सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् ।

यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । “विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्”, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने, “यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।”

डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताए । “दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरू डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ”, उनले भने ।

वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ । “यहाँका रूखमा चैत–वैशाखमा झैँ पात झरेको जस्तो देखिएका छन्, पानी पर्‍यो भने त पलाउँछ”, उनले भने, “पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठुला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।”

महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताए । “जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधन स्रोत पनि छैन”, उनले भने, “विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।”

एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताए । उनले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताए ।

यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उनको विश्वास छ । जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छ भने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् । यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन हेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् । हाल यहाँका १५/२० वटा सामुदायिक वनमा यस्तो समस्या देखिएको छ ।

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुम पूर्वले जवाफ दिन्छ: प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीति बाह्य शक्तिहरूको हस्तक्षेपतर्फ धकेलिन थालेको आरोप लगाउँदै त्यसविरुद्ध निर्णायक जवाफ रुकुम पूर्वबाटै दिने घोषणा गर्नुभएकाे छ ।  रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले स्पष्ट शब्दमा भन्नुभयाे, “देश चलाउन विदेशी शक्ति सक्रिय भएको देखिन्छ । त्यसको जवाफ म यहीँबाट दिन्छु ।” उनको यो अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको सवाललाई पुनः केन्द्रमा ल्याएको छ । प्रचण्डले दाङ–रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने ऐतिहासिक व्यापारिक मार्ग निर्माण गर्ने पनि बताउनु भएकाे छ । यो मार्गले कर्णाली–मध्यपहाड हुँदै राष्ट्रिय अर्थतन्त्रमा नयाँ आयाम थप्ने उहाँकाे भनाइ छ । हिमाली जिल्लाको हैसियत पाएको रुकुम पूर्वलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउने पहल गरिने बताउँदै उनले यो क्षेत्रलाई विकासको नयाँ मोडलको प्रयोगशाला बनाइने आश्वासन दिनुभयाे । “जहाँबाट लडाइँ सुरु भयो, त्यहीँको मुहार फेरिएको छ,” भन्दै उहाँले विरोधीहरूलाई भाषण होइन, कामबाटै जवाफ दिने दृढता व्यक्त गर्नुभयाे ।  देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनः जनयुद्धको आधारभूमि रुकुम फर्किएको उल्लेख गर्दै प्रचण्डले आफ्नो उम्मेदवारी केवल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशातर्फ लैजानका लागि भएको स्पष्ट पार्नुभयाे । “म रुकुम आउनुको अर्थ केवल सहर निर्माण र ग्रामीण सडक स्तरोन्नति होइन,” उहाँले भन्नुभयाे, “यो समग्र देशलाई शान्तिपूर्ण अठोट, स्थायित्व र समाजवादको यात्रातर्फ अघि बढाउने ऐतिहासिक कदम हो ।” जेनजी भदौ २४ को आन्दोलनपछि सिर्जित परिस्थितिमा भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरी निर्वाचनमा जाने निर्णय लिइएको स्मरण गर्दै उहाँले त्यो निर्णय देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत राजनीतिक निकास खोज्न अनिवार्य भएको दाबी गर्नुभयाे ।  जनयुद्धकाे समाय चुनबाङ बैठकले शान्ति प्रक्रियाको ऐतिहासिक यात्रा सुरु गरेको स्मरण गराउँदै प्रचण्डले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयाे ।   

एकैदिन तोलामा साढे १० हजारले बढ्याे सुन

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार (माघ ७)मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ ।  यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ ।  अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ ।  मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ३१, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ११०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु ८५, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १००० र कुरिलो प्रतिकिलो रु १,८५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १३०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १४०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु ११०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

उम्मेदवारी दर्तासँगै प्रचार प्रसारमा होमिए दलहरू

कास्की । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवारसँगै छ जना स्वतन्त्र उम्मेदवार गरी ४९ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वडाबाट चुनाव लक्षित भेटघाट तथा छलफल थालेको छ । एमालेले कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः बैनबहादुर अधिकारी क्षेत्री, रश्मी आचार्य र दामोदर बैरागाीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तासँगै चुनाव केन्द्रित छलफललाई सघन बनाएको छ । कांग्रेसले क्षेत्र नं १, २ र ३ मा क्रमशः तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुुरुङलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले चुनावको तयारीस्वरुप आज उम्मेदवार एवं जिल्लामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल गर्ने बताएको छ । पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारी तथा उम्मेदवारले घरदैलो थाल्ने छन् । नेकपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः राजकाजी गुरुङ, हेमबहादुर थापा पराजुली र गोपाल गिरीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज यहाँ बैठक हुँदैछ । रास्वपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः खड्गराज पौडेल, उत्तमप्रसाद पौडेल र बिना गुरुङलाई प्रत्याशी बनाएको छ ।

रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको घरदैलो अभियान

रुकुम पूर्व । हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराउनुभएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा बिहानको पैदल यात्रा (मोर्निङ वाक) गर्नुभएको छ। मोर्निङ वाकका क्रममा उहाँले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गर्नुभयो, जहाँ हाल युद्ध सङ्ग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। मोर्निङ वाकसँगै संयोजक प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको पनि सुरुवात गर्नुभएको छ। घरदैलोका क्रममा उहाँले शहीद सिता घर्तीमगरकी आमा, शहीद जीवन काजीकी आमा लगायत विभिन्न शहीद परिवारका सदस्यहरूसँग भेटघाट गर्नुभयो। शहीद परिवारसँगको भेटमा उहाँले शहीदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका शहीदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनी भएको र अझ बढी अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताउनुभएको छ। संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका शहीदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको तथा शहीद परिवारका सदस्यलाई रोजगारी र विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिनुभयो। मोर्निङ वाकसँगै घरदैलो अभियानका क्रममा उहाँले रुकुम पूर्वका पुराना कम्युनिस्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिस्ट पार्टीलाई मतदान गर्न अपिल गर्नुभएको छ।

उपत्यका ४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ । रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढङ्गबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिए । तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मङ्सिर ७ गतेदेखि सञ्चालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार तीन जना र प्रहरी जवान ४४ जना गरी ४७ जना प्रशिक्षार्थीले तालिम लिएका बताए ।

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।  निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।  राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् । त्यस्तै, उमेरगत रूपमा २५ देखि ३५ वर्षसम्म ५८३, ३६ देखि ५० वर्षसम्म एक हजार ६१०, ५१ देखि ६५ वर्षसम्म एक हजार ९० र ६५ देखिमाथि २०१ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ ।  देशभर उमेदवार मनोनयन गर्ने राजनीतिक दलको संख्या ६८ वटा छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूचीमा केही संख्या थपघट हुनसक्ने बताए ।

आज उमेदवारविरुद्ध उजुरी दिन पाइने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ ।  निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ ।  उक्त उजुरीपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।  आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उमेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उमेदवारी परेको छ । उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।  निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ ।  निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उमेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उमेदवार ३३६ र पुरुष दुई हजार ५८९ जना रहेका छन् । अपांगता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उमेदवारी परेको आयोगले जनाएको छ । 

उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा भव्य र्‍यालीसहित उम्मेदवारी दर्ता गरेको छ । नेकपाबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय सदस्य बदलदेव चौधरी र क्षेत्र नं. २ मा केन्द्रीय सदस्य सुरेशकुमार राई ‘हिमाल’ को उम्मेदवारी दर्ता भएको हो । दुवै क्षेत्रमा कार्यकर्ता र समर्थकको सहभागितामा र्‍याली निकाल्दै उम्मेदवारी दर्ता गरिएको थियो । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै क्षेत्र नं. १ का उम्मेदवार चौधरीले देशको स्थायी विकास र दीर्घकालीन नीति निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको बताए । चौधरी त्रियुगा नगरपालिकाका पूर्व मेयरसमेत हुन् । त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेशकुमार राई सोही क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य हुन् । दुवै उम्मेदवार विकासप्रेमी नेताका रूपमा परिचित छन् । निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट विदुर बस्नेत र नेकपा एमालेबाट दुर्गा थापासहित कुल १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट रामकुमार राई र नेकपा एमालेबाट अम्बरबहादुर रायमाझीसहित १३ जनाले उम्मेदवारी दिएका छन् ।  

यी हुन् नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएकाहरु (सूचीसहित)

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशैभर उम्मेदवारी दर्ता गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम पूर्वबाट र सहसंयोजक माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।  अन्य ठाउँमा कहाँ को ?  क्र.स प्रदेश जिल्ला निर्वाचन क्षेत्र नं. g]kfnL sDo'lgi6 kf6L{sf pDd]bjf/x? 1 कोशी ताप्लेजुङ ताप्लेजुङ १ खेलप्रसाद बुढाक्षेत्री 2 कोशी पाँचथर पाँचथर १ हर्क बहादुर नेम्वाङ 3 कोशी इलाम इलाम १ रणबहादुर राई 4 कोशी इलाम इलाम २ ओमबहादुर गुरुड 5 कोशी झापा झापा १ अशेष घिमिरे 6 कोशी झापा झापा २ धर्मशिला चापागाई 7 कोशी झापा झापा ३ डिल्ली घिमिरे 8 कोशी झापा झापा ४ पुरुषोत्तम चुडाल 9 कोशी झापा झापा ५ रञ्जित तामाङ 10 कोशी सङ्खुवासभा सङ्खुवासभा १ सरिता खड्का थापा 11 कोशी तेह्रथुम तेह्रथुम १ रणध्वज कन्दड्वा 12 कोशी भोजपुर भोजपुर १ अजम्बर राई काङमाङ 13 कोशी धनकुटा धनकुटा १ धर्म प्रसाद पौडेल 14 कोशी मोरङ मोरङ १ कुलप्रसाद साम्बा 15 कोशी मोरङ मोरङ २ चन्द्रवीर राई 16 कोशी मोरङ मोरङ ३ डा देवमान सम्वाहाङफे 17 कोशी मोरङ मोरङ ४ अमनलाल मोदी 18 कोशी मोरङ मोरङ ५ शिवकुमार मण्डल 19 कोशी मोरङ मोरङ ६ ओपेन्द्र कुमार राय 20 कोशी सुनसरी सुनसरी १ सुर्य बहादुर भट्टराई 21 कोशी सुनसरी सुनसरी २ रामकुमारी चौधरी 22 कोशी सुनसरी सुनसरी ३ दुर्गेश चौधरी 23 कोशी सुनसरी सुनसरी ४ महमद महफुज अंसारी 24 कोशी सोलुखुम्बु सोलुखुम्बु १ असिम राई 25 कोशी खोटाङ खोटाङ १ हरि रोका 26 कोशी ओखलढुङ्गा ओखलढुङ्गा १ अम्बिर बाबु गुरुङ 27 कोशी उदयपुर उदयपुर १ वलदेव चौधरी 28 कोशी उदयपुर उदयपुर २ सुरेश कुमार राई 29 मधेश सप्तरी सप्तरी १ रविन्द्र चौधरी 30 मधेश सप्तरी सप्तरी २ सुर्यनाथ प्रसाद यादव 31 मधेश सप्तरी सप्तरी ३ अरुण कुमार साह 32 मधेश सप्तरी सप्तरी ४ रुवी कुमारी कर्ण 33 मधेश सिराहा सिराहा १ रामचन्द्र यादव 34 मधेश सिराहा सिराहा २ मुक्ति सिंह 35 मधेश सिराहा सिराहा ३ विश्वनाथ साह 36 मधेश सिराहा सिराहा ४ अजय शंकर नायक 37 मधेश धनुषा धनुषा १ मातृका प्रसाद यादव 38 मधेश धनुषा धनुषा २ रामचन्द्र झा 39 मधेश धनुषा धनुषा ३ राम ललित मण्डल 40 मधेश धनुषा धनुषा ४ संजय कुमार महतो 41 मधेश महोत्तरी महोत्तरी १ गिरिराजमणि पोख्रेल 42 मधेश महोत्तरी महोत्तरी २ लक्ष्मण यादव 43 मधेश महोत्तरी महोत्तरी ३ राजकिशोर साह सुडी 44 मधेश महोत्तरी महोत्तरी ४ भरतप्रसाद साह 45 मधेश सर्लाही सर्लाही १ प्रमोद साह 46 मधेश सर्लाही सर्लाही २ महिन्द्र राय यादव 47 मधेश सर्लाही सर्लाही ३ नारायणकाजी श्रेष्ठ 48 मधेश सर्लाही सर्लाही ४ रगनिस राय यादव 49 मधेश रौतहट रौतहट १ माधब कुमार नेपाल 50 मधेश रौतहट रौतहट २ किरण साह 51 मधेश रौतहट रौतहट ३ पुनम देवी 52 मधेश रौतहट रौतहट ४ रामकुमार भट्टराई 53 मधेश बारा बारा १ सन्तोष दंगाल 54 मधेश बारा बारा २ रमेश प्रसाद यादव 55 मधेश बारा बारा ३ भरत प्रसाद साह 56 मधेश बारा बारा ४ अजय कुशवाहा 57 मधेश पर्सा पर्सा १ अजय चौरासिया 58 मधेश पर्सा पर्सा २ मनोज चौधरी 59 मधेश पर्सा पर्सा ३ छोटेलाल यादव 60 मधेश पर्सा पर्सा ४ जयप्रकास थारु 61 बागमती दोलखा दोलखा १ बिशाल खड्का 62 बागमती रामेछाप रामेछाप १ श्याम कुमार श्रेष्ठ 63 बागमती सिन्धुली सिन्धुली १ डेकेन्द्र सुबेदी 64 बागमती सिन्धुली सिन्धुली २ लेखनाथ दाहाल 65 बागमती रसुवा रसुवा १ माधव लामिछाने 66 बागमती धादिङ धादिङ १ राजेन्द्र प्रसाद पाण्डे 67 बागमती धादिङ धादिङ २ राम बहादुर भण्डारी 68 बागमती नुवाकोट नुवाकोट १ हित बहादुर तामाङ 69 बागमती नुवाकोट नुवाकोट २ हिरानाथ खतिवडा 70 बागमती काठमाडौँ काठमाडौँ १ मेनका भण्डारी 71 बागमती काठमाडौँ काठमाडौँ २ नितेश पौडेल 72 बागमती काठमाडौँ काठमाडौँ ३ निरज लामा 73 बागमती काठमाडौँ काठमाडौँ ४ इन्द्र भुसाल 74 बागमती काठमाडौँ काठमाडौँ ५ कल्पना शर्मा 75 बागमती काठमाडौँ काठमाडौँ ६ हेमलाल शर्मा (हिमाल) 76 बागमती काठमाडौँ काठमाडौँ ७ बसन्त प्रसाद मानन्धर 77 बागमती काठमाडौँ काठमाडौँ ८ सुमन सायमी 78 बागमती काठमाडौँ काठमाडौँ ९ राधाकृष्ण महर्जन 79 बागमती काठमाडौँ काठमाडौँ १० रुपा महर्जन 80 बागमती भक्तपुर भक्तपुर १ हरिराम लवजु 81 बागमती भक्तपुर भक्तपुर २ रामप्रसाद सापकोटा (दिपशिखा) 82 बागमती ललितपुर ललितपुर १ सुनिल महर्जन 83 बागमती ललितपुर ललितपुर २ राजेन्द्र अमात्य 84 बागमती ललितपुर ललितपुर ३ राजकाजी महर्जन 85 बागमती काभ्रेपलान्चोक काभ्रेपलान्चोक १ दिनानाथ गौतम 86 बागमती काभ्रेपलान्चोक काभ्रेपलान्चोक २ बसुन्धरा हुमागाई 87 बागमती सिन्धुपाल्चोक सिन्धुपाल्चोक १ माधव सापकोटा 88 बागमती सिन्धुपाल्चोक सिन्धुपाल्चोक २ युवराज दुलाल 89 बागमती मकवानपुर मकवानपुर १ विजय गौतम 90 बागमती मकवानपुर मकवानपुर २ लवशेर बिष्ट 91 बागमती चितवन चितवन १ डा कृष्ण पन्त 92 बागमती चितवन चितवन २ प्रताप गुरूङ 93 बागमती चितवन चितवन ३ रेणु दाहाल 94 गण्डकी गोरखा गोरखा १ हरिराज अधिकारी 95 गण्डकी गोरखा गोरखा २ लेखनाथ न्यौपाने 96 गण्डकी मनाङ मनाङ १ यशोदा सुवेदी गुरुङ 97 गण्डकी लमजुङ लमजुङ १ हरिजंग तामाङ 98 गण्डकी कास्की कास्की १ राजकाजी गुरुड 99 गण्डकी कास्की कास्की २ हेमबहादुर थापा 100 गण्डकी कास्की कास्की ३ गोपाल गिरी 101 गण्डकी तनहुँ तनहुँ १ विध्यानाथ ढकाल 102 गण्डकी तनहुँ तनहुँ २ सोमबहादुर थापा 103 गण्डकी स्याङ्जा स्याङ्जा १ शैलेन्द्र घिमिरे 104 गण्डकी स्याङ्जा स्याङ्जा २ पदम विश्वकर्मा 105 गण्डकी नवलपरासी (पूर्व) नवलपरासी (पूर्व) १ लोकप्रसाद भुर्तेल 106 गण्डकी नवलपरासी (पूर्व) नवलपरासी (पूर्व) २ गणेशमान महतो 107 गण्डकी मुस्ताङ मुस्ताङ १ मुटुक गुरुङ 108 गण्डकी म्याग्दी म्याग्दी १ अर्जुन थापा 109 गण्डकी बागलुङ बागलुङ १  राजमोसँग तालमेल 110 गण्डकी बागलुङ बागलुङ २ ज्ञाननाथ गैरे 111 गण्डकी पर्वत पर्वत १ मनहरी शर्मा 112 लुम्बिनी गुल्मी गुल्मी १ सुर्दशन बराल 113 लुम्बिनी गुल्मी गुल्मी २ श्रीराम महत 114 लुम्बिनी पाल्पा पाल्पा १ होमबहादुर सुनारी 115 लुम्बिनी पाल्पा पाल्पा २ सोमप्रसाद पाण्डे 116 लुम्बिनी अर्घाखाँची अर्घाखाँची १ रामबहादुर चौहान 117 लुम्बिनी नवलपरासी (पश्चिम) नवलपरासी (पश्चिम) १ सिन्धु जलेशा 118 लुम्बिनी नवलपरासी (पश्चिम) नवलपरासी (पश्चिम) २ देबेन्द्र पौडेल 119 लुम्बिनी रुपन्देही रुपन्देही १ घनश्याम यादव  120 लुम्बिनी रुपन्देही रुपन्देही २ सुभाष पाण्डे (विश्वदीप्) 121 लुम्बिनी रुपन्देही रुपन्देही ३ फैज अहमद खान 122 लुम्बिनी रुपन्देही रुपन्देही ४ बाबुलाल यादव 123 लुम्बिनी रुपन्देही रुपन्देही ५ वकिल मुसलमान 124 लुम्बिनी कपिलवस्तु कपिलवस्तु १ कृष्ण कुँवर 125 लुम्बिनी कपिलवस्तु कपिलवस्तु २ बृजेश कुमार गुप्ता 126 लुम्बिनी कपिलवस्तु कपिलवस्तु ३ एहसन अहमद खाँ 127 लुम्बिनी पूर्वी रुकुम पूर्वी रुकुम १ पुष्पकमल दाहाल‘प्रचण्ड’ 128 लुम्बिनी रोल्पा रोल्पा १ वर्षमान पुन  129 लुम्बिनी प्युठान प्युठान १ कृष्णध्वज खड्का 130 लुम्बिनी दाङ दाङ १ मेटमणि चौधरी 131 लुम्बिनी दाङ दाङ २ निर्मल आचार्य 132 लुम्बिनी दाङ दाङ ३ धनबहादुर मास्की 133 लुम्बिनी बाँके बाँके १ नरेन्द्र पाण्डे 134 लुम्बिनी बाँके बाँके २ दिपेन्द्र विष्ट 135 लुम्बिनी बाँके बाँके ३ दिपक जिएम 136 लुम्बिनी बर्दिया बर्दिया १ विष्णु प्रसाद थारु 137 लुम्बिनी बर्दिया बर्दिया २ सुरेश पन्थ 138 कर्णाली सल्यान सल्यान १ रमेश कुमार मल्ल 139 कर्णाली डोल्पा डोल्पा १ धनबहादुर बुढा 140 कर्णाली मुगु मुगु १ चन्द्रबहादुर शाही 141 कर्णाली जुम्ला जुम्ला १ नरेश भण्डारी 142 कर्णाली कालिकोट कालिकोट १ महेन्द्र बहादुर शाही 143 कर्णाली हुम्ला हुम्ला १ दिपेन्द्र रोकाया 144 कर्णाली जाजरकोट जाजरकोट १ शक्ति बहादुर बस्नेत 145 कर्णाली दैलेख दैलेख १ अम्बर बहादुर थापा 146 कर्णाली दैलेख दैलेख २ योगेन्द्र शाही 147 कर्णाली सुर्खेत सुर्खेत १ जीतबहादुर राना 148 कर्णाली सुर्खेत सुर्खेत २ झकबहादुर मल्ल 149 कर्णाली पश्चिम रुकुम पश्चिम रुकुम १ गोपाल शर्मा 150 सुदूरपश्चिम बाजुरा बाजुरा १ प्रकाश बहादुर शाह 151 सुदूरपश्चिम अछाम अछाम १ भिम बहादुर रावल 152 सुदूरपश्चिम अछाम अछाम २ बलबहादुर कुँबर 153 सुदूरपश्चिम बझाङ बझाङ १ मीन बहादुर कुँवर 154 सुदूरपश्चिम डोटी डोटी १ त्रिलोचन भट्ट 155 सुदूरपश्चिम कैलाली कैलाली १ रामलाल डगौरा थारु 156 सुदूरपश्चिम कैलाली कैलाली २ नन्दबहादुर साउद 157 सुदूरपश्चिम कैलाली कैलाली ३ वीरमान चौधरी 158 सुदूरपश्चिम कैलाली कैलाली ४ हरिराम चौधरी 159 सुदूरपश्चिम कैलाली कैलाली ५ प्रेम आले 160 सुदूरपश्चिम दार्चुला दार्चुला १ लक्ष्मणदत्त जोशी 161 सुदूरपश्चिम बैतडी बैतडी १ परमानन्द भट्ट 162 सुदूरपश्चिम डडेल्धुरा डडेल्धुरा १ मानसिंह माल 163 सुदूरपश्चिम कञ्चनपुर कञ्चनपुर १ विना मगर 164 सुदूरपश्चिम कञ्चनपुर कञ्चनपुर २ माधव पन्त 165 सुदूरपश्चिम कञ्चनपुर कञ्चनपुर ३ मानबहादुर सुनार      

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले गरे सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं — नेकपा नेता नारायणकाजी श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार हरिवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयनपत्र दर्ता गराएका हुन्। प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि मात्र राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका थिए। २०७९ को निर्वाचनमा यो क्षेत्रबाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती विजयी भएका थिए।

भूराजनीतिक अवस्थामा नेपाल जटिल अवस्थामा छ : वर्षमान पुन 'अनन्त'

रोल्पा — नेकपा नेता वर्षमान पुन (अनन्त) ले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने खतरा रहेको बताएका छन्। श्रीलंका र बंगलादेशपछि नेपालमा पनि विदेशी शक्तिहरूको खिचातानी देखिएको उनको भनाइ छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा पुगेको र अग्रजहरूले जोगाएको देश भावी पुस्तालाई सग्लो हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए। उनले २३ भदौको नवयुवा आन्दोलन जायज रहे पनि २४ भदौको विध्वंसमा देशी–विदेशी शक्तिको घुसपैठ भएको टिप्पणी गरे। राष्ट्रवादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। रोल्पा गणतन्त्र, संघीयता र समावेशीताका लागि सबैभन्दा बढी बलिदान गरेको जिल्ला भएको उल्लेख गर्दै पुनले यहाँको जग भत्काउन नदिने प्रतिबद्धता जनाए। आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको र रोल्पाली जनताको शिर नझुक्ने गरी काम गर्ने उनको भनाइ छ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक नेपालद्वारा रौतहट-१ बाट उम्मेदवारी दर्ता

रौतहट — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयनपत्र दर्ता गराएका हुन्।

रुकुम पूर्वमा पूर्व नेकपा एमालेको ठूलो समूह नेकपामा प्रवेश, प्रचण्डलाई समर्थन

रुकुम पूर्व । रुकुम पूर्वमा पूर्व नेकपा एमालेको ठूलो समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ । आसन्न २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त समूहले नेकपाका संयाेजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहयाेग गर्न अपील पनि गरेकाे छ ।  पार्टी प्रवेश गर्ने समूहले जनआन्दोलन, जनविद्रोह तथा जेन्जी विद्रोहका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती बलिदानकै जगमा आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । उनीहरूले भ्रष्टाचारविहीन, सुशासनयुक्त र रोजगारमुखी विकासको आवश्यकता औँल्याउँदै नेकपाकाे राजनीतिक धारासँग आफूहरू एकमत हुँदै समाहित भएकाे स्पष्ट पारेका छन् । पार्टी प्रवेशसँगै सार्वजनिक गरिएको अपिलमा रुकुम पूर्वको विकास र समृद्धिका लागि विशेष पहल गर्न प्रचण्डसँग आग्रह गरिएको छ । दुर्गम भूगोलका कारण पछाडि परेको जिल्लाको जीवनस्तर परिवर्तनका लागि प्रभावकारी बजेट व्यवस्थापन र दीर्घकालीन योजनाको कार्यान्वयन आवश्यक रहेको उनीहरूको भनाइ छ । पार्टी प्रवेश गर्ने समूहले सात बुँदे मागसमेत अघि सारेको छ । जसमा राष्ट्रिय गौरवको सहिद मार्ग (होलेरी–घर्तीगाउँ–थवाङ–काँकी–तकसेरा–हुकाम–मैकोट–डोल्पा हुँदै चीन सीमा) को स्तरोन्नति तथा कालोपत्रे, देउखोला–जामाबगर–ढोरपाटन–म्याग्दी–मुस्ताङ हुँदै चीन सीमासम्म सडक निर्माण, रुकुमकोट–पोखरा–प्वाड–सिस्ने हुँदै डोल्पासम्म सुरुङमार्ग निर्माणको पहललगायतका माग छन् । त्यसैगरी भूमे–१ लुगुममा निर्माणाधीन बहुप्राविधिक शिक्षालय सञ्चालन, रुकुमकोटमा बी.एस्सी. कृषि अध्ययन सुरु गर्ने, राउण्ड पर्यटन मार्ग विकास, वृहत लिफ्ट सिँचाइ आयोजना, फलफूल खेती तथा चौरीगाई र भेडापालनलाई व्यवसायीकरण गरी स्वरोजगार सिर्जनामा जोड दिनुपर्ने माग गरिएको छ । नेकपामा प्रवेश गर्नेहरूमा पूर्व नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष टोपबहादुर ओली, लुम्बिनी प्रदेश सभा (ख) का पूर्व स्वतन्त्र उम्मेदवार नरहरि खड्का, एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनलगायत विभिन्न स्थानीय तहका नेता, कार्यकर्ता तथा युवाहरू रहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुकुम पूर्वबाट आज उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।   उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा प्रचण्डले यो जिल्लालाई क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला भएको उल्लेख गर्दै आफूले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभएको छ । उम्मेदवारी दर्ताका लागि प्रचण्ड हिजो त्यसतर्फ जानु भएको थियो । उम्मेदवारी दर्ता अघि नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्तासहितको जुलुस निस्किएको थियो ।  प्रचण्डले स्थानीय सहिद परिवारको आशीर्वाद लिएर मनोनयन पत्र दर्ताका लागि स्थानीय निर्वाचन कार्यालय पुग्नु भएको थियो ।