चैत मसान्तभित्र मेलम्चीको पानी ल्याउन निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका वासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपत् जोखिमयुक्त क्षेत्रमा रहेकाले आयोजनाको हेडवक्र्स लगायतका संरचनाको गुणस्तरीय निर्माण गर्न समेत ठेकेदार कम्पनी र मेलम्ची खानेपानी विकास समितिका कर्मचारीलाई निर्देशन दिएका छन् ।

गत असार १ गते आएको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले सुरु गरिसकेको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य व्रजाचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्राविधिक टोलीसहित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीका नाममा सम्बोधन गर्दै यसै वर्षभित्र आयोजनालाई पुनः सञ्चालनमा ल्याई मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी कुनै पनि बहानामा निर्धारित समयभन्दा एक दिन पनि काम ढिलो नगर्न, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित विभिन्न चरण गरी चौबीस घण्टा नै काम जारी राख्न तथा काम सम्पन्न नहुञ्जेलसम्म आयोजना स्थल (साइट) नछोड्न प्राविधिकलाई मन्त्रीले निर्देशन दिनुएकामा हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहीद दिवसको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकि छन् । शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनुपर्ने बताईन् । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ । यस्तै, प्रधानमन्त्री देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् । शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले शहीद दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिंड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना ब्यक्त गरेका छन् । वि.सं.२००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

गिरी बन्धु टी स्टेटलाई राष्ट्रियकरणको माग

काठमाण्डौं । झापाको पुरानो र ठूलो चिया बगान गिरी बन्धु टी स्टेटको जग्गा बिक्रीको विषयलाई लिएर राजनीतिक आरोप प्रत्यारोप सुरु भएको छ । गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा बढी राखेको चियाबगानको जग्गा सट्टापट्टाको नाममा बिक्रीवितरण गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णयको स्थानीय राजनीतिक दलले विरोध गरिरहेका छन् । गिरीबन्धु टी स्टेटको स्वामित्वमा झापाको विर्तामोड र अर्जुनधारा गरी ३४१ बिघाभन्दा बढी जग्गा रहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन २०२१ संशोधन गरी चिया बगानको जग्गा बिक्रीका लागि बाटो खुला गरेको थियो । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने गिरीबन्धु टी स्टेटको अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन हुनु नीतिगत भ्रष्टाचार हो । उनले भने उद्योग चलाउन नसक्ने हो भने हदबन्दीभन्दा बढी रहेको सो जग्गा राष्ट्रियकरण गर्नुपर्ने हुन्छ । कम्पनी बन्द भएको खण्डमा जमिन सरकारलाई फिर्ता गर्ने लिखित सम्झौता भएको जमिन सट्टापट्टा गर्न पाउने भनेर निर्णय हुनु राज्यको पक्षमा नभएको मन्त्री आङ्बोले बताए । वैकल्पिक व्यवस्था अन्यत्र गर्ने सर्त सहित हदबन्दीभन्दा बढी भएको जग्गा बिक्रीका लागि अनुमति दिएको भनिए पनि वैकल्पिक जग्गाको व्यवस्थापनका विषयमा गिरी बन्धु टी स्टेट व्यवस्थापनले अहिलेसम्म केही बोलेको छैन । २०६४ सालअघि पनि गिरी बन्धु टी स्टेटले जग्गा बिक्री गर्नका लागि प्रयास गरेको थियो । सो प्रयास थाहा पाएपछि स्थानीय लोकबन्धु कन्दङ्वाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यद्यपि त्यो समयमा अदालतले कम्पनीको पक्षमा फैसला दिएको थियो । त्यस्तै टी स्टेटका सञ्चालक छत्र गिरीका भान्जा भक्तराज भारतीले बिक्री वितरण र स्थान्तरण रोक्काको माग गर्दै २०७५ सालमा मुद्दा दायर गरेका थिए । भारतीले मालपोत कार्यालय झापा, भूमि सुधार कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश १ सरकार विराटनगर र गिरी बन्धु टी स्टेटलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेका थिए । सोको फैसला अहिलेसम्म भएको छैन । यसको पूर्ण फैसला नभई विचाराधीन मुद्दा किनारा नलाग्दै सरकारले जग्गा बिक्रीका लागि अनुमति दिनुले आश्चर्य र शङ्का बढाएको मन्त्री आङ्बोले बताए । उक्त आदेशको बुँदा नं. १० मा जग्गा सट्टापट्टा वा बिक्री गर्न नपाइने स्पष्ट रूपमा नै उल्लेख छ । यस आदेश बमोजिम स्वीकृति लिई हदभन्दा बढीको जग्गा खरिद गरेका उद्योग वा प्रतिष्ठानले त्यस्तो जग्गा सट्टापट्टा वा बिक्री गर्न पाउने छैनन् । सोही आदेशको १२ नम्बर बुँदामा हदबन्दी जग्गा उद्देश्यविपरीत कार्य गर्न नपाउने पनि उल्लेख गरिएको छ । त्यस्तो भएमा जफत गर्ने व्यवस्था गरेको छ । स्वीकृति पाएका उद्योग वा प्रतिष्ठानले उद्देश्य अनुरूप तोकिएको सर्त बमोजिमको कार्य नगरेमा त्यस्तो जग्गा प्रचिलत ऐन, कानुन बमोजिम जफत हुनेछ । यसैगरी भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ को ‘ग’ मा यस ऐन बमोजिम जारी भएको सूचित आदेश बमोजिम खरिद गरेका जग्गा सम्बन्धित उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै पनि संस्थाले कसैलाई पनि बिक्री वितरण गर्ने वा कुनै प्रकारले हक हस्तान्तरण गर्न वा सट्टापट्टा गर्न पाउने छैन, भनेर स्पष्ट रूपमा उल्लेख रहेको पाइन्छ । ‘तर’ भनेर थपिएका केही बुँदामा टेकेर गिरी बन्धु टी स्टेटले अहिले सट्टापट्टा गरेर अन्यत्र चिया लगाउने र यो बेचबिखन गर्ने तयारी गरेको हो । सम्पत्तिको हकका सवाल गिरीबन्धु टी स्टेटका प्रमुख सञ्चालक छत्रलाल गिरीले अहिले चियाबगान क्षेत्र रहेको स्थान सहरीकरण भएको र यसबाट चिया क्षेत्रमा क्षति हुनका साथै विभिन्न अप्ठ्याराहरू रहेकाले यसलाई समयनुकूल स्तान्तरण गर्न पाउनुपर्ने बताए । उनले भने , “हामीले चिया बगान मास्न खोजेको होइन, अन्यत्र थप व्यवस्थित गर्न खोजेका हौँ । ” झापाको बाहुनडाँगी वा गोलधापमा चिया बगान सार्ने चर्चा चलिरहेको छ । यद्यपि चिया बगान स्थानान्तरण गरेर कहाँ लैजाने भनेर बताउन चाहेनन् । उनले भने , “प्रदेश १ भर जहाँ भए पनि अर्को व्यवस्थापन गर्छौं । यसका लागि तयारी गरिरहेका छौँ । ” उनका अनुसार सहरी क्षेत्र भएकाले अहिले रासायनिक मल र विषादी प्रयोग गर्न नपाउने अवस्था छ । एकै ठाउँमा ५० वर्षभन्दा बढी चिया बगान भएकाले उत्पादनमा ७५ प्रतिशत कमी भएको छ । सहरी क्षेत्र भएकाले फोहोर फ्याल्ने स्थानका रूपमा चिया बगान विकास हुँदै गएकाले पनि आफूहरूले यसलाई स्थान्तरण गर्न चाहेको सञ्चालक गिरीको भनाइ छ । उनले भने, “सम्पत्तिको हकअन्तर्गत यो सम्पत्तिलाई उपयोग गर्न पाउनु मेरो पनि त अधिकार होला नि यो राज्यको सम्पत्ति होइन तर अहिले गलत रूपमा व्याख्या गरिँदैछ । ” मालपोतमा फाइल पुगेको छैन सट्टापट्टा तथा बिक्रीका लागि प्रयास भइरहेको भने पनि भूमि सुधार तथा मालपोत कार्यालयमा सोसम्बन्धी कुनै फाइल पुगेको छैन । भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलालका अनुसार गिरी बन्धु टी स्टेटको विषयमा कुनै पनि फाइल कार्यालयमा दर्ता हुन आएको छैन ।(गोरखापत्रमा खबर छ। )

राष्ट्र बैंकले मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम क, ख , ग वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा रु.८.३९ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.१.५७ करोड र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.५२ लाख गरी कुल रु.१०.४८ करोड, ३६५ दिन १ बर्षको लागि लगानी गर्न लगेको हो। इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ माघ १८ गते राती १२ः०० बजेभित्र ([email protected]) मा प्राप्त हुने गरी व्याजदर प्रस्ताव गर्न आव्हान गरिएको छ। लगानी अवधि मिति २०७८ फागुन २ गतेबाट सुरु भई २०७९ फागुन १ गते समाप्त हुने छ। शर्तहरुः क) बैंकबाट तोकिएको न्यूनतम पूंजीकोष कायम रहेको, ख) निष्कृय कर्जा (NAP) कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको, ग) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रंतिशत वा सो भन्दा बढी रहेको, घ) आ. व.२०७७्र ७८ मा संचालन मुनाफामा (व्यवस्था पछिको)रहेको, ङ) रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, अन्य शर्तहरु

शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा साताको चौथो दिन पनि रोकिएन

काठमाडौं । सेयर बजार घट्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से सूचक ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा अडिएको छ । ट्रेडरहरुले नाफा बुक गर्न थालेपछि घटेको बजार अझै रोकिएको छैन । ४ दिनको अन्तरालमै बजार करिब १५० अंकले घटिसकेको छ । यसबीच, कारोबार रकममा पनि केही कमी आउन थालेको छ । बुधबार ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको मात्र सेयर खरिदबिक्री भएको छ । अधिकांश कम्पनीहरुले गत वर्षको लाभांश वितरण गरिसकेका कारण पनि माहोल अलि कमजोर भएको अनुमान गरिएको छ । एजीएमबाट पारित बोनस सेयरहरु धमाधम सूचीकृत हुन थालेका कारण सप्लाई बढ्न गएको छ । यसले पनि बजारलाई केही असर गरेको जानकारहरु बताउँछन् । यद्दपि, सेयर बजारमा घटबढ भइरहनु स्वभाविक प्रक्रिया हो । सेयर बजारका लगानीकर्ताहरुले आफ्नै हिसाबले लगानी रणनीति तय गर्न आवश्यक हुन्छ । उचित रणनीति बनाउने लगानीकर्ताका लागि बजारको उतारचढावले पनि खासै ठूलो असर गर्दैन ।

राष्ट्रियसभा निर्वाचनको नतिजा आउन कति लाग्छ समय ?

काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजे निर्वाचन सकिएको छ । आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाकारी दिएको हो । आज रातिसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरि आयोगले तयारी पुरा गरेको छ । मतदान प्रदेश १ मा विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा भएको थियो भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवनमा भएको थियो । यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भएको हो । यसैगरी लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान स्थल तय गरिएको थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ । राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी दौडमा थिए। सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सिटमा चुनावी तालमेल भएको थियो भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको थियो । जनकपुरमा सामान्य मुडभेड भएता पनि समग्रमा चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।

भोलि हुँदैछ राष्ट्रिय सभाको निर्वाचन,यी हुन मतदान स्थल

काठमाडौं ।राष्ट्रिय सभा सदस्यको रिक्त १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । आयोगले जानाकारी गराए अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार निर्वाचन हुन भएको हो । जसका लागि  निर्वाचन आयोगले आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ । मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ । कुल १९ सिटका लागि एमालेले १९ जनाकै उम्मेदवारी दिएको छ। सत्ता गठबन्धनका दलहरूले भने ती सिटहरू बाडेर त्यसै अनुसार उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र समाजवादी पार्टीले ५/५, जनता समाजवादी पार्टीले दुई र जनमोर्चा पार्टीले एकजनाको उम्मेदवारी दिएका हुन्। त्यस्तै सत्ता बाहिरको राप्रपाले दुई, मजदुर किसान पार्टीले दुई र लोसपाले एकजनाको उम्मेदवारी दर्ता गराएका छन्।

को हुन् महात्मा गान्धीका हत्यारा हिन्दुवादी नाथुराम गोडसे, किन गरे त हत्या ?

नयाँ दिल्ली,  माध्यमिक तहको पढाइ छोडेका नाथुराम गोडसे लुगा सिउने काम गर्थे सन् १९४८ को ज्यानुअरी ३० को साँझ नाथुराम विनायक गोडसेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरे। भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो। अठतीस वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी सङ्गठन हिन्दू महासभाका सदस्य थिए। उक्त सङ्गठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दूहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो। उनीहरूले गान्धीमाथि भारत(पाकिस्तान विभाजनमा मच्चिएको रक्तपातको दोष पनि लगाएका थिए। सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएपछि उक्त विभाजनबाटै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए। एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई मृत्युदण्डको सजाय सुनायो। उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा गोडसेलाई मृत्युदण्ड दिइयो। उनीसँगै उनका साथी नारायण आप्टेले पनि मृत्युदण्ड पाए भने अन्य छ जनालाई जन्मकैदको सजाय दिइयो। आरएसएसका सदस्य हिन्दू महासभामा आबद्ध हुनुपूर्व गोडसे राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)का सदस्य थिए। आरएसएस भारतको अहिलेको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)लाई जन्माउने मुख्य माउ सङ्गठन हो। भारतमा हिन्दू राष्ट्रवादको ९५ वर्षे अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पनि लामो समयदेखि आरएसएसको सदस्य रहेका व्यक्ति हुन्। अहिले पनि उनको सरकार र बाहिर पनि आरएसएसले गहिरो तथा प्रभावशाली भूमिका खेल्छ। अहिले कसैका आदर्श दशकौँदेखि आरएसएसले गोडसेलाई “राष्ट्रपिता”का हत्याराका रूपमा “एक पतित व्यक्ति” का रूपमा चित्रित गर्दै आएको छ। गान्धीलाई भारतीयहरू सबैभन्दा सम्मानित व्यक्तित्वका रूपमा मान्ने गर्छन्। यद्यपि पछिल्ला वर्षहरूमा हिन्दू दक्षिणपन्थीहरूले गोडसेलाई आदर्शका रूपमा चित्रित गर्न र गान्धीको हत्या भएको दिनलाई खुला ढङ्गले उत्सवका रूपमा मनाउन थालेका छन्। गत वर्ष भाजपाकी एक सांसदले गोडसेलाई “देशभक्त”को सङ्ज्ञा दिएकी थिइन्। त्यसले धेरै भारतीयलाई आक्रोशित बनाएको थियो। आरएसएस भने गान्धीको हत्या गर्नुअघि नै गोडसेले उक्त सङ्गठन छाडिसकेको पुरानै अडानमा कायम देखिएको छ। यद्यपि एउटा नयाँ पुस्तकले त्यो सत्य नभएको दाबी गरेको छ। महात्मा गान्धीको शवयात्रामा जलसेनाको एउटा टोलीले सुरक्षा प्रदा गरेको थियो के काम गर्थे गोडसे? माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका गोडसले महासभामा सदस्य बन्नुअघि लुगा सिउने काम गरेका थिए र फलफूल बेच्ने काम पनि गरे। महासभाको सदस्य भएपछि भने उनी उक्त संस्थाको पत्रिका सम्पादन गर्थे। अदालतमा बयानका बेला उनले एउटा अनुच्छेद पढ्न पाँच घण्टाभन्दा बढी समय लगाएका थिए। उनले महात्मा गान्धीको हत्या गर्ने कुनै पनि “षड्यन्त्र नभएको” बताएर आफ्ना साथीहरूले गलत कार्य नगरेको प्रमाणित गर्न खोजेका थिए। उनले आफ्ना नेता विनायक दामोदर सवारकरको उक्त हत्यामा कुनै मार्गनिर्देशन थियो भन्ने आरोपलाई अस्वीकार गरे। सवारकरलाई भारतमा हिन्दूत्व र हिन्दूपनको जन्मदाता मानिन्छ। सवारकरमाथि लागेका सबैखाले आरोपबाट उनलाई मुक्त गरिएको थियो तर पनि आलोचकहरू गान्धीको उग्र घृणा गर्ने उनी उक्त हत्याकाण्डमा संलग्न भएको ठान्छन्। गोडसेले अदालतमा आफूले गान्धीको हत्या गर्नु धेरै अघि आरएसएस छाडिसकेको बताएका थिए। ‘गान्धीज् अस्यासिन’ का लेखक धीरेन्द्र झाका अनुसार हुलाकका एक कर्मचारी पिता र गृहिणी आमाका छोरा गोडसे आरएसएसका एक “प्रमुख कार्यकर्ता” थिए। उनका दाबीमा गोडसेलाई उक्त संस्थाबाट हटाइएको कुनै प्रमाण देखिँदैन। अदालतको कारबाही सुरु हुनुअघि रेकर्ड गरिएको गोडसेको एउटा बयानमा उनले “हिन्दू महासभाको सदस्य बनेपछि आफूले आरएसएस छाडेकोबारे बताएका छैनन्।” यद्यपि अदालतमा बयानमा भने गोडसेले “आरएसएस छाडेपछि हिन्दू महासभाको सदस्य बनेको तर आफूले त्यसो गर्दा मौन रहेको” बताएका छन्। “गान्धीको जीवनबारे उक्त दाबी एउटा सबैभन्दा बहसयुक्त विषयका रूपमा रहेको छ,” झा भन्छन्। उनलाई “आरएसएस समर्थक” लेखकहरूले त्यसलाई प्रयोग गरेको जस्तो लाग्छ। उनीहरूले त्यसैलाई प्रयोग गर्दै “गोडसले हिन्दू महासभामा सहभागी भएपछि गान्धीको हत्यापूर्व करिब एक दशकअघिदेखि नै आरएसएससँग सम्बन्ध भङ्ग गरिसकेको” लेखेका छन्। अमेरिकी शोधकर्ता जेए करेन जुनियरका दाबीमा गोडसेले सन् १९३० मा आरएसएसको सदस्यता लिएका थिए र त्यसको चार वर्षपछि आरएसएस छाडेका थिए। तर आफ्नो दाबीका लागि उनले कुनै पनि प्रमाण पेस गरेका छैनन्। अदालतमा बहस सुरु हुनुपूर्व सार्वजनिक भएको वक्तव्यमा गोडसेले सँगसँगै दुवै संस्थामा काम गरिरहेको स्वीकारेका छन्। गोडसेका परिवारका सदस्यहरू पनि विगतमा उक्त बहसमा संलग्न भएका छन्। सन् २००५ मा मृत्यु दिवङ्गत भएका नाथुराम गोडसेका भाइ गोपालले आफ्नो दाजुले “आरएसएस नछाडेको” बताएका थिए। त्यस्तै सन् २०१५ मा गोडसेका एक नातेदारले पत्रकारहरूलाई उनले सन् १९३२ मा आरएसएसको सदस्यता लिएको र त्यसपछि कहिले पनि उनलाई “न हटाइएको न त उनले संस्था छाडेको” बताएका थिए। अभिलेखहरू केलाएका झाले ती दुई हिन्दू सङ्गठनबारे पनि प्रकाश पारेका छन्। उनी हिन्दू महासभा र आरएसएसबीच “एकमाथि अर्को खप्टिएको जस्तो र तरल सम्बन्ध” रहेको तथा विचारधारा समान रहेको देखिएको लेख्छन्। उनले त्यसलाई उजागर गर्दै लेखेका छन्, “गान्धीको हत्याका बेलासम्म ती दुई समूहबीच नजिकको सम्बन्ध रहेको र कहिलेकहीँ सदस्यता पनि एक अर्कामा खप्टिएको देखिन्छ।” के भन्छ आरएसएस? गान्धीको हत्यापछि आरएसएसलाई एक वर्षभन्दा बढी समयका लागि प्रतिबन्धित गरिएको थियो। आरएसएसले सधैँ नै गोडसेले सन् १९३० कै दशकमा उक्त सङ्गठन छाडिसकेको भनी अदालतमा दिएको बयानलाई नै दोहोर्‍याउने गर्छ। अदालतको फैसलाले आफ्नो सङ्गठनको उक्त हत्यामा कुनै पनि सम्बन्ध नभएको देखाइसकेको उसको तर्क हुने गर्छ। “उनी आरएसएसका सदस्य थिए भनेर भन्नु राजनीतिक उद्देश्यका लागि प्रस्तुत गरिने झुट मात्र हो,” आरएसएसका वरिष्ठ नेता राम माधवले भनेका छन्। आरएसएसका प्रभावशाली नेतामध्येका एक एमएस गोलवालकर गान्धीको हत्यालाई हत्यारा देशकै र हिन्दू पनि भएकाले त्यो “अतुलनीय त्रासदी वा त्यसभन्दा पनि बढी” भएको रूपमा वर्णन गर्छन्। हालै आरएसएस नेता एमजी वैद्यले गोडसेलाई “हत्यारा” भनेका थिए। उनले भारतका सबैभन्दा सम्मानित व्यक्तिको हत्या गरेर हिन्दूत्वकै “अपमान” गरेको बताएका थिए। विक्रम संपतजस्ता लेखक आरएसएस र हिन्दू महासभाबीच अशान्त खालको सम्बन्ध रहेकोमा विश्वास गर्छन्। उनले सवारकरबारे विस्तृत रूपमा दुई खण्डको जीवनी लेखेका छन्। उनी लेख्छन्, “हिन्दू महासभाको हिन्दूहरूको हित रक्षाका लागि स्वयंसेवकहरूको गोप्य विद्रोही समाज बनाउने निर्णयले आरएसएससँगको सम्बन्धमा कष्ट पैदा गरिदिएको थियो।” संपतका अनुसार आरएसएसले महासभाका नेता सवारकरले विश्वास गर्नेजस्तो “व्यक्ति पूजा र मूर्ति पूजा” विपरीत बाटो लिएको थियो। सवारकर भने “व्यक्ति पूजा र अतिरञ्जनामा” विश्वास गर्ने खालका थिए। अर्को पुस्तक ‘आरएसएसस् अ भ्यू टु द इन्साइड’ मा वाल्टर के एन्डरसन र श्रीधर डी दामले कसरी आरएसएसले आफ्ना पूर्वसदस्य नाथुराम गोड्से गान्धी हत्यामा संलग्न भएको कुरालाई ढाकछोप गरेको थियो भन्नेबारे चर्चा गरेका छन्। यद्यपि गोडसे आरएसएसका अंश थिए र उनले कहिल्यै पनि आरएसएस छाडेका थिएनन् भन्ने कुरामा देखिएको द्विविधा कहिल्यै मेटिएन। सन् १९४९ नोभेम्बर १५ मा फाँसी दिइनुअघि गोडसले आरएसएसको प्रार्थनाका चार पङ्क्ति वाचन गरेका थिए। “त्यसले फेरि एक पटक उनी उक्त संस्थाका सक्रिय सदस्य थिए भन्ने देखाउँछ,” झा भन्छन्, “गान्धीको हत्याबाट आरएसएसलाई अलग राख्नु भनेको इतिहासमाथिको जालसाजी हो।” (बिबिसीबाट साभार गरिएको)

छ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले माघ ९ गते आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। त्यैगरी जल्पा लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। बालेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ। यस्तै ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ। राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न, के के भयो निर्णय?

उच्चस्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक सम्पन्न भएकाे छ । बैठकमा स्थानिय तहको निर्वाचनको सन्दर्भमा छलफल भएको थियाे । प्रधानमन्त्री कार्यलयले दिएको जानाकारी अनुसार बैठकमा संविधान तथा कानुनले निर्धारित गरे बमोजिम समयमै स्थानिय निर्वाचन गर्ने सहमती जुटेको छ । स्थानीय तहकाे निर्वाचनका अतिरिक्त काेराेना महामारी नियन्त्रण तथा सरकार सञ्चालनसम्बन्धी अन्य विषयमासमेत छलफल गर्न संयन्त्रकाे बैठक पर्सीका लागि पुनः बाेलाईएकाे छ । यसअघि हिजाे प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच छलफल भएपछि आजका लागि उच्चस्तरीय समन्वय संयन्त्रको बैठक डाकिएकाे थियाे।निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ   तीनवटै तहकाे निर्वाचन एकैपटक गर्ने या फरक मितिमा गर्ने विषयमा दलहरुबीच सहमति जुटन सकेकाे छैन । वैशाखमा नै निर्वाचन गर्ने निर्णय भएमा सरकारले तत्कालै यसविषयमा निर्णय गर्नुपर्ने हुन्छ ।

जीवन बदल्ने यस्ता छन कार्ल माक्र्सका १४ भनाई

  १. आफूलाई त्यस्ता व्यक्तिहरुको ओरिपरी राख्नु जसले तिमीलाई खुसी बनाउदछन् । जसले तिमीलाई हसाउदछन, जसले तिमीलाई आवश्यकतामा सहयोग गर्दछन । ति व्यक्तिहरु जसले साचो अर्थमा सहयोग गर्दछन । तिनीहरु नै जीवनमा साथ राख्नको निम्ति सबैभन्दा उत्तम व्यक्तिहरु हुन् । बाकीं सबै त आउने जानेहरु हुन् । २.मानिसलाई इतिहास देखि टाढा राख्नु तब उनीहरु माथि सजिलै नियन्त्रण पाउन सकिन्छ । ३. जब पिडा भोग्नेहरूले सोच्न सुरु गर्दछन तब सोच्नेहरूले पिडा भोग्न सिक्न सुरु गर्दछन । ४. सधै आफ्नो बाटोमा हिड्नु भलै मानिसहरुले जे सुकै भनुन । ५. एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकतालाई बुझ्न सक्दैन । ६. साम्यवादको सिद्धन्तलाई एक वाक्यमा सारसंक्षेप गर्दा( सबै निजि सम्पतिको खारेज गर्नु हो । ७. हाम्रो कार्य संसारलाई बुझ्नु मात्र होइन बल्की संसारलाई बदल्नु हो । ८.धर्मको विरोध गर्नु सबै किसिमको बिरोधको सुरुवात हो । ९.विलासिता भनेको प्रकृतिका आवश्यकताको विपरित कुरा हो । १०.अन्तिम शब्द तिनी मुर्खहरुको निम्ति हो जसले विश्वास आफूले पर्याप्त कुरा भन्न नसकेको कुरा विश्वास गर्दछन । ११.बहादुरहरुले आफ्नो इतिहास आफै बनाउदछन् । १२.मानसिक तनावको एउटा मात्र एन्टीडोट शारीरिक कष्ट हो । १३.सम्पतिको अधिग्रहण पाटो हो भने यसकै अर्को पाटो भनेको दुख, कष्ट, मानसिक गिरावट, इत्यादीको पनि अघिग्रहण गर्नु हो । १४.मलाई पैसा मन पर्दैन किनकि यही नै लडाईंको कारण हो । मार्क्सवादी जीवन पुस्तकबाट

परीक्षा तयारी नोटः के हो कम्प्युटर सफ्टवेयर, प्रकार र उदाहरणसहित

कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि निश्चित प्रोग्राम वा निर्देशनको आवश्यकता पर्छ । त्यसैले यस्ता निर्देशनहरू दिने एक विशेष प्रकारको निर्देशन सेटलाई नै सफ्टवेयर भनिन्छ । अर्को अर्थमा कुनै पनि काम कम्प्युटरद्वारा गर्न वा गराउने निर्देशनहरूलाई प्रोग्राम भनिन्छ । यस्ता प्रोग्रामहरूका सेटलाई सफ्टवेयर अर्थात् प्रोग्रामहरूको समूहलाई सफ्टवेयर (software) भनिन्छ । सफ्टवेयरले नै कम्प्युटरलाई नियन्त्रण गर्ने र प्रयोगकर्ताहरूको समस्या हल गर्दछ । बजारमा धेरै प्रकारका सफ्टवेयरहरू उपलब्ध छन् । जस्तै: MSDOS (Microsoft Disk Operating System), Windows XP, Paint brush, Spreadsheet, Word आदि । यस्तै खुला प्रकृतिका सफ्टवेयरहरू इन्टरनेटमा उपलब्ध हुन्छन् । जसलाई हामी सहजै लिई प्रयोग गर्न सक्छौं । यस्ता प्रकृतिका सफ्टवेयरहरू इन्टरनेटमा नि:शुल्क वा थोरै शुल्कमा उपलब्ध हुन्छन् । जसलाई निःशुल्क सफ्टवयेर (free software or open source software) भनिन्छ । तर अन्य सफ्टवेयरहरू शुल्क तिरेर मात्र प्रयोग गर्नुपर्छ । बजारमा उपलब्ध सफ्टवेयरलाई निम्नानुसार विभाजन गर्न सकिन्छ : (क) सिस्टम सफ्टवेयर (System Software) सिस्टम सफ्टवेयर एक प्रकारको सफ्टवेयर हो । यसले कम्प्युटर सञ्चालन गर्ने काम गर्दछ । यसले कम्प्युटर प्राणालीको सम्पूर्ण कार्य सञ्चालन तथा नियन्त्रण गर्नुका साथै सुरक्षित ढङ्गबाट सञ्चालन गर्छ । यो एक विशेष प्रकारको सफ्टवेयर हो । सिस्टम सफ्टवेयरलाई कम्प्युटरको अभिन्न अङ्गको रूपमा लिने गरिन्छ । सिस्टम सफ्टवेयरलाई ओएस (OS) भनेर पनि चिनिन्छ । यस्ता ओएसका माध्यमबाट कम्प्युटर र कम्प्युटर प्रयोगकर्ता बिच राम्रो सम्बन्ध भई कार्य हुन्छ । यस्ता सिस्टम सफ्टवेयरहरू धेरै छन् । जस्तै : MSDOS, Windows 98, Windows XP, Window7, MacOS, Android, GUN LINUX, UNIX आदि । (ख) एप्लिकेसन सफ्टवेयर (Application Software) प्रयोग कर्ताले आफ्नो इच्छाअनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू नै एप्लिकेसन सफ्टवेयर भनिन्छ । यस्ता सफ्टवेयरहरू प्रयोगकर्ताको आवश्यकताअनुसार निर्माण गरिएको हुन्छ । जस्तै Page Maker, Photoshop, Free Hand, Dream Weaver, CorelDraw, MS Office, Open Source Office आदि । (ग) युटिलिटी सफ्टवेयर (Utility Software) कम्प्युटर सञ्चालन गर्दा अति आवश्यक हुने यो एक प्रकारको सहयोगी सफ्टवेयर हो । युटिलिटी सफ्टवेयरले कम्प्युटरको हार्डवेयर र सफ्टवेयरबिचमा राम्रो सम्बन्ध तथा वातावरण मिलाई कार्य गर्न सहज बनाउँछ साथै छिटो छरितो, राम्रो तथा विश्वास योग्य कार्य गर्न पनि सहयोग पुयाउँछ । युटिलिटी सफ्टवेयरमा एन्टी भाइरस, डिक्स क्लिनर, फर्मेटिङ डिक्स, डिक्स डिफेन्मेन्टर, (Antivirus, Disk Cleaner, Disk Defragmenter) आदि सफ्टवेयरहरु पर्छन् । जस्तै; – माइक्रोसफ्ट वर्ड (MS Word) – माइक्रोसफ्ट एक्लेस (MS Excel) – एडब फोटोसप (Adobe Photoshop) – एडब पेजमेकर (Adobe PageMaker) – माइक्रोसफ्ट एक्सेस (Microsoft Access) – विन्डोज मिडिया प्लेयर (Windows Media Player) – पिक्स आर्ट (Pics Art) – ओपेरा ब्राउजर (Opera Browser) – क्रोम ब्राउजर (Chrome Browser) – विन्डोज सेभेन (Windows 7) – विन्डोज टेन (Windows 10) आदी । केही प्रश्नहरू १. कम्प्युटर सफ्टवेयर भनेको के हो ? कुनै तिन ओटाको उदाहरण लेख । उत्तर: कम्प्युटर सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुहलाई सफ्टवेयर भनिन्छ । जस्तै; विन्डोज सेभेन (Windows 7), माइक्रोसफ्ट वर्ड (MS Word), क्रोम ब्राउजर (Chrome Browser) आदी । २. सफ्टवेयरबारे उदाहरण सहित लेख । उत्तर: कम्प्युटर सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुहलाई सफ्टवेयर भनिन्छ । कम्प्युटर सफ्टवेयर बिना हार्डवेयरले मात्र काम गर्न सक्दैन । यसकारण हार्डवेयर र सफ्टवेयर बिच पारस्परिक सम्बन्ध रहेको हुन्छ । सफ्टवेयरलाई साधारणतया तीन भागमा बाँडिएको हुन्छ । तिनीहरू निम्नानुसार छन : क. सिस्टम सफ्टवेयर: एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 8), विन्डोज टेन (Windows 8), लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी । ख. एप्लिकेसन सफ्टवेयर: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chorme Browser), वर्डप्याड (WordPad) आदी । ग. युटिलिटी सफ्टवेयर: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formatting Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी । ३. सिस्टम सफ्टवेयर भनेको के हो ? यो किन आवश्यक पर्छ । उत्तर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रण गरी कम्प्युटर र प्रयोगकर्ता बिच दोभाषेको भूमिका निर्वाह गर्ने अत्यन्तै महत्त्वपूर्ण सफ्टवेयर हो । यसले कम्प्युटरको फाइल, सुरक्षा, मेमोरी, भण्डारण, इन्पुट, प्रोसेर र आउटपुट आदी व्यवस्थापन गर्ने काम गर्छ । ४. युटिलिटी सफ्टवेयरले के काम गर्छ ? लेख । उत्तर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरला फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसले कम्प्युटरमा निम्नानुसारका कामहरु गर्छन । क. कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच राम्रो वातावरण सिर्जना गर्छ । ख. अनावश्यक, समय नाघेका, हानीकारक फाइल तथा प्रोगामहरु हटाउने गर्छ । ग. डाटा तथा फाइलहरु व्याकप र रिकभर गर्छ । घ. कम्प्युटर प्रोगाममा लेखिएका कुराहरुलाई सच्याउन, मेट्न, प्रोसेसिङ र कम्पाइल गर्न मद्दत गर्छ । ५. निःशुल्क सफ्टवेयरको बारेमा उदाहरण सहित लेख । उत्तर: इन्टरनेटमा पैसा नतिरी वा निःशुल्क डाउनलोड गरेर चलाउन सकिने सफ्टवेयरहरुलाई निःशुल्क वा ओपन सोर्स सफ्टवेयर (Open Sourced Software) भनिन्छ । यो सफ्टवेयर प्रयोग गर्नको लागि हामीले सफ्टवेयर निर्मातालाई सफ्टवेयर प्रयोग गरेवापत पैसा तिर्नु पर्दैन । -इसिकाइडटकमबाट साभार

टिपर र मोटरसाइकल ठाेक्किँदा चितवनकी एक महिलाकाे मृत्यु

मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल आपसमा ठाेक्किँदा एक जना महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्वर–७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा भएकाे दुर्घटनामा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

फेब्रुअरी अन्तिम साता भित्र एनआरएनएको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान गर्न ७ सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको एनआरएनएको बैठकले संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको आइसीसीको ८१ औं बैठकले संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागी प्रमुख संरक्षक घलेको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिको सदस्यहरुमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन ।एनआरएनएको उक्त बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरि, समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु समेत गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउनुपर्ने निर्णय पनि गरेको छ ।

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिइने

काठमाडौँ माघ १ गते । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हालेलगत्तै सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाइ सहजरूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाउने बताउनुभएको थियो । श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालको भनाइ छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको उहाँले बताउनुभयो । कसरी लिने पुनः श्रम स्वीकृति ? पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफइआइएमएस डट डिओएफइ डट जीओभी डट एनपीमा गएर पनि खोल्न सकिनेछ । श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्यरुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ । अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ । पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ । त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ । घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ । कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ । गोर्खापत्रअनलाईबाट साभार गरिएको 

सुनिल शर्मालाई सिंहदरबारमैं दलियाे कालाेमाेसाे

काठमाडौं । काठमाडौं मेडिकल कलेजकाविद्यार्थीहरुले कार्यकारी अध्यक्ष सुनिल शर्मालाई सिहदर कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बाेधन गरेका थिए । शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् । शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । यसअघि पनि हिजाे मात्रै विद्यार्थीहरुले शर्माकाे पुत्लादहन गरेका थिए ।