घरमा आगजनीपछि ३० जनाको विभत्स हत्या

कानो, नाइजेरियाः हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाइकलमा आएका दर्जनौं बन्दुकधारीले गाउँलेहरुलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरुले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरुको घरमा समेत आगजानी गरेका छन् । ‘हतियारधारी आक्रमणकारीहरुले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्’, कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने ।

मृत्यु भएका मध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा बृद्धबृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले मानव हत्या र घरहरुमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाई छ । स्थानीय एक बासिन्दाले भने, ‘यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।’ एएफपी

राष्ट्रपति ट्रम्प भारत आउँदै

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फागुनमा भारत यात्रामा आउने भएका छन् । भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५ (फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुने छन् । अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुने छिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् । अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भयो । भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउने छन् ।

अफगानिस्तानको काबुलमा बम बिस्फोट, ५ जनाको मृत्यु

काबुलः अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ । यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनु भएको छ । गृह मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । तर गृह मन्त्रालयले घाइते सङ्ख्या भने छ मात्र भएको बताएको थियो । यो एउटा ठूलो विस्फोट हो जसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्– एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताए । हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए तापनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ । एएफपी

ज्वाई खोज्दै किम, उपहार र शर्त के–के छन् ?

एजेन्सीः उत्तर कोरियाका तानशाह किम जोङ उन बिभिन्न कारणले गर्दा चर्चामा रहन्छन् । अहिले पनि उनी चर्चामा नै छन् । उनी अहिले आफ्नी बहिनीको लागि बेहुलाको खोजिमा छन् । तर उनले बेहुलाका लागि बिभिन्न शर्त राखेका छन् । त्यसमध्येको मुख्य शर्त भनेको बेहुलाको आज भन्दा पहिला कोहिसँग पनि अफेयर चलेको हुनुहुँदैन । उनले हुनेवाला ज्वाईलाई सुनले चम्किएको कार उपहारमा दिने बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उत्तर कोरियाका राष्ट्रपति किमले आफ्नी बहिनी किम यो जोंगको विवाह गर्ने फैसला गरेका हुन् । किमका अनुसार हुने वाला बेहुला उनको शर्तमा खरो हुनुपर्नेछ । साथै बेहुलाको हाइट ५ फिट १० इन्च भन्दा अग्लो हुनुपर्नेछ । बेहुलाको यो भन्दा अगाडि कसैसँग पनि अफेयर चलेको हुनु हुँदैन । साथै बेहुलाको तौल ७५ किलोग्रामसम्म हुनु पर्दछ । बेहुलाको सिक्स प्याक एब्स हुनुपर्दछ । किम हुनेवाला ज्वाईलाई एउटा सुनको कारका साथै १ करोड ६० लाख रुपैयाँ दिनेछन् । अहिले उनकी बहिनीलाई बेहुला खोज्न उत्तर केरियाका अधिकारीहरु लागि परेका छन् । किमले बहिनीका लागि बेहुला उनको टक्करको हुनुपर्ने बताएका हुन् । किनभने उनले पछि गएर राजनीति सम्हाल्नु पनि पर्न सक्दछ ।

कोरोना भाइरसः चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’

बीबीसीः चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले “टुहुरो महसुस गरेको” बताएका छन्। वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको र आफूहरू अलपत्र परेको भन्दै निराशा व्यक्त गरेका छन्। वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, “हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गइसके।” “सुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो,” उनी भन्छन्, “तर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि लान थाले।” टुहुरो महसुस आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको न्यौपानेले बताए। उनले भने, “बेइजिङस्थित नेपाली राजदूतज्यूसँग हाम्रो कुराकानी भएको थियो। उहाँ अभिभावकत्व लिन्छु भन्नुहुन्छ, तर हामीलाई यहाँ टुहुरा बच्चाजस्तो महसुस भइरहेको छ।” “हामीलाई चाँडो भन्दा चाँडो नेपालमा लगेर आइसोलेशन गरेर राखियोस्।” सोही विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए। “हामीले चीन सरकारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि! तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आइसोलेशनमा राखोस् भन्ने चाहेका हौँ,” उनले भने, “त्यस्तो गरे कम्तीमा हामीलाई मानसिक तनाव कम त हुन्थ्यो।” शङ्का नेपाल सरकारले बेवास्ता गर्नुमा दूतावासले सही सूचना उपलब्ध नगराएको हुन सक्ने नेपाली विद्यार्थीहरूको शङ्का छ। खनालले भने, “हामीलाई यहाँ जेलमा बसेको जस्तो महसुस भइरहेको छ। तर सरकारले किन बाङ्लादेश, श्रीलङ्का र माल्दिभ्सजस्ता देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि हामीलाई वास्ता गर्दैन?” वुहानमै यूरोसर्जरीमा विद्यावारिधि गर्दै गरेका डा. गौरव पोखरेल नेपाली विद्यार्थीहरूमा मानसिक तनाव निकै बढेको बताउँछन्। नेपाली दूतावासका अधिकारीहरू पनि रहेको एउटा वीच्याट समूहमा संलग्न नेपालीमध्ये झन्डै १०० जति वुहानमा बसोबास गर्नेहरू भएको उनले बताए। तनावले अस्वस्थ तीमध्ये अधिकांशलाई अहिले अरुचि, अनिद्रा र पेटको समस्या समस्या देखिएको जानकारी आफूले पाएको ती डा. गौरव पोखरेल बताउँछन्। “यो सबै मानसिक तनाव र चिन्ताका कारण भएको हो,” उनले भने, “छिमेकी देशहरूले आफ्ना नागरिकको धमाधम उद्धार गर्न थालेपछि नेपालीमा चिन्ता बढेको छ।” चीनमा सङ्क्रमण र मृतकको सङ्ख्या दिनानुदिन बढिरहेको बेला कोरोनाभाइरस फैलिएको वुहानबाट नेपालीलाई तत्काल उद्धार गरिनुपर्ने उनको माग छ। डा. पोखरेलले भने, “हामी अहिले सङ्क्रमणको मुहानमा नै बसेका छौँ। कमसेकम मुहानबाट अन्यन्त्र जान पाए जोगिने सम्भावना बढी हुन्छ।” “तर हामी सङ्क्रमित त होइनौँ नि। सरकारले हामी सङ्क्रमित भए जसरी व्यवहार गर्‍यो।” उनी नेपाली विद्यार्थीहरू नेपाल आएपछि पनि सरकारले व्यवस्था गरिदिएको जुनसुकै स्थानमा अरूभन्दा पर १४ दिनसम्म अरूलाई सङ्क्रमणको सम्भावना नहोस् भनेर छुट्टै बस्न तयार भएको बताउँछन्। अभिभावकको माग वुहानमा रहेका विद्यार्थीले उद्धारको माग गरिरहेका बेला उनीहरूका अभिभावकले पनि सरकारसँग आफ्ना छोराछोरी नेपाल ल्याइदिन माग गरेका छन्। त्यस्तैमध्येका एक अभिभावक दिनेश श्रेष्ठले आफ्ना छोराछोरी अहिले “वरिपरि आगो लागेको स्थानमा बीचमा परेको जस्तो” महसुस भएको बताए। उनले भने, “आगो लागेर त्यो घरको दैलोमा आइसके जस्तो अवस्था भएको छ। हाम्रा बच्चाहरू बसेको २०० मिटरसम्मका मानिसहरूमा सङ्क्रमण देखिएको छ। उता पनि तनाव छ, यता पनि तनाव छ।” उनले नेपालमा ल्याएर सरकारले आफ्ना छोराछोरीलाई कतै टाढा राखे पनि हुने बताए। ‘ठूलो सङ्ख्या राख्न पनि सकिन्छ’ चीनबाट ठूलो सङ्ख्यामा नेपालीहरूको उद्धार गरिए उनीहरूलाई आइसोलेशन वार्ड बनाएर राख्न स्थान अभाव हुने कतिपयको भनाइ रहने गरेको छ। तर पूर्वस्वास्थ्यसचिव डा. किरण रेग्मी चाहिँ त्यस्तो अवस्था नआउने बताउँछिन्। उनी भन्छिन्, “उताबाट आएका सबै सङ्क्रमित हुन्छन् भन्ने छैन। तर पनि १४ दिनसम्म निगरानीमा राख्नुपर्ने हुन्छ।” “त्यस्तो गर्नलाई पनि काठमाण्डूभित्रै स्थानहरू रहेका छन्। एउटा विकल्प कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन संस्थान नै पनि हुनसक्छ। त्यहाँ फराकिलो स्थान छ।” उनी नेपाल सरकारले वुहानमा रहेका नेपालीहरूलाई कूटनीतिक पहल गरेर नेपाल ल्याउनुपर्ने वा चीनकै अर्को सहरमा सार्नुपर्नेमा जोड दिन्छिन्। उनी भन्छिन्, “सरकारले चाहेमा त्यही पनि अर्को सुरक्षित सहरमा नेपालीहरूलाई छुट्टै निगरानीमा राख्न सक्छ।” नेपाली दूतावासको भनाइ चीनस्थित नेपाली दूतावासले चाहिँ वुहानसहित अन्य सहरमा रहेका नेपालीहरूको सम्पर्कमा आफू रहेको बताउँदै आएको छ। हालसम्म नेपालीहरूमा सङ्क्रमण नदेखिएको र उनीहरू सुरक्षित रहेको दूतावासको भनाइ रहेको छ। चीन सरकारसँग सहकार्यमा काम भइरहेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै दूतावासले धैर्य गरेर बस्न विद्यार्थीहरूलाई आग्रह गरेको छ। तर वुहानमा रहेका नेपालीहरू व्याकुल हुँदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग बारम्बार सम्पर्क गर्दा पनि उनीहरू बीबीसीको सम्पर्कमा आउन चाहेका छैनन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वुहानका नेपालीको परिस्थिति र उद्धारको आग्रहबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

निर्भया काण्डका ४ दोषीको फाँसी फेरि टर्‍यो

काठमाडौंः भारतमा निर्भया मामिलाका चार जना दोषीविरुद्ध सुनाइएको मृत्युदण्ड सजाय अनिश्चितकालका लागि स्थगित भएको छ । सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीमा २३ वर्षीया मेडिकल छात्रा निर्भयामाथि सामूहिक बलात्कारपछि हत्या भएको थियो । उक्त घटनाका मुख्य चार दोषीलाई दिल्लीको एक अदालतले भोलि फेब्रुअरी एक तारिखका दिन फाँसी दिन आदेश दिएको थियो । तर, फाँसीको एक दिन अगाडि शुक्रबार पटियाला अदालतले अर्को आदेश नभएसम्म सजाय कार्यान्वयन नगर्न आदेश दिएको हो । चार दोषीमध्ये एकजनाले सजाय माफीका लागि राष्ट्रपतिसमक्ष पेस गरेको निवदेनको अन्तिम निर्णय आउन बाँकी रहेकाले भोलिको फाँसी सजाय टरेको हो । दोषी तर्फका वकिलले चार जना दोषी मध्ये एक जनाको माफी सम्बन्धी निवेदन राष्ट्रपति कहाँ विचाराधिन अवस्थामा रहेका बेला फाँसी दिनु गैर कानुनी हुने भन्दै अनिश्चितकालका लागि सजाय रोक्न अपिल गरेका थिए । उक्त घटनाका चार दोषी अक्षय ठाकुर, पवन गुप्ता, विनय शर्मा, मुकेश सिंहलाई यसअघि जनवरी, २२ मा फाँसी दिने मिति तय भएको थियो । अदालतको आदेशप्रति भने निर्भयाकी आमाले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले सरकारले दोषीहरूलाई फाँसीको सजाय दिनबाट जोगाउन खोजिरहेको प्रतिक्रिया दिइन्।

विमानमा चरा ठोकिएपछि यसरी भागेका थिए पाइलट! (भिडियोसहित)

एक विमानमा चराहरू आएर ठोकिएपछि आगो लाग्दा दुई पाइलटहरू विमानबाट भागेका थिए । भारतको गोवामा केही समयअघि भारतीय वायुसेनाको विमानमा भएको उक्त नाटकीय घटनालाई एकजना दर्शकले क्यामरामा कैद गरेका छन् फूटेजमा विमान घमाइलो दिनमा तीव्र गतिमा उडिरहेको देखिन्छ । एउटा विन्दुमा पुगेपछि विमानपछाडिबाट धूवाँ आउन थाल्छ। विमानचालकहरू तत्कालै प्यारासुट लिएर ओर्लन्छन् र सुरक्षित हुन्छन्। विमान उडेको केही समयपछि नै आगो लागेको थियो। वायुसेनाका प्रवक्ताले चराहरूको झुण्डका कारण दुर्घटना भएको बताएका थिए। भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

बिल गेट्सकी छोरीले गरिन प्रेमीसँग इन्गेजमेन्ट

एजेन्सीः विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा रहेका बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इंगेजमेन्ट गरेका छिन् । जेनिफरले यस कुराको जानकारी आफ्नो इन्स्टाग्राममार्फत तस्बिर शेयर गरेर दिएकी हुन् । २३ वर्षीय जेनिफरलाई नायेलले एक सुन्दर स्थानमा लगेर प्रपोज गरेका थिए । नायेलले जेनिफरलाई हीराको औँठी दिएर पूरै जीवन उनीसँग बिताउने अनुमति मागे । जेनिफरले तत्काल उक्त प्रस्ताव स्वीकार गरिन् । जेनिफर र नायेल एकअर्कालाई चार वर्षदेखि चिन्छन् । जेनिफर बिल गेट्सकी जेठी छोरी हुन् । नायेल मिस्र पनि सबैभन्दा धेरै धनी युवाका रुपमा चिनिन्छन् । जेनिफरले आफ्नो इंस्टाग्राम प्रोफाइलमा आफ्नो इंगेजमेन्टको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नायेल नसार, तिमी संसारमा आफ्नो ढंगको एक मात्र मानिस हौ । म अब सारा जीवन तिम्रो साथमा बिताउन चाहन्छु ।’ यस्तै नायेल नसारले पनि इंस्टाग्राममा लेखेका छन्, ‘उनले प्रस्ताव स्वीकार गरिन् । म संसारको सबैभन्दा धेरै भाग्यमानी महसुस गरिरहेको छु ।’

अल्जेरियामा युद्धक विमान दुर्घटना

काठमाडौंः अल्जेरियामा युद्धक विमान दुर्घटना भएको छ । रुसमा निर्मित एसयु ३० युद्धक जेट उत्तरपूर्वी अल्जेरियामा सोमबार अबेर दुर्घटना भएको हो । स्थानीय टेलिभिजनले घटनामा दुईजना पाइलटको निधन भएको पुष्टि गरेका छन् । रुससँग अल्जेरियाले युद्धक जेट खरिद गर्दै आएको छ । रुसबाट उसले यही मोडलको ५८ वटा वटा विमान खरिद गरेको छ ।-एजेन्सी

अफगानिस्तानमा विमान दुर्घटना

काबुलः अफगानिस्तानको पूर्वी क्षेत्र घाज्नी प्रान्तस्थित विमान दुर्घटना भएको छ । राज्यको स्वामित्वमा रहेको एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन । एरियाना अफगान एयरलाइन्सको विमान देह याक जिल्लाको सादोखेल क्षेत्रमा दुर्घटना भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार १ बजेर १० मिनेट जाँदा विमान दुर्घटना भएको हो । दुर्घटनामा कति क्षति भएको भन्नेबारे पूर्ण विवरण आउन बाँकी छ । (फाइल तस्बिर)

९१ वर्षको उमेरमा आफू समलिङ्गी भएको स्वीकार्ने पादरी

बीबीसीः “म जन्मिँदै समलैङ्गिक थिएँ। तर मैले त्यो स्वीकार्न सकिनँ। जीवनको अधिकांश समय मैले म त्यस्तो नभएको भए हुन्थ्यो भन्ने सोचेँ,” रेभरेन्ड स्ट्यान्ली अन्डर्हिलले भने। सानो उमेरमै उनले आफू अरूभन्दा भिन्न भएको अनुभूति गरे। तर कसैलाई भन्न सकेनन्। “मैले मेरो भाइलाई पनि सन् २०१८ मा किताब लेख्नुअघि आफू समलैङ्गिक भएको बताउन सकेको थिइनँ,” उनले बीबीसी आउटलुककी एमिली वेबलाई भने। त्यतिखेर उनी ९१ वर्षका थिए र उनका भाइ उनीभन्दा दुई वर्ष कान्छा थिए। “भाइले धेरै केही भनेनन्,” अन्डर्हिलले बताए। “मैले उनलाई र परिवारलाई पहिले नै बताएको भए हुन्थ्यो। तर मलाई उनीहरूले के भन्ठान्लान् भन्ने डर थियो।” ‘ईश्वरको आँखामा घृणित’ “म यस्तो समाजमा हुर्किएँ जहाँ गरिबी, पूर्वाग्रह तथा वर्ग विभाजन थियो,” आफ्नो आत्मसंस्मरणमा उनी दु:खपूर्ण शैलीमा लेख्छन्। वयस्क हुँदासम्म उनले आफू समलैङ्गिक भएको सङ्केत कतै दिएनन्। उनको जन्म हुनुभन्दा केवल नौ वर्ष पहिले सन् १९१८ मा इङ्ग्ल्यान्डमा महिलाले भोट हाल्ने अधिकार पाएका थिए। तर समलैङ्गिकतालाई अवैध मानिन्थ्यो। धेरैले यसलाई ‘ईश्वरको आँखा घृणित’ मान्थे। परिणामस्वरूप अन्य समलिङ्गीले जस्तै अन्डर्हिलले पनि आफ्नो यौनिकता लुकाए। “मैले जानीजानी यो विषय लुकाएँ – आफैँसँग, अरूसँग र ईश्वरसँग।” यौनिकताको सङ्घर्ष सानोमा अन्डर्हिल लज्जालु थिए। उनका आमाबुवा परम्परागत मान्यताका थिए। त्यसैले यौनिकताबारे कुरा गर्नु निकै कठीन थियो। “मलाई आफू को हुँ भन्नेबारे पनि थाहा थिएन। आफूलाई हुने अनुभूतिबारे म वर्णन गर्न सक्दिनथेँ। अरू कसैले पनि बताइदिएनन्। अनि समलैङ्गिकता भन्ने शब्द त हाम्रो शब्दकोशमै थिएन।” उनका बुवा बिजुलीको सामान बनाउने एउटा कारखानामा काम गर्थे। ज्याला कम थियो। परिवारमा आधारभूत आवश्यकताभन्दा अर्थोक उपलब्ध थिएन। अन्डर्हिल भन्छन् उनको बुवासँगको अन्तर्क्रिया केवल उनका केही निर्देशन र गालीमा सीमित हुने गर्थे। “मलाई लाग्छ उनी मलाई घृणा गर्थे। किन भनेर बताउन चाहिँ सक्दैनथे।” आमासँगको सम्बन्ध पनि अस्वाभाविक थियो। आमा भन्ने गर्थिन्, “कहाँबाट आउँछन् यस्ता विचार?” त्यसमाथि स्कूलमा पनि उनलाई सताइन्थ्यो। पुरुषप्रति आकर्षण पौडी सिक्ने बेला उनले थाहा पाए कि उनी पुरुषको शरीरप्रति आकर्षित हुन्छन्। आफ्नो आत्मकथा ‘कमिङ आउट अफ द ब्ल्याक कन्ट्री’ मा उनी लेख्छन्, “पौडी पोखरीमा डुबुल्की मार्दा उनको शरीर (पौडी प्रशिक्षक) देख्दा निक्कै मज्जा आयो।” अठार वर्षको उमेरमा अनिवार्य सैन्य सेवाको क्रममा उनले जलसेनामा नर्सको रूपमा प्रवेश गरे। द्वितीय विश्व युद्धपश्चात् उनलाई एचएमएस क्वीनमा खटाइयो। उक्त पानीजहाजमा अमेरिकी सैनिकसँग बिहे गरेका दुलहीहरू थिए। अमेरिकातर्फको उक्त यात्रामा एक महिला यात्रु लडिन् र खुट्टामा चोट लाग्यो। उपचारको लागि अन्डर्हिललाई बोलाइयो। तर धेरै रगत देखेर उनी आफैँ बेहोस भए। उनलाई रेखदेख गर्न एलेक्स नामक पुरुषलाई डाकियो। प्रेममा पर्दा “जब मैले आफ्नो आँखा खोलेँ मैले उनलाई (एलेक्स) मलाई हेरिरहेको देखेँ। उनी केही भन्दै थिए। तर मैले केही सुनिनँ। हाम्रा आँखा जुधे र म उनको प्रेममा परेँ।” सन् १९४८ मा उनले जलसेना छाडे र एलेक्सका बुवाकहाँ अवैतनिक लेखा सहायकको काम गर्न थाले। “एलेक्ससँगको सम्बन्ध गजबको थियो। त्यो अवैध वा अप्राकृतिक थियो भन्ने मलाई लागेन।”

कोरोना भाइरसबाट १७ को मृत्यु, ८ देशमा बिरामी भेटिए

वुहानः अप्रत्याशितरुपमा देखा परेको कोरोना भाइरसबाट चीनमा १७ जनाको मृत्यु भएको छ । सतर्कता अपनाउँदै चीन सरकारले वहानका सबै रेल र हवाईजहाज बन्द गरेको छ । मानिसहरुलाई काम नभई बाहिर ननिस्किन सतर्क पारिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई आपतकालिन घोषणा गर्ने या नगर्ने विषयमा छलफल भइरहेको जनाएको छ । वुहानबाट अन्तिम उडान आज अष्ट्रेलियाका लागि भएको जनाइएको छ । सबै यात्रुले मास्क लगाएका थिए। उनीहरुलाई कोरोना भाइरसका बारेमा जानकारी दिइएको थियो । वुआनमा ३१ डिसेम्बरका दिन पहिलोपटक कोरोना भाइरसको घटना फेला परेको थियो । यसअघि सन् २००२ २००३ मा सार्स भाइरसबाट चीनमा ६५० जनाको मृत्यु भएको थियो । कोरोनालाई पनि सार्स भाइरसकै श्रेणीमा राखिएको छ । चीनमा नयाँ वर्ष तथा स्प्रिङ फेस्टिबलका कारण मानिसहरुको आवागमन बढने भएपछि बस अड्डा, रेलमा मानिसहरुको जाँच गरिन थालिएको छ चीनका अतिरिक्त विश्वका अन्य ७ वटा देशमा समेत भाइरस देखा परेको छ । अहिलेसम्म जापान, मकाऊ, दक्षिण कोरिया, ताइवान, थाईल्याण्ड र अमेरिका मा कोरोना भाइरसको पहिचान भएको छ । थाइल्याण्डमा ४ जनामा यो संक्रमण देखिएको छ ।

अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना, अमेरिकी चालक दलको मृत्यु

काठमाडौंः अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटनामा अमेरिकी मुलका चालक दलको ज्यान गएको अधिकारीहरुले बताएका छन् । यसअघि बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा ठूलो ‘एअर ट्याङ्कर’ (आगो निभाउन पानी बोकेको विमान) हराइरहेको बताइएको थियो । विमान दुर्घटनाको कारणबारे पनि थाहा भइसकेको छैन । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) की प्रमुख ग्लेडिस बेरेजिक्लियनले अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको बताइन् । ‘हाम्रो विचार, प्रार्थना र हार्दिक समवेदना दुर्घटनामा ज्यान गुमाएका परिवारमा जान्छ’, उनले समवेदना प्रकट गर्दै भनिन् । चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक रहेको आधिकारिक स्रोतले बताएको छ । अस्ट्रेलियाको जङ्गलमा लागिरहेको आगो निभाउनको लागि मद्दत गर्न ती चालक दललाई अनुबन्धन गरिएको न्यु साउथ वेल्सको रुरल फायर सर्भिसले बताएको छ । हरक्युलिस सी–१३० पानीको फोहरा फ्याँक्ने विमान आगलागी भएको क्षेत्रका लागि तैनाथ गरिएको थियो ।

इरानले कसरी गर्‍यो यति ठूलो गल्ती ? माग्यो माफी

एजेन्सीः इरानी सेनाले गत बुधबार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिबार स्विकार गरेको छ । उक्त विमानमा १ सय ७६ व्यक्ति सवार थिए । इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ । बोइंग ७३७ फ्लाइट युक्रेनियन इन्टरनेशनल एयरलाइन्सको थियो । बुधबार उडान भरेको केही समयपछि नै यसलाई तेहरानको बाहिरी इलाकामा खसालिएको थियो । इरानले इराकको अमेरिकी बेसक्याम्पमा मिसाइलमार्फत् हमला गरेको थियो र त्यसको केही घण्टापछि विमानलाई खसालिएको थियो । विमानलाई हतियार प्रयोग गरेर खसालिएको भन्ने विभिन्न देशको दाबीलाई इरानले यसअघि अस्विकार गर्दै आएको थियो । अमेरिका र क्यानडाले आफ्नो गोप्य सूचनाको आधारमा इरानले उक्त विमानलाई खसालेको किटान गरेको थियो । उक्त विमान युक्रेनको राजधानी कियभ जाँदै थियो । यसमा १ सय ६७ यात्रु थिए भने चालक दलका ९ सदस्य थिए । उक्त विमानमा इरानका ८२, क्यानडाका १३ र युक्रेनका ११ नागरिक सवार थिए । इरानका राष्ट्रपति हसन रुहानीले ट्वीट गर्दै भनेका छन्, ‘मानवीय त्रुटीका कारण युक्रेनको यात्री विमानमाथि मिसाइल दागियो र १ सय ७६ निर्दोषको ज्यान गयो । कहाँ गल्ती भयो भनेर अहिले अनुसन्धान भइरहेको छ । यो भयावह त्रासदीका लागि जो दोषी छन्, उनीहरुलाई छोडिने छैन । यो विनाशकारी गल्तीका कारण इस्लामिक रिपब्लिक अफ इरानप्रति घोर खेद प्रकट गर्‍छौं । पीडित परिवारप्रति मेरो समवेदना छ ।’ इरानको सेनाले कसरी गर्‍यो यस्तो गल्ती ? इरानका अनुसार विमानले अप्रत्यासित रुपमा संवेदनशील सैन्य शिविरतर्फ युटर्न लिएको थियो । यसअघि इरानले विमान दुर्घटनाका लागि प्राविधिक गडबडीलाई जिम्मेवार बताएको थियो । इरानको सेनाले आफ्नो बयानमा भनेको छ, ‘विमान रिभोल्युशनरी गार्डस् कोरको बेस नजिकै आएको थियो । यस्तो स्थितीमा मानवीय भूल भयो र विमान खसालियो ।’ रिभोल्युशनरी गार्डले आफ्नो बयानमा भनेको छ, ‘घटनामा जो सुकैको गल्ती भएपनि कानूनी कारवाही हुनेछ । सेनाले अहिले सैनिक दलको अभियानमा व्यापक सुधार गर्नेछ ता कि भविष्यमा यस्तो गल्ती पुनः नदोहोरियोस् ।’ इरानको सेनाले आफ्नो बयानमा भनेको छ, ‘इराकमा अमेरिकी सैनिक इलाकामा मिसाइल हमलापछि अमेरिकी सेनाको विमान इरानको सीमाको चारैतिर उड्न थालेको थियो । यस्तोमा इरानको सेनाले एरियलमा सैन्य बेसतर्फ एउटा विमान आइरहेको देख्यो । इरानको थुप्रै डिफेन्स सिस्टममा रडारको गतिविधी बढेका थिए । यस्तो स्थितीमा युक्रेनियन इन्टरनेशनल एयरलाइन्स फ्लाइट ७५२ ले तेहरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्‍यो । यति नै बेला गल्तीपूर्वक विमानलाई खसालियो । यो भूलका कारण थुप्रै इरानीसमेत विदेशी नागरिकको ज्यान गयो ।’ इरानमाथि विमान खसालेको जिम्मेवारी लिनका लागि अन्तर्राष्ट्रिय रुपमा दबाब बढ्न थालेको थियो । अमेरिका र उसका सहयोगी देशले गोप्य सूचनाको आधारमा विमान इरानी मिसाइल हमलाको शिकार भएको दाबी गर्न थालेको थियो । इरानले केही घण्टा अघि मात्रै इराकमा अमेरिकी सैन्य इलाकामा मिसाइलमार्फत् हमला गरेका कारण पनि शंका झनै बढ्यो । राष्ट्रपति र विदेशमन्त्रीले मागे माफीः समाचार एजेन्सी एएफपीका अनुसार इरानका राष्ट्रपति हसन रुहानीले युक्रेनको विमान खसाल्नुलाई निकै ठूलो त्रासदी भएको बताउँदै जसले गल्ती गरेको छ, उसलाई माफ नगरिने जानकारी दिएका छन् । इरानका विदेशमन्त्री नवाद जरिफले ट्वीटमा खेद प्रकट गरेका छन् । आफ्नो ट्वीटमा उनले भनेका छन्, ‘निकै नै दुःखद । सेनाको सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार यो मानवीय गल्ती थियो जुन अमेरिकाको दुःसाहसका कारण निम्तिएको संकटका बेला घटित भयो । हामी यसका लागि माफी माग्छौं । पीडित पक्षसँग हाम्रो समवेदना छ ।’ इरानको तेहरानमा विमान आवतजावतमा रोक किन लगाइएन ? बुधबार जब इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा हमला सुरु गर्‍यो तब अन्तर्राष्ट्रिय विमानको रुटमा परिवर्तन भएको थियो । अमेरिकाले आफ्नो विमानलाई इरानको हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिएको थियो । थुप्र्रै विशेषज्ञले इरानले तेहरानमा विमान आवतजावतमा रोक किन नलगाएको भन्दै प्रश्न उठाएका छन् । सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकाका एक अवकाशप्राप्त मेजर जनरल जेम्स मार्क्सले इरानलाई इराकमा अमेरिकी सैन्य इलाकामा मिसाइल हमलापछि आफ्नो हवाई क्षेत्रमा यात्रुवाहक विमानको आवतजावतमा किन रोक लगाइएन भनेर प्रश्न गरेका छन् । मार्क्सले भने, ‘जब तपाईंलाई थाहा थियो कि तनाव चरम स्थितीमा थियो । इरानले इराकमा मिसाइल दागेपछि एयरस्पेस निकै व्यस्त थियो, सबै सतर्क थिए भने यस्तोमा तेहरान विमानस्थलबाट विमान जान दिनु नै निकै नै गैर जिम्मेवारीयुक्त व्यवहार थियो ।’

अष्ट्रेलियाको भीषण डढेलोबाट ४.४ अर्बको क्षति, डढेलो अझै अनियन्त्रित

काठमाडौंः अष्ट्रेलियाको जंगलमा तीन महिनादेखि डडेलो लागिरहेको छ । अग्नि नियन्त्रकको ठूलो प्रयासको बावजुद डडेलो पूर्ण रुपमा निभेको छैन । अष्ट्रेलियामा अहिले उत्तर गोद्धार्धको उल्टो मौसम अर्थात गृष्म ऋतु चलिरहेको छ । यो वर्षको गृष्म अत्यधिक सुख्खा हुदाँ डडेलो थप तिव्रताका साथ फैलिरहेको छ । डडेलो जारी रहदाँ त्यसले अष्ट्रेलियाको अर्थतन्त्रमा पारेको प्रभावका तथ्याक बारिन थालेका छन् । रेटिङ एजेन्सी मूडीजले जंगलमा लागेको आगोको कारण ४।४ अर्ब डलरको नोक्सानी पुगिसकेको अनुमान सार्वजनिक गरेको छ । मूडीजसँग आबद्ध क्याटरीना एलका अनुसार डडेलोको कारण भएको क्षतिले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा उपभोक्ताको सरकारप्रतिको विश्वास नै डगमगाएको छ । मूडिजका अनुसार झन् वायु प्रदुषण र पर्यटन–कृषि क्षेत्रमा परेको नोक्सानीले अर्थतन्त्रको क्षति थप वृद्धि गर्न सक्छ । अष्ट्रेलियाको जंगल र झाडीमा लागेको डडेलोले ८४ लाख हेक्टर क्षेत्रलाई डडाइसकेको छ । त्यस्तै दुई महिनाभित्र २५ मानिस मारिईसकेका छ । डडेलोबाट न्यु साउथ वेल्स राज्यको कोबार्टो र मोगो सहरमा विध्वसं मच्चिएको छ । त्यस अतिरिक्त भिक्टोरिया राज्यको एक सहर मालाकूटामा पनि ठूलो क्षती भएको छ । क्याटरिनाले डडेलोको सिजन भर्खर आधामात्रै भएकाले आगामी दिन पनि डडेलो थप क्षति पुर्याउने चिन्ता व्यक्त गरिन् । एजेन्सी

पाकिस्तानको एक मस्जिदमा विस्फोट, डीएसपीसहित १४ जनाको मृत्यु

एजेन्सीः पाकिस्तानको बलूचिस्तान प्रान्त स्थित क्वेटा शहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको ज्यान गएको छ । घटनामा २१ जना घाइते भएका छन् । आक्रमणमा परी क्वेटा शहरका डीएसपी अमानुल्लाहको पनि मृत्यु भएको छ । शहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ ।