उदयपुर–१ मा नेकपाका चौधरीलाई संयुक्तकी समानुपातिक उम्मेदवार सानी दनुवारको समर्थन, प्रत्यक्षतर्फ तारा छापमा तदान गर्न आह्वान

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) की समानुपातिक उम्मेदवार सानी दनुवारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर–१ का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार बलदेव चौधरीलाई सघाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आसन्न निर्वाचनमा उदयपुर–१ बाट विकास, समृद्धि र स्थायित्वको नेतृत्व गर्न सक्षम उम्मेदवारका रूपमा चौधरीलाई प्रस्तुत गर्दै मतदातालाई प्रत्यक्षतर्फ “तारा” छापमा मतदान गर्न आग्रह गरेकी हुन्।

दनुवारले उदयपुर–१ को समग्र विकासका लागि दूरदृष्टि, इमानदारी र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै चौधरी त्यस्ता गुणले सम्पन्न नेता भएको बताएकी छन्। “उदयपुरको कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीका सवालमा ठोस योजना र स्पष्ट धारणा भएका उम्मेदवार बलदेव चौधरी नै हुनुहुन्छ,” उनले भनिन्, “उहाँलाई जिताउनु भनेको उदयपुरको भविष्य सुरक्षित गर्नु हो।”

नेकपा उदयपुरका स्थानीय नेता इश्वर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत दनुवारको समर्थन सार्वजनिक गर्दै चौधरीको पक्षमा चुनावी माहोल थप उत्साहजनक बन्दै गएको जनाएका छन्। उनका अनुसार दनुवारको समर्थनले वामपन्थी तथा प्रगतिशील मत एकीकृत हुने विश्वास गरिएको छ।

null

यसैबीच, नेकपाका उम्मेदवार चौधरी अहिले त्रियुगा र चाैदण्डीगढी नगरपालिका सहित उदयपुर–१ का विभिन्न गाउँ–टोलमा घरदैलो अभियानमा सक्रिय छन्। उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय आवश्यकता, समस्या र सुझाव संकलन गरिरहेका छन्। ग्रामीण सडक स्तरोन्नति, सिँचाइ विस्तार, युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम, सामुदायिक विद्यालयको गुणस्तर सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तार आफ्नो प्राथमिकतामा रहेको उनले बताएका छन्।

चौधरीले निर्वाचन जितेपछि घोषणापत्रमा समेटिएका कार्यक्रमलाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै “राजनीति पदका लागि होइन, जनताको सेवा र परिवर्तनका लागि हो” भन्ने धारणा दोहोर्‍याउँदै आएका छन्।

उदयपुर–१ मा निर्वाचन गतिविधि दिनप्रतिदिन तीव्र बन्दै जाँदा चौधरीको पक्षमा विभिन्न तहबाट समर्थन बढिरहेको नेताहरूको दाबी छ। सानी दनुवारको समर्थनपछि प्रत्यक्षतर्फ तारा छापमा मतदान गर्न आह्वानले चुनावी प्रतिस्पर्धालाई नयाँ आयाम दिएको विश्लेषण गरिएको छ।

रुपन्देही-२ मा सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार विश्वदीप

बुटवल । घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा बढी पीडा अव्यवस्थित र सुकुम्वासी वस्तीका बासिन्दाले भोग्दै आएका छन् । आफ्नो नाममा स्वामित्व नहुँदा न बैंकबाट ऋण लिन सक्ने अवस्था, न सहज रूपमा खरिद–बिक्री गर्न सक्ने सुविधा—वर्षौंदेखि हजारौं नागरिक आफ्नै सम्पत्तिमाथिको अधिकारबाट वञ्चित छन् । यही पीडालाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ यतिबेला घरदैलो अभियानमा सक्रिय छन् । मंगलबार सैनामैना–१ पेरिसडाँडा टोलमा पुग्दा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरे । तारा चुनाव चिन्ह अंकित झण्डासहित पुगेका पाण्डेले औपचारिक भाषणभन्दा बढी स्थानीयको गुनासो सुन्ने र समाधानको स्पष्ट प्रतिबद्धता जनाउने काम गरे । स्थानीय बासिन्दाले वर्षौंदेखिको समस्या सुनाए—नाली व्यवस्थापन नहुँदा वर्षायाममा डुबान, पक्की सडकको अभाव, रोजगारीको समस्या र सबैभन्दा ठूलो विषय लालपूर्जा नपाउनु । उम्मेदवार पाण्डेले आफू पनि यही समस्याको भुक्तभोगी भएको स्पष्ट पारे । “मेरो घर पनि सैनामैनामै पर्छ, म स्वयं पनि लालपूर्जाविहीन नागरिक हुँ। आफ्नो घरको लालपूर्जा नहुँदाको पीडा मैले नजिकबाट भोगेको छु,” उनले भने। उनले थपे, “बुटवललाई बाहिरबाट जति सुन्दर देखाए पनि हजारौं नागरिक भूमि अधिकारबाट वञ्चित छन्। त्यसैले यसपटक तारा चुनाव चिन्हमा मतदान गरेर मलाई संसदमा पठाइदिनुहोस्। म तपाईंहरूकै प्रतिनिधि बनेर लालपूर्जाविहीन सबै नागरिकको समस्या समाधान गर्न विशेष पहल गर्नेछु।” स्थानीयले पनि खुलेर समर्थन जनाए। “आश्वासन होइन, पहल चाहिन्छ,” भन्ने नागरिकको मागलाई पाण्डेले सकारात्मक रूपमा लिँदै परिणाममुखी काम गर्ने अठोट व्यक्त गरे। उनले आफ्नो स्वर्गीय पिता भक्ति पाण्डेको अधुरो सपना पूरा गर्ने दृढ संकल्प दोहोर्याए-“लालपूर्जा दिलाएरै छाड्नेछु।” सैनामैना नगरपालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोवासी रहेका छन्। वडा नं. १ मा नापी सम्पन्न भई १७३ लालपूर्जा वितरण भए पनि अझै झण्डै ४ हजार ५ सयले नियमित राजस्व बुझाइरहेका छन्। अन्य वडामा नापजाँच अपूर्ण वा सुरु नै नभएको अवस्था छ। सैनामैनाका जनप्रतिनिधिहरूका अनुसार इच्छाशक्ति र स्पष्ट कार्ययोजना भए ६ देखि ८ महिनाभित्र समस्या समाधान सम्भव छ। यही यथार्थलाई आधार बनाउँदै नेकपा उम्मेदवार पाण्डेले कानुनी प्रक्रियालाई तीव्र बनाउने, नापजाँच कार्यलाई प्राथमिकतामा राख्ने र लालपूर्जा वितरण सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पनि अव्यवस्थित बसोवासी र सुकुम्वासी समस्या व्यापक छ। बुटवल–११ मा मात्र करिब १९ हजार मतदातामध्ये आधाभन्दा बढी अव्यवस्थित बसोवासी छन्। तिलोत्तमाका विभिन्न वडामा पनि लालपूर्जा नपाएका नागरिकको संख्या उल्लेख्य छ। यस्ता समस्यालाई चुनावी नारामात्र नभई दीर्घकालीन नीतिगत समाधानमार्फत सम्बोधन गर्ने नेकपाको स्पष्ट दृष्टिकोण रहेको उम्मेदवार विश्वदीपले बताए। “राजनीतिक भविष्य धरापमा पार्ने गरी खाली आश्वासन दिन आएको होइन। बोलेको कुरा पूरा गरेर देखाउने प्रतिबद्धता छ,” उनले भने।

यस्ता छन् निर्वाचनपछि नेकपा देशकाे पहिलाे शक्ति बन्ने प्रचण्डका ‘९’ दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने आधार मजबुत रहेको दाबी गर्नुभएको छ। प्रचण्डले एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै संगठनात्मक सक्रियता, स्पष्ट राजनीतिक एजेन्डा, जनस्तरको समर्थन र विगतका ऐतिहासिक उपलब्धिहरू नै पार्टीको मुख्य बल भएकाे दाबी गर्नु भएकाे हाे । निर्वाचन अभियान तीव्र रूपमा अघि बढिरहेको र यसले सकारात्मक संकेत देखाइरहेको उहाँको भनाइ छ । प्रचण्डले देशभर निर्वाचनको तयारीका लागि सबैभन्दा बढी सक्रिय रहने र जनतालाई निर्वाचन नै लोकतान्त्रिक निकासको मुख्य विकल्प हो भनेर अपिल गर्ने पहिलो पार्टी नेकपा रहेको दाबी गर्नुभयो। पार्टीका नेता–कार्यकर्ता गाउँदेखि सहरसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। धनगढीदेखि विराटनगरसम्म तथा पहाडी जिल्लाहरूमा विशाल जनसभाहरू आयोजना गरी पार्टीले आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गरेको छ। यसले पार्टीभित्र नयाँ उत्साह र एकताको भावना बढाएको नेताहरूको भनाइ छ। १‍.असाधारण राजनीतिक परिस्थिति र निर्वाचनको महत्व उहाँका अनुसार अहिलेको निर्वाचन नियमित प्रक्रिया मात्र नभई असाधारण राजनीतिक परिस्थितिबीच सम्पन्न हुन लागेको विशेष निर्वाचन हो। देशले राजनीतिक संक्रमण र स्थायित्वको चुनौती सामना गरिरहेको अवस्थामा निर्वाचनमार्फत जनमत अभिव्यक्त हुनु आवश्यक रहेको नेकपाको ठहर छ। राजनीतिक निकास र स्थिरताको आधार नै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनु हो भन्ने पार्टीको धारणा छ। २.स्थिरता, विकास र समृद्धिको एजेन्डा पार्टीको मूल लक्ष्य निर्वाचनमार्फत देशमा स्थिरता कायम गर्दै विकासको दीर्घकालीन यात्रा सुरु गर्नु रहेको बताइएको छ। राजनीतिक अस्थिरताले विकास परियोजना र आर्थिक योजनामा असर पार्ने भएकाले बलियो जनादेश आवश्यक रहेको तर्क पार्टीले अघि सारेको छ। मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कोरिडोर जस्ता ठूला पूर्वाधार परियोजनाहरू अघि बढाएको उदाहरण दिँदै पार्टीले आगामी दिनमा पनि विकास केन्द्रित नीति अघि बढाउने प्रतिबद्धता जनाएको छ। ३.वैचारिक संघर्ष र एजेन्डाको नेतृत्व प्रचण्डले अहिलेको राजनीतिक बहस ‘नयाँ विरुद्ध पुरानो’ नभई ‘सही र गलत’ बीचको वैचारिक संघर्ष भएको बताउनुभएको छ। २०५२ सालदेखि नेपालको राजनीतिक रूपान्तरणका मुख्य एजेन्डा—गणतन्त्र, समावेशीता र समानुपातिक प्रतिनिधित्व—नेकपाकै नेतृत्वमा स्थापित भएको दाबी उहाँको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणमा पार्टीले खेलेको भूमिकालाई ऐतिहासिक उपलब्धि मानिएको छ। ४.भ्रष्टाचारविरुद्धको अभियान र सुशासन सरकारमा रहँदा नेकपाले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गरेको तथा सुशासन कायम गर्न महत्वपूर्ण कदम चालेको दाबी गरिएको छ। लोडसेडिङ अन्त्य गर्न पहल गर्नु, सार्वजनिक सेवा सुधार गर्नु र जनमुखी नीति ल्याउनु पार्टीका उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। भ्रष्टाचारविरोधी अडानकै कारण राजनीतिक प्रतिशोधको सामना गर्नुपरेको तर जनताले वास्तविकता बुझिसकेको पार्टीको निष्कर्ष छ। ५.सामाजिक न्याय, युवा सहभागिता र संगठनात्मक पुनर्गठन नेकपाले सामाजिक न्याय र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको जनाएको छ। गरिब किसानको ऋण मिनाहा जस्ता निर्णयलाई जनमुखी कदमका रूपमा व्याख्या गरिएको छ। साथै जेनजी युवाहरूको डिजिटल अभियान र सामाजिक सञ्जालमा उठेका भ्रष्टाचारसम्बन्धी मुद्दालाई पार्टीले समयमै समर्थन गरेको उल्लेख छ। बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै २६ वटा साना–ठूला समूहलाई एकीकृत गरी नयाँ संगठनात्मक संरचना निर्माण गरिएको र अब पार्टीमा विचार तथा सामूहिक नेतृत्वलाई प्राथमिकता दिइएको बताइएको छ। ६.राष्ट्रिय एकता र लोकतान्त्रिक प्रतिबद्धता देश संकटमा परेका बेला सबै देशभक्त र वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा पार्टीले जोड दिएको छ। कांग्रेस, एमाले लगायतका दलहरूसँग मुद्दाका आधारमा सहकार्य गर्न सकिने र कसैका लागि ढोका बन्द नगरिएको समदूरीको नीति अपनाइएको छ। निर्वाचनको परिणाम जुनसुकै आए पनि स्वीकार गर्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ। ७.बाह्य हस्तक्षेप, अराजकता र संवैधानिक संरक्षण नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै बाह्य हस्तक्षेपप्रति पार्टी सचेत रहेको उल्लेख छ। शान्तिपूर्ण आन्दोलनको आवरणमा हुने घुसपैठ तथा विध्वंसकारी गतिविधिको नेकपाले कडा विरोध गरेको छ। साथै संविधानको मर्म विपरीत हुने निर्णय र दुई–तिहाइको अहंकारप्रति खबरदारी गर्दै लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ८.पहिलो शक्ति बन्ने रणनीतिक लक्ष्य पार्टी नेतृत्वका अनुसार कार्यकर्तामा बढेको उत्साह, देशव्यापी अभियानको तीव्रता र वैचारिक स्पष्टताका कारण नेकपा यस निर्वाचनमा पहिलो राजनीतिक शक्ति बन्ने सम्भावना बलियो छ। आगामी दिनमा अभियानको गति निरन्तर कायम राख्न सके जनमत पार्टीको पक्षमा अनुकूल हुने विश्वास व्यक्त प्रचण्डकाे छ ।  ९.संविधान, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार प्रचण्डले संविधान संशोधन र परिमार्जनकाे एजेन्डा पनि मुख्य रहेकाे बताउनु भएकाे छ । उहाँले संविधान संशोधन र परिमार्जन गर्नुपर्ने पक्षमा रहेकाे दाबी गर्नु भएकाे छ ।  शासकीय स्वरूपमा सुधार ल्याउनु पार्टीको प्रमुख एजेन्डा हो । यसअन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) हुनुपर्ने धारणा अघि सारिएको छ र पार्टी त्यसप्रति सकारात्मक छ। तर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने कि प्रधानमन्त्री हुने भन्ने विषयमा हामी एक मत छाैँ । उहाँका अनुसार वर्तमान निर्वाचन प्रणाली खर्चिलो र जटिल भएकाले त्यसमा सुधार आवश्यक रहेको पार्टीको निष्कर्ष छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नेमा नेकपा प्रतिबद्ध छ । पार्टीको प्रतिबद्धता पत्रमा संविधान पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार र शासकीय स्वरूप सुधारलाई मुख्य प्राथमिकताका रूपमा समेटेका छाैँ ।

दलित अधिकारका लागि एकमात्र भरोसा नेकपा: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको मुक्ति, समानता र सशक्तीकरणका लागि आफ्नो पार्टी मात्र स्पष्ट दृष्टि, नीति र प्रतिबद्धतासहित अघि बढेको बताउनु भएकाे छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास नै दलित समुदायको संघर्ष र बलिदानसँग गाँसिएको उल्लेख गर्नुभयो। प्रचण्डले जनयुद्धकालदेखि नै दलित अधिकारलाई आन्दोलनको केन्द्रमा राखिएको स्मरण गर्दै पहिलो शहीद दिलबहादुर रम्तेल दलित समुदायबाट हुनु र दलित महिलाहरूले राज्यसँग भिडेर हतियार खोसेको ऐतिहासिक घटनाले आन्दोलनमा दलितहरूको अग्रणी भूमिका पुष्टि गरेको बताउनुभयो। “दलित समुदायको रगत र बलिदानबिनाको परिवर्तन सम्भव थिएन,” उहाँले भन्नुभयो, “त्यसको सम्मान र अधिकार सुनिश्चित गर्ने जिम्मेवारी नेकपाले लिएको छ।” उहाँले वर्तमान संविधानमा दलित अधिकार समेटिए पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै शक्तिशाली ‘दलित विकास प्राधिकरण’ गठन गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। शिक्षा, रोजगारी, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका कार्यक्रम एकीकृत रूपमा अघि बढाउन अलग्गै संरचना आवश्यक रहेको उहाँको भनाइ थियो। दोलखालगायत विभिन्न जिल्लाबाट दलित समुदायका अगुवा नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको उल्लेख गर्दै उहाँले अन्य दलले दलितलाई केवल नारामा सीमित राखेको आरोप लगाउनुभयो। “दलितको वास्तविक मुक्ति र सम्मान सुनिश्चित गर्ने राजनीतिक शक्ति नेकपा मात्र हो,” उहाँले भन्नुभयो। आगामी निर्वाचनलाई दलित अधिकार संस्थागत गर्ने ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले पार्टीको ‘तारा’ चिन्हमा अत्यधिक मतदान गर्न अपिल गर्नुभयो। दलित समुदायको समान प्रतिनिधित्व, सम्मानजनक जीवन र निर्णायक सहभागिताका लागि नेकपाको विजय अनिवार्य रहेको उहाँको भनाइ छ।

विकास र समाजवादको लक्ष्य हासिल गर्न तारामा मतदान : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वामपन्थी आन्दोलनमा फेरि एकपटक ध्रुवीकरण र एकताको नयाँ प्रक्रिया सुरु भएको बताउनु भएकाे छ । प्रचण्डले वामपन्थी, देशभक्त, समाजवादी तथा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्दै देशलाई वर्तमान विषम परिस्थितिबाट निकास दिन नयाँ अभियान अघि बढेकाे बताउनु भएकाे हाे ।  उहाँले पार्टी कार्यालयमा पेरिसडाँडामा पार्टी प्रवेशकाे कार्यक्रममा सम्बोधन गर्दै विगतको अनुभवबाट पाठ सिक्दै फेरि एकचोटी कम्युनिस्ट आन्दोलनलाई एउटै धारमा उभ्याउँदै विकास र समाजवादका लागि वाम एकता अनिवार्य भएकाले  ऐतिहासिक पहल सुरु भएको स्पष्ट पार्नुभएकाे छ ।  उहाँले २०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको स्मरण गर्दै उद्देश्य सही भए पनि नेतृत्वको गलत सोच र कार्यशैलीका कारण एकता टिक्न नसकेको उल्लेख गर्नुभएकाे छ ।  प्रचण्डले भन्नुभयाे, “नेपालका वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने हाम्रो उद्देश्य सधैं जायज थियो । दुर्भाग्यवश, हामीले त्यसलाई दीर्घकालीन रूपमा जोगाउन सकेनौं । तर अहिले फेरि देशको आवश्यकताले हामीलाई एकताको मार्गमा अघि बढ्न प्रेरित गरेको छ ।” प्रचण्डका अनुसार हाल नेपाली कम्युनिस्ट पार्टी २६ वटा साना–ठूला समूहहरू मिलेर निर्माण भएको हो । देशभर सञ्चालन गरिएका ‘एकता सन्देश सभा’ मार्फत हजारौं नेता–कार्यकर्ता पार्टीमा समायोजन भएका छन् । विशेषगरी नेकपा एमालेसँग सम्बन्धित नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको उहाँले बताउनुभयाे ।  उहाँले पूर्वमन्त्री, पूर्वसांसदलगायतका प्रभावशाली नेताहरू समेत पार्टीमा प्रवेश गरेको जानकारी दिँदै कतिपयलाई आसन्न निर्वाचनमा उम्मेदवारसमेत बनाइएको बताउनुभयाे । “ओखलढुङ्गा, कपिलवस्तु लगायतका जिल्लामा हाम्रा उम्मेदवारहरू उत्साहजनक स्थितिमा छन्,” उहाँले भन्नुभयाे ।  विषम परिस्थितिमा एकताको आह्वान देश अहिले राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै प्रचण्डले यस्तो अवस्थामा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउनुभयाे । आगामी निर्वाचनलाई देशलाई स्थायित्व र विकासतर्फ लैजाने अवसरका रूपमा लिनुपर्ने उहाँको धारणा थियो। “हामी देशलाई निर्वाचनमार्फत नयाँ दिशामा लैजान चाहन्छौं। विकास र समाजवादको लक्ष्य हासिल गर्न कम्युनिस्ट र देशभक्त शक्तिहरू एकताबद्ध हुनैपर्छ,” उहाँले भन्नुभयाे ।  दलित आन्दोलनको गौरवपूर्ण इतिहास दोलखामा विशेषगरी दलित समुदायका नेताहरूको पार्टी प्रवेशलाई ऐतिहासिक महत्व दिँदै प्रचण्डले जनयुद्धकालीन अनुभव स्मरण गर्नुभयाे । उहाँले जनयुद्धको तयारीका क्रममा दलित समुदायको मुक्ति र अधिकारलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयाे ।  जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेल दलित समुदायका रहेको उल्लेख गर्दै उहाँले आन्दोलनमा दलितहरूको अग्रणी भूमिका रहेको बताउनुभयाे । त्यस्तै कालिकोटमा दलित महिलाहरूले राज्यसँग प्रत्यक्ष भिडन्त गरी हतियार खोसेर पार्टीलाई बुझाएको घटनालाई उनले गौरवपूर्ण इतिहासका रूपमा प्रस्तुत गर्नुभयाे ।  “पहिलो शहीद दलित समुदायबाट हुनु र पहिलो हतियार दलित महिलाले खोस्नुले जनयुद्धमा दलितहरूको भूमिका कति महत्वपूर्ण थियो भन्ने स्पष्ट हुन्छ,” उहाँले भन्नुभयाे ।  संविधान र अधिकारको विस्तार संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा दलित अधिकारका केही व्यवस्था समेटिए पनि ती पर्याप्त नभएको उहाँको भनाइ थियो। दलित समुदायको समग्र उत्थानका लागि अझै विशेष नीतिगत पहल आवश्यक रहेको प्रचण्डले बताउनु भयाे । यसै सन्दर्भमा उहाँले ‘दलित विकास प्राधिकरण’ गठन गर्ने पार्टीको प्रतिबद्धता दोहोर्‍याउनुभयाे । शक्तिसम्पन्न प्राधिकरणमार्फत शिक्षा, रोजगारी, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका कार्यक्रम समेट्ने योजना रहेको उहाँकाे भनाइ छ ।  “दलितहरूको समग्र विकासका लागि अलग्गै, प्रभावकारी र शक्तिशाली संरचना आवश्यक छ। हाम्रो प्रतिबद्धता पत्रमा यो स्पष्ट रूपमा उल्लेख छ,” उहाँले भन्नुभयाे । दोलखामा नयाँ ऊर्जा दोलखाका एमाले निकट ‘मुक्ति समाज’ बाट आएका नेताहरू र दलित समुदायका अगुवा कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिइने विश्वास प्रचण्डले दिलाउनुभयाे । उहाँले यस प्रवेशले दोलखामा कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयाे । “तपाईंहरूको समायोजनले दोलखामा कम्युनिस्ट आन्दोलन अझ शक्तिशाली हुनेछ,” उहाँले भन्नुभयाे, “उचित जिम्मेवारी र सक्रिय काम गर्ने वातावरण पार्टीले सुनिश्चित गर्नेछ।”  ‘तारा’मा अत्यधिक मतदान गर्न अपील आसन्न निर्वाचनमा दोलखाबाट विशाल खड्कालाई उम्मेदवार बनाइएको जानकारी दिँदै प्रचण्डले देशभर पार्टीको अवस्था उत्साहजनक रहेको दाबी गर्नुभयाे । “देशभरको रिपोर्ट हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना देखिन्छ। नभए पनि सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा उभिनेछौं र आगामी सरकारमा हाम्रो भूमिका महत्वपूर्ण हुनेछ,” उहाँले भन्नुभयाे ।  उहाँले कार्यकर्ताहरूलाई बाँकी दिनहरूमा ‘युद्धस्तर’मा खटिन निर्देशन दिँदै ‘तारा’ चुनाव चिन्हमा अत्यधिक मतदान गराउन अपिल गर्नुभयाे ।  सकारात्मक सन्देश र भविष्यको विश्वास सम्बोधनको अन्त्यमा प्रचण्डले देशभरि वामपन्थी एकताको सन्देश फैलिएको उल्लेख गर्दै निकट भविष्यमा सबै कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा उभिने विश्वास व्यक्त गर्नुभयाे । “हामी फेरि एकपटक एकताको झण्डामुनि उभिनेछौं। देशलाई स्थायित्व, विकास र समाजवादको दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ,” उहाँले भन्नुभयाे । दोलखाबाट सुरु भएको यो एकता र ध्रुवीकरणको सन्देशले राष्ट्रिय राजनीतिमा नयाँ आशा र बहस सिर्जना गरेको छ। वामपन्थी शक्तिहरूबीच सहकार्य र समन्वयको यो प्रयासले आगामी दिनमा नेपाली राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गर्नुभएकाे छ । 

दोलखा एमालेका दर्जनौँ नेता-कार्यकर्ता नेकपा प्रवेश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी मा दोलखाबाट नेकपा एमाले निकट विभिन्न जनवर्गीय संगठनमा आबद्ध दर्जनौँ नेताकार्यकर्ताहरु प्रवेश गरेका छन्। दोलखा जिल्लामा एमालेसँग सम्बद्ध ‘मुक्ति समाज’ मा क्रियाशील नेताहरुले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच नवप्रवेशीहरुलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, जनताको अपेक्षा र वाम आन्दोलनको दिशाबारे धारणा राख्दै देशमा अग्रगामी परिवर्तनको पक्षमा उभिएका सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभयाे । नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुमा खड्ग बहादुर गजमेर, सितारमा विक, खड्क बहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दिपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाल लगायत रहेका छन्। उनीहरु लामो समयदेखि दोलखामा वाम राजनीतिमा सक्रिय रहँदै आएका कार्यकर्ता भएको बताइएको छ। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरुले एमालेभित्रको वैचारिक विचलन, संगठनात्मक जडता र जनअपेक्षाअनुसार भूमिका निर्वाह हुन नसकेको भन्दै नयाँ वैचारिक स्पष्टता र क्रान्तिकारी दिशाका लागि नेपाली कम्युनिष्ट पार्टी रोजेको बताएका छन्। उनीहरुले जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। संयोजक प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीको विचार, नीति र कार्यक्रमअनुसार जनताको बीचमा सक्रिय हुन आग्रह गर्दै वामपन्थी आन्दोलनलाई पुनः सशक्त र एकीकृत बनाउन यो प्रवेश महत्वपूर्ण कदम भएको बताउनु भएकाे छ । उहाँले आगामी दिनमा देशभरका क्रान्तिकारी, देशभक्त तथा परिवर्तनकामी शक्तिहरु एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।  दोलखाबाट भएको यो सामूहिक प्रवेशलाई नेपाली कम्युनिष्ट पार्टीले वाम आन्दोलन सुदृढीकरणको संकेतका रूपमा लिएको जनाएको छ । पार्टीका अनुसार संगठन विस्तार र जनआधार मजबुत बनाउने अभियान देशभर जारी रहनेछ।

नेकपा पाल्पा-२ का उम्मेदवार सोमप्रसाद पाण्डेका प्रतिबद्धता: अधुरा विकासका आयोजना पुरा गर्न

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डे पाल्पाका अधुरा आयोजना पुरा गर्न आफ्नो  उम्मेदवारी रहेको बताएका छन् ।  आफू २०७९ सालको निर्वाचनमा पराजित भएपछि जिल्लाको विकास निर्माणले गति लिन नसकेको गुनासो स्थानीयबाट आएपछि आफू पुनः जनतामाझ आएको उनको दाबी छ । उनले आफू सांसद वा मन्त्री नहुँदा पनि पाल्पाको विकासका लागि निरन्तर खटिरहेको पनि उनको भनाई छ । पाण्डेले सिद्धबाबा सुरुङमार्ग निर्माणमा आफ्नो भूमिका निर्णायक रहेको दाबी गरे । तत्कालीन अर्थमन्त्रीले सुरुङमार्गका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत नपुग्ने बताएपछि आफूले अनसन बस्ने चेतावनी दिएको उनले स्मरण गरे । सडक बनेयता झण्डै एक हजार जनाले ज्यान गुमाइसकेको भन्दै उनले नागरिकको जीवनभन्दा ठुलो केही नहुने अडान लिएपछि मात्र बजेट सुनिश्चित भएको बताए । पछिल्लो समय ‘जेनजी’ ले उठाएको सुशासनको मुद्दाप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै पाण्डेले युवाहरूलाई पार्टीमा जोडिन आग्रह गरे । पाल्पा–२ मा पाण्डेको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका ठाकुर गैरे र नेपाली कांग्रेसका हिमाल दत्त श्रेष्ठसँग हुने भएपनि उनको कामको उचाईले अरु कम्जोर हुने स्थानीयहरु नै बताउँछन् ।  पाल्पालाई पर्यटकीय हब बनाउने योजना सुनाउँदै पाण्डेले निर्वाचन जितेपछि नेपालकै सबैभन्दा ठुलो बुद्ध गार्डेन मूर्ति बनाउने नयाँ योजना अघि सारेका छन् । पाल्पा र बुटवलको निकटतालाई उपयोग गर्दै पर्यटन र पूर्वाधार विकासमा क्रान्ति ल्याउने उनको प्रतिबद्धता छ।   काे हुन् सोमप्रसाद पाण्डे  नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष समेत भै सकेका पाण्डे २०५१ सालयता पाँचवटा चुनाव लडेर चार वटामा विजयी भएका छन्  । पाल्पाको मदनपोखरामा जन्मिएका ६६ वर्षीय पाण्डेय कानुनमा स्नातक हुन् । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी शिक्षण पेशामा रहेका बेला बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल समेत परेका थिए  । २०४० सालमा नेकपा (माले) को गाउँ कमिटी उपसचिव बनेका पाण्डे इलाका सदस्यहुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै नेकपा (एमाले) को केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगे ।  केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा पनि विजयी भए । पाण्डेयले २०६४ सालको दोस्रो संविधानसभा निर्वाचन भने हारे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका उनी २०७२ मा उद्योगमन्त्री बने । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भए । पार्टीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष समेतको भूमिका निर्वाह गरीसकेका पाण्डे नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हुन् । उनी  यो पटक पाल्पालीको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् । पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक सहर बनाउने योजना रहेको बताए। उनीसँग  पाल्पा काठमाडौँ पछि बुद्ध धर्म मान्नेहरूको दोस्रो ठूलो सहर रहेको उल्लेख गर्दै उनले श्रीनगरलाई बुद्ध गार्डेनको रूपमा विकास गर्न सके लुम्बिनी आउने पर्यटकहरूलाई पाल्पा लैजान सकिने र त्यसैको माध्यमबाट पाल्पालाई समृद्ध बनाउन सकिने योजना छ ।  ‘पाल्पालाई हिल स्टेसनको रूपमा विकास गर्न सके लुम्बिनी आएका पर्यटकहरूलाई लैजान सकिन्छ, सिद्धबाबा सुरूङ मार्ग, बुटवल तानसेन र बुटवल पोखरा सडक खण्डको निर्माण सम्पन्न हुँदा बुटवल र पाल्पाको दुरी पनि छोटो हुनेछ,’ उनले भने। यस्ता छन् पाण्डेका प्रतिबद्धता पाण्डेले तानसेनसँग जोडेर हार्थोक–छहरा र तानसेन—पोखरा सडकको स्तरोन्नति, माडीमा चक्रपथ निर्माण लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको दाबी गरे।   ‘मैले २०५१ सालमै पनि मुख्य तीन वटा कुराहरू जिते पनि र हारे पनि पाल्पाली जनतासँगै रहने, कुनै पनि आर्थिक अनियमिततामा मुछिएर जनताको शिर निहुरिन नदिने र आफूलाई दिएका जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेको थिएँ। आज पनि म ती प्रतिबद्धतामा अडिग छु, मलाई मत दिएर कुनै पनि मतदाताले शिर निहुराउनुपर्ने र पछुताउनुपर्ने अवस्था आउन दिने छैन,’ उनले भने। उनले आफ्नो पहलमा पाल्पाका विभिन्न स्थानमा तीन सय बढी साना ठूलो आयोजना सञ्चालनमा रहेको दाबी गर्दै अधुरा रहेका आयोजना पूरा गर्न यस पटक आफ्नो आवश्यकता रहेको बताए। पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट र बगनासकाली गाउँपालिकासँगै माथागढी गाउँपालिकाको वडा नं. १, तिनाउ गाउँपालिकाको वडा नं. १ देखि ४ र ६ तथा तानसेन नगरपालिकाको १ देखि ७ र ९ देखि १४ वडा समेटिएको क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन्।

सिरहामा जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजय शंकर नायकलाई सघाउने

सिराहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका वडा नं. ८ का अध्यक्ष समेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपा प्रवेश गरेका हुन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजय शंकर नायक, नेता रामचन्द्र ठाकुर, प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए। दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफू पार्टी प्रवेश गरेको बताए। उनले विकास, स्थायित्व र राजनीतिक सहकार्यका लागि आफ्नो निर्णय रहेको उल्लेख गरे।

भक्तपुर–२ मा नेकपाका दीपशिखाको प्रतिबद्धता: कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणमा जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार राम प्रसाद सापकोटा(दीपशिखा)ले आफ्नो क्षेत्रको सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख एजेन्डा लिएका छन् । उनले ऐतिहासिक, सांस्कृतिक विशेषताको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै नीतिगत र व्यवहारिक दुवै माध्यमबाट विशिष्ट आवश्यकता परिपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  उनले मूर्तअमूर्त कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणका लागि नीतिगत व्यवस्था मिलाई सोहीअनुरुप बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता गरेका छन् । गुठी संस्थानको अव्यावहारिक नियमका कारण जात्रा, पर्व चल्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै उनले यसलाई समयअनुरुप परिमार्जन गरी सम्पदामैत्री बनाइने उल्लेख गरेका छन् । सापकोटाले गुठीका जग्गाहरुको नियम, कानुन परिमार्जन गरी जात्रा, पर्व, सम्पदा किसानमैत्री बनाइने बताएका छन् । सम्पदाको रेखदेख, अभिलेखीकरण, नियमित सञ्चालन स्थानीय सरकारअन्तर्गत हुने गरी ऐन, कानुन निर्माण तथा संशोधन गर्ने उनको प्रतिबद्धता छ । नेवाः, तामाङ लगायत सबै समुदायका मूर्तअमूर्त सम्पदाको पञ्जीकरण गरी तिनको संरक्षणका लागि नीतिगत व्यवस्थासहित अक्षय कोष स्थापना गर्ने भनिएको छ । त्यसैगरी भक्तपुर जिल्लाको सूर्यविनायकका डोलेश्वर, सुवर्णेश्वर, रानीकोटलगायत पर्यटकीय गन्तव्य विकासका लागि बजेट सुनिश्चित गर्ने, ऐतिहासिक सहर थिमि हस्तकला, माटोका भाँडा र सांस्कृतिक पेसा झल्काउने गरी पार्क सहितको सांस्कृतिक उद्योगग्राम निर्माण गर्न तथा सूर्यविनायकमा प्राणी उद्यान निर्माणका लागि बजेट व्यवस्था गर्ने तथा मध्यपुर सांस्कृतिक ट्रेल र सूर्यविनायक पर्यापर्यटनसहित धार्मिक पर्यटन ट्रेल निर्माण गरिने पनि उल्लेख गरिएको छ । मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने सापकोटाले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने बताएका छन् । खाली रहेका सरकारी भवन तथा मर्ज भएका विद्यालय भवनलाई आईटी वर्क स्टेसन र स्टार्टअप केन्द्रका रुपमा प्रयोग गर्ने उनको योजना छ । पार्क तथा सार्वजनिक स्थलहरुमा फ्रि इन्टरनेटको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धता छ । प्रत्येक नगरमा आधुनिक प्रविधियुक्त अध्ययन केन्द्र र ल्याबहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाइने, निर्वाचन क्षेत्रमै रोजगारी, तालिम, सीप विकास र अवसरबारे जानकारी दिने रोजगारी सूचना केन्द्र स्थापना गर्ने लगायत उनको प्रतिबद्धता छ ।

आदिवासी जनताजतिका तीन संगठनद्वारा नेकपाकाे पाँचकुने तारामा भोट हाल्न अपील

काठमाडौँ । आदिवासी जनजातिका तीन संगठनले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा नेपाली कम्युनिष्ट पार्टीकालाई भोट हाल्न अपील गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले उत्पीडित जाति तथा समुदायहरूको पहिचान, हक अधिकार र जातिय सांस्कृतिक स्वायत्तताको लागि आवाज उठाएको भन्दै सोही पार्टीलाई भोट हाल्न अपील गरिएको हो ।  आदिवासी/जनजाति संयुक्त मोर्चा नेपाल, नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी) र समाजवादी आदिवासी जनजाति महासंघ नेपालले संयुक्त रुपमा अपील जारी गर्दै मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित, मुस्लिम लगायतका सम्पूर्ण उत्पीडित वर्ग, जाति समुदाय, लिङ्ग, क्षेत्रहरूको पार्टी नै नेकपा भएको बताइएको छ । ‘यही फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी र यस्का प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका सबै उम्मेदवारहरूलाई बिजयी गराउनका लागि मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित र मुस्लिम समुदायका सम्पूर्ण मतदाताहरूलाई तारा चुनाव चिन्हमा मतदान गर्न अनुरोध छ ।’ अपीलमा भनिएको छ ।

सिन्धुपाल्चोकका दुबै क्षेत्रमा नेकपाको मजबुत अग्रता, जिततर्फ उन्मुख चुनावी लहर

चौतारा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक यतिबेला चुनावी उत्साहले तरंगित बनेको छ। हिमाल, पहाड र राजधानीसँगको रणनीतिक जोडले विशेष महत्त्व बोकेको यो जिल्ला अहिले राजनीतिक रूपमा पनि निर्णायक मोडमा उभिएको छ। विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेकपाका उम्मेदवारहरूको पक्षमा देखिएको व्यापक जनसमर्थनले चुनावी परिणाम एकतर्फी हुने संकेत दिएको छ। गाउँ–गाउँमा तीव्र घरदैलो अभियान, टोल–टोलमा सशक्त कोणसभा, युवा–महिलाको सक्रिय सहभागिता र संगठनात्मक मजबुतीका कारण जिल्लाभर नेकपामय माहोल देखिएको छ। विपक्षी दलहरू रक्षात्मक अवस्थामा पुगेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ। क्षेत्र नम्बर १ : विकासको निरन्तरता र भरोसाको मत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार माधव सापकोटा (सुबोध) स्पष्ट अग्रतामा देखिएका छन्। अघिल्लो कार्यकालमा गरेका विकास निर्माणका काम—सडक विस्तार, पुल निर्माण, विद्यालय स्तरोन्नति, खानेपानी आयोजना तथा स्वास्थ्य चौकी सुदृढीकरण—जनतामाझ प्रत्यक्ष अनुभूत विषय बनेका छन्। चौतारा साँगाचोकगढीदेखि बाह्रबिसे भोटेकोशी, लिसंखुपाखरदेखि जुगलसम्म आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिताले क्षेत्र नम्बर १ मा नेकपाको पकड झनै बलियो बन्दै गएको देखिन्छ। स्थानीयवासीहरू खुलेर भन्छन्, “देखिएको विकासलाई निरन्तरता दिनुपर्छ।” युवा पुस्ताले रोजगारी, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिँदै सापकोटालाई साथ दिएका छन् भने महिला समूहहरूले सामाजिक सुरक्षा र आयआर्जन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्। क्षेत्र नम्बर २ : युवा ऊर्जा र परिवर्तनको नेतृत्व त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार युवराज दुलाल (शरद) प्रति उत्साहजनक समर्थन देखिएको छ। युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका दुलाल स्पष्ट दृष्टिकोण, संगठनात्मक क्षमता र जनतासँगको निरन्तर सम्पर्कका कारण बलियो दाबेदारका रूपमा उभिएका छन्। उनको चुनावी अभियानमा युवाहरूको उत्साहपूर्ण सहभागिता देखिन्छ। किसान भेटघाट, महिला अन्तरक्रिया तथा जनसंवाद कार्यक्रमले क्षेत्र नम्बर २ को चुनावी माहोललाई थप ऊर्जा दिएको छ। “उत्पादनमा वृद्धि, बजारमा पहुँच र युवालाई स्वरोजगार” भन्ने मूल नारासहित अघि बढेको अभियानले किसान र उद्यमशील युवाहरूलाई विशेष रूपमा आकर्षित गरेको छ। कृषि आधुनिकीकरण, सिँचाइ विस्तार र उत्पादनको बजार सुनिश्चितताजस्ता एजेण्डा जनतामाझ सकारात्मक सन्देशका रूपमा स्थापित भएका छन्। प्रवेश र संगठन विस्तारको लहर जिल्लाभर अन्य दल परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम उल्लेखनीय रूपमा बढेको छ। बाह्रबिसेमा आयोजित युवा भेलामा मात्रै तीन सयभन्दा बढी युवाहरू नेकपामा प्रवेश गरेका छन्। वडास्तरदेखि पालिकास्तरसम्म संगठन सुदृढीकरण अभियान तीव्र पारिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार संगठनात्मक हिसाबले नेकपा अहिले जिल्लामा सबैभन्दा सुदृढ अवस्थामा छ। स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, युवा उद्यमी र सामाजिक अभियन्ताहरूको समर्थनले चुनावी समीकरण नेकपाको पक्षमा स्पष्ट रूपमा ढल्किएको आकलन गरिएको छ। जनताका एजेण्डा : विकास, स्थिरता र समावेशी समृद्धि सडक सञ्जाल विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा विपद् व्यवस्थापन दुबै क्षेत्रका प्रमुख चुनावी मुद्दा बनेका छन्। भूकम्प र बाढीपहिरोबाट प्रभावित जिल्लाका रूपमा पुनर्निर्माण र सुरक्षित बस्ती विकासप्रति जनताको उच्च चासो देखिन्छ। उम्मेदवारहरूले दीर्घकालीन पूर्वाधार निर्माण, जलविद्युत् सम्भावनाको उपयोग र दिगो विकासलाई प्राथमिकतामा राखेका छन्, जसले मतदातामा विश्वासको वातावरण सृजना गरेको छ। जिततर्फ उन्मुख चुनावी लहर यद्यपि चुनाव प्रतिस्पर्धाविहीन छैन, पछिल्ला दिनहरूमा देखिएको जनलहर, संगठनात्मक सक्रियता र उम्मेदवारहरूको जनसम्पर्कले नेकपालाई मनोवैज्ञानिक रूपमा पनि बलियो बनाएको छ। यदि वर्तमान गति कायम रह्यो भने सिन्धुपाल्चोक का दुबै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित हुने राजनीतिक वृत्तमा आकलन भइरहेको छ। अन्तिम निर्णय मतपेटिकाले गर्ने भए पनि, अहिले देखिएको उत्साह, भरोसा र समर्थनले स्पष्ट संकेत दिएको छ—सिन्धुपाल्चोकमा कम्युनिष्ट शक्तिको प्रभाव अझ सुदृढ बनेको छ। अब केही दिनमै हुने मतदानले यो जनलहरलाई औपचारिक परिणाममा रूपान्तरण गर्नेछ। तर यति निश्चित छ—सिन्धुपाल्चोक यतिबेला ऐतिहासिक निर्णयको क्षणमा उभिएको छ, र त्यो निर्णय नेकपाको पक्षमा जाने बलियो संकेत देखिएको छ।

देशभर नेकपा प्रवेशकाे जनलहर: दिनदिनै प्रवेशीको संख्या बढ्दै

काठमाडौं । पछिल्लो समय देशभर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विभिन्न जिल्लामा आयोजित कार्यक्रममार्फत अन्य राजनीतिक दल परित्याग गरी नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरू नेकपामा समाहित भइरहेका छन्। पार्टी प्रवेशको यो क्रमलाई नेताहरूले “देशव्यापी लहर”का रूपमा व्याख्या गरेका छन्। पार्टीका अनुसार चितवन, गोरखा, उदयपुर, मकवानपुर, सिन्धुली र सिन्धुपाल्चोकलगायतका जिल्लाबाट पछिल्ला केही सातायता सयौंको संख्यामा नयाँ सदस्यहरू पार्टीमा आबद्ध भएका छन्। स्थानीय तहका जनप्रतिनिधि, युवानेता, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरूले पुराना दलसँगको सम्बन्ध तोड्दै नेकपा रोजेका हुन्। हालै कीर्तिपुरमा आयोजित एक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र कीर्तिपुर वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष न्हुच्छे महर्जनले नेकपा (एमाले) परित्याग गरी नेकपामा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै देश र जनताको पक्षमा क्रियाशील शक्तिहरू एकै ठाउँमा उभिनु समयको माग भएको बताएको छ। चितवन र गोरखामा आयोजित सभाहरूमा पनि विभिन्न दलका स्थानीय नेताहरूले सामूहिक रूपमा पार्टी प्रवेश गरेका छन्। उदयपुर र मकवानपुरमा युवा पंक्ति उल्लेख्य रूपमा आकर्षित भएको जनाइएको छ भने सिन्धुली र सिन्धुपाल्चोकमा जनसंगठनका कार्यकर्ताहरू समूहगत रूपमा पार्टीमा आबद्ध भएका छन्। नेकपाले आफ्नो वैचारिक स्पष्टता, राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ अडान, सामाजिक न्याय र समतामूलक समाज निर्माणको लक्ष्यका कारण जनताको आकर्षण बढेको दाबी गरेको छ। पार्टीका नेताहरूका अनुसार जनताको दैनिक जीवनसँग जोडिएका मुद्दा—रोजगार, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास—लाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धताले नयाँ समर्थकहरूलाई आकर्षित गरिरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि, स्थिर र स्पष्ट विचारधाराप्रति खोजी तथा वैकल्पिक शक्तिप्रतिको विश्वासका कारण पनि पार्टी प्रवेशको लहर बढेको हुन सक्छ। स्थानीय तहदेखि केन्द्रसम्म प्रभाव विस्तार गर्ने रणनीतिअन्तर्गत नेकपाले देशव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ। पार्टी नेतृत्वले प्रवेश गर्ने सबैलाई जिम्मेवारी र भूमिकासहित संगठनमा परिचालन गरिने जनाएको छ। “कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपानै हो,” भन्ने सन्देशसहित नेतृत्वले आगामी दिनमा अझ व्यापक रूपमा जनतामाझ जाने र पार्टीलाई सुदृढ बनाउने अभियानलाई तीव्र पार्ने बताएको छ। यसरी विभिन्न जिल्लाबाट निरन्तर बढिरहेको पार्टी प्रवेशको क्रमले नेकपालाई संगठनात्मक रूपमा थप मजबुत बनाएको पार्टीको दाबी छ। नेताहरूले यो लहर आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

सल्यानमा कतारबाट फर्किन थाले ‘ताराप्रेमी’ युवा:  अतिवादविरुद्ध मत एकताबद्ध गर्ने अभियान

सल्यान । निर्वाचनको मिति नजिकिँदै जाँदा सल्यानमा चुनावी रौनक ह्वात्तै बढेको छ। गाउँ–टोल, चिया पसलदेखि बजार क्षेत्रसम्म चुनावी बहस चर्किँदै गर्दा वैदेशिक रोजगारीमा रहेका युवाहरू समेत गृहजिल्ला फर्किने क्रम तीव्र बनेको छ। दोहा, कतारमा श्रम गरिरहेका सल्यानका दर्जनौँ युवा यतिबेला मतदानका लागि घर फर्किएका छन्। स्थानीय स्तरमा ‘ताराप्रेमी’का रूपमा चिनिने यी युवाहरूले विकास, सुशासन र स्थायित्वको एजेन्डा बोकेर मतदातामाझ सक्रिय अभियान थालेका छन्। उनीहरूले देशमा बढ्दो अतिवादी चिन्तन र अस्थिर राजनीतिक प्रवृत्तिविरुद्ध सचेत मत प्रयोग गर्न आग्रह गर्दै ‘तारा’ चुनाव चिह्नमा मत दिन अपिल गरेका छन्। “अबको मत परिवर्तन र स्थायित्वका लागि हुनुपर्छ,” एक युवाले भने, “विदेशमा बसेर सिकेको अनुशासन र अनुभवलाई अब आफ्नै गाउँको विकासमा लगाउने समय आएको छ।” गाउँ–गाउँमा भेला, घरदैलो र युवा भेटघाटमार्फत उनीहरूले रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। वैदेशिक रोजगारीको कठोर अनुभव बोकेर फर्किएका युवाहरूले अब आफ्नो मत ‘समृद्ध सल्यान’ निर्माणका लागि निर्णायक हुने दाबी गरेका छन्। विशेषगरी युवा पुस्तामा देखिएको ‘तारा’प्रतिको आकर्षणले सल्यानको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। पुराना शक्ति र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा चर्किँदै जाँदा यस पटकको निर्वाचनले सल्यानको राजनीतिक दिशालाई नयाँ मोड दिने आकलन गरिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सक्रिय सहभागिताले मतपरिणाममा उल्लेख्य प्रभाव पार्न सक्छ। अब हेर्न बाँकी छ—सल्यानका मतदाताले स्थायित्व र परिवर्तनमध्ये कुन मार्ग रोज्छन्। सल्यानमा पाँचकुने तारा चिन्हका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टी युवा नेता तथा बाैदिक व्यक्तित्व रमेशकुमार मल्ल चुनावी मैदानमा छन् । 

सर्लाही–३ का मतदाता भन्छन् : “उत्पीडित समुदायको आवाज बोल्ने पार्टी नेकपा नै हो”

सर्लाही । सर्लाही क्षेत्र नम्बर–३ का मतदाता रामशंकर महतोले उत्पीडित र सीमान्तकृत समुदायको आवाज बुलन्द गर्दै न्याय दिलाउने पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नै भएको बताएका छन्।  उनले पार्टीप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै नेकपाले गरिब, आदिवासी, मधेसी, मुस्लिम तथा पछाडि पारिएका समुदायको अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको दाबी गरेका छन्। महतोका अनुसार लामो समयदेखि अन्याय, विभेद र उत्पीडनमा परेका नागरिकहरूको पहिचान, अधिकार र मुक्तिका लागि संघर्ष गर्ने राजनीतिक शक्ति नेकपा नै हो। उनले समाजको तल्लो तह र पछाडि पारिएका वर्गका मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्दै उनीहरूको आत्मसम्मान र अधिकार संरक्षणमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले आगामी निर्वाचनमा आफ्नो भोट नेकपाको चुनाव चिन्ह तारामा दिने घोषणा गर्दै पार्टीप्रति समर्थन व्यक्त गरेका छन्। नेकपाले सदैव सामाजिक न्याय, समानता र समावेशी प्रतिनिधित्वलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएको र सोही अभियानलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। उक्त क्षेत्रमा नेकपाका तर्फबाट चर्चित पूर्वगृहमन्त्री तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार छन । 

झापा–५ मा बालेन र ओलीको जनलहर घट्दै, रञ्जित तामाङको प्रभाव बढ्दै

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा विभिन्न राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जनमत घट्न थालेको चर्चा राजनीतिक वृत्तमा व्यापक बनेको छ। त्यसको विपरीत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङको पक्षमा जनसमर्थन बढ्दै गएको स्थानीय नेताहरूको दाबी छ। स्थानीय मझधारका युवा तथा बौद्धिक नेताका रूपमा परिचित रञ्जित तामाङलाई जिताउने अभियानमा झापाली मतदाता एकजुट हुन थालेपछि बालेन र ओली दुवैको जनलहरमा प्रभाव परेको बताइएको छ। राजनीतिक विश्लेषक तथा स्थानीय कार्यकर्ताहरूका अनुसार झापा–५ मा प्रतिस्पर्धा मुख्यतः ओली र बालेन पक्षधरबीच देखिए पनि अन्तिम नतिजा रञ्जितको पक्षमा जान सक्ने आकलन गरिएको छ। झापा–५ मा करिब ३० हजार भूमिहीन सुकुम्बासी, मजदुर, आदिवासी जनजाति तथा खस–आर्य समुदायका मतदाताले रञ्जितलाई आफ्नो प्राथमिक रोजाइमा राखेको दाबी गरिएको छ। उनका समर्थकहरूले सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास रोक्न उनले खेलेको भूमिका, आदिवासी जनजाति रंगशाला निर्माणमा अगुवाइ तथा स्थानीय मुद्दामा निरन्तर सक्रियता नै उनको प्रमुख उपलब्धि भएको बताएका छन्। उनी कम्युनिस्ट विचारधाराको आधारभूमिसँग जोडिएको स्थानीय, प्रखर तथा बौद्धिक नेता भएकाले किसान–मजदुरको पीडा बुझ्ने प्रतिनिधिका रूपमा स्थापित हुँदै गएको समर्थकहरूको भनाइ छ। झापा–५ मा नेकपाको करिब १५ हजार सैद्धान्तिक मत रहेको र त्यसका अतिरिक्त रास्वपाको एउटा समूह, कांग्रेसको एउटा टिम, राप्रपालगायत केही राजनीतिक पक्षले पनि रञ्जितलाई समर्थन जनाउन थालेको सार्वजनिक अभिव्यक्ति आएको बताइएको छ। अर्कोतर्फ बालेनले निर्वाचन जितेपछि स्थानीय हित र मुद्दामा निरन्तर सक्रिय नरहने, ‘टुरिस्ट उम्मेदवार’ भएको तथा सुकुम्बासी बस्तीमा काठमाडौंमा जस्तै डोजर चलाउने सम्भावना रहेको भन्दै मतदाताहरूमा आशंका व्यक्त भइरहेको छ। त्यस्तै, ओलीमाथि भ्रष्टाचार संरक्षण गरेको, युवासम्बन्धी घटनामा जिम्मेवार नभएको, सुकुम्बासी समस्यालाई गम्भीर रूपमा नबुझेको तथा तानाशाही प्रवृत्ति देखाएको जस्ता आरोप पनि मतदाताबाट उठिरहेको छ। ओली र बालेन दुवै अन्यत्र बसोबास गर्दै आएको भन्दै केही स्थानीय मतदाताले स्थानीय मुद्दा बुझ्ने र यहाँको भूगोल तथा समाजसँग प्रत्यक्ष जोडिएको प्रतिनिधि आवश्यक रहेको तर्क अघि सारेका छन्। “जिउँदाको जन्ती, मर्दाको मलामी” हुने नेता नै वास्तविक प्रतिनिधि हुने भन्दै स्थानीय युवा तथा मतदाताहरू एकताबद्ध भएर रञ्जितको समर्थनमा उभिएको स्थानीय राजु धिमालले बताएका छन्। स्थानीय रास्वपा समर्थकहरूको तर्फबाट पनि ओलीको कथित तानाशाही प्रवृत्ति पराजित गर्न र युवा एकता कायम गर्न बालेनले रञ्जितलाई समर्थन गर्नुपर्ने आवाज उठेको धिमालले बताए। यस क्षेत्रको राजनीतिक माहोल दिनप्रतिदिन रोचक बन्दै गएको र अन्तिम परिणामले मात्रै वास्तविक जनमतको चित्र स्पष्ट गर्ने विश्लेषकहरूको भनाइ छ। यता केही दिन अघि मात्र ओली, बालेन र रञ्जित लगायत झापा–५ का  सबै उम्मेदवारलाई सार्वजनिक बहसमा सहभागी गराइएको थियो । तर, बालेन सहभागी भएनन् । उक्त बहसमा ओलीले जनताको चित्त बुझ्दो जवाफ पनि नदिएपछि मतदाता रुष्ट बनेका छन् । साेही बहसमै रञ्जितले पनि ओलीमाथिनै प्रश्न गरेपछि ओली आफैँ जवाफविहीन भएका थिए । त्यसपछि नेकपाका उम्मेवार रञ्जितको जनलहर बढ्दै गएको स्थानीय अगुवाहरुको भनाइ छ । 

आफुलाई चितवन–३ मा साझा उम्मेदवारका रूपमा अघि बढाउन दाहालको आह्वान

चितवन । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्दै सबै राजनीतिक दललाई उम्मेदवारी फिर्ता लिएर विकास र समृद्धिको साझा यात्रामा सहभागी हुन आह्वान गरेकी छिन् । चुनावी घरदैलो अभियानका क्रममा बोल्दै उनले विगतमा भरतपुर महानगरपालिकामा हासिल गरिएका विकास उपलब्धि, सुशासन र पूर्वाधार विस्तारलाई आधार बनाउँदै अब त्यही अनुभवलाई संघीय संसद्मार्फत समग्र चितवन र राष्ट्र निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । “दुईवटा पार्टीका प्रत्यक्ष उम्मेदवारले उम्मेदवारी फिर्ता दिइसक्दा अन्य दलहरूले पनि विकास र स्थायित्वका लागि साझा धारणा बनाउन सक्नुहुन्छ,” उनले भनिन्, “समर्थन नगर्नुपर्ने कुनै कारण छैन।” भरतपुर महानगरपालिकाको नेतृत्व गर्दै हासिल गरिएको अनुभवले चितवनलाई योजनाबद्ध, दीर्घकालीन र समन्वयात्मक ढङ्गले अघि बढाउन सकिने विश्वास उनले व्यक्त गरिन । उनका अनुसार अबको आवश्यकता राजनीतिक प्रतिस्पर्धाभन्दा पनि साझा लक्ष्यसहितको सहकार्य हो। दाहालले चुनावी मैदानमा भ्रम र अतिरञ्जित आश्वासन फैलाउने प्रवृत्तिप्रति सचेत रहन मतदातालाई आग्रह गरिन । “ठूला–ठूला सपना र शब्दजालभन्दा परिणाममुखी काम महत्वपूर्ण हुन्छ,” उनले भनिन्, “कुराले होइन, व्यवहारले विकास देखिन्छ। कुरा गर्ने कि काम गर्ने रोज्ने, त्यो जनताकै हातमा छ।” हाल उनि माडी र भरतपुर क्षेत्रमा समानान्तर रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवादमा छिन् । जनताको विश्वास, एकता र सहकार्यकै बलमा चितवनलाई अझ समृद्ध र व्यवस्थित जिल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले दोहोर्याउँदै आएकी छिन् ।