सुनको खानी खन्दा ढिस्को खसेर ३० जनाको मृत्यु
काबुल । अफगानिस्तानको बदखशान प्रान्तमा ठूलो दुर्घटना भएको छ ।
राज्यको कोहिस्तान जिल्लामा एउटा सुनको खानीमा फसेर तीस जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनमा ७ जना घाइते छन ।
आज बिहान ११ बजे दुर्घटना घटेको थियो ।
राज्य गभर्नरका प्रवक्ता नेक मोहम्मद नजारीका अनुसार, केही मानिसहरुले सुनको खोजीमा नदीमुनि ६० मीटरको गहिरो खाडल खनेका थिए । यही क्रममा भित्ता स्खलन हुँदा पुग्दा सबै मानिस भित्रै च्यापिए । नजारीका अनुसार, उनीहरुले खाडल खन्न मशिनको प्रयोग गरेका थिए । तर के कति कारण भित्ता स्खलन भयो भन्ने कुरा थाहा हुन सकेको छैन ।
प्रवक्ताका अनुसार, उक्त खनन गर्नेहरु पेशेवेर थिएनन । दशकौंदेखि उक्त क्षेत्रका बासिन्दाले यही काम गर्दै आएका छन् । । यो काममा सरकारको कुनै नियन्त्रण छैन ।
सरकारले उद्धार टोली घटनास्थलमा पपठाएको छ । पदखशान अफिगानिस्तानको सीमा क्षेत्रमा रहेको छ । यहाँबाट पाकिस्तान ताजिकिस्तान र चीनको सीमा शुरु हुन्छ ।
ट्रम्पद्वारा संकटकाल घाेषणा गर्ने धम्की
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नभए अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन्। मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पले पहिलेदेखि कोष स्थापना गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्। पर्खाल लगाउनको लागि कोष स्थापना गर्न डेमोक्रेट्स विधायकहरू तयार नभएपछि ट्रम्पले शुक्रबार यस्तो चेतावनी दिएका हुन्। ‘हो मैले भनेँ’, ट्रम्पले पत्रकारहरूसँग भने, ‘यस्तो होला जस्तो लाग्दैन मलाई। तर मैले तयारीचाहिँ गरेको छु।’ ट्रम्पले गरेका वाचामध्ये एक महत्वाकांक्षी योजनाको रूपमा मेक्सिकोको सीमामा पर्खाल लगाउने पनि एक हो। यो योजनालाई डेमोक्र्याट विधायकले साथ दिएका छैनन्। यस्तैमा उनले संकटकाल घोषणा गर्ने चेतावनी दिएका हुन्। ट्रम्पले पर्खाल लगाउन चाहिने कोषका लागि भन्दै ५ अर्ब डलरभन्दा बढी अमेरिकी डलर छुट्याउन प्रस्ताव गर्दै आएका छन्। सीमा पर्खालका निम्ति कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले स्पष्ट पारेका छन्। मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ। गत डिसेम्बर २२ तारिखदेखि ८ लाख संघीय कर्मचारीले तलब पाएका छैनन्। सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि आफ्नै निकटस्थबाट आलोचित बनेका अमेरिकी राष्ट्रपतिलाई पछिल्लो तयारीले झनै दबाव सिर्जना गरेको छ।
जर्मनीमा साईबर हमलाले निम्त्यायाे तनाव, बचाऊ गर्दै सरकार
काठमाडौं । जर्मनीको साइबर सेक्युरिटी अथोरिटीले आफ्नो देशमा भएको साइबर हमलाका विषयमा आफ्नो बचाउ गरेको छ । साइबर हमलामा जर्मनीका सयौं नेताको निजी जानकारी सार्वजनिक भएको थियो । घटनाको चौतर्फी आलोचना भएपछि सेक्युरिटी अटोरिटीले यसबारे आफूलाई पूर्वजानकारी नभएको भन्दै बचाउ गरेको हो । यद्यपी विश्लेषकहरुले भने साइबर हमला हुनेबारे पहिले नै जानकारी पाए पनि सेक्युरिटी अथोरिटीले प्रहरीलाई जानकारी नगराएको भन्दै ब्यापक आलोचना गरेका छन् । जर्मनीमा हालै भएको साईबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयौं नेता, पत्रकार तथा कार्यकर्ताको निजी जानकारी इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो । गत डिसेम्बरमै भएको साइबर हमलाबारे जर्मनीले शुक्रबार मात्रै जानकारी पाएको थियो । साइबर हमलाका पछाडि कसको हात छ भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)
ट्रम्पले मोदीको खिल्ली किन उडाए ?
नयाँ दिल्ली, पुस १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा योजनाको खिल्ली उदाएका छन् । मोदीले अफगानिस्तानमा निर्माणाधीन पुस्तकालयलाई रकम उपलब्ध गराउने कुरा गरेपछि ट्रम्पले त्यसको प्रतिक्रियामा “मोदीको पुस्तकालयको प्रयोग पो कसले गर्छ?” भन्दै खिल्ली उडाएका हुन् । भारतीय अधिकारीहरूले अफगानिस्तानलाई मानवीय सहायता उपलब्ध गराउने कुरामा भारत स्पष्ट रहेको बताएका छन् । उनीहरूले भारत र अफगानिस्तानको विकास साझेदारीको उदेश्य अफगानी जनताको कल्याण र उनीहरूको जीवनस्तरमा सुधार गर्नु बताएका छन् । मोदीले अफगानिस्तानमा पुस्तकालयमा लगानी गरिराखेको भन्ने कुरामा अमेरिकी राष्ट्रपतिले भने ठट्याइलो पाराले प्रतिक्रिया दिएका छन् । ट्रम्पले अमेरिकाले वैदेशिक सहयोग कम गर्ने बताइरहँदा उनले एउटा पत्रकार सम्मेलनमा उनले अमेरिकाले गर्ने अर्बौं डलरको सहयोगका सामु अन्य देशको लगानी थोरै भएको समेत टिप्पणी गरे । ट्रम्पले मोदीले आफूलाई पटक पटक भारतले अफगानिस्तानमा पुस्तकालय निर्माण गरेको भने पनि त्यो पुस्तकालय अफगानिस्तान जस्तो देशमा कसले प्रयोग गर्ला भन्ने आफूले सोच्ने बताए । साथै ट्रम्पले भारत, पाकिस्तान र रुसलाई अफगानिस्तानको सुरक्षाको जिम्मा लिन समेत आग्रह गरेका थिए । एजेन्सी
सुरु भयो ट्रम्पको अग्निपरीक्षाको घडी
वासिङ्टन, पुस १९ । क्रिसमस र नयाँ वर्षको विदाका कारण रोकिएको अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि सुचारु हुँदैछ । हाल अमेरिकी सरकारको कम आंशिक रूपमा बन्द अवस्थामा रहेको छ र विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण ट्रम्पले यस पटक निकै अप्ठ्याराहरूको समना गर्ने पक्का-पक्की भइसकेको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याट्सहरूको बहुमत भएपछि सभामुखमा चयन हुने सम्भावना रहेकी न्यान्सी पोलेसी प्रखर ट्रम्पविरोधी डेमोक्र्याट प्रवक्ता हुन् । उनले ट्रम्पका नीतिहरूलाई अवश्य पनि सहजीकरण गर्नेवाला छैनन् । क्यालिफोर्निया राज्यबाट डेमोक्रयाटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसकेकी छन् । अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लिकन पार्टीले बहुमत गुमाएको थियो । विगत आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लीकन पार्टीको बहुमत थियो । तर, बिहीबार ट्रम्पको एक दलीय सत्ताको अन्त्य हुँदैछ । राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा अप्रत्यासित विजय हासिल गरेपछि विलखबन्दमा परेका डेमोक्र्याटहरु अहिले उत्साहित भएका छन् । अमेरिकी राष्ट्रपतिले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको ठम्याइ छ । तर, अब डेमोक्र्याटको हातमा नयाँ शक्ति प्राप्त भएको छ जसले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने सम्भावना छ । संसदका संसदीय समितिको अध्यक्षता गर्ने सम्भावना रहेका व्यक्तिहरुले राष्ट्रपतिका सम्बन्धमा अरु धेरैवटा अनुसन्धान शुरु गरिने बताउनुभएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुससँगको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेका रोबर्ट मुलरको पहिल्यै चेपुवामा परेका राष्ट्रपतिमाथि संसदीय छानबिनले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गर्नेछ । अमेरिकी सदनको आजको कारवाहीमा डेमोक्र्याट सांसदहरूको प्रमुख एजेण्डा नै विनियोजन विधेयक पास गराउनु हुनेछ । यसो भएको खण्डमा उक्त विधेयकलाई प्रमाणीकरण गर्ने वा नगर्ने भन्ने कुरा राष्ट्रपतिको हातमा जानेछ । मेक्सिकोको सीमानामा पर्खाल लगाउन रकम नछुट्याउन्जेल बजेट नै पारित नगर्ने ट्रम्पको अडान रहेको पृष्ठभूमिमा सरकारको कामकाज ठप्प हुनुमा राष्ट्रपति नै जिम्मेवार देखिने छन् । स्पष्ट रूपमा हेर्दा २०१६ मा अप्रत्याशित विजय प्राप्त गरेका ट्रम्प पहिलो पटक संसदीय अप्ठ्यारोमा परेका छन् । रासस र एजेन्सीहरूको सहयोगमा
सडक दुर्घटनामा ४ को मृत्यु
नयाँ दिल्ली, पुस १९ । भारतको झारखण्ड राज्यमा बिहीबार बिहानै भएको सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ । घटनामा ७ जना घाइते भएको त्यहाँको रहरीले जनाएको छ । घाइतेहरूमा ३ जनाको अवस्था गम्भीर बताइएको छ । मलामी बोकेर गइरहेको जीपलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटना देवघर-सारठ सडकमा भएको प्रहरीले जनाएको छ । एजेन्सी
खुल्ने भयो सृष्टिको रहस्य; नासाको यान पहिलोपल्ट अन्तरिक्ष बाहिर
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेंसी नासाको महत्वाकांक्षी अन्तरिक्ष यान ‘न्यू होराइजन्स’ ब्रह्माण्डको सीमा बाहिर पुगिसकेको बताइएको छ । एक जनवरीका दिन नेपाली समय अनुसार बिहान ११ बजेर १८ मिनेटमा उक्त यानले सौरमंडलको बाहिरी भाग ‘कुइपर बेल्ट’मा स्थित अल्टिमा थुले नामक आकाशीय पिण्डको छेउबाट सकुशल बाहिर निस्केको नसाले बताएको छ । यान उक्त समय पृथ्वीबाट ६.५ अर्ब किलोमिटर टाढा पुगेको र त्यसले पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क स्थापित गरेको समेत बताइएको छ । यानले त्यहाबाट केही तस्बिरहरू समेत पठाएको बताइएको छ । न्यु होराइजन्सले अन्तरिक्षको पल्लो कुनाबाट पठाएको रेडियो सन्देश स्पेनको म्याड्रिडमा राखिएका नासाका विशेष एन्टेनाहरूले समातेका थिए । यस रेडियो संदेशलाई अल्टिमाबाट पृथ्वीसम्म पुग्न ६ घण्टा ८ मिनेट लागेको बताइएको छ । संकेत प्राप्त हुनासाथ जोन्स होपकिन्स विश्वविद्यालयको प्रयोगशालामा उत्सव मनाइएको थियो । के हो कुइपर बेल्ट? सौर मंडलमा सूर्यको प्रकाश नगण्य मात्रामा मात्र पुग्ने भागलाई कुइपर बेल्ट भन्ने गरिन्छ । यम ग्रह यसै क्षेत्रमा पर्दछ । यो क्षेत्रमा रहेका आकाशीय पिण्डहरू जमेको अवस्थामा रहेका छन् । यस क्षेत्रमा अर्बौंको सङ्ख्यामा ससाना पिण्डहरू रहेको बताइन्छ । साह्रै कम तापमान रहेको यस क्षेत्रमा सूर्यको प्रकाश नगण्य मात्रामा पुग्ने हुँदा रासायनिक प्रतिक्रिया समेत नगण्य मात्रामै हुने वैज्ञानिकहरू बताउँछन् । वैज्ञानिकहरूका अनुसार यी पिण्डहरूमा रासायनिक अभिक्रिया नभएकाले तत्वहरू आफ्नो मूल रुपमा नै रहेका छन् । यसबाट उनीहरूलाई तत्वहरूको आरम्भिक स्थितिबारे पत्ता लाग्नेछ । अन्तरिक्षमा मह विष्फोट अर्थात बिगब्याङको आकाशीय परिघट्ना हुनु पहिले तत्वहरूको अवस्था केकस्तो थियो भन्ने कुरा त्यहाँ अवस्थित तत्वहरूको अध्ययनबाट थाहा हुनसक्ने वैज्ञानिकहरू बताउँछन् । सृष्टिको रहस्य खुल्ने सम्भावना यस परियोजनासँग जोडिएका भारतीय वैज्ञानिक श्याम भास्करनका अनुसार अल्टिमा थुलेको खोजले सौर्यमण्डलको उत्पत्तिका रहस्य खोल्नेछ । सौर्य मण्डल बाहिर पुगेको यो नै पहिलो अन्तरिक्ष मिसन भएको बताइन्छ । अल्टिमा थूले ल्याटिन भाषाको एउटा उखान हो । यसको अर्थ संसारले थाहा नपाएको कुरा भन्ने हुन्छ । वैज्ञानिकहरूका अनुसार सौर्रीमण्डलका आठ ग्रहहरूभन्दा पर रहेको विराट र अत्यधिक चिसो स्थानमा नै साढे चार अर्ब वर्ष अगाडि सौर्यमण्डल लगायत पृथ्वीको सृष्टि कसरी भयो भन्ने कुराको रहस्य लुकेको छ । यस मिसनले सेप्टेम्बर २०२० मा अर्को तस्बिर पठाउनेछ ।
हाजिर गर्दा ‘यस सर’, ‘यस म्याडम’ भन्न नपाइने नियम ल्याइयो
काठमाडौं – कक्षा शुरु हुनु अघि शिक्षकले विद्यार्थीको हाजिर गर्दा अपनाउने तरिकामा परिवर्तन गर्दै भारतको गुजताराका विद्यालयहरुमा नयाँ विधि अपनाईएको छ । सन् २०१९ को पहिलो दिन देखिनै गुजरातका विद्यार्थीले हाजिर बोलाउँदा जय हिन्द अथवा जय भारत भन्नु पर्ने ब्यवस्था गरिएको हो । गत सोमबार प्राथमिक शिक्षा निर्देशालय र गुजरात माध्यमिक एवं उच्चतर माध्यमिक शिक्षा बोर्डले उक्त विधि अपनाउन निर्देशन दिएसँगै विद्यालयहरुमा हाजिरीको नयाँ तरिका शुरु भएको छ । बालबालिकामा बच्चै देखि देश भक्तिको भावना पैदा गर्न हाजिरीमा नयाँ तरिका अपनाईएको उक्त निर्देशनमा उल्लेख छ । कक्षा १ देखि १२ सम्मका विद्यार्थीले उक्त विधि अपनाउन सूचना जारी गरिएको बीबीसीले जनाएको छ । यस अघि विद्यार्थीले ‘एस सर’, ‘एस मिस’ वा ‘प्रजेण्ट सर’, ‘प्रजेण्ट मिस’ भन्दै आएका थिए ।
सम्राट अकिहितोले गरे अन्तिम सम्बोधन
टोकियो, पुस १८ । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौँ शुभचिन्तकसामू अम्बोधन गरेका हुन् । बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा उनका ७२ हजार भन्दा बढी शुभचिन्तक सम्राट अकिहितो करिब दुई शताब्दीयता यस प्रकार पदत्याग गर्ने नै पहिलो जापानी सम्राट हुन् । उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन् । ‘तपाईहरुसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशी छु’ जापानी झण्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भने । रासस
किन ठप्प भयो अमेरिकी सरकारको कामकाज ?
वासिङ्गटन डिसी, पुस १८ । संयुक्त राज्य अमेरिकामा सरकारको कामकाज फेरि आंशिक रूपमा ठप भएको छ । मेक्सिकोको सीमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको योजनालाई धन उपलब्ध गराउने विधेयक पारित हुन नसक्दा सरकारकै कामकाज ठप्प भएको हो । यसैबीच डेमोक्रेट सांसदहरूले आंशिक रूपमा ठप्प अवस्थामा रहेको संघीय सरकारको कामकाज सुचारु गर्न योजना बनाएका छन् । यस अन्तर्गत बिहिबार त्यहाँको हाउस अफ रिप्रेजेंटेटिभमा विनियोजन विधेयकमा चर्चा एवं मतदान गरिने छ । तर यस विधेयकको भविष्य भने अझै अनिश्चित नै रहेको छ किन भने यसमा मेक्सिकोको सीमानामा बनाइने पर्खालका लागि खर्च छुट्याउने कुरा उल्ल्केख छैन । जबकी राष्ट्रपति ट्रम्पले भने अवैध अप्रवासनमा रोक लगाउन उक्त निर्माणका लागि रकम छुट्याउन माग गरिरहेका छन् । अप्ठ्यारोमा पर्खालको योजना सीमानामा पर्खाल बनाउन बजेटको व्यवस्था गर्न नकारेकोमा डेमोक्रेट सांसदहरूप्रति कटाक्ष गर्दै ट्रम्पले भने, “वहाँहरूबाट यस्तै विधेयकको अपेक्षा गर्न सकिन्छ जसमा सीमा सुरक्षा अर्थात पर्खालका लागि बाहेक अरु प्रत्येक शिर्षकका लागि रकम छुट्याइएको हुनेछ । तर पर्खालका लागि रकम नछुट्याइएको खण्डमा यो विधेयकका सारा प्रावधान अर्थहीन छन् ।” नयाँ वर्षको विदाका कारण बन्द रहेको संसद्को दुवै सदनको कामकाज बिहिबार देखि सुचारु हुनेछ । संसदमा देखिएको गतिरोधका कारण ट्रम्पले फ्लोरिडा गोल्फ रिसोर्टमा विदा मनाउने कार्यक्रम रद्द गरेर व्हाइट हाउसमै नयाँ वर्ष मनाए । डेमोक्रेटहरूले पर्खालको लागि रकमको व्यवस्था गर्न अस्वीकार गरेपछि ट्रम्पले व्यापक खर्च सम्बन्धी प्याकेजमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । यसले गर्दा क्रिसमस र नयाँ वर्षको विदाको दौरान संघीय सरकारको कामकाज ठप्प भएको ठियो । अमेरिकी सांसदको यो गतिरोध राष्ट्रपति ट्रम्प र डेमोक्रेटहरूबीच शक्ति परीक्षणको विषय बनिसकेको छ । नोभेम्बर महिनामा भएको मध्यावधि निर्वाचन पछि त्यहाँको प्रतिनिधि सभामा डेमोक्रेटहरूको बहुमत भैसकेको छ । अहिले रिपब्लिकन राष्ट्रपति र डेमोक्रेट्सबीच मेक्सिकोको सीमानामा बनाइने भनिएको पर्खाल मुख्य मुद्दाको रूपमा देखिएको छ । दुई पार्टीबीचको पैंठाजोरी डेमोक्रेट सांसदहरू बिहिबार जसरी भए पनि खर्च सम्बन्धी विधेयक पारित गराएर ट्रम्पको कोर्टमा बल फाल्न चाहन्छन् तर यस विधेयकमा पर्खालको भने उल्लेख हुने छैन । उनीहरूका अनुसार सिनेटले यो विधेयक पास गरिसकेपछि राष्ट्रपतिले यसमा तुरन्त हस्ताक्षर गरेर सरकारको कामकाज सुचारु गरिदिनु पर्छ तर राष्ट्रपतिले भने पर्खाललाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । उनी यसको मूल्य चुकाएर कुनै अर्को विधेयकमा हस्ताक्षर गर्ने मनस्थितिमा छैनन् । डेमोक्रेटहरूका अनुसार पर्खाल निर्माणको योजनाले आप्रवासनको समस्या झनै जटिल हुनेछ र ट्रम्पका लागि देशको रुढीग्रस्त क्षेत्रमा आफ्नो राजनैतिक पकड बनाउन मद्दत गर्नेछ । ट्रम्पले चुनाव प्रचारको क्रममा पर्खाल निर्माणको कुरालाई जोरशोरले उठाउने गरेका थिए । यदि सिनेटले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्न इन्कार गरेको खण्डमा डेमोक्रेट्सलाई राष्ट्रपतिमाथि आरोप लगाउने अवसर प्राप्त हुनेछ । एजेन्सी
ससुरालीमा स्वागत नगरेको भन्दै ज्वाईंले चलाए गोली, छ जनाको मृत्यु
बैङ्कक। थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन्। नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो। ससुराले आफूलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन्। चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्षाएका थिए। अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। “पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्, ती मध्ये एक जना उनैका नौ वर्षको छोरा र छ वर्षकी छोरी पनि रहेका छन्” एक प्रहरी अधिकारीले भने। श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाइ छ। मारिनेमा अरु दुई जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन्। ती दुई जनाको नाता भने खुलाइएको छैन। थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भएको बताइएको छ। (रासस/एएफपी)
नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका ६ जनाको मृत्यु
बैङ्कक, पौष १७ । थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्षाएका थिए । अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । ‘पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्, ती मध्ये एक जना उनैका नौ वर्षको छोरा र छ वर्षकी छोरी पनि रहेका छन्’ एक प्रहरी अधिकारीले भने । श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ । मारिनेमा अरु दुई जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन । थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भएको बताइएको छ । एजेन्सी
दाउमा ट्रम्पको प्रतिष्ठा, डेम्रोक्र्याट्सले मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट पारित गर्न नदिने
वासिङटन, पुस १७ । संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ । राष्ट्रपति ट्रम्पका लागि “प्रतिष्ठाको विषय” बनेको सीमा पर्खालको बजेट पारित नभए के होला ? राष्ट्रपति ट्रम्पले भनेका छन्, “बरु सरकारी कार्यालयहरु बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुट्याउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।” अमेरिकी कङ्ग्रेसका दुबै सदनमा केही वर्षदेखि बहुमतमा रहेको रिपब्लीकन पार्टीको प्रभाव खस्केको छ । खासगरी, अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा गत नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लीकन पार्टीले बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका कैयौं महत्वाकाँक्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित भइसकेको छ । विपक्षीको विश्वास आर्जन नगर्दासम्म ट्रम्पका आगामी दिनहरु फलामका चिउरा चपाउनु सरह हुनेछ । हाल बन्द अवस्थामा रहेका सरकारी कार्यालयहरुको बजेट व्यवस्थाका लागि नवनिर्वाचित डेमोक्राट्सले सोमबार दुईवटा विधेयक अगाडि सारेका छन् । यो बजेट पारित भएमा हजारौं सङ्घीय कर्मचारीहरु काममा फर्कन पाउनेछन् । कङ्ग्रेसको बहुमत सहितको नयाँ सत्र प्रारम्भ हुनासाथ उक्त बजेट पारित गर्ने योजना डेमोक्राट्सको छ । डेमोक्राट्सले हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गरेयता पहिलो कार्यसूचीका रुपमा बजेट विधेयकको अनुमोदन रहेको छ । रिपब्लीकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले बजेट विधेयकलाई पारित गर्ने वा नगर्ने भन्ने बारेमा अन्यौल कायमै छ । खासगरी, रिपब्लीकन पार्टीभित्रै बजेटका बारेजमा मतैक्य हुन सकेको छैन । सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलका प्रवक्ता डोनाल्ड स्टेवार्टले राष्ट्रपति ट्रम्पको समर्थन बेगर सिनेट रिपब्लिकनले कुनै कार्यबाही नगर्ने बताए । “कुरा प्रस्टै छः राष्ट्रपतिले हस्ताक्षर नगर्ने किसिमको कुनै पनि कुरा सिनेटले राष्ट्रपतिकहाँ पठाउने छैन,” स्टेवार्टले भने । साङ्केतिक नै भएपनि तल्लो सदनले विधेयक पारित गरेमा त्यसले राष्ट्रपतिमाथि थप दबाब सिर्जना गर्नेछ । यस्तै, ट्रम्प प्रशासनका अधिकारीहरुले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कुनै हतार नगरेको बताएका छन् । नाम बताउन नचाहने एक अधिकारीको भनाइमा राष्ट्रपति ट्रम्पको विश्वासमा सीमा पर्खालका बारेमा जनमत आफ्नो पक्षमा रहेको छ । ट्रम्पले सप्ताहान्तमा एकपछि अर्को ट्वीटमा डेमोक्राट्सहरु वार्तामा आउनुको विकल्प नरहेको बताए उनुभएको छ । सोमबार ट्रम्पले गरेको ट्वीटमा भनिएको छ, “सिमेन्ट र गिटीको पर्खाल बनाउनुको विकल्प छैन । मैले पर्खाल बनाउने प्रस्ताव त्यागेको छैन । सीमा सुरक्षासँग सम्बन्धित केही विज्ञले वारपार देखिने किसिमको पर्खाल उपयुक्त हुने प्रस्ताव गरेपनि मेरो धारणा बलियो सिमेन्टको पर्खाल नै हो ।” राष्ट्रपति ट्रम्पले सोमबार फक्स च्यानललाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “म डेमोक्राट्ससँग मध्यस्थता गर्न तयार, इच्छुक र सक्षम छु । तर, मैले पर्खाल नै चाहिन्छ भन्नेमा जोड दिइआएको छु । हामीसँग बलियो सीमा सुरक्षा चाहिन्छ र सीमा सुरक्षामा पर्खालको ठूलो महत्व छ ।” बजेट पारित नहुँदा अमेरिकी सङ्घीय कार्यालयहरु डिसेम्बर २२ देखि आंशिक बन्द भएका हुन् । रासस
नक्कली प्रमाणपत्रधारी ३ विमान चालकसहित ५० कर्मचारी बर्खास्त
इस्लामावाद, पुस १७ । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको सोमबार जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उनको भनाई छ । एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए । रासस
बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको पार्टी भारी बहुमतसहित विजयी
काठमाडौं । बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग भारी बहुमतसहित विजयी भएको छ । अवामी लिगले ३५० संसदीय मध्ये २८१ सिटमा जित हासिल गरेको छ । योसंगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल भएकी छिन् । बंगलादेशको इतिहासमा निरन्तर तेस्रो कार्यकाल कोही पनि प्रधानमन्त्री बनेका छैनन् । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गर्दै निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेको छ । विपक्षीको पार्टीले जम्मा ७ सिट जितेको छ । मतदानका क्रममा विभिन्न जिल्लामा हिंसात्मक घटना भएका थिए । उक्त घटनामा सत्ताधारी र विपक्षीका गरी १७ जनाको ज्यान गएको थियो । प्रमुख विपक्षी दलकी नेतृत्व बेगम खालिदा जिया जेलमै भएका बेलामा निर्वाचन भएको हो । हसिना सन् २००९ देखि सत्तामा छिन् ।
नाइजेरियाका पूर्व राष्ट्रपति शागरीको निधन
अबुजा, पुष १४ । नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले एक वक्तव्य प्रकाशन गरी पूर्व राष्ट्रपतिको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । सेनाका पूर्व जनरल एवं हालका राष्ट्रपति बुहारीले सन् १९८३ मा शागरीको सरकार विरुद्ध सत्ताविद्रोह गरेका थिए । राष्ट्रपति बुहारीले शासन सत्तामा नरहे पनि शागरीप्रति आम जनताले उच्च सम्मान व्यक्त गरेको बताएका छन् । शागरीको राष्ट्रपतित्वकालमा तेलको मूल्यमा सन् १९८० को प्रारम्भमै भारी गिरावट आएका कारण मुलुकको आर्थिक स्थिति कमजोर बनेको थियो । साथै, अव्यवस्था चरम सीमामा पुगेको तथा राष्ट्रको ऋण बढेको थियो । मुलुकको आर्थिक परिस्थिति कमजोर भएपनि उनको दलले सन् १९८३ को चुनावमा अभूतपूर्व विजय हासिल गरेको थियो । तर, विपक्षी दलहरुले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका थिए । त्यही वर्षको डिसेम्बर ३१ मा बुहारीले शागरीको सरकार विरुद्ध सत्ता विद्रोह गरेका थिए । शागरीमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो । तर, भ्रष्टाचारको आरोपबाट मुक्त भएपनि उनी राजनीतिमा पुनः फर्केनन् । जीवनको उत्तराद्र्धमा उनले राजनीतिबाट सन्यास लिएका थिए ।

