आज ७ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ५ । शिक्षक सेवा आयोगले मंगलबार कार्यरत अस्थायी शिक्षकको ७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै कास्की, नवलपरासी, पाल्पा, स्याङ्जा, पर्सा, बारा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

५४ जिल्लाको प्राथमिक नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ५ । शिक्षक सेवा आयोगले मंगलबार दिउँसोसम्म कार्यरत अस्थायी शिक्षकको ५४ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कन्सल्टेन्सीको मनपरी, भाषाका नाममा ठगी

काठमाडौं, चैत ५ । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । सरकारले अनुगमन नगर्दा उनीहरूको ठगी धन्दा मौलाउन पुगेको हो । विभिन्न बहानामा कन्सल्टेन्सीले शुल्क लिइरहेका छन् । विद्यार्थी मासिक रूपमा १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्न विवश छन् । शुल्कको समेत निश्चित मापदण्ड छैन । विद्यार्थी लीलाधर वलीले भने, ‘मैले पनि पढें तर नाम निस्किएन, एउटा कन्सल्टेन्सीमा जाँदा १० हजार रुपैयाँ, अर्कोमा जाँदा १५ हजार रुपैयाँ, के गर्नु शुल्क नै फरक रहेछ ।’ पर्याप्त भौतिक पूर्वाधारबिना एउटै कक्षा कोठामा सयौं विद्यार्थीलाई राखेर केही कन्सल्टेन्सीले पढाएको समेत भेटिएको छ ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

कसरी बनाउने नानीबाबुलाई प्रतिभावान? जान्नुहोस् ५ टिप्स

काठमाडौं, चैत ४ । प्रायजसो सबै अभिभावक आफ्ना नानीबाबुहरुको भविष्यबारे चिन्तित हुन्छन्। आफ्ना नानीबाबुहरुलाई सही बाटो देखाउन उनीहरु हर प्रयासमा तल्लिन हुन्छन्। नानीबाबुहरुलाई पढाइमा सबल बनाउन वा चनाखो बनाउन अनावश्य दबाब दिनेगर्छन्। तर यसो गर्नु राम्रो होइन। इच्छाविरुद्ध दबाब दिँदा उनीहरुमा पढाइप्रति अरुचि बढेर आउँछ। उनीहरुलाई चनाखो वा जिम्मेवारी बनाउन सानै उमेरदेखि कोशिश गर्नुपर्छ। किनकी सानो उमेरका नानीबाबुहरुको दिमाग छिटो विकसित हुन्छ। सम्झाएको छिटो बुझ्ने गर्छन्। अभिभावकले नानीबाबुहरुसँग बस्दा होस् वा कुरा गर्दा उनीहरुजस्तै बनिदिनुपर्छ। उनीहरुसँग रमाउने, उनीहरुले सोधेको प्रश्नको जवाफ झर्को नमानी बताइ दिनुपर्छ। यसो गर्दा छिटो बुझ्ने र आमाबाबुप्रति सकारात्मक हुन्छन्। र कामप्रति जिम्मेवार बन्ने बानीको विकास हुँदै जान्छ। तल पाँच टिप्स दिइएका छन् जुन तपाईका नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा केही सहयोग पुग्नेछ। १‍- नानीबाबुहरुसँग नियमित कुराकानी गर्नुहोस् : नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा कुराकानीले विशेष भूमिका खेलेको हुन्छ। नियमित कुराकानीले नानीबाबुहरुसँग नजिक बनाउनुका साथै नानीबाबुहरुमा आत्मविश्वास बढ्छ। नानीबाबुहरु बोल्न थालेदेखि उनीहरुसँग रमाइला कुराकानी गर्ने बानीको विकास गर्नुपर्छ। उनीहरुसँग अंग्रेजी हिन्दी,नेपालीलगायत भाषामा कुराकानी गर्नेहोस्। ताकी उनीहरु बढ्दै गएपछि कुनै पनि भाषाको समस्या नआ‍ओस्। २- घरमा खुशियाली वातावरण बनाउनुहोस : घरमा नानीबाबुहरुलाई राम्रो वातावरणा दिनुपर्छ। सुन्दर वातावरणमा हुर्केका नानीबाबुहरु पछि गएर एक जिम्मेवार मात्र नभइ बुद्धिमानी हुन्छन्। नानीबाबुहरुलाई सानैदेखि जिम्मेवारी बन्न दिनुपर्छ। अभिभावकले नियमित उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ।उनीहरुमा परेको समस्या बुझ्ने कोशिस गर्नुपर्छ। यसो गर्दा उनीहरुमा कामप्रति जिम्मेवारी हुन्छन्। ३- नानीबाबुहरुको उमेरअनुसार खेलौना किन्नुहोस- : नानीबाबुहरुका खेलौना किन्दा उनीहरुको उमेरमा ध्यान दिनु आवश्यक हुन्छ। किनकी उमेर अनुसारका खेलौना भएनन् भने यसले नानीबाबुहरुको मानसिक विकासमा असर गर्छ। खेलौनाले बच्चालाई खुसी र दु:खी बनाउने भएकाले उमेरअनुसारका खेलौना दिनुहोस्।यस्तो खेलौना दिनुहोस्, जसले बच्चालाई ज्ञानसम्बन्धि जानकारी देओस्। ४- नानीबाबुलाई नियमित पढाउने गर्नुहोस् : जब नानीबाबुहरु स्कुल जान थाल्छन् उनीहरुलाई किताब पढ,लेख भनेर मात्र दबाब दिनुहुँदैन। उनीहरुसँग बसेर किताब ‍‌ओल्टाइ पल्ट्याइ गर्ने। उनीहरुलाई नै यो केहो भनेर सोध्ने गर्नुपर्छ। यसो गर्दा उनीहरु हाँसेर उत्तर दिने गर्छन् र पछि प्रश्न सोध्ने गर्छन्। आफूले उत्तर दिँदा कहिले काहीँ गलत भनि दिनुपर्छ। यादहोस् त्यो उक्त प्रश्नको उत्तर नानीहरुलाई थाहा होस्। उनीहरुले त्यसो होइन, यसको उत्तर त यस्तो पो हो भन्दै जिस्काउने गर्छन्। आफूलाई बढी जान्ने भन्ठान्छन्। यसो गर्दा नानीबाबुहरुको नजादिँदो तरिकाले पठाइ अगाडि बढ्छ। कापी किताबका साथसाथै उनीहरुलाई अंग्रजी/नेपाली वर्णमाला पढ्न लगाउने,‍औंला भाँचेर गन्ती गर्न सिकाउने,फलफूल दिँदा सम्बन्धित फलफूलको नाम बताइ दिने, चराचुरुंगी देखाउँदा नाम भनिदिने, घरमा आएका पाहुनाको नाम/नाता बताइने दिने, घुम्न जाँदा जाँदै गरेको स्थानको नाम र पुगिसकेपछि पुगेको स्थानको नाम बताइदिनुपर्छ। यसो गर्दा नानीबाबुहरुले सबै कुराको जानकारी पाउनुका साथै नयाँ-नयाँ कुरा सिक्ने मौका पाउँछन्। ५- नकारात्मक सन्देश दिने उपहार नदिनुहोस्: नानीबाबुहरुको जन्मदिनमा हतियार बुझाउने खालका खेलौना भुलेर पनि दिनुहुँदैन। यसले नानीबाबुहरुमा क्रोधको भावना पैदा गर्छ। हतियार बुझाउने खेलौनामा रमाउने बालबालिकापछि गएर रिसाहाखालका हुनेगर्छ। यस्ता नानीहरुमा सकारात्मकभन्दा पनि नकारात्मक सोचाइ बढ्नेगर्छ। नानीबाबुहरुमा नकारात्मक सोचको विकास हुनेगर्छ। त्यसैले बालबालिकालाई उपहार दिँदा उमेरमा ध्यान दिनुपर्छ। भर्खर स्कुल जान थालेका नानीबाबुहरुलाई ठूला अक्षर भएका किताब,कलम,पेन्सिल,इरेजर,कटर,झोला,कुनै पर्यटकीयस्थल बुझाउने फोटो, कुनै विशेष जनावरको फोटो आदि उपहारको रुपमा दिँदा राम्रो हुन्छ। सम्बन्धित नानीबाबुहरुको फोटो फ्रेममा राखेर उपहारका रुपमा दिँदा उनीहरु धेरै खुसी हुन्छन्। यो सामग्री अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

अंग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

पोखरा, चैत ४ । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । ‘समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ, यसले शिक्षाको गुणस्तर पनि बढेको छ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताए । विद्यालयमा प्राविधिक शिक्षाका लागि शिक्षा मन्त्रालयअन्तर्गतको कक्षा ९–१२ मा सिभिल इञ्जिनीयरिङ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) मा एसइईपछिको तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाउन प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले भने, ‘कार्यक्रम स्वीकृत भएसँगै आउने शैक्षिक सत्रदेखि नै कक्षा चलाउने तयारी गरेका छौँ ।’ नेपाली माध्यममा पढाइ हुँदा वि.सं २०७१ मा ३५० विद्यार्थी पढ्थे । त्यसले विद्यार्थीको आकर्षण बढ्न नसकेपछि अङ्ग्रेजीमासमेत पढाउन थालिएको हो । त्यसपछि वर्षेनी विद्यार्थी सङ्ख्या बढ्दै २०७२ मा ५२१, २०७३ मा ६९१, २०७४ मा ९४० हुँदै २०७५ मा एक हजार १३२ विद्यार्थी पुगेको हो । अघिल्लो वर्ष एसइई परीक्षामा १२ विद्यार्थीले ‘ए’ प्लस, २३ ले ‘ए’, २४ ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ थिए । उक्त परीक्षामा विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए । यस वर्ष एसइईमा ७९ विद्यार्थी सहभागी हुने विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले बताए । एसइईमा विद्यार्थीले राम्रो नतिजा ल्याउन् भन्ने अभिप्रायले गत मङ्सिरदेखि विद्यलायमा आवासीय पठनपाठन थालिएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकाल अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको बताउँछन् । गुणस्तरीय शिक्षाका लागि त्यही किसिमका पूर्वाधार विकासलाई पनि आफूँहरूले प्राथमिकतामा राखेको बताउँदै उनले प्रविधिमा आधारित शैक्षिक कार्यक्रमको विकास गर्न सम्बन्धित निकायमा पहल भैइरहेको जानकारी दिए । ‘प्रविधिमा आधारित शिक्षाका लागि पोखरा महानगरपालिका र सूचना विभागसँग सहयोगका लागि प्रस्ताव पेश गरिएको छ’, उनले भने, ‘कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउँदै पठनपाठनमा चक, डस्टर तथा कागजकोे प्रयोग हटाउने दीर्घकालीन सोच छ ।’ विद्यालयका साथै आफ्ना बालबालिकाको हाजिरी, गृहकार्य लगायतका विषयमा अभिभावकले दैनिक थाहा पाउने गरी अघिल्लो वर्षबाट विद्यालयले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । सरस्टीका नामक उक्त एप सञ्चालनसँगै विदेशमा सेवा, पेशा व्यवसायका क्रममा पुगेका अभिभावकले आफ्ना केटाकेटी विद्यालय आए नआएको, गृहकार्य गरे नगरेकोबारे जानकारी लिने गरेका छन् । पोखरा महानगरपालिका–३३ भित्रका विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिवृद्धिको विषयलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको वडा शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए । ‘गुणस्तरीयतासँगै विद्यार्थीमा व्यवहारिकता, नैतिकता जस्ता शिक्षाका महत्वपूर्ण पक्षमा सबैको चासो जानु आवश्यक छ’, उनले भने । वडामा भूगोल सुहाउँदो प्राविधिक शिक्षा कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा आफू लागेको उनको भनाइ थियो । वडामा अघिल्लो वर्ष विद्यालयबाहिर रहेका सबैलाई विद्यालयमा ल्याउने गरी थालिएको अभियान सफल भएको वडा सदस्य दीपक लामिछानेले बताए । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि महानगरपालिकाबाट पनि शिक्षा नीति बन्दै गरेको जानकारी दिँदै उनले शिक्षक, विद्यार्थी तथा अभिभावकको सामुहिक प्रयासमा गुणस्तरियता कायम गर्न सकिने धारणा राखे । रासस

४६ जिल्लाको प्राथमिक नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ४ । शिक्षक सेवा आयोगले सोमबार दिउँसोसम्म कार्यरत अस्थायी शिक्षकको ४६ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

एउटै सरकारी स्कुलमा एकै परिवारका ५ जना शिक्षक!

महोत्तरी, चैत ४ । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन् । यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ ।प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् । यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् । अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन् । बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पुर्याएरै राखिएको बताउँछन् । विद्यालयको अवस्था दयनीय छ । गाउँपालिकामै सबैभन्दा कमजोर छ यो स्कुल । स्थानीय तहको मातहत आइसकेपछि हामीले शिक्षा कार्यविधि बनायौँ । हाजिर मात्रै गरेर तलब खाने शिक्षकलाई कारबाही गर्न खोज्दा हामीविरुद्ध नै मुद्दा हालिएको छ । शिक्षा कार्यविधिविरुद्ध उनीहरूकै निकटका शम्भु यादवले सर्वोच्च अदालतमा मुद्दा हालेकाले उल्टै महिनामा एकपटक तारेख लिन जानुपरेको छ । ६ शिक्षक रहेको नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या मुस्किलले २० पुग्छ । त्यसैले परिवारभित्रैका शिक्षक–शिक्षिका पालैपालो विद्यालय आउँछन् । नियमित २ जना मात्रै शिक्षक आउने गरेको स्थानीय बताउँछन् । प्रअ सीताशरण यादवले विद्यालयको पठनपाठन कमजोर रहेको स्वीकार गरे । ‘विद्यार्थी पढ्नै आउँदैनन् । हाम्रो स्कुलका वरिपरि निजी विद्यालय पनि छन्,’ यादवले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

आज पनि ९ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ३ । शिक्षक सेवा आयोगले आइतबार कार्यरत अस्थायी शिक्षकको ९ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै रोल्पा, रुकुम, धनुषा, सल्यान, दोलखा, रामेछाप, सर्लाही, सिन्धुली र महोत्तरी जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आइतबार ६ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ३ । शिक्षक सेवा आयोगले आइतबार कार्यरत अस्थायी शिक्षकको ६ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै रोल्पा, रुकुम, धनुषा, सल्यान, दोलखा र रामेछाप जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू

जीतपुर, चैत ३ । कपिलवस्तुमा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि बढेको छ । बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक र महत्वपूर्ण स्थान रहेकाले विद्यालयमा बौद्ध शिक्षालाई निश्चत पाठ्यभार तोकेर अगाडि लैजाने गरी योजना अघि बढेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका एकाइ प्रमुख बाबुराम भट्टराईले जानकारी दिए । पाठ्यक्रममा व्यवस्थ्या भएको स्थानीय विषय रहेकाले जिल्लाका संस्थागत र सामुदायिक विद्यालयमा बौद्ध शिक्षा लागू हुने गरी अन्तिम तयारी शुरु भएको छ । उनले यस शिक्षाले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउन मद्दत गर्ने बताए । विषय विज्ञसहित आठ सदस्यीय समितिको आज बसेको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुने गरी पाठ्यक्रमको अन्तिम प्रारुप तयार गरी स्वीकृत गरेको छ । पाठ्यक्रमको विषयवस्तु छनोटसँगै सबै स्थानीय तहका प्रमुख उपप्रमुख र त्यससँग सहकार्य तथा समन्वय गर्ने बताइएको छ ।

३७ जिल्लाको प्राथमिक नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ३ । शिक्षक सेवा आयोगले आइतबार दिउँसोसम्म कार्यरत अस्थायी शिक्षकको ३७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

१० वर्षमा ९ लाख हराएका विद्यार्थी कहाँ गए ?

काठमाडौं, चैत ३ । बितेको १० वर्षमा ९ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । १० वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यसवर्ष चार लाख ५० हजार १८६ परीक्षार्थी एसईई परीक्षामा सम्मिलित हुँदैछन् । कक्षा १० मा पुगेका विद्यार्थीभन्दा एसईई परीक्षा दिने विद्यार्थी करिव छ हजार कम छन् । १० वर्षमा नौ लाख विद्यार्थी हराउनुको वास्तविक कारणबारे सरोकार निकायले खोजी गरेको छैन । बीचैमा पढाइ छाड्ने र कक्षा दोहोर्याउने कारण नै यतिका विद्यार्थी हराएको हुनसक्ने ‘तयारी भनाइ’ शिक्षा निकायका पदाधिकारीले दिने गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले भने, ‘किन बीचैमा कक्षा छाड्नुपर्यो र किन दोहोर्याउनुपर्यो भन्नेबारे भित्र गएर अनुसन्धान गर्न सकेका छैनौँ तर भर्ना भएकामध्ये आधाभन्दा बढी विद्यार्थी घट्नुको कारण कक्षा छाड्ने र दोहो¥याउने नै हो ।’ वि।सं। २०६६ मा छ लाख ८० हजार ४८२ बालिका र छ लाख ८२ हजार ४३८ बालक विद्यालयमा भर्ना भएका थिए । केन्द्रको तथ्याङ्कअनुसार उनीहरू कक्षा १० मा आइपुग्दा दुई लाख ३६ हजार ३१३ छात्रा र दुई लाख २० हजार १६३ छात्र विद्यालयमा टिकेको देखिन्छ । सुरुमा भर्ना हुँदा छात्र बढी थिए भने कक्षा १० पूरा गर्दा छात्रा बढी टिकेको देखिन्छ । कक्षा १ मा २०६६ सालमा भर्ना भएकाहरू २०६७ सालमा कक्षा २ मा पुग्दा नौ लाख ९३ हजार ९१६ मात्र टिकेका थिए । सुरुमै झण्डै तीन लाख ७० हजार विद्यार्थी घटिसकेका थिए । केन्द्रका उपमहानिर्देशक शर्माले बीचैमा कक्षा छाड्नेहरुको बढी भीड प्राथमिक तहमै भएको बताए । कक्षा २ बाट कक्षा ३ मा उक्लिँदा आठ लाख ९५ हजार १५३ जना विद्यार्थी बाँकी थिए । ती २०६९ सालमा कक्षा ४ मा पुग्दा ८ लाख नौ हजार ५०४ जनामा सीमित थिए । केन्द्रका अनुसार तिनै विद्यार्थी २०७० सालमा कक्षा ५ मा पुग्दा सात लाख ३१ हजार ५७३, कक्षा ६ मा पुग्दा छ लाख ३८ हजार ५८०, कक्षा ७ मा पुग्दा पाँच लाख ९४ हजार ५३२, कक्षा ८ मा पुग्दा छ लाख आठ हजार ७७० र कक्षा ९ मा पुग्दा पाँच लाख ११ हजार ६९२ रहेका थिए । घट्दै गएका विद्यार्थीको तथ्याङ्क विश्लेषण गर्दै आएका केन्द्रका निर्देशक शंकर थापाले कतिपय विद्यार्थीले कक्षा ५ सम्म सरदर तीन पटकसम्म कक्षा दोहो¥याउने गरेको बताउँदै भने, “विद्यार्थीलाई कोड नम्बर दिएर त्यसका आधारमा ट्रयाकिङ् गर्ने कार्यको प्रयास भएको हो तर सफल हुन सकेन । त्यस्तो हुन सकेमा हराएका विद्यार्थी कहाँ पुगे भन्ने थाहा हुनसक्छ ।” बाल विवाह, रोजगारी, गरिबी, शिक्षकको अनुपस्थिति, बालमैत्री कक्षाकोठाको अभाव, भौगोलिक विकटता लगायतका कारणले बीचैमा कक्षा छाड्ने गरिएको भनाइ शिक्षाविज्ञहरूको छ । शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले हराएका विद्यार्थीबारे कसैले पनि अध्ययन नै नगरेको बताए “हरेक वर्ष विद्यार्थी हराए भन्छौँ, तर अनुमानका भरमा हराए भन्छौँ, कहाँ गए भन्ने खोजी नै हुनसकेको छैन” उहाँले थप्नुभयो, “अब विद्यार्थीले विद्यालय छाडेमा त्यसको जिम्मेवार सम्बन्धित प्रधानाध्यापकलाई बनाउनुपर्दछ । त्यसो भएमा उनले हराएका विद्यार्थी खोजी गर्नुपर्ने हुन्छ । सम्पूर्ण विद्यार्थीलाई टिकाउन सक्ने प्रधानाध्यापक वा विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिनु पर्दछ ।” नेपाल अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीले विद्यार्थीलाई टिकाउने प्रभावकारी योजना नै सरकारसँग नभएको आरोप लगाउँदै विद्यार्थीलाई सङ्केत नम्बर दिने र त्यसका आधारमा ट्रयकिङ् गर्ने पद्धतिको थालनी भएमा हराएका विद्यार्थीबारे थाहा पाइने सुझाव दिए । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक शर्माले हरेक वडाले विद्यार्थीको अभिलेख कायम गर्नुपर्ने बताउँदै भने, “कुनै विद्यार्थी विद्यालयमा गएनन् भने किन गएनन् भन्ने जानकारी प्रधानाध्यापकसँग माग्नु पर्दछ । अभिभावकसँग सोध्नुपर्दछ । विदेशमा यस्तो पद्धति छ र यसलाई हामीले पनि लागू गर्न सक्छौँ । त्यसो भयो भने हराएका विद्यार्थी कहाँ पुगे र किन हराए भन्ने थाहा पाउन सकिने छ ।”

दश वर्षमा ९ लाख विद्यार्थी हराए

काठमाडौं, चैत ३ । वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको संख्या ४ लाख ५६ हजार ४७६ भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष चार लाख ५० हजार १८६ परीक्षार्थी एसईई परीक्षामा सम्मिलित हुँदैछन् । कक्षा १० मा पुगेका विद्यार्थीभन्दा एसईई परीक्षा दिने विद्यार्थी करिव छ हजार कम छन् । दश वर्षमा नौ लाख विद्यार्थी हराउनुको वास्तविक कारणबारे सरोकार निकायले खोजी गरेको छैन । बीचैमा पढाइ छाड्ने र कक्षा दोहोर्याउने कारण नै यतिका विद्यार्थी हराएको हुनसक्ने ‘तयारी भनाइ’ शिक्षा निकायका पदाधिकारीले दिने गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले भने, “किन बीचैमा कक्षा छाड्नु पर्यो र किन दोहोर्याउनु पर्यो भन्नेबारे भित्र गएर अनुसन्धान गर्न सकेका छैनौँ तर भर्ना भएकामध्ये आधाभन्दा बढी विद्यार्थी घट्नुको कारण कक्षा छाड्ने र दोहोर्याउने नै हो ।” वि.सं. २०६६ मा छ लाख ८० हजार ४८२ बालिका र छ लाख ८२ हजार ४३८ बालक विद्यालयमा भर्ना भएका थिए । केन्द्रको तथ्यांकअनुसार उनीहरू कक्षा १० मा आइपुग्दा दुई लाख ३६ हजार ३१३ छात्रा र दुई लाख २० हजार १६३ छात्र विद्यालयमा टिकेको देखिन्छ । सुरुमा भर्ना हुँदा छात्र बढी थिए भने कक्षा १० पूरा गर्दा छात्रा बढी टिकेको देखिन्छ । कक्षा १ मा २०६६ सालमा भर्ना भएकाहरू २०६७ सालमा कक्षा २ मा पुग्दा नौ लाख ९३ हजार ९१६ मात्र टिकेका थिए । सुरुमै झण्डै तीन लाख ७० हजार विद्यार्थी घटिसकेका थिए । केन्द्रका उपमहानिर्देशक शर्माले बीचैमा कक्षा छाड्नेहरुको बढी भीड प्राथमिक तहमै भएको बताए । कक्षा २ बाट कक्षा ३ मा उक्लिँदा आठ लाख ९५ हजार १५३ जना विद्यार्थी बाँकी थिए । ती २०६९ सालमा कक्षा ४ मा पुग्दा आठ लाख नौ हजार ५०४ जनामा सीमित थिए । केन्द्रका अनुसार तिनै विद्यार्थी २०७० सालमा कक्षा ५ मा पुग्दा सात लाख ३१ हजार ५७३, कक्षा ६ मा पुग्दा छ लाख ३८ हजार ५८०, कक्षा ७ मा पुग्दा पाँच लाख ९४ हजार ५३२, कक्षा ८ मा पुग्दा छ लाख आठ हजार ७७० र कक्षा ९ मा पुग्दा पाँच लाख ११ हजार ६९२ रहेका थिए । घट्दै गएका विद्यार्थीको तथ्याङ्क विश्लेषण गर्दै आउनुभएका केन्द्रका निर्देशक शंकर थापाले कतिपय विद्यार्थीले कक्षा ५ सम्म सरदर तीन पटकसम्म कक्षा दोहोर्याउने गरेको बताउँदै भने, “विद्यार्थीलाई कोड नम्बर दिएर त्यसका आधारमा ट्रयाकिङ् गर्ने कार्यको प्रयास भएको हो तर सफल हुन सकेन । त्यस्तो हुन सकेमा हराएका विद्यार्थी कहाँ पुगे भन्ने थाहा हुनसक्छ ।” बाल विवाह, रोजगारी, गरिबी, शिक्षकको अनुपस्थिति, बालमैत्री कक्षाकोठाको अभाव, भौगोलिक विकटता लगायतका कारणले बीचैमा कक्षा छाड्ने गरिएको भनाइ शिक्षाविज्ञहरूको छ । शिक्षाविद् प्रा।डा। मनप्रसाद वाग्लेले हराएका विद्यार्थीबारे कसैले पनि अध्ययन नै नगरेको बताए । “हरेक वर्ष विद्यार्थी हराए भन्छौँ, तर अनुमानका भरमा हराए भन्छौँ, कहाँ गए भन्ने खोजी नै हुनसकेको छैन” उनले थपे, “अब विद्यार्थीले विद्यालय छाडेमा त्यसको जिम्मेवार सम्बन्धित प्रधानाध्यापकलाई बनाउनुपर्दछ । त्यसो भएमा उनले हराएका विद्यार्थी खोजी गर्नुपर्ने हुन्छ । सम्पूर्ण विद्यार्थीलाई टिकाउन सक्ने प्रधानाध्यापक वा विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिनु पर्दछ ।” नेपाल अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीले विद्यार्थीलाई टिकाउने प्रभावकारी योजना नै सरकारसँग नभएको आरोप लगाउँदै विद्यार्थीलाई सङ्केत नम्बर दिने र त्यसका आधारमा ट्रयकिङ् गर्ने पद्धतिको थालनी भएमा हराएका विद्यार्थीबारे थाहा पाइने सुझाव दिए । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक शर्माले हरेक वडाले विद्यार्थीको अभिलेख कायम गर्नुपर्ने बताउँदै भने, “कुनै विद्यार्थी विद्यालयमा गएनन् भने किन गएनन् भन्ने जानकारी प्रधानाध्यापकसँग माग्नु पर्दछ । अभिभावकसँग सोध्नुपर्दछ । विदेशमा यस्तो पद्धति छ र यसलाई हामीले पनि लागू गर्न सक्छौँ । त्यसो भयो भने हराएका विद्यार्थी कहाँ पुगे र किन हराए भन्ने थाहा पाउन सकिनेछ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

थप २ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत २ । शिक्षक सेवा आयोगले शनिबार कार्यरत अस्थायी शिक्षकको ९ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै प्यूठान, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा, ओखलढुंगा, खोटाङ, सुर्खेत र दाङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले ७ जिल्लाको शनिबार साँझ ७ बजेअघि र २ जिल्लाको ८ बजे आसपास सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्युठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

२८ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत २ । शिक्षक सेवा आयोगले शनिबार दिउँसोसम्म कार्यरत अस्थायी शिक्षकको २८ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिबारसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

पूर्वशिक्षा मन्त्री पौडेल भन्छन्, ‘शैक्षिक बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली बदल्नुपर्छ’

काठमाडौं, फागुन २५ । पूर्व शिक्षामन्त्री धनीराम पौडेलले श्रमसँग नजोडिएको शिक्षा काम नलाग्ने बताएका छन् । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले अभिभावक दिवसका अवसरमा आयोजना बोल्दै उनले सो कुरा बताएका हुन् । अझै पनि शिक्षा जीवनउपयोगी नभई शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्र भएको भन्दै उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वमन्त्री पौडेलले विज्ञान र प्रविधिको उच्च विकास भएको आजको विश्वसँग प्रतिस्पर्धा गर्ने र आफ्नो समाजसँग पनि जोडिने शिक्षा अहिलेका बालबालिकालाई प्रदान गर्नुपर्ने बताए । उनले भने, “शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न सक्ने शिक्षा प्रणाली आजको आवश्यकता हो ।” विद्यालयले विद्यार्थीहरुको सिर्जनशिलता र अभिभावकको भावना, आकांक्षा र चाहना र राष्ट्रको आवश्यकता पूरा गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप गर्नुपर्ने पूर्वमन्त्री पौडेलको भनाई थियो । अहिलेका अभिभावकहरु आफ्ना बालबालिकाको सिकाई प्रक्रियासँग जोडिन नसकेको उल्लेख गर्दै उनले अभिभावकहरुले ध्यान नदिँदा नै बालबालिकाको सिकाई पूर्ण नहुने र उनीहरु कुलतमा लाग्ने खतरा बढेको बताए । उनले भने, “बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकीय कर्तव्य पूरा हुँदैेन, विद्यालयमा शैक्षिक वातावरण छ कि छैन, आफ्नो बच्चाहरु के गरिरहेका छन्, उनीहरुको शैक्षिक सुधार के कस्तो भइरहेको छ भन्ने कुरा अभिभावले जानकारी लिनुपर्दछ । तबमात्र कलिला मस्तिष्कले सही बाटो पकड्न सक्दछ ।” उनले निजी विद्यालयहरुले पनि अरु व्यवसाय जस्तो नभई सार्वजनिक सेवा नै भएको उल्लेख गर्दै निजी विद्यालयको शिक्षा क्षेत्रमा सकारात्मक योगदान रहेको बताए । साहारा जस्तै देशमा धेरै स्वरोजगारमूलक विद्यालयहरु रहेको र तिनले आफ्नो ठाउँबाट राज्यको शैक्षिक दायित्वमा सहयोग पुर्याएको उनको टिप्पणी थियो । साहारा नेशनल स्कूलले शनिवार छैटौ अभिभावक दिवस तथा वार्षिक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाले विविध गीत तथा नृत्यका साथै आआफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।