नवराज सुवेदी बने साउदी अरबको राजदूत

काठमाडौं । जनता समाजवादीका केन्द्रीय सदस्य नवराज सुवेदी साउदी अरबको राजदूत बनेका छन् ।

राष्ट्रिय जनमोर्चा हुँदै माओवादी र नयाँ शक्तिपछि जनता समाजवादी पार्टीमा पुगेका नवराज सुवेदीलाई सरकारले राजदूत नियुक्त गरेको हो ।

नेकपा मसालसँग आबद्ध भएर लामो समय काम गरेका सुवेदी २०५६ सालमा प्युठान क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद समेत बनेका थिए । कुनै बेला मोहनविक्रम सिंह र चित्रबहादुर केसीपछि नवराज सुवेदी चर्चामा रहने गरेका थिए ।

नेकपा मसाल र एकताकेन्द्रबीच एकता र फूटपछि भने उनी माओवादीमा प्रवेश गरेका थिए । बाबुराम भट्टराई पार्टीबाट अलग भएपछि भने उनी नयाँ शक्तिमा सक्रिय थिए । तर पछिल्लो समयमा भने उनको राजनीतिक सक्रियता देखिएको थिएन ।

हाल उनी जनता समाजवादीको केन्द्रीय कार्यकारिणी सदस्य रहेका छन् ।

श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ

दोहा,कतार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बिदेशमा आउने श्रमिकले तत्काल अनुभुती गर्ने गरि परिवर्तन गर्ने बताउनुभएको छ । कतार भ्रमणको क्रममा सोमबार दोहा आईपुग्नु भएका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज कतारको सम्मान ग्रहण गर्दै यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले श्रम स्वीकृत लिने समय देखी बिमानस्थल सम्म भोग्ने झन्झट र अपमानजनक व्यबहार हालै हटाएको भन्दै आफू पदमा रहदा सम्म मजदुरको हितमा देखिने गरी काम गर्ने बताउनुभयो । श्रेष्ठले बिदेशमा आउने श्रमिक जोडिने सबै ठाउँ श्रमिक मैत्री बनाउने भन्दै कतार भ्रमणको क्रममा पनि कतार सङ्गको सन् २००५ देखीको श्रम सम्झौता थप मजदुरको हितमा हुने गरि परिमार्जन गर्न पहल गर्ने बताउनुभयो । तनुह जिल्लावासी रहनु भएका मन्त्री श्रेष्ठलाई छोटो समयमा श्रमिकको हितमा काम गर्न सफल भएको भन्दै संस्थाका प्रमुख सल्लाहकार तोयानाथ पौडेल र अध्यक्ष नारायण प्रसाद ढुंगानाले दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान गर्नुभएको हो । उहाँले प्रवासमा जिल्लावासी संगठित हुदै गृह जिल्लाको विभिन्न समाजिक गतिविधिमा सक्रिय रहेको भन्दा संस्थालाई आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत गर्दै संस्थाका प्रथम उपाध्यक्ष पदम गीरीले कतारमा तनहुँ सेवा समाजको स्थापना र सस्थाले गरेको विभिन्न गतिविधिका बारे जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण तनहुँ सेवा समाज कतारका महासचिव मिनराज वाग्लेले गर्नुभएको थियो ।

कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा सुरु

गैर सांसद रामशरण महत पनि बैठकमा सहभागी काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छलफलको मुख्य विषय हुने बताइएको छ । एमसीसीको विषयमा छलफल गर्नका लागि नेपाली कांग्रेसका नेता रामशरण महत समेत बैठकमा सहभागी भएका छन् । उनी गैरसांसद हुन् । एमसीसीबारे सल्लाह लिनका लागि विज्ञका रुपमा उनलाई बोलाइएको बताइएको छ । कांग्रेसले एमसीसी संसद्‌मा पेश गर्नुपर्ने र संसद्‌बाटै पास गराउनुपर्ने बताउँदै आएको छ । तर गठबन्धनका अन्य दल भने संसोधन बिना संसदमा एमसिसी लान नहुने बताउदै आएका छन् ।

सरकार ढाल्न र चुनाव बिथोल्न ठूलो षडयन्त्र हुँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानबिरोधी शक्तिहरुले गठबन्धन सरकार ढाल्न र निर्वाचन बिथोल्न ठूलो षडयन्त्र गरिरहेको बताएका छन् । “ठूलो प्रपञ्च चल्दैछ ।” पेरिसडाँडामा आयोजित जनयुद्ध दिवस समारोहमा बोल्दै प्रचण्डले भने, “प्रतिगमनकारी शक्तिहरु, देशी विदेशी प्रतिक्रियावादीहरु र यो परिवर्तनलाई मन नपराउने शक्तिहरु षडयन्त्रमा लागेका छन् ।” एमसिसिको नाम उच्चारण नगरि अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन एउटा परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेकोले कुनै परियोजनाका कारण नटुटने समेत बताए । “हामीले कुनै परियोजना पारित गर्छौं भनेर गठबन्धन गरेका होइनौं ।” उनले भने, “संविधानको रक्षा, लोकतन्त्रकोे रक्षा र उपलब्धिहरु खतरामा परेको बेला निश्चित सैद्धान्तिक मान्यताका आधारमा यो गठन भएको हो । त्यहि आधारमा सरका बनेको हो, यो नेपाली जनताको चाहनाले बनेको हो । त्यसैले कुनै परियोजनाका कारण यसलाई टुटन नदिन म आग्रह गर्न चाहन्छु ।”   प्रचण्डले गठबन्धनलाई संविधानको रक्षा ,लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति जनताले साथ दिएको स्मरण गर्दै सबैले जनताको सर्मथन भरोसालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई सिध्याउन चाहेका शक्तिहरु अहिले पनि सक्रिय भएको बताए ।

३२ सहसचिवको सरुवा(नाम सहित)

काठमाडौं । सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । सुचि यस प्रकार छ ।  

माओवादी पार्टी र आन्दोलनको पुनर्गठन आवश्यक

केदारनाथ नेपाल (निश्चल) २०७४ सालमा प्रचण्ड(देउवा गठबन्धनको सरकारले स्थानीय निकायको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्यो । जटिल राजनीतिक परिस्थितिमा गठबन्धन नै गरेर आलोपालो गरि एकै किसिमको ९स्थानीय० निर्वाचन गणतन्त्र पश्चात् पहिलोपटक दुईवटा सरकारबाट भएको त्यो पहिलो घटना थियो । स्थानिय निर्वाचनलगत्तै टुटेको देउवा–प्रचण्ड गठबन्धन निर्वाचन सम्पन्न भएको पाँच वर्ष पुग्नै लाग्दा समयले फेरी दुबैलाई एकै ठाउँ र गठबन्धनकै अवस्थामा ल्याइदिएको छ । स्थायी वामपन्थी सरकारको परिकल्पना गरेर एमालेसँग चुनावी तालमेलपश्चात् पार्टी नै एकता गरेका प्रचण्ड ओलीको राजनीतिक बेइमानी र छलछामबाट पुनः बाहिरिएर देऊवासँगको सत्ता गठबन्धनमा आईपुगे । नेपाली राजनीतिमा चतुर खेलाडी मानिएका प्रचण्ड कुनै समय चतुर्याई गरेर जित्छन् त कहिले पछि पर्छन् । यसपटक भने उनले आफ्नो चतुर्याईलाई शक्तिमा बदल्न सकेनन् त्यसैको कारण भनौ वा ओलीसँगको टकरावको कारण उनि पछि परे र नेकपा तीन टुक्रामा विभाजित भयो । संविधान सभाबाट संविधान जारी भएर २०७४ सालमा निर्वाचन हुदैगर्दा प्रचण्डको चतुर्याईले काङ्गेस(माओबादीको सत्ता गठबन्धन मात्र ढलेन एमालेलाई पहिलो पार्टीको रुपमा समेत स्थापित गराइदिए । देश र जनताको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण कामहरु गरिरहँदा पनि आज प्रचण्ड र माओबादी आन्दोलनबिरुद्द घेराबन्दी गर्न छाडिएको छैन । कहिले युद्वकालिन मुद्वा त कहिले समसामयिक बिषयमा अनावश्यक हल्ला फिजाएर आ जपनि प्रचण्डबिरुद्व प्रत्येक दिनजस्तो हमला भैरहेको छ । आफै सरकारको नेतृत्व गर्न मरिहत्ते नगर्ने तर अरुलाई पटक पटक सरकारको नेतृत्वमा पुर्याइदिने मियो बनेर २०६४ पछि हरसमय प्रचण्ड अरुको सत्ताको भर्‍याङ बनिरहे । एमाले माओवादी पार्टी एकता भएर अघि बढेसँगै पार्टीमा बिबाद आएर बिभाजित नभएको भए शायद आज नेकपाको सम्पुर्ण शक्ति प्रचण्डको हातमा रहन्थ्यो र माओबादी आन्दोलनबाट स्थापित अन्य परिवर्तन र एजेण्डाहरु संस्थागत हुन्थे । राजनीतिलाई सम्भावनाहरूको खेल हो भन्दै हर समस्यासँग पैठेजोरी खेल्दै तरवारको धारमाथिको यात्रा गरेरै भएपनि देश र जनताको लागि अघि बढ्ने क्षमता भएकै कारण आज प्रचण्डको वरीपरी देशको राजनितिक माहोल घुमिरहेको छ । दशबर्षे जनयुद्ध, जनआन्दोलन हुदै आजसम्म आईपुग्दा जे जति परिवर्तन संस्थागत भएका छन् प्रचण्ड र माओबादी पार्टीकै कारण भएका छन् । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ । देश र जनताको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण कामहरु गरिरहँदा पनि आज प्रचण्ड र माओबादी आन्दोलनबिरुद्द घेराबन्दी गर्न छाडिएको छैन । कहिले युद्वकालिन मुद्वा त कहिले समसामयिक बिषयमा अनावश्यक हल्ला फिजाएर आ जपनि प्रचण्डबिरुद्व प्रत्येक दिनजस्तो हमला भैरहेको छ । त्यो समग्र स्थिति हेर्दा लाग्छ यदि प्रचण्ड र माओबादी थिएनन् भने आज माओबादीबिरुद्व बिष बमन गर्नेहरुको राजनितिक रोटि सेक्ने ठाउँ नै हुन्थेन तिनिहरुले राजनितिमा स्थापित हुने आधार भेट्ने थिएनन् । बिषेशगरी २०६८ सालपछि माओबादी पार्टी बिभाजित हुदै कमजोर बन्दै गयो। आज त्यसैको फाईदा अन्य दलले उठाइरहेका छन् । माओबादी आन्दोलनबाट स्थापित र संस्थागत भएका एजेण्डा र ब्यबस्थालाई स्वीकार गर्दै पदमा रमाउने तर सोहि ब्यबस्थाको लागि लड्ने माओबादी पार्टीलाई अस्वीकार र घृणा गर्ने परिपाटी आज मौलाइरहेको छ । परिवर्तनको लागि ज्यानको प्रवाह नगरी युद्वमा होमिएका कमरेडहरुको मन शान्तिप्रकृयामा आएसँगै आज किन परिवर्तन भयो ? हिजो तलवारको धारमाथीको यात्रागर्दा बाँधिएको मन आज किन फुक्यो सबै माओबादीहरुले सोच्नुपर्ने समय आएको छ। संसदिय अंकगणितमा कमजोर बनेसँगै पार्टी पुनर्गठन र संगठन सुध्रिढिकरण माओबादीभित्र अबको आवश्यकता हो । १० बर्ष सँगै युद्धमा होमिएकाहरु पार्टी नै अलग गरेर एक अर्का नेता कार्यकर्ताहरु कतै भेट्दापनि मुन्टो बटारेर हिड्दैगर्दा माओबादीले स्थापित गरेका परिवर्तन त रहन्छन् तर स्वयम् हिजोका माओबादीहरुको अस्तित्व संकटमा पर्छ । परिवर्तनको लागि ज्यानको प्रवाह नगरी युद्वमा होमिएका कमरेडहरुको मन शान्तिप्रकृयामा आएसँगै आज किन परिवर्तन भयो ? हिजो तलवारको धारमाथीको यात्रागर्दा बाँधिएको मन आज किन फुक्यो सबै माओबादीहरुले सोच्नुपर्ने समय आएको छ। हिजोको संसदको शक्तिशाली पार्टी आज कसरी कमजोर हुनपुग्यो, यी सब घटनाक्रमका दोषी को को हुन् अब निर्मम रुपमा समिक्षा हुन जरुरी छ । २०६८ सालमा बैध बाहिरिए २०७२ सालपछि बाबुराम बाहिरिए । २०७८ सालमा आएर बादलहरुले माओबादी छाडे । यी सबैले पार्टी छाड्नुको मुल कारण के हो ? साउनमा आँखा फुटेको गोरुले बार्हैमास हरियो देखेझै जहिलेपनि क्रान्तिमात्र देख्ने आखाको चस्मा नफेरेकै कारण बैधहरुले पार्टी छाडे । अर्का नेता बाबुराम भट्टराईले नयाँशक्तिको हुटहुट लागेर पार्टी छाडे । ज–जसले पार्टी बिभाजन गरे या छाडे तिनिहरु शक्तिशाली होइन कमजोर भएर बसेका छन् । कुनै समय काङ्ग्रेस बिभाजन भयो। एमाले पनि बिभाजन भएकै हो। तर उनिहरु हार ब्यहोरेपछ पुनः एकिकृत भए। तर, बिभाजनको श्रृङ्खला सुरुभएको १० बर्ष पुग्दा र पुर्व माओबादीहरुको कमजोर अबस्था आउदापनि उनिहरु किन मिल्न सक्दैनन् यसको रहस्य के होला ? पहिलो संविधानसभाको निर्वाचनपछि नै पार्टीलाई विभाजनबाट जोगाएर साङ्गठानिक संरचनालाई हेरफेर गरी अघि बढेको भए सायद अहिले माओवादी तेस्रो शक्तिमा खुम्चिनु पर्दैन थियो । अब पनि सङ्गठनमा ध्यान दिइएन भने माओवादीको अवसान कसैले रोकेर रोक्न सक्ने छैन । तसर्थ बेलाबेलामा चल्ने गरेको पुर्व माओबादी शक्तिबीच एकता हुनलागेको हल्लालाई यथार्थमा परिणत गर्न ठुलो पार्टीको अध्यक्षको हैसियतले प्रचण्डले सबैलाई आब्हान गरी मध्यमार्गी समाधानको प्रयासबाट पुर्व माओबादीहरुबिच एकताक पहल थाल्नुको विकल्प छैन ।

भूमि भएर पनि भूमि विहिन जस्तो बनेकाहरुलाई लालपूर्जा वितरण पहिलो प्राथमिकता हो : मन्त्री श्रेष्ठ

काठमाण्डाै‌ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकि छन् । सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताएकि हुन् ।   जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापीहुदा गाउँ ब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताइन् । जमिन भएर पनि लालपूर्जा नहुदा भूमि विहिन बनिरहेकाहरुको समस्या देशैभर बाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहिन भएर बस्नु नपन मन्त्री श्रेष्ठको विश्वास व्यक्त गरिन् । संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफुु प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको बताईन् ।कार्यक्रममा मन्त्री श्रेष्ठले सेवा ग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकि थिइन् । सिरहामा एक हजार घर परिवारलाई लालपूर्जा वितरण सिरहामा आज, भोली र पर्सिमा गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । त्यसैगरी, यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकि थिइन् । वि.स. २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठको जोड छ ।   यसैबीच, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले हरुवा चरुवाको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी आफूले काम शुरु गरिसकेको बताएकि छन् । सिरहाको बरियारपट्टीमा हरुवा चरुवा, कमैया कमलरीहरुको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले हरुवा चरुवाका बास्तविक समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदन अनुसार दिगो रुपमा नै समस्या समाधान गर्ने गरी सरकार अघि बढ्ने बताइन्।   उनले संविधानमा नै व्यवस्था गरिएको हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी दिदै यसका लागि वजेटको व्यवस्थापन समेत गरिसकेको बताइन् । सिरहामा रहेका हरुवा चरुवाहरुको बस्तीको निरिक्षण समेत गरी मन्त्री श्रेष्ठले विषयबस्तुबारे जानकारी लिएकि थिइन्। मन्त्री श्रेष्ठले हरुवा, चरुवा कमैया कमलारीको समस्या समाधान गर्न उनीहरुसँग छलफल गरी ५ सदस्यीय अध्ययन समिति गठन गरेकि छन् । उक्त अध्ययन समितिले हरुवा, चरुवा, हलिया र कमैया कमलरीहरुको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन सरकरलाई बुझाउने छ ।  

स्थानीय तह निर्वाचनको मिति विरुद्ध सर्वोच्चमा मुद्धा ,के होला निर्वाचन ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्धा दायर गरेका हुन् । यद्यपि मुद्धा भने दर्ता भएको छैन । मुद्धा दर्ता गर्ने कि नगर्ने अध्ययन गरेर टुगोमा पुग्ने सर्वोच स्रोतले जनाएको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय सँगै विभिन्न स्थानिय क्षेत्रमा  चुनावको रौनक बढेको छ । तर लोसपाका मधेस अध्यक्ष जितेन्द्र सोनलले आजै एक विज्ञप्ती जारी गर्दै कार्यकाल अगावै चुनाव गर्न खोजेको भन्दै विरोध जनाएका थिए ।

प्रख्यात गायिका लता मंगेसकरको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै

मुम्बई । स्वर कोकिलाका रुपमा प्रख्यात लता मंगेशकरको स्वास्थ्य अवस्था अन्तन्तै जटिल अवस्थामा पुगेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना संक्रमित भएपछि उनलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । ९२ वर्षकी लता त्योबेलादेखि नै आइसियूमा रहेकी छिन् । अवस्था जटिल बनेपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था कडा गरिएको छ । भारतीय मिडियाहरुले उल्लेख गरे अनुसार, उनको अवस्थाबारे जानकारी लिन बहिनी आशा भोसले र भाइ ह््रदयनाथ मंगेशकर आज अस्पताल पुगेका छन् । उनीहरु दुईघण्टा त्यहाँ बसेका थिए । उनको अवस्था बिग्रेको समाचार बाहिरिएपछि कैयन् राजनीतिज्ञहरु समेत अस्पताल पुगेका छन् । लताको उपचार गरिरहेका डा. प्रतीत समदानीले हिजो साँझ दिएको बयान अनुसार, लतालाई एग्रेसीभ थेरापीका माध्यमबाट उपचार गरिरहेको र चिकित्सकको एक टीमले २४ घण्टा उनको निगरानी गरिरहेको छ ।

वैद्य निकट विद्यार्थीका नेता न्यौपाने माओबादी केन्द्रमा प्रवेश ,भन्छन् मुल घर फर्किएर आए

काठमाडौं । मोहन वैद्य किरण निकट अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)मा प्रवेश गरेका छन् । सचिवालय सदस्य बाशु न्यौपानेलाई क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठन प्रवेश गराएकी हुन् । क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा आयोजित कार्यक्रममा न्यौपाने आफू मुल घरमा आएको बताए । उनले यसअघि तितरबितर भए पनि अब मुल घरमा आएको र क्रान्तिकारी संगठनलाई पहिलो संगठन बनाउन लाग्ने बताए । यस्तै, क्रान्तिकारीकी अध्यक्ष सिंहले संगठनलाई मजबुत बनाउन र एक नम्बरको संगठन बनाउन तितरबितर भएका सबै एक ठाउँमा आउनुपर्ने बताइन् । उनले न्यौपानेलेलाई स्वागत गर्दै संगठनमा आउने सबै क्रान्तिकारीलाई उपयुक्त र उचित जिम्मेवारी दिइने बताइन् । अध्यक्ष सिंहले क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने माओवादी केन्द्रको मुल भावना अनुसार अघि बढ्ने र पहिलो पार्टी बनाउन विद्यार्थी संगठन तयार रहेको पनि बताइन् ।

प्रबासी नेपाली एकता मंच कतारको दोहा नगर कमिटी गठन

थम गिरी, कतार। प्रबासी नेपाली एकता मंच कतारले संगठन बिस्तारलाई तिव्रता दिएको छ । संगठन बिस्तार अभियान अन्तर्गत मञ्चले शुक्रबार एक कार्यक्रमका बीच दोहा नगर कमिटी गठन गरेको छ । प्रबासी नेपाली एकता मंच कतारका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख गणेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रबासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी गैरे थिए। मञ्चका पुर्ब अध्यक्ष तथा सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठ, मञ्चका महासचिव थम गिरी,उपाध्यक्ष याशिन मामा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो। बुद्धि चन्द राजबंशिको अध्यक्षतामा नबगठित दोहा नगर कमिटीको उपाध्यक्षमा अब्दुल सामद मिया उपाध्यक्ष एसान्नुल्लाहा मुसलमान सचिब अब्दुल मोकिम उपसचिब जनम बर्देवा कोषाध्यक्ष केबल बि.क सदस्यहरु राजकुमार चन्द नबराज श्रेष्ठ कृष्णदिप कुमाल महिबुल्ला मुसलमान भिम क्षेत्री अनिल गौतम अख्तर हुसेन रहेका छन । प्रबासी नेपाली एकता मंच कतारका सल्लाहकार नरेश श्रेष्ठले बधाई तथा स्वागत गरेका कार्यक्रमको संचालन मंचका सचिबालय सदस्य तोयानाथ पौडेलले गरेका थिए ।

ओलम्पिक उद्घाट्नमा सहभागी हुँदै  रुसी राष्ट्रपति पुटिन 

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाने भएका छन् । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लागेका हुन्। तर, ओलम्पिक भ्रमण भन्दा पनि अहिलको समसामयिक विषयमा साझा धारण निर्माण मुख्य विषय रहेको अन्तराष्ट्रिय मिडियाहरुमा चर्चा चलेको छ । बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुन् । चीन प्रस्थान गर्नुअघि पुटिनले चीनसँग आपसी राजनीतिक विश्वासको आधारमा घनिष्ठ सहयोग स्थापित हुने बताएका छन् । उनले रुस र चीनले चुनौतीपूर्ण विश्वमा स्थिरता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने भनेका छन् । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपतिले चिनियाँ समकक्षी सी चिनफिङसँग प्रत्यक्ष गर्ने संवाद अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।यस भ्रमणलाई अन्तराष्ट्रिय मिडियाहरुले महत्वका साथ स्थान दिएका छन् ।

राष्ट्रिय सभा बैठक अनिश्चित

काठमाडौं। राष्ट्रिय सभाको सोमबार बस्ने आह्वान गरिएको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् । यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । सोमबार दिउँसो १ बजे बस्ने आह्वान गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ।

विरोधका छल्न क्यानडाका प्रधानमन्त्रीलाई ओटावाबाट अज्ञात स्थानमा सारियो

क्यानाडाका प्रधानमन्त्री जस्टिन टून्डो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रकको विरोधको बीचमा राजधानी शहरमा रहेको आफ्नो घर छोडेको क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् । टून्डो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो । बिबिसीले शनिबार जनाए अनुसार टून्डो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानर सहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए। यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड(१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए ।  आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको भएपनि उनलाई त्यहाँबाट अन्यत्र सारिएको हो । प्रधानमन्त्रीको याकार्यक्रम ओटावामा थियो तर शनिबार उसलाई अज्ञात स्थानमा सारिएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

बलिउड अभिनेता सलमान खान नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् । भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । सोही कार्यक्रममा सलमान समेत ल्याउने उनको योजना रहेको छ । भेटमा सलमानलाई पुस्तक दिँदै उक्त नेपाल आउने समेत निम्तो दिएको बताइन्छ । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् । यसअघि दबङ रिलोेडेड कार्यक्रम मार्फत सलमानलाई नेपाल ल्याउने तयारी गरिएको थियो । आयोजकले सलमान नेपाल आउने भन्दै पैसा समेत उठाएको थियो । तर कार्यक्रम विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

इजरायल जाने श्रमिकको उडान एक साताका लागि रोकियो

काठमाडौं । कोरोना भाइरस कारण इजरायल जाने श्रमिकको उडान एक साता रोकिएको छ। नेपालबाट इजरायल पुगेका र जाने तयारीमा रहेका श्रमिकमा कोरोना संक्रमण भएपछि उडान एक साता स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल जान तयार भएका र इजरायल पुगेका श्रमिकमा संक्रमण देखिएका कारण अर्को उडान एक साता पछि सारिएको हो । हाल पोजेटिभ रिपोर्ट आएर आइसोलेसनमा बसेका श्रमिकले घर पायक पर्ने स्वास्थ्य संस्थामा पिसिआर परीक्षण गरेर त्यसको जानकारी वैदेशिक रोजगार विभागमा दिएपछि बाँकी प्रक्रिया प्रारम्भ हुने छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि अन्तिम छनोटमा परेकामध्ये २१९ जना इजरायल पुगिसकेका छन्। उनीहरूमध्ये २० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएपछि आइतबार देखि एक साता उडान स्थगन गरिएको हो । इजरायल सरकारले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले १ हजार १७५ जनालाई छनोट गरेको थियो। तीमध्ये दुई चरण गरी २१९ जना इजरायल पुगिसकेका छन्। त्यस्तै‚ गरी ३०५ जनाको भिसा जारी भएको छ। यसैगरी ९९५ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ। लामो समय रोकिएर सुरु भएको इजरायल रोजगारीमा जाने बाटो खुला भएको छ। इजरायल जाने श्रमिकलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले विमानस्थलमा बिदाइ गरेको थिए। छनोटमा परेका १ हजार १७५ जनामध्ये ८२१ महिला र ३५४ पुरुष रहेका छन्। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो। इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपियाँ पारिश्रमिक पाउने छन्। इजरायल नेपालीहरुका निम्ति आर्कषक रोजगार गन्तब्य मलुक हो ।