दक्षिण एसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

काठमाडौंः साेमबार दिउँसाेसम्म दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५९ जनाले ज्यान गुमाएका छन् ।

साथै, समग्र संक्रमितको संख्या २९९४ पुगेको छ ।

कोरोना संक्रमबाट भारतमा सोमबारसम्म २९ जनाले ज्यान गुमाएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोना भाइरसका संक्रमित १ हजार ७१ पुगेका छन् ।

यस्तै, पाकिस्तान अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित देखिएका थिए ।

पाकिस्तानमा समग्र संक्रमितको संख्या १ हजार ६२५ पुगेको छ ।

अफगानिस्तानमा यो भाइरसका संक्रमितको संख्या १२० पुगेको छ भने ४ जनाको ज्यान गएको छ ।

श्रीलंकामा पनि संक्रमितको संख्या १२० पुगेको छ भने अहिलेसम्म यो भाइरसबाट त्यहाँ एक जनाको मृत्यु भएको छ ।

बंगलादेशमा ४९ जनामा भाइरसको संक्रमण भेटिएको छ ।

साथै, भाइरसको कारण ज्यान गुमाउनेको संख्या पनि ५ पुगेको छ ।

माल्दिभ्समा १७, नेपालमा पाँच तथा भुटानमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोनाः २४ घण्टामा ३१ सयको मृत्यु, मृत्यु हुनेको संख्या ३४ हजार नजिक (सूचीसहित)

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिम पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या बढेर ७ लाख २१ हजार ५ सय ६२ पुगेको छ भने डेढ लाख भन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३१ सय बढीको मृत्यु हुनुका साथै ५८ हजार कोरोनाका नयाँ बिरामी फेला परेका छन् । कहाँ कति संक्रमित छन् र कतिको मृत्यु भयो ? सूचिसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ को कोरोनाका कारण मृत्यु

काठमाडौंः इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९ सय १९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । योसँगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । त्यहाँ करिब साढे ८६ हजार कोरोना संक्रमित छन् । यसैगरी स्पेनमा एकैदिन ७ सय ७७ जनाको ज्यान भएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा हालसम्म संक्रमितहरुको कुल संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

न घर छोडे, नत विदेशबाट फर्केका कसैलाई भेटे नै, तर पनि भए कोरोना संक्रमित

छत्तीसगढः छत्तीसगढका स्वास्थ्यमन्त्री टिएस सिंहदेवले कोरोना भाइरसको तेश्रो चरणमा पुगेको र कम्युनिटी ट्रान्समिसन भएको आशंका व्यक्त गरेका छन् । राजधानी रायपुरमा बिहिबारका दिन ६८ वर्षीय व्यक्तिमा कोरोना संक्रमण देखिएपछि यो आशंका गरिएको हो । कोरोना संक्रमण देखिएका ती व्यक्तिले आफू लामो समयदेखि रायपुर भन्दा बाहिर यात्रा नगरेको र विदेशबाट फर्केका कुनै पनि व्यक्तिको सम्पर्कमा समेत नरहेको दावी गरेका छन् । टिएस सिंहदेवले  बीबीसीलाई भने, “संसारमा जुन प्रकारले कोरोना भाइरसको सामुदायिक प्रसार भएको छ, त्यसबाट अहिलेसम्म जोगिएका थियौं । तर रायुपरको नयाँ संक्रमित व्यक्तिको रिपोर्टपछि मलाई यो कुराको आशंका छ कि यो सामुदायिक प्रसारको घटना हुनसक्छ । चिकित्सक आज फेरी यो घटनाको जाँच गर्नेछन् ।” कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई रायपुरको एम्स अस्पतालमा भर्ना गरिएको छ । एम्सका डाइरेक्टर डा. किरण पिपरेका अनुसार, कोरोना भाइरसको संक्रमण छ भने कतै न कतै बिरामी कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएकै हुनुपर्छ । अन्यथा संक्रमित हुने कुनै कारण नै हुँदैन । तर संक्रमितका छोराले भने उसका बुवा सामान्यतः घरमा नै बस्ने गरेको बताए । गत महिना उनले पानीको कनेक्सनका लागि नगर निगममा एकदुईपटक गए पनि अरु कुनै यात्रा नगरेको उनले बताए । यसका साथै परिवारका कुनै पनि अन्य सदस्यले विदेश यात्रा नगरेको समेत उनको भनाई छ । रायपुरका मुख्य चिक्तिसा तथा स्वास्थ्य अधिकार डाक्टर मीरा बघेलले बृद्ध व्यक्तिसँगै परिवारका अन्य सदस्य र घरमा भाडामा बस्ने अरुको पनि रगतको नमुना लिइएको बताइन् । आखिर ती व्यक्तिमा कसरी संक्रमण भयो भन्ने कुरा शोधको विषय भएको उनको भनाई छ । उनका दुईजना छोरा छन् । यसमा एकजना चिकित्सककहाँ ड्राइभर छ भने अर्कोले अटो चलाउने गर्दछन् । घरमा एक दर्जनबढी व्यक्ति बस्ने गर्दछन् । बघेलाले सबैको जाँच गरेपछि मात्रै कुनै अनुमानमा पुग्न सकिने बताइन । के हो कोरोनाको तेश्रो चरण ? इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार, कोरोना भाइरस फैलिने चारवटा चरण हुन्छन् । पहिलो चरणमा ती व्यक्तिहरु संक्रमित भएको पाइन्छ जुन अरु देशबाट भारत आएका छन् र उनीहरुमा पहिलादेखि नै कोरोना भाइरस थियो । यो चरण भारतले पार गरिसकेको छ । किनेभने यस्ता व्यक्तिहरुबाट भारतमा स्थानीय स्तरमा संक्रमण फैलिसकेको छ । दोश्रो चरणमा स्थानीयस्तरमा संक्रमण फैलिन्छ । तर यी ती व्यक्तिहरु हुन्छन् जो कुनै न कुनै विदेशबाट फर्केको संक्रमित व्यक्तिको सम्पर्कमा आएका हुन्छन् । कम्युनिटी ट्रान्समिसन तेश्रो चरण हो । यदि कुनै व्यक्ति संक्रमित व्यक्तिको सम्पर्कमा नआएर पनि या संक्रमित देशको यात्रा नगरीकन पनि यसको प्रभावमा आउँछ भने त्यो तेश्रो चरण मानिन्छ । र, चौथो चरढामा संक्रमणले स्थानीयस्तरमा महामारीको रुप लिन्छ ।

ब्रिटिश प्रधानमन्त्री जोनसनलाई कोरोनाको संक्रमण

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्। एउटा वक्तव्यमा भनिएको छः “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको थियो।” यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ। जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ‘एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन्। उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए। ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्। बीबीसी

कोरोना संक्रमणबाट १६ वर्षिया किशोरीको ज्यान गयाे

फ्रान्सको पेरिसमा कोरोना भाइरस (कोभिड–१९) बाट १६ वर्षिया किशोरीको मृत्यु भएको छ । सामान्य खोकी लागेपछि तीन दिनअघि उनी परिवारलाई लिएर स्थानीय अस्पताल पुगेकी थिइन्। जुली एको नाम गरेकी किशोरीको नेकर अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्समा कोरोनाबाट ज्यान गुमाउने जुली सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । जुलीको मृत्युपछि उनकी दिदी मेननले कोरोनाले वृद्धवृद्धाको मात्र ज्यान लिन सक्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएकी छिन् । –एजेन्सी

कोरोनाविरुद्ध भारतीय सेनाले घोषणा गर्‍यो ‘अपरेशन नमस्ते’

नयाँ दिल्लीः भारतमा कोराना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार अपरान्हसम्म संक्रमित हुनेको संख्या ७ सय नाघेको छ । संक्रमणलाई रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउनको घोषणा गरेपनि सामाजिक दूरी कायम राख्न जनताले पूर्णरुपमा साथ नदिएको बेला भारतीय सेना मैदानमा उत्रिने भएको छ । भारतीय सेनाका प्रमुख एमएम नरवणेले यसको घोषणा गरेका हुन् । अहिले भारतीय सेनाले देशभरी आठ वटा क्वारेन्टाइन सञ्चालन गरेको छ । ‘अपरेशन नमस्ते’को घोषणा गर्दै आर्मी चिफ एमएम नरवणेले यो महामारी विरुद्धको लडाईमा सरकारलाई सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए । सेनाले विगतमा समेत सबै अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताउँदै अप्रेसन नमस्तेलाई समेत सफलतापूर्व सम्पन्न गरिने उनको भनाई थियो । सेना प्रमुखले कोरोना भाइरसविरुद्धको यो लडाईमा सरकार र नागरिकको मद्धत गर्नु सेनाको जिम्मेवारी रहेको बताउँदै भने, “एउटा सेना प्रमुखका रुपमा मेरो पहिलो प्राथमितकता आफ्ना जवानहरुलाई सुरक्षित र फिट राख्ने हुनेछ । हामी हाम्रो कर्तव्यलाई त्यतिखेर मात्रै पुरा गर्न सक्छौं जतिखेर हामी आफैबाट सुरक्षित हुनेछौं ।” सेना प्रमुखका अनुसार, सैन्य संरचनाभित्र सामाजिक दूरीको पालना सम्भव हुँदैन । त्यसैले देशको रक्षाका लागि हामी आफैले सुरक्षित र फिट राख्नु निकै महत्वपूर्ण हुन्छ । यही कुरालाई ध्यानमा राखेर केही पालना गर्नुपर्ने नियम अगाडि सारिएका छन् । जवानहरुलाई आश्वासन दिँदै सेना प्रमुखले आफन्तहरुको चिन्ता नगर्न समेत भनेका छन् । “सेनाले तपाईका आफन्त र नजिकका मान्छेको राम्रोसँग रेखदेख गरिरहेको छ, उनीहरुको चिन्ता नगर्नुस, आफू सुरक्षित र सक्षम रहनुस ।” उनले भने । सेना प्रमुखले यस्तो अवस्थामा जवानहरुको विदा रद्द गर्दा उनीहरुको मनोबलमा प्रतिकूल प्रभाव पर्ने कुरा समेत बुझेको बताए । तर सन् २००१, ०२ मा अपरेश पराक्रमको बेला समेत सेनाका जवानले आठ, दश महिनासम्म विदा नलिएको उनले उल्लेख गरे ।

३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो

काठमाडौंः कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौंबाट उडेको छ । सो विमानमा तीन बालबालिकासहित ३०७ यात्रु रहेको र विमान मध्यान्न काठमाडौंबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक देबेन्द्र केसीले बताए । जर्मन दूताबासले आफ्ना नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौं ल्याएको हो । जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेका थिए ।

कोरोना भाइरसबाट अछूत उत्तर कोरिया, के छ त अवस्था ?

काठमाडौं । संसारका दुई सय बढी देशमा कोरोना संक्रमण देखिएपनि उत्तर कोरियाका बारेमा भने कुनै समाचार सार्वजनिक भएको छैन । कतिपयले उत्तर कोरियालमा संक्रमण देखिएपनि सरकारले तथ्यांक सार्वजनिक नगरेको टिप्पणी समेत गरेका छन् । तर सरकारले तथ्यांक सार्वजनिक नगरेको भनिरहँदा सरकारले नै तथ्यांक सार्वजनिक नगर्दा सम्म त्यहाँ शून्य संक्रमण नै छ भन्ने कुरामा विश्वास गर्नुबाहेक अरु विकल्प नभएको समेत कतिपयको टिप्पणी छ । के छ त अवस्था ? पछिल्लो समयसम्म प्राप्त तथ्यांकका आधारमा उत्तर कोरियाका कोरोना संक्रमण हालसम्म देखिएको छैन । एशोसिएट प्रेसले उत्तर कोरियाको आधिकारिक केन्द्रीय समाचार एजेन्सीलाई उदृत गर्दै प्रकाशित गरेको समाचार अनुसार, उत्तर कोरियामा दुई जना विदेशीसहित २ हजार २ सय ८० जनालाई क्वारेन्टाइनमा राखेको छ । यसमा दुईजना विदेशी समेत रहेका छन् । समाचार अनुसार, केही समय अगाडि मात्रै उत्तर कोरियाले सयौं मानिसलाई क्वारेन्टाइनमा राखेको थियो । तर उनीहरु कसैमा पनि संक्रमण भने देखिएन । न्यूयोर्क पोष्टले उत्तर कोरियाले १० हजार जनालाई क्वारेन्टाइनमा राखेको रिपोर्ट सार्वजनिक गरेको थियो । दक्षिण कोरियाको सेभेरेन्स अस्पतालमा रहेको इन्टरनेशनल हेल्थ सेन्टरका प्रोफेसर डा. जोन लिन्टनले एरिराङ मिडियालाई दिएको अन्तर्वार्तामा समेत उत्तर कोरियामा कुनै संक्रमण नभएको बताएका छन् । चीनको वुहानमा जनवरी महिनामा महामारी फैलिएपछि उत्तर कोरियाले तत्कालै सीमा बन्द गरेको उनले बताए । त्यसैले छिमेकी दक्षिण कोरिया र चीनमा संक्रमण चुलिएपनि उत्तर कोरिया जोगिएको उनको भनाई छ । तर राष्ट्रिय अस्तित्वको रक्षाका लागि भन्दै उत्तर कोरियाले संक्रमण फैलिनबाट रोक्न आवश्यक सबै कदम भने चालेको छ । कतिपय पर्यटकीय र अन्य सार्वजनिक स्थल बन्द गरिएका छन् भने एक महिनाका लागि स्कूल समेत बन्द छन् । प्रोफेसर लिन्टनका अनुसार, केही समयअघि उत्तर कोरियाले संक्रमणको कुनै असर मानव स्वास्थ्यमा नपरेपनि अर्थतन्त्रमा भने प्रभाव परेको जनाएको थियो । अमेरिकाले समेत उत्तर कोरियालाई कोरोनाविरुद्ध लड्न आवश्यक सहयोग गर्ने बताएको थियो । तर ट्रम्प प्रशासनका सेक्रेटरी अफ स्टेट माइकल रिचार्ड पोम्पियोले उत्तर कोरियाले अमेरिकी प्रस्तावको कुनै जवाफ नदिएको बताएका थिए ।

अमेरिकी अर्थतन्त्र डुब्दै, ३० लाख बढी बेरोजगार, भयानक मन्दी आउने चेतावनी

विनीत खरे/बिबिसीः कोरोना संकटका कारण अमेरिकामा लाखौं बेरोजगार भएका छन् । भाइरसका कारण ज्यान गुमाएपछि गत हप्ता मात्रै ३० लाख भन्दा बढीले आफूलाई बेरोजगारको रुपमा दर्ता गराएका छन् । अमेरिकाको श्रम विभागका तथ्यांकमा यति ठूलो संख्यामा मानिसहरुले आफूलाई बेरोजगार भत्ता र अन्य लाभका लागि यति धेरै संख्यामा पंजिकृत गराएका थिएनन । यसअघि सन् १९८२ मा ठूलो संख्यामा बेरोजगारको संख्या बढेको थियो । तर त्यतिबेला ६ लाख ९५ हजार जनाले मात्रै बेरोजगारका रुपमा आफूलाई पंजिकृत गराएका थिए । त्यसो त बुधबार राती अमेरिकी संसदको माथिल्लो सदन सिनेटले दुई ट्रिलियन डलर दिने प्रस्ताव स्वीकृत गरेको छ । अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो राहत प्याकेज हो । अमेरिकामा कोरोना संकटका कारण रेष्टुरेन्ट, बार, सिनेमा, होटल र जिम बन्द गरिएका छन् । कार कम्पनीहरुले उत्पादन रोकका छन् र हवाई सेवा सीमित गरिएको छ । अवस्था बिग्रिंदै यसै वर्ष फेब्रुअरी ४ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा भनेका थिए, “जागिरको संख्यामा बृद्धि भइरहेको छ, गरिबी कम भइरहेको छ र अपराध दर घटदै गइरहेको छ । मानिसहरुमा आत्मविश्वास जागेको छ र देश समृद्धितर्फ अघि बढिरहेको छ ।” अमेरिकाको २१.४४ ट्रिलियनको अर्थव्यवस्थालाई लिएर निकै उत्साहित देखिन्थे । यदि यसलाई चीनको १४.४ ट्रिलियनको जिडिपी, भारतको २.८ ट्रिलियनको जिडिपी र पाकिस्तानको ३२० अबर जिडिपीको सन्दर्भममा हेर्यौं भने निश्चिरुपमा यो उत्साह बढाउने देखिन्छ । तर त्यतिबेला चीनमा भाइरसबाट मर्नेको संख्या ५ सय सम्म पुगिसकेको थियो र हजारौं मानिस संक्रमणको चपेटामा आएका थिए । अमेरिकामा भने यो संकट त्यो बेलासम्म गम्भीरस्तरमा पुगेको थिएन । अमेरिकी शेयर बजार नयाँ उचाईमा पुगेको पनि धेरै भएको थिएन । बेरोजगारी दर ३.६ प्रतिशतसँगै ५० वर्षकै न्यूनतमस्तरमा थियो । अमेरिकाले चीनसँग आफ्नो तर्फबाट दुई सय डलरको व्यापार गरेको थियो र बौद्धिक सम्पदा कानुनलाई झन बलियो बनाएको थियो । तर यसको डेढ महिनापछि जुन अवस्थ देखिएको छ त्यो बिल्कुलै अलग छ । अमेरिकामा ११०० भन्दा बढीको मृत्यु भएको छ र करिब ८३ हजार बढी संक्रमणको पुष्टि भएको छ । यो संख्या लगातार बढिरहेको छ । अर्थव्यवस्था पर्ने असर निकै भयानक व्यापार, स्कूल, खेलकुदका आयोजना सबै बन्द छन् । आर्थिक गतिविधिमा लगाम लागेको छ । स्टक मार्केटको अवस्था खराब छ । रित्तो सडक, मल, उडान र रेल सबै ठप्प छन् । “अर्थव्यवस्था धराशायी भयो या अर्थव्यवस्था फोहोरको रछ्यानमा मिल्कियो” जस्ता कुरा भइरहेका छन् । लगानीकर्ता रे डेलियोले सिएनबिसीसँगको एउटा अन्तर्वार्तामा भनेका छन, “जे भइरहेको छ, त्यो हाम्रो जीवनमा कहिल्यै पनि भएन । यो संकटको समय हो ।” रे डेलियोको आँकलन अनुसार कोरोना भाइरसको कारण अमेरिकालाई करिब चार ट्रिलियन डलरको नोक्सानी हुने आशंका छ र धेरै मानिस बर्बाद हुनेवाला छन् । जब वेभसाइट बिल्डरको २०१७ को सर्भे अनुसार ७८ प्रतिशत अमेरिकी कामदार आफ्नो आवश्यकताका लागि हरेक महिना पाइने पेचेकमा निर्भर रहन्छन् । चारजनामा एकजना हरेक महिना कुनै पनि किसिमको बचत गर्दैनन् । यो सर्भे अनुसार, हरेक चारजनामा तीनजना कामदार कर्जामा डुबेका छन् र आधा भन्दा बढी दैनिक ज्यालादारी मजदूर आफ्नो आवश्यकता पुरा गर्न एकभन्दा बढी काम गर्दछन् । तर यदि हामी केही ठूला बैंक र संस्थानको कुरा मान्ने हो भने आउने दिनमा अर्थव्यवस्थामा पर्ने सम्भावित असर निकै भयानक छ । डुब्दै छ अर्थव्यवस्था गोल्डमेन सेक्सका अर्थशास्त्रीहरुले मन्दीको अनुमान लगाएका छन् । पहिलो त्रैमासिको जिडिपीमा ६ प्रतिशतको ह्राससँगै दोश्रो त्रैमासिकमा २४ प्रतिशको ह्रास हुने अनुमान छ । यी तथ्य अचम्भित पार्ने किसिमका छन् । बैंकिङ सेक्टरको एउटा ठूलो कम्पनी जेपी मोर्गनले आफ्नो एउटा विश्लेषणमा भनेका छन्, “पहिलो त्रैमासिकमा चार प्रतिशतपछि दोश्रो त्रैमासिकमा अमेरिकी अर्थव्यवस्थामा १४ प्रतिशतको ह््रास हुने अनुमान छ । तेश्रो त्रैमासिकमा पुग्दा भने ८ र चौथोमा ४ प्रतिशतको भर्पाइ गर्न सफलता पाइने छ । ” जेपी मोर्गनका मुख्य अर्थशास्त्री माइकल फेरोलीको आँकलन अनुसार, आउने हप्तामा नौकरी जाने मानिसको शुरुआती संख्या ४ लाख नाघ्ने देखिन्छ । बैंक अफ अमेरिकाका अर्थशास्त्री मिलेल मेयरले लेखेका छन, “हामी आधिकारिकरुपमा यो हाम्रो अर्थव्यवस्था मन्दीको युगमा गएको घोषणा गर्दछौं र हामी बाँकी संसारसँग त्यही लाइनमा उभिएका छौं । हामी गहिरो संकटमा गइसकेका छौं ।” उनले अगाडि लेखेका छन, “नौकरी रहनेछैन, मानिससँग पैसा हुने छैन र निराशाको स्थिति देखा पर्नेछ ।” बैंक अफ अमेरिकाको अनुमान अनुसार दोश्रो त्रैमासिकमा १२ प्रतिशतको ह्राससँगै अर्थव्यवस्था डुब्ने भएको छ । वर्षमा जिडिपीमा ०.८ प्रतिशत ह््रास हुनेवाला छ । यद्यपी अर्थशास्त्रीहरु यो मुश्किल समयपछि अर्थव्यवस्था सम्हालिने आशा पनि गर्दैछन् । तर हरेक चोटी बदलिंदै गइरहेको अवस्थाबीच यसमा केही कुरा पनि निश्चितरुपमा भन्न सकिन्न । कसैलाई पनि यो समय कति लामो जाने हो थाहा छैन । स्विट्जरल्याण्डका निवेशक कम्पनी यूबिएसका अनुसार दोश्रो त्रैमासिकमा अमेरिकी अर्थव्यवस्थामा ठूलो नोक्सानी देखिने छ । पहिलो आध वर्ष गहिरो मन्दी छाउने छ । स्पष्ट छ, अर्थव्यवस्थामा आउने ह्रासको सोझो असर नौकरीमा पर्ने छ । बैंक अफ अमेरिकाको अनुमान अनुसार बेरोजगारी दर दोब्बर हुने छ र हरेक महिना दस लाखले जागिर गुमाउनेछन् । यसरी हेर्दा दोश्रो त्रैमासिकसम्म ३५ लाख जागिर जाने देखिन्छ । यसैगरी एनालिसिस कम्पनी अक्सफोर्ड इकोनोम्किसले यत्राहरु रद्द हुने कारणले मात्रै ४६ लाख जनाको जागिर गुम्नेछ । रिपोर्ट अनुसार, यात्राहरुमा हुने ३५५ अरब डलरको खर्च यो वर्ष यात्रा रद्द भएको कारण हुने छैन । परिणामस्वरुप अमेरिकी अर्थव्यवस्थामा यसबाट ८०९ डलरको घाटा हुने छ । यो नोक्सानी ९÷११ को घटनापछि यही क्षेत्रमा भएको नोक्सानीको ६ गुणा बढी हो । रिपोटमा अगाडि भनिएको छ, यात्राहरुमा हुने नोक्सानीको आधारमा मात्रै पनि अमेरिका मन्दीको युगमा जाने कुरा हामी भन्न सक्छौं । लेबर यूनियन युनाइट हेयरले तीन लाख सदस्यमा ८० देखि ९० प्रतिशत सदस्य कोरोनाका कारण लगाइएको प्रतिबन्धका कारण अनिश्चित समयका लागि बेकार भएका छन् । अमेरिकी इतिहासको सबैभन्दा ठूलो राहत प्याकेज एयरलाइन्स उद्योगसँग जोडिएको ट्रेड संगठन एयरलाइन्स फोर अमेरिका ले दुबै पार्टीलाई लेखेको पत्रमा संसदमा वित्तिय प्याकेज तयार गर्न माग गरेको छ । जसबाट साढे सात लाख नौकरी जोगाउन सकियोस तर जुन कुरा स्पष्ट देखिएको छ त्यो के छ भने यो वर्तमान संकटमा सबैभन्दा बढी प्रभावित हुने चाहिँ गरिब, कम आम्दानी भएका र घरबारविहिन नै रहनेछन् । यो त्यो समुदाय हो, जसको न कुनै बीमा छ, न कुनै प्रकारको विदा हुन्छ । राम्रो चिकित्सा सेवा पनि यिनीहरुको पहुँचबाट टाढा छ । २०१८ को एउटा आँकलन अनुसार करिब पौने तीन करोड मानिससँग अमेरिकामा कुनै स्वास्थ्य बीमा छैन । यो सिंगो जनसंख्याको ८ प्रतिशत हो । यो परिस्थितिमा नस्ल, लिंग र आप्रवासका आधारमा असुरक्षाको भावना झनै बढने गर्दछ । ह्यूमन राइट वाचको रिपोर्टमा उल्लेख छ, “अमेरिकामा गरिबी रेखामुनि रहेका चार करोड साठी ला मानिससँग आम्दानी नहुने स्थितिमा गुजारा चलाउन सक्ने बचत छैन । यसका साथै खानपीनका कुरा जम्मा गर्न पनि आर्थिक दबाब पर्ने भएको छ । बिबिसीमा प्रकाशित सामग्री अनुवाद गरिएको ।

लकडाउन ताेडेपछि पुलिसले लियो धोनीको सहारा, सार्वजनिक गर्यो यो तस्वीर

लखनऊ । भारत सरकारले २१ दिनका लागि देशव्यापी लकडाउनको घोषणा गरेपनि पूर्ण पालना नहुँदा प्रहरी प्रशासनले बिभिन्न उपाय अपनाउन थालेको छ । कतिपय स्थानमा बाटोमा हुल बनाएर हिडने नागरिकमाथि बल प्रयोग गरिएको छ भने केही ठाउँमा नियन्त्रणमा समेत लिइएको छ । यसबीच भारतको उत्तर प्रदेश पुलिसले आम जनतालाई कोरोना भाइरस र लकडाउनका बारेमा सचेतना गर्न महेन्द्रसिंह धोनीको एउटा तस्वीर सार्वजनिक गरेको छ । महेन्द्रसिंह धोनी अहिले ९ महिनादेखि क्रिकेट खेलिरहेका छैनन् । भारतीय जनताले निकै सम्मान गर्ने धोनीको यो तस्वीर भने गर्व गर्ने तस्वीर होइन । धोनीको यो तस्वीर भारतीयहरु हेर्न चाहँदैनन् । यो तस्वीरले उनीहरुलाई पीडा दिन्छ । के हो घटना ः उत्तर प्रदेशका प्रहरीले आधिकारिक ट्विटरबाट धोनीको उक्त फोटो शेयर गरेका थिए । यो तस्वीर गत वर्ष भारत र न्यूजिल्याण्डबीच भएको एक दिवसीय वल्र्ड कफ सेमिफाइनलको हो । यसमा धोनीलाई आउट हुँदै गरेको देखाइएको छ । यूपी प्रहरीले फोटो शेयर गर्दै लेखेका छन्, “हामीलाई कोरोनासँग खेल जित्नु छ । कसरी ? घरभित्रै बसेर” यो तस्वीर भारतीयका लागि पीडादायी तस्वीर हो । किनभने धोनी मैदानभित्रै रहेको भए भारतले विश्वकप उचाल्ने सपना साकार पार्न सक्थ्यो होला । त्यतिबेला धोनी रन आउट भएका थिए । न्यूजिल्याण्डले भारतलाई २४० रनको सामान्य लक्ष्य दिएको थियो । धोनीले ५० रनको पारी खेलेका थिए । तर मार्टिन गुप्टिलको डारेक्ट थ्रोमा धोनी आउट भए । योसँगै भारतीय टीम धराशायी हुन पुग्यो । भारतले ४९.३ ओभरमा मात्र २२१ रन जित्न सकेको थियो । यो त्यही खेल थियो जहाँबाट धोनीले ब्रेक लिएका थिए । अब आइपिएलमा चेन्नई सुपर किंग्समार्फत पुनः खेल्न थाल्ने कतिपयले धोनीबाट अपेक्षा गरेका छन् ।

प्रधानमन्त्री मोदीको घोषणाः २१ दिनसम्म भारत ‘लकडाउन’

नयाँ दिल्लीः  कोरोना भाइरसको संक्रमण बढदै गएपछि भारतले कडा कदम चालेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी २१ दिनसम्म सिँगो भारत बन्द हुने घोषणा गरेका हुन । “यो एक किसिमको कर्फ्यू जस्तै हो ।” मोदीले सम्बोधनमा भनेका छन्, “हिन्दुस्तानलाई बचाउनका लागि देश पूरै लकडाउन हुनेछ । यो जनता कर्फ्यू भन्दा झन कडा हुनेछ ।” मोदीले २१ दिनका लागि देश र परिवारलाई बिर्सिन भनेका छन् । अहिले कोरोनाको प्रतिवाद गर्न सामाजिक दूरी जरुरी रहेको उनले बताए । मोदीले भने, “यदि अहिले २१ दिन सम्हालित नसके तपाईको देश र तपाइको परिवार २१ वर्ष पछाडि धकेलिने छ । त्यसैले हामीलाई संक्रमणको चक्रलाई तोड्नु जरुरी छ । कोरोनालाइ त्यतिबेला मात्र परास्त गर्न सकिन्छ, जतिबेला हामी घरको लक्ष्मणरेखालाई पार गर्न सक्छौं ।” लापरवाही गरिएमा भारतलाई ठूलो मूल्य चुकाउनु पर्ने मोदीले बताए । राज्य सरकारले समेत यो प्रयासलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाई थियो । “तपाईको घरबाहिर एउटा लक्ष्मण रेखा खिचेका छौं ।” मोदीले भने, “याद राख्नुस्, यो रेखा भन्दा बाहिर पाइला राख्द कोरोना जस्तो गम्भीर बिरामी तपाईको घरमा आउन सक्छ ।” निकै संवेदनशील मुद्रामा देखिएका मोदीले कोरोनाको लक्षण देखिन कैयन दिन लाग्ने भएकोले स्वस्थ्य जस्तो देखिने व्यक्तिले समेत कोरोना सार्न सक्ने बताए । त्यसैले सबैले सावधानी अपनाउने र सामाजिक मेलजोल गर्नबाट जोगिनुपर्नेमा उनले जोड दिए ।

चीनमा देखियो नयाँ भाइरस, एक जनाको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नहट्दै चीनमै अर्को भाइरस देखिएको छ । युनान प्रान्तमा देखा परेको यो नयाँ भाइरसका कारण २३ मार्चमा एक जनाको ज्यान गएको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा उल्लेख अनुसार मृतक ३२ वर्षका थिए र परीक्षणका क्रममा ‘हान्टा भाइरस’ संक्रमणको पुष्टि भएको थियो । कामका लागि सानडोङ प्रान्त पुगेका उनी चार्टर वसबाट सोमबार मात्र फर्किएका थिए । बसमा सवार अन्य ३२ जनाको परी परीक्षण गरिएको छ । सीडीसीको रिपोर्टअनुसार यो भाइरस मुसाबाट फैलिन्छ । यदि कुनै व्यक्तिले मुसाको मलमूत्र वा र्‍याल छोएपछि अनुहारमा हात लगियो भने संक्रमित हुने खतरा रहन्छ । तर हान्टा भाइरस एक व्यक्तिबाट अर्कोमा सर्दैन । साथै संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ सातासम्म समय लाग्न सक्छ । यदि कोही व्यक्ति संक्रमित भयो भने ज्वरो, रुघा, वान्ता हुने जस्ता लक्षण देखिनेछ । र, संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रिएमा फोक्सोमा पानी जम्मा हुने, श्वास प्रश्वासमा कठिनाइ आउने हुन्छ । जनवरी २०१९ मा हान्टा भाइरसका कारण पाटागोनियामा ९ जनाको मृत्यु भएको थियो । त्यसबेला ६० जनामा संक्रमण भएको र उनीहरु मध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । –एजेन्सी

भारतमा कोरोनाः १४ दिनमा १० को मृत्यु, ५ सय बढी संक्रमित

काठमाडौंः भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले डरलाग्दो रुप लिन थालेको छ । विदेशबाट फर्केका नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्न नमान्दा र सरकारले समयमा नै रोकथामका प्रभावकारी रणनीति अपनाउन नसक्दा संक्रमण झन् बढेको हो । भारतमा मंगलबारसम्म कोरोनाबाट १० जनाको मृत्यु भइसकेको छ भने ५ सय बढी संक्रमित भएका छन् । त्यहाँ १४ दिनमा १० जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ७ जना चिनी राेगका विरामी थिए ।

लकडाउनको उल्लंघनकाे परिणामः कैयन देशमा महामारी विष्फोट, हजारौंको मृत्यु, स्पेनमा हेलिकप्टर परिचालन

काठमाडौं, सरकारले लकडाउन घोषणा गरेको छ । नेपालका सबैजसो बजार सुनसान रहेका छन् । बाटोमा समेत मानिसहरु निस्केका छैनन् । कतिपय स्थानमा स्वतःस्फूर्तरुपमा युवाहरुले लकडाउनलाई समर्थन गर्न अपील र प्रयास समेत गरेका छन् । तर सबै स्थानमा सोचेजस्तो भने देखिन्न । कतिपय स्थानमा मलाई केही हुँदैन या यो क्षेत्रमा भाइरस पस्दैन भन्ने मानसिकताका कारण मानिसहरु समूहमा भेला हुने गरेको भने देखिएको छ । तर लक डाउनको घोषणालाई सामान्यरुपमा लिँदा विश्वका कतिपय देशले भने ठूलो मूल्य चुकाउनु परेको छ । तथ्यांक हेर्दा सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने देशहरुको अवस्था सबैभन्दा बढी बिग्रिन पुगेको छ । यसबाट हजारौंले ज्यान गुमाउनु परेको देखिन्छ । विश्वमा लकडाउनको घोषणालाई उपेक्षा गर्दा कहाँ के के भयो त ? भारतः भारतमा सरकारले चालेका प्रयासमा नागरिकले साथ नदिंदा संक्रमणले भयावह रुप लिने देखिन्छ । विदेशबाट फर्केका नागरिकलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएपनि कतिपयले त्यसको उल्लंघन गर्दै घुमघाम गर्ने र घरबाटै काम गर्ने निर्देशन नमान्दै साथीभाईसँग जमघट गर्ने घटनाका कारण कतिपय व्यक्ति संक्रमित बनेका छन् । पछिल्लो समयमा सरकारले देशका ७५ भन्दा बढी शहर लकडाउन गरेपनि भारतीय नागरिकले सरकारको घोषणालाई मजाकका रुपमा लिएका छन् । सरकारको निर्देशन नमानेपछि प्रधानमन्त्री मोदीले दुई पटक घरमा नै बस्न अपील गरेका छन् भने सुरक्षाकर्मीले कडाई गरेका छन् । जर्मनीः जर्मनीमा संक्रमण फैलिएपछि पनि सरकारको निर्देशनको अवज्ञा गर्दै युवाहरुले कैयौं स्थानमा कोरोना पार्टी गरिरहेका थिए ।  यसको नतिजा अहिले जर्मनीमा २८ हजार बढी संक्रमित भएका छन् भने १७ सय बढीको मृत्यु भएको छ । जर्मनीको दक्षिण प्रान्त बाबेरियाका सभापति मार्कसका अनुसार, अहिले पनि जर्मनीमा कोरोना पार्टीको आयोजना भइरहेको छ । युवाका समूहहरु कोरोना कोरोना भन्दै हल्ला गर्ने र बृद्धहरुलाई उपहास गरिरहेका छन् । यसपछि चान्सलर एन्जेला मर्केलले दुई भन्दा बढी व्यक्ति सँगै हिंडडुल गर्न नपाईने आदेश दिनुपरेको छ । उनी स्वयम् पनि आइसोलेसनमा छिन् । फ्रान्स लकडाउनको नियम तोडनेहरुमाथि प्रहरीले जरिवाना लगाएको छ । समुन्द्र बीचमा कफूइू लगाइएको छ । लापरवाहीका कारण फ्रान्समा अहिलेसम्म १६ हजार बढी संक्रमित भएका छन् भने ६७४ जनाको मृत्यु भएको छ । सरकारले लकडाउन घोषणा गरेपनि परिसमा समेत मानिसहरुको भीड पसलहरुमा देखिन्छ । अहिले प्रहरी परिचालनपछि अवस्था नियन्त्रणमा आएपनि यसअघि भने नियम तोडदा हिरो सोच्ने युवाहरुको प्रवत्तिका कारण कैयन पार्टीहरु आयोजना गरिए । यसबाट संक्रमण फैलिने वातावरण बन्यो । अहिले भने पेरिसको सीन नदीको किनारमा हिंडडुल गर्न प्रतिबन्ध लगाएको छ । लकडाउनको अवधिक थप १५ दिनका लागि बढाइएको छ । अमेरिका अमेरिकामा सरकारको घोषणालाई गम्भीरतापूर्वक नलिँदा ३३ हजार बढी संक्रमित बनेका छन् भने ४३० जना भन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिन, फ्लोरिडालगायतका कैयन राज्यमा समुन्द्री किनारमा प्रतिबन्ध तोड्दै युवाहरुले पार्टी गरेका थिए । अहिले यी सबै बीचहरु बन्द गरिएका छन् । न्यूयोर्कका गर्भनर एन्ड्रयू क्युमोका अनुसार, उनको राज्यमा आधा भन्दा बढी कोरोना संक्रमण १९ देखि ४५ वर्षको उमेर समूहमा देखिएको छ । आइतबारदेखि भने न्यूयोर्कमा राती भेटघाट र जम्मा हुन रोक लगाइएको छ । इटालीः इटालिको अवस्था पनि आम नागरिकले सतर्कता अपनाउन नसक्दा नै बिग्रेको हो । लकडाउनपछि मानिसहरुले पसलमा किनमेल गर्ने र रेष्टुरेन्टमा खाना खाने क्रम जारी नै राखेका थिए । यही लापरवाहीका कारण इटाली अहिले चीनपछि ठूो संक्रमण भएको देश र मृत्यु हुनेमा सबैभन्दा अगाडि रहेको छ । इटालीमा ५९ हजार बढी संक्रमित भएका छन् भने साढे पाँच हजारको मृत्यु भएको छ । इटलीको मिलानमा लकडाउनपछि पनि मानिसहरुले सतर्कता नअपनाएपछि सेना परिचालन गरिएको छ । सरकारले १० मार्चका दिन लकडाउनको घोषणा गरेको थियो । स्पेन स्पेन इटालीपछि संक्रमित हुने युरोपको देश हो । यहँ पनि सरकारको घोषणा नागरिकले मानेका छैनन । अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले हेलिकप्टर परिचालन गरी मानिसहरुलाई पक्रेर जरिवाना लिने काम गरेको छ । लकडाउन घोषणा नमान्दा इटालीमा २८ हजार बढी संक्रमित भएका छन् । १७ सय बढीको मृत्यु भएको छ ।

भारतमा फैलँदै कोरोनाः संक्रमित र मर्नेको संख्या बढ्दै

काठमाडौंः कोरोना भाइरसको संक्रमण छिमेकी देश भारतमा पनि तीव्ररुपमा बढिरहेको छ । मंगलबार बिहानसम्म भारतमा पाँच सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँका अधिकारीका अनुसार संक्रमणबाट १० जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उपचारपछि ४४ जना भने घर फिर्ता भएका छन् । भारतमा सबैभन्दा बढी महराष्ट्र र केरेला प्रभावित भएका छन् । महराष्ट्रमा अहिलेसम्म ९७ जना संक्रमित भेटिएका छन् भने केरेलामा ९५ जना संक्रमित भेटिएका छन् । त्यस्तै अन्ध्रा प्रदेशमा ७, विहारमा २, छत्तीसगढमा १, चन्दीगढमा ६, दिल्लीमा २९, गुजरातमा ३०, हरियाणामा २६, हिमाञ्चलमा २, जम्मु काश्मीरमा ४, कर्नाटकमा ३३, लद्दाखमा १३, मध्य प्रदेशमा ६, ओडिसामा २, पंजाबमा २३, राजस्थानमा ३२, तमिलनाडुमा १२, तेलंगानामा ३३, उत्तर प्रदेशमा ३३, उत्तराखन्डमा ५, पश्चिम बंगालमा ७ जना संक्रमित रहेका छन् ।