चीनले दियो अमेरिकालाई मुख सम्हालेर बोल्न चेतावनी

चीनले अमेरिकालाई मुख सम्हालेर बोल्न चेतावनी दिएको छ । यस्तो बयान चीनको जनमुक्ति सेनाले दिएको हो । सामान्यतयाः संयमित मानिने चिनियाँ जनमुक्ति सेनाको यस्तो बयानलाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ ।

सिंगापुरमा क्षेत्रीय सुरक्षा सम्मेलनमा संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्री जेम्स म्याटिसले दक्षिण चीन सागरमा चीनको सैन्य उपस्थितिबारे प्रश्न उठाएपछि दुई देशबीच वाकयुद्ध सुरु भएको हो ।

म्याटिसले दक्षिण चीन सागरमा सैन्य उपस्थिति बढाएर चीनले छिमेकी देशहरूलाई डराएको आरोप लगाएका थिए । प्रत्त्युत्तरमा चीनले उक्त बयान गैरजिम्मेवार रहेको बताएको छ ।

बोल्यो चीनको सेना

चीनका लेफ्टिनेन्ट जनरल ही ली नेले पत्रकार सम्मेलनमा चीनले आफ्नो सीमाभित्र कहीं पनि सेना र हतियार राख्नसक्ने बताएका छन् ।

ही लीले उक्त बयान पनि सिंगापुरमा भइरहेको क्षेत्रीय सुरक्षा सम्मेलनमा नै दिएका हुन् । उनले दक्षिण चीन सागरमा सेना तैनात गर्नु चीनको राष्ट्रिय सुरक्षा नीतिको अंग रहेको बताए ।

लेफ्टिनेन्ट जनरल ही लीले भने, “यहाँ हतियार सहित सेना तैनात गर्नुको उद्देश्य यहाँ कसैले अनधिकृत कब्जा नगरोस् भन्ने हो ।”

उनले भने, “यो हाम्रो इलाका हो र हामी यहाँ सेना तैनात गर्न सक्छौं र हतियार राख्न सक्छौं । अरु कुनै देशले यसबारे कराउन थाले हामी त्यसलाई आफ्नो अन्तरिक मामिलामा हस्तक्षेप गरेको मान्ने छौँ ।”

अमेरिकी जनरल भन्छन्- ‘अमेरिका जे पनि गर्न सक्षम छ’

उता अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ज्वाइन्ट स्टाफ निर्देशक केनेथ म्याकेंजीले के अमेरिकाले चीनद्वारा निर्मित कृत्रिम द्वीपहरूलाई नष्ट गर्न सक्छ भन्ने जिज्ञासाको उत्तर दिने क्रममा आफूसँग पश्चिम प्रशान्त महासागरमा साना-साना द्वीपहरूलाई ध्वस्त पारेको अनुभव छ र यो अमेरिकी सेनाको विशेष क्षमतामा पर्ने गर्दछ ।

उनले दोस्रो विश्वयुद्धताका अमेरिकी सैन्य अभियानहरूबारे कुरा गर्दै थिए ।

पत्रकारहरूले- के उनले चीनलाई धम्की दिन खोजेका हुन्? भन्ने प्रश्नको उत्तरमा म्याकेंजीले भने “यस बयानलाई ऐतिहासिक तथ्यहरूको स्मरण भन्दा बढी नबुझियोस् ।”

चीनको आयो आपत्ति

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा म्याकेंजीको आशय जे भएपनि मिडियामा प्रकाशित रिपोर्टहरूले भने यस्तै आभास भैरहेको छ ।

ग्लोबल टाइम्सले लेखेको छ,”अमेरिकी सेनासँग जस्तो सुकै क्षमता होस् कतिपय समयमा मानिसहरूलाई यी कुराहरूको समझना दिलाउनु राजनितिक रुपमा उक्साउन खोजेको मानिन्छ र म्याकेंजीले समेत आफ्नी सैन्य तालिमका दौरान यो सिकेको हुनुपर्दछ ।”

सम्पादकीयमाँ उल्लेख गरिएको छ, “चीनको जनमुक्ति सेनासँग चीनको कुनै पनि द्वीपमा हुने कुनै पनि आक्रमणको स्रोतलाई नष्ट गर्नसक्ने क्षमता छ र यो पनि चिनियाँ सेनाको मूल क्षमता भित्र पर्दछ ।”

 

अखबारमा लेखिएको छ, “तर चीनको रक्षा मन्त्रालय या सैन्य अधिकारी कहिल्यै यस्तो दाबी गर्दैनन् जसबाट स्पष्ट हुन्छ कि चिनियाँ सेना बढी संयमित छ । ”

सम्पादकीयमा चीनका द्वीपहरू नष्ट गर्ने धम्की दिनु युद्धको घोषणा पो हो कि भनेर प्रश्न उठाएको छ । जसमा लेखिएको छ- एउटा परमाणु शक्ति सपन्न देश विरुद्ध यस्तो चेष्टा गर्नु अमेरिकाको मूर्खता मात्र हुनेछ अखबार अगाडि लेख्छ – तर वर्तमान अमेरिकी सरकारले पूर्ववर्ती सरकारहरूभन्दा बढी नै बकम्फुसे कुरा गर्ने गरेको छ ।

उक्त क्षेत्रमा सबैभन्दा बढी सैन्य उपस्तिथी अमेरिकाको नै रहेको र उसले उल्टै चीनमाथि सैनिकीकरणको आरोप लगाउने गरेको चीनले आरोप लगाएको छ ।

यस्तो छ वस्तुस्थिति

प्रमुख समुद्री मार्ग र प्राकृतिक तेलको प्रमुख भण्डार रहेको दक्षिण चीन सागरमा चीन, भियतनाम, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया ब्रुनेइ र ताइवानले दाबी गर्ने गरेका छन् र यो क्षेत्र उहिले देखि नै शक्ति राष्ट्रहरूको चासोमा परेको छ ।

चीनले यहाँ सानासाना कृत्रिम द्वीप बनाइरहेको छ र अत्याधुनिक सैन्य उपकरण त्यहाँ राखेको छ । गत महिना मात्र उसले लामो दूरीका बमवर्षक विमान त्यहाँ उतारेको थियो ।

अमेरिकाले भने चीनका यस्ता गतिविधिले कउक्त क्षेत्रमा अशान्ति र अस्थिरता फैलिने बताइरहेको छ ।

 

बीबीसी र एजेंसीहरू

युएईमा अलपत्र १० नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता, म्यानपावर कम्पनी कालो सुचिमा

युएई, जेठ १६। रोजगारीका युएई आइ २ महिनादेखि अलपत्र परेका १० जना नेपाली कामदारलाई यहाँ स्थित नेपाली राजदूतावासको पहलमा उद्वार गरी बुधबार स्वदेश फिर्ता गरिएको छ। काठमाडौंमा रहेको दिया रिक्रुमेन्ट सर्भिसेस प्रालिमार्फत युएईको सारजाह स्थित लिडरसिप सेक्युरिटी कम्पनीमा काम गर्न आएका १० जना नेपालीलाई कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उनीहरु अलपत्र परेका थिए । अलपत्र नेपाली बारे जानकारी पाएपछि युएई स्थित नेपाली दूतावासले कामदार पठाउने म्यानपावर कम्पनीका युएई एजेन्टसँग सम्पर्क गरी पीडितका समस्या बुधबारभित्र समाधान नभए कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी समेत दिएको थियो । म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति साढे ३ तीन लाख रुपैयाँ तिरेर डिपिएस सेक्युरिटी गार्डमा मासिक १७ सय ८२ दिर्हाम बेसिक तलबको सम्झौतामा आठ महिनाअघि युएई आएका उनीहरुलाई युएई स्थित कम्पनीले काम गरेको दुई महिनाको तलब नै नदिएपछि उनीहरु अलपत्र परेका हुन। यसरी अलपत्र परी नेपाल फर्किनेहरुमा सोलुखुम्बुका शेरबहादुर कार्की, दैलेखका शिवराज सिंह, सिरहाका प्रवीणबहादुर कार्की, मकवानपुरका अतिराज उप्रेती, इलामका राजेन्द्र लिम्बू, नवलपरासीका सुरज राजभण्डारी, सर्लाहीका सञ्जित राम, सुनसरीका रोशन बुढाथोकी, मोतिराम तिमिल्सिना र बाराका नारायण पौडेल रहेका छन्। एनआरएन युएईले आर्थिक सहयोग गर्यो युएईमा १० नेपालि अलपत्र परेका खबर उज्यालो अन्लाईन बाट पाए पछी खानाको समेत समस्या रहेको उनिहरुलाइ चार घण्टामै युएईमा रहेका गायक प्रकाश पौडेलको सक्रियतामा सारजाहमा कार्यरत मन्दिप खरेल र सन्दिप सिग्देलले एक हप्ताका लागि पुग्ने खानाको व्यवस्था गरेका थिय भने ,गैर आवासीय नेपाली सघ (एनआरएनए) युएईले उनीहरुलाई आर्थिक सहयोग समेत गरेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्। अलपत्र परेकाहररूलाई तत्काल उद्वारको पहल सुरु गरेको दूतावासले युएईमा रहेका म्यानपावरका एजेण्टलाई कारवाही गर्ने चेतावनीपछि कम्पनीले बुधबार पीडित लाई घर पुग्ने भाडा सहित हवाई टिकट समेत उपलब्ध गराएको नेपाली दूतावास युएईका राजदूत सागर फुयाँलले जानकारी दिएका छन्। कम्पनीले टिकट उपलब्ध गराएपछि बुधबार नै उनीहरू स्वदेश फिर्ता भएका छन्। कम्पनीलाई कालो सुचिमा राखियो सम्झौता अनुसार कामदारलाई सेवा सुबिधा नदिई अलपत्र पार्ने उक्त कम्पनीलाई कालोसूचीमा राख्न नेपाल स्थित वैदेशिक रोजगार विभागलाई पत्राचार गरिएको दूतावास स्रोतले जानकारी दिएको छ। विभिन्न सन्चार माध्यममा दुई बर्ष पहिले नै दूतावासले उक्त सेक्युरिटी कम्पनीलाई कालो सुचीमा राखी सोही अनुसार वैदेशिक रोजगार विभागलाई समेत सिफारिस गरिएको भनिए पनि यस अघि उक्त कम्पनी कालोसूचीमा नरहेको राजदूत फुयाँलले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन्। कालोसूचीमा रहेका कम्पनीले नेपालबाट कामदार ल्याउन सक्दैनन्। “यस अघि उक्त कम्पनीलाई कामदार नदिन कुनै सिफारिस भएको पाइएन” राजदूत फुयाँल भन्छन्, “अहिले अलपत्र परेका नेपालीलाई उद्वार गरी स्वदेश पठाइएका छौं।” राजदूत फुयाँलले आफूहरूले नेपालमा समेत पत्राचार गरिसकेको र अब उक्त कम्पनीमार्फत नेपाली कामदार नआउने जानकारी दिए। “यसरी कामदार अलपत्र पार्ने कम्पनीमाथि दूतावासले तुरुन्तै एक्सन लिन्छ,” राजदूत फुयाँलको भनाइ छ।

बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

नयाँदिल्ली, जेठ १६ । दक्षिण भारतीय राज्य तेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । स्थानीय समयानुसार मङ्गलबार राति ९ बजे टेलङ्गाना राज्यको करिमनगर सहरको नजिकै चेन्जेर्ला गाउँमा सो घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटना भएको सो बसमा करिब ३० व्यक्ति सवार रहेका थिए । सात व्यक्तिको दुर्घटना स्थलमा नै मृत्यु भएको र घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइतेमध्ये पाँच व्यक्तिको भने अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ । दुर्घटनामा परेको सो बस वारनगालबाट करिकनगर शहरतर्फ गइरहेको बताइएको छ । विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने देशमा पर्दछ । कम मर्मत संभार भएको सडक चालकको लाहपर्वाह र ट्राफिक नियमको उलङ्घन जस्ता कारणले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरुको भनाई रहेको छ ।

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

वासिङ्टन, जेठ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भन्नुभएको छ— अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ । उहाँले यस ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ— मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ । यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ हुनुभएको छ, यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ— उहाँले भन्नुभएको छ । तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन । तर अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ । उक्त अखबारले अमेरिकी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ र उक्त देशको उत्तरी भागमा रहेको सैन्यबिहीन क्षेत्रमा दुई देशका अधिकारीहरुले भेटवार्ता थालेका छन् । त्यस वार्ता सोमबार र मङ्गलबारसम्म पनि निरन्तर रहन सक्ने पनि उक्त छापाले पुष्टि गरेको बताइएको छ । यसअघि एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो । शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उहाँले भन्नुभयो– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्नेमा ढुक्क भएका छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ, म उत्सुक छु र मलाई लाग्छ यसप्रति उत्तर कोरिया पनि इच्छुक छ । यसअघि गएको बिहीबार मात्र उत्तर कोरियाली नेता किमको आक्रोस र अमेरिकाप्रतिको सत्रुतापूर्ण व्यवहारका कारण वार्ता स्थगन गर्नुपरेको बताएका राष्ट्रपति ट्रम्पले आइतबारको ट्वीटमा भने उत्तर कोरिया वार्ताप्रति निकै संवेदनशील रहेको बताउनुभएको छ । आइतबार ट्वीटगर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको छ— उत्तर कोरियासँग आफ्नो देशको विकासका लागि कैयौँ सम्भावनाहरु छन्, मलाई लाग्छ यदि यी सबै सम्भावनाहरुको सदुपयोग गरेमा उत्तर कोरिया एक दिन ठूलो आर्थिक सम्पन्न तथा वित्तीय राष्ट्र बन्ने छ । राष्ट्रपति ट्रम्पले यस सम्भावनालाई उत्तरका नेता किमले स्वीकार गर्नुभएको र यस विषयमा उहाँ मेरा बिचारहरुप्रति सहमत हुनुभएको पनि बताउनुभएको समाचारमा जनाइएको छ । तर बिहीबार वार्ता राकिएको भन्ने राष्ट्रपति ट्रम्पको पत्र प्राप्त भएलगत्तै उत्तरका नेता किमले भने आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिनुभएको थियो । यस पटकको उत्तर कोरियाको यो लचकता र संयमताका कारण पनि यसपटक अमेरिका छोटै समयमा अर्को निर्णय गर्न पुगेको र वार्ताका लागि तयार भएको केही विश्लेषकहरुको भनाई छ । उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि निकै दबाब दिएको थियो । उसले निर्धारित समयमै वार्ता गर्न उत्तर कोरिया र अमेरिकालाई आग्रह गरेको थियो । यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको पानुमजोममा भेट भएको हो । यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् । उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । किनभने सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि पहिलो पटक राष्ट्रपति तहमा यसरी शिखर भेट र वार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ । रासस

फेरि रेडियो पत्रकारको हत्या

मेक्सिको, जेठ २ । मेक्सिकोमा एक रेडियाे पत्रकारको हत्या भएको छ । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । जुआन क्यार्लोस् हुएर्टा स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत हुनुहुन्थ्यो । हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उहाँ ४५ वर्षको हुनुहुन्थ्यो । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ । यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ ।

सुरक्षा कारबाहीमा १५ आतंककारी मारिए

काबुल, जेठ २ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान विशेष सुरक्षाबलले तालिबान आतंककारी समूहको अखडा लक्षित हवाइ कारबाहीमा कम्तीमा १५ तालिबान आतंककारी मारिएका छन् । विशेष सुरक्षाबलको उच्च अधिकारीले बुधबार दिएको जानकारीअनुसार फराह प्रान्तको केन्द्रमा रहेको देह याक इ कालान गाउँमा रहेको तालिबान आतंककारी समूहको अखडालक्षित आक्रमण भएको हो । ‘ओरेसन कोर्डिनेशन गु्रप अफगानिस्तान’ द्वारा जारी विज्ञप्तिमा यस कारबाहीमा १५ व्यक्तिको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको जनाइएको छ । फराह प्रान्तको प्रान्तीय शहर फराहमा मङ्गलबार नै सयौँ तालिबानको समूह र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । फराह शहरको बाहिरी इलाकामा भएको झपडको छट्टै समाचार प्राप्त भएको जनाइएको छ ।

इन्डोनेसियामा प्रहरी मुख्यालयमै आक्रमण, ४ जनाको मृत्यु, कैयौँ घाइते

सुराबिया,जेठ १ । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । तर सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन । त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन् । विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । सुरबियाका प्रहरी प्रमुखले भनेका छन्– आक्रमणमा आएका चार जना आत्मघाती नै मारिएका छन् र प्रहरी अधिकारीसहित १० जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी अधिकारीहरु छन् । प्रहरीले ती आत्मघाती आक्रमणकारीको परिचय खुलाएको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको शुरुवातलाई लक्षित गरेर बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ । आइतबार तिनै आतंककारीले चर्चमा हमला गरी प्रार्थनाका क्रममा रहेका व्यक्तिको हत्या गरेका थिए । आइतबार बिहान तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ । इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादानको वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । यस हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ । यहाँको प्रहरीले चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको बताएको छ । आइतबारको आक्रमणपछि चर्चमा थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ । तर सोमबार बिहान भने ती हमलाकारीहरुले प्रहरी मुख्यालयमै आत्मघाती हमला गरेको बताइएको छ । आइतबार देखि नै उक्त सहरमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाई छ । रासस/एएफपी

इन्डोनेसियामा प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, कैयौँ घाइते

इन्डोनेसिया, वैशाख ३१ । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । तर सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन । त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन् । विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । सुरबियाका प्रहरी प्रमुखले भनेका छन्– आक्रमणमा आएका चार जना आत्मघाती नै मारिएका छन् र प्रहरी अधिकारीसहित १० जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी अधिकारीहरु छन् । प्रहरीले ती आत्मघाती आक्रमणकारीको परिचय खुलाएको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको शुरुवातलाई लक्षित गरेर बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ । आइतबार तिनै आतंककारीले चर्चमा हमला गरी प्रार्थनाका क्रममा रहेका व्यक्तिको हत्या गरेका थिए । आइतबार बिहान तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ । इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादानको वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । यस हमलाको जिम्मेवारी कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ । यहाँको प्रहरीले चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको बताएको छ । आइतबारको आक्रमणपछि चर्चमा थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ । तर सोमबार बिहान भने ती हमलाकारीहरुले प्रहरी मुख्यालयमै आत्मघाती हमला गरेको बताइएको छ । आइतबार देखि नै उक्त सहरमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाई छ ।

कर्नाटककाे चुनाव प्रभावित पार्न माेदीकाे नेपाल भ्रमण – कांग्रेस

काठमाडौं, बैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपालको राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका छन् । तर नेपाल भ्रमण गरेर मोदीले कर्नाटकको विधानसभा चुनाव प्रभावित पार्ने कोसीस गरेको आरोप लागेको छ । भारतीय कांग्रेसले मोदीले प्रचारप्रसारको सजिलो उपाय खोजेको आरोप लगाउँदै  मोदीको नेपाल भ्रमणप्रति आपत्ति जनाएको छ । चुनाव आचारसंहिता उल्लंघन नगरिकन सञ्चार माध्यममा चर्चा बटुल्ने रणनीति मोदीले अपनाएको आरोप कांग्रेसले लगाएको छ । मोदीले जनकपुरमा आफू प्रधानमन्त्रीको रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा नेपाल भ्रमणमा आएको बताएका थिए । उनले जानकी मन्दिरसँगै मुक्तिनाथ र पशुपतिनाथको पनि दर्शन गरे । यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा यस्तो संयोग पर्यो छ कि उता भारतको कर्नाटकमा विधानसभा चुनाव भैरहेको छ । २२२ सिट रहेको कर्नाटकमा भारतीय जनता पार्टीले कांग्रेसलाई विस्थापन गर्ने दाउमा रहेको छ । उता चुनाव भैरहेको छ भने यता मोदी विभिन्न मठमन्दिर धाइरहनुभएको छ । यसलाई कतिपयले एक तिर दुई शिकारका रुपमा पनि लिएका छन् । उता आचारसहिँता लागेकोले मोदीले नेपालबाटै अदृश्य रुपमा चुनावलाई प्रभावित पार्न खोजेको बताएका छन् । अर्कोतर्फ नेपालसँग चिसिएको सम्बन्ध पनि सुधार गर्ने दाउमा मोदी रहेको टिकाटिप्पणी गरिएको छ । भारतीय कांग्रेस महासचिव अशोक गहलोतले भने प्रधानमन्त्री मोदीले कर्नाटकको चुनावलाई प्रभावित पारेको आरोप लगाए । कर्नाटक विधानसभा चुनावको मतपरिणाम मे १५ मा आउनेछ ।

प्यारिसमा चक्कु हमला : एकको मृत्यु

काठमाडौं, बैशाख ३० । फ्रान्सका अभियोजनकर्ताहरूले मध्य प्यारिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन्। ती हमलामा एकजना ज्यान गएको थियो भने चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग ‘एक इञ्चले पनि नझुक्ने’ बताएका छन्। पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो। स्थानीय समय अनुसार राति साढे नौ बजे भएको घटनापछि प्रहरीले घटनास्थलमा घेराबन्दी गरेको छ। प्यारिस हमलाः सन्दिग्धबारे सुनुवाइ हुँदै प्रत्यक्षदर्शीले धारिलो हतियारले हमला गर्ने व्यक्तिले ‘अल्लाहु अकबर’ भनेर काराएको र उनलाई नियन्त्रण ‘स्टन गन’ को प्रयोग गरिएपनि त्यसले परिणाम नदिएपछि प्रहरीले गोली हानी मारिदिएको जनाएका छन्। आफ्नो समाचार संस्थामार्फत इस्लामिक स्टेट समूहले हमलाको जिम्मेवारी लिएको छ। फ्रान्सको प्रतिआतंकवाद हेर्ने निकायले उक्त आक्रमणमाथिको अनुसन्धानको नेतृत्व गरिरहेको छ। -बिबिसीबाट

३ हप्तामैं फैसला, ४ वर्षीया बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय

नयाँ दिल्ली । भारतीय न्यायालयको इतिहासमा पहिलोपटक बलात्कारको घटनामा ३ हप्तामा फैसला सुनाइएको छ । मध्यप्रदेशको इन्दौरमा एकजना २१ वर्षीय युवाले ४ महिनाको बालिका बलात्कार गरेको घटनामा अदालतले यति छिटो सुनुवाई गरेको हो । बलात्कारी ठहर भएका युवालाई फाँसीको सजाय सुनाइएको छ । निज युवकले ४ महिनाको बालिकालाई बलात्कारपछि हत्या गरेका थिए । हालैमात्र भारतले बालबालिकमाथि हुने यौन हिंसाविरुद्दको कानुनमा ऐतिहासिक संशोधन गर्दै १२ वर्ष मुनिका बालबालिकालाई बलात्कार गरेको ठहर भएमा फाँसीको सजाय दिने प्रावधान थप गरेको थियो । मृतक बालिकाको काका नाता भएका ती युवकले बालिका सुतिरहेको बेला उक्त कुकृत्य गरेका थिए । भारतीय इतिहासमा नै अत्यन्तै क्रूर र पाशविक मानिएको उक्त घटनामा अदालतले तीन हप्ताभित्रै सुनुवाई गरेर बलात्कार घटनाविरुद्ध न्यायालयको प्रभावकारी भूमिकाको नजिर समेत स्थापित गरेको छ ।

छोटा लुगा लगाएको भन्दै शिक्षकले गाली गरेपछि विरोधमा नाङ्गिइन छात्रा, भिडियो सहित

वाशिङ्टन, अमेरिकाको प्रख्यात र प्रतिष्ठित विश्वविद्यालयमा गनिने कर्नेल विश्वविद्यालयमा अनौठो घटना घटेको छ । निकै छोटा लुगा लगाएर कलेज गएकी एक युवतीलाई प्रोफेसरले गाली गरेपछि उनले विरोध गर्दै उनले आफ्नो थेसिस प्रस्तुतिका क्रममा कपडा फुकालेर ब्रा र प्यान्टीमा उत्रिएकी थिइन् । त्यसपछि तिनको समर्थनमा अन्य दुई दर्जन छात्राहरुले पनि आफ्ना लुगा फुकालेका थिए । मिडियामा प्रकाशित समाचार अनुसार, केही दिन अगाडि लेटिसिया चेई नाम गरेकी ती कोरियाली छात्रालाई प्रोफेसर रेबेका मगोरले छोटा लुगा लगाएकोमा हप्काएकी थिइन् । थेसिसको प्रस्तुतिको अभ्यासका बेला चेईले लगाएको देनिमको छोटो हाफ पाइन्टलाई इंगित गर्दै  प्रोफेसर रेबेकाले- ‘तिमीलाई आफूले निकै छोटो लुगा लगाएको लाग्दैन र ?’ भनेर सोधेकी थिइन । लेटिसियाले उक्त प्रदर्शन शनिवार “दमनकारी मतहरू विरुद्ध’ उभिने भन्दै आफ्नो “सार्वजनिक स्थानमा अभिनय: दैनिक जीवनमा प्रदर्शन” विषयको कक्षामा गरेकी थिइन् । ” मलाई प्रोफेसरले भनेको कुरा नै ‘यही हो तिमीले लगाउने लुगा?’ थियो । आफ्नो फेसबुक पोस्टमा उक्त घट्नाबारे स्पष्ट पार्दै लेटिसिया लेख्छिन्, “प्रोफेसर सिङ्गो कक्षाको अगाडि मातिर सर्नु भयो र भन्नु भयो कि मैले त्यहाँ उपस्थित पुरुषहरूको ध्यान मेरो प्रस्तुतिभन्दा पनि मेरो शरीरतिर तानिरहेकी छु ।” अमेरिकी समाचारपत्र ‘द कर्नेल सन’सँगको कुराकानीका क्रममा उनले भनिन् म आत्तिए र के भन्ने भनेर बुझ्ने सकिनँ ।” केही विद्यार्थीहरू तत्काल उनको पक्षमा उभिए र उनीहरूले शिक्षिकाको टिप्पिणी असान्दर्भिक रहेको कुरा गरेको र उनको भनाइले पुरुषहरूबारी उनको दृष्टिकोण प्देखाएको भनेका थिए । तर एक जना अन्तर्राष्ट्रिय विद्यार्थीले भने शिक्षिकाको पक्ष लिँदै चेईले केही परम्परागत पहिरन लगाउनु पर्ने भनेका थिए । “के मा तपाईँलाई नैतिक रूपमा चोट पुर्याउँछ?”चेईले आँखामा आँसु टिलपिलाउँदै कक्षा बाहिर हुत्तिनुअघि विद्यार्थीहरूलाई सोधेकी थिइन् । त्यसपछि प्रोफेसर उनको पछि लागेर आइन् र उनलाई सोधिन्,”तिम्रा यस्ता लुगा देखेर तिम्रो आमाले के सोच्नु होला?” चेईले लेखेकी छिन् । त्यसको उत्तरमा चेईले उनकी आमा नारीवादी र लैङ्गिक अध्ययन विषयकी प्राध्यापक रहेको बताएकी थिइन् । उक्त घट्ना पछि चेईले फेसबुकमार्फत सबै विद्यार्थीहरूलाई शनिवारको थेसिस प्रस्तुतिका दिन अरुलाई मनपर्ने लुगा लाउन बाध्य पारिएकाहरूप्रति एक्यबद्धता जनाउन आफूलाई मनपर्ने अन्डरवेयर पहिरेर आउन आग्रह गरेकी थिइन् । उनको प्रस्तुतिलाई फेसबुकमा लाइभ गरिएको थियो र उक्त समय कोरियाबाट उनका माता-पिताले पनि यो हेरिरहेका थिए । चेईको फेसबुक लाइभको  भिडियो  युट्युबमा समेत राखिएको छ : भिडियोमा चेई आँखामा आँसु थाम्दै आफू अरूको चाहना अनुरुप देखिन बाध्य पारिएकाहरूको पक्षमा रहेको बताइरहेकी छिन् र त्यसपछि उनी एक-एक गरेर कपडा फुकाल्न थाल्छिन् । क्प्थामा रहेका ४४ मध्ये २८ जनाले उनलाई समर्थन गरेका थिए । उनकी प्रोफेसरले ‘द सन’संगको संक्षिप्त कुराकानीमा आफूले कुनै पनि विद्यार्थीलाई कस्तो लुगा लगाउने भनेर भन्ने नगरेको बताइन् । उनले भनेकी छिन् तर “मैले आफैँ विचार गर्न र फैसला गर्न” भने भन्ने गरेको बताइन् । चेईले फेसबुकमा यो कुरा पोस्ट गरेपछि त्यहाँ उपस्थित १३ मध्ये ११ विद्यार्थीले एउटा बयान जारी गर्दै आफूहरूले चेईको विरोध प्रदर्शनलाई समर्थन गर्ने तर उनको तरिकाको समर्थन भने नगर्ने बताएका छन् । उनीहरूलाई प्रोफेसरको तर्फबाट ‘शाब्दिक त्रुटी’ मात्र भएको र उनले वास्तवमा सार्वजनिक स्थानमा बोल्दा पालन गर्नु पर्ने पेशागत मर्यादाहरू बारे इंगित गर्न खोजेको बताएका छन् । उनीहरू भन्छन् प्रोफेसर मगोर कर्नेल विश्वविद्यालयलाई वरदान हुन्, चेईको पोस्टमा महिला र अल्पसंख्यक समुदायको निरन्तर वकालत गरिरहने उनको विगतको समीक्षा नै नगरी आक्रोश पोखिएको छ जबकि उनले एकभन्दा बढी पटक क्षमा पनि मागिसकेकी छिन् । न्युयोर्क टाइम्स

रकेट हमलापछि इजराइलले गर्‍यो इरानका दर्जन बढी स्थानमा एकै पटक जवाफी आक्रमण

काठमाडाैं । इजरेलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ। इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला भएका थिए। एकजना इजरेली प्रवक्ताका अनुसार उनको देशले “हालैका वर्षहरूमा गरिएकामध्ये सबैभन्दा विस्तृत प्रकृतिको हवाई कारबाही” गरेर प्रतिक्रिया जनाएको छ। इजरेली लडाकु विमानहरूले “दर्जनौँ इरानी लक्ष्यहरू”मा आक्रमण गरेको इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ। इजरेली लडाकु जेटहरूले यिनलाई निशाना बनाए: इरान र ‘र्‍याडिकल एक्सिस’सँग सम्बन्धित गुप्तचरी केन्द्रहरू । इजरेली पक्षले इरान, सिरिया, लेबनानको हेजबुल्ला आन्दोलन र हमासजस्ता प्यालेस्टाइनी लडाकु समूहहरूलाई ‘र्‍याडिकल एक्सिस’ भन्ने गरेको छ। कड्स फोर्सको सम्भार मुख्यालय दमास्कसबाट दक्षिणतिर रहेको किस्वाह नगरमा रहेको सैन्य सामग्री राखिएको हाता दमास्कसको उत्तरतिर रहेको इरानी सैन्य हाता दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कड्स फोर्सका हातहतियार गोदामहरू कड्स फोर्ससँग आबद्ध गुप्तचरी संयन्त्र र पोस्टहरू गोलानको डिमिलिटिराइज्ड क्षेत्रमा भएका निगरानी एवम् सैन्य पोस्टहरू र हतियार भण्डार रकेट प्रहार गर्ने प्रयोग भएको इजरेली लन्चर इरानबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। आईडीएफका अनुसार चेतावनी दिँदादिँदै पनि सिरियाली पक्षले इजरेली लडाकु जेटहरूमा आक्रमण गरेपछि सिरियाका विभिन्न हवाई सुरक्षा प्रणालीलाई पनि निशाना बनाइएको थियो। इजरेली रक्षा मन्त्री अभिग्दोर लीबर्मानले आईडीएफले “सिरियामा रहेका लगभग सबै इरानी संरचनाहरू’मा आक्रमण गरिएको बताएका छन्। “यहाँ (इजरेलमा) वर्षा हुन्छ भने त्यहाँ ठूलो वर्षा हुन्छ भन्ने उनीहरूले बुझ्नुपर्छ,” उनले भने, “मलाई लाग्छ हामीले यो अध्याय यहीँ सकेका छौँ र सबैले सन्देश पाएका पनि छन्।” इजरेलले तनाब बढाउन नचाहेको तर जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेकोमा टिप्पणी गर्दै लीबर्मानले भने, “इरानले प्रत्यक्ष रूपमा इजरेलमाथि आक्रमण गरेको छ एवम् इजरेली सार्वभौमसत्ता र अधीनस्थ भूभागमाथि आघात गर्ने प्रयास गरेको छ।” इजरेलले किस्वाहमा आक्रमण गरेको एक दिनपछि यो सङ्घर्ष भएको हो। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरेलले एउटा इरानी हतियार भण्डारलाई निशाना बनाउँदा रिभ्युल्युश्नरी गार्ड्सका आठसहित सिरियाली सरकारलाई समर्थन गर्ने १५ सैनिकहरू मारिएका थिए। गोलानमा के भयो? सन् १९६७ मा भएको मध्यपूर्व युद्धमा गोलान हाइट्सको अधिकांश भाग इजरेलले सिरियाबाट आफ्नो अधीनमा पार्‍यो र पछि आफूमा गाभ्यो। तर त्यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन। इजरेल डिफेन्स फोर्सेसका अनुसार बिहीवार बिहान उसका चौकीहरूमा इरानको रिभ्युल्युश्नरी गार्डसको कड्स फोर्सले २० वटा रकेट प्रहार गर्‍यो। आईडीएफका एक जना प्रवक्ताका अनुसार चार वटा रकेटहरूलाई इजरेली प्रतिरक्षा प्रणालीले छेकिदिएको थियो। अरू रकेटहरू भने निशानामा पुगेनन्। आक्रमणमा कोही हताहत भएको विवरण प्राप्त भएको छैन। यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ‘दर्जनौँ रकेटहरू’ दक्षिणपश्चिमी दमास्कसको कुनेइत्रा प्रान्तबाट इजरेल अधीनस्थ गोलानतिर प्रहार गरिएका थिए। को जिम्मेवार हुन् भन्ने नखुलाई उसले इजरेली फौजले सिरियाली नियन्त्रणमा रहेको गोलोनस्थित बाथ नगरमा बम आक्रमण गरेपछि रकेटहरू प्रहार गरिएको बताएको छ। किन इजरेलले इरानी स्वार्थमा आक्रमण गर्छ? इरान इजरेलको शत्रुराष्ट्र हो। इरानले बारम्बार यहुदी राज्य इजरेलको अस्तित्व मेटाउन आग्रह गर्ने गरेको छ। इरानले सिरियाका राष्ट्रपति बशार अल असदलाई सहयोग गर्न सयौँ सैनिक पठाएको छ। इरानका अनुसार उनीहरू सिरियाली सेनाका लागि सल्लाहकारका रूपमा गएका हुन्। इरानले हतियार, तालिम र आर्थिक सहयोग दिएका हजारौँ लडाकुहरू सिरियाको गृहयुद्धमा सरकारी सेनासँग मिलेर लडिरहेका छन्। असदलाई सहयोग गर्दा इरानले सिरियामा आफ्नो सैन्य उपस्थित बढाएको छ। त्यसलाई इरानले खतरा मानेको छ। केही अघि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानलाई आक्रमण रोक्न नभए युद्ध हुन सक्ने भनेर चेतावनी दिएका थिए। इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिरिन नेतन्याहुले उल्लेख्य भूमिका खेलेको मानिन्छ। बीबीसी

केन्यामा बाँध भत्किँदा ३२ जनाको मृत्यु, हजारौं घरबार विहीन

नैरोवी, वैशाख २७ । भारी वर्षापछि केन्याको एक वाँध भत्किदाँ ३२ जनाको मृत्यु भएको छ । राजधानी नौरोवीबाट १९० किलोमिटर टाढा उत्तरपश्चिमको सोलाईमा रहेको पटेल बाँध बुधबार भत्किदाँ ३२ जना मानिसको मृत्यु भएको छ । भने दुई हजार भन्दा बढी मानिस घरबार भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको र उनीहरुको मृत्यु हिलोमा फसेर हुन गएको केन्याली रेडक्रसले जनाएको छ । रेडक्रसको अनुसार ४० जनाको सकुशल उद्दार गरिएको छ । केन्या र आसपासको देशहरुमा लामो समयको खडेरीपछि भारी वर्षा भएको जनाइएको छ । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । बीबीसी

मलेसियामा ढल्यो ६० वर्षे शासन, महाथिरलाई बहुमत

काठमाडौं, वैशाख २७ । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११५ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु सडकमा विजय उत्सव मनाइरहेका छन् । बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन (यूएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । त्यसैको परिणाम हुनसक्छ यस चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले केबल ७९ सिट जितेको छ । शपथग्रहणमा सार्वजनिक विदा शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ । जीतपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरले भनेका छन्, ‘हामीलाई कुनै प्रकारको बदला चाहिएको होइन, हामी त कानुनको शासन लागू गर्न चाहान्छौं ।’ बिगतमा महाथिर नजिब रजाक नेतृत्वकै पार्टीको सदस्य थिए । नजिबको राजनीतिक गुरु पनि थिए । तर, उनले पछि भ्रष्टाचारलाई साथ दिने पार्टीमा नरहने भन्दै अलग्गिएको घोषणा गरेका थिए ।

ट्रम्प–किम वार्ताको बाटो सहज बन्दै, फेरिँदै सम्बन्धको स्वरुप

काठमाडौं, वैशाख २७ । भन्ने गरिन्छ, जति नै खतरनाक भने पनि दुश्मनी लामो समयसम्म टिक्न सक्दैन, मित्रताले बिस्तारै पगाल्दै लैजान्छ त्यसलाई । यस्तै भएजस्तो देखिन्छ पछिल्लो समय उत्तर कोरिया र अमेरिका बिचको सम्बन्धनमा । केही महिनाअघिसम्म को भन्दा को कम भन्दै एक अर्काको आलोचनामा समय बिताउने दुई देश अहिले सम्बन्ध सुधारको बाटोमा छन् । परमाणु हतियारको स्वीच तेरो भन्दा मेरो ठूलो भन्ने वाक युद्धमा लागेका अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबिच ऐतिहासिक वार्ताको तयारी भइरहेका बेला सम्बन्ध राम्रो बन्दै गएको देखिएको छ । वार्ताको अन्तिम तयारीका लागि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अहिले उत्तर कोरिया गए । एक महिनाअघि गुप्तर विभाग सिआइएको निर्देशकको रुपमा गोप्य भ्रमणमा उत्तर कोरिया पुगेका पोम्पेओ यसपटक औपचारिक रुपमै उत्तर कोरिया पुगेका हुन् र यसपटक उनी विदेश मन्त्रीको हैसियतमा । Donald J. Trump ✔ @realDonaldTrump I am pleased to inform you that Secretary of State Mike Pompeo is in the air and on his way back from North Korea with the 3 wonderful gentlemen that everyone is looking so forward to meeting. They seem to be in good health. Also, good meeting with Kim Jong Un. Date & Place set. पोम्पेओको यसपटकको भ्रमणले अमेरिका–उत्तर कोरियामा वर्षौँदेखि जमेर बसेको ओस ओभानो बनेजस्तो देखिएको छ । उत्तर कोरियाले गएको १७ महिनादेखि बन्धक बनाएका तीन अमेरिकी नागरिकलाई रिहा गरेको छ । अमेरिकाले वार्ताको वातावरणका लागि बन्धक बनाइएका अमेरिकीलाई रिहा गर्नु पर्ने बताउँदै आएको थियो । उत्तर कोरियाले आफ्ना तीन नागरिकलाई रिहा गरेको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले दिएका हुन् । उनले विदेश मन्त्री पोम्पेओ तीन नागरिकलाई लिएर उत्तर कोरियाबाट अमेरिका फर्किँदै गरेको पनि उनले ट्वीट गरेर जानकारी दिए । सबैको स्वास्थ्य राम्रो रहेको पनि ट्रम्पले बताए । ट्रम्पले उत्तर कोरिया र नेता किमको प्रशंसा पनि गरेका छन् । यसैगरी पोम्पेओको उत्तर कोरिया भ्रमणले ट्रम्प–किम वार्ताको समय र स्थान पनि तय भएको र केही दिनमा घोषणा गर्ने बताइएको छ । उत्तर कोरियाले रिहा गरेका तीन अमेरिकी नागरिकमा किम हक–सोङ्ग, टोनी किम र किम डोङ्ग–चुल रहेका छन् । उनीहरु तीनैजनालाई आफ्नो देश विरुद्ध गतिविधि गरेको भन्दै उत्तरु कोरियाले जेल हालेको थियो । यस्तै उनीहरुलाई श्रम शिविरमा पनि राखिएको थियो ।