साउदी महिला पनि संसारका शक्तिशाली महिलाको सूचीमा
एजेन्सीः साउदी अरेबियाकी पहिलो महिला सिइओ विश्वभरका शक्तिशाली १ सय महिलाको फोर्ब्स सूचीमा अटाउन सफल भएकी छन् ।
साम्बा फाइनान्सियल ग्रूपको सिइओ रनिया नाशरलाई फोर्ब्सले दोस्रो पटक शक्तिशाली सूचीमा राखेको हो । १ सय महिलामध्ये उनी यसपटक ९७औं लिस्टमा परेकी हुन् ।
शक्तिशाली महिलाको पहिलो नम्बरमा १६ वर्षीया ग्रेटा थम्बर्ग छिन् । ग्रेटा जलवायु परिवर्तन अभियन्ता हुन् ।
यस सूचीमा यूएइका राजा एसा अल गर्ग ८४औं नम्बरमा छिन् । जर्मन चान्सलर एन्जेला मर्केल भने उत्कृष्ट १० मा परेकी छन् ।
भारतमा ‘लोकतन्त्रकै ठूलो नौटंकी’ भएको टिप्पणी
काठमाडौँ। राति सारा भारत सुतिराखेको बेला त्यहाँको केन्द्रमा सत्तासीन दल बिजेपीले सारा सम्भावनाहरूलाई स्तब्ध पार्दै एकाबिहानै सरकार बनाउने दाबी गरेपछि यसमा केन्द्रीय सरकार र केन्द्र सरकारको प्रतिनिधिको रूपमा रहने राज्यपालको भूमिकामाथि समेत प्रश्नचिन्ह उठाइन ठालेको छ। बिबिसी हिन्दीका डिजिटल सम्पादक राजेश प्रियदर्शीले यसलाई ‘राति पासो थापेर चरा समात्ने’ प्रक्रियासँग तुलना गरेका छन्। महाराष्ट्रमा सरकार निर्माणमा सहमति नदेखिएपछि राष्ट्रपति शासन लगाइएको थियो र शुक्रवार रातिसम्म पनि उक्त व्यवस्था यथावत थियो। शुक्रवार साँझसम्म शनिवारसम्म युपीए गठबन्धन र शिवसेनाले सरकार बनाउन आफूहरू एकजुट रहको घोषणा गर्ने र त्यसपछि विधिवत रूपमा सरकार बनाउने दाबी पेश गर्ने तयारी चलिराखेको थियो। बिहानै प्रकाशित समाचारपत्रहरूले पनि शिवसेना प्रमुख उद्धव ठाकरे महाराष्ट्रका नयाँ मुख्यमन्त्री बन्ने समाचार प्राथमिकताका साथ प्रकाशित थियो। तर बिहानैदेखि टेलिभिजन र अनलाइन पत्रिकाहरूले भने बीजेपी नेता देवेन्द्र फडनवीस यूपिएको प्रमुख घटक एनसीपीको समर्थनमा मुख्यमन्त्री भैसकेको समाचार प्रकाशित गरिरहेका थिए। प्रदेश सरकार गठनको लागि चाबी नै सिद्ध भएको एनसीपीको संसदीय दलका नेता अजित पवार आफ्नो दलका ५४ जना विधायकको हस्ताक्षर बुझाएर बिजेपीको समर्थनमा उत्रिएपछि रातारात परिवर्तन भएको सट्टा समीकरणले भने यस मामिलालाई सर्वोच्चअदालत सम्म पुर्याएको छ। राज्यपालको भूमिकामाथि शंका रातारातको गणितीय परिवर्तनमा उक्त राज्यका प्रदेश प्रमुख भगतसिंह कोश्यारीको भूमिकामाथि समेत एक पक्षले शंका गर्न थालको छ। विशेष गरेर एनसीपीका प्रमुख शरद पवारले आफ्नो दलका प्रदेश सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको बताएपछि युपीए र उसका घटकदलका नेताहरूले राज्यपालको भूमिका नै शंकास्पद भएको भन्न थालेको छ। राज्यपाल कोश्यारीले रातारात रास्ट्रपति शासन हटाएर फडनवीसलाई शपथ ग्रहण गराएको बताइन्छ। उनले यसमा आवश्यकताभन्दा बढी तदारुकता देखाएको भन्दै बिबिसीका राजेश प्रियदर्शीले यसलाई ‘महा-तत्परता’को संज्ञा दिएका छन्। प्रदेश सांसदहरूलाई राखियो होटलमा सम्भाव्य किनबेच र अन्य सुरक्षा मामिलालाई मद्देनजर गर्दै एनसीपी र कांग्रेसले आफ्ना सबै विधायकहरूलाई मुम्बईका पाँचतारे होटलमा राखेको छन् । उनीहरूमाथि गोप्य रूपमा निगरानी समेत भैरहेको बताइएको छ। सरकारविरुद्ध अदालतको शरणमा सरकार बनाउने तयारीमा रहेका शिवसेना र एनसीपीले शनिबार बिहान जिल्लाराम परेपछि भारतको सर्वोच्च अदालतको ढोका ढकढकाएका छन्। उनीहरूको रिटमाथि त्वरित कारवाही गर्दै भारतको केन्द्र सरकार, महाराष्ट्र सरकार, देवेंद्र फडनवीस र अजित पवारको नाममा ‘नोटिस’ जारी गरेको छ। अदालतले उनीहरूसँग सरकार बनाउन पुग्ने अवश्यक दस्तावेज प्रमाणसहित मागेको छ। बिबिसीले जनाए अनुसार सोमवारसम्म यस मामिलामा अदालतले फैसला सुनाउन सक्ने छ।
क्यानडामा भारतीय मूलकी हिन्दू महिला मन्त्री
काठमाडौंः क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गठन गरेको नयाँ मन्त्रिपरिषदमा भारतीय मूलकी एक हिन्दू महिलाले पनि मन्त्री बन्ने मौका पाएकी छन् । युवा वर्गको समेत प्रतिनिधित्व गर्ने अनिता इन्दिरा आनन्द मन्त्री बनेकी हुन् । जसले क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने पहिलो मन्त्रीको छवि बनाएकी छन् । प्रधानमन्त्री जस्टिनले भने आफूले विविधतालाई महत्व दिएको प्रतिक्रिया दिएका छन् । क्यानडामा अरु तीनजना भारतीय मूलका नेता पनि मन्त्री बनिसकेका छन् । आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वाचित भएकी थिइन् । नयाँ–नयाँ मन्त्रिपरिषदमा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको हो । आनन्द ओन्तारिओस्थित ओक्भिल्लाबाट विजयी भएकी हुन् । जुन हिन्दू महिला पहिलो पटक विजयी भएकाले पनि यस क्षेत्रलाई ऐतिहासिक ठानिएको छ । कानूनको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टो विश्वविद्यालयमा अध्यापन गर्छिन् । आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन् । उनका बावु–आमा दुबै स्वास्थ्य क्षेत्रमा थिए । उनकी आमा सरोज राम भारतको अमृतसरकी थिइन् भने बावु एसभी आनन्द तामिलनाडुका । क्यानडामा भारतीय समुदायसँग पनि आनन्द नजिकको सम्बन्ध राख्ने नेत्री मानिन्छिन् । जो ‘म्युजियम अफ हिन्दू सिभिलाइजेशन’को प्रमुख बनिसकेकी छिन् । आनन्दले एक सफल अनुसन्धाताको रुपमा पनि आफ्नो छवि बनाएकी छन् । क्यानडाको मन्त्रिपरिषद्मा आनन्द सात नयाँ मन्त्रीमध्ये एक हुन् ।
आफ्नै गठबन्धनको दललाई जिल्ल पार्दै भारतमा बीजेपीको सरकार
एजेंसीज। भारतको महाराष्ट्र राज्यमा रातारात भएको राजनीतक उलटफेरमा केन्द्रमा सत्तासीन दल बीजेपीले चुनावमा आफूसितै गठबन्धन गरेको दल शिवसेनालाई जिल्ल पार्दै प्रदेश सरकारको नेतृत्त्व हासिल गरेको छ। जेपीले सत्ता साझेदारीको निम्ति राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)लाई मनाउन सफल भएपछि सो दलका नेता तथा निवर्तमान मुख्यमन्त्री देवेन्द्र फडनवीस दोस्रो कार्यकालका लागि मुख्यमन्त्री चुनिएका छन्। यसका साथै बिजेपी नेतृत्त्वको गठबन्धन एनडिएमाअबद्ध दल शिवसेनाका नेता उद्धव ठाकरेको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ। शिवसेना प्रमुख ठाकरेले आफ्नो दल र बीजेपीबीच आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्नु पर्ने माग्रखेपाची गठबन्धनमा चिरा पर्ने संकेत देखिन थालेको थियो। राज्यपाल भगत सिंह कोश्यारी ले फडनवीसका साथै अजीत पवारलाई पनि उपमुख्यमन्त्रीको सपथ दिलाएका छन्। पवार एनसीपीका संस्थापक प्रमुख शरद पवारका भान्जा हुन्। यसरी सुरु भयो एनडीए गठबन्धनमा विवाद महाराष्ट्रको प्रदेश सभा निर्वाचनमा शिवसेना र बीजेपीको गठबन्धनले स्पष्ट बहुमत प्राप्तगरेको भएपनि दुवै दलको बीचमा मुख्यमन्त्री को बन्नेबारे बहस शुरु भएपछि शिवसेना र बीजेपीबीच मनमुटाव देखिएको थियो। कुल २८८ सीटको महाराष्ट्र विधानसभामा सरका बनाउन आवश्यक संख्या १४५ हो जुन कुनै पनि दलले एक्लै ल्याउन सकेको थिएन। बीजेपी नेतृत्त्वको गठबन्धन एनडीएले १५१ स्थान ल्याएर स्पष्ट बहुमत पुर्याएको भए पनि यसका घटक दलहरूमा सरकारको नेतृत्त्व कसले गर्ने भन्ने विवाद चुलिए पछि शिवसेनाले गठबन्धन बाहिर सरकार बन्नसक्ने सम्भावना खोजिराखेको थियो। शिव सेना प्रमुख उद्धव ठाकरेले ९८ स्थानमा जीत हासिल गरेको युपिए गठबन्धनसँग मिलेर आफ्नो मुख्यमन्त्रीत्त्वमा सरकार बनाउने तानाबाना बुन्दै थिए। तर यसको लागि न अर्थपूर्ण वार्ता हुन हुन सकेको थियो न यसका लागि आवश्यक संख्या पुग्ने छाँट नै । निर्वाचनमा १०५ स्थानमा जीत हासिल गर्दै बीजेपी सबैभन्दा ठुलो दल बनेको थियो भने शिवसेना ५६ सीटका साथ् दोस्रो दल थियो। त्यस्तै इन्डियन नेसनल कांग्रेस र एनसीपीसँग क्रमशः ४४ र ५४ सीट रहेका थिए। बाँकी २९ सीट अन्य साना दलहरूको पोल्टामा परेका थिए। शाहको कुशल कूटनीति आइएनसी र एनसीपीलाई मनाउन सकेको अवस्थामा पनि शिवसेनालाई एउटा सीट कम परिराखेको थियो। जसका लागि उसलाई निकै हम्मे हम्मे पर्ने वाला थियो। यसैबीच बीजेपीले रातारात एनसिपी लाई मनाएर सरकार बनाएको छ। नवगठित सरकारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले बधाई दिएका छन्। रातारात नयाँ गठबन्धन बन्नुमा शाहको हात हुनसक्ने धेरैको आकलन रहेको छ। सारा अनुमान ध्वस्त महाराष्ट्रको राजनैतिक घटनाक्रमले भारतीय राजनीतिका सारा अनुमान ध्वस्त बनाइदिएको छ। शुक्रबार साँझ मात्रै शिवसेना प्रमुख उद्धव ठाकरेको नेतृत्त्वमा सरकार बनाउन युपीए गठबन्धन सहमत भएको समाचार सार्वजनिक भएको थियो। तीन ओटै पार्टीका नेताहरूले शनिवार नयाँ समीकरणकोहओशाना गरेर आइतबार या सोमबार राज्यपालसमक्ष सरकार बनाउन आवश्यक बहुमत दाबी गर्ने योजना बनाएको समाचार भारतीय मिडियाहरूले प्रसारित गरिराखेका थिए।
डोनाल्ड ट्रपः आफूविरुद्ध महाअभियोग नलाग्ने
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् । एक टेलिभिजन अन्र्वार्ताका क्रममा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका हुन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वदीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोपमा सत्यता नभएको दोहार्याए जो वाइडेनविरुद्ध छानविनका लागि राष्ट्रपति टम्पले युक्रेनमाथि दवाव दिएको भन्दै संसदको तल्लो सदनले महाअभियागका लागि प्रमाण जुटाउन सार्वजनिक सुनुवाइ गरिरहेको छ । यसअघि युक्रेनका लागि अमेरिकी राजदुत मेरी यावानिचले आफूमाथि अनावश्यक आरोपलगाएको प्रतिक्रिया दिएका छन् । उनले राजदुत यावानिचले राम्रो काम नगरेकाले फिर्ता बोलाइएकोसमेत दावी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । ट्रम्पमाथिको छानविनका लागि संसदीय समितिले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेनका राष्ट्रपति बोल्डामिर जेलेन्स्कीसँग पटक पटक टेलिफोन संवाद भएको आरोप लागेको छ । जसमा आफ्ना समकक्षी पूर्व अमेरिकी उपराष्ट्रपति जो बिडेन र उहाँका छोरा हन्टरमाथि अनुसन्धान गर्न दवाव दिएको बताइएको छ । युक्रेनका रहेको एक ग्यास कम्पनी जो बिडेनका छोरा सञ्चालक रहेका छन् । बिडेन आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने चर्चा चेलसँगै ट्रम्पले उहाँमाथि छानविन गर्न दवाव दिएको विपक्षीहरुको आरोप छ । एजेन्सी
संसदकै कर्मचारीसँग यौनसम्बन्ध, गुम्ने भयो सांसद पद
अमेरिकामा एक महिला सांसदलाई संसदका कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ । क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ । त्यसका साथै अन्य एक जना महिला कर्मचारीसँग समेत उनको सम्बन्ध रहेको समाचारमा उल्लेख छ । ती सांसदको कर्मचारीसँग अफेयर रहेको भन्दै उनिहरुको नाङ्गो तस्विरहरु समेत सार्वजनिक गरेको थियो । सांसदका श्रीमान् केन्नी हिसेल्पसँग उनको डिभोर्सको प्रक्रिया सुरु भएको छ । संसदका कर्मचारीसँग सम्बन्ध रहेको समाचार सार्वजनिक भएसँगै उनले सांसद पदबाट राजीनामा दिएकी छन् । उनले राजीनामा दिँदै भनेकी छन् ‘टुटेको दिलसहित आज कांग्रेसबाट राजीनामा दिने घोषणा गर्दैछु । यो अहिलेसम्मकै मेरो लागि कठिन काम हो, तर मेरो विचारमा यो समुदाय र देशको लागि राम्रो कुरा हो । ’ ३२ वर्षीया हिलले लसएन्जलसमा रिपब्लिकनको कब्जा रहेको उत्तर पुर्वी क्यालिफोर्नियाबाट उपनिर्वाचन जितेकी थिइन् । उनलाई संसदका विभिन्न महत्वपूर्ण समितिमा जिम्मेवारी दिइएको थियो । –एजेन्सी
सोफी विल्मस् बनिन् बेल्जियमको पहिलो महिला प्रधानमन्त्री
काठमाडौंः बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएकी छिन् । नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएकी हुन् । अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ । उनलाई ४४ बर्षका राजा फिलिपद्वारा आइतबार बिहान औपचारिक राजकीय समारोहबीच शपथ गराइएको छ । २०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको थियो । गत मेमा भएको संसदीय चुनावमा कसैको स्पष्ट बहुमत आउन नसकेपछि सरकार गठनमा जटिलता देखिएको हो ।
हेलिकोप्टरबाट गोली प्रहार गर्दा ९ जनाको मृत्यु
एजेन्सी– दमास्कस सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ। आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकू रहेको अधिकारीहरूले जनाएका छन् । सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन्। आइएस लडाकूहरूको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाई छ। आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो। सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ। अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरूको समूहका केही नेता र सदस्यहरूको मृत्यु भएको जानकारी दिए। ‘बग्दादी मारिएका हुन् वा होइनन् भन्ने बारेमा पुष्टि गर्न सक्ने अवस्थामा छैनौं। तर उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो’ उनले भने।
विश्वमै सर्वाधिक खोजीको सूचीमा रहेका इस्लामिक स्टेटका नेता बग्दादी मारिएको दाबी
वासिङ्टन : आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएको बताइएको छ । एकजना अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बग्दादी सिरियाको इड्लिब प्रान्तमा मारिएको बताएका छन् । तर उक्त कारबाहीको विस्तृत विवरण भने प्राप्त भएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति ‘आज ठूलै कुरा हुँदैछ’ भन्दै ट्वीट गरेका थिए । ह्वाइट हाउसका प्रवक्ता होगान गिड्लीले राष्ट्रपति ट्रम्पले उक्त हवाई कारबाहीका बारेमा आफैं वक्तव्य दिन लागेको बताए । उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेटको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको छ । कुनै समय इराक, सिरिया समेतको ठूलो भूभागमा कब्जा जमाउन सफल इस्लामिक स्टेटले पछिल्लो समय पराजय भोगेको थियो । अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेटको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस संगठनले घाँटी छिनालेर व्यक्तिको क्रुरतापूर्वक हत्या गर्ने भन्दै बदनाम भएको थियो । इराक र सिरियामा प्रभाव राखेको यस संगठनमा पश्चिमा मुलुकका व्यक्तिसमेत लाखौं मानिस आबद्ध भएका थिए । अल–बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए । कतिपयले उनको मृत्यु भइसकेको दाबी गरिरहेका थिए । यो संगठनका समर्थकहरुले युरोप र अमेरिकी भूभागमा आतंकवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेटले पछिल्लो समय विमान अपहरण जस्ता ठूला आक्रमणको साटो साना स्तरका आक्रमणहरु गरेर जनजीवन त्रसित बनाउने गरेका थिए । अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख तोकेको थियो । पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकूलाई आफू र आफ्ना परिवारका सदस्यलाई बन्दी जीवनबाट मुक्त गर्न अपिल गरेका थिए । यो उनको गत अप्रिल यताको पहिलो थियो । (एपी)
फलफूल उपहार दिएको आरोप लागेपछि जापानी मन्त्रीको राजीनामा !
जापान : जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् । इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए । उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको छ । जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ । साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो । सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो । सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन् । ‘म मेरो समस्याको कारणले संसद्मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,’ सुगावाराले बताए । प्रधानमन्त्री सिन्जो अबेले भने, ‘उनलाई नियुक्त गरेको जिम्मेवारी म लिन्छु । म जापानी नागरिकहरूसँग माफी चाहन्छु ।’ (बीबीसी)
विधानसभा निर्वाचनः भाजपालाई झड्का, पराजित भए १५ मन्त्री
काठमाडौं– भारतको हरियाणा र महाराष्ट्रमा भएको विधानसभा निर्वाचनमा प्रदेश सरकारका अधिकांश मन्त्री पराजित भएका छन्। दुबै प्रदेशमा भएको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले धेरै सिटमा जित हासिल गरे पनि भाजपाकै तर्फबाट सरकारमा रहेका मन्त्रीहरु भने पराजित भएका हुन्। महाराष्ट्रमा देवेन्द्र फडणविस नेतृत्वको सरकारका ८ मन्त्री विधानसभा निर्वाचनमा पराजित भएका छन् । मनोहर लाल खट्टर नेतृत्वको हरियाणा सरकारका सात मन्त्री पराजित भएका छन् । हरियाणामा मन्त्रीसहित सत्तारुढ भाजपका प्रदेश अध्यक्ष सुभाष बरालासमेत पराजित भएका छन् । हरियाणा सरकारमा रहेका ११ मन्त्रीमध्ये ९ जनाले टिकट पाएका थिए भने दुई जनालेमात्रै जित निकालेका हुन् । दुबै राज्यमा भाजपाले राम्रो जित निकालेको छ । भाजपाले महाराष्ट्रमा बहुमत प्राप्त गरे पनि शिवसेनासँग मिलेर सरकार गठनको तयारी गरेको छ भने हरियाणामा बहुमत प्राप्त गर्न नसकेपछि त्यहाँ पनि एकल सरकार नबन्ने भएको छ ।
बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक
काठमाडौंः बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक भएको खुलेको छ । बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् । यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको छैन । शवको पहिचान आफूहरूको प्रारम्भिक कार्य भएको त्यहाँ कार्यरत प्रहरीको भनाइ छ । घटनाबारे चिनियाँ र बेलायती दुवै पक्षको प्रतिक्रिया आउन बाँकी छ । बुधबार पूर्वी लन्डनको ग्रेजमा ट्रकको पछाडि ३९ शव भेटिएको थियो । शव भेटिएको १ दिनपछि ती चिनियाँ नागरिक भएको खुलेको हो । मृतकमध्ये ३८ बयस्क र १ जना किशोर रहेको अधिकारीहरूले जनाएका छन् । यी चिनियाँ नागरिक बेल्जियमबाट डुंगामा आएको बताइएको छ । शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाइ छ । यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए । अनलाइन खबरबाट
पाकिस्तान जाने नदीको पानी रोक्ने मोदीको घोषणा
हरियाणा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तानतर्फ बग्ने नदीको पानी रोक्ने घोषणा गरेका छन् । हरियाणामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानका विरुद्ध पानीमा सर्जिकल स्ट्राइक गर्ने घोषणा गरेका हुन । पानी रोक्ने विषयमा काम भइरहेको र छिट्टै नै त्यहाँ गइरहेको पानी रोकिने उनले बताए । पाकिस्तानतर्फ हरियाणा, पञ्जाब र राजस्थानबाट नदीहरु बग्ने गर्दछन् । जम्मु कश्मिरको आतंकवादको चर्चा गर्दै मोदीले यो युद्द कति लामो जाने हो ? भनेर प्रश्न समेत गरे । हिन्दुस्तान र हरियाणाका किसानको हकको पानी ७० वर्षदेखि पाकिस्तान गइरहेको बताउँदै मोदीले अब पानी रोकिने बताए । “यो पानी अब तपाईको मोदीले रोक्नेछ र तपाईको घरसम्म ल्याउने छ । उनले दादरी सभामा भने, “यो पानीमा हिन्दुस्तानको हक छ र यो रोक्ने दिशामा काम भइरहेको छ । छिट्टै नै पाकिस्तान गइरहेका हाम्रा नदीको पानी किसानहरुलाई पाइनेछ । भारतले जम्मु र कश्मिरलाई संविधानले दिएको विशेष दर्जा खोसेपछि अहिले पाकिस्तानसँग सम्बन्ध तनावपूर्ण बनेको छ । यसअघि पाकिस्तानले आफ्नो आकाश मार्ग भारतका लागि प्रतिबन्ध लगाएको छ । भारतले पानी रोक्ने घोषणाले पाकिस्तानमा ठूलो प्रभाव पर्ने छ । कतिपयले यसले वार्ता र संवादको बाटो पूर्णरुपमा बन्द हुने र युद्दको परिस्थिति झन नजिक आउने विश्लेषण समेत गरेका छन् ।
बस दुर्घटनामा ८ जनाको मृत्यु, दर्जनौं घाइते
नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशको गोदावरी जिल्लामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं अन्य घाइते बनेका छन् । अमर उजालाका अनुसार, मोदुमिली र चिन्तुरुको बीचमा दुर्घटना भएको थियो । पर्यटकहरुलाई लगिरहेको बस आदिवासी क्षेत्र चिन्तूर घाट रोडमा बाल्मिकी कोन्डा नजिकै भीरबाट खसेको थियो । बस भीरबाट खसेको पुष्टि भएपनि मृतक या घाइतेहरुको बारेमा यथार्थ जानकारी नपाएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा पर्याप्त सञ्चार सुविधा छैन ।
कार दुर्घटनामा ४ राष्ट्रिय हकी खेलाडीको मृत्यु, ३ जना घाइते
काठमाडौंः भारतको मध्य प्रदेशको होशंगादा जिल्लामा कार दुर्घटनामा परेर ४ राष्ट्रिय स्तरका हकी खेलाडीको ज्यान गएको छ । दुर्घटनामा ३ अन्य खेलाडी घाइते भएका छन् । घाइतेमध्ये एक खेलाडीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार कारमा सवार हकी खेलाडी ध्यानचन्द्र ट्रफीका लागि इटारसीबाट होशंगाबाद गहिरहेका थिए । उनीहरु सवार कार राष्ट्रिय राजमार्ग अन्तर्गत रायसलपुर गाउँ आसपास दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा मृत्यु र घाइते खेलाडीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
दुबईबाट गुद्द्वारमा लुकाएर ल्याएको करिब डेढ किलो सुन बरामद
चेन्नई । भारतको चेन्नई एयरपोर्टमा ठूलो मात्रामा सुन बरामद भएको छ । दुबईबाट तस्करी गरी भारत ल्याउँदै गरेको अवस्थामा चार जनाबाट १ किलो ४ सय ग्राम भन्दा बढी सुन बरामद भएको हो । नवभारत टाइम्सका अनुसार, उनीहरुले गुद्द्वारमा सुन लुकाएर ल्याएका थिए । यसैगरी मंगलबारका दिन रियादबाट आएका एकजना अर्का व्यक्तिबाट समेत करिब १८ लाख नेपाली रुपैयाँ बराको मूल्य पर्ने सुनको बाला बरामद गरिएको थियो । दुबईबाट आएका ४ जना यात्रुमाथि तस्करी गरेको शंका लागेपछि कष्टम अधिकारीहरुले रोकेर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनीहरुले आफ्नो गुद्द्वारमा १.४५ किलो सुन लुकाएर ल्याएको

