पाकिस्तानी सशस्त्र समूहको गोली प्रहारबाट अफगानी पत्रकारको निधन

काठमाडौं । इस्लामाबादमा सक्रिय सशस्त्र समूहको गोली प्रहारबाट घाइते भएका अफगान पत्रकार अहमद हनायशको निधन भएको छ । 

गोली लागि अहमद हनायशको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई अप्रिल ३ को साँझ पाकिस्तान इस्लामाबादमा सशस्त्र व्यक्तिहरूले गोली हानेका थिए ।

आफ्नो संस्थामा लामो समयदेखि आबद्ध पत्रकार अहमद हनायशको हत्या भएको भन्दै इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट र यसको आबद्ध अफगानिस्तान स्वतन्त्र पत्रकार संघले अधिकारीहरूलाई तुरुन्त अनुसन्धान गर्न र दोषीहरूलाई छिटोभन्दा छिटो कारबाहि गर्न आग्रह गरेका छन्।

हनायश निजी मिडिया आउटलेट रेडियो काहकाशन र रेडियो डोन्याका संस्थापक र संयुक्त राज्य कांग्रेसबाट अनुदान पाएको रेडियो आजादीका पत्रकार थिए । उनलाई इस्लामाबादको दक्षिणपूर्वी आवासीय क्षेत्रमा घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानेका थिए। 

पत्रकारको खुट्टामा दुई पटक गोली लागेको थियो, अर्को गोली उनको टाउकोमा चरेको थियो, र उपचारको लागि नजिकैको अस्पतालमा सारिएको थियो। 

हनायश अफगानिस्तान छाडेर जनवरी २०२३ देखि इस्लामाबादमा बस्दै आएका थिए । उनी इस्लामाबाद छोडेर जर्मन यात्राको तयारी गरिरहँदा कै समयमा गोली प्रहार भएको हो ।उनलाई गोली प्रहार गर्नुको कारणबारे अहिलेसम्म जानकारी प्राप्त भैसकेको छैन्।

यसअघि मार्च १४ मा मोटरसाइकलमा आएका तीन अज्ञात व्यक्तिहरूले फार्मेसीमा गोली हानेपछि वरिष्ठ पाकिस्तानी पत्रकार सगीर अहमद लारको हत्या भएको थियो। उनका भाइ जलील अहमदले पहिलो सूचना रिपोर्ट दर्ता गराए पनि हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन।

राष्ट्रपति सी चिन फिङ वृक्षारोपणमा सहभागी

काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ अप्रिल ३ तारिख बिहान राजधानीको वृक्षारोपण स्वयंसेवा कार्यक्रममा सहभागी भएका छन्। सो वृक्षारोपणका क्रममा उनले छिङ मिङ पर्वको अवधिभर चीनमा जताततै जीवित शक्ति रहनेहुनाले वृक्षारोपणका लागि सुहाउँदो बेला रहेको भन्दै सँगै मिलेर रुख रोप्ने उद्देश्य सबै चिनियाँहरुलाई वृक्षारोपण कार्यमा सक्रिताका साथ भाग लिएर संयुक्त रुपमा सुन्दर चीनको निर्माण गर्न र मानव जाति तथा प्रकृति बीच मेलमिलापयुक्त सहअस्तित्व हुने चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ अध्याय लेख्नका लागि आह्वान गरे। चीनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय नेताहरु सी चिन फिङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाई छि, तिङ श्वे श्याङ, ली सी तथा हान चङले अप्रिल ३ तारिख १० बजेर ४० मिनेट जाँदा सामूहिक रुपमा पैचिङ शहरको थोङ चौ जिल्लामा सर्वसाधारणसँगै वृक्षारोपण स्वयंसेवा कार्यक्रममा भाग लिए।

महाराष्ट्रमा कपडाको पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु

नयाँदिल्ली । महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एउटा कपडा पसलमा भीषण आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले बताएका छन् ।  उनले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार सातै जनाको निस्सासिएर मृत्यु भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।  लोहियाले भने, ‘छत्रपति सम्भाजीनगरको एक कपडा पसलमा बिहान चार बजे आगलागी भएको थियो । आगो दोस्रो तलासम्म पुग्न नसके पनि धुवाँका कारण निसासिएर सात जनाको मृत्यु भएको छ ।’

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । ताइवानको पूर्वी तट क्षेत्र ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।सो भूकम्प पश्चात ६.५ म्याग्निच्युडको परकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको बताइएको छ। ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेशनका प्रवक्ताका अनुसार पछिल्लो २५ वर्षमा सो टापुमा सबैभन्दा शक्तिशाली भुकम्प गएको हो ।भूकम्प सन् १९९९ पछि ताइवानमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्पले २४०० जनाको ज्यान लिनुका साथै र १०,००० बढि घाइते भएको बताइएको छ। ताइवानको केन्द्रीय मौसम विभागले बुधबार बिहान गएको भूकम्पपछि ताइवानमा सुनामीको आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । त्यसैगरी जापानको मौसम विज्ञान एजेन्सीले दक्षिणी जापानमा समेत ९ फिटसम्मको  सुनामीको आउनसक्ने चेतावनी दिएको छ ।  

इजरायली हवाई आक्रमणमा सिरियाका ३६ सैनिकको मृत्यु

काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ३६ सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको हो । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको जनाएको छ । बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टा चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको जनाएको छ । सिरियाली रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर स्थानीय समय अनुसार शुक्रबार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण सुरु गरेको बताएको छ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थप

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ। बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थपिएको जनाएको छ । मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउँदिनन्। मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गराउनुपर्ने पनि जनाएको छ । सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँपटक हो। कोरोना महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले २०२० मार्चमा अस्थायी प्रयोजनका निम्ति खालेदालाई जेलमुक्त गरिदिएको थियो। बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहेकी उनी २०१८ देखि जेलमा छिन्। बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । खालेदामाथिको जेल सजाय राजनीतिकप्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ। रासस

म्यानमारको सैनिक जन्टाले दुई युवालाई जिउँदै जलाए

काठमाडौं । म्यानमारको सैनिक जन्टाले दुई युवालाई जिउँदै जलाएको छ । जिउँदै जलाइनेमा २१ वर्षिय फो टे  र २० वर्षिय थार हाउङ रहेका छन् । सैनिक सासनविरुद्ध विद्रोहि बनेका उनीहरुलाई दर्जनौं मानिसहरूको अगाडि यातना दिएर रगताम्मे पारी रूखमा झुण्डाएर मुनिबाट आगो लगाइएको थियो । आगो र धुवाँको मुस्लोले तिनीहरूलाई जलाउँदै गर्दा पीडामा चिच्याइरहेको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा उनीहरूको अकल्पनीय पीडासहितको अन्तिम क्षण देख्न सकिन्छ । उनीहरुलाई आगो लगाउनु अगाडि म्यानमारका सेनाले माफि माग्न आग्रह गरेका थिए । तर ती युवाहरुले यो जुनीमा माफि नमाग्ने बताएका थिए । दक्षिणपूर्वी एसियाली देश म्यानमारमा शान्ति र प्रजातन्त्र ल्याउने आशामा उनीहरु २०२१ को सैनिक विद्रोहपछि स्थानीय सशस्त्र प्रतिरोध समूहमा सामेल भएका थिए । उनीहरु उत्तरपश्चिम म्यानमारमा आफ्नो पारिवार र घर खेत त्यागेर सो विद्रोहमा सामेल भएको सिएनएनले जनाएको छ । म्यानमारको सेनाले लामो समयदेखि म्यानमारका जनतालाई जिउँदै जलाउने, टाउको काट्ने,गाउँमा आगजनी गर्ने र ठूलो हवाई बमबारी अभियान चलाउने गर्दा झन्डै ३० लाख मानिस विस्थापित भएको बताइएको छ ।

बाल्टिमोर दुर्घटनामा ६ जनाको मृत्यु भएको अनुमान

ऐजेन्सी । संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किदा ६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । राहत तथा उद्दारमा संलग्न अधिकारीहरुले ६ जना वेपत्ता भएको जनाएका छन्। उनीहरुले  कोही पनि जिवित नभेटिने अनुमान समेत उनीहरुले गरेका छन् । हराइरहेका मध्ये दुई जना ग्वाटेमालाका नागरिक रहेको अमेरिकी विदेश मामिला मन्त्रालयले जानकारी दिएको छ । स्थानीय आपत्कालीन सेवाका अनुसार एउटा पानीजहाज पुलान ठोकिएपछि उक्त पुल भत्किएको हो। उक्त घटनामा केही मानिस हताहत हुनुका साथै केही सवारीसाधन नदीमा खसेका थिए । पुलमा पानीजहाजले ठक्कर दिन लागेको कुरा पानी जहाजका पाइलटले स्थानीय ट्राफिकलाई जानकारी दिएका थिए । सो लगत्तै उक्त पुलमा आवागमन बन्द गरिएका कारण ठुलो जनधनको क्षति हुन नपाएको हो ।  पुल भत्किए लगत्तै पानीमा खसेका दुई जनालाई जिवितै उद्दार गरिएको थियो उद्दार गरिएका मध्ये एक सकुलशल छन् भने अर्काको अवस्था गम्भिर रहेको छ । उनको स्थानीय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

अमेरिकामा पानीजहाज पुलमा ठोक्किदा पुल भत्किएर गाडी र मान्छे खसे(भिडियोसहित)

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा एक मालवाहक पानीजहाजले पुललाई ठक्कर दिएपछि कयौँ मान्छे तथा सवारीहरु खसेका छन् । बीबीसीका अनुसार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको पातास्प्को नदीको पुलमा मालवाहक पानीजहाजले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो । दुर्घटनामा २० मान्छे र कयौँ सवारीहरु खसेको बताइएको छ । तर, कतिको हताहती भएको भन्नेमा भने कुनै सार्वजनिक तथ्यांक आएको छैन । मेरिल्याण्ड राज्यले दुर्घटनापछि संकटकाल घोषणा गरेको छ । तीन किलोमिटर लम्बाइको उक्त पुल बाल्टिमोरको प्रमुख राजमार्गको हिस्सा हो। सीएनएनका अनुसार ज्यादै चिसो मौसमको कारणले उद्दारमा कठिनाइ भइरहेको छ ।

केजरीवाल पक्राउको विरोधमा प्रधानमन्त्री मोदीको निवास घेराउ गर्दै ‘आप’

नयाँ दिल्ली । आफ्नो नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आज आम आदमी पार्टी (आप)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास घेराउ गर्ने घोषणा गरेको छ। मदिरासम्बन्धी नीति प्रकरणमा मुख्यमन्त्री केजरीवाल हाल प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा छन्।  त्यसको विरोधमा आम आदमी पार्टीका नेता कार्यकर्ताले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने भएका हुन्।  तर दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।आम आदमी पार्टीको प्रर्दशनलाई लिएर दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ । 

गाजाको युद्धविरामलाई लिएर इजरायल अमेरिकाबीच चर्कियो द्वन्द्व

एजेन्सी । गाजा क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावका विरुद्ध अमेरिकाले भिटो नगरेपछि अमेरिका र इजरायलबीच द्वन्द्व चर्किएको छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बिडेनले एक हप्ता अघि नै नेतान्याहूसँग छलफल गरी गरेको भ्रमण रद्द गरेका हुन् । जुन भ्रमणमा गाजा क्षेत्रमा आक्रमणको तरिकाबारे रचनात्मक छलफल हुनेअमेरिकाले विश्वास लिएको थियो तर बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बिडेनसँग छलफल नै नगरी एकतर्फि रुपमा भ्रमण रद्द गरेपछि इजरायल र अमेरिकाबीच सम्बन्ध चिसिएको छ । नेतन्याहुले सोमबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले भिटो नगरे प्रतिनिधिमण्डललाई फिर्ता गर्ने बताएका थिए । तर अमेरिकाले मतदानबाट अलग बसेरै उक्त प्रस्तावलाई पारित हुन दिएपछि इजरायली प्रधानमन्त्रीले अमेरिकासँगको बैठकहरू रद्द गरेका हुन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सो प्रस्ताव पारित भएपछि प्रतिनिधिमण्डलको भ्रमण रद्द गर्ने नेतान्याहूको निर्णयलाई ह्वाइट हाउसले अत्यधिक प्रतिक्रियाको रूपमा लिएको अमेरिकी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । यस विषयमा अमेरिकी राष्ट्रपतिले इजरायली प्रधानमन्त्रीलाई यस भ्रमण किन रद्द गरेको भनेर फोन नगर्ने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।बाइडेन प्रशासनका अधिकारीहरूले इजरायललाई अब इजरायल र गाजा क्षेत्रमा हुने कुनैपनि सैन्य गतिविधिमा आफ्नो सहयोग नहुने चेतावनी समेत दिएका छन् ।

मस्को आक्रमणमा संलग्न चार बन्दुकधारी पक्राउ, यस्तो छ पुटिनको प्रतिक्रिया

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको एक कन्सर्ट हलमा घातक हमला गर्ने चार जना बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन् । कन्सर्ट हलमा आक्रमणकारीहरूले अन्धाधुन्ध गोली चलाउँदा र त्यसपछि आगजनी गर्दा कम्तीमा १३३ जनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न ११ जनालाई हिरासतमा लिएको र चार बन्दुकधारीहरूलाई युक्रेनतर्फ जाँदै गर्दा पक्राउ गरिएको रुसी अधिकारीहरूले बताए। इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको पछाडि आफ्नो हात रहेको बताएको छ ।शनिवार अमाक, टेलिग्राम मार्फत आईएस च्यानलले मुखौटा लगाएका चार जना व्यक्तिहरूको तस्बिर पोस्ट गरेको थियो । उक्त च्यानलले आक्रमणमा उनीहरू संलग्न रहेको दाबी गरेको छ।तर रुसले अहिलेसम्म आईएसको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।  शुक्रबार स्थानीय समय अनुसार करिब ८ बजे आक्रमण भएको थियो । सो समयमा रक कन्सर्टको लागि त्यहाँ ६,२०० जना जम्मा भएका थिए। घटनालाई लिएर रुसी पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भनाभन भएको छ ।रुसी पुटिनले रूसमा लगभग २० वर्षको सबैभन्दा ठुलो घातक एंव बर्बर आतंकवादी आक्रमण गरी आक्रमणकारीहरू युक्रेनमा भाग्ने प्रयास गरेको दोह्याएका छन् ।भने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति पुटिन आक्रमणका कारण पिडामा रहेका नागरिकको सेवामा भन्दा घटनामा कसरी युक्रेनलाई जोड्न सकिन्छ भनेर लागेको आरोप लगाएका छन् । आक्रमणबाट निधन हुनेहरुको शोकमा राष्ट्रपति पुटिनले आइतबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् र रसियाभर यस हप्ताका कार्यक्रमहरू रद्द गरिएको छ।

गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावविरुद्ध रूस र चीनको भिटो

एजेन्सी । द्धन्द्धग्रस्त गाजा क्षेत्रमा युद्धविरामको लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा संयुक्त राज्य अमेरिकाले गरेको प्रस्ताव फेल भएको छ।अमेरिकाको उक्त प्रस्तावमाथि रसिया र चीनले भिटो प्रयोग गरेपछि अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा शुक्रबार गरेको प्रस्ताव पारित हुन नसकेको हो। सो प्रस्तावमा संयुक्त राष्ट्रसंघका ११ सुरक्षा परिषद्का सदस्यहरूले पक्षमा मतदान गरेको भएपनि भिटो शक्ति पाएका स्थायी सदस्यहरू रसिया र चीनले त्यसलाई रोकेका हुन्। संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले बन्धकहरूको रिहाइसँग सम्बन्धित प्रस्ताव अस्वीकार गरी सुरक्षा परिषद्ले गरेको निर्णय हमासको निन्दा नगर्ने दाग भएको बताउदै आफुहरुले त्यसलाई कहिल्यै नबिर्सने बताए। यसैबीच, सो प्रस्तावलाई अस्वीकार गर्न लविङ गरेको अल्जेरियाले सुरक्षा परिषद्मा पेश गरिएको सो प्रस्तावमा शान्तिको स्पष्ट सन्देश नभएको र थप प्यालेस्टिनी नागरिकहरूलाई मार्ने अनुमति मात्रै भएकोले सो प्रस्ताव अस्वीकृत भएको बताएको छ। अमेरिकाले यसअघि अल्जेरियाले पेश गरेको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको थियो।

मस्कोको कन्सर्ट हलमा आक्रमण : ६० जनाको मृत्यु, कम्तिमा १४५ जनाको उपचार हुँदै

मस्को । रूसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण भएको छ । बन्दुकधारीले गरेको उक्त हमलामा परी कम्तिमा ६० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।घटनामा परि घाइते भएका १४५ जना बढिको अहिले उपचार भैरहेको छ । मस्को नजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको बीबीसीले उल्लेख गरेको छ । हमलामा एकसय भन्दा बढी घाइते भएका छन् । कम्प्लेक्सको छतमा आगोको ठूलो मुस्लो देखिएको थियो । हमलाको जिम्मेवारी ईस्लामिक स्टेट समुह आईएसएसले लिएको छ ।तर यसबारे रुसले टिप्पणी गरेको छैन। रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेहरुको शिर्घ स्वास्थ्यलाभको कामना गरेका छन् । मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ ।ह्वाइट हाउसले मस्को घटनाबारेमा थप जानकारी लिन काम गरिरहेको बताएको छ र युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

केजरिवालद्धारा पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ हुने

काठमाडौं । बिहीबार पक्राउ परेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल सर्वोच्च अदालत गएका छन्। पक्राउ गरेकोविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। उक्त रिटमाथि शुक्रबार नै सुनुवाइ हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । केजरिवालसँगै यो मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियासँगै आम आदमी पार्टीका नेता मुछिएका छन्। आदमी पार्टीका नेताले पक्राउ परेका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने समेत बताएका छन्। केजरिवाल पक्राउ परेकोप्रति भारतका प्रतिपक्षी दलहरुलेसमेत विरोध गरेका छन्।लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा चुनावलाई प्रभावित गर्न भाजपाबाट निर्देशित भएर विपक्षी नेताहरुलाई अनेक आरोप लगाइ धरपकड गरेको आरोप उनीहरुले लगाएका छन् । यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो। भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा घोटाला प्रकरणको आरोप लगाइएको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको इडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि बिहीबार साँझ गिरफ्तार गरेको हो।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन् । मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेता समेत हुन् ।यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो । भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको ईडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि विहीबार साँझ गिरफ्तार गरेको बताइएको छ। लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने बताइएको छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् । दुई महिनाको बीचमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले ईडीले भाजपाबाट निर्देशित भएर विपक्षी नेताहरुलाई अनेक आरोप लगाइ धरपकड गरेको आरोप लगाएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।