छिनछिनमै किशोरीहरु बलात्कृत हुँदै !
यौनका भोकाहरु कतिसम्म निर्लज्ज हुन थाले भने कहिले काठमाडौंको दरबारमार्गमा कहिले इटहरी, कहिले नेपालगञ्जमा पात्र फरक प्रवृत्ति उही बनेर प्रकट हुँदैछन् ।
फेरि पनि जबरजस्त युवतीको देह लुटियो, होटर दरबार, नेपालगञ्जमा ।
जब पशुभन्दा तल्लो तहमा ओर्लिए, तब १४ वर्षीय किशोरी निर्मम ढंगले लुटिइन्।
पुष्पलालचोकभित्र रहेको उक्त होटलमा भएको भनिएको बलातकारको यथार्थ यस्तो छ– माघ २४ गते २० वर्षीया चाँदनी (नाम परिवर्तन)को जन्मदिन थियो । त्यस अवसरमा भएको जमघटमा उनका साथी सुरेन्द्र र अर्का युवक पुगेका थिए।
त्यहीं चाँदनीसँग सल्लाह गरे २५ गते फेरि भेट्ने । पाँच दिनपछिको भेटमा चाँदनीसँग अर्की १४ वर्षीया युवतीको आग्रह बमोजिम उनीहरु कोहलपुर बजार पुगे । कोहलपुरको खाजा पानी राम्रो नहुने भन्दै फेरि नेपालगञ्ज फर्किए । सीधै पुष्पलाल चोकस्थित दरबार होटल पुगेको छ ।
२०९ र २१० नम्बरको कोठा बुक गरे । २१० नम्बरको कोठामा मदिरासहित खाजा खाए । कोलाहाल मच्चाउँदै खाजा खाएका उनीहरुमध्ये साँझ साढे आठ बजे २०९ नम्बरको कोठामा चाँदनी र सुरेन्द्र छिरे । बाहिर निस्कने क्रममा उनले २१० नम्बरको कोठालाई बाहिरबाट लक गरिदिए ।
२०९ माजबरजस्ती गर्न खोज्दा ती चाँदनीले मानिनन् र त्यहाँबाट भागिन् । २१० नम्बरको कोठाको लक खोलेर हेर्दा १४ वर्षीय बालिका बलात्कृत भइसकेकी थिइन् ।
नेपालको धागो आयातमा टर्कीले भन्सार छुट रोक्ने
रुपन्देही, फागुन ९ । पूर्वी युरोपेली मुलुक टर्कीले नेपालबाट आयात गर्दै आएको धागोमा भन्सार छुट सुविधा रोक्ने संकेत गरेको छ । नेपालबाट हुँदै आएको ठूलो परिमाणको निर्यातमाथि नै टर्कीले शंका व्यक्त गरेको छ । नेपालले वार्षिक करिब आठ अर्ब रुपैयाँको धागो टर्की निर्यात गर्छ । भन्सार छुट सुविधा रोक्ने संकेत गरेसँगै धागोको निकासी प्रभावित हुने जोखिम बढेको छ । करिब एक महिनाअघि नेपालबाट निकासी हुने धागोमा भन्सार छुट सुविधा दिने कि नदिने भनेर अध्ययन नै थालेको छ । टर्कीले नेपालको धागो आयातमा भन्सार छुट सुविधा रोकिसकेको दाबी केही सरकारी अधिकारीहरुको छ । १७ हजार मेट्रिक टन निर्यात टर्की नेपालको धागो निकासीको प्रमुख मुलुकमध्ये एक हो । पछिल्लो समय आयात अत्यधिक बढेपछि नेपालकै उत्पादन आएको हो कि होइन भन्नेमा शंका गरेका हुन्, टर्कीका सरकारी निकायहरुले । वाणिज्य मन्त्रालयका अनुसार १० महिनायता मात्र टर्कीमा करिब १७ हजार मेट्रिक टन धागो निर्यात भएको छ । जबकि, अघिल्लो वर्ष यस्तो निकासी करिब १० हजार मेट्रिक टन थियो । नेपाली धागोका कारण आन्तरिक उत्पादनले बजार नपाउने अवस्था आएपछि टर्कीले आयात कटौतीका लागि कर सुविधा हटाउन खोजेको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अधिकारीहरु बताउँछन् । त्यसका लागि ‘एन्टी–डम्पिङ’जस्तै ‘एन्टी–सर्कम्भेन्सन ड्युटी’ लगाउने संकेत गरेको छ । भन्सार विभागका एक उच्च अधिकारीका अनुसार विश्व व्यापार संगठन (डब्लुटीओ)को सदस्य बनेका मुलुकहरुले आन्तरिक उत्पादनको संरक्षणका लागि उक्त बन्देज लगाउन सक्छन् । नेपालले मलेसिया, इन्डोनेसियालगायत मुलुकबाट आयात गरी त्यही धागो आफ्नो मुलुकमा निर्यात गरेको आरोप टर्कीले लगाएको छ । यसबाट भन्सार छुटको दुरुपयोग भएको टर्कीको शंका देखिन्छ । अल्पविकसित मुलुकको आर्थिक विकासका लागि निर्यात प्रबद्र्धन गर्न दिइने जीएसपी (जेनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स) सुविधाअन्तर्गत् टर्कीले नेपालबाट आयात गर्ने धागोमा भन्सार छुट प्रदान गर्छ । उक्त सुविधाअन्तर्गत् टर्कीले धागो निकासीमा लाग्ने करिब चार दशमलव दुई प्रतिशत भन्सार छुट दिँदै आएको छ । अल्पविकसित मुलुकलाई जीएसपी सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाइसकेकाले टर्कीले यस्तो सुविधा रोक्न नसके पनि अन्यखाले कर लगाएर नेपाली धागो आयातलाई प्रभावित पार्ने चेष्टा टर्कीले गरेको अधिकारीहरु बताउँछन् । भन्सार छुट सुविधा रोक्ने तयारी गरेसँगै नेपालले त्यसको प्रतिरक्षाको प्रयास गरेको छ । नेपाली धागो निकासीमा कुनै कैफियत नरहेको र सुविधा कायम राख्ने सम्बन्धमा आग्रह गर्न चाँडै नै वाणिज्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु टर्की जाने तयारीमा छन् ।
पार्टी एकीकरणको खुसीयालीमा बालुवाटारमा भोज
काठमाडौं, फागुन ९ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् । मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए । ‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए । ‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने । -नयाँ पत्रिकाबाट
प्रहरी इन्काउन्टरमा ‘गुन्डा नाइके’ मनोज पुन सहित २ जना मारिए
रुपन्देही, फागुन ९ । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ । गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको छ । आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए । उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।
नेपालका ‘सिरियल किलर’ कतारबाट पक्राउ, यस्तो छ उनको करतुत
काठमाडौं, फागुन ८ । नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त सकिल हुसेन कतारमा पक्राउ परेका छन् । इन्टरपोलमार्फत रेडकर्नर नोटिसमा परेका टिकुलिया–७ सप्तरीका सकिल ४ वर्षअघि कतार पुगेका थिए । प्रहरीका अनुसार हुसेनले २०६४ देखि ०७० सम्ममात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए । हत्याका अरू थुप्रै घटनामा उनको संलग्नता रहेको प्रहरीको दाबी छ । उनले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह र ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० चैत २ मा सप्तरीकै त्रिकोलकी निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता रहेको प्रहरीले जनाएको छ । ०६४ वैशाख २६ मा हुसेन सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा ०६८ मंसिरमा पक्राउ परेका थिए । राजविराज कारागारमा राखिएका उनी २६ माघ ०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले थुनामुक्त भएका थिए । –कान्तिपुर दैनिकबाट
वाम एकता कांग्रेसका लागि ठूलाे चुनौति : शशांक कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सोमबार नेपालका दुई ठूला वाम पार्टीबीच एकताका लागि भएको सहमति कांग्रेसका लागि ठूाले चुनौति भएको बताएका छन् । मंगलबार चितवनका भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामनत्री कोइरालाले भने, ‘हामीलाई चुनौति छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ ।’ त्यस्तै उनले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। कोइरालाले भने, ‘पार्टीको नेतृत्व समेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ।’ अब कांग्रेस संगठित हुने सम्भावना बढी रहेको उनले बताए। यो एकताले पनि कांग्रेसलाई तपाईहरु आफ्नो पार्टीलाई ठिक गर्नुस् भन्ने सन्देश दिएको उनको तर्क थियो। पार्टी कमजोर भएको स्वीकार गर्दै कोइरालाले पार्टी सुदृढिकरणको प्रक्रिया सुरु भैरहेको समेत दाबी गरे। महासमिति र केन्द्रीय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उनले त्यसमा कमीकमजोरीबारे गम्भीर छलफल हुने उल्लेख गरे। पराजय के कारणले भएको भन्दै जिल्लाको राय सुझाव समेत आउने डा कोइरालाको भनाई छ। पार्टी संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहले पनि चाहना राखेको भन्दै आफू सर्वसम्मतीमा भए मात्रै संसदीय दलको नेतामा जाने जिकिर गरे। निर्वाचन हुने अवस्थामा आफू प्रतिस्पर्धी नबन्ने प्रष्ट पारे।
छ क्वीन्टल मासु प्रहरी नियन्त्रणमा
नेपालगञ्ज । भारतबाट लुकाएर ल्याइएको अवैध मासु प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले कुखुराको ६ क्वीन्टल मासु नेपालगन्ज उप–महानगरपालिका ४ सल्यानी बगंलाबाट नियन्त्रणमा लिएको हो । मासुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट थोरै थोरै परिमाणमा मासु ल्याएर गाडिमा अन्यत्र लैजाँदै गरेको अवस्थामा गाडीसहित मासु नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले बताए । नियन्त्रित मासु नेपालगन्जको धम्बोझीमा रहेको डिके मिट सप्लायसको रहेको बताइएको छ । प्रहरी निरीक्षक गौतमका अनुसार डिके मिटका एक कर्मचारी र अर्का एक पनि नियन्त्रणमा छन् । डिके मिटले नेपालगन्जबाट पोखरा, काठमाडौं लगायतका शहरमा मासु पुर्याउने काम गर्छ । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मासुसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको प्रहरी निरीक्षक गौतमले बताए । बिना क्वारेन्टाइन चेक गरी मासु ल्याउँदा मानव स्वास्थ्यलाई हानी पुर्याउने भन्दै सीमामा कडा जाँच गर्न थालिएको छ । अन्नपूर्ण पोष्टबाट
चिनियाँ प्रतिनिधि र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन् । बूढानीलकन्ठस्थित सभापति देउवाको निजी निवासमा मंगलबार भएको भेटमा उनीहरुबीच आपसी हित र सम्बन्धमाबारेमा विचार–विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा। दिनेश भट्टराईले जानकारी दिए । भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै पार्टीका संस्थापक बीपी कोइरालाको पालादेखि नै नेपाल र आफ्नो पार्टी एक चीन नीतिमा अडिग रहेको धारणा व्यक्त गरेका थिए । सो अवसरमा उपमन्त्री येले सभापति देउवाको नेतृत्वमा नेपालमा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाइ दिँदै कांग्रेसका संस्थापक बीपी कोइरालाको पालादेखि नै कांग्रेस र चीनबीचको सम्बन्धको स्मरण गरे । उनले आफूहरुले चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेसबीच द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न चाहेको बताउँदै सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको परराष्ट्र सल्लाहकार डा। भट्टराईले बताए । रासस
गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते
कपिलवस्तु । यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाैंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हँुदा बसमा सवार १२ जना घाइते भएका हुन् । घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो । बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केेको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय खारेज हुँदै, अव के होला ?
काठमाडौं । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय खारेज हुने भएपछि सोही कार्यालयबाट हुँदै आएका काम गर्न शिक्षा मन्त्रालयले चार विकल्पसहितको संरचना तयार पारेको छ । शिक्षामा देखिएका अन्योल हटाउन स्थानीय तहले गर्ने २३ वटाबाहेकका काम गर्न शिक्षा मन्त्रालयले विभिन्न विकल्प तयार पारेको हो । समन्वय नहुँदा परीक्षा प्रभावित हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जिशिका खारेजपछिको विकल्पमा तत्काल ठोस निर्णय नभए एसइई, कक्षा ११ र १२ को परीक्षा, तथा नतिजा सार्वजनिक गर्नसमेत समस्या हुने बताए । आइतबार शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले गरेको कार्यक्रममा अध्यक्ष पौडेलले संरचना परिवर्तन हुँदा अन्तरिम योजना नभएकाले अहिले धेरै अन्योल भएको बताए । ‘संघीयतामा जाँदा सबैभन्दा प्रभावित शिक्षा मन्त्रालय भएको छ, जिशिका खारेज भएपछि के गर्ने भन्ने ठोस विकल्प तत्काल ल्याउनुपर्छ,’ उनले भने, ‘परीक्षा नतिजा समयमै नगरी हुँदैन ।’ राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहलाई परिपत्र गर्ने अधिकार छैन, स्थानीय तहले बोर्डलाई विवरण बुझाउनुपर्ने व्यवस्था नभएकाले समस्या भएको उनको भनाइ छ । उनले भने, ‘स्थानीय तहले कक्षा सञ्चालन गर्ने अनुमति दिए पनि जानकारी गराउने प्रावधान नभएपछि बोर्डले कसको परीक्षा लिने ?’ समाधानमा संघीय मामिलाले सघाउने शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । संघीय मामिला मन्त्रालय विकेन्द्रीकरण शाखाका उपसचिव प्रह्लाद कार्कीले स्थानीय तहमा विषयगत मन्त्रालयका कामलाई व्यवस्थित बनाउन नमुना ऐन निर्माण गरिरहेको बताए । उनले संघीय मामिला र शिक्षा मन्त्रालयको समन्वयमा नमुना शिक्षा ऐन निर्माण गरिरहेको बताए । समस्या समाधानको पहल शिक्षा मन्त्रालयले गर्नुपर्ने र त्यसमा आवश्यक सहयोग संघीय मामिला मन्त्रालयले गर्ने कार्कीले बताए । काम गर्न कानुनी समस्या स्थानीय तहमा स्पष्ट कानुनी व्यवस्था नहुँदा शिक्षाका काम गर्न समस्या भएको कर्मचारीको गुनासो छ । काठमाडौं महानगरपालिकामा शिक्षा हेर्ने उपसचिव प्रह्लाद अर्यालले स्पष्ट कानुन, आवश्यक जनशक्ति तथा स्रोत–साधनको अभावले काम गर्न कठिन भएको बताए । कक्षोन्नतिका लागि आवेदन आएको, तर स्थानीय तहमा विवरण नहुँदा स्वीकृतिलगायतका कार्यलाई समस्या भएको बताए । आधारभूत तहभन्दा माथिको परीक्षा के गर्ने भन्ने जवाफ मागिएको, तर जवाफ दिन नसकेको बताए । शिक्षा मन्त्रालयले बनायो चार विकल्प शिक्षा मन्त्रालयले जिशिका खारेज भएपछि २३ वटाबाहेकका काम गर्नका लागि चार संरचना रहने गरी विकल्प तयार पारेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरिप्रसाद लम्सालले स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका २३ वटाबाहेकका काम गर्न विकल्प तयार भएको बताए । स्थानीय तहले गर्न तोकिएका काममा शिक्षा मन्त्रालयले सहयोग गर्ने र नतोकिएका कामका लागि कुनै संरचना तयार पार्न विकल्प रहेकोे बताए । कक्षा १० देखि १२ सम्मको परीक्षा, अन्तरस्थानीय तहमा रजिस्ट्रेसनमा समन्वय, शिक्षकको बढुवा, विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसआरपी) जस्ता कामका लागि वैकल्पिक संरचना बन्ने बताए । त्यसका लागि जिल्ला समन्वय समितिअन्तर्गत जिम्मेवारी तोक्ने, स्थानीय तहमा क्लस्टर बनाएर काम गर्ने, प्रदेशको फिल्ड अफिस बनाउने वा संघकै फिल्ड अफिस रहने गरी विकल्प तयार पारेको बताए । एसइई परीक्षालगायत काम प्रभावित नहुने गरी कुनै एक विकल्पमा निर्णय हुने उनको भनाइ छ । नयाापत्रिकाबाट
पृथ्वीनारायण शाहको ‘अहिलेसम्मकै अग्लो’ शालिक
बैतडी, फागुन ८ । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गर्नुभएको हो । शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गर्नुभएको ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताउनुभयो । निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने उहाँको भनाइ छ ।
पृथ्वीनारायण शाहको शालिक शिलान्यास
बैतडी । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गर्नुभएको हो । शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गर्नुभएको ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताउनुभयो । निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने उहाँको भनाइ छ ।
महोत्सवमा पाँच करोडको कारोबार
पाल्पा । तानसेनमा जारी ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’मा अहिलेसम्म रु पाँच करोड ५० हजार बराबरको कारोबार भएको छ । सोमबार मेलाको पाँचौँ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाँचौँ दिनसम्म आइपुग्दा सबैभन्दा बढी लत्ताकपडा र होटल रेष्टुरेण्टको कारोबार भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४०० व्यापारिक कक्ष रहेको छ । मेला अवधिभर रु दश करोड बराबरको कारोबार गर्ने तथा तीन लाख दर्शक भित्र्याउने अपेक्षा गरेको मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ गत फागुन ३ गतेदेखि शुरु भएको महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी, धार्मिक तथा ऐतिहासिकस्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अस्ट्रिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ ।
राजधानीको तीनकुनेको शंकास्पद बस्तु सेनाले निष्क्रिय पार्यो
काठमाडौं, फागुन ८ । राजधानीको तीनकुनेमा रहेको वागमती पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । महानगरीय प्रहरी वृत बानेश्वर कार्यालय नजिकै रहेको पुलमा राखिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । वागमती पुलमा शंकास्पद बस्तु देखिएपछि अवरुद्ध बनेको बानेश्वर तीनकुने रुटमा केही समय अघिबाट सवारी साधन चल्न थालेका छन् ।
बन्दको हल्ला भएपनि सार्वजनिक साधन यथावतरुपमा सञ्चालन
काठमाडौँ । नेपाल बन्दको हल्ला गरिएपनि आज बिहानैदेखि सार्वजनिक साधन यथावत् सञ्चालन भइरहेको छ । बिहान केही समय यातायात कम चलेपनि कार्यालय समयपछि पूर्ववत् सवारी साधन सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो । उपत्यकामा सवारी साधन चलेपनि बाहिर जाने सवारी साधन भने कम रहेको महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले राससलाई जानकारी दिनुभयो । उपत्यका बाहिर केही स्थानमा बन्दको प्रभाव परेको जनाइएको छ । “सोमबार बेलुकी नै उपत्यका बाहिरबाट आएका सार्वजनिक यातायात बिहान उपत्यका भित्रिएका छन्, केही विद्यालय बन्द भएकाले पहेँलो रंगका सवारी साधन कम चलेका छन्, गल्कोपाखामा एउटा ट्याक्सी, पुरानो बानेश्वर माइक्रो बस र मध्यबानेश्वरमा सरकारी नम्बर प्लेटको एक सवारी साधनमा प्रदर्शनकारीले क्षति पुर्याएका छन्”–उहाँले भन्नुभयो । गल्कोपाखामा बा २ ज ४३६२ नं को ट्याक्सीको अगाडिको सिसा फुटाइएको छ । पुरानो बानेश्वरमा बा १ ज ६४०५ नं को सिनामंगल–मैतीदेवी–रत्नपार्क ‘रुट’ मा चल्ने माइक्रोको पनि अगाडिको सिसा फुटाइएको छ । मध्यबानेश्वरमा ओखलढुंगा जिल्ला अदालतको पार्क गरी राखिएको बा १ ज ८१८० नं को सरकारी नं प्लेटको सवारी साधनमा पनि क्षति पुर्याइएको महाशाखाले जनाएको छ । यसबाहेक सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।
अाँपको बगैंचामा सदायको शव फेला
लहान । सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो । बगैँचामा भेटिएको सदायको शवको घाँटीमा निलडाम देखिएकाले कर्तव्य गरी हत्या भएको आशंका गरिएको प्रहरीको भनाइ छ । परीक्षणपछि मात्र यकिन भन्न सकिने प्रहरीले जनाएको छ । गाउँ नजिकै पर्ने खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर जीविका चलाउँदै आएका मृतक सदायकी श्रीमती लिखनीदेवी सदाय सुत्केरी हुने अवस्थामा रहेकी गाउँले बताउँछन् । चार छोराछोरीका बाबु सदाय पछिल्लो दुई महिनादेखि घर बाहिर बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ठकुरीले जानकारी दिनुभयो ।

