तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात, स्वास्थ्य अवस्था गम्भिर

एजेन्सी । तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ । आइतबार साँझ उनलाई हृदयघात भएको र उनको स्वास्थ्य निकै गम्भिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई चेन्नइको अपोलो अस्पतालको आइसीयुमा राखेर उपचार गराइएको छ ।

उनको स्वास्थ्य लाभको कामना गर्दै लाखौं समर्थकले अस्पताल अगाडी भिड जमाएका छन् । सरकारले अस्पताल सुरक्षा व्यवस्था कडा पारेको छ ।

jailila

आफ्नो सवै व्यवसायबाट अलग हुने ट्रम्पको घोषणा

वासिङटन,  मङ्सिर १७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो संपूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गरेका हुन् । ट्विटमा लेखिएको छ, ’डिसेम्बर १५का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकुँ ।’ उनले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन्। केहीगरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ट्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरे । आउँदो जनवरी २० तारिखदेखि उहाँले राष्ट्रपतिको जिम्मेबारी लिने कार्यक्रम छ । त्यस अगाडी नै उनले राष्ट्रपतिको मात्रै जिम्मेबारीमा रहने बताएका छन् । रासस

सुन ८ महिनाकै सस्तो

काठमाडौं , मंसिर १७।  पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायताकै सस्तो भएको छ । विहीबारका लागि तोकिएको छापनवाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ । यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

भारतीय वायुसेवा बलको विमान दुर्घटना, तीनको मृत्यु

नयाँ दिल्ली, मङ्सिर १६ । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ । यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस