चर्चित पत्रकार गौरी लंकेशको हत्या अभियोगमा हिन्दुबादी नेता पक्राउ

नयाँदिल्ली । एक चर्चित महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनीितज्ञलाई पक्राउ गरेको छ।

उनको हत्यारालाई कारबाही गर्न माग गर्दै गत वर्ष केहीदिन देशैभरी विरोध प्रदर्शन भएको थियो।

भारतीय महिला पत्रकार ५५ वर्षीया गौरी लंकेश भारतको हिन्दु राष्ट्रवादको चर्को आलोचक थिइन्।

सन् २०१७ को सेम्टेम्बर ५ तारिखका दिन उनलाई कर्नाटक राज्यको राजधानी बेङगालुरुस्थित आफ्नै घर बाहिर गोली हानी हत्या गरिएको थियो।

हेलमेटसहित मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले उहाँलाई गोली प्रहार गरेका थिए।

हत्यारा खोज्नका लागि खटाइएको विषेश टोलीले शुक्रबार के‍टी नविन कुमारलाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन्।

पक्राउ परेका व्यक्ति स्थानीय हिन्दुवादी नेता रहेको प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

दमिश्क, सिरिया (बिबिसी) । सिरियाका राहत शिविरहरूमा महिलाहरूको यौन शोषण भइरहेको समाचारहरू आइरहेका छन् । बिबिसीले संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका माध्यमले मानवीय सहायता प्रदान गर्न खटाइएका पुरुष राहतकर्मीहरूले यस्तो गर्ने गरेको थाहा हुन आएको जनाएको छ । रिपोर्टहरूमा पुरुष राहतकर्मीहरूले यौनका सट्टामा भोजन बेच्ने गरेको कुरा छ । यसबारे तीन वर्ष पहिले नै चेतावनी दिइसकिएको भए पनि देशको दक्षिणी भूभागमा यो सिलसिला जारी रहेको जनाइएको छ । संयुक्त राष्ट्र र अन्य संगठनहरूले भने यस क्षेत्रमा काम गरिराखेका उनीहरूका सहयोगी संगठनहरू विरुद्ध यस्तो गुनासो नआएको जनाएका छन् । राहतकर्मीहरूले बिबिसीलाई बताए अनुसार त्यहाँ ठुलो परिणाममा महिलाहरूको शोषण भइरहेको छ जसकारण महिलाहरू राहत वितरण केंद्रसम्म जान रुचाइरहेका छैनन् । एक जना राहतकर्मीका अनुसार केही मानवीय सहायता पुऱ्याइरहेका एजेंसीहरूले यस्ता घटनाहरूलाई नजरअंदाज गर्ने गर्दछन् किनभने बढी जोखिमपूर्ण क्षेत्रमा उनीहरूका लागि स्थानीय अधिकारी हरू र सहयोगी संगठन काम गरिरहेका हुन्छन् । संयुक्त राष्ट्र जनसंख्या कोषले सिरियाका विभिन्न प्रशासनिक क्षेत्रहरूमा गरेको एउटा मूल्यांकनमा पनि केही व्यक्तिहरूले सहायता सामग्रीको साटो महिलाहरूको यौन शोषण गर्ने गरेको पाएको थियो । ‘भोइस फ्रम सिरिया २०१८’ नामक एक रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको थियो । यसमा भनिएको छ,”महिला र किशोरीहरू खाद्य सामग्री पाउने आसमा छोटो समयका लागि विवाह गर्दै थिए । यसको सट्टामा उनीहरूले ती व्यक्तिहरूसँग यौन संपर्क राख्नु पर्थ्यो ।” रिपोर्टमा राहतकर्मीहरूले महिला तथा किशोरीहरूसँग फोन नंबर माग्ने गरेको र उनीहरुलाई आफ्नो बासस्थानसम्म लाने गरेको उल्लेख छ । यस्टोमा बढी जसो विधवा र श्रीमानसँग अलग भएका महिला पर्ने गरेको रिपोर्टमा छ । यस किसिमको घटना तीन वर्ष पहिले सार्वजनिक भएको थियो । एउटा सहायता संस्थामा सल्लाहकारका रूपमा काम गरिराखेकी ड्यानिएल स्पेंसरसँग सन २०१५ मा मेही सिरियाली महिला संगठनहरूले गुनासो गरेका थिए । स्पेंसरका अनुसार त्यस्ता मान्छेहरूले यौनका लागि महिला राजी नहोउन्जेल सहायता सामग्री रोकेर राख्ने गरेका हुन्थे । ड्यानिएल भन्छिन्, “मलाई राम्ररी सम्झना छ एउटी महिला आफ्नो कोठा एक्लै रोइरहेकी थिइन् । उनी आफूसँग घटेको घटनाले गर्दा साह्रै दुःखी थिइन् ।” सन २०१५ को जुन महिनामा ‘द इंटरनेशनल रेस्क्यू कमिटी’ भन्ने संस्थाले एक सय ९० महिला र किशोरीहरूलाई सम्मिलित गराएर एउटा सर्वेक्षण गरेको थियो । जसको रिपोर्ट अनुसार ४० प्रतिशत महिलाहरूले आफूहरू सहायताको सट्टामा यौन हिंसाको शिकार भएको स्विकारेको थिए । कमिटीका प्रवक्ताले भने, “सर्वेक्षणको निष्कर्ष के हो भने सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय हो, यसमा राहत सामग्रीको सट्टामा यस्तो गरिनु पनि रहेको छ । ‘द इंटरनेशनल रेस्क्यू कमिटी’का प्रवक्ताले दक्षिण सिरियामा महिला र किशोरीहरूको सुरक्षाका निम्ति प्रभावशाली कार्यक्रम थालिएको बताए । ‘केयर संस्थान’ले सिरियामा निगरानी टोलीहरूको विस्तार गरिने जनाउँदै राहत सामग्री स्थानीय एजेंसीहरूलाई दिन रोकिएको जनाएको छ । स्पेंसरका अनुसार सहायता एजेंसीहरूले हालसम्म यस्ता गुनासाहरू प्रति आँखा चिम्लिने गरेका थिए ताकि राहत सामग्री दक्षिण सिरियासम्म पुग्न सकोस । उनले महिला विरुद्धको हिंसालाई कैयौं वर्ष देखि ‘नजरअंदाज’ गरिँदै आएको छ। २०१५ मा ‘संयुक्त राष्ट्र जनसंख्या कोष’को बैठकमा सरिक एक जनाले बिबिसीलाई बताए अनुसार यस सम्बन्धी विश्वासिला रिपोर्टहरू पेस गरिएका भए पनि संयुक्त राष्ट्र संघले गम्भीरतके लिएको थिएन । जनसंख्या कोषका एक जना प्रवक्ताले यौन शोषण से जुड़े मामिलाका बारेमा सुनिएको भए पनि आफ्ना सहयोगी संस्थाहरू विरुद्ध कुनै सिकायत नआएको जनाएको छ। उता युनिसेफ प्रवक्ताले पनि २०१५ को बैठकमा भाग लिएको स्वीकार गरेको छ । संस्थाले आफ्ना सहयोगी संस्थाहरूको समीक्षा गरेको बताएको छ । साथै उसले आफ्ना सहयोगी संस्थाहरू विरुद्ध कुनै उजुरी नआएको भनेको छ ।

श्रीदेवीको शव दुबई प्रहरीले परिवारलाई बुझायो, भारत ल्याउने तयारी

काठमाडौं, फागुन १५ । श्रीदेवीको शवलाई दुबई प्रहरीले मंगलबार परिवारलाई सुम्पिएको छ। शव भारत ल्याउने तयारी भइरहेको बताइएको छ । स्थानीय कानूनका कारण श्रीदेवीको शव ल्याउन ढिलाई भएको हो । गएको शनिबार राति ११ बजे मृत्यु भएको भएपनि अहिले सम्म दुवई प्रहरी शव उनको परिवारलाई दिएको थिएन । दुबइको कानून अनुसार अस्पताल बाहिर भएको मृत्यु विभिन्न प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । जसका कारण ढिलाई भएको बताइएको छ । दुबई प्रहरीले शुरुमा श्रीदेवीको मृत्यु कार्डिक अरेष्टका कारण भएको बताएको थियो तर सोमबार सार्वजनिक गरिएको फोरेन्सिक रिपोर्टले उनको मृत्यु बाथटबमा डुबेर भएको पुष्टी गरेको छ । भारतमा श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने तयारी भएको छ ।

पपुवा न्यूगिनीमा ७.५ म्याग्निच्यूड शक्तिशाली भूकम्प, ३१ जनाको मृत्यु

काठमाडौं, फागुन १५ । पपुवा न्यूगिनीमा सोमबार गएको ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा ३१ जनाको मृत्यु भएको छ । भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ । भूकम्प शक्तिशाली रहेकाले ठूलो क्षति भएको अनुमान सोमबारै नै गरिएको थियो । सो भूकम्पबाट मंगलबार बिहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धार अधिकारीहरुले जनाएका छन् । सो भूकम्पको विस्तृत् विवरण भने अझै प्राप्त भएको छैन । भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी स्थानीय अधिकारीहरुले दिएका छन् । तर, त्यसमा भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत् विवरण भने प्राप्त नभएको जनाइएको छ । भूकम्पबाट मेन्दी सहरका १३ तथा कुटुबु र बोसेभ सरहमा १८ जना बढीको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरुले योभन्दा बढी व्यक्ति मारिएको अनुमान गरेका छन् । रासस/सिन्ह्वा

के कारणले गर्दा यी बक्सर खेलाडीको ज्यान गयो

बेलायतका प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ वर्षको उमेरमा निधन भएको छ । शनिबार खेल सकिएपछि उनले संचारमाध्यामहरुलाई प्रतिक्रिया पनि दिएका थिए । त्यसपछि उनी ब्याक स्टेजमा पुगेपछि बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई उपचारको लागि अस्पताल पुर्याइएको थियो । अस्पतालले सोमबार राति मात्रै उनको मृत्युको घोषणा गरेको हो। यसरी राम्रो खेल पस्केका उनको निधनले खेलप्रेमीहरु आश्चर्यचकित भएका छन्। साथै, ब्रिटिस बक्सिङ संघले पनि घटनाबारे दुख ब्यक्त गरेको छ । साथै संघले खेलाडीको सुरक्षाका लागि नयाँ नियम बनाउनुपर्ने माग विश्व बक्सिङ महासंघसमक्ष राखेको छ । एजेन्सीको सहयोगबाट

म्यानमारमा रोहिंंग्या मुस्लिमहरुका गाउँ डोजर लगाएर ध्वस्त !

काठमाडौ, फागुन १२ । म्यानमारमा रोहिंंग्या मुस्लिमहरुका ५० भन्दा बढी गाउँ डोजर लगाएर ध्वस्त पारिएको आरोप मानवअधिकारवादी संस्था ह्युमन राईट्स वाचले लगाएको छ । संस्थाका अनुसार हिंसाग्रस्त रखाईन प्रान्तका ५० भन्दा बढी गाउँका हजारौं घर सरकारी सेनाले बुलडोजर लगाएर ध्वस्त पारेको छ । म्यानमारको मुस्लिम बाहुल्य रखाईन प्रान्तमा सरकारी सेनाको ज्यादती सहन नसकेर अघिल्लो वर्षदेखि ५ लाखभन्दा बढी मानिस आफ्नो थातथलो छाडी बंगलादेश र अन्य छिमेकी मुलुक पलायन भइसकेका छन् । विस्थापितहरुलाई देश फर्काउने कूटनीतिक पहल भईरहँदा उनीहरुको गार्उ नै सखाप पारिएको सेटलाईट तस्विर सार्वजनिक गरिएको छ । ह्युमन राईट्स वाचका अनुसार अपराधस्थलको रुपमा संरक्षण गरेर राख्नुपर्ने गाउँहरुको प्रमाण मेटाउने उद्देश्यले ध्वस्त पारिएको हो । रखाईन प्रान्तमा मुस्लिम विद्रोहीले एउटा प्रहरी चौकीमा आक्रमण गरेपछि सेनाले प्रतिकार सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघले २१ औं शताब्दीको नश्लीय सफायाको रुपमा ब्याख्या गरिसकेको यो हिंसामा परि हजारौं रोहिंग्याले ज्यान गुमाइसकेका छन् ।

उत्तर कोरियाविरुद्ध अमेरिकाले अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने

काठमाडौं, फागुन १२ । अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यो नाकाबन्दी उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम रोक्न एक महत्वपूर्ण प्रयास हुने बताएका छन् । उनले यसलाई उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी भएकोसमेत घोषणा गरेका छन् । उत्तर कोरियाले अहिले पनि आफ्नो आणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले थप नाकाबन्दी लगाउनुपरेको उनको भनाई छ । यो नाकाबन्दीमा ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको छ । यीमध्ये उत्तर कोरियाका १६, हङकङका पाँच, चीनका दुई, ताइवानका दुई र पनामा तथा सिंगापुरका एक÷एक कम्पनी छन् । उत्तर कोरियामाथि अमेरिकाले यसअघि पनि कयौं प्रतिबन्ध लगाइसकेको छ । यसअघि गत डिसेम्बरमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दी लगाएको थियो ।

चीनमा राष्ट्रिय जनकंग्रेसका लागि करीब तीन हजार प्रतिनिधि निर्वाचित

बेइजिङ । चिनियाँ केन्द्रीय संसदको १३ औं राष्ट्रिय जनकंग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि निर्वाचित भएका छन् । देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइमार्फत उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ । निर्वाचित सदस्यहरूको विवरण राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा पेश गर्नुपर्ने प्रावधान अनुसार निर्वाचित सदस्यहरूको नामलाई अन्तिम रूप दिन नियमानुसार शुक्रबार नै ती नाम चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा पेश हुने कार्यक्रम छ । निर्वाचित भएकाहरूको नामवली शनिबार प्रकाशित गर्ने कार्यतालिका रहेको चिनियाँ अधिकारीले जनाएका छन् । निर्वाचन आयोगले निर्वाचित प्रतिनिधिहरूको वैधानिकता र योग्यता पुरै चेकजाँच गर्दा कुनै कमजोरी नदेखिएको बताइएको छ । सो बैठक स्थायी समितिका अध्यक्ष झेङ डेजिआङले गरेका थिए । बैठकमा स्थायी समिति सदस्यहरुले १२औं राष्ट्रिय जनकंग्रेसका कामहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै उनीहरुले १३औं जनकङ्ग्र्रेसको पहिलो अधिवेशनका एजेण्डाका बारेमा पनि छलफल गरेका छन् ।

अमेरिकामा बन्दुक बहस, राष्ट्रपति ट्रम्प बन्दुक नियंत्रणको विपक्षमा

अमेरिकाको फ्लोरिडा राज्यको  एउटा विद्यालयमा गत हप्ता भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएपछि त्यहाँ बन्दुक नियन्त्रणमा व्यापक बहस सुरु भएको छ । त्यहाँस्थित बन्दुकको वकालत गर्दैआएको शक्तिशाली संस्था राष्ट्रीय राइफल संघ (एनआरए)ले बन्दुक विरोधीहरूले घटनाको निहुँ पारेर बन्दुक नियंत्रण गराउन खोजेको आरोप लगाएको छ । एनआरएका प्रमुख वेइन लापेरले १४ फेब्रुअरीको घटनालाई प्रयोग गरेर केही ‘अवसरवादी’हरूले अमेरिकी नागरिकहरूको बन्दुक राख्न पाउने अधिकार खोस्न चाहेको आरोप लगाए । उता राष्ट्रपति ट्रम्पले विद्यालयका शिक्षकहरूलाई बन्दुक खरिद गर्न अतिरिक्त पैसा दिनुपर्ने बताएका छन् । एनआरए प्रमुख वेइन लापेरेले भने, “केही अवसरवादीहरूले आफ्नो राजनीतिक फाइदाको लागि घटनाको प्रयोग गर्न एक सेकेंड पनि बिराएनन् ।” उनले थपे, “तिनीहरू राइफल संघलाई घृणा गर्छन् । उनीहरू संविधानमा भएको दोस्रो संशोधनको विरोध गर्दछन् र वैयक्तिक स्वतंत्रताको विरोध गर्दछन् । अमेरिकी संविधानमा गरिएको दोस्रो संशोधनमा आम जनतालाई बन्दुक राख्ने अधिकार दिइएको छ । लापेरेले विद्यालयमा भएको घटनामा एफबीआइ चुकेको बताए । उनले अमेरिकामा “युरोपेली शैलीको समाजवाद”को आलोचना गर्दै भने, “उनीहरू कानुन बनाएर जनतालाई नियंत्रण गर्न चाहन्छन् । उनीहरुलाई कानुन काम कसरी गर्छ भएर वास्ता छैन । तर राइफल संघ यस कुरामा गम्भीर छ ।” उता यस घटनाका पीडितहरू बन्दुक राख्न पाउने कुरामा कडा कानुन बनाउने माग गर्दैछन् । यसका लागि राष्ट्रव्यापी अभियान नेभर अगेन चलाउँदै हेका छन् । लापेरेले डेमेक्रेटहरूमाथि राष्ट्रिय राइफल संघलाई बदनाम गाडेको आरोप लगाए । उनले संघले कुनै पनि विद्यालयको सुरक्षाका लागि निःशुल्क मद्दत गर्ने बताए । उता अमेरिकी शिक्षक एकता महासंघकी अध्यक्ष ऱ्याण्डी वाइनगर्टनले राइफल संघको कुरामा असहमति जनाएकी छन् । उनी भन्छिन् “विद्यालय भित्र बन्दुक लग्न दिएको अवस्थामा स्थिति कस्तो होला भन्ने कल्पनासम्म उनीहरूले गराएका छैनन् । अवस्था झन् भयावह हुन सक्छ ।” राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयका शिक्षकहरूसँग पनि बन्दुक हुनु पर्ने बताएका छन् । मंगलवार घटनाका पीडितहरूसँगको साक्षात्कारमा उनले यस्तो भनेका थिए । अधिकारीहरूसँग विद्यालय सुरक्षाबारे चर्चा गर्दै उनले भने, “यदि विद्यालय भित्र २० प्रतिशत मान्छेहरूसँग पनि बन्दुक भयो भने हमलाकारी भित्र पस्ने आँट गर्न सक्दैन ।” उनले अगाडि भने,”यदि उनीहरूले बन्दुक राख्न चाहेको खण्डमा हामी उनीहरुलाई अतिरिक्त पैसा दिनेछौं । राष्ट्रपतिले बन्दुक किन्न पाउने उम्र १८ वर्षबाट बढाएर २१ वर्ष गर्ने कुरामा भने आफू सकारात्मक रहेको बताए । उनले राइफल संघलाई पनि यस कुराको समर्थन गर्न आग्रह गरे । बन्दुकको वकालत गर्ने राइफल संघलाई ‘राम्रा मान्छे’ रहेको भन्दै ट्रम्पले आफू उनीहरू विरुद्ध नजाने बताएका छन् ।

नेपाली सेनाले थोत्रो भनेर थन्क्याएको हेलिकप्टर अफ्रिकामा उड्ने

काठमाडौं, फागुन १० । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो । एक पुमा हेलिकप्टर बिक्री भएको छ । विशिष्ट व्यक्तिका लागि उपयोग गरिएका दुई सुपरपुमा र सेनाले प्रयोग गरेको अर्को एउटा हेलिकप्टर पनि बिक्रीमा राखिएको थियो । एजेन्टमार्फत बिक्री गरिएको उक्त पुमा हेलिकप्टर छिट्टै अफ्रिकी मुलुक पुग्नेछ । अफ्रिकी महादेशमा रहेका आफ्ना सेनाका अधिकृतहरूमार्फत सेनाले बिक्रीको लबिइङ गरिरहेको छ । उक्त पुमा सामान्य मर्मतपछि उडान भरेरै लैजाने वा प्लेनमा लगेर उतै मर्मत गर्ने भन्ने निश्चित भएको छैन । उक्त हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष खरिद गर्ने एजेन्टको छ । सेनाले मर्मतमा धेरै खर्च लाग्ने भन्दै यस्ता हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा बिक्री गर्न लागेको हो । धेरै पटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको निष्कर्षमा सेनाको छ । –कान्तिपुर दैनिकबाट

नेपालमा भारत, चीन र अमेरिकी सेनाको संयुक्त प्रशिक्षण

काठमाडौं, फागुन १० । शिवपुरीस्थित नेपाली सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’ मा भारत, चीन र अमेरिका सैनिकहरूले एकैसाथ प्रशिक्षण लिएका छन् । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको नेपाली सेनाले जनाएको छ । स्वदेशी अधिकृतलाई मात्र नभएर विदेशीलाई समेत उच्च शिक्षा एवं प्रशिक्षण गराउने केन्द्रका रूपमा स्थापित यो कलेजमा २०११ देखि विदेशी सैनिकलाई प्रशिक्षण खुला गरिएको हो । त्यसपछि यस्तो प्रशिक्षणमा विदेशी सहभागिता बढेको हो । बुधबार सम्पन्न ५२ हप्ते स्टाफ कलेज कोर्समा भारत, चीन, बंगलादेश, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५८ स्वदेशी (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अनुसन्धानका अधिकारी) दीक्षित भए । २४ औं आर्मी कमान्ड एन्ड स्टाफ कोर्सको ग्राजुएसन कार्यक्रममा ४४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षक र विदेशीसहित ५८ ले उक्त कोर्स पूरा गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहकोपाठ्यक्रम समावेश रहेको उक्त तालिम सैनिक संगठनमा माथिल्लो (जर्नेल) तहमा पुग्न अनिवार्य मानिन्छ । यसमा अध्ययन र थेसिस सबै प्रक्रिया पूरा गर्नुपर्छ ।, कान्तिपुरमा खबर छ

आँखा मारेर भाइरल भएकी प्रियाका फलोअर्स, १०५ देशको कुल जनसंख्या भन्दा धेरै

केरल । त्रिशूर, केरलकी स्थायी बासिन्दा प्रियाप्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा मा यति लोकप्रिय छनकी उनले यसका मालिक जुकरबर्गलाई पनि पछि पारिदिएकी छन् । हो फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेर्छन् । जबकि प्रियाले इस्टाग्राम प्रयोग गर्न शुर गरेको करीब डेढ वर्षमा मात्रै भएको छ तर उनका फलोस् साढें चार मिलियन पुगिसकेका छन् । जुन विश्वका १०५ देशको कुल जनसंख्या भन्दा धेरै हो । प्रियाका फॉलोअर्सको संख्यापछिल्ला एक सातामा तीब्रगतिमा बढेका छन् । यसको प्रमुख कारण हो भ्यालेनटान दिवसको अवसरमा सार्वजनिक भएको उनको एक भिडियो हो जसमा प्रिया आँखा मारिरहेको देखिन्छिन् । तुलनात्मक रूपमा हेर्दा अहिले इस्टाग्राममा प्रियाका जति फालोअर्स छन त्यति त विश्वका १०५ को जनसख्या पनि छैन । विश्वका २३३ देश मध्ये १०५ यस्ता देश छन ती देशकोे कुल जनसंख्या ८०१ देखि ४५ लाखसम्म मात्रै छन ।

उत्तरकोरियाले अमेरिकासँग वार्ता नगर्नुको यस्तो छ कारण

काठमाडौं, फागुन ९ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले हिउँदे ओलिम्पिक्सका क्रममा उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग उच्चस्तरीय वार्ता गर्ने योजना बनाए पनि अन्तिम समयमा उत्तर कोरियाली पक्षले वार्ता रद्द गरेको ह्वाइट हाउसले जनाएको छ। दक्षिण कोरियाको राजधानी सोलमा हिउँदे ओलिम्पिक्सको समयमा उक्त वार्ता हुने ठानिएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार पेन्सले प्योङयाङको प्रतिनिधिमण्डलको नेतृत्व गरेकी उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङसँग ओलिम्पिक्सको उद्घाटन समरोहको भोलिपल्ट कुराकानी गर्ने तय भएको थियो। तर उत्तर कोरियाले पेन्सले प्योङयाङविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको र उत्तरका भगौडाहरूलाई भेटेको भन्दै वार्ता रद्द गरिएको थियो। अवसर उक्त गोप्य वार्ता दक्षिण कोरियाली राष्ट्रपतिको निवास ब्लू हाउसमा गर्ने भनेर तय भएको थियो। त्यही दिनै उत्तर कोरियाली नेताकी बहिनीले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनलाई उत्तरको भ्रमणको निम्तो दिएकी थिइन्। कतिपय विश्लेषकहरूले उपराष्ट्रपति पेन्सले ओलिम्पिक्सले दिएको अवसर छोपेर उत्तर कोरियासँग वार्ता गर्ने मौका गुमाएको भन्दै आलोचना गरेका थिए। बीबीसी

‘राइफलमा प्रयोग गरिने उपकरणमा प्रतिबन्ध’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राइफलबाट स्वचालित रूपमा धेरै गोली प्रहार गर्न प्रयोग गरिने सबै उपकरणमाथि प्रतिबन्ध लगाउने नियम चाँडै ल्याइन सक्ने बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै उनले कानून मन्त्रालयललाई त्यसबारे कानून बनाउन निर्देशन दिएको बताए। ‘बम्प स्टक्स’ नामक उक्त उपकरण गएको अक्टोबरमा ५८ जना मारिने गरी लास भेगसमा भएका गोलीकाण्डका बन्दुकधारीले प्रयोग गरेका थिए। उक्त प्रतिबन्धलाई बन्दुकको स्वामित्व नियन्त्रणका दिशामा ट्रम्पले ल्याएको पहिलो ठोस नीतिगत प्रस्तावका रूपमा हेरिएको छ। उपकरण बम्प स्टक्स नामक उपकरणको प्रयोग गरेपछि अर्ध स्वचालित राइफलबाट समेत मसिन गनकै रफ्तारमा गोली चलाउन सकिन्छ। अपराधिक पृष्ठभूमिको समेत जाँच नगरी उक्त उपकरण करिव १ सय डलरमा खरिद गर्न सकिन्छ। गएको अक्टोबरमा लास भेगस कन्सर्टका हमलाकारीले उक्त उपकरण खरिद गरी भिडमा अन्धाधुन्ध गोली चलाएका थिए। सुरक्षा निकायहरूको सम्मानमा आयोजित कार्यक्रममा ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बम्प स्टक्सलाई गैरकानूनी घोषणा गर्ने नयाँ निर्देशिका तयार पार्न निर्देशन दिएको सुनाए। उनले विद्यालयको सुरक्षा आफ्नो प्रशासनको उच्च प्राथमिकता भएको पनि उल्लेख गरेका छन्। अघिल्लो हप्ता फ्लोरिडाको एउटा विद्यालयमा १७ जनाको ज्यान लिने गरी भएको गोलीकाण्डपछि अमेरिकामा बन्दुकको स्वामित्व नियन्त्रण गरिनुपर्ने बारे ताजा बहस शुरू भएको हो। फरक वासिङटनस्थित बीबीसीका एन्थोनी जर्चर भन्छन् बम्प स्टक्समाथि प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको निर्णय नयाँ नियममा त्यससम्बन्धी कस्तो व्यवस्था गरिन्छ भन्नेमा भर पर्छ। तर पनि कैयौं गोलीकाण्डपछि ट्रम्प प्रशासनले हातहतियार नियमन सम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो जुसले बन्दुकको विषयमा राष्ट्रपति ट्रम्पले बेहोरिरहेको दवाब झल्काउँछ। अमेरिकी संसदले लास भेगसमा गोलीकाण्ड हुनेवित्तिकै यो निर्णय लिनुपर्ने थियो। नेशनल राइफलमेन एशोशियसन भनिने बन्दुक राख्न पाउनु पर्ने एउटा लबी संघीय निकायहरूलाई कडाइको थप अधिकार दिने गरी कानून बनाउने कुराको विपक्षमा छ। अहिलेको प्रश्न ट्रम्पको कदमले पार्कल्याण्ड फ्लोरिडामा भएको गोलीकाण्डपछि सिर्जित दवाबबाट ट्रम्पलाई कति मुक्ति दिनेछ भन्ने हो। यदि विगतलाई हेर्ने हो भने चासो विस्तारै कम हुँदै जानेछ र कानून मस्यौदा गर्ने प्रक्रिया पनि विस्तारै अघि बढाइनेछ। जर्चरका अनुसार ‘के यसपटक फरक हुनेछ?’ भनेर धेरैले हेरिरहेका छन्। बीबीसी

सिरियामा सेनाकाे ज्यादती : २ सय ५० बढी सर्वसाधारणको हत्या

काठमाडौं, फागुन ९ । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार बमबारी गरेर २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको गरेकाे छ । मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ । सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् । संयुक्त राष्ट्र संघले यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ । राष्ट्र संघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ । संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङ्कले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन् । उनले सिरियामा मानवीय कानुनको चरम उल्लंघन भएको भन्दै सबै पक्षलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । सिरियामा लगातार सर्वसाधारण मारिएका खबरहरु सार्वजनिक भइरहँदा त्यहाँको सेनाले त्यसको खण्डन गरेको छैन । उसले सेनाविरुद्ध जहाँबाट आक्रमण गरिएको हो त्यहीँ प्रतिकार गरिएको जनाएको छ । सिरियाका सांसदहरुले भने चरमपन्थीमाथि नै हमला गरिएको जनाएका छन् । उनीहरुले आक्रमणमा नागरिकलाई निशाना नबनाइएको दाबी गरेका छन् । सरकारी सेनाले पूर्वी गुटालाई आतंकवादी समूहबाट मुक्त गर्ने प्रयास भइरहेको दाबी गरेको छ । राजधानी दमास्कस नजिक रहेको यो शहर विद्रोहीले कब्जामा लिएको अन्तिम शहर हो । रुसको समर्थन पाएको सरकारी सेनाले यो क्षेत्रलाई कब्जा मुक्त गर्ने प्रयास गरिरहेको छ । यसैबीच सिरियाली सरकारी सेना कुर्दिसको गढ मानिने आफरिन प्रवेश गरेको छ । टर्किस सेनाले अभियान चलाइरहेको सो गढमा सिरियाली सेना प्रवेश गरेपछि टर्किस सेनाले गोलाबारी गरी उनीहरुलाई हटाउने प्रयास जारी राखेको छ । साथै टर्किस सेनाले आफरिन क्षेत्रमा धावा बोलेमा सिरियाली गृहयुद्धको दुई प्रमुख पक्षबीच युद्ध शुरु हुने चेतावनी दिएको छ ।(एजेन्सी)

कोख भाडामा लिएर १६ सन्तानको जन्म

थाइल्याण्ड, फागुन ८ । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएको छ । साढे तीन वर्षयता ती बालबालिकाहरुलाई थाइ सरकारले हेर्दै आएको थियो । थाइ महिलालाई कोख भाडामा लगाएबापत विदेशीले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापकरूपमा विस्तार भएको खुलासा भएपछि सरकारी अधिकारीले हस्तक्षेप गरेका थिए । यसैक्रममा डिएनए परीक्षणले प्रविधि क्षेत्रका एक जना अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको थियो । तीन वर्षअघि मित्सुतोकी सिगेता एक जना नवजात बालकसहित थाइल्याण्डबाट बाहिरिन लागेको एउटा धमिलो तस्वीर प्रकाशित भएपछि उनले कोख भाडामा लिएर किन यति धैरै सन्तान जन्माइरहेका छन् सत्य पत्ता लागेको थियो । तर उनका वकिलले उनले एउटा ठूलो परिवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतमा उनले तिनीहरूलाई राम्रोसँग भविष्य दिन सक्ने तर्क दिएका छन् । राजधानी दैनिकबाट