विद्यार्थी फेल भए अब शिक्षकको जागिर धरापमा !

काठमाडौं, चैत १४ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो।
एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ।

तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी र ई’ ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझावसमेत छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ।

शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो । अध्ययनपछि सांसद उमेश श्रेष्ठको संयोजकत्वको ८ सदस्यीय उपसमितिले प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले ए र ए प्लस ग्रेड ल्याए त्यस्ता विद्यालयलाई थप बजेट दिनुपर्ने उल्लेख छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई कुल बजेटको ५ देखि १० प्रतिशतसम्म प्रोत्साहन तथा भौतिक पूर्वाधार विकासका लागि रकम दिनुपर्ने सांसदहरूको तर्क छ।

शिक्षकको नियुक्ति सेवा आयोगबाट मात्र गर्न पनि उपसमितिले सुझाएको छ । ‘प्रत्येक शिक्षकले अनिवार्य शिक्षण अनुमतिपत्र लिनुपर्ने र अध्यापन अनुमतिपत्र प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ। आधारभूत तह ९कक्षा १–८० र माध्यमिक तह ९९–१२० को प्रधानाध्यापकको शैक्षिक योग्यता क्रमशः स्नातकोत्तर र एमफिल वा सोसरह हुनुपर्ने सिफारिस छ।

पाँच–पाँच वर्षमा प्रधानाध्यापकलाई अन्तर विद्यालय सरुवा गर्ने व्यवस्था सुझाइएको छ । तत्काल शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, उनीहरूलाई छोटो अवधिको तालिम दिनुपर्ने राय प्रतिवेदनमा समेटिएको छ । ३५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने उपसमितिले औंल्याएको छ।

थोरै विद्यार्थी भएका हिमाली र पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्म बहुविषय पढाउन सक्ने शिक्षक राख्नुपर्ने सुझाव दिइएको छ । यस्ता शिक्षकलाई तलबको अतिरिक्त १५ प्रतिशत भत्ता दिनुपर्ने सांसदको माग छ । दुर्गम भेगमा आवासीय विद्यालय खोल्न सरकारलाई सुझाव दिइएको छ।

निजी विद्यालय सेवामूलक
प्रतिवेदनमा निजी विद्यालय सेवामूलक संस्थाका रूपमा मात्रै सञ्चालन गर्न पाइने प्रावधान लागू गर्नुपर्ने उल्लेख छ । निजी लगानीका विद्यालय १० वर्षभित्र अनिवार्य सेवामूलक संस्थाका रूपमा नाफा नलिने गरी कम्पनीमा रूपान्तरण हुनुपर्ने सुझाव दिइएको हो।

निजी ट्रस्ट, सार्वजनिक ट्रस्ट र सहकारी मोडलमा सञ्चालित स्कुल पनि सेवाभावनाले मुनाफारहित हुनुपर्ने भनिएको छ ।‘कम्पनीको सम्पत्तिको हकमा १० वर्षपछि सो सम्पत्ति विद्यालयलाई दान दिन वा ऋण दायित्व लिन सक्नेछ वा सम्पत्ति सोही संस्थाका नाममा रहनेछ,’ प्रतिवेदनमा उल्लेख छ।

आधारभूत तहसम्मको शिक्षाको शतप्रतिशत लगानी राज्यले बेहोर्नुपर्ने सिफारिस गरिएको संयोजक श्रेष्ठले बताए।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य हुने ग्यारेन्टी गरेको छ । माध्यमिक तहसम्म निजी शैक्षिक संस्थामा २५ प्रतिशत विद्यार्थी निःशुल्क अध्ययन अध्यापन गराउन सरकारले प्रतिविद्यार्थी खर्च गरेको अनुपातमा भौचर उपलब्ध गराउने व्यवस्था गर्न सुझाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

विद्यार्थीले कम ग्रेड ल्याए अब विषय शिक्षक बर्खास्त !

काठमाडौं, चैत १२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई सेवा मुक्त बनाउने प्रस्ताव तयार भएको छ । विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान कटौटी गर्न पनि प्रस्ताव गरिएको छ । गत मंसिर दुई गते शिक्षा समितिले सांसद उमेश श्रेष्ठको नेतृत्वमा शिक्षा नीतिमा समेट्नु पर्ने विषयका सम्बन्धमा सुझाव दिन उपसमिति गठन गरेको थियो । प्रतिवेदनमा परीक्षाको नतिजाको आधारमा विद्यालयलाई पुरस्कार र दण्डको ब्यवस्था प्रस्ताव गरिएको छ । मंगलबार शिक्षा समितिमा पेश गरिएको प्रतिवेदनमा एसईई परीक्षामा तीन वर्षसम्म एकै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको ग्रेड ‘डी’ र ‘ई’ आएमा सम्बन्धित विषय शिक्षकलाई सेवाबाट मुक्त गर्ने प्रस्ताव गरिएको हो । यसैगरी ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई ल्याएका सम्बन्धित विद्यालयको प्रधानाध्यापकको समेत ग्रेड रोक्का गर्नुपर्ने र विद्यालयले पाउँदै आएको सरकारी अनुदान घटाउने प्रस्तावसमेत छ । ‘५० प्रतिशतभन्दा बढी विद्यार्थीले डि र ई ल्याएका विद्यालयका प्र।अ।लाई ग्रेड रोक्का, नसियत र ३ वर्षभन्दा बढी एक विषयमा डी र ई ल्याउने शिक्षकलाई सेवावाट मुक्त र प्र.अ.लाई समेत घटुवा गर्नुपर्ने छ,’ प्रतिवेदनको बुँदा नम्बर ६.१ को ‘ज’मा लेखिएको छ, ‘५० प्रतिशतभन्दा बढी विद्यार्थीले डी र ई ल्याएका विद्यालयलाई अनुदान घटाउने ।’ प्रस्तावित प्रतिवेदनअनुसार एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले जीपीए ३।८ ल्याउने विद्यालयले कुल बजेट निकासाको ५ देखि १० प्रतिशत प्रोत्साहन रकम प्राप्त गर्ने छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा आवासीय विद्यालय स्थापना गर्न सरकारलाई निर्देशन दिन पनि उपसमितिले समितिलाई सुझाव दिएको छ ।

हुम्लामा फेरि हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुम्ला, चैत १२ । यहाँ चैतको दोस्रो साता पुनःहिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरु भएको छ । चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै मंगलबार बिहानबाट हिमपात भएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसइई परीक्षा दिने विद्यार्थीलाई समस्या बनाएको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् । रासस

माध्यमिक तहः अ‌ंग्रेजी विषयको पूर्व र मध्यमाञ्चलको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ११ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तह अन्तर्गतको अ‌ंग्रेजी विषयको पूर्व र मध्यमाञ्चलको अन्तिम नतिजा सार्वजनिक गरेको छ । सोमबार एक सूचना जारी गर्दै मावि तहको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

निर्धारित शुल्क कार्यान्वयन गर्न निर्देश

काठमाडौँ, चैत १० । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस)का कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देश गरेको छ । वि.सं २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहका कार्यक्रमका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६१२ निर्धारण गरेको थियो । सो निर्णय कार्यान्वयनमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय एवम् शैक्षिक प्रतिष्ठानलाई निर्देशन दिएको थियो । निर्णय कार्यान्वनमा नआएको भन्दै समितिको आइतबार बसेको बैठकले ती तहका निर्धारित शुल्क कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देश गरेको हो । वि.सं २०७५ फागुन ८ गतेको शिक्षा मन्त्रालयस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई शुल्कका विषयमा छानबिन गरी आवश्यक कारवाहीका लागि निर्देशन दिएको थियो । यसैगरी विसं २०७५ चैत ४ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले समेत शुल्क निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देशन दिएको थियो । बैठकमा समितिका सभापति जयपुरी घर्तीले सो निर्देश गर्दै मेडिकल कलेजले अभिभावकसित निर्धारित शुल्कभन्दा बढी उठाउने गरेको गुनासो आएको भन्दै यसलाई छिटो सम्बोधन गर्नुपर्छ भने । शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले मेडिकल कलेजले उठाउने शुल्कको यकिन विवरण पाउन मन्त्रालयलाई प्राविधिक समस्या परेको जानकारी दिए । समितिका सदस्य खगराज अधिकारीले मेडिकल कलेजले विद्यार्थीसित उठाउने शुल्क मनपरी भएको बताउँदै यस विषयमा संसदीय छानबिन समिति बनाई अध्ययन हुनुपर्छ भने । समितिका सदस्य गगनकुमार थापाले चिकित्सा शिक्षाअन्तर्गतका कार्यक्रमका शुल्क सरकारले तोक्छ तर मेडिकल कलेजले किन अवज्ञा गर्दछन् भन्ने प्रश्न गर्दै यसलाई समयमै सम्बोधन गर्न आग्रह गरे । समितिका अर्का सदस्य उमेश श्रेष्ठले विश्वविद्यालयले चिकित्सा शिक्षा प्रदान गर्न नयाँ मेडिकल कलेज नखोल्ने तर सम्बन्धन दिने तिथा सम्बन्धन दिने तर अनुगमन नगर्ने प्रवृत्तिले चिकित्सा शिक्षामा विङ्सगति देखिएको हो भने । सांसद हितबहादुर तमाङ, मनकुमारी जिसी र सन्तबहादुर थारूले चिकित्सा शिक्षा गरीब र जेहेन्दार छात्रछात्राको पहुँचमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्छ भने । रासस

एसईई परीक्षाः करिश्मालाई बाबुरामको शुभकामना

काठमाडौं, चैत १० । एसईई परीक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति नेपाल। पार्टीका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको पूर्व सन्ध्यामा परीक्षा सफल होस् भन्दै शुभकामना दिएका थिए । आइतबार डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाटपरीक्षा केन्द्र करिश्माले देशैभरी एसईई परीक्षामा सहभागी भइरहेका विद्यार्थीलाई शुभकामना दिएकी छिन् । उनले नडराईकन परीक्षा दिनसमेत सम्पूर्ण परिक्षार्थीलाई सल्लाह दिएकी छिन् । अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् ।

आजदेखि एसइई परीक्षा, ४ लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं, चैत १० । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट सुरु भएको छ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक विष्णु अधिकारीले शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्ने बताए । नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । उनका अनुसार देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् । यस वर्षबाट एसईई परीक्षा प्रदेशमार्फत सञ्चालन हुने भनी सरकारले घोषणा गरे पनि सङ्घीय सरकारले हस्तान्तरण नगरेको र प्रदेशले सञ्चालनका लागि चासो नदिएकाले सङ्घमार्फत परीक्षा सञ्चालन गरिएको छ ।

एसइई परीक्षाको तयारी पूरा, ४ लाख ७५ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर, चैत ९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् । परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हँुदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए । उनले यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताए । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उनले जानकारी दिए । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ । रासस

७५ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ९ । शिक्षक सेवा आयोगले शनिबार दिउँसोसम्म अस्थायी शिक्षकको ७५ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए । आयोगले शनिबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– काभ्रेपलाञ्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नुवाकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भक्तपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ललितपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् काठमाडौंको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आजै थप ४ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ८ । शिक्षक सेवा आयोगले शुक्रबार अस्थायी शिक्षकको ७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै काठमाडौं, मकवानपुर,  चितवन, काभ्रेपलाञ्चोक, नुवाकोट, भक्तपुर र ललितपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– काभ्रेपलाञ्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नुवाकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भक्तपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ललितपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् काठमाडौंको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

तीन जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ८ । शिक्षक सेवा आयोगले शुक्रबार साँझ ४ः४० बजेसम्म अस्थायी शिक्षकको ३ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै काठमाडौं, मकवानपुर र चितवन जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– काठमाडौंको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

एसईई परीक्षा अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन सरकारको निर्देशन

काठमाडौँ, चैत ८ । नेपाल सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि मात्रै समायोजन भएको कार्यालयमा जान निर्देशन दिएको हो । परीक्षाका लागि जिल्ला समन्वय समितिको सदस्यसचिवका रूपमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने भएकाले साविक बमोजिम कार्यसम्पादन गर्न भनिएको मन्त्रालयले जनाएको छ । यसवर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि २१ गतेसम्म देशभर एकसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । यसमा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला विद्यार्थी छन् । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार परीक्षाका लागि एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् । अनिवार्य विषयका प्रश्नपत्रहरु सातै प्रदेशबाट सोधिनेछ । विद्यालय शिक्षामा ‘अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारीपछि अक्षराङ्कन पद्धतिमा हुँदै आएको छ । रासस

चैत १० गतेदेखि एसईई परीक्षा सुरु, कर्णाली प्रदेशबाट ३६ हजार परीक्षार्थी सहभागी

सुर्खेत, चैत ८ । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले जानकारी दिए । ‘दश जिल्लामा १६९ केन्द्र छन्’, निर्देशक ढकालले भने, ‘केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी गरी दुई हजार ९७८ जनशक्ति परिचालन गरिने छ ।’ त्यसैगरी, प्रत्येक केन्द्रमा १५ जना पुग्ने गरी १६९ परीक्षा केन्द्रमा दुई हजार ७० सुरक्षाकर्मीको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार साविकका कर्णालीका जिल्लामा देखिएको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सम्बन्धित जिल्लाका प्रजिअ तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्षले सुरक्षाकर्मीको व्यवस्था गर्नेछन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका उपसचिव विष्णुप्रसाद गोतामेले एसइई परीक्षा तयारी र व्यवस्थापनका लागि पहिलोपटक कर्णाली प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्न थालेको बताए । ‘हामीले यो परीक्षाका लागि चार लाख १३ हजार २७१ उत्तरपुस्तिका आफैँले छापेका छौँ’, उपसचिव गोतामेले भने, ‘प्रदेशबाट परीक्षाको व्यवस्थापन भए पनि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट दुई लाख ८९ हजार २८९ प्रश्नपत्र यहाँ पठाइएको र प्रश्नपत्र १० वटै जिल्लामा पुगिसकेका छन् ।’ प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले साउनमा हुने एसइई ग्रेड वृद्धि परीक्षा समेतका लागि भनेर रु दुई करोड ८६ लाख पाँच हजार बजेट विनियोजन गरेको उनको भनाइ छ । यही चैत १० देखि २१ गतेसम्म हुने परीक्षाका लागि सबै तयारी पूरा भएको एसइई परीक्षा २०७५, तयारी तथा व्यवस्थापन समन्वय समिति कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । रासस

४ लाख ७५ हजार विद्यार्थी एसइईको परीक्षा दिँदै

काठमाडौं, चैत ८ । चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन । मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पुर्ण काम प्रदेश सरकारले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले परीक्षा व्यवस्थापनको सम्पुर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पारे। यो वर्षको लागि प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएपछि बोर्डले जिम्मा लिएको जानकारी दिए । परीक्षाको सबै तयारी पुरा भएको एसईई बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्र्तगतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ का विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ सहभागी हुने भएका छन् । सबैभन्दा कम प्रदेश ६ का रहेका छन् । ६ नम्बर प्रदेशमा ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षामा सहभागी हुदैछन् । प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश नम्वर २ बाट ७० हजार ५ सय १८, प्रदेश नम्वर ४ बाट ४८ हजार ६३, प्रदेश नम्वर ५ बाट ७६ हजार ९ सय ८३ र प्रदेश नम्वर ७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुने भएका छन् । काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी सहभागी हुनेछन्। परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र कायम गरिएको छ । त्यतिकै संख्यामा केन्द्रध्यक्ष सहभागी हुनेछन् । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन्। परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत सरोकार पक्षसित संयुक्त बैठक बोलाएर तयारी गरिएको छ। बोर्डले एकसाता अघि सबै सुरक्षा निकायसंग छलफल गरी सुरक्षा अवस्थाकाबारे छलफल गरेको थियो । परीक्षामा प्रदेश अनुसार नै प्रश्नपत्र छपाई गरीएको बोर्डले जनाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

शिक्षा सेवाका उप–सचिवको समायोजन एक महिना ढिलो हुने

काठमाडौं, चैत ७ । शिक्षा सेवाका उप–सचिवको समायोजन एक महिना ढिलो हुने भएको छ । जिल्ला स्तरमा रहने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख पनि समायोजनामा परेको तर ती कर्मचारीहरु तत्काल सरुवा भएर जाँदा एसईईको परीक्षा प्रभावित हुने भएकाले उप–सचिवको समायोजन एक महिना ढिलो हुने भएको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजना भएको शिक्षा सेवाका उप–सचिवले चैत २१ गतेसम्म पुरानै ठाउँमा काम गर्नुपर्ने छ । फागुन २१ गतेको निर्णय अनुसार समायोजना भएका उप–सचिवलाई सम्बन्धित कार्य स्थलमा पठाइ सकिएको भएपनि तत्काल माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा परेकोले पुरानै ठाउँमा काम गर्न शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले निर्देशन दिएको छ । मन्त्री स्तरीय निर्णय अनुसार अनुसार एसईई परीक्षा सम्पन्न हुने अन्तिम मिति चैत २१ गतेपछि मात्र नयाँ कार्यालयमा जान उप–सचिवलाई निर्देशन दिइएको छ । समन्वय इकाइका प्रमुख एसईई परीक्षा सञ्चालनको लागि जिल्लामा रहने परीक्षा सञ्चालन समन्वय ईकाइको सदस्यसचिव हुने व्यवस्था छ । एसईई परीक्षा चैत १० गतेदेखि सञ्चालन हुँदैछ ।

६१ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ६ । शिक्षक सेवा आयोगले बुधबार साँझ ६ः३० बजेसम्म अस्थायी शिक्षकको ६१ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार साँझ कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्