कैलाली जिल्ला–५ मा नेकपाका उम्मेदवार प्रेमबहादुर आलेकाे  विकासको स्पष्ट रोडम्याप

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नम्बर–५ मा उम्मेदवारी दिएका प्रेमबहादुर आलेले समग्र सुदूरपश्चिमको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत र महत्वाकांक्षी चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको उक्त घोषणा–पत्रले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, रोजगारी, सामाजिक न्याय र सांस्कृतिक संरक्षणका बहुआयामिक एजेण्डालाई समेटेको छ।

आलेले धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई शीघ्र निर्माण सम्पन्न गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस परियोजनाले सुदूरपश्चिमलाई खेल पर्यटनको नयाँ गन्तव्य बनाउने र युवाहरूलाई खेलमार्फत अवसर सृजना गर्ने विश्वास व्यक्त गरिएको छ।

null

त्यसैगरी, गेटा विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्दै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष जोड्ने योजना अघि सारिएको छ। यसले पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन गरी प्रदेशमै गुणस्तरीय मेडिकल शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने एजेण्डा प्राथमिकतामा राखिएको छ। यसबाट सुदूरपश्चिमका विद्यार्थीलाई बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने र स्वास्थ्य सेवा थप सुदृढ हुने बताइएको छ।

स्वास्थ्यतर्फ, धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत विशिष्टिकृत सेवा प्रदान गर्ने केन्द्रका रूपमा विकास गरिने उल्लेख छ। सिकलसेल रोगका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरी उपचार र अनुसन्धानलाई व्यवस्थित तथा प्रभावकारी बनाइने योजना पनि घोषणा–पत्रमा समावेश छ।

पूर्वाधार विकासका क्षेत्रमा धनगढी–खुटिया–डिपायल–बझाङ चैनपुर हुँदै उरै भञ्ज्याङसम्म जोड्ने भारत–नेपाल–चीन त्रिदेशीय सडक शीघ्र सम्पन्न गरिने प्रतिबद्धता जनाइएको छ। उक्त सडकमार्फत सुदूरपश्चिममा आर्थिक, व्यापारिक तथा धार्मिक पर्यटन गतिविधि तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।

बाढी र डुबान समस्याबाट पीडित धनगढी क्षेत्रका बासिन्दालाई राहत दिन मोहना, खुटिया, घुरही, घुराहा र शिवगंगा नदी किनारमा ग्रिनरीसहित दीर्घकालीन तटबन्ध निर्माण गरी खेतीयोग्य जमिन र बस्ती सुरक्षित गरिने योजना अघि सारिएको छ। साथै, भादा–घुरही नदीमा पक्की पुल, गदरिया–सिमराना जोड्ने घुराहा नदीमा पुल, शिवगंगा–डुमलिया जोड्ने पक्की पुल लगायत आवश्यक स्थानमा आधुनिक पुल निर्माण गरिने प्रतिबद्धता गरिएको छ।

युवालाई लक्षित गर्दै प्रदेश स्तरीय सिप तालिम केन्द्र स्थापना गरी प्राविधिक शिक्षा, रोजगारमुखी तालिम र सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। लागूऔषध दुर्व्यसनमा फसेका बालबालिकालाई पुनर्स्थापना, सचेतना र रोजगारीसँग जोड्ने विशेष कार्यक्रम ल्याइने घोषणा गरिएको छ।

पर्यटन तथा सांस्कृतिक विकासतर्फ धनगढी वडा नं. ७ मा रहेको वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना छ। थारू समुदायलगायत स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक संग्रहालय स्थापना गर्न पहल गरिने उल्लेख गरिएको छ।

सामाजिक न्याय र समावेशीतालाई जोड दिँदै भूमिहीन, सुकुम्बासी, मुक्तकमैया तथा लालपुर्जा नपाएकालाई लालपुर्जा उपलब्ध गराइने, सुरक्षित आवास कार्यक्रम लागू गरिने तथा अव्यवस्थित बसोबासीलाई विद्युत, खानेपानी, ढल र सडक पहुँच सुनिश्चित गरिने योजना अघि सारिएको छ। दलित, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समान अधिकार, अवसर र सम्मान सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ।

कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै सिँचाइ व्यवस्थापन, मल–बीउको सहज उपलब्धता र उत्पादनको बजार सुनिश्चित गरिने उल्लेख छ। साना तथा मध्यम उद्योग प्रवर्द्धन गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ। साथै, वृद्धाश्रम, अनाथालय तथा अपाङ्गता सेवा केन्द्रलाई राज्यको आर्थिक सहयोग र अनुदानमार्फत सशक्त बनाउने प्रतिबद्धता गरिएको छ।

शिक्षातर्फ सरकारी तथा सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षा विस्तार र प्राविधिक शिक्षामा राज्यको लगानी वृद्धि गरिने घोषणा गरिएको छ।

समग्रमा, प्रेमबहादुर आलेको घोषणा–पत्रले कैलाली–५ लाई खेलकुद, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार र सामाजिक न्यायको समन्वित नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ। विकास, समृद्धि र अवसर सृजनाको ठोस कार्ययोजनासहित सार्वजनिक गरिएको यो घोषणा–पत्रले मतदातामाझ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

भूमिहीन र सुकुम्बासीप्रति नेकपाको प्रतिबद्धता : जबर्जसती उठिबास होइन, सम्मानजनक पुनर्स्थापना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण नागरिकको भूमि अधिकार सुनिश्चित गरी दुई वर्षभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  यही फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिबद्धता–पत्रमार्फत बसोबासी तथा स्वबासीलाई लालपुर्जा वितरण गरेर नेपाललाई भूमिहीनता तथा सुकुम्बासीमुक्त राष्ट्र घोषणा गर्ने प्रतिबद्धता गरेको हो । भूमि, वन र निकुञ्जसम्बन्धी कानुन संशोधन गरी सरोकारवालामैत्री बनाइने पार्टीले जनाएको छ । उसले घोषणा पत्रमा भनेको छ – “जबर्जस्ती उठिबास होइन, सम्मानजनक पुनस्र्थापना” जोखिमयुक्त क्षेत्रका भूमिहीन दलित र सुकुम्बासीलाई सम्मानजनक स्थानान्तरण र पुनस्र्थापना गरिनेछ । वन, मध्यवर्ती क्षेत्र, संरक्षण क्षेत्र, गौचरन, घोल, खोल्सी र जैविक मार्ग आदिमा बसोबास गरेकालाई न्याय प्रदान गर्न कानुनी प्रबन्ध गरिनेछ । नेकपाका नेता एवं काठमाडौँ क्षेत्र नं १ उम्मेदवार मेनका भण्डारीले ठूला आयोजना, संरक्षित क्षेत्र तथा प्राकृतिक विपद्बाट जमिन गुमाएकालाई क्षतिपूर्तिसहित सट्टा जमिनउपलब्ध गराइने बताउनुभयो । वैज्ञानिक भूमि सुधार कार्यक्रम लागू गरी भूमिलाई उत्पादन र रोजगारीसँग जोडिने आफ्नो पार्टीले लिएको उहाँको भनाइ छ । उहाँका अनुसार कृषिमा प्रत्यक्ष संलग्न किसानलाई जीविकोपार्जनयोग्य जमिन उपलब्ध गराइनेछ । एकीकृत भूमि ऐन, गुठी ऐन र कृषि ऐन तर्जुमा गरी दोहोरो तथा अनुपस्थित भूस्वामित्व अन्त्य गरिनेछ । खेती भइरहेको गुठी जग्गा आगामी पाँच वर्षभित्र जोताहा किसानको नाममा रैतानीमा परिणत गरिनेछ । भूमि प्रशासनको वैज्ञानिकीकरण र स्थानीयकरण गरी जग्गासम्बन्धी सबै सेवा स्थानीय तहबाट उपलब्ध गराइने नेकपाको प्रतिबद्धता रहेको हुम्लाबाट उम्मेदवारी दिनुभएका दिपेन्द्र रोकायले बताउनुभयो । सङ्घीय भूउपयोग योजना सबै स्थानीय तहमा कडाइका साथ कार्यान्वयन गरिने उहाँको भनाइ छ । कृषि भूमिको गैरकृषि उपयोग गर्न र बाँझो राख्न निषेध गरिने नीतिलाई नेकपाले कडाइका साथ कार्यान्वयन गर्ने म्याग्दीमा उम्मेदवारी दिनुभएका नेता अर्जुन बहादुर थापाले बताउनुभयो । उहाँले लोपोन्मुख आदिवासी समुदायको परम्परागत सामुदायिक भूक्षेत्रमा सामूहिक अधिकार स्थापित गरिने विश्वास दिलाउनुभयो । जग्गाको न्यायोचित हदबन्दी कडाइका साथ लागू गरी बढी जमिन अधिग्रहण गरेर श्रम गर्ने परिवारलाई वितरण गरिने नीति नेकपाले लिएको छ । “लुकाइएका जमिन सार्वजनिक प्रयोजनमा ल्याइनेछ,” नेकपाको प्रतिबद्धता पत्रमा भनिएको छ, “मुक्त कमैया, हलिया, हरवाचरवा, कमलरीजस्ता सामन्ती अवशेष पूर्णरूपमा अन्त्य गरी बाँकी सबैलाई भूमिसहित पुनस्र्थापना गरिनेछ, चुरे क्षेत्रका किसानलाई भोगचलनको आधारमा जग्गा दर्ता गरी पुर्जा उपलब्ध गराइनेछ ।” बिर्ता, गुठी, मोही, स्ववासी, बेनिस्सा, उखडा, बाल बिटौलीजस्ता समस्याको दिगो रूपमा समाधान गरिने नेकपाले प्रतिबद्धता–पत्रमा उल्लेख गरेको छ । उपयोगविहीन निजी, सरकारी र संस्थागत जमिन स्थानीय तहको अभिलेखमा राखी भूमिहीन र साना किसानलाई करार खेती गर्न कम्तीमा दश वर्षका लागि उपलब्ध गराइनेछ ।

चितवन–२ मा मतदाताको रोजाइ बन्दै प्रताप गुरुङ

चितवन । देशभर चुनावी सरगर्मी चुलिँदै गर्दा चितवन–२ यतिबेला राष्ट्रिय बहसको केन्द्रमा छ। यस क्षेत्रबाट रवि लामिछाने पुनः उम्मेदवार बनेसँगै प्रतिस्पर्धा रोचक बनेको छ। तर घरदैलोमा पुग्दा मतदाताको मनस्थिति बदलिँदै गएको संकेत देखिन थालेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ यसपटक मतदाताको रोजाइमा पर्न थालेका छन्। मतदाताहरू भन्छन्—लोकप्रिय नाराभन्दा पनि स्थानीय समस्या बुझ्ने, गुनासो सुन्ने र निरन्तर उपस्थित रहने प्रतिनिधि चाहिन्छ। कालिका नगरपालिका–३ की मतदाता रेखा साङताङ भन्छिन्, “विगतमा हामीले ‘घन्टी’ भन्दै भोट हाल्यौं। तर हाम्रो बस्तीको समस्या जस्ताको तस्तै छ। निमुखा, गरिब र सुकुम्बासी बस्तीका सवालमा ठोस पहल देखिएन। यसपटक भने स्थानीय उम्मेदवारलाई जिताउने सोच बनाएका छौं।” उनका अनुसार प्रताप गुरुङ यही क्षेत्रका बासिन्दा भएकाले स्थानीय आवश्यकता, भूगोल र समस्यासँग प्रत्यक्ष परिचित छन्। “हामीलाई भेट्न सजिलो, कुरा राख्न सजिलो, र कामको अपेक्षा पनि गर्न सकिने उम्मेदवार चाहिएको हो,” उनी भन्छिन्। चुनावी अभियानका क्रममा गुरुङले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। युवा, किसान, महिला र सुकुम्बासी समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले दोहोर्‍याउँदै आएका छन्। मतदाताहरूको भनाइ छ—यसपटक चुनाव व्यक्तिको ‘छवि’ भन्दा पनि क्षेत्रको ‘विकास र उपस्थिती’ को आधारमा हुनेछ। “रविलाई होइन, प्रताप गुरुङलाई जिताऔं” भन्ने नारा समेत केही टोलहरूमा सुनिन थालेको छ। विश्लेषकहरूका अनुसार चितवन–२ मा यसपटकको प्रतिस्पर्धा केवल दलबीच मात्र होइन, स्थानीय बनाम बाह्य प्रभाव को बहसमा पनि केन्द्रित देखिन्छ। मतदाताहरूले आफ्नै बीचमा बसेर काम गर्ने प्रतिनिधि रोज्ने मनस्थितिमा पुगेको संकेत अभियानका क्रममा देखिएको छ। समग्रमा, चितवन–२ मा प्रताप गुरुङ मतदाताको रोजाइ बन्दै गएको देखिन्छ। अब निर्णय भने मतपेटिकाले गर्नेछ—तर मतदाताको स्वर भने स्पष्ट सुनिन थालेको छ।

धनुषा–१ मा नेकपा प्रवेश गर्नेहरुकाे संख्या बढ्दै

धनुषा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मातृका प्रसाद यादवको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको छ। विभिन्न राजनीतिक दल परित्याग गरी स्थानीय प्रभावशाली व्यक्तिहरू नेकपामा प्रवेश गर्ने क्रम दैनिकजसो बढिरहेको छ, जसले चुनावी माहोललाई थप उत्साहित बनाएको छ। धनुषाधामका महावीर ठाकुर र राम सेवक कापरले एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका छन् भने धनुषाधाम–५ का धनेश्वर राय र रत्न ठाकुरले नेपाली कांग्रेस त्याग्दै यादवको नेतृत्वमा विश्वास व्यक्त गरेका छन्। यसरी विभिन्न समुदाय र पृष्ठभूमिबाट आउने नेताहरूको समर्थनले धनुषा–१ मा नेकपाको पकड मजबुत बन्दै गएको देखिएको छ। अनुभव, आन्दोलन र राष्ट्रिय नेतृत्वको संयोजन हाल नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता रहेका यादव लामो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र राष्ट्रिय तहमा नीतिनिर्माणमा संलग्नताका कारण बलियो उम्मेदवारका रूपमा उभिएका छन्। मधेशको माटोबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाव स्थापित गरेका उनको राजनीतिक यात्रा संघर्ष, प्रतिबद्धता र समावेशी नेपालको पक्षमा निरन्तर अभियानको परिचायक मानिन्छ। समर्थकहरूका अनुसार यादवको उम्मेदवारी मधेशको आवाजलाई संघीय संसदमा अझ सशक्त ढंगले प्रस्तुत गर्ने अवसर हो। किसान, युवा, मजदुर तथा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र सहकार्य उनको नेतृत्वको प्रमुख विशेषता रहँदै आएको छ। क्षेत्रीय मुद्दा र राष्ट्रिय नीतिबीच समन्वय ग्रामीण परिवेशबाट सुरु भएको यादवको राजनीतिक यात्रा आन्दोलनदेखि संसद र मन्त्रीपरिषद्सम्म पुगेको अनुभवले उनलाई क्षेत्रीय आवश्यकता र राष्ट्रिय नीतिबीच समन्वय गर्न सक्षम नेताका रूपमा स्थापित गरेको छ। स्थानीय विकास, रोजगारी, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारका मुद्दालाई राष्ट्रिय प्राथमिकतासँग जोड्ने उनको स्पष्ट दृष्टिकोण रहेको बताइन्छ। मतदाताहरूका अनुसार यादवको उम्मेदवारी मधेशका सामाजिक, राजनीतिक र विकाससम्बन्धी सवालहरूलाई निरन्तर रूपमा संघीय संसदमा उठाउने प्रतिबद्धताको निरन्तरता हो। बढ्दो जनसमर्थनले धनुषा–१ मा नेकपाको चुनावी अभियान थप सशक्त र उत्साहजनक बन्दै गएको देखिएको छ।

राजनीतिक उपलब्धिको रक्षा र प्रतिगमनविरुद्ध पार्टी अग्रपंक्तिमा: नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले देशमा प्राप्त राजनीतिक उपलब्धिको संरक्षण र प्रतिगमनको प्रयासविरुद्ध आफ्नो पार्टी अग्रपंक्तिमा उभिएको बताएका छन्। सर्लाहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको संस्थागत सुदृढीकरणमा पार्टीले ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरे। वर्तमान उपलब्धिलाई कमजोर बनाउने तथा परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले त्यसविरुद्ध सशक्त रूपमा प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए। श्रेष्ठले राजनीतिक परिवर्तनपछि सामाजिक–आर्थिक रूपान्तरण, सुशासन प्रवर्द्धन र सामाजिक न्यायको क्षेत्रमा पार्टीले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे। देशलाई समृद्धिको दिशामा अघि बढाउन पार्टी निरन्तर प्रतिबद्ध रहने उनको भनाइ थियो। युवापुस्ताले उठाएका मुद्दाप्रति पार्टी सकारात्मक रहेको उल्लेख गर्दै उनले विशेषगरी ‘जेनजी’ पुस्ताको आवाजलाई गम्भीर रूपमा लिइने बताए। युवामाथि हुने कुनै पनि दमन अस्वीकार्य हुने स्पष्ट पार्दै उनले पार्टीभित्र आत्मसुधारको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार आगामी प्राथमिकता भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, दलहरूको रूपान्तरण, राजनीतिक स्थिरता र तीव्र विकासमा केन्द्रित रहनेछ। सही सूचना जनतासम्म पुगेमा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले पार्टीलाई थप सशक्त बनाउने विश्वास उनले व्यक्त गरे। विकास र समृद्धिको अभियानमा जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै श्रेष्ठले परिवर्तनको पक्षमा एकजुट हुन आह्वान गरे।

अधुरा योजना सम्पन्न गर्ने संकल्पसहित चुनावी मैदानमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट

डोटी । सुदूरपश्चिमको समग्र विकास, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र निर्माणको एजेन्डासहित त्रिलोचन भट्ट प्रतिनिधि सभा सदस्य पदका लागि डोटी निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टले अघिल्लो कार्यकालमा मुख्यमन्त्रीका रूपमा सुरु गरिएका तर अधुरा रहेका योजनाहरू पूरा गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै मतदातासँग घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।  २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भई २०७४ फागुन ५ देखि २०७९ पुष २७ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका भट्टले पाँच वर्षे कार्यकाललाई “आधार निर्माणको कालखण्ड”का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार संघीय संरचना नयाँ–नयाँ अभ्यासमै रहेको अवस्थामा प्रशासनिक संरचना खडा गर्ने, कानुनी आधार निर्माण गर्ने र विकास योजनाको जग बसाल्ने काम चुनौतीपूर्ण थियो। अब ती आधारहरूलाई पूर्णता दिने ऐतिहासिक जिम्मेवारी प्रतिनिधि सभामार्फत पूरा गर्ने उनको दाबी छ। त्रिदेशीय सडक र ‘फास्ट ट्रयाक’ प्राथमिकतामा पूर्व मुख्यमन्त्री भट्टले खुटिया–डोटी–बझाङ हुँदै चीन सीमासम्म जोडिने उरई भञ्ज्याङ नाकालाई केन्द्रमा राखेर त्रिदेशीय सडक सञ्जाल विस्तार आफ्नो दीर्घकालीन सोच भएको बताएका छन् । उनका अनुसार कैलालीको खुटियादेखि बझाङ हुँदै उरई भञ्ज्याङ नाकासम्म सडक ट्रयाक खोल्ने प्रक्रिया उनकै पहलमा अघि बढाइएको थियो। “हामीले सुदूरपश्चिमलाई देशको पश्चिमी प्रवेशद्वारका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेका थियौँ,” भट्टले भने, “अब प्रतिनिधि सभामा पुगेर उक्त सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा स्थापित गर्दै ‘फास्ट ट्रयाक’ मोडेलमा निर्माण अगाडि बढाउने लक्ष्य छ।” यो सडक सञ्जालले भारत र चीनसँगको सम्भावित व्यापारिक आवागमन, पर्यटन प्रवर्द्धन तथा सीमावर्ती जिल्लाहरूको आर्थिक चलायमानतामा महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ। पार्टीको आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी विकास र सीमावर्ती क्षेत्रको सशक्तीकरणको एजेन्डासँग यो योजना प्रत्यक्ष रूपमा जोडिएको उनको दाबी छ। ३५ वर्षपछि ट्रयाक खुलेको सहजपुर–बोगटान–दिपायल सडक कैलालीको सहजपुरदेखि डोटीको बोगटान हुँदै दिपायल जोड्ने ५२ किलोमिटर सडक ३५ वर्षसम्म अलपत्र अवस्थामा थियो। २०७८ सालमा उक्त सडकको ट्रयाक खुल्नु सुदूरपश्चिम प्रदेश सरकारको पहल र प्राथमिकताकै परिणाम भएको भट्टको भनाइ छ। तत्कालीन प्रदेश सरकारले यसलाई गौरव आयोजनाका रूपमा अघि बढाउँदै आवश्यक बजेट व्यवस्थापन गरेको थियो। अब प्रतिनिधि सभामा निर्वाचित भएपछि उक्त सडक कालोपत्रे गरी सुरक्षित र दिगो बनाउने योजना आफ्नो चुनावी प्रतिबद्धतामा समावेश गरिएको उनले बताए ।  “सडक मात्र होइन, सडकसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउने, कृषि उपजको मूल्य शृंखला विस्तार गर्ने र रोजगारी सिर्जना गर्ने समग्र विकास दृष्टिकोण हाम्रो हो,” उनले भने ।  पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उपलब्धि पूर्व मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा डोटी जिल्लामा करिब १३० किलोमिटर सडक कालोपत्रे भएको, विभिन्न क्याम्पस तथा विद्यालय भवन निर्माण भएको र ५० शैयाको अस्पताल भवन निर्माण कार्य अघि बढेको दाबी गरेका छन् ।  जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालसम्म सेवा स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने आधार तयार गरिएको उनको भनाइ छ। उनका अनुसार ग्रामीण सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, सिँचाइ संरचना, विद्यालय पूर्वाधार र स्वास्थ्य संस्थाको भौतिक निर्माणमार्फत आधारभूत सेवा सर्वसुलभ बनाउने प्रयास गरिएको थियो। अब ती योजनालाई पूर्णता दिनुका साथै गुणस्तरीय सेवा सुनिश्चित गर्नु प्रतिनिधि सभामा पुगेर आफ्नो प्रमुख जिम्मेवारी हुने उनले स्पष्ट पारेका छन् ।  समाजवाद उन्मुख विकास र सुशासनको एजेन्डा उम्मेदवार भट्टले पार्टीको समाजवाद उन्मुख विकास, उत्पादन र श्रमको सम्मान, सहकारी र सामूहिक उत्पादन प्रणालीको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्ध कडा नीति लागू गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन् । “सुदूरपश्चिममा विकासका नाममा धेरै वाचा भए, तर कार्यान्वयनमा निरन्तरता अभाव देखियो,” उनले भने, “हाम्रो एजेन्डा स्पष्ट छ—अधुरा योजना पूरा गर्ने, बजेट पारदर्शी बनाउने र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम ल्याउने।” पार्टीले कृषिमा आधुनिकीकरण, युवालाई स्वदेशमै रोजगारी, पर्यटन क्षेत्रको संरचनात्मक विकास, जलस्रोतको सदुपयोग र साना तथा मझौला उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। डोटीको भौगोलिक सम्भावनालाई उपयोग गर्दै कृषि, जडीबुटी, पशुपालन र पर्यावरणीय पर्यटनमा आधारित स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना पनि उनको चुनावी घोषणापत्रमा समेटिएको छ। संघीयताको सुदृढीकरण र क्षेत्रीय सन्तुलन भट्टले संघीय व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्नु आवश्यक रहेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा संघीयताको मर्मअनुसार बजेट र अधिकारको न्यायोचित बाँडफाँट हुनुपर्छ। “सुदूरपश्चिम विकासका दृष्टिले पछाडि परेको क्षेत्र हो, तर सम्भावनामा धनी छ,” उनले भने, “हामी क्षेत्रीय असमानता अन्त्य गर्दै समतामूलक विकासको आधार तयार गर्ने अभियानमा छौँ।” मतदातासँग प्रत्यक्ष संवाद चुनावी अभियानअन्तर्गत भट्टले डोटीका गाउँ–गाउँमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन् । घरदैलो कार्यक्रम, टोलसभा र अन्तरक्रियामार्फत स्थानीय समस्याबारे सुझाव संकलन गर्दै उनले आगामी कार्ययोजनालाई अझ परिष्कृत बनाउने बताए ।  स्थानीय मतदाताहरूले अधुरा सडक, स्वास्थ्य सेवाको पहुँच, रोजगारीको अवसर र कृषि बजार व्यवस्थापनलाई प्राथमिक मुद्दाका रूपमा उठाइरहेका छन्। भट्टले ती सबै मुद्दालाई संघीय संसदमार्फत नीतिगत र बजेटीय रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निरन्तरताको सन्देश २०७४ सालदेखि २०७९ सालसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हाल्दै प्रशासनिक स्थायित्व र विकासको आधार निर्माण गरेको अनुभवलाई अब संघीय संसदमा उपयोग गर्ने उनको लक्ष्य छ। अधुरा योजना पूरा गर्ने, दीर्घकालीन रणनीतिक सडक सञ्जाल विस्तार गर्ने र समाजवाद उन्मुख समृद्ध सुदूरपश्चिम निर्माण गर्ने स्पष्ट कार्यदिशासहित भट्ट चुनावी मैदानमा उत्रिएका छन् । “हामीले सुरु गरेका काम अधुरा छोडिँदैनन्,” उनको भनाइ छ, “जनताको भरोसालाई परिणाममा रूपान्तरण गर्नु नै हाम्रो पहिलो कर्तव्य हो।” डोटी निर्वाचन क्षेत्र नं. १ मा यसपटक विकास, निरन्तरता र स्पष्ट वैचारिक एजेन्डाबीचको प्रतिस्पर्धा चर्किएको छ। पूर्व मुख्यमन्त्री भट्ट भने अधुरा काम सम्पन्न गर्ने दृढ संकल्प, अनुभव र स्पष्ट नीति–दृष्टिकोणसहित मतदाताको भरोसा जित्ने अभियानमा जुटेका छन् । 

चितवनलाई समृद्धिको राष्ट्रिय राजधानी बनाउने रेनु दाहालको दृढ संकल्प

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी रेनु दाहालले चुनाव जितेपछि चितवनलाई देशकै आर्थिक, व्यापारिक र रोजगारीको केन्द्रका रूपमा स्थापित गर्ने दृढ अठोट व्यक्त गरेकी छन्। विहीबार नेपाली कम्युनिस्ट पार्टी चितवन क्षेत्र नम्बर ३ ले भरतपुर–९ धारेचोकमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले चितवनलाई राष्ट्रिय विकासको ‘राजधानी’ बनाउने लक्ष्यका साथ आफ्नो उम्मेदवारी रहेको बताइन्। दाहालले आफू भरतपुर महानगरपालिकामा लगातार दुई कार्यकाल मेयरका रूपमा काम गर्दा ठूला–ठूला विकास निर्माणका परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरिन्। ६ लेन सडक निर्माण, सिटीहल निर्माण, एक हजार ८८ किलोमिटर सडक कालोपत्रे लगायतका पूर्वाधार विस्तारले भरतपुरलाई आधुनिक सहरका रूपमा उभ्याएको उनले उल्लेख गरिन्। आफ्नै कार्यकालमा भरतपुर विमानस्थल विस्तार, टर्मिनल भवन निर्माण, नारायणी नदीमा सिग्नेचर ब्रिज, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला जस्ता महत्वाकांक्षी योजनाहरू अघि बढेको चर्चा गर्दै उनले अधुरा योजनाहरू संघीय संसदमार्फत बजेट सुनिश्चित गरेर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “चितवनलाई अझै धेरै गुन लगाउन बाँकी छ। यहाँका जनतालाई समृद्धि र न्याय दिलाउन मेरो उम्मेदवारी हो,” उनले भनिन्। बजार क्षेत्रको दीर्घकालीन ढल व्यवस्थापनका लागि आफ्नो कार्यकालमै डिपिआर र इआइए सम्पन्न भएको जानकारी दिँदै दाहालले जनताले जिताएर पठाए ३ अर्ब रुपैयाँको ढल निकास परियोजना पूरा गर्ने घोषणा गरिन्। महानगर प्रमुख हुँदा जनताको सुख–दुःखमा साथ दिँदै सेवकभावले काम गरेको उल्लेख गर्दै उनले अब संघीय संसदमा पुगेर पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्याइन्। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्दै रेनु दाहालको उम्मेदवारी विकास र स्थायित्वको सुनिश्चितता भएको बताए। सांस्कृतिक कार्यक्रममा कलाकार भूमिका गिरी, सरिता गुरुङ, पवित्रा यात्री र नवीन खड्का लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए। उत्साहपूर्ण वातावरणमा आयोजित कार्यक्रममा रेनु दाहालसँगै स्थानीय जनसमुदायसमेत गीत–संगीतमा छमछमी नाचेका थिए।

दक्षिणपन्थी र अग्रगामी शक्तिबीच निर्णायक प्रतिस्पर्धा: वर्षमान पुन

राेल्पा । रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले २१ फागुनमा हुने निर्वाचन दक्षिणपन्थी र अग्रगामी शक्तिबीचको प्रतिस्पर्धा भएको बताएका छन् । बिहीबार रोल्पाको लिबाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यो निर्वाचन केवल सांसद र सरकार बनाउने प्रक्रियामा सीमित नभई देशको वैचारिक दिशा निर्धारण गर्ने अवसर भएको बताए । उनका अनुसार अहिलेको चुनाव सामान्य प्रकृतिको नभई राजनीतिक र वैचारिक ‘डिपार्चर’ तय गर्ने चरणमा पुगेको छ । “दक्षिणपन्थी शक्तिले जिते हालसम्म प्राप्त उपलब्धि र जनअधिकारहरू कमजोर हुने जोखिम छ,” पुनले भने, “तर जनपक्षीय र अग्रगामी शक्तिले जिते सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता र सामाजिक न्याय सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने सम्भावना बलियो हुन्छ ।” पुनले कांग्रेस–एमालेलाई यथास्थितिवादी शक्तिका रूपमा चित्रण गर्दै राज्य दोहन, भ्रष्टाचार र बिचौलिया प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको दाबी गरे । उनका अनुसार आगामी निर्वाचन दक्षिणपन्थी, यथास्थितिवादी र अग्रगामी शक्तिबीचको राजनीतिक परीक्षण हुनेछ ।

नेकपाको चुनावी अभियानमा अभूतपूर्व जनलहर : प्रचण्ड

सल्यान । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको चुनावी अभियानमा देशभर अभूतपूर्व जनलहर देखिएको बताउनुभयो। उहाँले यस पटकको चुनाव जनमत संग्रहजस्तै भएको उल्लेख गर्दै देश, राष्ट्र र जनताको हकहितको रक्षा गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। सल्यानको सल्लीबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको ऊर्जा र सहभागिताले आफू अत्यन्त उत्साहित भएको बताउनुभयो। “चुनावी अभियानका क्रममा जहाँ पुगे पनि जनताको उत्साह, भरोसा र सहभागिता उल्लेखनीय देखिएको छ। यो केवल चुनावी प्रचार होइन, जनताको भावना अभिव्यक्त हुने जनलहर हो,” उहाँले भन्नुभयो। उहाँले पार्टीप्रति बढ्दो जनविश्वासले राजनीतिक सक्रियता पनि तीव्र बनेको उल्लेख गर्नुभयो। पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र सामाजिक रूपान्तरणका कार्यक्रममार्फत पार्टीले जनताको जीवनस्तर सुधार्ने स्पष्ट योजना अघि सारेको उहाँको भनाइ थियो। “पार्टीका एजेन्डाले जनताको आशा जगाएको छ, त्यसैले समर्थन दिनप्रतिदिन बढिरहेको छ,” उहाँले जोड दिनुभयो। सल्यान जिल्लामा पार्टी नेताहरूको सक्रिय भूमिकाको प्रशंसा गर्दै प्रचण्डले पार्टी एकता र विकासका मुद्दामा यहाँका नेताहरूले उदाहरणीय योगदान दिएको बताउनुभयो। उहाँले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीम प्रकाश शर्मा र कर्णबहादुर बुढाथोकीजस्ता नेताहरूले संगठन निर्माण र विकास अभियानमा निरन्तर समर्पित भएर काम गरेको उल्लेख गर्नुभयो। प्रचण्डले सल्यानको विकासलाई थप व्यवस्थित र दिगो बनाउन पार्टीका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो। सरकारमा सहभागी हुने अवसर प्राप्त भए योग्य प्रतिनिधिलाई मन्त्री बनाउने संकेत पनि उहाँले गर्नुभयो। यसअघि रुकुम पश्चिममा आयोजित कार्यक्रममा उहाँले गोपाल शर्मालाई विजयी बनाए मन्त्री बनाउने घोषणा गरिसक्नुभएको थियो। चुनावी जुलुस, गाउँ–टोल भ्रमण र स्थानीय सहभागिताबारे अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “जनताको सशक्त सहभागिता नै लोकतन्त्रको बल हो। अभियानका क्रममा मैले जनताको चेतना, सांस्कृतिक सक्रियता र अनुसन्धानशील सोच प्रत्यक्ष अनुभव गरेको छु। यसले पार्टीको नीतिप्रति विश्वास अझ बलियो बनाएको छ।” कार्यक्रममा नेकपा नेता प्रकाश ज्वालाले जिल्लाको चुनावी अवस्थाबारे जानकारी गराउनुभयो। सभामा कर्णाली प्रदेशसभा सदस्य भीम प्रकाश शर्मा, केन्द्रीय सदस्य लोकबहादुर डाँगी, कर्णबहादुर बुढाथोकीलगायत नेताहरूको सहभागिता रहेको थियो।

मकवानपुर २ का नेकपा उम्मेदवार बिष्टको प्रतिबद्धता: अव्यवस्थित बसोबासको समस्या हल गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार लवशेर विष्टले अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले अव्यवस्थित बसोबासी र भूमिहिनको समस्या हल गर्न लालपुर्जा वितरण गरिने प्रतिबद्धता गरेका हुन् । उनले मध्यवर्ती क्षेत्रको समस्या हल गर्ने पनि बताएका छन् । बाह्रै महिना चल्ने सडक बनाउने प्रतिबद्धता उम्मेदवार बिष्टले ग्रामीण बस्तीमा बाह्रै महिना चल्ने सडक सुविधा सुनिश्चित गरिने बताएका छन् । त्यस्तै, प्रत्येक पालिका सदरमुकामसम्म पुग्ने पक्की बाटो निर्माण, मनहरी–राक्सिराङ–कैलाश जोड्ने मोटरबाटो स्तरोन्नति, चित्लाङ–चन्द्रागिरी सुरुङ मार्ग निर्माण गर्न अधिकतम प्रयोग तथा सबै वडामा इन्टरनेट तथा डिजिटल सेवा पुर्याइने उनको प्रतिबद्धता छ । उनले एकीकृत बस्ती व्यवस्थापन गरिने पनि प्रतिबद्धता गरेका छन् । थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय खोल्न प्रयत्न गरिने  उनले थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय खोल्न प्रयत्न गरिने बताएका छन् । थाहा नगरपालिका, मनहरि गाउँपालिका र भिमफेदी गाउँपालिकाहरुमा व्यवसायिक कृषि जोन निर्माण गरिने, गाँजा खेतीलाई  वैधानिकता प्रदान गर्ने, मनहरिमा औद्योगिक क्षेत्रको निर्माण गर्ने तथा कुलेखानी, चित्लाङ र दामन क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्ने पनि प्रतिबद्धता गरेका छन् । बिष्टले होमस्टेको स्थापना गरी आन्तरिक पर्यटनको प्रबद्र्धन, गाउँपालिका स्तरमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण गर्ने, थाहा नगरपालिकामा विशेषज्ञ सेवा सहितको अस्पताल निर्माण गर्ने तथा मनहरी, राक्सिराङ, कैलाश लगायतका स्थानमा बाढी, पहिरो र खहरे नियन्त्रणका लागि दिर्घकालिन योजना बनाउने पनि उल्लेख गरेका छन् । उनले चुरे क्षेत्रको संरक्षणका लागि योजना ल्याउने पनि उल्लेख गरेका छन् ।

जनताको भरोसामा समाजवादी यात्रा: गैरेको प्रतिबद्धता

बागलुङ । प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिँदै जाँदा बागलुङ निर्वाचन क्षेत्र नं. २ मा साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) को चुनावी अभियानले तीव्रता पाएको छ। जनयुद्धको विरासत बोकेका, विद्यार्थी आन्दोलनबाट उदाएका र तीन दशकभन्दा बढी समयदेखि निरन्तर संघर्षमा होमिएका गैरे स्थिर सरकार, विकास र जनउत्तरदायी राजनीतिका एजेन्डासहित मतदातामाझ पुगेका छन्। संघर्षबाट नेतृत्वसम्म गैरेको यात्रा २०४९ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै अखिल (क्रान्तिकारी) मार्फत संगठन निर्माणमा लागेका गैरेले २०५० मा इकाई अध्यक्ष, २०५३ मा जिल्ला सचिव हुँदै नेतृत्व विकासको चरण पार गरे। विभिन्न आन्दोलनका क्रममा हिरासत र जेल जीवन व्यहोरेका उनले २०५५ मा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले। २०५७ मा केन्द्रीय सदस्य र २०५९ मा केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै उनले संगठनात्मक क्षमता प्रमाणित गरेका थिए। २०५९ मा बागलुङ जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै स्थानीय मुद्दालाई केन्द्रीय राजनीतिसँग जोड्ने भूमिका खेलेका गैरे २०७८ मा गण्डकी प्रदेशको प्रथम सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भए। हाल उनी नेपाली कम्युनिष्ट पार्टी का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवारका रूपमा मैदानमा छन्। विकास र सामाजिक न्यायको स्पष्ट खाका गैरेले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, रोजगारी र सामाजिक न्यायका विस्तृत कार्यक्रम समेटिएका छन्। मध्यपहाडी लोकमार्ग, सालझण्डी–ढोरपाटन सडक, सहिद मार्ग स्तरोन्नति, रणनीतिक सडक सञ्जाल विस्तार तथा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ। “एक घर एक धारा” अभियानलाई पूर्णता दिँदै स्वच्छ खानेपानी, लिफ्टिङ खानेपानी तथा सिंचाइमा विद्युत् महसुल छुटको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ। जलविद्युत् उत्पादन विस्तार, उत्तरगंगा जलाशययुक्त परियोजनामा पहल, गलकोट नमुना सहर र बुर्तिबाङको व्यवस्थित विकास, प्रत्येक पालिकामा आवासीय विद्यालय, प्राविधिक शिक्षा विस्तार तथा बुर्तिवाङ प्रादेशिक अस्पतालको स्तरोन्नति उनका मुख्य योजनामा छन्। कृषि, पर्यटन र रोजगारीमा जोड पश्चिम बागलुङलाई आलु, किवी, स्याउ, सुन्तला, कफी, अलैंची, ओखर लगायतका बालीको पकेट क्षेत्रका रूपमा विकास गर्ने, कृषि भण्डारण, ग्रेडिङ र बजारीकरणलाई व्यवस्थित गर्ने तथा पशुपालनमा विशेषतः भेडा–बाख्रा पालनलाई प्राथमिकता दिने योजना अघि सारिएको छ। ढोरपाटन, घुम्टे, शिवधुरी, गलकोट मन्दिर लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, गोरिल्ला पदमार्ग र सहिद पार्कको व्यवस्थापन, जडीबुटी तथा स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरणमार्फत आयआर्जन बढाउने लक्ष्य लिइएको छ। सामाजिक न्याय र सुशासनको प्रतिबद्धता जातीय तथा लैङ्गिक विभेदमुक्त क्षेत्र घोषणा, सहिद परिवार, घाइते, अपाङ्ग, जेष्ठ नागरिक, दलित तथा विपन्न समुदायको सामाजिक सुरक्षामा विस्तार, सहकारी तथा लघुवित्त पीडितका मुद्दा समाधान, बालश्रम अन्त्य, युवाको अर्थपूर्ण सहभागिता र खेलकुद पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ। भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध जनस्तरबाट निगरानी, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाएका छन्। साझा वाम तालमेलको सन्देश बागलुङमा वाम घटकबीच चुनावी तालमेल गर्दै संविधान, संघीयता, गणतन्त्र र सामाजिक न्यायको रक्षा गर्दै समाजवादी यात्रालाई अघि बढाउने संकल्प व्यक्त गरिएको छ। गैरेले “स्थिर सरकार, समृद्ध विकास र जनताको प्रत्यक्ष सहभागितासहितको राजनीति” लाई आफ्नो मुख्य एजेन्डा बताएका छन्। दीर्घ राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र स्थानीय भूगोलको गहिरो बुझाइका कारण गैरे बागलुङ क्षेत्र नं. २ का मतदातामाझ विश्वासिलो विकल्पका रूपमा उभिएको उनको चुनावी टोलीको दाबी छ। “समानता, न्याय र जनशक्तिका लागि सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता हाम्रो हो,” उम्मेदवार गैरेले भने, “अब विकास, सुशासन र समाजवादी समृद्धिको यात्रालाई निर्णायक मोडमा पुर्‍याउने समय आएको छ।” आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु सर्वप्रथम जेनजी विद्रोह, जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै घाइते तथा बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै सहिदहरुले देखाएको बाटोमा सदैव प्रतिवद्ध रहने विश्वास समेत व्यक्त गर्दछाँै । यतिवेला देशमा विषम परिस्थितिको बिचबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फागुन २१ गते हँुदैछ । यो विशिष्ट स्थितिमा हुन गइरहेको निर्वाचन लामो सङ्घर्षबाट प्राप्त संविधान प्रदत्त अधिकारहरु सुदृढ र संस्थागत गर्ने वा मुलुकमा फेरि अभैm अराजकता र द्वन्द्व निम्त्याउने भन्नेमा दुई खाले परिदृश्य देखा परिरहेको सन्दर्भमा हामी जिम्मेवार राजनीतिक दल हुनुका नाताले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्याय, सुशासन र समृद्धिको ऐतिहासिक अभिभारा पूरा गर्ने संकल्पसहित राष्ट्र र जनताको आवश्यकता र चाहाना पूरा गर्न नीति र नेतृत्वसहित चुनावी मैदानमा हामी आएका छाँै । विगतका ठुला दल भनिने नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार हँुदै गर्दा भ्रष्टाचार, कुशासन, निराशा र अराजकता प्रति जेनजी विद्रोह देखा प¥यो । जेनजी विद्रोहको कारण र उद्देश्य सही हुँदाहँुदै पनि आन्दोलनमा घुसपैठ र ध्वंसात्मक कार्य हँुदा मुलुकले गम्भीर क्षति व्यहोेरेको अवस्था छ । यो स्थितिमा पश्चगमन तथा लोकप्रियतावादीको नाममा अतिवादी सोंच देखा परेको छ । यसले मुलुकलाई सही दिशा दिने, स्थायित्व र विकासको सही नेतृत्व गर्न होइन कि विदेशी हस्तक्षेप, द्वन्द्व र अराजकता निम्त्याउने परिस्थिति सिर्जना भएको छ । यसर्थ यस सङ्गिन स्थितिमा बागलुङ जिल्लामा दुई बाम घटक नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल गरी राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा, सुशासन, सामाजिक न्यायसहित समृद्धि र समाजवादी यात्रामा सङ्कल्पवद्ध भइ मुलुकलाई सही दिशा दिन भरोसा र विश्वास योग्य साझा बाम उम्मेदवार बागलुङ निर्वाचन क्षेत्र नं. दुईबाट कमरेड ज्ञामनाथ गैरे (अनिल) र बागलुङ निर्वाचन क्षेत्र नं. एकबाट कमरेड कृष्ण अधिकारी लाई यहाँहरु समक्ष ल्याएका छौँ । बागलुङ जिल्लाको पश्चिम भूगोल विगतदेखिनै निकै पिछडिएको, हेपिएको, ठगिएको र राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा उत्पीडनमा रहेको क्षेत्र हो । गणतन्त्र प्राप्तिपछि सापेक्षित रुपमा विकासका अवयवहरु स्थानीय संरचनाहरु निमार्ण, मध्यपहाडी लोकमार्ग, सालझन्डी ढोरपाटन सडक, गलकोट हटिया–ताराखोला सडक, बुर्तिवाङ–तमान–म्याग्दी सडक, हरिचौर–मल्म–पान्डवखनी–भिमगिठे सडक लगाएत शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा, पर्यटन, प्रादेशिक अस्पताल, प्रशासनिक सेवाकेन्द्र, बुर्तिबाङ नमुना सहर टेलिकम सेवाहरु, हातहातमा मोवाइल घरघरमा इन्टरनेट, सामाजिक न्याय र सुशासनको क्षेत्रमा महत्वपूर्ण अवधारणासहित कार्य सम्पादनमा नेपाली कम्युनिष्ट पार्टीको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यो यथार्थतालाई आत्मसाथ गर्दै अझै सबै क्षेत्रमा यी सेवा र सुविधाहरु सदृढ गर्नुपर्ने दायित्व पनि हाम्रै रहेको छ । हामीले उठाएका जनताका कयौँ मुद्दा र आवश्यकताहरुलाई व्यवस्थित सम्बोधन गर्नुपर्ने दायित्व पनि हामैै्र भएकाले बागलुङ क्षेत्र दुईका मतदाता यहाँहरुले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट विगतमा जनयुद्धको बिरासत बोकेको, जनताको पीरमर्का बुभ्mने र आप्mनो भूगोलको राम्रो पहिचान भएका स्थानीय युवा नेतृत्व पाउनु हामी सबैका लागि गौरवको कुरा हो । यसर्थ साझा बाम उम्मेवाार कमरेड ज्ञामनाथ गैरे (अनिल) लाई अत्याधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौँ । हाम्रा चुनावी प्रतिबद्धताहरु निम्नानुसार रहेका छन् ः १. पूर्वाधार विकास  राष्ट्रिय गौरवका योजनाहरु मध्यपहाडी लोकमार्ग, सालझन्डी ढोरपाटन सडक निर्माणमा भएको ढिलासुस्ती र गुणस्तर बारे निगरानी सहित आवश्यक पहल गरिनेछ ।  जनयुद्धको आधार क्षेत्रमा रहेको हाम्रो पहिचानसँग जोडिएको सहिद मार्गको स्तर उन्नति र विस्तारमा विशेष पहल गरिनेछ । प्रदेश निर्वाचन क्षेत्र स्तरीय मुख्य सडक, पालिका केन्द्र जोड्ने सडक लगाएत वडा र बस्ती जोडने सडक पुल, झोलुङ्गे पुल आदिको निर्माण स्तरोन्नतिमा जोड दिइनेछ । अछेते नरेठाँटी सुरुङमार्ग निर्माण विशेष पहल गर्ने र रणनैतिक महत्वका सडकहरु हरिचौर मल्म पान्डवखानी भिमगिठे सडक, ग्वालीचौर जलजला रणसिंङ सडक, भिमगिठे दर्लिङ सडक, प्याङखोला अर्नाकोट जुग्जाखोला सडक, नरेठाँटी दुदिलाभाटी बरेङ सडक, हटिया थालेपोखरा सुखौरा गुल्मी सडक, खर्वाङ दगा सिसाखानी सडक, बुङ्गादोभान बुङ्गखानी ढोरपाटन सडक, गाडीखोला खानी ढोरपाटन सडक, बुर्तिवाङ तमान म्याग्दी सडक, घुस्मेली अर्गल खलडाँडा म्याग्दी सडक, दोगाडी नागवेलीखोला म्याग्दी सडक, पुरनगाँउ फोर्सा भेडीखोर खोलाखर्क सडक, भल्कोट गुम गाम रोल्पा सडक, बुङ्गादोभान खुखानी नर्जा भित्रीबन सडक आदिलाई विशेष जोड दिइनेछ । २. खानेपानीको व्यवस्था  राज्यको नीतिअनुसार एक घर एक धाराको अभियानलाई पूर्णता दिई सबै नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराइनेछ । आवश्यकता अनुसार लिफटिङ्ग खानेपानी योजना व्यवस्थित र विद्युुत महशुललाई छुटको व्यवस्था गरिनेछ । ३. सिचाई सुविधा  खेतीयोग्य जमिनहरुमा सिंचाईको व्यवस्था गरिनेछ । लिफटिङ्ग प्रविधिबाट भएका सिंचाई योजनाको विद्युत् महशुलमा छुटको व्यवस्था गर्न पहल गरिनेछ । ४. जलविद्युुत र विद्युुतीकरण  जिल्ला /निर्वाचन क्षेत्रका सबै वस्तीमा विद्युत् सेवा विस्तार गरी उज्यालो जिल्ला/क्षेत्र बनाइनेछ ।  समुदायमा आधारित साना जलविद्युुत सम्भार मर्मत तथा कनेक्टिभिटीमा जोड दिइनेछ ।  पश्चिम बागलुङमा रहेको स्रोतलाई विद्युत् उत्पादनमा पिपिए मोडेलमा विशेष जोड दिइनेछ ।  उत्तरगंगा जलासययुक्त जलविद्युत् परियोजना कार्यान्वयनमा विशेष पहल हुनेछ । ५. शहरी विकास  गलकोट नमुना शहर तथा ग्वालीचौर र निसीमा नयाँ शहरको अवधारण अगाडि बढाइनेछ ।  बुर्तिबाङ नमुना शहरलाई व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न गराउन विशेष पहल गरिनेछ ।  जनता आवाश कार्यक्रमलाई आवश्यकताको आधारमा सम्पन्न गरिनेछ । ६. शिक्षा शिक्षा मौलिक अधिकार भएको हुँदा निःशुल्क शिक्षामा जोड दिइनेछ ।  प्रत्येक पालिकामा आवासिय विद्यालयको अवधारणा अगाडी बढाइनेछ ।  प्रत्येक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्र निमार्ण गरी शैक्षिक विकासको गतिलाई तीव्रता दिइनेछ ।  विद्यालयको पूर्वाधार निमार्णलाई सुविधा सम्पन्न बनाइनेछ ।  स्थानीय पाठ्यक्रमको विकास गर्दै मातृभाषाको संरक्षण र सम्वद्र्वन गरिनेछ ।  शिक्षालाई प्रविधियुक्त र सीपमूलक बनाउन पहल गरिनेछ ।  निसीभुजी र गलकोट क्यापसलाई प्राविधिक धार तथा व्यावसायिक शिक्षा प्रदान गर्न जोड दिँदै शैक्षिक केन्द्रको रुपमा विकास गरिनेछ ।  प्राविधिक धारतर्फ कक्षा सञ्चालन गरिएका विद्यालयहरुको शैक्षिक र भौतिक सुधार तथा विषयगत जनशक्तिको व्यवस्थापनमा विशेष जोड गरिनेछ । ७. स्वास्थ्य  स्वास्थ्य मौलिक हक भएको हुँदा निःशुल्क उपचारमा विशेष जोड दिइनेछ ।  बुर्तिवाङ प्रादेशिक अस्पताललाई प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रवाहलाई सुनिश्चित गरिनेछ ।  प्रत्येक पालिका स्तरीय अस्पताल निमार्ण, जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवामा विशेष जोड दिइने छ । साथै वडा स्तरीय स्वास्थ्य केन्द्र÷इकाईहरुलाई व्यवस्थित गरिनेछ ।  मोवाइल हस्पिटल संचालन र स्थानीय अस्पतालहरुमा विशेषज्ञ सेवाका लागि टेलीमिडिसिन सन्चालन र व्यवस्थित गरिनेछ ।। ८. पर्यटन धार्मिक, सांस्कृतिक, इको र एग्रो टुरिजम आदि स्थानीय विशेषताको आधारमा व्यवस्थित गरिनेछ ।  ढोरपाटन, अर्नाकोट, वराहाताल, सोले, ठामचौर, शिवधुरी, घुम्टे, गाईघाट झरना, मोतिमारे, तिनचुले, दुडुलेख, गलकोत मन्दिर, गाँजा घुरी, राम्चे ढुङ्गा, टेउवा, सिद्धथान, अर्नाकोट, पातिहाल्ने, ठानपति मन्दिर आदि स्थानमा पूर्वधार विकास र पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ ।  सहिद पार्क, गोरिल्ला पदमार्ग र सांस्कृतिक संग्रालयहरुलाई व्यवस्थित गरिनेछ ।  थप संभाव्यता अध्ययन गरी पर्यटन उद्योगको विकास र रोजगारीको अभिवृद्धिमा जोड दिइनेछ । ९. कृषि तथा पशुपालन वैज्ञानिक भूमिसुधार, खेती प्रणाली, सहकारी समूह र अनुदानलाई नीतिगत सुधार गरिनेछ ।  निर्वाचन क्षेत्रभित्रका आलु, किवी, स्याउ, सुन्तला, कफी, अलँची, कागती, ओखर, टिमुर, आबोकादो, भांगो आदिको पकेट क्षेत्रको रुपमा विकास गरी व्यवस्थित गरिनेछ ।  आधुनिक कृर्षि प्रणाली, उन्नत बिउ÷बिजन र प्रविधिको पहँुच विस्तार गर्ने । कृर्षि उत्पादन र उत्पादकत्वमा वद्धि, कृषि भण्डारण, ग्रेडिङ, लेबलिङ र बजारीकरण, रैथाने बालीको संरक्षण, व्यवसायिक खेती प्रणालीको विकास आदिलाई व्यवस्थित गरी समाजवादी उत्पादन प्रणालीमा जोड दिइनेछ ।  कृृर्षिजन्य वस्तुको आयातलाई न्यूनीकरण र निर्यातलाई प्रवर्दन गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी यस सम्बन्धी ठोस नीति तय गरिनेछ ।  पशुपालनमा पकेट क्षेत्रको विस्तार व्यवस्थित गर्दै भेडा बाख्रा पालनलाई विशेष प्राथमिकता दिइनेछ ।  मानववस्ती र कृषियोग्य जमिनमा हुने मानव र वन्यजन्तुबिच हुने द्वन्द्व व्यवस्थापनमा विशेष जोड दिइनेछ । १०. जडिवुटी  जडीबुटीको संरक्षण, व्यवसायिक खेती सञ्चालन, सङ्कलन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गरी आयआर्जनमा टेवा पुराइनेछ ।  गाँजा खेती, लोकल रक्सी उत्पादनलाई कानुनतः व्यवस्थित गरी उत्पादन, प्रशोधन, ब्राण्डिङ्ग र बजारीकरणमा आवश्यक पहल गरिनेछ । ११. उद्योग  संभावित घरेलु साना तथा मझौला उद्योेग संचालनमा विशेष जोड र प्रोत्साहन गरिनेछ ।  स्थानीय स्तरमा संचालनमा आएका उद्योेगहरुको तीनै तहको सरकारसँग नीति ऐन र कानुनमा सहजीकरण गरी व्यवस्थित गरिनेछ ।  साना, मझौला र ठुला व्यवसायीहरुको संरक्षण तथा प्रवद्र्धनको लागि आवश्यक नीति निर्माणमा जोड दिइनेछ ।  पश्चिम बागलुगमा विविध खानीहरुको (तामा, फलाम, सिसा, स्लेट ढुङ्गा, काष्ठ उद्योेग आदि) को सम्भाव्यता अध्ययन गरी उद्योेग संचालन गर्न कानुनी प्रावधानलाई सहज गर्न विशेष पहल गरिनेछ । १२. रोजगारी  व्यवसायिक सीप तथा दक्षता विकासको अवसर प्रदान गरी कृषि, वन, उद्योेग, पर्यटन, आइटी क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिने छ स्थानीय स्तरमा रोजगारीका अवसरहरुको अध्ययन गरी वेरोजगार जनशक्तिका लागि रोजगारीका अवसर जुटाइनेछ । १३. सामाजिक न्याय  जातीय तथा लैङ्गिक विभेद र उत्पीडन मुक्त जिल्ला÷क्षेत्र÷पालिका घोषणाका लागि संविधानतः आवश्यक नीति, योजना र संरचना निर्माण गरी कार्यान्वयनमा जोड दिइने छ ।  सहिद, वेपप्ता परिवार, घाइते अपाङ्ग योद्धा, जेष्ठ नागरिक, एकल महिला, दलित, विपन्न वर्ग समुदायलाई सामाजिक सुरक्षामा आवद्धता सँगै थप आवश्यक सहयोग, सम्मान र संरक्षणका लागि पहल गरिनेछ ।  सहकारी र लघुवित्त पीडित नागकिहरुको माग र मुद्दालाई आवश्यक संवोधनमा विशेष पहल गरिने छ ।  बाल श्रमको अन्त्य गर्दै शिक्षा पोषण र सुरक्षाको जोड दिइनेछ । १४. जेनजी, युवा तथा खेलकुद  प्रत्येक निकायमा युवाहरुको अर्थपूर्ण सहभागितालाई आवश्यक नीति निर्माण गर्न जोड दिइने छ ।  मजदुर, महिला, दलित, जनजाति, किसान, अल्पसंख्यक जाति र समुदायमैत्री नीति निमार्णमा विशेष भूमिका रहनेछ ।  स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारालाई व्यवहारिक रुप दिन पालिका स्तरीय वहु उपयोगी खेलमैदान, क्षेत्रीय रंगशाला तथा कवर्डहल निर्माणलाई विशेष जोड दिइनेछ ।  युवा खेलाडीहरुका लागि प्रोत्साहन तथा व्यवसायिक दक्षताका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरिनेछ । १६. भाषा तथा संस्कृति  स्थानीय स्तरमा रहेको भाषा, मौलिक तथा ऐतिहासिक संस्कार, संकृतिहरुको संरक्षण र प्रवर्दनका लागि पालिकाहरुसँग सहकार्यमा आवश्यक कार्यक्रम संचालन गरिनेछ ।  स्थानीय मातृभाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठनमा जोड दिइनेछ ।  मौलिक पहिचान र जातीय पहिचान बोकेका थानहरु, मठमन्दिर, कोटथान, मेला, जात्रा, रैथानी सीप र कलासंस्कृतिको संरक्षण तथा संवद्र्धनमा विशेष पहल गरिनेछ । १६. सुशासन  भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्ध जनस्तरबाट नै निगरानी, नियमन र खबरदारी गर्ने कार्यक्रम संन्चालन गरिनेछ ।  सेवा प्रवाहलाई चुस्त दुरुष्ट, पारदर्शिता र जवाफदेहीतालाई व्यवस्थित गर्न विशेष जोड दिइनेछ । १७. सूचना संचार हातहातमा मोवाइल घरघरमा इन्टरनेट भन्ने मूलनाराका साथ प्रत्येक टोल वस्तीहरुमा टेलीफोन र इन्टरनेट सेवा सुदृद गरिनेछ ।  संचार संस्था र संचारकर्मीहरुको पेशागत तथा ब्यवसायीक दक्षता, सुरक्षा र आत्मानिर्मताको लागि आवश्यक पहल गरिनेछ ।  सूचनाको हकबारे हरेक संरचना र निकायहरुलाई जवाफदेही गरिनेछ । १८. विपत व्यवस्थापन  प्राकृतिक विपत व्यवस्थापनमा जनशक्ति परिचालन, उद्धार, राहत र व्यवस्थापनका कार्यक्रमलाई आवश्यक समन्वय, सहकार्य र तदारुपतामा जोड दिइनेछ ।  प्राकृतिक विपदबारे भूगर्वविदसँग सहकार्य गरी संभाव्यताको अध्ययन र सचेतनाको कार्यक्रम संचालन गरिनेछ ।  वर्षायाममा चट्यांगको जोखिम अत्याधिक रहेकाले लाइटिंग एरिस्टोर जडान आवश्यकता अनुसार व्यवस्था मिलाइनेछ । १९. तहगत समन्वय र सहकार्य  माथि उल्लेखित कार्यसम्पादनमा विधिगत सहजता तथा समग्र विकास र समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकार बिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक नीति, ऐन कानून र योजना निमार्णमा जोड दिइनेछ ।  विद्यमान जटिल र अव्यवहारिक प्रकृतिका कानूनी प्रावधानहरुको संशोधन र जनपक्ष्ीाय कानुन निर्माणमा विशेष पहल गरिनेछ ।  वनजङ्गल, जमिन, जलस्रोत र जैविक विविधताको संरक्षण, दीगो व्यवस्थापन, जलवायु अनुकूलता, कृषि उत्पादन, पूर्वाधार निर्माण तथा वातावरणीय चेतना अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । २०. संविधान संसोधन हुने अवस्थामा बागलुङको पश्चिम क्षेत्रलाई छुट्टै जिल्लाको अवधारणालाई सशक्त पहल गरिनेछ । २१. संविधानर्को धारा ५६ (५) अनुसार ताराखोला र तमानखोला गाउँपालिकालाई विशेष क्षेत्र र निसिखोला गाउँपालिका ५ र ६ वडालाई संरक्षित क्षेत्र घोषणामा विशेष पहल गरिनेछ । २२. गलकोट, बडिगाड, ताराखोला र बरेङ क्षेत्रको केन्द्रबिन्दु गलकोट क्षेत्रमा रहनेगरी प्रशासनिक सेवा केन्द्र स्थापनामा विशेष पहल गरिनेछ । २३. ढोरपाटन शिकार आरक्ष क्षेत्रहरुमा देखिएको नीतिगत र कानुनी रुपमा (राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली २०५२ आदी) देखिएको समस्याबारे आवश्यक नीति, ऐन कानुन र नियमावली संशोधनमा विशेष पहल गरिनेछ । –निर्वाचन परिचालन समिती बागलुग क्षेत्र नं. २

आफ्नाे र पार्टीको प्रतिबद्धता पत्रसहित देशभरका नेकपा उम्मेदवार मतदाताकाे घरघरमा

काठमाडाैं । आगामी २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) देशभर आक्रामक चुनावी प्रचारमा सक्रिय भएको छ। पार्टीले आफ्ना उम्मेदवार र मतदाता बीच प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको छ भने प्रविधिको प्रयोगबाट पनि प्रचारलाई सुदृढ बनाउने रणनीति अपनाएको छ। नेकपाले तत्कालीन माओवादीको योङ कम्युनिस्ट लिग (वाईसीएल)को अर्धसैन्य संरचना फेरि सक्रिय गर्दै स्पेशल टास्क फोर्स (एसटीएफ) गठन गरेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा परिचालन हुने एसटीएफले मतदाता र उम्मेदवारको सुरक्षा, अवैध घुसपैठ रोकथाम र भयरहित निर्वाचन सुनिश्चित गर्ने कार्यभार पाएको छ। वाईसीएलका अध्यक्ष पुष्प वलीका अनुसार, “एसटीएफ मतदाता सुरक्षा, अवैध चलखेल रोक्न र चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न सक्रिय हुनेछ। यसले प्रत्येक निर्वाचन क्षेत्रमा युवा कार्यकर्तालाई परिचालन गर्नेछ।” घरदैलो अभियान: प्रत्यक्ष संवादमा जोड नेकपाले चुनाव प्रचारमा घरदैलो प्रणालीलाई केन्द्रमा राखेको छ। पार्टीका केन्द्रीय सदस्या जगनाथ खतिवडाले भने, “हामीले ४ हजार ५ सय जनाको निर्वाचन परिचालन समिति गठन गरेका छौँ, जसले सबै १६४ निर्वाचन क्षेत्रमा प्रचारको जिम्मेवारी लिएको छ। यस अभियानमा मतदातासँग प्रत्यक्ष संवाद, कोठे बैठक, घरघरमा भेटघाट र मतदान सिकाउने काम प्राथमिकता दिइएको छ।” नेकपाका नेताहरू भन्छन् कि पार्टीको नाम र चुनाव चिह्न दुवै नयाँ भएकाले जनतासम्म सीधै पुग्नै पर्दछ। यसैले, घरदैलो कार्यक्रमले मतदातामा पार्टीको नाम र ‘तारा’ चुनाव चिह्न चिनाउने मुख्य माध्यम बन्नेछ। कोशी प्रदेश ताप्लेजुङका उम्मेदवार हर्क नेम्वाङले भने, “मैले जिल्लामा घरदैलो र सामाजिक सञ्जालको प्रयोग गर्दै प्रचार गर्दैछु। हाम्रो टिमले सामाजिक सञ्जालका लागि प्रचार सामग्री तयार पारेको छ। चुनाव चिह्न चिनाउन घरदैलो गर्नु आवश्यक छ।” गोरखा २ का उम्मेदवार लेखनाथ न्यौपाने पनि आफ्नै निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाटमा जोड दिँदै सामाजिक सञ्जाल सामग्रीसँग समन्वय गर्दै घरदैलोमा सक्रिय छन्। कर्णाली जाजरकाेटका नेता शक्ति बस्नेतले भने, “हामी घरदैलोमा नै छौँ। स्थानीय आवश्यकताअनुसार समर्थकले सामाजिक सञ्जालमा प्रयोग हुने सामग्री पनि तयार पारिदिएको छ। हाम्रो मुख्य जोड घरदैलोमा नै छ।” प्रविधिको प्रयोग: सामाजिक सञ्जाल र डिजिटल प्रचार नेकपाले चुनाव प्रचारमा विज्ञान र प्रविधिको प्रयोग पनि अत्याधिक गरेको छ। तत्कालीन माओवादीनिकट आईसीटी फोरम र अलग आईटी सेलले प्रचार सामग्री उत्पादन गर्दै आएका छन्। आईसीटी फोरमले पार्टीको पक्षमा मतदातालाई कन्भिन्स गर्ने विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको छ। यसमा कन्टेन्ट उत्पादन, भिडियो, ग्राफिक्स र सामाजिक सञ्जाल सामग्री समावेश छ।” चुनाव प्रचारको केन्द्रित योजना नभए पनि निर्वाचन क्षेत्रका उम्मेदवार, शुभचिन्तक र कलाकारहरूले आ–आफ्नो स्तरबाट प्रचार सामग्री उत्पादन गरेर सामाजिक सञ्जालमा प्रयोग गरिरहेका छन्। चितवन ३ की उम्मेदवार रेनु दाहालको अभियानमा सामाजिक सञ्जाल सामग्री उनको क्षेत्रको टिम र आईटी टिमले उत्पादन गरेको छ। उम्मेदवार र नेकपाको प्रतिबद्धता पत्र एकसाथ नेकपाले घरदैलो अभियानमार्फत उम्मेदवारको व्यक्तिगत प्रतिबद्धता पत्र र पार्टीको राष्ट्रिय प्रतिबद्धता पत्र दुवै प्रस्तुत गर्दै मतदाता माझ स्पष्ट सन्देश प्रवाह गरिरहेको छ। यसले मतदातालाई उम्मेदवारको स्थानीय जिम्मेवारी र पार्टीको राष्ट्रिय नीति दुवै बुझ्न सहयोग गर्छ। घरदैलोमा मतदाता भेट्दा, पार्टीले आफ्नो विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारमा केन्द्रित कार्यक्रम र योजना स्पष्ट रूपमा व्याख्या गर्दैछ। उम्मेदवारहरूले व्यक्तिगत प्रतिबद्धता पत्रमा आफ्नो निर्वाचन क्षेत्रको प्राथमिकता अनुसार विकास योजनाका कदम, स्थानीय समस्या समाधान र प्रत्यक्ष सहभागितामा जोड दिएका छन्। यससँगै पार्टीको राष्ट्रिय प्रतिबद्धता पत्रले समग्र देशको समान विकास, न्यायपूर्ण सेवा वितरण, युवालाई अवसर प्रदान र भ्रष्टाचार विरोधी अभियानको मापन प्रस्तुत गर्दै मतदाता विश्वास जित्ने लक्ष्य राखेको छ। देशभर आक्रामक प्रचार र जनलहर नेकपाको चुनावी रणनीति देशभर समानरूपमा लागू हुँदैछ। प्रत्येक निर्वाचन क्षेत्रमा घरदैलो, प्रत्यक्ष भेटघाट, कोठे बैठक र सामाजिक सञ्जालको संयोजनले मतदातामाझ ‘जनलहर’को सन्देश फैलाउँदैछ। नेकपाका एक नेता भन्छन्, “हामी घरदैलोमा धेरै जोड दिएका छौँ। यस अभियानले मतदातासँग प्रत्यक्ष संवाद कायम गर्छ र चुनाव चिह्न चिनाउन सहयोग पुर्‍याउँछ। सामाजिक सञ्जालले हाम्रो संदेशलाई द्रुत र व्यापक बनाउँछ।” यस प्रकार, नेकपाले देशभर घरदैलो र प्रविधिमा आधारित एकीकृत रणनीति अपनाउँदै मतदाता माझ आफ्नो पहिचान र चुनावी कार्यक्रम प्रवाह गर्दै देशव्यापी जनलहरको सन्देश दिने तयारी गरेको छ। पार्टी र उम्मेदवारको प्रतिबद्धता पत्र एकसाथ प्रस्तुत गर्ने यो रणनीतिले मतदातामा प्रत्यक्ष विश्वास जगाउने र भयरहित, प्रभावकारी मतदान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

नेकपालाई फागुन २१ मा किन मत ? के छ प्रतिवद्धता पत्रमा ? (प्रतिवद्धता पत्रकाे पूर्णपाठसहित)

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको प्रतिबद्धता–पत्रमा नयाँ पन र देशकाे लागि आवश्यक एजेन्डहरु लिएर मतदाताकाे घरदैलाेमा पुगेकाे छ ।  नेकपाले राष्ट्रिय स्वाधीनता, आर्थिक विकास, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य सुधार, संघीयता सुदृढीकरण, सामाजिक न्याय, र परराष्ट्र नीतिमा स्पष्ट योजना विशेषा गरेर लिएकाे छ ।  पार्टीका अनुसार यी प्रतिबद्धताहरूले आगामी पाँच वर्षभित्र देशको समग्र विकास, जनताको जीवनस्तर सुधार, र राष्ट्रिय स्वाभिमानको उच्च स्तर सुनिश्चित गर्ने लक्ष्य राखेका छन्। यस पत्रले केवल घोषणापत्र मात्र नभई, व्यवहारमा लागू हुने सकारात्मक परिवर्तनका उपायहरू जनसमक्ष ल्याउने विश्वास व्यक्त गर्दछ। १. राष्ट्रिय स्वाधीनताको रक्षा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रतिबद्धतामा पहिलो प्राथमिकता राष्ट्रिय स्वाधीनताको रक्षा राखेको छ। यसमा देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने योजना समावेश गरिएको छ। पार्टीले स्पष्ट पारेको छ कि कुनै पनि विदेशी दबाब वा हस्तक्षेप नेपालमा स्वीकारिने छैन। यसका लागि सीमा सुरक्षा बलको क्षमता अभिवृद्धि, आधुनिक उपकरण र प्रविधिको प्रयोग, र सीमा निगरानी प्रणालीलाई सुदृढ गर्ने योजना छ। वैदेशिक सम्बन्धमा स्पष्ट नीति निर्माण गरिनेछ जसले नेपालको स्वाधीनता र राष्ट्रिय हितलाई प्राथमिकता दिनेछ। साथै, अन्तर्राष्ट्रिय साझेदारहरूलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न स्पष्ट सन्देश दिइनेछ। यसले नेपाली नागरिकमा आफ्नो राष्ट्रप्रति गर्व र सुरक्षा भावना बढाउने विश्वास गरिएको छ। २. संविधान परिमार्जन पार्टीले संविधानमा आवश्यक परिमार्जन गरी देशको शासकीय स्वरूप, संघीय संरचना, र निर्वाचन प्रणालीलाई अधिक समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। यसमा विशेष रूपमा युवापुस्ताको भावना समेट्ने, लोकतान्त्रिक अधिकार सुनिश्चित गर्ने, र नीति निर्माणमा व्यापक सहभागिता सुनिश्चित गर्ने उद्देश्य समावेश छ। संविधान संशोधन प्रक्रियामा समाजका सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गरिनेछ। यसले राजनीतिक स्थिरता, निर्णयमा पारदर्शिता, र दीर्घकालीन शासन सुधारमा योगदान पुर्‍याउनेछ। पार्टीले वचन दिएको छ कि संविधान परिमार्जन गर्दा दलहरूको स्वार्थ भन्दा माथि सार्वजनिक हित र देशको दीर्घकालीन भविष्यलाई प्राथमिकता दिइनेछ। ३. भ्रष्टाचार नियन्त्रण भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ। यसअन्तर्गत हालसम्म सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति व्यापक रूपमा छानबिन गरिनेछ। अवैध रूपमा सञ्चित सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्ने व्यवस्था पनि लागू हुनेछ। यसले सरकारी निकायहरूलाई पारदर्शी र जवाफदेही बनाउनेछ। जनताले सरकारी सेवा सहज र निष्पक्ष वातावरणमा पाउनेछन्। भ्रष्टाचार नियन्त्रणले सरकारी निर्णय प्रक्रिया छिटो, विश्वसनीय, र नाफामूलक नभई जनमुखी हुने विश्वास गरिएको छ। यसले दीर्घकालीन रूपमा आर्थिक वृद्धि, विदेशी लगानी र समाजिक विश्वासमा सकारात्मक असर पार्नेछ। ४. राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी पदमार्फत राजनीतिक स्थिरता सुनिश्चित गर्ने योजना राखेको छ। यसले कार्यकारी र विधानमण्डल बीच सन्तुलन कायम गर्नेछ र निर्णय प्रक्रियामा प्रभावकारी नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्नेछ। प्रत्यक्ष निर्वाचित कार्यकारी पदले जनता र सरकारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नेछ। यसले दीर्घकालीन स्थिरता, नीति निरन्तरता, र सरकारी निर्णयमा विश्वास निर्माण गर्नेछ। साथै, राजनीतिक विवाद र अस्थिरता घटाउने यस मोडलले सरकारलाई द्रुत निर्णय र ठोस कार्यान्वयनको क्षमता दिने अपेक्षा गरिएको छ। ५. निर्वाचन प्रणाली सुधार र सानो मन्त्रिपरिषद् पार्टीले वर्तमान महँगा र जटिल निर्वाचन प्रणालीलाई सरल, पारदर्शी, र कम खर्चिलो बनाउन सुधार गर्ने योजना प्रस्तुत गरेको छ। यसले राजनीतिक दलहरू र उम्मेदवारहरूलाई समान अवसर दिनेछ र जनता मतदानमा सहज सहभागी हुन सक्नेछन्। साथै, मन्त्रिपरिषद्को आकार २५ सदस्यबाट घटाएर विषय विशेषज्ञहरू समावेश गर्ने सानो, दक्ष, र प्रभावकारी मन्त्रिपरिषद् बनाइनेछ। यसले नीति निर्माणको गति बढाउने, सरकारी खर्च कम गर्ने, र निर्णय प्रक्रियामा दक्षता सुनिश्चित गर्नेछ। छोटो मन्त्रिपरिषद्ले जिम्मेवारी स्पष्ट गर्ने र कार्यशैलीमा सुधार ल्याउने विश्वास गरिएको छ। ६. रोजगारी सिर्जना र युवा प्रोत्साहन पार्टीले आगामी पाँच वर्षमा वार्षिक ५ लाख र कुल २५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। यस अन्तर्गत ग्रामीण र शहरी क्षेत्रका युवाहरूलाई समान अवसर सुनिश्चित गरिनेछ। विदेशबाट फर्किएका युवाहरूको सीप र पुँजी परिचालन गर्न ‘रिटर्नी उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिनेछ। यसले युवाहरूलाई स्वरोजगार, व्यवसाय, र नवप्रवर्तनमा प्रोत्साहित गर्नेछ। रोजगार सिर्जनाले मात्र आर्थिक समृद्धि होइन, सामाजिक स्थायित्व, अपराध घटाउने र युवाको क्षमतामाथि भरोसा बढाउने कार्य गर्नेछ। ७. कृषि आत्मनिर्भरता र किसानको सुरक्षा पार्टीले आगामी पाँच वर्षभित्र धान, मकै, गहुँ, तरकारी, मासु, र दूधमा देशलाई पूर्ण आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। यसका लागि उत्पादन प्रविधि, सिँचाइ, बजार पहुँच, र मूल्य स्थायित्वमा विशेष योजना लागू गरिनेछ।   साथै, योगदानमा आधारित किसान पेन्सन कार्यक्रम लागू गरी वास्तविक किसानलाई परिचयपत्र वितरण गरिनेछ। यसले किसान वर्गलाई आर्थिक सुरक्षा, सामाजिक सम्मान, र दीर्घकालीन आय सुनिश्चित गर्नेछ। आत्मनिर्भर कृषि प्रणालीले खाद्य सुरक्षा सुनिश्चित गर्ने, आयातमा निर्भरता घटाउने, र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउनेछ। ८. शिक्षा, स्वास्थ्य र डिजिटल शासन पार्टीले शिक्षा र स्वास्थ्यलाई नाफामूलक व्यवसायबाट मुक्त गर्दै सबैका लागि गुणस्तरीय र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ। विद्यालय र अस्पतालमा गुणस्तरीय सेवा सुनिश्चित गरिनेछ, शिक्षक र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिनेछ, र ग्रामीण तथा शहरी दुबै क्षेत्रमा सेवा पहुँच विस्तार गरिनेछ। साथै, सरकारी सेवालाई भनसुनमुक्त, कागजमुक्त, र डिजिटल बनाउने ‘डिजिटल नेपाल’ र ‘ई–गभर्नेन्स’ लागू गरिनेछ। यसले सेवाग्राहीलाई सहज, छिटो, पारदर्शी, र विश्वसनीय सेवा प्राप्त गराउनेछ। डिजिटल शासनले सरकारी प्रक्रियामा भ्रष्टाचार घटाउने र प्रशासनिक दक्षता बढाउने अपेक्षा गरिएको छ। ९. सामाजिक न्याय र शान्ति प्रक्रियाको पूर्णता पार्टीले जातीय छुवाछूत, छाउपडी, दाइजो जस्ता कुरीतिहरू पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। सहिद परिवार र द्वन्द्वपीडितलाई सम्मान, क्षतिपूर्ति, र पुनःस्थापना गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने योजना पनि प्रस्तुत गरिएको छ। यसले समाजमा समानता, न्याय, र मानव अधिकारको संरक्षण सुनिश्चित गर्नेछ। शान्ति प्रक्रियाले दीर्घकालीन स्थिरता, सामूहिक विश्वास, र सामाजिक सद्भाव बढाउनेछ। यसले केवल भौतिक पुनःस्थापना मात्र होइन, मानसिक र सामाजिक पुनःस्थापनामा पनि योगदान पुर्‍याउनेछ। १०. आर्थिक वृद्धिदर, पर्यटन र सन्तुलित परराष्ट्र नीति पार्टीले आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। बहुआयामिक गरीबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने योजना प्रस्तुत गरिएको छ। नेपाललाई साहसिक, सांस्कृतिक, र पर्यावरणीय पर्यटनको केन्द्रको रूपमा विकास गरिनेछ। यसका लागि पूर्वाधार निर्माण, स्थानीय जनशक्तिको प्रशिक्षण, र दिगो पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्र संघको बडापत्रको आधारमा राष्ट्रिय हितलाई सर्वोपरी राख्दै सन्तुलित परराष्ट्र नीति सञ्चालन गरिनेछ। यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने, र राष्ट्रिय स्वाभिमान कायम राख्ने विश्वास गरिएको छ। नेकपाले भनेकाे छ, “हाम्रो प्रतिबद्धता–पत्र केवल घोषणापत्र मात्र होइन, यो देशको समृद्धि, सामाजिक न्याय, र जनताको जीवनस्तर उकास्ने मार्गदर्शक दस्तावेज हो। हामी यसलाई कार्यान्वयन गर्न सबै तहमा दृढ भएर लाग्नेछौं।” यस प्रतिबद्धता–पत्रले चुनावी अभियानमा नयाँ ऊर्जा प्रदान गर्ने र जनता माझ पार्टीको लक्ष्य र योजना स्पष्ट पार्ने अपेक्षा गरिएको छ। यसले आगामी पाँच वर्षमा नेपालमा स्थायित्व, समृद्धि, र समानताको सुनिश्चितता ल्याउने प्रतिवद्धता प्रस्ट पार्छ। हेर्नुहाेस् प्रतिवद्धता पत्रकाे पूर्णपाठ

भ्रष्टाचारविरुद्ध कडा प्रहार गर्ने प्रतिबद्धता: रूपा महर्जनको स्पष्ट एजेन्डा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा नेपाली कम्युनिष्ट पार्टी ले युवा तथा संघर्षशील नेतृ रूपा महर्जन (श्रेष्ठ) लाई उम्मेदवार बनाउँदै चुनावी अभियान तीव्र बनाएको छ । “तपाईंको आवाज संसदमा, मत हालौं तारामा” भन्ने नारासहित घरदैलो, कोणसभा र समुदायस्तरीय छलफलहरू मार्फत उम्मेदवार महर्जनले आफ्नो प्रतिबद्धता मतदातामाझ प्रस्तुत गरिरहेकी छन् । कीर्तिपुरमा जन्मेकी र हाल चन्द्रागिरीमा बसोबास गर्दै आएकी रूपा महर्जन (श्रेष्ठ) लामो राजनीतिक अनुभव र सामाजिक आन्दोलनको पृष्ठभूमिसहित मैदानमा उत्रिएकी हुन् । राज्यद्वारा बेपत्ता योद्धा सुचेन्द्र श्रेष्ठका सहयोद्धा रहँदै उनले जनयुद्धकालीन संघर्षदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक यात्रामा सक्रिय भूमिका निर्वाह गरेकी छन् । बेपत्ता योद्धा परिवार, युवा, जनजाति तथा महिला समुदायसँग निकट सम्बन्ध राख्दै आएकी उनी सबै वर्ग र समुदायको साझा प्रतिनिधिका रूपमा परिचित छिन् । उम्मेदवार महर्जन पूर्व संविधान सभा सदस्यसमेत हुन् । साथै, नेपाल भाषा आन्दोलनमा सक्रिय अभियन्ताका रूपमा उनले सांस्कृतिक पहिचान, भाषा अधिकार र स्थानीय समुदायको स्वाभिमानका मुद्दा निरन्तर उठाउँदै आएकी छन् । दक्षिणकाली क्षेत्रको विकास यात्रामा समेत सहयात्री रहेकी उनी स्थानीय तहका समस्या, विकासका अवरोध र जनताका दैनिक सरोकारसँग प्रत्यक्ष परिचित छिन् । सुशासन, स्थिरता र प्रणालीगत सुधारको एजेन्डा रूपा महर्जन (श्रेष्ठ) ले आफ्नो चुनावी घोषणापत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शितालाई प्रमुख एजेन्डा बनाएकी छन् । सार्वजनिक स्रोत–साधनको दुरुपयोग रोक्न, नीति निर्माणमा पारदर्शिता कायम गर्न र जनउत्तरदायी शासन प्रणाली स्थापित गर्न आफू संसदमा सशक्त आवाज उठाउने उनले प्रतिबद्धता जनाएकी छन् । त्यसैगरी, उनले स्थिर शासन प्रणालीका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको धारणा अघि सारेकी छन् । राजनीतिक अस्थिरताले विकास अवरुद्ध गरेको निष्कर्षसहित उनले दीर्घकालीन स्थायित्वका लागि प्रणालीगत बहस संसदमा उठाउने बताएकी छन् । सहकारी, भूमि र विस्थापनका मुद्दा काठमाडौं–१० क्षेत्रमा सहकारी तथा सहकारी पीडितका समस्या जटिल बन्दै गएको सन्दर्भमा उम्मेदवार महर्जनले सहकारी पीडितको रकम फिर्ता र नियमन प्रणाली कडाइका साथ कार्यान्वयन गर्ने पहल गर्ने बताएकी छन् । स्वबासी, बेनिस्सा तथा बेदर्ता जग्गाका समस्या समाधान, अन्यायपूर्ण भूमि नीति र जबर्जस्ती विस्थापनविरुद्ध आवाज उठाउने उनको प्रतिबद्धता छ । भूमिमाथि स्थानीय समुदायको अधिकार सुनिश्चित गर्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्ने एजेन्डा उनले अघि सारेकी छन् । सम्पदा संरक्षण र वातावरणीय सुधार कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी क्षेत्र प्राकृतिक तथा सांस्कृतिक सम्पदाले समृद्ध छन् । उम्मेदवार महर्जनले प्राकृतिका साथै सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेकी छन् । वातावरण प्रदूषण न्यूनिकरण, फोहोरको वैज्ञानिक व्यवस्थापन र जलाधार क्षेत्रको संरक्षणमार्फत दीगो विकासलाई जोड दिने उनले बताएकी छन् । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलाई स्थानीय विकाससँग जोड्दै हरित पूर्वाधार निर्माण र समुदाय–केन्द्रित कार्यक्रम अघि बढाउने उनको योजना छ । शिक्षा, स्वास्थ्य र रोजगारी उम्मेदवार महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकका मौलिक हक–अधिकारका रूपमा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा रहेको त्रिवि शिक्षण अस्पताल विस्तारका लागि पहल गर्ने उनको स्पष्ट योजना छ । सामुदायिक विद्यालय तथा कलेजहरूको स्तर उन्नति, प्रविधिमैत्री र सीपमूलक शिक्षा प्रणाली विकास, “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै” मोडेल लागू गर्दै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइने बताइएको छ । कीर्तिपुरलाई आईटी हबका रूपमा विकास गर्दै सूचना प्रविधिमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि उनले अघि सारेकी छन् । यसले युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । पूर्वाधार र पर्यटन प्रवर्द्धन हात्तीवन–चम्पादेवी–चन्द्रागिरि पैदलमार्गको स्तर उन्नति, चन्द्रागिरी–कीर्तिपुर–दक्षिणकाली लिङ्ग रोड विकास तथा सार्वजनिक यातायात सञ्चालन, कीर्तिपुर–मकवानपुर जोड्ने सडक विस्तारजस्ता योजनाहरू उनको प्राथमिकतामा छन् । चन्द्रागिरी र कीर्तिपुर हुँदै दक्षिणकाली सम्मको दक्षिण–पश्चिम भेगलाई आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिको साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । चम्पादेवीस्थित जातीय संग्रहालयलाई मूर्त रूप दिने, विभिन्न पार्क तथा खेलमैदानको स्तर उन्नति गर्ने र क्षेत्रलाई खेलकुद प्रशिक्षणको हबका रूपमा विकास गर्ने कार्यक्रम पनि घोषणापत्रमा समेटिएको छ । स्मृति, अध्ययन र पहिचान जनआन्दोलन, जनयुद्ध र जेनेरेशन–जी आन्दोलनको अध्ययन, अनुसन्धान तथा स्मृति स्थलका रूपमा मसिनको शान्तिपार्क विकास गर्ने योजना पनि उम्मेदवार महर्जनले अघि सारेकी छन् । इतिहास, संघर्ष र लोकतान्त्रिक यात्राको सम्मान गर्दै नयाँ पुस्तालाई राजनीतिक चेतनासँग जोड्ने उनको भनाइ छ । नमुना क्षेत्रको संकल्प काठमाडौं–१० लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्न केन्द्रीय बजेट सुनिश्चित गराउने प्रतिबद्धता उम्मेदवार महर्जनले व्यक्त गरेकी छन् । समन्वित योजना, स्थानीय तहसँग सहकार्य र समुदाय–आधारित विकास मोडेलमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सम्भव रहेको उनको विश्वास छ । घरदैलो अभियानका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या सुन्दै समाधानको स्पष्ट खाका प्रस्तुत गरिरहेकी छन् । युवा, महिला, जनजाति तथा सहकारी पीडित समुदायबाट सकारात्मक समर्थन मिलिरहेको नेकपा स्रोतले जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं–१० मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । तथापि, नेकपा कार्यकर्ताहरूले “तारामा छाप, रूपा महर्जन (श्रेष्ठ) लाई अत्यधिक मत” भन्ने अभियानलाई तीव्र पार्दै उनलाई विजयी गराउने दाबी गरेका छन् । महर्जनले आफू संसदमा पुगेपछि “जनताको आवाज, जनताको अधिकार र जनताको विकास” का लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता दोहोर्‍याएकी छन् । उनका समर्थकहरूका अनुसार, काठमाडौं–१० मा परिवर्तन, सुशासन र समावेशी विकासको नयाँ अध्याय सुरु गर्न तारामा मत हाल्नु अपरिहार्य छ ।

सल्यानलाई ‘उत्पादन र पर्यटन केन्द्र’ बनाउने नेकपाको घोषणा

सल्यान । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी, सल्यानले “समृद्ध सल्यान, हाम्रो अभियान” नारासहित विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ।  राजनीतिक स्थायित्वदेखि उत्पादन वृद्धि, पूर्वाधार, पर्यटन, शिक्षा–स्वास्थ्य, ऊर्जा र युवा स्वरोजगारसम्मका क्षेत्रलाई समेट्दै पार्टीले सल्यानलाई आगामी दुई वर्षभित्र ‘उज्यालो, जोडिएको र उत्पादक जिल्ला’ बनाउने महत्वाकांक्षी योजना अघि सारेको हो। राजनीतिक स्थायित्व र सुशासनलाई केन्द्रमा पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षता जस्ता संवैधानिक मूल्यलाई आत्मसात गर्दै आवश्यक संविधान संशोधनमार्फत राजनीतिक स्थायित्व र सुशासन सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ। जनआन्दोलन र जनयुद्धका सहिद तथा बेपत्ता परिवारको सम्मान, घाइतेको उपचार र राहतलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। युवा बेरोजगारी र भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा राख्दै उत्पादनमुखी अर्थतन्त्र र उद्यमशीलता विस्तारमार्फत रोजगारी सिर्जनामा जोड दिइने पार्टीको भनाइ छ। सडकदेखि डिजिटल पूर्वाधारसम्म जोड्ने योजना राप्ती लोकमार्ग, मदन भण्डारी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गलगायत रणनीतिक सडकको स्तरोन्नति, सबै पालिका–वडासम्म पक्की सडक र झोलुङ्गे पुल विस्तार मुख्य प्राथमिकता रहेको जनाइएको छ। दुई वर्षभित्र सम्पूर्ण घरधुरीमा गुणस्तरीय सञ्चार सुविधा र सार्वजनिक सेवा क्षेत्रमा भरपर्दो इन्टरनेट विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ। पर्यटनलाई आर्थिक इन्जिन बनाउने रणनीति कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, फालाबाङ दरबारलगायत ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण–प्रवर्द्धन गर्दै नयाँ ट्रेकिङ रूट विकास गर्ने घोषणा गरिएको छ। लोकसंस्कृति संरक्षणका लागि “सल्यान सांस्कृतिक प्रतिष्ठान” स्थापना, वार्षिक पर्यटन महोत्सव र होमस्टे प्रवर्द्धनमार्फत आन्तरिक पर्यटन बढाउने रणनीति अघि सारिएको छ। शिक्षा–स्वास्थ्यमा संरचनात्मक सुधार संघीय शिक्षा ऐन पारित गर्न पहल, कृषि क्याम्पस स्थापना, डिजिटल सिकाइ प्रणाली अनिवार्य र सीपमूलक शिक्षामा जोड दिने प्रतिबद्धता जनाइएको छ। सल्यान जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्यामा स्तरोन्नति गरी क्रमशः १०० शैय्यामा विस्तार गर्ने, प्रत्येक पालिकामा १५ शैय्याको अस्पताल र वडास्तरमा स्वास्थ्य चौकी सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। स्वास्थ्य बिमा, टेलिमेडिसिन र घुम्ती विशेषज्ञ सेवा पनि प्राथमिकतामा छन्। ऊर्जा, सिँचाइ र खानेपानीमा तीव्रता दुई वर्षभित्र पूर्ण विद्युतीकरण, १३२ केभी सबस्टेशन निर्माण, नाङ्गा तार विस्थापन र एबीसी केबल जडानको योजना उल्लेख गरिएको छ। शारदा–बबई र भेरी करिडोरका सिँचाइयोग्य जमिनमा सतह तथा लिफ्ट सिँचाइ विस्तार, बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध र सुरक्षित खानेपानी योजनालाई तीव्रता दिने भनिएको छ। ‘उत्पादन ३० प्रतिशत वृद्धि’ लक्ष्य अदुवा, सुन्तला, आलु, खसी–बोका, टिमुर र तरकारी उत्पादन बढाएर वार्षिक ३० प्रतिशत वृद्धि गर्ने लक्ष्य पार्टीले लिएको छ। शीत भण्डार निर्माण, सहुलियत ऋण, अनुदान र ब्रान्डिङमार्फत “सल्यानी उत्पादन”लाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने रणनीति सार्वजनिक गरिएको छ। खुकुरी उद्योग, बाँस–निगालो हस्तकला र जडिबुटीको व्यावसायिक प्रवर्द्धनमार्फत स्थानीय उद्योगलाई बलियो बनाउने योजना अघि सारिएको छ। सामाजिक सुरक्षा र समावेशी कार्यक्रम लघुवित्त पीडित समस्या समाधान, जनता आवास कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याइएको छ। “एक पालिका–एक उत्पादन” कार्यक्रममार्फत सहकारी सुदृढीकरण र अन्तरपालिका व्यापार प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ। पार्टीले सल्यानबाट प्रत्यक्षतर्फ युवा नेता रमेश कुमार मल्ल र समानुपातिकतर्फ शारदा परियारलाई अघि सारेको छ। “तारा” चुनाव चिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन अपिल गर्दै पार्टीले समृद्ध सल्यान निर्माणका लागि जनताको ऐक्यबद्धता अपरिहार्य रहेको जनाएको छ। सल्यानको विकासलाई समग्र र दीर्घकालीन ढंगले अघि बढाउने दाबी गर्दै सार्वजनिक गरिएको यो प्रतिबद्धता आगामी निर्वाचनमा मतदाताको निर्णायक परीक्षणमा उत्रनेछ।   समृद्ध सल्यान, हाम्रो अभियान प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ नेपाली कम्युनिष्ट पार्टी, सल्यानको प्रतिबद्धता १. नीतिगत प्रतिबद्धता : १.१. जनक्रान्तिको बलमा जननिर्वाचित संविधान सभाको प्रक्रियाबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता लगायत संवैधानिक मूल्य मान्यताहरू आत्मसाथ गर्दै राजनीतिक स्थायित्व र सुशासन लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ। १.२. देशमा राजनीतिक परिवर्तन र सुशासनका पक्षमा भएका सबै प्रकारका जनक्रान्ति र आन्दोलनमा अभिव्यक्त भएको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै महान सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान र घाइते योद्धाहरूको स्वास्थ्य उपचार तथा राज्यबाट राहत र सहयोग उपलब्ध गराउनेबारे हामी प्रतिबद्ध छौँ।  १.३. जेनजी (नवयुवा) आन्दोलनमार्फत् उठाइएका भ्रष्टाचार, अनियमितता तथा बेरोजगारीजस्ता समस्याहरूको समाधानको लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, राजनीतिक स्थायित्व र शान्ति-सुरक्षा कायम गर्दै युवा स्वरोजगार तथा उद्यमशीलतामार्फत् उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने कुरामा हामी प्रतिबद्ध छौँ। १.४. पर्यावरणमैत्री विकासलाई आत्मसाथ गर्दै वन पैदावार र वन्यजन्तु सम्बन्धी कानूनहरूलाई विकासमैत्री र व्यावहारिक बनाउन प्रचलित ऐन, कानून र नियमावलीहरू संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ।  १.५. सल्यान जिल्लाबाट यसअघि संघ र प्रदेशमा प्रतिनिधित्व गरिसक्नुभएका जनप्रतिनिधिहरूले शुरू गरेका जिल्लास्तरका रणनीतिक तथा निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिनुका साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वयमा मात्र जिल्लाको विकास र समृद्धिको अभियान सफल हुन्छ भन्ने कुरामा हामी पूर्ण प्रतिबद्ध छौँ। साथै संघीय निजामती ऐनको अन्योलले पैदा गरेको कर्मचारी समायोजन, अन्तरप्रदेश सरूवा तथा अन्तरतह बढुवा लगायतका सेवा सुविधाको लागि पहल गर्न हामी प्रतिबद्ध छौँ। २. भौतिक पूर्वाधारको क्षेत्रमा हाम्रो प्राथमिकता : २.१. यथाशीघ्र राप्ती लोकमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग, लुम्बिनी-रारा लोकमार्ग, जिल्ला पर्यटकीय चक्रपथ सल्यान (DTRRS), खलङ्गा-मार्के-कालिमाटी रामपुर-घुइयाबारी-खर्कबार-कोहलपुर निर्वाचन क्षेत्र रणनीतिक सडक, प्रदेश राजधानी सुर्खेत जोड्ने लोकमार्गहरू, प्रादेशिक रणनीतिक सडकहरू, अन्तर प्रदेश तथा अन्तर जिल्ला जोड्ने प्रदेश सडकमार्गहरूको पूर्णता र स्तरोन्नति हाम्रो मुख्य प्राथमिकता रहनेछ। २.२. जिल्लाभित्रका सबै पालिका र वडा कार्यालयहरूसम्म पक्की सडक, आवश्यकताको आधारमा झोलुङ्गे पुल निर्माणका साथै सबै टोल, बस्तीमा यातायात सेवा पुर्‍याउने योजनामा हामी पूर्ण प्रतिबद्ध छौँ।  २.३. कतिपय बस्तीहरूमा अहिले पनि गुणस्तरीय सञ्चार सुविधा नपुगेको अवस्थालाई ध्यान दिदै  आवश्यक टेलिफोन टावर र पूर्वाधारको व्यवस्था गरि २ वर्ष भित्र सबै घरमा गुणस्तरीय सञ्चार सुविधा पुर्‍याउन पहल गरिनेछ। २.४. सार्वजनिक सेवा प्रवाह हुने जिल्लाका सम्पूर्ण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवाको सुनिश्चितता गरिनेछ। डिजिटल साक्षरताको विस्तार र सार्वजनिक सञ्चारका माध्यमहरूलाई व्यवस्थित गरिनेछ।   ३. पर्यटन क्षेत्रको विकास र प्रवर्धन : ३.१. जिल्लाको समग्र “पर्यटन गुरूयोजना” निर्माण गरि ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि, शैक्षिक र  युद्ध पर्यटनजस्ता क्षेत्रको एकीकृत आयोजना निर्माण तथा कार्यान्वयनले मात्र जिल्लाको पर्यटन क्षेत्रको विकास सम्भव छ भन्ने बिषयमा हामी पूर्ण प्रतिबद्ध छौँ। ३.२. मुख्यगरी जिल्लाका पर्यटकीय गन्तव्यहरू कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, शंखमूल, लक्ष्मीपुर शिव मन्दिर, फालाबाङ पुतली दरबार, र्‍याले पौवा लगायतका पर्यटकीय गन्तव्यहरूको पूर्वाधार संरक्षण र प्रवर्धन गर्दै क्रमश: कुमाख, निगालचुला, जथाक लेक (पाथिभरा), सुकिदह, कछुवा दह, मालिका लेक, बामे लेक, कालीमाटीको गंगामाला देउतीबज्यै मन्दिर, त्रिवेणीको तीर्थशाला धाम, शिद्धगुफा, देवस्थल कृष्ण मन्दिर, मालिका-कालिका, कोटमौला कालिका मन्दिर, बडागाउँ नाउला दरबार, लखिमपुर, रिमको शिवगुफा, ब्याउलाब्याउली ढुङ्गा, शिव पाइला, सातामुल लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा केही नयाँ ट्रेकिङ रूट र नयाँ पर्यटकीय गन्तव्यको निर्माण र प्रवर्धनमा हाम्रो प्राथमिकता रहने छ। ३.३. बनगारी टप्पा, सेरिङ्गे, लोकदोहरी, लोकभाका, ठारीभाका, सोरठी, पैसेरी,  झाप्रे, झ्याङ जस्ता लोकसंस्कृति तथा स्थानीय मेला-जात्रालाई संरक्षण तथा सम्बर्धन गर्न जिल्लाका राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार समेतको सहभागितामा “सल्यान सांस्कृतिक प्रतिष्ठान” स्थापना गरि सहभागितामूलक संस्कृतिको विकास र जगेर्ना गर्ने हाम्रो साझा सङ्कल्प हुनेछ। ३.४. आन्तरिक पर्यटन प्रवर्धन, होमस्टे, स्वस्थ र अर्गानिक खानामार्फत् जनस्वास्थ्य र जीवनस्तरमा सुधार, वार्षिक पर्यटन महोत्सव, नेवार तथा मगर जातिको स्थानीय भाषाका साथै सल्यानको ठेट नेपाली भाषाको संरक्षण र सम्वर्धनका लागि अध्ययन, अनुसन्धान गर्न पहल गरिनेछ।   ४. शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको गुणस्तर वृद्धिमा हाम्रो जोड : ४.१. संघीय शिक्षा ऐन पारित गर्न पहल गर्नु, जिल्लामा आंगिक क्याम्पस तथा कृषि क्याम्पस स्थापनाको पहल गर्नु, विद्यालयहरूमा डिजिटल सिकाइ प्रणाली अनिवार्य गर्नु, पढ्दै कमाउँदै कार्यक्रमका साथै प्राविधिक तथा सीपमूलक शैक्षिक कार्यक्रमहरू थप गर्दै जानु हाम्रो शैक्षिक कार्यभार हुनेछ।  ४.२. क्याम्पस र विद्यालयहरूमा भौतिक पूर्वाधारको निर्माण, आवश्यक दरबन्दीको व्यवस्थापन, प्राविधिक धारका शैक्षिक कार्यक्रमहरूको विस्तार र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, सतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना जस्ता कार्यमा विशेष जोड दिइनेछ। ४.३. बसाइँसराइ र विद्यार्थीहरूको आवश्यकतालाई ध्यान दिई शिक्षण संस्थाहरूको स्थानान्तरण वा समायोजन तथा क्याम्पस र विद्यालयहरूमा शैक्षिक कार्यक्रम एवम् संकाय संशोधन गरेर समयसापेक्ष र व्यावहारिक बनाइने छ। प्रारम्भिक तहको आधारभूत शिक्षा जन्मथलोमै आमाको काखमा हुर्किदै लिने व्यवस्था गराउन पहल गरिनेछ। ४.४. जिल्लाको प्राकृतिक सम्पदा र उत्पादनमा आधारित उद्यमशीलता तथा उद्योगहरू स्थापना एवम् सञ्चालन गर्न आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक धारका सीपमूलक जनशक्ति उत्पादनमा हाम्रो जोड हुनेछ। ४.५. सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवनलाई सम्पन्न गर्न प्रभावकारी कदम चालिनेछ। तत्काल जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्याको क्षमतामा विकास गर्ने र क्रमश: १०० शैय्यामा स्तरोन्नति गर्न पहल गरिनेछ। सबै पालिकाहरूमा १५ शैय्याको अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा सञ्चालन गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिनेछ। ४.६. सल्यानका सबै नागरिकमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, सूचीकृत रोगहरूको निःशुल्क उपचार गर्ने, बिशेषज्ञ डाक्टर सेवासहित घुम्ती सेवा, दुर्गम क्षेत्रमा टेलिमेडिसन सेवा, सुरक्षित मातृत्त्व कार्यक्रम लगायत महिला, जेष्ठ नागरिक र बालबालिका लक्षित स्वास्थ्य कार्यक्रमहरू प्रभावकारी बनाउन हामी पूर्ण प्रतिबद्ध छौँ। ४.७. जेष्ठ नागरिक, एकल महिला र अशक्त नागरिकहरूको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू प्रभावकारी बनाउनु हाम्रो कर्तव्य हुनेछ। साथै स्वदेश तथा विदेशमा रोजगारीमा रहेका युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि पहल गरिने छ। ४.८. युवा उद्यमशीलता प्रवर्धनमा विशेष जोड दिइनेछ। युवालाई कृषि, वन, पर्यटन, कला संस्कृतिको संरक्षण र विकास लगायतका क्षेत्रमा सीपमूलक तालिमको व्यवस्था गरि उत्पादन र रोजगार केन्द्रित कार्यक्रममार्फत् वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोजगार बनाउन र स्वरोजगारमा जोड्न पहल गरिनेछ। ४.९. खेलकुदको विकासका लागि जिल्ला स्तरमा रंगशाला, पालिका स्तरमा कभर्ड हल, हरेक वडा, विद्यालय र क्याम्पसहरूमा खेल मैदानको व्यवस्था गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना निर्माण तथा कार्यान्वयनमा प्राथमिकता दिइनेछ। विधागत रूपमा खेलकुद प्रशिक्षकको व्यवस्था गर्न र जिल्लाबाट प्रादेशिक र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न विद्यालय स्तरदेखि नै खेलकुद सम्बन्धी योजना निर्माण र कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। ५. विद्युत, सिँचाइ र खानेपानीको क्षेत्रमा हाम्रो प्राथमिकता : ५.१. सल्यान जिल्लाको पूर्ण विद्युतीकरणको योजनालाई तिव्रता दिदै विद्युत नपुगेका घरधुरीमा वैकल्पिक ऊर्जाको समेत व्यवस्था गरि दुई वर्ष भित्र सल्यानलाई पूर्ण उज्यालो जिल्ला बनाइनेछ।  ५.२. विद्युतीय जोखिम हटाउनको लागि नाङ्गो तार विस्थापन गरि यथाशीघ्र Covered  Conductors तथा ABC Cable जडान गर्नुका साथै काठका पोल हटाइनेछ। जिल्लामा उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने विद्युतीय क्षमता वृद्धि गर्न १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण गरिनेछ। ५.३. शारदा-बबई करिडोर र भेरी करिडोरका सबै सिँचाइयोग्य जमिन, फाँट र टारहरूमा सतहगत सिँचाइ र लिफ्ट सिँचाइको माध्यामबाट सिँचाइको व्यवस्था गरिने छ। त्यसैगरि बाढी पहिरोबाट खेतीयोग्य जमिन तथा वस्तीहरू सुरक्षित गर्न व्यवस्थित तटबन्धको योजना निर्माण र कार्यान्वयन गरिनेछ। ५.४. स्वस्थ खानेपानी नपुगेका बस्तीहरूमा पाइपलाइन तथा लिफ्ट खानेपानी योजनामार्फत् खानेपानीको व्यवस्था गर्नुका साथै जीर्ण खानेपानी योजनाहरूको पुन:निर्माण गरिनेछ। साथै जलश्रोत तथा पानीका मुहानहरू संरक्षण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा जोड दिइनेछ।   ६. उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगार मुख्य प्राथमिकता : ६.१. सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरि साढे ३ अर्ब बराबरको उत्पादन निर्यात भइरहेको छ। यसका अतिरिक्त स-साना परिमाणमा विभिन्न प्रकारका कृषि तथा वन पैदावार, जडिबुटी पनि निर्यात भइरहेको देखिन्छ। सल्यानको उत्पादनलाई बार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित कार्ययोजना निर्माण गरि कृषि, पशुपालन, वन पैदावार, बागवानी, तरकारी लगायतको क्षेत्रमा सीप, ज्ञान, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी बढाउने योजनामा हाम्रो बिशेष प्राथमिकता रहने छ। ६.२. सल्यान जिल्लाबाट उत्पादित कृषिजन्य तथा वन पैदावार उत्पादन, पशुपालन र पर्यटनमा आधारित उद्यमशीलता, साना उद्योग तथा व्यवसायहरू सञ्चालन गरेर मात्र हामीले युवा स्वरोजगार सिर्जना गर्न तथा आयआर्जनमा वृद्धि गर्न सक्छौँ भन्ने विषयमा हामी स्पष्ट छौँ। साथै स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरणको व्यवस्था गरि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सल्यानी उत्पादनको पहिचान बनाउन पहल गरिनेछ।  ६.३. उत्पादित वस्तुहरूको भण्डारणका लागि जिल्लाभित्र आधुनिक शीत भण्डार निर्माण र बजार विस्तार गर्नुका साथै बीउबिजन, मल तथा कृषि सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन निरन्तर  पहल गरिनेछ। ६.४. सल्यानका पौराणिक सीपमा आधारित खुकुरी उद्योग, बाँस/निगालोबाट निर्मित वस्तु र तयारी पोशाकलाई आधुनिक प्रविधिमा समायोजन गरी व्यावसायिक बनाउन र राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान एवम् बजारीकरणका लागि आवश्यक पहल गरिनेछ। ६.५. सल्यानको प्राकृतिक सम्पदा (सल्लाको खोटो), रिठा, तेजपात (दालचिनी), समायो लगायतका जडिबुटीको व्यवस्थित उत्पादन, संकलन र बजारीकरणका लागि पहल गरिनेछ। ६.६. जिल्लाका प्रमुख बजार र स्थानीय बजारहरूको आधुनिकीकरण तथा उचित व्यवस्थापनका साथै बसपार्कको व्यवस्था, उद्योग तथा व्यापार/व्यवसायको प्रवर्धनको लागि संघ, प्रदेश र स्थानीय तहमा देखिएको दोहोरो कर प्रणालीको अन्त्य गर्दै करदाता साक्षरता र सेवा बिस्तारमा जोड दिइनेछ।  ६.७. लघुवित्त पीडितको विषय हल गर्न पहल गर्नुका साथै आवासविहीनको लागि जनता आवासको कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रमलाई बढाउन पहल गरिनेछ। ६.८. कृषि सहकारी सुदृढीकरण, एक पालिका - एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। उत्पादित वस्तुको अन्तर पालिका व्यापार प्रवर्धनमा जोड दिइनेछ। आदरणीय सल्यानी आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरू, सुन्दर र समृद्ध सल्यान निर्माण गर्ने अभियानमा तपाई हाम्रो साझा प्रयास र सहकार्य आवश्यक छ। यी प्रतिबद्धता हाम्रा प्रारम्भिक सङ्कल्प मात्र हुन्। तपाईं हाम्रो जिल्ला र गाउँघरको विकास एवम् समृद्धिका साझा एजेन्डामा केन्द्रित भएर परिणाममुखी काम गर्न तपाईंको अभिमत र हाम्रो नेतृत्वदायी भूमिका आवश्यक छ। तपाईं हाम्रो साझा प्रतिबद्धता पूरा गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फ योग्य, क्षमतावान् युवा नेता रमेश कुमार मल्ल र समानुपातिकतर्फ महिला नेता शारदा परियार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यस अभियानमा तपाईंहरूको ऐक्यबद्धतासहित चुनाव चिन्ह “तारा”मा मतदान गरि अत्यधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।  धन्यवाद।

खोटाङ्गमा यी दश कारणले हरि रोकालाई भोट

खोटाङ्ग । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा खोटाङ्गवासीका लागि स्थानीय विकास, रोजगार, समानता र युवाप्रतिको भविष्य सुनिश्चित गर्ने उम्मेदवारको चयन महत्वपूर्ण बन्न पुगेको छ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार डा. हरि रोकालाई खोटाङ्गवासीले फागुन २१ मा विजयी बनाउनुका दश कारण यसप्रकार छन्: १. जिल्लाको स्रोत र साधनको सही परिचालन:  डा. रोकाको नेतृत्वमा खोटाङ्गको प्राकृतिक, आर्थिक र मानव स्रोतलाई दिगो र व्यावहारिक तरिकाले परिचालन गर्ने योजना छ। २. बसाइँसराइ रोक्न र समुन्नत गाउँ निर्माण:  गाउँ र समुदायमा स्थायित्व ल्याउने उद्देश्यले स्थानीय विकास योजनाहरूलाई प्राथमिकतामा राखिनेछ। ३. युवाको भविष्य र रोजगार सुनिश्चितता: रोजगार, नवप्रवर्तन र विकास निर्माणको अवसर सिर्जना गर्दै, पुराना असमान आर्थिक, सामाजिक र राजनीतिक संरचना भत्काएर नयाँ र समान प्रणाली स्थापना गरिनेछ। ४. समान र समतामूलक प्रतिनिधित्व:   राज्यका सबै तह र तप्कामा प्रत्येक वर्गको सहभागिता सुनिश्चित गर्दै, पिछडिएका र बहिष्कृत समुदायका अधिकार र मुक्तिको पक्षमा काम गरिनेछ। ५. जनताको माग र मुद्दाको सही सम्बोधन:  जेनजिहरुका माग र समस्याहरूलाई वैज्ञानिक, व्यावहारिक र दीर्घकालीन योजना अनुसार सम्बोधन गर्दै भविष्य निर्माणमा सक्रिय भूमिका खेलिनेछ। ६. उपलब्धिहरुको संरक्षण र समुन्नति: विगतका जनयुद्ध, जनआन्दोलन र सामाजिक संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै अझ समृद्ध र विकसित समाज निर्माण। ७. गाउँका विभिन्न समस्याको दिगो समाधान:  किसान, मजदुर, बेरोजगार, सुकुम्बासी र स्थानीय समुदायका समस्यालाई व्यावहारिक, वैज्ञानिक र दीर्घकालीन तरिकाले समाधान गरिनेछ। ८. आवश्यक सेवामा सुधार: शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, रोजगारजस्ता क्षेत्रमा तत्काल सुधार र दीर्घकालीन व्यवस्थापन, सुव्यवस्थित र सुसंगठित प्रणाली मार्फत प्रदान गरिनेछ। ९. दक्ष र जनमुखी संसद प्रतिनिधि: देश निर्माण र समग्र विकासका लागि सक्षम र अनुभवी नेतृत्व संसदमा पुर्‍याइनेछ। १०. देशको स्वाधीनता र सुरक्षा सुनिश्चित:– विदेशि शक्तिको प्रभावबाट देशलाई जोगाउँदै राष्ट्रिय स्वाधीनता र सुरक्षामा दृढ भूमिका निर्वाह गरिनेछ। डा. रोकाले आफ्नो अभियानमा खोटाङ्गका प्रत्येक गाउँ र टोलमा पुगेर स्थानीय जनताको आवश्यकता र समस्याहरू बुझ्ने, त्यसको समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउने, र युवासँगै समुदायको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। सर्वसाधारणले यस निर्वाचनमा डा. हरि रोकाको नेतृत्वमा खोटाङ्गको समग्र विकास, समृद्धि र समानतामूलक भविष्य सुनिश्चित गर्नुपर्ने आवश्यकता महसुस गर्दै छन्। यसै कारण फागुन २१ मा डा. रोकालाई विजयी बनाउने अभियान जोरदार हुनेछ भन्ने अपेक्षा गरिएको छ।