भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आजदेखि लागू
वासिङ्टन, वैशाख १५ । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो ।
संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला (पीडीभीएसए) वा भेनेजुएला सरकारको ५० प्रतिशतभन्दा बढी लगानी रहेका कुनै पनि निकायबाट तेल आयात गर्नेहरुमाथि कार्यबाही गर्नेछ । राष्ट्रपति मदुरोलाई विस्थापित गरी विपक्षी नेता हुँवा गुएइदोलाई राष्ट्रपतिमा स्थापित गर्ने अमेरिकी ट्रम्प प्रशासनले स्पष्ट गरिसकेको छ । विपक्षी नेता गुएइदोलाई अमेरिका, युरोपेली मुलुकहरु सहित अधिकांश दक्षिण अमेरिकी देशहरुको समर्थन छ ।
सङ्कट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्तराज्य अमेरिका निकासी गरिरहेको थियो । अमेरिका नै भेनेजुएलाको सबैभन्दा ठूलो तेलको ग्राहक मुलुक हो ।
आइतबारदेखि प्रतिबन्ध लागू हुने भएपनि संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको तेल व्यापारमा केही महिनादेखि तिब्र रुपमा कमी आइसकेको छ, अन्तर्राष्ट्रि कानुनका विज्ञ मारिआनो डी अल्बाले बताए । तर पनि प्रतिबन्धको असर भेनेजुएलाको अर्थतन्त्रमा पर्नेछ । भेनेजुएलासँग तेलको कारोबार गर्ने अरु कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ ।
ऊर्जा खपतमा अग्रणी मानिएको भारत सन् २०१७ मा तेस्रो ठूलो आयातकर्ता मुलुक हो । पहिलो र दोस्रो स्थानमा संयुक्तराज्य अमेरिका र चीन रहेका छन् । तर भारतीय कम्पनीहरुले अमेरिकी प्रतिबन्धसँगै तेल खरिदमा कमी गर्न थालिसकेका छन् । मदुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन् ।
इरानबाट तेल खरिद गर्न रोकिएसँगै विश्व बजारमा तेलको मूल्यवृद्धि हुन थालिसकेको छ । भेनेजुएलाको लडखडाएको अर्थतन्त्रमा तेल नै जीवनरक्षक हो । भेनेजुएलाको कूल निर्यातको झण्डै ९६ प्रतिशत तेल निकासीबाट आम्दानी हुने गर्दछ । एजेन्सी
श्रीलंका बम बिस्फोटः मृत्यु हुनेको संख्यामा संशोधन, मृतकको संख्या १०० घट्यो
एजेन्सी । श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइ दिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई सय ५३ छ । श्रीलङ्काको राजधानी कोलोम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकर्ताले होटल र चर्चलाई निशाना बनाएका थिए । यो बिस्फोटमा सयौं घाइते भएका थिए । बिस्फोटमा मृत्यु हुनेमा धेरैजसो श्रीलङ्काली नागरिक थिए साथै थुप्रै विदेशी नागरिकको पनि मृत्यु भएको थियो । जम्माजम्मी ९ बिस्फोट भएको थियो र पुलिसले थुप्रैलाई हिरासतमा लिएका छन् । पुलिसले घटनामा संलग्न ९ जनाको तस्बिर सार्वजनिक गरेको छ । ९ मध्ये आठ हमलाकर्ताको पहिचान श्रीलङ्काली नागरिकको रुपमा भएको छ । सरकारले उक्त हमलामा इस्लामिक स्टेटको हात छ कि भनेर अनुसन्धान गरिरहेको छ ।
श्रीलंकामा फेरि बम विस्फोट
कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च र बाट्टिकोलोवास्थित चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ । बिस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलङ्काली रहेको पाइएको छ । –सिन्ह्वा
पहिलोपटक किमले भेटे पुटिनलाई, अमेरिकालाई एक्ल्याउने रणनीति
मस्को, अमेरिकासँग सम्बन्धमा कुनै सुधार नआएपछि उत्तर कोरियाली राष्ट्रपति किम जोङ ईल मस्को पुगेका छन् । अमेरिकी एकल ध्रुवीय विश्व राजनीतिमा फरक धारको अनौपचारिक नेतृत्व गर्दै आएको रुससँग सम्बन्ध बिस्तार गर्न किम मस्को पुगेको जनाइएको छ । आफ्नै नीजि रेलमा हिजो बुधबार रुस पुगेका किमले आज रुसी राष्ट्रपति पुटिनसँग भेट गरेका छन् । यो किमको पुटिनसँग पहिलो भेट हो । द्विपक्षीय भेटका अवसरमा किमले उत्तर कोरिया र रुसबीचको द्विपक्षीय सम्बन्धले कोरियन प्रायद्विपको समस्या हल गर्न मद्दत गर्ने बताए । भेटका अवसरमा पुटिनले उत्तर कोरियाको सर्वोच्च शासक भएकोमा बधाई दिँदै यो भेटले दुई देशबीचको सम्बन्धमा थप विकास गर्ने र कोरियन प्रायद्विपको समस्या हल गर्न समेत यसले सहयोग पुर्याउने बताए । यसका साथै अमेरिकासँग कोरियाले शान्तिका लागि गरिरहेको प्रयासको समेत उनले सराहना गरे । I’m very happy to have you in Russia. Our colleagues have agreed about it a long time ago. First of all, I’d love to congratulate you with being elected on a high role — as a head of DPRK. I sent you a letter, but I’m happy to congratulate you with this now in person. I’d like to say that last year we celebrated 70 years of diplomatic ties between our countries. I’m sure your visit to Russia will also help to develop our bilateral relations and will help us to understand the ways we can help to settle the situation on the Korean Peninsula, what can be done together, what Russia can do to support the positive processes that are taking their place now. We welcome your efforts on developing inter-Korean dialogue and your efforts on normalizing the US-North Korean relations. And of course, in terms of bilateral agenda, we need to achieve a lot to develop trade and economic ties and humanitarian ties भेटपछि मिडियासँग कुरा गर्दै कोरियाली नेता किमले रुसी राष्ट्रपतिसँगको वार्ता निकै लाभदायी हुने विश्वास व्यक्त गरे । व्यस्त समयका वावजूद पनि समय दिएकोमा पुटिनलाई धन्यवाद दिँदै किमले रुस र कोरियाबीचको ऐतिहासिक सम्बन्धलाई अझै उचाईमा लैजान यो बैठकले निकै महत्वपूर्ण योगदान पुर्याउने उनले बताए । I have already congratulated you through a letter in the previous year, but I would like to congratulate you on this opportunity once again for taking up the duty of leading the great Russian people in last year’s presidential election and for passionately working now. I think it will be a meeting that will be very beneficial to constructively developing our two nation’s relations which boasts a long history and tradition of friendship into one that is more firm and whole. अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाएकै बेला यो भ्रमणले कोरियाले अन्तर्राष्ट्रिय समर्थन खोज्न थालेको टिप्पणी गरिएको छ । आणविक अस्त्रको चरम विकास गरेको कोरिया र अमेरिकाबीच दुईपटक शीर्ष वार्ता भएपनि शान्तिपूर्ण निकास निस्केको छैन । अमेरिकाले कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न दबाब दिएपनि कोरियाले भने अमेरिकाले समेत सोही बमोजिम अघि बढनुपर्ने अडान लिँदै आएको छ । कोरियाले परमाणु अस्त्र परीक्षण गरेपछि उसमाथि झनै प्रतिबन्ध लगाइएको छ । यसले गर्दा कोरियाको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ । अहिले पुटनसँगको भेटघाटका पछाडि रुसबाट विगत जस्तो सहयोगको अपेक्षा कोरियाले गरेको हुनसक्ने अपेक्षा गरिएको छ । यद्यपी रुसले खुलेर कोरियालाई सहयोग गर्ने अवस्था भने छैन ।
आन्दोलनकारीलाई वार्तामा आउन सुडानी सैनिक सरकारको आह्वान
खर्तुम, बैशाख १२ । सुडानको शासन सत्ता लिएको सैनिक परिषद्ले आन्दोलनकारीहरुलाई वार्तामा आउन बुधबार आह्वान गरेको छ। नागरिक सरकारको माग गर्दै आन्दोलनकारीहरुले लगातार आन्दोलन गर्ने घोषणा गरेपछि सैनिक परिषद्ले वार्ताका लागि आह्वान गरेको हो। आन्दोलनरत स्वतन्त्रता र परिवर्तनका लागि गठबन्धनका नेताहरुलाई वार्ताका लागि राष्ट्रपति निवासमा सैनिक परिषद्ले आमन्त्रण गर्दछु, परिषद्का तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ। विपक्षी तथा आन्दोलनकारीका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सिधै सैनिक परिषद्का प्रमुख अब्देल फत्ताह अल बुर्हानसँग वार्ता गर्ने तयारी गरेको जानकारी दिएका छन्। विपक्षी नेता ओमर एल डिगेरले भने, हामी सिधै सैन्य परिषद्का प्रमुखसँग वार्ता गर्ने तयारी गरेका छौँ, आशा छ, वार्ताबाट निकास निस्कने छ। यही अप्रिल ११ मा तत्कालीन राष्ट्रपतिलाई अपदस्त गरी सैनिक नेतृत्वले सत्ता हातमा लिएपछि सुडानमा आन्दोलन थप चर्किंदै गएको छ। उनीहरुले अहिलेको सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने माग गर्दै आएका छन्। उनीहरुको आन्दोलनप्रति देशी–विदेशी विभिन्न क्षेत्रबाट सहयोग र समर्थन बढ्दै गएपछि सैनिक शासकहरुले वार्ताका लागि तत्परता देखाएका हुन्। रासस Sudan AFP_1FV5R0
धर्म प्रचारमा गैरसरकारी संस्था आईएनजिओ
काठमाडौं, बैशाख ०७ । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) किन आउँछन् ? सोझो उत्तर हुन्छ– विकास परियोजना सञ्चालन गर्न, समाजसेवा गर्न र नागरिकलाई सशक्तीकरण गर्न। उनीहरुको परियोजना प्रस्तावमा पनि विकास नै लेखिएको हुन्छ। तर यस्ता संस्था विकासका नाममा क्रिस्चियन धर्म प्रचारमा सक्रिय छन्। राज्यको कानुनले धर्म प्रचार र परिवर्तन कार्य अपराध ठहर्याएको छ। त्यस्तो कार्य गराउनेमाथि कडा कसुरको व्यवस्था छ। तर कानुनविपरीत गतिविधि गर्ने यस्ता संस्थालाई राज्य संयन्त्रले नै संरक्षण दिएको छ। फिडा इन्टरनेसनलले समाजकल्याण परिषद्मा सन् २०१५ देखि २०२० सम्मका लागि परियोजना प्रस्ताव स्वीकृत गर्यो। संस्थाले ओखलढुंगा, चितवन, सर्लाही, धनुषा, महोत्तरी, काभ्रे, बाँके, रुकुम, रोल्पालाई कार्य क्षेत्र बनाएको छ। पाँच वर्षमा २४ करोड ८७ लाख ९२ हजार खर्च गर्ने प्रस्ताव छ। उक्त परियोजनाको मध्यावधि मूंल्याकन रिपोर्टमा संस्थाले विकास कार्यसँगै क्रिस्चियन धर्म प्रचार गरेको पाइएको हो। ओखलढुंगा र सर्लाही जिल्लामा फिडाले क्रिस्चियन धर्म प्रचार गरेको रिपोर्टमा उल्लेख छ। बाह्य विज्ञका रूपमा कार्यक्रम मूल्यांकनको नेतृत्वकर्ता प्रा।डा। तत्व तिमिल्सनाले अन्नपूर्णसँग भने, ‘उक्त संस्थाको धर्म प्रचार गरेको पाएपछि हामीले छुट्टै टोली बनाएर छानबिन गर्न सुझाव दिएका थियौं। तर, कार्यान्वयन भएन।’ कतिपय ठाउँमा बाइबल स्कुलसमेत उसले चलाएको उनले बताए। उक्त संस्थाको दाता साझेदार पनि क्रिस्चियन संस्था नै छन्। कार्यक्रम स्वीकृत गर्ने निकाय भने धर्म प्रचार गर्ने गरी कुनै पनि निकायलाई अनुमति नदिएको बताउँछन्। ‘कुनै पनि आईएनजीओको जनरल एग्रिमेन्ट समाजकल्याण मन्त्रालयले गर्ने हुँदा परिषद्ले परियोजनाको स्वीकृत मात्रै गर्ने र अन्तिम स्वीकृति पनि मन्त्रालयले नै गर्ने गर्दछ। कागजमा धर्म प्रचार गर्ने कुरा देखिन्न। नियन्त्रण गर्ने हाम्रो मात्रै जिम्मेवारी होइन’, समाजकल्याण परिषद् अन्तर्राष्ट्रिय सम्झौता शाखाका उपनिर्देशक दुर्गा भट्टराईले भने। राज्यका अन्य संयन्त्र पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए। केही आइएनजिओ परिषद्को साटो अर्थ मन्त्रालयबाटै सीधै स्वीकृत गरेर पनि काम गर्न सक्छन्। ‘हामीकहाँ स्वीकृतिका लागि आए पनि हुन्छ नआए पनि हुन्छ। त्यस्तो खुकुलोपनको फाइदा आइएनजीओले उठाएका हुन्’, भट्टराईले भने। डान चर्चले भूकम्पपछि राहत, पुनस्र्थापना, तरकारीखेती र खानेपानीको क्षेत्रमा काम गरिरहेको छ। चार जिल्लाबाट सुरु गरिरहेको संस्थाको कार्यक्रम नौ जिल्लासम्म पुगेको छ। ८१ करोड लागतको परियोजना चलाएको उक्त संस्थाले राहत कार्यक्रम पनि चर्चमा बोलाएर दिने गरेको डा। तिमिल्सनाले बताए। ‘राहत र पुनस्र्थापना निश्चित क्रिस्चियन सम्प्रदायका लागि लक्षित छ। त्यसो गर्न मिल्दैन। उसका गतिविधि सीधै धर्म परिवर्तनसँग जोडिएको छ’, उनले भने। गत वर्ष महालेखाले मर्सी मिसन हिमालय र टियर फन्डजस्ता संस्थाले क्रिस्चियन धर्म प्रचार गरिहेको पाएको थियो। मर्सी तालिम केन्द्रले परियोजना स्वीकृतिका लागि पेस गरेको प्रारम्भिक प्रस्तावमा चर्चसँग आबद्ध युवालाई ग्रामीण तथा हिमालय क्षेत्रमा परिचालन गर्न प्रशिक्षित गर्ने, बाइबलकोे ज्ञान फैलाउने तथा स्थानीय चर्चमा नेतृत्व विकास गर्ने, हिमाली जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा अल्पकालीन मोबाइल बाइबल तालिम सञ्चालन गरी प्रशिक्षक तयार गर्ने मुख्य थिए। मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले परिषद्को साटो बाहिरबाटै स्वीकृति लिई क्रिस्चियन धर्म प्रचार गरिरहेका हुन्। उक्त संस्थाको २०७१/७२ को प्रगति प्रतिवेदनमा ६ महिने बाइबल तालिमबाट १० जना दीक्षित भएको, घुम्ती बाइबल तालिमबाट तीन सय पास्चरलाई तालिम दिएको उल्लेख छ। संस्थाले तीन जिल्लाका सीमान्तकृत समूहको क्षमता अभिवृद्धि गर्न २०१३ जुन १४ मा परिषद्सँग पाँच करोड २३ लाख ७० हजार रुपैयाँको परियोजना सम्झौता गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा दर्ता भई विदेशी दातामार्फत चल्ने केही एनजीओले पनि क्रिस्चिनय धर्म प्रचार गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी प्रलोभनमा परेर यस्ता गतिविधि सञ्चालन गर्ने अनुमति दिएका छन्। त्यस्ता संस्था कति छन् राज्यका निकाय नै बेखर छन्। ‘एनजिओको खातामा सीधै दाताले पैसा हाल्ने र धर्म प्रचारको मुख्य उदेश्य पूरा गर्न पनि सफल देखिन्छ’, उपनिर्देशक भट्टराईले भने। नेपाल बाइबल सोसाइटी ललितपुर जिल्ला प्रशासन कार्यालयमा ०६३ मा दर्ता भएको थियो। संस्थाको विधानमा बाइबल प्रकाशन गरी वितरण गर्ने उल्लेख छ। संस्थाले परिषद्सँग आबद्धता खोज्यो। तर परिषद्ले गृह मन्त्रालयलाई पत्राचार गरेको छ। स्वीकृत दिने कि नदिने भन्ने विषयमा गृहबाट कुनै जबाफ नआएको परिषद् स्रोतले बतायो। टिच नेपाल संस्थामा जागिर खान क्रिस्चियन नै बन्नुपर्ने थाहा पाएपछि आबद्धता खारेज गरिएको परिषद्ले जनाएको छ। एनजीओको नियन्त्रण प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बाट हुनुपर्नेमा उनीहरु गैरजिम्मेवार बनेको परिषद्का कर्मचारी बताउँछन्। अनुगमन भएका परियाजनाको अनुगमन मूल्यांकन प्रतिवेदन परीक्षणबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता भई कार्य गरिरहेको हिमालयन बाइबल अध्ययन प्रतिष्ठानले इसाई धमार्वलम्बी युवायुवतीलाई मात्रै लक्षित गरी कम्प्युटर तथा सिलाइ–बुनाइ तालिम र व्यवसाय तथा रोजगारमलूक कार्यक्रम सञ्चालन गरेको पाइएको हो। जेहोभाको विटन सेसासोइटीले क्रिस्चियन धर्मावलम्बीको आध्यात्मिक र सामाजिक शिक्षाको व्यवस्था र प्रवद्र्धन गर्ने उद्देश्यका साथ ११ जिल्लाका १५ सहर र स्थानीय तहका १९ वडामा जमिन खरिदसमेत गरी २६ करोड ४३ लाख ४२ हजारको योजना सञ्चालन गरेको पाइएको छ। नेपाल क्रिस्चियन बाल शिक्षा संगीत संस्थाले बालबालिकालाई बाइबल शिक्षा दिने, शिक्षक तयार गर्नै आत्मिक विकासको निमित्त बाइबल तालिम, गाष्ेठी र सेमिनार आयोजनामा ५६ लाख ९ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा छ। धर्म, सम्प्रदाय विशेषलाई केन्द्रित गरी सञ्चालन भएको गतिविधिबाट सामाजिक सद्भावमा पर्ने असरलाई मनन गरी परियोजना सम्झौता तथा नवीकरण नगर्न परिषद्लाई महालेखाले सुझाएको छ। निश्चित वर्ग र धर्म प्रचारमा केन्द्रित धार्मिक तथा सांस्कृतिक सद्भाव असर पर्ने प्रकृतिको वैदेशिक सहायता स्वीकृत नगर्न र सहायताको पूर्ण उपभोग गर्दै खर्च रकम समयमा सोधभर्ना गर्न महालेखाले भनेको छ। मल्लकालमै क्रिस्चियन धर्म प्रचार नेपालमा मल्लकालदेखि नै क्रिस्चियन धर्म प्रचार हुन थालेको पाइन्छ। लोकतन्त्र स्थापनापछि भने यसले व्यापकता पाएको छ। भूकम्पपछि अझ क्रिस्चियन संस्थाले राहत र पुनस्र्थापनका नाउँमा धर्म परिवर्तन तथा प्रचार कार्य व्यापक बनाएको विभिन्न अध्ययनले देखाएका छन्। इयान गिब्सनद्वारा लिखित ‘सफरिङ एन्ड होप’ पुस्तकमा सरकारले ०४६ सालअघि मिसनरी संगठनलाई धर्म प्रचारको शंका लागेर देशनिकाला गरेको उल्लेख गरेका छन्। रणजित मल्लको पालामा क्यापुचिन पादरीहरूले पहिलोपटक भक्तपुरमा धर्म परिवर्तनको सुरुवात गराएको पुस्तकमा उल्लेख छ । युनाइटेड मिसन टु नेपाललगायत संस्था लामो समयदेखि धर्म प्रचार र परिवर्तन कार्यमा सक्रिय रहेको उनको पुस्तकले औंल्याएको छ। अक्सफोर्ड विश्वविद्यालयबाट मानवशास्त्र विषयमा तयार पारेको उनको विद्यावारिधि शोध प्रबन्धमा नेपालमा विगत र वर्तमानमा भइरहेका धर्म परिर्वतनबारे विश्लेषण छ। यस्तै सरकारले सन् १९७८ मा समर इन्स्टिच्युट अफ लिंग्विस्टिकमा आबद्ध विदेशीलाई देशनिकाला गरिएको थियो। तर त्यसमा आबद्ध विदेशी वैज्ञानिकले नेपालका विभिन्न भाषा सिकेर बाइबल रूपान्तरण गरेको पुस्तकमा उल्लेख छ । खम्पा विद्रोह र अमेरिकी जासुसी संस्था सीआईएसँग उनीहरूको साँठगाठ रहेको आरोपमा चीनको समेत अनुरोधमा नेपाल सरकारले देशनिकाला गरेको मानवशास्त्री सौभाग्य शाहको ‘दि गोस्पेल कम्स टु हिन्दु किङ्डम’ शीर्षकमा लेखिएको छ। उनले व्यक्तिवाद हाबी, परिवारको बेवास्ता र नैतिकता गुम्दै गएपछि मानिस इसाई धर्मतर्फ आकर्षित हुने लेखेका छन्। २०४६ सालको परिवर्तनपछि ‘गरिब’ र ‘अप्ठ्यारो’ मा परेका नेपालीलाई लक्षित गरी धर्म परिवर्तनका गतिविधि ह्वात्तै बढेको पाइन्छ । यो क्रम ६२÷६३ को परिवर्तन र नेपाल धर्मनिरपेक्ष राज्य घोषणासँगै झन् बढेको उनले उल्लेख गरेका छन्। १२ वैशाख ०७२ को महाभूकम्पको त्रासदीलाई त इसाईहरूले आफ्ना लागि अवसरका रूपमा लिएको पाइएको छ । त्यसयता धर्म परिवर्तनको कार्यलाई तीव्र बनाउँदै भूकम्पपीडितलाई आफ्नो मुख्य ‘टार्गेट गु्ररुप’ बनाएको पनि उनले पुस्तकमा भनेका छन्। क्रिस्चियनसँग सम्बिन्धत आईएनजीओ र एनजीओले धादिङ, मकवानपुर, नुवाकोटलगायत तामाङ, जनजाति र दलित समुदायका मानिसलाई आफ्नो जालोमा पार्दै गएको पनि पुस्तकमा छ। गम्भीर अपराध कर्म मौलिक हकअन्तर्गतको संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकमा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन र अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता रहने भनिएको छ। दफा ३ मा संविधान प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकता प्रतिकूल हुने र सार्वजनिक शान्ति गर्ने क्रियाकलाप गर्न गराउन साथै कसैको धर्म परिर्वतन गराउन र अरूको धर्मलाई खलल पार्ने कार्य कानुनबमोजिम दण्डनीय हुने व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता २०७४ धर्म परिवर्तन गराउन नहुने र कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्नेलाई दुरुत्साहन दिनु हुँदैन। कसैले जात जाति वा सप्रदायमा सनातनदेखि चलिआएको धर्म मत आस्थालाई खलल पार्ने कुनै पनि काम वा व्यवहार गर्न वा खलल हुने गरी प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्म परिवर्तन गराउन नियतले धर्म प्रचार गर्न नपाइने भनेको छ। उपदफा १ र २ बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिबानाको व्यवस्था छ। यस्तो कसुरमा विदेशी व्यक्ति भएमा कैद भुक्तान गरेको सात दिनभित्र नेपालबाटै बाहिर पठाउनुपर्ने प्रावधान छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
झुक्किएर भाजपाकाे चिन्हमा भाेट गरेपछि अाफ्नै अाैंला काटे पवनले
भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्न सकिन्छ। उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन्। मतदान गरिसकेपछि प्रत्येक मतदाताको चोरऔंलामा सजिलै मेट्न नसकिने मसीको चिन्ह लगाइदिने गरिन्छ। भारतीय निर्वाचनको दोस्रो चरणमा ६१.१२ प्रतिशत मत खस्यो भारतीय चुनावमा नेपालीको सक्रियता किन मतदान पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए। भारतको आम निर्वाचनमा बिहीवार दोस्रो चरणको मतदान भएको थियो। “म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ,” पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ। सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो। उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ। भारतको निर्वाचनमा पार्टीको चुनाव चिन्हको ठूलो अर्थ रहन्छ। धेरै भागमा साक्षरता दर कम रहेको उक्त देशमा चुनाव चिन्हका कारण पार्टी चिन्न मतदातालाई सहज हुने गर्छ। भारतमा थुप्रै क्षेत्रीय पार्टी र गठबन्धनहरू पनि छन् जसले गर्दा मतदानका बेला मतदाता अन्योलमा पर्ने सम्भावना रहने गर्छ। पवन कुमार दलित भनिने समुदायका सदस्य हुन् जुन समुदाय बहुजन समाज पार्टीको महत्त्वपूर्ण भोट ब्याङ्क मानिन्छ। बिहीवारको मतदानलाई भारतका शक्तिशाली क्षेत्रीय पार्टीहरूका लागि महत्त्वपूर्ण हुने ठानिएको छ, जुन पार्टीहरूले आआफ्नो राज्यमा स्थानीय राजनीतिलाई आफ्नो पकडमा राखेका छन् र तिनका नेता चर्चित स्थानीय राजनीतिज्ञहरू छन्। भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ। यो निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या ९० करोड छ र यही कारणले पनि यो निर्वाचन संसारको सबैभन्दा ठूलो निर्वाचन हो। -बिबिसीबाट
लिबियाका प्रधानमन्त्रीद्वारा सहयोगको लागि अपिल
वैशाख ६ । सरकार विरोधी समूह राजधानी त्रिपोलीतर्फ अघि बढिरहँदा समेत अन्तर्राष्ट्रिय समुदाय मौन बसेको भन्दै लिबियाका प्रधानमन्त्री फैज अल सिराजले असन्तुष्टि व्यक्त गरेका छन् । सहयोगका लागि गम्भीर बन्न उनको आग्रह छ । पूर्वी क्षेत्रका कमाण्डर जेन खालिफा हफ्तार नेतृत्वको सरकार विरोधी समूहले त्रास निम्त्याएकाले सहयोग गर्न प्रधानमन्त्री सिराजले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको उल्लेख गरेको छ । हिंसात्मक गतिविधिका कारण अप्रिलयता २ सय ५ जनाको मृत्यु भएको राष्ट्रसंघको भनाई छ । मुलुकमा हिंसात्मक गतिविधि चर्किएको र सर्वसाधारणले एक्लिएको महसुस गर्न थालेको भन्दै प्रधानमन्त्री सिराजले आफ्नो मुलुकको अवस्थाप्रति गम्भीर बनिदिन अपिल गरेका हुन् । इस्लामिक स्टेट आईएसको जोखिमका कारण अन्तर्राष्ट्रिय मान्यता प्राप्त आफ्नो सरकारले शान्ति र स्थायित्व कायम गर्न नसकेको उनको भनाई छ । मुलुकको स्थितिप्रति अन्तर्राष्ट्रिय समुदाय मौन बस्दा सर्वसाधारण थकित बनेको उनको भनाई छ । सन् २०११ मा शासक मोहम्मद गद्दाफीको हत्यापछि लिवियामा हिंसात्मक गतिविधि र राजनीतिक अस्थिरता छ । बीबीसीबाट
उत्तर कोरियाले शक्तिशाली युद्धशीर्ष बोकेको नयाँ अस्त्र परीक्षण गरेको दाबी
काठमाडौं, बैशाख ०५ । उत्तर कोरियाले परबाट नियन्त्रण गर्न सकिने एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको जनाएको छ। ट्याक्टिकल गाइडिड वेपन भनिएको सो अस्त्रबारे त्यहाँको सरकारी समाचारसंस्थाले धेरै जानकारी दिएको छैन तर उसले त्यसमा शक्तिशाली युद्धशीर्ष जडान भएको उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ(अनबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा दोस्रो शिखरवार्ता असफल भएपछि उत्तर कोरियाले अस्त्र परीक्षण गरेको हो। उत्तर कोरियाले यसअघि पनि यस्तै किसिमको अस्त्र परीक्षण गरेको दाबी गरेको थियो। तर पर्यवेक्षकहरूले त्यसलाई अमेरिकामाथि दबाव सिर्जना गर्ने प्रयासका रूपमा अर्थ्याएका थिए। गत हप्ता नेता किमले अमेरिका राष्ट्रपति ट्रम्पले वार्ताका लागि सही नियतु लिएर आए थप वार्ता गर्न सकिने बताएका थिए। उत्तर कोरियाको दाबी के हो ? सरकारी समाचारसंस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार उक्त परीक्षणको निरीक्षण नेता किम आफैँले गरेका थिए। केसीएनएका अनुसार उक्त अस्त्रमा उडानलाई मार्ग निर्देशन गर्ने विशिष्ट विधि छ। उसले यो परीक्षणमा विभिन्न लक्ष्यमा विभिन्न तरिकाबाट प्रहार गरिएको जनाएको छ। परीक्षणपछि प्रतिक्रिया दिँदै किमले यो जनसेनाको युद्ध शक्ति बढाउन धेरै महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। .अमेरिका सही मनोवृत्ति लिएर आए किम वार्ताका लागि तयार .परमाणुअस्त्र त्यागे उत्तर कोरिया ठूलो शक्ति बन्न सक्छ .अमेरिकाले प्रतिबन्ध हटाओस्ः उत्तर कोरिया उक्त अस्त्रबारे खासै धेरै विवरण सार्वजनिक गरिएको छैन। यद्यपि सानो दुरीको अस्त्र भएकोले त्यसबाट संयुक्त राज्य अमेरिकालाई खतरा नरहेको विश्लेषकहरूको धारणा छ। गत वर्ष आफ्नो परमाणुक्षमता पुष्टि भइसकेको जनाउँदै प्योङ्याङले अबका दिनमा अन्य महाद्वीपमा हमला गर्न सक्ने लामो दुरीको क्षेप्यास्त्र परीक्षण नगर्ने जनाएको थियो। उत्तर कोरियाले बलिस्टिक र लामो दुरीको क्षेप्यास्त्रमा समेत अटाउने परमाणुबम बनाएको र उक्त अस्त्र अमेरिकासम्म पुग्न सक्ने दाबी गर्दै आएको छ। बिबिसिबाट साभार गरिएको हो ।
साउदीमा कम्पनी टाट पल्टँदा ३ हजार नेपाली अलपत्र
काठमाडौं, बैशाख ०४ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ । साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
३ महिनामा दादुरा संक्रमित तीन गुणाले बढे
वैशाख ३ । दादुरा सङ्त्रमितको संख्या ३ गुणाले बढेको छ । अघिल्लो वर्ष सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो ३ महिना दादुरा संक्रमितको संख्या ३ गुणाले बढेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । अफ्रिकी देशहरुमा भने दादुरा संक्रमितको संख्या नाटकीयढंगले ७ सय प्रतिशत पुगेको छ । दादुराका कारण हरेक वर्ष विश्वभर करीब १ लाख बालबालिकाको मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ । दादुराको प्रकोपले ब्राजिल, पाकिस्तान र यमनमा कम उमेरका बालबालिकाहरुको ज्यान गएको र युक्रेन, माडागास्कर, भारतमा यसका बिरामी अत्यधिक पाईएको डब्लुएचओले उल्लेख गरेको छ । गत सेप्टेम्बरयता माडागास्करमा मात्रै दादुराका कारण ८ सय जनाले ज्यान गुमाएका छन् । किर्जिस्तान, कंगो लगायत मुलुकमा पनि दादुराको प्रकोप बढेको पाईएको छ । समयमै खोप नलगाए दादुरा रोगको जोखिम बढ्ने र फोक्सो तथा मस्तिष्कमा संक्रमण देखा पर्नुका साथै गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने तर्फ विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ । खोप दिएर दादुरा रोग पूर्ण रुपमा निवारण गर्न सकिने भएपनि त्यसो हुन नसकेको राष्ट्रसंघले जनाएको छ । विशेषगरी गरिबी र जनचेतनाको अभावका कारण विकासशील मुलुकहरुमा दादुराको खोप कमै मानिसहरुले लगाउने गरेको पाईएको छ । अमेरिका र थाईल्याण्ड विश्वभरमै दादुरा खोपको बढी पहुँच भएका मुलुक हुन् । केही विकसित मुलुकमा पनि दादुराको सङक्रमण पाईएको डब्लुएचओले जनाएको छ । विशेषगरी सामाजिक सञ्जालमा आउने खोपविरुद्धका भ्रामक खबरहरुका कारण विकसित मुलुकका अभिभावकले बालबालिकालाई खोप नदिने गरेको पाईएको छ । एजेन्सी
आलिया र उनकी आमा सोनी राजदान भारतीय होइनन्’
एजेन्सी । भारतमा अहिले चुनावी माहोल छाइरहेको छ । भारतमा मात्रै नभई विश्वकै सबैभन्दा ठूलो चुनावका रुपमा यसलाई हेरिएको छ । भारतीय नागरिकहरु सामाजिक सञ्जालमार्फत मतदान गर्दा सोचविचार गरेर मात्रै मतदान गरौँ भन्ने विचार राखिरहेका छन् । यसैबीच अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले पनि उनको ट्विटर ह्याण्डलमार्फत जुनैद नामका एक भारतीय नागरिकको हत्याको मुद्दालाई ‘मोब लिञ्चिङ’ र (गाइको मासु बेचेको आरोपमा हिन्दूद्वारा मुसलमानको हत्या) को विषयसँग जोड्दै मतदान गर्नुअघि त्यस कुरालाई याद गरेर मतदान गर्न भनेकी छिन् । सोनी राजदानको यस किसिमको ट्वीटको जवाफमा अभिनेत्री पायल रोहतगीले एक भिडियो शेयर गर्दै जुनैद नामका भारतीय नागरिकको हत्याको कारणमा सोनी राजदानले दिएको जानकारी गलत रहेको बताएकी छिन् । साथै सोनी राजदान भारतीय नागरिक नभएको र उनले भारतमा घृणा फैलाइरहेको आरोप लगाएकी छिन् । पायलले भनेकी छिन्, ‘मलाई हालै मात्र थाहा भयो कि महेश भट्टकी दोस्रो श्रीमती तथा आलिया भट्टकी आमा सोनी राजदान ब्रिटिस मुसलमान हुन् । अझै सायद उनी कानुनी रुपमा भारतीय नै होइनन् । उनीसँग भारतीय नागरिकता पनि छैन । सोनी राजदान ब्रिटिस नागरिक हुन् । उनीसँग ब्रिटिस पासपोर्ट छ । अभिनेत्री आलिया भट्ट पनि ब्रिटिस नागरिक हुन् । उनीसँग पनि भारतीय नागरिकता छैन । आलियासँग पनि ब्रिटिस पासपोर्ट छ । सायद महेश भट्टकी पहिलो पत्नीले महेशलाई डिभोर्स दिएकी थिइनन् । यसै कारण महेश भट्टले इस्लाम धर्म अपनाएर सोनी राजदानसँग विवाह गरेका थिए ।’ पायलले अगाडि भनेकी छिन्, ‘ती सोनी राजदान जो कुनै पनि रुपमा भारतीय होइनन्, उनैले आफ्नो ट्विटरमार्फत निर्दोष हिन्दूहरुलाई आरोप लगाउँदै भनिरहेकी छिन् कि ‘जुनैद नामका युवकलाई ट्रेनमा सिट शेयर गर्ने बहानामा गौहत्याको आरोपमा मारिएको थियो ।’ जुनैदको मृत्यु ट्रेनमा यात्राको क्रममा भएको झगडा मै भएको थियो । उनीसँगै यात्रा गरिरहेका व्यक्तिहरुबीच सिट शेयरिङ्गकै विषयमा भएको विवादपछि भएको झगडामा उनको मृत्यु भएको थियो । गौहत्याको आरोपमा हत्या गरिएको थिएन । हाम्रो देशमा सोनी राजदानजस्ता केही व्यक्तिहरु छन्, जो भारतीय नभएर पनि भड्काउने खालका ट्वीट गर्छन् ।’ अभिनेत्री पायल रोहतगीले आलिया भट्टको नागरिकतामा सवाल उठाउँदै भनेकी छिन्, ‘सोनी राजदान र आलिया भट्ट दुबै भारतमा मतदान गर्न सक्दैनन् । तर उनैले ट्वीट गर्दै भनिरहेकी छिन कि ‘मतदान गर्दा जुनैदको बारेमा सोचौं ।’ जसको मृत्यु आपसी झगडाका क्रममा भएको थियो । तर उनी यस कुरालाई नकारात्मक कुरासँग जोडेर मतदानको क्रममा भारतीय नागरिकलाई भड्काउँदै उनीहरुको विचार परिवर्तन गर्न खोजिरहेकी छिन् ।’ पायलले सोनी राजदानको ट्वीटको कारणको विषयमा अगाडि भनेकी छिन्, ‘केही दिनअघि अमित शाहजीले भारतमा एनआरसी लागु गर्ने, त्यसपछि अवैध रुपमा बसेका मुसलमानहरुलाई भारतबाट निकाल्ने योजनाका बारेमा बताएका थिए । म यहाँनिर स्पष्ट गराउन चाहन्छु कि यो भारतीय मुसलमानका लागि होइन । मलाई गलत नबुझिदिनु होला । अवैध मुसलमान भन्नाले ती मुसलमान हुन् जो भारतीय नागरिक होइनन् । ुती मुसलमान जो कुनै दोस्रो देशका हुन् र भारत आएर अवैधानिक रुपमा बसिरहेका छन् । तिनैहरुका लागि यो कानुन लागु हुनेछ । सायद अमित शाहको यही निर्णयका कारण सोनी राजदान यस किसिमको ट्वीट गर्दै घृणा फैलाउन खोजिरहेकी छिन् । यदि एनआरसी लागु भयो भने सोनी राजदानले भारतबाट फर्किनु पर्ने हुन्छ । किनकी सोनी राजदान र उनकी छोरी आलिया भट्टसँग ब्रिटिस पासपोर्ट छ । यी बलिउडमा काम गर्नेहरु धेरै नै ज्यादा झुटा हुन्छन् । सायद सोनी राजदान महेश भट्टकी कानुनी रुपमा पत्नी नै होइनन्,’ उनले थपिन् ।
प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु
झारखण्ड, वैशाख २ । भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ । भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ । रासस
लिविया युद्द : वार्ता असफल भएलगत्तै विद्राेहीकाे आक्रमकमा २१ जनाकाे मृत्यु, नेपाली शान्ति सेना सुरक्षित
लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली सेना सुरक्षित रहेको नेपाली सेनाले जनाएकाे छ । सोमबार अपरान्ह सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गरी त्यहाँ कार्यरत २ सय ३१ जना नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देशन दिएका थिए। त्यस यता भएको संघर्षमा सोमबार अपरान्हसम्म २१ जनाको मृत्यु भइसकेको छ भने २७ जना घाइते भएका छन्। सेनाका अनुसार, विद्रोही समूह लिवियन नेसनल आर्मीले ‘नो फ्लाई जोन’ घोषणा गरेको छ। यसको अर्थ विमानस्थल विद्रोहीको कब्जामा छ। ‘तर, त्रिपोलीबाट ट्युनिसिया जाने सडकमार्ग चालु अवस्थामा नै छ’ सेनाको विज्ञप्तीमा भनिएको छ, त्यहाँ त्यहा तैनाथ युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया मिसनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिसनले सडकमार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरेको छ।’ नेपाली सेनाका अनुसार, संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन्। यद्यपी, विद्रोही समूह एलएनएले आक्रामक गतिविधि तीब्र पार्दै लगेपनि त्यहाँको सुरक्षास्थिति तनावपूर्ण बन्दै गइरहेको नेपाली सेनाले जनाएको छ।
पहिलो पटक बाबुले सन्तान देख्दाको क्षण, यस्तो छ तस्वीर
बाबुले पहिलोपटक आफ्नो सन्तान देख्दा क्यामेरामा कैद भएका दुनियाँलाई भावुक बनाउने तस्वीर, सन्तान माथि बाबुको मायाँ विश्वभरी पुग्यो चैत १४ । जुनसुकै बाबुआमाले पहिलोपटक आफ्नो सन्तानलाई देख्दाका मनोभाव सायद शब्दमा वर्णन गर्न सकिँदैन । माया, हर्ष, पूर्णता र जिम्मावारी यी सबैलाई एकैपटक महसुस गर्न सकिन्छ । यी भावलाई शब्दमा वर्णन गर्न नसकेपनि बुवाले पहिलोपटक आफ्ना सन्तानलाई देख्दाका क्षण कस्तो हुन्छ भनेर क्यामरामा कैद भएका यी तस्बिरले वर्णन गरेका छन् । सन्तानलाई जन्म दिने ‘आमा’ अनि सन्तानको प्रतीक्षामा बासिरहने ‘बाबु’बीचको भिन्नता आकाश र जमिनको जस्तै हुन्छ । धेरै बुवाले आफ्नो सन्तानलाई पहिलोपटक छुँदाको अनुभव बयान गर्ने शब्द नै नपाएको बताउँछन् । यी फोटोहरु ‘बर्थ विकम्स हर फोटो कन्टेस्ट २०१९’ का लागि दर्ता गरिएका हुन् । यी तस्बिरले जन्म लगत्तै बुवा र बच्चाबीचको सम्बन्ध दर्शाएको छ । एजेन्सी
अमेरिकाको रकल्याण्ड काउन्टीमा दादूराको महामारी, १५३ जना बिरामी फेला
काठमाडौं, चैत १३ । अमेरिकाको न्यूयोर्कस्थित रकल्याण्ड काउन्टीमा दादूराको महामारी फैलिएको छ । पछिल्लो पटक दादूराका १ सय ५३ बिरामी फेला परेपछि रकल्याण्ड काउन्टीमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । खोप नलगाएका बालबालिकालाई सो काउन्टीका सार्वजनिक स्थलमा जान ३० दिनका लागि प्रतिबन्ध लगाइएको बीबीसीले उल्लेख गरेको छ । प्रतिबन्धको उल्लंघन भए ५ सय डलर जरिवाना र ६ महिनासम्मको जेलसजाय हुनसक्ने जनाइएको छ । वासिङ्गटन, क्यालिफोर्निया, टेक्सास र ईलिनोइसमा समेत ठूलो संख्यामा दादूराका बिरामी फेला परेका छन् । सैद्धान्तिक तथा धार्मिक कारण देखाएर तथा अटिजम हुनसक्ने अफवाह फैलिएका कारण अमेरिकामा पछिल्लो समय खोप लगाउनेको संख्यामा कमी आउदा दादूराको प्रकोप बढेको हुनसक्ने अधिकारीहरु बताउँछन् । एजेन्सी

