हेर्नुस्, स्याङ्जाकाे प्रावि तहको नतिजा (नामसहित)

काठमाडौं, मंसिर २८ । शिक्षक सेवा आयोगले शुक्रबार ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज तनहुँ, कास्की, अर्घाखाँची, स्याङ्जा र पाल्पा जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

–तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

–कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

स्याङ्जाको नतिजा हेर्नुस्-

 

भोजुपरको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत भोजपुरको नतिजा पनि प्रकाशन गरेको छ । भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो । यी पनि पढ्नुहोस्- अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अछामको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत अछामको नतिजा पनि प्रकाशन गरेको छ । अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

कति जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक ? हेर्नुस् नतिजा

काठमाडौं, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, बिहीबार साँझसम्म १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशका ६ जिल्लाको नतिजा आएको छ । यो प्रदेशका कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुलाको प्रावि तहको नतिजा आइसकेको हो । अब यो प्रदेशका बाँकी तीन जिल्लाको मात्र आउन बाँकी छ । कैलाली, अछाम र डोटीको प्रावि तहको नतिजा आउन बाँकी रहेको हो । सुदूरपश्चिमबाहेक अन्य ६ जिल्लाको नतिजा पनि सार्वजनिक भएको छ । ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा र संखुवासभाको प्राथमिक तहको नतिजा सार्वजनिक भएको हो । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो । -बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सुदूरपश्चिमका ६ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक [नामसहित]

काठमाडौं, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ६ जिल्लाको नतिजा सार्वजनिक भएको छ । कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुलाको प्रावि तहको नतिजा आइसकेको हो । अब बाँकी तीन जिल्लाको मात्र आउन बाँकी छ । कैलाली, अछाम र डोटीको प्रावि तहको नतिजा आउन बाँकी रहेको हो । सुदूरपश्चिमबाहेक अन्य ६ जिल्लाको नतिजा पनि सार्वजनिक भएको छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो । -बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् -कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

संखुवासभाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत संखुवासभाको नतिजा पनि प्रकाशन गरेको छ । संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।  

हेर्नुस् बाजुराको प्राथमिक तहको नतिजा (नामसहित)

भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत बाजुराको नतिजा पनि प्रकाशन गरेको छ । बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

नेपाली विद्यार्थी नेपाली विषयमै सबैभन्दा कमजोर !

काठमाडौं, कार्तिक २५ । नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर देखिएको छ । निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि गरिएको एक अनुसन्धानले उनीहरू नेपाली विषयमा औसतभन्दा कमजोर देखिएका हुन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले यो वर्ष गरेको अध्ययनअनुसार नेपाली विषयमा अधिकांश प्रदेशका विद्यार्थीले औसत अंक पनि प्राप्त गरेनन् । चारवटा प्रदेशका विद्यार्थी औसतभन्दा कमजोर देखिएका छन् भने तीनवटा प्रदेशले औसत अंक बल्लतल्ल कटाएका छन् । अध्ययनअनुसार गणितभन्दा पनि नेपालीमा विद्याथी कमजोर छन् । गणितमा तीनवटा प्रदेशले औसत अंक ल्याउन सकेकोमा नेपालीमा चारवटा प्रदेश असफल भएका छन् । विज्ञानमा भने पाँचवटा प्रदेशले औसत अंक ल्याउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकबाट

चार महिनाको तलब नपाउँदा कर्मचारीको बिजोग

काठमाडौं, कार्तिक १८ । संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । दसैं–तिहारमा समेत तलब नपाउँदा घर–व्यवहारमै समस्या आएको कर्मचारीले बताएका छन् ।   वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो संख्यामा कर्मचारीले तलब पाउन नसकेको बताए। बजेट भाषणमै तलबका लागि रकम निर्धारित भइसके पनि सरकारी अनुदारताका कारण कर्मचारीले तलब नपाएको उनले बताए।   विराटनगरको श्रम तथा रोजगार कार्यालय, महोत्तरीको वन सबडिभिजन कार्यालय र कावासोती नगरपालिकाको वन तथा कृषि कार्यालयका कर्मचारीले तलब नपाएको समाचार पछिल्लो साता सार्वजनिक भएको छ। पोखरेलले भने, ‘दसैंमा धेरैले तलब पाएका थिएनन्। पछिल्लो समय केही कर्मचारीले तलब पाएको सुनिए पनि धेरै ठाउँमा समस्या छ।’   सरकारले साउन १ देखि जिल्लाका धेरैजसो सरकारी कार्यालय विघटन र कतिपय प्रदेशलाई हस्तान्तरण गरेको थियो। कागजमा विघटन भइसकेको र व्यवहारमा प्रदेश मातहत नगइसकेकाले कर्मचारी व्यवस्थापनमा समस्या देखिएको हो।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले पुराना कार्यालय अस्तित्वमा नरहेको र नयाँ खोल्नुपर्ने कार्यालय खुल्न ढिला भएकाले तलबको समस्या देखिएको बताए । ‘धेरै हदसम्म समस्या समाधान भइसकेको छ, स्थानीय सरकारभन्दा प्रदेशमा खटिएका कर्मचारीको हकमा कतै–कतै समस्या सुनिएको हो,’ उनले भने ‘प्रदेश सरकारले स्वीकृत नयाँ संरचनाअनुसारका कार्यालय खोलेपछि कर्मचारी व्यवस्थापन सहज बन्दै गएको छ।’ उनले तलब नपाउने समस्या करिब ९० प्रतिशत समाधान भइसकेको दाबी गरे। कान्तिपुरमा खबर छ ।

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं, कार्तिक १३ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गरेको हो।   विषयगतविज्ञसँग परामर्श नगरी पाठ्यक्रम बनाएको आरोपसमेत केन्द्रमाथि लागेको थियो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा।लेखनाथ पौड्यालले नयाँ पाठ्यक्रम बनाइरहेको जानकारी दिए। अर्को वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ। पुरानो पाठ्यक्रमअनुसार जीव विज्ञानमा गणित ऐच्छिक विषयका रूपमा पढाइ भइरहेको छ।   नयाँ संरचनाअनुसार कक्षा ११ र १२ विद्यालय तहमा गाभिएपछि केन्द्रले नयाँ पाठ्यक्रम बनाइरहेको हो। अधिकांश विद्यार्थीलाई अनुपयोगी रहेको तर्क गर्दै केन्द्रले गणित हटाउने प्रस्ताव गरेको थियो। केन्द्रले विज्ञकै सुझावमा गणितलाई निरन्तरता दिएको हो। जीव विज्ञानका विद्यार्थीले साताको ५ दिन गणित पढ्नेछन्। नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा ७ विषयको पढाइ हुनेछ। कक्षा ९ र १० मा आठ तथा कक्षा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।

कक्षा ११ को नतिजा सार्वजनिक, कसले कति जिपीए ल्याए ?

काठमाडौं, असोज २० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १।६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ रजीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् । अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो। परीक्षा बोर्डले गत वर्षभन्दा यो वर्ष चाँडै नतिजा सार्वजनिक गरेको हो।

देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना

दमौली, असोज ३ । तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०-१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा बढीजसो संस्कृत र धार्मिक पुस्तक छन् । आधुनिक साहित्यका सामग्री तथा दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिका समेत राखिएको सो पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । पुस्तकालयको संस्थापक डा गुरुप्रसाद सुवेदी रहेका छन् । महेश संस्कृत विद्यापीठका प्राचार्यसमेत रहनुभएका सुवेदीकै संरक्षकत्वमा पुस्तकालय सञ्चालन भइरहेको छ । स्थानीयवासी तथा यहाँ भ्रमणमा आउने तीर्थालु र भक्तजनले दैनिकरुपमा पुस्तकालयको भ्रमण गर्नुका साथै पुस्तक तथा पत्रपत्रिकाको अध्ययन गर्ने गरेको पौडेल बताउँछन् । इतिहास, वेद, उपनिषद् र पुराणका पुस्तकमार्फत देवघाटधामलाई पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा विकास गर्ने योजना रहेको उहाँनको भनाइ छ । “पुस्तकालयको विकास र विस्तारका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक छ,” उनले भने । देवघाट गाउँपालिका–५ स्थित सार्वजनिक जग्गामा पुस्तकालय भवन निर्माण गरिएको छ । भवन साँघुरो भएकाले जग्गा र सुविधा सम्पन्न नयाँ भवन बनाउन स्थानीय तहसँग पहल गरिरहेको पौडेलले बताए । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले पुस्तकालयको विकास र विस्तार गर्न सक्दो सहयोग गर्ने बताए । रासस

दुर्इ-दुर्इ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण

लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २-२ थान कम्प्युटर शुक्रबार वितरण गरेका छन् । मधेशको शिक्षामा सुधार र आधुनिक युगमा सूचना प्रविधिमा सबैको पहुँचका निमित्त आफू निर्वाचित भएको क्षेत्रमा संसदीय विकास कोषको रकमबाट सामुदायिक विद्यालयलाई राज्यमन्त्री मण्डलले कम्प्युटर वितरण गरेका हुन् । सो अवसरमा मन्त्री मण्डलले विद्यालयमा वृक्षरोपण समेत गरेका थिए । सिरहाको कल्याणपुर, डरौल, भेरीया र वर्छवास्थित विद्यालयमा पनि कम्प्युटर वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । रासस

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न अावश्यक : मन्त्री विष्ट

विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालबाट कामदार पठाउँदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बताए । मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पारे । उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ भने । मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्नेे बताए । रासस

४६७ कर्मचारी स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन फिर्ता

काठमाडौँ । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए । सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी रहेका छन् । प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने बताए । सरकारले एकै पटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक व्ययभार बढ्ने तथा कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले अवकाश फिर्ता लिने निर्णय गरेको हो । मन्त्रालयले गत जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता लिन थालेको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई अघिल्लो सरकारले स्वेच्छिक अवकाशलाई आह्वान गर्दा करीब नौ हजार ६७१ कर्मचारीले निवेदन दर्ता गराएका थिए । रासस

अविरल वर्षाका कारण विद्यालयमा परीक्षा स्थगित

दार्चुला । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिनुभयो । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । “खोलामा एक्कासि पानीको बहाव बढ्यो, पुल बगाएपछि विद्यार्थी कोही आउन नसकेपछि परीक्षा स्थिगित गर्नु परेको हो,” सहायक प्रधानाध्यापक ठगुन्नाले भन्नुभयो । जनहित माविमा प्रथम चौमासिक परीक्षा दिइरहेका १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बाढीले जमीनसमेत कटान गरेको स्थानीयवासी बहादुरसिंह ठगुन्नाले बताउनुभयो । यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको छ । तीन दिनदेखि जिल्लामा दिउँसो घाम लाग्ने तथा रातिको समयमा भारी वर्षा हुने गरेको छ । रासस