मेक्सिकोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५८ पुग्यो

मेक्सिको, भदौ २४ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ५८ पुगेको छ । दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर शुक्रबार ८ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पका कारण कम्तिमा दुई सय जना घाइते भएका छन् । भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।

भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् । त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटीले जनाएको छ । यस्तै चियापासमा १० तथा ताबास्कोमा तीन जनाको शव भेटिएको कमिटीले जनाएको छ । भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ ।

युरोपियन युनियनद्धारा उत्तर कोरियाविरुद्ध थप नाकाबन्दीको तयारी

भदौ २३ । युरोपियन युनियनले उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी युनियनका कूटनीतिक प्रमुखले दिएका  छन् । उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको समाचारमा उल्लेख गरिएको छ । संस्थाका कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले भने उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने बारेमा मैले मन्त्रिपरिषदका सदस्यहरुलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ । उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणागर्ने जनाएका छन् । सो आणविक परीक्षणको विरोधगर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको जनाइएको छ ।

चिनियाँ राष्ट्रपति लीले छिट्टै नेपाल भ्रमण गर्ने

काठमाडौं, भदौ २३ । चिनियाँ राष्ट्रपति ली खछ्याङ ले छिट्टै नेपाल भ्रमण गर्ने भएका छन् ।  चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बिहीबार भएकाे भेटमा प्रधानमन्त्री ली खछ्याङले यस्ताे बताएका हुन् । नेपाली अधिकारीका अनुसार उच्चस्तरीय भेटवार्तामा चिनियाँ पक्षले राष्ट्रपति सी जिनपिङ्को नेपाल भ्रमणका लागि तत्काल उपयुक्त वातावरण नरहेको सन्देश महरालाई दिएको छ । भेटमा परराष्ट्रमन्त्री महराले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको दोहोर्‍याए । चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले महरालाई नेपालले निरन्तर रूपमा चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि अनुरोध गरिरहेको उल्लेख गरे । उनले भने, ‘हामीले पनि राष्ट्रपतिको नेपाल भ्रमण हुनुपर्छ भन्नेमा जोड दिइरहेका छौं । उपयुक्त समयमा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ । हाम्रो राष्ट्रपतिको भ्रमणमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने दीर्घकालीन महत्वका विषय समेटिनुपर्छ । भ्रमण केवल भ्रमणका लागि मात्र सीमित हुनुहुँदैन ।’ उनले भ्रमणको प्रतिफलमा ध्यान दिनुपर्ने बताए । विदेशमन्त्री भइसकेका उनी मन्त्रीभन्दा माथिल्लो तहका अधिकारी हुन् । राष्ट्रपतिको भ्रमण केवल भ्रमणका लागि भ्रमणजस्तो मात्र हुनुहुँदन । दीर्घकालीन सोच राखेर भ्रमण हुनुपर्छ, ताकि सम्बन्धले नयाँ उचाइ लिन सकोस् : चीन चिनियाँ प्रधानमन्त्री ली खछ्याङले राजनीतिक स्थिरताको बाटोमा नेपाल अघि बढेकामा चीन खुसी रहेको बताए । ‘दुई चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकामा हामी बधाई दिन चाहन्छौं । तेस्रो चरणको चुनावमा सफलताको कामना गर्छौं’, उनले भने । उनले चिनियाँ रेल नेपालसम्म विस्तार भएको हेर्न नेपाली जनता आतुर रहेको जानकारी आफूलाई भएको बताए । ‘नेपालसम्म रेल विस्तारका लागि भौगोलिक जटिलता पनि छन्’, प्रधानमन्त्री लीले भने, ‘जस्तोसुकै चुनौती आए पनि हामी परियोजना अघि बढाउनेछौँ । यसका लागि हाम्रा सम्बन्धित सरकारी निकायलाई आवश्यक अध्ययन गर्न व्यक्तिगत रूपमा मैले निर्देशन दिइसकेको छु ।’ मन्त्री महराले चिनियाँ प्रधानमन्त्रीसँग चिनियाँ रेल नेपालसम्म विस्तार गर्ने विषय बेल्ट एन्ड रोड अवधारणाको मुख्य अंग होस् भन्ने नेपालको चाहना रहेको बताए । चिनियाँ प्रधानमन्त्रीले स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन र सीमापार आर्थिक क्षेत्र निर्माणलाई चाँडै टुंग्याउन आग्रह गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले बेल्ट एन्ड रोड अवधारणालाई व्यावहारिक कार्यान्वयनमा लैजान दुवै मुलुकले मिलेर काम गर्नुपर्ने बताए । ‘हामी नेपाललाई अटुट सहयोग गर्नेछौं’, उनले भने । परराष्ट्रमन्त्री महराले अरनिको राजमार्गलाई पुनः सञ्चालनमा ल्याउन गरेको आग्रहमा वाङले त्यसप्रति सकारात्मक रहेको बताए । नेपाल-चीनबीच भएका पारवहन यातायात सम्झौता र बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागिताबाट सम्बन्ध अघि बढाउन ठूलो सहयोग मिलेको वाङले बताए । ‘हामीले यी सम्झौताको व्यावहारिक कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्छ । हामी पारवहन सम्झौताको प्रोटोकल अध्ययन गरिरहेका छौं’, उनले भने ।  

२४ वर्षअघिको मुुम्बई बमकाण्डका दोषीलाई मृत्युदण्ड

भदाै २२ । १९९३ को मुम्बई बम काण्डका दोषीलाई टाडाको विशेष अदालतले कठोर सजाय सुनाएको छ । अदालतले बम काण्डका मुख्य अभियुक्त ताहिर मर्चेन्ट र फिरोजलाई मृत्युदण्डको फैसला सुनाएको हो । साथै अण्डरवल्र्ड डन अब सलेम र करीमल्लाहलाई जन्मकैदको सजाय र २२ लाख नगद जरिवाना पनि तोकेको छ । अदालतले भनेको छ यदि उनीहरुले जरिवाना तिर्न आनकानी गरेमा थप दुई वर्ष जेल सजाय हुने छ ।

‘इर्मा’ नामक समुद्री आँधीले जनजिवन अस्तव्यस्त

क्यारिबियन । क्यारेवियन क्षेत्रमा आएको समुद्री आँधीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । इर्मा नामक सो आँधी करिव ३०० किलोमिटर प्रतिघण्टाको वेगमा आएको एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले बताएका छन् । आँधीका कारण एक जनाको मृत्यु भइसकेको र अन्य १६ सय जनाको बसोबास रहेको उक्त टापुका सबै भवन भत्किएको उनले बताए । क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा आँधीले बढी क्षति पुर्‍याएको हो । फ्रान्सेली टापु सेन्ट मार्टिन र सेन्ट बार्टसमा बढी भौतिक क्षति भएको हो । इर्मा आँधीको प्रभाव क्यारेबियन टापुहरु बर्बुडा र एन्टिगुवामा समेत परेको छ । बर्बुडाका ९० प्रतिशत भवनमा आँधीले क्षति पुर्‍याएको छ । अहिले यो आँधी नर्दन भर्जिन आइल्यान्डतर्फ गएको छ । आँधीका कारण पोर्टओ रिको, डोमेनिकल रिपब्लिक, ब्रिटिस भर्जिन आइल्यान्डसहितका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिइएको छ ।

यस कारण चीन, उत्तर कोरियाको ढाल बनेर उभिन्छ

पिपल्स रिपब्लिक चाइना अर्थात् चीन एक यस्तो देश हो, जसको आफ्नो सानो उत्तर–पूर्वी छिमेकी देशको साथमा निकै गहिरो सम्बन्ध छ । यसको एउटा कारण दुवैबीच सम्पन्न दुई सन्धिमा गरिएको प्रतिबद्धता पनि हो । उत्तर कोरिया एक मात्र यस्तो देश हो, जसको चीनसित यस्तो सन्धि भएको छ । यसैअन्तर्गत दुवै राष्ट्रले एक–अर्कालाई सहयोग गर्नु जरुरी छ । जुलाई १९६१ म हस्ताक्षर भएको यस सन्धिमा जम्मा सात अनुच्छेद छन् । यसको दोस्रो अनुच्छेद निकै महत्वपूर्ण छ । यसमा लेखिएको छ– हस्ताक्षर गर्ने दुवै पक्ष संयुक्त रूपमा यसमा सहमत छन् कि कुनै पनि देशद्वारा हुने कुनै पनि आक्रामकतालाई रोकिनेछ । युद्धको स्थितिमा पनि सहयोग गर्नुपर्ने यसमा अगाडि भनिएको छ कि यदि एउटा पक्षमाथि कुनै अर्को या कैयौँ अन्य राष्ट्र मिलेर आक्रमण गर्छन् र ऊ युद्धमा सामेल हुन्छ भने दोस्रो पक्षले यसलाई समाप्त गर्न तत्काल सैनिक र अन्य साधनबाट मद्दत गर्नेछ । संक्षिप्तमा यो बुझ्न सकिन्छ, यदि उत्तर कोरियामाथि अमेरिका या दक्षिण कोरियाले आक्रमण गरे भने चीनको भूमिका के हुन्छ ? भन्ने प्रश्नको जवाफ यही अनुच्छेदबाट अवश्यै प्राप्त हुन्छ । यस सन्धिअनुसार एक पक्ष दोस्रो पक्षको युद्धमा सामेल हुन बाध्य छ । चीन सामेल भएको थियो युद्धमा यसका अतिरिक्त अरू पनि कैयौँ उदाहरण छन् । यस सन्धिभन्दा पहिले १९५० मा चीनले कोरियाली युद्धमा संयुक्त राष्ट्र संघको सेना उत्रिएपछि आफ्ना लाखौँ सैनिकलाई उतारेको थियो । उत्तर कोरियाको रक्षा र मध्यवर्ती क्षेत्रको आधारमा हेर्दा यो निकै ठूलो सैनिक सम्पत्ति थियो । यो सन्धि अहिले पनि अस्तित्वमा छ । यद्यपि जब यसमा हस्ताक्षर गरिएको थियो, त्यहाँदेखि यहाँसम्म चीनमा निकै ठूलो परिवर्तन भएको छ । सन् १९७६ मा चीनका शासक माओको मृत्युपछि यस देशले समाजवादको एक आदर्शवादी संस्करणको पालना गर्दै यसमा निकै ठूलो सुधार गरेको छ । यसैको परिणामस्वरूप आज चीनको प्रणाली निकै जटिल छ । यसको अर्थ व्यवस्था र भूराजनीतिक महत्व बढेको छ । उत्तर कोरियाबाट लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ । उसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ । चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल्वे लाइनमा समेत छ । उत्तर कोरियाका लागि विषय निकै अलग भएका छन् । तीव्र प्रयासको बाबजुद पनि पछिल्ला तीन दशकमा नियन्त्रित सुधारमा निकै कम सफलता प्राप्त भएको छ । उत्तर कोरियाले चिनियाँ मोडल अपनाएन २००० को सुरुवातमा चीनले उत्तर कोरियाका तत्कालीन शासक किम जोङ इलको स्वागत गरेको थियो । चीनले उनलाई सांघाईमा ‘स्पेसल इकोनोमिक जोन’ देखाएको थियो र उदाहरण दिएको थियो कि कसरी पुँजीवादी पश्चिमा देशको विनिर्माण र निर्यातलाई सेवा दिँदै माक्र्सवाद–लेनिनवादी प्रणालीलाई कायम राख्न सकिन्छ । चीनको यस प्रयासबाट उत्तर कोरियालाई कुनै सहयोग प्राप्त भएन । ऊ आफ्नो ‘जुसे’ विचारधाराअनुसार नै चलिरह्यो । यो एक राष्ट्रवादी विचारधारा हो, जसको उद्देश्य कुनै अर्काे मोडलको नक्कल गर्नुबाट रोक्नु हो । यसकारण उत्तर कोरियामा यस समय जुन बजार अस्तित्वमा छ, त्यो अत्यधिक सीमाबद्ध र देशको सैन्य उद्देश्य एवं शासनको सहायकको भूमिकामा छ । सोभियत संघ थियो संरक्षक चीनको वर्तमानमा सबैभन्दा ठूलो शक्ति उसको व्यापार, सहायता र ऊर्जा हो । १९९१ मा जब सोभियत संघको विघटन भयो, तब उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण संरक्षक रातारात गायब भएको थियो । त्यसपछि उत्तर कोरियाको चीनमाथिको निर्भरता बढ्यो, जुन अब एकाधिकारका रूपमा उपस्थित छ । उत्तर कोरियाको ८० प्रतिशत तेल चीनबाटै आउँछ । कोइलाको आयात पनि चीनबाटै हुने गथ्र्यो । यद्यपि, उत्तेजक व्यवहारपछि पछिल्लो वर्ष जुलाईमा उसमाथि प्रतिबन्ध लगाइएको थियो । चीन आफ्नो यस सम्झौताका कारण आफू फसेको महसुस गर्ने गर्छ । उत्तर कोरियाले लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ । यसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ । चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल लाइनमा समेत छ । (ब्राउन लन्डनस्थित किंग्स कलेजका प्राध्यापक हुन्) – बिबिसी हिन्दी डट कमबाट

उत्तर कोरियाविरुद्ध सैन्य कारवाही प्राथमिकता होइन : ट्रम्प

वासिंटन, भदौ २२ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य कारवाही आफ्नो प्रशासनको पहिलो प्राथमिकता नरहेको बताएका छन् । परमाणु हतियारको लगातार परीक्षण गर्दै आएको उत्तर कोरियासँग अमेरिकाको वाकयुद्ध जारी छ । यद्यपि अमेरिकाले सैन्य कारवाही गर्ने आँट गर्न सकेको छैन । संयुक्त राष्ट्रसंघमा अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन माग गरेको छ । उत्तर कोरियामाथि कच्चा तेलमा कटौति गर्न अमेरिकाले प्रस्ताव गरेको हो । तर अमेरिकाको सो प्रस्तावलाई रुसले ठाडै अस्वीकार गरेको छ । रुससँग राष्ट्रसंघमा भिटो प्रयोग गर्ने अधिकार सुरक्षित छ । त्यसैले पनि अमेरिकाको प्रस्ताव पारित हुने सम्भावना नदेखिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई उत्तर कोरियाको भड्काउपूर्ण गतिविधि नियन्त्रणमा सहयोगका लागि आग्रह गर्दै आएका छन् । चीनले उत्तर कोरियालाई परमाणु कार्यक्रम स्थगित गर्न र अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्न सुझाव दिएको छ । यसैबीच उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षणका लागि तयारी गरिरहेको समाचार प्राप्त भएको छ । केही अघिमात्र जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूतले अमेरिकाका लागि आफूले बारम्बार परमाणु परीक्षण गरेर गतिलो ‘उपहार’ दिएको बताएका थिए । उनले यस्ता उपहार अझ दिन आफ्नो मुलुक तयार रहेको बताएका छन् । उत्तर कोरिया र अमेरिकाबीचको तनाव कम गर्नका लागि कुटनीतिक प्रयास प्रभावकारी हुन सकिरहेको छैन । अमेरिकाले सैन्य कारवाहीमा जान हिच्किचाइरहेको र उत्तर कोरियाले पनि परमाणु कार्यक्रम रोक्न अस्वीकार गरिरहेको अवस्थामा जारी तनाव कसरी अन्त्य होला भन्ने प्रश्नको सटिक जवाफ प्राप्त हुन सकेको छैन ।

‘इर्मा’ आँधीले क्यारेवियन क्षेत्रको जनजीवन अस्तव्यस्त

काठमाडौं, भदौ २२ । क्यारेवियन क्षेत्रमा आएको समुद्री आँधी इर्माले ठूलो क्षति पुर्‍याएको छ । क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा आँधीले बढी क्षति पुर्‍याएको हो । फ्रान्सेली टापु सेन्ट मार्टिन र सेन्ट बार्टसमा बढी भौतिक क्षति भएको छ । प्रतिघण्टा २ सय ९५ किलोमिटरको रफ्तारमा आएको यो आँधी हालसम्म रेकर्ड गरिएको मध्येकै शक्तिशाली भएको बताइएको छ । आँधीका कारण क्यारेवियन क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । समुद्री आँधीमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले आँधीले भौतिक क्षति बढी भएको र जनजीवन अस्तव्यस्त बनाएको बताएका छन् । इर्मा आँधीको प्रभाव क्यारेबियन टापुहरु बर्बुडा र एन्टिगुवामा समेत परेको छ । बर्बुडाका ९० प्रतिशत भवनमा आँधीले क्षति पुर्‍याएको छ । अहिले यो आँधी नर्दन भर्जिन आइल्यान्डतर्फ गएको छ । आँधीका कारण पोर्टओ रिको, डोमेनिकल रिपब्लिक, ब्रिटिस भर्जिन आइल्यान्डसहितका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिइएको छ ।

रोहिंज्या समस्याः मोदीद्वारा म्यानमारकी नेतृ सूकीको समर्थन

काठमाडौं, भदौ २१ । म्यानमार भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको रोहिंज्या समस्यालाई लिएर म्यानमारकी नेतृ आङ्ग सान सूकीले लिएकाे अडानको समर्थन गरेका छन्। ‘तपाईंले सामना गरिरहेको अप्ठेरा तथा चुनौति हामी पूर्ण रुपमा बुझ्छौं। राखाइन राज्यमा भएका अतिवादी हिंसा, विशेषगरि सुरक्षा फौज विरुद्धका हिंसा अनि निर्दोषहरुलाई परेको असर तथा उनीहरुको ज्यान गएको प्रति तपाईंले दर्शाएको चिन्ता हाम्रो पनि हो,’ मोदीले भने। यसअघि म्यानमारकी नेतृ सूचीले पछिल्लो रोहिंज्या संकटबारे पहिलो पटक प्रतिक्रिया दिंदै उनको सरकारले राखाइन राज्यमा सबैलाई सुरक्षा दिइरहेको बताएकी छन्। उनले गलत सूचना फिंजाएर त्यहाँको संकटलाई तोडमोड गरिएको भनेर आलोचना गरेकि छन्। रोहिंज्या मुसलमान समुदाय विरुद्ध म्यानमारको सेनाले जथाभावी हिंसा मच्चाएको भन्ने खबरहरुको उनले खण्डन गरिन्। नोबेल पुरस्कार विजेता सूची पछिल्लो हिंसा र रोहिंज्या मुसलमानहरुको दुर्दशाबारे मौन बसेको भनेर आलोचित भएकि थिइन्। गत दुई सातामा म्यानमारमा अल्पसंख्यक रोहिंज्या मुसलमानहरुविरुद्ध हिंसा मच्चिएका कारण सवा एक लाख शरणार्थी भागेर बांग्लादेश पुगेका छन्।बिबिसी

भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

काठमाडौं, भदौ २१ । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो । ५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् । चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए । गौरीले सोही पत्रिकामार्फत् आफ्नो पत्रकारिता यात्रा अघि बढाएकी थिइन् ।

पाकिस्तानमा डेंगुका कारण १७ जनाको मृत्यु, ४ हजार बढी प्रभावित

काठमाडौं, भदौ २१ । पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ । लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् । गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएको अधिकारीहरुले जनाएका छन् । डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ । उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेकाले विशेष निगरानीमा राखेर नियमित औषधि सेवन गराइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

‘उत्तर कोरियाले युद्धका लागि ललकार्‍यो’

भदौ २० । उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि बसेको सुरक्षा परिषद्को आकस्मिक बैठक उक्त विषयलाई लिएर अमेरिका र चीनबीच रहेको दुरी कम गर्न विफल भएको छ । तर सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरुले उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षणको निन्दा भने गरेका छन् । बैठकमा अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरिया विरुद्ध थप कडा कदम चालिनुपर्ने बताइन् । प्योङयाङको साझेदार रहेको चीनले भने सबै पक्षलाई वार्तामा फर्कन पुनस् आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ आफ्नो नाम अनुसार परिणाम दिन विफल भएको भन्ने रुपमा सुरक्षा परिषद्को बैठकका क्रममा देखिएको पछिल्लो विभाजनलाई लिन सकिन्छ । सुरक्षा परिषद् उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई निन्दा गर्न एकमत भएर उभियो । तर त्यसलाई लिएर कस्तो कदम चाल्ने भन्नेबारे छलफल गर्दा उक्त एकता समाप्त भइहाल्यो । अमेरिकी राजदूत निक्की हेलीले प्योङयाङले युद्धका लागि ललकारिरहेको भन्दै सम्भव भएसम्मको कडा कूटनीतिक कारबाही गरिनुपर्ने अडान लिइन् । उनले भनिन्, “परमाणु शक्ति सम्पन्न राष्ट्र हुनु भनेको ती घातक अस्त्रहरु प्रयोग गरेर अरुलाई तर्साउनु होइन्, परमाणु शक्ति राष्ट्रले आफ्नो जिम्वेवारी बुझेका हुन्छन्, किम जोङ उनले त्यस्तो जिम्मेवारी बुझेको देखिदैँन, जथाभावी क्षेप्यास्त्र र परमाणु अस्त्र प्रयोग गरेर उनले युद्धका लागि ललकारीरहेका छन् ।” उनले आगामी हप्ता प्रस्तुत गर्ने गरी उत्तर कोरियामाथि लगाइने नयाँ प्रतिबन्धहरुको खाका अमेरिकाले तयार पारिरहेको जानकारी दिइन् ।अमेरिकाको धारणालाई जापान, दक्षिण कोरिया र संयुक्त अधिराज्यले समर्थन गरेका थिए । तर रुसको समर्थन पाएको चीनले पुनस् वार्तामा फर्कनुपर्ने भन्दै आफूले कोरियाली प्रायद्वीपमा अस्तव्यस्तताको अवस्था कहिल्यै आउन नदिने धारणा प्रस्तुत गरेको छ। यो हप्ता न्यूयोर्कमा रहेका कूटनीतिज्ञहरुले उत्तर कोरियाली मामिलामा सुरक्षा परिषद् कसरी एकमत हुनसक्छ भनेर छलफल गर्नेछन् । तर प्रारम्भिक संकेतले समझदारी अझै टाढा नै रहेको देखिन्छ ।

पार्टटाइम जागिर पनि गर्छ्न यो देशका राजा

काठमाडौं, भदौ २० । मन्त्री, प्रधानमन्त्री होइनन्, उनी राजा हुन, विकसित देशका राजा । सुन्दा अचम्म लाग्छ, तर उनी पार्ट टाइम जागिर पनि गर्छ्न । यो रहस्य पनि उनी राजाले खोलेका हुन । नेदरल्याण्ड, यूरोपको एउटा सम्पन्न देशका रुपमा चिनिन्छ । त्यहाँका राजाको नाम हो विलियम एलेक्जेण्डर । उनी पेशाले पाइलट हुन । उनले नै आफू पार्ट टाइम पाइलटको जागिर गर्ने गरेको खुलासा गरेका हुन । पाइलटको भेषमा जाँदा कसैले पनि नचिन्ने भएकाले यो रहस्य अरुलाई थाहा नभएको उनको दावी थियो । पाइलटको जागिर उनी अहिले मात्रै गर्न थालेका भने होइनन् । विगत २१ वर्षदेखि उनी पाइलटको जागिर गरिरहेका छन् ।

सुरक्षा परिषदको बैठकमा चीन र अमेरिकाबीच भनाभन

वाशिङ्गट्न डिसी, भदाै २० । उत्तर कोरियाले एकपछि अर्को परमाणु हतियारका परीक्षणपछि बोलाइएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आपतकालिन बैठकमा चीन र रुसबीच भनाभन भएको छ । सुरक्षा परिषदको बैठकमा अमेरिकाले उत्तर कोरियाले विश्व समुदायलाई नै जिस्क्याएको भन्दै कडा भन्दा कडा प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव ल्याएको थियो । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलेले अत्ति नै भइसकेको अवस्था भएकोले अब भने कडा कदम चाल्नुपर्ने माग गरेकी थिइन । अमेरिका युद्दको पक्षमा नरहेपनि उत्तर कोरियाको व्यवहार टुलुटुलु हेरेर पनि बस्न नसक्ने उनको प्रतिक्रिया थियो । चीनियाँ प्रतिनिधिले भने उत्तर कोरियाको समाधान युद्दबाट समाधान हुन नसक्ने बताए । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई स्वीकार्दै परमाणु हतियारको विकास र प्रदर्शन रोक्नुपर्ने चिनियाँ पक्षको टिप्पणी थियो । “तर अमेरिकाले पनि दक्षिण कोरियासँग मिलेर कोरियाली प्रायद्विपमा शुरु गरेको सैन्य अभ्यास रोक्नुपर्छ । शान्तिपूर्ण तरिकाले मात्रै कोरियाली समस्या समाधान हुन सक्छ ।” बैठकमा चीनले भन्यो । चीनको यो प्रतिक्रिया पुरा हुन नपाउँदै अमेरिकी राजदूतले भने “इन्स्लटिङ प्रपोजल” अर्थात् अपमानजनक प्रस्ताव भन्दै बिरोध गरिन । त्यसपछि दुबै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो । रुसले भने चीनको कदमको बचाऊ गरेको छ । कोरियाले परमाणु अस्त्र विकास गर्नु गलत भएको र ऊविरुद्द तेल आयातलगायतका अन्य प्रतिबन्ध लगाउन रुस सहमत भएपनि समस्याको समाधान युद्दबाट हुन नसक्ने बैठकमा रुसले प्रष्ट पारेको थियो । अमेरिकाले चीनको प्रस्ताव लज्जाष्पद भन्ने टिप्पणी गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुसका प्रतिनिधिले भने प्रस्तावमा अपमान हुनुपर्ने त्यस्तो कुरा के रहेछ ? भन्दै अचम्म लागेको बताएका थिए । उत्तर कोरियासँग चीनको ठूलो व्यापार रहेकोले अमेरिकाले चीनसँग समेत सम्बन्ध विच्छेद गर्ने धम्की समेत यसअघि नै दिइसकेको छ । चीनले भने समस्याको शान्तिपूर्ण समाधान हुनुपर्ने र दुबै पक्षले उत्तेजना बढाउने हरेक गतिविधि बन्द गर्नुपर्ने माग गर्दै आएको छ ।

सेक्स पोजिसनको चक्करमा अस्पतालको बास

बैङ्कक, भदौ २० । सेक्सलाई असामान्य बनाउन खोज्दा थुप्रै दर्घटनाहरु हुने गरेका छन् । यस्तै घटना भएको छ सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा । एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा अहिले युवती अस्पताल भर्ना हुन पेगेकी छिन् । शीशाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको डेलीमेलले जनाएको छ । यौककर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । यस्तै गरिन ती युवतीले पनि । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् । उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको थियो । जब उनिहरु त्यहाँ पुगे युवतिको हालत निकै खराब थियो । बिस्तारा रक्ताम्य थियो । उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्याइएको थियो । जहाँ उनको थप उपचार भैरहेको छ । यो तस्विरहरुलाई Thanthong Nattapol ले सार्वजनिक गरेका थिए । उनले यो तस्विर सँगै लेखेका थिए, यो तस्विरलाई हेरेर सबैलाई होसियार रहन आग्रह गरेका थिए । ता कि कोहि उत्तेजनामा बहकिएर कोहि यस्तो घटनाको शिकार नहोउन् । नोटस्- “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला। सेक्स पोजिसनको चक्करमा अस्पतालको बास बेंकक, सेक्सलाई असामान्य बनाउन खोज्दा थुप्रै दर्घटनाहरु हुने गरेका छन् । यस्तै घटना भएको छ सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा । एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा अहिले युवती अस्पताल भर्ना हुन पेगेकीछिन् । सिसाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको डेलीमेलले जनाएको छ । यौककर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । यस्तै गरिन ती युवतीले पनि । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् । उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको थियो । जब उनिहरु त्यहाँ पुगे युवतिको हालत निकै खराब थियो । बिस्तारा रक्ताम्य थियो । उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्याइएको थियो । जहाँ उनको थप उपचार भैरहेको छ । यो तस्विरहरुलाई Thanthong Nattapol ले सार्वजनिक गरेका थिए । उनले यो तस्विर सँगै लेखेका थिए, यो तस्विरलाई हेरेर सबैलाई होसियार रहन आग्रह गरेका थिए । ता कि कोहि उत्तेजनामा बहकिएर कोहि यस्तो घटनाको शिकार नहोउन् । नोटस् “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

भारतलाई पाकिस्तानकै तनाव, ब्रिक्समा उत्तर कोरियाकै चर्चा

काठमाडौं, भदौ २० ।  बढ्दो भुराजनीतिक तनावबीच ब्राजि, रुस् भारत, चीन र दक्षिण अफ्रिकाको समुह ब्रिक्सका नेताहरुको सम्मेलन चीनको सियामेनमा जारी छ । सम्मेलनमा विश्वका तीब्र गतिमा अर्थतन्त्रको विकास गरिरहेका ५ देशका नेता एउटै मञ्चमा उभिएका छन् । आईतबार सुरु ३ दिने सम्मेलनमा आर्थिकसम्बन्ध सबैभन्दा महत्वपुर्ण मुद्धा हुने बताए पनि उत्तर कोरियाको हाईड्रोजन बम परक्षणले बैठकलार्य प्रभावित पारेको जनाईएको छ । यसले तथा भारत र चीनबीचको सीमाका कारण उत्पन्न तनावलाई समेत ओझेल पारेको सञ्चारमाध्यमले जनाएको छ । सम्मेलनको क्रममा खासगरी आर्थिक तथा ब्यापारिक विस्तार कोरियाली प्रायद्धीपमा जारी तनाव, बेल्ड एण्ड रोड ईनिसिएटिभ तथा नयाँ विकास बैंकसम्बन्धी मुद्धा प्राथमिकता साथ उठेका छन् । भारतलाई पाकिस्तानकै तनाव  चीनमा जारी सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले उर्जा तथा सीमापार आतंकवादका विषयमा प्राथमिकता साथ उठाएका छन् । ब्रिक्सको ९ औं सम्मेलनमा बोल्दै मोदीले भने, उर्जाको सस्तो, भरपर्दो र दिगो पहुँच ने हाम्रो विकासको आधार हो । नवीकरणीइ उर्जा खासगरी महत्वपुर्ण छ ।, व्रिक्स देशले पाकिस्तानले आंकवादी समुह लस्कर ए—तईवा र जैस ए—मोहम्मले ईस्लामिक स्टटेलाई सहयोग पुर्याएको भन्दै आलोचना गरेका छन्  ।, –कान्तिपुर दैनिकबाट