आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुष २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका मन्त्री र सचिवहरुले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाहरुको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रील भने– ‘मैले ३७ औं बैठकमा निर्देशित गरेको थिए, हामी सबैले आफ्नो मातहतका आयोजनाहरुको निरन्तर अनुगमन र निरीक्षण गरौं र विकासका काममा लक्षित प्रतिफल हासिल गरौं । तर, यस बीचमा प्रधानमन्त्री एक्लै दौडेजस्तो भएको छ । इन्जिन मात्र कुदेजस्तो, डिब्बा छुटेजस्तो । यो राम्रो भएन । त्यसैले म गम्भीरतापूर्वक निर्देशित गर्छु, सबैले आफ्ना मातहतका आयोजनाहरुको अनुगमन गरौं, निरीक्षण गरौं । राम्रो काम गर्नेलाई पुरस्कृत गरौं, नराम्रो गर्नेलाई दण्डित गरौं ।’

पूँजीगत खर्चको सामथ्र्य बढाएर कम्तिमा ८० प्रतिशतसम्म बढाउन निर्देशन दिँदै प्रधानमन्त्रीले भने–‘अहिले पनि पूँजीगत खर्चको स्तर सन्तोषजनक छैन । मैले अघिल्लो बैठकमा पनि भनेको छु, पूँजीगत खर्चको सामथ्र्य बढाउँ । कम्तिमा ८० प्रतिशतसम्म बढाऔं । त्यसका लागि मेहेनतपूर्वक काम गरौं । बरु, विकासशीलबाट विकसित देशमा फड्को मारेका देशहरुको अध्ययन गरौं, सिकौं र हाम्रो प्रशासनिक र आर्थिक स्तर उकास्न कोशिस गरौं ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको अवस्था, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अवस्था र राष्ट्रिय स्तरका समस्याहरुबारे जानकारी र समाधानका उपायबारे चर्चा गरेका थिए ।

बैठकमा मन्त्रीहरु दलजित श्रीपाइली, जयदेव जोशी, हितराज पाण्डे, जीवनबहादुर शाही, प्रकाशशरण महत, हृदयराम थामी, धनीराम पौडेल, गौरीशंकर चौधरी, सीतादेवी यादव, नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदी लगायतले आ–आफ्ना विषयगत जिम्मेवारीबारे धारणा राखेका थिए ।

झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा, प्रधानमन्त्रीले गरे उद्घाटन (फोटो फिचर)

झापा, पौष १९ । प्रधानमन्त्री प्रचण्डले झापा जिल्लामा धान सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् । कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालित धानको सुपरजोन क्षेत्रका रुपमा झापालाई छनौट गरि सुरु हुने कार्यक्रमको प्रधानमन्त्री आज एक समारोहमा उद्घाटन गरेका हुन । हेर्नुस् तस्वीरमा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा ताप्लेजुङको अवलोकनपछि झापा आइपुगेका प्रधानमन्त्रीले कृषिमा आधुनिक प्रविधि, सीप र दक्षता भित्र्याएर आर्थिक विकासमा योगदान दिन सुपर जोनले विशेष भूमिका खेल्ने बताए । प्रधानमन्त्रीले उक्त अवसरमा बिभिन्न आधुनिक कृषि प्रविधिहरुको समेत अवलोकन गरेका छन् ।

तेह्रथुममा प्रधानमन्त्री, १ करोड सहयोगको घोषणा (फोटो फिचर)

तेह्रथुम, पौष १९ । प्रधानमन्त्री प्रचण्ड तेह्रथुम पुगेका छन् । तेह्रथुमको स्रंक्रान्ती बजारमा पौष १ गते भएको आगलागीबाट भएको क्षति तथा प्रभावितहरुको अवस्था अवलोकन गर्न तथा स्थानीय जनतासँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान तेह्रथुम पुगेका हुन । प्रधानमन्त्री प्रचण्डलाई स्थानीय जनसमुदायले भव्य स्वागत गरेका छन् । सुरक्षा निकायका तर्फबाट प्रधानमन्त्री सलामी प्रदान गरिएको छ । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले तेह्रथुमको संक्रान्ति बजारमा आगलागीबाट भएको क्षतिको पुननिर्माण तथा राहतका लागि दैवी प्रकोप उद्धार कोषबाट एक करोड सहयोग दिने घोषणा समेत गरे । यसका साथै प्रधानमन्त्री जिल्ला सदरमुकाममा रहने गरी एउटा दमकल समेत राज्यका तर्फबाट उपलब्ध गराउने बताए । तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री तेह्रथुममा प्रधानमन्त्री जिल्ला भ्रमणका क्रममा प्रधानमन्त्रीले स्थानीय बिभिन्न कार्यालयका राष्ट्रसेवकलाई सम्बोधन गर्नुका साथै स्थानीय जनसमुदायसँग समेत भेटघाट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले जनताले अनुभूति गर्ने गरी सेवा प्रदान गर्न निर्देशन दिनुका साथै आगलागी पीडितहरुलाई राहत र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि सरकारबाट सक्दो सहयोग दिने समेत बताए । प्रधानमन्त्रीले भन्नुभयो, ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु । संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यहाँ आगलानीले ३२ घर र ५६ परिवारमा क्षति भएको छ । यसको आफ्नै ऐतिहासिक छ । यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा छ । म तपाईहरुसँग दुख र भावना साट्न यहाँ आएको छु । तेह्रथुम नेपालको राजनीति र सत्तामा स्थापित नेताहरु जन्मिएको ठाउँ हो । यसले मलाई थप जिम्मेवारी महशुस भएको छ ।’ संकटका बेला एकतावद्ध हुने नेपाली संस्कार भएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘१२ बुंदेबाट सुरु भएको सहकार्यको यात्रा अहिले पनि जारी छ । हामी मिलेर मात्रै ठूलठूला सङ्कट समाधान गरेका छौं । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं, त्यसका लागि संसदको गतिरोध हट्न जरुरी छ । मलाई विश्वास छ, राजनीतिक गतिरोध सम्वादकै माध्यमबाट समाधान गर्नेछौं । हामी छिटै राजनीतिक गतिरोध चिरेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानेछौं ।’ निर्देशनपूर्व प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीको भ्रमण दलमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का प्रमूख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु सीता गुरुङ, गणेश बिमल, भवानी खापुङ, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत उपस्थित हुनुहुन्थ्यो । गत पौष १ गते दिउँसो लागेको आगोका कारण संक्रान्ति बजारका ३२ घरका ५६ परिवारमा पूर्ण क्षति भएका थिए । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिनुभयो । पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत, सरकारको तर्फबाट अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए । आगलानीको निरीक्षणपछि प्रधानमन्त्रीले जिल्लास्थित नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधन र निर्वाचनद्धारा संविधान कार्यान्वयन गर्नु राष्ट्रिय कार्यभार भएकोमा जोड दिँदै निर्वाचनकेन्द्रित कार्यक्रममा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो । तेह्रथुमपछि प्रधानमन्त्री प्रचण्ड झापातफ लागेका छन् । झापामा प्रधानमन्त्रीले धान उत्पादनका लागि घोषणा भएको सुपर जोनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दुई फरार अभियुक्तहरु पक्राउ

धनगढी, पुस १९ । कैलालीको पहलमानपुरको थापापुर गाविस–६ का २५ वर्षीया राजु चौधरी प्रेमलाल चौधरीको हत्यामा गरी फरार रहेको दुई वर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । चौधरीको हत्यामा राजु संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरी चौकी, कैलालीको टोलीले दुई दिनअघि पक्राउ गरेको हो । बेहडाबाबा मन्दिरमा लागेको मेला जान भनी घरबाट हिँडेका प्रेमलाललाई वि.सं २०७१ असारमा उदासीपुरको जंगलमा मृत फेला पारिएको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेस गरिएको छ । यसैगरी आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहा नगरपालिका–७ का बालाराम बसुटेललाई अदालतको आदेशबमोजिम पुर्पक्षका लागि जिल्ला कारागार पठाइएको छ । गत मङ्सिरमा श्रीमती सरस्वतीलाई बालारामसहितले विष सेवन गराई हत्या गरेको लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोरीलाई विष खुवाएर आमाले गरिन आत्महत्या, एक छोरीको ज्यान गयो

सर्लाही, पुस १९ । सर्लाहीमा एक महिलाले तीन छोरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी छिन । तीन छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी पिपरिया–३ कि ३० वर्षकी गुन्द्रु देवीको ज्यान गएको छ । भने विष खुवाइएकी एक छोरीको पवनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गुन्द्रु र चन्दाकुमारीको उपचारका लागि जिल्ला मलंगवा लैजाने क्रममा ज्यान गएको स्थानीयले जानकारी दिएका छन् । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षकी छोरी पूजाकुमारी र तीन वर्षकी छोरी राधाकुमारी गम्भीर बिरामी परेका छन् । उनीहरुलाई मलंगवामा उपचार हुन नसकेपछि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा गरिबीका कारण गुन्द्रु देवीले आफूसहित छोरीहरुलाई विष सेवन गराएको हुनसक्ने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

जंगलमा भेटिए चन्दननाथ मन्दिरको हराएका मूर्ति

जुम्ला, पुस १९ । जुम्लाको प्रशिद्ध चन्दननाथ मन्दिरबाट हराएको मूर्ति जंगलमा वेवारिसे अवस्थामा फेला परेको छ । गएको मंसिर ११ गते राति चोरी भएका १२ मूर्ति  मध्ये ११ वटा मूर्ति मंगलबार बिहान गज्र्यांकोट गाविसको जंगलमा अलपत्र अवस्थामा प्रहरीले फेला पारेको हो । दत्तात्रयको मूर्ति बाहेक सवै मूर्ति फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले मूर्ति भेट्टाएको मध्यपश्मिम क्षेत्रीय प्रहरी प्रुमख डिआइजी माधव नेपालले जानकारी दिए । उनका अनुसार ११ वटा मूर्ति फेला परेका छन, हराएको । मूर्ति फेला परेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट थप प्रहरी टोली त्यसतर्फ खटाइएको छ । जंगलमा भेटिएका मूर्तिलाई धार्मीक परम्परा अनुसार खलंगा तिर ल्याउन लागिएको उनको भनाई छ । मूर्ति चोरी घटनाको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले एक महिना अघिदेखि अनुसन्धान गरिरहेको थियो । मूर्ति भेटिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । मूर्तिको पखाईमा चन्दननाथ मन्दिरमा भक्तजनको घुर्इँचो लागेको छ । स्थानीय परम्परा अनुसार बाजागाजासहित मूर्ति सदरमुकाम तर्फ ल्याइँदैछ ।

चिसो बढेसंगै भूकम्पपीडितको जनजीवन कष्टकर बन्दै

मेलम्ची, पुस १९। सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविसमा चिसो बढेसँगै जनजीवनका साथै चिसोका कारण भूकम्पपीडित मारमा परेका छन् । जिल्लाभरका हिमाली भेगमा हिउँ तथा बेँसी भेगमा आइतबारदेखिको सिमसिम वर्षाका कारण चिसो बढ्नुका साथसाथै बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । २०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको छानाको भरमा जीवन बिताउन बाध्य छन् । वर्षा र हिमपातका कारण चिसो बढेकाले अब कसरी दिन बिताउने भन्ने अन्योलमा भूकम्पपीडित छन् । विशेषगरी जिल्लाको हिमाली ग्रामीण भेगका बासिन्दालाई जाडोले सताएको छ । उच्च हिमाली भेग गुन्साका काले गोले जस्ताले बारेको टहरोबाट शीत चुहिनेदेखि चिसो हुरिले पाल उडाउने सम्म गरेको गुनासो गर्छन् । भूकम्पले गाउँनै तहसनहस बनाएपछि शेर्माथाङमा सानो टहरा बनाएर आश्रय लिएर बसिरहेका कर्मतोक्पे लामाले आफूलाई टहरामा चिसोले निकै सताउने गरेको बताए । लामा भन्छन् –“टहरामा डेढ वर्ष अर्थात दुईवटा चिसो कट्यो, अझै सकसमा बाँच्नुपर्ने स्थिति रहेको छ । पुनःनिर्माणका लागि सरकारले समेत एकमुष्ट रकम नदिँदा यस्तो समस्या भएको हो ।” लामा जस्तै जिल्लाभरका अधिकांश पीडितले पोख्ने गुनासो एउटै हो । चिसो मौसम मध्य भइसक्दा समेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनःनिर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको पीडित बताउँछन् । घाम लागेको दिन केही सहज भएता पनि साँझ ढल्कँदै गएपछि रात कसरी कटाउने भन्ने कुराले पिरोल्ने गरेको मेलम्ची नगरपालिका– १२ का विष्णु गजुरेल बताउँछन् । गजुरेल मात्र होइन अहिले जाडोयाम बिताउन जिल्लावासीलाई धौधौ हुने देखिएको छ । घर भुइँचालोले ढालेपछि विस्थापित भएर टहरापालमा बसिरहेकाको जीवन कष्टकर हुँदै गएको हो । सदरमुकाम चौताराबाट उत्तर पश्चिममा पर्ने गणेश हिमाल र त्यसको आसपासमा पर्ने हेलम्बु किउलवासीलाई हिमालको चिसो सिरेटोले रात बिहान पिरोल्ने गरेको बताए । भोताङ क्षेत्रका २०० भन्दा बढी परिवारको अवस्था पनि उस्तै कष्टकर छ । कतिपय जाडोबाट बच्न राजधानी पसेका छन् भने केही परिवार आफ्नै थलो फर्केका र केही जाडो छल्न बेँसी सर्ने गरेका छन् । आहिले हेलम्बु, भोताङ, बासखर्क, गोल्चे, गुम्बा, स्याउले र सेलाङलगायत धेरै स्थानबाट विस्थापित भएर बासखर्कमा शिविर नै बनाएका छन् । मध्यपहाडी भेगको तुलनामा हिमालीलाई धेरै समस्या हुने देखिएको छ भने तातोपानीदेखि हेलम्बुसम्म लेकाली भेगका विस्थापित बासिन्दा जाडोको चपेटामा परेका छन् । भूकम्प गएको डेढ वर्ष भन्दा बढी बितिसक्दा पनि सरकारको पुनःस्थापनाको आशमा बसिरहेका विस्थापित पालमा नै जीवन गुजारिरहेका छन् । स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले विस्थापितले घर बनाउँछौँ भनेर पहिलो किस्ता रु ५० हजार लिइसकेकाले वास्तविक विस्थापित छुट्याउनुपर्ने र विवरण तयार गर्नुपर्ने देखिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले विस्थापित कुल कति छन् भन्नेबारे अहिलेसम्म यकिन तथ्याङ्क सङ्कलन भइनसकेको बताए । विस्थापितको पुनर्वासको लागि आहिलेसम्म स्पष्ट कार्यविधि नआएकाले पनि यस्तो समस्या देखिएको छ । रासस

बूढीगण्डकी प्रभावितले पुसभित्रै मुआब्जा पाउने

गोरखा,पुस १९ । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । तीन गाविसमा गरी एक हजार हाराहारीमा मुआब्जा पाउन योग्य प्रभावित छन् । “केही दिनमा मुआब्जा वितरण सुरु हुन्छ” शर्माले भने– “मुआब्जा रकम जिल्ला प्रशासनको खातामा राख्न बूढीगण्डकी विकास समितिलाई पत्राचार गरिसकियो ।” मुआब्जाका लागि निवेदन दिएकालाई क्रमशः मुआब्जा रकम वितरण गर्दै जाने बताइएको छ । मालपोत कार्यालय गोरखा र घ्याल्चोकको सिउरेनीटारस्थित बूढीगण्डकी विकास समितिको कार्यालयमार्फत मुआब्जाका लागि प्रभावितले निवेदन दिइरहेका छन् । जिल्ला मुआब्जा समितिले गत मङ्सिर ११ गते जग्गालाई एघार प्रकृतिमा विभाजन गरी रु पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बूढीगण्डकी प्रभावितले विरोध गर्दै आन्दोलन गर्नुका साथै उचित मुआब्जा दिनुपर्ने भन्दै गृह मन्त्रालयमा पुनरावेदन गराएका छन् । मुआब्जा पुनरावलोकनबारे गृहले अहिलेसम्म कुनै निर्णय गरेको छैन । “प्रशासनको खातामा रकम आएपछि धमाधम मुआब्जा बाँड्छौँ । गृहले मुआब्जा पुनरावलोकन गरेमा थप हुने मुआब्जा पछि वितरण हुनेछ,” उनले भने । रासस

आन्दोलन मर्यादित बनाउन कार्यकर्तालाई एमालेले दियो निर्देशन

काठमाडौँ,पुस १९ । नेकपा (एमाले) ले आफूसहित नौ विपक्षी राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि मर्यादित व्यवहार प्रदर्शन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेका सचिव एवम् केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीका अध्यक्षतामा मूल व्यवस्थापन उपसमितिको आजको बैठकले जनप्रदर्शनका तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै तोकिएको नारा मात्र प्रयोग गर्न र प्रदर्शनलाई मर्यादित तथा व्यवस्थित बनाउन निर्देशन दिएको हो । संविधान संशोधन विधेयकका विरोधमा विपक्षीले सो दिन राजधानीमा प्रदर्शन गर्न लागेका हुन् । एमाले सचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गरी निर्वाचनको मिति घोषणा गर्नुपर्नेलगायत माग विपक्षीको रहेको जानकारी दिए। रासस

भारतमा जिप दुर्घटना, चार नेपालीको मृत्यु

बैतडी,पुस १९। भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएइ । दुर्घटनामा सोही परिवारकै अन्य चार सदस्य पनि घाइते भएका छन् । उनीहरुको नाम खुल्न नसकेको र भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बैतडीको शर्माली घर भएका उनीहरु कञ्चनपुरबाट भारतको बाटो हुँदै घर फर्किरहेका बताइएको छ । भारतको उत्तराखण्डअन्तर्गत लुहाघाटबाट सुगरखालतर्फ आइरहेको जिप आइतबार अपराह्न मणिलेक नजिकै दुर्घटनामा परे पनि आज मात्रै खबर आइपुगेको हो । दुर्घटनामा दुई भारतीयको पनि ज्यान गएको बताइएको छ । रासस

संविधान संसोधन प्रस्तावमा सर्वोच्चद्वारा सरकारलाई बाटो खुल्ला

काठमाडौं, पुस १८ । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन बिद्येयकका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ । सर्वोच्च अदालतमा आइतबारदेखि प्रधानन्यायधीस शुशीला कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार फैसला सुनाउँदै अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो । भएको बहसमा सर्वोच्चले अन्तरिम आदेश नदिएसंगै संविधान संसोधनको लागि सरकारलाई बाटो खुलेको छ । सर्वोच्चले संविधान संसोधनको अधिकार संसदलाई मात्र भएको र न्यायपालिकाले यसमाथि अन्तरिम आदेश दिनुनपर्ने बताएको छ । संविधान संशोधन प्रक्रियामै रहेका बेला संसदको क्षेत्राधिकारभित्र पर्ने भएकाले अदालतले निर्णय गर्नु मनासिब नभएको आदेशमा उल्लेख छ। अधिवक्ता टीकाध्वज खड्काले संसदमा संशोधन प्रस्ताव दर्ता हुनुअघि नै त्यसलाई रोक्न र दर्ता भैसकेपछि बदर गर्न माग गर्दै दुई छुट्टाछुट्टै रिट हालेका थिए। संविधान संसोधन प्रस्तावका विषयमा असहमति जनाउँदै एक महिनादेखि संसद अवरुद्ध पार्दै अाएको प्रतिपक्ष एमालेलाई यस आदेशपछि अबरोध हटाउन दवाव परेको छ । सरकारले संविधान संसोधन गर्नुपर्ने माग सहित आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न मंसिर १४ गते संसद सचिवालयमा संविधान संसोधनको प्रस्ताव दर्ता गराएको थियो । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता रमन श्रेष्ठले सरकारी निर्णयको प्रतिरक्षा गर्दै संविधान संशोधन हुनुपर्ने पक्षमा बहस गरेका थिए ।

आज पनि संसद वैठक स्थगित

काठमाडौ, पुस १८ । प्रतिपक्षी दलहरुको अडानका कारण आज अपरान्ह ४ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको वैठक सूचना टाँस गरी स्थगित गरिएको छ । अपराह्न १ बजे बोलाइएको वैठकमा प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीमगले आज अपरान्ह ४ बजेका लागि वैठक पुनः बस्ने घोषणा गरेकी थिइन् । वैठक भोलि दिउँसो १ बजेबस्ने गरी स्थगित भएको हो ।

पहराभित्र लुकाइएकाे ठूलो परिमाणमा विस्फोटक पदार्थ

गोरखा, पुस १८ । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं खत्रीले भने–“ओडारको खोँचमा ढुङ्गाले च्यापेर राखेको अवस्थामा दुई बोरा तारसहित डेटोनेटर (बम बनाउन प्रयोग गरिने सामग्री) फेला पारेका छौं । बरामद भएको विस्फोटक पदार्थ आज जिल्ला प्रहरी कार्यालय पठाउँछौँ ।” उक्त विस्फोटक पदार्थ तत्कालीन माओवादीले द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ । स्वाँराको जङ्गलमा डेटोनेटरसहित तारहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पुष्टि गरे । तीन हजार ९०० थान इलेक्ट्रिक तार जडान गरिएको डेटोनेटर बरामद भएको प्रनाउ थापाले जानकारी दिए । नेपाललाई बारुदी सुरुङमुक्त घोषणा भएको लामो समय भए पनि स्वाँरा क्षेत्रमा विस्फोटक पदार्थ भेटिने क्रमः रोकिएको छैन । तीन वर्षअघि स्वाँरा–८ को खरभिरको ओडारमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा १२ वर्षीय सचिन बराम र ११ वर्षीय ज्ञानबहादुर बराम घाइते भएका थिए । सचिनले बायाँ हातका चार औँला गुमाउनुपरेको थियो । जङ्गलमा जथाभावी रुपमा अझै पनि तारहरु यत्रतत्र रहेको गोठालाले बताएको स्वाँराकी सलिना गुरुङको भनाइ छ । स्वाँराको जङ्गल क्षेत्रमा द्वन्द्वका बेला माओवादी बस्ने गरेकाले त्यसबेला छाडेका वा लुकाइएका विस्फोटक पदार्थ अहिले देखा पर्दै आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

सर्लाहीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २ को ज्यान गयो, ५० घाइते

काठमाडौं, पुस १८ । सर्लाहीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको ज्यान गएको छ । परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थी बोकेको ना३ख ७६६८ नम्बरको रिजर्ब बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलामा दुर्घटना भएको हो । उनीहरु हेटौंडाको सहीद स्मारकबाट पिकनिक खाएर घर फर्कदै गरेको अवस्थामा आइतबार राति पुलबाट खस्दा ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यू र सोही ठाउँ वडा ५ का २० वर्षीय सन्देश बस्नेतको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ। मृतकको शव वीरगन्जस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस ‘रिजर्भ’ गरी नयाँ वर्षको अवसरमा ‘पिकनिक’ गएका थिए। घाइतेहरुको सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको सिमरा इलाका प्रहरी कार्यालयले जनाएको छ। फाइल तस्वीर

आज दिउँसो १ बजे संसद बैठक बस्ने

काठमाडौं, पस १८ । आज दिउँसो १ बजे पुन संसद बैठक बस्ने भएको छ । संविधान संसोधन प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको हो । संसद सचिवालयमा संविधान संसोधन प्रस्तवा दर्ता भएपछि लगातार सात पटक सम्म संसद अबरुद्ध हुँदै आएको छ । आज बस्ने संसद बैठकमा संसोधनको विषयमा टेबुल गर्ने बताइएको छ । तर आज पनि प्रतिपक्ष एमालेले संसद अबरुद्ध पार्ने तयारी गरेको छ । सत्तापक्ष भने जसरी पनि संसोधन प्रस्तावलाई टेवुल गर्ने तयारीमा छ । सरकार र मधेसी मोर्चाबीच संविधान संसोधन भए निर्वाचनमा जाने सहमति भइसकेको अवस्थामा आजको संसद बैठकलाई महत्वपुर्ण रुपमा हेरीएको छ । संविधान अपुर्ण भएको भनी आन्दोलन गर्ने मधेसी मोर्चाले माग सम्बोधन गर्न मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो ।

राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको छः अोली

काठमाडौ, पुस १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीले राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको बताएका छन् । एमाले स्कुल विभागद्वारा आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा ‘नेपाल बुद्धिजीवि परिषद्को प्रशिक्षण समापन’ कार्यक्रममा बोल्दै उनले नेपालको राष्ट्रिय सन्दर्भमा महाभारत खडा गर्न थालिएकाले बुद्धिजीवीले विचारको लडाईं लड्नु पर्ने बताए । “अर्जुनसँग सधैँ धनुष हुन्थ्यो । उनले धनुषको प्रयोग महाभारतमा मात्र गरे”– उनले भने– “तपाई बुद्धिजीवीसँग पनि धनुषको रुपमा विचार रहेको छ । देशमा पनि महाभारतको स्थिति खडा गरिँदैछ । तपाईँहरु पनि विचारको गान्डीव धनुष प्रयोग गर्नुहोस् ।” ओलीले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्ने भएता पनि अहिले पाइलैपिच्छे हस्तक्षेप भइरहेको बताए । उनले सरकार विदेशीलाई खुशी पार्न लागिपरेको आरोप पनि लगाए । अध्यक्ष ओलीले आफू देश र जनताको पक्षमा रहेपनि नेपालका ठूला सञ्चारमाध्यम एमालेविरुद्धको प्रचार अभियानमा लागेको बताए। “हामी सञ्चार क्षेत्रमा कमजोर छौँ । लगानी पनि छैन”– उहाँले भन्नुभयो, “हामीले भनिरहेको जस्तो भएको छैन । हाम्रा विपक्षमा सञ्चारमाध्यम लागेका छन् ।” तीन दिनसम्म भएको प्रशिक्षणमा ४२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा १३ विषयमा प्रशिक्षण दिइएको स्कुल विभाग सचिव ईश्वरी रिजालले जानकारी गराए । रासस