यमनी विद्रोहीद्वारा प्रहार गरिएको क्षेप्यास्त्र ध्वस्त पारिएको साउदी अरेबियाको दाबी
रियाद, कात्तिक १९ । यमनको हुथी विद्रोही समूहले प्रहार गरेको मिसाइल साउदी अरबले रियाद विमानस्थल नजिकको आकाशमै ध्वस्त पारिदिएको छ ।
यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको हो ।
आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेका थिए । यसले साउदीको नियमित हवाई सेवामा कुनै असर नपरेको साउदी अरेबियाले जनाएको छ ।
साउदी अरेबियाले यसअघि पनि हुथी विद्रोहीका मिसाइल खसालेको दाबी गर्दै आएको थियो । तर यसअघि कुनै पनि मिसाइल घना बस्ती भएको क्षेत्र नजिक खसेका थिएनन् ।
चीनद्वारा अत्यधिक प्रदूषण गराउने ९ हजार कम्पनी बन्द
तिआनजिन, कात्तिक १८ । चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्याधिक प्रदूषण गराउने ९ हजार ८१ कम्पनीहरु बन्द गरिदिएको छ । कुल १९ हजार कम्पनीहरु मध्ये वातावरण संरक्षण नीति उलंघन गरेको आरोपमा उनीहरुलाई बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ । सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ । अन्य कम्पनीहरुले वातावरण संरक्षणसम्बन्धी मापदन्ड पुरा नगर्दासम्म अहिले बन्द भएका कम्पनीहरु खोल्ने सम्भावना पनि नभएको विभागका प्रमुख वेन वुरुइले जानकारी दिए । धेरै वायु प्रदूषण गरेका कम्पनीहरुलाई शुक्रबार सुन्तला रङको संकेत लगाइएको छ । प्रदूषणसम्बन्धी चेतावनी दिन चीनमा चार प्रकारका रङहरुको प्रयोग गर्ने गरिन्छ । ती मध्ये रातोले अत्यधिक धेरै, त्यसपछि सुन्तला, पहेलो र निलोले क्रमशः कम प्रदूषणको संकेत गर्दछन् ।
राष्ट्रपति सीद्वारा जनमुक्ति सेनाको प्रमुखमा चाङ सेङमिनलाई नियुक्त
बेइजिङ, कात्तिक १७ । अघिल्लो महिना सकिएको चिनियाँ नेसलन कांग्रेसका राष्ट्रिय सम्मेलनबाट दोस्रो कार्यकाल सम्भालेका चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरेका छन् । राष्ट्रपति सी प्रमुख रहेको केन्द्रीय सैन्य आयोग (सीएमसी)ले चाङ सेङमिनलाई चिनियाँ सेनाको उच्च अधिकारी ‘जर्नेल’ तोकेको छ । उनी सशस्त्र फौजको भ्रष्टाचारविरोधी एकाइका प्रमुख थिए । ५९ वर्षीय चाङलाई जनमुक्ति सेनाका एड्मिरलसँग काम गर्ने जिम्मेवारी सुम्पिइएको छ । उनी हालै सीएमसी अनुशासन निरीक्षण आयोगका प्रमुख बनाइएका थिए । उक्त आयोगका अन्य सदस्यहरुमा सु क्वि–लियाङ, चाङ युसिया, वेई फेंगे, ली चुओचेङ र मियाओ हुआ मनोनित भएका छन् । नवनियुक्त जर्नेल चाङले यसअघि जनमुक्ति सेनाको रकेट फोर्समा १० वर्ष बिताएका थिए । रकेट फोर्सलाई जनमुक्ति सेनाको दोस्रो वरियताको आर्टिलरी अंग मानिन्छ । त्यहाँका कमान्डर राजनीतिक कमिसार पनि हुन्, जनमुक्ति सेनाभित्र । र, उनी मातहतमा सेनाको राजनीतिक विद्यालय पनि रहन्छ । सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सीले सशस्त्र सुरक्षा फौजमा समेत भ्रष्टाचारविरुद्ध अभियान चलाएका छन् । त्यसक्रममा सु काइहोउ र गुओ बोक्सियोङलगायत एक सय वरिष्ठ सैन्य अधिकारी भ्रष्टाचार, दूराचारलगायत अभियोगमा सजायका भागिदार बनिसकेका छन् । २६ अक्टोबरमा उच्च सैन्य अधिकारीहरुसँग भएको बैठकमा राष्ट्रपति सीले कडा अनुशासनको घेरा नतोड्न निर्देशन दिएका छन् ।
न्यूयोर्क हमलामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने अमेरिकी राष्ट्रपतिको जिकिर
वासिंटन, कात्तिक १७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गरेका छन् । यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताएका ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने धारणा राखेका हुन् । ग्वान्तानामो पठाउने प्रक्रिया लामो हुने भन्दै उनले मृत्युदण्डको वकालत गरेका हुन् । साइपोभले भने न्यूयोर्कमा आक्रमण गर्दा आफूलाई निकै आनन्द आएको र अझै बढी मानिस मार्ने आफ्नो चाहना रहेको प्रहरीसँग बताएका छन् । बुधबार गरिएको आक्रमणमा ८ जना बटुवा मारिएका थिए भने अरु ११ जना घाइते छन् । मारिनेमा पाँच जना अर्जेन्टिनी नागरिक थिए । प्रहरीले आक्रमणकारी आईएससँग प्रभावित व्यक्ति भएको जिकीर गरेको छ । एक वर्षदेखि आक्रमणको योजना बनाइरहेका साइपोभको तीन बच्चा रहेको पनि बताइएको छ । २९ वर्षीय उज्वेकिस्तानका आप्रवासी साइपोभमाथि जानाजान ट्रक जोताएको र इस्लामिक अतिवादी समूह आईएसलाई सामग्रीहरु उपलब्ध गराएको आरोप लगाइएको छ ।
यसकारण बेलायती रक्षामन्त्रीले राजीनामा दिए
बेलायत, कात्तिक १६ । १५ वर्षअघि एक महिला पत्रकारलाई ‘अभद्र व्यवहार’ गरेको आरोप लागेका बेलायती रक्षामन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् । रक्षामन्त्री फालनले आकस्मिक रुपमा प्रधानमन्त्री टेरिजा मेसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् । सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक–पटक पत्रकार जुलिया हाट्र्ले ब्रिअरको घुँडा छोएको आरोप उनीमाथि थालेको थियो । तर, हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालनमाथि दबाब बढेको थियो । उनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए । उनले आफूमाथि लागेका धेरै आरोप गलत भए पनि आफूले नेतृत्व गरिरहेको सशस्त्र सेनाका लागि आवश्यक उच्च मापदन्डभन्दा तल गिरेको भने स्वीकार गरेका छन् । उनले साढे तीन वर्षसम्म बेलायतको रक्षामन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्री मेले फालनले आफुविरुद्ध लागेका आरोपलाई गम्भीर रुपमा लिँदै एउटा उदाहरण प्रस्तुत गर्न खोजेको भन्दै त्यसको प्रशंसा गरेकी छन् ।
जापानमा पुरुषहरु यौन चाहना पूरा गर्न स्कूले बालिकाहरुको बढी प्रयोग
जापान, कार्तिक १५ । विश्वकै शक्तिशाली देश जापानमा बालिकाहरुले यौन सम्बन्धी जरुरतका लागि ठूलो मूल्य चुकाइरहेका छन् । जापानका आधुनिक बारहरु यौन जरुरत पूरा गर्नका लागि पुरुषहरुको अड्डा बनेको छ । जहाँ उनीहरुका लागि कम उमेरका किशोरीहरु बोलाइएको हुन्छ । युवाहरु यस्ता काम उमेरका किशोरीहरुसँग समय विताउँछन् । पहिला किशोरीहरुलाई अश्लीत तस्वीर र कमिक्सहरु देखाइन्छ । ताकि उनीहरु पुरुषहरुलाई सहयोग गर्न सकुन् । यस मामलामा जापानको विश्व स्तरमा आलोचना भइरहेको छ । यसो त तीन वर्ष पहिला जापानमा बाल यौन भिडियोमा प्रतिवन्ध लगाइएको छ । यस प्रतिवन्धको बाबजूत वेश्यावृत्तिमा बालिकाको प्रयोग रोकिएको छैन । बीबीसीले गरेको अनुसन्धानमा टोकियोमा स्कूले किशोरीहरु बढी उमेरका पुरुषहरुसँग समय विताइररहेका भेटिए । जसबापत उनीहरुलाई रकम उपलव्ध गराइएको थियो । ती पुरुषहरुका अनुसार स्कूले किशोरीसँग यौनको कुराकानी गर्न र हात पकड्नका लागि कुनै समस्या नै छैन । कयौं पटक १५ वर्ष भन्दा कम उमेरका यी स्कुले किशोरीहरु विद्यालय पोशाकमा समेत फेला पर्ने गरेका छन् । जापानको ‘चाको इरो’ जो यौनको विषयमा बदनाम भएको स्थान हो । जहाँ ६ वर्षकी बच्चीकोसमेत अश्लि तस्वीर र फिल्म बन्ने गरेको छ । जापानमा बालिकालाई यौन जरुरत पूरा गर्नका लागि प्रत्साहन किन गरिदैँ छ त ? नयाँ कानून बनेपछि बालिका र युवतीमाथिको यौन शोषण रोकिएको बताइएको छ । तर पनि आशा गरेजस्तो सफलता हात लागेको छैन । एजेन्सी
पार्टीको जन्मस्थान पुगेर सीसहित चिनियाँ नेताहरुले खाए शपथ
बेइजिङ, कार्तिक १५ । चिनियाँ राष्ट्रपति सी जिनपिङसहित कम्युनिष्ट पार्टीका नवनिर्वाचित सात स्थायी समिति सदस्यले सांघाइस्थित पार्टीको जन्मस्थल भ्रमण गरेका छन्। करिब ९६ वर्षअघि सन् १९२१ को जुलाईमा माओ त्सेतुङसहित १२ प्रतिनिधि भेला भएर पहिलो राष्ट्रिय सम्मेलन गरेको स्थानमा चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरु पुगेका हुन्। त्यसबेला चिनियाँ कम्युनिष्ट पार्टीमा मात्र ५७ सदस्य थिए। हाल सो पार्टीमा करिब ९ करोड सदस्य छन्। सीसहित चिनियाँ नेताहरु मंगलबार बेइजिङबाट निजी जेटमा सांघाइ पुगेका थिए । खैरो इँटाबाट निर्मित सो भवनमा पार्टीका संस्थापक नेताहरुको सालिक राखिएको छ। त्यही भवनमा स्थायी समिति सदस्यहरुले सपथ पनि खाएका थिए। उनीहरुले पार्टीका लागि सबथोक त्याग्ने सपथ लिएका थिए। ‘कम्युनिष्ट पार्टी यहीँ जन्मेको थियो। यो पार्टीको जरा हो,’ सीले भने, ‘गत ९६ वर्षमा जस्तोसुकै अवस्थामा पनि हाम्रो पार्टीले राष्ट्रको कायाकल्प गर्ने प्रणलाई कहिल्यै बदलेको छैन।’ त्यसपछि नेताहरुको समूहले झेजियाङ प्रान्तको जियासिङस्थित साउथ लेकको भ्रमण गरेको थियो। सन् १९२१ मा कम्युनिष्ट पार्टीको अधिवेसन सांघाइमा सुरु भए पनि प्रहरी अवरोधका कारण प्रतिनिधिहरु झेजियाङमा एउटा डुंगामा भेला भएका थिए। ‘९६ वर्षअघि राष्ट्रको आशा बोकेको त्यो सानो रातो डुंगा आज सवा अर्ब चिनियाँहरुको आशा बोक्ने विशाल जहाज बनेको छ,’ सीले सो अवरमा भने । एजेन्सी
न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरनजिकै आतंककारी आक्रमण
न्युयोर्क, कार्तिक १५ । न्युयोर्कमा वर्ल्ड ट्रेड सेन्टरनजिकै एक व्यक्तिले साइकलमार्गमा ट्रक दौडाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। लोअर म्यानहटनमा सेतो पिक अप ट्रकले साइकल यात्रीहरुलाई किच्ने एक २९ वर्षे व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी गिरफ्तार गरेको छ। यो आतंककारी आक्रमण भएको र आक्रमणकारी सैफुल्लो सैपोव नामको व्यक्ति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्ति सन् २०१० मा आप्रवासीको रुपमा उज्वेकिस्तानबाट अमेरिका आएको बताइएको छ। उनको ट्रकमा सुरक्षा अधिकारीहरुले अंग्रेजी भाषामा लेखिएको एक नोट फेला पारेको बताइएको छ, जसमा सो आक्रमण इस्लामिक स्टेटले गराएको उल्लेख छ। न्युयोर्कका मेयर बिल डे ब्लाजियोले आक्रमण कायरतापूर्ण भएको बताएका छन् । सैफुल्लो सैपोव मंगलबार स्थानीय समयअनुसार ३ बजे सो आक्रमण भएको थियो। आक्रमणकारीले भाडाको ट्रक प्रयोग गरेको जनाइएको छ। घाइते आक्रमणकारीलाई अस्पताल लगिएको छ। आक्रमणबाट घटनास्थलमै ६ जनाको ज्यान गएको थियो भने दुई जनालाई अस्पतालमा मृत घोषित गरिएको थियो। पैदलयात्री र साइकल यात्रीहरुलाई किच्दै अघि बढेको ट्रक एउटा स्कुल बसमा ठोक्किएपछि चालक बाहिर निस्केको र उसलाई प्रहरीले गोली हानी पक्रेको थियो। आक्रमणमा प्रयोग गरिएको ट्रक घटनालगत्तै ट्रकले किचिएका साइकल र यात्रुहरु सडकमा लडिरहेको दृश्य सञ्चारमाध्यमहरुले प्रकाशन–प्रसारण गरेका थिए । एजेन्सी
न्यूयोर्कमा ८ जनाको हत्या, ११ जना घाईते
काठमाडौं, कात्तिक १५ । अमेरिकाको न्यूयोर्कमा आतंकवादी हमला हुँदा ८ जनाको ज्यान गएकोे छ । न्यूयोर्कको मानहटनमा एक जना ट्रक चालकले साइकल लेनमा जथाभावी ट्रक गुडाएर ८ जनाको ज्यान लिएका हुन् । घटनामा ११ जना गम्भीर घाइते भएका छन् । साइकलको लेनमा जथाभावी ट्रक चलाउँदा साईकल राईडरसँगै पैदलयात्री समेत मारिएका छन् । अन्धाधुन्ध गुडाइएको ट्रकले एउटा स्कूल बसलाई पनि ठक्कर दिएको थियो । घटना लगत्तै प्रहरीले २९ बर्षिय ट्रक चालक सेफुल्लो साइपोभलाई गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ परेका चालक आप्रवासी भएको र उनी सन् २०१० मा अमेरिका प्रवेश गरेको जनाइएको छ । यसैबीच न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले यो घटनालाई क्रुर आतंकवादी हमलाको संज्ञा दिँदै घटनाबारे सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन् । । साथै उनले शोक संतप्त परिवारप्रति धैर्य धारण गर्न अपील गरेका छन् । ट्रक चालकको आतंकवादी संस्थाहरुसँगको संलग्नता र नियतबारे अनुसन्धान जारी छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि घटनाको निन्दा गरेका छन् ।
न्यु क्यालेडोनियामा शक्तिशाली भूकम्प
सिड्नी, कार्तिक १४ । क्यालेडोनियाको तटीय क्षेत्रमा मंगलबार ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । राजधानी नोउमेयाबाट २५३ किलोमिटर टाढा रेहको स्थानको २९ किलोमिटर गहिराइमा यस भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । प्रशान्त महासागरिय क्षेत्रमा पर्ने यस इलाकामा उक्त भूकम्पपछि सुनामी चेतावनी भने दिइएको छैन् । प्रशान्त महासागरिय सुनामी चेतावनी केन्द्रका अनुसार तत्काल सुनामी चेतावनी भने दिइएको छैन् । भीषण रुपमा भएको कम्पनको कारण ठूलो मात्रामा क्षति भएको बताइएको छ । न्यु क्यालेडोनियामा भूकम्पको प्रकोप बारम्बार दोहोरिने गरेको पाइन्छ ।
डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकारले झुठो बोलेको स्वीकार
काठमाडौं, कात्तिक १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका एक सल्लाहकारले रुसी बिचौलियाहरुसँगको बैठकबारे अनुसन्धानकर्तासँग झुठो बोलेको स्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् । उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए । अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले गत जनवरीमा सोधपुछ गर्दा भने उनले आफू ट्रम्पको चुनावी अभियानमा संलग्न हुनुअघि रुससँग सम्बन्ध भएका दुई जनालाई भेटेको बताएका थिए । तर पछि उनले ट्रम्पको चुनावी अभियानमै संलग्न रहेका बेला उनीहरुसँग भेटघाट गरेको पाइएको थियो । उनले भेटेका व्यक्तिमा एक जना रुसी महिला तथा लण्डनमा कार्यरत एक जना प्राध्यापक रहेको बताइएको छ । तर उनीहरुको नाम खुलाइएको छैन । ती व्यक्तिको रुसी अधिकारीहरुसँग सिधा सम्पर्क रहेको बताइएको छ । गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन् । रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका छन् । रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका हुन् । रुस र ट्रम्प दुबैले आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नरहेको जिकिर गर्दै आएका छन् । यो विषयले राष्ट्रपति ट्रम्पलाई ठूलो नोक्सानी पुग्न सक्ने विश्लेषण गरिएको छ ।
गल्फ खेलेर फर्किँदै गरेका ट्रम्पलाई यस्तो स्वागत
कार्तिक १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जहाँसुकै सलामी अर्पण गरिन्छ। तर शनिबार भर्जिनियामा एक महिलाले साइकलबाट ट्रम्पलाई माझी औँला देखाएको फोटो चर्चाको विषय बनेको छ। शनिबार पोटोमाक नदी किनमारमा रहेको ट्रम्प नेसनल गल्फ क्लब पुगेका थिए राष्ट्रपति ट्रम्प। गल्फ क्बलबाट ठीक ३ः१२ बजे ट्रम्पको मोटरकेड बाहिरिएको थियो। लगत्तै मोटरकेडले दुई जना व्यक्तिलाई पार गरेको ह्वाइट हाउस प्रेस पुलको रिपोर्टहरुमा जनाइएको छ। ट्रम्पको मोटरकेडले आफूलाई उछिनेको ती महिलाले देखिन्। यो मौकालाई खेर जान नदिइ उनले आफ्नो माझी औँलो ट्रम्पको मोटरकेडलाई देखाइन्। केहीबेरपछि ट्राफिक बत्तीका कारण ट्रम्पको मोटरकेड धिमा भएको बेला सााइकलमा आइरहेकी ती महिलाले उनीहरुलाई फेरि भेटिन्। त्यसबेला पनि उनले फेरि उही व्यवहार दोहार्याइन्। उनको सो फोटो लगत्तै चर्चाको विषय बन्यो। ती महिला को हुन् र उनको व्यवहारलाई राष्ट्रपति ट्रम्पले देखे कि देखेनन् भन्ने स्पष्ट नभइसकेको जनाइएको छ। एजेन्सी
भारतमा दुर्घटना हुँदा ९ को मृत्यु
नयाँदिल्ली, कार्तिक १३ । भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । ‘आइतबार बेलुका ४० जना यात्रु बोकेको टेम्पो थोरे सेत्तिहाल्ली गाउँ नजिकै रुखमा ठोक्किएर दुर्घटना भएको हो’ एक जना उच्च प्रहरी अधिकारीले भने । दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा पुर्याएका थिए। क्षमताभन्दा धेरै यात्रुहरु बोकेको र तिव्र गतिमा रहेकाले नियन्त्रणभन्दा बाहिर गएर दुर्घटना भएको प्रहरीको बुझाई छ। अध्याँरो भएकाले नियन्त्रण गुमाएपछि टेम्पो रुखमा ठोक्किएको प्रहरीले जनाएको छ। भारत विश्वमै सबैभन्दा धेरै सडक दुर्घटना हुने देश हो। सडक अवस्था खराब, पर्याप्त मर्मत नभएका सवारी साधन र चालकको लापर्बाहीका कारण दुर्घटना हुने गरेको पाइएको छ।
पहिलो दिनमै कार्यालयमा महिला कर्मचारीमाथि हाकिमदेखि सिइओसम्मले राखे यौन प्रस्ताव
कार्तिक १३ । सिलिकन भ्यालीमा महिलामाथि कार्यक्षेत्रमै यौन दुव्र्यहार भएको गुनासो बढेपछि ट्याक्सी निर्माता कम्पनी उबरले तत्कालै अनुसन्धान गर्ने जनाएको छ । कार्यालयभित्रै महिलामाथि यौन दुव्र्यवहार भएको गुनासो बढेपछि सो कम्पनीले अनुसन्धान गर्ने जनाएको हो । कम्पनीकी एक पूर्व सफ्टवेयर इन्जिनियरले दुव्र्यवहारबारे खुलासा गरेपछि सो कम्पनीले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको हो । कार्यालयका हाकिमले आफूसँग यौनसम्बन्ध राखे बढुवा गर्ने आश्वासन दिएको अर्की एक युवतीले बताएकी थिइन् । कार्यालयका सिइओले बारम्बार यौन प्रस्ताव गरेको अर्की सहभागीले बताएकी थिइन् । ‘मैले उसको प्रस्ताव अस्वीकार गरेपछि सिइओले मलाई काम गर्न असहयोग गरे,’ उनले भनिन् । सफ्टवेयर इन्जिनियर सुसन फउलेरलले कार्यालय पुगेको पहिलो दिनमै प्रबन्धकले सेक्स गर्ने प्रयत्न गरेको एउटा ब्लगमा उल्लेख गरेकी थिइन् । सुसनका अनुसार– ‘यौनसम्बन्ध राख्न अनुरोध प्रबन्धकले अश्लील सन्देश पठाएका थिए । प्रबन्धकको व्यवहार सिलिकन भ्यालीमा पकड जमाएको सो कम्पनीमाथिकै ठूलो झट्का थियो । सो कम्पनीमा काम गर्ने अन्य महिलाले पनि आफूहरूमाथि यौन दुव्र्यवहार भएको बताएपछि सुसनको दाबी सत्य भएको एक सर्वेक्षणमा खुलासा भएको छ । सर्वेक्षणअनुसार सिलिकन भ्यालीमा काम गर्ने महिलामध्ये ६० प्रतिशतमाथि दुव्र्यवहार भएको थियो । इलिफेन्ट इन द भ्याली नामक सर्वेक्षणमा सहभागी दुईसय २० महिलामध्ये ८७ जनाले आफूलाई सहकर्मीले तुच्छ टिप्पणी गरेको बताएका थिए । लैंगिक विभेद गरेको भन्दै रिडिटका पूर्वसिइओ इलेन पाओले उजुरी गरेपछि कम्पनीमा कार्यरत महिला कर्मचारीमाथि सर्वेक्षण गरिएको थियो । पीडितहरूले सार्वजनिक रूपमा आफ्नै मुखबाट धेरै कुरा नखोलेकाले युवतीमाथि भएको दुव्र्यवहारबारे आकलन गर्न जटिल हुने सर्वेक्षणमा उल्लेख छ । सहभागीमध्ये ४० प्रतिशतले आफूहरूमाथि कार्यालयमा दुव्र्यवहार भएको तर करिअर बिग्रने डरले सार्वजनिक नगरेको बताएका थिए । ‘कामको सुरुवातमै मलाई नियुक्त गर्ने कर्मचारीले यौन प्रस्ताव राखे,’ सहभागी एक युवतीले भनिन् । कार्यालयका हाकिमले आफूसँग यौनसम्बन्ध राखे बढुवा गर्ने आश्वासन दिएको अर्की एक युवतीले बताएकी थिइन् । कार्यालयका सिइओले बारम्बार यौन प्रस्ताव गरेको अर्की सहभागीले बताएकी थिइन् । ‘मैले उसको प्रस्ताव अस्वीकार गरेपछि सिइओले मलाई काम गर्न असहयोग गरे,’ उनले भनिन् । लैंगिक विभेद गरेको भन्दै रिडिटका पूर्वसिइओ इलेन पाओले उजुरी गरेपछि कम्पनीमा कार्यरत महिला कर्मचारीमाथि सर्वेक्षण गरिएको थियो । पीडितहरूले सार्वजनिक रूपमा आफ्नै मुखबाट धेरै कुरा नखोलेकाले युवतीमाथि भएको दुव्र्यवहारबारे आकलन गर्न जटिल हुने सर्वेक्षणमा उल्लेख छ । कार्यकक्षमा यौन दुव्र्यवहारका घटना विश्वव्यापी रूपमा देखिन्छ । केही वर्षपहिले अमेरिकामा गरिएको एक अध्ययनमा ४१ प्रतिशत महिलामाथि दुव्र्यवहार हुने गरेको जनाइएको थियो। त्यस्तै, राष्ट्रसंघले गरेको अर्को एउटा अध्ययनमा युरोपेली मुलुकका ४० देखि ५० प्रतिशत महिलामाथि यौन दुव्र्यववहार हुने गर्छ । एजेन्सीबाट
अमेरिकाका आरोपहरु ‘पूर्णतः झुटा’: क्युबा
काठमाडौं, कात्तिक १२ । क्युबाले हवानास्थित अमेरिकी दूतावासका कर्मचारीमाथि ध्वनि आक्रमण नभएको भन्दै द्वीपक्षीय ‘सम्बन्ध बिगार्ने उद्देश्यले’ त्यस्तो दाबी गरिएको बताएको छ। क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले आक्रमणसम्बन्धी आरोपहरु ‘पूर्णतः झुटा’ भएको दाबी गरे। त्यस्ता आक्रमणपछि आफ्ना करिब दुई दर्जन कर्मचारीमा स्वास्थ्य समस्या देखिएको अमेरिकाले बताउँदै आएको छ। आक्रमणका घटनापछि अमेरिकाले हवानास्थित दूतावासका कर्मचारी कटौती गरी स्वदेश फिर्ता बोलाइसकेको छ। अस्वीकार अमेरिकाले एकप्रकारको ध्वनि आक्रमणमा परेर आफ्ना कर्मचारीहरु बिरामी परेको बताउने गरे पनि त्यो अझै प्रमाणित हुन सकेको छैन। वाशिङटनले आक्रमणका लागि हवानामाथि आरोप नलगाए पनि क्युबाली यसअघि पनि त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो। आफ्ना कूटनीतिज्ञलाई हवानाले सुरक्षा दिन नसकेको भन्दै अमेरिकाले हालै १५ जना क्युबाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। क्युबाले अमेरिकी कदम ‘अनुपयुक्त’ भएको प्रतिक्रिया दिएको थियो। सम्बन्ध दूतावासका कर्मचारीहरु आक्रमणमा परेपछि अमेरिकाले हवानाबाट भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिसकेको छ। अमेरिकामा बस्दै आएका क्युबालीहरुको एउटा बैठकलाई वाशिङटनमा सम्बोधन गर्दै विदेशमन्त्री रोड्रिगुएजले क्युबामाथिको आरोपले ‘दुई देश र सरकारहरुबीचको सम्बन्धमा समस्या निम्त्याएको’ बताए। उनले भने, ‘यो क्युबाली सरकारको दृष्टिकोणबाट र सरकारहरुबीचको मतभेदका कारण प्रभावित हुने मान्छेहरुका लागि अस्वीकार्य र अनैतिक छ।’ ध्वनि आक्रमणमा परेकाहरुमा मानसिक समस्या र श्रवण क्षमतामा समस्या देखिएको बताइएको छ।
विद्यालयले कपाल कालो पार्न दवाव दिएपछि मुद्दा
काठमाडौं, कात्तिक १२ । जापानमा एक १८ वर्षीया किशोरीलाई उनको विद्यालयले प्राकृतिक रुपमै खैरो रहेको कपाललाई बारम्बार कालो पार्न लगाएपछि क्षतिपूर्ति माग गर्दै उनले स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेकी छन्। ओसाका नजिकै रहेको उनको माध्यमिक विद्यालयले विद्यार्थीहरुको कपाल कालो रंगको हुनुपर्ने नियम पालना नगरिए विद्यालय छाड्न भनेको ती किशोरीले बताइन्। ती किशोरीले कपाल कालो गर्न प्रयोग गरिएको रंगले आफ्नो कपाल र तालुमा असर पुर्याएको बताएको जनाइएको छ। ‘काइफूकान हाइ स्कूल’ले कपाल रंगाएका विद्यार्थीहरुलाई प्रतिबन्ध गर्ने विद्यालयको नीति रहेको बताएको छ। निर्देशन जन्मिंदादेखि नै आफ्नी छोरीको कपालको रंग खैरो रहेको जानकारी उनकी आमाले विद्यालयलाई गराएपनि विद्यालयले बारम्बार ती किशोरीलाई कपाल कालो गर्न निर्देशन दिएको थियो। विवरणहरुका अनुसार ती किशोरी गत वर्षको सेप्टेम्बरदेखि विद्यालय गएकी छैनन्। उनले क्षतिपूर्तिस्वरुप १९ हजार ३ सय डलर माग गरेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाका प्रिफेक्चरले अदालतलाई उनको दाबी अस्वीकार गर्न माग गर्ने बताइएको छ। उक्त मुद्दाबारे काइफूकान हाइ स्कूलका प्रधानाध्यापक मासाहिको ताकाहाशीले कुनै प्रतिक्रिया दिएनन्। नियम विद्यार्थी कस्तो देखिने भनेर जापानका धेरै विद्यालयमा कडा नियमहरु रहेको बताइन्छ। त्यसमा कपालको रंग, मेकअपको प्रयोग र स्कर्टको लम्बाइ लगायत पर्दछन्। यसै वर्षको शुरुतिर असाही शिम्बुन पत्रिकाले गरेको एक सर्वेक्षणमा राजधानी टोकियोका झण्डै ६० प्रतिशत उच्च विद्यालयहरुले कपालको रंग कालो नभएका विद्यार्थीलाई उनीहरुको कपालको रंग प्राकृतिक रुपमै त्यस्तो भएको प्रमाणहरु, जस्तो कि शिशु हुँदाका फोटोहरु पेश गर्न भनिएको थियो। जापानको जन्मदर घट्दो छ र नयाँ विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा आकर्षित गर्ने बढ्दो प्रतिस्पर्धाबीच विद्यार्थीको अनुशासन विद्यालयहरुका लागि आफ्नो प्रचार गराउने बलियो माध्यमका रुपमा हेरिन्छ। बिबिसी

