१३ मजदुर अपहरण, चार प्रहरीको हत्या

अफगानिस्तान, असार ८ । अफगानिस्तानको कान्दाहार प्रान्तमा सडक निर्माण कार्यमा संलग्न १३ मजदुरको अपहरण भएको छ ।

अपहरणपछि पुगेका प्रहरी र आतङ्ककारीबीच जारी हुँदा चार प्रहरीको मृत्यु भएको अफगान अधिकारीले जनाएका छन् ।

कान्दाहार प्रान्तको दुर्गम इलाकामा पर्ने स्पिनबोल्दाक जिल्लाको सिरा सहान क्षेत्रमा सो घटना भएमो प्रान्तीय प्रहरी विभागद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सकड निर्माण कार्यमा संलग्न मजदुरको अपहरणपछि प्रहरी त्यस क्षेत्रमा पुगेका र यसपछि भएको झडपको क्रममा चार प्रहरीले ज्यान गुमाउनु परेको प्रहरी विभागबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

अपहरणमा परेका मजदुरलाई मुक्त गराउने कोशिस जारी रहेको पनि विज्ञप्तिमा जानकारी दिइएको छ ।

सुरुमा दिइएको एक समाचारमा १३ मजदुर र १९ सुरक्षाकर्मी अपहरण भएको बताइएको थियो । अपहरण र झडपका सम्बनधमा अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन ।

तर पाकिस्तानको सीमा क्षेत्रमा रहेको यस जिल्लामा तालिबान आतङ्ककारीको बलियो उपस्थिति रहेकोले यस घटनामा पनि उनीहरुकै हात रहेको हुनसक्ने बताइन्छ ।

भारतीय राष्ट्रपति कोविन्द ग्रीस, सुरिनेम र क्युबाको भ्रमणमा

नयाँ दिल्ली, असार २ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले तीन वटा देशको सात दिने भ्रमण सुरु गर्नुृ भएको छ । उहाँले शनिबारबाट ग्रीस, सुरिनेम र क्युबाको भ्रमण सुरु गर्न लाग्नु भएको हो । उहाँले राष्ट्र प्रमुखको हैसियतबाट युरोप र ल्याटिन अमेरिकाको भ्रमण गर्न लाग्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका जनाइएको छ । पहिलो चरण ग्रीसबाट सुरु हुन लागेको यस भ्रमणहरु जुन १६ बाट १९ सम्म हुने जनाइएको छ । ग्रीसमा उहाँले भारतीय समूदायसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । हाल ग्रीसमा १२ हजार भारतीय मूलका नागरिकको बसोवास रहेको छ । क्युबामा राष्ट्रपति कोविन्दले क्युबाका पूर्व राष्ट्रपति फिडल क्यास्ट्रोको समाधि स्थलमा गई फूलको माला चढाउने कार्यक्रम रहेको छ ।

चिनियाँ विद्यार्थी हत्याआरोपमा अमेरिकी महिलालाई २५ वर्ष जेल

अमेरिका, असार २ । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी सो सजायँ सुनाइएको छ । अमेरिकाको एरिजोना राज्यमा ती महिलाले सन् २०१६ मा १९ वर्षीय चिनियाँ विद्यार्थीको हत्या गरेकी थिइन् । सो मुद्दा चलिरहेको र उनलाई शुक्रबार एरिजोना राज्यको अदालतले उक्त कारबाही सुनाएको थियो । होली डेभिस् नाम गरेकी ती महिलाले चिनियाँ १९ वर्षीय विद्यार्थी जियान सुको हत्या गरेको खुलेको छ । सन् २०१६ मा हत्या भएपछि सोही अरोपमा उनलाई हिरासतमा लिइएको थियो । उनको हत्याको अभियोग प्रमाणित भएको भन्दै अदालतले सो फैसला गरेको बताइएको छ । सुको हत्या गरेर फरार रहेकी ती महिलालाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । उनको अभियोग प्रमाणित भएसँगै २५ वर्षको सजायँ सुनाइएको हो ।

कश्मीरमा सम्पादकसहित ४ जनाको हत्या

एजेन्सी । भारतको श्रीनगरमा एक पत्रिकाको सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको २४ घण्टा नबित्दै एक सैनिकको पनि हत्या भएको छ । राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक बिहीबार साँझ सवा सात बजे हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो । मुस्लिम समुदायको पवित्र महिना रमजानको अन्तिम दिन इद मनाउन आफ्नो घर जाँदै गर्दा उनी अपहरणमा परेका थिए । उनको शव पुलवामभन्दा १० किलोमिटर टाढा गुसु गाउँमा फेला परेको थियो । टाउको र गर्धनमा गोली हानिएको अवस्थामा शव फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । २४ घण्टाभित्र एक पत्रकार र तीन सुरक्षाकर्मीसहित चार जनाको हत्या भएपछि जम्मु कश्मीरमा आतंकवादले फेरि शीर उठाएको टिप्पणी हुन थालेको छ ।

डोनाल्ड ट्रम ७२ वर्षमा प्रवेश, ब्लड प्रेसरको रिपोर्टले चिकित्सक नै आश्चर्यचकित !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लागेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सवैभन्दा पाको व्यक्ति रहेका छन्। अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षका थिए । अमेरिकाको इतिहासमा रोनाल्ड रेगनले दोस्रो कार्यकाल सम्हाल्दा सन् १९८४ मा उहाँ ७३ वर्षका थिए । ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ छन् । ट्रम्पको रक्तचाप (ब्लड प्रेसर) ल्याबका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उनका निजी चिकित्सकले बताएका छन् । उनको शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाई रहेको छ । अमेरिकी नागरिकहरु उनको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन् । एजेन्सी

पाउलान त डोनाल्ड ट्रम्पले नोबेल पुरस्कार, नाम सिफारिस

नर्वे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल पुरस्कारको दावेदार बनेका छन् । नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् । नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सा‌ंसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले उत्तर कोरियालीनेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको नाम नोवल पुरस्कारका लागि सिफारिस गरेका हुन् । उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रम्पले ठूलो र महत्वपूर्ण कदम चालेका छन्’ उनीहरुले नर्वेको समाचार एजेन्सी एनटीबीसँग भनेका छन् । नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

भारतमा अर्का धर्मगुरुको यौनकाण्डको पर्दाफास, सामूहिक बलात्कारका आरोपमा पक्राउ पर्दै दाती महाराज

नयाँदिल्ली, जेठ २९। दिल्लीको छतरपुरस्थित शनिधाम मन्दिरका प्रमुख एवं संस्थापक दाती महाराज भनिने मदन लाल र उनका दुई शिष्यमाथि २५ वर्षीया एक युवतीले आफूमाथि सामुहिक बलात्कार गरेको आरोप लगाएकी छन् । उनी ‘तथाकथित’ वावाकी शिष्य हुन । दाती महाराज र उनका शिष्यले दिल्ली र राजस्थानस्थित शनि मन्दिरको आश्रममा उनीमाथि कैयौं पटक सामुहिक बलात्कार गरेको दाबी गरेकी छिन् । भारतमा वितेको १० महिनाभित्र आश्रम र धर्मका नाममा धर्मभीरुहरुले महिलामाथि गर्ने यौनशोषणको यो तेस्रा पर्दाफास हो । धर्मका नाममा गेरुबस्त्रधारीले युवती र महिलाहरुमाथि कसरी यौन शोषण गरिएका छन् भन्ने कुराको यो पछिल्ला घटनाले पुष्टी गरेको छ । राम रहीम र आसारामपछि दाती महाराजमाथि पनि आफ्ना शिष्यलाई बलात्कार गरेको गम्भीर आरोप लागेको हो । यी तीनै जनामाथि लगाइएको आरोप एउटै प्रकृतिका छन् । तर रामरहिम र आशाराम भन्दा दाती महाराजमाथिको आरोप अझै गम्भीर छ । दातीले आफूसँगै शिष्यामाथि आफ्ना सहयोगmाई पनि सो काण्डमा समावेश गरेका छन् । अर्थात सामूहिक बलात्कारको घटना गराएका छन् । साथै दाती महाराजमाथि युवतीसँग अप्राकृतिक सम्बन्ध कायम गरेको आरोप पनि छ । यी तीन घटनाका तीनै जना महिलालाई घटना सार्वजनिक गरे मारि दिने धम्की दिइएको बताइएको छ । रामरहिम र आशारामविरुद्धको मुद्दामा यसअघि नै फैसला भइसकेको छ । र उनीहरुले अहिले जेलमा सजाय भुक्तान गरिरहेका छन् । रामरहिमलाई २० वर्ष र आशारामलाई आजीवन ( वाँकी जीवन) कैद सजाय सुनाइएको छ । तर दाती महाराजका विरुद्ध उजरी दर्ता भएको छ र घटनाका बारेमा अनुसन्धान गर्ने जिम्मा दिल्ली प्रहरीको क्राइम ब्रान्चलाई दिइएको छ ।

ट्रम्प र किमबीच चार बुँदें सम्झौता, यस्ता छन् सहमितका बुँदा

अमेरिकी राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच शिखर बार्ता सम्पन्न भएको छ । वार्तामा दुई नेताबीच चार बुँदें सम्झौता भएको छ । यी हुन सम्झौताका बुँदा: १. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। २. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने। ३. गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने। ४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ।  

किमलाई भटेपछि ट्रम्पको पहिलो प्रतिक्रियाः निकै प्रतिभावान र आफ्नो देशलाई एकदमै माया गर्ने व्यक्ति

काठमाडौं, जेठ २९ । अमरीकी राष्ट्रपति डोनल्ड ट्रंप र उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच एतिहासिक वार्ता सम्पन्न भएको छ । वार्ता निकै सकरात्मक भएको बताइएको छ । तर वार्तामा कुन कुन विषयमा सहमति भयो वा सहमति भयो यसबारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । र केही घण्टापछि दुबै नेता स्वदेश फर्किने तयारीमा छन् । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने,‘ आज जे भएको छ त्यसमाथि ठुलो गर्व महसूस गरिरहेको छु । उत्तर कोरिया र कोरियाली प्रायद्वीपमा हामीहरुबीच जुन पुरानो स म्बन्ध थियो त्यसमा अब ठूलो परिवर्तन हुनेछ ।’ ट्रम्पका अनुसार उनी र किमबीच एउटा राम्रो सम्बन्ध बनेको छ । ट्रम्पले किमको उच्च प्रशंसा गर्दै भने, ‘उनी निकै प्रतिभावान व्यक्ति छन् र आफ्नो देशलाई औधी माया गर्छन् ।’ पत्रकार सम्मेलनमा सर्वोच्च नेता किमले भने, ‘विश्वले अब एउटा ठूलो परिवर्तन देख्नेछ ।’ पत्रकार सम्मेलनमा सम्झैेतामा हस्ताक्षर गर्दै दुई नेताले मुस्कुराउँदै हात मिलाए । मानिसहरुले सोचे र अनुमान गरेभन्दा वार्ता निकै फलदायी भएको ट्रम्पको दाबी छ । जसका कारण अब हामी धेरै क्षेत्रमा सँगै अगाडि बढिरहेका छौं । तर अहिलेसम्म दुई नेताहरुबीच कुनकुन विषयमा हस्ताक्षर हुदै छ भन्नेबारेमा स्पष्ट पारिएको छैन ।

ट्रंप भन्छन्- हुँदैन भन्ने लागे समय खेर फाल्दिनँ, सफल होला त शान्ति वार्ता?

सिङ्गापुर, जेठ २७ । अहिले सारा विश्वको ध्यान सिङ्गापुरमा केन्द्रित भएको छ । मंगलवार त्यहाँको सेंतोसा द्वीपको च्यापोला होटेलमा एकअर्काका कट्टर दुस्मन मानिएका अमेरिकी राष्ट्रपति ट्रंप र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच भेटवार्ता हुँदैछ। किम जोङ-उन निर्धारित शिखरवार्ताका लागि सिङ्गापुर पुगिसकेका छन् । उनलाई सिङ्गापुर डाउनटाउनस्थित होटेल सेन्ट रेजिसमा बसाइएको छ । उनलाई चाङ्गी अन्तर्राष्टीय विमंस्थाल्मा विदेशमंत्री भिभियन बालाकृष्णनले स्वागत गरेका थिए । उनीसँग वार्ताकै लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंप सोमवार सिङ्गापुर पुग्दैछन् । दुबै नेताहरूबीच सेंतोसा द्वीपको च्यापोला होटेलमा शिखरवार्ता हुनेछ । वार्तामा उत्तरकोरियाको परमाणु निरस्त्रीकरण र उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू फुकुवा गर्ने सम्बन्धमा चर्चा हुने विश्वास गरिएको छ । डोनल्ड ट्रंप बस्ने व्यवस्था सांग्रिला होटेलमा गरिएको छ । दुवै होटेलहरू सिङ्गापुर सहरको केन्द्रमा रहेकोई ट्यांगलिन क्षेत्रमा रहेका छन् । अहिले दुवै भिआइपीहरूको निवासस्थान र वार्तास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गत हप्ता नै अधिकारीहरूले सिङ्गापुर आउने या छोड्ने यात्रीहरुलाई आइतवारदेखि मंगलवारसम्म हवाइमार्ग अत्यधिक व्यस्त रहने भएकाले उडानहरू ढिलो हुनसक्ने चेतावनी दिइसकेका छन् । अहिले उक्त ऐतिहासिक घट्नाबारे समाचार तयार पर्न २ हजार ५ सय अन्तर्राष्ट्रिय पत्रकारहरू सिङ्गापुर पुगिसकेका छन् । यो बहालवाला अमिरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच पहिलो शिखर वार्ता हो । सिङ्गापुर पुग्ने तयारीमा रहेका ट्रंपले यस बैठकलाई ‘शान्ति अभियान’को नाम दिएका छन् । र उनले आफू र किमसँग यसका लागि ‘एक मात्र मौका’ रहेको बताएका छन् । “मलाई लाग्छ मैले सुरुमै चाल पाइहाल्ने छु … र मलाई यो हुँदैन भन्ने लाग्यो भने मैले बहुमूल्य समय खेर फाल्ने छैन,” ट्रंपले क्यानाडाको क्युबेकमा जारी जी-७ शिखर सम्मेलनमा भने ।    

उत्तर कोरियाली सर्वोच्च नेता किम सिंगापुरमा, राष्ट्रपति ट्रम्प जादैं

सिंगापुर, जेठ २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग १२ जुनका लागि तय वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । भने राष्ट्रपति ट्रम्प पनि अाजै त्यहाँ पुग्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुग्नुभएको छ । उहाँ त्यतैबाट आइतबार सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताउनुभएको थियो । उहाँले क्यानाडा प्रस्थान गर्नुअघि शनिबार भन्नुभएको थियो– म त्यतैबाट सिङ्गापुर जान्छु तर सिङ्गापुरमा बसाई कति दिन हुन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ । सिङ्गापुर सरकारले पनि यस वार्ताको अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ । उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले सिङ्गापुर पुगेर आज आइतबार नै यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । यो समाचारको सिङ्गापुरको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । उक्त मन्त्रालयले आइतबार उत्तर कोरियाली नेता र सिङ्गापुरका राष्ट्रपतिबीच भेटवार्ता हुने जनाएको छ । साथै उक्त मन्त्रालयले सोमबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्प र सिङ्गापुरका राष्ट्रपति बीच पनि भेटवार्ता हुने तय भएको जानकारी दिएको बताइएको छ । अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ता नाम दिइएको यस बैठकप्रति विश्वको नै चासो बढेको छ । यस वार्ताको बारेमा विश्वकै सञ्चारमाध्यमहरुले पनि चर्चा गरिरहेका छन् । यस वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् । यसैबीच सिङ्गापुरबाट प्राप्त समाचारअनुसार विश्वका कैयौँ देशका पत्रकारहरु पनि सिङ्गापुरमा जम्मा भएका छन् । पत्रकारहरुमध्ये सबैभन्दा धेरै अमेरिकी छन् । यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो सङ्ख्याका फोटो पत्रकारहरु पुगेका समाचारहरु आइरहेका छन् । यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ । गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो । सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ । आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ ।

यसरी लगातार १२ दिनसम्म बाबुले गरे छोरीमाथि बलात्कार

भोपाल । सौतेला बाबुले नाबालिका छोरीमाथि १२ दिनसम्म लगातार बलात्कारको गरेको खुलासा भएको छ । बाग सेवनिया प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कृत भएकी १७ वर्षीया किशोरी हाल कक्षा १० मा अध्ययन गर्ने छात्रा रहेकी जनाएका छन् । उनी आफ्नो सौतेला बाबुुसँग रहँदै आएकी छिन् । उनकी आमाले ६ वर्षपहिले पहिलो श्रीमान छोडेर अर्काे विवाह गरेको जानकारी दिएका छन् । त्यस बेलादेखि नै बागसेवनियामा रहँदै आएको प्रदीप कुमारसँग बस्दै आएकी हुन् । प्रदीप मुलतः झाँसीमा बस्ने गर्दछन् । उनी मजदुरीको काम गर्ने गरेका छन् । पीडित गत मे १ मा आफ्नो आमालाई भेट्नका लागि इलाहावाददेखि भोपाल आएकी थिइन् । १२ दिनसम्म लगातार सौतेला बाबु प्रदीप कुमारले नाबालिका छोरीमाथि बलात्कार गर्दै आइरहेका थिए । शनिबार पीडित नाबालिकाले प्रहरी चौकीमा गर्इ आफूमाथि सौतले बाबुले बलात्कार गरेको भन्दै रिपोर्ट दर्ता गरेकी छिन् । प्रहरीले रिपोर्ट दर्ता गरेपछि विभिन्न धारा–उपधाराअन्तर्गत मुद्दा दर्ता दायर गरी बलात्कारी बाबुलाई पक्राउ गरेका छन् । मालिकले मजदुरकी श्रीमतीमाथि बलत्कार, छोरीलाई मार्ने र श्रीमानलाई कामबाट निकाल्ने धम्की सागर निवासी २५ वर्षीया युवक आफ्नो श्रीमती र बच्चाको साथ बैरागढ कलामा बस्दै आएका छन् । मालिक बब्लुको खेतमा बनेको घरमा बसीमा दिनरात मजदुरीको काम गर्ने गर्दथे । खजुरी सडक प्रहरीका अनुसार २ जुनको राति करीब ९ बजे मजदुरको श्रीमती एक्लै भएको मौकामा बलत्कार गरेकाे छ । त्यही बेला त्यो मालिक बब्लुले छोरीलाई मार्ने र श्रीमान्लाई कामबाट निकाल्ने धम्की दिएका हुन् । भोलिपल्ट महिलाले आफ्नो श्रीमान्लाई राति आफूमाथि भएको घटना सबै बताइन् । दुई दम्पत्ती भोलिपल्ट प्रहरी चौकी जान खोज्दा बब्लु खेतमा आएर बाटो छेकी उनीहरुलाई जान दिएनन् । घटनाको दुई दिनपछि साँझ बब्लू फेरि खेतमा गई काम गरिरहेको श्रीमान्लार्इ नशालु पदार्थ मिसाई अल्कोहल खान दिए । त्यसपछि ती नशालु पदार्थ मिसाइएको अल्कोहल पिएको लगत्तै श्रीमान् बेहोश भएपछि त्यही मौकामा फेरि श्रीमतीलाई बलात्कारको शिकार बनाए । यसरी बब्लुले ती मजदुर श्रीमान र श्रीमतीमाथि दिनप्रतिदित अन्याय गर्दै अाइरहेका थिए । एकदिन ती दुई दम्पत्तीले राति मौका छोपेर छोरी लिएर त्यहाँबाट निस्की भागेका छन् । गैरतगञ्ज प्रहरी चौकी पुगे ती दुई दम्पत्तीलाई आफ्नो मालिक बब्लुले श्रीमान्लाई नशालु पदार्थ खुवाई बेहोश बनाई श्रीमतीमाथि लगातार बलात्कार मुद्दा दर्ता गरेको छ । खजुरी प्रहरीले बलात्कार र एससीएसीटी समेत विभिन्न धारा–उपधाराअन्तर्गत घटना प्रकरण दर्ता गरेका छन् । बलात्कारीलाई खोज्ने क्रम जारी नै छ । दैनिकभाष्करबाट

चीनका लागि ‘जासुसी गर्ने’ एक अमेरिकी पक्राउ

चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचरीय निकायका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरिएको अमेरिकाले बताएको छ। न्याय मन्त्रालयका अनुसार ५८ वर्षका रोन रक्वेल ह्यान्सेनलाई शनिवार हिरासतमा लिइएको थियो। उनी चीनतर्फ उड्नका लागि सियाटलको विमानस्थलतर्फ जान लागेका थिए। ह्यान्सेनले चीन सरकारको लागि जासुसी गरेबापत कम्तीमा आठ लाख डलर पाएको न्याय मन्त्रालयको दाबी छ। तर चीनका एक सैन्य अधिकारीले ती टिप्पणीहरूलाई ‘गैरजिम्मेवार’ भनी खण्डन गरेका छन्। उनीविरुद्ध सन् २०१३ देखि २०१७ सम्म निरन्तर अमेरिकी सैनिक र गुप्तचर गतिविधिसँग सम्बन्धित सम्मेलनहरूमा भाग लिएको र त्यसको जानकारी चीनस्थित सम्पर्क सूत्रलाई उपलब्ध गराएको लगायतका १५ वटा अभियोग छन्। अमेरिकी सहमहान्यायधिवक्ता जोन डेमेर्सले ह्यान्सेनले राष्ट्रिय सुरक्षालाई धोका दिएको प्रतिक्रिया दिएका छन्। उनको पहुँच माथिल्लो तहका गोप्य जानकारीसम्म वर्षौँसम्म रहेको र उनले सन् २०१३ देखि २०१७ सम्म निरन्तर चीनको भ्रमण गरेको अमेरिकी न्याय मन्त्रालयको दाबी छ। सियाटलमा न्यायाधीशसमक्ष केही बेर उपस्थित गराइएपछि उनी गृहराज्य युटाको साल्ट लेक सिटी फर्केर त्यहाँ नै अभियोगको खेप्न गर्न तयार भएका थिए। चिनियाँहरूका लागि जासुसी गरेको आरोपमा ह्यान्सनभन्दा अगाडि पनि फौजदारी अनुसन्धानका क्रममा पक्राउ अरू अमेरिकी अधिकारीहरू पक्राउ परेका छन्। सीआईएका पूर्वअधिकारी जेरी चुन शिङविरुद्ध चीनका लागि राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारीहरू सङ्कलन गर्न षड्यन्त्र गरेको अभियोग यही महिना लगाइएको छ। चीनलाई सूचना बेचेको अभियोग लागेका सीआईएका अर्का पूर्वकर्मचारी केभिन म्यालोरी अहिले भर्जिनियामा मुद्दा खेप्दैछन्। बीबीसी

पूर्व सांसदसहित पाँच जना जेल चलान

हङकङ, जेठ २१ । चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ । चारहप्ते जेल सजाय पाउने पूर्व सांसदहरुमा लेउङ चुङ हाङ र यौ वाइ चिङ रहेका छन् । उनीहरुका तीन जना सहयोगीहरुलाई पनि उही जेल सजाय तोकिएको समाचारमा जनाइएको छ । निर्वाचनपछि उनीहरुले केही कामहरु कानुन विपरित गरेको पाइएकाले जेल सजाय गर्ने निर्णय भएको अधिकारीहरुले बताएका छन् । कोलुन सिटी अदालतका एक जना न्यायाधिशले सिधै सांसदको स्वाभिमान मास्ने काम गरेकाले ती पाँचै जनालाई जेल सँजाय दिनु परेको बताएका छन् ।

भारतद्वारा अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

उडिसा, जेठ २० । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो । अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता भएको क्षेप्यास्त्र हो । अग्नी–५ सवैभन्दा लामो दूरी मार हान्ने आणविक क्षमताको शक्तिशाली क्षेप्यास्त्र भारतको छैठौँ सफल परीक्षण हो । यसको अन्तिम परीक्षण भारतले सन् २०१८ को जनवरी १८ मा गरेको थियो । अग्नी श्रृङ्खलाकोे अग्नी–५ क्षेप्यास्त्र प्रणाली इन्टिग्रेटेड गाइडेड मिसाइल डेभलपमेन्ट कार्यक्रम अन्तर्गतको मौलिक हतियार हो ।

‘अमेरिकी प्रतिबन्धहरूले केही दिनभित्रै व्यापार युद्ध शुरु हुने’

काठमाडौं, जेठ २० । संयुक्त राज्य अमेरिकाले व्यापार प्रतिबन्धहरू लगाएमा बेइजिङ तथा वासिङ्टनबीच हालसम्म भएका व्यापारसम्बन्धी सबै वार्ता रद्द हुने भन्दै चीनले चेतावनी दिएको छ। चिनियाँ उपप्रधानमन्त्री लियो ख तथा अमेरिकी वाणिज्य मन्त्री विल्बर रशबीच भएको छलफलपछि चीनले अन्य धेरै देशहरूबाट गरिने आयात बढाउन आफू तयार भएको बताएको थियो। चिनियाँ उत्पादनहरूमाथि ५० अर्ब डलर बराबरको थप आयात कर लगाउने भन्दै वासिङ्टनले धम्की दिएको केही दिनपछि नै अमेरिकी वाणिज्य मन्त्री रशले चीनको भ्रमण गरेका हुन्। अमेरिकी उत्पादनहरू तथा सेवाहरूको खरिद बढाइने सम्बन्धी भनेर गत महिना वासिङ्टनमा भएको सम्झौताबारे मात्र आइतवार जारी विज्ञप्तिमा संकेत गरिएको छ। सो विज्ञप्तिमा भनिएको छ, ‘वासिङ्टनमा भएको सहमति कार्यान्वयन गराउन दुवै पक्षले कृषि तथा ऊर्जा लगायतका विभिन्न क्षेत्रहरूमाथि राम्रोसँग कुराकानी गरे अनि सकारात्मक तथा ठोस प्रगति हासिल गरेका छन् र सम्बन्धित विवरणहरू दुवै पक्षबाट पुष्टि हुन बाँकी नै छ ।’ तर चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले व्यापार युद्धको विरोध गर्ने विज्ञप्ति राखेको छ र दुवै पक्षले बीचमा एकअर्कासँग भेट गर्नुपर्ने भनेर उल्लेख गरेको छ। बेइजिङमा भएका वार्ता अमेरिका तथा चीनबीचको द्विपक्षीय व्यापार घाटा कम गर्न लक्षित थियो। अमेरिकाले हाल चीनलाई बेच्नेभन्दा चार गुणा बढी उसबाट खरिद गर्छ। असमान व्यापार अभ्यासहरूमाथि लक्षित गर्दै गत साता ह्वाईट हाउसले जारी गरेको एउटा विज्ञप्तिमा अमेरिकाले ५० अर्ब डलर बराबरको चिनियाँ सामग्रीहरूमाथि २५ प्रतिशत आयात शुल्क लगाइने जनाएको थियो। यसैबीच अमेरिकाले स्टील तथा एलुमिनियममा नयाँ आयात कर लगाएपछि विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरूको समूह जी–सेभेनले अमेरिकाको आलोचना गरेको छ। फ्रान्सेली अर्थमन्त्री बुन्रो ल मेरले, उनकै शब्दमा, व्यापार युद्ध केही दिनभित्रै शुरु हुन सक्ने चेतावनी दिएका छन्। शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालको वेबसाइट ट्वीटरमा एउटा सन्देश राख्दै ‘व्यापारको मामिलामा वर्षौँसम्म अमेरिका अन्य देशहरूबाट ठगिएको’ बताएका थिए। ट्रम्पले, स्टीलमाथि लगाइने आयात करले अमेरिकी स्टील उत्पादकहरूलाई संरक्षण दिने र उनका अनुसार त्यो राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ। साथै युरोप तथा अन्य देशहरूमा अमेरिकी कम्पनीहरूले अवरोधहरू सामना गर्नुपरेको भन्दै उनले गुनासो पनि गरे।बीबीसी