माल्दिभ्समा १२ सभासद् निलम्बित
काठमाडौं, फागुन ८ । माल्दिभ्सको सर्वोच्च अदातले सोमबार १२ जना सभासदलाई लिम्बन गरेको घोषणा गरेको छ ।
संकटकाल बढाउने विषयमा मतदान हुनुभन्दा केही घण्टापुर्व अदालतले यस्तो फैसला सुनाएको हो ।
उक्त निर्णयबाट माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनलाई सहज भएको छ ।
उनले अब आफुअनुकुलको निर्णय गर्न पानेछन् । यसअघि आफैँले गरेको निर्णय पनि सर्वोच्च अदालतले उल्टाएको छ । -अन्नपुर्णमा खबर छ ।
ट्रम्पले गरे भारतीय र चिनिया महिलाका लागि खतरानाक हुने फैसला
वाशिंगटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पको एउटा प्रस्तावित फैसला प्रवासी भारतीय महिलाका लागि खतरनाक हुने देखिएको छ । श्रीमानमार्फत् अमेरिका पुगेर काम गरिरहेका महिलाले काम गर्न नपाउने गरी ट्रम्पले प्रस्ताव गरेका छन् । बीबीसीको वेवसाइटमा प्रकाशित समाचार अनुसार पछिल्लो यो फैसला कार्यान्वयन भए अमेरिकामा बसिरहेका धेरै भारतीय महिलाको रोजगारी गुम्ने छ । यसअघि, दोस्रो देशबाट ‘प्राइमरी भिसा’मा अमेरिकामा रोजगारी गरिरहेका व्यक्तिका पति र पत्नीलाई काम गर्ने अधिकार दिइएको थियो । बाराक ओबामा प्रशासनले सन् २०१५ देखि लागू गरेको यो प्रावधानलाई ट्रम्प फिर्ता लिन चाहन्छन् । समाचार अनुसार ट्रम्पले उक्त कदम उठाए हजारौं भारतीय र चिनिया महिला रोजगारीबाट मुक्त हुने छन् । विगत १ दशकदेखि अमेरिकामै बसिरहेकी नेहा महाजनका बच्चाको लागि अमेरिका नै घर हो । नेहाका पतिलाई दक्ष कामदारको रुपमा अमेरिकामा काम गर्ने भिसा मिलेको थियो । त्यसकै आधारमा नेहा पनि अमेरिका पुगेर काम गरिरहेकी छन् । ‘मलाई यस्तो लाग्दैछ कि म पिजरामा परेकी छु,’ ट्रम्पको प्रस्तावित फैसलाबारे जानकारी पाएपछि नेहाले भनिन्, ‘मैले अब एक गृहिणी भएर बस्नुपर्ने छ ।’ केही दिनअघि नेहासहित कतिपय भारतीयले वाशिंगटनमा विरोध प्रदर्शन गरेका थिए । चीन र भारतका महिलालाई यो प्रस्तावित फैसलाले सबैभन्दा बढी असर गर्नेछ । चीन र भारतबाट अधिकांश पुरुष नै दक्ष कामदारको भिसामा अमेरिका पुगेका हुन्छन् । तसर्थ, उनीहरूका पत्नीलाई यो फैसलाले रोजगारमुक्त बनाइदिने छ । ‘राष्ट्रपति अमेरिकी नागरिकलाई रोजगारी दिन चाहन्छन् र तलब पनि बढाउन चाहन्छन्,’ अमेरिकाको केन्द्रीय अध्यागमन विभागका सञ्चार निर्देशक माग्रेट टेलफर्डले भने, ‘दोस्रो देशबाट कामदार ल्याउँदा कम्पनीलाई त फाइदा हुन्छ, सस्तोमै कामदार मिल्छन् । तर, अमेरिकी कामदारलाई घाटा हुन्छ ।’
माओवादी र प्रहरीबीच ५ घण्टा भीडन्त, २० माओवादी मारिएको प्रहरीको दाबी
छत्तीसगढ । भारतको छत्तीसगढस्थित सुकमा जिल्लामा सुरक्षाकर्मी र नक्सलवादीहरुबीच ५ घण्टा लामो भीडन्त भएको छ । भीडन्तमा २० बढी माओवादी मारिएको प्रहरीले दावी गरेको छ । सुरक्षाकर्मीतर्फ भने दुई जना मारिएको र ६ जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ । भारतमा सशस्त्र संघर्ष चलाइरहेका माओवादीहरुको छत्तीसगढमा निकै प्रभाव रहेको छ । प्रहरीका अनुसार, सडक निर्माणको सुरक्षामा रहेका प्रहरीमाथि लुकेर माओवादीले हमला गरेका थिए । यसअघि माओवादीहरुले अर्को टीम पठाएर सडक परियोजनाका प्रबन्धकको हत्या गरेका थिए । माओवादीहरुले १० ट्रयाक्टर र एक पोकल्याण्ड मेशिनमाथि आगो लगाएका थिए । न्यूज एजेन्सीका अनुसार, एन्टी नक्स्ल अपरेशनका स्पेशल डिजि डिएम अवस्थीका अनुसार, आइतबार बिहान ११ बजे भीडन्त शुरु भएको थियो । उक्त क्षेत्रमा प्रहरीले खोजी अप्रेशन जारी राखेको छ ।
नरेन्द्र मोदीले पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख तिर्नुपर्ने
नयाँ दिल्ली, फागुन ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै त्यसबापतको बिल भारत सरकारसमक्ष पठाएको छ । ‘रुट नेभिगेशन शुल्क’ भन्दै पाकिस्तानले भारतलाई बिल पठाएको हो । भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्न आकस्मिक रुपमा लाहोर पुगेका थिए । यसबापत पाकिस्तानले ‘रुट नेभिगेशन चार्ज’ एक लाख ४९ हजार तोकेको छ । त्यस्तै मोदीले सन् २०१६ मे महिनामा इरान भ्रमणका लागि पाकिस्तानी आकाश प्रयोग गरेबापत ७७ हजार २१५ रुपैयाँ नेभिगेशन शुल्क तोकिएको छ । त्यस्तै सोही वर्षको जुन महिनामा कतार भ्रमणका क्रममा मोदी सवार विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत ५९ हजार २१५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । विदेश भ्रमणलाई मोदीले निकै प्राथमिकता दिएका छन् । पछिल्ला दुई वर्षमा उनको विदेश भ्रमणका क्रममा भारतीय वायु सेनाको विशेष विमान प्रयोग गरेबापतको खर्चमात्र करिब दुई करोड रुपैयाँ रहेको बताइएको छ ।
इजरायली प्रधानमन्त्रीले भने– इरान विश्वकै लागि खतरा
म्युनिख, फागुन ६ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका छन् । म्युनिखमा आयोजित सेक्युरिटी सम्मेलनमा इरानविरुद्ध कडा अभिव्यक्ति दिदैं उनले इरानी नेतृत्वलाई इजरायलमा ‘आतंकवादी नाक घुसाउन’ नदिने प्रष्ट पारे । उनले सोही सम्मेलनमा सहभागी इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफमाथि समेत गम्भीर आरोप लगाउँदै भने, ‘उहाँ इरानको नेतृत्वको वाकपटु प्रवक्ता हुनुहुन्छ ।’ सम्मेलनमा इरानी विदेशमन्त्री जरिफले सम्बोधन गर्न बाँकी नै छ । उनले इजरायली प्रधानमन्त्रीका भनाइको कडा प्रतिवाद गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतन्याहुले इजरायली सेनाद्वारा नष्ट गरिएको कथित इरानी ड्रोनको एक टुक्रा देखाउँदै इरानी विदेशमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘के यो टुक्रा तपाई चिन्नुहुन्छ ? तपाईले चिन्नुपर्ने हो, किनकी यो तपाईहरुकै हो । हाम्रो परीक्षा नलिनुस् ।’ नेतन्याहुका अनुसार इरानले इजरायली क्षेत्रमा पठाएको ड्रोन इजरायली सेनाले खसालेका थिए । तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको पनि उनको भनाइ थियो । प्रमाणस्वरुप आफूले ड्रोनको अवशेष ल्याएको उनले बताए ।
पारमाणविक हमला भए ट्रम्प कहाँ लुक्लान् ?
काठमाडाैं । ह्यारी ट्रुम्यानदेखि डोनल्ड ट्रम्पसम्म, सबै अमेरिकी राष्ट्रपतिहरूलाई पारमाणविक हमला भएको खण्डमा ‘बङ्कर’मा बस्ने सुविधा रहिआएको छ। उसो भए पारमाणविक हमलाको खतरा उत्पन्न भएमा सेनाका परमाधिपतिलाई कहाँ लगिनेछ? पारमाणविक हमलाको खतरा उत्पन्न हुनासाथ राष्ट्रपति ट्रम्पलाई एउटा सुरक्षित स्थानमा लगिनेछ। उनका लागि त्यस्ता कैयौँ सम्भावित ठाउँ उपलब्ध छन्। प्रतिबिम्बित एउटा चाहिँ ह्वाइट हाउसमुनि छ जसको निर्माण सन् १९५० को दशकमा गरिएको थियो। अर्को चाहिँ भर्जिनियाको ब्लू रिज माउण्टेन्सस्थित सजिलै भेटाउन नसकिने स्थानमा छ। फ्लोरिडामा राष्ट्रपति ट्रम्पको निजी सम्पत्ति मार-आ-लागोमा उनको व्यक्तिगत ‘बङ्कर’ छ भने अर्को चाहिँ ‘वेष्ट पाम बीच’ मा उनले पहिला-पहिला गल्फ खेल्ने गरेको ठाउँमा छ। कंग्रेसका सदस्यहरूका लागि विगतमा बनाइएको ग्रीनब्रायर नामक बङ्कर अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हमलाका बेला लुक्ने ठाउँसम्बन्धी यी विवरणहरूले सम्भावित पारमाणविक आक्रमणको सामना कसरी गर्ने भन्ने दशकौंयता अमेरिकीहरूले गर्दै आएको प्रयासलाई प्रतिबिम्बित गर्दछन्। केही मानिसहरूका लागि पारमाणविक हमलाका कुरा अकल्पनीय हुन्। केहीले चाहिँ योजनाहरू बनाउँछन्। यद्यपि जति राम्रो तरिकाले बनाइएको भए पनि सिधा प्रहारबाट कुनै पनि ‘बङ्कर’ जोगिन सक्दैन। प्रतिरक्षा ‘वान नेशन अण्डरग्राउण्डः द फलआउट शेल्टर इन अमेरिकन कल्चर’ नामक पुस्तककी लेखिका केनेथ रोज भन्छिन्, “शक्तिशाली विस्फोट र प्रहारबाट जोगिन सक्ने कुनै प्रतिरक्षा प्रणाली छैन।” यदि प्रारम्भिक आक्रमणबाट राष्ट्रपति जोगिए भने ‘बङ्कर’मा जान उनलाई सहज हुनेछ। अमेरिकी नौसेनाले ‘पीनट आइल्याण्ड’ नामक एउटा ‘बङ्कर’ तत्कालीन राष्ट्रपति जन एफ केनेडीका लागि बनाएको थियो। उक्त ‘बङ्कर’ फ्लोरिडाको ‘पाम बीच हाउस’ नजिकै छ जहाँ केनेडी प्रायः जसो गइरहन्थे। ‘पाम बीच हाउस’ र उक्त ‘बङ्कर’ बीच जम्मा १० मिनेटको दूरी छ। उक्त ‘बङ्कर’लाई ‘डिट्याचमेन्ट होटल’ पनि भन्ने गरिन्छ। जसलाई बनाउन त्यतिबेला ९७ हजार अमेरिकी डलर खर्च भएको थियो। राष्ट्रपतिका लागि बनाइएका तीनवटा ‘बङ्कर’ छन्: ‘पीनट आइल्याण्ड’, ‘ह्वाइट हाउस’ र ‘माउण्ट वेदर’। माउण्ट वेदरको चुचुरोलाई राष्ट्रपति र उनका सहयोगीहरूलाई लुक्नका लागि ‘बङ्कर’मा परिणत गरिएको छ। ‘पीनट आइल्याण्ड’ मा राष्ट्रपतिसँगै उनका कैयौँ सहयोगी र सचिव जान सक्छन्। उक्त ‘बङ्कर’मा ३० जना अट्न सक्ने बताइन्छ। व्यवस्था सेप्टेम्बर ११ को घटनाका बेला ह्वाइट हाउस ‘बङ्कर’मा तैनाथ गरिएका एकजना मरिन रोबर्ट डार्लिङका अनुसार राष्ट्रपतिसहित केही उच्चपदस्थ व्यक्तिहरू मात्रै ‘बङ्कर’मा बस्ने पाउने व्यवस्था मिलाइएको छ। उनी भन्छन्, “सेप्टेम्बर ११ को घटनाका बेला उपराष्ट्रपति डिक चेनीले बङ्करबाटै काम गरिरहेका थिए। उनीसँगै उनकी श्रीमती, तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार कोण्डलिजा राइस र रक्षामन्त्री डोनल्ड रम्सफिल्डसहित केही मानिसहरू थिए। तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश पनि त्यसैभित्र थिए।” कंग्रेसका सदस्यहरूका लागि वेष्ट भर्जिनियामा ह्वाइट सल्फर स्प्रिङ्ग्स नजिकै ग्रीनब्रायर रिजोर्टमा एउटा ‘बङ्कर’ छ। उक्त ‘बङ्कर’को ‘प्रोजेक्ट ग्रीक आइल्याण्ड’ भन्ने कोड नाम थियो र दशकौँसम्म त्यसको प्रयोग भइरह्यो। तत्कालीन राष्ट्रपति जन एफ केनेडीलाई हमलाका बेला विकिरणबाट जोगाउन यो बङ्कर बनाइएको थियो। तर सन् १९९२ मा बन्द भएपछि मात्रै त्यसको नाम सार्वजनिक भएको थियो। भर्जिनियाको माउण्ट वेदर नजिक बस्ने मानिसहरूले त्यसलाई ‘डूम्सडे सिटी’ अर्थात् ‘प्रलयको दिनको शहर’ भनेर चिन्छन्। १,७५४ फीट अग्लो माउण्ट वेदरको चुचुरोलाई पारमाणिक हमला हुने खतराका बेला राष्ट्रपति र उनका सहयोगीहरूलाई लुक्नका लागि ‘बङ्कर’मा परिणत गरिएको हो। माउण्ट वेदरको रेखदेख अमेरिकी संघीय आपत्कालीन व्यवस्थापनसम्बन्धी निकाय फेमाले गर्दछ। शीतयुद्ध सेप्टेम्बर ११ मा अल-कायदाले हमला गरेपछि त्यसलाई सञ्चालनमा ल्याइएको थियो। फेमाका तत्कालीन निर्देशकले सन् २००१ को अक्टोबरमा कंग्रेससमक्ष दिएको बयानमा उक्त कुरा बताएका थिए। यद्यपि उनले विस्तृत कुरा उल्लेख गरेनन्। माउण्ट वेदरदेखि पीनट आइल्याण्ड र मार-आ-लागोको निर्माण शीतयुद्धका बेला गरिएको थियो। राष्ट्रपति केनेडीका लागि बनाइएको बङ्करमा अत्यावश्क वस्तु आपूर्तिको व्यवस्था मिलाइएको थियो। मार-आ-लागो ‘बङ्कर’ सन् १९५० को शुरूतिर एकजना धनाढ्य महिला मर्जोरी मेरीवेदर पोष्टले बनाउन लगाएकी थिइन्। उनलाई कोरियासँग युद्ध हुने आशंका थियो। सन् १९८५ मा डोनल्ड ट्रम्पले ‘बङ्कर’सहित ती महिलाको सम्पत्ति खरिद गरेका थिए। उनीसँगै उक्त ‘बङ्कर’मा गएका पूर्वयोजना व्यवस्थापक वेस ब्ल्याकम्यान त्यसभित्र जाँदा पुरातात्विक खोजमा गए जस्तै भएको बताउँछन्। ब्ल्याकम्यान भन्छन्, “बङ्करको मजबुतीलाई लिएर किन त्यति काम गरिएको भनेर उनले बुझ्न सकेनन्। महायुद्ध जस्ता घटना हुने बेला ज्यान जोगाउने अरू कुनै ठाउँ हुनेछैन।” बीबीसी
इरानमा ‘करिब ६० जना सवार विमान दुर्घटना’
मध्य इरानको पहाडी क्षेत्रमा करिब ६० जना यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इस्फहान प्रान्तको सेमिरोम शहर नजिकै दुर्घटनामा परेको विवरणहरूमा जनाइको छ। उक्त विमान तेहरान र दक्षिण–पश्चिमी यासुज शहरबीचमा उडिरहेको थियो। आपत्कालीन सेवाका एकजना प्रवक्ताले भने, ‘सबै आपत्कालीन सेवा बलहरूलाई सजग गराइएको छ। विमानमा ५० देखि ६० जना यात्रु थिए।’ दुर्घटनाग्रस्त विमानको भग्नावशेषको खोजी खराब मौसमका कारण दुर्घटनास्थलमा पठाइएको एउटा हेलिकप्टर पुग्न नसकेको बताइएको छ। हताहतीबारे केही स्पष्ट भइसकेको छैन। बीबीसी
झोलासँगै एक्सरे मशिनमा महिला छिरेपछि…
काठमाडाैं । के तपाईँलाई सुरक्षा जाँचका क्रममा आफ्ना झोला चोरी हुन सक्ने चिन्ता लाग्छ ? यस्तै चिन्ता लागेर एकजना चिनियाँ महिला आफ्ना झोलासँगै एक्सरे मशिनमा छिरिन्। दक्षिणी चीनको डुङ्गुआन रेल्वे स्टेशनका कर्मचारीहरू त्यतिबेला छक्क परे जब उनीहरूले एक्सरे मशिनमा एक यात्रुको छाया तस्वीर देखे। चिनियाँ नयाँ वर्ष मनाउन सर्वसाधारणहरू घर फर्किने चटारो भएका बेला गत आइतवार यस्तो अनौठो घटना भएको हो। नगद ‘कन्भेयर बेल्ट’ अर्थात् यात्रुको सामान ओसार्ने प्रणाली पार गरेपछि ती महिलाले आफ्ना झोलाहरू हेरिन् र हिँडिहालिन्। अग्लो हिल भएको जुत्ता लगाएकी ती महिला आफ्ना झोलापछाडि हातगोडा टेकेर एक्सरे मशिनभित्र बसेको छाया तस्वीरमा देखिएको थियो। आफ्ना झोलाको सुरक्षालाई लिएर ती महिला किन त्यति चिन्तित थिइन् त्यो स्पष्ट त भइसकेको छैन। तर चिनियाँ नयाँ वर्ष मनाउन यात्रा गर्ने क्रममा चिनियाँ नागरिकले ठूलो मात्रामा नगद बोक्ने गरेको बताइन्छ। भिडिओ फूटेजमा देखिए अनुसार एउटा सानो हातेझोलासहित सुरक्षा जाँच गरिने मशिन पार गरेर अघि बढ्नुअघि ती महिलाले आफ्नो सुट्केस ‘कन्भेयर बेल्ट’मा राखेकी थिइन्। त्यसपछि उनलाई सबै झोलाहरू एक्सरे मशिनमा राख्नुपर्ने भनिएको थियो। तर उनले आफ्नो हातेझोला त्यसमा राख्न अस्वीकार गरिन्। आश्चर्य उनीसँग उपाय थियो – आफ्ना सामानसँगै आफू पनि जानु। र, उनी ‘कन्भेयर बेल्ट’मा बसिन्। विना कुनै चोटपटक उनी बाहिर पनि निस्किन्। त्यो देखेर आश्चर्य मान्दै एकजना सुरक्षाकर्मी हाँसिरहेको भिडिओ फूटेजमा देखिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसपछि रेल्वे सेवाका कर्मचारीले विकिरणले स्वास्थ्यमा हानि पुर्याउन सक्ने भएकोले एक्सरे मशिनमा नछिर्न यात्रुहरूलाई आग्रह गरेका थिए। ती महिला चिनियाँ नयाँ वर्ष मनाउनका लागि रेलबाट यात्रा गरिरहेका अनुमानित ३९ करोड मानिसमध्ये एक हुन्। चिनियाँहरूले शुक्रवार नयाँ वर्ष मनाउन लागेका छन्। बीबीसी
भविष्यवाणीले हलचल, ट्रम्प फेरि राष्ट्रपति बन्छन्, अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !
वासिंटन, फागुन ४ । अमेरिकामा एक युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् । नोह नाम गरेका ती युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चितसमेत भएका छन् । विभिन्न रेडियो तथा टेलिभिजनमा उनको अन्तरवार्ता आउन थालेको छ । यतिमात्र होइन, उनका भनाइलाई अन्तरवार्ताकै क्रममा झुठो पत्ता लगाउने मेसिन (लाइ डिटेक्टर)मार्फत जाँचसमेत गरिएको छ, जसमा उनी सही साबित भएका छन् । उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को कार्यकालका लागि पनि निर्वाचित हुने बताएका छन् । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी हुने उनको दावी छ । सन् २०३० मा अमेरिकाको राष्ट्रपतिमा मार्टिन लुथर किंगको नातिनी योलान्डा रेनी किंग हुने पनि उनको दावी छ । उनी त्यतिबेला २१ वर्षकी हुनेछन् । भविष्यवाणी गर्दै उनले भने, ‘उनीहरुले कानूनमा सुधार गर्नेछन् र सन् २०३१ मा अमेरिकाले सबैभन्दा कान्छो राष्ट्रपति पाउनेछ ।’ उनले ट्रम्पपछि निर्वाचित हुने राष्ट्रपतिको नाम भने बताएनन् । उनले भने, ‘म नाम भन्न सक्दिनँ किनकि, उहाँले केही नराम्रो काम गर्नुहुनेछ । उहाँ अहिले नै राजनीतिक व्यक्तित्वका रुपमा हुनुहुन्छ । त्यसैले म उहाँको नाम लिन चाहन्नँ ।’ उनले आउँदा वर्षमा यान्त्रिक मानवले घर–परिवारमा महत्वपूर्ण स्थान लिने दावीसमेत गरेका छन् । सन् २०२० मा मोबाइल फोन अपेक्षा गरिएभन्दा धेरै ठूला आकारका आउने पनि उनले बताए । त्यस्तै सन् २०२८ मा मानिस मंगलग्रहमा जान थाल्ने र सोही वर्ष टाइम ट्राभल र टाइम मेसिनको प्रयोग आमरुपमा हुने पनि बताए । आउँदा वर्षमा क्यान्सरजस्ता घातक रोगको उपचार सहज हुने पनि उनले बताए । विभिन्न टेलिभिजनमा अन्तरवार्ता लिने क्रममा उनको अनुहार लुकाइएको छ ।
डिभी चिठ्ठालगायतका विषय समेटिएका चार विधेयक अमेरिकी संसदबाट अस्वीकृत
वासिंटन, फागुन ४ । डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । यी विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षासमेत सामेल थियो । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँगसम्बन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेश गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेको यस विधेयकविरुद्ध भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् । आगामी मार्च ५ सम्म समाधान खोज्न पनि संसदलाई ट्रम्पको आग्रह छ । डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान पाउने गरेका छन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिश गर्न सक्ने व्यवस्था पनि छ । यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै आएका छन् । विधेयक पारित नहुँदा नेपालीलाई पनि राहत मिलेको छ । डीभी परेर अमेरिका पुग्ने विदेशीमध्ये नेपाली अग्र स्थानमा रहँदै आएका छन् । वर्षेनी झन्डै चार हजार नेपाली डीभी चिठ्ठामार्फत् नै अमेरिका पुग्ने गरेका छन् ।
अमेरिकी खर्च विधेयकमा हस्ताक्षर, सरकारी कामकाज पुनः सुचारु
काठमाडौं, माघ २७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चसम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर गरेर त्यसलाई कानुनी रुप दिएका छन् । विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेसँगै छोटो समयका लागि बन्द भएको अमेरिकी सरकारी कामकाज पुनः सञ्चालनमा आएको छ । सिनेटले खर्च विधेयक पारित गर्नुपर्ने समयसीमा नाघेपछि अमेरिकामा यस वर्ष दोस्रो पटक सरकारी कामकाज ठप्प भएको थियो । तर पछि सो विधेयक पारित भएको थियो । वैधानिक खर्च व्यवस्थाको अभावमा मध्यरातपछि केहि समयका लागि बन्द हुन पुगेको सरकारी कामकाज संचालन हुन सक्ने गरी राष्ट्रपति ट्रम्पले कंग्रेसबाट अनुमोदित विधेयकमा हस्ताक्षर गरेका हुन् । ६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा गरिने खर्चको सीमा बढाइएको छ । सरकार सञ्चालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने उक्त विधेयक मध्य रातको समयसीमा अगाडी नै पारित हुनु अघि सिनेटरहरुले अन्तिम समयमा केही असहमतिहरुको सामना गर्नु परेको थियो । पारित विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले अब अमेरिकी सेना पहिले भन्दा बलियो हुने बताएका छन् ।
टाइटैनिकसहित तीन पटक जहाज दुर्घटनामा परेर पनि मृत्यु जित्न भएकी यी लेडी…
संसारमा कोही यस्तो व्यक्ति पनि छन्, जसलाई उनका लकले सधै साथ दिइरहेका हुन्छन् । यस्तैमा एक युवती रहेकी छिन् वायलेट जेसप, जसले तीन पटक मृत्युलाई पनि मात दिएकी छिन् । अहिले उनी यस संसारमा छैन । वायलेटले आफ्नो जीवनमा तीनपटक यस्तो जहाजमा नर्सको काम गरेकी थिइन् । जो यस घटनाको शिकार बन्न पुगिन् । यस्तैमा एक थियो टाइटैनिक । बताएअनुसार टाइटैनिक जहाजको डिजाइन गर्ने थोमस एन्ड्रयूज ७ फ्रेब्रुअरीको १४५ औं वर्थ एनिवर्सरी थियो । आज तपाईको यो प्याकेजमा वायलेट जेसपको कहानीको बारेमा केही बताउन खोजिरहेका छौं । जसको भाग्यले मृत्युलाई पनि मात दिनका लागि सधैं साथ दिएका छन् । बाल्यकालमा डाक्टरले भनेका थिए, धेरै समय बाँच्ने छैन वायलेट । २ अक्टोबर १८८७ को जन्मेकी वायलेटको बाल्यकालमा टीबी रोगले बिरामी परेकी थिइन् । डाक्टरले भनेका थिए, उनी धेरै समय बाँच्ने छैन । तर, भन्दछन् कि न कि भाग्यभन्दा ठूलो केही छैन । त्यस्तै भयो वायलेट एक तन्दुरुस्ट बन्दै गएकी थिइन् । बुबाको मृत्युपछि आमासँग ब्रिटेनमा बसाई भयो र उनले जहाजमा नर्सको जागिर सुरु गरिन् । २१ वर्षको उमेरमा वायलेटले ओलम्पिक नामको जहाजमा बतौर नर्सको काम सुरु (१९१०) गरेकी थिइन् । सेप्टेम्बर १९११ को बेला यो जहाज समुद्रमा एचएमएस हाक जहाजसँग ठक्कर दिएका थिए । दुवै जहाजलाई भारी नोक्सान भयो र कैयौं मानिसहरुको मृत्यु भयो तर वायलेटको एउटा चोट पनि लागेन । १९१२ मा टाइटैनिकमा काम सुरु वायलेट १९१२ मा टाइटैनिकमा काम सुरु गरेका थिए । यो जहाजस बरफको एक ठूलो चट्टानसँग ठक्कर दिन पुगेका थिए । यस जहाजमा सवार करिब १५०० भन्दा बढी यात्रुहरुको ज्यान गयो । तर, यस पटक पनि वायलेटकी ज्यान बच्न सफल भएकी थिइन् । यसपछि वायलेटले १९१६ मा ब्रिटैनिक जहाजमा काम गरेका थिए । यो जहाज इञ्जिन सागरमा बनेका एक खदानमा दुर्घटना हुन पुगेका थिए । तर यस घटनामा ४० मानिसहरुको ज्यान गएका थिए । तर वायलेट भने यस पटक पनि बच्न सफल भएकी थिइन् । तीन भयानक जहाज घटनाबाट वायलेटलाई Miss Unsinkable यो नाम दिइयो । वायलेटकी मृत्यु ५ मे १९७१ मा भएका थिए ।
प्योङयाङमा भव्य सैनिक परेड, अमेरिकालगायतका देश संशकित
काठमाडौं । उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ । यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकूद सुरु हुन लागेको छ । उक्त ओलम्पिक खेलकूद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी प्योङयाङमा उत्तर कोरियाले सैनिक परेड प्रस्तुत गरेको समाचारमा जनाइएको छ । यस्ता सबैजसो सैनिक क्रियाकलापहरुको प्रत्यक्ष प्रशारण गर्ने गरेको उत्तर कोरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले पनि यस दृश्यको भने प्रशारण गरेको छैन । दक्षिण कोेरियाको समाचार स्रोतले भन्यो– हामीलाई यो कुरा जानकारीमा आएको छ कि उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा उत्तर कोरियाली ठूलो संख्याका सैनिकले यस्तो परेड प्रस्तुत गरेका दक्षिण कोरियाली समाचार स्रोतले जानकारी दिएको छ । यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन । उसले यसअघि नै आलम्पिकको पूर्व सन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो । रासस/एएफपी
चिनियाँ सुरक्षाकर्मीका लागि विशेष चश्मा, यस्तो छ चश्माको विशेषता
बेइजिङ, माघ २५ । चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ । अपराधी पहिचानका लागि यो चश्मा प्रभावकारी हुने विश्वास गरिएको छ । चीनले आफ्नो नयाँ वर्षका लागि सुरक्षाको ‘हाइटेक’ व्यवस्था गरेको हो । अपराधीमाथि नजर राख्न विशेष प्रविधियुक्त चश्मा प्रयोगमा ल्याइएको छ, जसले सजिलैसँग मुहार पहिचान गर्न सक्छ । नयाँ वर्षका अवसरमा ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्न र भीडमा संदिग्धलाई पहिचान गर्न यस प्रकारको चश्मासहित सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिने चिनियाँ अधिकारीहरुको भनाइ छ । हेनान प्रान्तको झेंगझुस्थित रेलवे स्टेशनमा सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको छ । चश्मामार्फत प्रहरीको डाटामा उपलब्ध जानकारीका आधारमा सुरक्षाकर्मीले यात्रीको पहिचान गर्नेछन् । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । हेनानका सार्वजनिक सुरक्षा विभागका अधिकारी झांग जियावोलीका अनुसार यो चश्मा गुगलको चश्माजस्तै छ । प्रहरीको डाटावेससँग जोडिएको यो चश्माले संदिग्ध व्यक्तिको मुहारलाई परीक्षणका लागि प्रहरी डाटावेसमा पठाउँछ ।
जर्मनीमा गठबन्धन सरकार बन्ने, दुई पार्टीबीच सहमति
काठमाडौं, माघ २५ । जर्मनीमा गठबन्धन सरकार गठनमा सहमति भएको छ । जर्मनीकी चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो । यो सहमतिपछि गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ सीडीयू÷सीएसयू पार्टीले पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य भएको छ । निर्वाचन भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको थिएन । अब सहमति भएसँगै केही दिनमै जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्ने भएको छ । दुई पार्टीबीच गठबन्धन सरकार गठन गर्ने सहमति भएसँगै महत्वपूर्ण मन्त्रालय बाँडफाँडको गृहकार्य शुरु भएको छ । एसपीडी पार्टीले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । जर्मनीका सञ्चारमाध्यमहरुले एसपीडीका नेता तथा युरोपेली संसद्का पूर्वअध्यक्षसमेत रहेका मार्टिन शुल्ट्जले विदेशमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको बताएका छन् ।
माल्दिभ्स संकटः ‘भारतीय सेना तयारी अवस्थामा’
काठमाडौं । माल्दिभ्समा राजनीतिक संकट गहिरिँदै जाँदा आवश्यक परेको खण्डमा आफ्ना सैनिकहरू माल्दिभ्समा खटाउनका लागि आफू तम्तयार रहेको भारतीय सेनाले बताएको छ। विपक्षीले सैन्य ुकूु अर्थात् सेनाको सहयोगमा सत्तापलट गर्ने प्रयास गर्न लागेको दाबी गर्दै राष्ट्रपति अब्दुल्ला यामीनले माल्दिभ्समा यसै हप्ता संकटकालको घोषणा गरेका थिए। आग्रह त्यसको प्रतिक्रियास्वरूप त्यहाँ उत्पन्न राजनीतिक गतिरोध तोड्न पूर्वराष्ट्रपति मोहमद नाशीदले भारतलाई सेना सहितको दूत पठाउन आग्रह गरेका थिए। जस्तोसुकै घटनाक्रमका लागि सेना तयारी अवस्थामा रहेको र तुरुन्तै परिचालित हुन सक्ने भारतीय सेनाका एकजना प्रवक्ताले बीबीसीलाई बताए। यसअघि सन् १९८८ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपतिलाई सत्ताबाट हटाउन गरिएको प्रयासलाई विफल तुल्याउन भारतले आफ्ना सैनिक पठाएर त्यहाँ हस्तक्षेप गरेको थियो। संकट हाल निर्वासनमा रहेका नाशीद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो राष्ट्रपति हुन्। माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति नाशीदसहित अन्य नौ जना विपक्षी नेताहरूविरुद्ध लागेका आरोप खारेज गर्दै उनीहरूलाई हिरासतमुक्त गर्न सरकारलाई आदेश दिएको थियो। तर सो आदेश पालना गर्न सरकारले अस्वीकार गरेपछि माल्दिभ्समा संकट गहिरिएको हो। बीबीसी

