३१ वटा भूउपग्रह सहित भारतद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

नयाँदिल्ली, पुस २८ । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यसअघि गत वर्ष रकेट प्रक्षेपणको प्रयास गरेपनि उ सफल हुन सकेको थिएन ।

३१ वटा भूउपग्रह सहितको पीएस्‌एल्‌वी–सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो।

नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन्।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको हो।

उपलब्धि
संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ।

त्यसबाहेक सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन्।

यसअघि अघिल्लो वर्ष पीएसएलवी–सी ३९ नामक मिशन विफल भएको थियो।

विज्ञान मामिलाका जानकार भारतीय पत्रकार पल्लव बागला भन्छन्, ‘कुनै पनि रकेट विफल भएपछि त्यसलाई मर्मत गरेर पुनः प्रक्षेपण गर्नु एकदमै ठूलो कुरा हो।’

उनका अनुसार यो रकेटको प्रक्षेपण विफल भएको भए त्यसले भारतीय पक्षलाई चिन्तित बनाउने थियो।बीबीसी

आप्रवासीप्रति ट्रम्पको आक्रोशः ‘कामै नलाग्ने मुलुकका आप्रवासीलाई किन स्याहार्ने ?’

काठमाडौं, पुस २८ । आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उनीहरुविरुद्ध प्रहार गरेको खबर सार्वजनिक भएको छ । विहीवार मात्र पनि सांसदहरुसँगको छलफलमा राष्ट्रपति ट्रम्पले ‘किन हामीले कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई स्याहारिरहेका छौं’ भन्दै आप्रवासीहरुविरुद्ध आक्रोश पोखेका छन् । हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लिँदै ट्रम्पले यस्तो आक्रोश पोखेको वासिंगटन पोष्टले दावी गरेको छ । राष्ट्रपतिको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा ह्वाइटहाउसले पनि अस्वीकार नगर्दै केही अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लड्छन् भने ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत छन् भन्ने प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्प सँधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ । कानूनी मार्गबाट अमेरिकामा सुरक्षित भविष्य खोज्ने आप्रवासीका कारण अमेरिकी नागरिकको जीवन कठीन र संघर्षमय बन्ने गरेको पनि दावी गरिएको छ । सांसदहरुसँगको छलफलमा ट्रम्पले आप्रवासीप्रति कडा नियम लागू गर्नुपर्ने पक्षमा लगातार लबिङ गरिरहेका छन् ।

सुरक्षा कारबाहीमा दसजना तालिबानको मृत्यु

काठमाडौं, पुस २६ । सरकारी सुरक्षा कारबाहीमा आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा दस जना तालिबान आतङ्ककारी मारिएका छन् । पछिल्लो समय सरकारी फौंजले तीब्र पारिएको सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन । देशको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालाई लक्ष्य गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा दशजना तालिबान लडाकू मारिएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टाभित्र जारी कारबाहीका क्रममा ती लडाकू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा मङ्गलबार बिहानबाट बुधबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ । यसै महिनाको सुरुबाट नान्र्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा छ आतङ्ककारी मारिएका छन् ।

हात्तीसँग सेल्फी सौखले निम्त्याएको मृत्यु

काठमाडौं, पुस २६ । पूर्वी भारतको उडिसामा जंगली हात्तीसँग ‘सेल्फी’ खिच्ने घातक प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त भएको छ। त्यसरी हात्तीसँग फोटो खिच्ने प्रयास गरेका कतिपय मानिस घाइते भएका र कतिपयको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले त्यस्ता घटना बढ्दै गएको बताएका छन्। मृत्यु गएको डिसेम्बरमा जयक्रुश्न नायक स्थानीय बजारबाट घर फर्किँदै गर्दा उनले गाउँभित्र मानिसहरू हात्ती नजिक झुम्मिएको देखे। उनीहरूमध्ये कोही तस्वीर लिदैँथिए भने कोही हात्तीलाई जिस्क्याउँदै। नायकपनि भिडमा मिसिए र उनले हात्तीसँग ‘सेल्फी’ खिच्ने प्रयास गरे। तर त्यस क्रममा भिडसँग रिसाएको सो हात्तीले आँफ्नो सुँडले उनलाई समायो र लडाएर खुट्टाले किचेर मारिदियो। “धेरै जनाले यो घटना देखे तर कसैले उनलाई बचाउन सकेनन्,” उनका छोरा दीपक नायकले बीबीसीसँग भने, “कति जना भाग्न सफल भए तर मेरो बुवा भाग्न सक्नुभएन।” गएको सेप्टेम्बर महिनामा उडिसामै त्यस्तै प्रकृतिको घटना भएको थियो। त्यसक्रममा एकजना सुरक्षा गार्ड अशोक भारतीको हात्ती नजिक उभिएर तस्वीर खिच्ने क्रममा ज्यान गयो। कतिपय प्रत्यक्षदर्शीले खिचेको भिडिओमा भारती सेल्फी खिच्न हात्तीनजिक जान खोजेको र त्यसक्रममा अकस्मात् हात्तीले आक्रमण गरेको देखिन्छ। उनले भाग्न प्रयास गरेका थिए। तर त्यो विफल भयो र उनलाई हात्तीले कुल्चियो। उनलाई अस्पताल पुर्‍याइयो तर बाटोमै उनको निधन भयो। उनी भाग्न खोजेको भिडिओ इन्टरनेटमा ‘भाइरल’ भएको थियो। अरू सेल्फी खिच्ने प्रयास गर्ने मानिसहरू ज्यान बचाउँन सफल भएका छन्। तर कतिलाई गम्भीर चोटपटक लागेको छ। सेल्फी इन्जिनियरिङका एकजना विद्यार्थी अभिषेक नायकलाई सेल्फी खिच्न खोज्दा हात्तीले घाइते बनायो। उक्त घटनाको ६ महिनापछि नायक अझै पनि घाँटी र पेटमा लागेका गम्भीर चोटहरूको उपचार गराइरहेका छन्। एकजना वन्यजन्तु विज्ञ विश्वजित मोहन्ती भन्छन्, “उक्त क्षेत्रमा हातीले आक्रमण गरेका धेरै घटना भएका छन्। तर एकदमै थौरै घटनाहरू सबैको जानकारीमा ल्याइन्छ।” उडिसा सरकारले यो प्रवृत्तिलाई गम्भीरतापूर्वक लिन थालेको जनाएको छ। उक्त राज्यका प्रमुख वार्डेन सन्दीप त्रिपाठीले बीबीसीलाई मानिसहरूलाई सचेत गराउन विशेष खालका अभियानहरू सञ्चालनमा ल्याइने जानकारी दिए। त्यस्तो खालको अभियानअन्तर्गत हात्तीको नजिक जाँदाका खतराहरूबारे सर्वसाधारणलाई जानकारी गराउने गरी प्रदर्शनीहरू पनि गरिने उनको भनाइ छ। सरकारी तथ्यांक हात्तीको आक्रमणका कारण उक्त राज्यमा ६० जना मानिसहरूको ज्यान गएको देखाएको छ। अहिलेसम्म कति जनाले सेल्फी खिच्न खोज्दा ज्यान गुमाए भन्ने स्पष्ट भइसकेको छैन। तर अधिकारीहरूले हात्तीसँग फोटो खिचाउने होडबाजीका कारण यस्तो संख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। बीबीसी

मलेसियाको मसाज सेन्टरबाट तीन नेपाली युवती पक्राउ

काठमाडौं, पुस २५ ।  मलेसिया मलेसियाको सेलेङ्गर राज्य स्थित एक मसाज सेन्टरवाट अध्यागमन विभागको विशेष टोलिले अन्य देशका नागरिक सहित ३ जना नेपाली युवतीलाई पक्राउ गरेको छ । आइतवार साझ अध्यागमन विभागले गरेको विशेष अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । नेपाली सहित भियतनामी,थाइल्याण्ड ,कम्वोडीयन युवतीहरु मसाज सेन्टर बाट आपत्ति जनक अबस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका हरु नेपाल वाट पर्यटक भिषामा मलेसिया पुगेका हुन् । उनीहरु लाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएर कारवाहिको प्रक्रिया थालिएको मलेसियाका संन्चार माध्यमले जनाएको छ । मानव तस्करहरुले मलेसियाका मसाज सेन्टरमा नेपाली युवती पठाउने गरेको रहस्य खुल्न थालेको छ । पर्यटक भिषामा यसरी तस्करहरुले युवतीलाई मलेसियाका विभिन्न मसाज सेन्टरमा यौन कार्यका लागी पठाएको खुलेको हो । पछिल्लो समय वैदेशिक रोजगारीको लागि मलेसिया असुरक्षित मात्रै नभै नेपाली हरुकै कारण बदनामी समेत बन्न पुगेको धेरैको बुझाइ छ ।

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु

सोल, पुस २५ । उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ ।पछिल्लो दुई वर्षमा पहिलो पटक दुई कोरियाबीच वार्ता भएको हो । उत्तर र दक्षिण कोरियाको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा वार्ता भएको छ । यो वार्तामा २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे छलफल हुनेछ । शीतकालीन ओलम्पिक दक्षिण कोरियामा हुँदैछ । वार्तामा दुई देशको सम्वन्ध सुधारबारे पनि कुराकानी हुने दक्षिण कोरियाले बताएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए । त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो । वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दुई लाख आप्रवासीलाई स्वदेश फर्कन ट्रम्प प्रशासनको आदेश

वासिंटन, पुस २५ । अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ । अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् । अमेरिकामा एल साल्भाडोरका आप्रवासी दुई लाखको हाराहारीमा छन् । उनीहरुलाई अमेरिकामा बस्त र काम गर्न दिइएको अनुमति रद्द गर्ने तयारीमा ट्रम्प प्रशासन जुटेको हो । सन् २००१ मा लगातार आएको भूकम्पपछि अमेरिका प्रवेश गरेका उनीहरुलाई मानवतावादी कार्यक्रम ‘टेम्प्रोरी प्रोटेक्टेड स्टेटस’ (टीपीएस) दिइएको थियो । उनीहरुलाई सन् २०१९ सम्ममा स्वदेश फर्कन समयसीमा तोकिएको छ । सो अवधिभित्र नफर्किएमा गिरफ्तार गरी कानुनअनुसार कारवाही हुने जनाइएको छ । ट्रम्प प्रशासनले यसअघि निकारागुवा र हाइटीका हजारौं आप्रवासीको टीपीएस सुरक्षा फिर्ता लिएको थियो । के हो टीपीएस ? सन् १९९० मा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत विभिन्न मुलुकका आप्रवासीलाई कानुनी रुपमा अमेरिकामा बस्न र काम गर्ने अधिकार दिइन्छ । कानुनी रुपमा वा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने सबैलाई यो कार्यक्रम अन्तर्गत सम्बोधन गरिन्छ । यस्तो अधिकार सशस्त्र संघर्ष, प्राकृतिक विपत् वा महामारीबाट प्रभावित मुलुकका नागरिकले मात्र प्राप्त गर्दछन् । अमेरिकामा एल साल्भाडोरका दुई लाख नागरिक छन्, जो टीपीएस पाउने सबैभन्दा ठूलो समूह हो ।

दुई कोरियाबीच आज वार्ता, सम्बन्ध सुधारको अपेक्षा

सोल, पुस २५ । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो । पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए । त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो । वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं, पुस २४ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । विस्फोटमा परी मृत्यु हुनेमा सात जना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ । विस्फोटको कारण खुलेको छैन । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण भएको दाबी गरेका छन्

असमान पारिश्रमिकलाई लिएर बीबीसीकी सम्पादकले राजीनामा दिइन

काठमाडौं, पुस २४ । बीबीसीकी चीन सम्पादक कैरी ग्रेसीले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी छन् । ग्रेसीले बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएकी हुन् । ३० वर्षदेखि बीबीसीमा काम गरिरहेकी उनले खुलापत्र लेख्दै बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाएकी छन् । उनले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् । तर बीबीसीले भने संस्थाभित्र महिलामाथि कुनै भेदभाव नभएको जनाएको छ ।

महान बल्लेबाज सचिन तेन्दुलकरकी छोरीलाई विवाह गर्छु भन्दै हैरान गरेपछि प्रहरी खोरमा पुगे यी युवक

मुम्बई, भारतीय प्रहरीले विश्व क्रिकेटका महान बल्लेबाज सचिन तेन्दुलकरकी छोरीमाथि दुव्र्यहार गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । भारतीय मिडियाहरुले उल्लेख गरे अनुसार, देव कुमार मैती नाम गरेका युवकलाई तेन्दुलकरको घरमा फोन गरेर उनकी छोरीलाई जिस्क्याउने र विवाहको प्रस्ताव राख्ने गरेको आरोपमा पक्राउ गरिएको हो । युवकले फोन गरेर हैरान गरेपछि सचिन तेन्दुलकरको परिवारले मुम्बईको बान्द्रा प्रहरी थानामा आरोपी मैतीका विरुद्ध रिपोर्ट दर्ता गरेका थिए । प्रहरीले फोन टावर लोकेशन ट्रयाप गर्दै जाँदा देव कुमार मैतीलाई पश्चिम बंगालको इष्ट मेदिनापुरस्थित महिसाडोल क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीले सोधपुछ जारी राखेको जनाएको छ । पेशाले आर्टिस्ट देवकुमारले सचिनकी छोरी सारा तेन्दुलकरलाई माया गर्ने र विवाह समेत गर्न चाहेको बताएको छ । प्रहरीको सोधपुछका क्रममा देवकुमारले केही महिना अघि काम परेपछि मुम्बई गएको बेला सचिनको घरको नम्बर प्राप्त गरेको र फोन गर्ने गरेको स्वीकारेको छ ।

पाकिस्तानको कडा आक्रोशः अमेरिका धोकेबाज, गठबन्धन समाप्त भएको घोषणा, अरुको स्वार्थका लागि बलिदानी नदिने

  इस्लामाबाद, अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सैन्य सहयोगमा कटौती गरेपछि आक्रोशित बनेको पाकिस्तानले अमेरिकासँगको गठबन्धन समाप्त भएको बताएको छ । पाकिस्तानले अमेरिकालाई अफगानिस्तानलगायतका देशमा सहयोग गर्दै आएको छ । अमेरिकी सरकारको निर्णयपछि पाकिस्तानका बिभिन्न तह र तप्काबाट उक्त घोषणाको बिरोध हुँदै आएपनि विदेश मन्त्रालयबाट भने पहिलो पटक बयानबाजी भएको हो । पाकिस्तानका विदेश् । “ मन्त्री ख्वाजा आसिफले अमेरिकी निर्णयमाथि सार्वजनिक अभिव्यक्ति दिँदै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन । “अमेरिकासँन्ग हाम्रो गठबन्धन समाप्त भइसकेको छ ।” उनले भनेका छन, “ अब पाकिस्तानले अमेरिकी स्वार्थका लागि कुनै बलिदान दिने छैन ।”   गत साता मात्रै अमेरिकाले पाकिस्तानलाई दिँदै आएको करिब १२ हजार करोड नेपाली रुपैयाँ बराबरको सैन्य सहायता रोकेको थियो । जेरुसेलममा इजराइलको राजधानी सार्ने अमेरिकी निर्णयको विपक्षमा भोट गरेपछि अमेरिकाले पाकिस्तानलाई दिने सहयोग कटौती गरेको थियो । ् विदेशमन्त्री आशीफले अमेरिका धोकेबाज रहेको समेत टिप्पणी गरे । “द वाल स्ट्रिट जनरललाई दिएको अन्तर्वार्तामा आशिफले अमेरिकाले सहयोग बन्द गरेको घोषणासँगै गठबन्धन समेत टुटेको बताए । “त्यसो त अमेरिका धोकेबाज देश हो, आफ्नो फाइदाका लागि हाम्रो उपयोग गरिरहेको थियो ।” ख्वाजा आशीफले भनेका छन्, “अमेरिका एउटा यस्तो मित्र देश रह्यो, जसले पाइला पाइलमा धोका मात्रै दियो ।”. मन्त्री ख्वाजाले अमेरिकालाई अफगानिस्तानमा तालिबानविरुद्धको युद्दमा साथ दिनु ठूलो गल्ती भएको पनि बताए । उनले भने, “यो लडाइका कारण हामीले आफ्ना हजारौं सैनिक गुमायौं । हामीले यसरी साथ दिँदा पनि आफूले गल्ती गर्ने तर दोष पाकिस्तानलाई दिने काम अमेरिकाले गरेको छ । ”   विदेशमन्त्री ख्वाजाले पाकिस्तानलाई एक्लो र शक्तिहीन देशका रुपमा नबुझन समेत चेतावनी दिए । पाकिस्तानसँग समेत कैयन विकल्प खुला भएको र अन्य देशहरुसँग गठबन्धन गर्न सक्ने उनले बताए ।

किन विदेशी प्रतिभालाई आकर्षित गर्दैछ चीन ?

काठमाडौं, पुस २३ । चीन सरकारले पछिल्लो समय उच्च प्रतिभाशाली विदेशीहरूलाई आफ्नो देशमा आकर्षित गर्ने नीति लिएको देखिएको छ। त्यसका लागि उसले प्रतिभावान् विदेशीहरूलाई लामो समयका लागि प्रवेशाज्ञा दिन थालेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार ‘मल्टी-एण्ट्री भीसा’ अर्थात् पटक-पटक प्रवेश पाउने भीसा पाँचदेखि १० वर्षसम्मका लागि हुनेछ। प्रविधि क्षेत्रका विज्ञ, उद्यमी तथा वैज्ञानिकहरू त्यस्तो प्रवेशाज्ञा पाउन योग्य हुनेछन्। लक्ष्य चीनले आफ्ना आर्थिक तथा सामाजिक विकासका लागि लक्ष्य तय गरिसकेको छ। र, त्यसको प्राप्तिमा सघाउनका लागि ऊ विदेशी विज्ञहरूलाई नियुक्त गर्न चाहन्छ। प्रवेशाज्ञा लिन अनलाइनबाट आवेदन दिन सकिन्छ जसका लागि शुल्क तिर्नुपर्दैन र प्रक्रिया पनि छिट्टै अघि बढ्छ। प्रवेशाज्ञा पाउने व्यक्ति एक पटकमा १८० दिनसम्म बस्न पाउनेछन् र श्रीमती तथा छोराछोरीलाई पनि आफूसँगै राख्न पाउनेछन्। पहिचान सन् २०१६ मा चीनले प्रवासीहरूमा  ‘र्‍याङकिङ्’  प्रणाली शुरु गरेको थियो। त्यसको उद्देश्य चिनियाँ आवश्यकता बमोजिम प्रतिभाहरूको पहिचान गरी त्यस अनुसार उनीहरूबाट काम लिनु थियो। एउटा दस्तावेज अनुसार उच्च विदेशी प्रतिभामा नोबेल पुरस्कार विजर्ता, सफल ओलिम्पिक खेलाडी र सङ्गीत तथा कलासम्बन्धी विश्व प्रसिद्ध शैक्षिक संस्थाका निर्देशकहरूलाई समावेश गरिएको छ। वरिष्ठ वैज्ञानिक, ठूला वित्तीय संस्थाका प्रमुख तथा विदेशी उच्चस्तरीय विश्वविद्यालयका प्राध्यापकहरूलाई पनि सूचीमा समेटिएको छ।  बीबीसी

इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा १ हजारभन्दा बढी विद्यार्थी पक्राउ

काठमाडौं, पुस २३ । इरान सरकार विरोधी प्रदर्शनमा सहभागी भएका १ हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् । ९० भन्दा बढी विश्वविद्यालयका विद्यार्थी सरकार विरोधी प्रदर्शनमा सहभागी भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । सरकार विरोधी आन्दोलनले उग्ररुप लिँदै गएपछि इरानका विद्यार्थीहरु पनि सडकमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ठाउँठाउँमा आगजनीसमेत गरेका थिए । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म कम्तिमा २१ जनाको मृत्यु भइसकेको छ । मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा शुरु भएको प्रदर्शन चर्किंदै गएको छ । तेहेरान प्रान्तमा करिब ४ सय ५० जना पक्राउ परेका छन् ।

पूर्व सल्लाहकार स्टिभ बेननले जागिरसँगै होस पनि गुमाएको ट्रम्पको आरोप

काठमाडौं, पुस २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व सल्लाहकार तथा सहयोगी स्टिभ बेनन्ले जागिरसँगै होस पनि गुमाएको आरोप लगाएका छन् । बेनन्ले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल बुल्फको कितावमा उल्लेख गरेका कुरालाई लिएर राष्ट्रपति ट्रम्प आक्रोसित बनेका हुन् । बेनन्ले हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बताएका थिए । रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेनन्ले पुस्तकमा बताएका थिए । ट्रम्पले वक्तव्य जारी गरेर बेनन्को आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । तर सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेनन्को महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा विश्लेषकले बताउने गरेका छन् । ट्रम्पले चुनाव जितेपछि पनि बेनन् ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहेका थिए । प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहेका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा बर्खास्त गरेका थिए । बर्खास्त गर्ने बेलामा ट्रम्पले बेननलाई धन्यवाद दिँदै आफ्नो चुनावी अभियानमा ठूलो सहयोग गरेको बताएका थिए । बेनन्ले आफ्नो जितमा निकै कम मात्रै काम गरेको ट्रम्पको आरोप छ ।

नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ जनाको मृत्यु

बैङकक, १९ पुस (रासस/सिन्ह्वा) थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ । यो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् । देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ । –––