गाजाको विद्यालयमा इजरायली हमला, एक सय बढीको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्याएक सयभन्दा बढी पुगेको अनुमान छ ।  

‘मृतकको सङ्ख्या हालसम्म एक सयभन्दा बढी पुगेको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो’, विभागका प्रवक्ता महमुद बासलले बताए। 

गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सय भन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले अल(ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ ।  

इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ । 

गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय  भन्दा बढीको मृत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् । 

बेलायतमा आप्रवासी विरोधी हिंसाको डर, संयमता अपनाउन नेपालीलाई आग्रह

काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई सुरक्षा संयमता अपनाउन आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।मंगलबार एक सूचनामार्फत दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न आग्रह गरेको छ । बेलायतका विभिन्न सहरमा पछिल्लो समय दङ्गा फैलिएका छन् । यस हप्ता बढी आप्रवासी विरोधी हिंसाका घटनाहरू हुने डर रहेको छ । सोमबार राति दक्षिणपश्चिम इङ्गल्याण्डको तटीय शहरमा भएको हिंसामा प्लायमाउथमा प्रहरी अधिकारीहरू घाइते भएका छन् ।  पछिल्लो समय बेलायतका दुई शहरहरूमा सप्ताहन्तमा फारराइट उत्तेजकहरूले शरणार्थीहरूलाई आवास दिइरहेका होटेलहरूमा आगो लगाए ।जुन घटनाले भित्र रहेका व्यक्तिहरू भयभित भएका थिए । यद्यपी अन्य शहरहरूमा दङ्गाकारहरू सार्वजनिक भवनहरूलाई क्षति पुर्‍याउँदै र प्रहरीसँग भिड्दै, अधिकारीहरूमा वस्तुहरू फ्याँक्दै र उनीहरूको सवारीसाधनहरू तोड्दै थिए। गत महिना उत्तर इङ्ल्यान्डको साउथपोर्टमा तीन बालबालिकाको मृत्यु हुने गरी भएको छुरा प्रहारको आक्रमणले बेलायतिहरुलाई आप्रवासीविरुद्ध क्रोधित र उत्तेजित बनाएको छ । यी हिंसाका घटनापश्चात बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ । आपत्‌कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

ढाका। बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गरेका छन् । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले जानकारी दिए । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा.मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ 

बंगलादेशबाट भागेर दिल्ली पुगेकि शेख हसिना, छिट्टै लण्डन जाने

नयाँ दिल्ली । बंग्लादेशकी प्रधानमन्त्री शेख हसीना ढाकाबाट भागेर भारतको नयाँ दिल्ली आएकी छन्। गाजियाबादको हिंडन एयरबेसमा शेख हसीनाको विमान ल्यान्ड गरेपछि उनलाई उनकी बहिनसँगै दिल्ली लगिएको छ। शेख हसीना भारतमा शरण रहने नरहने बरू उनी दिल्लीबाट आफ्नी बहिनीसँग लण्डनको यात्रा गर्नेछिन्। आन्दोलन चर्किएपछि शेख हसीनाले आज सोमबार, ५ अगस्तमा आफ्नो पदबाट राजीनामा दिएर देश छोडेकी हुन। राजीनामासँगै बांग्लादेशमा शेख हसीनाको १५ वर्षको शासन समाप्त भएको छ। बांग्लादेशमा हाल आरक्षण विषयमा चलिरहेको विवाद अत्यन्तै बढेको छ र यसका कारण देशभर विरोध प्रदर्शन भइरहेको छ। यी दंगामा ३०० जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा शेख हसीनामाथि राजीनामा दिनको दबाव थुप्रिएको थियो।  बांग्लादेशका सेना प्रमुख वकार(उज़(ज़मानले पनि शेख हसीनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिई देश छोड्नको अल्टिमेटम दिएका थिए। यसले गर्दा शेख हसीनाले प्रधानमन्त्री पदबाट राजीनामा दिई आफ्नी बहन शेख रेहानासँगै केही समयको लागि आएकी हुन। बंगलादेशमा सैन्य शासन लागू हुने शेख हसीनाको राजीनामासँगै बांग्लादेशमा राजनीतिक अस्थिरता अझ बढेको छ। तर चाँडै देशमा सैन्य शासन लागू हुनेछ। अब बांग्लादेशमा वकार-उज़-ज़मानको नेतृत्वमा सेनाको शासन हुनेछ।

सत्ता सेनाको हातमा : पढ्नुहोस् बंगलादेश आन्द‍ोलनको टाइमलाइन

काठमाडौं । बङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएकी छिन भने देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्। प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै समाधान हासिल हुने पनि बताए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन। राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। हसिनाको विमान सोमबार साँझ भारतको  उत्तर प्रदेशको गाजियाबादमा अवतरण गरेको विवरण आएका छन्।उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन।तर कतिपय स्थानीय सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने विवरण प्रकाशन गरिरहेका छन्। तर त्यसको पुष्टि भइसकेको छैन। यस्ता छन् शक्तिशालि प्रधानमन्त्रीबाट पलायनको टाइमलाइन २९ जुलाई केही जिल्लाहरूमा प्रदर्शनकारीहरू फेरि सडकमा निस्किए, प्रहरीले तिनीहरूलाई रोक्यो र दर्जनौं मानिसहरूलाई हिरासतमा लियो। सरकारले कट्टरपन्थी जमात-ए-इस्लामीमाथि प्रतिबन्ध लगाउने योजनाको घोषणा गर्‍यो। उच्च अदालतले ढाका प्रहरीलाई छ जना प्रदर्शनकारीहरूसँग व्यवहार गर्ने विषयमा फटकार लगायो। ३०जुलाई प्रमुख विश्वविद्यालयका विद्यार्थीहरू र शिक्षकहरूले मौन जुलूस निकाले, अभिभावकहरूले बच्चाहरूको मृत्युको विरोध गरे, प्रहरीले तिनीहरूलाई रोक्यो। शेख हसिनाले भनिन् कि सरकारले न्यायिक अनुसन्धानको लागि विदेशी मद्दत लिनेछ र अर्को दिन राष्ट्रिय शोकको घोषणा गरिन्। प्रहरीले आफ्नो कारबाही जारी राख्यो। ३१ जुलाई प्रदर्शनकारीहरूले सरकारको राष्ट्रिय शोकको निर्णयलाई अस्वीकार गरे, राजधानी ढाका र अन्य ठाउँमा प्रदर्शन गरे। सयौं विद्यालयका विद्यार्थीहरूले साथी परीक्षार्थीहरूलाई प्रहरी हिरासत/जेलबाट रिहा नगरिए परीक्षाको बहिष्कार गर्ने घोषणा गरे। १ अगस्ट आतंकवाद विरोधी ऐन अन्तर्गत जमात-ए-इस्लामीमाथि प्रतिबन्ध लगाइयो। यस विषयमा सरकारले एक राजपत्र जारी गर्‍यो। संयुक्त राष्ट्रसंघले तथ्य पत्ता लगाउने टोली पठाउने प्रस्ताव गर्‍यो, प्रधानमन्त्रीले भने कि संयुक्त राष्ट्रसंघ हिंसाको अनुसन्धान गर्न स्वतन्त्र छ। छ आन्दोलन आयोजकहरूलाई प्रहरीले हिरासतबाट छोडिदियो। प्रदर्शनकारीहरूले मारेका व्यक्तिहरूको लागि सामूहिक जुलूस निकाले। पाँच प्रमुख सरकारी विश्वविद्यालयका शिक्षकहरू र विद्यार्थीहरूले प्रदर्शन गरे। २ अगस्ट प्रदर्शनकारीहरूले हत्याहरूको विरुद्ध विरोध प्रदर्शन जारी राखे, हजारौं मानिसहरू 'न्याय मार्च' मा सामेल भए। राजधानी र अन्य स्थानहरूमा प्रदर्शनकारीहरू र आवामी लिगका कार्यकर्ता र प्रहरीबीच झडपहरू भए, जसमा दुई जना मारे। प्रदर्शनकारीहरूले अर्को दिन देशव्यापी प्रदर्शन र आइतबारदेखि असहयोग आन्दोलनको घोषणा गरे। फेसबुकलाई फेरि सात घण्टाका लागि ब्लक गरियो। ३अगस्ट विरोध प्रदर्शनका क्रममा मारेका विद्यार्थीहरू र अन्य व्यक्तिहरूको लागि न्यायको माग गर्दै बंगलादेशको राजधानीमा हजारौं मानिसहरूले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरे। तर, देशका अन्य स्थानहरूमा यस्तै प्रदर्शनहरूमा हिंसाका खबरहरू आए। प्रदर्शनकारीहरूले सरकार विरोधी नारा लगाए र प्रधानमन्त्रीको राजीनामाको माग गरे। केही सरकार समर्थक समूहहरूले पनि शहरमा रैली निकाले। देशको पूर्वी भागमा कुमिल्लामा हिंसाको क्रममा कम्तीमा 30 प्रदर्शनकारी घाइते भए। ४अगस्ट सरकारी जागिरहरूमा आरक्षणको मुद्दामा सुरु भएको विरोध प्रदर्शन फेरि उग्र बन्यो। देशभरि भएको हिंसामा करिब १०० जना मरे र सयौं घाइते भए। प्रहरीले हजारौं प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रुग्यास र रबरका गोलीहरू चलायो, जसका कारण यी मृत्युहरू भए। यसमा कम्तीमा १४ प्रहरी पनि समावेश थिए। केही ठाउँमा सत्तारूढ पार्टी आवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीहरूबीच झडपहरू भए। केही ठाउँमा आवामी लिगका कार्यकर्ता र नेताहरूको मृत्यु पनि भयो। यसरी यस हिंसात्मक आन्दोलनका कारण ३०० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको छ। हिंसा रोक्नका लागि देशमा मोबाइल इन्टरनेट सेवाहरू बन्द गरियो, देशमा कर्फ्यू लगाइयो। सरकारले तीन दिनको सार्वजनिक बिदा घोषणा गर्‍यो। यी सबै पछि पनि अवस्था नियन्त्रणमा आउन सकेन। ५अगस्ट नयाँ हिंसामा नयाँ मोड आयो। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइन्। राजीनामापछि शेख हसिना देश छोडेर गइन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री आवासमा कब्जा जमाए। देशको अवस्थाबारे सेना प्रमुखले बयान जारी गरे। सेना प्रमुखले प्रदर्शनकारीहरूलाई संयम बरत्न अपिल गरे र भने कि देशमा चाँडै नै अन्तरिम सरकार गठन गरिनेछ।

बंगलादेश छाडेर शेख हसिना भारतको गाजियाबादमा,भारतीय एयरफोर्सको स्वागत

ढाका । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना सवार जहाज भारतको उत्तर प्रदेशमा अवतरण गरेको छ ।भारतीय प्रतिष्ठित अनलाइन इन्डिया टुडेका अनुसार बंगलादेशी सेनाको यो जहाज स्थानीय समयअनुसार ५.३६ बजे उत्तर प्रदेशको गाजियावादस्थित हिन्डन एरयबेसमा अवतरण गरेको हो । यो जहाज भारतको राजधानी नयाँदिल्लीमा अवतरण गर्ने बताइएको थियो । तर कडा सुरक्षाबीच उत्तर प्रदेशको गाजियावादस्थित भारतीय सेनाको हिन्डन एयर बेसमा अवतरण गरेको हो।ढाकाबाट भागेकी उनी भारतको त्रिपुरा राज्यमा अवतरण गरेको चर्चा थियो। तर उनी सवार जहाज अहिले भारतीय राज्य बिहारबाट पनि पश्चिमतर्फ लागेर उत्तर प्रदेशको गाजियावादमा अवतरण गरेको हो । भारतीय एयरफोर्सका वरिष्ठ अधिकारीले शेख हसिनाको स्वागत गरेका छन् । शेख हसिनालाई बोकेको सी १३० जे विमान दिल्ली नगई सेनाको एयरबेसमा बसेको हो ।एजएएक्स१४३१ कलसाइन भएको बंगलादेशी सेनाको सी-१३० जहाजलाई भारतीय सुरक्षा एजेन्सीले कडा निगरानीमा राखेका थिए । समाचार अनुसार बंगलादेशकी निवर्तमा प्रधानमन्त्री शेख हसिना, उनकी बहिनी र परिवारका सदस्य जहाजमा सवार थिए । बंगलादेश वायुसेनाको विमानबाटै उनले देश छाडेकी हुन् ।उनी दिल्ली हुँदै लण्डन जाने बताइएको छ ।

बंगलादेशमा हसिनाको राजिनामा माग गर्दै चर्कियो प्रर्दशन, व्यापक दमनले मृत्यु हुनेको संख्या बढ्दै

काठमाडौं । बंगलादेशमा आरक्षण विरुद्ध सुरु भएको विद्यार्थीको प्रदर्शन सरकार परिर्वनको आन्दोलनको रुप लिन थालेको छ । सरकार विरोधी प्रदर्शनमा भएको प्रहरी दमन र सरकारमा सहभागी कार्यकर्ताको विरोधकका कारण ९० जनाको मृत्यु भएको छ । आन्दोलनकारी र प्रहरीबीचको झडपमा १३ प्रहरी पनि मारिएका छन् । विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सुरु गरेको अवज्ञा आन्दोलन आगोसरी फैलिन थालेको छ । नागरिक पनि आन्दोलनमा सहभागी हुन थालेपछि देशव्यापी प्रदर्शनहरु बढेका छन् ।प्रदर्शन चर्किदै गएपछि बंगलादेश सरकारले राति कर्फ्यु लगाउने घोषणा गरेको छ । हजारौँ नागरिकहरु प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि राजधानी ढाकामा केन्द्रित भएका छन् । सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुर्नस्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् । सेनाले केही समयका लागि आन्दोलन मत्थर पारेपनि प्रधानमन्त्रीको राजीनामाको मुख्य माग गर्दै पछिल्लो हप्तादेखि बंगलादेशमा फेरि आन्दोलन चर्किएको हो ।

इजरायलमा प्रम नेतान्याहुविरूद्ध हजारौ जनता प्रदर्शनमा

एजेन्सी । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध गर्दै इजरायलका केही शहरहरूमा सरकारविरोधी व्यापक प्रदर्शन भएको छ। हजारौं इजरायलीहरूले प्रधान नेतन्याहूलाई हमाससँग बन्दी रिहाइका लागि सम्झौता गर्न माग गरेका छन्। इरानबाट इजरायलमाथि सम्भावित हमलाको खतरा रहेको र इजरायलले सुरक्षा चेतावनीहरू जारी गरिरहेका बेला प्रदर्शनभइरहेका हुन ।  तेहरानमा बुधबार हमासका राजनीतिक नेता इस्माइल हनियेहको हत्या पछि इरानबाट क्षेत्रीय प्रतिशोधको कुनै प्रकारको सैनिक प्रतिक्रिया अपेक्षित गरिएको छ। बन्धकहरूका परिवारलाई समर्थन गर्न र उनीहरूको रिहाइको माग गर्नका लागि ठूलो भीड शनिबार टेल अविवको बेगिन गेटमा जम्मा भएको थियो । भिडियोहरूमा प्रदर्शनकारीहरूले इजरायली झन्डा उडाउँदै र बन्धकहरूको चित्रसहितका बोर्डहरू लिएर प्रदर्शन गरेका थिए । सिएनएनका अनुसार, आईडीएफ मुख्यालयको बेगिन गेटमा, मानिसहरूले 'हामी हार मान्दैनौंस बन्धकहरूलाई रिहा गर्नुहोस् भनेर नारा गुञ्जाउँदै थिए।' भने अरूले 'मृत्यु रोक्नुहोस्, शोक रोक्नुहोस्, मानव जीवन सबैभन्दा महत्वपूर्ण छ!' भनेर नारा लगाइरहेका थिए । केही प्रदर्शनकारीहरू बारिकेडहरू बीचमा उभिएका थिए, जसले बन्धकहरूलाई प्रतिनिधित्व गरेको देखिन्थ्यो।

छुरा प्रहारबाट दुई जनाको मृत्यु पछि इजरायली मन्त्रीले जनतालाई भने-'ज्यान जोगाउन आवश्यक हतियार लैजानू'

एजेन्सी ।तेल अवीव नजिकै रहेको इजरायली शहर होलोनमा छुरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुने दुई जनामध्ये ६६ वर्षीया महिला र लगभग ८० वर्षीय पुरुष रहेकोका छन्। घटनामा अन्य दुई जना घाइते भएका छन्। प्रहरीले आक्रमणकारी वेस्ट बैंक निवासी भएको र घटनास्थलमा निष्क्रिय पारिएको बताएका छन्। उनलाई अस्पतालमा पुर्‍याइएपछि मृत घोषित गरिएको थियो। प्रहरी प्रवक्ताले भनेका छन्, “घटनास्थलमा व्यापक खोजी कार्य भइरहेको छ, जसमा हेलिकप्टर र अन्य साधन प्रयोग भइरहेको छ।” इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेनग्भिरले आक्रमण पछि इजरायली जनतालाई आवश्यक हतियार लैजान आह्वान गरेका छन्। महमूद इल्यानएपी इजरायलका राज्य सुरक्षा मन्त्री इतामार बेनग्भिरले आक्रमण स्थलको भ्रमण गरेका छन् र इजरायलीहरूलाई हतियार लैजान पुनः आह्वान गरेका छन्। 'म पीडित परिवारहरूसँग दुःखमा सहभागी छु र घाइतेहरूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो युद्ध केवल इरानसँग मात्र होइन, यहाँका सडकहरूमा पनि हो। यही कारणले हामीले इजरायलका जनतालाई हतियार दिएको हो। पछिल्लो आठ महिनामा १,५०,००० भन्दा बढी हतियारको लाइसेन्स दिइएको छ,' उनले भने, 'हतियार लैजानुहोस्, यसले ज्यान बचाउँछ।' प्यालेस्टिनी सशस्त्र समूहहरूले होलोनमा भएको आक्रमणको खुशी मनाएको सिएनएनले जनाएको छ । जसमा सशस्त्र समूहहरूको छाता संगठन पपुलर रेजिस्टेन्स कमिटिज र अलकासम ब्रिगेडहरूले सामाजिक सञ्जालमा समर्थन सन्देश पोस्ट गरेको बताइएको छ ।

मध्यपूर्वमा अशान्तिको चिन्ता : हमासका नेताको हत्या अमेरिकाले गरेको इरानको आरोप

जेरुसेलम । हमासका नेता इस्माइल हानियेको इरानमा हत्या भएपछि इरानले यो हत्याको आरोप अमेरिकालाई लगाएको छ । यस घटना र इजरायल हमास युद्धलाई लिएर पक्ष विपक्षमा बहस हुनुका साथै, अबको मध्यपूर्वले लिने बाटोका बारेमा चासो चिन्ता बढेर गएको छ । संयुक्त राष्ट्र सङ्घका लागि प्यालेस्टाइनका डेपुटी पर्मानेन्ट अफिसर फेदा अब्देलहादी नासेरले इजरायलले मध्यपूर्वमा अपराध गरीरहेको तथा राष्ट्र सङ्घले यसलाई रोक्न नसकेको आरोप लगाएकी छिन्। उनले गएको ३०० दिनमा एक लाख ३० हजार प्यालेस्टाइनी मारिएकाले यस पारदर्शिता खोजिरहेको पनि बताइन्। इरान भने अमेरिका प्रति नै आक्रामक भएको छ। इरानले अमेरिकाको संलग्नता बिना हानियेको हत्या हुनै नसक्ने जनाएको छ। बुधबार नै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा इरानका स्थायी प्रतिनिधि सइद इराभानीले सो कुरा राखेकी हुन्। अमेरिकाले भने संयुक्त राष्ट्र सङ्घले इजरायललाई साथ दिने पर्ने अडान राखेको छ। अमेरिकी डेपुटी एम्बसडर रोबर्ट उडले हलिबूल्लाह लगायत आतङ्कवादी समूहको आक्रमण बाट बचाउन इजरायललाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। त्यसैगरी बुधबार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा यस विषयमा कुरा राख्दै इजरायलका जोनाथन मिलरले इरानले अपराधीलाई संरक्षण गरेकाले यसमा सुरक्षा परिषद्ले चासो दिनु पर्ने बताए। उनले हमास र हजिबुल्लाहलाई इरानले संरक्षण दिएका कारण मध्यपूर्वमा समस्या बढेको बताए। इजरायलले हानियेको हत्या कस्ले गर्यो भन्ने संसय पैदा भैरहेका बेला सो हत्याको जिम्मेवारी लिने र नकार्ने काम कसैले गरेका छैनन् । संयुक्त अरब इमिरेट्सले भने कसैको पक्ष लिएको छैन। इमिरेट्सका विदेश मन्त्री अनबर मोहम्मद गरगासले पछिल्लो घटना क्रमले मध्यपूर्वमा अशान्ति बढ्दै गएको र सबै देशमा यसको असर परेको बताएका छन्। उनले यो क्रम रहे सिङ्गो मध्यपूर्व नै समस्यामा रहन सक्ने कुरामा समेत जोड दिएका छन्।

हमासका नेता हानियाको इरानमा हत्या

तेहरान ।  हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा हत्या गरिएको जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनको भएको जनाएको छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन।   हमासका अनुसार हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका थिए । उनी कतारमा बस्दै आएका थिए । इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । हानिया मारिएको पुष्टि इरानका सञ्चार माध्यमले पनि गरेका छन् । इस्माइल हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए ।   उनी प्यालेस्टाइन प्राधिकरणका दशौं सरकारका प्रधानमन्त्री पनि हुन् । उनको उपनाम अबू अल अब्द हो । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो ।  उनलाई इजरायलले १९८९मा तीन वर्ष कैद गरेको थियो । अमेरिकी विदेश विभागले सन् २०१८मा उनलाई आतंकवादी घोषणा गरेको थियो ।

डेमोक्रेटिक पार्टीबाट कमला राष्ट्रपति उठ्ने, बाइडेन पछि हटे

वासिंटन ।अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उमेदवारीबाट पछि हटेका छन्।उनी आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि आएपछि हटेको बताइएको छ । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन्। बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन्। उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्। 

कोटा प्रणालीविरुद्ध बंगलादेशमा चर्कियो विद्यार्थी प्रर्दशन, कम्तिमा १७ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा केही दिन देखि सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका विद्यार्थीहरुको प्रर्दशन चर्किएको छ भने प्रर्दशनलाई दबाउन खोज्दा हिंसात्मक बनेको छ । सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए। निजामति सेवाका प्रावधान र जागिरको ग्यारेन्टीको माग गर्दै भएको प्रर्दशनमा परि कम्तिमा १७ जनाको मृत्यु भएको सञ्चार माध्यामहरुले जनाएका छन् । सरकारले प्रर्दशनलाई कमजोर पार्न टेलिफोन र इन्टरनेट सेवा बन्द गरिदिएको छ भने हजारौं विद्यार्थीहरु ढुङ्गा र लाठि लिएर प्रर्दशनमा निस्किएका छन्।सरकारको अवरोधकाबीच प्रर्दशनमा आएका विद्यार्थीहरु र प्रहरीबीच झडप हुँदा प्रर्दशनमा अप्रिय घटना घटेको हो। सो क्रममा प्रहरीले गोली चलाउदा ११ जनाको प्रर्दशन स्थलमै मृत्यु भएको बताइएको छ। भने कम्तिमा १७ जनाको प्रर्दशनका क्रममा मुत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । साथै, प्रहरीको गोली लागि एक जना बस चालकको समेत मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।त्यसैगरी, ढाकाको दक्षिणपूर्वमा रहेको सहर नारायणगञ्जमा दुई जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।प्रर्दशनमा प्रहरी दनमन हुँदा हजारौं घाइते भएका छन् । बंगलादेशका सायक सूचना प्रविधि मन्त्री जुनैद अहमद पलकले सामाजिक सञ्जालमा 'विभिन्न अफवाहहरू र अस्थिर अवस्था सिर्जना भएको कारण, सो रोक्न मोबाइल इन्टरनेट' अस्थायी रूपमा बन्द गरिएको बताए। बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ। प्रर्दशनमा संलग्न विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्। राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन्। यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग (बीसीएल) पनि संलग्न देखिएको छ।  

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौँ ।निर्वाचनमा होमिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ। बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भएको थियो । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए।  गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा  खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यही समयमा यो रोग आएको हो ।  राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ ।  त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ । 

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं ।  कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान मायामीस्थति हार्ड रक स्टेडियममा भएको फाइनलमा निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  निर्धारित ९० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि अतिरिक्त समयको दोस्रो हाफमा अर्जेन्टिनाले १ गोल गर्दै फाइनल आफ्नो पक्षमा ल्याएको हो । अतिरिक्त समयको अन्तिममा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बन्यो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गर्न सफल भएका हुन्। लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए। च्याम्पियन बनेपछि अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टिम बनेको छ । यसअघि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेका थिए।यो जीतसँगै अर्जेन्टिनाले उरुग्वेलाई पछि पारिसकेको छ। यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ। अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो।

ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

पेन्सिलभानिया । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान० गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको छ । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ । घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारेमा थप जानकारी भइसकेको छैन । यद्यपि, अनुसन्धान भइरहेको बताइएको छ । राष्ट्रपति जो बाइडेनलाई घटनाको बारेमा तत्कालै ब्रिफिङ गरिएको थियो । उनी त्यसबेला डेलाभरमा थिए । बाइडेनले  अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको  बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् ।  उनले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् । यस्तै, पूर्वसभामुख नान्सी पेलोसीले पनि घटनाको निन्दा गर्दै ट्रम्प सकुशल रहेकोमा भगवानलाई धन्यवाद भनेकी छन् । अमेरिकाका विभिन्न राजनीतिक नेताबाट घटनाको निन्दा गर्ने क्रम जारी छ ।बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि सो घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाको निन्दा गरेका छन्।