बन्दकर्ताद्धारा बानेश्वरमा दूइ वटा बस र ट्याक्सीमाथि तोडफोड

काठमाडौं, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै देशका विभिन्न ठाउँहरुमा दर्जनौं गाडिहरुमा तोडफोड गर्नुका साथै आगजनी गरेकाे छ ।

झापामा विहान खोलिएका विद्यालयहरु धमाधम बन्द गरिएका छन् ।

बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै झापाको विभिन्न स्थानमा १६ वटा सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् ।

जिल्लाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोषमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् ।

विर्तामोडमा केही सवारी साधनमाथि तोडफोड गरिएको छ भने दमक बजारमा मात्रै १३ वटा सवारी साधनमाथि आगजनी र तोडफोड गरेको स्थानीयले जानकारी दिएका छन् ।

काठमाडौंको बानेश्वरमा पनि बन्दको अबज्ञा गरेको भन्दै दूइवटा माइक्रो बस र ट्याक्सीमाथि बन्दकर्ताले तोडफोड गरेको छ ।

कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’ मिले एमाले-माओवादी केन्द्र

काठमाडौं, फागुन ८ । नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद बनाउने गरी दुई पार्टीले कम्युनिस्ट आन्दोलनकै इतिहासमा ‘आइस ब्रेक’ गरेका हुन्। कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षको इतिहासमा एमाले-माओवादीको एकता ठूलो परिघटना हो। एकताको प्रारम्भिक आधारको सहमतिपत्रमा हस्ताक्षरपछि नेताहरूले यसलाई कम्युनिस्ट आन्दोलनमा मात्र नभई देशको सुशासन, स्थायित्व र विकासकै लागि ऐतिहासिक परिघटना भनेका छन्। २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। तर २०१९ सालको तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजनको शृंखला कोरिएपछि यी दुई पार्टीले फरक-फरक स्कुलिङमा पार्टी चलाउँदै आएका थिए। सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो। संयुक्त नेतृत्व, आलोपालो प्रधानमन्त्री एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले बनाएका छन्। लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरूबीच समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्र्ने र सरकारमा साढे दुई-साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति हामीबीच भएको छ,’ बैठकपछि नेता खनालले अन्नपूर्णसँग भने, ‘पार्टी एकताकै लागि यो एउटा महत्वपूर्ण ब्रेक थु्र हो।’ दुई कार्यदल गठन एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन्। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।

बीस वर्षदेखि ओढारको बास, भोक टार्न खरानी खान्छन् !

काठमाडौं, फागुन ८ । रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो। करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि सहाराविहीन छन्। उनी बस्ने ओढारनजिकै छोरीको घर छ। त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको। त्यसबाहेक वरिपरि कसैको घर छैन। एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन्। खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन्। नभएको बेला खोकिलामा हात हाल्छन्, भोकै बस्छन्। ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन्, नत्र उनीहरू नै भोकै पर्छन्, म बूढोले कहाँबाट पाउनु ? ’ उनले भने। यसपालि पनि उनले त्यहीं जाडो काटे। न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा। जाडो गएर के गर्नु, फेरि बर्खा लागिहाल्छ। वर्षा सुरु भएपछि पानी रसाउँदै आउँछ, ओढारमा। शरीर निकै गलिसकेको छ। ओढारबाट निस्केर हिँडडुल गर्न पनि सक्दैनन्। धुनी तापेकै भरमा रात कटाउँछन् उनी। धेरै दिनसम्म केही खान नपाएपछि भोक सहन सक्दैनन्, अनि भोक टार्न त्यही खरानी खान्छन्।, अन्नपुर्ण पोष्टमा खबर छ ।

नवलपरासीमा व्यापारी र प्रहरीबीच झडप

नवलपरासी, फागुन ७ । पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुुर छोटी भन्सार नाकामा सोमबार प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीनजना घाइते भएका छन् । महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन् । महेशपुर भन्सार कार्यालयबाट व्यापारीको कपडा भैरहवा भन्सार कार्यालय पुुर्‍याउनका लागि गाडीमा राख्नेक्रममा स्थानीय व्यापारीले सोही भन्सार कार्यालयबाट भन्सार राजश्व तिर्ने भन्दै अवरोध सिर्जना गरेका थिए । प्रहरीले बल प्रयोग गर्नेक्रममा एक राउन्ड हवाईफायर गरेपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । ठूलो परिमाणमा रहेका सो कपडालाई वैध र अवैधभन्दा पनि आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको नवलपरासी ९बर्दघाट–सूस्ता पश्चिम०का प्रहरी उपरीक्षक मुकुन्दराज आर्चायले जानकारी दिए । कपडा र सवारी–साधनसहित आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । गत माघ २८ गते नवलपरासीको भुुजहवास्थित छोटी भन्सार नाकाबाट भित्र्याइएको ५१ पोका कपडा यसअगावै प्रहरी, भन्सार कर्मचारी र व्यापारीको सहमतिपश्चात् महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको थियो । उक्त कपडालाई प्रहरीले प्रक्रियाअनुसार भन्सार (राजश्व संकलन) काटेर नेपालतर्फ लैजाने सहमति यसअगावै भएपनि सो कपडालाई एकाएक भैरहवा भन्सार कार्यालय पठाएपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन् । भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले उक्त कपडा वैध र अवैधभन्दा पनि यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । रासस

‘प्रदेश सरकार समावेशी बन्न सकेन’

सुर्खेत, फागुन ७ । प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । प्रदेश नं ६ मा गठन भएको प्रदेश सरकारका लागि नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला केसीलाई मन्त्री बनाएको छ । कूल सांसद संख्याको २० प्रतिशत समावेश हुने गरी सरकार निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सो प्रदेशमा एक महिलाबाहेक अरु कुनै मन्त्री समावेश नभएको सांसद दीनबन्धु श्रेष्ठले बताउनुभयो । पार्टीको भनाइ र निर्णय गराइमा फरक देखिएकाले समावेशी सरकार बन्न नसकेको विचार महिला तथा दलित सांसद मीना रखालले व्यक्त गर्नुभयो । “समावेशी सरकार बन्न, महिला, दलित र जनजाति सदस्यको पनि सहभागिता हुनुपर्ने थियो तर यो प्रदेशमा भएन”,उहाँले भन्नुभयो । छ नं प्रदेशमा छ दलित सांसद रहेकामा एक जना पनि मन्त्री नभएको उहाँले बताउनुभयो । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले रुकुमकी केसीलाई मन्त्री बनाए पनि सबैभन्दा ठूलो दल एमालेले भने सबै मन्त्री खसआर्यबाटै छानेको छ । पार्टीमा खसआर्यबाटै मन्त्री बन्नका लागि आकांक्षी बढी भएकाले समावेशिता नभएको सांसद दानसिंह परियारले बताउनुभयो । आफूले समावेशी मन्त्रिमण्डल बनाउन निकै प्रयास गरे पनि दलित र जनजातिको प्रतिनिधित्वलाई सम्बोधन नभएको उहाँको भनाइ छ । सो प्रदेशमा प्रदेशसभा सदस्य ४० मध्ये दलिततर्फ प्रत्यक्षमा एमालेबाट मुगुका दानसिंह परियार र माओवादी केन्द्रबाट रुकुमका रातो कामी मात्र प्रत्यक्ष निर्वाचित भएका हुन् भने एमालेका राजु नेपाली र मीना रखाल तथा माओवादीका केन्द्रका सीता नेपाली र नेपाली काँग्रेसका झोवा विक तामाङ समानुपातिक सांसद छन् । महिला जनजातितर्फका पुष्पा घर्ती उपसभामुख भइसक्नु भएको छ भने प्रतिपक्षी दल काँग्रेसका श्रेष्ठ मात्रै जनजाति सांसद हुनुहुन्छ । बाँकी महिला तथा खसआर्यतर्फका सांसद हुनुहुन्छ ।

राष्टकवि घिमिरे अस्वस्थ

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन् । स्वस्थ्यमा सामान्य समस्या आएपछि घिमिरेलाई ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। ९८ वर्षीय घिमिरे सामान्य बिरामी भएको र अहिले अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेको उनकी छोरी किरण रेग्मीले जानकारी दिइन्। केही दिन अघि सरकारले घिमिरेलाई मानार्थ नेपाली सेनाको सहायक रथीको उपाधी दिएको थियो ।

रारा संरक्षण र पर्यटन प्रवद्र्धनका लागि बृहत रारा महत्सव हुने

मुगु । राराको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँच दिने बृहत रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका लागि बृहत रारा पर्यटन महोत्सव हुने रारा पर्यटन विकास समितिका अध्यक्ष एवं रारा बचाउ अभियानका अभियन्ता देविकृष्ण रोकायले बताएका छन । रोकायाका अनुसार राराको संरक्षण र रारा बिकासका आधारहरु तय गर्न बृहत रारा महत्सव गर्न लागिएको हो । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको मुगु र रारा क्षेत्रको प्रवद्र्धनका लागि सरोकार वाला सबै संग सहकार्य गरेर बैशाख अन्तिम साता रारा महोत्सव गर्न लागेको बताउनु भयो । रोकायाले कर्णाली आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको बताए । यस क्षेत्रको प्रचार प्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै राराको चौतर्फी विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । ‘कर्णाली आफैमा सांस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्गानिक र वहुमुल्य वडिबुटीको पकेट क्षेत्र हो,’ उनले भने,‘यस क्षेत्रको समृद्धिका लागि रारा महत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’ ‘अहिले रारा पुग्न हवाई सेवा पनि प्रभावकारी नभएको र कर्णालि राजमार्गको कालो पत्र र स्तर उन्नती नहुदा समस्या छ, तर वैकल्पिक मार्ग तयारी गरिरहेका छौं । अबको केहि वर्ष्भित्र वैकल्पिक मार्ग सम्पन्न हुने छ,’ उनले भने । उनका अनुसार रारालाई अन्तर्रा्ष्ट्रिय तहमा प्रचारका लागि “स्वच्छ सुन्दर हाम्रो रारा, विश्वमा चिनाऔ मिलि जुलि सारा” भन्ने नाराका साथ मुर्मा गाउँलाइ नमुना होमस्टे, मुर्मा टप भ्यु टावरको बृहत योजना अगाडि बडीसेको जानकारी दिए । केबलकार संचालनका लागी २५ रुपैया अभियान संचालन गरिने रोकायाले बताए । महोत्सवमा राराको सुन्दर दृश्यअवलोकन, घोडा, डुंगा र साइकल सयर कर्णालीको बृत्तचित्र प्रर्दशन, स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स रारा म्याराथन, विविध सांस्कृतिक झाँकी, खेलकुद कार्यक्रम, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम र स्थानीय मौलिक खाना समेत आकर्षणको रुपमा रहने जनाएइको छ । रारा संरक्षण तथा सम्र्वद्धन महोत्सवका लागि करिब ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । तस्वीर : कविराज कार्की

माटोले पुरिएर सासूबुहारीको मृत्यु

संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।

धुलो नियन्त्रणको माग गर्दै एक घण्टा चक्का जाम

दाङ, फागुन ७ । अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् । तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन । सडकखण्डको स्तरोन्नतिको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्र नगर्दा त्यस क्षेत्र धुलाम्मे हुँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले अविलम्ब सडक कालोपत्र गर्नुपर्ने माग गर्दै आइतबार बिहान १०ः३० देखि ११ः३० बजेसम्म चक्का जाम गरेका हुन् । सडक निर्माण हुन थालेको लामो समयपुग्दा समेत सडक कालोपत्र नहुँदा त्यस क्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार–व्यवसाय चौपट भएको स्थानीयवासीले बताएका छन् । ‘बालबालिकालाई विद्यालयसम्म पुग्न कठिन छ, घरको भान्सामा समेत धुलो आउने गर्छ, पाँच मिनेटमै शरीरमा धुलोले ढाकेर मानिस नचिनिने हुन्छ,’ स्थानीय वसन्त खड्गीले भने । साथै आन्दोलनको पहिलो दिन भएकाले सांकेतिक विरोधस्वरुप एक घण्टा बन्द गरिएको र सम्बन्धित निकायबाट भरपर्दो निकास नआए सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी स्थानीयवासीले दिएको दिलीप केसीले बताए ।

फरार अपराधी कारागार चलान

चितवन, फागुन ७ । चितवनको भरतपुरस्थित रामनगरको पेट्रोलपम्पका कर्मचारीलाई गोली हानी धनमाल लुटेको घटनामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गोरखा जिल्लाको साबिक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय श्याम नेपाली ‘रोकाहा’ रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनलाई शुक्रबार गोरखाबाट पक्राउ गरी आइतवार चितवन जिल्ला अदालतमा बुझाइएकोमा अदालतले आइतबार नै कारागार पठाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सात वर्षअघि २०६७ सालमा रामनगरमा रहेको जगदम्बा पेट्रोलपम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गरिएको घटनामा उनी दोषी ठहरिएका थिए । सो क्रममा उनीहरुले पम्पमा भएको धनमालसमेत लगेका थिए । फरार अपराधी खोजी अभियानका क्रममा प्रदेश नं ३ को प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले उनलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । जिल्ला अदालत चितवनको २०७३ साल असार २७ गतेको फैसलाअनुसार नेपालीलाई ३ वर्ष कैद र रु २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो

इलाम, फागुन ७ । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् । जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको छुर्पीबाट मनग्य आम्दानी गर्दै आएका व्यवसायीहरु मूल्यमा गिरावट आएपछि मारमा परेका हुन् । अमेरिका, जापान जस्ता देशमा कुकुरलाई खुवाउन प्रतिमहिना तीन टन नेपालको छुर्पीको माग हुने गरेको थियो । विगतमा यसको माग धान्न नै धौ–धौ पर्ने गरेका डेरी उद्योगलाई अहिले भने सुक्खा लागेको छ । हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौं र सिल्भर लिंक आइएनसी प्रालि कलेक्सन सेन्टर काठमाडौंले इलामको छुर्पी खरिद गरेर निकासी गर्दै आएका थिए । उनीहरुले केही महिनाअघिसम्म प्रतिकेजी एक हजार रुपैयाँले छुर्पी खरिद गर्ने गरेका थिए । तर अहिले छुर्पीको मूल्य घटेर प्रतिकेजी ७ सय रुपैयाँमा झरेको छ । नेपालको छुर्पी गुणस्तरहीन भएको भन्दै अमेरिका र जापानले लिन आनाकानी गर्न थालेपछि मूल्यमा गिरावट आएको हो । छुर्पी खाएपछि कुकुरको रौं झर्ने, विरामी हुने जस्ता समस्या देखा परेको भन्दै अमेरिका, जापान जस्ता देशले नेपालको छुर्पी लिन नमानेकाले केही समय अघिबाट छुर्पी निकासीमा समस्या आएको व्यापारीहरुको भनाइ छ । बजारीकरणमा प्रतिस्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेकाले मागमा गिरावट आएकोे इलामका छुर्पी ब्यापारी ईश्वरी अधिकारीले जानकारी दिए । इलाममा ५६५ वटा दुग्द्यजन्य डेरी, चिज उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

स्थानीय तहका कानून राजपत्रमा प्रकाशित

बुटवल, फागुन ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो । नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका र कार्यविधि पारित गरेको थियो । नगरसभाबाट यसरी पारित ऐन, नियमावली, निर्देशिका, कार्यविधि नगर प्रमुखबाट गत माघ २७ गते प्रमाणीकरण भएकामा त्यसलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरिएको नगर कार्यपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानून कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । नगरसभाबाट पारित भएका ऐनहरु नगर प्रमुखले प्रमाणीकरण गरेपछि प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ । तिलोत्तमा राजपत्रमा ‘केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, केही सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि ऐन, सहकारी ऐन, शिक्षा नियमावली’ प्रकाशित गरिएको छ । यस्तै, बजार अनुगमन निर्देशिका, बैठक सञ्चालन कार्यविधि, पदाधिकारीको आचारसंहिता, कार्यसम्पादन नियमावली र नगरसभा सञ्चालन कार्यविधि पनि राजपत्रमा प्रकाशित गरिएको छ । तिलोत्तमा नगरपालिकाले नेपालको संविधान, २०७२ ले दिएको अधिकार क्षेत्रमा रही स्थानीय कानून निर्माण गरिएको जनाएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारहरुको सूची उल्लेख छ । स्थानीय कानूनका कुनै प्रावधान प्रदेश कानूनसँग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने नगरपालिकाले जनाएको छ ।

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

पाल्पा, फागुन ७ । आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो । कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न पनि मुस्किल परेको छ । नदी किनारमा हिजोआज मरेका जीव जनावर जथाभावी फ्याँक्न रोक लगाउनु, अर्कोतर्फ गिद्ध बस्ने सिमलका रूखको संरक्षण नहुँदा गिद्ध लोप हुन पुगेको हो । सिमलका रूख विकास निर्माणका नाममा पछिल्लो समय धमाधम मासिन थालेपछि गिद्धको बासस्थान नै खलबलिन पुगेको रामपुरका स्थानीय समाजसेवी बुद्धिप्रकाश रेग्मीले बताए । ‘कालीगण्डकीका विभिन्न घाटमा प्रशस्तै गिद्ध देखिन्थ्यो, तर अहिले भने एक–दुईवटा पनि भेटृाउन मुस्किल छ,’ उनले भने । आजभन्दा एक दशकअगाडि सम्म कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाट लगायतका दर्जनौँ घाटमा प्रशस्त मात्रामा गिद्ध भेटिन्थे । नदी किनारमा मरेका जीवजन्तु, गाईवस्तु फ्याँक्ने गर्नाले पनि गिद्धको ठूलै बथान देखिन्थ्यो । हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर नदी किनारामा जथाभावी फ्याँक्न रोक लगाएपछि गिद्धको संख्या पनि दिनानुदिन घट्दो अवस्थामा रहेको चापाकोट नगरपालिकाका स्थानीयवासी शोभाकान्त पाठक बताउँछन् । नेपाल सरकारले गिद्ध संरक्षणका लागि अभियान ल्याए पनि संरक्षण हुन नसक्दा लोप हुँदै गएका हुन् । पछिल्लो समय यस कालीगण्डकी क्षेत्रमा मात्र नभई देशमै गिद्धको संख्या घट्दो छ । गिद्ध संरक्षणका लागि स्थानीय निकायले विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ । विश्वमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातीका गिद्ध पाइए पनि त्यसमध्ये धेरै गिद्ध आहारको कमी र सिमलका रूखहरुको विनाश गर्दै जाँदा यसको बासस्थान संकटमा परेको छ । नेपालमा सानो, खैरो, डङगुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर र लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछन् ।

आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष कार्यक्रम

काठमाडौं, फागुन ७ । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे विशेष कार्यक्रम आयोजना गरिएको छ । एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

स्थानीय तहका लागि ३० नमुना कानुन् तयार

काठमाडौं, फागुन ७ । स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन् बताएको छ । ऐन लागु भईसकेको छ भने नमुना कानुन् पनि अधिकांश स्थानीय तहमा लागु भएका छन् । संघीय तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि ७ सय ५३ वटै स्थानीय तहमा ३० वटा नमुना ऐन, नियमावली, नमुना कार्यविधि पठाएको छ । मन्त्रालयले पठाएको नमुना काुननमध्ये अधिकांश कानुन २ नम्बर प्रदेशबाहे अन्य प्रदेशका स्थानीय तहले लागु गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव तथा संघीय मामिला महाशाखाका छवि रिजालले भने, मन्त्रालयले पठाएको करिव ३० वटा नमुना कानुन् र नमुना कार्यविधि स्थानीय तहले अध्ययन र छलफल गरी त्यसलाई परिमार्जन मसेत गरर लागनु गर्न सक्छन् ।, नागरिकमा खबर छ ।

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् । देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफै बन्ने दावी गरे । सभापति आफै संसदीय दलको नेता हो भन्ने छ, विश्वकर्माले भने उहाँले अर्को कुनै नेतालाई निर्धारण नगरेसम्म सभापति आफै दलको नेता हो ।, नागरिक दैनिकमा खबर छ ।