देशको स्वाधीनता संकटमा छ: मतदानअघि राष्ट्र र भविष्य सम्झन वर्षमान पुनको भावुक अपिल (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेता तथा पूर्वमन्त्री वर्षमान पुन अन्ततले राष्ट्रिय स्वाधीनता यतिबेला संकटमा परेको बताउँदै देशको भविष्य, युवाहरूको अवस्था र ऐतिहासिक बलिदानलाई स्मरण गरेर मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन राष्ट्रको स्वाधीनता, सुशासन, समृद्धि र रोजगारी सुनिश्चित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले आफ्नो दलले यी विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको उल्लेख गर्दै देशले अहिले सुशासन र समृद्धिको खोजी गरिरहेको र युवाहरूलाई रोजगारीको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले मतदान गर्नु अघि राष्ट्रको स्वाधीनता, देशको भविष्य, युवाहरूको अवस्था तथा सहिदहरूको बलिदानलाई एकपटक सम्झन आवश्यक रहेको बताउनुभयो । विगतका ऐतिहासिक संघर्ष, हजारौँ सहिदहरूको बलिदान र पूर्वजहरूले देशको रक्षाका लागि गरेको योगदानलाई स्मरण गर्दै सचेत निर्णय गर्न उहाँले आग्रह गर्नुभयो ।
पुनले नेपाली कम्युनिस्ट पार्टीले विगतदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा काम गर्दै आएको बताउनुभयो । उहाँले महिला, मजदुर, किसान, दलित, जनजाति, मधेशी तथा कर्णालीजस्ता पिछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
संविधान र कानुनमार्फत महिलाको सम्पत्तिमा अधिकार सुनिश्चित गर्न, राजनीतिक सहभागिता बढाउन र उत्पीडित समुदायको प्रतिनिधित्व स्थापित गर्न पार्टीले पहल गरेको उहाँले बताउनुभयो । हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बन्न सफल भएको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको अवस्था सिर्जना हुनुमा पनि पार्टीको योगदान रहेको उहाँको भनाइ थियो ।
देश निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र समृद्धिका लागि पार्टीले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले तारा चिह्नमा मतदान गरेर पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै यसमार्फत जनताले आफ्नो राष्ट्रभक्ति, स्वाधीनता र सुशासनप्रतिको प्रतिबद्धता व्यक्त गर्न सक्ने बताउनुभयो ।
उहाँले नेपाली कम्युनिस्ट पार्टीले विगतमा युवाहरूमा चेतना जगाउने, मजदुर–किसानका हकअधिकार स्थापित गर्ने र स्वाभिमानी नागरिक तयार गर्ने काम गरेको बताउनुभयो । साथै अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै स्वाधीनता, समृद्धि, सुशासन र रोजगारी सिर्जनाका लागि थप प्रतिबद्धतासहित अघि बढ्ने बताउनुभयो ।
पार्टी र नेताहरू पूर्ण रूपमा कमजोरीरहित नभएको स्वीकार गर्दै उहाँले विगतका सीमाहरू सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विकासका ठोस आधार र लोकप्रिय छविका कारण सहज जितको मार्गमा गिरिराजमणी पोखरेल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका महोत्तरी–१ का उम्मेदवार गिरिराजमणी पोखरेल विगतमा प्रतिनिधि सभा सदस्यका रूपमा खेलेको प्रभावकारी भूमिका र विकास निर्माणमा पुर्याएको योगदानका कारण सहज जितको बाटोमा अघि बढेका छन्। चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानमा देखिएको जनसमर्थन र जनताको मायाले उनी जितको सहज मार्गमा रहेको महोत्तरीस्थित पार्टीपंक्तिले बताउने गरेका छन्। स्वास्थ्य मन्त्री तथा शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रीको रूपमा पटक–पटक जिम्मेवारी सम्हालेका पोखरेलले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका लागि महत्वपूर्ण काम गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गरेका नीतिगत तथा कानुनी पहलले उनलाई लोकप्रिय बनाएको मात्र होइन, आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणका कामले पनि उनलाई मतदाताको मन–मस्तिष्कमा स्थापित गरेको छ। विगतका अधुरा योजनालाई पूरा गर्ने र नयाँ योजनाका साथ अघि बढ्ने प्रतिबद्धतासहित उनी अहिले मत माग्न व्यस्त देखिएका छन्। महोत्तरीको विकासका लागि अघि सारेका योजना पोखरेलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बर्दिबास मेडिकल कलेजको काम अगाडि बढाउन पहल गर्ने बताएका छन्। अव्यवस्थित बसोबासी तथा भूमिहीनका समस्याबारे संसदमा प्रभावकारी रूपमा आवाज उठाउने र कानुनी सहजीकरणका लागि भूमिका खेल्ने उनको प्राथमिकता रहेको छ। जनतासँग बलियो सम्बन्ध कायम गर्दै आएका उनले “जनता–सांसद कार्यक्रम” मार्फत् क्षेत्र नम्बर १ का नागरिकका सवालमा नियमित छलफल गर्ने र महत्वपूर्ण मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै, रोकिएको वनपथ–खयरमारा सडकलाई पक्की बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने, जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै चुरे संरक्षणको मुद्दालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने, रातु सभ्यताको संरक्षण गर्ने तथा भौतिक पूर्वाधार (सडक, पुल लगायत) का अधुरा काम पूरा गर्न पहल गर्ने उनको योजना रहेको छ। पुरातात्विक सम्पदाहरूको वैज्ञानिक संरक्षण, अभिलेखीकरण तथा अन्तर्राष्ट्रिय पहिचान सुनिश्चित गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। महोत्तरी–१ लाई दक्षिण एशियाकै प्रमुख पुरातात्विक अध्ययन केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षी योजना पनि उनले अघि सारेका छन्। त्यसैगरी, गौशाला बजारमा ढल तथा बजार व्यवस्थापनका कामलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढाउने उनको योजना रहेको छ। राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालमा स्पष्ट र दृढ आवाज उठाउँदै आएका पोखरेलको सरल र स्वच्छ जीवनशैली पनि उदाहरणीय मानिएको छ। महोत्तरीको विकासमा पोखरेलका प्रमुख योगदान गिरिराजमणी पोखरेलको पहलमा महोत्तरी–१ क्षेत्रमा विभिन्न महत्वपूर्ण संरचना तथा संस्थाहरू स्थापना र निर्माण भएका छन्। तीमध्ये प्रमुख योगदानहरू यसप्रकार छन्— १. बर्दिबास–१ मा कर कार्यालय तथा सेवा केन्द्र स्थापना २. बर्दिबास–३ मा विधि विज्ञान प्रयोगशाला स्थापना ३. किसाननगरमा मधेश प्रदेशस्तरीय प्रहरी तालिम केन्द्र स्थापना ४. बर्दिबास–२ मा विद्युत् सबस्टेशन (निर्माणाधीन) ५. चुरे हरित संरक्षण अभियान सञ्चालन ६. बर्दिबास–१४ मा नाथम होटल म्यानेजमेन्ट कलेज स्थापना ७. बर्दिबास–११ खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना ८. किसाननगरमा मधेश प्रदेशस्तरीय कृषि कलेज सञ्चालन ९. जनहित नन्दलाल माविमा इन्जिनियरिङ अध्यापन सुरु १०. देउराली माविमा फरेस्ट्री अध्यापन सुरु ११. जनता मावि बर्दिबासलाई मधेश प्रदेशको नमुना विद्यालय बनाइएको १२. जनता मावि गौरीडाँडालाई देशकै उत्कृष्ट १० विद्यालयमध्ये पर्न सफल बनाइएको १३. बर्दिबास–२ मा राष्ट्रिय आयुर्वेदिक अनुसन्धान अस्पताल स्थापना १४. बर्दिबास–४ मा मेडिकल कलेज निर्माणको काम अघि बढाइएको १५. बर्दिबास–२ मा १५ शैयाको सरकारी अस्पताल स्थापना १६. रातु नदीमा तटबन्ध निर्माण गरी हजारौँ बिघा जमिन कटानबाट जोगाइएको १७. बर्दिबास वडा नं. ४–५ जोड्ने पुल निर्माणको काम अघि बढाइएको १८. क्षेत्रका सामुदायिक विद्यालयहरूमा संसदीय विकास कोषमार्फत् पक्की भवन निर्माण १९. गौशालामा नेपालकै पहिलो रेलवे इन्जिनियरिङ कलेज स्थापना २०. गौशालामा सिभिल इन्जिनियरिङ अध्यापन सुरु ২১. गौशालाको त्रिभुवन माविलाई नमुना विद्यालय घोषणा २२. गौशाला–१२ मा आयुर्वेद कलेज सञ्चालन २३. कान्तिबजार माविमा कृषि प्राविधिक शिक्षा सञ्चालन २४. आयुर्वेद अस्पताल सम्बन्धन तथा भवन निर्माण २५. गौशाला सरकारी अस्पताललाई १५ शैयाको सम्बन्धन २६. गौशालामा मालपोत तथा नापी कार्यालय स्थापना २७. बिसहरास्थान नजिक खानेपानी बोरिङ तथा ट्यांकी निर्माण २८. परडियामा शिव मन्दिर निर्माण २९. गैरीटोलमा गुम्बा भवन निर्माण ३०. बगर खेती प्रवर्द्धन ३१. कृषि उपज केन्द्र स्थापना ३२. पचाइन पोखरी पुनर्निर्माण ३३. अव्यवस्थित बसोबासीका समस्याबारे संसदमा आवाज उठाइएको ३४. सिँचाइका लागि डिप बोरिङ निर्माण तथा सञ्चालन विगतमा गरेका ठोस काम, विकास निर्माणमा देखिएको सक्रियता, जनतासँगको निकट सम्बन्ध र स्पष्ट योजनाका कारण गिरिराजमणी पोखरेल महोत्तरी–१ मा बलियो जनसमर्थनसहित सहज जितको मार्गमा अघि बढेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
११ बुँदे विकास प्रतिबद्धतासहित देवेन्द्र पौडेल घरदैलोमा : नवलपरासी–२ मा नेकपाप्रति जनआकर्षण तीव्र
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार देवेन्द्र पौडेल ११ बुँदे स्थानीय विकास प्रतिबद्धतासहित यतिबेला जनताको घरदैलोमा सक्रिय रूपमा पुगिरहेका छन् । विकास, सुशासन र जनजीविकासँग प्रत्यक्ष जोडिएका ठोस एजेन्डा बोकेर गाउँ–गाउँ र टोल–टोलमा पुग्दा स्थानीय जनताले उनलाई आशा र भरोसाका रूपमा हेर्न थालेका छन् । यससँगै उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीप्रतिको जनआकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताइएको छ । स्थानीयवासीका अनुसार विगतमा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले जनताका आधारभूत समस्या र विकासका मुद्दालाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको गुनासो रहँदै आएको थियो । यस्तो अवस्थामा अनुभवी र स्पष्ट विकास दृष्टिकोण भएका नेताका रूपमा देवेन्द्र पौडेलको उम्मेदवारीलाई जनताले सकारात्मक रूपमा लिएका छन् । यसअघि बागलुङ क्षेत्र नं. २ बाट दुई पटक निर्वाचित सांसद रहिसकेका पौडेलले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए । पूर्व शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्रीसमेत रहिसकेका उनले शिक्षा क्षेत्रमा गरेका सुधार, पूर्वाधार विस्तार तथा नीतिगत पहलकदमीले उनको नेतृत्व क्षमताको प्रमाण दिएको स्थानीयको भनाइ छ । यही अनुभव र कार्यसम्पादनकै आधारमा उनी नवलपरासी–२ मा पनि विकासको नयाँ आधार तयार गर्ने प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् । घरदैलो अभियानका क्रममा पौडेलले स्थानीय आवश्यकताको पहिचान गरी त्यसअनुसार विकास योजना अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम सञ्चालन गर्ने र दीर्घकालीन रूपमा क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकास सुनिश्चित गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । जनतासँगको भेटघाटका क्रममा उनले पाएको उत्साहजनक साथ र समर्थनले आफू विजयको नजिक पुगेको उनको भनाइ छ । यस्ता छन् देवेन्द्र पौडेलका ११ बुँदे मुख्य प्रतिबद्धता पौडेलले महेशपुर भन्सारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई महेशपुरदेखि महलपोखरी, पाल्पा हुँदै पोखरासम्म जोड्ने रणनीतिक सडक निर्माण गर्ने mentioning गरेका छन् । यस सडकलाई प्रमुख व्यापारिक तथा आवागमन मार्गका रूपमा विकास गरिनेछ भने पालिकास्तरीय रिङरोड निर्माण गरी स्थानीय यातायातलाई सहज बनाउने योजना अघि सारिएको छ । शिक्षा क्षेत्रलाई समयानुकूल प्रतिस्पर्धी र गुणस्तरीय बनाउन विद्यालय तथा क्याम्पसहरूको भौतिक पूर्वाधार सुदृढ गर्ने, आधुनिक प्रविधिसहितको शिक्षण प्रणाली लागू गर्ने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उनको अर्को प्राथमिकता रहेको छ । स्वास्थ्य क्षेत्रमा जिल्लाको एकमात्र पृथ्वीचन्द्र अस्पताललाई १०० शैयाको आधुनिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने तथा प्रत्येक वडाका स्वास्थ्य चौकीहरूलाई थप सशक्त र सुविधासम्पन्न बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउने, किसानलाई उत्पादन, भण्डारण तथा बजारीकरणमा सहजीकरण गर्ने तथा आवश्यक नीतिगत र भौतिक संरचना निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन् । जिल्लाको सदरमुकाम परासीलाई योजनाबद्ध रूपमा नमूना सहरका रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजना लागू गर्ने उनको लक्ष्य रहेको छ । त्यसैगरी धार्मिक तथा पर्यटकीय सम्भावना भएका स्थलहरूको पहिचान, संरक्षण र विकास गरी पर्यटन प्रवर्द्धन गर्ने, उद्योग तथा कलकारखाना स्थापना र विस्तारका लागि उद्योगमैत्री वातावरण सिर्जना गरी स्थानीय स्तरमै रोजगारीका अवसर बढाउने उनको प्रतिबद्धता छ । खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने, डुबान प्रभावित क्षेत्रका लागि वैज्ञानिक समाधान लागू गर्ने, साथै मुस्लिम, मधेशी, जनजाति, थारु, दलित, महिला, सहिद तथा घाइते परिवारलगायत उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्न विशेष पहल गर्ने उनले बताएका छन् । जनतामा उत्साह, नेकपाप्रति विश्वास बढ्दो घरदैलो अभियानका क्रममा स्थानीयवासीले विकासका स्पष्ट योजना, अनुभव र प्रतिबद्धतासहित आएको नेतृत्वको आवश्यकता रहेको बताउँदै पौडेलप्रति विश्वास व्यक्त गरेका छन् । स्थानीय समस्यालाई केन्द्रमा राखेर प्रस्तुत गरिएका योजनाले जनतामा नयाँ आशा जागेको उनीहरूको भनाइ छ । पौडेलले अघि सारेका यथार्थपरक र जनमुखी एजेन्डाले नवलपरासी–२ मा नेपाली कम्युनिस्ट पार्टीप्रतिको जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय कार्यकर्ताहरूको दाबी छ । घरदैलो अभियानमा देखिएको जनसहभागिता, समर्थन र उत्साहले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउनेमा पार्टी विश्वस्त रहेको जनाएको छ । जनताको आवश्यकता, विकासको स्पष्ट दृष्टिकोण र अनुभवी नेतृत्वको संयोजनले देवेन्द्र पौडेलको उम्मेदवारी नवलपरासी–२ मा केन्द्रिय चासोको विषय बन्न पुगेको छ ।
चितवन-२ मा 'प्रताप'को राप: घरदैलोमा उर्लियो जनसागर, मतदाताले किन रोज्दैछन् 'प्रताप'नै ?
चितवन । चितवनकाे प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को चुनावी राप यतिबेला उत्कर्षमा छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूका झण्डा र नाराले बस्तीहरू रंगिएका छन्। तर, यो भीडमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङको घरदैलो अभियानले भने एउटा फरक र शक्तिशाली मानक स्थापित गरिरहेको छ। परम्परागत दलहरूको पुरानै आश्वासनबाट थकित बनेका चितवनका मतदाता यतिबेला प्रताप गुरुङको 'वर्गीय एजेन्डा' र उनको स्पष्ट क्रान्तिकारी छवप्रति आकर्षित देखिन्छन् । चितवन २ का सुगम सहरी क्षेत्रदेखि इच्छाकामनाका विकट पहाडी वस्तीहरूसम्म प्रताप गुरुङको टोली पुग्दा दृश्य निकै उत्साहजनक देखियाे। घरदैलोका क्रममा मतदाताले उनलाई फूलमाला र खादाले मात्र स्वागत गरेका छैनन्, आफ्ना वर्षौंदेखिका पीडा र राज्यले गरेको उपेक्षाका फेहरिस्त पनि सुनाइरहेका छन्। भोट माग्ने शैलीमा भन्दा पनि जनसंवादको शैलीमा प्रस्तुत भइरहेका गुरुङले मतदातासँग भनिरहेका छन्-"हामी केवल सत्ता परिवर्तनका लागि मात्र आएका होइनौँ, हामी त व्यवस्था बदल्न र जनताको आफ्नै वास्तविक सत्ता स्थापना गर्न आएका हौँ। दलाल पुँजीवादी संसदीय व्यवस्थाले जनताको ढाड सेक्ने काम मात्र गर्यो, अब यसको विकल्प खोज्ने बेला आएको छ।" को हुन् प्रताप गुरुङ ? ४२ वर्षीय प्रताप गुरुङको परिचय केवल एउटा उम्मेदवारमा मात्र सीमित छैन। इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा गुरुङ एक 'कमिटीड' क्रान्तिकारी नेता हुन्। उनको राजनीतिक यात्राका केही महत्वपूर्ण पाटाहरू छन् । जनयुद्धको जग: २०५२ सालमा नेकपा (माओवादी) को सदस्यता लिएर सानै उमेरमा सामन्ती राज्यसत्ता विरुद्धको संघर्षमा होमिएका गुरुङले वर्गसंघर्षको कठीन मोर्चा सम्हालेका थिए । अविचलित आस्था: शान्ति प्रक्रियापछि धेरै नेताहरू विलासी जीवन र सत्ताको मोहमा फस्दा पनि गुरुङले आफ्नो वर्गीय धरातल र क्रान्तिकारी निष्ठालाई डगमगाउन दिएनन्। युवा र 'जेन–जी'को आवाज: उनको एउटा मुख्य विशेषता भनेको नयाँ पुस्तासँगको सामीप्यता हो। डिजिटल युगका युवा (जेन–जी) मा रहेको विद्रोही चेतना र परिवर्तनको भोकलाई सही राजनीतिक दिशा दिने सामर्थ्य उनीमा देखिन्छ। निर्वाचनका एजेन्डा: सुशासन र वास्तविक विकास चितवन २ मा विगतमा भएका विकासका कामहरू अधुरा र केवल 'देखावटी' भएको स्थानीयको गुनासो छ। प्रताप गुरुङले यी कमजोरीलाई केलाउँदै दीर्घकालीन योजना अघि सारेका छन्। गुरुङकाे चुनावी घोषणापत्रका मुख्य बुँदाहरू उत्पादनमा आधारित अर्थतन्त्र: चितवनलाई दलालहरूको अखडा होइन, उत्पादनको केन्द्र बनाउने। वर्गीय समानता: विपन्न, मजदुर र किसानका छोराछोरीको शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण लगानी। भ्रष्टाचार मुक्त सुशासन: संसदीय राजनीतिमा मौलाएको कमिसनतन्त्र र भ्रष्टाचारको जरैदेखि अन्त्य। नयाँ सम्भावनाको खोजी: चितवनको पर्यटन र कृषिमा आधुनिक प्रविधिको प्रयोग गरी युवा स्वरोजगारी सिर्जना गर्ने। मतदाताको आशीर्वादनै जितको आधार इच्छाकामनाका एक वृद्ध मतदाता भन्छन्, "हामीले धेरैलाई जिताएर पठायौँ, कोही काठमाडौँ छिरेर फर्केनन्, कोहीले आफ्नै खल्ती भरे। तर प्रताप आफ्नै माटोको छोरो हो, उसले दुःख बुझेको छ।" घरदैलोमा देखिएको यो जनलहरले चितवन २ मा ठुला भनिएका दलहरूलाई चुनौती दिइरहेको छ। स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिताले गुरुङको चुनावी माहोललाई थप बलियो बनाएको छ। उनले स्थानीय मतदातासँग संवाद गर्दै विगतका अधुरा आयोजनाहरूलाई पूर्णता दिने र नयाँ ढंगले चितवनको विकासको गुरुयोजना बनाउने संकल्प गरेका छन्। अन्त्यमा.. प्रताप गुरुङको उम्मेदवारी केवल एक सिटका लागि मात्र नभई, नेपाली राजनीतिमा हुर्किएको विकृति विरुद्धको विद्रोहको रूपमा देखिएको छ। फागुन २१ को फैसलाले के भन्छ, त्यो त समयले नै बताउनेछ, तर हाललाई चितवन २ को घरदैलोमा देखिएको प्रतापको प्रभावले यति कुरा निश्चित गरेको छ— अब चितवन-२ ले परिवर्तन खोजेको छ।
पर्टकीय बस्ती मैकोटमा प्रचण्डको मर्निङवाकसँगै जनभेटघाट
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विहान पर्यटकीय स्थल मैकोटमा मतदाता भेटघाट गर्दै मर्निङवाक गर्नुभएको छ । उहाँले प्रसिद्ध मस्तथानको भ्रमणसमेत गर्नुभएको छ । प्रचण्डले विहानै विभिन्न वडाका कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । मतदाता भेटघाटका लागि संयोजक प्रचण्ड आइतबार दिउँसो मैकोट आउँनुभएको थियो। उहाँलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।
रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा: जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म
रुकुमपूर्व । हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुभयो, त्यहाँ हिउँको सेतो थुप्रोले उहाँलाई स्वागत गर्यो। २९ फागुनमा रुकुम पूर्व प्रवेश गर्नुभएका प्रचण्डले हिउँमा खेल्दै गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जाल तत्यो। यो हिउँ खेल्नका लागि गरिएको भ्रमण थिएन, यो आफु पहिलो पटक प्रधानमन्त्री हुँदा अगाडि सारेको मध्यपहाडि लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा एउटा नयाँ सपना बोकेर फर्किएको भावुक पल थियो। सात दिने मतदाता भेटघाट कार्यक्रमका लागि आउँनु भएकाका प्रचण्डका यी चार दिन (८४ घण्टा) औपचारिकभन्दा अनौपचारिक तर भावनात्मक रुपमा गहिरो देखिन्छ। जनयुद्धका ऐतिहासिक स्थलहरूमा पुराना पदचाप स्मरण, सहिद परिवारसँगको भेट, घाइते योद्धाहरूको सम्मान र स्थानीयका गुनासा सुन्दै विकासका प्रतिबद्धता व्यक्त गर्नु उहाँको दैनिकी रह्यो। रुकुम पूर्वका मतदाता र कार्यकर्तामा प्रचण्डको उम्मेदवारीले नयाँ उत्साह जगाएको छ।गाउँका चुल्हो, हिउँका थुप्रा, तातोपानीका कुण्डमा गरिएका संवाद र सहिद गेटमै उभिएर क्रान्तिका दिनको स्मरण गर्दै गाएका गितले चुनावी अभियानलाई जिवन्त बनाएको छ। पहिलो दिन हिउँदेखि भूमेमा न्यानो स्वागत बागलुङ–रुकुम सिमाना पातीहाल्नामा नेता–कार्यकर्ताको उत्साहपूर्ण स्वागत छ। हिउँले सेताम्य डाँडामा प्रचण्डको पाइला टेकिन्छ। स्वागतपछि उहाँ हिउँमा केहीबेर रमाउनुहुन्छ। सामाजिक सञ्जालमा हिउँ खेल्दै गरेको तस्बिर र भिडियो छिट्टै चर्चामा आउँछन्। त्यहाँबाट संयोजक प्रचण्ड भुमे १ लुकुम पग्नुभयो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो बाक्लो बस्तीमा प्रचण्डको स्थानीयले खाम मगर संस्कृति अनुसार फेटा गुंथाएर भव्य स्वागत भयो। उहाँले एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई पार्टीमा भित्र्याउनुभयो र लुगुमलाई नमूना गाउँ बनाउने घोषणा गर्नुभयो। टेलिफोन समस्याको तत्काल समाधानका लागि पहल गर्न स्वकीय सचिवलाई निर्देशन दिँदै उहाँ भूमे गाउँपालिकाको खाबाङबगर पुग्नुभयो। त्यहाँ कार्यकर्ता र स्थानीयको माया र आगो ताप्दै गफ गर्दै जनताको घरमा साँझको बास रमाइलो बन्यो। जनयुद्ध दिवसको स्मृति : लाबाङ–महत गाउँमा इतिहाससँग पुनर्मिलन ३१ औं जनयुद्ध दिवस। प्रचण्ड लाबाङ पुग्नुभयो । त्यो गाउँ जहाँ २०६१ मा पोलिटब्यूरो बैठक बसेर डा.बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो। स्थानीयले भुटेको मकैसँगै विभिन्न स्थानीय परिकार खाजा र दूध खुवाए। पुराना घर र बैठक स्थल हेर्दै प्रचण्डले पहिले र अहिलेको परिवर्तनमा खुसी व्यक्त गर्नुभयो।धेरै गर्न बाँकी रहेको त्यो काम अब गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि महतमा उहाँले जनयुद्धको पहिलो युद्धबन्दी साटफेरको स्मृति झल्काउने संरचना अवलोकन गर्नुभयो।महत गाउँलाई पृष्ठभुमी पारेर बनाइएको युद्ध स्मृति पार्कमा पुगेर छापामार आक्रमण र पहिलो युद्धबन्दी साटफेरको स्मृतिसँग जोडिएको संरचना अवलोकन। डीएसपी ठूले राई पक्राउ र देव गुरुङसँगको साटफेरजनयुद्धको महत्त्वपूर्ण अध्यायको जिवन्त स्मरण एउटा कथा जस्तै गरी यथार्थमा झल्कियो । महत गाउँमा महतबासीले गाजाबाजासहित स्वागत गरे, समस्या सुनाए। खाबाङबगरमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले सहिद, बेपत्ता परिवार र घाइते योद्धाहरूलाई सम्मान गर्नुभयो। साँझ चुनबाङको गैरिगाउँमा पैसेरु नाच र झाँकीसहित रातो अबिर लगाएर स्वागत भयो।जनयुद्ध दिवस भावनात्मक र राजनीतिक दुवै रूपमा स्मरणीय बन्यो । चुनबाङको शान्ति ढोका र तकसेराको सौन्दर्य २ फागुन बिहान ७ः४५ चुनबाङको भेरीडाँडामा प्रचण्डले युद्ध संग्रहालय र ऐतिहासिक बैठक स्थल अवलोकन गर्नुभयो। त्यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरी शान्तिको ढोका खोलेको थियो।सो निर्णय १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो बन्यो । बैठकस्थल, तयारी कक्ष, आफू र पत्नी सिता बसेको कोठा, छोरा प्रकाश र अन्य नेताहरू बसेका घर–कोठा अवलोकन गर्दै उहाँले इतिहाससँग साक्षात्कार गर्नुभयो। निर्माणाधीन युद्धसंग्रहालयको संरचना पनि हेर्नुभयो। गैरिगाउँको सहिद गेटमा पुग्दा जनवादी कलाकारसँगै संयोजक प्रचण्डले गाएको ‘सहिदहरू हाँसिरहेका छन्’ भन्ने गीतको बिम्ब सम्झिन्छ। स्थानीय अन्तरक्रियामा उहाँले रुकुमपूर्वले आफूलाई नयाँ ऊर्जा दिएको बताउँदै पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभयो। साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुग्दा स्थानीयले ऐतिहासिक स्थानमा भव्य स्वागत गर्नुभयो। पर्यटकिय क्षेत्र तकसेराको सडक पूर्वाधार, भाषा र संस्कृतिको संरक्षणका लागि प्रतिबद्धता जनाउँदै उहाँ त्यहाँ बास बस्नुभयो। चौथो दिनः मर्निङ वाक, चुल्होको आगोदेखि मैकोटको समाजवाद सपना ३ फागुन बिहान तकसेरामा मर्निङ वाक गर्दै प्रचण्डले दलित समुदायको घरमा आगो ताप्नुभयो। दलित युवाले भने, “अब जातीय छुवाछूत हट्यो, प्रचण्डले गर्दा।” बाछीगाउँ, बिर्गुङ, पदमी, ओम्खा, डिम्बुरगैरा तातोपानी, मयाङ र हुकामका हरेक बस्तिमा लालीगुराँसको माला, मकै–चिया, सामूहिक फोटो, हरेक बस्तिमा आफ्नै शैलीका स्वागतका रमाउँदै उहाँले स्थानीयको समस्या सुन्नुभयो, मत माग्नुभयो र विभिन्न पार्टी परित्याग गर्नेहरूलाई स्वागत गर्नुभयो। उहाँले सिस्ने हिमालको दृश्यावलोकनसँगै तामाखानी–फलामखानीको सम्भावनाबारे स्थानीयसँग छलफल गर्नुभयो ।सानीभेरी किनारको डिम्बुरगैरा तातोपानीमा पलेटी कसेर स्थानीयसँगै ढिँडो र हिमाली चामलको भात खानाका खादै उहाँले भन्नुभयो “यहाँको संस्कृति र जीवन साचिकै भिन्न छ । यहाँ सबै नेपाली आउनुहोस्,” साँझ मैकोट पुग्दा भव्य स्वागत भयो। प्रधानमन्त्री छँदा हेलिकप्टरबाट आएका प्रचण्ड यसपटक कठिन बाटो हिंडेर आइपुग्नुभएको थियो। मैकोटबासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “क्रान्तिको किल्ला रुकुम पूर्व अब विकासको नयाँ मोडेल बन्नेछ। समुदायमा आधारित समाजवादको सुरुआत यहीँबाट हुन्छ।” मगर, दलित, ठकुरीको सामूहिक बसोबास र संस्कृतिलाई समाजवादको पूर्वाभ्यास भन्दै उहाँले रुकुमेली जनतामा समाजवादको रगत रहेको बताउनुभयो।“पहिले बन्दुक बोकेर आएको थिएँ, यसपटक विकास र समृद्धिका लागि टिकट बोकेर आएको छु ।” उहाँले भन्नुभयो । साँझको बास मैकोटमै बस्नुभयो । यी ८४ घण्टामा प्रचण्डले र हिउँमा खेल्दै सुरु गरेको मतदाता भेटघाटको यात्रामा सहिद परिवारलाई सम्मान गर्नुभयो, ऐतिहासिक र पर्यटकिय स्थलको अवलोकन गर्दै तिनको विस्तार र विकास गर्ने प्रतिबद्धता जनाउँनुभयो, तातोपानीमा जनतासँगै खाना खानुभयो, भूमे नाच्नुभयो, दलित घरको चुल्होमा आगो ताप्दै गन्थन गर्नुभयो । प्रचण्डसँगको यात्रामा समानुपातिक उम्मेदवारहरू उपेन्द्रलाल कामी, सुनिता बुढा र नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुनलगायत नेताहरु हुनुहुन्छ। चार दिनको यो यात्रा चुनावी अभियान मात्र बनेन, यो क्रान्तिको स्मृति बोकेको जिल्लामा फर्किएको भावनात्मक मिलन बन्न पुग्यो, वृद्ध युवा बालबालिका सबै खुसी भए प्रचण्डसँगै नाचे भव्य स्वागत गरे मिठो मसिनो जे घरमा छ त्यो खाना दिए आफ्नै छोरालाई जस्तै आश्रय दिए। रुकुमपूर्वमा प्रचण्डका बाँकी तीन दिनको कार्यक्रम अझै छ। तर चार दिनको ८४ घण्टाले यो केवल मत माग्ने अभियान मात्र नभई, इतिहासको पुनर्स्मरण र विकासको वाचा जोडिएको राजनीतिक पुनर्संवाद बन्न पुगेको छ ।क्रान्तिको स्मृति बोकेको रुकुमपूर्व अब प्रचण्डले भने जस्तै विकास र सामुदायिक समाजवादको प्रयोगशाला बन्छ कि बन्दैन हेर्न बाँकी नै छ ।
जाजरकोटको विकासका याेजनाकारशक्ति बस्नेत : सडक, जलविद्युत, स्वास्थ्यदेखि शिक्षा र रोजगारीसम्म ऐतिहासिक फड्को
जाजरकोट । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले आफूले मन्त्री रहँदा जाजरकोटमा गरेका ऐतिहासिक विकास कार्यहरूको विस्तृत विवरण सार्वजनिक गर्दै जिल्लालाई विकासको मूलधारमा जोड्ने बलियो आधार तयार भएको बताएका छन्। उनले सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, खानेपानी, सिंचाइदेखि युवा तथा खेलकुद क्षेत्रसम्म व्यापक सुधार गर्दै जाजरकोटको समग्र विकासको जग बसालिएको उल्लेख गरेका छन् । बस्नेतका अनुसार अब ती योजनाहरूको प्रतिफल देखिन सुरु भइसकेको छ र आगामी दिनमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, जनशक्ति विकास तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा थप गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे। सडक पूर्वाधारमा ऐतिहासिक विस्तार बस्नेतको पहलमा जाजरकोटमा रणनीतिक महत्वका ठूला सडक परियोजनाहरू अघि बढेका छन्। भेरी करिडोर, मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माण तथा कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ। रारा राजमार्गको जाजरकोट खण्डमा कालोपत्रे सुरु भइसकेको छ भने भेरी करिडोर र मध्यपहाडी लोकमार्गको कालोपत्रे अन्तिम चरणमा पुगेको छ। छेडा–मोर्क–चाँदे–जुम्ला सडक, मनाघाट–बाटुल्ले–हानेसल्ला–बारेकोट सडक, कालिमाटी–लिम्सा–मुल्साम सडक, पाँचकटिया–किटेनी–भारगाउँ–लिम्सा सडक, बोहरा–पुन्मा सडक, भुरचौर–स्याउली–पुन्मा सडक, लामीतरा–शिवपुरी–गर्खाकोट सडक लगायत दर्जनौं सडक निर्माणाधीन छन्। साथै भेरी पुल र राकम पुलसहित दर्जनौं मोटरेबल पुल तथा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिएको छ। सञ्चार क्षेत्रमा क्रान्तिकारी सुधार जिल्लाभर सञ्चार सेवा विस्तारका लागि २० भन्दा बढी टेलिकम टावर स्थापना गरिएको छ भने थप नयाँ टावरहरू निर्माण भइरहेका छन्। भेरी र नलगाड नगरपालिकामा अप्टिकल फाइबर जडान गरिएको छ। मोर्क बजारदेखि चंखीला सम्म अप्टिकल फाइबर विस्तारको सर्वे तथा डिजाइन सम्पन्न भएको छ, जसले डिजिटल पहुँचमा ठूलो परिवर्तन ल्याएको छ। कृषि र वन क्षेत्रमा व्यवसायीकरण कृषिलाई व्यवसायिक बनाउने लक्ष्यसहित सुन्तला, ओखर, टिमुर र मौरीपालन जोन स्थापना गरिएको छ। विभिन्न कृषि ब्लक तथा पकेट क्षेत्र स्थापना गरी कृषकलाई अनुदान तथा प्रविधि उपलब्ध गराइएको छ। जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको छ भने नलगाड नगरपालिकामा खाद्य संस्थानसँग सम्झौता गरी स्थानीय उत्पादनको बजार सुनिश्चित गरिएको छ। पर्यटन पूर्वाधारको तीव्र विकास चाखुरे–कुशेमुसे पर्यटन पदमार्ग, मालिका मन्दिर, शिवालय मन्दिर, मष्टा मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण गरिएको छ। यसले जाजरकोटलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ। जलविद्युत र विद्युतीकरणमा ऐतिहासिक उपलब्धि जिल्लाभर विद्युतीकरणका लागि ठेक्का सम्झौता गरिएको छ। बडाबन, कुदु, चौखा, समाइला लगायत क्षेत्रमा सबस्टेशन निर्माण भएको छ भने वडावन र समाइलामा निर्माणाधीन छन्। नलगाड जलविद्युत आयोजना प्रस्तावदेखि DPR तयार, मुआब्जा वितरण र पूर्वाधार निर्माणसम्मको काम अघि बढेको छ। जग्गदुल्ला ‘ए’ जलविद्युत आयोजना निर्माणको तयारीमा छ भने तासुगाड जलविद्युत आयोजना सुरु हुने चरणमा पुगेको छ। डाँडागाउँ भेरी, भेरी–२ र भेरी–३ आयोजना निर्माण तयारीमा छन्। साथै कुशे र बारेकोटमा सोलार मिनिग्रिड सञ्चालनमा ल्याइएको छ। सिंचाइ र खानेपानीमा व्यापक सुधार कुदु, रिम्ना, रग्दा, रोली, बडावन, लिर्ता लगायत क्षेत्रमा लिफ्ट सिंचाइ योजना सञ्चालनमा आएको छ। नौफेरी, रोली लगायत दर्जनौं सिंचाइ योजना सम्पन्न भएका छन्। भेरी नदी र अन्य खोलाहरूमा नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ। रोकायगाउँ, कार्कीगाउँ, टालेगाउँ, जगतिपुर, कुदु लगायत क्षेत्रमा ठूला खानेपानी आयोजना निर्माण तथा सञ्चालनमा आएका छन्, जसले हजारौं नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराएको छ। स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार जाजरकोट अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको छ र आधुनिक भवन निर्माण गरिएको छ। नलगाड, बारेकोट, छेडागाड, भेरी नगरपालिकामा अस्पताल निर्माणको पहल गरिएको छ। आँखा अस्पताल स्थापना, प्राथमिक स्वास्थ्य केन्द्र निर्माण तथा कोरोना महामारीमा उपचार सामग्री उपलब्ध गराउने काम गरिएको छ। शिक्षा क्षेत्रमा ऐतिहासिक फड्को भेरी ज्ञानोदय क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाइ मास्टर डिग्री कक्षा सुरु गरिएको छ। जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना गरी कृषि, वन, इन्जिनियरिङ र फार्मेसी शिक्षा सञ्चालन गरिएको छ। दर्जनौं विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको छ भने नयाँ क्याम्पस स्थापना, विद्यालय भवन निर्माण तथा शिक्षकलाई दुर्गम भत्ता उपलब्ध गराउने पहल गरिएको छ। भूकम्पमा उद्धार र पुनर्निर्माणमा नेतृत्वदायी भूमिका जाजरकोट भूकम्पपछि प्रभावित प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयमा बस्नेतले महत्वपूर्ण भूमिका खेले। साथै कच्ची घर विस्थापन गरी भूकम्प प्रतिरोधी घर निर्माण अभियान अघि बढाइएको छ। बैंक, प्रशासन र सेवा विस्तार छेडागाडमा इलाका प्रशासन कार्यालय, नलगाडमा राष्ट्रिय वाणिज्य बैंक शाखा स्थापना गरिएको छ। विभिन्न पालिकामा बैंक शाखा विस्तार, प्रहरी चौकी स्थापना र सरकारी कार्यालय स्थापना गरिएको छ। युवा, खेलकुद र सामाजिक पूर्वाधारमा उल्लेखनीय प्रगति खलंगा कभर्डहल, मन्मै रंगशाला, कुदु रंगशाला, दशेरा रंगशाला निर्माण गरिएको छ। युवा लक्षित सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ। जनता आवास कार्यक्रममार्फत सयौं परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको छ। विकासको जग तयार, अब समृद्धिको चरण बस्नेतले जाजरकोटमा भएको पूर्वाधार विकासले जिल्लालाई आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गराउने बताए। “अब पूर्वाधारको जग तयार भइसकेको छ। उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको नयाँ युग सुरु भएको छ,” उनले भने। उनले आगामी दिनमा अधुरा योजनाहरू पूरा गर्दै जाजरकोटलाई कर्णालीकै समृद्ध जिल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शक्ति बहादुर बस्नेतले गरेका कामहरु १ ) सडक पुर्वाधार निर्माण , - भेरीकरीडोर ,मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माणको लागि पहल । -भेरी कोरिडोर र मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सम्पन्न हुदै। -रारा राजमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सुरु भएको । - छेडा -मोर्क - साना खोला चांदे जुम्ला सडक योजना निर्माणाधिन र (कालो पत्रे सहित ) । - छेडा कचाली सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भई रहेको । - मनाघाट - बाटुल्ले - हानेसल्ला - बारेकोट सडक निर्माणाधिन - कालिमाटी - लिम्सा - मुल्साम सडक निर्माणाधिन - पांचकाटिया - किटेनी - भारगाउँ - गर्चिना - सिल्पाचौर लिम्सा सडक निर्माणाधिन - पांचकटिया - कयाल्दापाखा - बारेकोट जुम्ला सडक निर्माणाधिन - बोहरा - इवर - पुन्मा - पोखरा सडक निर्माणाधिन - भुरचौर - स्याउली - पुन्मा सडक निर्माणाधिन - ढुंगिल - झाप्रा - मछाइना सडक निर्माणाधिन - मोर्क - स्यापी - खनेटा - मटेला सडक - लिर्ता -कार्कीगाउ सडक - मध्यपहाडी सडक देखि - मनाघाट - खारा सुयाडा सडक निर्माणाधिन - थलह - पजारु - झिंग्रा - टिकाचौर सडक - लामीतरा - शिवपूरी - गर्खाकोट सडक निर्माणाधिन लगायत अन्य दर्जनौं ग्रामीण सडकहरु ( ट्रयाक खुला गर्ने काम भएको ) - भेरी पूल राकम लगायत दर्जनौं मोटरेवल पूलहरु निर्माणको लागि पहल । - दर्जनौं झोलुङ्गे पूलहरु निर्माणको लागि पहल २ ) संचार (टेलीफोन सेवा विस्तार ), - टेलिकम टावर थप २० वटा - अप्टिकल फाइबर भेरी, नलगाड नगरपालिका दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको ३ ) - कृषि ,बन क्षेत्र, - -कृषि बन उद्यमको लागि अनुदानको ब्यवस्था - कृषिको व्यवसायिकरणका लागि - सुन्तला , ओखर , टिमुर ,मौरी जोनहरुको स्थापना -अन्य विभिन्न ब्लक तथा पकेटहरुको स्थापना - जडिवुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना -- नलगाड नगरपालिकामा कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता ४ )पर्यटन पूर्वाधार निर्माण , - चाखुरे कुशेमुसे पर्यटन पर्वाधार निर्माण पदमार्ग लगायत - मालिका मन्दीर सुयाडा लगायत दर्जनौ मन्दिरहरुको भवन तथा अन्य पूर्वाधार निर्माण ५ ) जलविद्यूत र विद्युतीकरण, - जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता - बडाबन, कुदु , चौखा , मा सवस्टेशन निर्माण - वडावन र समाइलामा सवस्टेशन निर्माणाधिन . - गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव - नलगाड हाइड्रो पावरको . मुआब्जा वितरण अन्य सडक कार्यालय भवन लगायत अन्य पूर्वाधार निर्माण र DPR Report तयार - जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माणको लागि टेण्डरको तयारी भईरहेको) - तासुगाड हाइड्रो पावर निर्माण सुरु गरिने (यसै आर्थिक बर्ष ) - डाँडागाउँ भेरी हाइड्रो, भेरी २ , भेरी ३ जलविद्यूत आयोजनाहरु निर्माणको लागि तयारी भईरहेको । - कुशे ८ र बारेकोट ४ मा सोलार मिनिग्रिड सञ्चालनमा आएको । ' - नलगाड दानी पिपलमा ४०० केभी को लागि सवस्टेशन निर्माणको तयारी काम पुरा भएको । - दानीपिपल देखी सुर्खेत मैनतडा हुदै लम्की जोड्ने ४०० केभि प्रशारण लाइनको तयारी काम पुरा भएको । ६ )सिचाई आयोजनाहरु, - कुदु , रिम्ना रग्दा रोली तल्लु ठुला बगर लिफ्ट सिंचाई संचालनमा आएको । - बडावन , लिर्ता लिफ्ट सिंचाई योजना निर्माणाधिन - भुरचौर लिफ्ट सिंचाई योजनाको तयारी भईरहेको -जेवा लिफ्ट सिंचाइ प्रस्तावित - नौफेरी , रोली , लगायतका दर्जनौं मझौला सिंचाई आयोजनाहरु सम्पन्न - संचालनमा आएको - जिल्लामा (SIP)साना सिंचाई आयोजना मार्फत दर्जनौं सिंचाई योजनाहरु कार्यान्वन भएको । -भेरी नदि , सरुगाड ,झुप्रे खोला, नियन्त्रण कार्यक्रम अन्य दर्जनौं मझौला सिचाई योजना ७ ) खानेपानी आयोजना, - रोकायगाउ वृहत खानेपानी आयोजना, कार्कीगाउ वृहत खानेपानी आयोजना, टालेगाउ वृहत खानेपानी , जगतिपुर वृहत खानेपानी आयोजना, कुदु खानेपानी आयोजना लगायत जिल्लाभर अन्य संयौं ठुला साना खानेपानी योजनाहरुको निर्माण तथा मर्मत सम्भार । ८ ) स्वास्थ्य क्षेत्र सुधार, - जाजरकोट अस्पताल १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको ' । - जाजरकोट अस्पातलको आधुनिक भवन निर्माण। - नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल निर्माणको लागि पहल । - आंखा अस्पताल भवन -कोरोनाको समयमा क्वारेन्टाइन सहित उपचारको लागि सामाग्री प्रदान - एकीकृत जनस्वास्थ्य कार्यक्रम सुरु - नलगाड दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना - ९) शिक्षा क्षेत्र सुधार, - भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस - भेरी ज्ञानोदय क्यापसमा Master Degree कक्षा सुरु - भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा लिइएको । -- जनज्ञानकुञ्ज बहुमुखी क्याम्पस दशेरा, नलगाड बहुमुखी क्याम्पस दल्ली, र मालिक क्याम्पस पैंक स्थापना - जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना ( कृषि, बन विज्ञान , इन्जिनियरिङ्ग (ओभर सियर )र फार्मेसी कक्षा संचालन) - मावि लिम्सा, मावि कार्कीगाउ , मावि तल्लु , मावि देउसुले सिर्प प्राविधिक शिक्षा - मावि कालेगाउ लगायतमा प्राविधिक विषय को अध्ययनको ब्यवस्था - जाजरकोट लगायतका जिल्लाका शिक्षकहरुलाई दुर्गम भत्ताको ब्यवस्थाका लागि पहल - दर्जनौं विद्यालयहरुको भवन पुर्वाधार निर्माणको लागि बजेटको व्यवस्था । १०) जाजरकोट भुकम्पमा उद्धार र राहत वितरण मा सक्रिय भुमिका, - जिल्लाभरका सबै प्रभावित परिवारहरुको लागि अस्थायी आवास निर्माण गर्न रु ५० हजार प्रदान गर्न विशेष भुमिका - जिल्लाभरीका सबै माटो ढुंगाले बनेका कच्चि घरहरु विस्थापित गरी भुकम्प प्रतिरोधी पक्कि घरहरुनिर्माण गर्न नवनिर्माण अभियान संचालनको लागि विशेष पहल । ११) अन्य सेवा प्रवाह, - छेडागाड नपा ५ चंखिलामा इलाका प्रशासन कार्यालय स्थापना - नलगाड दल्लिमा राष्ट्रिय बानिज्य बैंकको शाखा कार्यालय स्थापना - जुनिचाँदे लगायतका पालिकाहरुमा वैंकहरुका शाखा कार्यालय स्थापनाको लागि पहल । - सुयाडा लगायत स्थानहरुमा प्रहरी चौकी स्थापनाको लागि पहल । - भेनपा १ मा सभागृह निर्माण १२) युवा - खेलकुद क्षेत्र , - युवा समुदाय लक्षित सिपमुलक कार्यक्रमहरु - खलङ्गा कर्भडहल निर्माण - मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट - कुदु रंगशाला निमार्ण भेरी नगरपालिका - दशेरा रंगशाला निमार्ण छेडागाड १३ ) अन्य भौतिक पूर्वाधार निर्माण, जनता आवास कार्यक्रम र सुरक्षित आवास कार्यक्रम मार्फत संयौं गरिव परिवाररुको घर र सुरक्षित छाना निर्माण । - सदरमुकाम खलंगा संरक्षणको लागि तटबन्धन र भुक्षय नियन्त्रणको काम - भुकम्प प्रभावित सरकारी कार्यालय र विद्यालयहरुको भवन निर्माणको लागि पहल । पुनश्चः पुर्वाधारमा भएको उल्लेख्य सुधारहरुको जगमा बांकि कामहरुलाई पुर्णता दिदै उत्पादनमा बृद्धि, रोजगारीका अवसरहरुको सिर्जना , जनशक्तिको विकास , शिक्षा स्वास्थामा सुधार १ )संञ्चार - टेलिकम टावर २२ (वटा ) पुराना र थप नयाँ ४ वटा १ )कोर्ताङ २ ) नलगाड १० ध्यारगाउँ ३) भेरी नपा ४ बोहरा / आर्मि व्यारेक ४ )बारेकोट ७ सुवाकोट निर्माण - अण्टीकल फाइबर भेरी, नलगाड नगरपालिक दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको २ )जडिबुटि संकल्न भवन निर्माण ३ ) कृषि - सुन्तला , ओखर , टिमुर ,मौरीपालन जोन - नलगाड पालिकामा उत्पादन कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता ४ )पर्यटन - मलिका मन्दीर निर्माण छेडागाड - चाखुरे कुशेमुसे पर्यटन मार्ग - शिवालय मन्दिर जाजरकोट - मष्टमन्दिर कुशे ५ )विद्युत - जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता - बडाबन, कुदु , चौखा , समाइला जाजरकोट विद्युत स्टेशन . गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव - नलगाड हाइड्रो पावरको DPR Report सम्मपन्न - नलगाड हाइड्रो पावरको भवन निर्माण र जग्गाको मुअब्जाको काम सम्पन्न - जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माण ) - तासुगाड हाइड्रो पावर - डाँडागाउँ भेरी हाइड्रो सम्भाव्यता अध्यन - कुशे ८ र बारेकोट ४ मिनिग्रेड ६ )सिचाई - कुदु , भुरचौर, नौफेरी सिचाई - जेवा लिफ्ट सिंचाइ प्रस्तावित ७ )स्वास्थ्य - जिल्ला अस्पताल जाजरकोट - नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल - अंखा अस्पतालको भवन ८ )बैङ्क - संघियताको मर्म अनुसार सबै स्थानिय तहमा बैङ्क स्थापना - कृषकलाई ऋण प्रवाहका लागि थप बारेकोट र जुनिचाँदे कृषि विकास बैंक र नलगाड र भेरीमा बानिज्य बैक स्थापना ९ )शिक्षा - भेरी ज्ञानोदय क्यापसमा Master सुरु - भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा दिने मन्त्रीपरिषद बैठकले निर्णय १०)खलकुद - खलङ्ग कर्भडहल निर्माण - मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट - कुदु रंगशाला निमार्ण भेरी नगरपालिका - दशेरा रंगशाला निमार्ण छेडागाड - कालेगाउँ सभागृह ११)शिक्षा - नलगाड क्यामपस, मालिक क्याम्पस कुशे बनाउन पहल गरेको, ज्ञानकुञ्ज क्यामपस दशेरा छेडगाड - बिरेन्द्र ऐश्वय उ.मावि मा प्राविधिक शिक्षा - कालेगाउँ( भेरी ), कार्किगाउँ (छेडागाडा ) , सिर्पा (जुनियाँदे ) तल्लु (नलगाड ) प्राविधाक शिक्षा - शिक्षकहरुलाई दुर्गम भत्ता १२)सडक - भेरीकरीडोर - मध्यपहाडी लोकमार्ग ( जग्तीपूर मनघाट बडावन चँखिला दैलेख ) - लुम्बिनी रारा राजमार्ग (सल्यान, खलङ्ग, पैक बेउली ढुंग जुम्ला सडक ) - खारा मनघाट सडक - पालिका जोड्ने सडकहरू - १३ ) भुकम्पमा अस्थाई टहरा प्रतिघर ५० (पचास हजार) का दरले निर्णय गरियको । . भकम्प जाँदा प्रधानमत्री साहित जनताको घरदैलोमा पुगेर तत्काल उद्दार तथा राहत वितरण प्रभावकारी बनाएको १४ )खरको छाना मुक्त घर बारेकोट २ . जनता आवास कार्यक्रम . सुरक्षित आवास कार्यक्रम १५ ) कार्यलय स्थापना .एपिएफ स्थापना गरिएको .बृहत जलाधार कार्यलय जाजरकोटको . सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय . भुकम्प पुन निर्माण कार्यलय रिम्न . भेरी करिडोर कार्यलय स्थापना . इलका प्रशासन कार्यालय चंखीला छेडागाड न.पा. जाजरकोट
झापा–४ मा नेकपाका उम्मेदवार चुडालको स्पष्ट प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमार्फत समृद्ध क्षेत्र निर्माण गर्ने संकल्प
झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडाल (राजु) ले समग्र क्षेत्रको दिगो विकास, जनताको आधारभूत अधिकारको सुनिश्चितता र समृद्ध भविष्य निर्माण गर्ने स्पष्ट मार्गचित्रसहित आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । उनले श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्ने ऐन कानुन निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग, पर्यटन, सूचना प्रविधि र सामाजिक न्यायका क्षेत्रमा ठोस योजना अघि सार्दै आफू निर्वाचित भए क्षेत्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता उम्मेदवार चुडालले झापा गाउँपालिकामा स्नातक तह अध्ययनका लागि बहुमुखी क्याम्पस स्थापना गर्ने, कन्काई, सतासी र शिवगञ्जका बहुमुखी क्याम्पसहरूको स्तर उन्नति गर्ने तथा कन्काई बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । झिलझिलेस्थित गणेशमानसिंह स्मृति अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्दै मेडिकल कलेज सञ्चालनमा ल्याउने पहल गरिनेछ । साथै, क्षेत्रका नगर अस्पतालहरूको स्तर उन्नति, सामुदायिक विद्यालयहरूको भौतिक तथा प्राविधिक सुधार, अंग्रेजी र नेपाली दुवै माध्यमबाट गुणस्तरीय शिक्षा र ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रममार्फत डिजिटल शिक्षालाई विस्तार गरिनेछ । सडक, पुल र पूर्वाधारमा व्यापक विस्तार क्षेत्रका सबै सडक सञ्जालको स्तरोन्नति गर्दै उत्तर–दक्षिण जोड्ने सडकहरू कालोपत्रे गरिनेछ । २८ वटै वडाका बजारलाई व्यवस्थित, स्वच्छ र आधुनिक बनाइनेछ भने कन्काई र कुञ्जीबारी छोटी भन्सारको स्तर उन्नति गरिनेछ । कन्काई नदी, विरिङ्ग नदी लगायतका स्थानमा आवश्यक पुल निर्माण गरिनेछ भने सुरुङ्गा बजारस्थित एसियन हाईवेमा आकाशे पुल निर्माणका लागि पहल गरिनेछ । जीर्ण विद्यालय भवनहरू हटाई आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ । कृषि आधुनिकीकरण र किसानलाई प्रत्यक्ष सहयोग कृषिलाई आधुनिक, यान्त्रिक र व्यवसायिक बनाउने लक्ष्यसहित कन्काई सिंचाई आयोजनाको स्तरोन्नति, डिप बोरिङ्ग र ट्युबवेल अनुदान, कृषि क्याम्पस सञ्चालन तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ । किसानलाई गुणस्तरीय बीउ, मलखाद, कृषि यन्त्र, तालिम र अनुदान उपलब्ध गराउनुका साथै पानी तान्ने मोटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ । सुकुम्वासी समस्या समाधान र सामाजिक न्याय भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउन अधिकार सम्पन्न आयोग गठन गरिनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक वडामा सामुदायिक भवन, स्वास्थ्य सेवा, कानुनी परामर्श र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । युवा, उद्योग र रोजगारी सिर्जनामा जोड प्रत्येक वडामा खेलमैदान र व्यायामशाला निर्माण, क्षेत्रीय खेलकुद कार्यक्रम आयोजना र युवालाई बिनाधितो व्यवसायिक कर्जा उपलब्ध गराउने योजना अघि सारिएको छ । कम्तिमा एक पालिका एक ठूलो उद्योग स्थापना गर्ने, लगानीकर्तालाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने र उद्योग व्यवसायको सुरक्षा सुनिश्चित गर्ने नीति अपनाइनेछ । विद्युतीय सवारी साधनको पहुँच विस्तार गरी वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गरिनेछ । पर्यटन, संस्कृति र प्रविधिमैत्री समाज निर्माण धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, धार्मिक महोत्सव आयोजना र चुरे क्षेत्र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनेछ । सार्वजनिक स्थल, विद्यालय र बजारमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउँदै प्रविधिमैत्री समाज निर्माण गरिनेछ भने ई–पेमेंट प्रणालीमार्फत सेवा प्रवाहलाई सहज बनाइनेछ । ऊर्जा, वातावरण र विपद् व्यवस्थापनमा विशेष योजना बिजुली नपुगेका बस्तीमा विद्युत विस्तार, ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने पहल, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक वन संरक्षण, जडीबुटी उत्पादन तथा निर्यात प्रवर्द्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि वैज्ञानिक योजना लागू गरिनेछ । श्रमिक र बौद्धिक सम्पत्तिको संरक्षण श्रमजीवी मजदुरहरूको दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता र विदेशबाट फर्किएका युवाको ज्ञान र सीपलाई विकासमा उपयोग गर्ने विशेष योजना लागू गरिनेछ । उम्मेदवार चुडाल ले आफ्नो प्रतिबद्धता–पत्रमार्फत झापा क्षेत्र नं. ४ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधारका क्षेत्रमा नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । स्थानीय स्रोत, जनशक्ति र आधुनिक प्रविधिको उपयोगमार्फत समृद्ध, आत्मनिर्भर र आधुनिक झापा निर्माण गर्ने उनको प्रतिबद्धता यतिबेला मतदातामाझ आशाको केन्द्र बन्न पुगेको छ ।
झापा–२ लाई समुन्नत बनाउने धर्मशिला चापागाईंकाे संकल्प: २० बुँदे प्रतिबद्धता सार्वजनिक
झापा । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले समृद्ध, न्यायपूर्ण र समुन्नत झापा–२ निर्माणको स्पष्ट दृष्टिकोणसहित २० बुँदे विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । आइतबार बिर्तामोडस्थित चुनाव परिचालन समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, पर्यटन, कृषि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी हुन् । “झापा–२ लाई विकास, अवसर र समानताको नमुना निर्वाचन क्षेत्र बनाउने” लक्ष्यका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने विशेष योजना समेटिएको छ । यसका साथै विराटपोखरी, अर्जुनधारा जलेश्वर धाम, सालबारी, निचाझोडा लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्दै तिनलाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उल्लेख गरिएको छ । चापागाईंले औद्योगिक विकासलाई रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा अघि सार्दै चारपाने दक्षिण क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गर्ने योजना प्रस्तुत गरेकी छन् । परम्परागत उद्योगहरूको संरक्षण, आधुनिकीकरण र विस्तारमार्फत स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् । त्यस्तै, बिर्तामोडलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने दीर्घकालीन गुरुयोजना निर्माण गर्दै सडक, ढल, प्रकाश व्यवस्था, हरियाली र अन्य भौतिक पूर्वाधारलाई व्यवस्थित र आधुनिक बनाउने लक्ष्य अघि सारिएको छ । उनको प्रतिबद्धता पत्रमा समाजका ज्वलन्त समस्याहरू समाधान गर्ने स्पष्ट योजना पनि समेटिएको छ । मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि विशेष पहल गर्ने, समाजबाट बहिष्कृत र उपेक्षित व्यक्तिहरूको पुनर्स्थापना गर्ने, स्वच्छ खानेपानी र सिँचाइको दिगो व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले जनाएकी छन् । शिक्षा क्षेत्रमा प्राविधिक, रोजगारमुखी र प्रविधिमैत्री शिक्षा प्रणालीको विकासलाई प्राथमिकता दिँदै प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने ‘एक वडा, एक पुस्तकालय’ अभियानलाई रचनात्मक कार्यक्रमका रूपमा अघि सारिएको छ । यसले ज्ञान, सूचना र अध्ययन संस्कृतिको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरिन् । युवाहरूको नेतृत्व विकास, खेलकुद पूर्वाधार विस्तार, महिला, दलित, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सामाजिक, आर्थिक र राजनीतिक उत्थानलाई प्रतिबद्धता पत्रको प्रमुख आधार बनाइएको छ । आदिवासी जनजातिका मौलिक कला, भाषा, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै उनले विविधताको सम्मानसहित समावेशी समाज निर्माणमा जोड दिएकी छन् । कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउने लक्ष्यसहित स्थानीय कृषकहरूका लागि मल, बीउबिजन र प्राविधिक सहयोगको सहज व्यवस्था गर्ने, पशुपालन र दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने तथा कृषि आधारित उद्योगको विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् । त्यसैगरी, वातावरण संरक्षणलाई विकासको अभिन्न अंगका रूपमा अघि सार्दै वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने, हरियाली विस्तार गर्ने र दीगो विकासका सिद्धान्तअनुसार योजना कार्यान्वयन गर्ने योजना उनले सार्वजनिक गरिन् । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै जनताको विश्वासलाई मजबुत बनाउने प्रतिवद्धता पनि उनले दोहोर्याइन् । सूचना प्रविधिको विकास, सञ्चार माध्यमको पूर्वाधार विस्तार तथा डिजिटल पहुँच विस्तारमार्फत आधुनिक र प्रविधिमैत्री समाज निर्माण गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चापागाईंले नेपालको संविधान २०७२ जनताको लामो संघर्ष र बलिदानको उपलब्धि भएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन, आवश्यक संशोधन र लक्षित वर्गलाई थप अधिकार प्रत्यायोजन गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले जनताको अधिकार, सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् । विगतमा विभिन्न जिम्मेवारीमा रहँदा पनि सादगी जीवनशैली अपनाउँदै जनताको सेवामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले विकासका अवरोधका रूपमा रहेको भ्रष्टाचार अन्त्य गर्ने दृढ अठोट व्यक्त गरिन् । आफूले यस क्षेत्रको विकासका लागि अघिल्लो कार्यकालमा सुरु गरेका महत्वपूर्ण योजनाहरूलाई पूर्णता दिन पुनः जनताको साथ र विश्वास आवश्यक रहेको उनले बताइन् । चापागाईंले आफ्नो प्रतिबद्धता पत्र केवल कागजी दस्तावेज नभई जनताको जीवनस्तर सुधार्ने व्यवहारिक मार्गचित्र भएको उल्लेख गर्दै झापा–२ लाई समृद्ध, आधुनिक, न्यायपूर्ण र अवसरयुक्त क्षेत्र बनाउने अभियानमा साथ दिन सम्पूर्ण मतदातालाई आह्वान गरेकी छन् ।
नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड
रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताउँनुभएको छ । चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आज पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुग्नुभएका उहाँले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताउँनुभयो । उहाँले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै “नेपालको समुदायमा आधारित समाजवाद” निर्माणको आधार यही क्षेत्र बन्ने उल्लेख गर्नुभयो। “चीन र भियतनामको मोडल पढ्यौं, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ,” उहाँको भनाइ थियो। सम्बोधनका क्रममा उहाँले पछिल्लो समय जेन्जी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गर्दै भन्नुभयो, “जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेका छन्। त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो।” मैकोटसम्म गाडीमार्ग पुगेकोमा गौरव व्यक्त गर्दै उहाँले सहिद मार्गको अवधारणा जनयुद्धकालमै आफूले प्रस्ताव गरेको जानकारी दिनुभयो। “जनयुद्धकै बेलामा सुरु गर्ने प्रस्ताव पार्टीबाट निर्णय गराएर अघि बढाइएको मार्ग हो यो,” उहाँले भन्नुभयो। सहरतारा हुँदै चीनसम्म कालोपत्रे सडक विस्तार गर्ने आफ्नो परिकल्पना दोहोर्याउँदै उहाँले सहज र चिल्लो सडकबाट रमणीय मैकोट पुग्न सकिने वातावरण बनाउने लक्ष्य आफ्नो रहेको बताउँनुभयो। साथै, प्रधानमन्त्री हुँदा सुरु गरिएको मध्यपहाडी राजमार्गलाई अझ स्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। विरोधीहरूले आफू चुनाव जित्न मात्रै रुकुम आएको आरोप लगाएको प्रसंग उल्लेख गर्दै प्रचण्डले १२ जिल्लाबाट एकल सिफारिस आएको र अन्ततः रुकुम पूर्व रोजेको जानकारी दिनुभयो। “हिजोको मुख्य आधार इलाका रुकुम–रोल्पा थियो, पहिले रोल्पाबाट सुरु गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरु हुन्छ,” उहाँले भन्नुभयो। महिला सशक्तीकरणको प्रसंग उठाउँदै उहाँले मगर तथा जनजाति समुदायमा महिलाको सहभागिता तुलनात्मक रूपमा सशक्त रहेको उहाँले उल्लेख गर्नुभयो। महिलाको सीप र दक्षता अभिवृद्धि गरी उद्यमशील र आत्मनिर्भर बनाउने योजना अघि सार्दै उहाँले रुकुम पूर्वलाई पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो। “यो निर्वाचन जनतालाई जोड्ने अवसर हो, देशभक्तहरू एक हुने बेला हो,” भन्दै उहाँले आफू थाके पनि जनताको ‘इन्जेक्सन’ले काम गरिरहने बताउनुभयो। अन्त्यमा उहाँले रुकुमलाई नमूना जिल्ला बनाउने लक्ष्यका साथ आफू आएको स्पष्ट पार्दै “अब मान्छेहरू रुकुम हेर्न आउने बनाउने हो” भन्नुभयो। मैकोटमा स्थानीयवासीले उहाँलाई स्नेहपूर्वक भव्य स्वागत गरी भेला भएका आफ्ना मतदातासमक्ष संयोजक प्रचण्डले रुकुम पूर्वलाई “क्रान्तिको किल्लाबाट विकासको किल्ला” बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
मधेश पहिचानका दृढ आवाज: नेकपा उम्मेदवार मातृका प्रसाद यादव काे हुन् ?
धनुषा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारका रूपमा उभिएका मातृका प्रसाद यादव मधेशको संघर्ष, सामाजिक न्याय र समावेशीताको आन्दोलनसँग प्रत्यक्ष जोडिएका अनुभवी नेता हुन् । ६७ वर्षीय यादवको राजनीतिक जीवन व्यक्तिगत महत्वाकांक्षा भन्दा बढी सामाजिक असमानता र उपेक्षाविरुद्धको लामो संघर्षको प्रतिबिम्बका रूपमा चिनिन्छ। बिक्रम संवत २०१५ साल कार्तिक १ गते धनुषा जिल्लाको मध्यमवर्गीय परिवारमा जन्मिएका यादवका पिता अयोधी यादव र पत्नी प्रमिला देवी यादव हुन्। ग्रामीण परिवेशमा हुर्केका उनले प्रारम्भिक जीवनमै सामाजिक विभेद, गरिबी र अवसरको असमानताको कठोर यथार्थ अनुभव गरे। शिक्षाशास्त्रमा स्नातक गरेका यादव युवावस्थादेखि नै सामाजिक सक्रियता र न्यायको आन्दोलनतर्फ आकर्षित भए। उनी दुई दशकभन्दा बढी समय भूमिगत राजनीतिक गतिविधिमा सक्रिय रहे। यस क्रममा उनले पटक–पटक बन्दी जीवन समेत व्यतीत गरे। उनको राजनीतिक यात्रा तत्कालीन संरचनागत अन्यायविरुद्धको प्रतिरोध र मधेशी समुदायको पहिचान तथा अधिकारका लागि गरिएको निरन्तर संघर्षबाट निर्मित भएको हो। आन्दोलनदेखि नीति निर्माणसम्म यादवको राजनीतिक परिपक्वता नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनसँग गाँसिएको छ। सशस्त्र द्वन्द्व, जनआन्दोलन र संविधान निर्माणका महत्वपूर्ण चरणहरूमा उनले सक्रिय भूमिका निर्वाह गरे। विशेषगरी २०६३ सालको जनआन्दोलन र २०६४–२०६५ को मधेश आन्दोलनका क्रममा उनले मधेशी समुदायको पहिचान, समानुपातिक प्रतिनिधित्व र सम्मानका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण योगदान दिए। तत्कालिन नेकपा माओवादीको मधेश राष्ट्रिय मुक्ति मोर्चामा सहायक संयोजकको जिम्मेवारीमा रहँदा उनले मधेशका अधिकार र समावेशीताका मुद्दाहरूलाई सशक्त रूपमा उठाए। यसले उनलाई स्थानीय सीमाभन्दा माथि उठाएर मधेशको आवाजका रूपमा स्थापित गरायो। मन्त्रीका रूपमा विकास र समावेशीतामा जोड राजनीतिक आन्दोलनबाट राष्ट्रिय नेतृत्वमा पुगेका यादवले विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। २०६५–२०६६ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रूपमा उनले भूमि अधिकार, सहकारी सशक्तीकरण र गरिबी न्यूनीकरणका कार्यक्रमहरू अघि बढाए। त्यस्तै, २०७५–२०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा उनले स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकेन्द्रीकरणमा जोड दिए। ‘मेड इन नेपाल’ अभियानमार्फत स्वदेशी उद्योगको प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने प्रयास गरे। मधेशको अधिकारका लागि निरन्तर आवाज यादवको राजनीतिक पहिचान मधेशका मुद्दासँग गहिरोसँग जोडिएको छ। पहिचान, प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, पूर्वाधार र ऐतिहासिक रूपमा उपेक्षित समुदायका अधिकारका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। संसद, मन्त्री परिषद् र सार्वजनिक मञ्चहरूमा उनले समावेशीतामै राष्ट्रिय एकताको आधार रहेको धारणा राख्दै आएका छन्। स्थानीय स्तरमा उनको सम्बन्ध किसान, मजदुर, युवा र सीमान्त समुदायसँग गहिरो रहेको छ। उनी जनताको बीचबाट उठेका नेता भएकाले स्थानीय समस्यालाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने प्रतिनिधिका रूपमा चिनिन्छन्। वामपन्थी दर्शन र समावेशी नेपालको दृष्टिकोण वामपन्थी राजनीतिक दर्शनमा विश्वास राख्ने यादव सामाजिक न्याय, समान अवसर र समावेशीतामा आधारित संघीय नेपालको निर्माणका पक्षधर हुन्। उनको विचारमा संघीयता र लोकतन्त्र तब मात्र पूर्ण हुन्छ जब सबै समुदायले समान अधिकार र सम्मान प्राप्त गर्छन्। उनले बारम्बार जोड दिँदै आएका छन् कि नेपालको समृद्धि उपेक्षित क्षेत्र र समुदायलाई समेटेर मात्र सम्भव हुन्छ। धनुषा–१ मा उम्मेदवारी किन ? हाल नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता रहेका यादव प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषाबाट उम्मेदवार बनेका छन्। लामो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र राष्ट्रिय स्तरको नेतृत्व क्षमता उनको उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ। मधेशको माटोबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाव स्थापित गरेका मातृका प्रसाद यादवको जीवनयात्रा संघर्ष, प्रतिबद्धता र समावेशी नेपालको निर्माणका लागि गरिएको निरन्तर प्रयासको कथा हो। उनका समर्थकहरूका अनुसार उनको उम्मेदवारी मधेशको आवाजलाई अझ सशक्त रूपमा संघीय संसदसम्म पुर्याउने माध्यम हुनेछ । यादवको राजनीतिक पहिचान जनस्तरसँगको निरन्तर सम्बन्धमा आधारित रहेको छ। किसान, युवा, मजदुर तथा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र संलग्नता उनको नेतृत्वको प्रमुख विशेषता मानिन्छ। स्थानीय मुद्दाहरूलाई राष्ट्रिय नीतिसँग जोड्ने प्रयासका कारण उनी मधेशमा लामो समयदेखि सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन्। हाल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषाबाट उम्मेदवार बनेका यादव आफ्नो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र नीति निर्माण तहमा संलग्नताको आधारमा चुनावी प्रतिस्पर्धामा अन्य उम्मेदवारभन्दा अब्बल मानिन्छन् । मधेशको ग्रामीण परिवेशबाट सुरु भएको उनको राजनीतिक यात्रा आन्दोलन, संसद र मन्त्रीपरिषदसम्म पुगेको छ। यसले उनलाई क्षेत्रीय मुद्दा र राष्ट्रिय नीतिबीच समन्वय गर्ने अनुभवी नेताका रूपमा देखिन्छ । उनको उम्मेदवारीलाई मधेशको सामाजिक, राजनीतिक र विकाससम्बन्धी मुद्दाहरूलाई संघीय संसदमा निरन्तर उठाउने प्रयासको निरन्तरताका रूपमा हेरिएको मतदाताहरुकाे भनाइ छ ।
झापा-५ मा रञ्जित तामाङका ‘भिजन ७’ सार्वजनिक
झापा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले महत्वाकांक्षी पाँचवर्षे कार्ययोजना ‘झापा ५ : भिजन ७’ सार्वजनिक गरेका छन्। आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले २५ मिसन, २१ लक्ष्य र १७० गौरवका आयोजना समेटिएको विस्तृत योजना सार्वजनिक गर्दै झापा–५ लाई समृद्ध र आत्मनिर्भर निर्वाचन क्षेत्र बनाउने स्पष्ट रोडम्याप अघि सारेका हुन्। तामाङका अनुसार निर्वाचन क्षेत्रअन्तर्गत रहेका २९ वटै वडामा हरेक वर्ष कम्तीमा एउटा–एउटा गौरवको योजना सञ्चालन गरिनेछ। “हरेक वडामा बर्सेनि एक गौरवको योजना सञ्चालन गर्दा पाँच वर्षमा लक्ष्य सहजै हासिल हुन्छ,” उनले भने। स्थानीय र युवा उम्मेदवारको रूपमा आफूले नयाँ पुस्ताको आकांक्षा, ऊर्जा र परिवर्तनको चाहनालाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई योजनाको मुख्य आधार बनाएको जानकारी दिए। गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार, आधुनिक स्वास्थ्य सेवा, कृषि उद्योग प्रवर्द्धन, उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना, दिगो भौतिक पूर्वाधार निर्माण, सुशासन प्रवर्द्धन, सामाजिक समावेशीकरण, सांस्कृतिक संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने लक्ष्य ‘भिजन ७’ को केन्द्रमा रहेको उनले स्पष्ट पारे। कार्ययोजनाअनुसार २९ वडामा पाँच वर्षभित्र १४५ गौरवका आयोजना सम्पन्न गरिनेछ भने चार स्थानीय तहमा प्रत्येक वर्ष चार–चार आयोजना सञ्चालन गरी थप २० योजना कार्यान्वयन गरिनेछ। साथै सम्पूर्ण निर्वाचन क्षेत्रलाई समेट्ने गरी प्रत्येक वर्ष एक विशेष रणनीतिक योजना अघि सारिनेछ, जसअन्तर्गत पाँच वर्षमा पाँच ठूला रूपान्तरणकारी आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ। तामाङले विकासका ठोस योजना र स्पष्ट दृष्टिकोणसहित आफू जनतामाझ आएको उल्लेख गर्दै झापा–५ लाई समृद्धि, रोजगारी र आधुनिक पूर्वाधारको केन्द्र बनाउने दृढता व्यक्त गरे। झापा क्षेत्र नं. ५ मा विभिन्न दलका प्रभावशाली उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको भए पनि तामाङले योजनामुखी एजेन्डा र दीर्घकालीन दृष्टिकोणका आधारमा आफू मतदाताको विश्वास जित्नेमा विश्वस्त रहेको बताए। निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा विकास, योजना र भविष्यको मार्गचित्रलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धा थप तीव्र बनेको छ।
क्रान्तिको मैदानदेखि विकासको अभियानमा प्रचण्ड: रुकुमपूर्वकाे हुकामबाट समाजवाद निर्माणको संकल्प
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको क्रान्तिकारी यात्राबाट अब विकास, समृद्धि र समाजवाद निर्माणको ऐतिहासिक अभियानमा आफूहरू प्रवेश गरेको बताउनुभएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका प्रचण्डले रुकुमपूर्वको सिस्ने गाउँपालिकाकाे हुकाममा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिदेखि विकाससम्मको यात्रालाई नयाँ चरणमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विगत सम्झँदै भन्नुभयो, “हिजो हामी हातमा बन्दुक बोकेर जनयुद्ध र क्रान्तिको मैदानमा उत्रिएका थियौँ, आज विकास र समृद्धिका औजार बोकेर समाजवाद निर्माणको यात्रामा आएका छौँ।” रुकुमले क्रान्तिको आधारभूमि बनेर देशको राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै अब यही भूमिबाट विकास र आर्थिक समृद्धिको नयाँ अध्याय सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो। कार्यक्रममा बोल्दै प्रचण्डले जनमुक्ति सेनाका कमाण्डर तथा माओवादी नेता कालीबहादुर खाम ‘विविध’को योगदानको विशेष स्मरण गर्नुभयो। विविधकै गृहगाउँ हुकाममा पुगेर उहाँले विविधसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै केही दिनअघि कारागारमै पुगेर भेट गरेको र उहाँको स्वास्थ्योपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। “उहाँको शीघ्र रिहाइका लागि मैले पहल गरिरहेको छु, आवश्यक कुराकानी भइरहेको छ,” भन्दै उहाँले स्थानीय जनतालाई आश्वस्त पार्नुभयो। प्रचण्डले जनआन्दोलनपछिका दिनहरूमा भेट भएका ओमप्रकाश घर्ती लगायतका स्थानीय नेताहरूसँगको पुरानो सम्बन्धलाई पनि स्मरण गर्दै रुकुमसँग आफ्नो भावनात्मक सम्बन्ध गहिरो रहेको बताउनुभयो। जनताको बलिदान र संघर्षकै कारण नेपालमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम र मधेसी समुदायले आत्मसम्मान र अधिकार प्राप्त गरेको दाबी गर्दै उहाँले ती उपलब्धिलाई थप मजबुत बनाउन आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो। “रुकुमले क्रान्तिको ढोका खोलेको थियो, अब यही भूमिले विकास र समृद्धिको ढोका खोल्नेछ,” उहाँले भन्नुभयो, “हामीले सुरु गरेको संघर्षको अन्तिम लक्ष्य समाजवाद निर्माण हो, र त्यसका लागि जनताको साथ र विश्वास सबैभन्दा ठूलो शक्ति हो।” हुकाममा आयोजित कार्यक्रममा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत प्रचण्डले रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी केवल निर्वाचन जित्नका लागि नभई क्रान्तिले स्थापित गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै विकास र समाजवादको दिशामा अघि बढाउन भएको स्पष्ट पार्नुभयो।
नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोग समक्ष बुझायो प्रतिबद्धता पत्र
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोग समक्ष पेश गरेको छ। पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज मिति २०८२ साल फागुन ३ गते आइतबार दिउँसो ३ बजे निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ। सोही अनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेश गर्न पत्राचार गरेको छ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा माधव नेपालद्वारा शुभकामना व्यक्त
काठमाडौं । माधवकुमार नेपालले महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी नेपालका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री नेपालले आज एक शुभकामना सन्देश जारी गर्दै महाशिवरात्रीले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको उल्लेख गर्नुभयो । उहाँले यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, उहाँले नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका सम्पूर्ण अधिकृत तथा जवानहरूलाई विशेष बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षा, प्राकृतिक विपद्का बेला उद्धार तथा विकास निर्माणमा नेपाली सेनाले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । नेता नेपालले महाशिवरात्री तथा सेना दिवसले सम्पूर्ण नेपालीबीच देशप्रेम, अनुशासन र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै शान्ति, समृद्धि र प्रगतिका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नुभएको छ ।
मत माग्न जनतामाझ नारायणकाजी श्रेष्ठ, युवाहरुकाे उत्साहपूर्ण साथ
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा चुनावी अभियान थप सक्रिय बन्दै गएको छ । पार्टीका नेता अशोक यादवले युवा, विद्यार्थी तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर श्रेष्ठका एजेण्डा र प्रतिबद्धता प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरेका छन्। यादवले तारा छापसहित श्रेष्ठको उम्मेदवारी सुशासन, सामाजिक न्याय र जनताको अधिकार सुनिश्चित गर्ने अभियानको निरन्तरता भएको उल्लेख गरे। उनले श्रेष्ठलाई जनताको समस्यामा सधैं साथ दिने, गरिब तथा कमजोर वर्गको पक्षमा निरन्तर आवाज उठाउने अनुभवी र प्रतिबद्ध नेतृत्वका रूपमा चित्रण गरे। “यति अनुभवी, इमानदार र संघर्षशील नेतृत्व हाम्रो निर्वाचन क्षेत्रमा उम्मेदवारका रूपमा आउनु क्षेत्रका लागि महत्वपूर्ण अवसर हो,” यादवले भने, “उहाँका विचार र एजेण्डा जनतासम्म स्पष्ट रूपमा पुग्नु आवश्यक छ।” निर्वाचनको समय नजिकिँदै जाँदा विभिन्न किसिमका भ्रम र अफवाह फैलाउने प्रयास हुन सक्ने भन्दै यादवले जनतालाई तथ्य र एजेण्डाको आधारमा निर्णय लिन आग्रह गरे। उनले मधेसका जनताको अधिकार, सम्मान र विकासका लागि श्रेष्ठले निरन्तर भूमिका खेलेको उल्लेख गर्दै त्यसलाई जनतामाझ थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए। यादवले संघीयता सुदृढीकरण, समावेशीकरण, समान अवसर, सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाजस्ता एजेण्डालाई जनतामाझ पुर्याउन कार्यकर्तालाई सक्रिय बन्न आग्रह गरे। उनले अबको समय घरमै बस्ने होइन, जनताको बीचमा पुगेर विश्वास जित्ने समय भएको बताए। उनले सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट नारायणकाजी श्रेष्ठलाई विजयी गराएर संसदमा पठाउने लक्ष्यसहित सबै कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। निर्वाचन नजिकिँदै जाँदा श्रेष्ठको पक्षमा जनसमर्थन क्रमशः बढ्दै गएको बताइएको छ।

