मनसुनजन्य विपत्तिको तयारीमा लाग्न सांसाद सापकोटाको ध्यानाकर्षण

काठमाडौं । सांसद माधव सापकोटा सुबोधले मनुसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला जोखिमयुक्त रहेको चर्चा गर्दै यसबारे समयमै निर्णय लिन आग्रह गरेका हुन् ।

उनले संसदमा संबोधन गर्दै भने –‘गृह मन्त्रालयको तथ्यांक अनुसार गत साल मनसुनजन्य विपदका घट्ना बाट ११९ जनाले ज्यान गुमाउनु पर्यो भने २३०३ घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे । नेपालमा मनसुन जेठको अन्तिम बाट सुरू भएर भाद्रको अन्तिममा सकिन्छ । यो चार महिनाको अवधीमा करिव ४० प्रतिशत विपदका घटना घट्ने गर्छन । हामीमा विपद पश्चात राहत र उद्धारमा जानेको लर्को लाग्छ । पूर्व तयारीमा हाम्रो पर्याप्त ध्यान पुगेको छैन ।
तसर्थ

मैले प्रतिनिधित्व गर्ने जिल्ला सिन्धुपाल्चोक जुन विपदको दृष्टिले उच्च जोखिमयुक्त जिल्लामा पर्दछ सो लगायत अन्य जोखिमयुक्त जिल्लाहरुमा विपद पूर्व तयारी, प्रतिकार्य, पुनर्निर्माण गर्न जिल्लामा श्रोत साधन सहितको विपदको यूनिट राखियोस ।

जोखिमयुक्त बस्तीहरुलाई अस्थाई रूपमा बर्षात अगाडी नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न अविलम्व कार्य अगाडी बढाई सम्भावित मानविय र भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ । विशेष गरी विपद बाट महिला, बालबालिका, अपांगता भएका र जेष्ठ नागरिक बढी प्रभावित हुने हुदा यसको संवेदनशीलतालाई गम्भीर रूपमा लिन अनुरोध गर्दछु ।

वर्षात अगाडी नै उच्च जोखिमयुक्त पालिकाहरुका रणनीतिक बिन्दुहरुमा खाद्य तथा गैरखाद्य सामाग्री खरीद गरी भण्डारण गर्ने व्यवस्था मिलाउनु पर्दछ । हाल विपद पश्चात मात्र सामाग्री खरीद गरेर वितरण गर्ने गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई गती दिन सकेको छैन । मेरो जिल्ला सिन्धुपाल्चोक लगायत अधिकांश बाढी पहीरो प्रभावितहरु २ बर्ष बितिसक्दा पनि अस्थाई टहरामा नै बसेका छन् । त्यसैले क्षती भएको १ बर्ष भित्र आवास पुनर्निर्माण तथा पुनर्स्थापना सक्ने गरी कार्य गर्न प्राधिकरणको बिशेष ध्यान आकर्षण गर्दछु ।

वाणिज्य महासंघका नयाँ पदाधिकारीहरुले आज पदबहाली गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न विशेष अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन् । महासंघको अध्यक्ष चन्द्र ढकाल,वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ,जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य,वस्तुगत उपाध्यक्ष हेमराज ढकाल,एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायतले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।

माओवादीका पूर्वमन्त्री दम्पती महानगर यातायातमा भेटिएपछि……

काठमाडौं । पूर्वमन्त्री दम्पतीलाई महानगर यातयातमामा भेटेपछि यात्रु दीपक पाण्डेले एउटा लामो स्टाट्स लेखेका छन् । उनले नयाँ मात्रै हुन भन्ने भाष्य स्थापित गर्न खोजेर पुराना नेताहरूको सादगीपन र परिर्वतनका लागि गरेको त्याग तपस्यालाई वेवस्ता गर्ने प्रवृति बढेको भन्दै अहिले नेपाली राजनीतिमा रत्यौली मन पार्ने प्रवृति बढेको टिप्पणी समेत गरेका छन् । यस्तो छ उनले् लेखेको स्टाटस हिजो प्रेस काउन्सिलको बैठकमा भाग लिन महालक्ष्मीस्थानबाट महानगर यातायात चढेर एअरपोर्टतर्फ जाँदै थिए । ग्वार्को पुगेपछी पन्चायतकाल देखिका चर्चित नेता लीलामणि पोख्रेल तथा पूर्वमन्त्री शशी श्रेष्ठदम्पती सोही बसमा चढनु भो । बसमा सिट थिएन, ढोकै छेउको सिटमा बसेकाले भर्याङ्मै आखा जुध्यो। एलएम दाइले पुरानै शैलीमा कता हो दीपकभाइ भन्नू भो ! मैले नमस्कार गर्दै शशी दिदीलाई सीट छोडे। म अगाडि बसेका महोदयले एलएम दाइलाई छोड्दिए। यतिबेलासम्म मैले आफ्नो यात्राबारे बृतान्त कहन भ्याइसकेको थिए। अनि सोधे– ‘कहाँ पुगेर आउनु भयो।’ शशी दिदीले पुरानै शैलीमा मुसुक्क हासेर कुनै साथीको पिताजी बितेकाले समवेदना दिन भेटेर फर्केको बताउनु भयो। त्यतिबेलासम्म मेरो दिमाखमा पन्चायतकालमै जेलनेल भोगेका र मन्त्री भैसकेका नेतादम्पतिको सार्बजनिक बसयात्राको तस्वीर घुमीरहेको थियो । महाकालीसन्धी ताका देखि जोडिएको सम्बन्धको फेरो टेको लाउदै सोधे–‘साधन छैन दिदी ?’ दाइ बोल्नु भएन, दिदीले भन्नू भो– हामी साधारण जीवन मन पराउछौं। यो दृश्यलाई क्यामेरामा कैद गर्न मन लाग्यो मलाई पनि। एउटा फोटो खिच्छु है सम्झना हुन्छ भन्दै दुई क्लिक हानीहाले। उता हाम्रो सम्बाद बसका यात्रुले अभिरुचिपुर्बक सुनिरहकै थिए। यत्तिकैमा कोटेश्वर आइपुग्यो। चियाखाने गरि आउनु है भाइ भन्दै दाइदिदी ओर्लनु भो बसबाट । यता मेरो दिमाखमा भने राजनीतिमा पुराना केही होइनन, नयाँ मात्रै हुन भन्ने भाष्य स्थापित गर्न खोजिएको रत्यौली घुमिरह्यो। यदि हिजो मैले देखेको जस्तो दृश्य चितवनतिर कुर्लिरहेको किर्ते चटके , अनि तनहुँमा घुमीरहेको विदेशी बुद्धिबिलासे झिल्केका स्यालहर्ले देखेका भा त्यसैलाई ट्रोल बनार मुलुकमा कति उधुम मच्चाउने थिए होलान ?

धनगढीमा कोराना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु

धनगढी । धनगढीमा कोराना संक्रमित एक महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी चैत २४ गते मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन। २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

सेती खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार

पोखरा । पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको हो। सेती खोंचमा खसेकी पोखरा–८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए । पोखरा–१५ मा रहेको हरियो खर्कको खेल मैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् । प्रहरीको टोलीले उद्धार गरेर निकालेपछि बालिकाको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.४२ रुपैयाँ रहेको छ । बिक्री दर भने १४५.०९ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहँदा बिक्री दर ३५ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहँदा बिक्री दर २९.८२ रुपैयाँ रहेको छ । आजको विनिमयदर

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ। कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ । त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।

दाङमा बस दुर्घटना एक जनाको मृत्यु, तीन घाइते

दाङ । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घोराहीबाट बुटवल जाँदै गरेको मिनी बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुने थाहा पाएपछि हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए । दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तीमा ठोक्किएको थियो । घाइते घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता :राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए । उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरे ।राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना–कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो ।  

पोखराको सेती खोंचमा खसे बालक

पोखरा । पोखरामा एक बालक सेती खोंचमा खसेका छन् ।  आज दिउँसो खेल्न पुगेका पोखरा ८ का स्मिथ पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए । केसीकाअनुसार पोखरा ८ नागढुंगा बस्ने स्मिथ तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेका हुन् । ‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य गरिरहेको छ ।

जंगली हात्तीले लियो वृद्धको ज्यान

सिरहा । सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा शुक्रबार राती नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ

इलाममा नयाँ वर्षको मेलामा भागदौड, १७ जना घाइते

इलाम । नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठुलो टुँडिखेलमा चलिरहेको मेलामा भागदौड हुँदा मेला हेर्न गएका १७ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको छ। सामान्य घाइते भएका भने इलाम अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । इलाम स्थित राहसल बाल अनाथालयको आर्थिक सहयोगको लागि आयोजना गरिएको मेलामा हिजो बेलुकाको साङ्गीतिक कार्यक्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न मानिसहरू ठुलो सङ्ख्यामा भेला भएका थिए । टिकट काटेर कार्यक्रम हेर्न गएका मानिसहरू भीड धेरै भएपछि टुँडिखेल छिर्ने गेटमै ठेलमठेल हुँदा गेट भत्किए पछि मानिसहरू घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई रहेका छन् ।

मुलुकको समस्या समाधानका लागि दलबीच एकता आवश्यक छ : सभापति लामिछाने

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलकुको समस्या समाधानको लागि दलबीच एकता आवश्यक रहेको बताएका छन् । नेता मिल्न नसक्दा नेपाल विकासमा पछि परेको भन्दै उनले सो कुरा बताएका हुन् । भानु नगरपालिका–५ मा गरेको कोण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले भने ‘देशको समस्या सबै दलको साझा समस्या हो। समस्या समाधानका लागि सबै दल एकजुट हुनु आवश्यक छ। पार्टीबीच सिद्धान्त फरक भए पनि मुलुक साझा एजेण्डामा दलबीच फरक मतभेद हुनु हुँदैन।’ उनले एक अर्कामा मिलेर समस्याको समाधान गर्नुपर्ने बताए। उनले भने,‘झैं–झगडा गर्ने नभई देशको विकासका लागि मेलमिलाप गर्नुपर्छ।’ सभापति लामिछानेले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने बताए ।

भक्तपुरमा आज दुई वटा जात्रा मनाइँदै, सुजनले पहिलोपटक जिब्रो छेडाउँदै

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै छ। हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ। जसअनुसार आज बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन्। जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्। सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले जारी गरेको जात्रा तालिका अनुसार जिब्रो छेडाउने जात्रा दिउँसो १२ बजे सुरु हुनेछ। जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ। एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ। विशेष पहिरन र खुटटामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ। जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ। यसैबीच मध्यपुरथिमि क्षेत्रमै आज ३२ खटसहितको सिन्दुर जात्रा पनि मनाइँदैछ। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन्।

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो। जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा जुडशितल पर्व मनाइँदै

जनकपुरधाम । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ । वर्ष भरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहिआएको छ । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् । आजका दिन घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ ।