माओवादी केन्द्र दाङको इन्चार्जमा आचार्य

दाङ । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन ।

पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बसेको प्रदेश बैठकले खाली रहेका जिल्लामा इन्चार्ज तोकेको छ ।

कर्मचारीको बढेको तलब र ग्रेड साउन १ गतेबाटै लागू , यस्ता छन् सरकारका २४ निर्णय

काठमाडौं। नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी गरी लागू गर्ने निर्णय गरेको छ । सरकारले चालू आर्थिक वर्षको साउन १ गतेबाट लागू हुने गरी सरकारी सेवाका कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको थियो । मन्त्रिपरिषद्का निर्णय आइतबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहारी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू गर्ने गरी नयाँ तबलमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ । ’ यसैगरी, सरकारले विभिन्न २४ वटा निर्णय पनि सार्वजनिक गरेको छ ।

सीमालाई व्यवस्थित गर्न ‘काँडेतार’ लगाउने प्रस्ताव

काठमाडौं । सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताए । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए । ‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भने । मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताए । हलिउड र बलिउडले फिल्मको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप लगाए । नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताको प्रवद्र्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको अध्यक्ष पोखरेलले बताए । सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने पनि उनले बताए । अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ,’ उनले भनिन्, ‘राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा अघि बढ्न पनि नागरिकलाई सचेत तुल्याउनुपर्ने भन्दै उनले एकजुट भए मात्र यस्तो अभियान सम्भव हुने बताइन् । अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् । बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्ने उनले बताइन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताए । ‘काँडेतार अभियान दल विशेषको मुद्दा होइन, देशको मुद्दा हो । जसरी सत्ता र प्रतिपक्षी मिलेर चुच्चे नक्सा पारित गरियो । सीमाको मुद्दामा पनि सबै जना एकजुट हुनुपर्छ,’ उनले भने, ‘यी मुद्दामा नेविसंघ सहकार्य गर्न तयार छ ।’ अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए । सत्यकला राईको कार्यकारी निर्माण रहेको फिल्ममा नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ लगायतको मुख्य भूमिका छ । फिल्मलाई चाँडै प्रदर्शनको तयारी छ । फिल्मले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई उठाएको छ । खड्काले यसअघि क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका छन् ।

खोटाङ सेवा समाज कतार द्वारा बिदाइ कार्यक्रम सम्पन्न

महेश दाहाल , असार २६, कतार। कतारमा स्थापित नेपाली सामाजिक सस्थाहरु मध्यको जेठो सस्था खोटाङ सेवा समाज कतारले बिगत लामो समय देखि सस्थाको विभिन्न कार्यक्रमहरुमा महत्वपुर्ण योगदान गर्दै आउनुभएका सस्थाका शुभचिन्तक सीता राइलाइ मायाको चिनो सहित बिदाइ गरेको छ । सस्थाको अध्यक्ष कैलाश श्रेष्ठको अध्यक्षतामा दोहाको मुन्तजा पार्कमा भएको बिदाइ कार्यक्रममा सीता राई विशेष अतिथी तथा सस्थाका सल्लाहकार तिलाबहादुर खत्री र एकराज राई अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । सस्थाका महासचिव पर्शुराम श्रेष्ठ पवनले सन्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डिल्लिशेर खड्काले स्वागत मन्तब्य राख्दै कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो यसैगरी अथिती तिलाबहादुर खत्री र एकराज राइले सीता राइले खोटाङ सेवा समाज कतारको प्रगतिमा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा उहाको प्रगतिको कामना गर्नुभएको थियो। उदयपुर स्थायी बसोबास भएको सीता राई बिगत लामो समय देखि कतारलाइ कर्मथलो बनाउदै यहाँ कार्यरत हुनुहुन्थ्यो उहाँ अहिले कतारको बसाइलाइ अन्त्य गरी आगामी बिहिबार नेपाल फर्कनुहुदैछ पुर्ख्यौली घर खोटाङ भएको कारण आफू खोटाङ सेवा समाज प्रती सधै प्रतिबद्ध भएर सकेको योगदान गरेको बताउनुभयो साथै आगामी दिनमा खोटाङ सेवा समाजको उन्नतिको लागि सहयोग सुभेच्छा रहिरहने बताउनुभयो । अध्यक्ष कैलाश श्रेष्ठले सस्थाको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने सल्लाहकार पदाधिकारीहरुले खादा ओढाएर बिदाइ गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले खोटाङ सेवा समाज कतारले सस्थागत बिदाइ गरे पनि आगामी दिनमा मातृभुमिमा हुने समाजिक अभियानमा एकै ठाउमा भइने भएकोले बिदाइ मात्रै नभएर फेरि भेटौला भन्दै कार्यक्रम समापन गर्नुभएको थियो । सस्थाले यस अघिको नियमित बैठकमा तीन कार्यकाल सकृय रुपले सस्थामा आवद्ध भइ बिबिध कारणले नेपाल जानुभएका किशोर भट्टराई पुनः कतार आउनुभएकोमा सस्थामा निरन्तर सकृयताको अपेक्षा सहित स्वागत गरेको थियो त्यसै गरि कार्यसमिती सदस्य भिमकुमार दर्जिलाइ बिदाइ गरेको थियो पछिल्लो कार्यकालबाट सस्थामा सक्रिय रुपले जोडिनुभएको भिमकुमारले कतार बसाइलाइ बिट मार्दै नेपाल फर्किने निर्णय गर्नुभएपछी उहालाइ सस्थाको तर्फबाट उज्ज्वल भविस्यको शुभकामना सहित बिदाइ गरिएको थियो ।

चीनद्वारा एन्टि ब्यालेष्टिक मिसाइलको परीक्षण

काठमाडौं । चीनले एन्टी ब्यालेष्टिक मिसाईल परीक्षण गरेको दावी गरेको छ । चीनको रक्षा मन्त्रालयले जमिनमा आधारित मध्यमकोर्सको मिसाइल परीक्षण गरेको जनाएको हो । मन्त्रालयले यो परीक्षण रक्षात्मक र कुनै पनि देशप्रति लक्षित नगरिएको जनाएको छ । एन्टी ब्यालेष्टिक प्रणाली भनेको बाहिर प्रहार भएर आउने मिसाइलहरुलाई बाटोमा आक्रमण गरेर नै रोक्ने प्रत्याक्रमणकारी प्रविधि हो । यसले इन्टर कन्टिनेन्टल ब्यालेष्टिक मिसाईललाई समेत रोक्न सक्छ । भविष्यमा कुनै देशसँग युद्ध हुने अवस्थामा यो सिष्टमले बाहिरबाट मिसाइल प्रहार भएको खण्डमा त्यसको पहिचान गरी त्यसलाई आकाशमा नै निस्क्रिय पार्ने गर्दछ । चीनले सन् २०१० देखि यो प्रणालीको परीक्षण गर्दै आएको छ । यो उसको छैठौं परीक्षण हो । पछिल्लो समयमा चीन र अमेरिकाबीच ताइवानलाई लिएर तनाव चुलिएको छ । कतिपयले अमेरिकाले ताइवानलाई युक्रेन बनाउन खोजको आरोप समेत लगाएका छन्

मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा के सी निर्वाचित

चुरामणी बन्जाडे ,                                          बुटवल। मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार बुटवल स्थित बिश्व हिन्दु महासंघको सभा हलमा प्रथम साधारण सभा तथा अधिवेशन रमेश केसी को नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षत्री घिमिरेले समाजको कार्य प्रगतिमा प्रशंसा गर्दै अगामी बजेटमा प्रत्येक पीडितलाई दुई लाख रुपैया सहयोग उपलब्ध गराउने बताए । कार्यक्रममा बिशेष अतिथि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समीर गौतम अतिथिहरु महिला जेसिसका अध्यक्ष अनुपमा श्रेष्ठ तिलोत्तमा नेवा मौजुका अध्यक्ष मिलन श्रेष्ठ लगायतले अधिबेशन सफलताको शुभकामना मन्तब्य राखेका थिए । मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण मल्ल सचीवमा नारायण बहादुर क्षत्री र कोषध्याक्षमा चुरामणी बन्जाडे रहेका छन। यस्तै कार्यसमिति सदस्यहरुमा रेखा श्रेष्ठ ,शारदा थापा , शिव राज पौडेल, तमिदा शर्मा ,रेख बहादुर गुरुङ ,गोपाल बहादुर सार्की , जिया रेग्मी न्यौपाने रहेका छन । मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको संयोजक रमेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन चुरामणी बन्जाडेले गरेका थिए ।

पर्वत समाज कतारको बार्षिक साधारणसभा सम्पन्न

दोहा / पर्वत समाज कतारले विभिन्न कार्यक्रम गर्दै आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । “निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत ” भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको संस्थाले दोहा नज्मा स्थित शालिमार होटलको सभाहलमा भब्य उपस्थितिमा साङ्गितिक कार्यक्रम सहित बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पर्वत समाज कतार, कतारको अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गरेका थिए । समाजले कतारमा गरेका विभिन्न सामाजिक कार्य उदाहरणीय रहेको भन्दै अन्य संस्थाले पनि यसलाई अनुसरण गर्न आवश्यक रहेको बताए । पर्वत समाज कतारले मातृभुमीमा तथा कर्मभुमी कतारमा गरेको समाज सेवा उल्लेखनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिए । एनसिसि कतारले गर्ने सम्पुर्ण कार्यमा पर्वत समाजले निरन्तर उत्कृष्ट सहकार्य गरेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । “कतारका केही ब्यक्तिहरुले ” तदर्थ समिति बनाउने घोषणा गरेकोमा आपत्ती प्रकट गर्दे मुसलमानले दोहामा मिलेर बसेको नेपाली समाज बिभाजन गर्नुनै मुख्य उदेश्य रहेको बताए ” दोहामा स्थापित सम्पुर्ण बैचारिक, सामाजिक संघसंस्था नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्था आफ्नो नेतृत्वको (एनआरएनए ) भएको र कतारका सम्पुर्ण निकायमा दर्ता भइसकेको संस्था भएकोले अनाधिकृत रुपमा नाम र लोगो प्रयोग गर्दा कतार सरकारले पनि कानुनी दायरामा ल्याउने सक्ने भन्दै सचेत रहनुपर्ने बताए । उहाँले कसैको समाज सेवा गर्ने उदेश्य भए अन्य कुनै पनि नाममा संस्था खोलेर सेवा गर्न सुझाव दिए । कतारमा मिलेर बसेको नेपाली समाजलाई फुटाउने दुस्साहस गर्नेहरुलाई समाजले कुनैपनि स्थान दिन नहुनेमा मुक्तदाले जोड दिए । एनआरएनए कतार सदैव श्रमिकमुखी र समाजको हितको लागि कुनै कसर बाँकी नराखेको बताउदै दोहामा कुनै पनि किसिमका समस्या रहेको खण्डमा आफ्नो संस्थालाई जानकारी गराउन अनुरोध गरे । कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक व्याक्तित्व, जिल्लावासी, कलाकार, खेलाडी तथा पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थाका संरक्षक छविलाल भट्टराई, अजय बिस्वकर्मा,सल्लाहकार दिल कुमार श्रेष्ठ,प्रवासी नेपाली मन्च कतार अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतार अध्यक्ष मोहम्मद अजिज अलि, नेपाली जनप्रगतीसिल मन्च कतार अध्यक्ष बुद्धि प्रसाद भण्डारि, प्रवासी नेपाली एकता मन्च कतार अध्यक्ष रामहरि गैरे ,नेपाली समाज कतार अध्यक्ष तेज मोक्तान तामाङ, कतार नेपाली एकता समाज अध्यक्ष बिष्णु थापा, संघीय लिम्बुवान बाट सुजन लिम्बु, नेपाल पत्रकार महासंघ कतार शाखा बाट दिप जङ्ग साह, नेपाली महिला समाजका अध्यक्ष सरिता पौडेल भन्डारी, आदिवासी जनजाती महासंघ कतारका उपाध्यक्ष डिएन मगर, विवेकशिल साझा सद्भाव समुह कतारका कल्याण थापा, नेपाली प्रवासी एकिकृत श्रमिक संघका महासचिव गणेश ढकाल, प्रदेश नम्बर एक समन्वय परिषद कतारका महासचिव निरन नेपाल, मधेस प्रदेश समन्वय परिषदका उपाध्यक्ष मिराज आलम, गन्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष सागर पौडेल, लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष स्माइल पन्त, दलित एकता समाजका उपाध्यक्ष सुमन नेपाली, बागलुङ सेवा समाजका अध्यक्ष सन्तोष पौडेल, झापाली समाजका अध्यक्ष केशव कार्की, अर्घाखाँची सेवा समाजका अध्यक्ष टेकराज थापा, महोत्तरी सेवा समाजका अध्यक्ष इसिलाल पन्डित, लगायतको मन्तव्य रहेको थियो। कार्यक्रममा संस्थाको एक बर्षको प्रगति एवं आर्थिक प्रतिवेदन पेश गर्दे सचीव सेवक विकले विभिन्न आर्थिक अभियान सन्चालन गरि चार लाख आठ हजार छ सय असी रुपैया मृगौला पीडित, क्यान्सर पीडित, बाढी पहिरो पीडितलाई हस्तान्तरण गरेको जनाए । साथै संस्थाले विभिन्न कार्यक्रमहरु संचालन गरि करिब नौ हजार रियल बचत गरेको बताए । कार्यक्रमलाई साङ्गितिक माहोल बनाउनको लागि कलाकारहरु सुरेस बिसि, अमृत रसाइली, देव बिश्वकर्मा, शान्ति वली, सन्ध्या अर्याल, कृष्ण परियार लगाएतलेउत्कृष्ट प्रस्तुती रहेको थियो । कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष क्षेत्रीले स्वागत मन्तव्य सहित पर्वत जिल्लाको परिचय राखेका थिए । सो कार्यक्रमको समापन गर्दै अध्यक्ष श्याम न्यौपानेले समाजले गरेका सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताउदै उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचीव सेवक बिक र सह-सचीव रविन पुनले गरेका थिए ।

हरेक वडामा महिला तथा बालबालिका हिंसाविरोधी सेलको गठन गर्न माओवादी केन्द्र कञ्चनपुरको माग

काठमाडौं । नेकपा माओवादी केन्द्र कञ्चनपुरले संघीय गणतन्त्रमा समेत महिला र बालबालिकाविरुद्ध हिंसामा कमी नआएको भन्दै विशेष अभियान सञचालन गरेन सरकारसमक्ष माग गरेको छ । कञ्चनपुरको उल्टाखाममा हिजो एकजना ११ वर्षीय बालिकामाथि भएको यौनजन्य हिंसाको भत्र्सना गर्दै जिल्ला संयोजक खेमराज पाण्डेले जारि गरेको विज्ञप्तिमा वडा तहमा नै हिंसाबिरोधी सेल गठनको माग समेत गरिएको छ। पढ्नुस विज्ञप्तिको पूर्ण पाठ प्रेस विज्ञप्ती कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. २ महुलिया, उल्टाखाम निवासी एकजना ११ वर्षीय बालिकामाथि भएको यौन हिंसाको घटनाले हामी स्तब्ध भएका छौं साथै उक्त पाशविक घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछौं । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दोश्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशलाई सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढाउने संकल्प राजनीतिक दलहरुले लिइरहेको बेला घटेको यो घटनाले हामीले निकै चिन्तित तुल्याएको छ । यसबाट राजनीतिक प्रणाली परिवर्तन भएपनि यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको र अझै पनि महिला, बालबालिका तथा कमजोर वर्गको सामाजिक सुरक्षाको अवस्था जटिल रहेको देखाएको छ । यसका साथै समाजका आर्थिक तथा सामाजिकरुपमा कमजोर वर्गमाथि हिंसाले निरन्तरता पाइरहेको तथ्यप्रति राज्य संवेदनशील हुन नसकेको समेत यसले प्रष्ट पारेको छ । हामी संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहका सरकारहरुलाई महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, दुव्र्यवहार तथा विभेदविरुद्ध सामाजिक अभियानको सुरुआत गर्न, सामाजिक सुरक्षालाई प्राथमिकताका साथ अभियानकै रुपमा कार्यक्रममा समावेश गर्न तथा हरेक वडामा महिला तथा बालबालिका हिंसाविरोधी सेलको गठन गरी पीडितलाई न्याय दिने प्रणालीको विकास गर्न माग गर्दछौं । साथै भीमदत्त २ को घटनामा पीडित बालिकाको स्वास्थ्यलाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबीन गरी उचित उपचार तथा पीडित परिवारलाई क्षतिपूर्तिका लागि स्थानीय तह तथा प्रदेश सरकारसमक्ष माग गर्दछौं । खेम पाण्डे संयोजक

सत्तारुढ विद्यार्थी संगठनद्धारा मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ

काठमाडौं । सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् । निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी लगायत सत्तारुढ दल आवद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामासमेत माग गगरेका छन् । आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ तोकिएको छ ।

कतारमा किराँतीहरुले उभौलि चाड – ५०८२ मनाए

सन्तोष  क्षत्री                                                     दोहा, कतार : – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ भव्य रूपमा मनाएका छन्। कतारमा स्थापित तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको किरात मूल समारोह आयोजक समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलन साथ नेपालि राष्ट्रिय गान, कर्मभुमीलाई सम्मान साथ कतारको राष्ट्रिय गान र “यो भुमी चुम्ने” किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो। कार्यक्रममा उपस्थित सम्पुर्ण लाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्त बारेमा कार्यक्रमका उप-संयोजक किराया शाखा, कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । तीन संस्थाका सुनुवार-नासो, लिम्बू-फेदङ्वा र राई-नछुङ द्वारा प्रकृति पुजा गरिएको थियो। कार्यक्रममा गैर आवासिय नेपाली संघ, बैचारिक सस्थाहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश एकका सबै जिल्ला संस्थाहरु, बग्मती प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार तथा साहित्यिक सस्थाहरुको आतिथ्य रहेको थियो। कार्यक्रममा दर्जनभन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । दुई चरणमा गरिएको पहिलो औपचारिक कार्यक्रम किरात मुल समारोह समितिका सदस्य सचिव विवश लिम्बुले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम विनोद लिम्बु र प्रकृति राईले संचालन गरेका थिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाकी श्यादर सिल, किरात याक्थुम चुम्लुङले केलाङ र किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थियो। साकेला सिलि बारे किराया शाखा कतारका पुर्ब अध्यक्ष तथा सल्लाहकार धिरज राईले प्रस्टाउनु भएको थियो। कार्यक्रममा तिनै संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिलएका थिए । कार्यक्रम अन्त्यमा उपस्थित सबैलाई उप-संयोजक कियाचु कतारका अध्यक्ष हर्क खजुमले धन्यवाद मन्तव्य राखेका थिए। औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिती कतारका सयोजक सभापति नीर बहादुर सुनुवारले गरेका थिए।

आईपीएल टी–ट्वान्टीमा आज मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शनिबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७ः४५ बजे सुरु हुनेछ। मुम्बई आज आफ्नो अन्तिम लिग खेलमा जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । मुम्बई यस सिजन १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । दिल्ली भने मुम्बईलाई हराएर प्ले अफमा स्थान बनाउन चाहन्छ । दिल्ली १३ खेलमा १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मुम्बईलाई हराएको खण्डमा दिल्ली चौंथो स्थानमा उक्लदै प्ले अफमा पुग्नेछ । त्यसैले यस खेल दिल्लीका लागि निकै महत्वपूर्ण रहेको छ । दिल्ली पराजित भएको खण्डमा बैंगलोर प्ले अफमा पुग्नेछ । यस अघिको भेटमा दिल्लीले मुम्बईलाई हराएको थियो । दिल्ली ४ विकेटले विजयी भएको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम हुदै

दोहा कतार । नेपाली जनप्रगतिशिल मञ्च कतार द्वारा बृहत इफ्तार कार्यक्रम हुने भएको छ । मञ्च कतारले रमजानको अवसर पारेर बृहत इफ्तार कार्यक्रम” गर्न लागेको हो । अगामी आइतबार २४ तारिखका दिन , सनैया स्थित ग्राण्ड महलको  ह्ववाइट हाउस रेष्टुरेन्टको सभा हल दिउसो ३०:३० बजे देखि शुरुहुने कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले बताए ।

एमाले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।   पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणापत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

माओवादीले जितेको देशकै उत्कृष्ट सर्लाहीको बागमती नगरपालिकाबारे टिप्पणी

  दीपक शर्मा सर्लाही ।सर्लाहीको बागमती नगरपालिकाको केही बर्ष अघिसम्म मध्यपूर्वी तराईका अन्य आम पालिकाजस्तै सरदर परिचय थियो। तर, गत वर्षदेखि यसको परिचयमा विशेषता थपिएको मात्र छैन, यसले अन्य पालिकाहरुलाई उदाहरण नै प्रस्तुत गरेको छ। यस नगरपालिकाका मेयर भरत थापाले १२ नम्बर वडामा रहेको सुख्खा बगरमा ठूलो ताल निर्माणको सोच बनाएनन् मात्र त्यसलाई साकार नै बनाए। झण्डै १४ वटा फुटबल मैदान बराबरको आकारको विशाल तालमा हाल स्टिमर र ढुंगा चल्छन्। अहिलेसम्म उक्त तालमा पाँच लाखभन्दा धेरै स्वदेशी र विदेशी पर्यटक पुगिसकेका छन्। यो ताल नगरपालिकाको स्थायी आम्दानीको स्रोत बन्ने लक्षण देखिइसकेको छ। स्थानीयवासीले ताल निर्माणको बहुआयामिक फाइदा पाउन थालिसकेका छन्। वरपरका बस्तीका इनार र चापा कलहरुमा सुकेका मूलहरु फुट्न थालेका छन् भने छेउछाउका जमिनको उर्बरा शक्ति बढ्न थालेको छ । चराचुरुङ्गी, वन्यजस्तुदेखि लिएर वातावरणमा पनि सकारात्मक प्रभाव पर्दै गएको छ। सामाजिक, आर्थिक र पर्यावरणीय महत्वको यस्तो कामको अगुवाई गर्ने मेयर भरत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन्। मधेश प्रदेशमै नमूना र सिर्जनशील कामको सुरुवात गरेर मेयर थापाले स्थानीय तहमार्फत् मानिसको जीवन र प्रकृतिमा परिवर्तन ल्याउन सक्ने देखाएका छन्। सीमान्तकृत र पछि पारिएको थारु जातिको बाहुल्य रहेको बर्दियाको बारबर्दिया नगरपालिकाको नेतृत्व गरिरहेका दुर्गाबहादुर थारू ‘कबिर’ले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको शान्तिपूर्ण क्रान्तिको हाल उल्लेख्य चर्चा भइरहेको छ। पूर्वजनमुक्ति सेनाका कमाण्डर ‘कबिर’ले मानिसको जीवनलाई परिवर्तन गर्ने आधारभूत तत्व नै शिक्षा भएको महशुस गर्दै आफ्नो कार्यकालको ४ वर्ष ९ महिनामा उदाहरण स्थापित गरेका छन्। मेयर थारुले नगरपालिकाकै अनुदानमा ११५ जना शिक्षक राखेर, पुराना भवन मर्मत गरेर, भवन नभएका ठाउँमा नयाँ बनाएर, विद्यालयमा घेराबारा गरेर, चरनस्थललाई खेलमैदानमा रूपान्तरण गरेर आफ्नो अभियान थालेका थिए। त्यस्तै, नगरपालिकाले छात्रवृत्तिअन्तर्गत एक–एक जनालाई एमबीबीएस, इञ्जिनियरिङ र सीए (चार्टर्ड अकाउन्टेन्सी) पढाउने सम्पूर्ण खर्च व्यहोर्ने नीति पारित गरे। नगरपालिकाले हरेक वर्ष ५० जनालाई अन्य विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्न पूर्ण छात्रवृत्ति दिएको छ। शिक्षामा गरेको लगानीको प्रतिफल आउन केही समय लाग्छ। तर, अन्य पार्टीबाट नेतृत्व गरेका पालिका प्रमुखहरुले मानिसको जीवनमा खासै सकारात्मक प्रभाव नपर्ने संरचनामा खर्च गरिरहँदा वा भ्रष्टाचार गरिरहँदा माओवादी केन्द्रबाट निर्वाचित यी मेयरले शिक्षामा नमूना नै पेश गरेका छन्। शिक्षामात्र होइन बारबर्दिया नगरपालिकामा स्वास्थ्य क्षेत्रमा पनि लोभलाग्दो काम भएको छ। यस नगरपालिकाले आफ्नै अस्पताल सञ्चालन गरेको छ, जुन बर्दियाका अन्य कुनै पालिकाले हालसम्म गर्न सकेका छैनन्। नगरपालिकाले सञ्चालन गरिरहेको १५ शैयाको आरसी चौधरी मेमोरियल अस्पतालले २५ शैयाको अस्पतालसरह सेवा दिइरहेको छ। यसलाई निकट भविष्यमै ५० शैयामा स्तरोन्नति गर्ने मेयर थारुको योजना छ। चितवनको भरतपुर महानगरपालिका राजनीतिक कारणले मात्र होइन, ठूला विकास निर्माणका कारणले पनि चर्चामा आएको छ। माओवादी केन्द्रकी युवा नेता रेणु दाहालले जनताप्रति समर्पित भएर काम गर्दा परिणाम निकाल्न सकिंदो रहेछ भन्ने प्रमाणित गरेकी छन्। मेयर दाहालको कार्यकालमा महानगरपालिकाभित्र ६५० किलोमिटर नयाँ सडक बनेको छ। यही अवधिमा ६१० किलोमिटर सडक कालोपत्रै भइसकेको छ र ४० वटा स्वास्थ्य संस्था स्थापना भएका छन् । सिटी हल निर्माण भइरहेको छ, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा महानगरले भरपुर सहयोग गरिरहेको छ। यी त केही उदाहरणमात्र हुन्। माओवादी नेतृत्वले जितेका अधिकांश पालिकाहरुले उदाहरणीय काम गरेका छन्। गत महिना राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएका पालिकाहरुको सूची सार्वजनिक गरेको थियो। ती उत्कृष्ट पाँच पालिकामध्ये तीनवटा पालिकाहरुमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित प्रमुख छन्। पहिलो नम्बरमा आएको डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट छन् भने तेस्रो नम्बरमा आएको कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी छन्। त्यस्तै, पाँचौ नम्बरमा रहेको गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल छन्। नेपालको संवैधानिक आयोगले गरेको मूल्यांकनले नै माओवादीबाट निर्वाचित मेयर÷अध्यक्षले नेतृत्व गरेका पालिकाहरुमा कार्यसम्पादन उत्कृष्ट भएको देखाएको छ। तथ्यांक आफै बोलिरहेको छ। गोरखाको सहिद लखन गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनको आधारमा जिल्लाको दोस्रो गाउँपालिका बन्न सफल भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा सहिद लखन जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो। मुल्याङ्कनमा गोरखा जिल्लाका ९ गाउँपालिका र २ नगरपालिका गरी ११ वटा स्थानीय तहमा सहिद लखन गाउँपालिका दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो। माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकाले ६३.४६ अंक प्राप्त गरेर जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको आयोगले जनाएको छ। संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो। कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए। समयमै बजेट पेश गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे÷नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकनका आधारमा नम्बर दिइने गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए। आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । आब ०७६÷७७ मा सहिद लखन गाउँपालिका सबैभन्दा कम बेरुजु देखिएर जिल्लाको ‘सर्वोत्कृष्ट’, नेपालभरीकै चौथो ‘उत्कृष्ट’ बन्न सफल भएको थियो। सहिद लखन गाउँपालिकामा ८७ करोड २१ लाख ६ हजारको लेखापरीक्षण हुदाँ ८ लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको छ। प्रतिशतका आधारमा यो ०.१० प्रतिशत हुन प्रतिशत हुन आउँछ। यहाँ स्मरणीय छ, गत स्थानीय तहमा माओवादीले अन्य दुई ठूला दलभन्दा कम पालिका प्रमुखमा जित हासिल गरेको थियो। तर, जतिमा जीत हासिल गरेको छ, अधिकांशमा अन्य पार्टीले नेतृत्व गरेका पालिकाभन्दा राम्रो काम भएको छ। माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखहरुले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा जोड दिने, पर्यावरण जोगाउन ध्यान दिने, विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्ने काम गरिरहेका छन्। उनीहरु ज्यादा सिर्जनशील देखिएका छन् र जनताको पक्षमा काम गरौं भन्ने भावना उनीहरुमा बढी देखिएको छ। गाउँपालिका अध्यक्षद्वारा सवारी साधन फिर्ता दाङ, २८ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ। माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित वलीले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गर्नुभएको हो। निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्वरको बलेरो जीप आइतबार कार्यालयमा बुझाउनु भयो। आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष वलीले गाडी फिर्ता गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिनुभयो। दाङ २ उपमहानगर, १ नगर र ७ गाउँपालिका रहेका छन्। १० पालिकामध्ये माओवादी केन्द्रले जितेको बंगलाचुली गाउँपालिका मात्रै हो। news bank)

कारले ठक्कर दिँदा नेपालगञ्जमा ३ पैदल यात्रुकाे मृत्यु

बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ। कारको ठक्करबाट एक महिला र दुई बालिकाको मृत्यु भएको हाे । प्रदेश ३-०१-२३ च ८४८१ नम्करको कारको ठक्करबाट करिब ६० वर्षीया एक महिला र ५ वर्षका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए। कार चालक प्रहरी नियन्त्रणमा छन्। ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेकपा माओवादी रोशी-१२ को कार्यलय स्थापना

प्रेम स्याङ्तान लामा,                                         नेकपा   माओवादी केन्द्र रोशी १२ को वडा कार्यालय उद्घाटन भएको छ । नेकपा माओवादे केन्द्र बागमती प्रदेश सदस्य एवं रोशी गाउँपालिका इन्चार्ज नवीन तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्र रोशी गाउँपालिकाको अध्यक्ष मानबिर लामा,सचिब फुर्साङ तामाङ, कोषाध्यक्ष भोला मैनाली , वडा अध्यक्ष राम लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी नवीन तामाङले स्थानिय निर्वाचन निर्वाचन मात्र नभएर यो स्थानिय सरकार निर्माण गर्ने प्रकृया पनि भएकोले जनमुखी सरकार निर्माण गर्न नेकपा माओवादीलाई विजय गराउनुको विकल्प नभएको बताउदै तामङले अहिले विभिन्न चरणको आन्दोलन र जनयुद्दको बलमा ब्यबस्था परिबर्तन भए पनि जनताको जीवन स्तर परिबर्तन नभएकोले अब ब्यबस्थासंगै अबस्था परिबर्तन गरेसी मात्र जनताको जिबन स्तर परिवर्तन हुने र समाज संमृद्ध हुने भएकोले त्यो माओवादीको नेतृत्वमा मात्र संभब भएको जिकिर गर्नु भयो ! चन्द्र स्यङतानले सन्चालन गरेको उक्त कार्यक्रम सुकलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने पासाङ मोक्तानले स्वागत मन्तब्य राख्नु भएको थियो ।