१५ वटी श्रीमतीकी पाेइ राजाले देशको नाम फेर्ने, किन ?

काठमाडौं, वैशाख ७ । विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको नाम परिवर्तन गर्न सक्छन् । त्यस्ता सीमित व्यक्ति मध्ये एक हुन्, स्वाजील्याण्डका राजा मस्वाती ।

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् ।

उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राजा मस्वातीले यसको आधिकारिक घोषणा गरेका हुन् ।

नयाँ नामको अर्थ के ?
इस्वातिनीको अर्थ स्थानीय भाषामा स्वाजीहरुको भूमि हो । देशको नाम परिवर्तन आकश्मिक रुपमा भएको हो । तर राजा मस्वातीले लामो समयदेखि स्वाजील्याण्डलाई इस्वातिनी भन्दै आएका थिए ।

उनले सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा तथा सन् २०१४ मा देशको संसदको उद्घाटनको क्रममा इस्वातिनी नाम प्रयोग गरेका थिए ।

केही मानिस भने राजाले देशको नाम परिवर्त गरेकोमा बेखुस छन् । उनीहरुले राजाले आफ्नो ध्यान देशको अर्थ व्यवस्था मजबुद बनाउन लगाउनु पर्ने न कि नाम परिवर्तनमा भन्ने गरेका छन् ।

सोभूजा द्वितीयका छोरा राजा मस्वातीका १५ श्रीमती छन् । औपचारिक रुपमा उनको बायोग्राफी लेख्ने व्यक्तिका अनुसार राजा मस्वातीका पिताले देशमा ८२ वर्षसम्म शासन गरेका थिए । यस क्रममा उनका १२५ श्रीमती थिए ।

स्वाजीका मानिस राजालाई बाघ भनेर पनि बोलाउने गर्छन् । उनीहरुका धेरै श्रीमती हुने गर्छन् ।

गोली हानाहानमा १६ को मृत्यु

मेक्सिको, वैशाख ६ । मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परि कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गर्नु भएको बताउनु भएको छ । ड्युटीमा खटिएका प्रहरीलाई अपराधीक समूहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो । राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको छ । गुइरेरो पछिल्लो दुई बर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा

१० हजार नर्स बर्खास्त

काठमाडौं, वैशाख ६ । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका १० हजारभन्दा बढी नर्सलाई जिम्बाबे सरकारले सेवाबाट हटाएको छ । सेवासुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका १० हजारभन्दा बढी नर्सलाई जिम्बाबे सरकारले बर्खास्त गरेको छ । आन्दोलनमा उत्रिएका नर्सका माग सम्बोधन गर्न सरकारले केही हदसम्म वृद्धि गरेको पारिश्रमिक अपुग भएको भन्दै पुनः आन्दोलन चर्काएपछि उनीहरुलाई बर्खास्त गरिएको सरकारले जनाएको छ । नर्सहरुको आन्दोलनलाई कमजोर बनाई काममा फर्काउने रणनीति समेत बनाउन उनीहरुलाई बर्खास्त गरिएको आंकलन गरिएको छ । केही समयअघि सेवा सुविधा बढाउनुपर्ने माग राख्दै डाक्टरहरुले पनि आम हड्ताल गरेका थिए । नर्सहरु हड्तालमा उत्रिएपछि बिरामीको हेरचाह र उपचार नै प्रभावित भएपछि उनीहरुको जीवनरक्षाका लागि पछिल्लो कदम चाल्न बाध्य भएको जिम्बाबे सरकारले जनाएको छ । बर्खास्त गरिएका नर्सहरुको स्थानमा बेरोजगार र सेवा निवृत्त नर्सलाई नयाँ अवसर प्रदान गर्ने जिम्बाबे सरकारले जनाएको छ । यद्यपी सरकारको पछिल्लो कदमपछि पनि नर्सहरुले आफ्नो आन्दोलन भने जारी नै राख्ने जनाएका छन् । एजेन्सी

भारतमा रेल दुर्घटना

नयाँ दिल्ली। भारतको मध्यप्रदेश राज्यको कटनी भन्ने स्थानमा यात्रुबाहक रेल दुर्घटना भएको छ। शनिवार राति १० बजे रेलगाडीको चारवटा डब्बाहरू पटरीबाट उत्रिएपछि भएको घट्नामा २ सय जना यात्रु गम्भीर रूपले घाइते भएको समाचार भारतीय समाचारपत्रहरूले जनाएका छन्। उक्त दुर्घटनापछि उक्त मार्गमा १८ घण्टा जति रेल आवागमन रोकिएको थियो। पटरीबाट उत्रिएका ४ डब्बामध्ये दुईवटा नराम्ररी पल्टिएपछि घाइतेहरूको सङ्ख्या बढेको मिडियाले जनाएको छ। घाइतेहरूको नजिकका अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ। उक्त रेलगाडी कटनीबाट मध्यप्रदेशकै चोपन भन्ने ठाउँमा गइराखेको बताइएको छ ।  

सिरियामा फेरि आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी

न्यूयोर्क, वैशाख २ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ । सिरियामाथि यी तीन राष्ट्रले गरेको आक्रमणलाई रुसले गुण्डागर्दीको संज्ञा दिंदै यसको विरोधमा सुरक्षा परिषदको आपतकालीन बैठकमा समर्थन जुटाउन रुस असफल भएको हो । सिरियामा रसायनिक आक्रमणको जाँच चलिरहेको बेला तीन राष्ट्रले सिरियाको सरकारी अखडामा गरेको आक्रमण अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको रुसको ठहर छ । उता, अमेरिकाले भने सिरियामा रसायनिक हतियार प्रयोग रोक्न सिरियामाथि फेरि आक्रमण गर्न तयार गरेको जनाएको छ । राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई अब कुनै पनि हालतमा सिरियामा रसायनिक हतियार प्रयोग गर्ने अधिकार नभएको भन्दै यसमा रोक लगाइने बताइन् । सोही बैठकमा सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए । यसअघि, अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरिपरिको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । यता, चीनले पनि हवाई आक्रमणको विरोध गर्दै सिरियाको समस्या सैन्य हस्तक्षेपबाट ननिस्कने प्रतिक्रिया दिएको छ । (एजेन्सी)

चीन:अमेरिकाको नेतृत्वमा सिरियामा भएको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लघंन

बेइजिङ, वैसाख १ । अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ । चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो । सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सवै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौ । ”

अमेरिकाको नेतृत्वमा पश्चिमाले सिरियामा गरेको आक्रमणको रूसद्वारा कडा विराेध

मस्को, वैशाख १ । अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो । डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताउनुभयो । अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गर्नुभयो । फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्वन्ध बनाउन कुनै फाइदा नगर्ने उहाँको भनाइ छ । रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

सिरिया: अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु

काठमाडौं, बैशाख १ । संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला शुरू गरेका छन्। दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुन्न सकिन्छ। र, आकाशमा धुवाँको मुस्लो देख्न सकिन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका छन्। हमलाबारे अमेरिका-रुसबीच आरोपप्रत्यारोप् ‘रासायनिक हमला’को अन्तर्राष्ट्रिय भर्त्सना प्रमाण उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्न तयार रहेको बताएका छन्। यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको जनाएको थियो। अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही खालको अस्त्र र त्यसलाई प्रयोग गर्ने साधन रहेको बताएकी थिइन्। सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति भएको रुसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ, जुन आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ।

सिरियाको विषयलाई लिएर अमेरिकासँग युद्ध हुन सक्ने रुसको टिप्पणी

मस्को, चैत ३० । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । युद्धको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ । उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्तिलाई खतरामा पारेको आरोप पनि लगाए । विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ । ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको छ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा गरिएको रसायनिक आक्रमणमा थुप्रैं व्यक्ति मारिएपछि अवस्था तनावपूर्ण बनेको हो । आक्रमणमा सिरियाली सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ भने रुसले आरोप अस्वीकार गरेको छ । यही तनावपूर्ण वातावरणमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले ट्विटरमार्फत रुसलाई उसको मित्रराष्ट्र सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ भन्ने सन्देश दिएका छन् । यता, बेलायतले भने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन माग गरेको छ । गत महिना रुसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको रसायनिक आक्रमण फेरि नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको हो । विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको जनाएका छन् । (एजेन्सी)

ट्रम्पको फेरी धम्की : सिरियामा मिसाइल हमला

काठमाडौं, चैत्र २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारको ट्वीटमा सिरियामा मिसाइल हमला गर्ने खुलेआम घोषणा गर्दै रुसलाई तयार रहन धम्की दिएका छन् । वास्तवमा ट्रम्पले रुसको भनाइमा प्रतिक्रियामा दिँदै सो ट्वीट गरेको बताइएको छ । गत शनिबार भएको रासायनिक हमला विरुद्ध यसअघि पनि ट्रम्प लगायत विभिन्न पश्चिमी मुलुकहरुले सिरियाली सेनामाथि संयुक्त हमला गर्नेमा सहमति जनाएका थिए । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा यस प्रकारको छलफल गरिएपछि रुसले पनि सिरियामा प्रहार गरिने जस्तोसुकै मिसाइललाई नष्ट पारिदिने बताएको थियो । रुसको यसै चेतावनीको जवाफमा ट्वीट गर्दै ट्रम्पले यस्तो लेखेका हुन्, ‘रुसले सिरियामा प्रहार गरिने सबै मिसाइल ढाल्ने संकल्प गरेको छ । त्यसोभए रुस अहिले तयार भएर बस्नुपर्छ किनकी हाम्रो तर्फबाट मिसाइल आउँदैछ । तिमीहरुले निर्दोष मानिसलाई ग्यासले मारेर मजा लिने जनावरसँग सहकार्य गर्नु हुने थिएन ।’ यति मात्र नभएर ट्रम्पले रुससँगको सम्बन्धमा समेत प्रश्न उठाउँदै अर्को ट्वीट गरेका छन्, ‘ अहिले रुससँगको हाम्रो सम्बन्ध हालसम्मकै खराब स्थितिमा पुगेको छ र शीत युद्ध पनि यसैबाट सुरु हुने देखिएको छ । रुसलाई अमेरिकाबाट आर्थिक सहयोग चाहिएको छ जसले हामीलाई झन सजिलो बनाइदिन्छ । त्यसकारण अब सबै देशहरुले हतियारको रेस अन्त्य गर्न एकसाथ भएर लाग्न आवश्यक छ ।’ अमेरिकालाई साथ दिँदै बेलायत र फ्रान्सले पनि सिरिया विरुद्ध सैन्य प्रहार गर्ने तयारी गरिरहेका छन् । यसका साथै ट्रम्पले सिरियाको मुद्दाकै कारणले साताभरिका सबै वैदेशिक भ्रमण समेत रद्द गराएकाले पनि अमेरिकाले ठूलो सैन्य कारबाही सुरु गर्न सक्ने आशंका गरिएको छ ।

विमान दुर्घटनामा २५७ जनाकाे मृत्यु

काठमाडौं, चैत्र २८ । अल्जेरियामा सेनाको विमान दुर्घटना हुँदा २५७ जनाको मृत्यु छ । मृत्यु हुनेमा अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेकाे त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो। मृत्यु हुनेमा सबै सैनिक अधिकारीहरु रहेको रक्षा मन्त्रालयले बताएको छ । दुर्घटनामा चालक दलका १० जना सबैको मृत्यु भएको बताइएको छ । दुर्घटनाको कारण अहिलेसम्म पत्ता नलागेको अधिकारीहरुले बताएका छन् । तर प्रत्यक्षदर्शीका अनुसार विमान ठूलो धुवाँको मुस्लोसहित जमीनमा खसेको बताएका छन् । सेनाका प्रमुखले दुर्घटनाबारे अनुसन्धानका लागि आदेश दिइसकेको छन् भने घटनास्थलको भ्रमण जाने पनि उल्लेख छ । तर अधिकारीहरु उद्दार कार्य जारी रहेको जानकारी दिएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । अहिलेसम्म विमानमा कति जना थिए भन्ने बताइएको छैन । यसलाई सन २००३ पछिको दोस्रो ठूलो विमान दुर्घटना हो भने सन २०१४ पछि पहिलो । यसअघि सन २०१४ मा मलेसियन एयरलाइन्सको विमान दुर्घटना हुँदा २९८ जना अहिलेसम्म अज्ञात छन् । भने विमान पनि भेटिएको छैन ।

जेलबाट भाग्न खोज्दा २० को गयो ज्यान

रियो डि जानेरो। उत्तरी ब्राजिलमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन् । कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले कारागारमा आक्रमण गरेको सार्वजनिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका १९ जना मध्ये कोही कैदी र कोही उनीहरूका समर्थक भएको पहिचान भएको छ । मारिने एक जना भने सुरक्षा गार्ड रहेका छन् । घटनामा परी अन्य चार जना सुरक्षा गार्ड घाइते भएका समाचारमा जनाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ । आक्रमणकारीहरूले कारागारको सुरक्षाका लागि खटिएका ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए ।

दुई भारतीयलाई ५०० बर्षको जेल सजाय

दुबई अदालतले दुई भारतीयलाई ५०० सय बर्षको जेल सजाय सुनाएको छ । दुबई आदालतले गोवा दुई जनालाई २०० मिलियन डॉलर के घोटामा यस्तो फैसला सुनाएको हो । ३७ वर्षीया सिडनी लमसुन र तिनको खाता विशेषज्ञ २५ वर्षीया रयान डिसुजालाई हजारौं लगानीकर्ताहरूसंग २०० मिलियन घोटाला गरेको आरोपमा सजाय सुनाइएको हो । यो मामला लेमोनकी पत्नी वलानीमा दर्ता भएको छ। तिनीहरू अवैध रूपले सील अफिसमा प्रवेश गरेका र कागजातहरू निकालेर घोटाला गरेको आरोप लगाएका छन्।

ब्राजिलमा कारागारमा रहेका कैदीलाई भगाउन खोज्दा झडप, २० जनाको मृत्यु

ब्राजिल, चैत २८ । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन् । सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका हुन् । मारिनेमा १९ कैदी र एक जना सुरक्षा गार्ड छन् । घटनामा चारजना घाइते भएका छन् । घटनालगत्तै सुरक्षा गार्डले सशस्त्र समूहमाथि जवाफी कारबाही गरेको थियो ।

जुकरबर्गद्वारा रूसबिरुद्द डाटा लीक गरेको स्वीकार,अमेरिकी सीनेटमा साढे ३ घण्टा लामो बयान

वासिङटन, चैत २८ । फेसबुक मालिक जकरबर्गले अमेरिकासँग मिलेर रूसबिरुद्द डाटा लीक गरेको स्वीकार गरेका छन् । यहि बिषायमा अमेरिकी सीनेटमा साढे तीन घण्टा लामो बयान भएकाे छ । मंगलवार रात करीब १२ बजे जुकरबर्ग को पेशी शुरू भएको थियो । यो पेशीको बयान साढ़े तीन घण्टा सम्म चल्यो । जुकरबर्गको जहाँ सुनवाई भयो त्यहाँ हिलेरी क्लिंटनको समेत मामलको सुनवाई भैसकेको छ । फेसबुक मालिक जुकरबर्गले अमेरिकासँग मिलेर रूसबिरुद्द डाटा लीक गरेको स्वीकार गरेका छन् । ब्रिटिश एनालिटिकाको डेटा लिक गरेको मामलामा फेसबुकका संस्थापक मार्क जुकरबर्ग अमेरिकी कांग्रेसको दुई वटै सीनेट कमेटीमा संयुक्त सेशनमा भएको थियो । बयानका क्रममा उनले डेटा लिक गरेको स्विकार गर्दै माफी मागेका छन् । तर फेसबुकप्रतिको विश्वासलाई जोगाउन धेरै सुधारको काम गरिरहेको पनि उनले बताएका छन् । ‘यसमा मेरो गल्ती छ । हामीले पर्याप्त जिम्मेवारी निर्वाह गरेनौं, मलाई यसमा अफसोस छ,’ जुकरबर्गले भनेका छन् । उनले फेसबुक प्रयोगकर्ताको सुरक्षाका लागि नयाँ ‘टुल्स’ विकास गरिरहेको जानकारी दिए । यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला ति डाटा चोरी भएको अनुमान छ । यसमा राजनीतिक परामर्श दिने संस्था क्याम्बि्रज एनालिटिकाले अवैधरुपमा डाटा चोरी गरेको फेसबुकको आरोप छ । उनले भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन नियम तथा प्राविधिक सुधार गरिने प्रतिबद्धतासमेत जनाए ।

अमेरिकी राष्ट्रपति ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

वासिङटन, चैत २८ । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार नै राजिनामाको घोषणा गरेका हुन्। ‘राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले बताइन् । टमको राजिनामा जोन बोल्टनलाई राष्ट्रपतिको चौँथो राष्ट्रिय सुरक्षा सल्लाहाकारका रूपमा जिम्मेवारी सम्हालेपछि आएको हो ।