“गुगल होइन, भूगोल बुझ्ने नेतृत्व रोजौँ”: झापा–५ मा रञ्जित तामाङप्रति बढ्दो आकर्षण

झापा । आगामी निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा राजनीतिक माहोल दिनानुदिन तातिँदै गएको छ। यस क्षेत्रको चुनावी बहसमा अहिले युवा नेता रञ्जित तामाङ केन्द्रमा देखिएका छन्। स्थानीय मुद्दा, जनतासँगको प्रत्यक्ष संवाद र दीर्घकालीन विकास दृष्टिकोणका कारण उनीप्रति आकर्षण बढिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

भूगोलसँग जोडिएको नेतृत्व

झापा–५ का मतदाताहरूको अपेक्षा स्पष्ट छ—सामाजिक सञ्जालको लोकप्रियता मात्र होइन, स्थानीय समस्या बुझ्ने र समाधान दिन सक्ने नेतृत्व। यही सन्दर्भमा रञ्जित तामाङलाई “भूगोल बुझ्ने” नेताका रूपमा प्रस्तुत गरिएको छ। विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहँदै आएका तामाङले शिक्षा, रोजगारी, कृषि र पूर्वाधार विकासका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

उनका समर्थकहरू भन्छन्, “नेता त्यो हुनुपर्छ जसले झापा–५ को माटो, यहाँको सामाजिक बनोट र जनताको आवश्यकता नजिकबाट बुझेको होस्।” तामाङले गाउँ–गाउँ पुगेर प्रत्यक्ष संवाद गरिरहेको दृश्यले स्थानीय तहमा सकारात्मक सन्देश दिएको बताइन्छ।

युवापुस्ताको भरोसा

झापा–५ मा विशेषगरी युवापुस्तामा तामाङप्रति आकर्षण बढेको देखिन्छ। उनी डिजिटल माध्यम प्रयोग गर्छन्, तर त्यसलाई प्रचारभन्दा पनि संवादको माध्यमका रूपमा उपयोग गर्ने गरेको बताइन्छ। स्थानीय तहका साना–ठूला समस्यामा प्रत्यक्ष सरोकार राख्ने शैलीले उनलाई “जमिनको नेता” का रूपमा स्थापित गरिरहेको समर्थकहरूको दाबी छ।

सकारात्मक प्रतिस्पर्धाको सन्देश

राजनीतिक विश्लेषकहरूका अनुसार, झापा–५ मा देखिएको यो बहसले नेतृत्वको गुणस्तरबारे नयाँ मापदण्ड तय गरिरहेको छ। मतदाताहरू अब केवल नाराभन्दा पनि योजना, कार्यान्वयन क्षमता र स्थानीय प्रतिबद्धता खोजिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा रञ्जित तामाङको सक्रियता र जनसम्पर्कले चुनावी समीकरणमा नयाँ आयाम थपेको छ। सकारात्मक प्रतिस्पर्धा र नीति–केन्द्रित बहसले यस क्षेत्रको राजनीतिक संस्कृतिलाई अझ परिपक्व बनाउने अपेक्षा गरिएको छ।

पर्वतका गाउँ–गाउँमा मनहरी तिमिल्सिनालाई स्वागत र समर्थन

पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाको चुनावी अभियान पर्वतका गाउँ–गाउँमा उत्साहपूर्ण रूपमा अगाडि बढिरहेको छ। विभिन्न बस्ती र टोलमा आयोजित जनभेटघाट तथा घरदैलो कार्यक्रमहरूमा स्थानीयले उनलाई स्वागत गर्दै समर्थन जनाएका छन्। विशेषगरी प्रत्यासी उम्मेदवार पदम गिरी को गृहगाउँ दुर्लुङमा समेत तिमिल्सिनाप्रति देखिएको सकारात्मक माहोलले चुनावी वातावरण थप चासोपूर्ण बनेको छ। स्थानीयवासीले यसपटक विकास, सुशासन र प्रभावकारी प्रतिनिधित्वलाई केन्द्रमा राखेर विवेकपूर्ण निर्णय गर्ने संकेत दिएका छन्। सदरमुकाम नजिकै रहे पनि अपेक्षित पूर्वाधार विकास र रोजगारी सिर्जनामा पर्याप्त प्रगति हुन नसकेको गुनासो स्थानीयले गरेका छन्। उनीहरूले जिल्लाले खोजेजस्तो सक्रिय, जवाफदेही र बौद्धिक नेतृत्वको आवश्यकता औँल्याउँदै तिमिल्सिनालाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। चुनावी सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले प्राप्त साथ, विश्वास र आत्मीयताप्रति धन्यवाद व्यक्त गरे। उनले कुनै दबाब वा प्रभावमा नपरी स्वतन्त्र र विवेकपूर्ण ढंगले मतदान गर्न मतदातालाई आग्रह गरे। “मेरो लागि पदभन्दा जिम्मेवारी ठूलो हो, वाचाभन्दा परिणाम महत्वपूर्ण छ। जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्नेछु,” उनले भने। तिमिल्सिनाले विकसित पर्वतको स्पष्ट मार्गचित्रसहित आफू अघि बढेको उल्लेख गर्दै संसदमा जिल्लाका मुद्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाए। उनले दल परिवर्तन अनिवार्य नभए पनि मत परिवर्तनले सकारात्मक सन्देश दिन सक्ने उल्लेख गर्दै परिवर्तनका पक्षमा मतदान गर्न अपिल गरे। नेकपा कुस्मा नगर कमिटी अध्यक्ष मिनराज केसी ‘अविरल’का अनुसार खुर्कोट र दुर्लुङमा सम्पन्न कार्यक्रमहरू उत्साहजनक रहे। स्थानीयले खुला रूपमा आफ्ना धारणा राख्दै विकास, सुशासन र प्रभावकारी प्रतिनिधित्वको अपेक्षा व्यक्त गरेका छन्। चुनावी माहोल तीव्र बन्दै जाँदा पर्वतका गाउँ–गाउँमा तिमिल्सिनाप्रति देखिएको स्वागत र समर्थनले आगामी निर्वाचनमा नयाँ सन्देश दिने राजनीतिक विश्लेषकहरूको आकलन छ।

फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्ने छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ मा हुने निर्वाचनपछि देशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सम्हाल्ने दृढ विश्वास व्यक्त गर्नुभएकाे छ। उहाँले देशको राजनीतिक दिशा परिवर्तन गर्ने ऐतिहासिक अवसरका रूपमा यस निर्वाचनलाई लिनुपर्ने बताउनुभयाे। नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको निर्वाचन सामान्य शक्ति परीक्षण नभई देशको भविष्य निर्धारण गर्ने निर्णायक मोड भएको उल्लेख गर्नुभयाे। “हामी सुरुदेखि नै देशको समस्या समाधानको उपाय निर्वाचन नै हो भन्ने अडानमा थियौँ। आज सबै राजनीतिक शक्तिहरू निर्वाचनमै केन्द्रित भएका छन्। यो हाम्रो राजनीतिक लाइनको विजय हो,” उहाँले भन्नुभयाे।  प्रचण्डले विगतका अन्योल, अस्थिरता र सत्ता–केन्द्रित समीकरणको राजनीतिले देशलाई निकास दिन नसकेको उल्लेख गर्दै अब स्पष्ट जनमतमार्फत स्थिर, सक्षम र जनमुखी नेतृत्व आवश्यक रहेको बताउनुभयाे। उहाँका अनुसार नेकपाले प्रस्तुत गरेको वैचारिक स्पष्टता, राष्ट्रिय स्वाधीनताको पक्षमा अडान र जनजीविकासँग प्रत्यक्ष जोडिएको कार्यक्रमका कारण जनताको भरोसा बढ्दै गएको छ। उहाँले सर्वदलीय सरकार, संसद् पुनर्स्थापना जस्ता मुद्दा अहिले राजनीतिक एजेन्डाबाट हराइसकेको उल्लेख गर्दै भन्नुभयाे, “देश नै अहिले नेकपाको लाइनमा आएको छ। हामीले उठाएका एजेन्डा आज राष्ट्रिय बहसका विषय बनेका छन्। यो हाम्रो वैचारिक र राजनीतिक नेतृत्वको प्रमाण हो।” एमालेसँग १० सिटमा चुनावी तालमेल हुन लागेको भन्ने प्रचारप्रति उहाँले स्पष्ट अस्वीकार गर्नुभयाे। “हामी कसैसँग गोप्य वा अपारदर्शी तालमेलमा छैनौँ। नेकपा आफ्नै शक्ति, आफ्नै एजेन्डा र आफ्नै जनआधारमा अग्निपरीक्षामा होमिएको छ,” उहाँले भन्नुभयाे।  उहाँले निर्वाचन निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए नेकपालाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने दाबी गर्नुभयाे। “जनताको मन जित्ने पार्टीलाई कुनै शक्ति रोक्न सक्दैन। हामी जनताको घरदैलोमा छौँ, जनताको एजेन्डासँग छौँ,” उहाँले जोड दिनुभयाे।  प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई युद्धस्तरमा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिँदै संगठन सुदृढीकरण, मतदाता शिक्षण र घरदैलो कार्यक्रमलाई तीव्र बनाउन आग्रह पनि गर्नुभएकाे छ।  उहाँका अनुसार नेकपाको लक्ष्य केवल सरकार बनाउनु मात्र नभई देशमा राजनीतिक स्थिरता, आर्थिक रूपान्तरण र सामाजिक न्याय सुनिश्चित गर्नु हो। “हाम्रो उद्देश्य सत्ता होइन, परिवर्तन हो। देशलाई समृद्धि र सुशासनको नयाँ चरणमा लैजानु नै हाम्रो संकल्प हो,” उहाँले भन्नुभयाे। फागुन २१ को निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गर्दै उहाँले जनतालाई ढुक्क भई नेकपालाई साथ दिन आह्वान गर्नुभयाे। “अबको नेतृत्व स्पष्ट छ। जनताको समर्थन र भरोसाले नेकपाले देशको नेतृत्व सम्हाल्नेछ,” उहाँले आत्मविश्वासका साथ भन्नुभयाे। 

लोकतन्त्र, अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्वाचनलाई सामान्य रूपमा लिनु हुँदैन: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई राष्ट्र, लोकतन्त्र र जनअधिकारको रक्षासँग जोडिएको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउनु भएकाे छ।  उहाँले यस निर्वाचनलाई विगतका उपलब्धिहरूको संरक्षण र भविष्यको दिशा तय गर्ने निर्णायक मोडका रूपमा चित्रण गर्दै सम्पूर्ण कार्यकर्ता र समर्थकलाई उच्च जिम्मेवारीबोधका साथ चुनावी अभियानमा सक्रिय हुन आह्वान गर्नुभयाे। शुक्रबार नेकपाको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित केन्द्रित वृहत् चुनावी कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयाे, “यो निर्वाचनलाई हामी कसैले पनि सामान्य रूपमा लिनुहुँदैन। यो राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो संघर्षबाट प्राप्त महिलाका, दलितका, आदिवासी जनजातिका, मधेशी, मुस्लिम, थारु, मजदुर र किसानका अधिकारहरूको रक्षा गर्ने विषयसँग प्रत्यक्ष जोडिएको छ।” उहाँका अनुसार, दशकौंको संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने जिम्मेवारी अहिलेको निर्वाचनले वहन गरिरहेको छ। उहाँले स्पष्ट पार्नुभयाे कि संविधानले सुनिश्चित गरेका समावेशी अधिकार, सामाजिक न्याय र समान अवसरको आधारलाई कमजोर पार्ने कुनै पनि प्रयासको प्रतिवाद गर्नुपर्ने आवश्यकता अहिले झन् बढेको छ। प्रचण्डले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णय अधिकारको संरक्षणसँग सम्बन्धित ‘जीवन-मरणको संघर्ष’ को संज्ञा दिनुभयाे। “यो निर्वाचन राष्ट्रको स्वाधीनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्नका लागि जीवन-मरणको संघर्षका रूपमा अगाडि आएको छ,” उहाँले भन्नुभयाे, “हामीले प्राप्त गरेका उपलब्धिहरूलाई जोगाउने मात्र होइन, अझ मजबुत बनाउने ऐतिहासिक जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ।” उहाँले वर्तमान राजनीतिक परिस्थितिमा जनताको विश्वास र अपेक्षा नेकपाप्रति बढ्दो रहेको दाबी गर्दै पार्टी एकता र अभियानको व्यापकता उल्लेख गर्नुभयाे। उहाँका अनुसार, साना–ठूला गरी दुई दर्जन राजनीतिक शक्तिहरू एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी निर्माण हुनु आफैंमा राष्ट्रिय एकताको सन्देश हो। “राष्ट्रलाई एकतावद्ध गर्न, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न हामीले नेकपा गठनको पहल गरेका हौँ,” उहाँले भन्नुभयाे। प्रचण्डले देशव्यापी भ्रमणका क्रममा देखिएको जनउभारले पार्टीप्रति सकारात्मक ऊर्जा सिर्जना गरेको उल्लेख गर्नुभयाे। “यस पटक नेकपाले मात्र राष्ट्रको पक्षमा र जनताको पक्षमा काम गर्न सक्छ भन्ने विश्वास देशभर देखिएको छ,” उहाँले भन्नुभयाे, “सबैतिर नेकपा एकतावद्ध रूपमा निर्वाचनको महाअभियानमा अगाडि बढेको छ र उत्साहजनक वातावरण बनेको छ।” उहाँले अन्य पुराना दलहरू रक्षात्मक अवस्थामा रहेको टिप्पणी गर्दै नेकपा भने स्पष्ट एजेन्डा र आक्रामक अभियानका साथ जनताको बीचमा पुगेको बताउनुभाे। उहाँका अनुसार, निर्वाचन केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभई विचार, नीति र भविष्यको दिशाको प्रतिस्पर्धा हो। प्रचण्डले कार्यकर्तालाई घरदैलो, टोल–टोल र समुदाय-समुदायमा पुगेर पार्टीका नीति, कार्यक्रम र एजेन्डा स्पष्ट रूपमा प्रस्तुत गर्न निर्देशन दिनुभयाे। उहाँले जनतासँग प्रत्यक्ष संवाद, सकारात्मक सन्देश र उपलब्धिहरूको तथ्यपरक प्रस्तुति मार्फत विश्वास जित्नुपर्नेमा जोड दिनुभयाे। उहाँले विशेष गरी युवा, महिला र श्रमजीवी वर्गलाई परिवर्तनका प्रमुख संवाहकका रूपमा उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयाे। “यो अभियान केवल पार्टीको अभियान होइन, देशको भविष्य निर्माणको अभियान हो,” उहाँले भन्नुभयाे, “हामीले एकजुट भएर लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिनुपर्छ।” सम्बोधनको अन्त्यमा प्रचण्डले आगामी निर्वाचनलाई ऐतिहासिक जिम्मेवारीका रूपमा ग्रहण गर्न आग्रह गर्दै नेकपालाई बहुमतका साथ विजय गराउन अपिल गर्नुभयाे। उहाँका अनुसार, सुदृढ जनमतमार्फत मात्र राजनीतिक स्थिरता, समावेशी विकास र राष्ट्रिय स्वाभिमानलाई मजबुत बनाउन सकिन्छ। उहाँको भनाइमा, आगामी निर्वाचन नेपाली राजनीतिक इतिहासको अर्को महत्वपूर्ण अध्याय बन्नेछ—जहाँ जनताले आफ्नो अधिकारको रक्षा, संविधानको कार्यान्वयन र राष्ट्रको स्वाधीन भविष्यको पक्षमा स्पष्ट सन्देश दिनेछन्।

चितवन-३ का सहकारी पीडितले बुझाए ज्ञापनपत्र : न्यायका लागि डटेर उभिने रेनु दाहालको दृढ प्रतिबद्धता

भरतपुर। चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी रेनु दाहालले सहकारी पीडितलाई न्याय दिलाउने विषयलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेकी छन्। नेपाली कम्युनिस्ट पार्टी चितवनले भरतपुर–८ गौरीगञ्जमा आयोजना गरेको विशाल चुनावी सभामा साहरा सहकारीका पीडितहरूले बुझाएको ११ बुँदे ज्ञापनपत्र ग्रहण गर्दै उनले पीडितको आँसु पुछ्न आफू सधैं अग्रपंक्तिमा रहने स्पष्ट सन्देश दिइन्। सभामा बोल्दै दाहालले सहकारी क्षेत्रमा देखिएको विकृति र ठगी प्रकरणले हजारौं परिवारको जीवन संकटमा परेको उल्लेख गरिन्। “जनताको पसिनाको कमाइ डुबाउने जो–कोहीलाई पनि कानुनको कठघरामा ल्याउनुपर्छ,” उनले दृढ स्वरमा भनिन्, “पीडितलाई न्याय दिलाउने लडाइँमा म एक इन्च पनि पछि हट्ने छैन।” उनले विगतदेखि नै सहकारी पीडितहरूको पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै अब यो मुद्दालाई संसदसम्म पुर्‍याएर संस्थागत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरिन्। “जनताले विश्वास गरेर संसदमा पठाउनुभयो भने सहकारी ठगहरूको विरुद्धमा सशक्त आवाज बुलन्द गर्नेछु,” उनले भनिन्, “यो केवल चुनावी वाचा होइन, मेरो नैतिक दायित्व हो।” ३० हजार बचतकर्ताको आशा कार्यक्रममा साहरा चितवन बहुउद्देश्य सहकारी संस्थाका पीडित संयोजक शालिग्राम दुवाडीले ११ बुँदे ज्ञापनपत्र वाचन गर्दै करिब ३० हजार बचतकर्ताको रकम फिर्ता गराउन पहल गरिदिन आग्रह गरे। उनले सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति सार्वजनिक गरी पीडितको बचत सुरक्षित रूपमा फिर्ता गर्न राज्यले कडा कदम चाल्नुपर्ने माग राखे। यस सन्दर्भमा दाहालले सम्बन्धित निकायसँग समन्वय गरी समस्याग्रस्त सहकारीको विस्तृत छानबिन, दोषीमाथि कडा कारबाही र पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाउने विश्वास दिलाइन्। “ज्ञापनपत्रमा उल्लेख भएका सबै बुँदालाई म गम्भीर रूपमा लिन्छु,” उनले भनिन्, “सम्बन्धित मन्त्रालय, नियामक निकाय र कानुनी संरचनासँग सहकार्य गरेर ठोस समाधान निकाल्नेछु।” पीडितको भरोसाको केन्द्र दाहालले देश–विदेशबाट समेत सहकारी पीडितहरूले आफूलाई सम्पर्क गरी न्यायको माग गर्ने गरेको उल्लेख गर्दै यसले आफ्नो जिम्मेवारी अझ बढाएको बताइन्। “म केवल उम्मेदवार होइन, तपाईंहरूको भरोसाको पात्र हुँ,” उनले भनिन्, “जनताको विश्वास जोगाउनु नै मेरो पहिलो प्राथमिकता हो।” उनले सहकारी क्षेत्रमा सुधार ल्याउन कडा नियमन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न कानुनी संशोधन आवश्यक रहेको औंल्याइन्। बचतकर्ताको रकम सुरक्षित गर्ने प्रभावकारी अनुगमन संयन्त्र निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिइन्। जनताको पक्षमा अडिग प्रतिबद्धता सभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै दाहालले सामाजिक न्याय, सुशासन र आर्थिक पारदर्शितालाई आफ्नो चुनावी अभियानको मूल आधार बनाएको बताइन्। सहकारी ठगी जस्ता घटनाले आम नागरिकमा राज्यप्रति निराशा बढाएको उल्लेख गर्दै उनले अब परिणाममुखी पहल आवश्यक रहेको धारणा राखिन्। “हामी परिवर्तनको कुरा मात्रै गर्दैनौं, परिवर्तनको अभ्यास गर्छौं,” उनले भनिन्, “चितवनका ३० हजार भन्दा बढी सहकारी पीडितको बचत फिर्ता गराउने सवालमा म अग्रपंक्तिमा उभिनेछु।” चुनावी सभामा सहभागी पीडितहरूले पनि दाहालप्रति आशा व्यक्त गर्दै न्यायको लडाइँमा साथ दिने विश्वास व्यक्त गरेका थिए। यसरी सहकारी पीडितको ज्ञापनपत्र ग्रहण गर्दै रेनु दाहालले न्याय, पारदर्शिता र जनउत्तरदायित्वको पक्षमा आफ्नो अडिग प्रतिबद्धता दोहोर्‍याएकी छन्। चितवन–३ को चुनावी मैदानमा उनको यो स्पष्ट अडानले सहकारी पीडितमाझ नयाँ आशा र भरोसा जगाएको देखिन्छ।

निर्वाचनको लागि नेकपाको ४० बुँदे कडा निर्देशन जारी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सम्पूर्ण नेता–कार्यकर्ता र सदस्यहरूलाई लक्षित गर्दै ४० बुँदे विस्तृत निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जारी ‘निर्वाचन विशेष निर्देशन–२’ मा निर्वाचन सम्पन्न नभएसम्म पार्टी पंक्तिलाई पूर्ण रूपमा सक्रिय र अनुशासित ढङ्गले परिचालित हुन आह्वान गरिएको छ। निर्देशनमा निर्वाचनलाई मुलुकको संक्रमणकालीन राजनीतिक अवस्थाबाट निकास दिने ऐतिहासिक अवसरका रूपमा चित्रण गरिएको छ। लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्दै स्वच्छ, निस्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन पार्टीले सुरुबाटै प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरिएको छ। पार्टीका अनुसार, निर्वाचनको मिति घोषणा भएलगत्तै सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको थियो र अहिले अन्तिम चरणमा बाँकी कामलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्न विशेष निर्देशन जारी गरिएको हो। सबै नेता–कार्यकर्ता निर्वाचन क्षेत्रमा अनिवार्य निर्देशनको पहिलो बुँदामै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूलाई निर्वाचन सम्पन्न नभएसम्म अनिवार्य रूपमा आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन आदेश दिइएको छ। साथै, पार्टी, जनवर्गीय संगठन र मोर्चाका सदस्यहरूलाई मतदानमा अनिवार्य उपस्थित गराउने व्यवस्था गर्न भनिएको छ। मतदान क्षेत्रमा टाढा रहेका समर्थक तथा शुभेच्छुकहरूलाई समेत मतदानमा सरिक गराई पार्टीको चुनाव चिन्ह ‘तारा’ मा मत हाल्न सक्रिय पहल गर्न निर्देशन दिइएको छ। निर्वाचन आयोगले तोकेको मौन अवधि लागू नभएसम्म घरदैलो तथा प्रचार–प्रसार अभियानलाई तीव्रता दिन, प्रतिष्ठित व्यक्तिहरूलाई उम्मेदवारको पक्षमा खुला समर्थन गर्न आग्रह गर्न तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन जोड दिइएको छ। विशेषगरी मतदाता चुनाव चिन्हमा झुक्किने वा छाप लगाउने क्रममा त्रुटि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनिएको छ। कानुनी प्रक्रिया र प्राविधिक तयारीमा जोड निर्देशनमा निर्वाचनको दिन आवश्यक पर्ने परिचयपत्र, सवारी पास, मतदान केन्द्रको वस्तुस्थिति, मतपत्र र मतपेटिकाको ढाँचा तथा संरचना जाँचजाँचको विषयमा स्पष्ट मार्गदर्शन दिइएको छ। प्रत्यक्ष र समानुपातिकतर्फका छुट्टाछुट्टै मतपत्रबारे मतदातालाई पूर्वजानकारी गराउने, मतदाता सूचीसहित स्टल राख्ने तथा नाम ढाँटी मतदान गर्न खोज्ने घटनाप्रति सतर्क रहन आग्रह गरिएको छ। मतदान केन्द्रमा प्रतिनिधि खटाउने, असक्त मतदाताका लागि सहयोगीको व्यवस्था मिलाउने तथा अप्रत्याशित घटना घटेमा तुरुन्तै माथिल्लो तहमा खबर गर्ने व्यवस्था पनि निर्देशनमा समेटिएको छ। समानुपातिकतर्फको मतलाई विशेष महत्वका साथ प्रचार–प्रसार गर्न र भ्रम फैलाउने प्रयासविरुद्ध सजग रहन पार्टीले आह्वान गरेको छ। बुथ व्यवस्थापनदेखि मतगणनासम्म स्पष्ट ‘चेन अफ कमाण्ड’ निर्देशनले मतदान केन्द्रको सुरक्षा अवस्था, स्वयंसेवक समूह गठन, प्रतिनिधिको नामावली तयारी, तालिम र अभिमुखीकरण, संयोजक तथा सह–संयोजकको स्पष्ट कमाण्ड संरचना निर्माण गर्न जोड दिएको छ। अनुभवी व्यक्तिलाई प्रतिनिधि र स्वयंसेवकका रूपमा खटाउन तथा मतपेटिका निरीक्षण, स्थानान्तरण र मतगणनामा स्पष्ट जिम्मेवारी तोक्न भनिएको छ। एउटै व्यक्तिले लामो समय कार्य गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै जिम्मेवारी हस्तान्तरणको स्पष्ट व्यवस्था गर्न, ‘चेन अफ कमाण्ड’ कायम राख्न र नियमित अपडेट लिने प्रणाली लागू गर्न निर्देशन दिइएको छ। मतदान सम्पन्न भएपछि मतदाताको सङ्ख्या र खसेको मत सङ्ख्या रुजु गर्ने, मुचुल्का तयार गर्ने, सिलबन्दी गर्ने र मतपेटिका ढुवानी गर्दा प्रतिनिधि अनिवार्य रूपमा साथ रहने व्यवस्था गर्न भनिएको छ। मतगणनाको क्रममा मुचुल्का, शीलछाप र बाकसको अवस्था जाँच्ने, प्रक्रिया भरि चनाखो रहने र समानुपातिक मतको गणनामा पनि उत्तिकै सक्रिय रहने निर्देशनमा उल्लेख छ। साथै, सबै गतिविधिबारे केन्द्रीय निर्वाचन परिचालन समितिमा नियमित जानकारी पठाउन भनिएको छ। तालमेलबारे ‘भ्रम’ चिर्न आग्रह निर्देशनको अन्त्यतिर पार्टीले अन्य दलसँग तालमेल गर्न लागेको भन्ने हल्लालाई भ्रामक भन्दै खण्डन गरेको छ। पार्टीले १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको र बागलुङ क्षेत्र नम्बर १ को एउटा क्षेत्रमा मात्र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन जनाएको स्पष्ट पारेको छ। अन्य कुनै दल वा उम्मेदवारसँग तालमेल वा समझदारी नगरेको र गर्ने सम्भावना पनि नरहेको दाबी गरिएको छ। निर्वाचनविरुद्ध भ्रम फैलाउने प्रयासलाई चिर्न आवश्यक रहेको उल्लेख गर्दै पार्टीले स्वच्छ र शान्तिपूर्ण निर्वाचनमार्फत राष्ट्रको राजनीतिक अन्यौल अन्त्य गर्न सकिने धारणा दोहोर्‍याएको छ। सम्पूर्ण शक्ति लगाएर सहभागी भई प्रत्यक्षतर्फ अधिकतम सिट जित्ने र समानुपातिकतर्फ सर्वाधिक मत ल्याउने लक्ष्य पार्टीले अघि सारेको छ। शीर्ष नेतृत्वको हस्ताक्षरसहित निर्देशन २०८२ फागुन १४ गते जारी गरिएको हो। सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरसहित सार्वजनिक उक्त निर्देशनले निर्वाचनको अन्तिम चरणमा पार्टी संरचनालाई उच्च सतर्कता, अनुशासन र सक्रियताका साथ परिचालित गर्न स्पष्ट सन्देश दिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपाले विजयप्रति विश्वास व्यक्त गर्दै सम्पूर्ण कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा खटिन आह्वान गरेको छ। पार्टीको दाबी अनुसार प्रतिस्पर्धी शक्तिहरू उसको प्रभाव र विस्तारबाट विचलित भएको दाबीसमेत गरिएको छ। अबको केही दिनलाई निर्णायक समयका रूपमा व्याख्या गर्दै निर्देशनले पार्टी पंक्तिलाई पूर्ण एकता, संयम र संगठनात्मक अनुशासनका साथ चुनावी अभियान सम्पन्न गर्न आग्रह गरेको छ। फागुन २१ को निर्वाचनलाई नेकपाले राजनीतिक मोडबिन्दुका रूपमा व्याख्या गरेको छ। निर्देशन–२ ले पार्टीको चुनावी तयारीलाई औपचारिक रूपले अन्तिम चरणमा प्रवेश गराएको सन्देश दिएको विश्लेषण गरिएको छ।

रुकुमपश्चिममा नेपाली कांग्रेस परित्याग गरी सिङ्गो टोल नेकपामा प्रवेश

रुकुम पश्चिम । रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध हुनेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। विकास र जनहितका एजेन्डाप्रति विश्वास व्यक्त गर्दै स्थानीय समुदायले नेकपाप्रति आफ्नो समर्थन विस्तार गर्दै आएका छन्। आठबिसकोट नगरपालिका–११ अन्तर्गत बुढाडेराको सिङ्गो टोल नै नेकपामा समाहित भएको छ। गणेश बुढाको नेतृत्वमा रहेका ३७ जना स्थानीयवासीले नेपाली काँग्रेस परित्याग गरी औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्। लामो समयसम्म उक्त टोललाई काँग्रेसको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको भए पनि पछिल्लो समय जनताको चाहना, विकासको अपेक्षा र परिवर्तनको भावनाका आधारमा नयाँ राजनीतिक धारमा एकता देखिएको स्थानीयहरूको भनाइ छ। पार्टी प्रवेशपछि गणेश बुढाले विकास, सुशासन र जनताको हितका लागि नेकपाको नीति तथा कार्यक्रम प्रभावकारी देखिएको भन्दै सामूहिक रूपमा यस पार्टीलाई रोजेको बताए। यसैगरी आठबिसकोट नगरपालिका–९ र ११ को संयुक्त जनभेटघाट कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १५० भन्दा बढी स्थानीयले नेकपामा प्रवेश गरेका छन्। कार्यक्रममा सहभागीहरूले विकासमुखी योजना, संगठनात्मक सक्रियता र जनतासँगको प्रत्यक्ष संवादले आफूहरूलाई आकर्षित गरेको बताएका छन्। पछिल्लो समय अन्य राजनीतिक दलप्रति जनविश्वास घट्दै गएको र जनअपेक्षा अनुसारको नेतृत्व तथा कार्यक्रमका कारण नेकपाप्रति आकर्षण बढ्दै गएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ।

धनुषा–१ मा मतदाताको साझा आवाज: अधिकार, पहिचान र विकासका लागि मातृकालाई तारामा मतदान

धनुषा । मधेसको राजनीतिक परिदृश्य र स्थानीय विकासका मुद्दाहरूले यतिबेला धनुषा क्षेत्र नम्बर १ को चुनावी माहोललाई तात्तिएको बनाएको छ। धुलाम्य सडकदेखि सिँचाइ र खानेपानीको अभावसम्मका समस्याबीच मतदाताहरूले आफ्नो प्रतिनिधिबाट ठोस समाधानको अपेक्षा गरिरहेका छन्। यस क्षेत्रमा मतदाताहरूको साझा धारणा छ-मधेसको अधिकार, पहिचान र राष्ट्रिय राजनीतिमा प्रभावकारी आवाज उठाउन सक्ने नेतृत्व आवश्यक छ। धेरै स्थानीय बासिन्दाका अनुसार, दशकौँदेखि क्षेत्रको मुद्दालाई केन्द्रसम्म पुर्‍याउँदै आएका मातृकाप्रसाद यादवको अनुभव र राजनीतिक सक्रियता यस निर्वाचनमा प्रमुख आधार बनेको छ। चुनावी अभियानका क्रममा बस्ती–बस्ती पुग्दा स्थानीयले मुख्य रूपमा खानेपानी, सिँचाइ, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। एक वृद्ध मतदाता भन्छन्, “हाम्रो समस्या बुझ्ने र आवाज बुलन्द गर्ने नेतृत्व चाहिएको छ। काम गरेर देखाएको अनुभव भएको व्यक्ति आवश्यक छ।” कृषकहरूका अनुसार खेत सुक्खा हुनु र पर्याप्त सिँचाइ सुविधा नहुनु अहिलेको प्रमुख चुनौती हो। यसबारे उम्मेदवार यादवले जनतासँगको संवादमा राज्यको सम्बन्धित निकायमार्फत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “यो क्षेत्रको विकास र जनताको सामूहिक भावनालाई राज्य संयन्त्रसम्म पुर्‍याएर व्यावहारिक समाधान खोज्नु मेरो प्राथमिकता हो।” यस निर्वाचन क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, जसपा नेपालका दीपक कार्की तथा रास्वपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। राष्ट्रिय राजनीतिमा विभिन्न दलहरूको चर्चा रहे पनि स्थानीय मतदाताहरूले व्यक्तिगत नेतृत्व क्षमता, संघर्षको इतिहास र क्षेत्रसँगको सम्बन्धलाई मुख्य आधार बनाइरहेका छन्। झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको राजनीतिक धारबाट अघि बढेका यादवले आफ्ना पुराना सहकर्मी तथा समर्थकहरूलाई एकताबद्ध गर्दै चुनावी अभियानलाई सशक्त बनाएका छन्। पूर्व माओवादी पृष्ठभूमिका नेता–कार्यकर्ताहरू समेत एक ढिक्का भएर अभियानमा सक्रिय रहेको देखिन्छ। धनुषा–१ को चुनावी माहोलले के संकेत गर्छ भने मतदाताहरू केवल भाषण होइन, परिणाम खोजिरहेका छन्। अधिकार, पहिचान र विकासका मुद्दालाई सँगसँगै अघि बढाउने नेतृत्वप्रति जनताको अपेक्षा बलियो बनेको छ। यस क्षेत्रको आगामी राजनीतिक निर्णयले स्थानीय विकासको दिशामा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ। मतदाता भनिरहेका छन्- अब अधिकार, पहिचान र विकासका लागि मातृका प्रसाद यादवलाई जिताउन तारमा मतदान गर्नै पर्छ। 

चितवन-२: भरतपुरलाई केन्द्रीय शहरको रुपमा विकास गर्ने प्रताप गुरुङको योजना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार प्रताप गुरुङले भरतपुरलाई केन्द्रीय शहरको रुपमा विकास गर्ने भन्दै आफ्नो विभिन्न योजना र एजेण्डा अघि सारेका छन् । उनले कालिका नगरपालिकाको शक्तिखोरमा आईटी पार्क स्थापना गर्ने प्रतिबद्धता गरेका छन् ।  त्यस्तै, नारायणगढ मौवाखोला सडक खण्डमा आईपर्ने विपद्जन्य अवस्थालाई जोखिम न्यूनीकरण गर्न आवश्यक प्रविधि पहिचान गरी कार्यान्वयन गर्ने, चरौंदी–शक्तिखोर डाईभर्सनलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरी बहुउद्देशीय परियोजना निर्माणमा जोड दिने तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा बहुमुखी आंगिक कलेज स्थापना गर्ने योजना अघि सारेका छन् । उनले चेपाङ समुदायको संस्कृतिलाई संरक्षण गर्नका लागि चेपाङ संग्रहालय स्थापनामा पनि जोड दिएका छन् । भरतपुरलाई मेडिकल सिटी को रुपमा विकास गर्दै भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रुपमा र क्यान्सर अस्पताललाई समेत स्तरोन्नति गर्ने उनको योजना छ । इच्छाकामनाको आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने, इच्छाकामना ३ मा रहेको कुईभिर गिट्टी खानी प्रयोगमा ल्याउन पहल गर्ने, पुल्चोक, सहिदचोक र चौबीसकोठीमा आकासे पुल निर्माण गर्ने र इच्छाकामना –२ मा रहेको चुनढुंगा खानी सञ्चालनका लागि पहल गर्ने पनि उनको एजेन्डा छ । गुरुङले नगर वनलाई आधुनिक पार्कको रुपमा विकास गर्ने, गणेशस्थान देखि बरान्डाभार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, देवघाट धामलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्दै मुक्तिनाथ र त्रिवेणी धाम जोड्ने काममा पहल गर्ने तथा चितवन जिल्लालाई शैक्षिक हवको रूपमा विकास गरिने उनको भनाई छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई फलफूल र तरकारीको पकेट क्षेत्र बनाउने पनि उनको घोषणा छ ।

रौतहट-२ मा नेकपाका उम्मेदवार किरण साहको विजय सुनिश्चित भन्दै पार्टी पंक्ति उत्साहित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका रौतहट २ का उम्मेदवार किरण कुमार साहले कृषि, सिँचाई, शिक्षा, स्वास्थ्य, सडक र रोजगारीको विषयलाई प्राथमिकतामा राखी चुनावी अभियानमा खटेका छन् । २०७९ को प्रतिनिधि सभा चुनावमा स्वतन्त्र रुपमा सोही क्षेत्रबाट विजयी भएका उनी त्यस क्षेत्रका लोकप्रिय व्यक्तित्व हुन् । सँगसँगै नेपाली कम्युनिष्ट पार्टीको बलियो उपस्थिति भएसँगै उनको विजय सुनिश्चित भएको भन्दै नेकपा पार्टी पंक्ति उत्साहित देखिएका छन् । साहले किसानको मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् । खेत खलिहानमा स्थायी सिचाईको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । मल, बीउ र प्रविधिमा सहुलियत दिने, किसानका उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने तथा कृषि बजार र भण्डारण केन्द्र स्थापना गर्ने उनले प्रतिबद्धता गरेका छन् । त्यस्तै, शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक कामहरु गर्ने उनको भनाई छ । महिलाहरुका लागि प्राविधिक तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्ने र युवाका लागि स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । स्वास्थ्य चौकीको स्तरोन्नति, एम्बुलेन्स सेवाको विस्तार, पक्की सड़क र नाला निर्माण, बाढी तथा डुबान नियन्त्रणका काम गर्ने तथा बिजुली र सञ्चार सेवा विस्तार गर्ने उनको योजना छ । साहले सुशासन र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने घोषणा गरेका छन् । उनले आफ्नो क्षेत्रमा धार्मिक तथा सांस्कृतिक स्थल संरक्षण गर्ने, खेलमैदान र युवा क्लबलाई सहयोग गर्ने र लागु औषध दुव्यंसनविरुद्ध अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।

नेकपाकाे तारालाई रोज्नु नै स्थिरता, सुधार र परिवर्तनको आधार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक असहजताबीच लोकतान्त्रिक निकासका लागि निर्वाचन नै वैधानिक र जिम्मेवार विकल्प भएको स्पष्ट सन्देश दिनुभएको छ। उहाँको पछिल्लो अभिव्यक्तिले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई देशको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुक संकटपूर्ण मोडमा रहेको उल्लेख गर्दै संकटलाई अवसरमा बदल्ने जिम्मेवारी राजनीतिक दल र नागरिक दुवैको भएको बताउनुभयो। उहाँका अनुसार अन्योल, द्वन्द्व र अस्थिरताको चक्र तोड्ने सबैभन्दा लोकतान्त्रिक माध्यम जनताको अभिमत नै हो। राष्ट्रिय दिशानिर्देश गर्ने निर्णायक क्षण प्रचण्डले निर्वाचनलाई देशको राजनीतिक प्रणाली र नेतृत्वप्रति जनताले दिने स्पष्ट फैसला भएको बताउनुभयो। उहाँका अनुसार यो निर्वाचन नियमित अभ्यास मात्र होइन, बरु प्रणाली सुधार, सुशासनको स्थापना र आर्थिक रूपान्तरणका लागि मार्गचित्र तय गर्ने महत्वपूर्ण मोड हो। नेकपाले यस निर्वाचनलाई आफ्ना नीति, कार्यक्रम र नेतृत्वप्रति जनताको विश्वास परीक्षण गर्ने अवसरका रूपमा लिएको छ। स्थिर सरकार, प्रभावकारी शासन र विकासमुखी दृष्टिकोण आजको आवश्यकता भएको उहाँको धारणा छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायको प्रतिबद्धता पार्टीको मुख्य चुनावी एजेन्डामा सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ। प्रचण्डले राज्य संयन्त्र पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचारलाई संरचनागत रूपमा नै नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ। कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, उत्पादन वृद्धि, ऊर्जा विकास तथा पर्यटन विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने ठोस योजना रहेको पार्टीको दाबी छ। युवालाई रोजगारी, उद्यमशीलता र नवप्रवर्तनको अवसर उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। यसका साथै सामाजिक विभेदको अन्त्य र समावेशी सहभागितालाई सुदृढ बनाउन संवैधानिक तथा नीतिगत सुधार आवश्यक रहेको पार्टीको धारणा छ। युवाहरूको आन्दोलनप्रति समर्थन र दमनप्रति विरोध प्रचण्डले पछिल्लो समयमा युवाहरूले उठाएका भ्रष्टाचारविरुद्धका आवाज र सुशासनका मागलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। उहाँका अनुसार शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत मूल्य हो। सरकारले बल प्रयोग गरेर प्रदर्शन नियन्त्रण गर्ने नीति अपनाएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। २३ गतेको घटनामा ज्यान गुमाएका युवाहरूलाई पार्टीले शहीद घोषणा गरेको उल्लेख गर्दै उहाँले राज्यले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग दोहोर्‍याउनुभयो। “युवाहरूको आवाज दबाउनु होइन, सम्बोधन गर्नु राज्यको कर्तव्य हो,” भन्ने सन्देश उहाँले दिनुभएको छ। दुई अतिवादविरुद्ध स्पष्ट अडान प्रचण्डले सत्ता पक्षको “दुई तिहाइको दम्भ” र असहमति दबाउने प्रवृत्तिलाई एक अतिवादका रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार सत्ता केन्द्रित अहंकारले लोकतन्त्र कमजोर बनाउँछ र संस्थागत भ्रष्टाचारलाई संरक्षण गर्छ। त्यसैगरी आन्दोलनका नाममा घुसपैठ गरेर सरकारी संरचना, प्रहरी कार्यालय तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने गतिविधि अर्को विध्वंसकारी अतिवाद भएको उहाँको टिप्पणी छ। उहाँले स्पष्ट पार्नुभयो-“हत्या गर्ने र विध्वंस गर्ने दुवै प्रवृत्ति राष्ट्र र लोकतन्त्रका लागि स्वीकार्य छैनन्। हामी यी दुवै अतिवादको विकल्पका रूपमा जिम्मेवार र शान्तिपूर्ण राजनीतिक बाटोमा अडिग छौँ।” गठबन्धनबिनै जनतासँग प्रत्यक्ष प्रतिस्पर्धा यसपटक पार्टीले कुनै पनि ठूला राजनीतिक दलसँग चुनावी गठबन्धन नगरेको स्पष्ट पारिएको छ। बागलुङमा एक सिटका लागि जनमोर्चासँग प्राविधिक तालमेल भए पनि अन्य जिल्लामा कुनै प्रकारको चुनावी समीकरण नभएको पार्टीको प्रस्टिकरण छ। “हामी आफ्नै एजेन्डा, आफ्नै संगठन र जनताको भरोसामा चुनाव लड्छौँ,” भन्ने सन्देशले पार्टीको आत्मनिर्भर राजनीतिक रणनीति झल्काउँछ। सामाजिक सञ्जालमा फैलाइएका ‘महागठबन्धन’ सम्बन्धी चर्चालाई पार्टीले भ्रमपूर्ण र नियोजित प्रचार भन्दै खण्डन गरेको छ। संवैधानिक सुधार र प्रणाली परिमार्जनको प्रस्ताव प्रचण्डले निर्वाचनपछि संविधान संशोधनमार्फत शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक परिमार्जन गर्ने संकेत गर्नुभएको छ। वर्तमान संरचनाले स्पष्ट बहुमत र स्थिर सरकार दिन कठिन बनाएको उहाँको विश्लेषण छ। त्रिशंकु संसदको सम्भावनालाई मध्यनजर गर्दै प्रणालीगत सुधार अनिवार्य रहेको उहाँको धारणा छ। यसका साथै युवाहरूले उठाएका पहिचान, अधिकार र सहभागिताका मुद्दालाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता निर्वाचनको परिणाम जे आए पनि स्वीकार गर्ने अडान पार्टीले दोहोर्‍याएको छ। लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने भन्दै प्रचण्डले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय, कर्मचारीतन्त्र र न्यायालयको जिम्मेवारी महत्वपूर्ण रहेको बताउनुभएको छ। यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच केन्द्रित हुने राजनीतिक विश्लेषण छ। तर पार्टी नेतृत्वको दाबीअनुसार नेकपा परिवर्तनकारी राष्ट्रवादी शक्तिका रूपमा जनताको मतमार्फत मजबुत बन्ने आधार तयार भएको छ। संकटबाट अवसरतर्फको राजनीतिक सन्देश समग्रमा प्रचण्डको पछिल्लो अभिव्यक्तिले संकटपूर्ण परिस्थितिमा लोकतान्त्रिक अभ्यासमार्फत समाधान खोज्ने स्पष्ट सन्देश दिएको छ। आत्मसमीक्षा, सुशासन, प्रणाली सुधार र आर्थिक रूपान्तरणको प्रतिबद्धतासहित पार्टी निर्वाचनमा होमिएको छ। फागुन २१ को निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा नभई स्थिरता, सुधार र राष्ट्रिय स्वाभिमानको पक्षमा जनताको निर्णय अभिव्यक्त गर्ने ऐतिहासिक अवसर हुने देखिन्छ। नेकपाको दाबी अनुसार जनताले पार्टीलाई रोज्नु भनेको परिवर्तन, जिम्मेवार नेतृत्व र विकासको एजेन्डालाई समर्थन गर्नु हो।

रुपन्देही-२ मा निराशाको भीडमा आशा जगाउँदै विश्वदीप

बुटवल । मतदानको दिन नजिकिँदै गर्दा मतदाताले निर्वाचन परिणामले ल्याउने सम्भावित आशाका क्षणहरूको प्रतीक्षा गरिरहेका छन् । तर मतदानको बाकसमा आशा र निराशाबीचको असन्तुलन कैद हुने जोखिम पनि उत्तिकै देखिन्छ । रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ ले आसन्न निर्वाचनले गतिहीन र अस्थिर समाजलाई गतिशील र स्थिर बनाउने अवसर दिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार आशावादले नै व्यक्ति, समाज र राष्ट्रको सुखद र सुन्दर भविष्यको खाका कोर्न सक्छ । ‘यतिबेला नेताहरूले केही गर्न सकेनन्, अब केही गर्न सकिँदैन भन्ने डरलाग्दो भाष्य बनाइएको छ,’ उनले भने, ‘यहाँ केही हुँदैन, केही गर्न सकिँदैन भन्ने धारणा चिर्न आवश्यक छ । यसमा मेरो भूमिका रहनेछ ।’ उम्मेदवार पाण्डेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ती प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिए समाजमा विद्यमान निराशा धेरै हदसम्म कम हुने उनको दाबी छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कलकारखाना र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर जनताको सपना साकार पार्ने उद्देश्य रहेको उनले बताए । ‘पुरानै सोच, पुरानै परम्परा, पुरानै नियम र पुरानै व्यवहारबाट जनताको आशा हुर्काउन सकिँदैन । देशलाई एकताबद्ध गर्दै टुक्रिएका मनहरू जोड्न मेरो अधिकतम पहल रहनेछ,’ उनले भने । उनका अनुसार विगतमा आशा र भरोसा गरिएका नेतृत्व तथा दलहरूले अपेक्षाअनुसार काम नगर्दा जनतामा निराशा बढेको हो । निराशावाद बढ्नुको एउटा कारण नेताहरूको जीवनशैली र व्यवहार पनि रहेको उनले टिप्पणी गरे । देशको वर्तमान अवस्थाका पछाडि थुप्रै कारण रहे पनि मुख्य समस्याका रूपमा भ्रष्टाचार, कुशासन, बेरोजगारी, महँगी, नातावाद र कृपावाद रहेको उनले औँल्याए । राज्यका सामु देखिएका चुनौतीलाई कानुनी रूपमा सम्बोधन गर्न र दबाब सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । नागरिकले अहिले आर्थिक, राजनीतिक र सामाजिक जीवनमा परिवर्तनको अपेक्षा गरिरहेका छन् । जनतासँगको प्रत्यक्ष अन्तरक्रिया, सुझाव र आक्रोशबाट आफूले उनीहरूको मनोभावना अझ राम्रोसँग बुझ्ने अवसर पाएको उनले बताए । चुनावी व्यस्तताका कारण सबै कुरा विस्तृत रूपमा जनतासमक्ष राख्न नसकिएकाले मिडियामार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्नुपरेको उनको भनाइ छ । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देशको विकास सम्भव हुनेमा जोड दिए । ‘निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढे मात्रै विकास सम्भव छ । जनतामा अझै पनि परिवर्तनको तृष्णा छ, त्यो मर्न दिनु हुँदैन,’ उनले भने । आशा जगाउने जिम्मेवारी निर्वाचनपछि आउने नेतृत्वको भएको पनि उनले स्पष्ट पारे । आगामी मतदान र त्यसपछि आउने नयाँ नेतृत्वसँग नागरिकले आशा र भरोसा जोडिरहेका छन् । उनीहरूले त्यस्ता जनप्रतिनिधि चाहेका छन्, जसले विकासको नेतृत्व गर्दै आशा जगाउन सकोस् । बाध्यतावश जन्मभूमि छाडेकाहरूलाई आत्मविश्वाससहित गाउँ फर्किने वातावरण बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ । त्यसैले धमिलिएको राजनीतिक वातावरणलाई सफा गर्ने आँट, जाँगर र जोश बोकेको नेतृत्वलाई मतदानमार्फत विजयी बनाउनु मतदाताको ऐतिहासिक जिम्मेवारी हो । सपना रोप्ने र हुर्काउने अवसरमा ध्यान नदिए ती सपनाहरू पूरा हुन सक्दैनन् । मतदाताले भीडमा नभई असल र सक्षम प्रतिनिधि पहिचान गरी निर्णय लिनुपर्ने समय आएको छ ।

परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान

मणीराज दाहाल (बादल) नेपालको वर्तमान राजनीतिक परिवेश गम्भीर संक्रमणको चरणमा छ। पटक–पटक सरकार परिवर्तन, नीतिगत अस्थिरता, भ्रष्टाचारका काण्ड र बाह्य हस्तक्षेपका आशङ्काले जनतामा राजनीतिक प्रणालीप्रति निराशा बढ्दै गएको छ। यही सन्दर्भमा अब देशलाई केवल सत्ताकेन्द्रित होइन, इमान्दार, जनमुखी र राष्ट्रप्रति प्रतिबद्ध नेतृत्वको आवश्यकता टड्कारो रूपमा महसुस भइरहेको छ। लोकतन्त्रको सबलता सचेत मतदाताको निर्णयमा निर्भर हुन्छ। चुनाव केवल उम्मेदवार चयन गर्ने प्रक्रिया मात्र होइन, यो राष्ट्रको दिशा तय गर्ने ऐतिहासिक अवसर पनि हो। उदयपुर–२ मा हुन गइरहेको निर्वाचन यस अर्थमा विशेष महत्व राख्छ, जहाँ वैकल्पिक र सिद्धान्तनिष्ठ राजनीतिका पक्षधर मतदाताको ध्यान तारा चुनाव चिन्हतर्फ केन्द्रित हुँदै गएको देखिन्छ। तारा चुनाव चिन्हलाई केवल एउटा राजनीतिक दलको संकेतका रूपमा सीमित गरेर बुझ्नु अपूरो दृष्टिकोण हुनेछ। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा तारा चिन्ह संघर्ष, त्याग र परिवर्तनको प्रतीकका रूपमा स्थापित छ। यसले शोषण, उत्पीडन र अन्यायविरुद्धको वैचारिक प्रतिरोधलाई प्रतिनिधित्व गर्छ। आजको सन्दर्भमा तारा चिन्ह आशा, वैकल्पिक राजनीतिको खोज र उज्यालो भविष्यको संकेत बनेको छ। सुरेशकुमार राई : सिद्धान्तनिष्ठ र विश्वासयोग्य उम्मेदवार उदयपुर–२ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका सुरेशकुमार राई लामो समयदेखि समाजवादी मूल्य–मान्यतामा आधारित राजनीतिमा सक्रिय रहँदै आएका छन्। सत्ता, सुविधा वा व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको पक्षमा उभिने उनको राजनीतिक अभ्यासले उनलाई एक विश्वासयोग्य र अडिग नेताका रूपमा चिनाएको छ। राईले राष्ट्रहितलाई केन्द्रमा राख्दै बाह्य हस्तक्षेप, दलाली प्रवृत्ति र जनविरोधी नीतिहरूको निरन्तर विरोध गर्दै आएका छन्। आज जब राष्ट्रिय स्वाभिमान, आर्थिक आत्मनिर्भरता र सामाजिक न्यायजस्ता मुद्दा ओझेलमा पारिँदै छन्, त्यस्तो अवस्थामा स्पष्ट वैचारिक धरातल भएका प्रतिनिधिको आवश्यकता झन् बढेको छ। व्यक्तिगत स्वार्थ बनाम सामूहिक हित आजको राजनीतिक संकटको मूल कारण व्यक्तिगत स्वार्थलाई सामूहिक हितभन्दा माथि राख्ने प्रवृत्ति हो। सत्ता समीकरणका खेल, अवसरवाद र सिद्धान्तहीन गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएको छ। यस अवस्थाबाट बाहिर निस्कन मतदाताले अब सचेत निर्णय लिनैपर्छ-व्यक्ति होइन, विचार रोज्ने समय आएको छ। जब जनता एक ढिक्का हुन्छन्, तब कुनै पनि गलत प्रवृत्ति टिक्न सक्दैन। इतिहासले देखाइसकेको छ कि संगठित जनशक्तिको अगाडि राष्ट्रघाती, साम्राज्यवादी र दलाल प्रवृत्ति सधैं परास्त हुँदै आएका छन्। निष्कर्ष  परिवर्तन भाषणले होइन, निर्णयले सम्भव हुन्छ। परिवर्तन आफैँ आउँदैन-जनताले नै ल्याउनुपर्छ। त्यसका लागि सचेत मतदाताले हातेमालो गर्दै, विभाजनको राजनीतिलाई अस्वीकार गर्दै राष्ट्र र जनताको पक्षमा उभिनु आजको आवश्यकता हो। उदयपुर–२ को निर्वाचन केवल एक क्षेत्रको प्रतिनिधि चयन होइन, यो वैकल्पिक राजनीति र समाजवादी यात्रातर्फको महत्वपूर्ण कदम हो। त्यसैले तारा चुनाव चिन्हमा मतदान गर्दै सुरेशकुमार राईलाई विजयी गराउनु भनेको जनमुखी, राष्ट्रप्रेमी र सिद्धान्तनिष्ठ राजनीतिलाई बलियो बनाउनु हो। समाजवादी यात्रामा अघि बढ्दै राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, महान सहिदहरूको सपना साकार पारौँ।

आज प्रचण्ड काठमाडाैंका चुनावी कार्यक्रममा सहभागी हुँदै

नुवाकोट । आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम काठमाडौँमा आयोजना हुँदैछ । नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूद्वारा मतदाता भेटघाट तथा काठमाडौँ–केन्द्रित वृहत् चुनावी कार्यक्रम गरिने जनाइएको छ । अनुपमद्वार पार्टी भेन्यू, गुम्बा, बालाजु, काठमाडौंमा १२ः३० वजे  नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूद्वारा मतदाता भेटघाट छ। त्यहाँ प्रचण्डले सम्बाेधन गर्नुहुनेछ। उक्त कार्यक्रममा उम्मेदवारहरूले आफ्नो चुनावी एजेन्डा, प्रतिबद्धता र आगामी योजनाहरू मतदाता समक्ष प्रस्तुत गर्ने बताइएको छ । साथै संगठन सुदृढीकरण तथा स्थानीय विकासका सवालमा छलफलसमेत हुने आयोजकले जनाएको छ । कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, समर्थक तथा स्थानीय अगुवाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

बाँके-२ मा जनविश्वासको लहरसँगै नेकपाको चुनावी आधार थप मजबुत

बाँके । बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको घरदैलो अभियानले राझा क्षेत्रमा उत्साहपूर्ण जनसमर्थन बटुलेको छ। राझाका विभिन्न बस्ती र टोलमा पुगेर उहाँले मतदातासँग आत्मीय भेटघाट गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का एजेन्डा र विकास दृष्टिकोणबारे स्पष्ट धारणा राख्नुभएको छ। घरदैलो क्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबारे आफ्ना कुरा खुलेर राखेका थिए। उम्मेदवार बिष्टले यी विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले “जनताको आवश्यकता नै हाम्रो नीति र कार्यक्रमको आधार हो” भन्दै नेकपाको विकास–केन्द्रित सोच प्रस्तुत गर्नुभयो। अभियानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर) सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। संयुक्त उपस्थितिले संगठनात्मक एकता, स्पष्ट नेतृत्व र सशक्त चुनावी तयारीको सन्देश दिएको स्थानीयले बताएका छन्। युवासँगको छलफलमा रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनका विषयमा केन्द्रित कार्यक्रम अघि सारिएको थियो। ज्येष्ठ नागरिकसँग सामाजिक सुरक्षा, सेवा पहुँच र सम्मानजनक जीवन सुनिश्चित गर्ने प्रतिवद्धता दोहोर्‍याइएको थियो। महिलासँग समान अवसर र सशक्तीकरणका कार्यक्रमबारे विशेष संवाद गरिएको थियो। राझामा देखिएको उत्साह, सक्रियता र जनविश्वासले बाँके–२ मा नेकपाको पकड अझ सुदृढ बन्दै गएको संकेत गरेको छ। विश्लेषकहरूका अनुसार, प्रत्यक्ष जनसंवादमार्फत जनतासँग विश्वासको सेतु निर्माण गर्ने रणनीतिले चुनावी परिणाममा सकारात्मक प्रभाव पार्ने सम्भावना प्रबल देखिएको छ। राझाको आजको घरदैलो अभियानले दिपेन्द्र बिष्टको सक्रिय उपस्थिति मात्र होइन, नेकपाप्रति बढ्दो जनआकर्षण र भरोसाको स्पष्ट सन्देश दिएको छ। आगामी निर्वाचनमा जनमतले यही विश्वासलाई मतपेटिकामार्फत अभिव्यक्त गर्ने अपेक्षा गरिएको छ।

‘बालेन एआईका नेता हुन्, जनाताका हाेइनन्: हर्क साम्पाङ

सुनसरी । धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका हर्क साम्पाङ अहिले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा आक्रामक प्रचारमा छन् । उनले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले आफ्ना प्रतिस्पर्धीमाथि कडा टिप्पणी गरेका छन। घरदैलो अभियानबाट उत्साहित देखिएका साम्पाङ भन्छन्, “काम गर्ने मान्छेले नै भोट पाउँछ। यहाँका ८०–९० प्रतिशत जनता हाम्रो पक्षमा छन्, म ढुक्कले जित्छु।” झापा–५ बाट उम्मेदवार बनेका बालेन शाहप्रति उनी विशेष आक्रामक देखिए। “बालेन एआईद्वारा स्थापित नेता हुन्। एआई रियालिटी होइन,” उनले भने, “गरिब र दुःखीको पक्षमा उहाँ कहिल्यै उभिनुभएन। काठमाडौँको बजेटसमेत खर्च गर्न नसक्ने मान्छेले देश बनाउने?” उनले थप्दै भने-झापा-५ बालेन दिने भाेट रञ्जित तामाङलाई दिए राम्राे हुन्छ। इटहरीको सभामा बालेनले “धरानलाई पानी खुवाउने” उद्घोष गरेको विषयमा साम्पाङले व्यङ्ग्य गरे— “पानी भनेको एच–टु–ओ को मोलिक्युल मात्रै थाहा होला। काठमाडौँको समस्या समाधान गर्न नसक्नेले धरानलाई के पानी खुवाउने?” उनले आगामी चुनावमा ठूला नेताहरू पराजित हुने दाबी गर्दै भने, “बालेन पनि हार्नुहुन्छ, केपी ओली पनि हार्नुहुन्छ। जित्ने श्रम संस्कृति र नेपाली कम्युनिस्ट पार्टीमध्ये एउटा हाे।”