बहुचर्चित फिल्म पद्यावतको जोगियो ३२० करोड
काठमाडौं । हिजआज संजयलीला भन्सालीको पछिल्लो फिल्मपद्मावतका विषयमा निकै चर्चा र चर्को विवाद देखिएको छ । जसका कारण भारतीय सेंसर बोर्ड चर्चामा छ । भारतमा कुनैपनि फिल्म सेंसर बोर्डको स्वीकृती विना रिलीज (प्रदर्शन) हुन सक्दैन ।
भारतीय सिनेमैटोग्राफी ऐन १९५२ मा भएका प्रावधानका व्यवस्था अनुकूल मात्रै कुनै पनि फिल्मलाई रिलिजका लागि सेंसर बोर्डले पिजी सर्टिफिकेट ९प्रदर्शन अनुमतिपत्र० दिने व्यवस्था छ ।
सेन्सर बोर्डको कडा अपत्तिपछि प्रदर्शन हुन पाउने वा नपाउने दुविधामा रहेको बुहचर्चित फिल्म पद्यावत प्रदर्शन हुने निश्चित भएपछि निर्माताको दुईसय करोड भारतीय रपैया जोगिएको छ ।
सेन्सर बोर्डले भने अनुसार सम्पादन गरेमा फिल्मको सन्देश मर्ने दावी गर्दै निर्माता अदालत पुगेको थिए । फैसला निर्माताको पक्ष आएकपछि निर्माताको लागनी जोगिएको हो ।
भारतीय सिनेमैटोग्राफी ऐन १९५२ मा फिल्म प्रदर्शनका लागि के कस्ता प्रावधान छन यसबारेमा हामी आज यहाँ जानकारी गराउँदैछौं:
बोर्डले पिजी सर्टिफिकेटका लागि ६८ दिनभन्दा बढी रोक्न पाँदैन
सेंसर बोर्डले कुनैपनि फिल्मलाई प्रदर्शन अनुमति दिनको सर्टिफिकेट दिनका लागि ६८ दिन भन्दा बढी समय लगाउन पाउँदै । सर्टिफिकेट लिनु भन्दा पहिला निर्माताले फिल्म कसका लागि बनाएको त्यो कुरा बार्डलाई चित्त बुझ्दो तरीकाले भन्नुपर्छ ।
बोर्डको भारतभरी ९ वटा अफिस रहेका छन् । बोर्डमा २२ देखि २५ सदस्य रहने व्यवस्था छ ।सेंसर बोर्डमा सबैभन्दा पहिला जाँच समितिले फिल्म हर्छ र कुन समूह (क्याटोगोरी) मा राख्ने भन्ने निर्णय गर्दछ ।
बोर्डकाे निर्णयविरुद्ध ट्रिब्यूनल जानसक्ने
फिल्ममा कुनै आपत्ति जनक दृश्य (सीन) भए बोर्डले हटाउ भन्छ । बोर्डले भने अनुसार निर्माता उक्त दृश्य हटाएर प्रदर्शन अनुमतिपत्र लिन सक्छ ।
तर कुनै निर्माताले बोर्डले भने अनुसार हटाउन नचाहेमा उ बोर्डको निर्णय विरुद्ध सर्टिफिकेटका लागि ‘एपीलेट ट्रिब्यूनल’मा अपील गर्न सक्दछ ।
सेन्सर बोर्डले फिल्म हेरिसकेपछि सो फिल्मलाई यू, यूए अथवा ए कुन समूहमा राख्ने भन्ने निक्र्यौल गर्दछ ।

फिल्म प्रदर्शनका लागि यी नियमको पालन अनिवार्य छ :
१. सामाजिक मर्यादाविरुद्धका कुनैपनि गतिविधि जस्तैः हिंसा, बलात्कारलगायतको कुरालाई प्रोहत्सान दिने खालका विषयबस्तु फिल्म हुनु हुदैन ।
२. बच्चालाई हिसंक गतिविधिमा सहभागी गराएको (पीडितका रुपमा पनि) दृश्य फिल्ममा देखाउन पाइदैन ।
३. मानसिक कमजोरी, शारीरिक अपा«ङगतालगायतका समस्या भएका व्यक्तिप्रति गलत व्यवहार र मजाक उडाउने दृश्य राख्नि मनाही छ ।
४. धुमपान, मद्यपान अथवा सूर्तीजन्य उत्पाउनलाई सही हो भन्नु प्रतिबन्ध छ ।
५. सामाजिक मर्यादाविरुद्धका गतिविधिलाई बढवा दिने कुनैपनि सामग्री फिल्मबाट हटाइन्छ ।
६. महिलामाथि यौनशोषण, रेप, यातना जस्ता विषयलाई हटाइन्छ ।
७. त्यस्ता दृश्य वा शब्द जुन अवैज्ञानिक, अराष्ट्रिय अथवा साम्प्रदायिकतालाई विथोल्ने र संरक्षण गर्ने खालका हुन्छन् त्यसलाई रोकिन्छ ।
८. राष्ट्रिय चिन्ह, राज्य चिन्ह बनाउन र सही प्रयोगलाई कानुन अन्तर्गत नै मानिने छ ।
बिहारका पूर्वमुख्यमन्त्री लालप्रसादलाई पाँच वर्ष जेल सजाय
काठमाडौं । चारा घोटालाको तेस्रो मुद्दामा बुधवार बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पाँच वर्षको कैद सजाय सुनाइएको छ । सीबीआईको विशेष अदालतका न्यायाधीश एसएस प्रसादले चाईबासा कोषागारबाट अवैध तरिकाले निकालिएको ३३.६७ करोड भारुको मुद्दामा यो फैसला सुनाएका हुन् । अदालतले बिहारका पूर्वमुख्यमन्त्री जगन्नाथ त्रिपाठीलाई पनि दोषी ठहर गरेको छ । उनले पनि पाँच वर्षको सजाय पाएका छन् । यस मुद्दामा ६९ वर्षीय लालु यादवबाहेक ५० आरोपितहरूलाई पनि अदालतले दोषी ठहर गरेको छ । मुद्दामा ६ आरोपितले सफाइ पाएका छन् ।
सेभ द चिल्ड्रेनको कार्यालयमा बम आक्रमण, दर्जन बढी बालबालिका घाइते
काठमाडौं । अफगानिस्तनमा रहेको सेभ द चिल्डे«नको कार्यालयमा बम आक्रमण भएको छ । आक्रमणमा परि १२ बढी बालबालिका घाइते भएका छन् । जलालाबादमा रहेको सेभ द चिल्ड्रेनको कम्पाउण्डमा विष्फोटक पदार्थ विष्फोट हुँदा उनीहरु घाइते भएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय मिडियाहरुले नजिककै विद्यालयबाट स्कुले विद्यार्थीहरुको भागाभाग भएको नजाएका छन् । आक्रमण कसले गरेको भन्ने नखुले पनि त्यहाँ तालिबानी लडाकुहरुको निशाना बन्दै आएको छ । स्थानीय समयअनुसार बिहान ९ः१० बजे उक्त घटना भएको हो । प्रान्तिय गभर्नर अतुल्लाह खोग्यानीलेले आत्मघाती आक्रमणकारीले डेटोनेटेड कार बमसहित प्रवेश गरेको जनाएका छन् । आक्रमणकारी र सुरक्षाकर्मीबीच हानाहान भइरहेको समेत बताइएको छ ।
अमेरिकाको विद्यालयमा विद्यार्थीले चलाए गोली, दुई जना मारिए, १७ घाइते
काठमाडौं, माघ १० । अमेरिकाको केन्टकी राज्यमा गोली हानेर दुई जनाको हत्या गरिएको छ । एक उच्च माध्यमिक विद्यालयमा त्यही पढ्ने विद्यार्थीले हानेको गोली लागेर १५ वर्षका छात्र र छात्रा मारिएका हुन् । घटनामा १७ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्यहाँको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विद्यार्थीले कक्षामा पढाई सुरु भएपछि हाते बन्दुक निकाली गोली चलाएका थिए ।
लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिए
काठमाडौं, माघ १० । लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिएका छन् । लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको हो । घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र सर्वसाधारण छन् । पछिल्लो समय लिबयामा आईएसले आतंकबादी गतिविधि निरन्तर गर्दै आएका छन् । जसको मारमा सर्वसाधारण पर्ने गरेका छन् । यस घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।
काबुलको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त, दुईको मृत्यु, पाँच जना घाइते
काठमाडौं, माघ ७ । अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त हुँदा दुई जना बन्दुकधारी मारिएका छन् । होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । घटनामा पाँच जना घाइते भएका छन् । होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा भिडन्त भएको हो । घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । सोही होटलमा सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएका थिए ।
अपडेट: अफगान राजधानी काबुलमा आक्रमण, कम्तिमा पनि १५ मारिएको हुनसक्ने
काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलस्थित इंटरकन्टिनेंटल होटलमा शनिवार राति भएको आक्रमणमा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । अफगान सुरक्षा बलसँगको भिडन्तमा चार मध्ये दुईजना आक्रमणकारी पनि मारिएको जनाइएको छ । समाचार एजेन्सीहरूले चार जाना आक्रमणकारी होटेलको किचेनबाट बन्दुक र अन्य हातहतियार सहित भित्र पसेका थिए । त्यसपछि उनिहरूले होटेलमा कब्जा जमाएका थिए । हाल सुरक्षा फौजले होटेलका पहिलो र दोस्रो तल्ला आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ । अहिले पनि भित्र लुकेर बसेका बन्दुकधारी आक्रमणकारीहरूसँग सुरक्षा फौजको भिडन्त जारी रहेको जनाइएको छ । आक्रमणकारीहरूले कतिपय मानिसहरुलाई होटेलभित्रै बन्धक बनाएर राखेको बताइएको छ । केही समय यता गोलीबारीमा केही कमी भएको र सुरक्षा सेनाले उज्यालो हुनेबेलासम्म प्रतीक्षा गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार राति ९ बजेबाट सुरु भएको उक्त आक्रमणमा मारिनेहरूको संख्या बढ्ने आशंका गरिएको छ । इंटरकन्टिनेंटल सरकारी स्वामित्वको होटेल रहेको जनाइएको छ । अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मा लिएको छैन । आक्रमणमा मारिनेहरू कुन देशका नागरिक थिए भन्ने कुरा खुल्न आएको छैन । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले होटेलको छतबाट मानिसहरूलाई फ्याँकिरहेका छन् । उनीहरूले ‘अल्लाहो अकबर’ भन्ने नारा लगाएको बुझिएको छ । यस होटलमा २०११ मा पनि आक्रमण भएको थियो जसमा २१ जना मारिएका थिए ।
अपडेट: दिल्ली आगलागीमा मर्नेको संख्या १७ पुग्यो
नयाँ दिल्ली, माघ ६ । भारतको राजधानी नजिकै रहेका फ्याक्ट्रीहरूमा भएको आगलागीमा परी मर्नेहरूको सङ्ख्या सत्र पुगेको छ । भारतीय मीडियाहरूले जनाए अनुसार दिल्लीको बवाना औद्योगिक क्षेत्रमा रहेका प्लास्टिक, पताका र कार्पेट फ्याक्ट्रीहरूका गोदाममा तीन अलग अलग ठाउँहरूबाट आगो लागेको थियो । दमकल विभागका कर्मचारीहरूका अनुसार अझै धेरै मानिस जलिरहेका भवनहरू फसिरहेका हुन सक्छन् । घटनास्थलमा १२ दमकलहरू खटाइएका छन् । उक्त समय तीन ओटै कारखानाहरूमा लगभग ५० जना कार्यरत रहेको बुझिएको छ । अधिकारीहरूले अहिले आगो नियंत्रणमा आएको बताएका छन । तर कैयन मानिस भित्र नै फ़सेकोले मृतकको संख्या बढ़न सक्ने बताईंछ । मृतकमध्ये ८ जना महिला छन । उक्त क्षेत्रमा नेपाली कामदारको मृत्यु भाए नाभाएको बारे केही थाहा हून सकेको छैन । घटनाप्रति भारतका प्रधानमन्त्रि नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुःख व्यक्त गरेका छन । आगलागी आज भारतीय समय अनुसार साँझ ६ बजे २० मिनेटबाट सुरु भएको जनाइएको छ । यो स्थान दिल्लीको केन्द्र मानिने कनाट प्लेसदेखि लगभग ३५ किलोमिटर दुरीमा रहेको छ ।
दिल्लीको बवाना औद्योगिक क्षेत्रमा आगलागी, ९ जनाको मृत्यु
नयाँ दिल्ली, माघ ६ । भारतको राजधानी नजिकै रहेका फ्याक्ट्रीहरूमा भएको आगलागीमा परी मर्नेहरूको सङ्ख्या नौ पुगेको छ । भारतीय मीडियाहरूले जनाए अनुसार दिल्लीको बवाना औद्योगिक क्षेत्रमा रहेका प्लास्टिक, पताका र कार्पेट फ्याक्ट्रीहरूका गोदाममा तीन अलग अलग ठाउँहरूबाट आगो लागेको थियो । दमकल विभागका कर्मचारीहरूका अनुसार अझै धेरै मानिस जलिरहेका भवनहरू फसिरहेका हुन सक्छन् । घटनास्थलमा १२ दमकलहरू खटाइएका छन् । उक्त समय तीन ओटै कारखानाहरूमा लगभग ५० जना कार्यरत रहेको बुझिएको छ । आगलागी आज भारतीय समय अनुसार साँझ ६ बजे २० मिनेटबाट सुरु भएको जनाइएको छ । यो स्थान दिल्लीको केन्द्र मानिने कनाट प्लेसदेखि लगभग ३५ किलोमिटर दुरीमा रहेको छ ।
अमेरिकामा साढे आठ लाख सरकारी कर्मचारीहरूको जागिर धरापमा, सरकार नै बन्द
पारित भएन महत्वपूर्ण बजेट अध्यादेश, बिना तलब घर बस्नेछन् कर्मचारी काठमाडौँ, माघ ६ । संघीय सरकारको बजेट अध्यादेश पारित हुन नसक्दा संयुक्त राज्य अमेरिकामा सरकारमाथि गम्भीर आर्थिक संकट आउन सक्ने देखिएको छ । यसले सरकारलाई अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गर्न बाध्य पार्न सक्नेछ । आउँदो फेब्रुअरी १६ सम्म सरकारको खर्च धान्न जसरी पनि पारित हुनुपर्ने यस अध्यादेशमा सरकारी खर्चका प्रावधानहरू रहेका छन् । यसको अभावमा अमेरिकी सरकारलाई संघीय सरकारको कामकाज चलाउन खर्चको जोहो गर्न कानुनी अड्चन आउने देखिएको छ । यो अध्यादेश आवश्यक ६० मत ल्याउन नसकेर असफल भएको हो । के हो त समस्याको चुरो ? हाल अमेरिकी सिनेटमा डेमोक्र्याट र रिपब्लिकन संसदहरू बीच सीमा सुरक्षा र आप्रवसनको विषयलाई लिएर कटुता बढेको छ । यसमा खास गरी दुइटा कारणहरू सतहमा देखिएका छन् । जसमध्ये पहिलो हो आप्रवासीहरू प्रति राष्ट्रपति ट्रम्पको असहिष्णुता । जगजाहेर छ कि विश्वभरिबाट उज्ज्वल भविष्यको खोजीमा अमेरिका आउने आप्रवासीहरूप्रति ट्रम्प प्रशासन कठोर रवैय्या राख्दछ । उसले आप्रवासीहरूलाई उनीहरूको देश फर्काउन आवश्यक कानुन बनाउने जनाइसकेको छ । उता डेमोक्र्याट सांसदहरू भने ‘ड्रिमर्स’ भनिने ती ७ लाख भन्दा पनि बढी आप्रवासीहरूलाई देश निकाला नगरिनुपर्ने भनिरहेका छन् जो कमै उमेरमा अमेरिका प्रवेश गरिसकेका थिए र जससँग आवश्यक दस्तावेजहरू अपुग रहेका छन् । पुर्व राष्ट्रपति ओबामाको समयमा त्यस्ता व्यक्तिहरूलाई अस्थायी नागरिकता प्रदान गरिएको थियो । पछिल्लो सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले यस कार्यक्रमलाई बन्द गर्ने घोषणा गरेका थिए र अमेरिकी कांग्रेसलाई मार्चसम्म यसको विकल्प खोज्न समय दिएका थिए । त्यस्तै यस संकटको अर्को चुरो भनेको अमेरिका र मेक्सिकोको सीमानामा पर्खाल लगाउने राष्ट्रपतिको महत्वाकांक्षी योजना हो । राष्ट्रपतिले यस परियोजनालाई अगाडी बढाउन रकमको माग गरेका थिए । रिपब्लिकन पार्टीले यस प्रस्तावका लागि एउटा ‘बार्गेनिंग’को बुँदा पनि अगाडी सारेका थिए । उनीहरूले निम्न आय भएका परिवारका बच्चाहरूको स्वास्थ्य बीमा कार्यक्रमलाई आउने छ वर्षसम्म निर्बाध चलाउने प्रस्ताव समेत ल्याएका थिए तर डेमोक्र्याट सांसदहरूले भने यस कार्यक्रमलाई स्थायी रूपमै अगाडी बढाउनु पर्ने माग राखेका छन् । के हुनेछ यसको असर? यस प्रकारको संकटलाई ‘गभर्मेन्ट सटडाउन’ या सरकार बन्दी भनिन्छ । यस्तो अवस्थामा राज्यसँग खर्चको अभाव हुन जान्छ जसले गर्दा राज्यका निकायहरू काम गर्न नसक्ने अवस्थामा पुग्दछन् । मौजुदा बजेटको म्याद आज राति १२ बजे समाप्त हुँदैछ । त्यसपछि अधिकांश सरकारी कार्यालयहरू बन्द हुनेछन् । यस्तो अवस्थामा बसोबास, वातावरण, शिक्षा एवं वाणिज्य विभाग अन्तर्गतका अधिकांश कर्मचारीहरू घर फर्किनेछन् । स्वास्थ्य, रक्षा, यातायात र अर्थ विभागका आधा जति कर्मचारीहरू पनि सोमवारदेखि कार्यालय जाने छैनन् । त्यस्तै राष्ट्रिय निकुंजहरू र राष्ट्रिय स्मारकहरू पूर्णतया बन्द हुन् सक्ने छन् । सन् २०१३ मा यस्तै स्थिति सिर्जना जनताको क्रुद्ध प्रतिक्रिया आएको थियो । कस्ता छन् प्रतिक्रियाहरू ? राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यालयले डेमोक्रेटिक पार्टीमाथि आरोप लगाउँदै भनेको छ,”उनीहरू वाहियात माग राखेर जनतालाई संकटमा पारिरहेका छन् ।” व्हाइट हाउसकी प्रवक्ता सारा स्यांडर्सले भनेकी छिन्, “उनीहरूका निम्ति हाम्रो राष्ट्रिय सुरक्षा, सैनिक परिवार र तिनका बच्चाहरू र देशका नागरिकहरूका निम्ति काम गर्नसक्ने हाम्रो क्षमता भन्दा राजनीति प्राथमिक छ ।” उता डेमोक्रेटिक नेता चक स्कुमरले राष्ट्रपति ट्रम्पले दुईदलबिचका सम्झौताहरू खारेज गरिदिएको र काँग्रेसमा आफ्नो पार्टीमाथि ‘दबाब’ नबनाएको आरोप लगाएका छन् । महत्वपूर्ण मुद्दाहरूमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरू बीच असहमति बढ्दा यसको नतिजा के होला भन्ने कुरा स्पष्ट हुन् सकेको छैन । कहाँबाट सुरु भयो संकट? बिहिवार राति संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ् रिप्रेजेन्टिभमा भएको मतदानमा आउँदो फेब्रुअरी १६ सम्म सरकारको खर्चको जोहो गर्न आवश्यक रकम विनियोजन गर्ने सम्बन्धि विधेयकमा भएको मतदानमा ६० मत कम पुगेपछि यो विफल भएको थियो । मतदानमा ५ जना डेमोक्र्याट सांसदहरूले विधेयकको पक्षमा र ५ जना रिपब्लिकनहरूले मत हालेका थिए । यस बन्दले ८ लाख ५० हजार सरकारी कर्मचारीहरू प्रत्यक्ष प्रभावित हुने जनाइएको छ । उनीहरूले बिना तलब घर बस्नु पर्नेछ । तर यस्तो अवस्थामा पनि अत्यावश्यक सेवाहरू भने चालु रहनेछन् । यस अन्तर्गत सुरक्षाबल, हुलाक सेवा, एयर ट्राफिक कन्ट्रोल, अस्पतालका सेवाहरू र औषधि पसलहरू, आपतकालीन सेवा, कारागार सुरक्षा, कर कार्यालय र विद्युत उत्पादन जस्ता सेवाहरू पर्दछन् । उता राष्ट्रपति ट्रम्प सम्बद्ध स्रोतहरूले भने देशको अर्थव्यवस्था सबैभन्दा चुस्त दुरुस्त रहेको बेला काँग्रेसले सरकारलाई खर्च उपलब्ध गराउन नसकेको आरोप लगाएको छ । उनीहरूका अनुसार हिले शेयर बजार सर्वाधिक उचाईमा रहेको र अबेरोजगारी न्युनतम विन्दुमा रहेको बेला काँग्रेसले आवश्यक खर्च गर्ने कानुन नबनाइदिँदा देश बन्द गर्ने निर्णय लिनु परेको हो । अमेरिकामा सरकार र काँग्रेसमा एउटै दलको वर्चस्व रहेको बेला पहिलो पल्ट यो संकट आएको बिबिसीले जनाएको छ । यस अघिका सरकारहरूले पनि यस्तो संकट त व्यहोरेका थिए तर त्यति बेला अमेरिकी काँग्रेसमा विपक्षी दलको पकड रहेको थियो ।
डोनाल्ड ट्रम्पले अवैध यौनसम्बन्धबारे मुख बन्द गर्न पोर्न स्टारलाई १ करोड बढी दिएको दावी
वॉशिंगटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्न स्टारसँगको अवैध सम्बन्ध लुकाउन करोडौं रकम खर्च गरेको दावी ‘वाल स्ट्रिट जर्नल’ पत्रिकाले गरेको छ । वाल स्ट्रिट जर्नल अमेरिकाको चर्चित पत्रिका हो । पत्रिकाका अनुसार, सन् २०१६ मा निर्वाचन लडिरहेको बेला ट्रम्पले आफ्नो नीजि वकिलको माध्यमबाट एकजना पोर्न नायिकालाई हरेक महिना १३०,००० डलर (एक करोड ३० लाख नेपाली रुपैयाँ बराबर) दिएका थिए । यो रकम दिएवापत ट्रम्पसँगको यौनसम्बन्धबारे मुख नखोल्न पोर्न नायिकासँग शर्त राखिएको थियो । व्हाइट हाउसले भने यो समाचारको खण्डन गरेको छ । पत्रिकामा उल्लेख भएअनुसार, पोर्न नायिका स्टेफनी क्लिफर्डसँग एउटा गोल्फ खेलको क्रममा ट्रम्पको भेट भएको थियो । यसपछि उनीहरु अवैधरुपमा शारीरिक सम्बन्ध कायम गर्न थालेका थिए । उल्लेखनीय कुरा त के छ भने एक वर्ष अघि मात्र ट्रम्प र मेलानियाको विवाह भएको थियो । रिपोर्ट अनुसार, २०१६ मा एबिसी न्यूज च्यानलसँग ट्रम्प र स्टेफनीबीचको सम्बन्धबारे कुरा गर्न मेलानिया मानेकी थिइन । तर चुनावभन्दा ठीक अगाडि नै ट्रम्प र स्ेटफनीबीच यो कुरा सार्वजनिक नगर्न सम्झौता भएपछि ट्रम्प पत्नी मेलानियाले पनि एबिसिसँग कुरा नगर्ने बताएकी थिइन । ट्रम्प का वकिल माइकल कोहेनले क्लिफर्डका वकिल कीथ डेभिडसनको माध्यमबाट यो काण्ड दबाउन सफल भएका थिए । पत्रिकामा यो समाचार प्रकाशित भएपनि ट्रम्पका नीजिक वकिल कोहेनले यसलाई अर्थहीन आरोप बताएका छन् । कोहेनका अनुसार, यो झूठो कथा एकवर्षदेखि प्रचारमा ल्याइएको छ । जबकि यो कुरा २०११ देखि नै खारेज गर्दै आइएको हो । ट्रम्पलाई बदनाम गर्न पुरानै कुरा उछालिएको उनले बताए ।
योग्यता र क्षमता भए सजिलै अमेरिका जान सकिने, क्यानाडाजस्तै पिआर प्रणाली लागु गर्ने संकेत
काठमाडौं, डिभीमार्फत विदेशको सस्तो श्रम भित्र्याउँदै आएको अमेरिकाले पछिल्ला दिनहरुमा आप्रवासी तथा शरणार्थीहरुको प्रवेशमा निकै कडाई गरेको छ । खासगरी इस्लामिक बाहुल्यता भएका र ल्याटिन अमेरिकाका कतिपय देशका नागरिकलाई भिसा नै नदिने निर्णय समेत ट्रम्प प्रशासनले गरेको छ । तर अब भने अमेरिकाले क्यानाडा जस्तै केही निश्चित मापदण्ड अपनाएर विश्वका सबै देशबाट अप्रावासी भित्र्याउने नीति लागु गर्ने संकेत दिएको छ । यो संकेत ट्रम्प प्रशासनका एकजना उच्च अधिकारीले गरेका हुन । मिडियामा प्रकाशित समाचार अनुसार, ती अधिकारीले प्रवासीहरुका लागि योग्यतामा आधारित अमेरिका भित्रिने व्यवस्थाका बारेमा चर्चा गरेका हुन । ट्रम्प प्रशासनले योग्यतामार्फत प्रवासी व्यवस्थाबाट संसारभरिका सबैभन्दा राम्रा र प्रतिभाशाली व्यक्तिहरुलाई भित्र्याउने र गैर कानुनीरुपबाट देश छिर्ने बाटो बन्द गर्ने जनाएको छ । त्यसैपनि राष्ट्रपति ट्रम्पले डिभी लटरीमार्फ दिने भिजा र श्रृंखलाबद्ध प्रवासनलाई रोक्न चाहेका छन् । “हामी चाहन्छौं, संसारका जुनसकै भागबाट पनि मानिसहरु यहाँ आउन, त्यस्ता मानिसहरु, जो अमेरिकालाई माया गर्छन्, जो कुशल होउन, प्रतिभाशाली होउन र अंग्रेजी बोल्न सक्ने होउन । साथै जो हाम्रै जस्तो मूल्य र जिन्दगीको समर्थन गर्न प्रतिबद्ध होउन् ।” ती अधिकारीले भने । उनले अगाडि भने– यी योग्यता पुरा गर्ने व्यक्ति संसारको जुन कुनाको भएपनि पुग्छ । हामी सबै पृष्ठभूमिका र कुनै पनि स्थानका व्यत्तिहरुलाई अमेरिकामा आउन दिन चाहन्छौं तर उनीहरुको योग्यता र यहाँ आएपछि सफल हुनसक्ने सम्भावनाको आधारमा मात्र ।” तर, आतंकवादसम्बन्धि अपराध गर्ने, आतंकवादलाई समर्थन गर्नेहरुलाई भने आउन नदिने उनले स्पष्ट पारे, “ जो जहाँ जन्मेपनि हाम्रो लक्ष्य सबैप्रकारका आतंकवादको अन्त्य गर्नु रहेको छ ।” व्हाइट हाउसका प्रेस सचिव सारा सेण्डर्सले मिडियालाई दिएको जानकारी अनुसार राष्ट्रपति ट्रम्पले आवेदकको देश, धर्म र जातीयता भन्दा पनि योग्यतामा आधारित व्यवस्थामा जोड दिएका छन् । सेण्डर्सका अनुसार, यो सबैभन्दा निष्पक्ष व्यवस्था हो । गत वर्ष डेमोक्रेट सदस्यहरुले समेत यसको समर्थन गरेका थिए । क्यानाडाले समेत योग्यता, क्षमता र भाषाका आधारमा निश्चित अंकभार छुट्टयाएर प्रवासी भित्र्याउने गरेको छ ।
शौचालय जादा २० जना गार्ड लग्छन् प्रधानमन्त्री
इजरायल, माघ ३ । दक्षिणी छिमेकी राष्ट्र भारतको भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहू यतिबेला सुरक्षाकर्मीका कारण पनि चर्चामा छन् । उनी यस्ता प्रधानमन्त्री हुन, जो शौचालय जादा पनि २० जना गार्ड लिएर जाने गरेका छन् । इजरायली मिडियाहरुका अनुसार, गतवर्ष आफ्नी पत्नी सनकिस्ट सिटी पुगेका नेतान्याहू एउटा रेस्टुरेन्टमा डिनरका लागि बसेका थिए । उनी पुग्नु भन्दा अगाडी नै २० जना गार्र्ड तैनाथ भइसकेका थिए । त्यसपछि उनी पत्नी पुगिन् । उनीसँगै पनि २० जना गार्ड पुगेका थिए । खानाको बीचमा एक पटक उनी शौचालय गएका थिए । त्यतिबेला २० जना गार्ड सँगै शौचालयसम्म गएका थिए । उनीहरु केही बाहिर बसेका थिए भने केही ढोकामा उभिएका थिए । अमेरिका, रुस र चीनपछि चौथो नम्बरमा इजरायलको हवाइ सेना आउँछ । त्यस्तै इजरालयको आफ्नै सेटेलाईट सिस्टम छ । यो देशको सुरक्षा बजेट १.१५ लाख करोड रहेको छ ।
नेपालबाट बहने हावाले पटनामा चिसोः भारतीय मिडिया
पटना, माघ ३ । भारतीय मिडियाहरुले नेपालबाट दक्षिणतिर ५ देखि ८ किलोमिटरका हिसाबले बहने हावाले पटनामा चिसो बढेको समाचार प्रकाशित गरेका छन् । भाष्कर दैनिकले प्रकाशित गरेको समाचारमा बिहारको पूर्वि र उत्तरी क्षेत्रमा घाम लागेसँगै तापक्रम बढेपछि पटनामा भने चिसो अत्यधिक बढेको जनाएको छ । जसमा नेपालबाट दक्षिणतिर तिब्रगतिमा बहने हावाका कारण चिसो बढेको जनाएको छ । पटना सहित आसपासका क्षेत्रमा चिसो बढेको छ । चिसो हावाका कारण शीतलहर शुरु भएको जनाएको छ । न्यूनतम तापक्रम शून्य भन्दा तल झरेको छ । चिसोका कारण पटनाका सरकारी विद्यालय बन्द गरिएका छन् । पटनाका डीएम कुमार रविले कक्षा ८ सम्मका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन । कक्षा ९ भन्दा माथिका कक्षाको पढाइ पनि बिहान ९ः३० बजेपछि मात्रै सञ्चालन गरिने भएका छन् ।
बौद्धमार्गी माथि प्रहरीले गाेली चलाउँदा, ७ जनाको मृत्यु दर्जन बढी घाइते
काठमाडौं, माघ ३ । म्यानमारको तनावग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनहरूमाथि गोली चलाउँदा ७ जनाको निधन भएको र १२ जना घाइते भएको विवरणहरू आएका छन्। आरकान वंशको अन्त्य भएको अवसरमा आयोजित वार्षिक समारोहमा रखाइन भनिने जातीय समूहका चार हजार मानिसहरू सहभागी थिए। अधिकारीहरूले उक्त र्यालीले जिल्लास्थित सरकारी कार्यालयमा घेराउ गरेको जनाएका छन्। उनीहरूले उक्त भिडले सरकारी हाताभित्र प्रवेश गरी प्रहरीका सवारीसाधनमाथि आक्रमण गरेको जनाएको छ। तनाव उक्त क्षेत्रमा हालैका महिनामा तनाव चुलिएको छ। बर्माको सैनिकले दमन गरेपछि अघिल्लो वर्ष लाखौँ रोहिंज्या मुसलमानहरू म्यानमारबाट भागेर छिमेकी बांग्लादेशमा शरण लिन गएका छन्। यसअघि सोमवार मात्रै बांग्लादेश र म्यानमारले रोहिंज्या मुस्लिम शरणार्थीको फिर्तीबारेको समयतालिकामा सहमति भएको बताएका थिए। सहमति अनुसार म्यानमारले हरेक हप्ता १५ सय जना रोहिंज्या शरणार्थीलाई फिर्ता लैजाने भन्दै दुई वर्षभित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने आशा दुवै देशले व्यक्त गरेका थिए। बांग्लादेशको सीमा क्षेत्रमा बनाइएका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिंज्या मुसलमान शरणार्थी बस्दै आएका छन्।बीबीसी
डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षण रिपोर्ट सार्वजनिक, के भने त डाक्टरले ?
वाशिङ्गटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक अवस्थामाथि नै प्रश्न उठाईपछि राष्ट्रपति कार्यालयले गरेको स्वास्थ्य परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । आक्रामक अभिव्यक्ति र व्यवहारका कारण आलोचकहरुले ट्रम्पको बानी व्यहोरा बच्चाको जस्तो भएको, मानसिकरुपमा असन्तुलित, शारीरिकरुपमा असक्षम जस्ता आरोप लगाउँदै आएका थिए । गत साता दुई घण्टासम्म राष्ट्रपति ट्रम्पको परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै व्हाइटका आधिकारिक चिकित्सकले ट्रम्प मानसिक र शारीरिकरुपमा पूर्ण स्वस्थ्य रहेको दावी गरेका छन् । व्हाइट हाउसका चिकित्सक रोनी ज्याक्सनले मंगलबार सार्वजनिकरुपमा रिपोर्टबारे जानकारी दिए । “मलाई उनको मानसिक क्षमता र न्यूरोलोजिकल फंक्सनमाथि कुनै शंका छैन ।” रोनीले भने । राष्ट्रपति बनेपछि यो ट्रम्पको पहिलो स्वास्थ्य परीक्षण थियो । केही समयअघि प्रकाशित भएको एउटा विवादित पुस्तकमा समेत राष्ट्रपतिको मानसिक अवस्थामाथि प्रश्न उठाए । ज्याक्सनले भने राष्ट्रपतिको स्वास्थ्य एकदमै राम्रो रहेको बताए । रिपोर्टमा राष्ट्रपतिमा मोटोपना बढेकोले व्यायाम गर्ने सुझाव समेत दिइएको छ ।


