टर्कीमा शक्तिशाली भूकम्प, २ को मृत्यु
साउन ६ । टर्कीकाे तटीय क्षेत्र काेस स्थित ग्रीक द्वीपमा अवस्थित रक्स छुट्टी रिसोर्ट्स केन्द्र भएर शक्तिशाली भूकम्प जाँदा २ जनाको मृत्यु भएकाे छ । ७० जना घार्इतेलार्इ बोडरम स्थित राज्य अस्पतालमा भर्ना गरिएकाे छ ।
भूवैज्ञानिक सर्वेक्षण सस्थाका अनुसार दक्षिण पश्चिम तट बोडरम र काेसको ग्रीक द्वीप को रिसोर्ट शहर नजिक केन्द्र भएर ६.७ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे ।
रिसोर्ट्स केन्द्र ब्रिटिश पर्यटकहरुकाे एक लोकप्रिय क्षेत्र हाे ।
जो ४० मिनेट मुटुको धड्कन बन्द भएर पनि बाँचे
एजेन्सी । जो कोहीले पनि ४० मिनेटसम्म सास नफेरी बाँचेको घटना सुन्दा नपत्याउन सक्छन् तर अमेरीकाको उत्तरी क्यारोलाइनामा एक व्यक्ति ४० मिनेटसम्म धडकन बन्द भएर पनि बाँच्न सफल भएका छन् । गत २६ जुनमा वर्षीय जोन आफ्नो घरमा ल्यापटपमा काम गरिरहेको बेला उनलाई हृदयघात कार्डियाक अरेस्ट वा मुटुको चाल बन्द भएर ढलेका थिए । भाग्वयवस ९११ मा फोन गरेपछि नजिकै रहेका दुई प्रहरी त्यहाँ एक मिनेट भित्र पुगेर उनलाई प्राथमिक उपचार सिपिआर दिन शुरु गरे । करिब ४२ मिनेटसम्म दुवै जनाले पालो पालो ओगबर्नलाई सामान्य स्थितिमा फर्काउन प्रयास गरेका हुन् । सामान्यतय आपत्कालिन सेवा दिनेहरुले २० मिनेटसम्म जीवनको संकेत नपाए सिपिआर दिन नपर्ने नियममा उल्लेख छ । तर, चार्लोटे–मेक्लेनबर्गका दुई प्रहरी अफिसर लरेन्स गुइलर र निकोलिना बाजिचले भने त्यसको वेवास्ता गर्दै ओगबर्नलाई बचाउन प्रयास जारी राखे जसको कारण उनको मुटुको धड्कन चल्न थालेको हो । ओगबर्नको मुटुको चाल पुनः शुरु भएपछि प्रहरीले उनलाई अस्पताल पुर्याएका थिए । त्यहाँ उनलाई मेडिकल्ली इन्डुस्ड कोमामा एक हप्तासम्म राखिएको थियो । उनलाई अब ६ महिनासम्म गाडी नचलाउन भनिएको छ । विस्तारै उनी सामान्य काममा फर्किन थालिसकेका छन् । हल्का छाती दुख्ने बाहेक ओगबर्न आफू अहिले ठीक भएको उनले बताएका छन् । ‘मेरो काम गर्ने शक्ति र जोश पहिलेजस्तो चाहीँ अलिक छैन सायद मेरो दैनिक कार्यतालिका परिवर्तन भएर पनि होला,’ उनी भन्छन् । खबरडबलीबाट
महिला राष्ट्रपतिको कार्यकक्षमा पुरुष यौन शक्तिबर्दक ‘भियग्रा’
एजेन्सी । पदीय शक्तिको दुरुपयोग गरी बराम्बार विवादमा मुछिएर अदालतद्वारा पदमुक्त गरिएकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुईनको कार्यलयमा यौनवद्र्धक औषधी भियग्रा ठूलो परिणाममा भेटिएको छ । महिला राष्ट्रपतिको कार्यलयबाट चार सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिएपछि त्यसको व्यापक आलोचना भएको छ । राष्ट्रपतिको गाडीमार्फत यो औषधी कार्यलयमा ल्याइएको आशंका गरिएको छ । राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा उच्चस्थानमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा नआएको दावी गरेका छन ।
चीनको धम्की भारतलाई– सेना फिर्ता बोलाउ, नत्र जे पनि हुन सक्छ
काठमाडौं, साउन १ । सिक्किमको विवादित क्षेत्रबाट तत्काल सेना फिर्ता बोलाउन चीनले भारतलाई चेतावनी दिएको छ । चिनियाँ सरकारी पत्र सिन्व्हाले एक समाचार प्रकाशित गर्दै भारतलाई सुध्रिन भनेको हो । भारतले अटेरी गरि नै रहे भविष्यमा लज्जाष्पद अवस्था आउन सक्ने चेतावनी समेत सिन्व्हाले दिएको छ । यो सँगै चीनले कुटनीतिकरुपमा लद्दाख र कश्मिरको कुरा समेत उठाएको छ । कश्मिरमा भारतले त्यहाँ जनतालाई जनमतसंग्रह मार्फत पाकिस्तानमा रहने या भारतमा रहने भन्ने विषयमा निर्णय गर्न दिएको छैन । सिक्किम र चीनसँग जोडिएको सीमा क्षेत्रमा भारतीय सैनिकहरु प्रवेश गरेपछि चीनले व्यापक सुरक्षा तैनाथ गरेको छ । भारतले भने यस विषयमा हिजो शनिबार सर्वदलीय बैठकको आयोजना गर्दै विदेश मन्त्रालयका प्रवक्ता अजित डोभाललाई चीनसँग वार्ता गर्न दूतका रुपमा नियुक्त गरेको थियो । उता चीनले ने भारतले सेना फिर्ता नबोलाएसम्म वार्ताको कुनै सम्भावना नरहेको बताएको छ । चीनले सन् १९६२ को जस्तो हार बेहोर्नुपर्ने चेतावनी दिँदै तत्काल अर्काको सीमामा गरेको अतिक्रमण रोक्न चेतावनी दिएको हो ।
तीर्थयात्री बोकेको बस भीरबाट खस्यो, १० को मृत्यु, दर्जनौं घाइते
जम्मु, साउन १ । भारतको कश्मिरमा अमरनाथ यात्रीहरुको बस भीरबाट खस्दा ठूलो दुर्घटना भएको छ । यात्रुहरुलाई बोकेर गइरहेको बस जम्मु श्रीनगर राजमार्गको बनिहाल नजिक दुर्घटनाग्रस्त भएको थियो । घटनामा १० जना मारिएको समाचार छ । बसमा कति जना यात्रु थिए भन्ने कुरा खुलेको छैन । यसअघि एक अन्य बसमा सवार यात्रुहरुमाथि आतंककारीहरुले अनन्तनागमा आक्रमण गरेका थिए । उक्त घटनामा सात जना श्रद्दालुहरुको मृत्यु भएको थियो ।
चीनमा एक भवनमा आगलागी, २२ को मृत्यु
साउन १ । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार भएको आगलागीका कारण २२ जनाको ज्यान गएको छ । उक्त प्रान्तको एक आवासीय भवनमा आइतबार अकस्मात आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले सो आवासीय भवनमा आगलागी सुरु भएको बताएका छन् । अागलागीबाट २२ जनाकाे ज्यान गइसकेकाे प्रहरीले बताएका छन् । यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि धेरैको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ । प्रहरीले सो आगलागीमा परेका दुई जना गम्भीर रुपमा घाइते भएका जनाएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगोका कारण के कति क्षति भएभन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको अधिकारीहरुले जनाएका छन् ।
सिलिगुडी तेल डिपोमा भयङ्कर आगलागी
सिलिगुडी । गोर्खाल्याण्ड आन्दोलनको रापले तातेको पश्चिम बंगालको सिलिगुडीमा भयंकर आगलागी भएको छ। सिलिगुडीमा रहेको इण्डियन आयल कर्पोरेशन लिमिटेडको डिपोमा गएराती आगो लागेको हो । प्रहरीले आगलागीमा मानवीय क्षति भने नभएको जनाएको छ । आगो लागेको कारण अझै थाहा हुन सकेको छैन । प्राथमिक जाँचका आधारमा आगो लाग्दा डिपोमा चार वटा ट्यांकर रहेको खुलेको छ । दुईवटामा लागेको आगो भने नियन्त्रणमा आएको थियो ।
नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउको निधन कसरी ?
सेन्याङ चीन, असार ३० । लामो समयदेखि जेल जीवन विताईरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पिडित लिउलाई केहीदिन अगाडी मात्रै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो । उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले लिउको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको छ । लिउलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो । लिउको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो । लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उहाँका परिवारजनले अस्विकार गरेका थिए । चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चालेका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा लिउलाई ११ बर्षे जेल सजाँयको घोषणा गरिएपछि लिउले अहिले सम्म पनि काराबासको सजायँ भोगी रहेका थिए । उनले सन् २०१०मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका थिए । सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । लिउको उपचारका बारेमा चासो दिँदै जर्मनी सरकारका प्रवक्ता स्टेफेन सेइबेर्टले उनको सम्पूर्ण उपचार जिम्मा लिन जर्मनी तयार रहेको बताएङ्ताका थिए । तर, अन्तर्राष्ट्रिय आग्रहका बारेमा केही नबताए पनि चिनियाँ सरकारले भने सम्भव भएसम्मका स्वदेशी उच्च चिकित्सकहरुको संलग्नतामा उहाँको उपचार गरिएको दावी गरेको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङगले बुधबार चीनको न्यायिक सार्वभौमसत्ता अन्य देशले सम्मान गर्नुपर्ने भन्दै कुनै पनि व्यक्ति विशेषको स्वास्थ्यको विषयलाई लिएर कुनै पनि टीकाटिप्पणी गर्नु आन्तरिक मामिलामा हस्तक्षेप गर्नु सरह हुने उहाँले बताउनु भएको थियो । गत हप्ता एक जना जर्मन र एक जना अमेरिकी चिकित्सकले लिउलाई भेटेपछि विदेशमा सुविधा सम्पन्न अस्पतालमा जान उहाँ अझै पनि सक्षम रहनु भएको बताएका थिए । त्यसलगत्तै उहाँ उपचाररत अस्पतालले उहाँको अवस्था दिन प्रतिदिन कमजोर भइरहेको प्रतिवेदन प्रकाशन गर्दै आइरहेको थियो । उहाँलाई भेट्न पनि सिमीत व्यक्तिहरुलाई मात्र दिइएको थियो । ताईवानका राष्ट्रपति चाई इङ–वेनले पनि लिउलाई काराबासमुक्त गर्न र उहाँले इच्छा गरे अनुसारको स्वतन्त्रतापूर्वक उपचार गराउने हकबाट बन्चित नगर्न बेइजिङगसँग ट्विटरमार्फत आग्रह गर्नुभएको थियो । साथै लिउले ताईवानमा उपचार गराउने इच्छा गरेमा त्यसका लागि आफू तयार रहेको समेत उहाँले बताउनुभएको थियो । त्यसैगरी अमेरिकामा उपचार गराउन चाहेमा उहाँलाई स्वागत गर्न इच्छुक रहेको भनी गत मङ्गलबार अमेरिकाले पनि लिउलाई मुक्त गर्न चीनसँग आग्रह गरेको थियो । रासस÷एएफपी ––––––
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अविश्वास प्रस्ताव
काठमाडौं, असार ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उक सांसदले अविश्वासको प्रस्ताव पेस गरेका छन् । क्यालिफोर्नियाका डेमोक्रेट सांसद ब्राड सेरम्यानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नताबारे भइरहेको छानबिनलाई प्रभावित पारेको भन्दै ट्रम्पविरुद्ध अविश्वसाको प्रस्ताव पेस गरेका हुन् । ट्रम्पले रुसी संलग्नताबारे छानबिन गरिरहेका एफबीआई निर्देशकलाई बर्खास्त गरेका थिए । ब्राडका अनुसार ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने लामो बाटोको यो पहिलो खुड्किलो हो । उनको यो प्रसतावलार्य डेमोक्रेटिक सांसदहरुकै समर्थन नभएकाले राष्ट्रपतिलाई महाभियोग लाग्ने सम्भावना न्यून छ ।
रामदेवले खोले सुरक्षा कम्पनी, भूपु सेना र प्रहरीसगैं युवाहरू भर्ती गरिने
एजेन्सी, असार २९ । औषधीमा साम्राज्य जमाएका योगगुरू बाबा रामदेवले सुरक्षामा पनि हात हालेका छन । बाबा रामदेवले निजी सेक्युरिटी कम्पनी खोलेका हुन । ‘पराक्रम सुरक्षा प्राइभेट लिमिटेड’ नाममा खोलिएको उक्त कम्पनीमा भातीय सेना र पुलिसका रिटार्यड उच्च अधिकारीहरुले तालिम दिने बताइएको छख । पतंजलि योगपिटका संस्थापक योगगुरु बाबा रावदेवले भारतको हरिद्वारमा नयाँ सेक्युरिटी कम्पनीको उद्घाटन गरेका हुन । स्वदेशी उत्पादनलाई जोड दिएर पतंजली जस्तो आर्योबेदिक औषधी मार्फत चर्चित बनेका बाबा रामदेवले आफुनो र देशको सुरक्षाका लागि अब व्यक्ति स्वयलाई तयार गर्न लागेका हुन । त्यसैका लागि आफूले पराक्रम नामको सुरक्षा एन्जेसीको गठन गरेको बताउका छन् । पंतजलिको उच्च स्रोतका अनुसार बाबा रामदेवले सुरक्षा एजेंसीका लागि भारतीय सेना र पुलिका रिटायर्ड अधिकारीले भारतीय गुवाहरुलाई सुरक्षा तालिम दिने छ । यसवर्षको अन्तसम्ममा यस सम्बन्धी पुरा रूपरेखा तयार गर्नै योजनामा बाबा रामदेव रहेका छन । रिटायर्ड अधिकारीहरुले स्वयंसेवकको रूपमा ‘पराक्रम’ मासेवा दिनका लागि कयौं व्यक्ति सामेल भई सकेका छन जसले युवाहरुलाई सुरक्षा रण्नीतिका बारेमा जानकारी गराउने छन । रिर्पोटहरुका अनुसार केही युवायुवतीले अहिले हरिद्वारस्थित पतंजलिमा शानदार रुपमा तालिम लिइरहेका छन् । पराक्रमको सुरक्षा तालिममा अहिले युवायुवतीलाई मांसपेशी तन्काउने, डोरीमा हिड्ने र दौडसम्बन्धी तालिम दिइरहेको छ ।
अमेरिकी दावीः चीनलाई ध्वस्त पार्न सक्ने परमाणु हतियार बनाउँदै भारत
न्यूयोर्क, एजेन्सी । भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको बेला अमेरिकी वैज्ञानिकहरुले डरलाग्दो कुरा सार्वजनिक गरेका छन् । भारतको परमाणु शक्ति नामक लेखमा अमेरिकाका दुई वैज्ञानिकले भारतले चीनको सम्पूर्ण क्षेत्र कभर गर्न सक्ने क्षमताको परमाणु हतियार बनाउन थालेको दावी गरेका हुन । संसारमा परमाणु हतियार नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्र संघको अभिसन्धी अनुसार, कुनै पनि देशले परमाणु हतियार निर्माण गर्न पाउँदैन । इराकमाथि यही विषयमा अमेरिकाले आक्रमण गरेको थियो । अमेरिकी वैज्ञानिक हेन्स क्रिस्टेन्सन र रोबर्ट नोरीले चीनलाई नियन्त्रणमा लिन सक्ने मिसाइल बनाइरहेको दावी गरेका हुन । तर यो मिसाइल परमाणु मिसाइल रहेको उनीहरुले उल्लेख गरेका छन् । हालसम्म भारतसँग २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने अग्नी मिसाइल रहेको छ । तर अब भने ५ हजार किलोमिटरसम्म हान्न सक्ने मिसाइल बनाउन थालेको लेखमा उल्लेख छ । भारतसँग १५० देखि २ सय परमाणु हतियार बनाउने प्लुटोनियम रहेको उनीहरुले बताएका छन् । परमाणु बम बनाउन यूरेनियम र प्लुटोनियम नाम पदार्थ आवश्यक पर्दछ । लेखमा उल्लेख भए अनुसार, यतिखेर भारतसँग ७ वटा परमाणु सक्षम सिष्टम रहेका छन् । यसमा चार ब्यालेष्टिक मिसाइल, दुई एयरक्राफ्ट र एउटा समुन्द्रमा आधारित ब्यालेष्टिक मिसाइलर रहेका छन् । वैज्ञानिकको दावी अनुसार, भारतले कम्तीमा दुई अन्य यस्तै सिष्टम बनाइरहेको छ । फिचर तस्वीरः भारतको अग्नी मिसाईल
लोकप्रिय नेता ब्राजिलका पूर्व–राष्ट्रपति लुला भ्रष्टाचार आरोपमा १० वर्ष जेल चलान
ब्राजिलका पूर्व राष्ट्रपति लुइज् इन्ब्किहो लुला सिल्वा भ्रष्टाचार आरोपमा १० वर्ष जेल चलान भएका छन् । लोकप्रिय नेताका रुपमा दुई अवधि राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लुला तेल लिग भएको घोटलामा दोषी ठहरिएका हुन् । भ्रष्टाचार गरेको पुष्टि गर्दै अदालतले उनलाई नौ वर्ष जेलमा र छ महिना नजरबन्दमा राख्ने आदेश दिएको हाे ।
पत्नीलाई दाउमा राखेर जुवा ! जित्ने दुईजनाले गरे सामूहिक बलात्कार
भारत इन्दौर, असार २९ । भारतमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । जुवामा नगद गुमाइसकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेको र जित्ने कथित दुई जनाले घर मै गएर महिलालाई सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको हो । इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् । १४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जुवामा आफूलाई हारेपछि दुई जनाले सामूहिक बलात्कार गरेको जनाइन् । उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरुले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन्, तिमी अब हाम्री भयौ’ भन्दै छोराछोरीलाई बाहिर निकालेर बलात्कार गरेको उनले बताइन् । सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको भए पनि पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको गुनासो उनले प्रहरीसमक्ष दिएकी छन् । ती महिलाका अनुसार छोरीलाई समेत जुवामा दाउ राख्ने धम्की पतिले दिदैं आएका छन् । इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ । इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा जनाएका छन् ।
एफबीआईका नयाँ निर्देशककाे ट्रम्पलाई धम्कीः ‘दबाब दिए पद त्याग्छु’
काठमाडौं, असार २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै नियुक्त गरेका अमेरिकी जासूसी संस्था एफबीआईका नयाँ निर्देशक क्रिष्टोफर रे ले आफूलाई राष्ट्रपति ट्रम्पले कुनैपनि गैरकानूनी र अनुचित काम गर्न दबाब दिए पद त्याग्ने प्रष्ट गरेका छन् । संसदीय समितिसमक्ष रे ले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी संलग्नताको विषयलाई निशाना बनाएर कार्वाही गरिएको भन्ने राष्ट्रपति ट्रम्पको भनाइसँग सहमत हुन नसकिने पनि बताए । रुसी संलग्नताबारे विशेष अनुसन्धान गरिरहेका एफबीआईका पूर्व निर्देशक रबर्ट मुलरले निशाना साँध्ने गरी काम गरेको भन्ने राष्ट्रपति ट्रम्पको आरोप पत्याउन नसकिने उनको भनाइ थियो । यसअघिका एफबीआई जेम्स कोमीलाई मे ९ मा बर्खस्त गर्दै ट्रम्पले रे लाई नियुक्त गरेका थिए । कोमीलाई बर्खास्त गरेपनि कानून विभागले रुसी संलग्नताबारे छानबीन गर्न मुलरलाई नियुक्त गरेको थियो । रे ले आफूलाई ट्रम्पले नियुक्त गरेपनि संविधान, कानून र तथ्यभन्दा बाहिर गएर कुनै कदम नचाल्ने आश्वासन दिँदै उहाँले मुलरले गरिरहेको अनुसन्धानमा सघाउने बचन पनि दिए । यस मामलामा पछिल्ला दिनमा स्वयं ट्रम्पका छोरा नै रुसी वकीलसँग छलफल गरेको लगायतका विषय एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ ।
साउदी अरबमा आगलागी, १० भारतीयसहित ११ कामदारको मृत्यु
रियाद, असार २९ । साउदी अरबको नाजरान सहरस्थित एक घरमा आगलागी हुँदा ११ जनाको मत्यु भएको छ । मृतक सबै आप्रवासी कामदार हुन् । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १० भारतीय र १ बंगलादेशका नागरिक छन् । आगलागीमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा पनि भारत र बंगलादेश कै नागरिक रहेको बताइएको छ । आप्रवासी कामदार बस्दै आएको घरमा आगलागी भएको हो । स्थानीय प्रशासनले सो घटनाको छानविन गर्न आदेश दिएको छ । कामदारहरु बस्ने घर तथा कोठामा आवश्यक पूर्वाधारको कमी हुने गरेको भन्दै यसअघि नै आवाज उठ्ने गरेको थियो ।
कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई
एजेन्सी, असार २८ । साउदी अरेबियाको नेतृत्वमा छिमेकी अरबी मुलुकले जारी राखेको नाकाबन्दीका बीच देशमा दुधको आपूर्ति बढाउन कतारले विमानमार्फत दर्जनौ दुधालु गाई दोहा पुर्याइएको छ। पहिलो खेप अन्तर्गत १६५ होलस्टाइन गाई जर्मनीबाट कतारको राजधानी दोहा पुर्याइएको हो । कुल चार हजार त्यस्ता गाई विमानमार्फत आयात गरिन लागिएको छ । कतार एयरवेजको कार्गो विमानबाट बुडापेष्ट हुँदै मंगलबार ती गाई दोहा आइपुगे। आयतित गाईलाई विशेष डेरी फार्ममा लगियो छ। ती गाई पावर इन्टरनेशनल नामक एक कतारी कम्पनीले ती आयात गरेको हो । कम्पनीका अनुसार सबै गाई लगेपछि तिनले कतारको दुग्ध मागको एक तिहाई पूर्ति गर्न सक्नेछन्। छिमेकीहरुले स्थल, सामुद्रिक तथा हवाई नाकाबन्दी लगाइदिएपछि कतारमा समस्या आइपरेको छ।

