अनामिका बनिन पहिलो करोडपति
कौन बनेगा करोडपति–९ श्रृखंलाको पहिलो करोडपति बनेकी छन झारखण्डकी अनामिका मजुमदार ।अनामिकाले एक करोड नगद बाजी मारेकी हुन ।
उनी विजेता भएपछि कार्यक्रम प्रस्तोता भारतीय सुपरस्टार अभिताभ बच्चन निकै खुशी भएका थिए । खुशीले उनी मञ्चमै जोडले चिच्याएका थिए ।

कार्यक्रममा अनामिका एक करोडमा पुग्दा स्टेजको माहोल पुरै शुन्य र भावुक बनेको थियो । अनामिकाले एक करोड जितेपछि उनी र उनकी आमा खुशीले रोयका थिए ।
एक करोड जितेंसँगै अनामिकाको जीवन फेरिएको छ । उनी खुशीले निकै प्रफुलित छ । कुनै कार्यक्रमबाट जो कोहीले एक करोड जित्ने भन्ने कुरा सामान्य हुदै होइन ।
हिटलरको ‘मृत्यु शिविर: ६ वर्षमा ६० लाख मानिसको लाश
असोज ९ । बेलायतका प्रिन्स विलियम्स र उनकी श्रीमती केट मिडलटन आजकाल अहिले पोल्यान्डको यात्रामा छन् । योक्रममा रोयल कपल हिटलरले बनाएका यातना शिविर पनि पुगेका छन् । रोयल कपलले उक्त क्याम्पलाई युद्धको सबैभन्दा पीडादायी याद बताए । स्मरण रहोस्, सन् १९३३ मा जर्मनीका सत्तामा आसिन एडोल्फ हिटलरले त्यहाँ एक जातिवादी साम्राज्यसमेत बनाएका थिए । यहुदीका लागि हिटलरको यो घृणा होलोकास्टको रूपमा सार्वजनिक भयो । यहुदीलाई समाप्त गर्ने सिलसिला पोल्यान्डमा खोलिएको अशविच कन्सन्ट्रेसन क्याम्पबाट सुरु भएको बताइन्छ । पोल्यान्डको यो क्याम्पमा धर्म, जाति, विचारधारा र शारीरिक कमजोरीको नाममा लाखौं मानिसलाई ग्याँस च्याम्बरमा पठाइन्थ्यो । अनि यहूदी, राजनीतिक विरोधी, रोगी र समलिंगीहरुबाट जबर्जस्ती काम लिइन्थ्यो । त्यत्ति मात्रै हैन, क्याम्पलाई यसरी बनाइएको थियो कि त्यहाँबाट भाग्न असम्भव प्रायः थियो । वृद्धवृद्धा र रोगीलाई ग्याँस च्याम्बर मार्फत् मृत्यु दिइन्थ्यो । इतिहास अनुसार क्याम्पमा चार चिहान थिए, जहाँ हरेक दिन ४ हजार ७ सय शव जलाउन सकिन्थ्यो । जो ग्याँस चेम्बरबाट बच्थे, उनीहरूले काम गर्नुपर्थ्यो । अशविच क्याम्पनजिकै औद्योगिक क्षेत्र थियो । व्यापारी बन्दीहरूलाई त्यहाँ काम गराउन ल्याइन्थ्यो । के थियो होलोकास्ट ? होलोकास्ट इतिहासको त्यो नरसंहार थियो, जसमा ६ वर्षमा ६० लाख यहूदीको हत्या गरिएको थियो । यसमा बच्चाको संख्या मात्र १५ लाख थियो । थुप्रै यहूदी आफ्नो ज्यान बचाएर देश छोडेर भाग्न सफल भए । कोहीको भने कन्सन्ट्रेशन क्याम्पमा क्रूरताका लागि तड्पिएर मृत्यु भयो ।
उत्तर कोरियाको आरोप: ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडे
काठमाडौं, असोज १० । उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् । उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे । उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उनको भनाई थियो । तर ह्वाइट हाउसले भने उत्तर कोरिकाको टिप्पणीलाई बकबास भनेको छ भने पेन्टागनले उक्साउने काम रोक्न चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले भने दुई मुलुकलाई वार्तामा जोड दिएका छन् । यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेता किम जोङ उन धेरै दिनसम्म नरहने चेतावनी दिएका थिए । उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परिक्षण पछि अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध चरमस्थितिमा पुगेको छ ।
म्यानमारमा ‘हिन्दुको सामूहिक चिहान’ फेला
रखाइन, असोज १० । म्यानमारको रखाइन प्रान्तमा ‘हिन्दुको सामूहिक चिहान’ फेला परेको छ । रखाइन प्रान्तको एबव्क्य गाउँमा सेनाले सोमबार भेटिएको सामूहिक चिहानमा २८ ओटा शवमध्ये २० जना महिलाहरुको रहेको बताइएको छ । म्यानमार सरकारले उक्त चिहान हिन्दु गाउँलेहरुको रहेको बताएको छ । रखाइन प्रान्तका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायले नै हिन्दु गाउँलेकोे हप्याकाण्ड रचेको म्यानमार सुचना कमिटिले फेसबुक पोष्टमार्फत उल्लेख गरेको छ । वषौंँदेखी अत्याचार खेपिरहेका रोहिंग्या मुस्लिम समुदायले तयार गरेको सशस्त्र समूहले एक महिनाअघि सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेपछि त्यस क्षेत्रमा तनाब बढेको हो । अहिले उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ । संयुक्त राष्ट्रसंघले सैन्य कारवाहीलाई ‘जातीय सफाया’ भनेको छ । त्यस क्षेत्रबाट पलायन भएका ४ लाखभन्दा बढी रोहिंग्या मुश्लिम बंगलादेश पलायन भएका छन् । म्यानमार बौद्ध समुदायको बाहुल्य रहेको क्षेत्र हो ।
यी राष्ट्रहरु जसलाई अमेरिका भ्रमणमा समेत रोक लगाइएको छ
असोज ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका ८ वटा मुलुकलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको छ । उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलगायत विश्वका आठ मुलुकका नागरिकहरुले अमेरिका भ्रमणमा जान समेत नपाउने पाउँदैनन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो । आइतबार ह्वाइटहाउसले एक विज्ञप्तिमार्फत सार्वजनिक गर्दै उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई समेत अमेरिका प्रलेशमा प्रतिवन्ध लगाएको हो । सुरक्षाको कारण देखाउँदै अमेरिकाले ती देशका नागरिकहरुलाई आफ्नो देशमा प्रवेशमा निषेध गरेको छ । पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ । यसअघि इरान, लिबिया, सोमालिया, सिरिया र यमनलाई अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएको थियो । उक्त ९० दिन पनि आइतबार नै सकिएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकाले ती देशका नागरिकहरुलाई आफ्नो देशमा प्रवेशमा निषेध गरेको छ । अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गरेका हुन् । उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ । भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा कामगर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवम् सेना प्रहरीमाथि लगाइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाइएको छ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ । उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ ।
एङ्गेला मर्केल चान्सलरमा चौथो कार्यकालका लागि निर्वाचित
काठमाडौं, असोज ९ । जर्मनीको चान्सलरमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी छन् । जर्मनीमा भएको चुनावमा मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनी निर्वाचित भए पनि संघीय चुनावमा उनको पार्टी कन्जरभेटिभ सिडियु÷सिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन । उनको पार्टीले ३२ दशमलव ५ प्रतिशत मत ल्याउँदै संसद्को पहिलो पार्टी बन्ने देखिएको सर्वेक्षणहरुले देखाएका छन् । यसले संसद्मा पहिलो पार्टी बने पनि मर्केलको पार्टीले बहुमत भने नल्याउने पक्का भएको छ । यो पछिल्लो ७० वर्षमा सिडियु÷सिएसयु पार्टीको संघीय चुनावमा सबै भन्दा खराब नतिजा हो । मर्केलको पार्टीसँग अहिले गठबन्धनमा रहेको सोसल डेमोक्रयाटिक एसपिडी पार्टीले चुनावमा बेहोरेको हारपछि प्रतिपक्षमा जाने निर्णय गरेको छ । उसले जम्मा २० प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ । द नेसनलिस्ट एएफडी पार्टी संसद्मा तेस्रो पार्टी बन्ने देखिएको छ । उसले १३ दशमलव ५ प्रतिशत मत प्राप्त गर्ने बताइएको छ । झन्डै ६ दशकको इतिहासमा नेसनलिस्ट पार्टी जर्मनीको संसद्मा प्रवेश गर्न लागेको यो पहिलो पटक हो ।
उत्तर कोरिया नजिकै अमेरिकी बमवर्षक र युद्ध विमान उडान
काठमाडौं, असोज ८ । अमेरिकाले उत्तर कोरिया नजिकै बमवर्षक र युद्ध विमान उडान गरेको छ । दुई देशबीचको सम्बन्ध सत्रुताका रुपमा परिणत भइरहेका बेला अमेरिकाले बम वर्षक विमान उडान गरेको हो । शक्ति प्रदर्शन गर्ने उद्देश्यले अमेरिकाले बमवर्षक र युद्धविमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा उडान गरेको हो । २१ औं शताब्दीमा अमेरिकी युद्धविमान र बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो । यी विमान जापानको ओकिनावा र अमेरिकी क्षेत्र गुआमबाट उडेका थिए । अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनका प्रवक्ता डाना ह्वाइटले यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य भएको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न तयार भएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघका कोरियाका विदेश मन्त्री रि योङ होले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाती लक्ष्य लिएको आरोप लगाए ।
१८ जना भारतीय सांसद अयोग्य ठहरिएपछि अदालतको ढोकामा
नयाँदिल्ली, असोज ४ । दक्षिण भारतीय राज्य तमिलनाडुको सत्ताधारी दल ‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’का विभिन्न १८ जना सांसदले आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै उच्च अदालतमा निवेदन दिएका छन् । ‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’ दलका अयोग्य ठहरिएका १८ जना सांसदले सभामुख पि.धनपालले कानून विपरीत हुनेगरी आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मंगलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् । सांसदहरूको निवेदन उपर सम्भवत आगामी बुधबार सुनुवाई हुने जनाइएको छ । ‘मंगलबार अयोग्य घोषणा गरिएका सांसदका वकीलले मद्रास उच्च अदालतमा आफूमाथि लगाइएका अयोग्यको विल्लालाई रद्द गर्न निवेदन परेको छ,’ उक्त अदालतका अधिकारीले बताए । ती अधिकारीले भने ‘अदालतले यस बिषयमा सम्भवत भोली (बुधबार) सुनुवाई गर्नेछ ।’ राज्यका गभर्नरलाई सांसदले लेखेको पत्रमा समेत वर्तमान मुख्यमन्त्रीले जनताको विश्वास गुमाएका दावी गरिएको छ । अयोग्य ठहर गरिएका १८ जना सांसदले नत आफूहरूले आफ्नो दल छोडेको घोषणा गरेका छन् न कुनै दलमा एकता प्रक्रियामा समाहित भएका जनाएका छन् । गत बर्ष आकष्मिक रूपमा उक्त दलको सर्वोच्च नेतृ जयललिताको निधन भएपछि तामिलनाडुको सत्ताधारी दलमा विभाजन देखिएको छ ।
मेक्सिकोमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३८ पुग्यो (फाेटाे फिचर सहित)
मेक्सिको, मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परि मृत्यु हुने को संख्या १३८ नाघेको छ । गार्जियन न्यूज़ एजेंसीले जनाए अनुसार राजधानी मेक्सिको सिटीमा मात्र ३० बढ़ीको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ। ७.१ म्याग्नीच्यूडको भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको हो। उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्। उनीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन्। मेक्सिकोमा ३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो। मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र शहरभरका घरहरु खाली गराइएका थिए। मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो। यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा नब्बेजना मारिएका थिए। सबभन्दा पछिल्लो भूकम्पको केन्द्रबिन्दु मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गो रहेको छ।
इजिप्टमा ४३ जनालाई आजीवन काराबासको सजाय
काठमाडौं, असोज ३ । इजिप्टमा हिंसा भड्काएको आरोपमा ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको छ । सन् २०१३ मा राष्ट्रपति मोहमद मोर्सीलाई पदच्युत गर्ने अभियोगमा पक्राउ गरिएका ५ सय मध्ये ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको हो । अन्य ३ सय जनालाई भने ५ वर्षदेखि १५ वर्षसम्मको जेल सजायँ सुनाइएको छ । यसरी सजायँ पाउनेहरुमा अमेरिकी नागरिकहरु पनि रहेका छन् । राष्ट्रपति मोर्सीलाई पदच्यूत गर्ने अभियानका क्रममा सयौं प्रदर्शनकारी र सुरक्षाकर्मी मारिएका थिए भने प्रदर्शनकै क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए ।
प्रतिबन्ध लगाउँदै गए परमाणु कार्यक्रम झनै शसक्त बन्नेछ: उत्तर कोरिया
काठमाडौं, असोज ३ । उत्तर कोरियाले आफ्नो देशमाथि प्रतिबन्ध लगाउँदै जाने हो भने परमाणु कार्यक्रमलाई थप प्रभावकारी बनाउने चेतावनी दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गरी आफ्नो देशमाथि लगाइएको नयाँ प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै प्रतिबन्ध अनैतिक, अमानवीय र शत्रुतापूर्ण भएको जनाएको छ । उत्तर कोरियाले गत शुक्रबार जापानको समुद्री सतह माथिबाट मिसाइल प्रक्षेपण गरेपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको हो । उक्त प्रतिबन्धको निन्दा गर्दैै उत्तर कोरियाले इन्धन आपूर्ति समाप्त पार्ने उद्देश्य र आफ्नो देशको आयस्रोत बन्द गर्ने जस्ता नियत भएको भन्दै यस्ता प्रतिबन्धले आफ्नो देशलाई कुनै फरक नपार्ने चेतावनी दिएको हो । यता अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । उत्तर कोरियाको रवैयाप्रति रुष्ट रहेका यी राष्ट्रले कोरियाली प्रायद्वीपमा सैन्य अभ्यास शुरु गरेका हुन् ।
‘सुपर डान्स सिजन–२’को स्टुडियोमा आगलागी
काठमाडौं, असोज १ । भारतको मुम्बईस्थित ‘सुपर डान्स सिजन–२’को स्टुडियो रहेको आरके स्टुडियोमा आगलागी भएको छ । आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्न ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो । यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् र धेरै उत्कृष्ट चलचित्र दिएका छन् ।
मुम्बईको आरके स्टुडियोमा आगलागी, ‘सुपर डान्स सिजन-२’ को सेट जल्याे
काठमाडौं, असोज १ । भारतको मुम्बईस्थित आरके स्टुडियोमा आगलागी भएको छ । आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियोको निर्माण गरेका थिए । आगो नियन्त्रण गर्न ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो । स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् र धेरै उत्कृष्ट चलचित्र दिएका छन् । सन् १९८८ मा राज कपुरको निधन भएपछि उनका जेठा छोरा रणधीर कपुरले यो स्टुडियोको जिम्मेवारी सम्हालेका थिए ।
विषाक्त खाना खाँदा १७० बालबालिका विरामी
नयाँदिल्ली,असोज १ । भारतको उडिसा राज्यका तीनवटा विद्यालयमा विषाक्त खानाका कारण १ सय ७० भन्दा बढी बालबालिका विरामी भएका छन्। झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महसुस गरेका थिए। बिहानको खाजा खानेबित्तिकै उनीहरू विरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडि परेका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका थिए। बिहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएको सरकारी अधिकारीले बताए। उनले भने, ‘विरामी भएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ।’ स्थानीय सञ्चारमाध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन्। गत चौबीस घण्टाको अवधिमा विषाक्त खानाका कारण विरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। बिहीबार मात्रै कालाहाँडी र गाजापाटी जिल्लामा दिउँसोको खाना खाएपछि १ सय २० जनाभन्दा बढी विद्यार्थी विरामी भएका थिए। ‘त्यस विद्यालयका विरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ’, एक अधिकारीले भने। विगत केही वर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ। भोकमरी र कुपोषण न्यूनीकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो। सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा विरामी भएकामध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो।
चीनकाे चेतावनी: उत्तर कोरियालाई धम्की नदेउ
काठमाडौं । चीनले उत्तर कोरियामाथि धम्की नदिन आग्रह गरेको छ । अमेरिकासँग चीनले यस्तो आग्रह गरेको हो । अमेरिकाका लागि चिनियाँ राजदुत कुई तियनकाइले अमेरिकासँग उत्तर कोरियालाई थप धम्की नदिन आग्रह गरेका थिए । शुक्रबार उत्तर कोरियाले जापानतर्फ अर्को मिसाइल प्रहार गरेपछि अमेरिका थप आक्रोशित बनेको थियो । अमेरिकाको टिप्पणीपछि चिनियाँ राजदुतको यस्तो आग्रह आएको थियो । ‘अब धम्की दिने काम बन्द गर्नुपर्छ,’ उनले भनेका छन्,‘वार्तामार्फत समस्या समाधानमा जोड दिनुपर्छ ।’
बंगलादेशले १० दिनमा चार लाख शरणार्थी शिविर बनाउने
भदौ ३१ । बंगलादेशले छिमेकी म्यानमारबाट पलायन भएर आएका चार लाखसम्म रोहिंग्या मुसलमान शरणार्थीलाई राख्न शिविर बनाउने घोषणा गरेको छ । कब्स बजार नजिक करीब ८ किलोमिटर क्षेत्रफलमा १० दिनभित्र बंगलादेशी सेना र सहायता संस्थाहरुले १४ हजार शिविर बनाउने भएका हुन् । प्रत्येक शिविरमा ६÷६ जना बस्ने व्यवस्था मिलाइने र ८ हजार ५ सय ओटा अस्थायी शौचालय पनि बनाइने बंगलादेश सरकारले बताएको छ । म्यानमार सरकारको अत्याचारका कारण गत अगष्ट २५ यतामात्र करीब ४ लाख रोहिंग्या मुसलमान पलायन भएर बंगलादेश पुगेका संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । राष्ट्रसंघले रोहिंग्याविरुद्धको म्यानमार सरकारको कारवाहीले जातीय सफायालाई बढावा दिएको जनाएको छ । अधिकारवादीहरुले म्यानमारको सेनाले रखाइन प्रान्तमा रोहिंग्याको गाउँ नै जलाएको आरोप लगाएका छन् । तर, म्यानमारको सेनाले सर्वसाधारणमाथि नभई लडाकुविरुद्ध कारवाही लक्षित रहेको दावी गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले रोहिंग्या शरणार्थीलाई लैजान म्यानमारलाई आग्रह गरिसकेकी छन् ।

