अमेरिकाको शीतयुद्धकालीन जासुस परेवा

अमेरिकी जासुसी संस्था सीआईएले शीतयुद्धमा कसरी उसले गोप्यरूपमा परेवा, कौवा र डल्फिनलाई जासुसी काममा प्रयोग गर्‍यो भन्ने बारेको दस्तावेज सार्वजनिक गरेको छ।

ती दस्तावेजहरूमा परेवालाई कसरी सोभियत सङ्घको सामरिक महत्त्वका स्थानहरूको तस्बिर खिच्न प्रयोग गरियो भन्ने बारे विवरण छ।

साथै कौवालाई कसरी झ्यालमा जासुसी यन्त्रहरू खसाल्न र डल्फिनलाई पानीमुनिको जासुसी कार्यका लागि प्रयोग गरियो भन्ने बारेमा पनि जानकारी छ।

सीआईएले ती जनावरहरूले मानिसलाई गाह्रो हुने कतिपय जासुसी कामहरू गर्न सक्ने विश्वास गरेको देखिएको छ।

सीआईएको मुख्यालयमा सर्वसाधारणहरूलाई नखोलिने एउटा सङ्ग्राहलय छ जसमा क्यामरा बाँधिएको परेवाको मूर्ति पनि छ।

सन् १९७० ताका तकाना नाम दिइएको जासुसी कार्यक्रम अन्तर्गत आफैँ तस्बिर खिच्ने सानो क्यामरा बाँधिएका परेवाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो।

जहाँ छोडे पनि सयौँ किलोमिटर टाढा रहेको बासस्थानसम्म आइपुग्ने विशेष गुणले परेवालाई यो कामका लागि योग्य मानिएको थियो।

परेवालाई सञ्चारका लागि प्रयोग गर्ने चलन हजारौँ वर्ष पुरानो भए पनि पहिलो विश्वयुद्धदेखि यसलाई जासुसी कार्यमा प्रयोग गर्न थालिएको मानिन्छ।

द्वितीय विश्वयुद्धमा ब्रिटेनले हजारौँ परेवाहरूलाई अधिनस्त युरोपका विभिन्न भागमा प्रश्नावलीसहित खसालेको र एक हजारभन्दा बढी परेवाहरू जर्मनीका हतियारको अवस्थाका बारेमा महत्त्वपूर्ण जानकारी लिएर फर्किएको मानिन्छ।

जर्मनविरोधी एउटा समूहको १२ पाना लामो प्रतिवेदन तत्कालीन ब्रिटिश प्रधानमन्त्री चर्चिललाई पठाइएको थियो।

शीतयुद्धमा पनि ब्रिटेनमा परेवाको प्रयोगसम्बन्धी चर्चा भएको तर त्यो कार्यक्रम बन्द भएपछि सीआईएले त्यस्तो काम थालेको थियो।

अमेरिकाले भने अन्य जनावरहरूलाई पनि तालिम दिएको थियो। दस्तावेजका अनुसार कौवालाई ४० ग्रामसम्मका वस्तु ओसार्न प्रयोग गरिएको थियो।

कौवालाई ठूला भवनहरूको झ्यालमा जासुसी यन्त्रहरू राख्न र ल्याउन प्रयोग गरिएको थियो।

रातो लेजर प्रकाशको सहायताले कौवालाई सञ्चालन गरिन्थ्यो।

सीआईएले बिरालोमा पनि टाढासम्म सुन्न सकिने यन्त्र जडान गरेको थियो।

सन् १९६० ताका नै सीआईएले डल्फिनलाई रुसी समुन्द्री किनारसम्म पुगेर जासुसी गर्न तालिम दिएको थियो।

तर यसको समस्या भनेको डल्फिनलाई तालिमकर्ताको हातबाट जासुसको हातमा सुम्पनुमा थियो।

सीआईएको एउटा टोलीले डल्फिनलाई प्रयोग गरेर पानीमुनिबाट शत्रु जहाजलाई आक्रमण गर्न प्रयास गरेको थियो।

डल्फिनलाई सोभियत सङ्घका पारमाणविक पनडुब्बी पत्ता लगाउने वा रेडियोधर्मी विकिरण पत्ता लगाउन परीक्षण गरिएको थियो।

सीआईएले डल्फिनलाई पानीजहाजहरूमा सामान पुर्‍याउने कार्यमा पनि परीक्षण गरेका थिए।

सन् १९६७ मा सीआईएले छ लाख डलरभन्दा बढी डल्फिन, चराहरू र कुकर एवम् बिरालोलाई जासुसी कार्यमा प्रयोग गर्ने प्रयासमा खर्च गरेको दस्तावेजमा देखिन्छ।

तर परेवा नै सबैभन्दा उपयोगी ठहरिएको र सन् १९७० देखि सीआईएले परेवाको प्रयोग शुरू गरेको थियो।

परेवामा बाँध्ने क्यामरा ३५ ग्रामको, यसको डोरी पाँच ग्रामको रहेको र क्यामराको खर्च प्रतिक्यामरा दुई हजार डलर रहेको दस्तावेजमा उल्लेख छ।

ती क्यामराले खिच्ने १४० वटा तस्बिरहरूमध्ये आधाजस्तो कामलाग्ने हुने देखिएको थियो।

सन् १९७६ को एउटा दस्तावेजमा परेवालाई लेनिनग्रामा रहेको सोभियत पनडुब्बी निर्माणस्थलमा उडाउन तयारी गरिएको विवरण छ।

तर त्यसपछिका दस्तावेज सार्वजनिक भएको छैन।

जासुस परेवाले सोभियत सङ्घविरुद्ध कतिवटा जासुसी काम गरे र उनीहरूले के सामग्री सङ्कलन गरे? यो कुरा अझै गोप्य नै रहेको छ। बीबीसीबाट

दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

काठमाडौँ, बेलारुसमा एक दुइ वर्षीय बालिकाको हातबाट उनकी आमाको ज्यान गएको छ। बेलारुसको स्टारी भन्ने गाउँमा भएको उक्त दुर्घटनामा २१ वर्षीय आम को मृत्यु भएको छ। डेली मिररले प्रकाशित गरेको समाचार अनुसार रोकिराखेको बिएमडब्ल्यु कारको आधा खुलेको झ्यालबाट दुई वर्षीय छोरी आरियानालाई बाहिर निकाल्न खोज्दा छोरीले झ्याल बन्द हुने बटन थिची दिएकी थिइन्। कारको सीसाले घाँटी अँठ्याएपछि अचेत भएकी युलियालाई उनका पति आर्टरले कारको सीसा फुटालेर उद्वार गरेका थिए। उनलाई तत्काल नै अस्पताल लगिएको भएपनि उनको अवस्था गम्भीर भएको र दुर्घटनाको आठौँ दिन उनको मृत्यु भएको समाचारमा उल्लेख छ। उनलाई अस्फिक्सिया भन्ने समस्या भएको डाक्टरहरूले बताएका छन्। यस प्रकारको समस्यामा मस्तिष्कमा अक्सिजन आपूर्ति नभएर धमनीहरू नष्ट हुने गर्दछन्। “अगस्ट ३१ तारिखका दिन साँझ साढे ४ तिर उनका श्रीमान उनलाई अस्पताल लिएर आएका थिए। उनको घाँटीमा टाउकोमा रगत लैजाने धन्मनी थिचिएको थियो। ” उपचारमा संलग्न चिकित्सकले भने, “उनलाई बचाउन सकिएन। ” दुर्घटनाको दिन युलियाले आफ्नो २१ औं जन्मदिन मनाइरहेकी थिइन्। दुर्घटनापछि उनलाई कहिल्यै होस् नआएको उपचारमा संलग्न चिकित्सकहरूले बताए। प्रहरी अधिकारीहरू दुर्घटनाको कारणबारे जांच गरिरहेका छन्। युलिया र आर्टरका चार वर्षकी मार्गरिटा र दुई वर्षकी आरियाना गरेर दुई छोरी रहेका छन्।

अन्तरिक्षमा फेला पऱ्यो पानी भएको ग्रह

काठमाडौँ, खगोलविद्‌हरूले पृथ्वीबाट धेरै पर अवस्थित एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका छन्। उक्त ग्रह आफ्नो माउ ताराको बस्नयोग्य क्षेत्रभित्र परिक्रमा गर्छ। यो अन्वेषणले के-२ १८-बी नामक दिइएको उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको छ। दश वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निर्क्यौल गर्न सक्नेछ। नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको छ। युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमुख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई “अद्भभुत” भनेकी छन्। “जीवित रहन सक्ने अवस्थासँग सम्भवतः मेल खाने तापक्रम भएको एउटा ताराको बस्नयोग्य क्षेत्र वरपरको एउटा ग्रहमा पहिलो पटक हामीले पानी रहेको पत्ता लगाएका छौँ,” उनले भनिन्। ग्रहको सतहमा पानी तरल रूपमा रहनका लागि उपयुक्त तापक्रम भयो भने सो क्षेत्रलाई बस्नयोग्य मानिन्छ। केटू-एटीनबी ग्रह १११ प्रकाश वर्ष अर्थात्‌ पृथ्वीदेखि झन्डै ६५ करोड माइल टाढा छ। अतः थप अध्ययनका लागि सन् २०२० को दशकमा आउने अर्को पुस्ताको अन्तरिक्ष दूरबीनको प्रतीक्षा गर्नुपर्ने हुन्छ। त्यसले उक्त ग्रहको वायुमण्डलमा ग्यासको खोजी गर्नेछ जुन ग्यास प्राणीले मात्र निकाल्न सक्ने युनिभर्सिटी कलेज लन्डनस्थित डा. इङ्गो वाल्डम्यान बताउँछन्। “यो विज्ञानका ठूलामध्येको एउटा प्रश्न हो र ब्रह्माण्डमा हामी मात्रै छौँ भनेर सोच्ने गर्छौँ,” वाल्डम्यान भन्छन्, “दश वर्षभित्र हामीले ती वायुमण्डलमा बाँच्नका लागि चाहिने रसायन भए वा नभएको थाहा पाउनेछौँ।” बाह्यग्रहको वायुमण्डलमा पानी भएको तथ्य फेला पारेको टोलीले सन् २०१६ र २०१७ को बीचमा हबल स्पेस टेलिस्कोपले पत्ता लगाएका ग्रहहरूको अवलोकन गरेको थियो। ती ग्रहले आफ्नो माउ ताराको परिक्रमा गर्ने क्रममा प्रकाशमा भएको परिवर्तनको अध्ययन गरेर केही रसायनको पहिचान गरिएको थियो। ग्रहको वायुमण्डलमा छिरेको प्रकाशमा केही परिवर्तन भएको देखिएको थियो । बीसीसी

अदालतले उल्ट्यायो संसद् निलम्बन गर्ने ब्रिटेनका प्रधानमन्त्रीको निर्णय

काठमाडौं । स्कटल्याण्डको उच्च अदालत कोर्ट अफ सेसनुले प्रधानमन्त्री बोरिस जोन्सनद्वारा ब्रिटिश संसद निलम्बित गरेको र त्यसबारे महारानी एलिजाबेथलाई दिएको सल्लाह अवैध भएको फैसला गरेको छ। न्यायाधीशहरूले एकमतले प्रधानमन्त्री जोन्सनको संसद् निलम्बन गर्ने निर्णय संसद्लाई अवरुद्ध पार्ने अनुचित उद्देश्यले प्रेरित भएको जनाएका छन्। जोन्सनले घोषणा गरेको पाँच हप्ते निलम्बन सोमवारको सत्र सम्पन्न हुनासाथ सुरु भएको छ। ब्रेक्जिटलाई लिएर ब्रिटेनमा राजनीतिक घम्साघम्सी नो-डील ब्रेक्जिटको अर्थ अब जोन्सन सरकारले के गर्छ? युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन हुने मिति आउन केही सातामात्र बाँकी हुँदै गर्दा संसद् निलम्बित अवस्थामा छ। अब ब्रिटिश सरकारले यस विषयबारे लण्डनस्थित सर्वोच्च अदालतमा पुनरावेदन गर्नेछ। हालै एक तल्लो अदालतले सरकारको पक्षमा फैसला गरेको थियो तर सोही विषयमा इङ्ग्ल्याण्ड तथा वेल्समा दर्ता भएका छुट्टाछुट्टै मुद्दाको सुनुवाइ पनि सर्वोच्च अदालतमा हुँदैछ। तत्काल स्कटल्याण्डको अदालतको फैसलाको सरकारको निलम्बन निर्णयमा के प्रभाव पर्छ भन्ने प्रस्ट छैन। बीबीसीका सहायक राजनीतिक सम्पादक भन्छन् स्कटल्याण्डको अदालतको निर्णयले जोन्सनको ब्रेक्जिट रणनीतिमा अर्को धक्का लागेको छ। फैसलामा के छ? स्कटल्याण्डको अदालतका न्यायाधीशहरूले आफ्नो फैसलामा भनेका छन्, अदालतले अब आदेश जारी गर्दै प्रधानमन्त्रीले महारानीलाई दिएको सल्लाह तथा लगत्तै भएको संसद्को निलम्बन अवैध भएको घोषणा गर्नेछ। सो आदेश ७० जनाभन्दा धेरै स्कटिश न्यासनल पार्टी एसएनपीका ब्रेक्जिट विरोधी सांसदहरूले दर्ता गराएको मुद्दाको सुनुवाइका क्रममा भएको हो। उनीहरूको अगुवाइ एसएनपी सांसद जोआना चेरीले गरेकी थिइन्। फैसला लगत्तै उनले तत्काल संसद्को अधिवेशन डाक्न आह्वान गरिन्। उनले भनिन्, हामीले उठाएको मुद्दा सही भएको अनुभव भएको छ। म विश्वस्त छु कि युकेको सर्वोच्च अदालतले यही फैसलालाई कायम गरिदिनेछ। बिबिसी नेपाली सेवाबाट

गरीब किसानका छोरा सनोज बने यो सिजनको पहिलो करोडपति

काठमाडौं । बिहारको जहानाबाद जिल्ला निवासी सनोज राज करोडपति बनेका छन् । अमिताभ बच्चनले सञ्चालन गर्ने कौन बनेगा करोडपतिमा सबै प्रश्नको उत्तर दिएर उनी करोडपति बनेका हुन । यो सिजनको कार्यक्रममा करोडपति बन्ने उनी पहिलो व्यक्ति हुन । कार्यक्रमको प्रसारण बिहिबार र शुक्रबार हुने छ । विगत सात वर्षदेखि केबिसीमा सहभागी हुने कोशिस गरेपनि उनले यसपालि मात्रै मौका पाएका हुन । हरेकपटक एसएमएसबाट उत्तर पठाएपनि छनौट हुन नसकेको उनले बताए । यसपालि केबिसीबाट फोन आउँदा भने उनलाई विश्वास नै भएन । बुवालाई विश्वास थियो सनोजका बुवा रामजनम शर्मा भने छोराले एकदिन कौन बनेगा करोडपति जित्नेमा आशावादी थिए । सनोज बाल्यकालदेखि नै निकै तीब्र बुद्धिको भएको र उसले एकदिन करोडपतिसम्म पुग्ने विश्वास आफूले लिएको उनले बताए । यसपटक फास्टेस्ट फिंगरबाट हट शीटमा पुगेपछि छोराले अब भने सबै प्रश्नको उत्तर दिनसक्ने पूर्ण विश्वास भएको उनले बताए । सनोजको सपना भारतीय प्रशासन क्षेत्रमा आईएएस बनेर देश र समाजको सेवा गर्ने छ । उनले यूपीएससीको पीटि क्वालिफाई गरिसकेका छन् । उनले जहानाबादबाट प्रारम्भिक श्षिा लिएका छन् । त्यसपछि पश्चिम बंगालबाट इन्जिनियरिङमा उनको छनौट भयो । पढाईकै क्रममा टिसिएस कम्पनीमा छनौट भयो । तर यूपीएससीको तयारीका लागि उनले अढाई वर्षमैं जागिर छोडे । उनका बुवा भने किसान हुन । खेती कम भएको कारण उनको परिवारको आम्दानी खासै छैन । कहिले बाढी त कहिले सुक्खाका कारण उनलाई समस्या भएपनि बच्चाहरुको पढाईका लागि भने उनले कुनै कमी गरेनन् । सनोजकी आमा कालिन्दा देवी बाल्यकालका कुरा सम्झिंदा भावुक हुन्छिन् । निकै गरिबीमा पनि सनोजको पढाईमा कुनै बाधा नआउोस भनेर आफूले सक्दो कोशिस गरेको उनले बताईन ।

२० वर्ष पहिला भारतमा अपहरण भएका छोरा फेला परे अमेरिकामा, पूरा भएन आमासँग धित मारेर कुरा गर्ने धोको

काठमाडौँ, भारतमा २० वर्षअघि अपहरणमा परेको एक बालकलाई अमेरिकामा फेला पारिएको छ। दक्षिण भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई निवासी नागेश्वर राव र शिवगामीका दुई वर्षका छोरा अविनाशलाई सन् १९९९ मा एक जना अटो रिक्सा चालकले अपहरण गरेर मलेसियन सोसल सर्भिस नामक सामाजिक संस्थालाई बेचिदिएका थिए। उक्त संस्थाले त्यसै वर्ष चेन्नईका तीन सय भन्दा बढी असहाय बालबालिकालाई अमेरिका, अस्ट्रेलिया र नेदरल्यान्ड्स जस्ता देशहरूमा पठाएको थियो। सीबीआईको छानबिनबाट अविनाशलाई एउटा अमेरिकी दम्पत्तिले धर्मपुत्र बनाएर पालेको खुलेको छ। अविनाशको अपहरण लगत्तैदेखि खोजबिन गरिएपनि सीबीआईले भने यस मामिलामा पहिलोपल्ट २००९मा अविनाशको डीएनए परीक्षण गरेको थियो। उक्त परीक्षणबाट उनी नागेश्वर राव र शिवगमी का छोरा भएको पत्ता लागेको थियो। छोराको पत्ता दश वर्ष पहिले नै लागे पनि अमेरिकी कानुनमा यसरी धर्मपुत्र पालिएका बच्चालाई उनका वास्तविक मातापितासँग भेट्न नपाइने प्रावधान रहेकाले राव दम्पत्तिले आफ्ना छोरालाई दश वर्षसम्म भेट्न पाएका थिएनन्। अविनाश यसै महिना २२ वर्षका भएकाले उनका वास्तविक मातापिताले उनलाई भेट्न पाएका थिए। गत सेप्टेम्बर ५ मा आफ्ना असली मातापितालाई भेटेका अविनाश निकै भावुक भएको बताइन्छ। २० वर्षपछि आमा र छोराको भेट भएपनि दुवैका बीच भाषा तगारो बनेको छ। अविनाशलाई अंग्रेजी मात्र आउँछ भने उनकी आमा तमिल भाषा बोल्ने गर्दछिन्। एक अर्काको भाषा नबुझेपनि आमा छोरा एकअर्कालाई भेटेर निकै खुसी भएको समाचार भारतीय मिडियाले लेखेका छन्। अहिले दुवै आमाछोराले दोभाषेको मध्यमले कुराकानी गर्ने गरेको बताइन्छ। आफ्ना वास्तविक आमाबुवालाई भेट्न चेन्नई आएका अविनाशले आफू अमेरिकामै बस्न चाहेको बताए। उनले भने, “मा धेरै खुसी छु, म वहाँसँग धेरै कुरा गर्न चाहन्छु तर हाल मैले फर्किनु पर्ने भएको छ। म छिट्टै फर्किने छु। ” अविनाशले अर्को पटक आउँदा तमिल भाषा सिकेर आउने र आमासँग धित मारेर कुरा गर्ने बताए। उनले भने, “म मेरी आमालाई बाताउन चाहन्छु कि मलाई उनलाई भेटेर कस्तो महसुस भैराखेको छ भन्ने कुरो बताउन चाहन्छु। ” उनले भने, “म कुनै अनुवादक बिना नै आमासँग कुरा गर्न चाहन्छु र आफ्नो मनमा लागेका कुरा वहाँसंग साझा गर्न चाहन्छु।”

भारतद्वारा चीन र पाकिस्तानको संयुक्त वक्तव्यको बिरोध, वान बेल्ट वान रोड बन्द गर्न माग

नयाँ दिल्ली । भारतले पाकिस्तान र चीनको साझा वक्तव्यको निन्दा गरेको छ । गत साता पाकिस्तानको भ्रमणका बेला चिनियाँ विदेशमन्त्री वाङ यीले कश्मिरमा भारतीय कार्वाहीलाई एकतर्फी भन्दै बिरोध गरेका थिए । त्यसपछि दुबै देशले संयुक्त वक्तव्य जारी गर्दै कश्मिर मामिलालाई वार्ताका माध्यमले हल गर्नुपर्ने बताएका थिए । चीन र पाकिस्तानको संयुक्त वक्तव्यको भारतले कडा शब्दमा निन्दा गरेको छ । भारतको विदेश मन्त्रालयका तर्फबाट जारी वक्तव्यमा कश्मिरमा दुबै देशको बयानलाई अस्वीकार गरिएको बताइएको छ । यतिमात्रै होइन, विदेश मन्त्रालयले जम्मु कश्मिर भारतको अभिन्न अंग भएको बताउँदै पाकिस्तान अधिकृत कश्मिरमा बन्न गइरहेको वान बेल्ट वान रोडलाई समेत बन्द गर्न माग गरेको छ । मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले संयुक्त वक्तव्यमाथि प्रतिक्रिया दिँदै चीन–पाकिस्तान इकोनमिक करिडरका बारेमा समेत चासो राखेका थिए । जम्मु कश्मिरको विशेष राज्यको दर्जा समाप्त गर्ने भारतीय सरकारको निर्णयको चीनले बिरोध गर्दै आएको छ । चीनले संयुत्तः राष्ट्र संघीय सुरक्षा परिषदमा समेत यो विषयमा विशेष छलफल गर्नुपर्ने बताएको थियो । चीन स्थायी परिषदको सदस्य रहेका छ । कश्मिर मुद्दामा अमेरिकाले भने मध्यस्थता गर्ने प्रस्ताव राख्दै आएको छ । यस्तो थियो पाकिस्तान र चीनले जारी गरेको संयुक्त वक्तव्य Joint Press Release between the People’s Republic of China and the Islamic Republic of Pakistan on the Conclusion of State Councilor and Foreign Minister Mr. Wang Yi’s Visit to Pakistan, 7-8 September (2019-09-08) State Councilor and Foreign Minister of the People’s Republic of China, Mr. Wang Yi, paid an official visit to the Islamic Republic of Pakistan on 7-8 September 2019. During the visit, H.E. Wang Yi called on President Arif Alvi, Prime Minister Imran Khan, held talks with Foreign Minister Shah Mahmood Qureshi, and met with Chief of Army Staff, General Qamar Javed Bajwa. During the meetings, both sides had an in-depth exchange of views on bilateral, regional and international issues of mutual interest. Both sides reiterated that the time-tested All-Weather Strategic Cooperative Partnership between China and Pakistan is an anchor of peace and stability in the region and beyond. This partnership remains unaffected by any adverse regional and international development and continues to move from strength to strength. Both sides reaffirmed that China-Pakistan relationship is a priority in their foreign policies, and committed to build a closer China-Pakistan community with a shared future in the new era. Both sides agreed to maintain frequent mutual visits and meetings at the leadership level and continue to hold bilateral meetings between their leaders on multilateral occasions. China and Pakistan have enjoyed mutual understanding and support on issues concerning each other’s core interests. They reiterated the resolve to implement consensus reached by the leadership of both countries to enhance strategic mutual trust and improve all-round cooperation so as to jointly promote regional peace, stability and prosperity. The Chinese side reaffirmed its support for Pakistan in safeguarding its sovereignty, territorial integrity, independence and national dignity, in choosing its development path in light of its national conditions, in working for a better external security environment, and in playing a more constructive role in regional and international issues. Pakistan side underscored that Hong Kong affairs are China’s internal affairs. Pakistan believes that all countries should uphold international law and the basic norms of non-interference in internal matters of other countries. Both sides believed that the China-Pakistan Economic Corridor, as a pioneering project of the Belt and Road Initiative, has entered a new phase of high-quality development. The two sides agreed to continue to firmly push forward the construction of CPEC, complete its on-going projects in a timely manner, and realize its full potential by focusing on socio-economic development, job creation and better livelihood and accelerating cooperation in industrial parks and agriculture. Both sides expressed satisfaction over the close cooperation between the two countries at multilateral fora and resolved to deepen strategic coordination and consultation. Both sides reaffirmed their commitment to the purposes and principles of the UN Charter, and support for multilateralism, free trade and win-win cooperation. Both sides agreed to strengthen coordination and cooperation on regional and international affairs. The two sides underlined that a peaceful, stable, cooperative and prosperous South Asia is in the common interest of all parties. Parties need to settle disputes and issues in the region through dialogue on the basis of mutual respect and equality. Both sides further exchanged views on the situation in Jammu & Kashmir. The Pakistani side briefed the Chinese side on the situation, including its concerns, position, and urgent humanitarian issues. The Chinese side responded that it was paying close attention to the current situation in Jammu and Kashmir and reiterated that the Kashmir issue is a dispute left from history, and should be properly and peacefully resolved based on the UN Charter, relevant UN Security Council resolutions and bilateral agreements. China opposes any unilateral actions that complicate the situation. Both sides agreed to strengthen cooperation on the Afghanistan issue and support the ‘Afghan-led, Afghan-owned’ peace and reconciliation process. Both sides welcomed the positive progress achieved in the negotiations between the Afghan Taliban and the US, and called on all Afghan political stakeholders, including the Afghan Taliban, to start intra-Afghan negotiations to form a future political structure acceptable to all parties and achieve peace and stability in Afghanistan at an early date. State Councilor Wang Yi expressed his appreciation to the government and people of Pakistan for their warm hospitality. Islamabad 08 September 2019

अलिबाबाका अध्यक्ष ज्याक माले लिए अवकाश, अब शिक्षक बन्ने

काठमाडौंः  प्रसिद्ध चिनियाँ अनलाइन सपिङ कम्पनी अलिबाबाका अध्यक्ष ज्याक माले सेवा निवृत्त भएका छन्। अलिबाबा समूहका अध्यक्ष रहेका माले आफ्नो ५५ औं जन्मदिनमा सक्रिय व्यवसायिक जीवन छाड्ने घोषणा गरेका हुन्। कमोपनीको म,उख्यालय रहेको चीनको हाङजोऊ शहरमा रहेको ओलम्पिक स्पोर्ट्स स्टेडियममा ८० हजार मानिसबीच उनले यो घोषणा गरेका हुन्। विश्वका धेरै देशमा अनलाइन बिजनेसमा सक्रिय कम्पनीको अबको नेतृत्व डेनियल झाङले सम्हाल्ने बताइएको छ। व्यवसायिक जीवनबाट अवकाश लिएपछि माले आफ्नो जीवन परोपकारी कामहरूमा बिताउने बताएका छन्।  उनले अबका दिनमा शिक्षण गर्ने र आफ्नो सम्पत्तिबाट ४१ अर्ब डलर भिभिन्न शिक्षण संस्थानहरूमा दान गर्ने बताएका छन्। बिल एण्ड मेलिण्डा  गेट्स फाउन्डेसनबाट प्रभावित भएको भन्दै माले २०१४ मा ज्याक मा फाउन्डेसन स्थापना गरेका थिए।  यस संस्थाले परोपकार, वातावरण, महिला सशक्तिकरण शिक्षा र विकास जस्ता क्षेत्रमा सहयोग पुर्याइरहेको छ। ४ खर्ब ६० अर्ब डलरको कम्पनी अलीबाबा समूहको वर्तमान मूल्यांकन ४६० अर्ब रहेको छ।  उनले आफू बिल गेट्सबत्य प्रभावित रहेको र उनीले जस्तै अवकाशपछि परोपकारी गतिविधिमा समय दिन चाहेको बताउँदै आएका थिए।  सामान्यतया कुनै पनि ठुला कम्पनीहरूमा कम्पनीको नेतृत्व बद्लिएको खण्डमा यसको असर शेयर बजारमा पनि पर्ने गर्छ तर अलिबाबाको मामिलामा भने यस्तो भएन। माले यस कम्पानीलाई दिलाएको पहिचानले गर्दा यस्तो भएको व्यवसाय विश्ल्व्षकहरू बताउँछन्  .  मालाई चीनको अर्थव्यवस्था, अनलाइन कारोबार र इन्टरनेटको व्विकास्मा गरेको योगदानका लागि चिन्ने गरिन्छ। ६६ हजार स्थायी कर्मचारी माले १९९९ मा चिनियाँ निर्यातकर्ताहरूलाई विदेशी थोक व्यापारीहरूसँग  जोड्न अलिबाबा कम्पनीको स्थापना गरेका थिए।  स्थापना कालमा उनले १८ जना कर्मचारी र ६० हजार डलर पूँजीबाट कम्पनी स्थापना गरेका थिए।  एउटा अपार्टमेन्टबाट सुरु भएको कम्पनीको यात्रा अहिले ६६ हजार स्थायी कर्मचारीहरूका साथ् जारी छ। यस कम्पनीलाई चीनमा ठुलो संख्यामा उपभोक्ताहरूसँग  जोडिएको छ र यसको अनलाइन बिक्री प्रणालीबाट हैक दिन औसत साढे सात करोड मानिस खरिददारी गर्ने गर्दछन्। उनले कम्पनीको 6. २ प्रतिशत शेयर आफूले राखेका छन्।  चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य रहेका मा चीनका सबैभन्दा धनी मानिस हुन्। शिक्षक बन्ने धोको ज्याक मा कम्तिमा पनि ७० वर्षसम्म सक्रिय रूपमा काम गर्न चाहन्छन् र उनले आफ्नो रुचि शिक्षणतिर रहेको बताएका छन्।  ‘अलिबबा: द हाउस द्याट ज्याक मा बिल्ट’ भन्ने पुस्तकका लेखक डंकन  क्लार्क भन्छन् ‘व्यापार सुरु गर्नु अघि अंग्रेजी शिक्षक रहेका माले आफ्नो अवकाशका लागि पनि सेप्टेम्बर १० तारेखको दिन चुनेका छन्।  यस दिन चीनमा शिक्षक दिवस मनाइन्छ। यसलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ।’ गत वर्ष विश्व आर्थिक मंचको बैठकलाई सम्बोधन गर्ने क्रममा माले शिक्षणविधिमाथि टिप्पणी गर्दै ‘हामीले हाम्रो शिक्षण विधिमा परिवर्तन नल्याउने हो भने ३० वर्षपछि त्यो ठुलो समस्याको रूपमा देखा पर्ने ‘ चेतावनी दिएका थिए। हाल प्रचलनमा रहेको ज्ञानमा आधारित शिक्षण पद्धतिले बच्चाहरूमा असफलताको त्रास रहेको भन्दै अहिलेको शिक्षाले दिने प्रतिस्पर्धाको भावनाले बच्चाहरूलाई आरिसे बनाउने र उनीहरू यन्त्रहरूसँग  प्रतिस्पर्धा गर्न नसक्ने बताएकिआ थिए। ज्याकले यसको साटो पाठ्यक्रममा स्वतन्त्र विचार, मूल्य र समूह कार्य जस्ता ‘सफ्ट  स्किल’ सामेल गरिनुपर्ने बताएका थिए। सन् २०१७ मा माको संस्थाले चीनका ग्रामीण भेगमा प्रभावकारी शिक्षण गर्ने प्रतिभाहरूको खोजि गर्न १० वर्षका लागि ४५ मिलियन डलर छुट्याएको थियो।  क्लार्कले माले आफ्नो शिक्षणप्रतिको लगावलाई चीनबाहिर समेत प्रयोग गर्न सक्ने बताए। उनले भने, ‘यी अर्बपति अफ्रिका लगायतका ठाउँहरूमा व्यापारप्रति आफ़्नोइ धारणा साझा गर्दै आएका छन्।  उनले एक करोड डलरको उद्यमी पुरस्कार समेत स्थापना गरेका छन्।  यसका अतिरिक्त उनले वन्यजन्तु संरक्षणमा समेत लगानी गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपल्स डेलीले गतवर्ष मालाई चीनको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याउने एक सय व्यक्तिको सूचीमा राखेको थियो। थुप्रै देशमा लगानी अलिबबाले चीनका अतिरिक्त एसिया र अफ्रिकाका अन्य थुप्रै देशहरूमा समेत लगानी गरेको छ।  नेपालमा संचालित अनलाइन सपिङ प्लेटफर्म दराजमा पनि अलिबाबाको स्वामित्व रहेको छ। अहिलेका धेरै मोबाइल फोनमा सुरुमै राखिएको हुने युसी ब्राउजर र युसी न्युजमा पनि अलिबाबाको लगानी रहेको छ।  उनको कम्पनीले भारतमा पेटिएम , बिगबास्केट र जोमाटो  जस्ता कम्पनीमा लगानी गरेको छ।

अत्याधिक गर्मीका कारण फ्रान्समा १५ सय नागरिकको मृत्यु

एजेन्सी : जुलाई २१ देखि २७ सम्मको अवधिमा एक हजार ४ सय ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तातो हावा (हिट वेभ्स)का कारण मानिसहरुको मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशत बढी हो । विकासित फ्रान्स र अन्य युरोपेली मुलुकमा बढेको गर्मीले रेकर्ड ब्रेकिङ तापक्रम देखाएको थियो । फ्रान्सको दक्षिणी शहर गालारगुज ले मोन्टुएक्समा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको देखाएको छ । अझै तापक्रम बड्न सक्छ भन्ने जानकारी दिएको छ ।

मोदीको दावी झूठो निस्कियो, कश्मिर मुद्दामा फेरी मध्यस्थताको प्रस्ताव राखे ट्रम्पले

काठमाडौं, भारत र पाकिस्तानबीच कश्मिरको विषयमा चुलिएको तनाव कम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी मध्यस्थताको प्रस्ताव राखेका छन् । भारतीय मिडियाहरुले भने केही दिन अघि मात्रै ट्रम्प र मोदीबीच भेट हुँदा कश्मिरको विषय द्विपक्षीय भएकोले तेश्रो पक्षको उपस्थिति आवश्यक नहुने विषयमा विश्वका नेताहरु सहमत भएको प्रचार गरेका थिए । तर भारतीय प्रधानमन्त्री र मिडियाको दावी विपरित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चौथो पटक मध्यस्थताको प्रस्ताव राखेका हुन । गत अगस्त २६ का दिन जी ७ को समिटमा प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पका बीच बैठक भएको थियो । त्यतिखेर ट्रम्पले कश्मिर द्विपक्षीय विषय भएको भनेको भन्दै भारतीय मिडियाले निकै प्रचार गरेका थिए । ट्रम्पले भने भारत र पाकिस्तान दुबै देशससँग राम्रो सम्बन्ध रहेको बताउँदै भने ः तपाईहरुलाई थाहा नै छ, भारत र पाकिस्तानबीच कश्मिरको विषयमा द्वन्द्व चलेको छ । मेरो दुबै देशसँग राम्रो सम्बन्ध छ । म उनीहरुलाई मद्दत गर्न चाहन्छु र उनीहरुलाई पनि यो थाहा छ ।” यसअघि २२ जुलाईका दिन पाकिस्तानी प्रधानमन्त्री इमरानको अमेरिका भ्रमणको बेला पहिलोपटक ट्रम्पले मध्यस्थताको कुरा गरेका थिए । भारतका प्रधानमन्त्रीले नै मध्यस्थताका लागि अनुरोध गरेको बताएपछि मोदीले यसको खण्डन गरेका थिए । भारतीय मिडियाले जति दावी गरेपनि अमेरिकाले भारत र पाकिस्तानसँग सन्तुलित सम्बन्ध बनाउन खोजेको देखिन्छ । अझ रुससँग भारतको सम्बन्ध झांगिन थालेपछि रुस र चीनको प्रभावबाट पाकिस्तानलाई मुक्त राख्न र अफगानिस्तानमा पाकिस्तानको साथ खोज्न अमेरिकाले पाकिस्तानलाई काखी च्याप्न सक्ने कतिपयले आँकलन गरेका छन् ।

डोरियन आँधीले बहमास तहसनहस

बहमास: बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीय बासिन्दा भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन संघर्षरत रहेका छन् । समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य रहेको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’ भएको बताएका थिए । डोरियनका कारण अमेरिकाको पूर्वी तटीय इलाकासहित हाल यो पूर्वी क्यानडामा केन्द्रित भएको छ । यहाँ पनि आँधीले ठूलै क्षति गरेको छ । बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले डोरियन आँधीबाट ४४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि यस आँधीको प्रकोपबाट ३० जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको थियो । यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । एजेन्सी

लुङ्गी लगाएर सवारी चलाए २ हजार जरिवाना

लखनउ, भारतभरी लागू भएको नयाँ ट्राफिक नियम यतिखेर ठूलो चर्चामा छ । यतिसम्म कि अब लुंगी लगाएर सवारी चलाए समेत जरिवाना तिर्नुपर्ने भएको छ । भारतका कतिपय समुदायमा लुंगी लगाउने चलन सामान्य हो । अझ लामो दुरीका ट्रकलगायत अन्य सवारिका चालकका लागि त लुगि निकै प्रचलित पोशाक पनि हो । तर अब यसरि लुङ्गी लगाएर सवारी चलाई दुई हजार रुपैयाँ (नेपाली ३२००) जरिवाना गर्नुपर्नेछ । मोटर वाहन अधिनियमका नयाँ प्रावधान अनुसार, चालकलाई ड्रेस कोड पालन गर्नुपर्ने छ । यसैगरि चप्पल र स्याण्डिल लगाएर दुई पांग्रे बाहन चलाए पनि सजाय हुनेछ । नियम अनुसार, फुल पाइन्ट, शरेट र टिसर्ट लगाएर गाडि चलाउनु पर्नेछ । स्कुल बाहनका लागि युनिफर्म अनिवार्य हुने छ ।

सिरियाको डरलाग्दो हवाई आक्रमण, १८ जनाको मृत्यु

एजेन्सी । पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो युद्धमा अल–कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । सो आन्दोलनका परी सो समयदेखि हालसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन् भने लाखौं आफ्नै देश र विदेशमा शरण लिएर बस्न बाध्य भएका छन् । –एएफपी

मार्क्सले भारतबारे किन र के लेखे ?

फकरुल अलाम गएको अक्टोबरमा दिल्लीस्थित एक किताब पसलमा मैले ‘भारतबारे कार्ल मार्क्स’(कार्ल मार्क्स अन इन्डिया) नामको पुस्तक भेट्टाए“। जुन पुस्तक सम्पादन अलिगढ मुस्लिम विश्वविद्यालयका पूर्वप्राध्यापक इक्बाल हुसेनले गरेका हुन्। अलिगढ इतिहासकार समाजको संरक्षकत्वमा टुलिका बुक्सले सन् २००६ मा सो पुस्तक प्रकाशन गरेको रहेछ। अलिगढका विख्यात इतिहासकार प्राध्यापक इरफान हबिबको लामो भूमिका भएकाले पनि मलाई त्यो पुस्तकले तान्यो। पाना पल्टाउ“दै गर्दा मेरो दिमागमा इडवार्ड सेइडको पुस्तक ‘ओरियन्टालिज्म’ मा रहेको एउटा प्रसंग खेलिरहेको थियो। सेइडले पुस्तकमा मार्क्समा ‘पूर्वीयतावादी’(ओरियन्टालिस्ट) दृष्टिकोण रहेको दाबी गरेका छन्। मैले उक्त पुस्तक सन् १९८० मा पहिलोपटक पढेको थिए“। त्यसले ममा गहिरो प्रभाव पारेको थियो। मार्क्सले भारतबारे लेखेका लेख र भारतसम्बन्धी उनको बुझाइ केलाएर सेइडले मार्क्सबारे गरेको दाबी कति सही हो वा होइन भनी बुझ्ने विचार गरें। मार्क्सले भारतबारे किन, कसरी र के लेखे ? प्राध्यापक हुसेनले लेखेको भूमिकामा मार्क्सले सन् १८५३ देखि ‘द न्यु योर्क डेली त्रिब्युन’ मा भारतबारे लेख्न थालेको कुरा उल्लेख गरिएको छ। मार्क्सका लेखहरू सामान्यतया भारतको इतिहासस“ग जोडिएका छैनन्। न त उनलाई अंग्रेजी भाषामा लेख्ने लेखककै रूपमा मात्र हेर्न मिल्छ। तथापि उनले हरेक वर्ष पाठक बढ्दै गएको अंग्रेजी भाषामा भारतीय उपमहाद्विपबारे लेखका थिए। हुसेनका अनुसार मार्क्सका लागि त्रिब्युनमा ती लेख लेख्न उति रुचि भने लागेको थिएन। त्रिब्युनका लागि ती लेख लेख्नुपर्दा उनी आफ्ना अरू महŒवपूर्ण काममा ध्यान दिन सक्दैनथे। जस्तै, उनी त्यही समयमा क्रनड्रिसा (१८५७) र अर्थराजनीतिक आलोचनामा योगदान (१८५६) नामका कृति लेख्दै थिए। त्यतिबेला मार्क्सको आर्थिक अवस्था निकै गएगुज्रेको थियो। भारत र अरू समसामयिक घटनाक्रमबारे ‘त्रिब्युन’मा लेखेबापत प्राप्त हुने पैसा र एंगेल्सले पठाउने सहयोगबाहेक परिवारको खर्च धान्न मार्क्सस“ग अरू कुनै आर्थिक स्रोत थिएन। अर्को शब्दमा, उनले भारतबारे जति लेख लेखे ती सबै लेख्नैपर्ने (जीविकाका लागि) भएर लेखे। ‘भारतबारे कार्ल माक्र्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा माक्र्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यसले मलाई चकित तुल्यायो। ‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित ५९ लेख सन् १८५० को दशकमा भारतीय उपमहाद्विपमा भइरहेका घटना र तिनका गम्भीर प्रभावबारे गहिरो जानकारी भएको मानिसले नै लेखेको प्रस्ट बुझिन्छ। पु“जीवाद र ऐतिहासिक परिवर्तनबारे मार्क्सका विचार निर्माणका निम्ति भारतका ती घटनाक्रम कच्चा पदार्थसरह थिए। विशेषतः भारतमा बेलायती शासनले पु-याएको हानि र त्यसले भारतीय उपमहाद्विपका जनताबीच भित्रभित्रै सल्काएको असन्तोषको आगोप्रति मार्क्सको विशेष चासो थियो। भित्रभित्रै सल्किरहेको त्यो असन्तोषको आगोले सन् १८५७ मा विस्फोटको रूप धारण ग¥यो। त्यस वर्ष भारतमा भएको सैनिक विद्रोहबारे जानकारी लिन र तिनका कारण तथा प्रभाव विश्लेषण गर्न मार्क्सले निकै जा“गर चलाएका थिए। त्यतिबेला अंग्रेजहरूले मच्चाएको हत्याकाण्डको पनि मार्क्सले विश्लेषण गरेका थिए। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले भारतबारे ‘त्रिब्युन’ पत्रिकामा लेखेका सामग्री ‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित छन्। त्यसमा संग्रहित लेख–रचना कुनै लामा र कुनै छोटा छन् भने तिनले समेटेका विषयवस्तुका आधार पनि भिन्न–भिन्न छन्। कुनै लेख सामान्य टिपोटमा सीमित छन् भने केही सामग्री लामो र गहिराइसम्म पुगेर लेखिएका छन्। कुनै रचना तत्कालीन समयमा भइरहेका घटना वा युद्धको संक्षिप्त विवरण मात्र हुन् भने कतिपय लेखमा भारतीय उपमहाद्विपमा भइरहेका उथलपुथलको विश्लेषणात्मक टिप्पणी गर्दै तिनका प्रभावबारे निष्कर्ष निकालिएका छन्। तर जे विषयमा जसरी लेखे पनि मार्क्सले आफ्नो मूल तर्क प्रमाणित गर्न मनग्य तथ्य–तथ्यांक प्रस्तुत गर्ने गरेका छन्। भारतबाट इस्ट इन्डिया कम्पनीले संकलन गर्ने ठूलो मात्राको राजस्व होस् वा भारतीयका लागि तिनीहरूले गर्ने खर्चको चर्चा गर्दा होस् अथवा भारतीय उपमहाद्विपका जनताको हितको कुनै ख्याल नगरी सौखिन जीवनयापन गर्ने लोभी मनसायका बेलायती प्रशासकको कुरा गर्दा होस्, मार्क्स प्रशस्त तथ्यकै आधारमा निष्कर्षमा पुगेका हुन्छन्। उनले तत्कालीन भारतमा भएका विद्रोह र तिनले निम्त्याएका विपत्तिबारे विस्तृत रूपमा लेखेका छन्। बेलायत र भारतबीचको व्यापारबारे उनले प्रशस्त तथ्यांक प्रस्तुत गरेका छन्। भारत र चीनबीच हुने अफिमको व्यापारिक कारोबारबारे पनि उनले तथ्य–तथ्यांकसहित प्रस्तुत गरेका छन्। चीन र भारतबीचको अफिम कारोबारको सबभन्दा बढी फाइदा अं्ग्रेजहरूले उठाउँथे। भारतमा अफिमको खेती गरी चीनमा व्यापार बेलायतीहरूले गर्थे। भारतमा भएको सिपाहीं विद्रोहबारेको लेखमा मार्क्सले सैनिक कोणबाट निकै राम्रो विश्लेषण गरेका छन्। सिपाहीं विद्रोहका विभिन्न चरणबारे उनले आफ्ना टिप्पणीसहित व्याख्या गरेका छन्। विद्रोह दबाउन अंग्रेजहरूले लिएका रणनीतिको उनले प्रस्ट चित्रण गरेका छन्। उनले सो लेखमा सिपाहीं विद्रोहको आर्थिक पक्षबारे जोडका साथ लखेका छन् भने तत्कालीन परिस्थितिमा प्राप्त सबै तथ्यांकका आधारमा सो विद्रोह चालु रहे अंग्रेजले भोग्नुपर्ने आर्थिक प्रभावबारे चर्चा गरेका छन्। अंग्रेज शासकका हरेक दाबीको रौँ चिरा केलाएर उनले उनीहरूको लोभ र क्रुरताको पर्दा उघारिदिएका छन्। सन् १८५३ सम्म लेखिएका लेखहरूमा मार्क्सले अंग्रेज शासनका विध्वंसकारी र हानिकारक प्रभावबारे चर्चा गरेका छन्। सो संकलनको अन्तिम लेखमा उनले सिपाहीं विद्रोहलाई दबाए पनि र भारतमा ‘शान्ति’ कायम गरे पनि भारतीय जनताको बैचेनी कायम रहेको उल्लेख गरेका छन्। इस्ट इन्डिया कम्पनीले गरेको दमनबाट वाक्कदिक्क भारतीय जनताबीच विद्रोहको मनग्य संकेत रहेको मार्क्सले लेखेका छन्। अंग्रेजी भाषाका सिद्धहस्त लेखक ‘भारतबारे कार्ल मार्क्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा मार्क्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यस कुराले मलाई चकित तुल्यायो। उदाहरणका लागि बेलायतको अनुदार पार्टीका नेता लर्ड स्टान्लेले ‘विपरीत विचारहरूलाई एकै ठाउ“मा ल्याउने सूत्र फेला पारी’ गरेको संसदीय तिकडमलाई मार्क्सले ‘समय सम्मिलन’ को सूचक भन्ने शब्दावली प्रयोग गरेका छन्। यो शब्दावली निकै रोचक छैन त ? आज हामी बा“चिरहेको बंगलादेशको सन्दर्भमा र विशेषतः चुनावी वर्षहरूमा यो शब्दावली प्रयोग सान्दर्भिक हुने गर्दैन र ! ‘भारत’ शीर्षकमा सन् १८५३ को जुलाई १ मा लेखेको लेखमा मार्क्सले यो शब्दावली प्रयोग गरेका छन्। मार्क्सले ‘बेलायतका विभिन्न पार्टीले भारतबारे राख्ने धारणा र ती कुलीन, पैसातन्त्री र मिल मालिक(उद्योगपति)बीच भारतको प्रगतिबारे रहेको झगडाको फाइदा विचरा हिन्दू (भारतीय जनता) ले कसरी उठाउन सक्छन्’ भन्नेबारे एउटा अर्को लेख लेख्ने तयारी गरिरहेको जानकारी पाठकसमक्ष राखेर व्यंग्यपूर्वक सो लेखको अन्त्य गरेका छन्। आजको समयमा उभिएर हेर्दा अहिले समाजमा कुलीन(राजा–महाराजा) वर्ग त नहुन सक्छ तर ‘पैसातन्त्री’ र ‘मिल मालिक’ शब्दहरू आज हामी बा“चिरहेको समयका लागि पनि उत्तिकै सान्दर्भिक छैन र ! वास्तवमा यहा“ चर्चा गरेको लेख भारतबारे मार्क्सले लेखेको एउटा लामो प्रभावशाली लेख हो। सन् १८५३ को जुलाई ११ मा सो लेख ‘त्रिब्युन’मा प्रकाशन भएको थियो। यो तुलनात्मक रूपमा लामो लेख हो। ‘इस्ट इन्डिया कम्पनी–इतिहास र परिणाम’ शीर्षकको सो लेख व्यंग्यात्मक टिप्पणीले भरिपूर्ण छ। त्यसपछि लेखिएका अन्य धेरै लेख पनि व्यंग्यपूर्ण नै हुने गरेका थिए। मार्क्सले तिनमा निकै तिक्ततापूर्वक इस्ट इन्डिया कम्पनीको ‘तीखो मानवतावाद’ बारे टिप्पणी गरेका छन्। अर्कातिर उनले आफूले भन्ने गरेको ‘पाखण्डपूर्ण शान्तिकामी’ को वास्तविकता उजागर गरिदिएका छन्। त्यसो गरेर उनी वास्तवमा भारतीय जनतामाथि कसरी कम्पनीले शोषण गरिरहेको छ भन्ने देखाउन चाहन्थे। बेलायती राजनीतिका पाखण्डीको सहयोगमा कम्पनीका आत्मकेन्द्रित अधिकारीहरूले नंग्याएको बेलायतको वास्तविकता देखाउन चाहन्थे। ‘भारतको प्रश्न’ शीर्षकको लेखमा प्रखरवक्ता र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्तिका रूपमा चित्रण गरिएका बेन्जामिन डिजरायलबारे मार्क्सले गरेको बुद्धिमत्तापूर्ण चरित्र चित्रण हेरौँ ः ‘कुनै समय उनी सूक्तिहरूमा छाउन सफल भए। तर अहिले उनी औपचारिक सम्मानको निरसताभित्र ती सूक्ति गाड्ने प्रयासमा लागेका छन्।’ बेलायती उपनिवेशको विरोध मार्क्स बेलायती उपनिवेशवादका स्थायी विरोधी थिए। बेलायतीहरू ‘भारतमा लुटपाट मच्चाउने सुविधा’ चाहिरहेकामा मार्क्स विश्वस्त थिए। त्यो निष्कर्षमा पुग्न उनलाई इस्ट इन्डिया कम्पनीको कुनै नया“ घोषणापत्र आवश्यक पर्दैन्थ्यो। मार्क्सले सन् १७९० देखि भएको स्थायी बसोबासको विरोध गरेका थिए। जमिन्दारी र जोताहास“ग कर उठाउने ¥योत्वारी प्रणालीको विरोध गरेका थिए। मार्क्सले ती सबै प्रणालीलाई भारतका जनताको आर्थिक शोषण गर्ने कम्पनीका विभिन्न जालसाँझीका रूपमा व्याख्या गरेका थिए। मार्क्सको विचारमा भारतमा सरकारको नीतिको विरोध गर्ने र स्वतन्त्र व्यापारका पक्षमा वकालत गर्ने म्यान्चेस्टरका नेता जोन ब्राइटजस्ता राजनीतिज्ञहरूसमेत राम्रो मनसायका थिएनन्। उनीहरू पनि भारत ध्वस्त बनाउन सरकारजत्तिकै दोषी थिए किनभने बेलायती कपडा भारतजस्तै कब्जामा लिइएका बजारमा विस्तार गर्नुपर्छ भन्ने पक्षमा गरेको वकालतबाट पनि उनीहरूको वास्तविक मनसाय प्रस्ट हुन्छ। बेलायती कम्पनीको ध्वंसकारी नीतिको प्रमाणका रूपमा उनले बंगालका कपडा बुन्ने जनताको अवस्थाबारे प्रकाश पारेका थिए। बेलायती शासकहरूले बंगालका कृषि र कपडा उद्योगलाई ध्वस्त बनाइदिएका थिए। युरोपले कुनै बेला कसरी भारतीय कपडाको उल्लेख्य उपभोग गरेको थियो भन्ने चर्चास“गै मार्क्सले बेलायती उपनिवेशवादीहरूले भारतका घरेलु कपडा र घरमै कपडा बुन्ने चर्खा विस्थापन कसरी गरेका थिए भन्नेबारे लेखेका छन्। भारतकै स्थानीय कपडा उत्पादन प्रणाली ध्वस्त बनाएर बेलायती उपनिवेशवादीहरू युरोपेली बजारबाट भारतीय कपडा विस्थापन गर्न सफल भएका थिए। (फकरुल अलाम बंगलादेशका प्राज्ञ, लेखक र अनुवादकर्ता हुन्। उनी हाल इस्ट–वेस्ट युनिभर्सिटीका प्रो–भिसी छन्।) स्रोतः मन्थ्ली रिभ्यु/ नेपाली अनुवादः नीरज लवजू नागरिक दैनिकमा आइतबार, २२ बैशाख २०७६ प्रकाशित आलेख सान्दर्भिक देखिएकोले यहाँ साभार गरिएको छ ।

बेलायतमा पाइलटहरुको हडताल,१५ सय बढी उडान रद्द

लण्डन । पाइलटहरुको हडतालका कारण ब्रिटिश एयरवेजका १५ सय बढी उडान रद्द्द भएका छन् । सोमबार र मंगलबारका दिन तलबसम्बन्धी विवादका कारण पाइलटहरुले हडतालो घोषणा गरेका हुन । एयरलाइन्सको इतिहासमा यो सबैभन्दा ठूलो हडताल मानिएको छ । द टेलिग्राफका अनुसार, हडतालबाट २ लाख ८० हजार मानिस प्रभावित भएका छन् । यसबाट करिब ८० मिलियन पाउण्ड को नोक्सानी हुने बताइन्छ । यो हडतालका कारण न्यूयोर्क, दिल्ली, हंगकंग र जोहानसबर्ग लगायतका सबै उडान प्रभावित बनेका छन् । एयरलाईन्सले पाइलटहरुको कदमको भत्र्सना गरेको छ । पाइलटहरुको हडतालले उडान रद्द्द भएपछि रुसलगायतका देशले आफ्ना नागरिकलाई सचेत पारेका छन् ।

२५ हजार जरिवाना तोकेपछि आफ्नै मोटरसाइकलमा आगो

काठमाडौँ, भारतमा ट्राफिक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेपछि एक जनाले मोटरसाइकलमा नै आगो लगाइदिएका छन् । दक्षिण दिल्लीको मालवीय नगर क्षेत्रको शेख सराय भन्ने ठाउँमा रक्सीको नसामा मातेको एउटा युवकले ट्राफिक प्रहरीले जरिवाना काटेपछि आफ्नो मोटरसाइकलमा आगो लगाइदिएका थिए । उक्त क्षेत्रका प्रहरी अधिकृतका अनुसार रक्सीले मातेको अवस्थामा बिना हेल्मेट मोटरसाइकल चलाइरहेका ती युवकलाई प्रहरीले रोकेर केरकार गर्न खोज्दा उनीसँग कुनै पनि कागजात नभेटिएपछि उनलाई जरिवाना तोकिएको थियो । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ती युवालाई नियन्त्रणमा लिइएको जनाएको छ । ट्राफिक नियम तोडे ठुलो जरिवाना  भारतमा भर्खरै संशोधित सवारीसाधन कानुनमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ठुलो जरिवाना तोक्ने प्रावधान राखिएको छ । केही दिन अघि मात्रै ट्राफिक प्रहरीले एक जनालाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै २३ हजार जरिवाना तोकेको थियो। जम्मा १५ हजार मूल्य रहेको स्कुटीमा सवार रहेका ती चालकले यातायात नियम उल्लंघन गरेबापत २३ हजार जतिवाना तिर्नु परेको समाचार भारतीय मिडियामा प्राथमिकताका साथ छापिएको थियो । भारतमा संशोधित यातायात नियमावली अनुसार १० हजारसम्म जरिवाना तोक्ने नियम बनाइएको छ । त्यसमा पनि अलग अलग नियम तोडेको खण्डमा गल्तीपिच्छे थप जरिवाना लाग्ने प्रावधान रहेको छ । त्यहाँ लाइसेन्सबिना सवारी साधन चलाएको खण्डमा पाँच हजार, नाबालकले सवारीसाधन चलेको खण्डमा १० हजार, मपसे गरेर सवारी साधन चलाएको खण्डमा १० हजार जरिवाना या छ महिना कारावास या दुइटै हुनसक्ने प्रावधान राखिएको छ । तर दोस्रो पटक मपसे गरेर गाडी चलाइएको खण्डमा भने दुइ वर्ष कारावास या १५ हजार जरिवानाको प्रावधान छ । त्यस्तै दमकल या एम्बुलेन्सजस्ता आपातकालीन वाहनको बाटो छेकेको खण्डमा पाँच हजार जरिवाना तिर्नुपर्ने छ । त्यस्तै मोबाइलमा कुरा गर्दै गाडी चलाएको खण्डमा एक हजार जरिवाना हुनेछ ।