कस्तो अचम्मः छोरा बुहारी सुत्ने कोठामा सिसी क्यामेरा, सासुको कोठामा मोनिटर

कहिलेकाहीँ अनौठो कुरा सुन्नुपर्छ विभिन्न क्षेत्रमा यस्ता कुरा थोरै मात्रामा हुने गर्छन यस्तै भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो हो कि उनका श्रीमानले घरभरी नै सिसिटिभी क्यामरा लगाएकी छिन् ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्षअघि विवाह भएको थियो । महिलाका अनुसार उनका श्रीमानले गतवर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखे । त्यसपछि महिला घर छोडेर माइती गइन् ।

महिलाका अनुसार क्यामरा मेन इन्ट्रान्स गेटमा, सासुको कोठामा, बैठकमा, उनीहरुको बेडरुममा पनि राखिएका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो । यसका साथै महिलाले उनलाई विवाहको केही दिनपछि नै दाइजोका लागि प्रताडित गर्न थालिएको जानकारी दिइन् । विवाहका बेला दाइजोको कुरै नगरेको परिवारले एकाएक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजोस्वरुप दिएको बताइन् ।

यसबारे महिलाका श्रीमानसँग सोधपुछ भयो । उनले आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जेल पठाउने धम्की दिएको र उनले त्यसैको बदला लिइरहेको श्रीमानले बताए । श्रीमानका अनुसार उनकी श्रीमती उनीसँग, उनका आमा र आफन्तसँग दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षामा सिसीटीभी क्यामरा लगाएका थिए । परेको बेला निर्दोष छु भनेर प्रमाणित गर्न सकियोस् भनेर उनले यस्तो गरेको बताए ।

महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ?’उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् । एजेन्सी

भेटियो ४० लाख पुरानो प्रजातिको सबैभन्दा सानो बाँदरको जीवाश्म

काठमाडौं, अनुसन्धानकर्ताहरुले संसारको सबैभन्दा सानो बाँदरको जीवाश्म पत्ता लगाएका छन् । यसको आकार जंगली खरायो जस्तै छ । केन्यामा ४० लाख वर्ष अघि यो प्रजातिका बाँदरहरु अस्तित्वमा रहेको मानिएको छ । केन्याको राष्ट्रिय संग्रहालय र अमेरिकाको अराकंसास विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार नैनापिथेकस ब्राउनी नामका यी बाँदरहरुको आकार आधुनिक तालपोइन बाँदर जस्तै रहेको हुनुपर्छ । आधुनिक तालपोइन बाँधर संसारमा अस्तित्वमा रहेका बाँदरको सबैभन्दा छोटो प्रजाति हो । यसको तौल दुई तीन पाउण्ड मात्रै हुने गर्दछ । शोधकर्ताहरुका अनुसार, तालपोइन गुयोन नामक बाँदर बाँदरकै समूहको हिस्सा हो । यी बाँदर अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । ह्यूमन इभोलुसन नामक पत्रिकामा प्रकाशित अध्ययनमा बाँदरको अधिकांश प्रजातिहरुको आकार नौनोपिथेकस ब्राउनीभन्दा कैयन गुणा बढी हुन्छ । तालपोइन भने पश्चिम मध्य अफ्रिकामा मात्रै रहने गर्दछन् । शोधकर्ताहरुले नौनापिथेकस ब्राउनीका जीवाश्म केन्याको पूर्वी क्षेत्र कानापोईमा पाइएका थिए ।

अमेरिकी राष्ट्रपति विरुद्ध संसदमा खेद प्रस्ताव; ट्रम्पको अभिव्यक्ति ‘रंगभेदी’ भएको आरोप

काठमाडौँ,  साउन १ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसदप्रति लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्ति ‘जातीय’ भएको भन्दै त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटि‍भ्सका सदस्यहरूले साङ्केतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन् । सांसदहरूले उक्त अभिव्यक्ति ‘रंगभेदी’ भएको र त्यस्ता अभिव्यक्ति अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै पुरानै स्थानमा फर्किन भनेका थिए । ट्रम्पले भने आफ्नो भनाइ विभेदकारी नभएको भन्दै बचाउ गर्दै आएका छन्। उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवम् घृणालाई वैधता दिएको संसदको मत छ। ट्रम्पकै पार्टीका सांसद उभिए उनको विपक्षमा   विपक्षी डेमोक्र्याटका सबै सांसदले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए। उनीहरूले सत्ताधारी रिपब्लिकन दलका समेत चार जना सांसदको समर्थन प्राप्त गरेका थिए। उक्त निन्दा प्रस्तावमा भनिएको छ: ट्रम्पका रङ्गभेदी प्रतिक्रियाले मानिसहरूको रङ्ग र नवअमेरिकीहरूमाथिको भय एवम् घृणालाई प्रश्रय दिएको छ। ट्रम्पले कसैको पनि नाम नलिए पनि पछिल्ला घटनाक्रमहरूको सन्दर्भमा उनले कसको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा प्रस्ट भएको थियो। अनवरत आलोचना ट्रम्पको भनाइको विपक्षी दलका नेताहरूले चर्को आलोचना गर्दै आएका छन्। रिपब्लिकन पार्टीका केही सदस्यहरूले मात्र टिप्पणी गरे पनि सिनेटर सुजन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन्। पछिल्लो राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिद्वन्दी रहेकी हिलरी क्लिन्टनले समेत अमेरिकाका सीमामा रहेका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यानाकर्षण गरेकाले ती सांसद्हरूमाथि आक्रमण गरिएको बताएकी छन्। ती सांसदहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका थिए। ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्। ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन्। ट्रम्पले भने उक्त भनाइको बचाउ गर्दै आफूमा विभेदकारी भावना नरहेको बताएका छन्। मतदानअघि तल्लो सदनकी सभामुख न्यान्सी प्यालोसीले ट्रम्पका भनाईलाई अपमानजनक र घृणित भनेकी थिइन्। बिबिसी  

प्रतिबन्ध चिर्दैं राष्ट्रपति किम जोङले भित्र्याए करोडौं पर्ने मर्सिडिज

काठमाडौं, उत्तर कोरियामाथि अमेरिका र उसका सहयोगी देशहरुले कडा प्रतिबन्ध लगाएका छन् । यी देशका कम्पनीहरुले कुनै पनि विलासी बस्तु (लग्जरी गुड्स) उत्तर कोरियामा निर्यात गर्न पाउँदैनन । तर अमेरिकी समाचार संस्था सिएनएनले भने कोरियाका राष्ट्रपति किम जोङले करोडौं मूल्य पर्ने मर्सिडिज बेन्ज कार भित्र्याएको सनसनीपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ । यो समाचारसँगै किम जोङ इल फेरी चर्चामा आएका छन् । किमले चढ्ने गाडीमा मर्सिडिज बेन्ज मेबैक एस ६०० पुलम्यान गार्ड र मेबेच एस ६२ रहेका छन् । विश्वका प्रख्यात नेताहरुले प्रयोग गर्ने यी गाडीको मूल्य करिब १६ लाख अमेरिकी डलर अर्थात् नेपाली १७ करोडसम्म पर्दछ । अचम्म त के छ भने किमले अमेरिकी प्रतिबन्धलाई चिर्दै यी गाडी कसरी भित्र्याए त ? रिपोर्ट भन्छ– रोटरड्यामबाट किनिएका यी गाडीहरु ६ वटा देश पार गर्दै उत्तर कोरिया पुगेका हुन । वाशिङ्गटनस्थ्ति सेन्टर फोर एडभान्स स्टडीजले ६ महिना लगाएर खोजी रिपोर्ट तयार गर्दै यी गाडीहरु कोरियाका लागि किनिएको दावी गरेको छ । रिपोर्ट अनुसार, जुन १४, २०१८ मा पनि दुई वटा मर्सिडिज मेबेक एस ६०० कोरिया ल्याइएका थिए । डेनमार्कको डच बन्दरगाहबाट यी गाडीहरु त्यहाँबाट जापान, सियोल हुँदै रुस र रुसबाट विशेष जेट विमानमार्फत कोरिया पुगेका हुन । रुसबाट उत्तर कोरिया जाने नियमित जहाजको सेड्यु्ल परिवर्तन गरी एउटा जहाज गाडी मात्रै लगेर कोरिया गएको रिपोर्टको दावी छ । यसअघि दक्षिण कोरियाली राष्ट्रपतिसँगको वार्तामा किमले यही गाडी प्रयोग गरेका थिए । रिपोर्ट अनुसार, उत्तर कोरियाले १६५ वटा यस्ता गाडी लगिसकेको छ । उता कम्पनीले भने गाडी आफूले बेच्दै आएको तर तेश्रो पक्षले ती गाडी कहाँ कसलाई बेच्छ भन्ने कुरा आफूलाई थाहा नहुने बताएको छ । गाडीको इन्जिन नम्बर हेरेपछि मात्रै आफूले केही बताउन सक्ने बताउँदै सिएनएनलाई कम्पनीले आफूले प्रतिबन्धको उल्लंघन नगरेको जनाएको छ ।

विष्फोटक भरिएको कार सोझै होटलभित्र घुसेपछि २७ को मृत्यु, ५७ घाइते

सोमालिया, दक्षिण सोमालियको एउटा होटलमा शनिवार ठूलो आतंकवादी हमला भएको छ । आत्मघाती आतंकवादीले किसमायो शहरको लोकप्रिय मेदिना होटलमा विष्फोटक भरिउको गाडी लिएर घुसेको थियो । त्यसपछि हतियारबन्द आतंककारीहरु होटलमा प्रवेस गरेर जथाभावी गोली चलाएको बताइन्छ । हमलामा मर्नेहरुको संख्या २७ भएको छ । घटनामा ५७ जना घाइते भएका छन् । हमलाको जिम्मेवारी अल शबाब नामक आतंकवादी संगठनले लिएको छ । मारिनेहरुमा कैयन विदेशी नागरिक रहेका छन् । यसमा तीन केन्याका, एकजना, क्यानाडाका एक जना, एकजना ब्रिटिश र दुई अमेरिका र तीन जना तान्जानियाका निवासी रहेका छन् । एकजना चिनियाँ नागरिक घाइते भएको बताइन्छ । घटनाको जिम्मेवारी लिने अल शबाब समूह अलकायदासँग जोडिएको एउटा समूह हो । यसअघि पनि यो संगठनले थुप्रै हमला गरिसकेको छ । प्रहरीले चारैजना हमलाकारीलाई मारेको छ ।

बस खोलामा खस्यो, २९ जनाको मृत्यु, दर्जनौं घाइते

लखनऊ, भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवे मा शनिबार बिहानै बस अनियन्त्रित भई खोलामा खस्दा २९ जनाको मृत्यु भएको छ । भास्कर दैनिकका अनुसार, घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ । घटना उत्तरप्रदेशको आगराबाट ९ किलोमिटर दूरीमा रहेको एत्मादपुरमा भएको थियो । मृतकहरुमा २८ जना पुरुष र २ जना महिला रहेका छन् । जनरथ सेवाको बस लखनउबाट दिल्लीतर्फ जाँदै गरेको थियो । बसमा ५० बढी यात्रु रहेका थिए । क्रेनको मद्दतले बसलाई खोलाबाट निकालिएको छ । तीब्र गति र चालक उँघेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

चीनमा कम्युनिष्ट पार्टीका सदस्य ९ करोड

बेइजिङ, असार १५ । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या ९ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो । पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

ट्रम्प र किमबीच आकस्मिक भेट

काठमाडौँ, असार १५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच अकस्त्मिक भेट भएको छ । दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको हो । ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो । आइतवार विहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन। ट्रम्प केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरू सहित असैनिकीकृत क्षेत्र पुगेका थिए।   त्यहाँ स्थानीय समय अनुसार अपरान्हको समयमा दुई नेताबीच छोटो भेट हुँदा आपसमा हात मिलाएका थिए। त्यसपछि दुवै सँगै उभिएर सञ्चारमाध्यम सामु उभिएका थिए। असैनिकीकृत क्षेत्रमा किमलाई भेट गर्दै उत्तर कोरियाली भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बनेका छन्। डिमिलिटराइज्ड जोन डीएमजी समेत भनिने असैनिकीकृत क्षेत्रमा सम्वाददाताहरूसँग बोल्दै ट्रम्पले भेटको क्षण वास्तवमै ऐतिहासिक भएको बताउँदै उनी दुई कोरियाबीचको “सीमा पार गर्न पाउँदा गौरवान्वित भएको” बताए। पत्रकारहरू सामु विरलै बोल्नै गरेका किमले यो भेट ट्रम्प र उनीबीचको “गजबको सम्बन्ध”को संङ्केत भएको बताए। आलोचकहरूले यसलाई विशुद्ध नाटक भनेका छन् तर अन्य केहीको बुझाइमा यो भेटले भविष्यमा थप वार्ता गर्नको लागि बाटो खोलिदिन सक्छ। उनीहरूबीचको यसअघिको भेट फलदायी भएको थिएन। बिबिसी

चीनले भन्यो, निर्यातमा नयाँ शुल्क नलगाउन अमेरिका तयार

एजेन्सी। अमेरिकी राष्‍ट्रपति डोनाल्‍ड ट्रंप शनिवार जापानको ओसाका में जी शिखर सम्मेलनमा इतर सऊदी अरबको क्राउन प्रिंस मोहम्मद बिन सलमान संग बैठक बसे । ट्रंपले मोहम्मद बिन सलमानको तारीफ गर्दै भनेकि उनी शानदार काम गरिरहेका छन्। आउ नजर राखौं, शिखर सम्मेलनको कार्यक्र, बैठक र गतिविधिको अपडेटमा ।।। हाइलाइट्स- चीनले भन्यो अमेरिका उसको निर्यातमा नयाँ शुल्क नलाउने भएको छ। यो चीनको आधिकारिक मीडियाले जानकारी दिएको हो । भारतका विदेश मंत्री एस जयशंकरले जापानका विदेश मंत्री तारो कोनो संग द्विपक्षीय कुराकानी गरेका थिए

चीनसँग वार्तापछि ट्रम्पको अप्रत्यासित ट्विट- ‘त्यहाँ किम पनि भइदिए भने…’

काठमाडौं, शनिबार बिहान चीनका राष्ट्रपतिसँग वार्ता भएपछि डोनाल्ड ट्रम्पले उत्तर कोरियाली राष्ट्रपतिसँग अप्रत्यासित वार्ता प्रस्ताव गरेका छन् । ट्विटरमा लेख्दै ट्रम्पले उत्तर कोरियाका राष्ट्रपतिलाई कोरियामैं वार्ताका लागि बोलाएका हुन । उत्तर कोरियाले भने यसलाई निकै चाखलादो सुझावका रुपमा प्रतिक्रिया दिएको छ । जी २० देशहरुको सम्मेलनका क्रममा चीनसँग वार्तालगत्तै ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा दुबै देशको सीमानामा किमलाई बोलाएका हुन । आफूले दक्षिण कोरियाका राष्ट्रपतिसँग भेटने कार्यक्रम रहेको बताउँदै ट्रम्पले त्यो अवसरमा किम पनि आइदिए जाति हुने बताएका छन् । जापानको ओशाकामा भइरहेको सम्मेलनमा दुई मिनेटका लागि भएपनि किमसँग कुरा गर्न पाए राम्रो हुने बताएका हुन । ट्रम्पको ट्विटको केही घण्टामा नै उत्तर कोरियाका प्रथम उप विदेश मन्त्री कोइ सन हुईले यसलाई चाखलाग्दो सुझाव बताएका छन् । “तर हामीले आधिकारिक प्रस्ताव पाएका छैनौं ।” उनले भनेका छन् । दक्षिण कोरियाले भने यो भेटका बारेमा कुनै कुरा निश्चित नभएको बताएका छन् ।

अमेरिकी ड्रोन खसालेको इरानको दाबी

तेहरान, असार ५ । इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन) लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना) ले जनाएको छ । इरानका मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी आरक्यु ४ ग्लोबल हक नाम गरेको जासुसी ड्रोनलाई खसालेको जनाइएको छ ।

अत्यधिक गर्मी र ‘लू’ का कारण २४ घण्टाभित्र ६६ मानिसको मृत्यु

एजेन्सी । बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् । लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए । प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारी छ । सरकारले अस्पताललाई हाई अलर्टमा राखेको छ । केन्द्रीय स्वास्थ मन्त्री डा। हर्षवर्धन गर्मीमा कमी नआएसम्म घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् । बिरामीमा १०८ डिग्रीसम्मको ज्वरो डाक्टरका अनुसार ‘लू’ बाट प्रभावितहरुमा भाइरल ज्वरो आएको थियो । मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो थियो । १०८ ज्वरो अत्यन्त खतरनाक अवस्था हो । त्यति ज्वरोको साथ अस्पताल आएका विरामी केही मिनेटमै मरेका थिए । दिउँसो २ देखि ५ बजे बीच सबैभन्दा बढी मृत्यु विरामीका उपचारमा संलग्न डाक्टर भी के प्रसादले उपचारको दौरान आफ्नो अस्पतालमा १५ मानिसको मृत्यु भएको बताए । विरामीलाई कडा ज्वारो, वान्ता आउने, टाउको दुख्ने, ज्यान दुख्नेजस्ता समस्यासहित आएका थिए । डा। प्रसादका अनुसार अधिकांश मृत्यु दिउँसो २ देखि ५ बजेबीच भयो । ५२ वर्ष यताकै उच्च तापक्रम शनिबार बिहारको तापक्रम अत्यधिक बढी थियो । यस कारण पनि लूको तीव्रता बढी छ । शनिवार पटनाको अधिकतम तापक्रम ४५।८ डिग्री थियो । यो तापमान सामान्यभन्दा ९ डिग्री बढी हो । सो दिन न्यूनतम तापक्रम पनि सामान्यभन्दा ४ डिग्री बढी रह्यो । पछिल्लो ४८ घण्टामा अधिकतम तापमानमा अधिकतम तापक्रममा ४।४ डिग्रीको वृद्धि देखियो । यो स्तरमा पटनाको अधिकतम तापक्रम दर्ता भएको सबैभन्दा उच्च तापक्रमलाई पनि उछिन्ने मार्गमा रहेको अनुमान गरिएको छ । पटनामा सन् १९६६ जुन ९ मा अहिलेसम्मकै उच्च ४६।६ डिग्री तापक्रम मापन गरिएको थियो । मृतक परिवारलाई ४ लाख सहयोग विहारका मुख्यमन्त्री नीतिश कुमारले औरङ्गाबाद, गया र नवदामा भीषण गर्मी र लूको कारण मृत्यु भएका प्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई ४–४ लाख भारु मुआव्जा दिने बाचा गरेका छन् ।

भीख मागेर अनलाइनबाटै ५५ लाख जम्मा !

काठमाडौं, जेठ ३२ । एक यरोपेली महिलाले अनलाइनमार्फत् भीख मागेर ५५ लाख ६९ हजार जम्मा गरेकी छिन् ।उक्त भीख सहयोगका लागि भन्दा पनि गलत नियत राखेर कमाएको थाह पाएपछि उनलाई संयुक्त अरब इमिरेट्स प्रहरीले दुबईमा पक्राउ गरेको छ । श्रीमानले छाडेका कारण बच्चाको लालनपालनको जिम्मा आफ्नो काँधमा रहेको जनाउँदै ती महिला सामाजिक सञ्जालमा विभिन्न प्लेटफर्ममा फोटो पोस्ट गरेर पैसा माग्थिन् । उनले फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा अनेकन एकाउन्ट खोलेर बच्चाको फोटो देखाउँदै भीख माग्ने गरेकी थिइन् । उनको यो हर्कत थाहा पाएपछि उनका श्रीमान्ले प्रहरीसमक्ष उजुरी गरेका थिए । बच्चा आफ्नै साथमा रहेको र ती महिलाले सामाजिक सञ्जालमार्फत् आफ्नो बेइज्जत गरेको लिखित उजुरी परेपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । साउदी कानुनअनुसार अनलाइनमार्फत् भीख माग्नु अपराध मानिन्छ । यो कुरा प्रमाणित भए ती महिलाले लाखौं रुपैयाँ जरिवाना तिर्नुका साथै जेल जानुपर्नेसम्म हुन सक्छ । एजेन्सी 

विमान अपहरणको धम्की दिने सल्लालाई जन्मकैद सहित पाँच करोड जरिवाना

एजेन्सी । मुम्बईका एक व्यवसायीलाई विमान अपहरणको धम्की दिने मामलामा जन्मकैदको सजाय तोकिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार विशेष एनआईए अदालतले दोषीलाई पाँच करोड भारु जरिवाना तोकेको छ । अदालतले जरिवाना राशी त्यसदिन विमानका सवार चालक दल सदस्य र यात्रीलाई बाँड्न निर्देशन दिएको छ । विशेष एनआईए न्यायाधीस जज केएम दवेले व्यवसायी बिरजू सल्लालाई यस्तो सजाय तोकेका हुन् । घटना सन् २०१७ अक्टोबर को हो जब विमानमा सवार सल्लाले अंग्रेजी र उर्दू भाषामा लेखिएको धम्कीपूर्ण युक्त पत्र जेटको मुम्बईबाट दिल्ली गइरहेको फ्लाइट संख्या ९ डब्ल्यू ३३९ को टोइलेट टिश्यू पेपर बक्समा राखिएको थियो । पक्राउपछि सल्ला भारतका यस्ता व्यक्ति बनेका छन् जसलाई ‘नेशनल नो फ्लाई लिस्ट’ मा राखिएको थियो । अर्थात्, देशभरी कुनै पनि विमानमा यात्रामाथि प्रतिबन्ध लगाइएको थियो ।

पत्रकारको मुखमा पिसाब गर्ने इन्सपेक्टर निलम्बित, हेर्नुस भिडियो

उत्तर प्रदेश । प्रेस स्वतन्त्रता र मर्यादाका बारेमा नेपालमा बहस चलिरहेको बेला भारतमा भने सनसनीपूर्ण घटना घटेको छ । भारतको उत्तर प्रदेशस्थित शामली जिल्लामा एकजना पत्रकारलाई कुटपीट र हिरासतमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरी थानेदार र कन्सटेबल निलम्बित भएका छन् । घटना शामली जिल्लाको हो । शामलीमा पटरीबाट बाहिरिएको रेल मालगाडीको समाचार रिपोर्टिङका लागि गएका एकजना पत्रकारमाथि प्रहरीले कुटपीट गरेका थिए । आरोपित जीआरपी एसएचओ राकेश कुमार र कन्सटेबल सन्जय पवारलाई निलम्बित गरिएको नवभारत टाइम्समा प्रकाशित समाचारमाउल्लेख छ । उनीहरुमाथि पत्रकार अमित शर्मामाथि दुव्र्यवहार र अमानवीय कृत्य गरेको आरोप छ। बुधबार जिल्लाका पत्रकारहरुले प्रदर्शन समेत गरेका थिए । पीडित पत्रकार अमित शर्माका अनुसार, पिटाई गरेपछि प्रहरीले उनीलाई हिरासतमा लिएर नांगो पार्दै मुखमा पिसाब फेरेका थिए । शर्माका अनुसार, सादा बर्दीमा रहेका प्रहरीले घटनास्थलमा नै उनको क्यामेरा खोसेका थिए । क्यामेरा तल खसेपछि उठाउन खोज्दा कुटपीट गरिएको थियो । करिब दुई सय मिटरसम्म पिट्दै लगेर हिरासतमा बन्दी बनाएको उनले बताए । हेर्नुस भिडियो https://everestdainik.com/wp-content/uploads/2019/06/WATCH-Shamli-GRP-personnel-thrash-a-journalist-who-was-covering-the-goods-train-derailment-1.mp4

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, १३ यात्रुकाे निधन

काठमाडौँ, जेठ २८ । भारतीय वायुसेवाको हराइरहेको विमानको भग्नावशेष प्राप्त भएको छ । चालकदलका सदस्यसहित १३ जना सवार रहेको उक्त विमान ३ जुनदेखि हराइरहेको थियो । सेनाले प्रयोग गर्ने गरेको एएन-३२ विमान क्षतिग्रस्त अवस्थामा १२ हजार फीटको उचाईमा अरुणाचल प्रदेश राज्यको पहाडी भूभागमा फेला परेको हो । अरुणाचल प्रदेशको जोराहाट एयरबेसबाट ३ जूनको दिन उडेको उक्त विमान उडेको केही समयभित्रै सम्पर्क बाहिर भएको थियो। भारतीय वायुसेनाको एमआई-१७ हेलिकप्टरमा सवार खोजीदलले उक्त दुर्घटनाग्रस्त विमान फेला पारेको बताइन्छ । उक्त विमान हराएपछि स्याटेलाइट र खोजी विमानहरूको सहयोगले खोजी कार्य सुइरु गरिएको थियो तर उक्त क्षेत्रमा घना जंगल भएकाले अपेक्षित सफलता हात नलागेको बताइएको छ ।