गृहको आदेशबिना प्रहरीले मीटरब्याज पीडितमाथि शक्ति प्रयोग गर्यो : किसान महासंघ

काठमाडौं । माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)ले लघुवित्त पीडितहरूको संघर्षको क्रममा चितवनको मुग्लिनमा र मीटरब्याज पीडितहरूको संघर्षको क्रममा काठमाडौँको शान्तिबाटिकामा प्रहरीद्वारा निर्मम दमन भएको भन्दै विरोध जनाएको छ ।

संगठनका अध्यक्ष चित्रबहादुर श्रेष्ठद्धारा जारी विज्ञप्ति मार्फत महासंघले जनताले आफ्ना समस्याहरूबारे संघर्ष गर्न पाउने अधिकारलाई सम्मान गर्न र अनावश्यक बल प्रयोग नगर्न नेपाल सरकारसँग माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ –‘गृहमन्त्रीको आदेशबिना अनावश्यक शक्ति प्रयोग गरी जनतामाथि दमन गर्ने प्रहरी अधिकारीहरूलाई अविलम्ब निलम्बन गरी विभागीय कारबाही चलाउन माग गर्दछौँ । साथै, प्रहरी दमनबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

यस्तो छ विज्ञप्ति

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

काठमाडौं । स्वास्थयमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी भएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई थप उपचारका लागि भारत लाने तयारी सरकारले गरेको हो। राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए । परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण भएपछि उपचारका लागि राष्ट्रपति पौडेल आज त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । सोमबार राष्ट्रपति पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका प्रयोगशालामा पठाइएको थियो। राष्ट्रपति पौडेललाई यसअघि पनि अस्पतालमा भर्ना गरिएको थियो । गत चैत १८ गते छाती र देब्रे कोखा दुख्ने समस्या भएपछि अस्पताल भर्ना भएका पौडेल पाँच दिन अस्पतालमा भर्ना भएका थिए।

उपप्रधान तथा रक्षामन्त्री खड्कालाई अब कानुन मन्त्रालय पनि

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री खड्कालाई तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसको भागमा परेको कानुन मन्त्रालयका लागि कांग्रेसले अहिलेसम्म नाम सिफारिस नगरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई सो जिम्मेवारी दिएको हो ।  राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै खड्कालाई सो जिम्मेवारी तोकिएको जनाएको छ । यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्रीका तीन सल्लाहकारले लिए नियुक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तीन जना सल्लाहकारले नियुक्ति लिएका छन् । यसअघि बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । बिहिबार बसेको बैठकको निर्णयबाट संचार(प्रेस) सल्लाहकारमा गोविन्द आर्चाय नियुक्त भएका छन् । त्यसैगरी जनसम्पर्क सल्लाहकारमा देवेन्द्र पराजुली नियुक्त भएका छन् भने प्रसासन सल्लाहकारमा रामदीप आर्चाय नियुक्त भएका छन् । प्र्रधानमन्त्री प्रचण्डको यसअघिको कार्यकालमा गोविन्द आचार्य प्रेस सल्लाहकार थिए भने रामदीप आर्चाय जनसम्पर्क सल्लाहकार थिए ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।  

एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, ४ जना भेन्टिलेटरमा

काठमाडौं । पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार ‘सेभेन समिट ट्रेक्स’ बाट आरोहणमा गएकी आरोही नोयल हन्नाको मृत्यु भएको छ । उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएकी थिइन् । उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ ।

मन्त्रिपरिषद्को नियमित बैठक आज

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ४ बजे बस्ने छ । आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजदेखि हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

फोहोरबारे बालेनविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्कीले हेर्दै

काठमाडौं । देशका प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारलाई समेत विपक्षी बनाइ सोमबार हालेको रिटको पेशी आठौँ नम्बरमा छ। महानगरले चैत २६ गतेदेखि सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर उठाएको छैन। चैत २४ गते महानगरपालिकाले गौरिगाउँको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको थियो। बल प्रयोग गरेर बस्ती खाली गर्ने उद्देश्यले महानगरले गृह मन्त्रालयलाई अनुरोध गरे पनि गृहले बस्ती खाली गर्न सहयोग गरेको थिएन। त्यसको भोलिपल्ट मेयर बालेनले सामाजिक सञ्जालमार्फत केन्द्रले आफूहरूलाई असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। महानगरलाई केन्द्रले असहयोग गरेका १४ कारण दिँदै उनले फोहोर नउठाउने बताएका थिए।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्को बैठक अर्को सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने उल्लेख छ ।

होसमा आएनन् रविका गाडी चालक

काठमाडौं । शंकास्पद रूपमा तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको छ। अहिले पनि थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा.सुदीपराज केसीले जानकारी दिए। थापाले आज बिहान पिसाब फेरेपछि स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको डा. केसीले बताए। उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक दिलबहादुर थापा ‘शम्भु’ उनीसँगै सुतेका थिए। चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका रवि चुनावी अभियानमा रहेका बेला उक्त घटना भएको हो।

‘झलकमान लोक संगीत सम्मान २०७९’ गायक बद्री पगेंनीलाई

काठमाडौं । नेपाली लोक गीत संगीत र दोहोरीगीत गायनमा तीन दशक लामो योगदान दिएर समग्र लोक संगीतलाई एउटा माधुर्य उचाई दिएका गायक बद्री पगेंनीलाई झलकमान लोक संगीत सम्मान बाट सम्मानित गरिने भएको छ । विन्ध्यवासिनी म्युजिक अवार्ड को १३औं सस्करण समारोहकाबीच रू. २५ हजार नगद सहित विन्ध्यवासिनी फाउन्डेसन सम्मान गर्न लागेको हो । लाईफ टाईम अचिभमेन्ट अवार्ड,संगीत साधना सम्मान,प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारीता सम्मानका अतिरिक्त यो वर्षबाट झलकमान लोक संगीत सम्मानको विद्या थप गरिएको आयोजक संस्थाले जनाएको छ । नेपाली सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्परा को थालनी विन्ध्यवासिनी म्युजिकले गरेको छ । श्रस्ठा र श्रृजना सम्मानमा लाखौं नगद सहित सम्मान गर्ने नेपालि म्युजिकको व्यवसायिक संस्थामा पनि विन्ध्यवासिनी अग्रणी संस्था मानिन्छ । अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहनको मुल नारा सहित सुरु भएको विन्ध्यवासिनी म्युजिक अवार्डको १३औ शंस्करण आगामी बैशाख २२ गते सम्पन्न हुने कुरा फाउन्डेसनले जनाएको छ ।

आजदेखि ऊर्जा सम्मेलन : ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज र भोलि ऊर्जा सम्मेलन आयोजना गरेको छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’का लागि ऊर्जा सम्मेलन गरेको आयोजकले बताएको छ । समिटको संरक्षक ऊर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति हुनेछ । इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोसेढुंगा सावित हुने अपेक्षा गरेको छ । ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी भएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिनेछ । सम्मेलनमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिनेछ । सम्मेलनमा १५ वटा स्टल राखिनेछ । स्टलको लागि स्वदेशी कम्पनीको लागि आठ हजार विदेशी कम्पनीहरूको लागि १० हजार तोकिएको बताए ।

मेयर बालेन शाहविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो । अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र विसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो । फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने माग गरिएको छ । निवेदनमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४, वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु।’ काठमाडौंको सिंहदरवार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्ने भन्दै शाहले अभिव्यक्ति दिएका थिए । मेयर बालेन शाहको निर्देशनपछि चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठ्न सकेको छैन ।

प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८–७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसैगरी, बैठकमा प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।