भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको निधन

काठमाडौं, चैत ४ । भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको ८५ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ रहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । पदमा रहँदा उनले देशको अर्थतन्त्र सशक्तीकरणका लागि ठूलो योगदान दिएका थिए ।

उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थिए । उनी दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका थिए ।

चीनको राष्ट्रपतिमा सि चिनफिङ सर्वसम्मत निर्वाचित

बेइजिङ, चैत ३ । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरि निर्वाचित हुनु भएको छ । चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उहाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित हुनु भएका सि हाल ६४ बर्षको हुनुहुन्छ । उहाँले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसक्नु भएको छ । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो । गत अक्टोबरमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित हुनु भएको थियो । गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिनु भएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल हुनुभएको छ । उहाँ अवदेखि अनिश्चितकालसम्म राष्ट्रपति बन्नुहुने भएको छ । गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो । राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिनु भएको थियो । त्यसपछि नै उहाँको कार्यकाल लम्विने स्पष्ट भएको थियो । उहाँले राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल हुनु भएको छ । संसद्ले सिका निकट मानिनुहुने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । राष्ट्रिय जनकंग्रेसको १३औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरुले उहाँलाई निर्वाचित गरेका हुन् । उहाँ निर्वाचित भएको घोषणा भएलगत्तै उहाँसँग नवनिर्वाचित राष्ट्रपति सि चिनफिङले हात मिलाएर बधाई दिनुभएको थियो । उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरिसक्नु भएको छ । सन् १९४८ मा जन्मिनु भएका वाङ विगत केही बर्ष देखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय तहमा रहनु भएको थियो । रासस÷सिन्ह्वा

टर्कीमा आक्रमणको तयारी गरिरहेका ४७ व्यक्ति पक्राउ

आङ्कारा, चैत २ । टर्कीको दक्षिणी भागमा रहेको आदाना प्रान्तको विभिन्न इलाकामा आक्रमणको योजना बनाइरेहका कम्तीमा ४७ व्यक्ति पक्राउ परेका छन । राज्यद्वारा सञ्चालित समाचार समिति आनादुलुले शुक्रबार दिएको जानकारीअनुसार ती व्यक्तिले विभिन्न स्थानमा हिंसात्मक आक्रमण गर्ने योजना बनाएको प्रहरीको भनाइ छ । आतङ्कबाद सम्बन्धि उजुरी हेर्न प्रहरीको एक समूहले आदाना प्रान्तको ७३ स्थानमा गरेको छुट्टाछुट्टे कारबाहीको क्रम ती सदिग्ध व्यक्ति पक्राउ परेको सुरक्षा स्रोतले जानकारी दिएको छ । कुर्दिस वर्कर पार्टी (पिकेके) को आह्वानमा ती आक्रमणका योजना भइरहेका थिए– एकजना वरिष्ठ प्रहरी अधिकारीले प्रेसलाई जानकारी दिनुभयो । पक्राउ परेका ती व्यक्तिमा पाँच महिला र १० बालबालिकासमेत रहेका जनाइएको छ । आक्रमणका लागि उनीहरुले बालबालिका पनि प्रयोग गर्ने गरेको खुलासा भएको पनि प्रहरीले जनाएको छ । रासस÷सिन्ह्वा

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, चैत २ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र मतदान गर्नु । रुसमा आगामी आइतबार राष्ट्रपतीय निर्वाचन हुदैछ । रुसमा आगामी आइतबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पनि उम्मेदवार हुनुभएको छ । उहाँसहित उक्त निर्वाचनमा अरु सातजना उम्मेदवार रहेका छन् । मतदाताहरुलाई शुक्रबार गर्नुभएको एक विशेष सम्बोधनका क्रममा उहाँले भन्नुभयो– प्रिय रुसी नागरिकहरु, म रुसको राष्ट्रपतिको हैसियतले यो आग्रह गर्दछु कि तपाइहरु आगामी आइतबार निर्वाचन केन्द्रमा जानुस र हाम्रो प्यारो देश रुसको भविश्य निर्माणका लागि मतदान गर्नुहोस् । उहाँले समग्र रुसी नागरिकलाई निर्धक्क एवम् सुरक्षित मनले मतदान गर्न पनि सोही सम्बोधनका क्रममा आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । रुसको संविधानले शक्तिको स्रोत जनतालाई नै मानेको छ भन्दै रुस, यहाँका बालबालिका र सबै नागरिकको भविश्य पनि उनीहरुको इच्छाशक्तिमा नै भरपर्दछ भन्नुभयो । देशको आर्थिक विकास ठूलो उपलब्धि यसैबीच अर्को एक सम्बोधनका क्रममा उहाँले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास विगतका वर्षहरुको तुलनामा लगभग दोब्बर भएको दाबी गर्नुभएको छ । राष्ट्रपति पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि पनि देशको आर्थिक विकास नै हो भन्नुभएको प्राप्त सो समाचारमा जनाइएको छ । राष्ट्रपति पुटिनले भन्नुभयो– देशको ठूलो उपलब्धि भनेको यस अवधिमा देशको अर्थतन्त्रमा वृद्धि गर्नु पनि हो र यसलाई रुसी जनताले प्रत्यक्ष अनूभूति गरेका छन् भन्ने हामीले ठानेका छौँ । रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको छ, यो गएका केही वर्षयताको नै एक ठूलो उपलब्धि हो– उहाँले बताउनुभयो । यही आर्थिक वृद्धिका कारण नै रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्यामा पनि कमी आएको दाबी उहाँले गर्नुभयो । देशमा उल्लेखनीय रुपमा आर्थिक विकास भएको महसुश रुसी नागरिकले पनि गरेका छन्– उहाँले भन्नुभयो । रुसको सरकारले देशमा गरिबी कम गर्नका लागि गरिब र धनीबीचको अन्तर पनि घटाउने काममा सरकार लागिपरेको सो सम्बोधनका क्रममा उहाँले बताउनुभएको छ । रासस/सिन्ह्वा

जेएनयुका प्रोफेसरमाथी यौनहिंसाको आरोप

काठमाडौं, चैत २ । भारत जेएनयु बिद्यार्थी युनीयनले प्रोफेसरमाथी यौन हिंसाको आरोप लगाएका छन् । प्रोफेसरले महिलाहरुका गोप्य र शंवेदनशिल अंगका बारेमा भद्दा टिप्पणी गर्ने गरेको र त्यस बिरुद्ध बोले राम्रो नहुने धम्की दिने गरेको आरोप लागेको छ । जेएनयू स्टूडेंट्स यूनियनका अनुसार १० मार्चमा एक जना छात्रा हराएकी थिइन । यस मामिलामा ती छात्राले प्रोफेसरलाई इमेल लेखेकी थिइन । प्रोफेसले भनेका थिए “आफुसंग जेएनयू का उत्कृष्ठ गाइइड र अरु सबै रहेको र पिएचडी गर्न चाहेका छौ ।” छात्राले भनेकी छन् मलाई प्रोफेसरको विश्वास लाग्यो तर गलत रहेछ । उनी चरित्रहीन रहेछन् । म एक्ली छैन प्रोफेसरको हिंसामा पर्ने अन्य पनि पिडित छन् । उनले प्रोफेसरको विश्वाश नर्गन सबैलाई आग्रह समेत गरेकि छन् ।

अमेरिकाकाे फ्लाेरिडामा पुल भत्किदा ४ काे मृत्यु

काठमाडौं, चैत २ । अमेरिकाकाे फ्लाेरिडा स्थित अन्तरराष्ट्रीय मियामी विश्वविद्यालय नजिकैकाे पुल भत्किदा कम्तिमा ४ काे मृत्यु भएकाे छ । ८ जना भत्किएकाे पुलमा च्यापीएका छन् । ९ जना घार्इते भएका छन् । घार्इतेलार्इ उपचारका लागि अस्पताल लगिएकाे छ । मियामी-डडे काउन्टी फायर मुख्य डेभि डाउनेले भने ‘फ्लोरिडा अन्तरराष्ट्रीय विश्वविद्यालय नजिकैको पुल भत्किदा कम्तिमा चार जना पैदल यात्रुकाे मृत्यु भएकाे छ ।’ आपतकालीन उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका कारहरुमा फसेका मानिसलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरुले चारवटा शव निकालेको अधिकारीहरुले जनाएका छन् । पुल निर्माणको काम गत शनिबारमात्र पूरा भए पनि पैदलयात्रुका लागि भने खुला गरिएको थिएन । फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका विद्यार्थीलाई मोटरबाटो सुरक्षित रुपमा काट्न सकुन् भन्ने उद्देश्यले ९ सय ५० टनको आकाशे पुल निर्माण गरिएको हो । अत्याधुनिक विधिबाट उक्त पुल बनाइएको भनिए पनि पुल भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिने बताइएको छ ।

इराकमा अमेरिकी सैनिक हेलिकप्टर दुर्घटना

काठमाडौं, चैत २ । इराकमा अमेरिकी सैनिक हेलिकप्टर दुर्घटना भएकाे छ । एक अमेरिकी अधिकारीको अनुसार, सीरिया सीमामा क्षेत्र नजिक ए एच एच 60 हेलिकप्टर अनजान प्रांतको एक शहर अल-कम नजिक दुर्घटनाग्रस्त भएकाे हाे । अमेरिकी सेनाको कमान्डरले भने “रिजर्व टोलीहरूले यस समयमा तल विमानको दृश्यलाई प्रतिक्रिया दिएका छन्,” एक अमेरिकी अधिकारीले प्रारम्भिक रिपोर्टमा उल्लेख गर्दै उक्त विमानले एच एच -60 को हेलीकॉप्टर भएकाे जानकारी दिए । घटनाको थप विवरण अाएकाे छैन, तर केन्द्रीय कमानले दुर्घटनाको कारण निर्धारण गर्न अनुसन्धान शुरू गरेकाे जानार्इएकाे छ ।

भारतमा सैन्य तालिम अनिवार्य गरिँदै, तालिम नलिए सरकारी जागिर नपाइने

नयाँदिल्ली । भारतीय सैनिक फोर्समा भइरहेको युवाको कमी न्यूनिकरण गर्न अनिवार्य सैन्य तालिमको प्रस्ताव गरिएको छ । भारतको एक संसदीय समितिले अनिवार्य सैन्य तालिमबारे कर्मचारी एवम् प्रशिक्षण विभागलाई पत्र लेखेको छ । भारतको सरकारी जागिरमा काम गर्न ५ वर्षे सैनिक तालिमलाई अनिवार्य गर्न पत्रमा सिफारिस गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्छ । अनिवार्य सैनिक तालिमबारे प्रस्ताव तयार गरेर केन्द्र सरकारलाई पठाउन संसदीय समितिले विभागलाई भनेको छ । भारतीय पत्रिका दैनिक भाष्करका अनुसार सरकारी जागिरका लागि सैनिक तालिम अनिवार्य गरिए सशस्त्र सेनामा देखिएको युवाको कमीलाई पूरा गर्न सकिने छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग नै केन्द्र सरकारका लागि कर्मचारी सम्बन्धी नियम बनाउने विभाग हो । संसदीय समितिले यो प्रस्ताव रक्षा मन्त्रालयलाई समेत पठाएको छ । भारतीय सेनामा मात्रै हाल ७ हजार अधिकृत र २० हजार सेनाको कमी छ । वायुसेनामा १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी छ । भारतीय जलसेनामा समेत १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी रहेको समाचारमा उल्लेख छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । संसदीय समितिले सिफारिस कार्यान्वयनमा आए सेनामा देखिएको अधिकृत र सेनाको कमी पूरा हुनेछ । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ ।

ल्यारी अमेरिकी राष्ट्रपति ट्रम्पकाे आर्थिक सल्लाहकारमा नियुक्त

वासिङटन, चैत १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । आर्थिक विश्लेषक मानिएका ‘टेलिभिजन पर्सनालिटी’ ल्यारी राष्ट्रपति ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा नियुक्त हुने निश्चित भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् । सत्तरी वर्षीय ल्यारी ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका नयाँ निर्देशकका रुपमा रहने जनाइएको छ । उहाँले हालका आर्थिक सल्लाहकार ग्यारी कोहनलाई प्रतिस्थापन गर्नुहुने भएको हो । उहाँले सन् १९६९ मा रोचेस्टर विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गर्नुभएको थियो । पछि उहाँले फेडरल रिजर्भ बैंक अफ न्युयोर्कमा काम गर्नुभएको थियो । उहाँले व्यवस्थापन र अर्थतन्त्रसम्बन्धी काम गर्दै आउनुभएको छ । उहाँले यसअघि पनि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनमा बसेर काम गरेको अनुभव रहेको छ । उहाँ पछिल्लो समयमा स्वतन्त्र व्यापार नीति, खुला बजार तथा न्युन करसम्बन्धी विषयमा वकालतकर्ता र यस विषयका जानकारका रुपमा रहनुभएको छ । उहाँले टेलिभिजनमा पनि यस्तै कार्यक्रमहरुमा आफ्नो मतराख्दै र कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । आफूलाई आपूर्ति पक्षको अर्थतन्त्रको जानकार र त्यस विषयको वकालतकर्ताको रुपमा परिचित गराउँदै आउनुभएका ल्यारीलाई उक्त पदमा बसेर कामगर्न राष्ट्रपति ट्रम्पले नै पस्ताव गर्नुभएको थियो । उहाँले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको अभियानमा वर्तमान राष्ट्रपति ट्रम्पको पक्षमा वकालत गर्दै कर कटौतीसम्बन्धी कार्यक्रमको पक्षमा सघाउनुभएको थियो । यसअघिका आर्थिक सल्लाहकार कोहनलेजस्तै उहाँले पनि हालैमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले स्टील र अल्मुनियममा लगाउदै आएको करको विक्षमा मत राख्नुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट हटाइ उहाँको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय ९सिआइए० का प्रमुख माइक पोम्पेओलाई नियुक्त गर्नुभएको थियो । त्यसैगरी गतहप्तामात्र पनि राष्ट्रपति ट्रम्पले आफ्ना सञ्चार संयोजक र सहयोगीलाई पनि फेरबदल गर्नुभएको थियो । उहाँको ह्वाइट हाउसमा आफ्ना सहयोगी तथा सल्लाहकारहरुलाई हटाउने र नियुक्तगर्ने अभियानको पछिल्लो शृंखलाकारुपमा ल्यारी आउनुभएको छ । रासस÷सिन्ह्वा

२३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बेलायतको आदेश

काठमाडौं, चैत १ । बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकास गरिएको घोषणा गरेकी हुन् । रुसका पूर्व गुप्तचर र सर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपालमाथि गत मार्च ४ मा बेलायतमा विष प्रयोग गरी भएको हमलामा रुसको संलग्नता देखिएको भन्दै उनले रुसी कूटनीतिज्ञहरुलाई देश निकासा गर्ने आदेश दिएको बताइन । ती कूटनीतिज्ञहरुलाई देश छाड्न एक हप्ताको समय दिइएको छ । यसैबीच रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले बेलायतले पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपालमाथि विष प्रयोग गरिएको घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाएका छन् । मस्कोमा पत्रकार सम्मेलन गर्दै उनले उक्त घटनाबारे बेलायतले आफूलाई सबै थाहा भएजसो गरी विश्वलाई बताउन खोजेको आरोप लगाए । बेलायतको आरोप बलियो र गम्भीर नभएको उनको भनाइ थियो । सर्गेई स्क्रिपाल र उनकी छोरीलाई रुसमा बनाइएको स्नायुप्रणालीमा असर गर्ने विषालु पदार्थबाट लण्डनमा किन आक्रमण गरियो भन्नेबारे जवाफ दिन बेलायतले दिएको समयसीमालाई रुसले बेवास्ता गरेपछि बेलायतको राष्ट्रिय सुरक्षा परिषद्ले थप प्रतिबन्धबारे छलफल गरेको छ । युरोपेली आयोगका प्रवक्ता एलेक्जेन्डर विन्र्टस्टाइनले दोषीमाथि कारबाही गर्ने बेलायतको प्रयासमा समर्थन हुने बताएका छन् ।(एजेन्सी)

काठमाडौंमा भएको विमान दुर्घटनाका कारण बंगलादेशमा राष्ट्रिय शोक

ढाका । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिकरुपमा बसेको बंगलादेशको मन्त्रिपरिषद्को बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ । बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो । सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । (रासस/सिन्ह्वा)

अष्ट्रेलियामा समलिङ्गीहरुलाई विवाहको अनुमति पाइएपछि….

अष्ट्रेलिया । कैयनको आकर्षणको देश । अहिले भने यो देशमा एउटा बेग्लै रौनक देखिन्छ । अष्ट्रेलियाको सरकारले समान लिङ्ग भएका नागरिकहरुलाई एकअर्कामा विवाह गर्ने अनुमति दिएपछि यसको निकै ठूलो स्वागत भएको देखिएको छ । विश्वभरि नै समलैङ्गिक अधिकारका लागि लडिरहेकाहरुले दुखेसो सुनाइरहेको बेला यो नयाँ अनुमतिले अधिकारकर्मीहरुलाई समेत ठूलो राहत मिलेको छ । नेपालमा सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिएको नजिर रहेको छ । भारतलगायतका कतिपय देशमा भने यस्तो विवाह अप्राकृतिक मानिँदै आइएको छ । अमेरिकाका समेत केही राज्यले यसको अनुमति दिएका छन् । अष्ट्रेलियामा समलिंगी विवाहले मान्यता पाएपछि समलिंगीहरुको समर्थनमा ठूलो जुलुस निस्किएको छ । सिडनीमा मात्रै तीन लाख बढी गे (पुरुष समलिंगी) र लेस्बियन (महिला समलिंगी)हरु जुलुसमा सहभागी भएका थिए । त्यसो त यस्तो प्रदर्शन विगत ४० वर्षदेखि हुँदै आएको छ । तर यसपालि भने यो अधिकार पाएपछिको पहिलो भएकोले यसको बेग्लै महत्व रहेको थियो । प्रदर्शन टेलर्स स्क्वायरदेखि अक्सफोर्ड स्ट्रिटसम्म पुगेको थियो । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तीहरुको उपस्थिति थियो । योसँगै अष्ट्रेलिया समलिंगी बिहालाई अनुमति दिने २६ औं देश बनेको छ । सबैभन्दा पहिला सन् २००१ मा नेदरल्याण्डले यो अधिकार दिएको थियो । अन्य देशहरुमा बेल्जियम, स्पेन, क्यानाडा, जर्मनी, फिनल्याण्ड, नर्वे, स्वीडेन, बेलायत, फ्रान्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियालगायतका देश रहेका छन् । हेर्नुहोस् अष्ट्रेलियामा समलिङ्गीहरुबीच विवाह गर्ने अनुमति पाइएपछिको फोटोफिचर- 

गर्भपतनको अभियोगमा १५ वर्ष जेल बसेकी महिला रिहा

एल साल्भाडोर, गर्भपात, अहिले भने संसारका कैयन् देशहरुमा यसले वैधता पाएको छ । कतिपय देशहरुमा अहिले पनि महिलाहरुलाई गर्भपतनको अधिकार छैन । अमेरिकी प्रायद्विपको एउटा देश एल साल्भाडोरमा भने गर्भपतनको अभियोगमा १५ वर्ष जेल काटेकी एकजना महिला रिहाई भएको समाचारले विश्वका मिडियामा चर्चा पाएको छ । उनी हुन माइरा भेरोनिका फिग्यूरोआ । अहिले ३४ वर्ष पुगिन । उनलाई गर्भपतनको आरोपमा ३० वर्षको सजाय सुनाइएको थियो । जेलमा रात दिन गणना हुँदा उनी १५ वर्षमा रिहा भएकी हुन । रोमन क्याथोलिकहरुको बाहुल्यता भएको देश हो एल साल्भाडोर, यहाँ गर्भपात पूर्णरुपमा गैर कानुनी छ । यद्यपी फिग्यूरोआले भने आफू निर्दोष भएको बताईन सधैंभरि । एउटा घरमा कामदारको रुपमा रहँदा उनको गर्भपतन भएको थियो । अस्पताल पुगेकी उनीलाई जेल हालियो र गर्भपतनको आरोपमा सजाय सुनाइयो । उनका बुवा आमा पत्रकार र अभियानकर्ता हुन । जेल जीवनले आफ्नो हौसला र आत्मविश्वासमा कुनै कमी नआएको उनले बताईन । साल्भाडोरमा कुनै महिलाले गर्भपात गराएमा सजाय हुने मात्र होइन, त्यो क्रममा अस्पताल पुगेमा र अस्पतालका चिकित्सकले त्यो कुरा अधिकारीहरुलाई नबताए उनीहरुलाई समेत जेल सजाय हुने प्रावधान रहेको छ ।

महान् वैज्ञानिक हकिङ्गको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् वैज्ञानिक स्टेफन हकिङ्गको निधनमा दुःख व्यक्त गर्नुभएको छ । फेसबुक पेजमा स्टेटस लेख्दै प्रचण्डले भौतिकशास्त्र र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा हकिङ्गले पुर्याएको अतुलनीय योगदानलाई सम्झिनुभएको छ । ‘हकिङ्ग यो युगका महान् वैज्ञानिक मात्र थिएनन्, करोडौं व्यक्तिहरूका लागि प्रेरणाका श्रोत पनि थिए,’ प्रचण्डले लेख्नुभएको छ, ‘अपाङ्गता भएर पनि जीवन र जगतका लागि ठूलो भूमिका खेल्न सकिन्छ भन्ने प्रमाणित गरेका हकिङ्गको निधनबाट विज्ञान र मानव जातिलाई ठूलो क्षति भएको छ ।’ अमेरिका निवासी हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी शरीरका थुप्रै भाग नचल्ने बिमारीबाट पीडित थिए । स्टीफन हकिङ्गलाई न्युटनपछि ठूलो वैज्ञानिक मानिन्छ । ब्याक होल पत्ता लगाएका हकिङ्ग खगोलशास्त्रका चर्चित वैज्ञानिक हुन्। अमेरिकाले हकिङ्गलाई सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो।

माओवादीहरुले उडाए एन्टी ल्याण्डमाइन, नौ सुरक्षाकर्मीको मृत्यु

सुकमा, छत्तीसगढ । केही दिन अघि मारिएका दश जना नेता तथा कार्यकर्ताको बदला लिँदै माओवादीहरुले ठूलो आक्रमण गरेका छन् । भारतमा सशस्त्र संघर्ष गरिरहेको भारतीय कम्युनिष्ट पार्टी (माओवादी) अन्तर्गतका छापामारहरुले मंगलबारका दिन एन्टी माइन प्रोटेक्टेड वाहन उडाएका हुन । मिडियामा सिआरपीएफको श्रोत उल्लेख गरेर प्रकाशित समाचार अनुसार, केन्द्रीय रिजर्व प्रहरी बलका जवानहरु पालोदी क्याम्पबाट किस्टारामा बजारबाट दुईवटा वाहनमा फर्किरहेको बेला ३ किलोमिटर टाढा उनीहरु बारुदी विष्फोटमा परेका थिए । गत मार्च दुई गतेका दिन तेलङगना–छत्तीसगढ सीमा क्षेत्रमा प्रहरीले माओवादीहरुको एउटा विवाहमा हमला गरेर १० जनालाई मारेका थिए । यसकै बदला लिन मंगलबारको आक्रमण गरिएको प्रहरीको आशंका छ । भारतका कतिपय राज्यहरुमा नक्सलवादी भनेर परिचित माओवादीको प्रभाव बढ्दो देखिन्छ । भारत सरकारले देशको मुख्य समस्या नक्सलवादी बताएपनि राजनीतिक तवरमा यसको हल खोज्नुपर्ने चर्को दबाब समेत सरकारमाथि पर्दै आएको छ । छत्तीसगढलगायतका राज्यहरुमा भने नक्सलवादी र सुरक्षाकर्मीबीच दिनहुँ जसो हमला हुने गरेको छ ।

अमेरिकी विदेशमन्त्री टिलर्सन बर्खास्त, सिआइएका प्रमुख पोम्पेओ नयाँ मन्त्री

वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टेलर्सनलाई बर्खास्त गरेका छन् । लामो समयदेखि विदेश नीतिका सम्बन्धमा विवाद कायम रहँदै आएपछि ट्रम्पले टेलर्सनलाई बर्खास्त गरेको ट्विटरबाट जानकारी गराएका थिए । टिलर्सनको बर्खास्तगीलाई रुस र अमेरिकाबीचको तनावका सन्दर्भममा पनि हेरिएको छ । यो सँगै ट्रम्प प्रशासन थप अनुदार बन्ने र विदेश नीति झनै कडा हुने प्रतिक्रिया समेत केहीले दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा बर्खास्त गरिएको कुरा सामाजिक सञ्जाल ट्विटरबाट थाहा पाएको केही घण्टापछि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिदाइ वक्तव्य दिएका छन्। बिबिसीले टिलर्सनलाई बेचैन र स्तब्ध जस्तो देखिएको भन्दै टिप्पणी गरेको छ । “टिलर्सनले स्पष्टताका लागि केही दिनअघि राष्ट्रपति ट्रम्पसँग आफूले कुराकानी गरेको बताए। तर ट्रम्पलाई उनले धन्यवाद नदिएको अथवा उनका नीतिहरूको प्रशंसा नगरेको कुरा स्पष्ट रूपमा बुझिन्थ्यो।” समाचारमा उल्लेख छ । राष्ट्रपति ट्रम्पसँग व्यक्तिगत र नीतिगत मतभेदलाई लिएर टिलर्सनको राजीनामाको कुरा पहिलेदेखि चर्चामा थियो। नयाँ विदेशमन्त्रीमा संघीय गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओको नियुक्तिबारे अन्तिम निर्णय नभएसम्म वर्तमान उपविदेशमन्त्रीले जिम्मेवारी सम्हाल्नेछन्। नयाँ विदेशमन्त्री पोम्पेओ भएपछि उनको स्थानमा जीना हास्पेललाई सिआईए प्रमुखमा नियुक्त गरिएको छ ।