काश्मीरमा आक्रमण, ४ जनाकाे मृत्यु

नयाँ दिल्ली, भदौ १३ । भारतको जम्मु कास्मिर राज्यको सोपियाँ जिल्लामा भएको हिंसामा चार प्रहरीको ज्यान गएको छ । भारतीय मिडियाहरूले जनाए अनुसार सोपियाँ जिल्लाको अरहा भन्ने स्थानमा  बुधवार भएको चरमपन्थी हमलामा उक्त हताहती भएको हो ।

चरमपन्थीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेर उनीहरूका हतियार लिएर भागेको जनाइएको छ । उक्त आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन जैस-ए-मुहम्मद र हिज्ब-उल-मुजाहिद्दीनले लिएको छ ।

आक्रमणपछी उक्त क्षेत्रमा सुरक्षा उपस्थिति बाधिएको छ र ठुलो सैन्य बल सहित आक्रमणकारीहरूको खोजी कार्य भइरहेको जनाइएको छ ।

पूर्वप्रधामन्त्री वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

नयाँ दिल्ली, भदौ २ । हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उनको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिनु भएको थियो । भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको बिहीबार बेलुका ५ बजेर ५ मिनेट जाँदा देहान्त भएको थियो । झण्डै नौ हप्तादेखि उहाँको अल इन्डीया इन्ष्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा उपचार गरिएको थियो । उपचार सफल नभएपछि बिहीबार ९३ बर्षको उमेरमा वाजपेयीको निधन भएको हो । अन्त्येष्टि समारोहमा राष्ट्रपति राम नाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, उपराष्ट्रपति भेनकाय नाइडु, गृह मन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टी (विजेपी) का अध्यक्ष अमित शाह, रक्षा मन्त्री निर्मला सितारमण, विजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी लगायतका विशिष्ट व्यक्ति तथा नेताहरु सहभागी भएका थिए । त्यसैगरी भूटानका राजा जिङमे केसर नाम्गेल वाङचुक, बङ्लादेशका विदेश मन्त्री अबुल असन मोहमुद अली, श्रीलङकाका कार्यबहाक विदेश मन्त्री लक्ष्मण किरएला र अफगानिस्तानका पुर्व राष्ट्रपति हमिद कार्जाइ पनि वाजपेयीको अन्त्यष्टी समारोहमा सहभागी भएका थिए । निधनपछि बिहीबार राती वाजपेजीको शव दिल्लीमा रहेको उहाँको निवासमा राखिएको थियो भने उनलाई श्रद्धाञ्जलि दिन शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो । त्यसपछि उनको शवयात्रा निकालेर अन्त्येष्टी स्थलमा लगिएको थियो । तीन पटक मुलुकको प्रधानमन्त्री भएका प्रिय नेता वाजपेयीको अन्तिम विदाईपछि भारतमा अहिले शोक छाएको छ ।

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित, भोलि सपथग्रहण

काठमाडौं, भदौ १ । पाकिस्तानी संसदले नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई निर्वाचित गरेको हो । इमरानले १७६ मत पाएर पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा चयन भएका हुन् । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बने शाहबाज शरीफले भने ९६ मत मात्रै मत पाएको सभामुख क्विसेरले संसदमा घोषणा गरे । उनी पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । सन १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधि दिलाएरमा चर्चित बने इमरानले शनिबार प्रधानमन्त्रीको सपथग्रहण गर्ने कार्यक्रम छ । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने जनाएका छन् । गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनको हो । विपक्षीहरूले निर्वाचन परिणाममा धाँधली भएको विचार राख्दै नतिजा अस्वीकार गरेकाकाले विवादकाबीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । सरकार गठनका लागि आफूले मात्रै बहुमत प्राप्त नगरेकाले उनले साना दललाई लिएर मन्त्रिपरिषद गठन गर्ने छन् । क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएका खानले क्रिकेटबाट सन्यास लिएर ४३ वर्षको उमेरमा सन् १९९६ मा पाकिस्तान पीटीआई गठन गरेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठाएका इमरानलाई शुरुमा धेरैले विश्वास नगरेपनि अहिले भने पाकिस्तानी जनताले मौका दिएका छन् । स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई मुख्य चुनावी कार्यसूची बनाएर निर्वाचन जितेका इमरानलाई आफ्ना कार्यसूची कार्यान्वयन गर्ने मौका र चुनौती एकैचोटी आइलागेको छ ।

अमेरिकाले प्रतिबन्त्र लगाए प्रतिकार गर्ने टर्कीकाे चेतावनी

इस्तानबुल, भदौ १ । अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले बताएको छ । अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कुटनीतिक सम्बन्धमा समस्या आएको छ । अमेरिकासँगको सम्बन्धमा समस्याका कारण हालैका दिनमा टर्कीको मुद्रामा भारी गिरावट आएको छ । टर्कीका व्यापारमन्त्री रूहसर पेक्कानलाई उद्धृत गरी टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्यूज एजेन्सीले भनेको छ, “हामीले विश्व ब्यापार संगठनको कानूनको परिधिमा रहेर यस पहिले नै अमेरिकालाई जवाफ दिइसकेका छौँ र यसलाई निरन्तरता दिनेछौँ ।” वासिङ्टनले अमेरिकी धर्मगुरुलाई रिहा नगर्दासम्म टर्की विरुद्ध थप प्रतिवन्धहरू लगाउने चेतावनी बिहीबार दिएको थियो । यसै चेतावनीको जवाफमा टर्कीका व्यापारमन्त्रीले अमेरिकाविरुद्ध उक्त चेतावनी दिएका हुन्।

पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टी सम्पन्न

नयाँ दिल्ली, भदौं १ । भारतका सन्त नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको अन्त्येष्टि गरिएको छ। अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्। अविवाहित र कविको पनि पहिचान बनाएका नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको थियो। अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ। उनी भारतमा तीन पटक प्रधानमन्त्री बनेका थिए। उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको बताए। उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताए। वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १.३० बजेसम्म उनको पार्थिव शरीरलाई दीनदयाल उपाध्याय मार्गमा रहेको विजेपीको निवासमा राखिएको थियो। यसपछि उनको शवयात्रा निकालिएको थियो। शव यात्रामा लाखौँ नेता कार्यकता र शभचिन्तक सहभागी थिए। वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभागितालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। पाकिस्तानका भावी प्रधानमन्त्री अर्थात तेहरिक इन्साफका नेता इमरान खानले पनि वाजपेयीको निधनप्रति दुःख व्यक्त गरे। उनले पाकिस्तान र भारतको द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा वाजपेयीको योगदानलाई अविस्मरणीय रुपमा सम्झना गरिने उनले आफ्नो ट्वीटरमा लेखेका थिए। त्यसैगरी भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले लाखौँ व्यक्तिले वाजपेयीलाई माया र सम्मान गर्ने बताए। उनले आफ्नो ट्वीटरमा भारतमाताले एक सपूत गुमाएको बताए। सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो । उनले कानपुरको डीएवी कलेजबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एमए उत्तीर्ण गरेका थिए । पछि उनले एलएलबीको पढाई शुरू गरेपनि छोडेर विद्यार्थी कालदेखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लागेका थिए। महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू उत्प्रेरित भएको बताउने बाजपेयीले डा श्यामप्रसाद मुखर्जी र पं दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए। भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रूपमा राजनीतिक नेतृत्व गरे। सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए। सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भए। सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बनेका वाजपेयी १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाले । सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए। उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराए। सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाए। त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९६ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाए। तर त्यो केबल १३ दिनमात्रै रह्यो । उनले सन् १९९८ मा १३ महिना र सन १९९९ मा अप्रील १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपिए। वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो। त्यसपछि उनले राजनीतिबाट सन्यास लिएको घोषणा गरको थिए। रासस

पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन, शोकमा डुब्यो भारत

नयाँदिल्ली, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधन भएको छ । उनको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ९४ वर्षको उमेरमा बिहीबार साँझ स्थानीय समय अनुसार ५ बजेर ५ मिनेटमा वाजपेयीको निधन भएको हो । पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अवस्था बुधबार रातिदेखि नाजुक बन्दै गएपछि भ्यान्टिलेटरमा राखिएको थियो । वाजपेयी गएको ९ सातादेखि एम्स अस्पतालमा उपचाररत थिए । वाजपेयीलाई गएको जूनमा मृगौलामा संक्रमण र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । भारतीय जनता पार्टी (बीजेपी) का संस्थापक नेतासमेत रहेका वाजेपेयी तीन पटक भारतको प्रधानमन्त्री भएका थिए । उनलाई भेट्न प्रधानमन्त्री नेरेन्द्र मोदी दुईपटक एम्स अस्पतालमा पुगेका थिए । वाजपेयीलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ ले सम्मानित गरिएको थियो । वाजपेयी ९ पटक लोकसभाका सांसदमा निर्वाचन भएका थिए । उनी दोस्रो लोकसभादेखि तेह्रौं लोकसभासम्म सांसद रहे । उनी सन १९८४ मा ग्वालियरमा कांग्रेसमा माधवराव सिंधियासँग पराजित हुँदा लोकसभामा अनुपस्थित रहे । भने दुई पटक राज्यसभामा पनि सांसद रहे । १६ मे १९९६ मा वाजपेयी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर लोकसभामा अल्पमतमा परेपछि १४ दिनमा राजीनामा दिएका थिए । अन्तिम पटक वाजपेयी सन ११९९ देखि २००४ सम्म पूरा कार्यकाल भारतको प्रधानमन्त्री बने । अविवाहित वाजपेयी भाषण र सादगी जीवनका लागि प्रख्यात छन् । उनकाे जन्म सन् १९२४ मा मध्य प्रदेशकाे ग्वालियरमा भएकाे थियाे ।

बढ्दो व्यापार तनाव अन्त्य गर्न चीन र अमेरिकाबीच वार्ता हुँदै

बेइजिङ, साउन ३१ । चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो । बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि करबृद्धि गर्ने घोषणा गरेका थिए । यो व्यापारिक लडाइँले विश्व अर्थतन्त्रलाई नै असर पार्ने अनुमान गरिएको छ । संयुक्तराज्य अमेरिकाको निमन्त्रणमा उपबाणिज्यमन्त्री वाङ साउवेनको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिका जाँदैछ । अन्तर्राष्ट्रिय व्यापार मध्यस्थतासम्बन्धी प्रतिनिधि समेत रहेका वाङको टोलीले अमेरिकी अर्थ मन्त्रालयका वरिष्ट अधिकारी डेभिड माल्पाससँगको टोलीसँग भेटघाट गर्नेछ । मन्त्रालयको वक्तव्यमा भनिएको छ, “चीन एकपक्षीय व्यापार र संरक्षणवादी अभ्यासको विपक्षमा छ, तथा कुनै पनि किसिमबाट एकपक्षीय व्यापार अबरोधका उपायहरु स्वीकार्य हुँदैन । चीन समानता र सम्मानका आधारमा गरिने वार्ता र सञ्चारमा विश्वास गर्दछ ।” अमेरिकी बाणिज्य मन्त्री विल्बर रसले गत जुनमा बेइजिङमा चिनीया उपप्रधानमन्त्री लिउ हेसँग भेटवार्ता गर्नुभएको थियो । तर यो छलफलले तनाब कम गर्न असफल भएको थियो । बरु, जुलाईदेखि लागू हुनेगरी अमेरिकाले ३४ अर्ब डलर बराबरको चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको थियो । बेइजिङले समेत अमेरिकी सामानमा करबृद्धि गर्ने प्रतिक्रिया दिएको छ । दुबै मुलुकले अगष्ट २३ देखि लागू हुनेगरी १६ अर्ब डलर बराबरका सामानमा फेरि करबृद्धि गर्ने योजना सार्वजनिक गरिसकेका छन् । वासिङटनले यस अतिरिक्त २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा कर लगाउने चेतावनी पनि दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन समयमै नसुध्रिए विगतमा १० प्रतिशत तोकिएको करबृद्धिलाई बढाएर २५ प्रतिशत पु¥याउने बताए । चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा करबृद्धि गर्ने चेतावनी दिइसकेको छ । “दुवै मुलुकबीचको वार्ता कसरी अघि बढ्ला भन्ने अनुमान गर्न कठिन छ तर यो सकारात्मक सङ्केत हो । दुवै मुलुक कुनै किसिमको सम्झौतामा पुग्ने सम्भावना छ,” टोकाई टोक्यो अनुसन्धान इन्स्टिच्यूटका बजार विश्लेषक माकाटो सेन्गोकुले बताए । मार्कुरी ग्रुपका चिनियाँ अर्थविज्ञ ल्यारी हूका अनुसार दुवै पक्षले बेइजिङले के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्ने विश्वास व्यक्त गरे अर्थात् छलफलमा अमेरिकी आयात बढाउने, चिनियाँ बजार थप खुला गर्ने र अमेरिकी बौद्धिक अधिकारको संरक्षण गर्ने विषयले नै प्रमुखता पाउनेछन् ।

विश्वविद्यालयको प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीमाथि आत्मघाती विष्फोट, ४८ को मृत्यु ६७ घाइते

काबुल, साउन ३१ । अफगानिस्तानको मेवोद एजुकेशनल एकेडमीमा बुधवार साँझ आत्मघाती हमला हुँदा ३८ जनाको विद्यार्थीको मृत्यु भएको छ । साथै घटनामा परि ६७ घाइते भएका छन् । मृत्यु हुनेमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थी रहेको बताइएको छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार मृत्यु हुनेमा अधिकांश युवायुवती रहेका छन् । विष्फोटका कारण कतिपय कक्षाका छतसमेत खसेका छन् । अफगानी सञ्चारमाध्यमका अनुसार, यो एकेडमी काबुल पीडी–१८ को दश्त–ए–बार्ची क्षेत्रमा रहेको छ । उता तालिबानी प्रवक्ता जबिउल्लाह मुजाहिदले विष्फोटमा आफूहरुको हात नरहेको दाबी गरेका छन् । र अहिलेसम्म घटनाको कुनैपनि आतंककारी संगठनले जिम्मेवारी लिएका छैनन् । विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थी आक्रमणको समयमा एकेडमीमा करीब सय जना विद्यार्थी रहेका थिए । उनीहरु सबै विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिहेका थिए । एकडेमीमा छात्र र छात्रा दुबै परीक्षाको तयारी गरिरहेका थिए । त्यहाँको शिया क्लर्कियल काउन्सिलका सदस्य जवद घवरीले आर्कषणका लागि इस्लामिक स्टेट अफ इराक र लेवेन्ट (आइएसआइएल, जसलाई आइएसआइएस पनि भनिन्छ) घटनामा यसको हात रहेको बताए । यो संगठन मस्जिद, स्कूल र सांस्कृतिक कार्यक्रममा विष्फोट गराइसकेको छ । घवरीका अनुसार गएको दुई वर्षमा काबुलका शिया समुदायमाथि मात्रै १३ वटा आक्रमण भइसकेका छन् ।

अटलबिहारी वाजपेयीको अवस्था गम्भीर, शीर्षनेता अस्पतालमा

नयाँदिल्ली, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बताइएको छ । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वाजपेयीको स्वास्थ्य अवस्था चिन्ता जनक रहेको र त्यसमा कुनै सुधार नभएको बताएको छ । ‘पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अवस्था नाजुक छ र उनलाई अहिले भ्याण्टीलेटरमा राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ । बुधवार अबेर राति प्रधानमन्त्री नरेन्द्र मोदी नेता अटल बिहारी वाजपेयीलाई भेट अस्पताल पुगेका थिए । वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएपछि भारतका शीर्ष नेताहरु एम्स पुगेका छन् । ९३ वर्षीय वाजपेयी गएको ९ सातादेखि अस्पतालमा उपचाररत छन् । वाजपेयीलाई गएको जूनमा मृगौलामा संक्रमण र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । भारतीय जनता पार्टी (बीजेपी) का स्ंस्थापक नेतासमेत रहेका वाजेपेयी तीन पटक भारतको प्रधानमन्त्री भइसकेका छन । वाजपेयी भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ सम्मानित भइसेक छन् । वाजपेयी ९ पटक लोकसभाका सांसदमा निर्वाचन भएका थिए । उनी दोस्रो लोकसभादेखि तेह्रौं लोकसभासम्म सांसद रहे । उनी सन १९८४ मा ग्वालियरमा कांग्रेसमा माधवराव सिंधियासँग पराजित हुँदा लोकसभामा अनुपस्थित रहे । भने दुई पटक राज्यसभामा पनि सांसद रहे । १६ मे १९९६ मा वाजपेयी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर लोकसभामा अल्पमतमा परेपछि १४ दिनमा राजीनामा दिएका थिए । अन्तिम पटक वाजपेयी सन ११९९ देखि २००४ सम्म पूरा कार्यकाल भारतको प्रधानमन्त्री बने । अविवाहित वाजपेयी भाषण र सादगी जीवनका लागि प्रख्यात छन् ।

अमेरिकामा कर्मचारीले ७६ सिटे विमान चोरेपछि…

अमेरिका, साउन २६ । अमेरिकाको सिएटल–टाकोमा अन्र्राष्ट्रिय विमानस्थलका कर्मचारीले शनिवार एउटा ७६ सिटे विमान चोरेर ५० किलो मिटर टाढा टापुमा दर्घटना गराएका छन् । विमानस्थल कार्यालयका अनुसार कर्मचारीले अलास्का एयरलाइन्सको ७६ सिटे विमान अवतरण भइ सबै यात्रु झारेपछि चोरेका थिए । अधिकारीहरुका अनुसार विमान चोरी भएको त्यतिबेला थाहा भयो जब पायलट ने बिना अनुमति फ्लाइट टेक–अफ गरे । पियर्स काउण्टी शेरिफका अनुसार, ‘यो कुनै आतंकी घटना होइन । कर्मचारीले विमान शायद मज्जाका लागि उडाएका थिए तर उनी विमानलाई नियन्त्रण गर्न असफल भएर दुर्घटना भयो ।’ अधिकारीहरुका अनुसार कुनै पनि आतंककारीले विमान एयरपोर्टबाट लगेर समुद्रमाथि उडाउदैन । विमान चोरी गर्ने कर्मचारीको नाम गोप्य राखिएको छ । तर उनको उमेर २९ वर्ष भएको बताइएको छ । अधिकारीहरुले दुर्घटनामा उनको मृत्यु भएको अनुमान गरेका छन् । भाष्करडटकमबाट

अमेरिकी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

वासिङ्टन, साउन २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ । उहाँहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा र मध्यपूर्वका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उक्त विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनीहरुबीचको वार्तालापमा विश्वमा पछिल्लो समयमा देखिएका विभिन्न खालका चुनौतीहरुको समाधानका लागि समन्वय गरी अघि बढ्ने विषयमा सहमति भएको ह्वाइट हाउसद्धारा जारी गरिएको सो विज्ञप्तिमा जनाइएको छ । इरानको पारमाणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि अमेरिका र इरानबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा नराम्रो भएको देखिएको छ । यसका कारण अमेरिकाले पनि इरानमाथि कडा नाकाबन्दीको घोषणा गरेको छ । यस विषयमा पनि उक्त उहाँहरुबीच कुराकानी भएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटगर्दै फ्रान्सेली राष्ट्रपतिसँग राम्रो कुराकानी भएको बताएका ५न्उ । उनले विशेषगरी व्यापार र सुक्षासम्बन्धमा समकक्षी म्याँक्रोसँग वार्तालाप भएको पनि आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका छन् ।

अमेरिका, चीन र रुसबीच अस्त्र बनाउने प्रतिस्पर्धा

साउन २६ । शीतयुद्धताका चर्चा हुने गरेको अस्त्रको विकास बिस्तारै वास्तविकतामा परिणत हुन थालेको देखिन्छ। चीनले गत हप्ता स्टारी स्काइ-२ नामक ‘हाइपरसोनिक’ विमानको परीक्षण गरेको घोषणा गर्‍यो। ध्वनिको भन्दा ६ गुणा बढी गति भएको उक्त विमान दुई घण्टामा चीनबाट इक्वेडर पुग्नसक्छ। रुसले गत महिना मिग-३१ एस विमानले क्यास्पियन सागरको निगरानी गरिरहेको र एप्रिलदेखि किन्जल नामक  ‘हाइपरसोनिकु क्षेप्यास्त्र तैनाथ गरिएको बताएको थियो। रुसी रक्षा मन्त्रालयले अन्तरमहादेशीय दूरी तय गर्नसक्ने ‘एभेनगार्ड’ नामक क्षेप्यास्त्र प्रणाली छिट्टै तयार गर्ने बताएको छ। त्यसको ‘हाइपरसोनिक’ गति प्रतिघण्टा २४,१४० किलोमिटर हुनेछ। सन् २०१५ मा अमेरिकी वायुसेनाले सन् २०२३ सम्ममा ‘हाइपरसोनिक’ अस्त्रको विकास गरिसक्ने घोषणा गरेको थियो। तर रुस र चीनले त्यस्तो अस्त्रको विकास गरिसकेको समाचारपछि अमेरिका चिन्तित बनेको बताइन्छ। हालै अमेरिकी क्षेप्यास्त्र एजेन्सीले सन् २०१९ को बजेटमा ुहाइपरसोनिकु क्षेप्यास्त्र प्रणाली विकसित गर्नका लागि १२ करोड डलर माग गरेको थियो। सन् २०१६ मा सोही प्रयोजनका लागि उसले साढे ७ करोड डलर माग गरेको थियो। हाइपरसोनिक अस्त्रका एकजना विज्ञ जर्ज नकुजीले अमेरिकासँग क्षेप्यास्त्र प्रतिरोधी प्रविधि भए पनि नयाँ प्रणालीको सामना गर्नसक्ने उपकरण उससँग नभएको बीबीसीलाई बताए। वाशिङटनस्थित ‘थिङ्क ट्याङ्क’ सीएएफआईपीको परमाणु नीति कार्यक्रमका सह-निर्देशक जेम्स एक्टनका अनुसार ‘हाइपरसोनिक’ अस्त्रको गति ध्वनिको भन्दा पनि तीव्र हुन्छ। विशेषज्ञहरू भन्छन्, ‘सैद्धान्तिक रुपमा यी पाँच, १० र २० गुणाभन्दा बढी तीव्र रूपमा जानसक्छन् वा ध्वनिको गतिभन्दा तीव्र हुन्छ।’ एक्टनका अनुसार शीतयुद्धपछि नै त्यस्तो अस्त्रको विकास गर्ने आकाङ्क्षा रहिआए पनि त्यसलाई विकसित गर्न कैयौँ चुनौतीको सामना गर्नुपरेको छ। उनी भन्छन्, ‘हाइपरसोनिक अस्त्रका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम हो किनकि तापक्रम बढेपछि त्यो पग्लिने सम्भावना हुन्छ।’ त्यसैगरी लामो दूरी तय गर्नसक्ने र विस्फोट पनि नहुने इन्जिन बनाउने चुनौती रहेको उनको भनाइ छ। त्यसका साथै रणनीतिक चुनौती पनि रहेको नकुजी बताउँछन्। उनका अनुसार गति परिवर्तन भइरहने ‘हाइपरसोनिक’ अस्त्रको उडान अनिश्चित हुन्छ। र, त्यसको रक्षाका लागि अमेरिकासहित कुनै पनि मुलुकसँग प्रतिरक्षा प्रणाली छैन। यद्यपि खुशीको खबर के छ भने यी तीनवटै शक्तिशाली देश त्यसको विकास गर्नसक्छन्। तर नराम्रो खबर के छ भने सोही बहानामा ‘नयाँ अस्त्र बनाउने होडबाजी’ शुरू भएको छ। त्यो होडबाजीमा तीनवटा देश सामेल भएको कुरामा एक्टन सहमत छन्। -बीबीसी

आइरन चक्की खाएपछि २४७ छात्र अस्पताल भर्ना, एकको मृत्यु

मुम्बई । मुम्बइृको एक स्कूलमा वितरण गरिएको आइरन चक्कीका कारण सयौं विद्यार्थी बिरामी भएका छन् भने एक छात्राको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार, सबैलाई अस्पताल भर्ना गरिएको छ । अहिले घाइतेहरुको अवस्था खतरामुक्त रहेको बताईको छ । शिवाजी नगरमा जीएमएमसी (बिएमसी) स्कूल नम्बरका चारका २११ जना विद्यार्थीलाई राजवाडी अस्पतालमा भर्ना गरिएको छ । यसैगरी ३६ विद्यार्थी शताब्दी अस्पतालमा भर्ती गरिएका छन् । स्कूलमा बाँडिएको आइरन चक्की खाएपछि सबैको स्वास्थ्य खराब भएको थियो । आइरन चक्कीका बारेमा अनुसन्धान जारी भएको छ ।

जापानाको फुकिशिमामा भूकम्प

टोकियो , साउन १५ । जापानको फुकुशिमा प्रान्तमा ५‍.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ । पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ । हालसम्म यस भूकम्पबाट मानवीय र सम्पत्तीको क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको । साथै भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन् । जापान विश्वको अरु राष्ट्रको तुलनामा बारम्बार भूकम्पले सताउने देश हो ।

पश्चिम बंगालमा पनि अवैध प्रवासीको पहिचान गर्ने बीजेपीको घोषणा

नयाँदिल्ली,साउन १५ । भारतीय जनता पार्टी (बीजेपी) ले आसामपछि अब पश्चिम बंगालमा पनि अवैध प्रवासीका पहिचान गर्ने बताएको छ । यसअघि अासाममा अवैध प्रवासी पहिचान गर्ने भन्दै ४० लाखभन्दा धेरै नागरिकलार्इ गैर नागरिक भएकाे बताएकाे छ । बीजेपीका अनुसार यदि उसले पश्चिम बंगाल जित हात पारे त्यहाँ पनि राष्ट्रिय नागरिकता रजिस्टर तयार पार्ने छ । पश्चिम बंगालमा बीजेपीका प्रभारी कैलाश विजयवर्गीयका अनुसार उक्त राज्यमा अवैध प्रवासीको संख्या करोड भन्दा बढी हुन सक्छ । भारतको असाममा ४० लाख मानिस गैरनागरिक, हिंसा भड्किने डरले २२ हजार सुरक्षाकर्मी परिचालन उनले पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नीतिका कारण ठूलो संख्यामा अवैध आप्रवासीका कारण भारतीय नागरिक शरणार्थी भएका छन् । उनले भने, ‘जो मानिस आसामबाट पश्चिम बंगाल शरण मााग्न आउछन् उनीहरुका शिविर बनाउने विषयमा विचार गरिरहेका छौं ।’

इमरान खानलार्इ अाफ्नै कारण सकस

इस्लामाबाद । पाकिस्तानमा इमरान खान नेतृत्वको तहरिक-ए-इंसाफ पार्टीलार्इ सरकार बनाउन झनै समस्या अाएकाे छ ।  सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ र धेरैले अब इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने कुरामा शंका नरहेको बताइरहेका बेला यस्ताे समाचार अाएकाे हाे । सरकार बनाउन इमरान नेतृत्वकाे पार्टीले सानासाना दलहरूलाई साथ नलिएर जानुको विकल्प छैन।  कुल २७२ सिट रहेको पाकिस्तानी संसदमा उनको पार्टीले ११५ सिटहरूमा विजय प्राप्त गरेको छ। दुइ सिटमा निर्वाचन रद्द भएपछि हाल कायम संसद सदस्य संख्या २७० रहेको छ जसमध्ये सरकार बनाउन १३६ सदस्य सङ्ख्या आवश्यक पर्ने हुन्छ र त्यो जादुइ अङ्क बाट अझै  पार्टी २१ सिटले पछाडि  छ । इमरान खानले ११ अगस्तमा शपथ लिने, घेराबन्दी गर्ने तयारीमा विपक्षी तहरिक-ए-इंसाफ  पार्टीले दुई साना दल पीएमएल-क्यु र बलुचिस्तान अवामी पार्टीसँग मिलेर गठबन्धन गर्ने कुरा गर्दै छ।  यसो गरेपनि सदस्यसङख्या १२४ मात्र हुने देखिन्छ। हुन् त यदि पार्टीले यी दुई पार्टीका अतिरिक्त एमक्युएम, जीडीए र निर्दलीय सांसदहरूसँग पनि हात मिलाउने हो भने यो संख्या सहजै १३७ पुग्ने देखिएको छ।  तर तत्काललाई भने इमरान खान र प्रधानमन्त्री पदकोबिचमा गणपुरक संख्या पर्खाल बनेर उभिएको छ । तर एउटा अर्को कारणले समेत इमरान खानको पार्टी समस्यामा परेको देखिन्छ र त्यो कारण अरु कोही नभएर स्वयम् इमरान नै हुन्। भूट्टो र शरिफकाे विरासत ताेड्दै, नयाँ शक्तिको रुपमा इमरानकाे उदय इमरानले यस निर्वाचनमा पाँच  निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए र सबैमा विजय समेत हासिल गरेका थिए तर नियमानुसार अब उनले ४ स्थान छोड्नु पर्नेछ।  यस्तो अवस्थामा पार्टीका सिटसङ्ख्या  घटेर १११ पुग्नेछ र जसले एक एक सिटका लागि संघर्षरत पार्टीलाई सरकार बनाउन झनै समस्या ल्याइदिएको छ। एजेन्सीहरू