अफर गरेँ । ‘तलब कति ?’ उसले प्रश्न गरी । ‘सुरुमा १५ हजार । राम्रो गर्दै गयौ भने बढ्छ,’ मैले भनेँ । ‘अहिलेको भन्दा दोब्बर’ ऊ खुसी भई । यसमै उसको हुन्छ को लवज मिसिएको थियो । ‘काम कहिलेदेखि सुरु गर्छौ त ?’ मैले सोधेँ । ‘भोलिदेखि नै,’ उसले भनी । ‘ल म यहीँनिर हो, रोक्नुस् ल,’ कीर्तिपुर प्रवेशद्वार नपुग्दै उसले भनी । मैले बाइक रोकेँ । ऊ झरी । उसको नम्बर मागेँ र फोन गर्ने बताएँ । ‘सुन्नुस् न…’ ऊ केही भन्दै थिई,तर रोकिई । ‘भन न,’ मैले भनेँ । ‘यतिठूलो गुन लगाउनुभयो, मसँग दिने केही छैन । हजुरलाई केवल एक रात दिनसक्छु,’उसको कुरा सुनेर झसंग भएँ । म केही बोलिनँ । फेरि उसले नै भन्न थाली, ‘यो काठमाडौंमा शरीर धरौटी नराखी केही नपाइँदो रहेछ । मलाई त बानी परिसक्यो । धेरैले आश्वासन दिँदै मेरो भावनासँग खेले । तर, तपाईं उनीहरूभन्दा फरक लाग्यो, आश्वासन पूरा गर्ने खालको । त्यसैले…’ ऊ फेरि रोकिई । उसको कुरा सुनेर खस्नै लागेको आँसु थामेँ । उसले मैले अहिलेसम्म नदेखेको काठमाडौंको भित्री चरित्र देखाइदिई । साँच्ची कति निर्दयी रहेछ यो काठमाडौं ! ‘आजदेखि तिमी मेरी बहिनी भयौँ । मेरा दिदीबहिनी छैेनन् । अब म हरेक तिहारमा तिमीसँग भाइटीका लगाउँछु,’ उसमा रहेको काठमाडौंप्रतिको अविश्वास र त्रास चिर्ने प्रयास गरेँ । कति सफल भएँ मलाई थाहा छैन । तर, अब उसलाई सही बाटोमा ल्याउने जिम्मेवारी मेरो काँधमा थियो । मेरो कुरा सुनेर उसको आँखाबाट आँसु झरिरहेको थियो । सायद त्यो खुसीको आँसु हुनुपर्छ । अब मलाई उसको जीवनी उतारेर पत्रिकाको पानामा व्यापार गर्नुथिएन । थियो त केवल उसलाईसही बाटो देखाउने र पढाइका लागि प्रेरणा दिने । ऊसँग छुट्टिँदै गर्दा मनमनै सोचेँ, ‘उसमा रहेको काठमाडौंप्रतिको बुझाइ परिवर्तन गर्नैपर्छ ।’ (कृष्ण आचार्य, नयाँ पत्रिकाकाे गज्जब साप्ताहिकबाट)