खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले निजी मेडिकल कलेजहरुलाई फाइदा पुग्ने गरी गरेको निर्णय स्थगित भएको छ । भदौ ५ मा उपकुलपतिबाट अवकाश पाउँदै गर्दा खनियाँले चिकित्सा शिक्षामा प्रवेश परीक्षा बिनै विदेशी विद्यार्थी भर्ना गर्ने विवादास्पद निर्णय गरेका थिए ।
स्रोतकाअनुसार कार्यवहाक उपकुलपति सुधा त्रिपाठीले प्राज्ञिक परिषद्को बैठक डाँकेर उक्त निर्णय थप छलफलका लागि विद्या परिषद्मा पठाउने निर्णय गराएकी हुन्। खनियाँले विद्या परिषद्को सहमति र प्रस्ताव बिनै मेडिकल कलेज संचालकहरुको आग्रहमा प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने (नीड) लाई मान्यता दिएका थिए। त्रिपाठीले उक्त निर्णयबारे जानकारी नभएको प्रतिक्रिया दिएकी थिइन्।
सरकारले कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएपछि त्रिपाठीले प्राज्ञिक परिषद्बाट पुनर्विचार र थप छलफलका लागि उक्त निर्णय विद्या परिषद्मा फिर्ता पठाइदिएकी हुन्। जसका कारण विदेशी विद्यार्थीले यहाँका मेडिकल कलेजहरुमा भर्ना हुन अब अनिवार्य रुपमा प्रवेश परीक्षा पास गरेको हुनुपर्नेछ। प्राज्ञिक परिषदले विद्या परिषद्को राय लिएर नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (नीट) सम्बन्धी निर्णय रद्ध गर्ने त्रिवि स्रोतले जनाएको छ। यस विषयमा त्रिपाठीले कान्तिपुरसँग कुरा गर्न चाहिनन्।
‘प्राज्ञिक परिषद्मा उक्त निर्णयबारे छलफल चाँहि गरियो, केहि दिनमा पूर्ण निर्णय आउँछ,’ उनले भनिन्। प्राज्ञिक परिषद् बैठकमा खनियाँले गराएको निर्णय विद्या परिषद्मा फिर्ता मात्र गराउने कि रद्ध नै गर्ने भनेर छलफल भएको थियो। रद्ध गर्ने सहमति नजुटेपछि विद्या परिषद्को राय बुझेर मात्र निर्णय लिन लागिएको हो।
प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्ने निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त कमाइ हुने थियो। खनियाँले त्रिवि अन्तर्गतका ६ निजी कलेजहरुको प्रभावमा विदेशी विद्यार्थीलाई भर्ना सहज हुने गरी निर्णय गराइदिएका थिए। उक्त निर्णयबारे प्राज्ञिक परिषद्ले समेत अनविज्ञता प्रकट गर्दै आएको थियो।
नेपालका मेडिकल कलेजमा विदेशी विद्यार्थीका लागि कुल सिटको ३० प्रतिशत सिट तोकिएको छ। ती सिट विदेशी विद्यार्थीले पुरा नभए नेपाली विद्यार्थीले भर्ना पाउँछन्। गत वर्ष त्रिवि चिकित्सा शिक्षा अध्ययन शास्त्र (आईओएममा) भारतीय विद्यार्थीले प्रवेश परीक्षा पास गर्न नसकेपछि एक सय ५० नेपाली विद्यार्थीले उक्त रिक्त ठाउँमा भर्ना पाएका थिए।
यदि नीट लागु नभए प्रवेश परीक्षामा सहभागी नभई पुरा सिटमा विदेशी विद्यार्थी भर्ना हुन्छन्। ती विद्यार्थीबाट मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा दोब्बर शुल्क लिने गर्छन्। सोहि कारण उनीहरुले निर्णय गराउन दबाब दिँदै आएका थिए। भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले निट उत्तीर्ण गरेको हुनुपर्छ। आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो।
गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिने र नदिने छलफल भए पनि निर्णय भएको थिएन। तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरेका थिए।
त्रिविमा आबद्ध निजी मेडिकल कलेजहरूको संस्था ‘सोसाइटी अफ टीयू अफिलिएटेड हेल्थ इस्टिच्युसन्स नेपाल (स्टाहिन) ले ‘यस शैक्षिक सत्रदेखि निट लागू गर्ने’ भनी निवेदन दिएको थियो। सोहि आधारमा खनियाँले प्राज्ञिक परिषद्का सबै सदस्यलाई समेत थाहा नदिई निर्णय गराउन सफल भएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
अबदेखि सबै जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिने
काठमाडौंः यस वर्षदेखि शिक्षक तथा शिक्षासेवीलाई वैज्ञानिक मापदण्ड तयार गरेर पुरस्कार दिइने भएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले त्यस्तो आधार तय गरेको हो । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइने गरेको भन्दै आलोचना हुने गर्दथ्यो । दिवसमा विद्यालयहरुलाई भने तिनले हासिल गरेको नतिजाका आधारमा राष्ट्रिय र प्रदेशगतरुपमा राष्ट्रिय शिल्ड, ध्वजा र नगद पुरस्कार दिइँदै आएको छ । विगतको जस्तो धेरै सङ्ख्यामा नभई स्पष्ट मापदण्डका आधारमा सीमित व्यक्तिलाई पुरस्कृत गर्ने समितिको तयारी छ । मापदण्डबिना पुरस्कार दिँदा दिने र लिने पक्षसमेत आलोचित हुँदै आएको स्थितिमा कार्यसम्पादन मूल्याङ्कन र परिणाम सूचकका आधारमा पुरस्कार दिन लागिएको हो । समितिको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लाबाट एक एक जना उत्कृष्ट शिक्षकका लागि फारम भरी पठाउन पत्राचार गरेको छ । उक्त फारममा पाँच सूचक र तिनका लागि अङ्कभार समेत समावेश गरिएको छ । उत्कृष्ट शिक्षक छनोटका लागि शिक्षकले पठनपाठन गरेका कक्षाहरुको कक्षागत औसत सिकाइ उपलब्धिका लागि ४०, शिक्षकले अध्यापन गर्ने तहको शैक्षिक उपलब्धिका लागि २०, शिक्षण सिकाइमा पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री र उपयुक्त शिक्षण विधिको प्रयोगका लागि २०, विद्यालयमा अतिरिक्त तथा सहक्रियाकलापको सञ्चालनमा योगदानका लागि १० र विद्यालयको विकासका लागि पुर्याएको योगदानका लागि १० गरी १०० पूर्णाङ्क निर्धारण गरिएको छ । पुरस्कार सिफारिसका लागि कम्तीमा १० वर्षको शिक्षण अनुभव भएको, स्थायी शिक्षक रहेको, हप्तामा २४ पिरियडभन्दा बढी शिक्षण गर्ने गरेको, नयाँ खोज तथा कार्यमूलक अनुसन्धान गरेको, बढुवा भएको तीन वर्ष अवधि पूरा भएको, कार्यसम्पादन मूल्याङ्कनमा ९० अङ्क ल्याएको, तालीम प्राप्त, विभागीय कारवाही नभएको, माथिल्लो कक्षाको आफ्नो विषयमा विद्यार्थी प्राप्ताङ्क औसत ८० प्रतिशतभन्दा बढी भएको थप आधार तय गरिएको छ । यस्तै विद्यालयको नाममा बेरुजु नरहेको, छात्रवृत्ति, पाठ्ययुस्तक आदि समयमै वितरण गरेको (प्रअ भएमा), सामाजिक परीक्षण, कानूनी लेखा परीक्षण नियमित गरेको, विद्यालय व्यवस्थापन समितिको गठन समयमै गरेको हुनुपर्ने पनि आधार तय गरिएको छ । नेपाल शिक्षक महासङ्घका कावाअध्यक्ष पूर्णप्रसाद दवाडीले यस प्रकारको छनोट मापदण्डले शिक्षकहरुमा विवाद कम हुने र काम गर्नेको सही मूल्याङ्कन हुने अपेक्षा व्यक्त गरे ।
पहिले १३४ नम्बरमा निस्किएको नाम अहिले पहिलो नम्बरमा
काठमाडौं । मास्टर अफ ल (एलएलएम)को प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ । त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो । डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ । पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन् । पहिलो नतिजामा ४६।३३ प्रतिशत प्राप्त गरी २९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२.३३ प्रतिशतसहित २ नम्बरमा नाम निस्किएको छ । पहिलो सूचीमा ७७ प्रतिशत ल्याई ९ नम्बरमा नाम निकालेका सुरज सेजुवाल अहिले ७८ प्रतिशतसहित ८ नम्बरमा आएका छन् । पहिलेको सूचीमा २९८ नम्बरमा रहेका सुवास भण्डारीको नाम दोस्रो सूचीमा २२ नम्बरमा छ । पहिले ६७ नम्बरमा रहेकी यमुना सिंखडा अहिले ५८ नम्बरमा छिन् । त्यस्तै, पहिले ७७ नम्बरमा रहेकी प्रवीणा कटुवालको नाम पछिल्लो सूचीमा ६७ नम्बरमा छ । ११० नम्बरमा रहेकी सुजना कोइरालाको नाम अहिले १०२ नम्बरमा निस्किएको छ । त्यस्तै पहिले ११२ नम्बरमा रहेका सबिन तामाङ अहिले १०७ मा तानिएका छन् । नतिजा नै उल्टिँदा कतिपय विद्यार्थी भर्ना अभियानबाटै बाहिरिएका छन् । पहिलो सूचीमा ९७ नम्बरमा नाम निकालेकी श्वेता रानाभाट दोस्रो सूचीमा १८२ नम्बरमा धकेलिएकी छिन् । त्रिविको आंगिक नेपाल ल क्याम्पसमा ८५ जना र सम्बन्धनप्राप्त नेसनल कलेजमा ५० जनाले मात्र भर्ना पाउँछन् । मंगलबार नेपाल ल क्याम्पस पुगेकी रानाभाटले भर्ना तयारीमा लागिरहेका वेला नतिजा उल्ट्याउँदा अवसरबाटै वञ्चित भएको बताइन् । अर्का विद्यार्थी सोहन श्रेष्ठको पनि उस्तै अवस्था छ । पहिलो सूचीमा ३८ नम्बरमा नाम निकालेका श्रेष्ठको नाम दोस्रो सूचीमा २९७ नम्बरमा पुगेको छ । पहिले १ नम्बरमा नाम निकालेर अहिले तेस्रो नम्बरमा धकेलिएका गिरिराज अर्यालले डिन कार्यालयबाट ठूलो धोका भएको भन्दै गुनासो गरे । एलएलएम प्रवेश परीक्षामा कोटाभित्रै नाम निस्किएपछि भर्ना अभियानमा लागेका विद्यार्थी निराशसँगै आक्रोशित पनि भएका छन् । डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसैअनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ । तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन् । डिन कार्यालयमा ताला अख्तियारमा उजुरी नतिजा उल्टिएपछि आक्रोशित विद्यार्थीले कानुन संकायको डिन कार्यालय र परीक्षा शाखामा ताला लगाएका छन् । प्रवेश परीक्षामा अनियमितता भएको र पारदर्शी नभएको भन्दै ताला लगाएका हुन् । अनेरास्ववियुका क्याम्पस कमिटी सहसचिव निश्चल वाग्लेले प्राविधिक त्रुटिभन्दा पनि धेरै फेरबदल भएकाले अनियमितताको आशंका भएको बताए । ‘मैले पनि एलएलएमको प्रवेश परीक्षा दिएको थिएँ, पहिले १६औँ नम्बरमा नाम थियो, पछि १८औँमा पुगेछ,’ उनले भने, ‘प्रवेश परीक्षा दिएका केही साथीले अख्तियारमा समेत उजुरी गर्नुभएको छ, अदालत पनि जाने तयारी छ ।’ केही विद्यार्थीको दुईपटकको नतिजा–अन्तर निकै तलमाथि परेकाले अस्वाभाविक देखिएको उनले बताए । यस विषयमा अनेरास्ववियु र क्रान्तिरकारी मिलेर अब के गर्ने भन्ने विषयमा निर्णय लिने बताए । कापीमा एउटा, कम्प्युटरमा अर्कै नम्बर इन्ट्री भएको रहेछः विनयसिंह सिजापती डिन, कानुन संकाय, त्रिवि प्रवेश परीक्षाको नतिजामा चित्त नबुझे पाँच दिनभित्र उजुरी दिन सक्ने व्यवस्था छ । नतिजा आएपछि केही विद्यार्थीले चित्त नबुझेको भन्दै उजुरी दिनुभयो । त्यसपछि कापी र कम्प्युटरमा क्रस चेक गर्दा नतिजा फरक देखियो । केही विद्यार्थीको तलमाथि हुँदा धेरैको नतिजा फेरबदल भयो । जसले उजुरी गरेका थिए, उनीहरूको जाँच गर्दा फरक नतिजा आयो । उजुरी नगर्नेले पनि न्याय पाउनुपर्छ भनेर सबैको हेरेर दोस्रो सूची निकालेका हौँ । यस विषयमा छानबिन गर्न त्रिवि केन्द्रले पनि छनबिन कमिटी गठन गरेको छ । छानबिनपछि थप यथार्थ आउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
निमावि तहः सबै क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा सोमबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले शुक्रबार थप २ क्षेत्रको सामाजिक विषयको नतिजा पनि प्रकाशित गरेको छ । आयोगले आज मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । –सामाजिक विषयको मध्यमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको पूर्वाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको सुदूरपश्चिमाञ्चल को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको पश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको मध्यपश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत वर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दा पनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन । निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए । निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए । यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए ।
शिक्षक लाइसेन्स परीक्षाः मेसिनबाटै उत्तरपुस्तिका जाँच्ने आयोगको निर्णय
काठमाडौंः शिक्षक सेवा आयोगले वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षणको काम मेसिनबाट गर्ने भएको छ। अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाबाट आयोगले पहिलोपटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने भएको हो। मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउनु हुँदैन। त्यस्तो पानाको उत्तर मेशिनले पढ्न नसक्ने हुँदा परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट आफ्नो वस्तुगत उत्तर पानाको क, ख, ग वा घ मध्ये कुनै एकमा रहेको गोलाकार संकेतमा मसी भरेर चिन्ह लगाउनुपर्ने हुन्छ। यस्तै उत्तर दिँदा पनि कुनै एक उत्तरमा उसैगरि मसी भर्नुपर्ने हुन्छ। वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २० प्रतिशत अँक कट्टा गरिने आयोगले जनाएको छ। परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधिको प्रयोग गर्ने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । यसअघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले आयोगले त्यही मेसिनको प्रयोग गर्ने भएको हो। त्यसका लागि आवश्यक पर्ने प्रश्न तयारीको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। यसको प्रयोगका बारेमा परीक्षार्थीलाई आवश्यक जानकारी गराइने उनले बताए। ‘यो प्रविधि संसारले प्रयोग गर्दै आएको प्रविधि हो, आयोगलाई पनि समय सापेक्ष रुपमा प्रविधिमैत्री बनाउने हाम्रो प्रयास हो, यसबाट परीक्षणको समय बचत हुने मात्रै होइन, परीक्षणमा हुने त्रुटि पनि घट्छ, विद्यार्थीलाई न्याय हुन्छ’ उनले भने, ‘नेपालमा पनि यस अघि लोकसेवा आयोग, एमविविएसको परीक्षाहरुमा मेसिनको प्रयोग हुँदै आएको छ।’ लाइसेन्सको परीक्षा असोज ९ गतेदेखि ११ गतेसम्म गर्ने गरी आयोगले मिति तय गरेको छ। प्राथमिकको ९ गते माध्यमिकको १० गते र निम्न माध्यमिकको ११ गते गर्ने र सबै परीक्षा बिहान ८ बजेबाट शुरु गर्ने गरी आयोगले मिति तय गरेको हो। गत असार २ गते परीक्षा मिति विना लाइसेन्सको विज्ञापन खोलिएको थियो। विज्ञापनको ५३ औं दिनमा बिहीबार बल्ल आयोगले परीक्षा मिति तय गरे पनि परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्र भने अझै तय गरेको छैन। भदौ १५ गते मात्रै केन्द्र सार्वजनिक गर्ने आयोगले जनाएको छ। तीन घण्टाको उक्त परीक्षा अवधिमा वस्तुगतका लागि ४० मिनेट निर्धारण गरिएको छ। उक्त समयअघि नै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न उपलब्ध गराउने आयोगले जनाएको छ। विषयगततर्फ शिक्षण कला सम्बन्धि खण्ड क र सामान्य पेशागत ज्ञान सम्बन्धि प्रश्न खण्ड ‘ख’मा आउने र यी दुई खण्डको उत्तर अलग अलग उत्तर पुस्तिकामा लेख्नुपर्ने छ।
शान्ता चौधरी ११ कक्षा भर्ना, सरकारीमा स्कुलमै पढ्ने
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा भर्ना भएकी छिन्। महंगा निजी उच्च माध्यामिक विद्यालयहरुले निःशुल्क पढाइ दिने प्रस्ताव गरे पनि उनी सामुदायिक स्कुलमै मानविकी संकायमा भर्ना भएकी हुन्। पढ्ने उमेरमा १८ वर्षसम्म कमलरी बस्न बाध्य भएकी चौधरीले असार दोस्रो हप्ता भएको एसईई परीक्षामा २.६५ जीपीए ल्याएर उत्तीर्ण भएकी थिइन्। उनले दाङको तुलसीपुरस्थित सेन्टर मावि केन्द्रबाट गएको चैतमा परीक्षा दिएकी थिइन्। भर्नापछि फेसबुकमा भावुक हुँदै चौधरीले पढ्ने उमेरमा अरु कलेज जाँदा आफू टुलुटुलु हेरेर रुनु परेको र ढिलै भए पिन पढ्न पाउँदा खुशी लागेको लेखिकी छिन् ।
निमावि तहको नतिजा सार्वजनिक सुरु, पहिलो दिन ४ विषयको नतिजा (नामसहित)
काठमाडौं, साउन २० । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा आजदेखि सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले पहिलो दिन आज कम्प्युटर, पेशा व्यवसाय, स्वास्थ्य शारिरीक र संस्कृत भाषाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । ४ वटै विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
जेएनयूः एउटा विश्वविद्यालयको दुःखान्त
काठमाडौं, साउन १६ । म यसअघि सधैँ आफ्नो विश्वविद्यालयदेखि अत्यन्तै उत्साहित थिएँ, तर आज क्याम्पसपरिसरमा व्याप्त भयको मनोविज्ञान र फरक विचारमाथिको दमनले मैले त्यो आत्मविश्वास गुमाइसकेको छु । म तिनै ४८ जना शिक्षकमध्ये एक हुँ, जसको विरुद्धमा जवहारलाल नेहरू विश्वविद्यालयका प्राध्यापकको संगठनद्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको भनेर उजुरी हालिएको छ । यो आलेख कुनै ‘नीति नियम’को कानुनी वा कर्मचारीले गर्ने व्याख्याजस्तो शब्दको खेल होइन । न त यो आलेख अनुशासन र दण्डका संयन्त्र बारेमा नै हो । म व्यक्तिगत अनुभवबाटै सुरु गर्न चाहन्छु । एक दिन मेरा एक मित्रले उनकी छोरीको स्नातकोत्तर अध्ययनका लागि पोस्ट जेएनयू ‘राम्रो’ हुन्छ कि हुँदैन भनेर सोधेका थिए । मैले सीधा जवाफ दिएँ, ‘हुँदैन’ । जेएनयूका बारेमा मैले यस्तो उत्तर दिएको पहिलोपटक हो । म आफ्नो विश्वविद्यालयदेखि निकै उत्साहित थिएँ । म भन्ने गर्थें– जेएनयू एउटा सपना, परियोजना र शानदार प्रयोग हो । उत्कृष्टता र समानतालाई एकैसाथ समेट्न सक्ने एउटा सार्वजनिक विश्वविद्यालय । आलोचनात्मक र रचनात्मक सोच विकास गर्ने अनि वैकल्पिक जीवन पद्धति अभ्यासको लागि रचनात्मक स्थानका रूपमा जेएनयूलाई मैले बुझेको थिएँ । जे होस्, आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा आफ्नै साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? जहाँ एकेडेमिक काउन्सिलको बैठकमा फरक विचार राख्ने एक वरिष्ठ प्राध्यापक अपमानित हुँदा अरू शान्त बसेको र सम्बन्धित प्राधिकारवाला व्यक्तिमाथि प्रश्न नगर्न उर्दी जारी गरिएको देखिएको छ । जहाँ कैयौँ वरिष्ठ र अनुभवी प्राध्यापक हुँदाहुँदै पनि एकजना युवा प्राध्यापकलाई स्कुल अफ सोसल साइन्सको डिनमा नियुक्त गरिएकोे छ । यस्तो परिस्थितिमा कुनै शैक्षिक संस्था वा प्रचलनकोे कुनै महत्व छैन भन्ने महसुस हुन थाल्छ । यस्तोमा ‘सक्षम प्राधिकार’को ‘तजबिजी शक्ति’मात्रै महत्वपूर्ण हुन्छ । जहाँ सौन्दर्य र राजनीतिक अर्थ राख्ने पोस्टर भित्ताबाट हटाइन्छन्, विद्यार्थीलाई उनीहरूका शक्ति र अधिकारको ‘सीमितता’बारे सचेत हुन भनिन्छ । जब शिक्षकको पेसा सुरक्षित राख्ने सुनिश्चितताका लागि हाजिरी कपीमा आफ्नो नाम लेख्नुपर्छ कि (यद्यपि, अहिलेसम्म अनिवार्य गरिएको छैन) भन्ने तहसम्म सोच्न थालेका छन् । यसबाट नै बुझ्न सकिन्छ कि विश्वविद्यालयमा शिक्षण प्रणालीको मेरुदण्डलाई कसरी ध्वस्त पारिँदै छ । जब कुनै शान्तिपूर्ण र्यालीमा एक सय ५० जना शिक्षक सम्मिलित हुन्छन्, तर ४८ जनालाई मात्र तारो बनाइन्छ, यो रणनीति स्पष्टसँग बुझिन्छ, फुटाऊ, टुक्र्याऊ र नैतिक रूपमा कमजोर बनाइदेऊ । यस्तो विषाक्त वातावरणमा हरेक चिज सतही, द्वैध चरित्र भएको जस्तो र खोक्रो लाग्छ, चाहे त्यो गान्धीको नागरिक अवज्ञामाथिको लेक्चर होस्, मिसेल फुकोको ‘डिसिप्लिन एन्ड पनिस्ट’माथि तयार पारिएको गृहकार्य । ‘सीमान्तीकरण र प्रतिरोध’माथि गरिएको सेमिनारको उद्घाटन ‘सक्षम प्राधिकार’ले गरे पनि त्यो अर्थहीन लाग्छ । मलाई थाहा छ, म अलिक बढी नै निराशावादी बन्दै छु । म मेरा अनुसन्धानरत विद्यार्थीलाई भन्छु, ‘शोधपत्र जतिसक्दो छिटो बुझाऊ, यो अब तिमीहरूले कल्पना गरेजस्तो सपनाको भूमि रहेन ।’ मलाई थाहा छ कि यो विश्वविद्यालय बनाउनका लागि धेरै दिग्गजले आफ्नो जीवनको ऊर्जा खर्च गरेका छन् । यो बनाउन समय लागेको छ । तर, विडम्बना ! तीन वर्षमा यसलाई पूरै खत्तम गर्न सकिँदो रहेछ । के हाम्रो समयमा बनाउने भन्दा भत्काउने शक्तिशाली भएका हुन् ? आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? अर्को कथा पनि यहाँ राख्न चाहन्छु । हो, यहाँ केही पनि सजिलो छैन । एउटा छात्र चार वर्षसम्म काम गर्छ, पिएचडीको शोधपत्र लेख्छ । कुनै अधिकृतले प्राविधिक कमजोरी गरिदिन्छ र भन्छ– शोधपत्रको शीर्षकको स्पेलिङ मिलेन । त्यसपछि उसलाई चौतर्फी धाएर, भएभरका कर्मचारी भेट्दै अपमानको अनभुव गर्नुपर्ने बाध्यता आइलाग्छ । उसलाई सहयोग गर्नका लागि मैले सम्बन्धित विभागका कर्मचारीलाई भेट्ने कोसिस गरेँ । त्यो त्यति सहज कहाँ थियो र रु सुरक्षा गार्डले मलाई सोधपुछ गर्न थालिहाल्यो । मेरो २९ वर्ष लामो प्राध्यापन, देश र दुनियाँका विभिन्न विश्वविद्यालयमा पढाउने मेरा विद्यार्थी । तर, मलाई आज अचानक महसुस भयो कि यो मेरो विश्वविद्यालय होइन । यो रजिस्ट्रार र रेक्टरको, सेक्सन अफिसरको, सेक्युरिटी गार्ड र खासगरी ‘सक्षम प्राधिकार’कोे मात्रै विश्वविद्यालय हो । नयाँ ब्याचका विद्यार्थी क्याम्पसमा आएका छन् । मलाई थाहा छ कि मेरो विभागले उनीहरूका लागि एउटा अभिमुखीकरणजस्तो कार्यक्रम राख्नेछ । यसभन्दा पहिलेका वर्षमा प्रायः म नै ती नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्थें र उनीहरूलाई हाम्रा सम्झना सुनाउँथे । एउटा पुरानो बरको रूख रोमिला थापर र बिपन चन्द्रा एक हुल विद्यार्थीसहित लाइब्रेरी तर्फ गइरहेको देख्ने साक्षी हुन्थ्यो । प्रोफेसर सुदिप्ता कविराज र नामवर सिंह सपिङ कम्प्लेक्समा पुस्तक पसलको साहुसँग गफ गरिरहेका हुन्थे, संकटकालका विरुद्धमा ऐतिहासिक प्रदर्शन हुन्थ्यो, सन् १९८४ को दंगामा विद्यार्थीले आसपासका क्षेत्रमा बस्ने शिखको गरेको रक्षा र भोपाल ग्यास काण्डका पीडितको लागि निःस्वार्थ भावले गरेको काम । साथै होस्टेलको मेसमा राति अबेरसम्म मेधा पाटकरले सामाजिक आन्दोलनका बारेमा गरेका भाषणबारे परिचर्चा गर्थें । तर, अहिले म के गरूँ ? के म उनीहरूलाई डर देखाएर पोस्टर लेख्नका लागि रातभर नसुत भनौँ रु वा पाठ्यक्रमभन्दा बाहिरका विषयमा, हिंसा, गरिबी, भोकमरीका बारेमा नसोच भनौँ ?केवल दीक्षान्त समारोहमा भाग लिनका लागि अनुशासित सैनिकजस्तै बन भनेर सिकाऊँ रु म तिनीहरूलाई राम्रा पुस्तक नपढ, बरु यसको सट्टामा वकिल खोजेर तिमीहरूमाथि लादिएको कानुनको व्याख्या गर्न लगाऊ भनेर सल्लाह दिऊँ ? साँच्चै एउटा महान् विश्वविद्यालयको पतनको कथाले मलाई चकनाचुर बनाइदिन्छ । फेरि पनि दोस्तोभस्कीका पात्रजस्तो, मैले एउटा सपना देखेँ । सपनामा देखेको कथा यस्तो छ– मैले ‘सक्षम प्राधिकार’लाई पत्र लेख्छु ।डियर प्रोफेसर, कृपया महलबाट बाहिर निस्किनुहोस् । आफ्नो एक्लोपनालाई दूर गरिदिनुहोस् । कृपया मसँग आउनुहोस् । एकसाथ हिडौँ । मनसुनको बादल वा परेवाको नृत्यलाई हेर्नुहोस् र आश्वस्त हुनुहोस्– जसरी एउटा प्रोफेसरले अरू कुनै प्रोफेसरसँग कुरा गर्छ, जसरी एउटा संवेदनशील मानिस बातचित गर्छ । कृपया दुनियाँलाई तपाईंको उर्दीभन्दा परबाट हेर्नुहोस् । ख्याल गर्नुहोला, अदालतको मामिला, आरोपपत्र र सजायको तरिका (निष्काशन, निलम्बन) र दुनियाँलाई पुनः एकपटक सँगै राखेर हेर्नुहोला । एउटा त्यस्तो दुनियाँ, जहाँ टेगोरले डरबाट मुक्तिको कुरा गरे, मार्टिन बुबर पाउलो फ्रेयरले वार्ता र संवादको कुरा गरे । यसै अवसरमा बनारस हिन्दू विश्वविद्यालय उद्घाटनमा मोहनदास करमचन्द गान्धीले शिक्षक र विद्यार्थीलाई समावेशीरदयालुरसमतावादी समाज बनाउने सामूहिक जिम्मेवार हुन सिकाएको कुरा पनि याद गर्नुहोला । कार्ल माक्र्सको दाह्रीमा न्यानोपन महसुस गर्नुहोस्, टल्स्टोयको पदचापमा बुद्धिमत्ता, बुद्धको आँखामा अनुकम्पा । सत्याग्रहको अर्थ बुझ्नुहोस् र प्रतिरोधको कवितालाई महसुस गर्नुहोस् । हो, मैले तपाईंका लागि यहाँ एउटा उपहार ल्याएको छु । म निश्चिन्त छु कि तपाईंका कानुनी सल्लाहकार वा अधिकारिक कर्मचारी कसैले सोच्न सकेका छैनन् । यो एउटा पुतली हो । विलियमम वर्डस्वर्थले जस्तै यसमा आफ्नो प्रारम्भिक अवस्थाका इतिहासकारलाई खोज्नुहोस् । स्वतन्त्रता तपाईंको अधिकार हो । कर्मचारीतन्त्रको फलामको पिँजडाभित्र बस्ने सम्राट भएर तपाईंले के प्राप्त गर्नुहुन्छ रु नयाँ पत्रिकाबाट साभार (लेखक जेएनयूमा समाजशास्त्रका प्राध्यापक हुन्)(‘द वायर’बाट)
लोकसेवाको वार्षिक क्यालेन्डरः कुन पदको परीक्षा कहिले? (तालिकासहित)
काठमाडौं । लोकसेवा आयोगले आर्थिक वर्ष २०७६/०७७ मा हुने पदपूर्तिसम्बन्धी परीक्षाहरूको वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । तालिकामा आयोगले लिने निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र–अनंकित विभिन्न श्रेणी, सुरक्षानिकाय तथा अन्य सरकारी सेवा संगठित संस्थाका परीक्षाहरूको मितिसहितको विवरण खुलाइएको छ । कार्यतालिका हेर्न यहाँ क्लिक गर्नुस्
प्लस टु मा कुन ग्रेड ल्याउनेले के पढ्न पाउने?
काठमाडौं । प्लस टुको नतिजा ग्रेडिङ प्रणालीमा आउन थालेसंगै धेरै विद्यार्थीलाई आफुले चाहेको बिषय पढ्न पाउने हो कि नपाउने हो भन्ने चिन्ता देखिएको छ । यसै बिषयमा हामीले यस बर्ष खुलेका नेपालका विभिन्न विश्वविद्यालयमा भर्ना गर्नको लागि चाहिने मापदण्डको बारेमा जानकारी दिदै छौं । हालसम्म त्रिभुवन विश्वविद्यालय र पुर्वान्चल विश्वविद्यालय अन्तर्गत BSc CSIT, BCA, Engineering BBA, BHM, BIM, BBM, BTTM लगायत CMAT Exam दिनुपर्ने बिषयहरुमा भर्ना खुलेको छ । मेराे स्टडीबाट साभार विभिन्न बिषयमा स्नातक (Bachelor) पढ्न चाहिने न्युनतम ग्रेड तल दिइएको छ । BSc CSIT (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) BSc/BSc Ag/Forestry (TU/IAAS): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) Engineering (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) MBBS/BDS(TU): PCB मा कम्तीमा C+, अरुमा C (Theory+ Practical जोडेर) BSc Nursing/ B. Pharmacy/BAMS (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) BBA / BIM/ BHM/ BIM/ BTTM: सबै बिषयमा D+ BCA/BBS: सबै बिषयमा D+ BEd/BA: सबै बिषयमा D+ Bachelor in Purwanchal University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) Bachelor in Pokhara University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर) साथै यस बर्षको स्नातक (Bachelor) तहमा खुलेका नयाँ भर्नाको सूचनाहरु तल दिइएको छ !
धनगढीमा पाँच दिने ICT प्रयोग सम्बन्धी तालिम सुरु
कैलाली, साउन १० । प्रविधि मैत्री शिक्षक समाज सुदूरपश्चिम समितिद्वारा सन्चालित आइसीटीको प्रयोग सम्बन्धी पाँच दिने आधारभूत तालिम आजदेखि सुरु भएको छ । शिक्षामा गुणस्तरीयताको विकास गर्न, प्रभावकारी शिक्षण गरी उद्देश्यानुकूल दक्ष जनशक्ति निर्माण गर्न तथा युग सुहाउँदो शिक्षण विधि अपनाई शिक्षण गर्न प्रविधिको जरुरत हुने भएकाले आइसीटि प्रयोग सम्बन्धी तालिमको आयोजना गरिएको हो । उक्त तालिमले शिक्षकमा पेशागत दक्षता वृद्धि गराउन सघाउने पुर्याउने अपेक्षा लिइएको हो । प्रविधि मैत्री शिक्षक समाज सुदूर पश्चिम प्रदेशका अध्यक्ष गंगाराम ओझाको सभापतित्वमा सन्चालित उक्त कार्यक्रम, धनगढी, कैलाली स्थित पन्चोदय मा वि को कम्प्युटर कक्षमा आयोजना भएको थियो । पन्चोदय मा. वि. का प्रधानाध्यापक हरिश ओझाको प्रमुख अतिथ्यमा सन्चालित उक्त कार्यक्रममा प्र. मै. शि. समाजका केन्द्रीय सदस्य चन्द्रकला दवाडी विशिष्ट अतिथि थिए । पाँच दिनसम्म सन्चालित हुने आइसीटि प्रयोग सम्बन्धी तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयबाट ३० जना शिक्षकको सहभागिता रहेको छ । तालिमको पहिलो दिन अर्थात आज तालिम सहजीकरणमा प्रशिक्षक परशुरामको उल्लेख्य भूमिका रह्यो भने सहभागी शिक्षक पनि निकै उत्साहित थिए ।
वृद्धि भएको तलब आजदेखि लागू, कुन तहका कर्मचारीको तलब कति ? (तालिकासहित)
काठमाडौं, साउन १ । नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीको बढाएको तलब बुधबारदेखि लागू हुने छ । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि भएको थियो । आर्थिक वर्ष २०७६–७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ । झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुने छ । सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ । सबै तहका कर्मचारीलाई दिइँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वार्षिक ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत् राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ ।
५० जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा साेमबार दिउँसोसम्म ५० जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा गत साताको मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको हो । साेमबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक भयो? हेर्नुस्– –अर्घाखाँचीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –रुपन्देहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –रामेछापको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सर्लाहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सोलुखुम्बुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –प्युठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
२३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार दिउँसोसम्म २३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको हो । सोमबार दिउँसोसम्म कुनकुन जिल्लाको नतिजा सार्वजनिक भयो? हेर्नुस् –भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
१२ हजार कोरियन भाषा परीक्षामा पासः अझै सीप परीक्षण गर्नुपर्ने
काठमाडौं, असार १४ । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तरगत रोजगारीका लागि कोरिया पुगेका युवाले डिप्रेसनमा पर्नुका साथै आत्महत्या गर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ । यो वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३ सय ७६ युवाले फारम भरेकोमा ८४ हजार ३ सय आठ जनाले परीक्षा दिएका थिए । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सूचनासहित)
काठमाडौं, असार २ । शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्तसँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् । ‘खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गरिदैं छ’ थपलियाले भने ‘यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।’ माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो । यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुस्