चीनले लन्च गर्यो पहिलो समुन्द्री युद्द एयरक्राफ्ट क्यारिअर

बेइजिङ, चीनले आफ्नै देशमा निर्माण भएको पहिलो समुन्द्री एयरक्राफ्ट लन्च गरेको छ । एयरक्राफ्ट क्यारिय समुन्द्रमा रहने एउटा गतिमान युद्दबेस हो । यसका माध्यमबाट लडाकु

विमानले दुश्मनमाथि हमला गर्न सक्ने, उडान भन सक्ने र इन्धनको आपूर्ति गर्न सक्छन् ।

एयरक्राफ्ट क्यारियरले समुन्द्रबाट हमलाका लागि सबै सुविधा उपलब्ध गराउँदछ ।

कोरियाली प्रायद्वीपमा तनाव चुलिएको बेला चीनको यो कदमले थप आशंका समेत सिर्जना गरेको छ । त्यसो त चिनियाँ राष्ट्रपतिले आफ्ना सेनालाई युद्दका लागि तयार रहन समेत निर्देशन दिएका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले यो विमानवाहक पोतको निर्माण गरेर चीनले एयरक्राफ्ट निर्माणमा घरेलु क्षमता प्रमाणित गरेको बताएको छ ।

यसका प्राविधिक पक्षका बारेमा भने खासै जानकारी सार्वजनिक भएको छैन ।

छत्तीसगढमा माओवादीद्वारा ठूलो हमला, ११ सुरक्षाकर्मीको मृत्यु

छत्तीसगढ, वैशाख ११ । सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएका भारतीय माओवादी संगठनको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलावादी भनेर चर्चित माओवादीहरुको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका ११ जनाको मृत्यु भएको छ । घटनामा ७ जना अन्य सुरक्षाकर्मी घाइते भएका छन् । उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ । गस्तीमा रहेका प्रहरीमाथि पहिलादेखि नै ढुकेर बसेका माओवादीहरुले आक्रमण गरेको बिबिसीले जनाएको छ । माओवादीले घेराबन्दी गरेर गोली चलाएपछि ११ जनाको मृत्यु भएको हो । प्रहरीमाथि हमला भएपछि माओवादीहरुले हतियार समेत लुटेर लगेका छन् । माओवादीविरुद्ध गस्ती गरिरहेको बेला दिउँसो करिब १ बजे हमला भएको थियो । घाइतेहरुलाई हेलिकप्टरबाट उद्दारका लागि अस्पताल लगिएको छ । माओवादीको ठूलो हमलापछि मुख्यमन्त्रीले आपतकालिन बैठक बोलाएका छन् ।

अफगानिस्तानमा तालिवानी हमलामा ७० सैनिकको मृत्यु

काठमाडौं, बैसाख ९ । अफगानिस्तानमा आतंककारी संगठन तालिवानले सैनिकमाथि हमला गर्दा ७० भन्दा बढी सैनिकको ज्यान गएको छ । सैनिक अधिकारीका अनुसार उक्त हमला अफगानिस्तानको उत्तरी सहर मजार ए शरीफको बाहिरी क्षेत्रमा भएको थियो । अन्तराष्ट्रिय समाचार संस्था बीबीसी हिन्दीले जनाएअनुसार सेनाका प्रवक्ताले तालिवानका लडाकु सेनाको ड्रेसमा भएको बताए । उनीहरुले सैनिकहरु नमाज पढेर मस्जिदबाट बाहिर निस्कने बेलामा सैनिकमाथि हमला गरेका थिए । घटना लगत्तै तालिवानले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ । तस्वीरः एफपी

ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिकाे अर्काे भविष्यवाणी ‘मे १३ देखि तेस्रो विश्वयुद्ध हुन्छ’

बैशाख ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बन्छन् भन्ने भविष्यवाणी गरेका एक व्यक्तिले अब ‘मे १३ देखि तेस्रो विश्वयुद्ध हुन्छ’ भन्ने अर्काे भविष्यवाणी गरेका छन् । क्लेयरवान्ट होरोसिओ विलगेस नाम गरेको ती व्यक्तिले आगामी मे महिनाको १३ तारिख देखि तेस्रो विश्व युद्ध सुरु हुने भविष्यवाणी गरेका हुन् । उनको यो भविष्यवाणीलाई अन्तराष्ट्रिय मिडियाले खुलासा गरेका छन् । भारतीय अनलाईन मिडिया आजतक र इण्डिया डटकमले जनाए अनुसार विलगेसले तेस्रो विश्वयुद्ध हुनुको कारण पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै भएका बताएका छन् । उनले नै सन् २०१५ मा ट्रम्प राष्ट्रपति बन्छन् भनेर भविष्यवाणी गरेका थिए । अहिले अमेरिका, रुस र सिरियाबीच तनाव उत्पन्न भएको छ । विलगेसले भनेका छन्, ‘विश्वका शक्तिशालि नेताले सिरियामाथि हमला गर्नेछन्, जहाँ केमिकल आक्रमण पनि हुनसक्छ । यसै कारण रुस, उत्तर कोरिया र चीनबीच द्वन्द्व बढ्नेछ ।’ विलगेसले यो पनि भनेका छन् कि सिरियाका राष्ट्रपति असदको मृत्यु बम विष्फोटमा हुनेछ । केही समय अघि सिरियामा आतंकवादी समुह आईएसले गरेको केमिकल आक्रमणपछि अमेरिकाले सिरियामाथि आफ्नो कारबाही सुरु गरेको हो । सयौं शक्ति लड्नेछन्ः विलिग्यासले नास्त्रेदमसको भविष्यवाणीलाई पनि समर्थन गरे । नास्त्रेदमसले एकैसाथ सयौं शक्ति लड्नेछन् र थुप्रैको संख्यामा मानिसहरुको मृत्यु हुने बताएका थिए । विलिग्यासले सिरियाका राष्ट्रपति असदको बम बिस्फोटमा मृत्यु हुने बताएका छन् । भविष्यवाणीका अनुसार १३ अप्रिलदेखि १३ मे बिच थुप्रै प्रकारको अचम्मका खबर सार्वजनिक हुनेछन् । उनको भनाई अनुसार झुटो सूचनामा आधारित हमलाको खबर पनि सार्वजनिक हुनेछन् । यसमा उत्तर कोरिया र सिरियासँग जोडिएका खबर अत्यधिक हुनेछन् ।

फ्रान्समा लडाकुको आक्रमणमा एक प्रहरीको मृत्यु, दुई घाइते

फ्रान्स, वैशाख ८ । फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आइएस) का लडाकुले गरेको आक्रमणमा एक प्रहरीको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । कारमा चढेर आएका आक्रमणकारीले प्रहरीको बसमा अन्धाधुन्द गोली चलाएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । फ्रान्समा राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले आक्रमण भएको भन्ने बारे विश्वास नै गर्न नसकिने बताएको छ। यो कुनै आतंकवादसँगै जोडिएको घटना भएको उनको भनाई छ । पेरिसमा आक्रमण आफूले गराएको विद्रोही समूह आइएसले दाबी गरेको छ । फ्रान्समा चुनाव नजिकिँदै गर्दा भएको आक्रमणले सुरक्षा चिन्ता बढाएको छ । सन् २०१५ यता भएको छुट्टा छुट्टै आक्रमणमा फ्रान्समा २ सय ३८ जनाको ज्यान गएको छ । धेरैजसो आक्रमण आइएसले गरेको दाबी गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफमाथि भ्रष्टाचार आरोप, छाननिन गर्न अदालतको आदेश

इस्लामाबाद (पाकिस्तान),  वैशाख ८ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफमाथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँदै तत्काल सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार भने नदेखिएको पाकिस्तानको उच्च अदालतले बिहीबार निर्णय सुनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शरिफ र उहाँको परिवारका सदस्यमाथि लागेको भ्रष्टाचार आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । सन् २०१६ मा पानामा पेपर्समा आएको सूचनामा शरिफका परिवारको विभिन्न विदेशी कम्पनीहरुमा संलग्नता रहेको भनी सार्वजनिक भएपछि पाकिस्तानमा यो मुद्दाले विशेष ध्यानाकर्षण गराएको छ । यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्रीमाथिको मुद्दामा बाँझिएको राय दिँदै उहाँलाई सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार नभेटिएको तर आरोपबारे छानबिन गर्न आदेश दिएको हो । प्रधानमन्त्रीको भ्रष्टाचार आरोपमा गहिरो अनुसन्धान आवश्यक हुने देखिएको, न्यायाधीश असिद सैयद खोसाले बताउनुभयो । सुनुवाईमा खटिएका पाँच न्यायाधीशमध्ये दुई न्यायाधीशले प्रधानमन्त्री शरिफलाई बेइमान बताउँदै उहाँ प्रधानमन्त्री रहने नैतिक आधार गुमाएको बताएका थिए । तर उनीहरु बेन्चमा अल्पमतमा परेका थिए । रासस÷एएफपी

सिरियामा मानवीय सहयोगमा कमीः राष्ट्रसङ्घ

बेरुत (लेबनान), वैशाख ८। संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि मानवीय सहयोगसम्बन्धी प्रमुख सल्लाहकार जान एगलान्डले सिरियाका द्वन्द्व प्रभावित प्रमुख गत वर्षको तुलनामा सन् २०१७ मा निकै कम देखिएको बताउनुएको छ । बिहीबार जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै एगलान्डले भन्नुभयो, सरकार तथा विद्रोहीको घेराबन्दीमा रहेका बाहिरी घेराका मानिसलाई उद्धार गरिए पनि सिरियाली सर्वसाधारणको पीडा सन् २०१७ मा पनि पूर्ववत् अवस्थामा रहेको प्रतिक्रिया दिनुभयो । सिरियामा करिब ५० लाख नागरिक द्वन्द्वबाट अति प्रभावित क्षेत्रमा रहेकामा यस वर्ष मानवीय सहायताका लागि त्यहाँ पुगेका सहयोगी संस्थाको उपस्थिति जम्मा पाँच लाख ६४ हजार पीडितले मात्र महसुस गरेका एगलान्डको दाबी छ । सिरियाली सरकार र विद्रोहीले आगामी दुई महिनाभित्र द्वन्द्वबाट अति प्रभावित क्षेत्रबाट मात्रै ३० हजार सर्वसाधारणलाई बाहिर जान दिने सहमति भएको छ । सहमतिलाई आलोचकहरुले जनसाङ्ख्यिक पुनः व्यवस्थापन भनेका छन् । एडलान्डले भोकमरी वा द्वन्द्वको प्रभावका कारण सिरियाली नागरिकलाई उनीहरुको घरबाट विस्थापित हुन दिन नहुने बताउनुभयो । रासस

अमेरिकाले गर्यो थप ११ वस्तुमा भन्सार छुट

काठमाडौं, बैसाख ८ । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउनेछ । नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने जानकारी दिएका हुन् । नेपाल र अमेरिकाबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा टिफा भएको थियो । अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै अघिल्लो वर्ष विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) दिने कानुन ल्याएर ६६ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । भन्सार छुटको सो सूचीमा थप ११ वस्तु थपिने बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले जनाएका हुन् । यससँगै नेपालले ७७ वस्तुमा भन्सार छुट पाउने भएको वाणिज्य मन्त्रालयका सहसचिव रवि सैँजूले बताए । यो सुविधाको उपयोग गर्दै तयारी पोसाक, गलैँचा, पस्मिना र हस्तकलाका उत्पादनको निर्यात उच्चदरमा बढाउन सक्ने उनले बताए । यसअघि अमेरिकामा नेपाली वस्तुको निर्यातमा हाल १७ देखि ३३ प्रतिशतसम्म भन्सार लाग्दै आएको थियो । अब भन्सार छुटसँगै अमेरिकामा नेपालको निर्यात उच्चदरमा बढ्ने सम्भावना छ । उत्पादन र गुणस्तरमा सघाउन नेपालको आग्रह बैठकमा नेपालले शून्य भन्सार सुविधा पाएका वस्तुको उत्पादन र गुणस्तर वृद्धिका लागि अमेरिकी लगानी तथा प्राविधिक सहयोग बढाउन आग्रह गरेको थियो । त्यस्तै, नेपालका अन्य प्रतिस्पर्धी वस्तुलाई पनि आगामी दिनमा सहुलियत पूर्ण बजार सुविधा उपलब्ध गराई नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्न प्रस्ताव गरेको थियो । नेपालले बौद्धिक सम्पत्ति संरक्षण, श्रम, वित्तीय सेवा, प्रत्यक्ष वैदेशिक लगानी, मानव तथा वनस्पति स्वास्थ्य संरक्षण, खाद्य सुरक्षा तथा वस्तुको गुणस्तर प्रमाणीकरणका क्षेत्रमा कार्यान्वयनमा ल्याइएका नयाँ नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै ती क्षेत्रमा नेपालको थप क्षमता विकासका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरिएको सैँजूले बताए । प्राविधिक सहयोग गर्न अमेरिका तयार अमेरिकाले नेपालको व्यापार सहजीकरण तथा उत्पादन वृद्धिमा प्राविधिक सहयोग गर्न तयार रहेको जनाएको छ । बैठकमा अमेरिकी पक्षले नेपालले हालका दिनमा वित्तीय र औद्योगिक क्षेत्रको सबलीकरण, लगानी प्रवद्र्धन, बौद्धिक सम्पत्तिको संरक्षण र व्यापार सहजीकरणका क्षेत्रमा चालेका सुधारात्मक कार्यको प्रशंसा गर्दै ती क्षेत्रमा नेपाललाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सकारात्मक रहेको जानकारी दिए । को–को थिए बैठकमा ? बैठकमा नेपालको तर्फबाट वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र संयुक्त राज्य अमेरिकाको तर्फबाट सहायक व्यापार प्रतिनिधि मार्क लिनस्कोटले नेतृत्व गरेका थिए । बैठकमा अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जको समेत सहभागिता थियो । बैठकपछि संयुक्त वक्तव्य पनि जारी गर्दै दुई देशबीच व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने बताइएको छ । यसका लागि दुई पक्षबीच संवाद र सहकार्यलाई आगामी दिनमा थप घनीभूत बनाइने भएको छ । नेपालबाट अमेरिका निर्यातको अवस्था नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुलुकमा भारतपछि दोस्रोमा अमेरिका रहेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट अमेरिकामा ४ अर्ब ६८ करोड रुपैयाँबराबरका वस्तु निर्यात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ३ दशमलव ५ प्रतिशतले बढी हो । व्यापार र लगानी बढाउन सकारात्मक ङइन्द्रप्रसाद उपाध्याय वाणिज्यसचिव भूकम्पपछिको आर्थिक पनुरुत्थानलाई सहयोग गर्ने अमेरिकी चाहना रहिआएको छ । व्यापारका माध्यमबाट त्यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा टिफा काउन्सिलको बैठकमा गहन छलफल भयो । नेपाललाई अमेरिकाले १ जनवरी २०१७ देखि प्रदान गरेको सहुलियतपूर्ण बजार पहुँचलाई कसरी उपयोग गर्ने भन्नेतर्फ सकारात्मक छलफल भयो । नेपाल–अमेरिका व्यापार बढाउने, नेपालमा अमेरिकी लगानी धेरैभन्दा धेरै आकर्षित गर्ने, बौद्धिक सम्पत्तिसम्बन्धी नियमनकारी कानुनलाई सुधार गर्ने, नेपालको आपूर्ति क्षमता बढाउनेलगायत विषयमा छलफल भयो । नेपालको व्यापार तथा आपूर्ति क्षमता बढाउन अमेरिकाले प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल–अमेरिका टिफा काउन्सिललाई कामकाजी बनाउने विषयमा पनि छलफल भएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

उत्तर कोरियाद्वारा सैन्य क्षमता प्रदर्शन, परमाणु युद्दका लागि तयार रहेको चेतावनी

काठमाडौं, बैशाख २ । अमेरिकाले अफगानिस्तानमा सबैभन्दा ठूलो न्यूक्लियररहित बम खसालको केही घण्टामैं उत्तर कोरियाले भने परमाणु युद्दका लागि तयार रहेको चेतावनी दिएको छ । कोरियाली चर्चित नेता किम इल सुङको १०५ औं वर्षगाँठ मनाउँदै उत्तर कोरियाले कुनै पनि किसिमको लडाईका लागि आफूहरु तयार भएको बताएको छ । राजधानी प्योङप्याङमा आयोजित भव्य समारोहमा रक्षा सामानहरुका साथै सैनिकहरुले भव्य परेडको आयोजना गरेका थिए । सोही अवसरमा कोरियाली राष्ट्रपतिको समेत उपस्थिति रहेको थियो । यता अमेरिकाले भने दक्षिण कोरियाली सेनासँग मिलेर आफ्ना युद्दपोतहरु तैनाथ गरेको छ । अमेरिकाले यसलाई नियमित प्रक्रिया बताए पनि उत्तर कोरियाले भने युद्दका लागि अमेरिकाले उक्साएको जनाएको छ । उत्तर कोरियाले पहिलोपटक पानीजहाजबाट छोडिने मिसाइलको समेत प्रदर्शन गर्यो । यो मिसाइलले परमाणु हतियार समेत लग्न सकिने बताइन्छ । अमेरिकाले आफूहरुलाई कम नआँक्न चेतावनी दिँदै उत्तर कोरियाले आफूहरु हरेकखाले युद्दका लागि तयार भएको र परमाणु हमलाको धौंस नदेखाउन पनि अमेरिकालाई भनेको छ । उक्त अवसरमा हजारौं कोरियाली जनताको सहभागिता रहेको थियो । अमेरिकाले उत्तर कोरियाविरुद्ध थप कडाई गर्ने र सैन्य घेरा उगर्ने समाचार आइरहेको बेला यसबाट थप चुनौती निम्तिन सक्ने सुरक्षा विशेषज्ञहरुले टिप्पणी गरिरहेको बेला कोरियाको यस्तो चेतावनी सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्भ र उन्मादले विश्वमा नै थर्मो न्यूक्लियर वारको खतरा रहेको कोरियाले जनाएको छ । आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उत्तर कोरियाले बारम्बार बताउँदै आएको छ ।

अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

काबुल,  वैशाख २। अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीहरुले बताएका छन् । यस्तो प्रकारको बम प्रहार भएको यो अहिलेसम्मकै पहिलो भएको उनीहरुको भनाई छ । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ । इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो । छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो । पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै नौ मिटर लामो उक्त बम खसालिएको छ । सुरुङ भित्र रहेका आईएस लडाकूहरुलाई लक्षित गरी अमेरिकी विमानमार्फत् आक्रमण भएको बताइएको छ । आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ३६ जना आईएस लडाकु मारिएको रक्षा मन्त्रालयले जनाएको बताउनुभयो । उहाँले आक्रमण भएको मोमान्ड डारा क्षेत्रमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताउनुभयो । गभर्नर स्माइलले घटनाको पूर्ण बिबरण भने आइनसकेको जानकारी दिनुभयो । घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ । आईएस लडाकुहरुले निर्बाध रुपमा हिँडडुल गर्न प्रयोग गर्ने र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गर्ने सुरुङ र गुफाहरुमा रहेका लडाकूहरुलाई निशाना बनाएर आक्रमण गरिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले बताउनुभयो । रासस÷एएफपी

महिलाको तलब पुरुषभन्दा दुईतिहाइ कम

सोल, चैत  २९ ।  दक्षिण कोरियाका १० ठूला व्यवसायिक समूह र आबद्ध कम्पनीले भुत्तानी गर्ने बार्षिक तलबमा पुरुषभन्दा महिलाको दुई तिहाइले कम देखिएको छ । चेबल डटकमका अनुसार गत बर्ष महिला कामदारले ५ करोड ४२ लाख २० हजार वन बुझेका थिए । यो पुरुष समकक्षीको तुलनामा ६१.८ प्रतिशतले कम हो । महिलाको यो आम्दानी औसत पुरुषको ८ करोड ७५ लाख ७० हजारको दाँजोमा ६१.८ प्रतिशतले कम हो । यो खबर आजको कारोबारमा यो खबर छ ।

देवीलाई खुशी पार्न आफ्नी आमाको हत्या !

चैत २८ । भारत, पश्चिम बंगालमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । अन्धविश्वासले जकडिएको पश्चिम बंगालको पुरुलिया जिल्लामा कथित एक तान्त्रिकले देवीलाई खुसी पार्न भन्दै आफ्नै आमाको बली चढाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले हत्या अभियोगमा ३५ वर्षीय नारायण महतोलाई पक्राउ गरेको हो । उनले आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आफूलाई तान्त्रिक भन्ने नारायणले सपनामा देवीले दिएको सल्लाह अनुसार आमाको बली चढाएको स्वीकार गरेका छन् । नारायणले धारिलो हतियार प्रयोग गरी घाँटी काटेर आमाको हत्या गरेका हुन् । घटनालगत्तै हतियारसहित दाजुको घर पुगेर नारायणले आमाको बली चढाएको बताएका थिए । तान्त्रिक विद्यामा लागेका नारायणले घरमै काली देवीको मन्दिर बनाएर राखेका थिए । उनी विभिन्न प्रकारका तान्त्रिक क्रियामा लाग्दै आएको छिमेकीहरुको भनाइ छ । देवीले सपनामा आफूलाई आमाको बली चढाउन आदेश दिएको र उनका खुसीका लागि आफ्नो त्यस्तो काम गरेको प्रहरी समक्ष उनले स्वीकार गरेका छन् ।  

कोलम्बियामा बाढी र पहिरोमा परी २५४ जनाको मृत्यु, दुई सय बढी बेपत्ता

विविसी, चैत २० । दक्षिण अमेरिकी देश कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या दुई सय ५४ पुगेको छ । बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरै बेपत्ता भएका छन् । यस्तै चार सय जना घाइते भएका रेडक्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेडक्रसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको उहाँले बताउनुभएको छ । उहाँले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गर्नुभएको छ । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनमा लामो दाह्री पाल्न र अनुहार ढाक्न नपाइने !

काठमाडौं, चैत १९ । इस्लामवादी उग्रवादी ठान्ने समूह विरुद्धको अभियानलाई बेइजिङले तीव्र बनाइरहँदा पश्चिम चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानून कार्यान्वयनमा ल्याइएको छ । उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रुपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउन प्रतिबन्ध लगाएको हो । अब उप्रान्त उइगर समुदायका केटाकेटीहरुले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ । आलोचकहरुले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति लोप हुने खतरा वढेको वताएका छन् । नयाँ व्यवस्थाहरुमा एकदमै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्का सहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्ने सहितका प्रावधान छन । त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरु पालना गर्नुपर्ने, धार्मिक मान्यता अनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले जनाएको छ । (एजेन्सी)

खाडीमा अाएको जलवास्पयुक्त हावाले मौसम बदली

बङ्गाल, चैत  १९ । बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदली भएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन् । उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले राससलाई जानकारी दिए । “यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख हल्का वर्षात हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन,”–उनले भने । यसअघि पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्य भेगका विभिन्न स्थानमा वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम १६ डिग्रिसेल्सियस रहेको छ ।

सोमालियाली विस्थापित भए खडेरीका कारण

सोमालिया, चैत १८ । सोमालियामा विगत केही समयदेखि व्याप्त खेडेरीका कारण करिव चार लाख ४४ हजार सोमालियाली विस्थापित बनेका छन् । संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोग हेर्ने निकायले शुक्रबार दिएको जानकारी अनुसार सोमालियामा सन् २०१६ को नोभेम्बर पछिका चार महिनामा चार लाख ४४ हजार सोमालियाली नागरिक खाद्यान्न को चरम अभावका कारण शरणार्थी जीवन विताउन बाध्य भएको बताएको हो । सन् २०१७ मा सोमालियामा भोकमरीको खतरा रहेको राष्ट्रसङ्घको मानवीय सहयोग निकायले बताएको छ । यदी सोमालियामा अप्रिल देखि जुन महिनामा पनि मौसममा सुधार नआए सन् २०१०/०११ मा जस्तै क्रयशक्तिमा व्यापक कमी आउने छ र मानवीय सहयोगले आधारभूत आवश्यकतलाई सम्बोधन गर्ने गरी व्यवस्था गर्न नसकिएमा भोकमरीले ठूलो जनसङ्ख्या प्रभावित बन्ने राष्ट्रसघको भनाई छ । केही विस्थापित मानिस विस्थापित भई खर्चको अभावमा लामो समय चरम गर्मीमा पैदलै शरणार्थी शिविर आइपुग्ने गरेको राष्ट्रसङ्घले बताएको छ ।