सपिङ्ग सेन्टरमा आगलागी, ३७ को मृत्यु

मस्को, रुसको एउटा व्यापारिक सेन्टरमा आगलागि हुँदा ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा सयबढीको उद्धार गरिएको र धेरै अहिले पनि हराएको बताइएको छ ।

साइबेरियाको केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।

टेलिभिजनमा देखाइएको तस्विरहरुमा शपिङ सेन्टरबाट बाक्लो धुँवा निस्किरहेको र मानिसहरु झ्यालबाट बाहिर हामफालेको देखिन्छ ।

अग्निनियन्त्रक र उद्धार टोली घटनास्थलमा परिचालित छन् । केमेरोफो शहर रुसको राजधानी मस्कोबाट २ हजार २ सय मील टाढा पर्दछ । यो शहर कोइला उत्पादनमा प्रसिद्ध छ ।

आगलागीका कारण खुलेको छैन । रुसको चाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ ।

पूर्वमख्यमन्त्री लालुप्रसादलाई १४ वर्ष जेल सजाय

विहार, चैत्र १०। चारा घोटाला काण्डमा केन्द्रीय अनुसन्धान व्युरोको (सीबीआई) विशेष अदालतले विहारका पूर्वमूख्यमन्त्री लालुप्रसाद यादवलाई १४ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि ६० लाख भ्रष्टाचार गरेको अभियोग छ । सीबीआईको एक वकील ले भने, ‘अदालतले लालुप्रसादलाई आईपीसी र भ्रष्टाचार अभियोगमा ७–७ वर्ष कैद सजाय तोकेको हो । दुवै सजाय अगल–अगल भुक्तान गर्नू पर्ने छ । पेशीको सुनुवाई भिडियो कन्फ्रेरेन्सको माध्यमबाट रिम्स हॉस्पिटलमा लालुप्रसादलार्इ सुनाइएकाे थियो । त्यस भन्दा पहिला न्यायाधिश शिवपाल सिंहले १९ मार्चमा अवैध निकासीको मुद्दामा लालुप्रसादसहित १९ जनालाई दोषी ठहर गरेको थियो । विहारका पूर्वमूख्यमन्त्री लालुप्रसादलाई चारा घोटाला काण्डसँग जोडिएका ६ वटा मुद्दा आदलतमा विचाराधिन छन् । शनिबार भएको फैसला त्यसमध्ये चौथो मुद्दा हो ।

फ्रान्समा तीन जनाको हत्या गरिसकेका बन्दुकधारी प्रहरी कारवाहीमा मारिए

काठमाडौं, चैत १० । फ्रान्समा आतंकवादी कार्यमा संलग्न एक जना बन्दुकधारी सुरक्षा कार्वाहीमा मारिएका छन् । आफू मारिनुअघि ती व्यक्तिले ट्रेब नगरस्थित एक सुपरमार्केटमा प्रवेश गरी अरू तीन जनाको हत्या गरेका थिए । सुपरमार्केटमा छिर्नुअघि एउटा कार आफ्नो नियन्त्रणमा लिने क्रममा उक्त व्यक्तिले कारमा रहेका एक जनाको हत्या गरेको र चालकलाई घाइते बनाएका थिए । बन्दुकधारीले आफू लडाकु समूह आईएससँग सम्बन्धित भएको दाबी गरेका थिए । उनी मोरक्कोको नागरिक भएको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र छिरेका थिए । फ्रान्सेली प्रधानमन्त्री इद्र्वा ्फिलिप्‌ले घटनालाई आतकंवादी कृत्य भनेका छन् । सन् २०१५ देखि फ्रान्समा आतंकवादी ठूला आक्रमण भइरहेका छन् । पेरिसमा २०१५ को नोभेम्बरमा भएको आक्रमणमा १३० जना व्यक्ति मारिएका थिए ।

सुरक्षा कारबाहीमा ७१ लडाकूको मृत्यु

काबुल, चैत ९ । अफगानी सरकारी फौजले तालिवानविरुद्ध चलाएको कारबाहीमा विगत २४ घण्टामा कम्तिमा ७१ विद्रोही लडाकूको मृत्यु भएको अफगानी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । “सेनाले गरेको स्थल तथा हवाई आक्रमणमा १४ जना इस्लामिक स्टेट (आइएस) समूहका लडाकू सहित ७१ विद्रोहीको मृत्यु भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सरकारले यहाँका ३४ प्रान्तभर विभिन्न ७० किसिमका बिशेष सुरक्षा कारबाही सञ्चालन गरिएको र यसबाट तालिवान तथा इश्लामिक विद्रोहीलाई निकै कमजोर बनाउन सफलता मिलेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कारबाहीका क्रममा अफगानिस्तानमा आइएसको संगठन विस्तारमा सहयोग गर्दै आएकी एक महिला लडाकू पक्राउ गरिएको जनाइएको छ । उक्त क्रममा अफगानी राष्ट्रिय सेनाले सहयोगका लागि विभिन्न ७० उडान र १४ राउन्ड हवाई आक्रमण गरेको सरकारी पक्षले जनाएको छ । यस बिषयमा तालिवान तथा आइएस समूहले कुनै प्रतिक्रिया दिइनसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस/सिन्ह्वा

फ्रान्सको सुपरमार्केटमा संदिग्ध उग्रवादीद्वारा गोली प्रहार, स्थिति गम्भीर

काठमाडौं, चैत्र ९ । फ्रान्सको दक्षिणपश्चिम क्षेत्र ट्रेब नगरमा एक जना हतियारधारीले केही मानिसहरूलाई बन्धक बनाएको र कम्तीमा एक जनालाई गोली हानी हत्या गरेको बताइएको छ । घटना शुक्रबार एउटा सुपरमार्केटमा भएको र सुरक्षाकर्मीहरू त्यहाँ पुगिसकेको बताइएको छ। अर्को एक जनाको पनि मृत्यु भएको अपुष्ट विवरणहरू प्राप्त भएका छन्। अधिकारीहरूका अनुसार संदिग्ध हतियारधारीले आफू इस्लामिक स्टेटको सदस्य भएको दाबी गरेको छ। फ्रान्सका प्रधानमन्त्री इद्वार् फिलिप्‌ले स्थिति निकै गम्भीर रहेको र यो आतङ्कवादी कृत्य भएको भन्ने टिप्पणी गरेका छन्। यसअघि घटनास्थलबाट केही पर खार्खासोन‍्‌मा एक प्रहरीलाई गोली हानी घाइते बनाइएको थियो। आक्रमण हुँदा उनी सहकर्मीहरूसँग दौडिँदै थिए। एक वरिष्ठ प्रहरीले समाचार संस्था एपीलाई बताएअनुसार सोही संदिग्धले त्यो आक्रमण गरेको थियो। ट्रेबका नगरप्रमुख एरिक मेनासीले स्थानीय टीभीलाई सो संदिग्ध बन्दुकधारी अब एक जना प्रहरी अधिकृतसँग एउटा पसलमा बाँकी रहेको बताए। उनका अनुसार बन्धक बनाइएका व्यक्तिहरू मुक्त भइसकेका छन्। एक सुरक्षा अधिकारीले अधिकांश कर्मचारी र ग्राहकहरू सुपरमार्केटबाट सुरक्षित भागेको बताएका छन् । बीबीसी

हाइकोर्टको फैसलाले आम आदमी पार्टीका २० सांसद पदबहाली

नयाँ दिल्ली । भारतीय निर्वाचन आयोगको आम आदमी पार्टीका २० विधायकलाई बर्खास्त गर्ने निर्णयलाई दिल्ली हाईकोर्टले खारेज गरि दिएको छ । यो आदेशसँग आम आदमी पार्टीका २० विधायक पदमा रहिरहने छन् । शुक्रवार दिल्ली हाईकोर्टले विधायको रिटमाथि सुनुवाई गर्दै चुनाव आयोग (इसी) ले २० सांसदलाई बर्खास्त गर्न गरेको सिफारिश खारेज गरिीएको हो । हाईकोर्टले आयोगलाई भनेको छ, ‘यसबारेमा फेरि सुनुवाई गर्नु।’ समाचार एजेन्सीका अनुसार, हाइकोर्टका न्यायाधिश संजीव खन्ना र चन्द्रशेखरको संयुक्त इजलाशले भनेको छ, ‘तपाईको विधायकलाई अयोग्य घोषणा गर्ने कानूनी प्रक्रिया गलत छ । चुनाव आयोगले नियामावली उल्लघंन गरेको छ । साथै मुख्य आयुक्त ओपी रावतले दोस्रो पटक सुनुवाई गर्ने मौकासमेत दिएनन् । त्यसैले १९ जनवरीको आयोगको आदेश खारेज गरिएको छ । र आयोगले दोस्रो पटक सुनुवाई गरोस् ।’ हाइकोर्टको फैसालापछि दिल्लीका के मुख्यमंत्री अरविंद केजरीवालले ‘सत्यको जीत’ भएको प्रतिक्रिया दिएका छन् । १९ जनवरीमा लाभको पद (संसदीय सचिव) नियुक्तका विषयमा चुनाव आयोगले २० जना विधायकको सदस्यता रद्द गर्न राष्ट्रपति रामनाथ कोविंद समक्ष सिफारिश गरेको थियो । त्यही दिन आम आदमी पार्टीका केही विधायकले चुनाव आयोगको सिफारिशविरुद्ध दिल्ली हाइ कोर्टमा रिट दायर गरेका थिए । तर १९ जनवरीकै दिन राष्ट्रपति रामनाथ कोविन्दले चुनाव आयोगको सिफारिशलाई स्वीकृत दिएसँगै सदर आम आदमी पार्टीका २० विधायकको सदस्यता रद्द भएको थियो ।

विमान दुर्घटनामा पतिको मृत्युको खबरले बेहोस भएकी अफ्सनाको निधन

काठमाडौं, चैत्र ९ । गएको फागुन २८ गते त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको पनि शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक पति अबिदको मृत्युको खवर पछि सुल्तानकी पत्नी अफ्सना खानमलाई हार्टअट्याक भएको थियो ।उपचारको लागि उनलाई राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा भर्ना गरीएकोमा शुक्रबार विहान साढे ९ बजे उनको मृत्यु भएको हो । बंगलादेशी सञ्चार माध्यम द डेली स्टारका अनुसार पति अबिदको चिहान नजिकै मुस्लिम धर्म अनुसार पत्नी अफ्सना खानमको पनि दाहसंस्कार गरिने छ ।

विद्रोहीबाट अपहृत ‘७६ छात्रा मुक्त’

काठमाडाैं । नाइजिरियामा पूर्वोत्तर नगर दाप्चीबाट गत महिना विद्रोहीहरूको अपहरणमा परेका अधिकांश छात्राहरू फर्किएको त्यहाँको सरकारले बताएको छ। नाइजिरियाको सूचना मन्त्रालयका अनुसार अपहृत ११० मध्ये ७६ जनालाई बुधवार पू्र्वाह्णमा फिर्ता ल्याइएको हो। उनीहरूलाई छुटाउन अनौपचारिक प्रयासहरू गरिएका थिए। कसैको ज्यान नजाओस् भनेर सेनाले दाप्चा क्षेत्रमा आफ्नो गतिविधिलाई विश्राम दिएको थियो, विज्ञप्तिमा भनिएको छ। तर उक्त विज्ञप्तिमा केही छात्राहरूको मृत्यु भएको विवरणहरूबारे केही उल्लेख गरिएको छैन। सूचना तथा संस्कृति मन्त्री अल्हाजी लाइ मोहम्मदका अनुसार ती छात्राहरूलाई ‘देशका केही साथीहरूको सहयोगमा’ ‘विनाशर्त मुक्त’ गरिएको हो। “सरकारले हिंसा र मुठभेडबाट ती बालिकाहरूको ज्यान जोखिममा पर्ने र कुनै निकास ननिस्कने भन्ने बुझेको थियो,” उनले भने, “त्यसैले अहिंसात्मक उपाय नै विकल्पमा रोजिएको थियो।” कसैलाई हस्तान्तरित नगरिएको र उनीहरूको औपचारिक सङ्ख्या पनि नलिइएको भन्दै उनले मुक्त छात्राहरूको सङ्ख्या बढी पनि हुनसक्ने बताए। एक जना अभिभावक कुन्डिली बुकारले बीबीसीलाई भने – बुधवार बिहान सबेरै गाडी चढेर नगरमा बोको हराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाए। त्यसपछि उनीहरू तत्कालै फर्किए। उनका अनुसार बालिकाहरू जीर्ण र थकित देखिन्थे। तर तिनमध्ये केही आफू मुक्त भएपछि दौडेर घरतिर गएका थिए। अर्का अभिभावक मानुगा लावलले आफ्नी छोरीसँग फोनमा कुराकानी गरेको बताए। दाप्ची नगरमा आक्रमण गर्न आएका विद्रोहीहरूको एउटा समूहले ती बालिकाहरूलाई फेब्रुअरी १९ को साँझ एउटा स्थानीय विद्यालयबाट लिएर गएका थिए। पहिला अधिकांश बालिकाहरू भागेका र कसैको अपहरण नभएको दाबी गरिएको थियो। तर त्यसको एक हप्तापछि सरकारी पक्षले ती बालिकाहरूलाई इस्लामिक विद्रोहीहरूले लगेको स्वीकार गरेको थियो। बीबीसी

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

याङ्गुन, चैत ७ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उहाँ अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । बुधबार उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिनुभयो । त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुहुने जनाइएको छ । म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो । उहाँले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थाल्ने

काठमाडौं, चैत ७ । अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने भएका छन् । उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आंकलन भइरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरेका हुन्. । सैन्य अभ्यासमा तीन लाख भन्दा बढी सैनिकले भाग लिने छन् । यद्यपि, दुबै देशले भने उत्तर कोरियाबिरुद्ध कुनै कारबाहीका लागि यो अभ्यास हुन नलागेको प्रष्ट्याएका छन् । गत मार्चमा सुरु गर्ने भनिएको अभ्यास शीतकालीन ओलम्पिकको आयोजना र उत्तर कोरियाको नरम नीतिका कारण पर सारिएको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनले गरेको निमन्त्रणा स्वीकारेका छन् । अमेरिकासँगको सम्बन्ध सुधार्नका लागि उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने निर्णय गरेका अनुमान गरिएको छ ।(एजेन्सी)

रुसी राष्ट्रपति पुटिन चाैथाे कार्यकालका लागि अत्याधिक मतले विजयी

काठमाडौं, चैत ५ ।  रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । आइतबार भएको मतदानको अधिकांश मत परिणाम सार्वजनिक हुँदा उनी ७६ प्रतिशत मत ल्याएर अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । पुटिनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)का उम्मेदवार व्यापारी पाभेल गुर्डीनिनले १२ प्रतिशतमात्र मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । पुटिन भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए । तर, मुख्य विपक्षी नेता अलेक्सी नाभाल्नीलाई भने चुनावमा भाग लिनबाट रोक लगाइएको थियो । पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् । सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेका थिए । सन् १९९९ मा कार्यवाहक राष्ट्रपति पद सम्हालेका पुटिन त्यसयता लगातार शक्तिमा रहँदै आएका छन् । उनी सन् २००० मा भएको निर्वाचनमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सन् २००४ मा दोस्रो पटक निर्वाचित भए । रुसको संविधानमा लगातार दुई वर्षभन्दा बढी राष्ट्रपति पदमा बहाल रहने व्यवस्था नभएका कारण उनी सन् २००८ मा भएको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवार हुन वञ्चित रहे । तर पनि उनी तत्कालिन राष्ट्रपति डिमित्री मेडभेदेव नेतृत्वको सरकारमा प्रधानमन्त्री बनेर शक्ति मै रहन सफल भए । सन् २०१२ मा पुटिन तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भए । आइतबार सम्पन्न निर्वाचनमा जित हासिल गरेसँगै पुटिनलाई चौथो कार्यकालका लागि बाटो खुलेको छ । ब्रिटिश कूटनीतिज्ञ निष्कासन गर्ने रुसी निर्णय फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासा सुनेर पुटिन हाँसे। उनले भने, “तपाईँहरूले जे भनिरहनुभएको छ त्यो अलिकति ठट्टा भयो। के तपाईँहरूलाई लाग्छ सय वर्षको नहुञ्जेल म पदमै रहिरहन्छु?” अनि प्रतिप्रश्नको जवाफ उनी आफैँले दिए, “त्यस्तो होइन।” हतियार दौडमा रुस जित पहिल्यैदेखि अपेक्षित भए पनि सन् २०१२ मा पुटिनले ल्याएको मतभन्दा अहिले बढी पाएका छन्। त्यतिबेला उनले ६४ प्रतिशत मत ल्याएका थिए। निर्वाचन आयोगका अनुसार पुटिनका निकटतम प्रतिद्वन्द्वी पावल ग्रुडीनिनले अहिलेसम्म करिब १२ प्रतिशत मत ल्याएका छन्। क्रेम्लिनले अपेक्षा गरेको भन्दा कम अर्थात् ६४ प्रतिशत मात्रै मत खसेको थियो। पुटिनको चुनावी अभियान टोलीले उनको जितलाई ‘अविश्वसनीय’ भनेको छ। अभियान टोलीका एकजना प्रवक्ताले रुसको इन्टरफ्याक्स समाचार संस्थालाई भने, “उहाँले प्राप्त गरेको मत प्रतिशत आफैँ बोल्छ। यो जनादेश हो जुन भविष्यमा निर्णय गर्नका निम्ति पुटिनलाई चाहिन्छ र उनले थुप्रै निर्णयहरू गर्नुपर्नेछ।”

अमेरिकी सेना विश्वका १८० देशमा के गर्दैछ ?

काठमाडौं । विश्वकै सर्वाधिक शक्तिशाली देश मानिएको संयुक्त राज्य अमेरिकाले आफ्ना २ लाखभन्दा बढी सैनिक विश्वका १ सय ८० देशमा तैनाथ गरिराखेको छ । हुन त देखिने गरेर अमेरिकी सैन्य अभियान विश्वका ७ देशमा मात्र जारी रहेको छ । तर, अन्य देशमा पनि कुनै न कुनै रूपमा उसको सैन्य उपस्थिति रहेको छ । यीमध्ये धेरै अभियान गोप्य रहने गरेका छन् । अमेरिकी सक्रिय सैन्य अभियान सञ्चालित देश बाहिर उसको सामरिक उपस्थिति गत वर्ष नाइजरमा भएको एउटा आक्रमणमा ४ जना अमेरिकी सैनिक मारिएपछि चर्चामा आएको थियो । त्यहाँ अमेरिकी सेनाले मालीको सीमामा एउटा गोप्य अभियान सञ्चालित गरिरहेको थियो । यसका बारेमा ट्रम्प प्रशासनले अमेरिकी कांग्रेसलाई पठाएको गोप्य प्रतिवेदनमा समेत उल्लेख गरिएको थियो । जुन पछि न्युयोर्क टाईम्समा छापिएको थियो । यी ७ देशमा भने अमेरिकी सेनाको सक्रिय उपस्थिति रहेको छ । अफगानिस्तान अफगानिस्तानमा १३ हजार ३ सय २९ अमेरिकी सेना तैनाथ छन् । सन् २००१ सेप्टेम्बर ११ मा वासिंगटन र न्युयोर्कमा भएको आक्रमण यता अमेरिकाले अलकायदा र तालिबानविरुद्ध लामो युद्ध लड्नु परिराखेको छ । उसले अफगानी सत्ताबाट तालिबानलाई अपदस्थ गरिसकेपछि पनि त्यहाँ युद्ध समाप्त हुन सकेको छैन । अहिले पनि यहाँ उसलाई अलकायदा, तालिबान, इस्लामिक स्टेट र हक्कानी नेटवर्कले चुनौति दिइरहेको छ । इराक सद्दाम हुसेनसँग सम्बन्ध बिग्रिए यता अमेरिका र इराकबीच शत्रुताको लामो शृंखला चल्यो । २–२ पटक खाडी युद्ध पनि भयो र अन्ततोगत्वा अमेरिकाले सद्दाम हुसेनलाई अपदस्थ गऱ्यो । आफू समर्थित सरकार बनाएपनि उसको टाउको दुःखाई भने सकिएको छैन । सद्दामलाई अमेरिकी इसारामा मृत्युदण्ड दिइएपछि त्यहाँ चरम अशान्ति र व्यापक हिंसा फैलिएको छ । विशेष गरेर इस्लामिक स्टेटका हिंसक गतिविधिले अमेरिकालाई इराक सैन्य अभियान ‘निल्नु न ओकल्नु’ भएको छ । सिरिया सिरियामा पनि अमेरिकाको जुँगाको लडाइँ नै हो । राष्ट्रपति असदले रुसको समर्थनमा विपक्षीमाथि दमन थालेपछि अमेरिकाले पनि आफ्नो सैन्य अभियान थालेको हो । उता, फरक–फरक धारका विद्रोहीको उपस्थितिले सिरिया युद्धले झन् जटिलता थपेको छ । गत वर्ष मात्र उसले लाखौं आम मानिसलाई विद्रोही नियन्त्रित इलाकाबाट मुक्त गरेको थियो । यति भएर पनि सिरियाको स्थिति झनै भयावह भएको छ । हाल त्यहाँ लगभग १ हजार ५ सय जति अमेरिकी सेनिक तैनात रहेका छन् भने त्यहाँ उसबाहेक रूस, इरान, टर्की आदि अन्तर्राष्ट्रिय शक्तिको उपस्थितिले स्थिति झन् जटिल बनाइदिएको छ । यमन यमनमा पनि अमेरिकी सेनाले अलकायदाविरुद्ध अभियान सञ्चालन गरिरहेको छ । ट्रम्प प्रशासनले संसदमा पेस गरेको प्रतिवेदन अनुसार यसका अतिरिक्त अमेरिकी सैन्य मिसनले आंशिक रुपमा हुती विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सैन्य अभियानलाई समेत सघाइराहेको छ । तर, प्रतिवेदनमा यो सहयोग सैन्य स्तरमा नभएर गोप्य सूचना आदानप्रदानमा मात्र सीमित भनिएको छ । सोमालिया सोमालियामा ३ सय जति अमेरिकी सैनिक उपस्थित छन् । उनीहरू त्यहाँको विद्रोही संगठन अलसबाबविरुद्ध मोर्चामा छन् । यो उपस्थिति धेरै लामो समयदेखिको हो । १९९३ मा अमेरिकी सैनिकहरू मोहम्मद फराह अइदीदलाई पक्रिने अभियानमा रहेका बेला एकैचोटी १८ जना अमेरिकी सैनिक मरिएका थिए । लिबिया अमेरिकाले २०११ को अक्टोबर महिनामा लिबियाका शासक मुअम्मर गद्दाफीलाई सैन्य कारवाहीमा मारेदेखि नै लिबिया अशान्त रहेको छ । अहिले सानो संख्यामा अमेरिकी सैनिकहरू त्यहाँ इस्लामिक स्टेटविरुद्ध संघर्षरत छन् । नाइजर हाल पश्चिम अफ्रिकी मुदुक नाइजरमा लगभग ५ सयको संख्यामा अमेरिकी सैनिक रहेका छन् । उनीहरू त्यहाँ पनि इस्लामिक स्टेट सम्बद्ध विद्रोहीविरुद्ध कारवाही चलाइरहेका छन् । पछिल्लो वर्ष भएको एउटा आक्रमणमा ४ सैनिक मारिएपछि नाइजरजस्तो नयाँ परिवेशमा अमेरिकी सैन्य उपस्थिति बहसमा तानिएको छ । (साभार बीबीसीबाट)

श्रीलंकामा संकटकाल हटाइयो

काठमाडौं, चैत्र ४ । करीब दुईसाता अघि मुसलमान समुदायविरूद्ध हिंसाका गतिविधि भएपछि श्रीलंकामा लगाइएको संकटकाल हटाएको त्यहाँको सरकारले जनाएको छ । देशको मध्य भागमा पर्ने क्याण्डी शहरमा भएका हिंसाका क्रममा कैयौँ मानिसहरूले ज्यान गुमाएका थिए। सयौँको संख्यामा मुसलमानहरूको स्वामित्वमा रहेका व्यापार गृह र मस्जिदहरू ध्वस्त हुने गरी वा क्षति हुने गरी आक्रमणहरू गरिएका थिए। हिंसा नियन्त्रण गर्न सैनिक परिचालन गरिएको थियो भने सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। संकटकाल घोषणा गरिएपछि श्रीलंका फेरि अधिनायकवादी शासन व्यवस्थामा फर्कने हो कि भनेर चर्चा पनि गरिएका थिए। कट्टरपन्थी बौद्धमार्गी समूहका कारण सन् २०१२ देखि बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको श्रीलंकामा हिंसा बढिरहेको ठानिन्छ। उनीहरूले मुसलमानहरूले मानिसहरूलाई इस्लाम धर्म अंगाल्न दबाब दिएको र प्राचिन बौद्धस्थलहरूमाथि तोडफोड गरेको आरोप लगाउने गरेका छन्। संकटकालको आदेश जारी भएपछि श्रीलंकाली अधिकारीहरूले सन्दिग्धहरूलाई आवश्यकता अनुसार गिरफ्तार गरी लामो समय थुनामा राख्न पाएका थिए। क्याण्डी क्षेत्रमा सयौँको संख्यामा फौज परिचालन गरिएको थियो र सरकारी कर्फ्यु उल्लंघन गर्दै जम्मा भएका मानिसको हुलमाथि अश्रु ग्यास प्रहार गरेका थिए। राष्ट्रपति सिरिसेनाले आइतवार सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर संकटकाल हटाउने निर्णय गरेको जानकारी दिएका थिए। अघिल्लो हप्ता फेसबुकसहितका सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्ध हटाइएका थिए। पछिल्लो संकटकाल श्रीलंकाले सात वर्षमा पहिलो पटक लगाएको थियो। सन् २००९ मा तमिल विद्रोहीहरूसँगको गृहयुद्ध अन्त्य हुनुभन्दा अघि झण्डै तीन दशकसम्म श्रीलंकामा संकटकालको अवस्था रहेको थियो।बीबीसी

चीनका प्रधानमन्त्री ली दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं, चैत्र ४ । चीनका प्रधानमन्त्री ली खछ्याङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चीनको नेशनल कांग्रेसले ली खछ्याङलाई दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित गरेको हो । ली चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो बरियतामा रहेका नेता हुन । चीनमा प्रधानमन्त्री संवैधानिक पद हो । कार्यकारी पदमा राष्ट्रपति रहन्छन् र वर्तमान राष्ट्रपति सी जिनपिङ पनि शनिबार दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका थिए । नेशनल कांग्रेसमा ली प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि २ हजार ९ सय ६४ मत पाएर विजयी भए । उनको विपक्षमा मात्रै २ मत खसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री चीनको प्रमुख वित्त अधिकारी हुने व्यवस्था छ ।  

अमेरिका र उत्तर कोरियाबीच आज फिनल्याण्ड वार्ता हुँदै

हेलसिन्की, चैत ४ । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो । सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शनिबार जानकारी दिएका छन् । उत्तर कोरियाली विदेशमन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की पुग्नुहुने यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ । साथै आइतबार नै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि यहाँ आइपुग्नुहुने समाचारहरुमा जनाइएको छ । उहाँहरुबीच आइतबारै साँझ यहाँ अनौपचारिक भेटघाट रहेको यहाँको एक दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ । यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ । उक्त दैनिकका अनुसार विदेशमन्त्रालयले यी दुई अधिकारीहरुको भेटवार्ताको चाँजो मिलाएको छ । फिनल्याण्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूताबासमा हुने पनि जानकारी गराएको छ । फिनल्याण्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले सो वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्याण्डले गरेको पुष्टि गर्नुभयो । साथै उहाँले यस वार्ता अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले र त्यसका लागि व्यवस्थापनको काम गरिएको पनि उक्त समाचार समितिलाई जानकारी दिनुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका जानुभएको थियो । उहाँको सो भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सो वार्ता प्रस्ताव स्वीकारगर्दै उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो– हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता सफल हुनेछ र यसले हामीबीचका सबै कुरामा पनि खुलेर कुरागर्ने अवस्था आउने छ । उहाँले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेको कारणले वार्ताका लागि आफू उत्साहित भएको पनि बताउनुभएको थियो । यसबीचमा राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गर्नुभएको छ । उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो । तर त्यसको मिति भने निश्चित भएको छैन । त्यसैले यो हेलसिन्की वार्ता त्यस अगाडिको तयारीको लागि तय भएको अनुमान गरिएको छ । उक्त वार्ताको तयारीका लागि यी अधिकारीहरु अगावै भेट्न खोजेका अनुमान गरिएको छ । अमेरिका उत्तर कोरिया वार्ताको चर्चा सुरु भएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सफलताका लागि शुभकामनासम्म दिनुभएको छ । यी दुई देशबीच हुने भनिएको वार्ताको सफलताको कामना उहाँले यसैहप्ता गर्नुभएको छ । उता दक्षिण कोरियाली ती विशेषदूतले यसैहप्ता चीनका राष्ट्रपति सि चिनफिङलाई पनि भेट्नुभएको हो । उहाँले अमेरिका उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचमा भएको पछिल्लो विकसित घटनाक्रमका साथैवार्ताका बारेमा जानकारी गराउनुभएको छ । गएको फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुश गरिएको छ । अब यसै महिनाको अन्तिममा दुई कोरियाबीच उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । यस तयारीको जानकारी दक्षिण कोरियाका राष्ट्रपति इनका प्रमुख सचिव इम जङ सियोकले दिनुभएको छ । रासस/सिन्ह्वा

भारतीय चुनावमा विज्ञान प्रविधिलाई चुनौति, ब्यूतिँदै मतपत्र भोटिङ प्रणाली !

नयाँदिल्ली । भारतमा विद्युतीय भोटिङ मेसिन (इभीएम) प्रति अधिकांश राजनीतिक दलको विश्वास घट्दै गएपछि मतपत्र भोटिङ प्रणाली ब्यूताउने बहसले सार्थकता पाउने देखिएको छ । विपक्षी पार्टीले उठाउँदै आएको मतपत्र भोटिङ प्रणालीलाई सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले समेत समर्थन गर्ने संकेत मिलेको छ । सबै पार्टीको सहमति भए भविष्यमा मतपत्र भोटिङ प्रणाली कार्यान्वयन गर्न सकिने भाजपाले जनाएको छ । भारतमा हाल विद्युतीय भोटिङ प्रणाली प्रयोगमा छ । ‘म कांग्रेसलाई स्मरण गराउन चाहन्छु कि विद्युतीय मेसिनबाट भोट गराउने निर्णय उच्च स्तरमा सहमति बनेपछि लिइएको थियो । आज हरेक पार्टी मतपत्रबाट चुनाव गराउने तरिकामा फर्किन चाहन्छन् भने विचार गर्न सकिन्छ’ शनिबार कांग्रेसले आफ्नो ८४ औं महाधिवेशनमा मतपत्रबाट चुनाव गराउनुपर्ने प्रस्ताव पेश गरेको थियो । यसैसन्दर्भमा भाजपाका महासचिव राम माधवले सबैको सहमति भए मतपत्रबाट चुनाव गराउन सकिने बताएका हुन् । ‘म कांग्रेसलाई स्मरण गराउन चाहन्छु कि विद्युतीय मेसिनबाट भोट गराउने निर्णय उच्च स्तरमा सहमति बनेपछि लिइएको थियो । आज हरेक पार्टी मतपत्रबाट चुनाव गराउने तरिकामा फर्किन चाहन्छन् भने विचार गर्न सकिन्छ,’ महासचिव माधवले भने । आमचुनावपछि उत्तर प्रदेशसहित ५ राज्यका चुनावमा कतिपय दलले विद्युतीय मेसिनमा गडबडी गरिएको आरोप लगाएका थिए । गुजरातको चुनावमा समेत चर्चित युवा नेता हार्दिक पटेलसहित धेरै नेताले भाजपा जित्नुको कारण विद्युतीय भोटिङ मेसिन भएको बताएका थिए । हालसालै उत्तर प्रदेशमा भएको लोकसभा उपनिर्वाचनमा भोटिङ मेसिनमा गडबडी भएको आरोप लगाउँदै समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले भने, ‘मेसिनमा गडबडी नभएको भए जितको अन्तर धेरै हुने थियो ।’ कांग्रेसले चुनावमा मतपत्रको प्रयोग सुरु गर्नुपर्ने प्रस्ताव पारित गर्दै धेरै ठूला लोकतान्त्रिक देशमा समेत मतपत्रको प्रयोग हुने गरेको जनाएको छ । मतपत्रले चुनावी प्रक्रियाप्रति सर्वसाधारणको विश्वास बढ्ने कांग्रेसले जनाएको छ । पछिल्ला केही महिना भोटिङ मेसिनमा हुने गडबडीको विषय विपक्षी दलले धेरै उठाउन थालेका छन् । नोभेम्बरमा सम्पन्न उत्तर प्रदेशको निकाय चुनावका क्रममा धेरै मेसिनबाट पहिले नै भाजपाको खातामा भोट हालिएको रिपोर्ट सार्वजनिक भएको थियो । यसबारेमा निर्वाचन अधिकृतहरूले मेसिनको प्राविधिक कमजोरी बताएका थिए । खासगरी उत्तर प्रदेश विधानसभा चुनावमा ४ सय ३ मध्ये ३ सय २५ सिटमा भाजपाको जित भएपछि बहुजन समाजवादी पार्टी अध्यक्ष मायावतिसहित कांग्रेस, समाजवादी पार्टीले भोटिङ मेसिनमा गडबडी भएको आरोप लगाएका थिए ।