‘८ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताका विवरण दुरुपयोग’

केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ।

ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ।

गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए।

फेसबुकका प्रमुख मार्क जकर्बर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा “अझै धेरै गर्न सकिन्थ्यो” भन्दै त्यसविषयमा “थप काम गरिने” बताएका छन्।

एक पत्रकार सम्मेलनमा जकर्बर्गले भने, “मलाई लाग्छ हामीले हाम्रो जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक छ।”

‘जिम्मेवारी’

उनले फेसबुकको काम औजारहरू बनाउने मात्र नभई ती “औजारहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत जिम्मेवारी” लिनुपर्नेमा जोड दिए।

जकर्बर्गको भनाइमा प्रयोगकर्ताका विवरण चुहिने सुविधालाई बन्द गरिसकेको छ र पछिल्लो प्रकरणका विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन गर्नेछ।

फेसबुकमा तपाईँले राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ?

फेसबुकका प्रमुख प्रविधि अधिकृत माइक स्क्रोएफरको ब्लगमा प्रयोगकर्ताका विवरण कसरी चुहिन पुग्यो भन्ने विषयमा लेखिएको छ।

बीबीसीले बुझे अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ।

ती मध्ये अधिकांश प्रयोगकर्ता अमेरिकाका भएको बताइएको छ। १६ प्रतिशतभन्दा केही बढी प्रयोगकर्ता चाहिँ अन्य देशका भएको अनुमान छ।

भारतका १० राज्यमा आगजनी र तोडफोड, ८ जनाकाे मृत्यु दर्जनौं घाइते, ३ राज्यमा कर्फ्यु

नयाँदिल्ली, चैत्र १९ । भारतको सर्वोच्च अदालतले ‘एससी–एसटी’ ऐक्टबारे गरेको पछिल्लो फैसलाविरुद्ध दलित संगठनले सोमबारका लागि आह्वान गरेको भारत बन्द हिंस्रक बनेको छ । केही राज्यमा परिस्थिति नियन्त्रण बाहिर गएको बताइएको छ । अहिलेसम्म ८ जना आन्दोलनकारीको मृत्यु भएको बताइएको छ । भने दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । त्यसैगरी आन्दोलनका कारण १० राज्यमा आगजनी भएको छ । भने तीन राज्यमा स्थिति नियन्त्रण बाहिर गएपछि सरकारले कर्फ्यु आदेश जारी गरेको छ । भारतका गुजरात, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, उडिसामा व्यापक धरपडक भएको र केही मानिसको मृत्यु भएको खबर आएका छन् । मध्य प्रदेशको ग्लावियर र मुरैनामा भएका हिंसामा चार जनाको मृत्यु भएको पुष्टी भएको बताइएको छ। बन्दका क्रममा सयौं सवारी साधन र भौतिक संरचना तोड्फोड गरीको छ ।

सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि

बेरुत, चैत १९ । सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेना तथा सुरुमा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक हतियारको आक्रमण गरिएको पुष्टि भए पनि त्यसमा संलग्नलाई कारबाही भने भएको छैन । सुरुमा विद्रोहीले पनि केही स्थानमा सरकारी सेनामाथिको हमलाका क्रममा यस्ता हतियार हानेका देखिएको थियो । तर अधिकारवादीहरु तथा संयुक्त राष्ट्रसंघको आग्रहका कारण यसरी हमला गर्ने क्रम विपक्षी विद्रोहीहरुले भने रोकेका छन् । छानबीनका लागि नयाँ समितिहरु गठन गरेका बताइएको भए पनि सिरियाली सरकारलाई कुनै कारबाही भने भएको छैन । तर त्यस विषयमा प्रमाणहरु जुटाउने काम भने भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । रासायनिक हतियारको उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउन बनेको एक संगठन, ओपिसिडब्ल्युले गरेको अनुसन्धानमा भनिएको छ– सन् २०१४ बाट सुरु भएका यस्ता आक्रमणहरुमध्ये कम्तीमा पनि ७० वटा आक्रमणमा यस्तो घातक हमला भएको पाइएको छ । उक्त संस्थाले सन् २०१४ देखि यस्तो हमलाको बारेमा अनुसन्धान थालेको र त्यसमा सूचनामा आएका ३७० वटा आक्रमणका घटनामध्ये ७० वटामा यस्तो घातक पदार्थ प्रयोग गरेको पाइएको जनाएको थियो । यसरी गरिने कारबाहीमा विभिन्न घातक प्रकृतिका ग्यासहरुको प्रयोग भएको अनुसन्धानमा संलग्न राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । रासायनिक हतियारको प्रयोग गरी नागरिकमाथि घातक हमला गरिएको भन्दै यसले पर्नसक्ने नकारात्मक प्रभावका लागि सरकारलाई कारबाही गर्ने चेतावानी संयुक्त राष्ट्रसंघले दिएको थियो । ती हातहतियार र घातक ग्यासको प्रयोग भएको बारेमा अनुसन्धान र निरीक्षण गर्न राष्ट्रसंघले नै एक संयन्त्रको स्थापना गरेको थियो । अनुगमनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि अनुसन्धान संयन्त्र बनाएको छ । सिरियामा सुरुका केही वर्षहरुमा सरकारी सेनाले नै विद्रोहीलाई आक्रमण गर्दा यस्ता घातक हतियारको प्रयोग गरेको भनी व्यापक मात्रामा गुनासो आएको थियो । सो विषयमा केही वर्षअघि नै विज्ञ टोली गठन गरी अनुसन्धान गर्न खोज्दा सिरियाली सरकारले दिएको थिएन । अहिले पनि सिरियाली सेनाले गरेका हमलाहरुमा अनुसन्धान गर्न मानवअधिकारवादीहरुको पहूँच कमै हुने गर्दछ । विगतदेखि नै यस विषयको अनुसन्धान प्रभावकारी रुपमा अघि बढ्न नसकेपछि राष्ट्रसंघले विभिन्न समयमा टोलीहरु नै गठन गरेको हो ।

कारको ठक्करले चारतले घर ढल्यो, १० को मृत्यु, उद्दार कार्य जारी

इन्दौर, भारतको मध्यप्रदेशमा शनिवार राती एक घर ढल्दा दश जनाको मृत्यु भएको छ । सरबटे बसपार्कमा एमएस नाम गरेको होटल रहेको घर ढलेको हो । राती साढे नौ बजे भएको घटनामा १० जनाको मृत्यु भएको छ ५० वर्ष पुरानो उक्त घर निकै जर्जर अवस्थामा रहेको र बाहिर पार्क भइरहेको एउटा कार ठोक्किँदा भवन ढलेको बताइएको छ । घटनामा दुई जना घाइत छन् । कैयन मानिसहरु अहिले पनि फसेको हुन सक्ने बताइन्छ । होटलमा बसेका यात्री र बाहिर हिँडिरहेका मानिस समेत घटनामा परेका छन् । घटनामा कुनै नेपाली परे नपरेको बारेमा केही थाहा हुन सकेको छैन ।

विश्व प्रख्यात बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनमा

काठमाडौं, चैत १८ । महान् भौतिक तथा खगोल बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनको क्याम्ब्रिज युनिभर्सिटी कलेजनजिकको चर्चमा हुने भएको छ । क्याम्ब्रिज युनिभर्सिटीमा ५० बर्षभन्दा बढी प्राध्यापकका रुपमा काम गरेका हकिङको अन्तिम संस्कार सोही युनिभर्सिटीनजिकको चर्चमा गर्न लागिएको हो । उहाँको अन्तिम संस्कार सामान्य रुपमा मात्रै गरिने पारिवारीक श्रोतले जनाएको छ । विश्वका चर्चित बैज्ञानिक हकिङले ब्रमाण्डको रहस्य खोज्नुका साथै गणितीय प्रमाणहरु तयार पारी बैज्ञानिक जगतमा तहल्का मच्चाएका थिए । उनको पछिल्लो सिद्धान्तले बहु ब्रमाण्डको उपस्थितिको प्रमाण खोज्न सकिने आंकलन गरिएको छ । हकिङको गत महिना ७६ बर्षमा निधन भएको थियो । (एजेन्सी)

थप ब्रिटिश कूटनीतिज्ञ रुसबाट निष्कासित

रुसले ५० भन्दा बढी संख्यामा त्यहाँस्थित ब्रिटिश कूटनीतिज्ञहरुले देश छाड्नुपर्ने भनेर ब्रिटेनलाई बताएको छ। ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचर तथा उनकी छोरीमाथि स्नायु प्रणालीमा असर गर्ने विषाक्त रासयानिक हमला भएपछि दुई देशबीच विवाद गहिरिँदै गइरहेका बेला रुसी पक्षको यस्तो कदम आएको हो। यसअघि लण्डनले २३ जना रुसी कूटनीतिज्ञहरुलाई देश छाड्न आदेश दिएपछि मस्कोले सुरुमा त्यति नै संख्यामा ब्रिटिश कूटनीतिज्ञहरुलाई देशनिकाला गरेको थियो। अहिले आएर थप ब्रिटिश कूटनीतिज्ञहरुले देश छाड्नुपर्ने अडान रुसी पक्षले लिएको छ। ब्रिटेन तथा रुसी कूटनीतिक नियोगहरुको आकार समान हुनुपर्ने रुसले बताएको छ। मस्कोबाट बीबीसी संवाददाता पोल एडम्स भन्छन्, “यसको अर्थ भनेको कम्तीमा अन्य २७ जना ब्रिटिश अधिकारीहरु घर फर्काइनेछन्”। भूतपूर्व रुसी गुप्तचर सेर्गेई स्क्रीपाल तथा उनी छोरी युलिया स्क्रीपालमाथि गत मार्च ४ मा दक्षिणी इंग्ल्याण्डको सोल्जबरीमा भएको विषाक्त रासयानिक हमलामा रुसको संलग्नता भएको आरोप ब्रिटिश सरकारले लगाउँदै आएको छ। तर मस्कोले भने आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ। रुसले ब्रिटेनसँग लण्डनस्थित उसको दूतावासका कर्मचारीलाई युलिया स्क्रीपालसँग कुरा गर्ने अनुमति मागेको छ। उनको स्वास्थ्यमा सुधार आएको र हाल उनी कुरा गर्न सक्ने अवस्थामा रहेको बताइएको छ। ब्रिटिश विदेश मन्त्रालयकी एकजना प्रवक्ताले उनीहरुले सो आग्रहबारे विचार गरिरहेको र त्यसो गर्ने क्रममा युलिया स्क्रीपालको अधिकारहरु तथा इच्छा साथै ब्रिटेनका अन्तर्राष्ट्रिय दायित्वहरुलाई ध्यानमा राख्ने बताएकी छन्। तर सेर्गेई स्क्रीपालको अवस्था भने अझै गम्भीर रहेको छ। स्क्रीपाल र उनकी छोरीमाथि भएको हमलाको घटनामा ब्रिटेनप्रति ऐक्यबद्भता जनाउँदै २९ वटा देशहरुले १ सय ४५ जना रुसी अधिकारीहरुलाई निष्कासन गरिसकेका छन्। उत्तर एटलान्टिक सन्धि संगठन-नेटोले समेत बेल्जियमस्थित उसको मुख्यालयमा रहेको रुसी मिसनबाट १० जना रुसी अधिकारीहरूलाई देश फर्कन आदेश दिएको छ। संयुक्त राज्य अमेरिकाले सबैभन्दा धेरै संख्यामा- ६० जना कूटनीतिज्ञहरूलाई निष्कासन गरिदिएको छ। साथै सियाटलस्थित रुसी महावाणिज्यदूतावासको कार्यालय पनि बन्द गरिदिएको छ।

गाजामा हिंसा भड्कियो, सेनाको गोली लागी १५ प्यालेष्टिनीको मृत्यु

गाजा शहर, चैत १७ । गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या शनिबार १५ पुगेको छ । प्यालेष्टिनी स्वास्थ्यमन्त्रालयले भनेको छ, “सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबीच भएका झडपमा परी १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी घाइते भएका छन् ।” छ हप्ता लामो आन्दोलनको घोषणा गरेको प्यालेष्टिनी समूह शुरुमै गाजा र इजरायलको सीमा छुट्टयाइएको सीमापर्खालतिर प्रदर्शन गर्दै अघि बढेपछि भएका झडपमा ठूलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते बनेका हुन् । गाजा क्षेत्रबाट प्राप्त समाचारमा भनिएको छ, इजरायली सेनाले रबरका गोली, अश्रुग्यास तथा ‘लाइभ फाएर’ द्वारा आक्रमण गरेको थियो । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा घाइतेमध्ये अधिकांश रबरले मोडिएका स्टीलका गोली तथा अश्रुग्यासको असरले प्रभावित भएका जनाइएको छ । झण्डै आधा घण्टाको समयमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते अवस्थामा अस्पताल पु¥याइएको थियो । तर इजरायली सीमा सुरक्षा बलले शनिबार एक विज्ञप्ति जारी गरी “गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले सीमास्थित सुरक्षाबारतर्फ आक्रमण गरेपछि बाध्यभएर दङ्गा नियन्त्रणको उपाय अवलम्बन गरेको र केही राउण्ड गोलीसमेत चलाएको” जनाएको छ । राष्ट्रसंघ प्रमुखद्वारा अनुसन्धानका लागि आग्रह यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुथ्रेसले शुक्रबार गाजा क्षेत्रमा भएको हिंसात्मक झडपबारे स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेको उहाँका सहप्रवक्ता फारहन हकले एक विज्ञप्ति जारी गरी उल्लेख गर्नुभएको छ । यस दःखद घटनाले प्यालेस्टिनी र इजरायली नागरिकले शान्तिपूर्ण तथा सुरक्षित भएर बाँच्न पाउने वातावरणको सिर्जना गर्न सार्थक वार्ता गरी इजरायल प्यालेस्टाइनबीच शान्ति प्रक्रियाको आवश्यकतालाई थप जोड दिएको छ, गुथ्रेसले भन्नुभयो । रासस÷एएनआई

अमेरिकामा भिसासम्बन्धी नयाँ नीति, डेढ कराेड मानिस प्रभावित

काठमाडाैं । ट्रम्प प्रशासनले अमेरिकाका लागि प्रवेशाज्ञा पाउन निवेदन दिने लगभग सबैको सामाजिक सञ्जालमा प्रेषित विवरणको अभिलेख संकलन गर्न चाहेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले गरेको उक्त प्रस्ताव अनुसार प्रवेशाज्ञा अर्थात् भिसाका लागि आवेदन दिने सबैले आफ्ना ट्विटर र फेसबुक खाताका विवरण उपलब्ध गराउनुपर्ने हुन्छ। पछिल्लो पाँच वर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका खाताहरूका बारेमा पनि जानकारी उपलब्ध गराउनुपर्नेछ। नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइए त्यसले १ करोड ४७ लाखभन्दा बढी मानिसलाई प्रभावित पार्नेछ। त्यसरी संकलन गरिएका सूचना जानकारी हासिल गर्न र आप्रवासी वा गैरअप्रवासी प्रवेशाज्ञाको निवेदन दिएका व्यक्तिहरू उपयुक्त वा अनुपयुक्त भएको निर्धारण गर्न प्रयोग गरिनेछ। निवेदकहरूलाई पाँच वर्षसम्म प्रयोग गरेका टेलिफोन नम्बरहरू, इमेल ठेगानाहरू र यात्रा इतिहाससम्बन्धी विवरण पनि उपलब्ध गराउन भनिनेछ। उनीहरूलाई कूनै देशबाट कहिल्यै देश निकाला गरिएको थियो वा थिएन भनेर सोधिनेछ अनि कुनै नातागोता आतंकवादी गतिविधिमा संलग्न भए वा नभएको जानकारी दिन भनिनेछ। अमेरिकाले प्रवेशाज्ञा विना नै यात्रा गर्न अनुमति दिएका देशहरू जस्तै संयुक्त अधिराज्य, क्यानडा, फ्रान्स र जर्मनीका नागरिकलाई भने यो प्रस्तावले असर गर्नेछैन। तर त्यस्तो उन्मुक्ति नदिइएका देशहरू जस्तै भारत, चीन र मेक्सिकोका नागरिकहरू काम वा बिदाका लागि अमेरिका जान चाहँदा नयाँ प्रावधानहरूका कारण समस्यामा पर्न सक्छन्। सामाजिक सञ्जालबारे अहिलेको नीति के छ? गत मे महिनामा ल्याइएका नियमहरू अन्तर्गत अधिकारीहरूलाई यदि परिचय पुष्टि गर्न वा गम्भीर प्रकृतिको राष्ट्रिय सुरक्षासम्बन्धी जाँच गर्न आवश्यक परे मानिसहरूका सामाजिक सञ्जालका ‘ह्यान्डल’ हरूका जानकारी माग्न भनिएको त्यसबेला विदेश मन्त्रालयका अधिकारीहरूले बताएका थिए। अहिलेको कडा प्रस्ताव राष्ट्रपति ट्रम्पले आतंकवादसँग लड्न अमेरिका प्रवेश गर्नुअघि विदेशी नागरिकमाथीकि ‘निगरानीलाई कडा’ बनाउने वाचा गरेपछि आएको हो। यो अवधारणालाई अफिस अफ म्यानेजेमेन्ट एण्ड बजेटले अनुमोदन गर्नुपर्नेछ। सर्वसाधारणले त्यसबारे दूई महिना आफ्ना प्रतिक्रिया दिन पाउनेछन्। र, त्यसपछि मात्रै उक्त निकायले निर्णय गर्नेछ। यसले अभिव्यक्ति स्वतन्त्रतामा कस्तो असर पार्छ? नागरिक स्वतन्त्रता समूहहरूले यो नीतिलाई गोपनीयतामाथिको अतिक्रमण भन्दै यसले अभिव्यक्ति स्वतन्त्रतामा क्षति पुर्‍याउने भन्दै निन्दा गरेका छन्। अमेरिकी सिभिल लिबर्टिज युनियनकी हिना साम्सी भन्छिन्, “मानिसहरूले अब ठान्नुपर्ने हुन्छ कि उनीहरूले अनलाइनमा केही भने त्यसलाई सरकारी अधिकारीहरूले अर्कै वा गलत अर्थले बुझ्न पनि सक्छन्।” “हामी ट्रम्प प्रशासनले अस्पष्ट र एकदमै बृहत् अर्थ दिने आतंकवादसँग सम्बन्धित गतिविधिलाई कसरी व्याख्या गर्छ भनेर पनि चिन्तित छौँ किनभने यो राजनीतिक विषय हो र यसलाई देखाएर कुनै गल्ती नगरेका आप्रवासीविरुद्ध समेत विभेद गरिनसक्छ।” प्रस्तावमा समेटिएका समाजिक सञ्जालहरूमा अमेरिका मुख्यालय भएका इन्स्टाग्राम, लिन्कड्इन, रेडिट र युट्युब छन्। तर न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार चीनको सिना विबो र रुसको भिके सामाजिक सञ्जाल भने निगरानीमा पर्ने छैनन्। बीबीसी

देश फर्किँदाको खुशी, रोकिन सकेनन मलालाका आँसुहरु (भिडियोसहित)

इतिहासमै सबैभन्दा कम उमेरकी नोबल पुरस्कार विजेता मालाला युसुफ जई उनीमाथि तालिबानले आक्रमण गरेको पाँच वर्ष पछि  स्वदेश फर्किन पाएकोमा साह्रै भावुक देखिइन् ।  २०१२ मा तालेबानले स्वात उपत्यकामा टाउकोमा गोली हाने यता उनी निर्वासित जीवन बिताइरहेकी छिन् । “म पाँच वर्षदेखि पाकिस्तान फर्किने सपना देखिराखेकी थिएँ” युसुफजईले स्वदेश फर्किएपछि पाकिस्तानी प्रधानमन्त्रीको निवासमा आयोजित एक समारोहमा बोल्दै भनिन् । युसुफजई चारदिने पाकिस्तान भ्रमणका सिलसिलामा बुधबार साँझ आफ्ना पिता जियाउद्दीन, फराह मुहम्मद र अमिरोबिन थोम्प्सनसँगै पाकिस्तान आइपुगेकी थिइन् । तालेबान आक्रमणबाट बच्न सफल अक्सफोर्ड विश्वविद्यालयकी छात्रा २० वर्षीय मालाला उनीमाथि आक्रमण भए यता बेलायतमा बस्दै आएकी छिन् । आक्रमणपछि उपचारका लागि विदेश लागी यता उनी देश फर्किएकी थिइनन् । “पाँच वर्षपछि फेरि आफ्नो मुलुकको माटो टेक्न पाएकोमा मा खुसि छु” उर्दूभाषामा यति भन्दै फेरि मलाला पस्तो भाषामा भनिन्, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो, किनभने म आफ्नो देश फर्किएकी छु, मैले आफ्नो देशको माटो टेक्न पाएकी छु र मा आफ्ना मान्छेहरूको माझमा छु । ” उनले अगाडि भनिन्, “मा अत्यन्त खुसी छु र मलाइ अझै विश्वास भइरहेको छैन । मा पाँच वर्षदेखि घर फर्किने सपना देखिराखेकी थिएँ । लण्डन या न्युयोर्क जस्ता सहरहरूमा म जहिले पनि हवाई जहाज या कारमा यात्रा गरिरहेकी हुन्थे म आफु कराची या इस्लामाबादमा भइडिएको भए हुन्थ्यो भनेर सोच्ने गर्दथे । आज मेरो खुसीको कुनै सीमा छैन ।” गहभरि आँसु पार्दै उनले भनिन् । “म १९९९ मा जन्मिएँ । ” आँसु पुछ्न रोकिँदै उनले भनिन्, “उसो त म रुँदैन” उनी फेरि मुस्कुराइन् । “म अहिले २० वर्षकी भएँ, तर मैले जीवनमा बढी नै देखें र भोगें जस्तो लाग्छ । सुन्दर स्वात क्षेत्रमा हुर्किनुदेखि २००७ देखि २००९ सम्मको आतंकवाद र अतिवाद मैले सबै देखें ।  मैले हाम्रो समाजमा महिलाहरूले सामना गर्नुपर्ने संकट र चुनौतीहरू देखेकी छु र तिनीसँग कसरी जुझ्नेबारे केही अनुभव हासिल गरेकी छु । “त्यसपछि आक्रमणमा पर्नु, देश छाड्नु…सबैकुरा आफैँ भयो, यो सबै मेरो नियन्त्रण बाहिरको कुरा थियो । मेरो नियन्त्रणमा हुँदो हो त म कुनै पनि हालतमा देश छोड्ने थिएन । डाक्टरहरूले अपरेसन गरे र मेरो ज्यान बचाए । मैले आफ्नो उपचारका निम्ति बाहिरिनु पर्यो र त्यति मैले आफ्नो पढाई पनि जारि राखे । तर मेरो सपना भने सधैं पाकिस्तान फर्किने नै हुने गर्दथ्यो । म पहिले जस्तै स्वतत्रतापूर्वक यहाँका गल्लीहरूमा डुल्न चाहन्छु र बिना कुनै त्रास मनिसहरूसँग कुरा गर्न चाहन्छु ।” “र, यो साँच्चिकै भएको छ र म यहाँहरू प्रति आभार प्रकट गर्न चाहन्छु ।” उनले अगाडि भनिन् । पाकिस्तानी युवाहररूलाई देशकै सबैभन्दा ठुलो संसाधनका रूपमा परिभाषित गर्दै मलालाले भनिन्, “हामीले आफ्ना बच्चाहरूको शिक्षामा लगानी गर्नु पर्दछ ।  यसका लागि मालाला कोषले काम पनि गरिराखेको छ । हामीहरूले पाकिस्तानमा छात्रा शिक्षामा ६० लाख डलर जति खर्च गरेका छौं । मलाई लाग्छ यसमा सबैको साथ र सहयोग रहनेछ । महिलाहरूले राम्रो शिक्षा प्राप्त गरुन, सशक्त होउन् र आफ्ना खुट्टामा उभिन सकुन, हामीले हेर्न चाहेको पाकिस्तानको भविष्य यही नै हो ।” मालालापछि बोलेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीले देशकी छोरी घर फर्किएकोमा आफू अत्यन्त हर्षित भएको बताएका थिए । “यो देश छोड्दा तपाईं १३ वर्षकी बालिका हुनुहुन्थ्यो र अब तपाईं यो देशको पप्रख्यात नागरिक हुनुहुन्छ ।  सम्पूर्ण विश्वले तपाईंलाई सम्मान गर्दछ र पाकिस्तानले पनि । ” प्रधानमन्त्री अब्बासीले भने, “यो तपाईंको देश हो र अब तपाईं यो देशको कुनै साधारण नागरिक हुनुहुन्न ।  तपाईंको सुरक्षा देशको जिम्मेदारी भित्र पर्दछ ।” “तपाईंले देश छोडे यता हामीले साह्रै कठिन युद्ध लड्नु पर्रेको थियो जसमा हाम्रा साढे ६ हजार सैनिक, २५ हजार प्रहरी र कैयौं सर्वसाधारणले सहादत प्राप्त गरेका थिए । आतंकवाद निर्मुल पारिंदै छ र यसका विरुद्ध हाम्रो युद्ध जारी छ । अहिले पनि पकिओस्तान आतंकवाद विरुद्ध सबैभन्दा ठुलो युद्धमा होमिएको छ र यसमा २ लाख सैनिक संलग्न रहेका छन् ।” उनले भने ।

घोडा चढेको आरोपमा दलित युवाको हत्या

गुजरात, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा एकजना दलित युवाको हत्या गरिएको छ । घोडा चढ्ने गरेकै कारण उनको हत्या भएको बिबिसीले जनाएको छ । सामन्ती समाजमा आफूलाई प्रतिष्ठित, उच्च ठूलाबडा भन्न रुचाउनेहरुले मात्रै घोडा चढने गर्दछन । गुजरातको टिम्बा गाउँका २१ वर्षीय युवा प्रदीप राठौर घोडामा चढेर घरबाट बाहिर निस्केको बेला उनको हत्या भएको हो । बिबिसीका अनुसार, बिहिबारका दिन आफ्ना बुवालाई ‘साँझ सँगै खाना खाउँला बुवा” भनेर घोडामा चढेर बाहिर निस्केका प्रदीप घर फर्केनन् । उनलाई खोज्दै जाँदा गाउँभन्दा केही पर उनको लास मात्रै भेटिएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई गिरफ्तार गरेको छ । प्रदीपका बुवा कालुभाईका अनुसार दुई महिना अघि उनीहरुले घोडा किनेका थिए । गाउँका मानिसहरुले उनलाई घोडा नचढन भन्दै धम्क्याउने गर्दथे । उनीहरुले घोडा बेच्न बारम्बार दबाब दिने गर्दथे ।

आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी– राष्ट्रपति पुटिन

मस्को, चैत १३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको प्रतिक्रिया दिएका छन् । रुसको केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षण गरी सो प्रतिक्रिया दिएका हुन । राष्ट्रपति पुटिनले मङ्गलबार बिहान घटनास्थलको निरीक्षणका गरेको हुन । त्यस अवसरमा उनले भने, ‘यसमा हेलचक्र्याइँ त छ नै, त्यो पनि आपराधिक प्रकृतिको छ त्यसका कारणले यो दुर्घटना भएको हो ।’ यस्ता प्रकृतिका दुर्घटनाहरु अब हुन नदिन सतर्क रुपमा कामगर्न पनि उहाँले सबैलाई निर्देशन दिए । उनले यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नु गरे । यस घटनामा घाइते भएका व्यक्ति र ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समेत आवश्यक सहयोग गर्न उनले आदेश दिएका छन् । आगलागीमा मृत्युहुने ६४ जना यसैबीच रसियाको दक्षिणीपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा भएको सो आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । उक्त ‘सपिङ्ग मल’ मा चार तलाबाट आगो सुरुभएको रसियाली अनुसन्धान समितिले सोमबार नै जानकारी दिएको थियो । स्थानीय समयानुसार आइतबार अपराह्नबाट नै सुरु भएको सो आगलागी सोमबार बिहानीपख मात्र नियन्त्रणमा आएको र रातभर आगलागी भएको अधिकारीहरुले जानकारी दिएका छन् । यस आगलागीमा परेर मारिएकामा १३ जना बालबालिकासहित २५ व्यक्तिको मात्र परिचय खुलेको रुसका स्वास्थ्यमन्त्री भेरोनिका स्कभोर्तसोभाले बताउनुभएको छ । परिचय खुलेका ती बालबालिका भने ४ देखि १३ बर्षसम्मका रहेका थिए । सो मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका सो आगलागी परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जनाएका थिए । रसियाली संकटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभले यस आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको तर सबैको परिचय भने नखुलेको बताउनु भएको छ । यद्यपी यस आगलागीमा परी बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पनि पुष्टि भएको छ्रैन । यसअघि प्राप्त जानकारीअनुसार आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता भएका र जसमध्ये ४१ जना बालबालिका रहेका थिए । अनुसन्धानको लागि यस कम्पनीका प्रमुख, घर मालिकलगायत पाँच व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको छ । रासस/एएफपी

म्यानमारमा आगामी बुधबार राष्ट्रपतिको निर्वाचन

म्यानमार, चैत १२ । म्यानमारमा अगामी बुधबार राष्ट्रपति पदको निर्वाचन हुने भएको छ । गत बुधबार त्यहाँका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएपछि सो पदको लागि निर्वाचन हुन लागेको हो । बुधबार हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि सोमबार उम्मेदवार दर्ताको लागि दर्खास्त आह्वान गरिएको म्यानमार संसद्को सचिवालयले सोमबार घोषणा गरेको छ । म्यानमारको संसद्का नवनियुक्त सभामुख यु माह्न विन तानद्वारा सोमबार यस निर्वाचनका बारेमा जानकारी दिनुभएको संसद् स्रोतले जनाएको छ । राष्ट्रपति उ तिन कायले आफ्नो स्वाथ्यको कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको जानकारी यहँका सञ्चारमाध्यमहरुले दिएका छन् । म्यानमारमा राष्ट्रपतिले राजीनामा दिएपछि बढीमा सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । राष्ट्रपति पद खाली भएपछि यस अवधिमा वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिका रुपमा कार्यरत हुनुहन्छ । यस निर्वाचनमा उहाँ पनि एकजना उम्मेदवार हुनुहुने बताइएको छ । पूर्व राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो ।उहाँले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएको स्पष्ट गरिसक्नुभएको छ । रासस/सिन्ह्वा

ट्रंपलाई तनावै तनाव, फेरि यस्तो भनिन् यी पोर्न एक्ट्रेसले

वासिंगटन(रोयटर्स) । आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपसँग यौन सम्बन्ध राखेको भन्दै चर्चामा आएकी पोर्न स्टार स्टोर्मी ड्यानियल्सले आफूलाई यससम्बन्धको बारेमा खुलासा नगर्न बारम्बार धम्की आउने गरेको बताएकी छिन् । वास्तविक नाम स्टेफाइन क्लिफोर्ड भएकी एडल्ट चलचित्रकी नायिका ड्यानियल्स  आइतबार एउटा अन्तर्वार्ताको क्रममा यस्तो खुलासा गरेकी हुन् । अमेरिकाको सिबिएस न्युजसँगको अन्तर्वार्ताको क्रममा ड्यानियल्सले सन् २०११ को एक साँझ उनी आफ्नी ११ महिनाकी छोरीलाई बोकेर कारबाट ओर्लिरहेको बेला एउटा मान्छे आएर ट्रंपलाई छाड्न र यो किस्सालाई यत्तिकै बिर्सिदिन भनेको थियो । ड्यानियल्सले त्यस मानिसले उनकी छोरीलाई हेर्दै “यी बालिका साह्रै सुन्दर छिन्, यिनकी आमासँग केही नराम्रो नहोस् ।“ भनेको खुलासा गरिन् । ड्यानियल्सले गत मार्च ६ तारेखका दिन राष्ट्रपति ट्रंपसँग यस सम्बन्धलाई लिएर थप क्षतिपूर्ति मागेकी थिइन् । आफूले ट्रंपसँगको सम्बन्धलाई गोप्य राख्ने कुनै पनि अनुबन्ध नगरेकाले उनले यसको खुलासा गरिदिने भन्दै रकम माग गरेकी थिइन् । अन्तर्वार्ताका बारेमा व्हाइट हाउसबाट कुनै पनि प्रतिक्रिया नआएको बुझिएको छ । उता राष्ट्रपति ट्रंपले आइतबार साँझ फ्लोरिडाबाट फर्किने क्रममा पत्रकारहरूले यस सम्बन्धमा सोधेका प्रश्नहरूको कुनै जवाफ फर्काएनन् । ड्यानियल्सको यस खुलासाले ट्रंपका मुस्किलहरू अझै बढ्ने देखिन्छन् ।  गत हप्ता मात्रै एडल्ट पत्रिका प्लेयब्वाईकी पूर्व मोडेल करेन म्याकडुगलले सिएनएनलाई डिएको अन्तर्वार्तामा आफू र डोनाल्ड ट्रंपबीच सन् २००६ मा १० महिनासम्म अन्तरङ्ग सम्बन्ध रहेको खुलासा गरेकी थिइन् । ड्यानियलले आफू र ट्रंप बीच यौन सम्बन्ध रहेको खुलासा २०११ मा नै इन् टच भन्ने पत्रिकालाई दिएको एउटा अन्तर्वार्तामा भनेकी थिइन् । गत जनवरीमा वाल स्ट्रीट जर्नलमा छापिएको एउटा रिपोर्टमा ट्रंपका वकिल माइकल कोहेनले २०१६ को राष्ट्रपति चुनाव हुनु पहिले ड्यानियललाई १ लाख ३० हजार डलर तिरेको कुरा सार्वजनिक भएको थियो । सुरुमा कोहेनले यस कुरालाई अस्वीकार गरेपनि पछि आफूले ड्यानियललाई ‘हुप लाग्न’ उक्त रकम दिइएको स्वीकारेका थिए । उता ड्यानियलले आफू ट्रंपसँगको ‘यौनिक जम्काभेट’ बारे संसारलाई बताउँ इच्छुक रहेकाले आफूले उक्त रकम फर्काएर यो कुरा ‘नखोल्ने’ बाध्यताबाट मुक्त हुन् चाहेको बताएकी छिन् । उता ट्रंपका वकिलहरू ड्यानियलले कुरा खोलेकाले उनीसँग २ करोड डलर क्षतिपूर्ति माग्ने तयारीमा रहेको बताइरहेका छन् । सिबिएस न्युजले उक्त अन्तर्वार्ता सार्वजनिक गरेको छैन तर यसको टीजरले व्यापक जिज्ञासाहरू पैदा गरेको जनाइएको छ । च्यानलले कुनै पनि हालतमा अन्तर्वार्ता प्रसारित हुने समेत बताएको छ । अमेरिकामा यस अन्तर्वार्ताले ट्रंपको राष्ट्रपतीय क्यारियरमा कत्तिको असर पर्ने आकलन समेत भइरहेको छ ।

छात्रावासमा स्यानिटरी प्याड भेटिएपछि नांगै पारिए ४० जना छात्रा

काठमाडौँ । भारतको मध्य प्रदेश राज्यको सागर जिल्लामा रहेको डाक्टर हरिसिंह गौर विश्वविद्यालयमा जाँचबुझको नाममा ४० छात्राहरूलाई निर्वस्त्र पारिएको छ। भारतीय समाचार एजेन्सी एएनआइका अनुसार विश्वविद्यालय छात्रावासकाका वार्डेन र आउटसोर्सिंग वार्डेनले छात्रावासमा फोहोर स्यानिटरी प्याड भेट्टाएको निहुँमा यसो गरेको जनाएको छ। समाचारहरूमा उल्लेख भए अनुसार विश्वविद्यालयको रानी लक्ष्मीबाई महिला छात्रावास परिसरभित्र शनिवार एउटा फोहोर स्यानिटरी प्याड भेट्टाइएको थियो। त्यसपछि खानतलासी गर्ने नाममा वार्डेनले सबै छात्राहरूको कोठाहरूको तलासी लिएको र उनीहरूलाई कपडा फुकाल्न लगाएको समाचारहरूमा उल्लेख छ। वार्डेनको यस्तो कृत्य विरुद्ध छात्राहरूले विश्वविद्यालयका उपकुलपति आरपी तिवारीलाई लिखित गुनासो दर्ता गराएका छन्। यसरी छात्राहरूलाई कपडा फुकाल्न लगाएको घटनालाई गम्भीरता पूर्वक लिइएको र आवश्यक जाँचको आदेश समेत दिइएको विश्वविद्यालय प्रशासनले जनाएको छ। उक्त विश्वविद्यालय मध्यप्रदेशकै उत्कृष्टमा पर्ने जनाइएको छ।  

भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

नयाँ दिल्ली, चैत १२ । भारतको तेलंगनामा सडक दुर्घटनामा कम्तीमा पनि १० जना यात्रुको मृत्यु भएको छ । तेलंगना राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो । आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो दुर्घटना भएको हो । उक्त रिक्सामा १४ जना यात्रु रहेका थिए । अरु यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार निकै रफ्तारमा रहेको सो रिक्सा अनियन्त्रित भई अकस्मात खसेर दुर्घटनामा परेको थियो । प्रहरीले दिएको जानकारीअनुसार उक्त रिक्सामा धेरैजना यात्रु राखिएको र द्रुत गतिमा चलाउँदा अनियन्त्रित भई सडकबाट खसेको थियो । दुर्घटनाबाट सो रिक्सामा रहेका चार जना महिला र छ बालबालिकाको ज्यान गएको छ । बाँकी चारजना घाइतेको यहाँको स्थानीय अस्तालमा उपचार भइरहेको छ ।

बिहारमा जीपले कुल्चेर पत्रकारको हत्या !

आरा, बिहार । बिहारमा एकजना पत्रकारको हत्या भएको छ । दैनिक भास्करका पत्रकार नवीन निश्चल उनका साथीको आइतबार राती जीपले कुल्चेर हत्या गरिएको हो । रामनवमीको जुलुसबाट घर फर्किरहेको बेला ३६ वर्षीय निश्चल र २६ वर्षीय उनका साथी विजय सिंहको हत्या भएको हो । दैनिक भास्करका अनुसार, गडहनी गाउँका पूर्व मुखियाले हत्याको षडयन्त्र गरेका हुन । जीपमा पूर्व मुखिया मोहम्मद हरसु आफ्ना छोरासहित रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । पूर्व मुखियासँग नवीनको आइतबार बजारमा विवाद भएको थियो । त्यहीँ मुखिया हरसुले परिणाम ठीक नहुने धम्की दिएका थिए । राती करिब ८ बजे गडहनीको एउटा पुलमा निश्चल र उनका साथी हिँडिरहेको बेला पछाडिबाट आएको जीपले कुल्चेर दुबैको हत्या गरेको थियो । त्यसपछि क्रुद्द बनेका स्थानीयवासीले जीपमा आगो लगाएका छन् । भोजुपरका एसपी अवकास कुमारका अनुसार, प्रहरीले मुखिया हरसुको घरमा छापा मारेपनि बाउ छोरा दुबै वेपत्ता बनेका छन् । पूर्व मुखियाका छोरा पीरो दंगा गरेको आरोपमा हालैमात्र जेलबाट छुटेको थियो । २०१५ सालदेखि दैनिक भास्करसँग जोडिएका पत्रका निश्चलको हत्यारमाथि कडा कार्वाही गर्न स्थानीयले माग गरेका छन् ।