यी हुन् विश्वका २ सुन्दर आत्महत्या
काठमाडौं । आत्महत्या एवं आत्मदाहलाई कहिल्यै राम्रो मानिँदैन। आत्महत्याका दृश्य भयभीत गर्न किसिमका हुन्छन्। तर केही फोटोग्राफरले आत्महत्या र आत्मदाहका तस्बिरलाई यसरी कलात्मक ढंगले खिचे कि ती दृश्य मानिसको मानसपटलबाट हट्न सकेको छैन। कतिपय परखीहरू तीनै तस्बिर अहिलेसम्म देखेका आत्महत्या र आत्मदाहको सबैभन्दा आकर्षक तस्बिरसमेत मान्छन्।
सन् १०४७ मे १ तारिखमा अमेरिकाको इम्पायर स्टेट बिल्डिङबाट हाम फालेर आत्महत्या गरेकी २३ वर्षीय एभेलिन म्याकहोलेको तस्बिरलाई अहिलेसम्म सर्वाधिक राम्रो आत्महत्या मानिन्छ। बिल्डिङबाट हामफालेर आत्महतया गर्दा एभेलिना लुमोसिन गाडीमा बजारिइन्। त्यसैले गाडीको छत कुच्चियो भने उनी त्यसमाथि आनन्दपूर्व सुतेजस्तो देखियो। फोटोग्राफीको विद्यार्थी हुँदा रोबर्ट विलियमले खिचेको यो तस्बिरलाई लाइफ म्याग्जिनले विशेष प्राथमिकतामा राखेर प्रकाशित गरेको थियो।
भियतनामामा सन् १९६३ मा बौद्ध भिक्षुहरूले गरेको आत्दोलनका क्रममा खिचिएको आत्मदाहको तस्बिर पनि विश्वकै उत्कृष्ट आत्मदाह मानिन्छ। भिक्षुहरूले गरेको आन्दोलनका क्रममा एक भिक्षुले शरीरमा प्रज्वलनशील पदार्थ छर्केर ध्यान गरेको अवस्थामा गरेको आत्मदाहलाई फोटोग्राफर माल्कोम ब्रोनीले आफ्नो क्यामरामा कैद गरेका थिए। यो तस्बिरले उनलाई पत्रकारिताको सर्वोत्कृष्ट पुरस्कार पुलित्जर दिलायो भने यो तस्बिरलाई सन् १९६६ को वर्ल्ड प्रेस फोटोले वर्षकै सर्वोकृष्ट फोटोसमेत घोषित गरेको थियो।
चिनियाँ विदेशमन्त्री भारत नजाने, आइतबार नेपालपछि सोझै पाकिस्तानतर्फ
काठमाडौंः चीनका विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गर्न लागेको खबरको शुक्रबार चीनले पुष्टि गरेको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा वाङ यीले शनिबारदेखि नेपाल भ्रमण गर्न लागेको र नेपालबाट उनी पाकिस्तान जाने शुक्रबार बेइजिङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले जानकारी दिएका छन् । उनले नेपाल भ्रमणको उद्देश्यबारे केही नखुलाएपनि चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको चाँजोपाँजो मिलाउनु रहेको बुझिएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता कङले भने, ‘नेपाल र पाकिस्तानका विदेशमन्त्रीहरूको निमन्त्रणमा चिनियाँ विदेशमन्त्रीले ७ देखि १० तारिखसम्म ती देशको भ्रमण गर्नेछन्।’ पाकिस्तानका विदेशमन्त्री मोईन कुरेशीको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले सेप्टेम्बर ७ देखि १० तारिखसम्म पाकिस्तानको राजधानी इस्लामावादमा हुने चीन-अफ्गानिस्तान-पाकिस्तान विदेशीमन्त्रीस्तरीय बैठकमा भाग लिनुका साथै पाकिस्तान र नेपालको भ्रमण गर्ने प्रवक्ता कङले बताए। अफगानिस्तानको शान्ति प्रक्रियालाई लिएर इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका विदेशमन्त्रीबीच त्रिदेशीय बैठक हुनेछ। नेपाल भ्रमण सकेपछि मन्त्री वाङ यी पाकिस्तान जाने बताइएको छ।
लडाकु र प्रहरीबीच झडप : १६ को मृत्यु, ४ घाइते
अफगानिस्तान : अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँच चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षाबल र लडाकूबीच भएको झडपमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् । दर्काद जिल्लामा भएको यस झडपमा परी आठ तालिबान लडाकु मारिनुको साथै अन्य पाँच घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाल हिज्रीले सिन्ह्वा समाचार समितिलाई उक्त जानकारी दिएका छन् । यस प्रान्तको कैयौं पहाडी इलाकामा लुकेर सुरक्षित वासस्थान बनाइरहेका तालिबान लडाकू समूहले बारम्बार सुरक्षा अधिकारी लक्षित आक्रमण गर्दै आएका छन् ।
रहेनन् जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेका
जिम्बाब्व : जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको छ । उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशका प्रथम प्रधानमन्त्री बनेका थिए । पछि उनी राष्ट्रपति भए। उनी केही समयदेखि बिरामी थिए र उनको सिङ्गापुरमा उपचार हुँदै थियो । परिवारले मुगाबेको मृत्यु भएको पुष्टि गरेको छ । सन् २०१५ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो । उनले तीन दशक देशमा शासन गरेका थिए । जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन् । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो ।
भारतद्वारा रुसलाई १ अर्ब डलर ऋण दिने घोषणा, चीनलाई टक्कर दिन चेन्नईदेखि सुदूर पूर्व रुससम्म्म रेलमार्गमा सहमति
नयाँ दिल्ली । रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसलाई एक अर्ब डलर ऋण दिने घोषणा गरेका हुन । रुसको सुदूर पूर्वी शहर भ्लादिवोस्तोक पुगेका मोदीले पूर्वी रुसको विकासका लागि रुसलाई ऋण दिने घोषणा गरेका हुन । यति मात्रै नभएर मोदीले पूर्वी रुससँग भारतको सोझो व्यापारिक सम्बन्ध विकास गर्ने समेत बताए । समुन्द्री व्यापार, सामरिक र सुरक्षाका दृष्टिले भ्लादिवोस्तोक शहर निकै महत्वपूर्ण हुनसक्ने बताउँदै उनले अब चेन्नईदेखि उक्त शहरसम्म जलमार्ग सञ्चालन गर्ने समेत बताए । यो शहर चिसो मानिने साइबेरियामा रहेको छ । यसको सीमा चीन, मंगोलिया, उत्तर कोरियासँग जोडिएको छ भने यसले जापान र अमेरिकासँग पनि समुन्द्री सीमा जोडेको छ । यो क्षेत्रमा प्रभाव बढाउन चीन र अमेरिकाबीच होडबाजी चलेको बेला भारतले समेत आफूलाई अघि सारेको हो । भारतले सन् १९९२ मा नै भ्लादिवोस्तोकमा वाणिज्य दूतावास खोलेको थियो । रुस र भारत दुबै देश चेन्नई र भ्लादोविस्तोकबीच समुन्द्री लिंक निर्माणका लागि सहमत भएका छन् । यो चीनको महत्वाकांक्षी योजना वान बेल्ट वान रोड परियोजनाको जवाफ भएको केहीले टिप्पणी गरेका छन् । सुरक्षा दृष्टिकोणबाट भारतको यो नीति चीनको प्रख्यात नीति स्टिङ अफ पर्ललाई तोडन समेत सफल हुने भारतीय मिडियाले ब्याख्या गरेका छन् । भ्लोदिवोस्तोकदेखि चेन्नई आउने जहाज जापानको सागरमा दक्षिणतर्फ तैरिँदै कोरियाई प्रायद्विप, ताइवान र दक्षिण चीन सागरमा फिलिपिन्स, सिंगापुर र मलक्का जलमरु मध्यहुँदै बंगालको खाडीमा प्रवेश गर्ने छ । यसपछि अण्डमान र निकोबार हुँदै चेन्नई आइपुग्ने छ । भ्लादिवोस्तोक एउटा बन्दरगाह शहर हो । यो रुसको दक्षिण पूर्वी क्षेत्रमा गोल्डन हर्न खाडी नजिक छ । यहाँ सुदूर पूर्वको सबैभन्दा ठूलो शैक्षणिक र वैज्ञानिक केन्द्र छ । यहाँ फर इस्टर्न फेडरल युनिभर्सिटी र रुसी विज्ञान एकेडमीको शाखा समेत रहेको छ । सन १८६० मा रुस र चीनबीच भएको आइगुन सन्धीपछि जापान सागरको गोल्डन हर्न खाडीको प्रायद्विपमा रुसी सेना स्थापना गरिएको थियो । त्यसपछि यसको नाम भ्लादिवोस्तोक दिइएको हो । २० औं शताब्दीसम्म यो सानो शसर महत्वपूर्ण बन्दरगाह र नौसैनिक अड्डा बन्न पुगेको थियो । यो क्षेत्रमा तेल, प्राकृतिक ग्यास, काठ, सुन र हिरा पाइन्छ ।
शक्तिशाली समुद्री आँधी डोरिअन अमेरिका पुग्यो
काठमाडौं । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको छ। डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ। क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ। मौसमविद्हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन्। समुद्री छाल साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको छ। र, अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ। अघिल्लो दिन प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ। बहामसमा तथ्याङ्क राख्न थालिएयताकै शक्तिशाली आँधीको रूपमा सेप्टेम्बर १ तारिखमा डोरिअन प्रवेश गरेको थियो। त्यतिबेला त्यसले प्रतिघण्टा १८५ किलोमिटरको वेगसहित हावाहुरी निम्त्याएको थियो। दुई दिनसम्म त्यसले अबाको टापु र ग्र्याण्ड बहामामा असर पुर्याएको थियो। बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले उक्त समुद्री आँधीलाई ुदेशमा आएको ठूलो सङ्कटमध्ये एउटाु भएको बताएका थिए। डोरिअन आँधीका कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ। समुद्री आँधीसम्बन्धी अमेरिकी केन्द्र एनएचसीका अनुसार नर्थ क्यारोलाइनाको विल्मिङटनको ८५ किलोमिटर दक्षिणमा स्थानीय समय अनुसार साँझ ५ बजे डोरिअन पुगेको थियो र प्रतिघण्टा १० किलोटिरको वेगमा उत्तर(पूर्वतिर बढिरहेको थियो। पछिल्लो अवस्था के छ? डोरिअन स्थानीय समय अनुसार बिहीवार साँझ र शुक्रवार नर्थ क्यारोलाइनाको तटीय क्षेत्रनजिक अथवा माथि पुग्न सक्ने एनएचसीले जनाएको छ। अधिकारीहरूका अनुसार बिहीवार बिहान साउथ क्यारोलाइनको तटीय क्षेत्रनजिक पर्ने स्थानका एक लाखभन्दा बढी मानिसहरू बिजुलीविना बस्न बाध्य भएका थिए। सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा मध्य चार्ल्सटनमा बाढी आएको देखिन्छ। पूर्वी तटीय क्षेत्रतिरका २२ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ। बिबिसी नेपाली सेवाबाट साभार
अमेरिकी दूतावास नजिक बम विष्फोट, १० जनाको मृत्यु
काबुल, पछिल्ला दिनमा श्रृंखलाबद्ध आक्रमण गरिरहेको तालिबानले आज बिहानै अमरिकी दूतावास लक्षित गरि आक्रमण गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट भएको हो । स्थानीय समयअनुसार बिहान सवा दश बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ। यसअघि सोमबार राति पनि तालिबानले काबुलमा बिस्फोट गरेको थियो। उक्त बिस्फोटमा परी १६ जनाको ज्यान गएको थियो। तीमध्ये दुई जना नेपाली सुरक्षा गार्ड भएको बताइएको छ तर परराष्ट्र मन्त्रालयले त्यसको पुष्टि गरेको छैन। अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ। १८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुन लाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिएको छ। File Photo
पटखा फ्याक्ट्रीमा भयंकर विष्फोट, २१ काे मृत्यु, दर्जनाै भित्रै फसे
पञ्जाब । पञ्जाबकाे गरदासपुरमा रहेकाे िटाका फ्याक्ट्रीमा विष्फाेट हुँदा २१ जनाकाे मृत्यु भएकाे छ । अाज अपरान्ह भएकाे विष्फाेटपछि अागलागी हुँदा कैयन मानिस फ्याक्ट्रीभित्रै फसेकाे प्रहरिले जनाएको छ । गुरदासपुरकाे केबटाला क्षेत्रमा रहेकाे उक्त उद्योगमा फसेका व्यक्तिकाे उद्धार कार्य जारि रहेकाे छ । विष्फाेटकाे अावाजले अाधा किलाेमिटर क्षेत्रका घरका शीषा समेत चर्केका छन् । कैयन घरमा क्षति पुगेकाे छ ।
संकटामा बेलायती प्रधानमन्त्री, राजनीतिक बहसले लियो चर्को रूप
काठमाडौं : ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया अर्थात् ब्रेक्जिबारे लामो समयदेखि त्यहाँ जारी राजनीतिक बहसले पछिल्लो समय निकै चर्को रूप लिएको छ । युरोपेली सङ्घसँग सहमति गरेर ब्रिटेन उक्त गठबन्धनबाट बाहिरिने कि कुनै सहमतिबिना सीधै बाहिरिने भन्ने विषयमा ब्रिटेनको पछिल्लो राजनीति ध्रुवीकृत देखिन्छ । बिना कुनै सम्झौता अर्थात् अङ्ग्रेजीमा नो–डील ब्रेक्जिटको सम्भावनालाई वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले जोडदार रूपमा अघि बढाएका छन् । उनकी पूर्ववर्ती प्रधानमन्त्री टरिजा मेले ईयूसँग ब्रेक्जिटका लागि हासिल गरेको सहमति उनको पार्टी र देशको संसद्बाट समेत पटकपटक अस्वीकृत भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । बोरिस जोनसनले आगामी अक्टोबर ३१ तारिखमा जुनसुकै अवस्थामा पनि ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने अर्थात् नो–डील ब्रेक्जिटमा समेत जाने भन्दै आएका छन् । नो–डील ब्रेक्जिट भनेको के हो त? जनमत सङ्ग्रहको नतिजाअनुसार ब्रिटेनले युरोपेली सङ्घको सदस्यता परित्याग गरेर उक्त गठबन्धनबाट बाहिरिँदा ‘नो–डील’ को परिदृश्यमा ब्रिटेन र ईयू दुई पक्षबीच हालका सबै सम्बन्ध विच्छेद गरेर बहिर्गमनमा अघि बढ्ने र भावी सम्बन्धबारे कुनै पनि ठोस सहमति हुँदैन । ब्रिटेन तत्काल उक्त गठबन्धनबाट बाहिरिन्छ । रातारात ब्रिटेन एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट बाहिरिन्छ । ती प्रावधानहरू ईयूका सदस्य राष्ट्रहरूबीच जाँच र आयातकरको व्यवस्था व्यापारिक कारोबारबिना नै सहज ढङ्गले सञ्चालन हुन सकोस् भनेर स्थापना गरिएका हुन् । नो–डीलको मतलब युरोपेली अदालत र युरोपोलजस्ता ईयूका संस्थाहरूबाट तत्काल बाहिरिनु पनि हो । त्यसैगरी औषधिदेखि लिएर ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका दर्जनौँ प्रशासकीय निकायहरूको सदस्यताको पनि अन्त्य हुनेछ । यूकेले ईयूको बजेटमा पनि आफ्नो योगदान दिनु पर्नेछैन–जुन हाल वार्षिक नौ अर्ब पाउन्ड जति रहेको छ । भूतपूर्व प्रधानमन्त्री टरिजा मेको सहमति प्रस्तावअनुसार (जुन प्रस्ताव संसद्मा तीन पटकसम्म अस्वीकृत भएको थियो) ब्रेक्जिट प्रक्रियाअन्तर्गत ब्रिटेन ईयूबाट बाहिरिएपछि २१ महिनाको सङ्क्रमणकालीन अवधि कायम रहने थियो । त्यस्तो समय प्राप्त भएको भए हालको सम्बन्धको अवस्थालाई कायमै राख्दै नयाँ व्यापारिक सम्झौता गर्नका लागि दुवै पक्षलाई केही होलो हुने थियो। यो कसरी अघि बढ्छ? टरिजा मेको प्रस्ताव असफल भएपछि ब्रेक्जिटको लागि समयसीमा ३१ अक्टोबरलाई तोकिएको थियो । यो समयसीमासम्ममा बिनासहमतिको (नो–डील) ब्रेक्जिटलाई टार्नका लागि यूकेको सरकारले ब्रेक्जिटको योजनासम्बन्धी एउटा कानुन पारित गर्नुपर्छ, ईयूको तर्फबाट समय थप गरेर अर्को समयसीमा निर्धारण गर्नुपर्छ वा ब्रेक्जिटलाई नै स्थगित गर्नुपर्छ । थुप्रै राजनीतिज्ञहरू नो–डीलको विपक्षमा छन् । तिनीहरू भन्छन् त्यसबाट देशको अर्थतन्त्रमा क्षति पुग्न जानेछ र उत्तरी आइअरल्यान्ड र आइअरल्यान्ड गणतन्त्रकाबीच सीमानाका राख्नुपर्ने अवस्थाको सिर्जना हुन जानेछ । तर अन्य केही राजनीतिज्ञहरू नो–डीलको समर्थनमा छन् । उनीहरू भन्छन्–त्यस्तो ब्रेक्जिटपछि देखा पर्ने अप्ठ्याराहरूलाई छिटै हल गर्न सकिन्छ । (बीबीसी)
भारतीय सेनाद्वारा कश्मिरी जनतामाथि बर्बर अत्याचार !
भारत(प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसी समाचार सेवाले खुलासा गरेका छ । बिबिसीले सार्वजनिक गरेको समाचार यस्तो छ । बीबीसीलाई केही गाउँलेहरूले जीउमा लागेको चोट देखाएको बताए। तर बीबीसीले अधिकारीहरूसँग भने त्यस्तो आरोपको पुष्टि गर्न सकेन। भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ। अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ। दशौँ हजार सैनिकलाई अहिले उक्त क्षेत्रमा परिचालन गरिएको छ। नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ। अधिकारीहरूले मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रमा शान्तिस्थिति कायम गर्न आफ्ना कदमहरू रणनीतिक भएको बताएका छन्। भारतीय सेना पृथक्तावादी विद्रोहीसँग तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा लडिरहेको छ। के देखे बीबीसी संवाददाताले म दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँहरू घुमेँ। ती गाउँ केही वर्षयता भारतविरोधी विद्रोहको केन्द्रका रूपमा चिनिन्छन्। मैले ती गाउँका कैयौँ मानिसहरूबाट उस्तै कथा सुनेँ ( रातिराति गरिने फौजका कारबाही, कुटपिट र यातना। चिकित्सक तथा स्वास्थ्य अधिकारीहरू आफ्ना बिरामीहरूबारे पत्रकारसँग बोल्न अनिच्छुक पाइन्छन्। तर गाउँलेहरूले भने सुरक्षा फौजका कारण भएको भन्दै उनीहरूका शरीरका चोटपटक मलाई देखाए। एउटा गाउँमा मलाई त्यहाँका गाउँलेहरूले बताएअनुसार कश्मीरको हैसियत खोस्नेगरी दिल्लीले विवादास्पद निर्णय घोषणा गरेको केही घण्टामै सेना घरघरै पसेको थियो। दुई दाजुभाइले आफूहरूलाई सेनाले निद्राबाट उठाएको र बाहिर अन्य एक दर्जनजति गाउँका पुरुषलाई राखिएको ठाउँमा लगिएको बताए। अरूजस्तै उनीहरूले पनि प्रतिशोधको काम हुन सक्ने भन्दै आफ्नो पहिचान खुलाउन चाहेनन्। ूउनीहरूले हामीलाई पिटे। हामीले के गरेका छौँ भनेर सोध्यौँ। नपत्याए तपाईँ अरू गाउँलेलाई पनि सोध्न सक्नुहुन्छ भनेर पनि भन्यौँ। तर उनीहरूले हाम्रा कुनै कुरा सुन्न चाहेनन्। केवल पिटिरहे,ू एक जनाले भने। उनीहरूले मेरो शरीरको सबै भागमा पिटे। लात्ता हाने, लट्ठीले हाने, बिजुलीको झट्का लगाए र तारले पिटे। खुट्टाको पछाडिको भागमा प्रहार गरे। अचेत भएपछि बिजुलीको झट्का लगाएर ब्युँझाए। जब लट्ठीको प्रहार सहन नसकेर हामी चिच्याउँथ्यौँ, हाम्रो आवाज थुन्न उनीहरूले हाम्रा मुखमा हिलो कोचे।ू “हामी निर्दोष छौँ भनेर भन्यौँ। किन यसो गरेको भनेर सोध्यौँ। तर हाम्रो कुरा उनीहरूले सुनेनन्। मैल त ुपिट्नुको साटो बरु मारिदेऊु भनेँ। यातना सहन नसकेर मैले ईश्वरलाई मलाई लैजान पनि भनिरहेँ।” अर्का गाउँलेले सुरक्षा फौजले आफूलाई ुढुङ्गा हान्नेहरूको नाम बताउनु भनेको बताए। गत दशकमा कश्मीर उपत्यकामा भएका विरोध प्रदर्शनका क्रममा युवा तथा किशोरहरूले सुरक्षा फौजविरुद्ध ढुङ्गा हान्ने क्रम बढेको छ। उनले फौजलाई आफूले त्यस्ता कसैलाई नचिनेको बताएपछि उनलाई चस्मा, लुगा र जुत्ता खोल्न लगाइयो। “मैले लुगा फुकालेपछि तब उनीहरूले निर्दयी तरिकाले दुई घण्टासम्म लट्ठी र छडले प्रहार गरे। अचेत हुनासाथ बिजुलीको झट्का लगाएर ब्युँझाए।” “अब फेरि उनीहरूले त्यसो गरे भने म जे पनि गर्न सक्छु। बन्दुक बोक्छु। सधैँ यो सहन सक्दिनँ” उनले भने। ती युवाले आफूलाई सुरक्षा फौजले उनीहरूविरुद्ध प्रदर्शनमा भाग लिए यस्तै परिणाम बेहोर्नुपर्ने चेतावनी सबै गाउँलेलाई सुनाइदिन भनेको बताए। बीबीसीले कुरा गरेका गाउँका सबै पुरुषले सुरक्षा फौजले सम्पूर्ण गाउँलेलाई त्रसित बनाउन र प्रदर्शन गर्नबाट रोक्न यसो गरेको उनीहरूको विश्वास रहेको बताए।
डाक्टरसँग मारपीटपछि सफदरगञ्ज अस्पतालमा तनाव, अनिश्चतकालिन हडतालको घोषणा
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रहेको सफदरगञ्ज अस्पतालमा अनिश्चितकालका लागि सेवा बन्दको घोषणा गरिएको छ । आम मानिसका लागि निकै लोकप्रिय मानिने सफदरगन्ज अस्पतालमा बिहिबारका दिन एकजना चिकित्सकमाथि हातपात भएपछि डाक्टरह रुले अनिश्चितकालिन हडतालको घोषणा गरेका हुन । मारपीटपछि आवासीय चिकित्सकहरुको संगठनले व्यवस्थापनलाई पत्र लेख्दै चिकित्सकहरुको सुरक्षाको माग गरेका छन् । आवासीय चिकित्सा संघका अध्यक्ष डा. प्रकाशले जनाए अनुसार बिहिबारका दिन क्रोनिक रोगबाट पीडित एकजना ४० वर्षीय बिरामी अस्पतालको वार्ड नं. १२ मा भर्ना भएको थिए । गम्भीर अवस्था भएकोले बिरामी मृत्यु हुन पुगेपछि चिकित्सकहरुले वेवास्ता र लापरवाही गरेको भन्दै मृतकका आफन्तले ड्यूटीमा रहेका एकजना डाक्टरमाथि हातपात गरेका थिए । निकै ठूलो संख्यामा जम्मा भएका उनीहरुले लट्ठी र फलामे छड समेत बोकेको डा. प्रकाशले जनाएका छन् । घटनामा डाक्टरलाई चोट लागेको छ । उक्त घटनामा मृतकका आफन्तमाथि कानुनी कार्वाही शुरु नगरिएसम्म र डाक्टरको सुरक्षाको ठोस व्यवस्था नभएसम्म हडताल जारी रहने चिकित्सहरुले जनाएका छन् । आजै स्वास्थ्यमन्त्री डा. हर्षबर्धन सफदरगन्ज अस्पताल आउने भएका छन् । उनले स्पोटर््स इन्जुरी सेन्टरको वार्षिक कार्यक्रममा केही नयाँ परियोजना शुभारम्भ गर्ने कार्यक्रम छ । हडतालमा बसेका डाक्टरहरुको बिरोधको सामना मन्त्री हर्षबर्धनले गर्ने अवस्था सिर्जना भएको छ ।
भूकम्पबाट जोगिन बंकर बनाईन यी कलाकारले
न्यूयोर्क । भूकम्प कतिखेर आउँछ भन्ने कुरा कसैलाई थाहा हुन्न । त्यसैले भुकम्पबाट जोगिन सधै तयारि अवस्थामा बस्नुपर्ने हुन्छ । अमेरिकाक एकजना कलाकारले भने भुकम्पबाट जागिन बंकर नै बनाएको समाचार छ । हालै रियालिटि टेलेिभजन स्टार क्रिस जेनरले भुकम्पबाट जोगिन बंकर बनाएको खबर अहिले चर्चामा छ । फिमेल फर्स्ट डटकममा प्रकाशित समाचार अनुसार, क्रिसले आफु गर्ल स्काउट जस्तै भएको बताइन । तपाईंले आजसम्म जतिजनासँग भेट्नुभयो, म ती सबैभन्दा बढी अर्थक्विक रेडी पर्सन हुँ । उनले खुलासा गरेकी छिन, मसँग अथ्निशकक यन्त्रदेखि आवश्यकताका सबै सामानले भरिएकने लबरेज ब्यागप्याक्स छ । मसँग फ्ल्यासलाइट र पानी पनि हुन्छ । मसँग एउटा बंकर पनि छ ।
पेरुमा भेटियो दुई सय २७ जना बालबालिकाको एकै चिहान !
पेरू : पेरुमा दुई सय २७ जना बालबालिकाका सामूहिक चिहान भेटिएको छ । पेरुको राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा पुरातत्वविदहरुले सो चिहान फेला पारेका हुन् । उक्त चिहान कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै पहिलेको भएको समाचारमा उल्लेख छ । बली चढाउने प्रथाका कारण त्यति धेरै बालबालिकाहरुको शव एकै ठाँउमा गाडिएको हुन सक्ने अनुमान त्यहाँका पुरातत्वबिदहरुले गरेका छन् । पुरात्वात्विक वस्तुहरुको उत्खननका क्रममा भेटिएको त्यस चिहान बलि चढाइएको मध्येको अहिले सम्मकै सबैभन्दा ठूलो चिहान भएको बताइएको छ । कतिपय चिहानको अवशेषको रुपमा छाला र कपाल समेत भेटिएको छ । ‘यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,’ प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले भने । क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए । हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो। यसअघि हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो ।
क्रिकेट कमेन्टेटेर बन्दै अभिनेत्री सोनम कपूर
एजेन्सीः चलचित्र ‘जोया फैक्टर’ मा अभिनेत्री सोनम कपूर क्रिकेट कमेन्टेटेरको भूमिकामा देखिने भएकी छिन् । यो चलचित्र लेखक अनुजा चौहानको उपन्यासमा आधारित छ । उपन्यासको कथामा मूल चरित्र विज्ञापन प्रबन्ध निर्देशकको विषयमा रहे पनि फिल्ममा भने क्रिकेट कमेन्टेटेरको भूमिकामा रूपान्तरण गरिएको छ। फिल्ममा सोनमको नाम जोया रहेको छ। जोयाको पिताको भूमिकामा अनिल कपुरलाई लिने भनिए पनि सञ्जय कपुर फाइनल चयन भएका छन्। सञ्जय सोनमकै काका हुन्। क्रिकेट कमेन्टेटेरमा मन्दिरा बेदीले ख्याति कमाएकी छिन्। निर्माताहरूले फिल्ममा जोयाको चरित्रमा मन्दिराको प्रतिछाया देखाउने सोचमा छन्। यसमा दक्षिण भारतका दलकिर सलमान अभिनेता रहेका छन्।
प्रभासको नयाँ चलचित्र ‘साहो’ प्रदर्शनका लागि तयार, कस्तो छ दमखम?
बाहुबली फेम प्रभासले आफ्नो १७ वर्षको फिल्मी करिअरमा १८ वटा फिल्म्मामात्र काम गरेका छन्। दक्षिण भारतको तेलगु सिनेमाका यी सुपरस्टारलाई एसएस राजामौलीको बाहुबली सिरिजले भारतभरि पहिचान दिलायो। सन् २०१७मा रिलिज भएको बाहुबली-२ पछि प्रभासको कुनै पनि फिल्म रिलिज भएको छैन र यस पटक उनका प्रशंशकहरू उनको आगामी चलचित्र ‘साहो’को व्यग्रतापूर्वक प्रतीक्षा गरिराखेका छन्। ‘साहो’ अगस्ट ३० मा विश्वभरि रिलिज हुँदैछ र यसको निर्माण पक्ष र प्रभास्का प्रशंशकहरूको चासो यसले बाहुबली-२ को रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्ने रहेको छ। बाहुबली-२ ले रिलिज भएको दिन नै भारतभरि बाट १२१ करोड भारुको कमाइ गरेको थियो। त्यसपछि कुनै पनि फिल्म कमाइको मामिलामा यसको छेउछाउ पनि पुग्न सकेका छैनन्। बाहुबली-२ को हिन्दी संसकरणले मात्रै पहिलो दिन ४० करोड भारु कमाएको थियो। तर फिल्म साहोले बाहुबली-२ को एउटा रेकर्ड भने तोड्ने निश्चित प्रायः भएको छ। यसको निर्माण पक्षले फिल्मलाई भारतभरि आजसम्मकै सबै भन्दा बढी सिनेमाका पर्दाहरूमा रिलिज गर्ने योजना बनाएको छ। बाहुबली-२ लाई भारतभर छ हजार पाँच सय पर्दाहरूमा रिलिज गरिएको थियो। एउटा तथ्यांकअनुसार भारतमा हाल नौ हजार ३क सय जति सिनेमाका पर्दाहरू उपलब्ध रहेका छन्। बाहुबली-२ को रेकर्ड तोड्न यसको निर्माण पक्षले यसलाई देशका दुई तिहाइभन्दा बढी पार्दाहरूमा रिलिज गर्नुपर्ने देखिन्छ। साहोका निर्माता र वितरकहरूले यस फिल्मले दक्षिण भारतीय भाषाका संस्करणहरूमा बाहुबली-२ को रेकर्ड तोड्न सक्ने अनुमान गरेका छन्। तर हिन्दी भाषी क्षेत्रमा भने यसलाई चुनौती आउन सक्छन्। सन् २०१९ का आठ महिनामा हिन्दी भाषामा रिलिज भएका बलिउडका थुप्रै ठुला सिनेमा धरशायी भएका छन्। यस वर्ष बलिउडमा रिलिज भएका ठग्स अफ हिन्दोस्तान जस्ता ठुला बजेटका सिनेमा बक्स अफिसमा धराशायी भए साहोको ट्रेलरको लोकप्रियता हेर्ने हो भने यसले हिन्दी भाषी क्षेत्रमा पनि निकै राम्रो प्रदर्शन गर्ने देखिन्छ। तर पहिल्लो समय ऋतिक रोशन र टाइगर श्राफ अभिनित यशराज फिल्म्सको सिनेमा ‘वार’को ट्रेलर सार्वजनिक भएपछि मान्छेहरूको ध्यान साहोबाट केही हटेको बताइन्छ। त्यस्तै उत्तर भारतका दिल्ली, उत्तर प्रदेश र पन्जाब जस्ता सघन हिन्दी भाषी क्षेत्रमा यस फिल्मको खासै प्रचार पनि गरिएको छैन। तर यसको वितरणमा संलग्न कम्पनी ए ए फिल्म्सले भने यसले पहिलो दिनमा हिन्दी संसकरणबाट मात्रै ५० करोड भारुभन्दा माथिको कमाइ गर्ने आशा लिएको बताएको छ। तर फिल्मको एडभान्स बुकिङको अवस्था हेर्ने हो भने त्यस्तो देखिन्न। साहोमा प्रभाससँग श्रद्धा कपूरलाई देख्न सकिने छ। यस फिल्मको कुल बजेट तीन सय करोड भारु नाघिसकेकाले फिल्मले आफ्नो लागत उठाउन समेत धेरै राम्रो प्रदर्शन गर्नुपर्ने भएको छ।
के अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने हो?
काठमाडौं । फेसबूकले आफूलाई सधैं निःशुल्क राख्ने भनी नारा बनाएको थियो । तर अहिले उसले त्यो नारा त्याग्न लागेको देखिन्छ । बिजनेस इन्साइडर पत्रिकाले लेखेअनुसार, फेसबूकले होमपेजको नारा चुपचाप परिवर्तन गरेको छ । पहिला लेखिएको थियो, ‘यो निःशुल्क हो र सधैं हुनेछ ।’ अहिले त्यो नारा ‘यो छिटो र सजिलो छ’ मा परिवर्तन गरिएको छ । त्यो परिवर्तन अगस्ट ६ र ७ को बीचमा गरिएको बताइएको छ । यो परिवर्तनको औपचारिक घोषणा भने गरिएको थिएन । फेसबूक चलाउनका लागि पैसा तिर्नुपर्दैन तर सित्तैमा चलाउने प्रयोगकर्ताको तथ्यांक जम्मा गरेर फेसबूकले निकै फाइदा उठाउने गरेको छ । त्यो आँकडालाई उसले कम्पनीहरूलाई बेच्ने गरेको छ । कम्पनीहरूले त्यसपछि प्रयोगकर्ताहरूलाई उत्पादनका विज्ञापन पठाउने गर्छन् । अधिवक्ता तथा डिजिटल कानूनविज्ञ जोसे एन्टोनियो कास्टिलोले युरोपेली संघको निर्देशनपछि फेसबूकले यो परिवर्तन गरेको हुन सक्ने बिजनेस इन्साइडरलाई बताए । संघले व्यक्तिगत डेटा पनि एक किसिमको भुक्तानी नै भएको भनेको छ । फेसबूकले प्रयोगकर्ताहरूसँग सीधै पैसा लिने कुनै संकेत त दिएको छैन तर कम्पनीको नारा परिवर्तन भएसँगै फेसबूकले अब निःशुल्क रहने प्रत्याभूति चाहिँ नदिएको प्रस्ट छ । फेसबूकमा थिंग्स यू शुड नो भन्ने सेक्सन छ र त्यहाँ एउटा अस्वीकारोक्ति छ जसमा लेखिएको छ, ‘फेसबूक प्ल्याटफर्म सधैं निःशुल्क हुनेछ भनी हामी ग्यारेन्टी दिँदैनौं’ । लाेकान्तर डट.कमबाट

