भारतीय अदालतमा चितुवा पस्यो !
अहमेदावाद, मंसिर २९ । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् ।
“चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो ।’ गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताए ।
कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि खदालतका कर्मचारी तथा वरपरका मानिसहरू त्रसित एवम् उत्साहित हुँदै चितुवा रहेको भवनलाई घेरेर हेरिरहेकाले चितुवा कोठामा लुकेर बसेको अवस्थामा करिव साढे तीन घण्टापछि दराजमुनि लुकेर बसेको भेटियो । करिब दुईदेखि तीन बर्षको अनुमान गरिएको चितुवालाई विस्तारै वातावरणलाई शान्त पार्दै कोठाबाट बाहिर निकालियो र जङ्गलतिर पठाइयो ।
भारतीय वातावरण मन्त्रालयले यसै बर्षको अगष्ट महिनामा सार्वजनिक एक प्रतिवेदनमा भरतमा सन् २०१४ को अप्रिलदेखि सन् २०१७ को मे महिनासम्म जङ्गली जनावरले एक हजार ११४ व्यक्तिलाई आक्रमण गरी मारेको वा खाएको जनाएको छ । यो सङ्ख्या हेर्दा जङ्ली जनावरले भारतमा दैनिक एक जनालाई मार्ने गरेको देखिन्छ ।
भारतमा १२ हजार देखि १४ हजार चितुवा रहेको तथ्याङ्क छ । मानव वस्तीले जङ्गली क्षेत्रमा अतिक्रमण भएपछि उनीहरू वस्तीमा आहाराको खोजीमा पुग्ने गरेको र त्रसित गाउँलेले औसतमा एक चितुवा मार्ने गरेको तथ्याङ्क छ ।
विज्ञहरूका अनुसार यस्ता खालका घटना पछिल्ला दिनहरूमा बढेका र यसको कारण शहरीकरणका कारण जङ्गली जनावरको वासस्थान खुम्चिुनु रहेको छ । रासस
फ्लिपकार्टका कार्यकारीले दिए राजीनामा मी-टूको प्रभाव हुनसक्ने आशंका
भारतको सर्वाधिक ठुलो अनलाइन सपिङ नेटवर्क फ्लिपकार्टका सह संस्थापक एवं प्रमुख कार्यकारी बिन्नी बंसलले पदबाट राजीनामा दिएका छन् । मङ्गलबार एउटा विज्ञप्ति जारी गर्दै कम्पनीले बिन्नीमाथि व्यक्तिगत दुराचारको आरोप लागेको खुलासा गरेको थियो । बिन्नीमाथि हाल आफ्नै कम्पनी चलाइराखेकी फ्लिपकार्टकी पूर्व कर्मचारीले व्यक्तिगत दुराचारको आरोप लगाएकी हुन् । फ्लिप्कार्टको माउ कम्पनी वाल्मार्टले विज्ञप्ति जारी गर्दै उनीमाथि स्वतन्त्र छानबिन हुनेभएपछि बिन्नीले तत्काल लागू हुने गरेर राजीनामा दिएको बताएको छ । अमेरिकी कम्पनी वाल्मार्टले यसै वर्षको मे महिनामा फ्लिपकार्टको ७७ प्रतिशत सेयर किनेको थियो । उता बिन्नीले भने यी आरोपहरूको खण्डन गर्दै आइरहेका छन् । वाल्मार्टले स्वतन्त्र छानबिनबाट पनि बिन्नीविरुद्ध लगाइएको आरोपबारे कुनै प्रमाण फेला नपरेको जनाएको छ । बिन्नी बन्सल र सचिन बन्सल मिलेर सन २००७ मा ४ लाख भारतीय रुपैयाँको लगानीमा स्थापना गरेको अनलाइन प्लेटफर्म ‘फ्लिपकार्ट’ भारतकै सर्वाधिक ठुलो अनलाइन सपिङ कम्पनी बनेको छ । मे महिनामा वालामार्टले १६ अर्ब डलरमा यसको ७७ प्रतिशत हिस्सेदारी खरिद गरेको थियो । हाल सचिन यस कम्पनीबाट बाहिरिइसकेका छन् भने बिन्नीसँग साढे पाँच प्रतिशत हिस्सेदारी रहेको छ । ती महिलाले लगाएको व्यक्तिगत दुराचार कस्तो खालको हो भन्ने केही नखुलाइए पी केही समय यता भारत्माचालेको #मी_टू अभियानले सन्नीलाई गाँजेको हुनसक्ने केहीको आशंका रहेको छ ।
यमनमा हिँसा, २४ घण्टामा १५० को मृत्यु
साना (यमन), कार्तिक २७ यमनको तटवर्ती सहर होदैदामा भड्किएको हिंसामा २४ घण्टा भित्रमा कम्तिमा पनि १५० जनाको ज्यान गएको छ । लामो समयदेखि गृहयुद्धको चपेटामा रहेको यमनमा सरकार समर्थित सेना र हुती विद्रोहीहरूबीच संघर्ष चलिरहेको छ । त्यहाँको सरकारी सेनालाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाको सहयोग रहेको छ । एक जना बेलायती शीर्ष कूटनीतिज्ञले अन्तर्राष्ट्रिय समुदायलाई युद्ध-विरामका लागि हस्तक्षेप गर्न अपिल गरेका छन् । हेदौदा लाल सागरको किनारमा अवस्थित क्षेत्र हो जहाँ यमनको लगभग १ करोड ४० लाख जनसंख्या बसोबास गर्दछ । युद्धका कारण यहाँ भोकमरीको खतरा उत्पन्न भएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् । उता युद्धविरामबारे बोल्दै साउदी गठबन्धनका प्रवक्ताले आफूहरूको अभियान जारी रहेको र अफ्नो उद्देश्य विद्रोहीहरूलाई वार्ताका लागि दबाब दिनु रहेको बताएका छन् । जुनसुकै हालतमा पनि युद्ध रोकिनुपर्ने: संयुक्त राष्ट्र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले होदैदा नष्ट भए स्थिति झनै खराब हुने बताएका छन् । उनले युद्ध कुनै पनि हालतमा रोकिनुपर्ने र यसका लागि राजनैतिक प्रयास सुरु भैसकेको बताए । सरकार समर्थित सेनाका अनुसार होदैदामा सुरु भएको कारवाही पछि विद्रोही सेना पछि हटेको छ । उक्त क्षेत्र २०१४ देखि हुती विद्रोहीहरूको कब्जामा रहेको छ । उता हुती विद्रोहीहरूले जारी गरिएको सन्देशमा आफूहरूले नै सरकारी सेनालाई होदैदामा आक्रमणको लागि उक्साएको बताएका छन् । सडक नै रणभूमि बन्ने खतरा सरकारी सेनालाई होदैदा पुग्न ११ दिनसम्म युद्ध लड्नु परेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार विद्रोहीहरू घरका छानाहरूबाट गोलीबारी गर्दैछन् । सेना सहर पसिसकेपछि सडकहरू युद्धभुमिमा परिणत हुने खतरा र रहेको बताइएको छ । हुतीहरूले उत्तरी यमनमा २००४ देखि विद्रोह गरिरहेका छन् । इरानको समर्थन पाएका हुतीहरू २०१५ देखि गृहयुद्धको स्थिति रहेको छ । संयुक्त राष्ट्रसंघले यमनका राष्ट्रपति अब्द्राबुह मन्सुर हादीलाई मान्यता दिएको छ हुती नेतृत्वको सुप्रिम पोलिटिकल काउन्सिल यसको विरोधमा उत्रिएको छ । हुती नेता हुसैन बद्रेद्दीन अल हुतीका लागि ५५ हजार डलरको पुरस्कार समेत राखिएको छ । तीन वर्ष लामो गृहयुद्धमा १० हजार बढीको ज्यान गैसकेको छ । एजेन्सी
पाकिस्तानमा ठूलो साइबर हमला, सबै बैंकका डाटा ह्याक, करोडौं रुपैयाँ उडाएको आशंका
इस्लामाबाद, पाकिस्तानका ह्याकरहरुले सबै बैंकका डाटा ह्याक गरेका छन् । ह्याकरहरुले पाकिस्तानी बैंकको सुरक्षा व्यवस्थालाई चकनाचुर पार्दै सर्भरमा नै आक्रमण गरेका हुन । फेडरल इन्भेष्टिगेशन एजेन्सीका साइबर क्राईम विभाग प्रमुखले करिब करिब सबैजसो बैंकमा ह्याकहरुले आक्रमण गरेको बताएका हुन । गम्भीर आर्थिक संकट झेलिरहेको पाकिस्तानमा बैंकहरु ह्याकरको निशानामा परेपछि यो विषयले ठूलो रुप लिएको छ । पाकिस्तानी दैनिक पत्रिका डनका अनुसार, फेडररल इन्भेष्टिगेशन ब्यूरोका क्राईम प्रमुख मोहम्मद शोएबले ह्याक भएको पुष्टि गरेका छन् । उनका अनुसार, यो आक्रमण पाकिस्तान बाहिरबाट गरिएको थियो । ह्याकरहरुले कति रकम चोरी गरे भन्ने कुरा अझै खुल्न सकेको छैन । योसँगै पाकिस्तानी बैंकहरुको सुरक्षा व्यवस्थामा समेत ठूलो प्रश्न उठेको छ । साइबर क्राइम विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै सुरक्षा व्यवस्था झनै कडा बनाउन निर्देशन दिएको छ । ह्याकरहरुले १० वटा पाकिस्तानी बैंकमा रहेको ८ हजार भन्दा बढी ग्राहकका डाटा ह्याक गरेको डनले उल्लेख गरेको छ । पछिल्लो दिनमा थाहा नै नपाई आफ्नो बैंक खातामा करोडौं रकम जम्मा हुन थालेपछि कतिपय सर्वसाधारणले उजुरी समेत गरेका थिए ।
चीनले बनायो नयाँ जासुसी सफ्टवेयर, अनुहार नदेखेपनि मानिसको पहिचान गर्न सक्ने
चीनले बनायो नयाँ जासुसी सफ्टवेयर, भीडमा अनुहार नदेखेपनि मानिसको पहिचान गर्न सक्ने बेइजिङ, चीनमा आम मानिसको निगरानी गर्न नयाँ प्रविधिको विकास गरिएको छ । आर्टिफिसियल इन्टलिजेन्स (एआई)को सहायताबाट नयाँ जासुसी सफ्टवेयर निर्माण गरिएको हो । यो नयाँ सफट्वेयरले मानिसको अनुहार नदेखेपनि उसको शरीरको आकार तथा हिडडुल गर्ने तरिकाबाट नै व्यक्तिलाई चिन्न सक्नेछ । यसलाई ‘गेट रिकग्निशन’ नाम दिइएकोछ । यो सफ्टवेयले कुनै व्यक्तिलाई भीडको बीचबाट पनि चिन्न सक्छ । हालका लागि यो नयाँ प्रविधिलाई बेइजिङ र सांघाईको प्रहरीले प्रयोग गर्न शुरु गरेको छ । तर यसबाट आम मानिसको व्यक्तिगत जीवन पनि रेकर्ड हुने आशंका समेत व्यक्त भएको पाइन्छ । सफ्टवेयर निर्माता कम्पनी वेट्रिक्सका कार्यकारी अधिकृत हुआङ योझेनका अनुसार, यसबाट ५० मीटर को दूरीमा उभिएको व्यक्तिलाई सजिलैसँग चिन्न सकिन्छ । यो सफ्टवेयरले प्रहरी अनुसन्धानमा विशेष सहयोग पुर्याउन सक्ने कम्पनीको दावी छ । यो सफ्टवेयरमा पहिचानको डाटाबेस बनाउन कसैको सहयोगको आवश्यकता पर्दैन । यो यति कुशल छ कि कुनै व्यक्तिले आफ्नो हिँडाई परिवर्तन गरेपनि यसले उसको चाल बुझेर पहिचान गर्न सक्छ । यो प्रविधिमा भिडियोबाट मानिसको फोटो निकालिन्छ । यसको बदलिँदो आकारको विश्लेषण गरेपछि सफ्टवेयरले व्यक्ति हिँडडुल गर्ने एउटा मोडल तयार गर्दछ ।
फ्रान्सलाई टुक्र्याउन नहुने पक्षमा ५६ प्रतिशतले गरे मतदान, क्यालेडोनियमा भएको थियो जनमत संग्रह
काठमाडौं, मधेशलाई नेपालबाट अलग गर्नुपर्छ भनेर केही अलगाववादी सक्रिय भएको बेला फ्रान्समा भने अनौठो परिणाम सार्वजनिक भएको छ । फ्रान्सको नियन्त्रणमा रहेको न्यू क्यालेडोनिया द्विपका जनताले स्वतन्त्रताको माग गदै आएको समूहलाई जनमत संग्रहमा पराजित गरेका छन् । आइतबार सार्वजनिक भएको परिणाममा ५६.४ प्रतिशत जनताले फ्रान्सकै हिस्सा बन्ने पक्षमा मतदान गरे । ४३.६ प्रतिशतले भने अलग हुने पक्षमा मत दिए । आधिकारिक तथ्यांक अनुसार, ८० प्रतिशत भोट खसेको चुनाव राजधानी नोमेयामा भएको थियो । न्यू क्लालेडोनियामा निकल नामक खनिज धातु निकै बढी पाइन्छ । यो धातुको प्रयोग विद्युतीय सामानमा हुने गर्छ । रणनीतिकरुपमा समेत फ्रान्सका लागि यो क्षेत्र निकै महत्वको छ । यस क्षेत्रमा कूल एक लाख ७५ हजार मतदात छन् । यो क्षेत्रमा बसोबास गर्दै आएका कनक मूलवासीहरुले फ्रान्सबाट अलग हुने माग राख्दै आएका थिए । विगतमा पृथकतावादीहरुले निकै ठूलो हिंसात्मक प्रदर्शन समेत गरेका थिए । सन् १९८८ मा भएको हिंस्रक प्रदर्शनपछि भएको शान्ति सम्झौतामा जनमत संग्रह गर्ने कुरामा सहमति भएको थियो ।
लाइनमा राखेका कारलाई ट्रकले ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु
बेइजिङ, चीन, १८ कात्तिक । चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ । अधिकारीले आइतबार दिएको जानकारी अनुसार घाइतमध्ये १० जनालाई शरिरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घटनामा ४४ जना घाइते भएका छन् भने उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक लि फेङलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । चिनियाँ टेलिभिजन सीसीटिभीले घटनास्थलबाट लिएको श्रव्यदृष्यमा हिउँ जमेको स्थानमा केही कारहरू पेलिएर काम नलाग्ने अवस्थामा रहेको देखाइएको छ ।
श्रीलंकामा संसदको निलम्बन फुकुवा, राजनैतिक सङ्कट समाधान हुने आशा
कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदमाथिको निलम्बन फुकुवा गरिदिएका छन् । यसका साथै श्रीलंकामा विद्यमान राजनैतिक संकट हाल हुने देखिएको छ । यसका साथै राष्ट्रपतिले सोमवार संसद्को बैठक समेत बोलाएको अधिकारीहरूलाई उद्धृत गर्दै पिटिआईले जनाएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अचानक पदमुक्त गरेर राष्ट्रपति निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी रहेका महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री बनाएपछि देशभरि विरोध प्रदर्शन भैरहेको छ । उता संसदका सभामुखले विक्रमसिंघेलाई नै प्रधानमन्त्रीको रूपमा मान्यता दिएपछि त्यहाँ शक्ति संघर्षको स्थिति आएको थियो । यसअघि राष्ट्रपतिले १६ नोभेम्बरसम्मका लागि संसद निलम्बन गरिएको बताएका थिए ।विक्रमसिंघेले २२५ सदस्यीय श्रीलंकाली संसदमा बहुमत साबित गर्न सक्ने बताइरहेका छन् ।
फ्रान्समा जन्मिँदैछन् हात नभएका बच्चा, सरकारले छानबिन गर्दै
पेरिस । फ्रान्समा बिना हात या विकृत हात भएका बच्चाहरू जन्मिने क्रम बढेपछि सरकारले यसप्रति गम्भीर चासो व्यक्त गरेको छ । फ्रान्सका कैयन् ठाउँहरूमा यस्तो खाले जन्मजात दोष देखा पर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । फ्रान्सको सरकारले यसबारे छानबिन भइरहेको र त्यसको नतिजा तीन महिनाभित्र आइसक्ने जनाएको छ । फ्रान्सको जनस्वास्थ्य निकायका प्रमुख फ्राँस्वाँ बोद्लानले यस कुराको पुष्टि गर्दै यस मामिलामा राष्ट्रव्यापी जाँच भैरहेको बताएका छन् । आफ्नो एउटा रेडियो अन्तर्वार्ताका क्रममा बोद्लानले यसका नातिजाहरूबारे देशवासीहरूबाट केही नलुकाइने समेत वचन दिए । गत सोमवार मात्रै स्वास्थ्य विभागले ११ नयाँ यस्ता घटनाहरूबारे थाहा पाएपछि यसबारेमा झन् चिन्ता बढेको हो । सबैभन्दा पहिले सन् २००० र २०१४ बीच स्विट्जरल्याण्डसँग जोडिएको सीमा क्षेत्रमा यस्ता केही मामिलाहरू देखा परेका थिए तर यसलाई सार्वजनिक गरिएको थिएन । गत १५ वर्षमा लगभग २५ यस्ता मामिलाहरू प्रकाशमा आएको बताइएको छ । यो सङ्ख्या उल्लेखनीय नभएपनि फ्रान्सेली मिडियामा आएपछि यो डर र बहसको विषय बन्न पुगेको छ । फ्रान्सकी स्वास्थ्यमन्त्रीले यस समस्यालाई स्वीकार गर्दै आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले वातावरणीय समस्या, गर्भवती महिलाहरूको खानपान आदि जस्ता समस्याहरूले गर्दा यस्तो भएको हुनसक्ने बताएकी छिन् । एउटी डाक्टर स्वयम् यस्तो समस्याबाट पीडित रहेको बताइएको छ । इसाबेल नाम गरेकी ती चिकित्सकले सन् २०१२ मा बायाँ हात नभएकी छोरी जन्माएकी थिइन् । उनी भन्छिन्- जसरी प्रशासनले यो मामिलालाई लिएको छ त्यसले सन्देह पैदा गरेको छ । उनले छोरीको जन्मबारे एएफपीसँग कुरा गदै यो कुनै दुःस्वप्नलाई जिउनु जस्तो रहेको बताएकी छिन् । उनले आफ्नी छोरी जन्मिएको केहीमहिना पछि पश्चिमी फ्रान्समा यस्तै समस्याबाट पीडित केही अन्य परिवार समेत फेला परेका बताइन् । उनी भन्छिन्, ‘स्वास्थ्य प्रशासनले हामीहरूको चिन्तालाई सम्बोधन गर्नुको साटो घटनालाई लुकाउने प्रयत्न गरेको थियो ।’ वंशाणुगत समस्या हुनसक्ने आशंका सन् १९५० र ६० को दशकमा विश्वभरि नै हजारौं अपाङ्ग बच्चाहरू जन्मिएको बताइन्छ । त्यस समय यस समस्यालाई थालिडोमाइड नामक एउटा औषधिका कारण उत्पन्न भएको मानिएको थियो । यस औषधिको उपयोग गर्भवती महिलामा हुने वाकवाकी जस्ता समस्याको उपचार गर्न गरिन्थ्यो । पछि उक्त औषधिलाई प्रतिबन्धित गरिएको थियो । धेरैले अहिले पनि कतिपय आमाहरूको अनुवंशिकीमै थालिडोमाइडको प्रभाव हुनसक्ने र त्यसकै कारण यस्तो हुनसक्ने आशंका गर्न थालेका छन् ।
माओवादी एम्बुसमा परेर पत्रकारसहित ३ को मृत्यु
दन्तेवाडा । भारतमा सशस्त्र जनयुद्द गरिरहेका माओवादीको एम्बुसमा परि तीन जनाको मृत्यु भएको छ । भारतीय पत्रिकाका अनुसार, नक्सलवादी प्रभावित क्षेत्र अरनपुर थानाक्षेत्रमा प्रहरी र माओवादीबीच भीडन्त भएको हो । भीडन्तका क्रममा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने एकजना पत्रकार मारिएका छन् । मारिने पत्रकार सरकारी सञ्चारमाध्यम दूरदर्शनका क्यामेरामेन भएको बताएको छ । प्राप्त जानकारी अनुसार, दन्तेवाडाको अरनपुर थानाक्षेत्र अन्तर्गत रहेको नीलबाया गाउँ नजिक प्रहरी, दूरदर्शनका पत्रकारसहित सुरक्षाकर्मीहरु गस्तीमा रहेका थिए । गस्तीमा रहेको बेला माओवादीले एक्कासी आक्रमण गरेपछि दुई जना सुरक्षाकर्मी घाइते भए पनि एकजना असईको तत्कालै मृत्यु भएको थियो । माओवादीबाट चौतर्फी घेरिएका सुरक्षाकर्मीसँगै क्यामराकर्मी समेत मारिएको पत्रिकाले उल्लेख गरेको छ । दन्तेवाडा माओवादीको मुख्य प्रभाव रहेको क्षेत्र हो । भारतीय सुरक्षाकर्मीहरुले दर्जनौ अप्रेसन चलाएपनि सरकारी अभियानले आम सर्वसाधारणलाई नै निशाना बनाएको भन्दै ठूलो संख्यामा स्थानीय जनता माओवादीलाई समर्थन गर्दै आएका छन् ।
आप्रवासी रोक्न हजारौं अमेरिकी सेना दक्षिणी सीमामा
वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई सुदृढ गर्न थप ५ हजार २ सय सेना परिचालन गर्न लागेको जनाएको छ। रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन्। यो कदमले सीमामा ठूलो संख्यामा सेना तैनाथ हुनेछन्। यसअघि नै सीमामा २ हजार नेसनल गार्ड खटिएका छन्। पेन्टागनका अनुसार सीमा क्षेत्रमा खटाइने सुरक्षा फौजसँग हातहतियार, हेलिकप्टर, उच्च प्रविधि जडान गरिएका विमान रहनेछन्। यो टोलीले सीमा सुरक्षा बललाई मद्दत गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आएका छन्। उनले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै दिनहुँ आलोचना गरिरहेका छन्। अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकएलिनानले अमेरिकी अधिकारीहरुले दक्षिणी मेक्सिकोको चियापास क्षेत्र हुँदै करिब ३ हजार ५ सय मानिस अमेरिकी सीमातर्फ अघि बढिरहेको बताए। यसबाहेक, ग्वाटेमाला र मेक्सिको सीमामा अरु करिब ३ हजार मानिस अमेरिकातर्फ प्रस्थान गर्नेगरी समूह बनाएको पनि अधिकारीहरुले बताएका छन् । म्याकएलिनानले अमेरिका–मेक्सिको सीमा क्षेत्रको पछिल्लो परिस्थितिलाई सीमा सुरक्षा तथा मानवीय सङ्कटका रुपमा हेर्न सकिने बताए। सीमा सुरक्षा एजेन्टहरुले ३ सातादेखि दिनहुँ एक हजार ९ सय जना अवैध आप्रवासीलाई पक्राउ गरिरहेको पनि उनले जानकारी दिए। सीमामा पक्राउ परेका आधाभन्दा बढी मानिस परिवारसँगै आएका तर उनीहरुले तस्करलाई प्रति व्यक्ति ७ हजार अमेरिकी डलरसम्म बुझाएको म्याकएलिननले बताए। राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लस्करमा आपराधिक समूहका सदस्य मिसिएको बताएका छन्। उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह गरेका छन्। -रासस
अफगानिस्तानमा निर्वाचन लक्षित १६६ आक्रमण, १३० बढी व्यक्ति हताहत
काबुल, कार्तिक ३ । अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा दर्जनौं व्यक्ति हताहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौं स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् । काबुल-अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा दर्जनौं व्यक्ति हताहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए । अफगानिस्तानमा शनिबार बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन सुरु भएको थियो । तालिवान आतङ्ककारी समूह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए । लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । उक्त निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए । निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए । अफगानिस्तानमा शनिबार बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन सुरु भएको थियो । तालिवान आतङ्ककारी समूह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए । लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । उक्त निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए । निर्वाचनका लागि एक करोड २० लाख व्यक्ति मतदानयोग्य मतदाता रहेका र सोमध्ये ९० लाखले मात्र आफ्नो नाम दर्ता गरेका थिए । अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ । अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स् आतङ्ककारी समूहका कारण आम निर्वाचनमा हत्या र हिंसाको अत्यन्त डरलाग्दो स्थिति रहेको पाइन्छ । यसैबीच, ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दा बढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौं स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए । तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए । -रासस
रेल दुर्घटनाः रावणको भूमिका निभाएका सिंहकोसमेत मृत्यु
बीबीसी । भारत पञ्जावको अमृतसरमा रेलले किच्दा रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहकोसमेत मृत्यु भएको छ। विगतमा सँधै रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए। साथीहरुको आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले जीवन गुमाउन पुगेको बीबीसीले जनाएको छ। रामलिलाको आफ्नो भूमिका सकिएपछि सिंह पनि रावणको पुत्ला दहन हेर्न भिडमा सामेल थिए। साथीहरुको आग्रहमा उनी मैदान झरेका थिए मञ्चबाट। तर उनको यस वर्षको रावणको भूमिका उनको जीवनकै अन्तिम अभिनय बन्न पुगेको छ। रामलिलाको मञ्च रेल पट्रिबाट २५ मिटर मात्रै टाढा बनाइएको थियो। शुक्रबार दसहराको अवसरमा ‘अमृतसर रेल वे स्टेशन’ बाट दुई किलोमिटर दुरीमा रहेको धोवीघाट मैदानमा रेलको पट्रिमै उभिएर रावणको पुत्ला दहन हेरिरहेका दर्शकहरुलाई रेलले किचेको थियो । धोपिघाटमा पुत्ला दहन हेर्न करिव दुई सय जना भेला भएका थिए। जरुवा फाटक क्रसिगको ढाको बन्द भएपनि रावण दहन राम्रोसँग हेर्न र मोबाइलमा भिडियो तथा तस्बिर खिच्न दर्शकहरु रेलको पट्रिमै उभिएका थिए। लगत्तै आएको जालन्धर-अमृतसर डिएमयु रेलले हान्दा ७० जना मृत्यु भएको थियो।
बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह !
एजेन्सी । झट्ट हेर्दा सामान्य लाग्छ । यो उल्लासपूर्ण विवाहको फोटो संग्रह लाग्छ, बुवाआमा रोइरहेका, साथीहरुले बेहुलीलाई सिंगारी रहेका, केही नर्भस भएकी बेहुली अनि होहल्ला गर्दै रमाइरहेका बालबालिकाहरु । तर नजिकबाट हेर्यो भने केही छुटेको स्पष्ट हुन्छ । जुन विवाहको फोटो संग्रह हेरिएको छ, त्यो विवाहका बेहुला केन्डल मुर्फीको ९ महिनाअघि दुर्घटनामा निधन भयो । बेलुही जेसिका प्याडगेट आफ्नो विवाह पहिरनमा एक्लै उभिएकी छन् केन्डलको समाधि स्थल नजिकै । यो घटना हो अमेरिकाको इन्डियाना राज्यको । केन्डल र जेसिकाको घर सात माइल पर थियो । उनीहरु कलेजमा पहिलो पटक भेटिएका हुन् । दुवै अमेरिकी फुटबलका ठूला फ्यान । केन्डलले नोट्री रंगशालाको सोलो टुरको बेला जेसिकालाई सरप्राइज दिए । उनले जेसिकालाई रंगशालामै विवाहका लागि प्रस्ताव गरे । अग्निनियन्त्रक केन्डलको गएको नोभेम्बरमा रक्सीले मातेका ड्राइभरले चलाएको गाडीले ठक्कर दिँदा निधन भयो । २५ वर्षकी जेसिका स्वभाविक रुपले टुटिन् । उनले केन्डललाई सम्झिँदै भनिन्, ‘उ निकै उत्कृष्ट व्यक्ति थियो । निकै माया गर्ने, अति दयालु थियो ।’ तर जेसिकाले केन्डलको निधन भए पनि पूर्व निर्धारित विवाहको मितिलाई निरश नबनाउने निर्णय गरिन् । गएको सेप्टेम्बर २९ मा विवाहको मिति थियो । जेसिका विवाहको सेतो ड्रेसमा सजिइन् । साथी तथा परिवारका सदस्य जम्मा भए । विवाहको तस्बिर खिच्नका लागि जेसिका र केन्डलले फोटोग्राफर बुक गरेका थिए । तिनै फोटोग्राफरले फोटो खिचे । जेसिकाले विवाह बारे भनिन्, ‘म हाम्रो विवाहको दिनलाई मनाउन चाहन्थेँ, हामी भौतिक रुपमा साथमा नरहे पनि । मलाई यो दिनका सम्झनाहरु संगाल्नु थियो ।’विवाह र फोटो सुटको आइडिया जेसिकालाई तत्काल आएको थिएन । तर केन्डलको निधन भएको केही दिनपछि नै विवाहको ड्रेस बनाउन दिएको बुटिकबाट जेसिकालाई ड्रेस तयार भएको जानकारी गराउन फोन आयो । उनले भनिन्, ‘पहिलो कुरा त ड्रेसको आवश्यकता नै थिएन अब, आफ्नो मिल्ने साथीसँग विवाह गर्ने सपना टुटिसकेको थियो । तर बुवाआमाले ड्रेसका लागि पैसा तिरेकाले लिने निर्णय गरियो । त्यसपछि मात्रै यो आइडिया आएको हो ।’ जेसिकाले मात्रै होइन उनलाई थाहा नदिइ केन्डलकी आमाले पनि फोटोग्राफरसँग यो असहज विवाहको फोटो खिच्नका लागि आग्रह गरेकी थिइन् । त्यसपछि फोटोग्राफर तयार भइन् । त्यसपछिको तस्बिर एक वयश्क महिलाले आफन्त गुमाउँदाको पीडाको प्रमाण बनेको छ । जेसिकाले विवाहको फोटो सुटको दिन सम्झिइन्, ‘म रेलमा थिएँ कि मष्तिस्कमा म एक्लै उभिनेछु, बेहुला हुने छैन मसँग भन्ने विचार आइरहेका थिए । मैले बुवालाई देखेँ मन थाम्नै सकिन ।’ तर त्यहाँ शोकसँगै हाँसो पनि आयो । जेसिकाले आफूलाई सम्हालिन् र फोटो सुट गरिन् । विवाहको दिन जेसिका र उनको परिवारका लागि थेरापी जस्तै बन्यो । यो विवाह समारोहमा परिवारका सदस्य, साथीहरु र केन्डलले काम गर्ने अग्निनियन्त्रण विभागका साथी कर्मचारीहरु थिए । जेसिकाको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिरले आफूलाई केन्डलसँग थप नजिक बनाएको जेसिकालाई महसुस भएको छ । उनी भन्छिन्, ‘म अहिले उसलाई देख्न सक्छु, साँच्चै भन्दा उ मेरो मुटुमा छ ।’ जेसिकाका तस्बिर म्याण्डी केनिपले खिचेकी हुन् । देशसञ्चारबाट
हिप्पीले छोडेर गएका २० वर्षे पुराना सवारीसाधन विस्थापित हुँदै
असोज २४ । अमेरिकामा सन् १९६० को दशकमा स्थापित सामाजिक र राजनीतिक मान्यताभन्दा भिन्न उदार जीवनशैली भएको ‘हिपी अभियान’ सुरु भयो । भियतनाम युद्धको विरोधसँग त्यसको परोक्ष सम्बन्ध भएको बताइन्छ । तर त्यस अभियानमा सहभागी भएका र त्यस्तो जीवनशैली अनुशरण गरेका व्यक्तिहरू प्रत्यक्षरूपमा राजनीतिमा भने संलग्न हुँदैनथे । बिस्तारै ‘हिपी अभियान’ युरोपतिर फैलियो । लामो केश, फरक पहिरन, गाढा रङको प्रयोग र उन्मुक्त जीवनशैली उनीहरूको परिचय जस्तै बन्यो । उनीहरू समूह बनाएर देशविदेश पनि घुम्थे । युरोपबाट काबुल र दिल्ली हुँदै सन् १९६० र १९७० को दशकमा उनीहरू नेपाल पनि आएका थिए । उनीहरूले प्रयोग गरेको बाटोलाई ‘हिपी ट्रेल’ भनिन्थ्यो। भारत र नेपालमा उनीहरूलाई ‘हिप्पी’ भनेर चिनियो । त्यसरी नेपाल आउँदा धेरै हिप्पीहरूले जर्मनीमा निर्मित ‘मर्सिडिज बेन्ज’ प्रयोग गरेका थिए । केहीले त्यस्ता मिनीबस यहीं छोडेर गए। ती मिनीबस यात्रुवाहक सवारीसाधनका रूपमा धेरै वर्ष काठमाडौं उपत्यकाका सडकमा गुडे । तर, सरकारले २० वर्ष पुगेका सवारीसाधनलाई सार्वजनिक यातायातका रूपमा प्रयोग नगर्ने नीति ल्याएपछि हिप्पीको इतिहाससँग जोडिएका गाडीहरू त्यत्तिकै थन्किएका छन् । बीबीसीबाट
ट्रम्पलाई ठूलो झड्का, सुरक्षा समूहबाट अचानक निकी हेलीले दिइन् राजीनामा
एजेन्सी । संयुक्त राष्ट्रसंघ (यूएन) का अमरिकी राजदूत निकी हेलीले आकस्मीक राजीनामा दिएकी छन् । उनले मंगलबार अचानक राजनीमा दिएकी हुन् । अमेरिकाका सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको राजीनामा स्वीकार गरेका छन् । हेलीले मंगलबार मात्रै राजीनामाको घोषणा गरेकी हुन्। ट्रम्पलाई हेलीले राजीनामा बुझाएकी हुन्। हेलीको राजीनामा स्वीकृत भएको ट्रम्पले जानकारी दिएका छन्। उनले सन् २०१८ को अन्त्यसम्ममा हेलीले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजूतका रूपमा काम गर्ने र त्यसपछि पदबाट हट्ने बताएका छन्। ट्रम्पले निकी हेलीसँग फेरि काम गर्न चाहेको बताएका छन्। उनले हेलीलाई मनपर्ने कामको जिम्मेवारी दिने पनि बताएका छन्। ट्रम्पले हेलीलार्इ सन् २०१७ जनवरीमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका थिए। हेलीको राजीनामा ट्रम्प प्रशासनसँगको खटपटका कारण आएको बीबीसीले जनाएकाे छ। रूस र अमेरिका सम्बन्धबारे केही समय पहिले सार्वजनिक भएको हेलीको प्रतिक्रियालाई ह्वाइट हाउसका अधिकारीले भ्रमकाे खेती भनेर प्रतिक्रिया दिएका थिए। साथै ह्वाइट हाउसले हेलीको भनाइलाई अस्वीका गरेको थियो। ट्रम्पले दिएको उक्त जिम्मेवारीका लागि हेलीले धन्यवाद दिएकी छन्। उनले आफूलाई उक्त पद दिएर सम्मानित गरेको बताएकी छन् । उनले आगामी निर्वाचनमा पनि ट्रम्पलाई सहयोग गर्ने वाचा गरेकी छन्। तर हेली अब अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने लक्ष्यमा रहेकी आंकलन पनि गरिन थालेको छ।

