महामारीले गर्दा यसरी कमजोर हुँदैछ अमेरिकी लोकतन्त्र

वासिंटनः अमेरिकामा कोरोना भाइरसको महामारीसँगै आगामी चुनावलाई लिएर पनि समस्या उत्पन्न भएको छ ।

२०२० मा हुने भनिएको चुनाव नै तालिका अनुसार होला कि नहोला, संशय उत्पन्न भएको छ । यसबारे राजनीतिक नेतृत्वबीच विवाद बढेको छ । कतिपय राज्यमा कानुनी झमेला उत्पन्न भएको छ ।

यतिसम्म कि, शक्तिशाली लोकतान्त्रिक देश भनी चिनिएको अमेरिकाको लोकतन्त्र नै धरापमा पर्ने पो हो कि, भन्ने पनि चिन्ता उत्पन्न भएको छ । जब कि, राष्ट्रपति चुनावअघि हुने प्राइमरी चुनाव १५ राज्यले स्थगित गरिसकेका छन् । जसले गर्दा राष्ट्रपति चुनाव प्रभावित हुने निश्चितप्रायः छ ।

राष्ट्रपति चुनाव नै सार्न सकिने पनि केही पक्षबाट प्रश्न उठेको छ । तर नोभेम्बर ३ मा तय भएको राष्ट्रपति चुनाव सार्न नै भने कठिन छ । यदी सार्ने हो भने उक्त प्रस्तावलाई संसदबाट मञ्जुरी गरी सिनेटबाट पारित गरिनुपर्छ । जब कि, सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टी रिपब्लिकनको वर्चस्व छ । तर राष्ट्रपतिको चारवर्षे कार्यकाल भने प्रभावित पर्न सक्नेछ ।

कोरोना भाइरस महामारीले चुनाव प्रभावित

राष्ट्रपतिको चुनाव मिति परिवर्तन नै नभए पनि चुनावी प्रक्रियामा यसको खतरा भने देखिनसक्छ । केही राज्यमा हुलाकबाटै मतदानको बन्दोबस्त गराउनुपर्ने कुरा उठेको छ । जहाँसम्म नागरिकहरु मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको खण्डमा हुलाकबाट मतदान प्रभावकारी हुनसक्ने बहस उठ्न थालेको हो ।

यसका लागि मतदाताहरु समेत सहमत हुनसक्छन् । कतिपय स्थानमा गरिएका रिसर्चले त वहुसंख्यक मतदाता हुलाक मतदानका लागि तयार देखिएको पनि जनाएका छन् । तर यसका लागि कानुनी अड्चन देखिएका छन् । कानुन नै फेर्नुपर्ने अवस्था पनि उत्पन्न भएको छ । साथै राष्ट्रपति ट्रम्प पनि सहमत छैनन् ।

कतिपय राज्य समेत यसका लागि तयार छैनन् । अमेरिकी मिडियाका अनुसार हालै सम्पन्न केही प्राइमरी चुनावमा अति न्युन मतदाताको सहभागिता देखियो । कोरोना महामारीले अमेरिकाको अर्थतन्त्रलाई धक्का त दिएको छ चुनावका लागि उत्पन्न अड्चनले पनि समस्या उत्पन्न गराएको छ । लोकतन्त्रको बलियो आधार मानिने निर्वाचन नै प्रभावित भयो वा हुन सकेन भने त्यसको दिर्घकालिन असर देखिनेछ । एजेन्सीको सहयोगमा

अमेरिकामा रोकिएन कोरोनाः एकैदिन १९ सय ४० को मृत्यु, संक्रमित कति ? (सूचीसहित)

काठमाडौंः अमेरिकामा बुधबार १ हजार ९ सय ४० जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यहाँ मंगलबार कोरोनाका कारण १९ सय ५२ जनाको मृत्यु भएको थियो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ८८ पुगेको छ । त्यहाँ बुधबार करिब ३२ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ४ लाख ३५ हजार जनिक पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २२ हजार मात्रै निको भएका छन् भने ९ हजार बढीको अवस्था गम्भीर रहेको छ । भारतमा बढ्दै कोरोना भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ७८ पुगेको छ । हाल भारतमा कोरोना संक्रमित संख्या ५ हजार ९ सय १९ पुगेको छ । त्यहाँ बुधबार मात्रै ५ सय ६५ जना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ५ सय ६ जना निको भइसकेका छन् भने अन्यको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विश्व कोरोना अपडेट पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ हजार बढीले ज्यान गुमाएका छन् । बुधबारदेखि बिहीबार बिहानसम्मको तथ्याङकअनुसार ६ हजार ३ सय ६९ को मृत्यु भएको छ । मंगलबारको तुलनामा बुधबार मृत्युदर घटेको छ । मंगलबार ७ हजार ३ सय को मृत्यु भएको थियो भने बुधबार ६ हजार ३ सयजनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ । त्यस्तै, बुधबार ८२ हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या बढेर १५ लाख १३ हजार पुगेको छ । संक्रमितमध्ये करिब ३ लाख ३० हजार निको भएका छन् भने १० लाख ९५ हजार उपचाररत छन् । उपचाररथमध्ये ४८ हजारको अवस्गा गम्भीर छ । कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः सम्बन्धित समाचारः ट्रम्पलाई डब्लूएचओकाे कडा प्रतिक्रया: महामारीमा राजनीति बन्द गर, के अझै बढी लाश हेर्न मन छ ? ‘नेपालमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएकामा सङ्क्रमणको जोखिम देखिएन’ भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ? (सूचीसहित) कोरोना अपडेटः २४ घण्टामा कहाँ कतिको मृत्यु र संक्रमित ? (सूचीसहित) कोरोना भाइरसः ८८ हजार बढीको मृत्यु, १५ लाख नाघे संक्रमित (सूचीसहित)

ट्रम्पलाई डब्लूएचओकाे कडा प्रतिक्रया: महामारीमा राजनीति बन्द गर, के अझै बढी लाश हेर्न मन छ ?

काठमाडौं:  विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पद्वारा लगाएकाे आराेपकाे कडा प्रतिक्रिया दिएकाे छ । संगठनकाे प्रमुख टेड्राेस अधानम गेब्रेयससले अमेरिकालाई महामारीमा राजनीति बन्द गर्न अपील गरेका हुन । यसअघि राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनकाे कडा आलाेचना गर्दै सहयाेग बन्द गर्ने धम्की दिएका थिए । “याे कमी निकाल्ने र आलोचना गर्ने समय हाेईन ।” उनले भने, “यस्ता बयानले राष्ट्रियस्तरमा मतभेद बढाउँछ। के तपाईलाई मृत मानिस भरिएका ब्याग अझै हेर्न मन छ ?” जेनेभामा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उनले यदि बढी लास नचाहने हाे भने यसमाथि राजनीति बन्द गर्नुपर्ने बताए । “तपाईकाे देशभित्र महामारीविरुद्ध एकता याे खतरनाक भाईरसलाई राेक्न महत्वपुर्ण हुन्छ ।” अमेरिकाले काेराेना महामारीबारे विश्व स्वास्थ्य संगठनले भ्रममा राख्न खाेजेकाे भन्दै आलाेचना गर्दै आएकाे छ । “हामीले सकेकाे गर्दै आएका छाैं, दिन रात नभनि गरिरहेका छाै र भाेली पनि गर्नेछाै । समय बर्बाद गर्ने हामीलाई फुर्सद छैन ।” उनले भने, “सबल र दुर्बल पक्ष पहिचान गरेर हामी यसकाे संश्लेषण गर्नेछाैं । हामी महामारीबाट सिक्न चाहन्छाैं ।” यो पनि पढ्नुस्ः डब्लूएचओलाई ट्रम्पको चेतावनी– हाम्रो पैसामा बाँच्ने अनि चीनको पक्षमा काम गर्ने ?  

भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ? (सूचीसहित)

भारतः भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ७८ पुगेको छ । हाल भारतमा कोरोना संक्रमित संख्या ५ हजार ९ सय १९ पुगेको छ । त्यहाँ बुधबार मात्रै ५ सय ६५ जना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ५ सय ६ जना निको भइसकेका छन् भने अन्यको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विश्व कोरोना अपडेट पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ हजार बढीले ज्यान गुमाएका छन् । बुधबारदेखि बिहीबार बिहानसम्मको तथ्याङकअनुसार ६ हजार ३ सय ६९ को मृत्यु भएको छ । मंगलबारको तुलनामा बुधबार मृत्युदर घटेको छ । मंगलबार ७ हजार ३ सय को मृत्यु भएको थियो भने बुधबार ६ हजार ३ सयजनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ । त्यस्तै, बुधबार ८२ हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या बढेर १५ लाख १३ हजार पुगेको छ । संक्रमितमध्ये करिब ३ लाख ३० हजार निको भएका छन् भने १० लाख ९५ हजार उपचाररत छन् । उपचाररथमध्ये ४८ हजारको अवस्गा गम्भीर छ । कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कोरोना अपडेटः २४ घण्टामा कहाँ कतिको मृत्यु र संक्रमित ? (सूचीसहित)

काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ हजार बढीले ज्यान गुमाएका छन् । बुधबारदेखि बिहीबार बिहानसम्मको तथ्याङकअनुसार ६ हजार ३ सय ६९ को मृत्यु भएको छ । मंगलबारको तुलनामा बुधबार मृत्युदर घटेको छ । मंगलबार ७ हजार ३ सय को मृत्यु भएको थियो भने बुधबार ६ हजार ३ सयजनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ । त्यस्तै, बुधबार ८२ हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या बढेर १५ लाख १३ हजार पुगेको छ । संक्रमितमध्ये करिब ३ लाख ३० हजार निको भएका छन् भने १० लाख ९५ हजार उपचाररत छन् । उपचाररथमध्ये ४८ हजारको अवस्था गम्भीर छ । कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कोरोना भाइरसः ८८ हजार बढीको मृत्यु, १५ लाख नाघे संक्रमित (सूचीसहित)

काठमाडौंः कोरोना भाइरसका कारण विश्वरभ मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । विश्वभर बिहीबार बिहानसम्म ८८ हजार ४ सय ५ को मृत्यु भएको छ । कोरोनाका कारण बुधबार मात्रै ६ हजार ३ सय ६९ को मृत्यु भएको थियो । त्यस्तै, बुधबार ८२ हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १५ लाख १३ हजार पुगेको छ । संक्रमितमध्ये करिब ३ लाख ३० हजार निको भएका छन् भने १० लाख ९५ हजार उपचाररत छन् । उपचाररथमध्ये ४८ हजारको अवस्था गम्भीर छ । कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

बिल गेट्सले पठाए बिहारमा १५ हजार कोरोना टेष्ट किट

पटनाः माइक्रोसोफ्टका संस्थापक तथा संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले भारतको बिहारमा कोरोना संक्रमण पहिचान गर्न टेष्ट किट पठाएका छन् । बिल एण्ड मिलिन्डा गेट्स फाउण्डेसनका तर्फबाट गेट्सले १५ हजार कोरोना टेष्ट केट पठाएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, यी किटहरु बिहार पठाइएको छ । बालबालिकाको स्वास्थ्य, एचआईभी तथा अन्य कैयन रोगहरुको नियन्त्रण तथा उपचारका लागि यो फाउण्डेसनले विगत २० वर्षदेखि काम गर्दै आएको छ । बिहारमा भने फाउण्डेसनले अनन्या नामक परियोजना शुरु गर्दै आएको छ । यो परियोजना अन्तर्गत जनस्वास्थ्यका विषयमा सार्वजनिक नीजि क्षेत्रसँग मिलेर काम गरिन्छ । फाण्डेसनले सिंगापुरबाट किट्स भारत पठाएको थियो । बिहारका मुख्यमन्त्री नितिश कुमारले गेटससँग यसअघि पनि बारम्बार भेट गर्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले उनले सर्वदलीय बैठक गरेको अधिकारीहरुले जनाएका छन् । लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग प्रधानमन्त्री मोदीले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कोरोनाबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो । प्रधानमन्त्री मोदीले यसअघि केही दिन पहिलो मन्त्रिपरिषद्को बैठक पनि भिडियोमार्फत् नै गरेका थिए । मन्त्रिपरिषद् बैठकमा उनले ‘लकडाउन’ पछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री मोदीले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरुलाई सोमबार निर्देशन दिएका हुन् । कोरोना सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दिर्घकालिन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनु पर्नेमा उनको जोड थियो । आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरुको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरु ल्याउन प्रधानमन्त्री मोदीले आह्वान गरेका हुन् । भारतमा कोरोनाको सङ्क्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लागू हुने गरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन लगाइएको छ । बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको लडाईका लागि सरकारले गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । उनले कोरोना भाइरस विरुद्धको लडाई सरकारको मात्रै लडाई नभएकाले साथ दिन सवै दलहरुलाई आह्वान गरेका थिए । एजेन्सी

जापानमा संकटकाल घोषणापछिको पहिलो दिनमै संक्रमितको संख्या बढ्यो

जापानमा संकटकाल घोषणा गरे पछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै जापानमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल संख्या ४ हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाको सङ्क्रमण थप फैलिदै जाने देखेर जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार संकटकालको घोषणा गरेका थिए संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागू गरिएको हो । जापानमा अहिलेसम्म कूल सङ्क्रमित मध्ये सवैभन्दा धेरै राजधानी टोकियोमै रहेका छन् । टोकियोमा एक हजार ३३९ जना संङ्क्रमित हुँदा दोस्रो धेरै संक्रमित भएको ओसाकामा ४८१ जना संक्रमित रहेका छन् । त्यसैगरी कानागावामा ३३२ जना, चिबामा ३०७ जना, ऐची क्षेत्रमा २६० जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कुल विरामी मध्ये ८८ जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक हजार २४२ जना भने निको भएर घर फर्किएका छन् । एजेन्सी

‘लकडाउन’ खुलेको मौका छोपी ग्रेटवालमा नोक्सानी पुर्‍याउने कालोसूचीमा

चिनियाँ अधिकारीहरुले सार्वजनिक रुपमा लज्जित गरिनुको धम्कीले पर्यटकहरुलाई देशको प्रमुख पर्यटकीय गन्तब्य ग्रेटवाललाई कुरुप पार्न निरुत्साहित गर्ने आशा गरेका छन् । ग्रेट वालको प्रसिद्ध बाडालिङ खण्डलाई कोरोना फैलिएपछि दुई महिना गरिएपछि गत मार्च २४ मा खोलिएको थियो। समाचारहरूमा जनाइएअनुसार त्यसै दिन एक जना पर्यटक उक्त ऐतिहासिक संरचनाको पर्खाललाई साँचोले खुर्केर कुरुप पारिरहेको दृश्य त्यहाँ स्थित क्यामेराले रेकर्ड गरेको थियो। उक्त समाचार केही छिनमै चिनियाँ सामाजिक संजालमा भाइरल भएको र देशको सबैभन्दा लोकप्रिय सामाजिक संजाल वीबोमा “ग्रेटवाल खुलेकै दिन तोडफोड” ह्याशट्याग ट्रेन्डिङ शिर्षक भएको थियो। “यस्तो असभ्य गतिविधि बारम्बार कसरी दोहोरिन सक्छ?” वीबो प्रयोगकर्ता वुहान लुयुझियाले संजालमा लेखे, “मलाई लाग्छ यस्तालाई त गिरफ्फ्तार गरेर पांच दिनसम्म थुनिदिनु पर्छ ताकि उनीहरूले पाठ सिकुन।” यसको प्रतिक्रियास्वरूप बाडालिङ विशेष पर्यटकीय क्षेत्रको ग्रेटवालको कार्यालयले एप्रिल ६ तारेखदेखि लागू हुने गरेर कुनै पनि तोडफोड र संरचना खराब पार्ने कामविरुद्ध नयाँ नियमहरू लागू गरेको छ। याङ्किङ् काउन्टी बाडालिङ विशेष क्षेत्रको आधिकारिक वीबो अकाउन्टमा जनाइए अनुसार “सात प्रकारका सांसकृतिक सम्पदा तोडफोड एवं कोर्ने या अन्य प्रकारका जानाजान संरचना खराब पार्ने कामहरूलाई रोक्न प्रशासनिक दण्ड र जरिवानाको व्यवस्था गर्ने” जनाएको छ। नयाँ नियमहरूअनुसार “स्थानीय भावनाहरूको सम्मान गर्न जागरुक गर्न एवं तोडफोड गर्न निरुत्साहित गर्न” संरचनासँग दुर्व्यवहार गर्ने पर्यटकहरूलाई ‘कालो सूची’मा राखिने छ र उक्त सूची बेलाबेला सार्वजनिक गरिनेछ। उक्त सूचीमा को को परे भनेर नाम भने नतोकिने भए पनि यसरी कालो सूचिमा परेकाहरूलाई भविष्यमा ग्रेटवालको अनलाइन टिकट खरिद गर्न प्रतिबन्ध लगाइने छ। उता बेइजिङ नगरपालिका सरकारको सूचना कार्यालयले काउन्टीले कालो सूचीमा परेका पर्यटकलाई अन्य पर्यटकीय स्थलहरूमा जान पनि प्रतिबन्धित गर्नेबारे विचार गरिराखेको जनाएको छ। सामाजिक संजाल प्रयोगकर्ता र स्थानीय मिडियाले उक्त कदमको स्वागत गरेका छन्। “कोरोना महाव्याधिले उसै पनि पर्यटन उद्योगलाई नराम्ररी ध्वस्त पारिदिएको छ, यसरी ऐतिहासिक एवं साँस्कृतिक संरचनाहरू खराब पारिए भने अवस्था अझै खराब हुने निश्चित छ।” राज्य संचालित समाचार पत्र ‘बेइजिङ युथ डेली’को विचार स्तम्भमा छापिएको एउटा लेखमा भनिएको छ। “पर्यटक कालो सूचीले बदमासी गर्नेहरूमाथि दबाब पर्न जाने र यी नियमहरू उल्लङ्घन गर्न खोज्ने पर्यटकहरूमाथि नियन्त्रण गर्न सकिने” अर्को राज्य संचालित समाचार पत्र बेइजिङ डेलीले लेखेको टिप्पणीमा उल्लेख छ। राजधानी बेइजिङबाट लगभग ७० किलोमिटर टाढा रहेको बाडालिङ ग्रेटवालको सबैभन्दा आकर्षक गन्तव्य हो। बेइजिङ नगरपालिका सरकारको सूचना कार्यालयका अनुसार उक्त ठाउँमा कोतर्ने मानिसलाई फेला पारिइसकेको र उनले आफ्नो कसुर स्वीकारेको जनाएको छ। चीनले पर्यटक कालो सूची बनाएको यो पहिलो पटक भने होइन। बेइजिङस्थित पार्कहरूले पनि गत वर्षको वार्षिक ‘चिहान बढार्ने चाड’को बेला “असभ्य घुमफिर गर्नेहरू”को सूची जारी गर्ने गर्नुका साथै ‘फेस स्क्यानरहरूको प्रयोग गरेर त्यस्ता पर्यटकहरूलाई प्रवेश निषेध गरेका थिए। एजेन्सी

ट्विटरका संस्थापक डोर्सेले कोरोनाविरुद्ध लड्न १ अर्ब डलर सहयोग गर्ने

वासिङ्टनः सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोना भाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी १ अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्विटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्ने गरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गरेका छन् । फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ ।

विभिन्‍न ठाउँबाट देखिएको ‘सुपरमून’ (तस्बिर)

काठमाडौंः यस वर्षको सबैभन्दा चम्किँलो र ठूलो चन्द्र (सुपरमून) मा मंगलबार राति देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी रुपमा ‘लकडाउन’मा भइरहेको समयमा सहरका विभिन्‍‍न स्थानहरुमा ठूलो चन्द्रमा देखिएको हो ।                 न्यूयोर्कको एम्पायर स्टेट बिल्डिङ र मंगलबार राति देखिएको पूर्ण चन्द्रमा अरु बेलाभन्दा सुपरमून केही ठूलो र चम्किलो देखिन्छ । पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा पृथ्वीको केही नजिक हुँदा सुपरमून देखिन्छ ।   क्रोएसियाको राजधानी जाग्रेबको जाग्रेब चर्चनजिकैबाट देखिएको दृश्य तस्बिरः रोयटर्स मंगलबारको पूर्ण चन्द्रमा अन्य दिनको चन्द्रमाको तुलनामा ७ प्रतिशत ठूलो र १५ प्रतिशत चम्किलो देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यस वर्ष मार्चमा पनि सुपरमून देखिएको थियो ।                     फ्रान्सको वोल्क्सिमबाट देखिएको दृश्य तस्बिरः रोयटर्स                      लन्डनबाट देखिएको दृश्य तस्बिर : रोयटर्स

भारतमा कोरोनाले लियो ३२ को ज्यान, एकै परिवारमा आठ संक्रमित

काठमाडौंः भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म त्यहाँ साढे १२ सय जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना संक्रमितमध्ये १ सय १२ जना निको भएका छन् । सोमबारका दिन भारतमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।  सोमबार २१७ संक्रमणका नयाँ घटना देखा परेका हुन । संक्रणको सबैभन्दा धेरै असर केरलामा देखिएको छ । संक्रमण बढ्दै गएपछि भारत सरकारले २१ दिनको लकडाउनको घोषणा गरेको थियो । तर सबै लकडाउन पछि समेत सामाजिक दूरी बढाउन आम नागरिकले सहयोग नगर्दा संक्रमण झनै चुलिएको हो । कतिपय विदेशबाट फर्केकाहरु बिहे, उत्सव, पार्टी जस्ता सामाजिक उत्सवमा सहभागी भएपछि घटना झन बढेर गएका हुन । कुन राज्यमा कति संक्रमित ? राजस्थानमा एकै परिवारमा आठ संक्रमित राजस्थानको अलवरमा एकै परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य विभागका अनुसार फिलिपिन्सबाट फर्किएका अलवरका एक व्यक्तिमा सुरुमा कोरोना पोजेटिभ देखिएको थियो । तर उनले समयमै अस्पताल जाने र घरमा अलग्गै क्वारेनटाइनमा नबस्दा सबै परिवारमा सरेको र उनीहरुको टेष्ट गर्दा पोजेटिभ पाइएको छ । अमेरिका अमेरिकामा एकैदिन कोरोनाका २० हजार संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५ सय ७३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ८ सय ४४ पुगेको छ भने ३ हजार १ सय ५६ ले ज्यान गुमाएका छन् । विश्वको अवस्था कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान लिइसकको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय १६ को मृत्यु भएको छ भने ६१ हजार ५० कोरोना संक्रमित फेला परेका छन् । त्यसबाट विश्वभर ७ लाख ८४ हजार ४ सय ४० संक्रमित भएका छन् भने एक लाख ६५ हजार उपचारपछि निको भएका छन् ।

बुलेट ट्रेनको गतिमा फैलिँदै कोरोनाः अमेरिकामा एकैदिन २० हजार संक्रमित, ५ सय ७३ को मृत्यु

काठमाडौंः अमेरिकामा एकैदिन कोरोनाका २० हजार संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५ सय ७३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ८ सय ४४ पुगेको छ भने ३ हजार १ सय ५६ ले ज्यान गुमाएका छन् । विश्वको अवस्था कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान लिइसकको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय १६ को मृत्यु भएको छ भने ६१ हजार ५० कोरोना संक्रमित फेला परेका छन् । त्यसबाट विश्वभर ७ लाख ८४ हजार ४ सय ४० संक्रमित भएका छन् भने एक लाख ६५ हजार उपचारपछि निको भएका छन् ।

यौन व्यवसायमा कोरोना प्रभावः आर्थिक संकटमा बंगलादेशी यौनकर्मी

बंगलादेशका यौनकर्मीहरूले सरकारले घोषणा गरेको आपतकालीन राहत प्याकेज तुरुन्त उपलब्ध गराउन माग गरेका छन्। गत शुक्रबार सरकारले यौनकर्मीलाई ३० केजी चामल, २५ अमेरिकी डलर र टेन्टको विशेष प्याकेज दिने आश्वासन दिँदै वेश्यालय अप्रिल ५ सम्मका लागि बन्द गर्ने घोषणा गरेको थियो। कोरोना भाइरस संक्रमणसँग लड्न सरकारले राजधानी ढाकादेखि सय किलोमिटर पश्चिममा पर्ने दौलतदिया वेश्यालय बन्द गर्ने घोषण गरेको थियो। यो वेश्यालयमा १५ सय महिला यौनकर्मी कार्यरत छन्। र, यहाँ दैनिक ५ हजार ग्राहक आउने गरेको अनुमान लगाइन्छ। दौलतदिया वेश्यालय सताब्दीदेखि सञ्चालनमा छ। ब्रिटिशहरूले भारतमा शासन चलाउँदा यसको स्थापना भएको थियो। पहिले यो फेरी स्टेशन नजिकै थियो। तर, १९८८ मा लागेको आगोका कारण सारिएको हो। धेरै च्यारेटीहरूले यहाँ उमेर नपुगेका नाबालक यौनकर्मी पनि रहेको आरोप लगाउँदै आइरहेका छन्। यो दक्षिण एसियामा १२ औं कानुनी मान्यताप्राप्त वेश्यालय हो। यहाँ कार्यरत महिला यौनकर्मीले दिनमा १२ देखि २४ अमेरिकी डलरसम्म कमाईं गर्दै आइरहेका छन्। कोरोना भाइरसका कारण आफ्नो पेशा संकटमा परेपछि परिवार पाल्न गाह्रो परेको भन्दै उनीहरूले सरकारले आश्वासन दिएको विशेष प्याकेज तत्काल उपलब्ध गराउन आग्रह गरेका हुन्। उनीहरूले आफू र बालबच्चाका लागि खाद्यान्न खरिद गर्न पैसा नभएको बताएका छन्। सरकारी अधिकारी रुबियात हायातले सहायता प्याकेज उपलब्ध गराउन अझैं एक साता लाग्ने बताएपछि उनीहरू अफ्ठेरोमा परेका हुन्। कोरोनाका कारण बंगलादेशमा ३ जनाको निधन भइसकेको छ भने ३३ संक्रमणकारी उपचारार्थ छन्। मुस्लीम देश भएपनि यौन व्यवसायले बंगलादेशमा कानुनी मान्यता पाएको छ। एजेन्सी

कोरोना आशंकामा इजरायलका प्रधानमन्त्री आइसोलेसनमा

काठमाडौंः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोनाको संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्ने छन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ ।