यो हो विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम, कति छ दर्शक क्षमता ?
काठमाडौंः भारतको अहमदाबाद भन्ने शहरमा विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियम तयार भएको छ। जम्मा ६३ एकड मा विस्तारित यो स्टेडियममा एकलाख १० हजार जनाले एकै साथ क्रिकेट हेर्न सक्ने बताइएको छ।
हालसम्म सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट मैदान अस्ट्रेलियाको ‘मेलबर्न क्रिकेट ग्राउण्ड ‘ हो। यसको दर्शक क्षमता एकलाख २४ जना बताइन्छ। त्यस्तै भारतको सबै भन्दा ठुलो मैदान भनेर चिनिने कोलकाताको इडेन गार्डन को दर्शक क्षमता ६६ हजार रहेको छ। यो विश्वकोदोस्रो ठुलो स्टेडियम मानिन्छ।
तीन वर्षमा पूरा हुँदै काम
हाल तयार भएको स्टेडियमको नाम सरदार पटेल गुजरात स्टेडियम रहेको छ। यो अहमदाबादको मोटेरा भन्ने स्थानमा रहेकाले यसलाई मोटेरा स्टेडियम पनि भन्ने गरिएको छ।
यस स्टेडियमको निर्माण कार्य तीन वर्षमै पुरा हुँदै छ। यस मैदानको भूमि पूजन जन्युअरी २०१६ मा सम्पन्न भएको थियो। हाल यसको अधिकांश काम सम्पन्न भैसकेको र डिसेम्बर २०१९ सम्म यो मैदान पूर्ण रूपमा तयार हुने भारतीय संचार मध्यमहरूमा रहेको छ। यस मैदानमा २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाइने र यो विश्वकै सर्वाधिक दर्शकहरूलाई बसाल्न सक्ने स्टेडियमको रूपमा रहने बताइन्छ।
कति भयाे खर्च ?
यस स्टेडियमको कुल लागत सात अर्ब भारतीय रुपियाँ रहेको बताइन्छ। यसको निर्माण गुजरात क्रिकेट संघ ले गर्न लागेको बताइएको छ।
यस मैदानको निर्माण पक्षले यसलाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने बताएको छ। यसमा मुख्य मैदानका अतिरिक्त तीन अभ्यास मैदान, क्लब हाउस, ओलम्पिक साइज स्विमिङ पुल र एउटा इन्डोर क्रिकेट एकेडेमी समेत रहने बताएको छ।
यसका अतिरिक्त स्टेडियमलाई कुनै खेलाडीले चौका या छक्का प्रहार गर्दा त्यहाँ उपस्थित प्रत्येक दर्शकले त्यसलाई सजिलै हेर्न सक्ने किसिमले डिजाइन गरिएको छ। साथै स्टेडियममा चार हजार कार र १० हजार दुइ पाङ्ग्रे सवारी पार्किङको सुविधा रहेको छ।
यस स्टेडियममा रातिको खेलका लागि एलइडी लाइट प्रयोग गरिनेछ। कुनै खेल मैदानमा एलइडी प्रयोग गरिएको यो पहिलो पटक हुनेछ।
त्यसका अतिरिक्त स्टेडियममा ७५ ‘कर्पोरेट बक्स’ बनाइनेछन् . मैदानभित्र प्रवेश र निकासका लागि अलग अलग व्यवस्था गर्न लागिएको छ। साथै स्टेडियमसम्म मेट्रो लाइन समेत विस्तार गरिने भएको छ।
भारतका लागि निकै फिलफाप
तर यो स्टेडियम नयाँ भने होइन। यहाँ नेर पहिले पनि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम थियो। त्यस बेला यस मैदानको दर्शक क्षमता ५४ हजार थियो। त्यसमा थुप्रै टेस्ट र एकदिवसीय खेलहरू खेलिएका छन्।
यस स्टेडियमलाइ यस अघि पनि सरदार पटेल गुजरात स्टेडियम नै थियो र यसमा विभिन्न खेलाडीहरूले थुप्रै विश्व कीर्तिमान बनाइसकेका छन्। विशेषगरि भारतका लागि त याे स्टेडियम निकै फिलफाप रह्याे ।
यसै स्टेडियममा १९८२ मा भारतीय ब्याट्सम्यान सुनिल गावस्करले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका थिए। त्यस्तै भारतका पूर्व कप्तान कपिल देवले न्युजिल्याण्डका रिचर्ड हेडलीको रेकर्ड तोड्दै सबैभन्दा बढी टेस्ट विकेट लिने रेकर्ड बनाएका थिए।
यसै स्टेडियममा सचिन तेन्दुलकर ले पहिलो दोहोरो टेस्ट शतक प्रहर गरेका थिए। र, २०११ को विश्वकपमा भारतले यसै मैदानमा विश्व विजेता अस्ट्रेलियालाई हराएर आफ्नो विश्वकप विजयको अभियान सुनिश्चित गरेको थियो।
हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ४ जनाको मृत्यु
इक्वेडरको अमेजन क्षेत्रमा शनिवार सेस्ना–१८२ हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चारजनाको मृत्यु भएको छ । नागरिक उड्डयन अधिकारीहरूले विमानमा पाइलट र तीन यात्री रहेको र सबैको मृत्यु भएको बताए । घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारण पत्ता लागेको छैन । सैन्यकर्मी तथा खोजकर्ताहरूले शनिवार एक घन्टाको कारवाहीपछि शव बरामद गरेका थिए । एजेन्सी
पाकिस्तानी सैन्य प्रवक्ताले शाहरुखलाई के भने यस्तो? भाइरल भयो ट्विट
मुम्बई । भारत र पाकिस्तानबीच चुलिएको तनावमा शाहरुख खान समेत मुछिएका छन् । वलिउडका शीर्ष कलाकार शाहरुख खानको नाम नै लिएर पाकिस्तानका सैन्य प्रमुखले चेतावनी दिएपछि उनको चर्चा अहिले व्यापक भएको हो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले शाहरुख खानमाथि लक्षित गर्दै ट्विट गरेका हुन । उनले शाहरुख खानलाई पाकिस्तानको बदनाम गर्नुको साटो भारत अधिकृत कश्मिरमा भइरहेको अत्याचारविरुद्ध आवाज उठाउन सल्लाह समेत दिएका छन् । “तपाई बलिउड सिन्ड्रोममा हुनुहुन्छ । वास्तविकता थाहा पाउन रअ का जासुस कुलभूषण जाधव, विंग कमाण्डर अभिनन्दन र २७ फेब्रुअरी हेनुस् भनेर भन्नुहुन्छ तर तपाईलाई भारतद्वारा अधिकृत कश्मिरमा भइरहेका अत्याचारविरुद्ध बोल्नुपथ्र्यो । अहिले त्यहाँ आरएसएसको नाजिवादी हिन्दुत्वका कारण यो झनै बढेको छ ।” बार्ड अफ ब्लडको कथा शाहरुख खानको वेभ सिरिज हो । अहिले यो निकै चर्चित सिरिज बनेको छ । शाहरुख खानले यसै सिरिजको प्रचार गर्दै वास्तविकता थाहा पाउन हेर्नुस भनेर लेखेका थिए ।
अमेरिकी दबाब लत्याउँदै जिब्राल्टरले छोड्यो इरानी जहाज
काठमाडौँ । सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर जिब्राल्टरले अमेरिकी दबाबका बावजुद छाड्ने निर्णय गरेको छ । इरानी ट्याङ्कर ग्रेस-१ पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रवार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाह छाड्दै भूमध्यसागरको पूर्वतर्फ अगाडि बढिरहेको छ। अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने कुनै कारण छैन किनकि इरानविरुद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु हुँदैन। अमेरिकी आग्रह अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध आफूले आतङ्ककारी मान्ने इरानको इस्लामिक रेभलूशनरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो। जिब्राल्टारले भने आइतवार एउटा वक्तव्यमार्फत् उक्त आग्रहलाई स्वीकार्न नसक्नुमा रेभलूशनरी गार्डलाई ईयूले आतङ्कवादी सङ्गठन नमान्नु रहेको बताएको छ। इरानले आवश्यक परेमा आफ्ना जलसेना उक्त पानीजहाजलाई सुरक्षा दिँदै अगाडि बढाउन तयार रहेको बताएको थियो। उक्त पानीजहाजमा भारत, रुस, लाट्भिया र फिलिपिन्सका गरी चालकदल २९ सदस्य थिए। सुनिश्चितता पानीजहाजलाई ब्रिटिश जलसेनाको सहयोगमा जुलाई ४ मा पक्राउ गरिएको थियो। जिब्राल्टारले उक्त कार्गो सिरिया नपुग्ने इरानले वचन दिएपछि जहाजलाई छाडिएको जिब्राल्टारले जनाएको छ। इरानी पानीजहाजको नाम अहिले एर्डिएन डर्या-१ भएको छ र इरानी झण्डा फहराउँदै अगाडि बढेको छ। इरानले उक्त जहाज सिरिया जानको लागि हिँडेको भन्ने कुरालाई सुरुदेखि नै अस्वीकार गर्दै आएको छ। ब्रिटिश स्वशासित क्षेत्र जिब्राल्टारको सरकारले ईयूका प्रतिबन्ध भङ्ग गरेको आरोपमा उक्त जहाजलाई समातेको गरेको थियो। तनाव उक्त कदमले ब्रिटेन र इरानबीच केही सातायता तनाव चुलिएको थियो। इरानले समेत ब्रिटिश झण्डावाहक र स्वीडनको स्वामित्वमा भएको स्टेना इम्पेरो जहाजलाई खाडीमा पक्राउ गरेको थियो। सो जहाज अझै इरानको नियन्त्रणमा छ। इरानको आणविक कार्यक्रमका विषयमा इरान र पश्चिमा विश्वबीच तनाव बढेको छ। गत वर्ष वाशिङ्टनले सन् २०१५ को इरानी परमाणु सम्झौताबाट बाहिरिएको थियो। उसले इरानले अझै परमाणुअस्त्र बनाउन चाहेको आरोप लगाएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। ब्रिटेन र अन्य युरोपेली देशहरू भने उक्त सम्झौतामा अझै कायम रहेको बताउँदै आएका छन्।
बस र ट्रक एक आपसमा ठोक्किंदा १५ यात्रुको मृत्यु
नयाँदिल्ली । भारत महाराष्ट्रको धुलामा आइतबार राति भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका बस र ट्रक एक आपसमा ठोक्किंदा ठुलो क्षति भएको हो । भारतीय पत्रिका भाष्करले जनाएअनुसार, बसमा ५० जना यात्रु रहेका थिए । घाइते ३५ जनालाई अस्पताल लगिएको छ । दुर्घटना हुँदा ११ जना घटनास्थलमै मृत्यु भएका थिए । मृतकमा ३ महिला छन् ।
पुनः पक्राउ गर्ने अमेरिकी आग्रह जिब्राल्टारले अस्वीकार गरेपछि इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
काठमाडौं । सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ। ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको पूर्वतर्फ अगाडि बढिरहेको छ। अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने कुनै कारण छैन किनकि इरानविरूद्धको अमेरिकी प्रतिबन्ध ईयूमा लागु हुँदैन। अमेरिकी आग्रह अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध आफूले आतङ्कारी मान्ने इरानको ईश्लामिक रेभोलुस्नरी गार्डसँग रहेको भन्दै पक्राउको आग्रह गरेको थियो। जिब्राल्टारले भने आइतबार एउटा वक्तव्यमार्फत् उक्त आग्रहलाई स्विकार्न नसक्नुमा रेभोलुस्नरी गार्डलाई इयुले आतङ्कवादी संगठन नमान्नु रहेको बताएको छ। अमेरिका-इरान सम्बन्ध किन तीतो? इरानले आवश्यक परेमा आफ्ना जलसेनाहरू उक्त पानीजहाजलाई सुरक्षा दिंदै अगाडि बढाउन तयार रहेको बताएको थियो। उक्त पानीजहाजमा भारत, रूस, लाट्भिया र फिलिपिन्सका गरी २९ चालक दलका सदस्यहरू थिए। सुनिश्चितता पानीजहाजलाई ब्रिटिश जलसेनाको सहयोगमा ४ जुलाईमा पक्राउ गरिएको छ। जिब्राल्टारले भनेको छ- उक्त कार्गो सिरिया नपुग्ने इरानी सुनिश्चितता भएपछि उक्त जहाज छाडिएको हो। इरानी पानीजहाजको नाम अहिले एर्डिएन डर्या वान भएको छ र इरानी झण्डा फहराउँदै अगाडी बढेको छ। ब्रिटिश झण्डावाल स्टेना इम्पेरो जहाजअझै इरानी कब्जामा छ। इरानले उक्त जहाज सिरिया जानको लागि हिंडेको भन्ने कुरालाई सुरुदेखि नै अस्वीकार गर्दै आएको छ। ब्रिटिश स्वशासित क्षेत्र जिब्राल्टारको सरकारले ईयूका प्रतिबन्ध तोडेको आरोपमा पक्राउ गरिएको थियो। तनाव उक्त कदमले ब्रिटेन र इरानबीच पछिल्ला सातामा तनाव चुलिएको थियो। इरानले समेत ब्रिटिश झण्डावाल स्विडिश स्वामित्वको स्टेना इम्पेरो जहाजलाई खाडीमा पक्राउ गरेको थियो जुन अझै इरानी कब्जामा छ। इरानको आणविक कार्यक्रमका बिषयमा इरान र पश्चिमा विश्वबिच तनाव बढेको छ। गत वर्ष वासिङ्टनले सन् २०१५ को इरानी परमाणु सम्झौताबाट पछि हटेको थियो। उसले इरानले अझै परमाणु हतियार बनाउन चाहेको आरोप लगाएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। ब्रिटेन र अन्य युरोपेली देशहरू भने उक्त सम्झौतामा अझै कायम रहेको बताउँदै आएका छन्। बिबिसी नेपाली सेवाबाट
भारतीय विदेशमन्त्री जयशंकर ४ गते काठमाडौं आउँदै
काठमाडौंः भारतीय विदेशमन्त्री एस जयशंकर भदौ ४ गते काठमाडौं आउने भएका छन्। काठमाडौंमा ४-५ गते हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंकर नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्। बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। सन् १९८७ मा स्थापना भएको उक्त आयोगको बैठक आलोपालो गरी नेपाल र भारतमा हुने गर्छ। अघिल्लो बैठक सन् २०१६ मा भारतमा भएको थियो। नेपाल बसाइँका क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन्। नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेश मन्त्री नियुक्त भएका जयशंकरको मन्त्रीका हैसियतमा यो पहिलो नेपाल भ्रमण हो। यसअघि उनी सन् २०१५ मा नेपालको संविधान जारी हुनुअघि मोदीको दूत बनेर काठमाडौं आएका थिए। त्यतिबेला उनले नेपालका दलहरूलाई संविधान जारी प्रक्रिया केही दिन रोक्न दबाब दिएका थिए। नेपालले भारतीय दबाबका बावजुद् २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। संविधानमा असन्तुष्टि जनाउँदै लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। सेताेपाटीबाट
पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?
काठमाडौँ । कश्मीर विवाद चर्किएपछि चुलिएको भारत र पाकिस्तानबिचको तनावका कारण दुई देशबीच वर्षौंदेखि चल्दै आएका परम्पराहरू बाधित भएका छन् । बुधबार पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ र हरेक वर्ष स्वतन्त्रता दिवसको उपलक्षमा दुवै देशले पन्जाबस्थित भारतको सीमा अट्टारी-बाघा बोर्डरमा मिठाइ आदान प्रदान गर्ने गर्दछन् । तर यस पटकको स्वतन्त्रता दिवसमा भने पाकिस्तानको तर्फबाट आउने मिठाइको उपहार नआएको भारतीय मिडियाहरूले लेखेका छन् । दुवै देशले दीपावली, ईद जस्ता सबै जसो धार्मिक तथा स्वतन्त्रता दिवस आदि राष्ट्रिय चाडहरूमा यस सीमामा मिठाई आदानप्रदान गर्ने गर्छन् । भारतीय मिडियाहरूले यसपालीको बकरइदमा पनि पाकिस्तानको तर्फबाट मिठाइ नआएको बताएका छन् । हालसम्म सीमामा प्रत्यक्ष तनाव हुँदा या युद्धको अवस्थामा मात्र यसरी हुने मिठाइ आदान प्रदान बन्द हुने गरेको थियो । भारतले गतवर्ष पाकिस्तानले नियन्त्रण रेखामा युद्धविराम भङ्ग गरेको भन्दै मिठाइ रोकेको थियो । भारतले बिहिबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ तर उसले यस मामिलामा के गर्ला त्यो भने हेर्न बाँकी छ । पाकिस्तानले भारतद्वारा कश्मीरमा चालिएको कदमको विरोधमा भारतसंगका सबै दुइपक्षीय कार्यक्रम रद्द गरिदिएको छ । दुई देशबीच चल्ने रेल सेवा र बस सेवा समेत हाल बन्द रहेका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकर बेईजिङमा, सहमत हाेला त चीन ?
बेईजिङ । जम्मु कश्मिरलाई विशेष प्रदेशबाट हटाउने निर्णयले अालाेचित भारतले विदेशमन्त्री एस जयशंकरलाई चीन पठाएकाे छ । जयशंकरले संविधानकाे अनुच्छेद ३७० खारेजीपछिकाे अवस्थाका बारेमा चीनलाई अाश्वस्त गर्ने काेशिस गर्नेछन् । चीनले भारतीय निर्णयकाे बिराेध गरेकाे छ । जयशंकरकाे अर्काे एजेण्डा भने यसै वर्ष ने राष्ट्रपति शी जिनपिंग काे भारत भ्रमणकाे तयारि रहने मिडियाहरुले जनाएका छन् । जयशंकरकाे भ्रमणकाे ठीक अघि पाकिस्तानका विदेशमन्त्रीले चीीी भ्नरमण गरेका थिए । मोदी सरकारकाे दाेश्राे कार्यकालकाे शुरुआतपछि जयशंकर चीनकाे भ्रमण गर्ने पहलाे भारतीय मंत्री हुन । राजनयिकबाट विदेश मंत्री बनेका जयशंकर 2009 देखि 2013 सम्म चीन मा भारत का राजदूत रहे थिए । तीन दिवशीय भ्रमणमा चीनी नेतृत्वसँग साथ उनकाे वार्ताकाे शुरुआत सोमवार हुनेछ । आधिकारिक तवरमा कुन नेतासँग उनकाे भेट हुने कुरा भने घोषणा भने भएकाे छैन । तर उनले चीनी स्टेट काउंसलर र विदेश मंत्री वांग यीसँग समेत द्विपक्षीय वार्ता गर्ने जागरण दैनिकले उल्लेख गरेको छ । त्यसपछि दुबै मन्त्रीले सांस्कृतिक र जनताकाे पारस्परिक संपर्कसम्बन्धि उच्च स्तरीय बैठक काे सह अध्यक्षता गर्ने कार्यक्रम छ । यसकाे पहिलाे बैठक गत वर्ष दिल्लीमा भएको थियो । जयशंकरकाे यात्रामा चार सहमति पत्र (एमओयू) मा हस्ताक्षर हुने अनुमान छ। यसैगरि राष्ट्रपति काे यसै वर्ष हुने भारत भ्रमणको तयारिका बारेमा उनले चिनी विदेशमन्त्रीसँग छलफल गर्नेछन् । चीनबाट फर्केपछि भदाैकाे पहिलो साता जयशंकरले नेपाल भ्रमण गर्ने कार्यक्रम छ ।
उत्तर कोरियाले फेरि गर्यो ‘छोटो दुरीका बलिस्टिक मिसाइल’ प्रक्षेपण
काठमाडौं । उत्तर कोरियाले पुनः समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनबाट एउटा अतिसुन्दर पत्रु प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन्। ट्रम्पका अनुसार अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासबारे किम असन्तुष्ट छन्। शनिवारको प्रक्षेपणबारे के थाहा छ? दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। ती क्षेप्यास्त्र कोरियाली प्रायस्द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसे। दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र ४०० किलोमिटर पर पुगेका थिए। तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो। गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुनस् वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ। किमले पत्रमा ट्रम्पलाई के लेखेका छन् ? यो प्रक्षेपण हुनुभन्दा केही समयअघि आफूलाई उत्तर कोरियाली नेताले पत्र पठाएको अमेरिकी राष्ट्रपतिले बताएका थिए। ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले भनेका थिए, पत्र एकदमै सकारात्मक छ। हामी फेरि भेट्छौँ भन्ने मलाई लाग्छ । उनले तीन पन्ना लामो एउटा सुन्दर पत्र पठाएका छन् – माथिदेखि तलसम्म साँच्चिकै एउटा सुन्दर पत्र । अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासहरू ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएका सहमतिविरुद्ध भएको भन्दै प्याङ्याङले आक्रोश व्यक्त गरेको छ। किन अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास ? दुई देशले गर्ने संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु हुनेछ। तर त्यसका लागि अतिसामान्य तयारी थालिएको छ। ती अभ्यासहरू मुख्यतस् कम्प्युटर सिम्युलेशनमा आधारित हुनेछन् र पहिला उत्तर कोरियाले उत्तेजनापूर्ण मान्ने गरेका अभ्यासभन्दा सामान्य हुनेछन्। मङ्गलवार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दुरीको भन्ठानिएको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो। जुनमा दुई कोरियाको सीमामा अवस्थित असैनिकीकृत क्षेत्रमा ट्रम्प र किमले आकस्मिक भेट गरेपछि प्योङ्याङले पहिलो पटक जुलाई २५ मा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। तीमध्ये एउटा झन्डै ६९० किलोमिटर पर पुगेको थियो। बिबिसीबाट
रकेट परीक्षणका क्रममा ५ जना परमाणु वैज्ञानिकको मृत्यु
मस्को, रुसको न्योनोस्का क्षेत्रमा रकेट परीक्षणको क्रममा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा ९ अन्य घाइते भएको बताइन्छ । मिडियामा प्रकाशित समाचार अनुसार मृतक भएका सबै परमाणु वैज्ञानिक रहेका छन् । घटनालगत्तै न्योनोस्कादेखि ४७ किलोमिटर टाढा रहेको सेभेरोन्दिस्क शहरका अधिकारीहरुले रेडिएयसन स्तर सामान्इबाट २० गुणा बढी भएको बताए । मेडिकल टीमले केमिकल र न्यूक्लियर प्रोटेक्सन पोशाक लगाएर सबै घाइतेहरुलाई टेष्ट साइटबाट बाहिर निकालेका छन् । आम मानिसहरुमा भने रेडिएयसन फैलिने त्रास छ । रुसको न्यूक्लियर कम्पनी रासातामका अनुसार, राकेटको लिक्विड प्रोपेलेन्ट इन्जन परीक्षण गर्दा दुर्घटना भएको थियो । वैज्ञानिकहरु आइसोटोपको माध्इमबाट प्रपुल्सन सिष्टम चलाउने प्रयास गरिरहेका थिए । घटनाको दुईदिनपछि पनि अवस्था सामान्य भएका छैन । यो साता यो दोश्रो ठूलो घटना हो । यसअघि सोमबारका दिन साइबेरियास्थित हतियारको गोदाममा आग लागेपछि विष्फोट भएको थियो ।
उत्तराखंडः बिधार्थी बोकेको भ्यान भिरबाट खस्दा ९ बिधार्थीको मृत्यु ८ घाइते
काठमाडौं, साउन २१ । टिहरी जिल्लाको प्रतापनगर-कंगसाली-मदननेगी मोटर मार्गमा बच्चा बोकेर स्कुल गइरहेको गाडी अनियंत्रित हुँदा भिरबाट तल खसेको थियो । जसमा ९ बच्चाको मृत्यु भएको छ भने ८ बच्चा घाइते अबस्थामा रहेका छन् । जानकारीका अनुसार घटना टिहरी जिल्लाको प्रतापनगर ब्लकको रहेको छ । र आज बिहान यो घटना घटेको हो भन्ने जान्कारी पाइएको छ । घटना घटे लगत्तै त्यहाँ एसडीआर, पुलिस र प्रशासनको टीम गइ राहात र उद्दार कार्य गरेको थियो । भ्यानमा जम्मा १७ बच्चा रहेका थिए जानकारीका अनुसार भ्यानमा जम्मा १७ बच्चा रहेका थिए । घटनामा अहिले सम्म मृतक र घाइतेको पहिचान हुन सकेको छैन । अधिकारीका अनुसार २ बच्चाको घटना स्थलमै घटना घटे लगत्तै ज्यान गएको भनाइ रहेको छ । बाँकी बच्चाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको थियो । अधिकारीका अनुसार घटनामा ९ बच्चा रहेका थिए र ८ बच्चा गम्भिर रुपमा घाइते रहेका छन् । घाइतेको जिल्ला अस्पताल टिहरीमा उपचार भइरहेको अधिकारीले जनाएका छन्
अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु
अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। फेब्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो बदलाको आग्रह करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेन अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। उनको मृत्युको खबर सबैभन्दा पहिले एनबीसी र न्यूयोर्क टाइम्सले सार्वजनिक गरेका हुन्। ओसामा बिन लादेन अमेरिकी फौजद्वारा पाकिस्तानमा मारिएका थिए संवाददाताहरूले त्यसबारे बुधवार प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि त्यसै गरेका थिए। हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए। ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए। उनलाई अल-कायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको कतिपयले ठान्ने गर्थे।
सीमामा पर्खाल बनाउने खर्च दिन अमेरिकी सर्वोच्च अदालतको अनुमति
बीबीसी । अमेरिकाको सर्वोच्च अदालतले दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल ठड्याउन राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागन कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताएको छ। क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत र पक्षमा ४ मत परेको थियो। अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल ट्रम्पको सन् २०१६ को निर्वाचनको प्रमुख चुनावी नारा थियो। डेमक्र्याटहरूले त्यसको कडा विरोध गर्दै आएका छन्। सर्वोच्च अदालतको निर्णयको अर्थ उक्त कोष क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोमा पर्खाल बनाउने योजनामा प्रयोग हुनेछ। क्यालिफोर्नियाको अदालतले उक्त कोषलाई पर्खाल निर्माणमा लगाउनेबारे कङ्ग्रेसले विशेषाधिकार नदिएको तर्क गरेको थियो। राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सर्वोच्च अदालतको आदेशलाई “ठूलो जित” भनेका छन्। शुक्रवार अमेरिका र ग्वाटेमालाले एक सहमतिमा हस्ताक्षर गरेका छन् जसमा हुन्डुरस र एल साल्भाडोरबाट ग्वाटेमाला हुँदै जाने आप्रवासीहरूले सुरुमा ग्वाटेमालामा शरण खोज्नुपर्ने व्यवस्था गरिएको छ। आदेशमाथिको प्रतिक्रिया अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले भनिन्, “आज साँझ सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पलाई सैनिक कोषबाट चोरेर व्यर्थको, निष्प्रभावी र कङ्ग्रेसले अस्वीकार गरेको सीमा पर्खाल बनाउनमा खर्च गर्न दिएको अनुमति गम्भीर रूपमा त्रुटिपूर्ण छ। हाम्रा संस्थापकहरूले जनताद्वारा शासित प्रजातन्त्रको निर्माण गरेका हुन् न कि राजतन्त्र।” द अमेरिकन सिभिल लिबर्टीज युनियनले ट्रम्पको सीमा पर्खालले गर्ने क्षति रोक्नका लागि नाइन्थ सर्कीट कोर्ट अफ अपील्स समूहबाट तत्काल निर्णय आउनुपर्ने आग्रह राखेको छ। उक्त कोषको उपयोग रोकियोस् भनेर मुद्दा हालेकी वातावरणीय समूह द सीरा क्लबकी न्यायाधिवक्ता ग्लोरिया स्मिथले भनिन्, “आजको निर्णयले सैनिक कोषलाई सीमा पर्खाल बनाउनमा प्रयोग गर्न अनुमति दिएको छ जसले समुदाय, सार्वजनिक जमिन तथा क्यालिफोर्निया, न्यू मेक्सिको र एरिजोनाको पानी समाप्त पार्नेछ।” यो वर्षको सुरुमा सङ्कटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको महत्त्व बनेको उक्त पर्खाल बनाउन ६.७ अर्ब डलर रकम आवश्यक परेको बताएका थिए। ३,२०० किलोमिटर सीमामा पर्खाल लगाउने कुल खर्च २३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। डेमोक्र्याटहरूले सङ्कटकाल लगाउने राष्ट्रपतिको निर्णय संविधानमा व्यवस्था गरिएको भन्दा बाहिर रहेको दाबी गरेका छन्। करिब २० राज्यहरू र कैयौँ समूहले कङ्ग्रेसलाई छलेर सङ्कटकाल घोषणा गरेको भन्दै राष्ट्रपतिको कदम रोक्न मुद्दा हालेका छन्। वातावरणवादी समूहहरूले पर्खालविरुद्ध अभियान चलाउँदै त्यसले जङ्गली वन्यजन्तुमाथि नकारात्मक असर पार्ने दाबी गर्दै आएका छन्। गत फेब्रुअरी महिनामा कङ्ग्रेसले टेक्ससमा रियो ग्र्यान्डी भ्यालीमा “पदयात्रीका लागि बार” बनाउन १.३८ अर्ब रकम अनुमोदन गरेको थियो जुन ट्रम्पले चाहेको भन्दा निकै कम रकम थियो। तल्लो सदनले पनि पर्खाल योजनाका लागि अरू रकम पठाउनमा रोक लगाउन भन्दै कानुनी बाटो अवलम्बन गरिरहेको छ। सीमामा अहिले के भइरहेको छ? अमेरिकी अधिकारीहरूका अनुसार गत जुन महिनामा अनधिकृत रूपमा सीमा काट्न चाहने मानिसहरूको सङ्ख्या २८%ले घटेको छ। ट्रम्प प्रशासनले मेक्सिकोप्रति लिइएको नयाँ नीतिका कारण त्यसरी सङ्ख्या घटेको दाबी गर्दै आएको छ। संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगका अनुसार अमेरिका मेक्सिको सीमामा सन् २०१९ मा मात्र १३ जना बालबालिकासहित १७० जनाको मृत्यु भएको छ। बीबीसी नेपालीबाट
भारतीय सुप्रिम कोर्टद्वारा सबै जिल्लामा यौन शोषणका मुद्दाको सुनुवाई गर्न विशेष अदालत स्थापनाको निर्देशन
नयाँ दिल्ली । बाल यौन शोषणका मुद्दाहरुमा भारतीय सर्वोच्च अदालतले निकै महत्वपूर्ण निर्णय गरेको छ । सर्वोच्च अदालतले बाल यौन शोषणका मुद्दाहरुको सुनुवाई गर्न सबै जिल्लामा विशेष बाल अदालत स्थापना गर्न निर्देशन दिएको छ । यी अदालतहरु स्थापना गर्दा लाग्ने बजेट केन्द्र सरकारले विनियोजन गर्नुपर्ने छ । यस्ता अदालतमा बालबालिकासँग सम्बन्धित यौन अपराधको मात्रै सुनुवाई हुने छ । अदालतले ७० दिन भित्र यस्ता अदालत स्थापना गर्न भनेको छ । सुप्रिम कोर्टले पाक्सो कानुन अन्तर्गत बाल यौन दुराचारका मुद्दाहरु बढी भएको स्थानमा विशेष अदालत स्थापना गर्न आदेश दिएको छ । बाल यौन शोषण विरुद्दको कानुन (पाक्सो) अन्तर्गत सय बढी मुद्दाहरु अदालतमा रहेका छन् । अदालतले सरकारलाई ३० दिन भित्र अदालत स्थापनाको योजना पेशक गर्न समेत भनेको छ । यति मात्रै होइन, सर्वोच्च अदालतले बच्चाका यौन शोषणको मामिलामा संवेदनशील वकिलहरु नियुक्तीको सुनिश्चितता गर्न समेत भनेको छ । प्रोटेक्सन अफ चिल्ड्रेन फ्राम सेक्सुअल अफेन्सेस एक्ट (पाक्सो) अन्तर्गत दर्ता मुद्दाहरुमा फरेन्सिक रिपोर्ट समेत समयमा फाइल हुने कुरा निश्चित गर्न समेत आदेश भएको छ ।
पतञ्जलीका जुसमाथि अमेरिकामा प्रतिबन्ध, ३ वर्ष जेल सजाय हुन सक्ने
काठमाडौं । धार्मिक आवरणमा बजार बिस्तार गर्दै आएका रामदेवलाई ठूलो झटका लागेको छ । समय समयमा गुणस्तरहीन बस्तु उत्पादन गरेको आरोप खेप्दै आएका रामदेवको कम्पनी पतञ्जलीले उत्पादन गरेका दुईवटा जुसमाथि अमेरिकामा प्रतिबन्ध लागेपछि उनी समस्यामा परेका हुन । अमेरिकी खाद्य विभागले पतञ्जलीमाथि कानुनी कार्वाही गर्ने तयारी अघि बढाएको छ । अमेरिकी कानुन अनुसार, कम्पनी दोषी ठहरिएमा करिब ५ लाख नेपाली रुपैयाँ (३ करोड भारु) बराबर जरिवाना तिर्नुपर्ने हुन सक्छ । अमेरिकाको इएसएफडीए विभागबाट जारि गरिएको एक प्रतिवेदनमा उल्लेख भए अनुसार, पतञ्जली कम्पनीका दुई शर्बत ब्राण्डमा अलग अलग दावी गर्दै शर्बत बेच्नका लागि झूटो प्रचार गरिएको छ । कम्पनीले भारतमा बेच्ने जुसका उत्पादनमा बेग्लै र अमेरिकामा बेच्नेमा फरक किसिमको दावी गरेको विभागको भनाई छ । एकैप्रकारका जुसमा फरक फरक सूचना दिएर मानिसलाई भ्रममा राखेको र गलत सूचना दिएर उत्पादन बेच्न खोजेको आरोप पतञ्जलीमाथि छ । गलत उत्पादन बेचेको आरोप सिद्द भएमा पाँच लाख अमेरिकी डलर जरिवानाका साथै कम्पनीका अधिकारीहरुलाई ३ वर्ष सजाय समेत हुन सक्छ ।

